content
stringlengths
20
64.1k
राकेश यादव दैनिक ज्याला मजदुरीबाट जीवन यापन गर्ने परिवारको तथ्यांक संकलन गरी राहत दिनका लागि स्थानीय तहलाई जिम्मेवारी दिइएको छ।, तर अहिलेसम्म बारा र रौतहटका अधिकांश स्थानीय तहले राहत वितरण त परै जाओस्, त्यस्ता परिवारको तथ्यांक समेत संकलन गरेका छैनन्।, दैनिक मजदुरी गरेर परिवारको छाक टार्दै आएका बारा र रौतहटका विपन्न पर...
सेतोपाटी संवाददाता जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ माछा बजारकी राधा देवीको श्रीमानको मृत्यु गत सोमबार निधन भयो।, सरकारले जारी गरेको लकडाउनका कारण राधाको श्रीमानको मृत्यु हुँदा उनको मलामी जान समेत कोही तयार भएनन्,, ,अन्त्यमा उनको देवर दिलीप साह,,, भाइ रमेश साहले शव बोकी समसानघाटसम्म पुर्‍याए।, श्रीमानसँगै चिया पसल...
सेतोपाटी संवाददाता सिन्धुपालचोककी सविता डुम्रे दुई बालबालिका र श्रीमानसँग खुमलटारमा बस्छिन्।, केही साताअघि उनी सुत्करी भइन्। ज्याला मजदुरी गर्ने श्रीमान् काम छोडेर उनको स्याहारमा लागे।, श्रीमान् घरमै बसेका बेला लक डाउन भयो। त्यसपछि सबै काम रोकियो।, जम्मा गरिएका रकम पनि रित्तिदै थियो। घरमा भएको खाद्यान्न सकिँदै थियो। द...
नारायण खड्का लकडाउनको मौका छोपी वन क्षेत्रमा व्यापक चोरी,/,तस्करी हुने गरेको पाइएको छ।, डिभिजन वन कायालय दाङले यो बीचमा चोरीका काठसहित दश जना मानिस र काठ ओसार्ने प्रयोग गरिएका केही ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।, दाङका प्रमुख डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले गस्ती टोलीले लकडाउन अवधिभर सयौं क्यूफिट काठ बरामद भएको जानक...
विवेक राई फ्रान्सबाट फर्केकी १९ वर्षीया कोरोना संक्रमित युवती टेकु अस्पतालमा भर्ना भएको १९ दिन भयो। पहिलोपटक संक्रमण देखिए लगत्तै उनलाई अस्पताल भर्ना गरिएको थियो।, टेकु अस्पतालमै युएईबाट आएका धादिङका अर्का कोरोना संक्रमित युवक पनि उपचाररत छन्। उनलाई पनि चैत १२ गते अस्पताल भर्ना गरिएको हो। १५ दिन बितिसक्दा पनि दुबै जना...
सेतोपाटी संवाददाता कीर्तिपुर नगरपालिकाले डेरामा बसिरहेका विद्यार्थीहरूलाई पनि राहत दिने भएको छ।, शुक्रबार नगरपालिकाले सूचना जारी गर्दै डेरामा बस्ने तथा खाद्यान्नको समस्या भएका विद्यार्थीहरूलाई राहतका लागि फारम भर्न आग्रह गरेको हो।, 'घर जान नपाएका र खाद्यान्नको समस्या भएका विद्यार्थीहरूलाई पनि राहत दिन लागेको हो,'मेयर ...
नारायण खड्का तुलसीपुरको विजौरीस्थित कोरोना विशेष अस्पतालबाट स्वाब संकलन गरी पठाइएका २० जनाकै रिपोर्ट नेगेटिभ आएको छ।, बिहीबार दाङका सात जना र प्यूठानका एक गरी आठ युवाको रिपोर्ट नेगेटिभ आएको थियो।, शुक्रबार थप १२ जनाको रिपोर्ट नेगेटिभ अएको बेलझुण्डी कोरोना विशेष अस्पतालका सदस्य सचिव डा. सर्बेश शर्माले जानकारी दिएका छन्...
प्रशन्न पोखरेल बलम्बुका गणेश सापकोटाको मन बेचैन छ। लक डाउनले उनी घरमै रोकिएका छन्, मन भने घन्टाघरतिरै छ।, ३८ वर्षदेखि घन्टाघरमा घडी रेखदेख गर्दै आएका उनी फागुन मसान्तदेखि आफ्नो काममा फर्किन पाएका छैनन्।, आफ्ना कान्छाबाको निधनपछि किरिया बिदामा रहेका उनीलगत्तै लकडाउन भएपछि काममा फर्किन सकेनन्।, फागुन अन्तिम सातादेखि नै ...
सन्जिब बगाले साइकोलोजिस्ट रोजिना मानन्धरलाई हिजोआज नयाँ खालका समस्या सुनाउनेहरू बढ्न थालेका छन्।, विगतमा समाधान भइसकेका मानिसका समस्यासमेत बल्झिएको उनको अनुभव छ।, रोजिनासहितका केही मनोवैज्ञानिकहरूको टिमले कोरोना भाइरसको डर भएका मानिसका लागि परामर्श दिइरहेको छ। काम नभइकन घरमै बसिरहेकाले विगतका कुरालाई सम्झिन थालेकाले म...
सेतोपाटी संवाददाता शुक्रबारबाट कोरोना भाइरस (कोभिड-१९) को परीक्षण विराटनगरको कोसी अस्पतालबाट सुरू गरिएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आजबाट अस्पतालबाट परीक्षण सुरू भएको जानकारी दिएका हुन्।, उनले विराटनगरमा पिसिआर विधिबाट परीक्षण हुने बताए। योसँगै काठमाडौंबाहिर ११ ठाउँमा कोरोनाको परीक्षण हु...
सविता बुढा सेती प्रादेशिक अस्पताल धनगढीमा स्टाफ नर्स बन्न आवेदन दिएका १४ जनाले नियुक्ति लिन अस्वीकार गरेका छन्। अस्पतालका अनुसार उनीहरूले लिखित परीक्षामा पास भएर अन्तर्वार्तासमेत दिइसकेका थिए।, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट हेमराज पाण्डेयले वैकल्पिकमा परेकालाई करारमा जागिर दिन बोलाइएको भए पनि १४ जना नआएको बताए।, 'फो...
सेतोपाटी संवाददाता पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले राहतका नाममा कुहिएको चामल दिएर विपन्न तथा मजदुरहरूको स्वास्थ्यमाथि खेलवाड गरेको छ।, लकडाउनका कारण काम गर्न नपाएका विपन्न तथा मजदुरका परिवारलाई वितरण गरेको चामल सडेको पाइएपछि विपन्न परिवारले नगरपालिका अगाडि ल्याएर फालिदिएका छन्। , नगरपालिकाले १८ वटै वडा कार्यालय...
एजेन्सी चीनको वुहानमा लक डाउन खुलेको दुई दिन नबित्दै व्यापारीहरू प्रदर्शनमा उत्रेका छन्।, शुक्रबार साना पसलका व्यापारीहरूले भाडामा छुट गर्नु पर्ने माग राख्दै वुहानका ठूला सपिङ मलअगाडि प्रदर्शन गरेका हुन्।, उनीहरू मलअगाडि एक-एक मिटरको दूरी कायम गरी मास्क लगाएर बसेका थिए। व्यापारीहरूले पनि प्ले कार्डसमेत बोकेका थिए।, 'ए...
युनिक श्रेष्ठ कोरोना भाइरसको संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि देशभरि लक डाउन गर्‍यो। लक डाउनको महत्व थाहै नभएका वा काम परेर बाहिर निस्केकाहरूलाई प्रहरीले निर्मम व्यवहार गर्‍यो। लाठी हान्यो, मुर्गा बनायो, उठबस गरायो। ग्यास बोकेरै बीच सडकमा बस्न लगायो।, नागरिकमाथि प्रहरीले गरेको उक्त अमानवीय व्यवहारको धेरैले आलोचना ...
एजेन्सी संसारभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघेको न्यू योर्क टाइम्सले जनाएको छ।, यसैगरी संक्रमितको संख्या  १६ लाख नाघेको छ।, भाइरसबाट हालसम्म संसारका १७७ मुलुक प्रभावित भइसकेका छन्। यो सूचिमा थपिने पछिल्लो मुलुक युद्धग्रस्त यमन हो।, न्यू योर्क टाइम्सका अनुसार यमनमा शुक्रबार कोरोना भाइरसको स...
सेतोपाटी संवाददाता सरकारले देशभर स्थानीय तह तथा अन्य निकायमार्फत् व्यवस्थापन गरिएका क्वारेन्टिनको मापदण्ड पुगे/नपुगेकोबारे स्थलगत अनुगमन, अवलोकन गर्ने भएको छ।, विदेशबाट आएका व्यक्तिहरू तथा शंकास्पद अन्य व्यक्तिहरूलाई कोरोना रोगबाट संक्रमण हुन नदिन सरकारले बनाएको क्वारेन्टिन व्यवस्थापन तथा सञ्चालन कार्यविधि अनुसार मापद...
सेतोपाटी संवाददाता नागार्जुन नगरपालिकाद्वारा राहतस्वरुप वितरित तेलको म्याद नाघेको भेटिएको छ।, नागार्जुन नगरपालिका ४ मा राहत प्राप्त गरेका व्यक्तिले म्याद नाघेको तेल भेटेपछि प्रहरीमा गुनासो गरेका थिए।, महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख लालध्वज सुवेदीले राहतका लागि वितरण गरिएको तेलमा मिति नाघेको पाएपछि अनुगमन गरिए...
युवराज श्रेष्ठ पोखरा ५ मालेपाटनका स्थानीयले शुक्रबार नहरमा नवजात शिशुको एउटा शव देखे।, भर्खरै जन्मिएजस्तो नालसहित शव देखेपछि स्थानीयले प्रहरी कार्यालय बैदाममा खबर गरे। प्रहरीको टोली घटनास्थलमा पुग्यो।, बिहीबार मात्र जन्माएर शिशु फालेको हुन सक्ने प्रहरी टोलीले आशंका गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले...
सेतोपाटी नेपाल प्रहरीका दस प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवाको लागि सिफारिस भएका छन्।, शुक्रबार साँझ गृहमन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले रिक्त दस डीआईजी पदमा उनीहरूलाई बढुवाको लागि सिफारिस गरेको हो।, समितिले एसएसपीहरु घनश्याम अर्याल...
सेतोपाटी संवाददाता प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।, मुटुमा समस्या देखिएपछि गंगालाल हृदय केन्द्र भर्ना भएको र अहिले स्वास्थ्यमा सुधार आएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सेतोपाटीलाई बताए।, 'मुटुमा ब्लक भएर अस्पताल भर्ना हुनुभएको ह...
एजेन्सी विश्व स्वास्थ्य संगठनले विश्वभर जारी लकडाउन अहिले नै हटाए परिस्थिति झन् घातक हुन सक्ने चेतावनी दिएको छ।, संगठनका महानिर्देशक डा. ट्रेडोस अडामोन गेब्रेससले केही देशले आर्थिक प्रभावसँग संघर्ष गर्नुपरे पनि प्रतिबन्ध खुकुलो पार्दा सावधान हुनुपर्ने बताए।, युरोपेली मुलुकमध्ये कोरोनाको संक्रमणबाट सर्वाधिक प्रभावित मु...
साउथ चाइना मर्निङ पोस्ट वन्यजन्तुमाथि तीव्र मानव हस्तक्षेपले भाइरस संक्रमणको जोखिम बढ्दै गएको र यसले कोभिड–१९ जस्ता महामारी बढाएको एक वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ।, अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धाता टोलीले जनावरका विभिन्न प्रजाति र तिनमा मानव हस्तक्षेपमाथि अध्ययन गरेर यस्तो निष्कर्ष निकालेको हो...
नारायण महर्जन कलंकी बस्ने रोहिन्द्र मन्डल बिहीबार राति राम्रोसँग निदाउन सकेनन्। बिहान २ बजे नै आँखा खुले। अघिल्लो दिन नै तयार पारेको झोला बोकेर उनी कोठाबाट निस्किए।, १३ घन्टा हिँडेर शुक्रबार दिउँसो धुलिखेल पुगेका मन्डल घर पुग्न अझै चार दिन हिँड्नु पर्नेछ। उनको घर सप्तरी हो।, ‘लक डाउनले जनताका लागि राम्रो गरेको छ,’ पसि...
सेतोपाटी संवाददाता हृदयघातका कारण मृत्यु भएका नेपाली सेनाका प्रमुख सेनानी(लेफ्टिनेन्ट कर्नेल) रिदेश विष्टको शव लिन श्री एयरलायन्सको जहाज सुडान उडेको छ।, चैत १७ गते मृत्यु भएका प्रमुख सनानी विष्टको शव लिन शनिबार बिहान जहाज उडेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेब पाण्डेले सेतोपाटीलाई बताए।, 'सुडानबाट शव ल्याउने सबै जिम्...
सेतोपाटी संवाददाता लकडाउनको समयमा खोलाजन्य वस्तु चोरी निकासी गरिरहेका पाँच टिपर प्रहरीले नियन्त्रणमा लिएको छ।, इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले गएराति तुलसीपुर उपमहानगरपालिका वडा नं. १० वनगाउँस्थित पातुखोलाबाट ती पाँच टिपर नियन्त्रणमा लिएको हो।, दाङ जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले टिपरहरू नियन...
एजेन्सी रसियामा कोरोना भाइरसको संक्रमण पछिल्लो समय द्रुत गतिमा बढ्न थालेको छ।, विशेषगरी राजधानी मस्कोमा बढिरहेको संक्रमणले त्यहाँको स्वास्थ्य सेवा प्रणाली भाइरसको प्रकोप उचाइमा पुग्नु धेरै अगाडि नै अभावको स्थितिमा पुग्ने चेतावनी मस्कोका अधिकारीहरूले शुक्रबार दिएका छन्।, कोरोना भाइरस कोभिड-१९ को संक्रमितहरू अस्पताल भर्...
राकेश यादव वीरगन्जमा आएर बसेका तीन जना भारतीयमा कोरोना भाइरसको लक्षण देखिएपछि उनीहरूको स्वाब पुन: परीक्षणका लागि काठमाडौं पठाइएको छ।, वीरगन्ज-२ छपकैयाको एक मस्जिदमा बसिरहेका २४ जना भारतीयको समूहबारे स्थानीयवासीले खबर गरेपछि प्रशासनले उनीहरूको स्वाब परीक्षण गर्ने व्यवस्था मिलाएको थियो।, नारायणी उपक्षेत्रीय अस्पतालका चि...
सेतोपाटी संवाददाता दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ हात्तीलोटेमा एक महिला मृत फेला परेकी छन्।, स्थानीय ४४ वर्षीया देविसरा पुन बिहीबार घरभित्रै मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।, अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरीको टोली जाँदै छ।, घटनास्थलमा रहेका असई माधव श्रेष्ठले कोही नभएको घरमा ...
सेतोपाटी संवाददाता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बाग्लुङकी १९ वर्षीया कोरोनाभाइरस संक्रमित युवतीसँग टेलिफोन कुराकानी गरेका छन्।, बिहीबार उनले धौलागिरि अञ्चल अस्पतालमा उपचाररत ती युवतीलाई फोन सम्पर्क गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। , उनले अस्पतालका स्वास्थ्य अधिकारीहरूले राम्रो हेरचाह ग...
नारायण महर्जन सडक डिभिजन कार्यालय, काठमाडौंले लक डाउनको सदुपयोग गर्दै काठमाडौंका सडक चिटिक्क बनाएको छ। सडकमा जेब्रा क्रस, सेन्ट्रल लाइन बनाउनेलगायतका काम गरेपछि सडक सफा देखिएका छन्।, चक्रपथलगायत काठमाडौंका मुख्य सडकहरूमा कार्यालयले लक डाउन सुरू हुनासाथ रंगरोगन गर्ने काम थालेको थियो। डिभिजन कार्यालय काठमाडौंका प्रमुख क...
सेतोपाटी संवाददाता तुलसीपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नं १९ बाँसगढी निवासी ३७ वर्षीय बलबहादुर थापा मगरको मृत्यु भएको छ। , विहीबार मध्यान्ह १२ बजेतिर तुलसीपुर १८ विजौरीस्थित मलवारले कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा थापालाई करेन्ट लागेको थियो। , गम्भीर...
सेतोपाटी संवाददाता देशभरीका स्वास्थ्यकर्मीहरु यतिबेला कोरोना रोकथामका लागि जनचेतना फैलाउने अनि आवश्यक परेमा उपचार गर्ने भनेर तयारी अवस्थामा छन्। यस अर्थमा उनीहरु कोरोना बिरुद्धको लडाईमा सबैभन्दा अग्र मोर्चामा छन्।, अछामको चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख सविता चौधरीलाई भने दुई खाले चटारो छ। एकातिर कोरोना ...
रासस कोभिड—१९ को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले महाराष्ट्रको मुम्बैमा अलपत्र परेका ६० जना नेपाली मजदूर समस्यामा परेका छन्।, बैतडीका ती मजदूर तीन सातादेखि मुम्बैको बरौली र पवईस्थित ढावाको स्टाप कोठामा आश्रय लिइरहेका छन्। उनीहरुले उद्दारका लागि पहल गरिदिन आग्रह गरेका छन्।, बरौलीमा होटलमा काम गर्दै आएका मेलौली नग...
अनुषा अधिकारी गायक दीपक बज्राचार्य चैतको पहिलो साता अस्ट्रेलियाबाट फर्केपछि 'सेल्फ क्वारेन्टाइन' बसे। दुई साता परिवार र आफन्तबाट बेग्लै बसेका उनी अचेल छोरीसँग रमाइरहेका छन्।, हरेक साँझ पाँच बजे दीपक गितार बोकेर गीत गाउन तयार हुन थाल्छन्। उनलाई साथ दिन छेउमा गितार लिएर बस्छिन् उनकी छोरी चेरिसा। उनीहरू दुईको तालमेल र सं...
सेतोपाटी संवाददाता बाजुरामा गोली हानी एक जनाले श्रीमतीको हत्या गरेका छन्।, गौमुल गाउँपालिका-४ मा बुधबार राति ४० वर्षीय गोरख रोकायले ३३ वर्षीया श्रीमती सुन्तु रोकायको हत्या गरेका हुन्।, उनले घरको गोठमा लगेर भरूवा बन्दुकले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकेन्द्र सिंहले जान...
सन्जिब बगाले सरकारले लक डाउनका कारण काठमाडौं उपत्यकामा अड्किएकाहरूलाई शुक्रबार र शनिबार घर जान दिने निर्णय गरेको छ।, बिहीबार कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र केही मन्त्रीबीच भएको अनौपचारिक बैठकले दुई दिनका लागि नागरिकलाई बाहिर जान दिने निर्णय गरेको हो।, उपप्रधानमन्त्री तथा ...
सेतोपाटी संवाददाता सरकारले सातवटै प्रदेशमा र्‍यापिड डाइगोनिस्टिक किटबाट कोरोनाको परीक्षण गर्ने जनाएको छ।, बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रत्येक प्रदेशमा ५ हजारको दरले किट पठाइएको जानकारी दिए।, सरकारले यो किटबाट सुदूरपश्चिमको कैलालीमा परीक्षण गर्न सुरू गरिसकेको छ। यो किटले १५ मिनेटमै पर...
सेतोपाटी संवाददाता सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली तथा अन्य मन्त्रीबारे अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्युरोले बिहीबार काठमाडौंको बुढानिलकण्ठबाट उनीहरूलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा  खोटाङ ऐसेलुखर्क-१का २६ वर्षीय तारा नाछिरिङ, काभ्रे पनौती...
नारायण खड्का कोरोना संक्रमित युवासँगै भारतबाट आएका चार जनाको रिपोर्ट नेगेटिभ आएको छ। ती चार जना युवा कैलालीका संक्रमित व्यक्तिसँगै गौरीफन्टा नाका हुँदै भारतबाट आएका हुन्।, तुलसीपुरको विजौरीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका ती चारसहित अरु चार जनाको रिपोर्ट नेगेटिभ आएको छ।, रिपोर्ट नेगेटिभ आएकामध्ये दाङका सा...
सेतोपाटी संवाददाता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवलाई क्वारेन्टिनमा बस्न प्रशासनले निर्देशन दिएको छ।, पर्साबाट निर्वाचित संघीय सांसद यादवले हालै क्वारेन्टिनमा रहेकाहरू भेटेको भन्दै होम क्वारेन्टिनमा बस्न जिल्ला प्रशासन कार्यालय पर्साले निर्देशन दिएको हो।, पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले सा...
सिएनएन यो आजभन्दा करिब ६० हजार वर्षअघिको कुरा हो, जति बेला मानव पुर्खा अफ्रिकाबाट विभिन्न ठाउँ बसाइँ सर्न थालेका थिए।, त्यही समयतिर मेक्सिको खाडीको किनारमा साइप्रस रूखहरूको घना जंगल विकास हुँदै थियो। रूखहरू फैलिँदै गए, अग्लिँदै गए, त्यही क्रममा कतिपय रूख बूढो पनि भए।, बूढा रूखहरू मक्किएर ढले। ढलेका ती रूख कालान्तरमा स...
विवेक राई दुई जना कोरोना संक्रमितको उपचार भइरहेको टेकु अस्पतालमा अहिले तीनटा आइसियू र दुइटा भेन्टिलेटर छन्।, सरकारले टेकु अस्पताललाई कोरोना विशेष अस्पताल तोकेसँगै अस्पतालमा २० वटा आइसियू बेड तयार पार्ने जनाएको थियो। अहिले अस्पतालमा आइसियू बेड विस्तार गर्ने काम भइरहेको छ।, अस्पतालका निर्देशक सागर राजभण्डारीका अनुसार आइ...
शोभा शर्मा स्वास्थ्यकर्मीको डायरी-४ , 'यसपालि परीक्षा सकिएपछि हामी जोगबुढा जाने।', कञ्चनपुर, भिमदत्त नगरपालिका-५ मा बस्ने १० वर्षीया आरूषी र ९ वर्षीया अनुष्काले आफ्ना साथीहरूलाई सुनाइसकेका थिए।, जब जब स्कुलको लामो छुट्टी हुन्छ, उनीहरू आमाको अफिस भए ठाउँ घुम्न जान्छन्। पोहोर पनि परीक्षा सकेर डडेल्धुराको बागेश्वरी गएका ...
एजेन्सी भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय नाघेको छ।, बिहीबारसम्म भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय पाँच पुगेको हो। त्यस्तै संक्रमितको संख्या छ हजार नाघिसकेको छ।, अहिलेसम्म त्यहाँ छ हजार तीन सय १६ संक्रमित र त्यसमध्ये ५५ सय ६३ उपचारतरत छन्। महाराष्ट्रमा कोरोनाभाइरसको ...
सेतोपाटी संवाददाता बिहीबार दिउँसो विभिन्न सञ्चारमाध्यममा समाचार आयो- सरकारले लक डाउनका कारण काठमाडौंमा अलपत्र परेकाहरूलाई शुक्रबार र शनिबार घर जान दिने निर्णय गरेको छ।, कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको केही मन्त्रीहरूको अनौपचारिक बैठकले उक्त ...
एजेन्सी भारतमा कोरोनाभाइरसको संक्रमणबाट पहिलोपटक डाक्टरको मृत्यु भएको छ।, इन्दौरका ६२ वर्षीय जनरल फिजिसियन डा. शत्रुघन पन्जवानीमा चार दिनअघि कोरोनाभाइरसको संक्रमण देखिएको थियो।, उनका सहकर्मीका अनुसार उनले कुनै पनि कोरोना संक्रमित बिरामीको जाँच गरेका थिएनन्। उनी कसरी संक्रमित हुन पुगे यसबारे भने खुलाइएको छैन।।, उनको मृ...
एजेन्सी कोरोना भाइरसबाट सर्वाधिक प्रभावित मुलुकमध्येको एक इटालीले देशमा जारी लकडाउनलाई मे ३ सम्म बढाउने योजना बनाएको छ।, रोयटर्सले देशका दुई ट्रेड युनियन श्रोतलाई उद्धृत गर्दै लेखेको समाचारमा मन्त्रीहरूसँगको छलफलपछि इटालीले यस्तो योजना बनाएको जनाएको छ।, इटाली मार्च ३ देखि लकडाउनमा रहँदै आएको छ। उसले लगाएको लकडाउनको पछ...
एजेन्सी बंगलादेशमा अर्का एक टिभी पत्रकारमा कोरोना संक्रमण देखिएको छ।, योसँगै पत्रकारमा कोरोनाको संक्रमण पुष्टि भएको दोश्रोपटक हो।, एक निजी टेलिभिजन च्यानलका पत्रकारमा संक्रमण परिक्षण गरिएको हो। उनको अहिले ढाका स्थित कुर्मिटोला जनरल अस्पतालमा उपचार भइरहेको छ।, अस्पताल जानु अघि उनी ससुरालीमा स्वःएकान्तबासमा थिए। कोरोनाक...
सेतोपाटी संवाददाता तुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई अण्डा उपहार दिन सुरु गरेको छ। घरमै पुगेर सुत्केरीलाई अण्डा उपाहारका रुपमा दिन थालिएको छ।, सुत्केरीलाई आवश्यक पर्ने पौष्टिक आहारको अभाव नहोस् भनेर एक क्यारेट अण्डा उपहार दिन थालिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए।, उनले सुत्केरी हुने वित्तिकै अण्डा घरमै ल...
सेतोपाटी कोभिड–१९ विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि भन्दै एनएमबी बैंकले सुदूरपश्चिम प्रदेश सरकारलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ।, बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई एनएमबी बैंक कर्णाली प्रदेश र सुदूरपश्चि...
सेतोपाटी धनगढी उपमहानगरपालिका– १ स्थित विनोदकुमार वर्माले सञ्चालन गरेको प्रिया सुनचाँदी पसलबाट चोरी गरेका सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।, कारागार नजिकै रहेको सुनचाँदी पसलबाट बुधबार राति पाँच वटा सुनका टप र चाँदीका गहना चोरीमा संलग्न सोही ठाउँका ४५ वर्षका पप्पु गुप्ता र उनका २० वर्षका छ...
सेतोपाटी संवाददाता कोरोनाभाइरस(कोभिड-१९)को संक्रमण फैलिन नदिन सरकारले अहिले देशैभर लकडाउन जारी गरेको छ।, नेपालभित्रै एक व्यक्तिबाट अर्कोमा कोरोना संक्रमण भएपछि सरकारले जोखिम बढ्ने भन्दै  २५ गते रातिदेखि लागू हुने गरी थप कडाइका लकडाउनको घोषणा गरेको हो। सरकारले सबैलाई संयमित हुन, सुरक्षित रहन र जो जहाँ छन् त्यही बस्न आग...
एजेन्सी कोरोना भाइरसका उदगम थलो हुबेई प्रान्तको राजधानी वुहानमा बुधबारदेखि यातायात सेवाहरू फेरि सुरू भएको छ।, ७६ दिनको लक डाउनपछि बुधबार बिहान वुहानबाट बस, रेल र विमान फेरि सञ्चालनमा आएका हुन्।, विमान तथा रेल चल्ने भएपछि मंगलबार राति विमानस्थल तथा रेल्वे स्टेसनबाहिर मान्छेको लाइन लागेको थियो।, बुधबारमात्रै २७६ रेल वुह...
सेतोपाटी टिम स्वास्थ्यकर्मीको डायरी-२, कोरोना संक्रमणको खतरा बढेको सुदूरपश्चिमका गाउँ र स-साना बजारमा यसको रोकथामका लागि के-कस्ता प्रयास भइरहेका छन्? हामीले यही कुरा बुझ्न प्रदेशका विभिन्न गाउँपालिका र नगरपालिकाका स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मीहरूसँग कुरा गरेका छौं।, कोरोना संक्रमणविरूद्ध अग्रपंक्तिमा रहेर ...
सेतोपाटी संवाददाता देशमा कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भइरहेको अवस्थामा पूर्वसावधानी अपनाउन गोरखाको सिरानचोक गाउँपालिकाले कडा नियम लागू गरेको छ।, वडा नम्बर ७ श्रीनाथकोटले मलामी संख्यासमेत तोकिदिएको हो। भीडभाड हुनसक्ने भएकोले सामाजिक दूरी कायम गर्न भन्दै वडाले मलामी संख्या १२ जना तोकिदिएको छ।, गाउँमा कोरोना सचेतना...
विवेक राई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमित बिरामीसहित २ सय बढी व्यक्तिको नमूना काठमाडौं ल्याइएको छ।, नेपाली सेनाको स्काइ ट्रकबाट नमूना पठाइएको कैलाली स्वास्थ्य कार्यालय प्रमुख ललित धामीले जानकारी दिए।, 'हिजो र आज गरेर कैलाली र कञ्चनपुरबाट दुई सय जना बढीको नमूना पठाएका छौं,' उनले भने।,...
सेतोपाटी संवाददाता थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिका सुलभ अग्रवालमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप भएको छ।, उनीमाथि अनुसन्धान गर्न  बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले सात दिनको म्याद थप गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।, 'उनीमाथि अ...
एजेन्सी तपाईं लक डाउनमा बस्नु भएको छ तर टाढा रहेका छोराछोरीको यही बेला जन्मदिन पर्‍यो भने के गर्नुहुन्छ?, मोबाइलमा फोन गरेर वा सामाजिक सञ्जालमा भिडिओ कल गरेर शुभकामना दिनुहुन्छ। तर तपाईंसँग मोबाइल पनि छैन फेसबुक, ट्वीटर  पनि चलाउन आउँदैन भने के गर्ने? मंगलबार जर्मनीमा एक महिलालाई यस्तै समस्या पर्‍यो। वृद्धाश्रममा बसेक...
सेतोपाटी संवाददाता नेपाली सेनाले स्वास्थ्य सामग्री तथा उपकरण खरिदका लागि पाँच वटा देशलाई पत्राचार गरेको छ।, सेनाले स्वास्थ्य सामग्रीका लागि चीन,दक्षिण कोरिया,सिंगापुर,इजरायल र भारतलाई पत्राचार गरेको हो।, कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम(सिसिएमसी)ले तयार पारेको स्वास्थ्य सामग्रीको सूचीका आधारमा पठाइएको सैनिक प्रवक्ता...
रासस कोरोनाभाइरसको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा स्थापना गरिएका क्वारेन्टाइनमा दुई हजार ४०८ जना आश्रय लिइरहेका छन्। सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमभरि ३०१ स्थानमा क्वारेन्टाइनमा पाँच हजार ४२ जनालाई राख्न मिल्छ।, छपन्न बालबालिका, १६६ महिला र दुई हजार १८६ जना पुर...
सेतोपाटी संवाददाता कैलालीको टीकापुरमा कोरोनाभाइरसबारे अफवाह फैलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, मंगलबार फेसबुकमा 'भाइरसको संक्रमित टीकापुर नगरपालिका-१ को ब्लक नम्बर १० मा भेटियो' भन्दै स्टाटस लेख्ने पवनकुमार भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो।, टीकापुर नगरपालिका-२ का भट्टराईलाई मंगलबार साँझ जिल्ला प्रह...
रासस सरकारले कोरोना भाइरसको सङ्क्रमण स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा आजसम्म करिब रु दुई अर्ब सङ्कलन भएको छ।, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार मङ्गलबारसम्म  एक अर्ब ८५ करोड ५८ लाख ३४ हजार ४७ रुपैयाँ कोषमा जम्मा भएको छ।, उनका अनुसार मङ्गलबारमात्र एक ...
रासस विश्वलाई सम्पर्क सञ्जालका रुपमा जोड्ने मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झण्डै एक महिनायता बन्द छ। मुलुक लकडाउनमा रहेको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा पनि अन्तर्राष्ट्रिय विमानस्थमा दैनिकजसो उडान भए।, लकडाउनको अवधिमा करिब दुई दर्जन अन्तर्राष्ट्रिय उडान भएका छन्। चैत ...
सेतोपाटी संवाददाता लकडाउनको बेला ‘पत्रकार हुँ भन्दै’ नक्कली परिचय पत्र देखाउने एक जना पक्राउ परेका छन्।, इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ हात्तीखौवा निवासी १८ वर्षीय मेघराज सुनारलाई बुधबार पक्राउ गरेको हो।, सुनारले चलाएको बा ८७ प १००६ नम्बरको मोटरसाइकल रोकेर चेक ...
सेतोपाटी संवाददाता दाङस्थित सोनापुर सिमेन्ट उद्योगले एक सय थान पिपिई सहयोग गरेको छ। , प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाललाई ती स्वास्थ्य सामाग्री प्रदान गरिएको तुलसीपुरको दुधरासस्थित उद्योगले जानकारी दिएको छ।, ,सोना मिनरल्स एण्ड आयल प्रालिका महाप्रबन्धक हरि पाठकका अनुसार स्वास्थ्यकर्मीले एकपटक प्रयोग गरिसकेपछि ...
भगवती पाण्डे बुटवलस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा मृत्यु भएका बाबुराम थापा क्षेत्रीको १० दिनपछि दाहसंस्कार हुने भएको छ।, उनकी श्रीमतीलाई रोजगारी, दुई छोराहरूको उच्च शिक्षा नि:शुल्क र  आठ लाख रुपैयाँ दिने सहमति भएपछि परिवारले उनको दाहसंस्कार गर्ने भएको हो।  , , होटल तथा रेष्टुरेन्ट संघ रुपन्देहीका अध्यक्ष समुन्द्...
एजेन्सी ट्वीटरका मालिक ज्याक डोर्सेले कोरोना भाइरसविरूद्ध लड्न एक अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन्।, मंगलबार ट्वीट गर्दै उनले ग्लोबल कोभिड-१९ कोषमा एक अर्ब अमेरिकी डलर दिने घोषणा गरेका हुन्।, उनले उक्त रकम आफ्नो कुल सम्पत्तिको २८ प्रतिशत रहेको जानकारी दिएका छन्।, महामारीको अन्त्यपछि बालिकाको स्वास्थ्य, शिक...
सेतोपाटी संवाददाता कोरोनाको महामारीको संकटमा अस्पताल नआउने चिकित्सकमाथि कारबाही सुरू गरिएको छ।, लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा नियुक्त भई काम गर्दै आएका पाँच जना चिकित्सक पछिल्लो ८/१० दिनदेखि बिना जानकारी अस्पतालमा उपस्थित भएका छैनन्।, अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईले संकटको बेला अस्पतालको सेवाबाट पछि हट्...
राकेश यादव वीरगन्जस्थित नेशनल मेडिकल कलेजले उपचार नगरेपछि अर्को अस्पताल लिएको केहीबेरमै एक किशोरको मृत्यु भएको छ।, निमोनिया आशंकामा उपचार गर्न आएका बारा महागढीमाई नगरपालिका-४ दैहार टोलका १७ वर्षीय निरञ्जन सहनीको बुधबार दिउँसो मृत्यु भएको हो।, मृतकका बुवा मनोज सहनीले अस्पतालमा जाँच गर्दा निमोनिया भएको भन्दै अस्पतालबाट ...
विवेक राई जुम्लामा चैत महिनाको १२ गते मार्सी धानको बिउ राख्ने चलन छ।, त्यसैले जिल्लाबाट काम गर्न भारत गएकाहरू चैत १२ गतेसम्म जसरी पनि जुम्ला आइपुग्छन्।, सबैले बिउ राख्ने र रोप्ने काम एकैचोटी गर्छन्। १२ गते भिजाएको बिउ २० गते खेतमा छर्किन्छन्।, यो वर्ष पनि चैत लागेसँगै मानिसहरू भारतका विभिन्न ठाउँबाट घर फर्किने क्रम सु...
सेतोपाटी संवाददाता लकडाउनका कारण सवारी साधन नचल्दा डायलासिस गर्नुपर्ने मिर्गौलाका विरामी समस्यामा परेपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले निःशुल्क बस संचालन गर्ने भएको छ। , दुई वर्षदेखि नवलपरासीको बर्दघाट, तिलोत्तमाको मणिग्रामसम्म दैनिक निःशुल्क बस सेवा संचालन गर्दै आएको अस्पतालले बिहीबारदेखि कपिलवस्तुको वाणगं...
सेतोपाटी संवाददाता जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ का निलकमल ठाकुरले श्रीमती लक्ष्मी ठाकुरलाई ज्वरो आएपछि उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुगे ।, लक्ष्मीलाई मंगलबार राति अचानक उच्च ज्वरो आएपछि निलकमलले श्रीमतीलाई लिएर बुधबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा जचाउन पुगेका हुन्। तर जुन आशा लिएर उनी अस्...
अनुषा अधिकारी कोरोना महामारीको लकडाउनबीच यही चैत २० गते 'कालो बादलमा चाँदीको घेरा' बनेर एउटा खबर उड्दै आयो।, खबर थियो, अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको एसियाका तीन सय प्रभावशाली युवाहरूको सूची। तीस वर्षभन्दा कम उमेरका युवाहरूको उक्त सूचीमा ,पाँच जना नेपाली पनि थिए,।, जेसलिना र शुभांगी राणा तिनैमध्ये हुन्। उनी...
सेतोपाटी संवाददाता कीर्तिपुर-१० मा जाजरकोटकी एक गर्भवती महिला र उनका श्रीमान आएपछि स्थानीय डराएको भन्दै वडाध्यक्षले उनी बसेको घरमा ताला लगाइदिएका छन्। , बुधबार साँझ करिब पाँच बजे ती गर्भवती महिला र उनका श्रीमान एम्बुलेन्समा कीर्तिपुर आइपुगे। यो दम्पत्ती जाजरकोटबाट उपचारका लागि कोहलपुर पुगेका थिए। त्यहाँबाट सुविधा सम्प...
रासस कोभिड–१९ का कारण विभिन्न पेशा व्यवसायको सिलसिलामा मुलुकबाहिर रहेका नेपाली पनि प्रभावित भएका छन्।, हालसम्म विभिन्न मुलुकमा आठ नेपालीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ।, अमेरिकामा पाँच, बेलायतमा दुई र संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको ज्यान गइसकेको छ। १०० भन्दा बढी नेपाली विभिन्न मुलुकमा कोरोनाको सङ्क्र...
एजेन्सी ब्राजिलले यानोमामी आदिवासी समुदायमा पहिलो कोरोना भाइरस संक्रमित भेटिएको पुष्टि गरेको छ।, वर्षावनको दुर्गम भेगमा बसोबास गर्दै आइरहेका यो समूह पहिले नै विभिन्न घातक रोगको चपेटासँग परिचित रहेका छन्।, अधिकारीहरुका अनुसार संक्रमित व्यक्ति १५ वर्षका बालक हुन्। हाल उनको आईसियूमा उपचार भइरहेको छ।, ‘हामीले आदिवासी समुद...
सेतोपाटी यिङ–यिङ र ले–ले बीच सम्भोग नभएको लगभग दस वर्ष नाघेको थियो।, आफ्नो प्राकृतिक बासस्थानबाट टाढिएपछि मनमा संसर्गको हरक नै आउन छाडेको हो कि! वा, यो पनि हुनसक्छ, मनमा हरक जागे पनि दिनरात पछ्याइरहने सयौं जोडी मानव–आँखा छलेर यिनले आफ्नो निम्ति सुटुक्क समय निकाल्नै भ्याएनन्।, हामी कुरा गर्दै छौं, हङकङ ‘ओसन पार्क’ चिडि...
एजेन्सी राष्ट्रपति बिल क्लिंटन र ह्वाइट हाउसमा कार्यरत इन्टर्न ,मोनिका लेविन्स्की,को सम्बन्धका बारेमा खुलासा गर्ने  लिन्डा ट्रिपको निधन भएको छ।, ७० वर्षीय लिन्डाको अग्नाशयको क्यान्सरका कारण निधन भएको जानकारी उनको परिवारिक श्रोतले अमेरिकी संचारमाध्यमलाई दिएका छन्।, लिन्डाले सन् १९९८ मा राष्ट्रपति बिल र मोनिका लेविन्स्क...
सेतोपाटी संवाददाता पूर्वप्रधानसेनापति गौरव शमशेर जबराले छानबिनको दायराबाट उम्किन सेनालाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको बताएका छन्।, सेतोपाटीसँग कुरा गर्दै उनले अरू निकायलाई बेवास्ता गरेर सरकारले सेनालाई नै स्वास्थ्य सामान खरिद जस्तो गैर-सैनिक काम दिनुपछाडि असल नियत नभएको दाबी गरे।, ‘सेनालाई यस्ता जिम्मेवारी द...
सिएनएन अमेरिकाको क्यालिफोर्नियामा कोरोना भाइरस संक्रमणबाट निको भएका ज्यासन गार्सियाले आफ्नो रगतको 'प्लाज्मा' अरू संक्रमित बिरामीको उपचार निम्ति दान दिएका छन्।, कुनै व्यक्तिलाई भाइरसले आक्रमण गरेपछि जब ऊ निको हुन्छ, उसको रगतमा भाइरससँग लड्ने प्रतिरोधात्मक शक्ति (एन्टिबडी) विकास भइसकेको हुन्छ। अर्कोचोटि त्यही भाइरसले आक...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।, मंगलबार बसेको परीक्षा बोर्डको बैठकले वैशाख २१ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा र वैशाख ८ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा अर्को सूचना जारी नहुञ्जेलका लागि स्थगित गर्ने निर्णय गरेको हो।, ‘विद्यार्थी र अभिभा...
सेतोपाटी संवाददाता शंकर ग्रुपका मालिक सुलभ अग्रवाल कालोबजारी गरेको आरोपमा पक्राउ परेका छन्।, मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शंकर ग्रुपका मालिक अग्रवाललाई नक्सालबाट पक्राउ गरेको हो।, उनले तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी ...
रमेश गिरी लकडाउनका बेलामा अति विपन्न एवं ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेलाई वितरण गरिने राहत हुनेखानेहरु नै लाइनमा बसेर लिन थालेका छन्।, कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस् भनेर स्थानीय तहले शुरु गरेको राहत वितरणको लाइनमा करोडौँको सम्पत्ति...
नारायण महर्जन भक्तपुरको मध्यपुर ठिमी वडा नम्बर ८ का ४८ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले सात पटक जीब्रो छेडेका छन्।, ०७७ वैशाखमा हुने बिस्केट जात्रामा उनले आठौं पटक जिब्रो छेड्ने तयारी गरिरहेका थिए। तर देशमा कोरोना भाइरस संक्रमण देखा पर्‍यो, जात्रा हुने टुंगो छैन।, सात वर्षदेखि लगातार जिब्रो छेड्दै आएका श्रेष्ठले यसपटक ...
भगवती पाण्डे रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ३ मुर्गीयाका नारायण उपाध्याय अचेल एम्बुलेन्स चढेर हप्ताको दुईपटक बुटवल आउने जाने गर्छन्। मिर्गाैलामा खराबी आएपछि उनले डाइलाइसिस गराउन थालेको तीन वर्ष पुग्यो। , मुर्गीया बुटवलदेखि १५ किलोमिटरको दुरीमा पर्छ। लकडाउन घोषणाअघि उनी सार्वजनिक बस चढेर डाइलाइसिसको लागि गौतमबु...
रासस आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन्।, त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा लिने मानिस पनि समाजमा नभएका होइनन्। यस्तै एउटा घटना ललितपुरमा भएको छ। आमाकाे मृत्यु भएको बहाना बनाएर लकडाउनको पास लिई गाडीमा यात्रु ओसारेको फेला परेको छ।, लकडाउनको समयमा झुठो विवरण पेश गरी सवा...
एजेन्सी कोरोनाविरूद्धको लडाइँ लड्नको लागि जापानी प्रधानमन्त्री सिन्जो आबेले एक महिनाका लागि आफ्ना सात प्रान्तमा संकटकालको घोषणा गरेका छन्।, मंगलबार उनले टोकियो, कानागावा, चिवा, ओसाका, ह्योगो र फुकुओकामा संकटकालको घोषणा गरेका हुन्।, उनले संकटकालको घोषणा गरे पनि लकडाउन भने नगर्ने बताएका छन्।, 'हामीले संकटकालको घोषणा गरे...
सेतोपाटी संवाददाता सरकारले लकडाउन घोषणा गरेसँगै देशभरका होटल व्यवसाय बन्द छन्। ती होटलमा काम गर्ने कतिपय मजदुर घर फर्किएका छन् भने कतिपय लकडाउन खुल्ने आशमा छन्। २८ वर्षीय राजु लामा, जो हेटौंंडाको एक होटलमा वेटरको रुपमा कार्यरत थिए।, सरकारले लकडाउन थप्दै जाँदा होटल खोल्ने समय अनिश्चित बनेपछि संचालकले लामालाई घर जान भने...
सेतोपाटी संवाददाता बारास्थित सशस्त्र प्रहरी बल १२ न. गणले सीमा इलाकामा थप सक्रियता बढाएको छ।, सशस्त्र प्रहरी बलले बाराको ६० किलोमिटर सीमा इलाकामा हालसम्म १२० भन्दा बढी जनशक्ति नियमितभन्दा बढी जनशक्ति परिचालन गरेको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिग विजय सुवेदीले बताए। , बारा जिल्लामा सीमा नाकामा हाल ७ वटा बिओपीमार...
युनिक श्रेष्ठ लक डाउनलाई थप कडा बनाउन ट्राफिक प्रहरीले चक्रपथलगायत राजधानीका विभिन्न सडकमा तगारो राखेको छ।, मंगलबार बिहानदेखि  चक्रपथको मुख्य लेन र अरू सडकका १५२ ठाउँमा तगारो राखिएको ट्राफिक प्रहरीले जनाएको छ।, ‘लक डाउन उल्लंघन गर्नेहरूलाई चेक गर्न सजिलो होस् भनेर तगारो राखेका हौं, आजदेखि लक डाउनलाई कडा बनाएका छौं,’ ट...
सेतोपाटी संवाददाता जनकपुरधामका राजा सहनीको घरमा अहिले एक साँझ मात्रै चुल्हो बल्ने गर्छ।, जनकपुरधाम बजार क्षेत्रमा ठेला चलाएर ५ जनाको परिवार पाल्दै आएका थिए राजा। तर सरकारले लकडाउनको घोषणा गरेपछि उनको काम ठप्प छ।, कोरोनाभाइरस संक्रमणको जोखिम नेपालमा पनि बढ्दै गएपछि सरकारले गत चैत ११ गतेदेखि लागू हुनेगरी लकडाउन घोषण गरे...
सेतोपाटी संवाददाता कूटनीतिक नियोगको गाडीमा थर्मल-गन विक्री गर्दै हिँडेको आरोपमा शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन्।, तीन हजार मूल्य पर्ने थर्मल-गनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा अग्रवाललाई मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। , अग्रवालले कालोबजारी गरेकोले पक्राउ गरिएको  महा...
युनिक श्रेष्ठ लकडाउनले घर आउन नपाएपछि दुई नेपाली मजदुर भारतको उत्तराखण्डमा गुफाभित्र बसेका छन्।, भारतीय प्रहरीले उत्तराखण्डको लक्ष्मणजुलामा बाँकेका प्रकाश शाही र सुर्खेतका मनबहादुर थापालाई गुफामा बसिरहेको अवस्थामा फेला पारेको छ।, लक्षमणजुलास्थित नीलकण्ठ चौकीबाट गएको प्रहरी टोलीले मंगलबार उनीहरूलाई भेटाएको हो।, चौकीका ...
सेतोपाटी संवाददाता लकडाउनको अवधि थपिएसँगै जिल्ला प्रशासन कार्यालय धनुषाले सवारीसाधन संचालनमा कडाई गरेको छ।, मंगलबार अपरान्हसम्म प्रहरीले जनकपुरधामबाट लकडाउन अवज्ञा गरेर चलाइएका १४९ सवारी साधन नियन्त्रणमा लिएको छ।, लकडाउनको अवधिमा बिनाकारण सवारीसाधन सञ्चालन गरेको पाइएपछि विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहर...
नारायण खड्का एम्बुलेन्समा बिरामी ओसारेबापत प्रचलित दरभन्दा बढी भाडा असु्लेपछि दुई पक्राउ परेका छन्।, पक्राउ पर्नेमा लमही नगरपालिका वडा नं ५ का ५० वर्षीय कमलप्रसाद भुसाल र सोही ठाउँका ४० वर्षीय कृष्ण आचार्य छन्।, आचार्य लमहीस्थित कृपा पोलिक्लिनिक एण्ड मेडिकल हल सञ्चालक हुन्। भुसाल त्यही मेडिकलको रा १ च ८२५ नम्बरको एम्ब...
नारायण खड्का तुलसीपुरको विजौरीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका १९ जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइने भएको छ।, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले १९ जनाको स्वाब संकलन गरी मध्यरातसम्म एम्बुलेन्समार्फत परीक्षणका लागि काठमाडौं पठाउने तयारी गरिएको जानकारी दिए।, आइतबारदेखि नै प्रदेशको भैर...
सेतोपाटी संवाददाता स्याङ्जाको भिरकोट नगरपालिका ६ का लिलाप्रसाद पँगेनी र अर्जुनचौपारी गाउँपालिका ५ का प्रताप पौडेलले मलामी जानका लागि भनेर जिल्ला प्रशासन कार्यालय कास्कीबाट चैत २१ गते सवारी पास लिए। उनीहरू मलामी गएनन्, बसमा खचाखच यात्रु राखेर स्याङ्जा पुर्‍याए।, यात्रुबाट भाडा असुलेर सवारी पासको दुरूपयोग भएको सार्वजनिक...
रासस कपिलवस्तु अस्पतालको आइसोलेसन वार्डमा उपचारका क्रममा मृत्यु भएका एक युवकको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।, कपिलवस्तुको विजयनगर २ जर्लैया घर भएका उनको सोमबार साँझ उपचारका क्रममा मृत्यु भएको थियो।, एक दिनअघि नै कोरोनाको आंशका गर्दै उनको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्...
नारायण महर्जन महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले कोरोना बुथ निर्माण गर्न थालेका छ।, , अस्पतालमा आएका कोरोनाका बिरामीको नमूना लिन र जाँच्नका लागि पुनको नेतृत्वमा कोरोना बुथ बनाउन थालिएको हो।, यस्ता बुथ देशका १३ शहरमा विभिन्न टोलीले बनाइरहेको पुनले जानकारी दिए। काठमाडौं, ललितपुर, भक्तपुर, विरातनगर, ईटहरी, धरान, उ...
सेतोपाटी संवाददाता कोेरोना त्रासका कारण जनकपुरमा चिकित्सकहरु आफ्नो कर्तव्यबाट पन्छिरहेका छन्।, सर्वोच्च अदालत र तीनै तहका सरकारले बिरामीको उपचारमा पछि नहट्न भनिरहेका बेला प्रदेश २ को अस्थायी राजधानीमै चिकित्सकहरु जानकारी नै नदिई अस्पतालमा अनुपस्थित हुन थालेका हुन्।, अस्पताल प्रशासनलाई कुनै जानकारी नै नगराई चिकित्सकहरु...