content
stringlengths
20
64.1k
वासिङ्टन पोष्ट (येलेना केसमानोभिसको यो लेख हामीले वासिङ्टन पोस्टबाट अनुवाद गरेका हौं। ‘आर्लिंगटन डिसी बिहेभियर थेरापी इन्स्टिच्यूट’ की संस्थापक निर्देशक येलेना जर्जटाउन विश्वविद्यालयमा मनोविज्ञानकी सहायक प्राध्यापक पनि हुन्।), तपाईंलाई केही दिनयता छटपटी बढेको अनुभव हुँदैछ? छ भने यो तपाईंको मात्र समस्या होइन।, मार्च अन...
एजेन्सी कोरोना भाइरसको महामारी सुरु भएको चीनको हुबे प्रान्तको वुहान शहरमा लगाइएको लकडाउन हटाइएको छ।, लकडाउन हटेसँगै अब स्मार्टफोनमा व्यापकरुपमा प्रयोग हुने स्वास्थ्य एपमा हरियो कोड भएकाहरू जनवरी २३ यता पहिलोपटक वुहान शहर बाहिर जान पाउनेछन्।, यसैगरी लकटाउन हटाएपछि यातायातका सेवाहरू पनि संचालनमा आएका छन्।, मंगलबार वुहान...
सेतोपाटी समाचार लेखेको विषयलाई लिएर नेपाली काँग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले पत्रकारलाई धम्क्याएको प्रति नेपाल पत्रकार महासङ्घ, खोटाङ शाखाले आपत्ति जनाएको छ।, क्वारेन्टाइनमा नागरिक राख्न काँग्रेस सभापति श्रेष्ठको असहयोगबारे समाचार प्रकाशन भएको विषयमा  श्रेष्ठले पत्रकार उत्तम चौलागार्इंलाई ज्यान मार्ने धम्की ...
सेतोपाटी संवाददाता सरकारले चीनबाट सात करोड बढी रुपैयाँ खर्चेर ल्याएको र्‍यापिड टेस्टिङ किट ठिक छ/छैन भनेर जाँच गर्ने भएको छ। यो किटले १५ मिनेटमै कोरोना भाइस (कोभिड-१९) को नतिजा दिन सक्छ।, केही विज्ञहरूले यसले दिने नतिजाको विश्वसनीयतामाथि प्रश्न उठाएपछि सरकारले पहिले यो ठिक छ कि छैन भनेर जाँच गर्न लागेको हो।, सुरूमा यस...
रासस कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना शंका गरिएका र कोरोना संक्रमित पुष्टि भएकाहरुका लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ।, प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले वर्तमान अवस्थालाई ध्यानमा राखी जोखिम न्यूनीकरणका लागि व्यक...
सेतोपाटी संवाददाता प्रदेश नम्बर १ को सोलुखुम्बुस्थित खुम्बुपासाङ ल्हामु गाउँपालिकामा कार्यरत सब-ईञ्जिनियर मृत अवस्थामा फेला परेका छन्।, सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ रोसीका २७ वर्षीय पूर्ण खड्का मृत अवस्थामा सोमबार फेला परेका हुन्।, गाउँपालिकामा कार्यरत खड्का लकडाउन हुनअघि गाउँपालिकाबाट घर बिदामा गएका थिए। खड्काक...
सेतोपाटी संवाददाता ऊर्जा, जलस्रोत ताथ सिँचाइ मन्त्री वर्षमान पुनले काठमाडौंबाट गृह जिल्ला रोल्पामा कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन्।, मन्त्री पुनले सोमबार चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पिपिई), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्य...
रासस गैंडा गणनाको सम्पूर्ण तयारी पूरा भएपनि जारी लकडाउन र प्रतिकूल मौसमका कारण यसवर्ष गणनाको सम्भावना टरेको छ।, यही चैत १० गतेदेखि हुने भनिएको गैँडा गणना कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि मुलुकमा लकडाउन जारी भएपछि स्थगित गरिएको हो। शुरुमा चैत १ गतेबाट गणना गरिने भनिए पनि मौसमको प्रतिकूलताका कारण पछाडी सारिएको थियो...
एजेन्सी भारतको मुम्बईमा एक अस्पताल नै कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ। सोमबार दिउँसोसम्म वोखार्ड अस्पतालका २६ नर्स र तीन जना डाक्टरमा कोरोना भाइरसको पुष्टि भएको छ।, नर्स र डाक्टरहरूलाई कोरोना भाइरस देखिएपछि स्थानीय प्रशासनले उक्त अस्पतालबाट बाहिर जान र भित्र आउन बन्द गरिदिएको छ।, बृहतमुम्बई म्युनिसिपल कर्पोरेसन...
सेतोपाटी संवाददाता भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा रहेका ७३ जना नेपालीलाई सोमबार घर पठाइएको छ।, उनीहरूमा कोरोनाभाइरसको परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको नेपाली सेनाका प्रमुख सेनानी शिवप्रसाद पौडेलले जानकारी दिए।, ७३ जनामध्ये २६ जना उपत्यकाभित्र र बाँकी सबै उपत्यका बाहिरका छन्। जसमा झापा, नेपालगञ्ज, पोखरा र ...
सेतोपाटी संवाददाता सरकारले चैत महिनामा उपत्यकाभित्र विदेशबाट आएका व्यक्तिको कोरोनाभाइरस (कोभिड-१९) परीक्षण गर्ने भएको छ। , सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङमा सो जानकारी गराएका हुन्।, उनले यसका लागि उपत्यकाभित्रका सबै मेयर र वडा अध्यक्षसँग छलफल गरेर कार्यान्वयन गर्ने निर्णय भएक...
सेतोपाटी संवाददाता स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस संक्रमिसँग विदेशबाट आएका वा उनीहरूसँग सम्पर्कमा रहेका ९ हजार एक सय ६८ जना क्वारेन्टिनमा रहेको बताएको छ।, सोमबार स्वास्थ्य मन्त्रालयलका प्रवक्ता विकास देवकोटाले पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी दिएका हुन्।, साथै,उनले एकसय ७ जना आइसोलेसनमा रहेको समेत जानकारी दिए। ...
प्रशन्न पोखरेल गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ४ की एक महिला आइतबार माइती गइन्।, श्रीमानसहित सिरानचोक गाउँपालिका वडा नम्बर ७ श्रीनाथकोट पुगेकी उनी माइती घरभित्र छिर्न पाइनन्, आँगनबाटै फर्किइन्।, कोरोना भाइरस संक्रमित संख्या वृद्धि भएसँगै सरकारले एक स्थानीय तहबाट अर्कोमा आउजाउ बन्द गरिदिएको छ।, कोरोना त्रासका ...
द न्यूयोर्क टाइम्स (जेसिका लस्टिगको यो लेख हामीले न्यूयोर्क टाइम्सबाट भावानुवाद गरेका हौं। जेसिका न्यूयोर्क टाइम्स म्यागेजिनकी सहायक सम्पादक हुन्। ,चैत १५ गते पहिलोचोटि प्रकाशित यो लेख हामीले पुन: प्रकाशन गरेका छौं।), 'तिमीलाई कस्तो छ प्रिय?' मैले बैठक कोठाबाट मेरो श्रीमानलाई फोन गरेँ।, म केही दिनदेखि यही बैठकमा सुतिर...
भगवती पाण्डे आइतबार साँझदेखि संचालन भएको भैरहवास्थित कोरोना प्रयोगशालामा परीक्षणका लागि २८ वटा नमुना आएका छन्। , नेपालगञ्जबाट २६ र लुम्बिनी प्रादेशिक अस्पतालबाट दुई वटा नमुना परीक्षणको लागि लगिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिए।, प्रयोगशाला संचालनमा आएपनि प्राविधिक...
सेतोपाटी संवाददाता सरकारले निजी अस्पतालमै बसेर कोरोना नियन्त्रणको क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी तथा चिकित्सकलाई नेपाल सरकार मातहतका कर्मचारी बराबरको सुविधा दिने निर्णय गरेको छ।, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।, यसैगरी, निजी क्षेत्रका चिकित्सकहरूले सरकारी अस्पतालमा गएर काम गर्न चाहेमा सम्बन्ध...
सेतोपाटी संवाददाता सरकारले निजी अस्पतालमा काम गर्ने चिकित्सकहरूले सरकारी अस्पतालमा काम गर्ने चाहेमा त्यो अवसर प्रदान गर्ने भएको छ।, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले काम गर्न चाहने त्यस्ता चिकित्सकहरूलाई तह अनुसार मिलाएर काम गर्न दिने निर्णय गरेको हो।, सरकारका प्रवक्ता युवराज खतिवडाले सरकारी अस्पतालमा काम गर्न आउने ...
सेतोपाटी संवाददाता कोरोनाभाइरस आशंकामा प्रदेश दुईमा १ सय ३ वटा स्वाब नमुना परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ४० जनाको रिपोर्ट निगेटिभ आएको छ भने ६३ जनाको रिपोर्ट आउन बाँकी छ।, प्रदेश २ मा कोरोनाभाइरस संक्रमणको आशंकामा अहिलेसम्म विभिन्न जिल्लामा निर्माण गरिएका २ हजार ९ सय १८ बेड क्षमताका १ सय ४२ क्वारेन्टाइनमा ८ सय...
सेतोपाटी संवाददाता सरकारको निर्णयविपरित उदयरपुरको वेलका नगरपालिकामा नेपाली कांग्रेसले कोरोनाभाइरसको नाममा राहत कोष स्थपना गरेको छ।, सरकारले यसअघि नै राहत कोषलाई एकद्वार प्रणालीमा लैजाने भन्दै सरकारी कोषबाहेक कोरोनाको नाममा कुनै पनि कोष स्थपना गर्न नपाइने निर्णय गरेको थियो।, जथाभावी राहत कोष स्थापना गर्दा त्यसमा अनियमि...
सेतोपाटी संवाददाता सरकारले कोरोना संक्रमितसँग सम्पर्कमा रहेका वा बाहिरबाट आएकाले अबदेखि १४ दिन क्वारेन्टिनमा बसे पनि ७ दिन थप ‘होम क्वारेन्टिन’मा बस्नुपर्ने निर्णय गरेको छ।, सोमबार बसेको मन्त्रिपरिषदको बैठकले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्थालाई परिमार्जन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवर...
सेतोपाटी संवाददाता कालीमाटीसँगै बल्खुको फलफूल तथा तरकारी बजारमा भीड बढेपछि  काठमाडौं महानगरपालिकाले विभिन्न ११ स्थानमा वैकल्पिक तरकारी बजारका लागि ठाउँ उपलब्ध गराउने भएको छ।, महानगरले महानगर क्षेत्रभित्रका कलंकी चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गगंबु चोक, बसुन्धरा चोक, गोपिकृष्ण हल चोक, तीनकुने चोक लैनचौर, रत...
नारायण महर्जन मारवाडी युवा मञ्चले प्रहरीलाई पिपिई सहयोग गरेको छ।, कोभिड १९ सेफ्टी मेजर कार्यक्रम अन्तर्गत प्रहरीलाई पिपिई प्रदान गरिएको मञ्चले जनाएको छ।, सोमबार ललितपुर प्रहरी परिसरलाई ४० थान पिपिई तथा चस्मा प्रदान गरिएको छ।, यसअघि आइतबार टेकू प्रहरी परिसरलाई ५० थान पिपिई तथा चस्मा प्रदान गरिएको थियो।, मञ्चका अनुसार भ...
नारायण महर्जन लकडाउनका कारण धार्मिक स्थलमा रहेका जनावरलाई समेत खानाको समस्या देखिएपछि विभिन्न संघसंस्थाले खाना जुटाइदिन थालेका छन्।, पशुपतिनाथ, स्वयम्भू लगायत क्षेत्रमा रहेका बाँदर, कुकुर, गाइगोरु, परेवा तथा चराचुरुङ्गीलाई विभिन्न क्षेत्रका समुदायले खाना जुटाइदिन थालेका छन्।, यसै क्रममा आज पशुपतिनाथ र स्वयम्भू परिसरमा...
सेतोपाटी संवाददाता राष्ट्रिय आविष्कार केन्द्रले एम्बुलेन्स चालकहरूलाई पिपिई उपलब्ध गराउने भएको छ।, एम्बुलेन्स चालकहरूले पिपिई अभावमा बिरामी बोक्न नमानेपछि केन्द्रका अध्यक्ष महावीर पुनले पिपिई उपलब्ध गराउने बताएका हुन्।, ‘काठमाडौंमा हुनुभएका एम्बुलेन्स चालकहरूले लाइसेन्ससहित एम्बुलेन्स नै लिएर आविष्कार केन्द्र त्रिभुवन...
एजेन्सी सिङ्गापुरले विदेशी २० हजार कामदारलाई क्वारेन्टाइनमा राखेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।, कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले क्वारेन्टाइनमा बस्न अनिवार्य गरेकाले उनीहरूलाई विद्यालय तथा क्याम्पसका क्वारेन्टाइनमै राखेको अधिकारीहरूले बताएका छन्।, उनीहरूले कम्तीमा १४ दिनसम्म कोठा छोड्न नपाउने र क्व...
सेतोपाटी झापाको क्वारेन्टाइनमा बसेकामध्ये करीब पचास प्रतिशत घर फर्किएका छन्।, क्वारेन्टाइनमा १४ दिन पूरा गरेपछि उनीहरुले घर फर्किने अनुमति पाएका हुन्।, पछिल्लो जाँचमा कोभिड–१९ को कुनै पनि लक्षण देखा नपरेका कारण सरकारले तोकेबमोजिमको क्वारेन्टाइन अवधि पूरा गरेर सोमबारसम्म झापामा १०२ जना घर फर्किएको जिल्ला प्रहरी कार्याल...
सेतोपाटी हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधाराको मेला यस वर्ष कोभिड– १९ का कारण स्थगन गरिएको छ।, कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले यस वर्ष बुधबार मेला आयोजना नगरिए पनि पूजाराधना भने गरिने बालाजु बाइसधारा मूल पुजारी थकाली धनलाल महर्जनले बताए। , विभिन्न समयमा भएका राजनीत...
सेतोपाटी महोत्तरी जिल्लाको एक गाउँमा लुकेर बसेको अवस्थामा सोमबार १५ भारतीय किशोर फेला परेका छन्।, उनीहरू एउटै घरमा लुकेर बसेको अवस्थामा फेला परेका हुन्।, कोरोना भाइरसको रोकथाम तथा संक्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर सीमापारिबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेर ...
समिक्षा अधिकारी मीरा निरौलाले दुईपटक कोरोना परीक्षण गराइसकिन्। भाग्यवश दुवै रिपोर्ट नेगेटिभ आयो। यसले उनको हौसला बढेको छ, तर डर मेटिएको छैन।, मीरा टेकुको शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालकी नर्स हुन्। नेपालमा भेटिएका नौ जना कोरोना संक्रमितमध्ये दुई जनाको टेकु अस्पतालमै उपचार भइरहेको छ। निको भएर गएका एक जना पनि यही...
सेतोपाटी संवाददाता भारतमा सोमबार साँझसम्म कोरोना भाइरसले मर्नेको संख्या १३२ पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ।, भारतमा मृत्यु हुने र नयाँ संक्रमित हुनेको संख्या पनि लगातार बढिरहेको छ। सोमबारसम्म भारतमा ४ हजार ७ सय ५७ मानिस संक्रमित भएका छन्। सोमबार एकै दिनमा ४७९ मानिसमा संक्रमण पुष्टि भएको छ।, कोरोना संक्रमणबाट महार...
विवेक राई कैलाली र कञ्चनपुरमा २ सय जनाको कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्न र्‍यापिड टेस्टिङ किटबाट नमूना लिन सुरू गरिएको छ। , , त्यसको लागि मंगलबार बिहानै टोली परिचालन भएको कैलाली स्वास्थ्य कार्यालयका प्रमुख ललित धामीले जानकारी दिए।, 'दुइटा समूहमा टोली गोदावरी नगरपालिका गएको छ। आजैबाट नमूना लिने काम सुरू भएको छ,...
सेतोपाटी संवाददाता काठमाडौंमा हिजोआज तरकारीको भाउ छोइनसक्नु छ। लकडाउनको मौका छोपेर खुद्रा व्यापारीले मनलाग्दी भाउ राखेर तरकारी विक्री गरिरहेका छन्।, बल्खु, कालिमाटी, बानेश्वरलगायत तरकारी बजारबाट सस्तोमा तरकारी उठाएर खुद्रा व्यवासायीले महंगोमा विक्री गर्ने गरेका छन्।, घरछेउको पसलमा तरकारी महँगो भएपछि मानिसहरू नजिकका ठू...
निशा भण्डारी राष्ट्रिय आविष्कार केन्द्रले कोरोना संक्रमित बिरामी जाँच्न चिकित्सकले लगाउने पिपिई उत्पादन गरिरहेको छ।, मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइरालाले डिजाइन ठीक रहेको बताएपछि केन्द्रका प्रमुख महावीर पुनले उत्पादन सुरू गरेका हुन्।, एउटा २ लेयरको वाटरप्रुफ टफेटा, चेन र इलास्टिक र थ्रिडी प्रिन्टिङको चस्मा-फ्रेमम...
एजेन्सी भारतमा पछिल्लो समय कोरोना भाइरसका संक्रमित दिनदिनै बढ्न थालेका छन्। संक्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २५ गतेदेखि लक डाउन घोषणा गरे पनि संक्रमणको दर भने रोकिएको छैन।, आइतबारसम्म भारतमा ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ सय ९ जनाले ज्यान गुमाएको द हिन्दुले जनाएको छ।, भारत...
रासस भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ।, उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको छ।, इँटा बनाउने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबेर मृत्यु भएको थाहा पाएपछि प्रहरीले पोखरीबाट शव ...
सेतोपाटी संवाददाता धनगढीका कोरोनाभाइरस (कोभिड-१९) संक्रमित युवाको परिवारको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।, स्वास्थ्य मन्त्रालयले शनिबार ती युवाको भाउजूमा भने कोरोना संक्रमण भएको पुष्टि गरेको थियो। तर परिवारका अन्य ७ जनाको नतिजा नेगेटिभ आएको छ।, परिवारका सदस्यका अनुसार अस्पतालले बाँकी ७ जनाको नतिजा नेगेटिभ आएको जानकारी...
समिक्षा अधिकारी आइतबार नेपाल लकडाउनको १३ औं दिन। सबैका आ-आफ्नै समस्या छन्। स्वयम्भूका निशान्त प्रधानलाई भने सबभन्दा चिन्ता ज्यानको छ।, बडी बिल्डर (शारीरिक सुगठन) खेलाडी निशान्त यी दिनमा जिम जान पाएका छैनन्। शरीरका अंगहरू असन्तुलित हुँदै जाने हुन् कि, स्फूर्तिमा कमी आउने हो कि भन्ने चिन्ता थपिएको छ।, आगामी सेप्टेम्बरमा...
दिपकजंग शाही सुदूरपश्चिम प्रदेशको कैलालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सीमा जोडिएका सुर्खेतका स्थानीय तहरूले उक्त जिल्लाबाट आवागमन बन्द गराएका छन्। , पश्चिम सुर्खेतका चौकुने, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाले कैलालीसँग आवातजावत बन्द गर्न झोलुंगे पुल र डुंगासमेत बन्द गरेका छन्।, कैलालीसँग धेरै जोडिएको चौकुन...
नारायण खड्का ‘पालै पालो एक–एक गरी आएर दुरी कायम गरि सामान किनेर लैजानुहोस्’,अत्यावश्यक सामग्री बोकेको पिकअप माइकिङ गर्दै बस्ती-बस्तीमा पुग्छ।, त्यसले तरकारी र फलफूलको दैनिक दर रेट भन्छ। कसैले ठगी गर्न नपाओस् भनेर फलफूल र तरकारीको रेट विशेष महत्वका दिएर माइकिङ गरिन्छ। अन्य खाद्यान्न सबैको दररेट गाडीमै हुन्छ।, लकडाउनको ...
सेतोपाटी संवाददाता पर्सामा आफ्नै बुहारीको हत्या गरेको आरोपमा प्रहरीले सासू, ससुरा र कान्छी बुहारीसहित ४ जनालाई पक्राउ गरेको छ।, पर्सा जिल्लाको बहुदराई नगरपालिका ८ रामनगरी निवासी उर्मिला देवी कानुको हत्याको अरोपमा उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।, शुक्रबार राति उर्मिलाको हत्या गरि रातभरि...
नारायण महर्जन कीर्तिपुरका युवाहरूले नगर क्षेत्रभित्रका ज्यालादारी मजदुरलाई खाना बाँड्न थालेका छन्।, आइतबारदेखि उनीहरूले दैनिक काम नपाएर अलपत्र परेकाहरूलाई खाना खुवाउन थालेका हुन्।, स्थानीय युवाहरू विनोद महर्जन, नवीन श्रेष्ठ, रविन्द्र महर्जन, सकेश महर्जन, कृष्ण श्रेष्ठ, मनोज बुढाथोकीलगायतले आफैं पैसा उठाएर खानाको व्यवस...
नारायण खड्का दाङमा चैत १ गतेदेखि ११ गतेसम्मको अवधिमा ३ हजार ६ सय ३६ जना विदेशबाट फर्किएका छन्।, जिल्ला आपतकालीन कार्य सञ्चालन कार्यालयका सूचना व्यवस्थापन अधिकृत विश्व अर्यालका अनुसार जिल्लाका दश स्थानीय निकायमा ११ दिनमा ३ हजार ४ सय ९५ जना भारतबाट र अन्य मुलुकबाट १ सय ४२ जना फर्किएका छन्। खुल्ला सीमानाबाट लुकिछिपी अरु ...
सन्जिब बगाले नेपाल सरकारले कोरोना भाइरससम्बन्धी स्वास्थ्य सामग्री किन्ने जिम्मा नेपाली सेनालाई दिएको छ।, सेनाले आइतबार आफूलाई स्वास्थ्य सामग्री किन्ने जिम्मेवारी दिइएको बताएको छ।, सेनाले भिडिओ कन्फरेन्समार्फत सरकारले दिएको जिम्म्मेवारी इमान्दारीसाथ पूरा गर्ने बताएको छ।, 'हामी गुणस्तरमा सम्झौता गर्दैनौं। विश्व स्वास्थ्...
सेतोपाटी संवाददाता भक्तपुरको खरिपाटीमा रहेका ९४ जना नेपालीको कोरोना भाइरस (कोभिड-१९) को परीक्षणको नतिजा नेगेटिभ आएको छ।  उनीहरू कसैमा पनि संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ।, कोरोना संक्रमित भएका विभिन्न देशबाट आएका नेपालीहरूलाई खरिपाटी क्वारेन्टाइनमा राखिएका थिए। जसमा भारत र बंगलादेशबाट बसमा आएका ...
रासस कोभिड- १९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन्। पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा काठमाडौँसम्म ल्याउन सहजीकरण गरेको थियो। यसरी स्वदेश फर्किएकामा जर्मनीका ९०७, फ्रान्सका ६०...
रासस कञ्चनपुरका ४१ वर्षीय एक नागरिकलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीले थप सावधानी अपनाएको छ।, भारतको उत्तराखण्डबाट ती संक्रमित व्यक्ति गत चैत १४ गते लुकीछिपी कञ्चनपुरको ब्रह्मदेव नाकाबाट स्वदेश आएका थिए।, ‘भारतबाट नेपाल प्रवेश गर्दा त्यो दिन पाँच जनाको समूह हाम्रो ढोका...
सेतोपाटी संवाददाता कोरोनाभाइरसको स्वाब परीक्षण काठमाडौं उपत्यकाबाहिर ६ स्थानबाट भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।, आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पत्रकार सम्मेलनमार्फत् उपत्यकाबाहिर ६ स्थानबाट पनि परीक्षणको सुरूआत भएको बताए।, धरान, पोखरा, जनकपुर, सुर्खेत, हेटौंडा र धनगढीबाट पनि परीक्षण भइर...
प्रशन्न पोखरेल काठमाडौंका ठूला सरकारी अस्पतालमा रहेका भेन्टिलेटर मर्मत गर्ने प्राविधिक र सामग्री नपाउँदा त्यसै थन्किएका छन्।, कोरोनाभाइरस संक्रमित बिरामी संख्या थपिँदै गएको अवस्थामा अस्पतालका भेन्टिलेटरहरू तयारी अवस्थामा राख्नु पर्नेमा मर्मत हुन सकेका छैनन्।, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको आइसियू क...
रासस मनाङ आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।, यहाँ आइपुगेका ती नागरिक स्वदेश फर्किन नमानेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए।, उनका अनुसार ती पर्यटकमा अमेरिका, नेदरल्याण्ड, अर्जेन्टिना, जर्मन, इजरायल लगायतका युरोपियन देशका रहेका छन्। माथि...
रासस इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई आज बिहान नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन्।, लकडाउनमा पनि ती युवा बा ६ च ७०१९ नम्बरको कारमा धरान हुँदै आज बिहान काँकडभिट्टा आइपुगेको प्रहरीले जन...
सेतोपाटी संवाददाता सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेस्टिङ किटबाट ठूलो संख्यामा कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्ने भएको छ।, यो किटले परीक्षणको नतिजा १५ मिनेटमै दिनसक्छ। सरकारले यही किटको प्रयोग गरेर कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा बसेका व्यक्तिको परीक्षण गर्न लागेको हो। , स्वास्थ्य मन्त्रालयका अ...
सेतोपाटी संवाददाता अबदेखि प्रदेश ५ मा रुपन्देहीको भैरहवास्थित गहुँबाली केन्द्रमा निर्माण गरिएको प्रयोगशालाबाट कोरोना परीक्षण हुने भएको छ। , संघीय सरकारको सहयोगमा निर्माण गरिएको प्रदेशस्तरीय प्रयोगशालामा आइतबार गरिएको कोरोना भाइरस नमुना परीक्षण सफल भएको हो। अब कोरोना आशंकामा विरामीको स्वाब काठमाडौं पठाउनुपर्ने बाध्यता ...
युनिक श्रेष्ठ भारतबाट महाकाली नदीमा हाम फालेर आएका कञ्चनपुरका एक युवालाई  शनिबार कोरोना भाइरसको पुष्टि भयो। ती युवा उत्तराखण्डबाट आएका थिए।, पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको छ। उत्तराखण्डमा आइतबारसम्म १६ जनामा संक्रमण पुष्टि भइसकेको छ। नेपालबाट गएका मजदुरलाई पनि संक्रमण भएको हुँदा उत्तरा...
सेतोपाटी टिम सुदूरपश्चिममा कोरोना संक्रमणको खतरा पछिल्ला दिनमा बढेको छ। केही सातायता भारत गएका हजारौं नेपाली घर फर्किएको अनुमान गरिएको छ। भारतमा कोरोना संक्रमण नेपालभन्दा धेरै भएकाले घर फर्किएका कतिपय नेपालीलाई पनि संक्रमण भएको आशंका छ।, शनिबार मात्रै भारतबाट फर्किएका दुई जनालाई संक्रमण पुष्टि भएको छ। यसअघि नै संक्रमण...
जुना श्रेष्ठ सामाजिक सञ्जालमा यति बेला एउटा भिडिओ चर्चामा छ। भिडिओमा एक प्रहरी जवान बीच चोकमा माइक बोकेर उभिएका छन्। 'घुम्तीमा नआऊ है..' गीतको भाकामा 'घर बाहिर नजाऊँ है..कोरोनाले समाउला..' भन्दै गाइरहेका छन्।, इलाका प्रहरी कार्यालय इटहरीको फेसबुकमा पोस्ट भएको उक्त भिडिओमा देखा परेका प्रहरी जवान हुन् धिरज लिम्बू। उनले ...
सेतोपाटी संवाददाता धनगढीका कोरोनाभाइरस (कोभिड-१९) संक्रमित ३४ वर्षीय पुरूषको दोस्रो परीक्षणको नतिजा पनि पोजेटिभ देखिएको छ।, संक्रमित पुरूषका दाइले भाइको दोस्रो परीक्षणको नतिजा पनि पोजेटिभ देखिएको जानकारी दिए।, संक्रमित व्यक्ति गत चैत ७ गते दुबईबाट नेपाल आएका थिए।, शनिबार उनकी भाउजूलाई पनि कोरोना संक्रमण देखिएको थियो। ...
सेतोपाटी संवाददाता कोरोना संक्रमित २१ वर्षीय युवासँगै भारतबाट आएका दाङका १० युवाको पहिचान खुलेको छ।, कैलालीका एक युवामा कोरोनाभाइरस पोजेटिभ देखिएपछि उनीसँगै भीडमा रहेकाको खोजी कार्य भइरहेको छ। चैत ११ गते गौरीफन्टा नाकामा नेपाल प्रवेश पाउनुपर्ने माग गर्दै संक्रमित ती व्यक्तिसहितकाे ठूलो भीड लागेको थियो।, सो भीडमा रहेका...
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकाले नगरभित्रका सडकमा क्लोरिन झोल र ब्लिचिङ पाउडर मिश्रित औषधि छर्किने काम सुरु गरेको छ। , तीन दिनमा उपमहानगरपालिका भित्रका सडकमा क्लोरिन छर्किने काम सकिने उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए। क्लोरिन छर्किँदा सडक किनारमा टाँसिएर रहेका किटाणु मर्नेछन्। , ४५ सय लिटर ...
युवराज श्रेष्ठ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा दुइटा प्लाष्टिक कुर्सी जोडेर एक जना बालकलाई सुताइएको छ। ,जहाँ बालकका बुवा र वृद्ध हजुरबुवा चित्र कँडेल बालकलाई हेरेर बसिराखेका छन्। बालक घरिघरि खोक्छन्, उनका बाबुले पानी पिलाउँछन्।, बाग्लुङको ताराखोला गाउँपालिकाका ६ वर्षीय ...
दिपकजंग शाही सेतो पर्दामा निलो मसीले लेखिएका ब्यानर वीरेन्द्रनगर बजारभित्र चार ठाउँमा छन्। ब्यानरसँगै खाना राख्ने भाँडा पनि छ। यी खानेकुरा लकडाउनले भोकभोकै परेका कुकुरलाई खुवाउन राखिएको हो।, लकडाउन बेला आ-आफ्नो घरमा बचेका खाना फाल्नुभन्दा छाडा कुकुरहरूलाई खुवाउनू भन्ने यो अभियान सशस्त्र प्रहरी बलका नायब निरीक्षक प्रका...
सेतोपाटी संवाददाता कैलालीका कोरोना संक्रमित २१ वर्षीय युवासँगै भारतबाट आएका दाङका ६ जनालाई प्रहरीको सहयोगमा आइसोलेनसमा राखिएको छ।, घोराही र तुलसीपुर क्षेत्रमा बसोबास गर्दै आएका ६ जनालाई आइतबार बेलुका तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेनसमा पठाइएको हो।, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रि...
मिरा खतिवडा विश्वभर कोरोना भाइरसको त्रास बढिरहेका बेला सुनिता भगत आफूमा अरू बेलाभन्दा बढी जिम्मेवारी थपिएको महशुस गरिरहेकी छिन्। सप्तरी कठोना बजारमा जन्मिएकी भगत न्यूयोर्कको क्विन्स सहरमा बस्न थालेको चार वर्ष तीन महिना भयो। उनका एक छोरा, एक छोरी र श्रीमान भने नेपालमै छन्।, ३५ वर्षीया भगत नर्स हुन्। विगत तीन वर्षदेखि न...
एजेन्सी नयाँ स्वास्थ्य निर्देशनले अमेरिकी नागरिकहरूलाई अनुहारमा मास्क लगाउन सुझाव दिएको भएपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले मास्क नलगाउने बताएका छन्।, शुक्रबार जारी गरिएको मार्गनिर्देशन स्वैच्छिक भएको उनको भनाइ छ।, उनले मास्क लगाएर 'राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा, रानी' लाई आफूले 'ओभल अफिस'मा सम्...
विवेक राई बिहीबार बाग्लुङकी ६५ वर्षीया महिलामा बिना लक्षण कोरोना संक्रमण पुष्टि भएपछि कतारबाट उनी आएकै हवाईजहाजमा आएका खोटाङका एक व्यक्तिको पनि परीक्षण गर्न जिल्लामा छलफल भयो।, होम क्वारेन्टाइन बसिरहेका ती व्यक्तिको स्वाब परीक्षण गर्न धरान पठाउने कुरा भयो। तर उनी बसेको जन्तेढुंगा गाउँपालिकामा स्वाब झिक्ने स्वास्थ्यकर्...
सेतोपाटी मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच शुक्रबार दोहोरो गोली हानाहान भएको छ।, मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूहसँग वनका कर्मचारीबीच शुक्रबार अपराह्न  ३:३० बजे गोली हानाहान भएको डिभिजन वन कार्यालय मोरङका प्रमुख  विशाल घिमिरेले बताए।...
रासस भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको कोरोना भाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ। , उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशंका स्वाब परीक्षणका लागि हेटौंडा पठाइएको थियो।, उनीसँगै अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल...
एजेन्सी भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ।, महामारी सुरू भएयता संक्रमणबाट भारतमा यति धेरै व्यक्तिको एकैदिन ज्यान गएको यो पहिलो पटक हो।, योसँगै संक्रमणबाट त्यहाँ ज्यान गुमाउनेको संख्या ८५ पुगेको छ।, यस्तै संक्रमितको संख्या ३ हजार ८२ भएको टाइम्स अफ इण्डियाले आफ्नो समाचारमा उल्लेख गरेको छ।, शु...
सेतोपाटी संवाददाता जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा कोरोनाको आशंकामा राखिएका पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ।, प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका तिनीहरूको स्वाब परीक्षण शुक्रबार अस्पतालमै जडान गरिएको पिसिआर मेसिनबाट गरिएको थियो।, हिजै परीक्षण गरिए पनि आज उनीहरूको परीक्षणको रिपोर्ट आएको हो।, पाँ...
रासस पोखराबाट फर्किएर लोमानथाङ पुगेका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई स्थानीवासीले सात दिन क्वारेन्टाइनमा बस्न आग्रह गरे।, स्थानीयवासीको उक्त आग्रहलाई अस्वीकfर गरेपछि लोमानथाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेल शुक्रबार नै जोमसोम फर्किए।, विश्वव्यापी महामारीका रूपमा फलिएको कोभिड–१९को रोकथाम तथा नियन्...
नारायण महर्जन शनिबार विहान काठमाडौंको बल्खुस्थित तरकारी बजारमा भीड बढ्दै गयो। लकडाउनका बेला एक केजी तरकारी किन्न पनि मानिसहरू बल्खु आइरहेका थिए।, कोरोनाभाइरस संक्रमण थप फैलन नदिन सरकारले लकडाउन गरेको छ। सडक सुनसान छ। तर बल्खुमा किन यति धेरै मानिसको भीड? यो जिज्ञासा सेतोपाटीले तरकारी बजारका व्यवसायी रामकुमार शिवाकोटीला...
कोरोना संक्रमित युवती गत पुसमा बाआमा, भाइबहिनी भेट्न म बेल्जियम गएकी थिएँ।, उहाँहरू सबै बेल्जियमै बसे पनि म भने बाग्लुङमा हजुरआमा/हजुरबुवासँग बस्छु।, बेल्जियममा तीन महिना कति चाँडै बिते!, आमा भाइबहिनीसँग बस्ने धित मरेकै थिएन। तर सधैं उतै बसेर पनि भएन, मेरो पढाइ नेपालमै थियो। नेपाल फर्किने जहाजको टिकट चैत ३ गतेलाई पक्क...
सेतोपाटी संवाददाता कञ्चनपुरमा कोरोनाभाइरसबारे भ्रम फैलाउने एक जना पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शुक्रबार साँझ २३ वर्षीय बेल्डाँडी गाउँपालिका-२ का गोपाल सुनारलाई पक्राउ गरेको हो।, उनले शुक्रबार साँझ आफ्नो फेसबुकमा 'महेन्द्रनगरको अञ्चल अस्पतालमा एक जनाको मृत्यु कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ' भ...
सेतोपाटी संवाददाता भारतबाट फर्किएका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषलाई कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, त्यस्तै, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ।, त्यस्तै, यसअघि कैलालीमा...
विवेक राई शनिबार कैलाली र कञ्चनपुरका दुई पुरुषसँगै धनगढीकी ३४ वर्षीया महिलालाई पनि कोरोना संक्रमण दखिएको छ।, संक्रमित ती महिला यसअगाडि दुबईबाट फर्केका संक्रमित युवककी भाउजू हुन्।, शनिबार महिला सबै परिवारका सदस्यसँगै घरमै बसिरहेकी थिइन्।, त्यत्तिकै उनका श्रीमानलाई अस्पतालबाट फोन आयो।, 'अस्पतालबाट मेरी श्रीमतीलाई पनि सं...
प्रशन्न पोखरेल कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका २१ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, भारतबाट गत चैत ११ गते धनगढीस्थित गौरीफन्टा नाकामा हजार बढी मानिससँग सँगै भएको खुलेको छ।  , सरकारले लक डाउन जारी गरिसकेपछि भारतका विभिन्न ठाउँबाट आएका नेपालीहरू गौरीफन्टा नाकामा अलपत्र परेका थिए। ...
सेतोपाटी संवाददाता रौतहटमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले यात्रु बोक्न ३ वटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ। तीमध्ये दुई वटा निजी संस्था र एउटा रेडक्रस सोसाइटीको रहेको छ। यात्रु ओसार्न थालेपछि प्रहरीले चालकसहित पूर्वपश्चिम राजमार्गबाट एम्बुलेन्स नियन्त्रणमा लिएको हो।, काठमाडौंबाट हरिवन आउँदै गरेको ज १ च १३४४ न...
जुना श्रेष्ठ कोरोना भाइरसको महामारीले बजारमा फेस मास्क अभाव भइरहेका बेला स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. मिङ्मार ग्याल्जेन शेर्पाले स्थानीय स्तरमै उपलब्ध सामग्री प्रयोग गरेर 'फेस शिल्ड' बनाएका छन्।, स्टेसनरी पसलमा पाइने ‘क्लियर सिट’ र ‘स्टेप्लर’, फर्निचरमा पाइने ‘फित्ता’ र ‘इलास्टिक ब्यान्ड’ प्रयोग गरेर उ...
रोमी गिरी दक्षिण कोरियाको सोलस्थित हामी बस्ने भवनमा केही साताअघि कोरोना भाइरसका एक जना बिरामी भेटिएको थियो। लगत्तै भवन पूरै ब्लक गरियो। आवतजावत ठप्प पारियो। सबैलाई राम्रो गुणस्तरको मास्क उपलब्ध गराइयो। पहिलो तलामा स्यानिटाइजर राखियो।, आफ्नै भवनमा बिरामी भेटिएपछि हामी एकदमै आत्तिएका थियौं। कोठामा स्यानिटाइजर छर्केको छर...
सेतोपाटी संवाददाता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाभाइरस परीक्षणमा हेलचक्र्याइँ नगर्न सरकारलाई आग्रह गरेको छ।, परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिएको कांग्रेसले परीक्षण गर्न सरकार कुन साइतको पर्खाइमा छ? भन्ने प्रश्न गरेको छ।, ‘अब रत्तिभर हेलचक्र्याइँको अर्थ हुनेछ, समुदायमा संक्रमण फैलन छुट। जसको परिणाम भयाव...
प्रशन्न पोखरेल महाकाली नदीमा हेलिएर नेपाल छिरेका कञ्चनपुर बेदकोट नगरपालिका वडा नम्बर ९ का ४१ वर्षीय एक पुरूषमा कोरोनाभाइरस संक्रमण देखिएको छ।, गत चैत १३ गते भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाबाट घर हिँडेका ती ४१ वर्षीय पुरुषसहित १४ जनाको समूह १४ गते महाकाली तरेर नेपाल प्रवेश गरेका थिए।, सडक निर्माणको काम गर्ने भ...
निशा भण्डारी किटाणुमुक्त क्षेत्र बनाउन युवाहरूले काठमाडौंका विभिन्न टोलमा  ‘डिसइन्फेक्सन स्प्रे’ छर्किएका छन्।, मिर्मिरे युवा समाज र श्री पञ्च कुमारी समाजले काठमाडौंका सिनामंगल, कालीमाटी डोललगायत क्षेत्रका घर र सडकमा एक सातादेखि सोडियम हाइपोक्लोराइट छर्किंदै आएका छन्।, इन्फेक्सन र महामारी रोक्ने प्रयास स्वरूप माइकिङ ग...
सेतोपाटी संवाददाता सुदूर पश्चिम प्रदेशमा पछिल्लो समय ढेड लाखभन्दा धेरै मानिस भारतबाट आएका छन्।, उनीहरूमध्ये कतिमा कोरोनाको संक्रमण भएको आशंका छ। शनिबारमात्रै भारतबाट आएका दुई जनामा कोरोनाको संक्रमण देखिएको छ।, त्यसमध्ये एक जना संक्रमितबाट उनकी भाउजुलाई पनि संक्रमण सरेको छ।  त्यसैले सुदूर पश्चिममा परीक्षणको दायरा फराकि...
सेतोपाटी संवाददाता स्वास्थ्य मन्त्रालयले १४ दिनमात्र क्वारेन्टाइनमा बसेर नपुग्ने बताएको छ।, शनिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले १४ दिन क्वारेन्टाइनमा बसेर नपुग्ने बताएका हुन्।, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १४ दिन क्वारेन्टाइनमा बसेकाको परीक्षण ...
एजेन्सी जब बिरामीहरूले अस्पतालका शैया भरिन्छन् तर  निको बनाउन सक्ने मान्छे हुँदैनन्, तपाईं कसलाई बोलाउनु हुन्छ? यो प्रश्न  केही दिनअघि इटालीको लोम्बार्डी क्षेत्रका स्वास्थ्यमन्त्री जिउलियो गालेरासामू तेर्सिएको थियो। लोम्बार्डी इटालीमा कोरोना भाइरसको सबैभन्दा ठूलो चपेटामा परेको क्षेत्र हो।, मिलान शहरभन्दा ५० किलोमिटर ट...
एजेन्सी विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ।, जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन्। यसैगरी कोरोना संक्रमणबाट सबैभन्दा धेरै मृत्यु इटालीमा भएको छ।  , संसारभर संक्रमणबाट करिब ५३ हजार जनाको मृत्यु भएको पनि उसले जनाएको छ।, जोन्स हप्किन्सले कोरोना संक्रमितको सूच...
सेतोपाटी कोरोना भाइरसका कारण अलपत्र परेका जिल्लाका विभिन्न आयोजनामा काम गर्ने मजदुरको उद्धार गरिएको छ।, लकडाउनका कारण अलपत्र  २५० जनालाई जिल्ला प्रशासन कार्यालयले उद्धार गरेर आआफ्ना घर पठाएको हो।, त्यस्तै मजदूरलाई पुर्‍याएर फर्केको बसमा भोजपुर घर भई काठमाडौं, इटहरी, धरानलगायत ठाउँमा बस्दै आएका ६१ जनाको स्वास्थ्य परीक्...
सेतोपाटी प्रदेश नं १ मा कोभिड १९ को आशंकामा बिहीबारसम्म ५९ जनाको स्वाब टेष्ट गरिएकामा ४२ को रिपोर्ट नेगेटिभ आएको छ।, बाँकीको रिपोर्ट आज आउने त्यहाँको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।, सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले झापाबाट पाँच, मोरङबाट नौ, सुनसरीबाट २५, धनकुटाबाट र संखुवासभाबाट एकएक, ते...
सेतोपाटी क्वारेन्टाइनमा राखिएकालाई कम्तीमा १४ दिन निगरानीमा राख्नुपर्ने सरकारी तथा कोरोनासम्बन्धी मापदण्ड भए पनि दैलेखको एक स्थानीय तहले दुई दिनमै घरमा पठाइदिएको छ। , महाबु गाउँपालिका रहेको क्वारेन्टाइनमा  राखिएका  २१ जनालाई निगरानी राख्नु पर्ने दिन पूरा नहुँदै घरघरमा पठाइएको हो।, क्वारेन्टाइनमा राखिएका मानिस विदेशबाट...
सेतोपाटी संवाददाता निजी अस्पतालहरूले मगाएको स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेको छ।, चीनको ग्वाङ्जाओबाट पिपिई लगायतका सामाग्री बोकेको नेपाल एयरलाइन्सको जहाज आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो।, बिहीबार फ्ल्यास फ्रेटका प्रमुख तथा प्रबन्ध निर्देशक थोमस मुर्रेले जहाजमा मेडिकल किट, पिपिई, मास्क, पञ्जा, थर्मोमिटर...
सेतोपाटी सप्तरी जिल्लामा भएको धार्मिकसभामा भाग लिन आएका १३ इण्डोनेशियाली नागरिकलाई महालक्ष्मी र गोदावरी नगरपालिकाबाट फिर्ता पठाइएको छ।, कोभिड–१९ का कारण मुलुकमा लकडाउन चलिरहेको अवस्थामा गत चैत १९ गते बिनाजानकारी उनीहरु महालक्ष्मी–४ इमाडोलको अजिजिया मद्रसा मस्जिदमा आइ बसेकामा महालक्ष्मी र गोदावरीका स्थानीयले विरोध गरेस...
रासस ज्वरो आएर उपचारका लागि गएकी एक विरामीको चितवनस्थित भरतपुर अस्पतालमा मृत्यु भएको छ।, सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नम्बर २ की २६ वर्षीया उषाकुमारी राईको शुक्रबार विहान मृत्यु भएको हो। विरामी भएपछि उपचारका लागि हेटौंडा अस्पताल पुगेकी उनलाई त्यहाँबाट रिफर गरिएको थियो।, भरतपुर अस्पतालका डाक्टर भोजराज अधिकारीका अ...
सेतोपाटी संवाददाता बाग्लुङस्थित धौलागिरि अञ्चल अस्पतालमा एउटा भेन्टिलेटर पुगेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले हिजो राति साढे १० बजेतिर भेन्टिलेटर आइपुगेको जानकारी दिए।, उक्त अस्पतालमा अहिले बेल्जियमबाट आएका दुई जना कोरोना संक्रमितको उपचार भइरहेको छ।, एक जना १९ वर्षीया युवती र ६४ वर्षीया महि...
रासस भारतको पिथौरागढबाट घर फर्किएका आलिताल गाउँपालिका–३ कुलेडीका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरूलाई डडेलधुराको आलिताल गाउँपालिकाले आफैँले निर्माण गरेको क्वारेन्टाइनमा राखेको हो।, भारतको पिथौरागढमा ज्याला मजदुरी गर्दै आइरहेका आलिताल गाउँपालिका–३ कुलेडीका किरण डडाल, गोपाल डडाल र प्रकाश डडाललाई क्वारेन्टाइनमा...
युवराज श्रेष्ठ मुक्तिनाथ बाबाले बोलायो भनेर बिहीबार २ जना ‘माता’ म्याग्दीबाट मुस्ताङतर्फ लागे। म्याग्दीबाट मुस्ताङको प्रवेशद्वार घाँसामा पुगेपछि उनीहरूलाई स्थानीय आमा समूहले रोके। गाउँ छिर्न नदिने बताए। घाँसाका स्थानीयवासीलाई ती २ मातालाई क्वारेन्टाइनमा बस्न या फर्कने विकल्प दियो। मुक्तिनाथ जान नपाउने भएपछि उनीहरू फर्...
अनुषा अधिकारी नेपाली ब्रान्ड, 'यो घर कसको आलेको, खाइदिम आलु तारेको!', पाटन दरबार क्षेत्र नजिकको एक रेस्टुरेन्टबाहिर दुई वृद्ध व्यक्तिको चित्रमा लेखिएको भनाइ हो यो।, चारैतिर मूर्ति र चित्रहरूका पसल रहेको गल्लीमा झट्ट हेर्दा नै अलि नौलो देखिने यो रेस्टुरेन्टले अधिकांश बटुवाको ध्यान खिच्छ।, बेलुनहरूले धपक्क सजाइएको, चहकि...
सेतोपाटी संवाददाता प्रदेश-२ को जनकपुरमा आजेदेखि कोरोनाभाइरस (कोभिड-१९) को परीक्षण सुरू गरिएको छ।, प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले बिहानदेखि परीक्षण सुरू भएको जानकारी दिए।, उनले अब प्रदेश-२ को नमूना परीक्षण जनकपुरबाटै गरिने बताए।, सकारले चीनबाट ल्याएको पाँच वटा पोर्टेवल पिसिआर मेसिनमध्ये एउटा जनकपुरलाई पन...
सेतोपाटी संवाददाता वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवाको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ।, आगजनीबाट वडा कार्यालयमा रहेको कम्प्युटर आवश्यक कागजात र फर्निचर पूर्णरूपले जलेर नष्ट भएको छ भने सो समूहले विद्युतीय मोटर,पंखा हिटर लगायतका सामान चोरेर लगेको वडा अध्यक्ष दशरथ प्रसाद कुर्मीले बताए।, राहत वि...
सेतोपाटी संवाददाता नेपाली सेनाले कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया रद्द गरेको छ।, सरकारले कोरोनाभाइरस रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत् ल्याउने भएपछि सेनाले खरिद प्रक्रिया रद्द गरेको हो।, यसअघि सेनाले १७ करोडको स्वास्थ्य उपकरण तथा सामग्री ल्याउनका लागि टे...
युवराज श्रेष्ठ करिब चार वर्षअघि श्रीमानको निधन भएपछि रामेछाप, हिमागंगाकी अमिका विकलाई घर शून्य लाग्यो।, घर-व्यवहारको सम्पूर्ण जिम्मा उनको काँधमा थियो। उनलाई गाउँमा खेती–किसानी गरेर दुई छोरा र चार छोरी हुर्काउन कठिन भयो। बालबच्चा हुर्काउन सजिलो होला भनेर उनी गत वर्ष पोखरा आइन्।, अमिकाका दिदी–भेना पहिल्यै पोखरा झरिसकेका...
द न्यूयोर्क टाइम्स कोरोना भाइरसबारे राज्यलाई सतर्क गराउने चिनियाँ डाक्टर ली वेनलियाङले आफूलाई भने संक्रमणबाट जोगाउन सकेनन्। बिरामी उपचार गर्दागर्दै भाइरस लागेर ३४ वर्ष उमेरमा उनको निधन भयो।, संक्रमणले अन्तिम अवस्थामा पुगेका बेला उनको अनुहार गाढा रातो देखिएको थियो। शरीरबाट चिटचिट पसिना छुटिरहेको थियो। उनलाई मास्कभित्र ...