content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता दार्चुलापारि भारतीय भूमिमा रहेका नेपालीहरू दिनदिनै महाकाली नदी तरेर नेपाल प्रवेश गरिरहेका छन्।, लकडाउनका बेला सीमा बन्द रहेको र झोलुंगे पुल पनि बन्द भएपछि भारतका विभिन्न ठाउँबाट घर आउन हिडेका सात सयभन्दा बढी नेपाली दार्चुलापारि दार्चुलामा रोकिएका हुन्।, सरकारले सीमा नखोल्ने र प्रवेश गर्न नदिने बताएप...
एजेन्सी कोरोना भारइसको संक्रमण नफैलिओस् भनेर नेपाल सरकारले चैत ११ गतेदेखि देशभरि लक डाउन गरेको छ।  सुरूमा एक हप्ताका लागि भनिएको लक डाउन थपेर दुई हप्ता पुर्‍याइएको छ।, धेरै मानिसहरूलाई लक डाउन फेरि थपिन्छ कि थपिन्न भन्ने चासो छ किनकी हाम्रो छिमेकी भारतले सुरूमै तीन हप्ता लामो लक डाउन घोषणा गरेको छ।, एउटा नयाँ अध्ययनला...
भगवती पाण्डे बुटवलको धागो कारखानामा रहेको अस्थायी कोरोना आइसोलेसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बाबुराम थापा क्षेत्रीको शव ६ दिन पुग्दा पनि उठेको छैन।, चैत ६ गते दुबईबाट रूपन्देहीको सैनौमैना ४ सिसौडाँडास्थित डेरामा पुगेका उनी ज्वरो बढ्न थालेपछि कोरोना आशंकामा चैत १३ गते अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए।, आइस...
नारायण खड्का वडा सचिवद्वारा घरबाट निकालिएकी नर्स सिर्जना खड्का छुट्टै ठाउँमा कोठा भाडामा लिएर बस्न थालेकी छिन्।, घोराहीको भरतपुरस्थित एक घरमा कोठा भाडामा लिएर बस्न थालेको उनले जानकारी दिइन्। ‘अहिले ठीक छ, म छुट्टै ठाउँमा भाडामा बस्न थालेकी छु’ उनले भनिन्।, घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा कार्यरत २० वर्षीया उनला...
सबिना श्रेष्ठ आशा डंगोल र एरिना ताम्राकारलाई अचेल घर नै स्टुडियो भएको छ। यी दुई कलाकार दम्पती हुन्, चित्र बनाउँछन्।, कोरोना आतंक फैलिँदै नेपालसम्म आउनेक्रममा उनीहरूमा एउटै डर थियो– चित्रै बनाउन नपाइने हो कि!, कुपन्डोलस्थित स्टुडियोमा एक महिनादेखि संयुक्त चित्र बनाइरहेका थिए। कोरोना त्रासले बजार सुनसान बन्दै जान थाल्यो...
नारायण खड्का आइसोलेसमा रहेका विरामीको स्वाब परीक्षणका लागि काठमाडौं जाने मानिस कोही फेला नपारेपछि एक हप्ताअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारी आफै गइन्।, ‘कोही जान मानेनन्, विरामी प्रतिष्ठानको आइसोलेसनमा बसिरहेका थिए,’ भण्डारीले भनिन् ‘अनि मैले आफ्नै गाडीमा स्वाब लगेर जानु परेको थियो।’...
द न्यूयोर्क टाइम्स कोरोना भाइरस उपचार गर्न अमेरिकाले निको भइसकेका बिरामीको शरीरमा विकास हुने ‘एन्टिबडी’ परीक्षण सुरू गरेको छ।, अमेरिकाको खाद्य तथा औषधि विभाग ‘फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन’ ले बिहीबार यस्तो परीक्षण गर्न अनुमति दिएको हो।, डाक्टरहरूका अनुसार, कुनै व्यक्तिलाई भाइरसले आक्रमण गरेपछि जब ऊ निको हुन्छ, उसको र...
सेतोपाटी संवाददाता प्रदेश-२ को सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नीति निर्माण गर्ने जिम्मा विज्ञहरूलाई दिएको छ।, मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना महामारी नियन्त्रण निर्देशक समितिले कोभिड-१९ को महामारी नियन्त्रणका लागि आवश्यक नीति निर्माण गर्नका लागि सम्बन्धित विज्ञहरूलाई जिम्मा लगाएको ह...
सेतोपाटी संवाददाता भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा रहेका ९६ जनाकै कोरोना परीक्षण हुने भएको छ।, शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले परीक्षणको लागि सबैको स्वाब लिइएको जानकारी दिए।, विभिन्न संक्रमित देशहरूबाट आएका ९६ नेपालीलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएको छ।, उनी...
एजेन्सी भारतमा क्वारेन्टाइनमा बसेका एक मजदुरले आत्महत्या गरेका छन्।, उत्तर प्रदेशको लखिमपुरका २२ वर्षीय रोशन लाललाई एक विद्यालयमा क्वारन्टाइनमा राखिएको थियो। उनी लक डाउनअघि दिल्लीको गुडगाउँमा इलेक्ट्रसियनको काम गर्थे।, अघिल्लो बुधबारदेखि  भारतभरि लक डाउन भएपछि उनी अलपत्र परेका थिए। पछि उत्तर प्रदेश सरकारले बसको व्यवस्...
सुजना ढकाल देश कोरोना भाइरसको संक्रमणबाट जोगिन लकडाउन छ। अत्यावश्यक सेवा बाहेकका सबै सवारी, व्यापार व्यवसाय, स्कुल, कलेज, अफिसहरू बन्द छन्। सरकारले अत्यावश्यक बाहेक घरबाहिर ननिस्किन भनेको छ।, तर काभ्रे महांकालकी माया तामाङलाई घर बाहिर ननिस्की सुखै छैन। उमेरले चार दशक टेक्नै लागेकी उनी काठमाडौंस्थित संयुक्त सरसफाई जागर...
एजेन्सी चीनले कोरोना भाइरसको महामारीबाट ज्यान गुमाएका नागरिकहरू सम्झनामा शनिबार देशभरि शोक मनाउने भएको छ।, चीनको मन्त्रिपरिषद्ले शुक्रबार कोरोना भाइरसबाट ज्यान गुमाउने ३ हजार ३ सय २२ जना नागरिकको सम्झनामा शोक मनाउने निर्णय गरेको हो।, सबै चिनियाँ नागरिकहरूलाई बिहान ठ्याक्कै १० बजेपछि तीन मिनेटसम्म मौनधारण गर्न भनिएको छ...
सेतोपाटी संवाददाता बाग्लुङ कुँडुलेकी १९ वर्षीया युवतीको कोरोनाभाइरस (कोभिड-१९) को दोस्रो परीक्षणको नतिजा पनि पोजेटिभ देखिएको छ।, पारिवारिक स्रोतले उनको दोस्रो परीक्षणको नतिजा पनि पोजेटिभ आएको सेतोपाटीलाई जानकारी दिए।, स्रोतका अनुसार अस्पतालले परिवारलाई बिहीबार राति पोजेटिभ आएकोबारे जानकारी गराएको हो।, योसँगै युवतीको अ...
सेतोपाटी संवाददाता भाइको लौरो प्रहारबाट गम्भीर घाइते दाजुको उपचारका क्रममा मृत्यु भएको छ।, जिल्लाको राजपुर गाउँपालिका वडा नं. १ का २७ वर्षीय सहोदर भाइ जसराम कामीले लौरो प्रहार गर्दा गम्भीर घाइते ३२ वर्षीय दाजु प्रेम कामीको उपचारका क्रममा मृत्यु भएको हो।, बुधबार राति दाजुभाइ बसेर सँगै मदिरा सवेन गरेपछि करिब साढे ११ बजे...
रासस झापामा कोरोना भाइरस (कोभिड —१९ )को संभावित जोखिम हुन नदिन भएको लकडाउन उल्लंघन गर्ने मजदूरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, लुकिछिपी भारत हिँडेका उनीहरुलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो।, नियन्त्रणमा लिइएका मध्ये ३९ मेचीनगर, १८ भद्रपुर र १५ जना कनकाई नगरपालिकामा रहेका क्वारेन्टाइनमा राखिएको जिल्...
जुना श्रेष्ठ लकडाउनमा पनि हामीले बिहान-बेलुकी तरकारी किन्न पाइरहेका छौं। कहिले सोच्नुभएको छ, त्यो तरकारी कहाँबाट कसरी आइरहेको छ?, काठमाडौंका उपभोक्ताले खाने ३० प्रतिशत तरकारी पाँचखाल नगरपालिकाबाट आउँछ। अन्यत्रबाट आपूर्ति घटेका बेला पाँचखालका किसानले भने नगरपालिकाको निगरानीमा सावधानीपूर्वक खेतीपातीको काम जारी राखेका छन...
सेतोपाटी संवाददाता प्रदेश-५ बुटवलबाहेक सबै प्रदेशमा कोरोना परीक्षण सुरू भएको छ। बुटवलमा शुक्रबारदेखि परीक्षण सुरू गर्ने तयारी रहेको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सेतोपाटीलाई जानकारी दिए।, सरकारले डेढ घण्टामै कोरोना परीक्षण गर्न मिल्ने पोर्टेवल पिसिआर मेसिन पाँच वटा प्रदेशलाई वितरण गरेको छ।, प्रदेश-१...
एजेन्सी फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लक डाउनको उल्लंघन गरे गोली हान्न आदेश दिएका छन्।, बुधबार राति देशवासीका नाममा सम्बोधन गर्दै उनले कोरोना भाइरसका कारण जारी गरिएको लक डाउनको उल्लंघन गर्नेलाई गोली हान्न सेना र प्रहरीले आदेश दिएका हुन्।, 'स्थिति झन् नराम्रो हुँदै गएको छ। त्यसैले फेरि एकपटक म यो समस्याको ग...
राकेश यादव एक व्यक्ति काठमाडौंबाट पैदल हिँडेरै वीरगञ्ज आइपुगेका छन्।, सरकारले गरेको लकडाउनका कारण सवारीसाधन पूर्ण रुपमा बन्द भएपछि वीरगञ्ज महानगरपालिका २ छपकैया टोलका प्रमोद सराफ पैदल यात्रा गरी आफ्नो घर फर्किएका हुन्।, काठमाडौंमा गमला बिक्री गरेर बस्दै आएका उनले लकडाउन लम्बिदै जाँदा हातमुख जोर्नै गाह्रो हुन थालेपछि प...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाल सरकारले घोषणा गरेको दुई हप्ते लकडाउनलाई उल्लंघन गर्ने छिटफुट गतिविधिहरू हुन थालेको भन्दै त्यसलाई जिम्मेवार ढंगले पूरा गर्न आग्रह गरेका छन्।, काठमाडौं महानगरवासीमा एक अपिल जारी गर्दै मेयर शाक्यले कोरोना संक्रमणलाई सामान्य रूपमा लिनु ठूलो गल्ती ह...
सुजना ढकाल दोलखाको मेलुङ गाउँपालिकाले संभावित कोरोना संक्रमण जोखिमबाट जोगिन नयाँ उपाय निकालेको छ।, के भन्नुहोला, विदेशबाट हालै गाउँ आएकाहरूको घरमा रातो झन्डा राखिएको छ। विदेश नजानेका घरमा झन्डा छैन।, ‘विदेशबाट आएका पाँच जनामा अहिलेसम्म कोरोना संक्रमण देखिएको छ। कोरोनाको मुहान विदेश नै रहेछ नि!,’ गाउँपालिका अध्यक्ष नरब...
निशा भण्डारी लकडाउनका कारण राजधानीका विभिन्न ठाउँमा काम गर्ने मजदुरहरूले दैनिक उपभोग्य सामानको अभाव भोग्न थालेका छन्।, कालिका कन्स्न्ट्रक्सनले जिम्मा पाएको हनुमन्ते खोला करिडोरमा काम गरिरहेका जाजकोट र रुकुमका मजदुर पानी र ग्यासको अभाव खेपिरहेका छन्।, 'घर जाऊँ भने लकडाउन छ, ग्यास सकिएर दाउराबाट खाना पकाइरहेका छौं', सल्...
अमित ढकाल र रविन्द्र शाही मेडिकल सामग्री ल्याउन नेपाल एयरलाइन्सको जहाज चीनको ग्वान्जाओका लागि उडेको छ। , त्रिभुवन विमानस्थलका प्रमुख देवेन्द्र केसीका अनुसार जहाज बिहीबार बिहान ११ बजे काठमाडौंबाट उडेको थियो।  उक्त जहाज केहीबेरअघि (नेपाली समयअनुसार २:५० बजे) ग्वान्जाओमा ल्याण्ड भएको छ। , केसीका अनुसार जहाज राति ११ बजेति...
सेतोपाटी संवाददाता कोरोनाभाइरस संक्रमणको रोकथामका निम्ति कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको छ।, ६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा सञ्चालित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भूमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको हो।, राष्ट्रिय ...
नेहा झा लकडाउनका बेला जनकपुर उपमहानगरले बेवास्ता गरेको गुनासो, लकडाउनका बेला जनकपुर उपमहानगरपालिकाले पीडित ज्यालादारी मजदुर तथा विपन्न परिवारका लागि राहत वितरणमा चासो नदिएको गुनासो बढेको छ।, एकाध वडाध्ययक्षले आफ्नै खर्चमा केही राहत वितरण गरे पनि कतिपय वडाका विपन्न परिवारमा त एउटा मास्क समेत छैन।, जनकपुरधाम वडा नम्बर १...
एजेन्सी चीनको हेनान प्रान्तस्थित जिया काउन्टी लकडाउन गरिएको छ। कोरोनाभाइरसको दोस्रो लहर फैलिने डरले मंगलबारदेखि काउन्टीमा फेरि लकडाउन गरिएको हो।, जिया काउन्टीको जनसंख्या ६ लाख रहेको छ। स्थानीय सरकारले लकडाउन सूचना जारी गरेसँगै उनीहरूलाई घरबाट बाहिर ननिस्कन भनिएको छ। घरबाहिर निस्कन सिफारिस लिनुपर्ने र मास्क तथा शरिरको ...
युनिक श्रेष्ठ ललितपुरको महालक्ष्मी नगरपालिकामा १३ जना इन्डोनेसियन नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ।, बुधबार राति सप्तरीबाट फर्किएका १३ जना इन्डोनेसियनलाई इमाडोलमा रहेको एक मस्जिदमा क्वारेन्टाइनमा राखिएको हो।, 'सप्तरीबाट पाससहित काठमाडौं फर्किएका रहेछन्,' महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी मित्रबन्धु शर्माले से...
विवेक राई कोरोना भाइरस (कोभिड-१९) की छैठौं संक्रमित महिला बाग्लुङकी भएको खुलेको छ।, यसअघि बाग्लुङकै १९ वर्षीय युवतीमा पनि कोरोना संक्रमण देखिएको थियो।  उनीहरू दुबै जना गत चैत ४ गते एउटै जहाजमा बेल्जियमबाट दोहा हुँदै काठमाडौं आएका थिए।, बाग्लुङ गौंडाकोटकी ती ६४ वर्षीया महिला यसअघि कोरोना देखिएकी युवतीकी नातेदार हुन्।, ...
सेतोपाटी संवाददाता नेपालमा छैटौं व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ।, बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङ गर्दै छैटौं व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेको हुन्।, ती व्यक्ति गत चैत ४ गते दोहाबाट कतार एयरवेजको जहाजबाट आएका उनले बताए।। , ‘राष्ट्रिय जनस्वास्थ्य प्र...
सेतोपाटी संवाददाता अमेरिकी म्यागजिन फोर्ब्सले यो वर्षका एसियाका तीन सय प्रभावशाली युवाहरूको सूची जारी गरेको छ। उद्यमी, सामाजिक काममा सक्रिय, नेतृत्वदायी र समाजमा सकारात्मक भूमिका निर्वाह गरेका ३० वर्षभन्दा कम उमेरका एसियाली युवाको नाम फोर्ब्सले बिहीबार सार्वजनिक गरेको हो। , यो सूचीमा नेपालका पाँच जना युवा पनि परेका छन...
सेतोपाटी संवाददाता ललितपुरको मस्जिदमा राख्न ल्याइएका १३ इन्डोनेसियन नागरिकलाई व्यापक विरोधपछि गोदावरीको एक रिसोर्टमा व्यवस्थापन गरिएको छ।, बुधबार राति महालक्ष्मी नगरपालिकाको इमाडोलस्थित एक मस्जिदमा १३ इन्डोनेसियन नागरिकलाई राख्न लगिएको थियो।, 'मलाई कुनै जानकारी बिना नै रातारात यता राख्न ल्याएछन्,'महालक्ष्मी नगरपालिकाक...
सेतोपाटी संवाददाता भारतबाट आएका २६ जनालाई बारा र पर्साबाट नियन्त्रणमा लिइएको छ।, बिहीबार विश्रामपुर गाउँपालिका हुँदै नेपाल आइरहेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।, उनीहरू खेतको बाटो हुँदै लुकिछिपी आइरहेको बेला प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले जान...
रासस कोरोना संक्रमणको खतरा बढ्दै गर्दा जोखिम न्यूनीकरण, सतर्कता, पूर्वतयारी, प्रतिकार्य, तथा सचेतनाका लागि स्थानीय सरकारको भूमिका खोज्न थालियो।, स्थानीय तह पनि आआफ्नो भूमिका पूरा गर्न सक्रिय भए। त्यही भूमिका पूरा गर्नुपर्ने जिम्मा पाएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ त्यत्तिमा सिमित छैनन्...
सेतोपाटी संवाददाता सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री तथा उपकरण ल्याउने जिम्मा नेपाली सेनालाई तयारी गरेको छ।, स्वास्थ्य उपकरण ल्याउने क्रममा अनियमितता भएपछि सरकारले सेना रोजेको हो।, चीनबाट पहिलो चरणमा स्वास्थ्य सामग्री खरिद गरेर ल्याएको ओम्नी समूहले औषधि ल्याउन नसकेको भन्दै सरकारले बुधबार सम्झौ...
सेतोपाटी संवाददाता नेपाल वायु सेवा निगमले काठमाडौंदेखि अष्ट्रेलियाको ब्रिसबेनसम्म बुधबार चार्टर्ड उडान गर्‍यो।, काठमाडौंस्थित अष्ट्रेलियाली राजदूतावासले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर्ड गरेर २ सय ५७ जना आफ्ना नागरिकलाई लगेको थियो।, उक्त जहाज बिहीबार काठमाडौं फर्किने छ।, नेपालमा रहेका आफ्ना नागरिक लैजान अष्ट्रेल...
सेतोपाटी संवाददाता एक अनलाइनको समाचार सामग्री हटाउन प्रधानमन्त्रीका आइटी सल्लाहकारको प्रत्यक्ष भूमिका रहेको भन्दै त्यसको छानबिन गर्न सम्पादकहरूले माग गरेका छन्।, बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यमका २१ जना सम्पादकले उक्त विषयमा ध्यानाकर्षण गराएका हुन्।, साथै, केही अनलाइन समाचार साइट बन्द गराउन प्...
नारायण खड्का विभिन्न सीमा नाकाबाट बाँके प्रवेश गरेका एक सय ८१ जना नेपालीलाई नेपाल–भारत सीमाना क्षेत्रको दशगजामा राखिएको छ।, नेपाली सेनाले उपलब्ध गराएका टेन्टहरूबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ जयसपुरमा ४५ वटा अस्थायी टेन्ट निर्माण गरी भारतबाट नेपाल प्रवेश गरेका १ सय ८१ जनालाई बिहीबारदेखि क्वारेन्टाइनमा राखिएको ...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतबाट भागेका तीन जना थुनुवालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। बिहीबार बिहान हिरासतको झ्याल उप्काएर भागेका तीन जालाई बिहीबार बेलुका नै प्रहरीले नियन्त्रण्मा लिएको हो।, बिहानदेखि खोजी गर्न परिचालित प्रहरी टोलीले बेलुका तीनै जनालाई छुट्टाछुट्टै स्थानबाट नियन्त्र...
सेतोपाटी संवाददाता उपत्यकाभित्रका स्थानीय तहहरुले ३ जनासम्मको परिवारलाई १५ किलो चामल र ३ जना भन्दा धेरै भएको परिवारलाई ३० किलो चामल उपलब्ध गराउने भएका छन्।, उपत्यका नगरपालिका फोरम काठमडौंको आज बसेको बैठकले ३ जनासम्मको परिवार र ३ जनाभन्दा माथिको परिवारलाई राहत दिने कोटा तय गरेको छ।, जसअनुसार ३ जनाको परिवारले डेढ किलो द...
सेतोपाटी संवाददाता धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरू गरिएको कोरोना भाइरस (कोभिड-१९) को पहिलो परीक्षणमा १२ जनाकै नतिजा नेगेटिभ आएको छ।, अस्पतालका सहप्रवक्ता डाक्टर अशोक ऐरले बुधबार आएको नतिजामा १२ जनाको नगेटिभ देखिएको सेतोपाटीलाई जानकारी दिए।, १२ जनामध्ये दुईजना महिला र बाँकी पुरुष छन्। काठमाडौ...
भगवती पाण्डे मनोज भण्डारी बुटवलका एम्बुलेन्स चालक हुन्। एक सातादेखि कोरोनाको संक्रमण नफैलियोस् भनेर देश लक डाउनमा छ।  अरू सबै घर बसेका बेला मनोजको व्यवस्ता भने झन् बढेको छ।, गम्भीर अवस्थाका मात्र होइन र सामान्य बिरामीलाई अस्पताल लैजाने र अस्पतालबाट डिस्चार्ज्ड गरिएकालाई घर पुर्‍याउने कामले उनलाई रातदिन फुर्सद छैन।, सर...
प्रशन्न पोखरेल प्युठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष हिरामणि भण्डारी हिजोआज चर्चामा छन्। विकास, निर्माणका काम गरेर होइन,  झोलुंगे पुल भत्काएर।, नेपालमा पनि कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउन गरेको छ। यही मेसोमा गाउँमा कोरोना संक्रमित भित्रिन्छन् कि भन्ने त्रासले अध्यक्ष भण्डारीले सोमबार लुम्दी खोल...
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकाका केही पहाडी क्षेत्रमा बुधबार साँझ हावाहुरी र पानी पर्ने देखिएको छ।, 'पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना छ,' महाशाखाकी मौसमविद् गंगा नगरकोटीले सेतोपाटीसँग भनिन्,'काठमाडौं उपत्यकाका केही स्थानमा पनि बेलुकीसम्म पानी पर्न सक्छ।...
राकेश यादव लकडाउनले समस्यामा परेकाहरुका लागि राहत बाँड्ने क्रममा वीरगन्जमा झडप हुँदा २० जना घाइते भएका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर १९ बरेवा गाउँमा राहतका लागि नाम टिपाउने क्रममा दुई पक्षबीच झडप भएको हो।, घाइतेमध्ये केहीको टाउको फूटेको छ भने केहीको हात भाँच्चिएको छ। घाइते सबैको वीरगन्जस्थित नारायणी अस्पतालमा उप...
नारायण महर्जन कीर्तिपुरको चोभारस्थित नख्खु दोभानमा बुधबार आदिनाथको जात्रा भएको छ।  ठूलो जमातमा मानिसहरू भेला भएर उक्त जात्रा गर्ने प्रचलन भए पनि यसपालि लक डाउनका कारण आवश्यक पूजारी र पूजारी खलकका मानिसहरूमात्र गएर जात्रा मनाएका हुन्।, त्रिवेणी दोभान सबैभन्दा पहिला आदिनाथ भेटिएको किंवदन्ती छ। सोही किंवदन्तीअनुसार चैत श...
सेतोपाटी संवाददाता बुटवलको तिनाउ नदीमा एक शव फेला परेको छ।, बुटवल उपमहानगरपालिका वडा नंं २ नजिकै तिनाउ खोलामा एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। , मृतकको साथमा भेटिएको मोबाइल नम्बरका आधारमा प्रेम थापा नाम रहेको प्रहरीको भनाइ छ। , गुल्मीदेखि बुटवलसम्म आएको बसको टिकट समेत खल्तीमा भेटिएको छ।...
सेतोपाटी संवाददाता नेपाल भारत सीमा नाका बेलहियामा अलपत्र परेका नेपालीलाई भारतमा र भारतीयलाई नेपालमै क्वारेन्टाईनमा राखेर व्यवस्थापन गर्ने काम सुरू भएको छ।, भारत सरकारले बेलहियाको दशगजा क्षेत्रमा अलपत्र परेका ३ सय नेपालीलाई भारतको नौतनहामा क्वारेन्टाइनमा राख्ने तयारी गरिरहँदा नेपाल सरकारले भने भैरहवामा भारतीय नागरिकलाई...
सेतोपाटी संवाददाता सरकारले कोरोनाभाइरस (कोभिड-१९) को उपचारको लागि फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी र चिकित्सकलाई सय प्रतिशत भत्ता दिने भएको छ।, साथै फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई सघाउने जनशक्तिलाई पनि पचास प्रतिशत भत्ताको व्यवस्था रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए।, 'स...
सेतोपाटी संवाददाता स्वास्थ्य सेवा विभागले कोरोना संक्रमितको उपचारका लागि चाहिने सामाग्री ल्याउन ओम्नी व्यापारिक समूहलाई दिएको ठेक्का रद्द गरेको छ।, विभाग प्रमुख महेन्द्र श्रेष्ठका अनुसार ओम्नी समूहले राखेको ५ करोड धरौटीसमेत जफत हुने भएको छ।, 'उसले ३० गते (मार्च ३०) सम्म सामान ल्याउनु पर्ने सम्झौतामा उल्लेख थियो, ल्याए...
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले गत मंगलबारदेखि देशभरि लक डाउन गरेको छ।, नेपाल प्रहरीले लक डाउनको समयमा ड्रोनको प्रयोग गरी अनुगमन थालेको छ।, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको लकडाउनमा प्रहरीले ड्रोनबाट समेत अनुमगमन थालेको हो।,  विषेशगरी राजधानी काठमाडौंमा ड्रोनबाट अनु...
सेतोपाटी संवाददाता जाजरकोट जिल्लाबाट देशका विभिन्न ठाउँमा ज्याला मजदुरी गर्नेहरू लकडाउनका कारण समस्यामा परेका छन्।, जाजरकोटदेखि ज्याला मजदुरी गर्न नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, काठमाडौं, तनहुँ, पर्सा लगायतका जिल्लामा आएका मजदुर लकडाउनका कारण खाना बस्न र घर फर्कने अप्ठ्यारोका कारण उनीहरूको दैनिकीमा समस्या पर...
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय काठमाडौंले पास वितरण स्थगित गरेको छ।, बुधबार सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले सूचना जारी गर्दै कार्यालयमा अत्यधिक भीड बढेको भन्दै पास वितरण गर्न स्थगित गरेको हो।, नेपालमा पनि कोरोनाभाइरसको संक्रमण देखिएपछि सरकारले गठन गरेको कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रण समिति...
सेतोपाटी संवाददाता स्वास्थ्य मन्त्रालयले अहिलेसम्म जम्मा ११ सय ४५ जनामा कोरोनाभाइरसको परीक्षण गरिएको जनाएको छ। तीमध्ये ११ सय ४० जनाको नतिजा नेगेटिभ आएको छ भने पाँच जनामा पोजेटिभ आएको छ।, बुधबारसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गरिएका ११ सय ४५ परीक्षणमध्ये ११ सय ४० को रिपोर्ट नेगेटिभ आएको बुधबार पत्रकार सम्मेलनम...
सेतोपाटी संवाददाता कोरोनाभाइरस परीक्षणमा बुधबारसम्म १ हजार १४० जनाको नतिजा नेगेटिभ आएको छ।, बुधबारसम्म राष्ट्रिय प्रयोगशालाबाट गरिएका १ हजार १४५ परीक्षणमध्ये १ हजार १४० को रिपोर्ट नेगेटिभ पाइएको हो।, हिजोआज नयाँ कुनै संक्रमित बिरामी भने फेला परेका छैनन्। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पाँच जनामा कोरोनाभाइरसको सं...
सेतोपाटी संवाददाता सरकारले देशभर लकडाउन लागू गरेको समयमा बागलुङ जिल्लाबाट आज ३५० जना महोत्तरीमा प्रवेश गरेका छन्। बागलुङमा इँटा भट्टामा काम गर्दै आएका मजदुर गृहजिल्ला महोत्तरी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, ,करिब ७ वटा सवारी साधनमा महिला, पुरुष र बालबालिका गरी ३५० जना रहेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृ...
रासस कोरोना संक्रमण भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक युवतीका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ।, धौलागिरि अञ्चल अस्पताल बागलुङले संक्रमित युवती, उनका आफन्त र संक्रमितसँंगै आएका गरी ११ जनाको स्वाब नमूना परीक्षणका लागि सोमबार काठमाडौँ पठाएको थियो।, ,परीक्षणका लागि पठाइएकामध्ये युवतीका पिता, हजुरबुबा, दाइ र दिद...
रासस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका संक्रमितसँग सम्बन्धित सबैको ८४ प्रतिशत निगरानी (कन्ट्याक ट्रेसिङ) सकेको छ।, , मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिड–१९ का सङ्क्रमण भएकाका परिवारका सदस्य, साथीको निगरानी (ट्रेसिङ) ८४ प्रतिशत सकेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।, उनका अनुसार ...
एजेन्सी स्पेनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार पुगेको छ।, स्पेन युरोपमा इटालीपछि कोरोना भाइरसबाट सर्वाधिक क्षति बेहोरिरहेको मुलुक हो।, बुधबार स्पेनमा कोरोनाबाट एकैदिन धेरै जानको मृत्यु भएको छ।  मंगलबार ८४९ जनाको ज्यान गएको स्पेनमा बुधबार एकैदिन ८६४ ज्यान गएपछि मृतक संख्याले नयाँ बिन्दु कायम गर...
राकेश यादव कोरोना भाइरसको संक्रमण फैलिएको भनिएको नयाँदिल्लीस्थित बंगलेवाले मस्जिदको धार्मिक सभामा सहभागी भएको आशंकामा १३ जना मौलवीलाई नियन्त्रणमा लिइएको छ।, उनीहरूलाई प्रहरीले पतेर्वा सुगौली गाउँपालिकाको कंचनपुर टोलबाट नियन्त्रणमा लिएको हो।, गाऊँमा ओहोरोदोहोर गरेपछि गाउँलेहरूले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझ...
दिपकजंग शाही जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका तीन जना थुनुवा भागेका छन्।, राति १ बजे तीन जना थुनुवा हिरासतको झ्याल उप्काएर भागेका हुन्।, लागुऔषध कारोबार अभियोगमा पक्राउ परेका तीन जना राती भागेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।, प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिम...
सेतोपाटी संवाददाता रुकुम पश्चिममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।, रोल्पाको गंगादेव गाउँपालिका निवासी १३ वर्षीया निर्मला खत्रीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए।, डिएसपी केसीका अनुसार बुधबार बेलुका साढे ६ बजेतिर त्रिवेणी गाउँपालिका वडा ...
भगवती पाण्डे बिहीबार बिहान रूपन्देहीको तिलोत्तमास्थित दुर्गादत्त क्याम्पसमा पुग्दा लक्ष्मी परियार १२ दिनको छोरा काखमा लिएर दुध चुसाउँदै थिइन्।, तीन र चार वर्षका दुई छोरी पनि उनीसँगै बसेर बिस्कुट खाँदै थिए। उनका श्रीमान मनोज खाजा लिने लाइनमा उभिएका थिए।, तेल मालिस गरेर घरमा आराम गर्नुपर्ने  बेला लक्ष्मीको शरीरमा तेल नप...
सेतोपाटी संवाददाता तुलसीपुरमा एक व्यक्ति मृत फेला परेका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गोलौराको खेतमा बिहीबार बिहान मृत फेला परेका ती व्यक्ति तुलसीपुर १३ का ६२ वर्षीय लालबहादुर डाँगी रहेको प्रहरीले बताएको छ।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता चक्रडम्मर पालका अनुसार डाँगी बुधबार बेलुका घरबाट हि...
सेतोपाटी संवाददाता चन्द्रागिरि नगरपालिकाले काेठा भाडामा बस्ने र ज्याला मजदुरी गर्ने व्यक्तिलाई राहत दिने निर्णय गरेकाे छ।, नगरपालिकाकाे कार्यपालिका बैठकले पहिलाे चरणमा १ देखि १५ वटै वडाका व्यक्तिहरूको व्यक्तिगत फारम भरी नामावलीमा संकलनसहित राहत प्याकेज दिने निर्णय गरेकाे हाे।, विश्व महामारीकाे रूपमा फैलिएको काेराेनाभा...
भानुभक्त पोखराका अक्रिम मियाँलाई केही दिनदेखि छटपटी बढेको छ। लक डाउनमा घरभित्र बस्नु परेकाले होइन, दिल्लीमा रहेका छोरा, भतिजा र भान्जालाई के भयो होला भनेर उनलाई चैन छैन।, कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै उनका बच्चाहरू पढ्ने नयाँदिल्लीस्थित मदरसाभित्र रहेका मानिसलाई अधिकारीहरूले धमाधम बाहिर निकाल्न थालेका छन्।, उनक...
एजेन्सी अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख नाघेको छ।, न्युयोर्क टाइम्सका अनुसार बिहीबार बिहानसम्म २ लाख १४ हजार मानिसमा कोरोना भाइरसको पुष्टि भएको छ भने ४ हजार ८ सय ४१ जनाले ज्यान गुमाएका छन्।, अमेरिकामा सबैभन्दा बढी न्युयोर्क राज्यमा कोरोनाका संक्रमित छन्। त्यहाँ ८३ हजार ८ सय ८९ जनालाई कोरोना भाइरस द...
विवेक राई बैतडीको शिवनाथ गाँउपालिकामा मात्रै पछिल्लो समयमा सात सय जना मानिस भारतबाट आएका छन्।, तीमध्ये १० जनालाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको गाँउपालिका अध्यक्ष कर्णसिंह साउदले बताए।, गाउँपालिकाको विभिन्न वडामा गरेर जम्मा ५० बेडको क्वारेन्टाइन बनाइएको छ।, 'अहिले १० जना क्वारेन्टाइनमा हुनुहुन्छ। बाँकी सबै आ-आफ्नो...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका बाहिर अब दैनिक एक हजार जनाको कोरोना भाइरस जाँच हुने भएको छ।, सरकारले तत्काल सञ्चालन गर्न सक्ने अवस्थामा रहेका दीर्घकालीन ल्याब र स्तरोन्नति गर्नुपर्ने स्थानमा पिसिआर ल्याबबाट परीक्षण सुरू हुन लागेको हो।, हाल उपत्यका बाहिरको लागि धरानमा परीक्षण सुरू भइसकेको छ भने हेटौंडामा रहेको किटज...
प्रशन्न पोखरेल विदेशबाट गाउँमा आएर वडामा जानकारी दिनुभएको छैन? त्यसो हो भने छिट्टै वडाको सम्पर्कमा पुग्नुस्।, विदेशबाट आएका पाँच जनामा कोरोनाभाइरस पोजेटिभ देखिएपछि केन्द्र, प्रदेश र स्थानीय सरकारले कडाइ गरेका छन्। हालसालै विदेशबाट आएकाहरू निगरानीमा छन्। उनीहरूको विवरण संकलन हुँदैछ।, विदेशबाट आएर विनाजानकारी घरमै बसिरा...
युनिक श्रेष्ठ दार्चुलाको नौगाड गाउँपालिका- ६ का जनक टमाटा घरका जेठा छोरा हुन्। जेठो भएपछि भाइबहिनीको जिम्मा उनको काँधमा आउने भइहाल्यो। १४ जनाको उनको संयुक्त परिवारमा खानलाउनको धौ-धौ थियो।, त्यही धौ-धौ टार्न हरेक वर्ष उनी काम खोज्दै भारत जान्थे। जसरी कर्णाली र सुदूरपश्चिमका पहाडका धैरै युवा जान्छन्।, यसपालि गत मंसिरमा ...
सेतोपाटी संवाददाता सोमबार पाटन र वीर अस्पतालमा मृत्यु भएका तीन जना व्यक्तिको कोरोनाभाइरस (कोभिड-१९) परीक्षणको नतिजा नेगेटिभ आएको छ।, मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङमा मृत्यु भएका तीन जनाकै नतिजा नेगेटिभ आएको जानकारी दिएका हुन्।, पाटन अस्पतालमा एकजना र वीर अस्पतालमा दुईजना मृ...
सेतोपाटी संवाददाता दुई पूर्वप्रधानन्यायाधीशसहित नागरिक समाजका अगुवाले नेपाल-भारत सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई सहजै घर आउन दिन सरकारसँग माग गरेका छन्।, पूर्वप्रधानन्यायाधीशहरू कल्याण श्रेष्ठ, सुशीला कार्की र त्रिभूवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा लगायतले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफ्नो द...
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमण फैलिएको भनिएको नयाँदिल्लीस्थित बंगलेवाले मस्जिदको धार्मिक सभामा १९ जना नेपाली सहभागी भएको खुलेको छ।, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले निजामुद्दिनस्थित उक्त मस्जिदको धार्मिक सभामा सहभागी भएका सबै नेपालीको नाम र नेपालको ठेगाना दूतावाससँग भएको सेतोपाटीलाई जानकारी दिए।,...
सेतोपाटी संवाददाता चन्द्रागिरि नगरपालिकाको थानकोट बसपार्क, सरस्वती मन्दिरबाट २०० मिटर पर एक महिला मृत भेटिएकी छिन्।, अन्दाजी ४४/४५ वर्ष उमेरकी महिला मृत फेला परेकी हुन्।, उनको हुलिया र नाम भने खुलिनसकेको थानकोट प्रहरीले जनाएको छ।, महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले चन्द्रागिरि नगरपालिका वडा...
सेतोपाटी संवाददाता कोरोनाको आशंकामा प्रदेश-२ को विभिन्न आइसोलेसन वार्डमा रहेका १७ जनामध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ।, तिनीहरू सबै जनाको स्वाब परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।, रिपोर्ट नेगेटिभ आएकाहरूलाई आजै डिस्चार्ज समेत गरिएको छ्‍।, प्रदेश स्वास्थ्य निर्देशनालय...
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकाले अति विपन्न परिवार र मजदुरी गरी दैनिक गुजारा चलाउँदै आएकालाई राहत वितरण गर्ने भएको छ।, मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले अति विपन्न परिवारलाई प्रति परिवार १५ के.जी चामल, २ के.जी दाल, १ प्याकेट नुन र १ लिटर तेल उपलब्ध गराउने निर्णय गरेको हो।, ,उपमहानगरपालिकाका टोल विकास संस...
सेतोपाटी संवाददाता पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारले खडा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने भएका छन्, मंगलबार साँझ एक सन्देश जारी गर्दै पूर्वराजा शाहले  बुहारी हिमानीको नाममा रहेको हिमानी कोषबाट उक्त रकम सरकारले दिने बताएका छन्।, उनले कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र वि...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले लकडाउनका कारण समस्यामा परेका १०७ जनालाई खाद्यान्न वितरण गरेको छ।, मंगलबार कार्यालयले उपत्यकाका विभिन्न स्थान दैनिक खानाखान समस्या परेकाहरूलाई रासन उपलब्ध गराएका हो।, 'खाना खान नपाएर हामीले तीन वटा आश्रममा रासन वितरण गरेका छौं,' डिआइजी विश्वराज पोखरेलले भने,'करिब...
अनुषा अधिकारी २७ वर्षीय आकाश दर्शनधारी प्राय: खाली समय हनुमानढोकातिर बिताउँथे। घरनजिकै भएकाले धेरै टाढा धाउनु पर्थेन। उनीसँगै टोलका साथीहरू त्यहीँ जम्मा हुन्थे। रमाइला गफगाफ, टोलका समस्या र सुधारका उपाय नै उनीहरूको भेटघाटको मुख्य विषय हुन्थ्यो।, एक साताअघि सरकारले लकडाउन गरेपछि उनीहरू भेला हुने चोक सुनसान छ। आकाश र उन...
सेतोपाटी संवाददाता कोरोना संक्रमण रोकथाम र नियन्त्रणको काम प्रभावकारी बनाउन मन्त्रिपरिषदले गठन गरेको कोरोना क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी) को कार्यालय नेपाली सेनाको छाउनीस्थित ब्यारेकमा रहने भएको छ। मंगलबार सिमएमसीको पहिलो बैठक पनि बसेको छ।, बैठकमा अहिलेसम्म भइरहेका कामको समीक्षा भएको थियो भने कर्मचारी प्रशासन र...
राकेश यादव रौतहटको इशनाथ नगरपालिकाका मेयर र उनका भाइलाई पक्राउ गर्न जिल्ला अदालत मकवानपुरले पक्राउ पुर्जी जारी गरेको छ।, जिल्ला अदालत स्रोतले मकवानपुरले मंगलबार रौतहटस्थित ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहतालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको बतायो।, 'मंगलबार जिल्ला अदालत मकवानपुरका न्यायाधीश डिल्ली रत्न श्रेष्ठको ...
सेतोपाटी संवाददाता गोरखामा हुने तय भएको चुम श्याग्या शताब्दी महोत्सव २०२० स्थगित गरिएको छ।, चुमनुब्री गाउँपालिका छेकम्पारस्थित राजेन गुम्बामा हुने तय गरिएको महोत्सव कोरोना भाइरसका कारण अर्को सूचना जारी नहुञ्जेलका लागि स्थगित गरिएको महोत्सव आयोजक मुल समारोह समितिका अध्यक्ष निमा लामाले जानकारी दिए।, श्याग्या महोत्सव वैश...
रासस सशस्त्र प्रहरी बल, दिपायलको ३६ नं गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले प्रदान गरेको रगतले एक सुत्केरी महिलाको ज्यान जोगिएको छ।, , गर्भमा जुम्ल्याह बच्चा भएकी सायल गाउँपालिका वडा नं ६ स्वाणाकी २४ वर्षीया सीता विकलाई बुढामगरले रगत दिएका हुन्।, बच्चा पाउन नसकेपछि बिकलाई दिपायलको राजपुरस्थित सुजङ ...
सेतोपाटी संवाददाता निजी अस्पतालहरूले सेवा नदिए गोरखा नगरपालिकाले कारवाही गर्ने चेतावनी दिएको छ।, औषधि पसल, निजी अस्पताल, पोलिक्लिनिकहरूले सेवा प्रवाह नगरेको गुनासो आएपछि नगरपालिकाले निजी अस्पताल र औषधि पसलबाट सेवा दिन निर्देशन दिएको हो। , ‘ओपिडी र इमरजेन्सी सेवा निरन्तर सञ्चालन गर्नु हुन अनुरोध छ,’ नगरपालिकाले बुधबार ...
रासस भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ। मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो।, लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल नजिकै मृत्यु भएको परिवारले जनाएको छ। गत कात्तिकमा मजदुरीको लागि मदकोट गएका उको झोलुङ्गे पुलब...
सेतोपाटी संवाददाता भारत जान भनेर विभिन्न ठाउँबाट आएका चार सय बढी भारतीय नागरिकलाई जिल्ला प्रशासन कार्यालय पर्साले नियन्त्रणमा लिएको छ।, उनीहरूलाई वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसभित्र राखिएको छ।, ‘मंगलबार रातिदेखि बुधबार बिहानसम्म रक्सौल पुगेका उनीहरूलाई अहिले क्याम्पसभित्र होल्डिङमा राखिएको छ,’ पर्साकी प्रहरी प...
टाइम अमेरिकाले पाँच मिनेटमै कोरोना भाइरस परीक्षण गर्ने नयाँ मेसिन प्रयोगमा ल्याएको छ।, खाद्य तथा औषधि निकाय ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन’ ले डाक्टरहरूका अफिस, क्लिनिक तथा अन्य साना स्तरका सेवाप्रदायक निकायमा यो मेसिन प्रयोग गर्ने अनुमति दिएको हो।, इलिनोय राज्यको ‘एबोट ल्याबोरेटरिज’ ले उत्पादन गरेको यो मेसिनले कोरोना ...
सेतोपाटी संवाददाता गोरखाको सिरानचोक गाउँपालिकाले एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षाका लागि आवश्यक पर्ने सामग्री पिपिई उपलब्ध गराएको छ।, संभावित कोरोनाभाइरस संक्रमित विरामीलाई उपचारका लागि अस्पतालसम्म पुर्‍याउँदा आइपर्ने जोखिमबाट जोगिन भन्दै गाउँपालिकाले एम्बुलेन्स चालहरूलाई पिपिईलगायत सामग्री उपलब्ध गराएको हो। , गाउ...
एजेन्सी भारतमा पछिल्लो समय स्वास्थ्यकर्मीहरूलाई नै कोरोना भाइरसको संक्रमण देखिन थालेको छ।, मंगलबार सरदार वल्लभभाइ पटेल अस्पतालको पेडियाट्रिक विभागमा कार्यरत एक ३२ वर्षीय डाक्टरलाई कोरोनाको संक्रमण पुष्टि भएको छ।, ‘उनको पहिलो परीक्षण पोजेटिभ देखिएको छ, हामी अर्को परीक्षण गर्दैछौं,’ उक्त अस्पतालका एक वरिष्ठ चिकित्सकले इ...
नारायण महर्जन लकडाउनको आज सातौं दिन। कोरोनाभाइरसको जोखिम न्यूनीकरण, रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत मंगलबारदेखि लकडाउन गर्ने निर्णय गर्‍यो।, निर्णय गरे पनि लकडाउनको अवज्ञा थुप्रैले गरे।, पहिलो दिन प्रहरी तथा ट्राफिक प्रहरीले सर्वसाधारण तथा सवारी साधनलाई सम्झाइबुझाइ पठाउने गरेको थियो। तर पनि लकडाउनको अवज्ञा गरी ...
सेतोपाटी संवाददाता बाजुराको त्रिवेणी नगरपालिकाको वडा नम्बर ३ मा व्यापारीले वडा बाहिर जान सिफारिस लिनुपर्ने र उक्त सिफारिसवापत् सय रुपैयाँ तिर्नुपर्ने नियम लागू भएको छ।, उक्त वडाले लक डाउनका बेला अर्को ठाउँबाट सामान लिन जानेलाई सिफारिस अनिवार्य गरेको हो।, 'वडाको सिफारिसबिना व्यापारीहरूलाई सामान ल्याउन दिँदैनौं,'वडा नम्...
सेतोपाटी संवाददाता गृह मन्त्रालयले लक डाउनका बेला नागरिकले सहायताको नाममा चन्दा उठाउने र आफूखुसी वितरण गर्न नपाउने निर्णय गरेको छ।, आइतबार आपूर्ति व्यवस्थापनलाई सहज बनाउन गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको बैठकले सहयताको नाममा चन्दा उठाउन र वितरण गर्न नपाउने निर्णय गरेको हो।, कुनै संघ, संस्था वा व्यक्तिले सहा...
शोभा शर्मा ट्राफिक प्रहरी जवान जुना श्रेष्ठलाई आइतबार बिहान ११ बजे थापाथली चोकमा भेट्दा उनी ड्युटीमा खटिएको तीन घन्टा भइसकेको थियो।, उसो त सहर लक-डाउनले सुनसानै छ। सुनसान सडकमा बेलाबेला लक-डाउन तोड्दै केही गाडी र मोटरसाइकल हुइँकिएर आइपुग्छन्। मान्छे फाट्टफुट्ट बाहिर निस्कन्छन्। तिनलाई केरकार गर्न जुनाजस्ता थुप्रै प्रह...
सेतोपाटी संवाददाता कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तिलोत्तमा नगरपालिकाले स्थापना गरेको विशेष राहत कोषमा रकम जम्मा गर्ने अभियान तीव्र बनेको छ।, उक्त राहत कोषका नगरपालिका स्वास्थ्य शाखा अन्तर्गतका कर्मचारीले राहत रकम जम्मा गर्ने घोषणा गरेका छन्। स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव अधिकृतद्वय गणेश गौतम...
सेतोपाटी संवाददाता सरकारले सातै प्रदेशमा स्वास्थ्य सामग्री पुर्‍याएको छ।, चीनबाट खरिद गरि ल्याएका सामग्रीहरू सोमबार केही प्रदेशमा नेपाली सेनाको स्काइ ट्रक र केही प्रदेशमा ट्रकमार्फत् सामग्री पुर्‍याइएको हो।, प्रदेश नम्बर १, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सेनाको स्काइ ट्रकमार्फत् सामग्री पुर्‍याइएको हो।, बागमती, गण्डकी...
सेतोपाटी संवाददाता सप्तरीमा दुई जनामाथि कुटपिट गर्ने सशस्त्र प्रहरीमाथि अनुसन्धान गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।, आइतबार लकडाउन उल्लंघन गरेको भन्दै प्रहरी जवानले दुई जनामाथि निर्मम तरिकाले लाठीले हिर्काएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।, उक्त घटनालाई लिएर धेरै गुनासो आएपछि एसएसपी गणेश राणामगर...
रासस कोरोनाबाट बढी सङ्क्रमित भएको देशबाट आएका मानिस क्वारेन्टाइनमा नबसी निस्फिक्री हिँडिरहँदा सङ्क्रमण फैलने डरमा स्थानीयवासी त्रसित बनेका छन्।, गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि एक साताअघि विदेशबाट आएका १० जना छन्। तीमध्ये बढी प्रभावितमध्येको फ्रान्सबाट आएका मानिस क्वारेन्टाइ...
सेतोपाटी संवाददाता महाकालीमा हाम फालेर पौडिँदै नेपाल आएका तीन जनालाई दार्चुला प्रहरीले पक्राउ गरेको छ।  , दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले महाकाली नदी पार गरेर आएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जानकारी दिए।, ‘तीन जना पुरूष पौडी खेलेर नेपाल आएका रहेछन्। उनीहरूलाई पक्राउ गरी स्वास्थ्य जाँचका लागि अ...
सेतोपाटी संवाददाता प्रदेश ५ सरकारले भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई समूह बनाएर सम्वन्धित जिल्लामा पठाउने निर्णय गरेको छ।, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जिल्लामा पठाएर सम्बन्धित स्थानीय तहमार्फत क्वारेन्टाइनमा राख्ने र खानपीनको व्यवस्था गर्ने निर्णय गरेको हो।, त्यस्तै विभिन्न क्षेत्रमा रहेका निर्माण ...
नारायण खड्का २१ वर्षीया लक्ष्मी वली चैत ४ गते बिहान १० बजेतिर कतार हुँदै काठमाडौं आएकी हुन्।, उनलाई घर पुग्न हतार थियो, सोही दिन काठमाडौंदेखि बसमा दाङको लागि यात्रा तय गरिन्। ५ गते बिहानै तुल्सीपुर आएकी उनी २ घण्टाको थप यात्रापछि पश्चिम ट्वाँङखोलास्थित घर पुगिन्। , चैत १२ गते एकाएक उनलाई खोज्दै प्रहरी घरमै पुग्यो। कोर...