content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता लकडाउनको समयमा दैनिक उपभोग्यको सामाग्री किनेर आएका दुई जना सर्वसाधारणलाई कुटपिट गर्ने सशस्त्र प्रहरीका हबल्दारलाई निलम्बन गरिएको छ।, सोमबार दुईजनालाई व्यक्तिलाई सशस्त्र प्रहरीले निर्ममता पूर्वक कुटेको भिडियो सार्वजनिक भएपछि नेपाल बिओपि रामनगर सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार मनोज चौधरीलाई निल... |
एजेन्सी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु १४ दिन 'आइसोलेसन'मा बस्ने भएका छन्।, एक संसदीय सहयोगीलाई कोरोना भाइरस भएको पुष्टि भएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कोरोना भाइरस परीक्षण गरिएको थियो।, सोमबार गरिएको परीक्षणमा प्रधानमन्त्री नेतान्याहु सहित उनको परिवार र कर्मचारी सबैको परीक्षण नतिजा '... |
सेतोपाटी कोरोना भाइरसको संक्रमण विश्वभर फैलिदो छ। योसँगै निको हुनेको संख्या पनि बढ्दै छ।, हिजोसम्मको तथ्यांक अनुसार संसारका विभिन्न मुलुकका एक लाख ६५ हजार जना कोरोना संक्रमित निको भइसकेका छन्।, यसरी निको हुने मध्ये धेरै जना चीनबाट रहेका छन्। कोरोना भाइरसको उद्गम मुलुक चीनका ८१ हजार ५ सय १८ संक्रमितमध्ये ७६ हजार ५२ जना... |
रासस सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन्। सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन्।, कोरोनाको आशंकामा आइसोलेसनमा बिरामीको संख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न पाएका छैनन्। डेरा घरमा जाँदा दुर्व्यवहार हुन थालेपछि स्वास्थ्यकर्म... |
रासस मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको शव भेटिएको छ।, करिब एक साताअघि हत्या गरेर खोलामा फ्याँकेको हुनसक्ने अनुमान गरिएको शव प्रहरीले हिजो साँझ खोलामा भेटेपछि महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपर... |
विवेक राई निशा विकको अहिले ड्युटी अस्पतालको इमर्जेन्सीको ढोकासँगै जोडिएको 'फिभर क्लिनिक' मा छ। उनी नर्स हुन्।, अहिले कोरोना शंकास्पद बिरामीहरू उक्त अस्पताल जाँदा सुरूमा उनी भएकै ठाउँमा पुग्छन्। उनले बिरामीको लक्षण बुझ्छिन् र सामान्य जाँच गर्छिन्। त्यसपछि भर्ना गर्नुपर्ने बिरामीलाई आइसोलेसनमा पठाउँछिन्।, दिनदिनै कोरोना... |
सेतोपाटी संवाददाता सरकारले नयाँ वर्ष २०७७ सालमा केन्द्र सरकारले दिने सार्वजनिक बिदाको सूची नेपाल राजपत्रमा प्रकाशित गरेको छ।, सचिव महेश्वर न्यौपानेले जारी गरेको पत्रमा ५२ शनिबार बिदा उल्लेख छ भने पर्व, जयन्तीलगायतमा बिदा दिने उल्लेख छ।, नयाँ वर्ष वैशाख १ मा बिदा हुनेछ। यस्तै महाशिवरात्री फागुन २७, पहाडी जिल्लामा होली ... |
सेतोपाटी संवाददाता प्युठानको स्वर्गद्वारी नगरपालिका-५ का वडाअध्यक्ष हिरामणि भण्डारीले सोमबार केही मानिस बोलाए। कोरोना संक्रमितहरू आउन सक्ने भएकाले एउटा झोलुंगे पुल भत्काउनु पर्ने बताए।, वडाध्यक्षले नै भनेपछि केही युवाहरू गएर रोल्पा र प्युठान जोड्ने लुम्दी खोलाको झोलुंगे पुल धमाधम भत्काए।, ‘चोर बाटोबाट मानिसहरू आउन था... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने २३ सयभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, मंगलबार बिहान ९ बजेसम्म उपत्यकाभरिबाट २३ सय ८२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।, 'आज बिहानदेखि २३ सयभन्दा बढीलाई नियन्त्रणमा लिइसकेका छौं,'महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले भने।, काठमाडौंब... |
सेतोपाटी संवाददाता भक्तपुरबाट रामेछापतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, मंगलबार बिहान ५ बजे सूर्यविनायकबाट रामेछापतर्फ जाँदै गरेको बा १४ च ९४९८ पिकअप बोलेरो जीप खाँडादेवी गाउँपालिका-१ मा दुर्घटना भएको हो।, जीप सडकबाट डेढ सय मिटर तल खस्दा ३० जना घाइते भएका छन्।, त्यसमध्ये २५ जनाको उपचार धुलिख... |
द कन्भर्सेसन जनवरी २२ देखि चीनको वुहान सहर लकडाउन भयो। कोरोनाको सन्त्रास एकातिर, लकडाउनको अत्यास अर्कातिर। पाँचौं दिनको साँझ वुहानबासीले आ–आफ्नो घरको झ्याल उघारे। अत्यासलाग्दो सन्नाटा चिर्दै एउटा सामूहिक स्वर गुञ्जियो, 'वुहान जीयाउ' अर्थात्, 'वुहान, हरेश नखाऊ'।, 'जीयाउ' को शाब्दिक अर्थ 'सवारीमा इन्धन हाल्नु' भन्ने हु... |
सेतोपाटी संवाददाता कोहलपुरमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।, मृत्यु हुनेमा मोटरसाइकलमा सवार कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाकी शोभा केसी बटला रहेकी इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।, मेडिकल कलेज कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१च ८२४ नंको एम्बुलेन्स र से५प ४८४ नंको मोटरसाइ... |
सेतोपाटी संवाददाता नागरिक लगानी कोषले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड २५ लाख सहयोग गर्ने भएको छ।, नागरिक लगानीको संचालक समितिको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारद्वारा स्थापित कोषमा १ करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको हो।, साथै,... |
नारायण खड्का दाङमा एक वडा सचिवले नै डेरामा बस्दै आएकी नर्सलाई घरबाट निकालेका छन्।, घोराही उपमहानरपालिका वडा नं. २ का वडा सचिव नारायण आचार्यले नर्स सिर्जना खड्कालाई घरबाट निकालेका हुन्। सिर्जना सचिव आचार्यको घोराही १८ नवलपुरस्थित घरमा गत मंसिरदेखि साथीहरूसँगै भाडामा बस्दै आएकी थिइन्।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १६... |
सेतोपाटी संवाददाता बनेपामा लकडाउन उल्लंघन गर्ने ८५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, उनीहरूलाई नियन्त्रणमा लिइ पोलिटेक्निक बनेपाको ग्राउन्ड राखिएको छ।, इलाका प्रहरी कार्यालय बनेपाका इन्स्पेक्टर योगेन्द्र तिमिल्सिनाका अनुसार उनीहरूलाई चउरमा राखेर कोरोनाबारे सचेतना क्लास दिइएको छ।, यतिमात्र होइन प्रहरीले उनीहरूलाई न... |
सेतोपाटी संवाददाता सरकारले चीनबाट ल्याएको कोरोना परिक्षण गर्ने पिसिआर मेसिन, किट, पिपिई, एन ९५ मास्क लगायतका सामाग्री मंगलबार हेलिकप्टरबाट पोखरा झारिएको छ।, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उक्त मेसिन अहिले काठमाडौंबाट आएको विज्ञ टोलीले जडान गर्दैछ। , मेसिन जडान भएपछि कोरोना ... |
जुना श्रेष्ठ बेलायती अखबार 'द गार्डियन' ले तीन दिनअघि एक लेख छाप्योः लकडाउनले विश्वव्यापीरूपमै घरेलु हिंसा बढाउन सक्छ।, उक्त लेखमा लकडाउनबाट धेरै कुरा छुटे पनि घरेलु हिंसामा बाँचिरहेका महिला तथा केटाकेटीले दुर्व्यवहार गर्नेहरू कुनै छुटकारा नपाउने उल्लेख छ। ब्राजिलदेखि जर्मनी, इटालीदेखि चीनसम्मका हिंसाविरूद्धका अभियन्त... |
साउथ चाइना मर्निङ पोस्ट विश्वभरि तहल्का मच्चाइरहेको कोरोना भाइरस धेरै वर्ष वा अझ दशकौंदेखि जनावरबाट मानिसमा सर्दै आएको हुनसक्ने एक अध्ययनले देखाएको छ।, केही महिनाअघि चीनको वुहानबाट महामारीका रूपमा फैलिनुभन्दा धेरैअघि मानव समुदायमा यो भाइरस विस्तार भइसकेको हुनसक्ने अध्ययनको निष्कर्ष छ। अमेरिका, बेलायत र अष्ट्रेलियाका अ... |
सेतोपाटी संवाददाता चीनबाट ल्याइएका स्वास्थ्य सामाग्रीहरू काठमाडौं बाहिर पठाउन सुरु गरिएको छ।, कर्णाली प्रदेशका लागि स्वास्थ्य सामाग्री लिएर नेपाली सेनाको स्काईट्रक सोमबार बिहान सुर्खेत उडेको छ।, स्वास्थ्य सामाग्री लिएर स्वास्थ्य राज्यमन्त्री नवराज रावत सुर्खेत गएका छन्।, उनी सुर्खेतबाट निर्वाचित संघीय सांसद हुन्।, से... |
हेमन्त काफ्ले सोमबार रातीदेखि लागु हुनेगरी अस्ट्रेलियन सरकारले दुई जना भन्दा बढी मानिस एकै स्थानमा भेला हुन नपाउने नयाँ नियम लागु गरेको छ।, कोरोना भाइरसबाट १५ जनाको मृत्यु र चार हजार भन्दा बढी व्यक्ति संक्रमित भएपछि सरकारले सोको रोकथामका लागि यस्तो कदम चालेको हो।, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले राजधानी क्या... |
नारायण खड्का चैत ६ गते कुवेतबाट काठमाडौंकी कोरोना संक्रमित युवतीसँग आएकी दाङकी एक युवतीसहित पाँच जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।, दाङको बबई गाउँपालिका निवासी १९ वर्षीया एक युवतीसहित थप चार जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको तुलसीपुरस्थित बेलझुण्डी कोरोना विशेष अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले सेतोपाटीलाई ... |
सेतोपाटी संवाददाता लकडाउन उलंघन गर्दै जुवातास खेलेको आरोपमा गोरखा प्रहरीले पालुङटारबाट छ जनालाई पक्राउ गरेको छ।, पालुङटार नगरपालिका वडा नम्बर ३ लामोगराको एक घरमा जुवातास खेलिरहेका उनीहरूलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।, उनीहरूको साथबाट ६४ हजार दुई सय ८० रूपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ। तास खेल्नेहर... |
सेतोपाटी संवाददाता दार्चुला सदरमुकामपारि भारतीय भूमिमा अलपत्र परेका नेपालीहरूले आफ्नो देश फर्किन पाउनु पर्ने माग गर्दै नाराबाजी गरेका छन्। , भारतका विभिन्न ठाउँबाट आएका उनीहरू नाका बन्द भएपछि नेपाल पस्न पाएका छैनन्। सीमामै आएर आफ्नो देशमै प्रवेश नपाएपछि उनीहरूले नाराबाजी गरेका हुन्।, ‘आफ्नो जनता फिर्ता ले, नेपाल नाका ... |
विवेक राई सरकारले सातै प्रदेशमा स्वास्थ्य सामग्रीहरू पठाउन सुरू गरेको छ।, प्रदेश नम्बर १, कर्णाली र सुदुरपश्चिम प्रदेशमा नेपाली सेनाको स्काइ ट्रक र अरू प्रदेशमा ट्रकबाट सामग्री पठाउन लागिएको हो।, कर्णाली प्रदेशको सुर्खेतमा सोमबार विहान सेनाको स्काइ ट्रकले सामग्री पुर्याइसकेको छ।, प्रदेश १ र सुदुरपश्चिममा सामग्री लिएर... |
सन्जिब बगाले स्वास्थ्य सामग्री लिएर सोमबार प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेश उडेको सेनाको स्काइ ट्रक बीच बाटोबाटै फर्किएको छ।, स्वास्थ्य सामग्रीबाट पीरो राग आएपछि स्काइ ट्रक सम्बन्धित ठाउँमा नपुर्याइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्काइएको नेपाली सेना स्रोतले जनाएको छ।, ‘स्वास्थ्य सामग्रीबाट पीरो राग आएपछि पाइ... |
सेतोपाटी संवाददाता बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले भेन्टिलेटरसहितको आइसियु कक्ष बनाइदिने भएको छ।, अस्पतालमा भेन्टिलेटर सहितको आइसियु आवश्यक रहे पनि तत्काल खरिद गरेर ल्याउन सम्भव नभएकोले मुटु अस्पतालले आठ वटा भेन्टिलेटरसहितको आइसियु तयार गरिदिने जनाएको छ।... |
विवेक राई नेपालले आइतबार चीनबाट ल्याएको पिसिआर मेसिनले कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण भए-नभएको डेढ घन्टाभित्रै जाँच्न सक्नेछ।, आइतबार चीनबाट आएका पाँच वटा हातैमा बोक्न मिल्ने पिसिआर मेसिनमध्ये सरकारले चार वटा प्रदेशहरूलाई वितरण गर्ने निर्णय गरेको छ। यो मेसिनको तौल १० किलोग्राम छ।, मेसिनलाई सजिलै बोकेर एक ठाउँबाट अर... |
सिएनएन हेनरी एनसेल र माइकल ब्रायन एकअर्कालाई प्रेम गर्छन्। उनीहरू केही किलोमिटरको दुरीमा बस्छन्। तर, अब कम्तिमा चार साता उनीहरू एकअर्कालाई देख्न पाउने छैनन्। कोरोना भाइरसको महामारीले मुलुक 'लक-डाउन' छ।, एनसेल र ब्रायन दुवै वेलिङ्टनमा बस्छन्, जुन न्यूजिल्यान्डको सुन्दर तटवर्ती राजधानी हो। , 'सुरूमा त हामीलाई लक-डाउनका ... |
युनिक श्रेष्ठ सामाजिक सञ्जालमा अहिले एउटा तस्बिर भाइरल भइरहेको छ। उक्त तस्बिरमा ग्यास सिलिन्डर बोकेका पुरुषलाई एक जना महिला प्रहरीले सडकमै बस्न लगाएको देखिन्छ।, लक डाउनका बेला प्रहरीले नागरिकमाथि नसुहाउने खालको व्यवहार गरेको भन्दै अहिले प्रहरीको तीव्र आलोचना भइरहेको छ।, आलोचना बढ्दै गएपछि प्रहरी प्रधान कार्यालयले उक्त... |
सेतोपाटी संवाददाता चितवनमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक महिला पक्राउ परेकी छन्।, गत शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनले माडी नगरपालिका-७ की ३८ वर्षीया जानकी ढुंगानालाई पक्राउ गरेको हो।, 'तपाईंहरू यशुलाई विश्वास गर्नुस् कोरोनाले छुन सक्दैन' भन्दै भ्रम फैलाउने काम गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण क... |
सेतोपाटी संवाददाता कोरोना भाइरसको परीक्षण र उपचारमा चाहिने स्वास्थ्य सामग्री लिएर धनगढी जान उडेको नेपाली सेनाको स्काई ट्रक बीचबाट फर्किनुमा क्लोरिन कारक भएको आशंका गरिएको छ।, बिहान साढे ७ बजे धनगढीका लागि उडेको स्काई ट्रक १५ मिनेटपछि फर्किएको थियो। भित्रैबाट आएको पिरो रागले उडानमा समस्या आएपछि स्काई ट्रक फर्किएको थियो... |
रासस सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १२ निगालचुला माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ। , लक्षण देखापरेर बिरामी भएको ६ दिनपछि उनीहरुलाई आइतबार सल्यान अस्पतालमा भर्ना गरिएको हो। , भारतमा मजदूरी गरेर यही चैत १० गते घर फर्किएका ३६ वर्षीय ... |
भगवती पाण्डे बुटवलस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा मृत्यु भएका बाबुराम थापा क्षेत्रीकी श्रीमती रीता आइतबार दिनभर धागो कारखाना परिसरमा एक्लै छटपटाइरहिन्।, अस्पतालमा भर्ना भएका श्रीमानले गम्भीर अवस्थामा फोन गरेपछि उनी आत्तिदै एम्बुलेन्स रिजर्भ गरेर बुटवल आएकी थिइन्।, बुटवल धागो कारखानामा निर्माण गरिएको आइसोलेसन अस्... |
सेतोपाटी संवाददाता अफिनमातहत रहेका देशभरका निजी क्षेत्रबाट सञ्चालनमा रहेका अस्पतालहरूले उपचारमा २० प्रतिशत छुट दिने भएका छन्।, अफिनका अध्यक्ष बसन्त चौधरीले ट्वीट गर्दै आजदेखि अफिनका सम्पूर्ण सदस्य सेवा प्रदायक संस्थाले चैत मसान्तसम्म आफूले प्रदान गर्ने सेवामा २० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको उल्लेख गरेका छन्।, व... |
राकेश यादव वीरगञ्जका अस्पतालहरूले उपचार गर्न नमानेपछि एक युवकको मृत्यु भएको छ।, कोरोना संक्रमण अशंकामा वीरगञ्जका निजी तथा सरकारी अस्पतालले उपचार नगर्दा बाराको कलैया नगरपालिका वडा नम्बर-२२ धोधा टोलका २५ वर्षीय विजय कुशवाहाको मृत्यु भएको हो।, घरमा काम गरिरहेका बेला मेसिनले खुट्टा काटेपछि विजय वीरगञ्जको नेसनल मेडिकल कलेज... |
सेतोपाटी संवाददाता धनगढीका लागि उडेको नेपाली सेनाको स्काई ट्रक फिर्ता हुनुको प्रमुख कारण क्लोरिन भएको पुष्टि भएको छ।, कोरोनाको उपचारको लागि चाहिने स्वास्थ्य सामग्री बोकेर धनगढीका लागि बिहान साढे ७ बजे उडेको स्काई ट्रकमा क्लोरिनको पिरो राग आएपछि ७:४५ मा फिर्ता भएको थियो।, 'क्लोरिन झिकेर स्काई ट्रकहरू धनगढी र विराटनगर प... |
सेतोपाटी संवाददाता काठमाडौंबाट धुनषा जाँदै गरेको एम्बुलेन्सको सिन्धुलीमा दुर्घटना भएको छ।, सोमबार दिउँसो सवा एक बजे सिन्धुलीको कमलामाई नगरपालिका-७ ठूलीचार ब्यारेक नजिक धनुषा जाँदै गरेको ज १ च ७७७ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो।, एम्बुलेन्स अनियन्त्रित भइ सडकभन्दा २५ देखि ३० मिटर तल खस्दा दुर्घटना भएको हो।, उक्... |
एजेन्सी गत शनिबार भारतको उत्तर प्रदेशको बुलंदशहर जिल्लास्थित आनन्द विहारमा एक जनाको मृत्यु भयो।, रविशंकर नामका ती व्यक्तिको मृत्युपछि उनका छोराले आफन्त, साथीभाइ तथा छिमेकीहरूलाई गुहारे। हिन्दु परम्पराअनुसार शवलाई नजिकैको नदी किनार/घाटमा लिएर जलाउनु पर्छ। त्यसका लागि कम्तीमा पनि ४-५ जना मान्छे चाहिन्छन्।, ती व्यक्तिको ... |
सेतोपाटी संवाददाता नेपाली सेनाको सुडान मिसनमा कार्यरत लेफ्टिनेन्ट कर्नेल रिदेश विष्टको मृत्यु भएको छ।, चैत १३ गते लेफ्टिनेन्ट कर्नेल विष्टको हृदयघातका कारण मृत्यु भएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीलाई बताए।, 'ब्रिफिङको क्रममा हृदयघातको कारणले उहाँको मृत्यु भएको हो,'सैनिक प्रवक्ता पाण्डेले भने,'शवलाई नेपा... |
भगवती पाण्डे आइतबार बुटवलमा मृत्यु भएका बाबुराम थापा क्षेत्रीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।, कोरोना विशेष आइसोलेसन अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले सेतोपाटीलाई दिएको जानकारी अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा क्षेत्रीलाई कोरोना संक्रमण देखिएन। , ‘दुईपटक परीक्ष... |
द न्यूयोर्क टाइम्स के कोरोना भाइरस संक्रमणपछि निको भइसकेकाहरूको रगतले अरू बिरामीको ज्यान बचाउन सक्छ?, न्यूयोर्कका डाक्टरहरू अहिले यही परीक्षणमा छन्। उनीहरू अस्पतालमा भर्ना गम्भीर अवस्थाका बिरामीमा यो उपाय परीक्षण गर्ने तयारी गर्दैछन्।, डाक्टरहरूका अनुसार, कुनै व्यक्तिलाई भाइरसले आक्रमण गरेपछि जब ऊ निको हुन्छ, उसको रगत... |
सेतोपाटी संवाददाता कोरोना आशंकामा दुई जना धुलिखेल अस्पतालमा भर्ना भएका छन्।, आइतबार ३४ वर्षीय एक युवक र सोमबार २२ वर्षीय युवक गरी दुई जना अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएको अस्पतालका प्रवक्ता सुमन ताम्राकारले जानकारी दिए।, 'हामी अहिले विशेष चनाखो भएर काम गर्दैछौं, कोरोनासँग मिल्दो लक्षण देखिएकाले उहाँहरूलाई आइसोलेसन... |
राकेश यादव लकडाउनमा नेपालका विभिन्न ठाउँबाट घर फर्किन लागेका करिब १५ सय भारतीय वीरगन्ज रक्सौल नाकामा अलपत्र परेका छन्।, काठमाडौं, पोखरा, नारायणगढलगायतका ठाउँबाट वीरगन्ज नाका हुँदै घर फर्किने भारतीयलाई सीमापारिका सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरु अलपत्र परेका हुन्।, आइतबार राति वीरगन्ज आइ पुगेका भारतीय नागरिकला... |
जुना श्रेष्ठ लकडाउनले बाहिरी संसार चकमन्न छ। कोहीसँग भेट भएको छैन। घरै बसेर कोही कार्यालयका काम गर्दैछन्। कोही किताबमा घोरिएका त कोही कलाकारिता सिक्दै।, मन बहलाउने अनेक बहाना छन्, तर साथीसंगी र आफन्तीको न्यास्रोले धेरै सताउँछ। यो शारिरीक हिसाबको दुरीमा अलिकति राहत सामाजिक सञ्जालले दिएको छ, विशेषगरी फेसबुक। , संसारभर ध... |
सेतोपाटी संवाददाता कोरोना नियन्त्रणको लागि नेपाल र भारत दुवै तर्फ लकडाउन गरिए पनि भारतमा रहेका नेपालीहरू नेपाल फर्किने क्रम रोकिएको छैन ।, भारतसहित विश्वका दुई सय बढी मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको छ। पहिलो पटक १८ गतेसम्मको लागि घोषणा गरिएको लकडाउनलाई आइतबार बसेको मन्... |
सेतोपाटी संवाददाता रुघाखोकी, ज्वरो र घाँटी दुख्ने जस्ता कोरोनाको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीलाई कतिपय अस्पताल र चिकित्सकहरूले उपचार नगरी फर्काइएका समाचार आइरहेका बेला पाल्पामा भने त्यस्तै लक्षण देखिएका बिरामीलाई जनप्रतिनिधि आफैंले अस्पतालबाट घर पठाइदिएका छन्।, तानसेन नगरपालिका वडा नं. ६ का एक जना पुरु... |
सन्जिब बगाले सरकारले चीनबाट खरिद गरेका ११ प्रकारका स्वास्थ्य सामग्री नेपाल आइपुगेका छन्।, स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार पहिलो चरणमा सामग्रीहरू ल्याइएको हो।, सरकारले चीनबाट ल्याएका स्वास्थ्य सामाग्रीहरुमा गगल्स प्रोटेक्टिभ(बिरामीको स्वास्थ्य परीक्षण गर्दा आखाको सुरक्षाको लागि)५ हजार थान रहेका छन्।, क्लोरिन एनएडिस... |
राकेश यादव ‘लकडाउन’का कारण वीरगञ्जको नयाँ बसपार्कमा अलपत्र परेका चालक, सहचालक र यात्रुहरुलाई वीरगञ्ज महानगरपालिकाले खाना खुवाउने व्यवस्था गरेको छ।, बसपार्कमा अलपत्र परेका चालक, सहचालक र यात्रुहरु गरी एक सय जनालाई महानगरपालिकाले खाना खुवाउने व्यवस्था मिलाएको हो।, महानगरपालिकाले उनीहरुलाई आजदेखि दैनिक बिहान बेलुका गरी द... |
सेतोपाटी संवाददाता नेपालबाट गएका एक युवकलाई भारतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार हरियाणा राज्यको पटियाला जिल्लाका ती युवकलाई शनिबार राति कोरोना भाइरसको पुष्टि भएको हो।, उनी मार्च १९ मा जहाज चढेर काठमाडौंबाट नयाँदिल्ली गएका थिए। दिल्लीबाट उनी बस चढेर साथीहरूसँग घर गएका थिए। घर ग... |
सेतोपाटी संवाददाता काठमाडौंबाहिर पनि कोरोनाभाइरस (कोभिड-१९) को परीक्षण सुरू भएको छ।, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजबाट परीक्षण सुरू हुने भएको हो।, धरानबाट पनि परीक्षण सुरू गरिएको वीपी कोइराला स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानका इन्टरनल मेडिसिन विभागका प्रमुख डा सञ्जिवकुमार शर्माले सेतोपाटीलाई ... |
भगवती पाण्डे बुटवल धागो कारखानास्थित अस्थायी कोरोना आइसोलेसन अस्पतालमा राखिएका एक युवाको आइतबार मृत्यु भएको छ।, सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको आइतबार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए।, ,थापा चैत ६ गते दुबईबाट फर्किएका थिए। उनलाई उतैबाट आउँदा ज्वरो आएक... |
सेतोपाटी संवाददाता , मन्त्रिपरिषदको आज सम्पन्न बैठकले समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था प्रदेश सरकारको तर्फबाट गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए।, यसको व्यवस्थापन स्थानीय तहसँग समन्वय गरेर तत्कालको लागि महानगरलाई २५... |
जुना श्रेष्ठ फिदिम नगरपालिकाको वडा नम्बर १ मा हरेक शनिबार हाट-बजार लाग्थ्यो। यसपटक भने लकडाउनका कारण लागेन। तरकारी-सब्जी किन्नेले पनि पाएनन्, किसानले फलाएका तरकारी पनि खेर जाने भयो। , दुवै पक्षलाई राहत दिन वडा कार्यालयले जुक्त्ति लगायो- किसानबाट किनेर आफैं घर-घर पुर्याउने।, यसको पहल गरे वडाध्यक्ष गजाधर भट्टराईले। उन... |
नारायण महर्जन काठमाडौं उपत्यकाको मौसम सफा देखिएको छ।, लकडाउनले गर्दा धुँवाधुलो पनि कम भएपछि अहिले काठमाडौं उपत्यकामा मनोरम दृश्य देख्न सकिन्छ।, लकडाउनले मानिसहरू घर बाहिर निस्किएका छैनन्। जसले गर्दा सडक सुनसान अनि शान्त छ।, मौसम सफा रहेकाले उपत्यकामा हरियाली देख्न सकिन्छ। , झुरुप्प बस्ती त्यसमाथि हरियाली वनपाखा हेर्दा... |
सेतोपाटी संवाददाता सरकारले कोरोनाभाइरसबारे जानकारी दिने एप्स बनाएको छ।, covid19.mohp.gov.np, पेजमार्फत् अहिले र केही दिनमा मोबाइलको प्ले स्टोरबाट डाउनलोड गर्न मिल्ने एप्स बनाइएको हो।, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आइतबार मन्त्रालयमा कोरोनाबारे जानकारी दिने एप्सको उद्घाटन गरेका हुन्।, मन्त्री ढकालका अन... |
सेतोपाटी संवाददाता सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध दुई साता थप्ने भएको छ।, आइतबार दिउँसो बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले वैशाख ३ सम्म उडानमा प्रतिबन्ध लगाउन मन्त्रिपरिषद्लाई सुझाव दिने निष्कर्ष निकालेको हो।, यसअघि सरकारल... |
सुनिता सिटौला विश्वभर कोरोना भाइरस फैलिएपछि चिकित्सकले सुरक्षाका लागि लगाउने पर्सनल प्रोटेक्सन इक्युप्मेन्ट (पिपिई), मास्क, पञ्जा, सेनिटाइजर तथा गाउनको माग बढेको छ। माग बढेपछि धेरै नेपाली व्यवसायी र संस्थाले पनि स्थानीय स्तरमै उत्पादन थालेका छन्। तर यी सामान बिनामापदण्ड बनेका छन्।, यी मेडिकल सामग्री बनाउन नेपाल सरकार... |
सेतोपाटी संवाददाता फेसबुकमा नेता र प्रहरीलाई गाली गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, आइतबार कपिलवस्तुको मायादेवी गाउँपालिका-१ पकडीका २२ वर्षीय सफिक खानले आफ्नो फेसबुकमा नेता र प्रहरीलाई गाली गरेर स्टाटस लेखेका थिए।, 'मायादेवी गाँउपालिकाका चुतिया पुलिस र पावरमा बसेका चोर नेता सबै मर्छन् कोरोनाले,' खानले लेखेका कुरा... |
एजेन्सी गत बुधबारदेखि भारतभर लक डाउन छ। विश्व महामारीका रूपमा फैलिरहेको कोभिड-१९ संक्रमण रोक्न नरेन्द्र मोदी सरकारले १ अर्ब ३० करोड मानिसलाई घरभित्र बस्न भनेको छ।, तर घरभित्रै बस्ने कहाँ सजिलो छ र! भारतभित्र विभिन्न राज्यका लाखौं मजदुर ज्यालादारी काम गर्न विभिन्न सहरमा जान्छन्।, लक डाउन भएपछि काम रोकियो। २१ दिनसम्म स... |
सेतोपाटी संवाददाता नेपालमा अहिलेसम्म ९ सय १७ जनाको कोरोनाभाइरस (कोभिड-१९) को परीक्षण गरिएकोमा पाँच जनाको नतिजा पोजेटिभ देखिएको छ।, आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आइतबारसम्म ९ सय १७ जनाको परीक्षण गरिएको जानकारी गराएका हुन्।, 'परीक्षण गरिएकामध्ये पाँच जनाको पोजेटिभ र ९ सय १२ जनाको नेगेटिभ ... |
सेतोपाटी संवाददाता चीनबाट ल्याइएको स्वास्थ्य सामाग्री आजैबाट वितरण हुने भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पत्रकार सम्मेलनमार्फत् चीनबाट ल्याइएको स्वास्थ्य सामग्री आइतबारबाट वितरण हुने बताएका हुन्।, 'सामाग्रीको वितरण सकेसम्म आजैबाट सुरु गर्दैछौं। यो वितरण भयो भने धेरै समस्या हल हुन्छ,' उनले... |
सेतोपाटी संवाददाता चीनबाट ल्याइएका कोरोना परीक्षण गर्ने पोर्टेबल पिसिआर मेसिन प्रदेशहरूमा वितरण गरिने भएको छ।, आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले ५ थानमध्ये चार वटा प्रदेशहरूलाई वितरण गरिने निर्णय गरेको छ।, जसअन्तर्गत प्रदेश-२ मा एक थान, बुटवल वा नेपालगञ्जमा रहने गरी प्रदेश-५ मा एक थान,... |
सेतोपाटी संवाददाता भारतको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिइने भएको छ।, आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले सीमा क्षेत्रमा अलपत्र परेकालाई नेपाल प्रवेश गर्न दिइने निर्णय गरेको हो।, सरकारले भारतीय सुरक्षाकर्मीले नेपाल पठाएका र तर नेपाल प्रवेश गर्न नपाएका नागरिकहरूको सूचना प... |
सेतोपाटी संवाददाता बारामा प्रहरी हवल्दारलाई क्रिकेट ब्याटले हिर्काउने युवक पक्राउ परेका छन्। , आइतबार परवानीपुर गाउँपालिका-५ मा लकडाउनको बेला क्रिकेट खेलिरहेका एक युवकलाई प्रहरीले सम्झाउन जाँदा उनले क्रिकेट ब्याटले हिर्काएका थिए।, क्रिकेट ब्याटले लागेर हवल्दार घाइते भएका छन्।, 'मान्छे भेला गरेर खेलिरहेका रहेछन् पछि प्... |
सेतोपाटी संवाददाता सरकारले देशभर लकडाउन घोषणा गर्दा बाहिरबाट आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ।, तर भारत तथा तेस्रो मुलुकबाट आएका अधिकांशले सरकारको यो आग्रहलाई वेवास्ता गर्दै खुलेआम गाउँघर डुल्दै आएका छन्। , चैतको पहिलो सातामा सीमा नाकामा हेल्थ डेस्क स्थापनापछि २ लाख बढी नेपाली नागरिक प्रदेश... |
सिएनएन आजका दिनसम्म कोरोना भाइरसले संसारमै सबभन्दा धेरै क्षति इटालीमा गरेको छ। लक-डाउन हुँदा धेरै मान्छे एक्लै बस्न परेर तनावग्रस्त छन्। , इटालीकै ८१ वर्षीय माउरो मोरान्डीलाई यो सबैले केही प्रभाव पारेको छैन। न उनलाई त्रास छ, न एक्लोपनको चिन्ता। तीस वर्ष बढी भयो उनी एक्लै बसेको। घरमा होइन, सिंगो टापूकै उनी एक्ला बासिन्... |
सेतोपाटी संवाददाता लमजुङको दोर्दी ९ टक्सारका गमबहादुर बिक आइतबार ढुङ्गा निकाल्न गए।, घर बनाउनका लागि गाउँमै ढुङ्गा निकाल्दै गर्दा माथिबाट अचानक माटोको ढिस्को खस्यो, उनी पुरिए। उनलाई स्थानीय र प्रहरीले उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बेसीशहरमा लगे। उपचारकै क्रममा उनको निधन भयो।, ,प्रदेश प्रहरी कार्यालय पोखराका ... |
युवराज श्रेष्ठ पोखरा महानगरपालिकाले कास्की प्रहरीको सहयोगमा यस क्षेत्रमा रहेका ३० सडक बालबालिकालाई उद्दार गरेको छ।, कोरोना भाइसर संक्रमणको उच्च जोखिममा सडक बालबालिका रहेकोले उनीहरुलाई त्यसबाट जोगाउन र संक्रमणलाई फैलिन नदिनको लागि कास्की प्रहरीको सहयोगमा महानगरले उद्धार गरेको हो। शनिबार उद्दार गरी उनीहरुलाई अन्नपूर्ण ग... |
रासस गुल्मीको गुल्मीदरबार गाउँपालिकामा विदेशबाट आएका नागरिकको घरमा रातो झण्डा राखिने भएको छ। प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वंमविका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत सोमबारदेखि रातो झण्डा राख्न लागिएको हो।, भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना संक्रमणको उच्च जोखिम रहने भएकाले उनीहरुको पहिचानका लागि र... |
भगवती पाण्डे कोरोना संक्रमणको आशंकामा बुटवल रामनगरस्थित अस्थायी कोरोना विशेष आइसोलेसन अस्पतालमा भर्ना भएका रूपन्देहीको सैनामैना ४ सिसौडांडाका बाबुराम थापा क्षेत्रीले शनिबार श्रीमती रिता थापा क्षेत्रलाई फोन गरे।, १३ गतेदेखि आइसोलेसन अस्पतालमा भर्ना भएका क्षेत्रीले औषधी चलेको छ तर खाना पिरो भएर खान सकेको छैन भन्दै श्रीम... |
सेतोपाटी लकडाउनका कारण रसुवामा अलपत्र परेका २९ पर्यटकलाई रसुवा जिल्ला प्रशासन कार्यालयले आइतबार उद्धार गरेको छ।, प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार हिमाली पदयात्रामा रसुवा पुगेका पर्यटकलाई उद्धार गरी काठमाडौं पठाइएको छ।, लाङ्टाङ तथा बृद्विम क्षेत्रको भ्रमणमा रहेका बेलायती, जर्मनेली, अमेरिकी र अष्ट्रल... |
सेतोपाटी संवाददाता नेपालमा शनिबार पनि एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार दिउँसो पत्रकारसम्मेलन गरी बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको बताए।, ‘उहाँ चैत ४ गते ,(१७ मार्च) मा कतार एयरवेजको क्युआर ६५२ फ्लाइ... |
एजेन्सी भारतको केरलामा पनि कोरोनाभाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ।, शनिबार कोचीस्थित कलामास्सेरी मेडिकल कलेजमा उपचाररत ६९ वर्षीय वृद्धको मृत्यु भएपछि कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको हो।, भारतीय अधिकारीहरूका अनुसार उनी दुबईबाट फर्किएका हुन्।, उनमा निमोनिया देखिएपछि गत २२ मार्चमा अस्पताल... |
भगवती पाण्डे रूपन्देहीको तिलोत्तमा नगरपालिका-४ सीमानगरका ईन्द्र थापा शुक्रबार दिउँसो घरभित्रै बसिरहेका थिए।, तिनाउ खोलाले उकासेको बगरमा ब्लक खप्टाएर र झेंगटीले बारेको उनको घरमा प्लाष्टिक र झेंगटीकै छानो छ। पाँच जनाको उनको परिवारको बिछ्यौना, चुल्हो, अन्नपात भाँडाकुडा सबै त्यही सानो छाप्रोभित्र अटाएको छ।, ब्लकलाई माटो ... |
शोभा शर्मा झापाको अर्जुनधारा- ११ का अजित तिवारीका डेढ वर्षीय छोरा अश्विनलाई ज्वरो आएपछि बिर्तासिटी अस्पतालमा पाँच दिन भर्ना गरेर राखिएको थियो। झन्डै १० दिनअघि सञ्चो भयो र घर ल्याए।, चार दिनअघि अश्विनलाई फेरि ज्वरो आयो। अभिभावकले फेरि उनलाई बिर्तासिटी अस्पतालमा पुर्याए।, डाक्टरले हेरेर दबाइ दिए। घर आइनपुग्दै झाडापखाला... |
सेतोपाटी संवाददाता नेपालगञ्जमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका बिरामीको नमूना लिन अर्को विमान आउने भएको छ।, शनिबार बिहान नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्जको राझा विमानस्थलमा धावनमार्गमा चिप्लिएर झाडी पुगेको थियो।, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता शिवबहादुर सिंहले चिप्लिएर झाडीमा पुगेको विमान अझै ग्राउन्... |
सेतोपाटी संवाददाता नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच पुगेको छ। शनिबार पनि थप एक जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या बढेको छ। , नेपालमा अहिलेसम्म भेटिएका सबै संक्रमित विदेशबाट आएका हुन्। , शनिबार संक्रमण पुष्टि भएकी पाँचौ संक्रमित र सोमबार संक्रमण देखिएकी दोस्रो संक्रमित एउटै जहाजमा दोहाबाट ... |
विवेक राई बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी बाग्लुङकी एक युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनी बाग्लुङ नगरपालिकाकी वासिन्दा हुन्।, चैत ४ गते कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट काठमाडौं आएकी ती १९ वर्षीय युवती अर्को दिन माइक्रो चढेर घर पुगेकी थिइन्। , घर गएको २,-३ दिनपछि उनलाई ज्वरो आएको थि... |
एजेन्सी भारतमा कोरोनाभाइरसको संक्रमित बढ्दै गएपछि मोदीले दोस्रोपटक गत मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै बुधबारदेखि लागू हुने गरी २१ दिन लकडाउनको घोषणा गरे।, उनले संक्रमण फैलन नदिनको लागि नागरिकलाई घरबाट बाहिर अत्यावश्यकबाहेकका काममा ननिस्कन आग्रह गरेका थिए। तर मानिसहरू भने लकडाउनको अवज्ञा गर्दै बाहिर निस्कन थाले। ... |
विष्णु भण्डारी म युएईको दुबईमा काम गर्थें, पानीजहाजमा खोलिएको पाँचतारे होटलमा।, त्यो पानीजहाज बेलायतकी महारानी एलिजाबेथ द्वितीयको व्यक्तिगत प्रयोजनका लागि सन् १९६७ मा बनेको थियो। सन् २००८ सम्म चलेको जहाजले २५ पटक संसार परिक्रमा गरिसकेको छ। दोस्रो विश्वयुद्धमा फोकल्यान्ड टापुबाट नेपाली गोर्खाली जवान उद्धार गरेको जहाज प... |
सबिना श्रेष्ठ सात वर्षीया अश्लेषा गिरीको दिनचर्या फेरिएको छ। उनी अचेल कथा लेख्छिन्, चित्र बनाउँछिन्। कहिले फूलको फोटो खिच्न बगैंचा डुल्छिन्।, विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश 'लकडाउन' छ। कोरोडा इन्टरनेसनल स्कुलमा कक्षा दुई अध्ययनरत अश्लेषाको पढाइमा पनि 'ब्रेक' लागेको छ। सिक्नेक्रम भने रोकिएको छैन।, 'स्पाइनी... |
एजेन्सी टाटा ट्रष्टले कोरोनाभाइरसविरूद्ध लड्न भारतलाई पाँच अर्ब रुपैयाँ दिने घोषणा गरेको छ।, शनिबार कम्पनीले विज्ञप्ति जारी गर्दै कोरोनाभाइरसविरूद्ध लड्न पाँच अर्ब सहयोगको घोषणा गरेको हो।, उक्त रकम स्वास्थ्य अधिकारीहरूको सुरक्षाका लागि चाहिने सामग्री किन्न, टेष्टिङ किट किन्न, स्वास्थ्य अधिकारीहरूलाई सिकाउन तथा व्यवस्थ... |
विवेक राई फ्रान्स र बेल्जियमबाट आएकी कोरोना संक्रमित दुई युवतीसँगै कतारबाट आएका चितवनका तीन जनाको परीक्षणको नतिजा नेगेटिभ आएको छ।, शनिबार अपरान्ह आएको नतिजामा तीन जनाको नतिजा नेगेटिभ आएको र बाँकी दुई जनाको परीक्षण जारी रहेको भरतपुर कोरोना अस्पतालका प्रमुख डा. भोजराज अधिकारीले सेतोपाटीलाई जानकारी दिए।, आजै आएको नतिजामा... |
सेतोपाटी संवाददाता सुर्खेतको वीरेन्द्रनगरका छुट्टाछुट्टै चर्चहरूबाट दुई जना पास्टर पक्राउ परेका छन्।, शनिबार लकडाउनको उल्लंघन गरी धर्मावलम्बीहरूलाई जम्मा गरेर प्राथना गरिरहेका दुई जना पास्टरलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो।, वीरेन्द्रनगरस्थित करेखोलामा रहेको ख्रिष्ट मण्डली चर्चबाट पास्टर प्रेम विश्... |
सेतोपाटी संवाददाता लकडाउनका कारण मुलुक ठप्प भइरहेका बेला अत्याधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवती महिलाको हवाई उद्दार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ।, गर्भवती अवस्थामा रहेकी खोटाङ ऐसेलुुखर्क गाउँपालिका वडा नम्बर ३ की २२ वर्षीया सिर्जना तामाङको अत्याधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि महिला ... |
सेतोपाटी पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या करिब सवा लाख पुगेको छ।, पछिल्लो २४ घण्टामा १९ हजार बढी नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या सवा लाख पुगेको हो। अमेरिकामा हाल कुल संक्रमित संख्या १ लाख २३ हजार ७ सय ५० रहेको छ।, संक्रमणका कारण हालसम्म त्यहाँ २२ सय ११ जनाको मृत्यु भइसकेक... |
सेतोपाटी कोरोना भाइरसको सम्भावित महामारीलाई रोक्न सरकारले गरेको 'लकडाउन'को उल्लघंन गर्ने ५५ महिला र १५५ जना पुरुषलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।, प्रहरीले आइतबार एकाबिहानै उनीहरूलाई नियन्त्रणमा लिएको हो।, प्रहरीले हिजो दिनभर उपत्यकामा 'लकडाउन' उल्लघंन गर्ने करिब ५ सय जनालाई नियन्त्रणमा लिएको थियो।, महानगरीय प... |
एजेन्सी इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० हजार नाघेको छ।, बितेको २४ घण्टामा संक्रमणका कारण त्यहाँ थप ८८९ जनाको मृत्यु भएको इटालीका अधिकारीहरूले बताएका छन्।, योसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या इटालीमा १० हजार २३ पुगेको रोयटर्सले जनाएको छ।, यसैगरी संक्रमितको संख्या ९२ हजार ४ सय ७२ भए... |
सेतोपाटी सुनसरी सदरमुकाम इनरुवा–६ मा शनिबार मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा स्थानीय घुवीर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।, पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे६प १८३० नंको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कटुवालको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको... |
सेतोपाटी संवाददाता नेपाली सेनाले कोरोना रोकथामका लागि सूचना संकलन गर्ने मोबाइल एप सुरु गरेको छ।, कोरोना भाईरस रोकथाम, प्रतिकार र नियन्त्रण कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने उदेश्यले सर्वसाधरणबाट सूचना लिनका लागि मोबाइल एप सुरु गरेको सेनाले जनाएको छ।, 'सर्व-साधरणबाट सूचना प्राप्त गरी आकस्मिक सेवा प्रवाह गर्ने ... |
सेतोपाटी संवाददाता बाग्लुङकी घर भएकी पाँचौं कोरोना संक्रमित युवती अस्पताल भर्ना भएकी छिन्।, बाग्लुङ नगरपालिकाका मेयर जनराज पौडेलले युवतीलाई शनिबार राति साढे ११ बजेतिर धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन्।, अस्पतालले युवतीको अवस्था सामान्य रहेको जनाएको छ।, आजै पोखराबाट सरूवा रोग विशेषज्ञको टोली पोख... |
सेतोपाटी चीनबाट मेडिकल सामग्री ल्याइएको छ।, राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमार्फत चीनको ग्वाङजाओबाट मेडिकल सामग्री नेपाल ल्याइएको हो।, मेडिकल सामग्री बोकेर आएको वाइडबडी जहाज आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमले जनाएको छ। उक्त जहाज आज बिहान ५ बजे काठमाडौँ आइपुगेको... |
सेतोपाटी संवाददाता गत चैत ४ गते कोरोना संक्रमित युवतीसँगै विमानमा यात्रा गर्ने कपिलवस्तुका दुई जनासहित ५४ जना क्वारेन्टाइनमा बसेका छन्।, तेस्रो मुलुक तथा भारतबाट आएका उनीहरूलाई जिल्लाको कृष्णनगर, चन्द्रौटा, गोरुसिंगे, तौलिहवा, मायादेवी गाउँपालिकाको पकडी लगायत स्थानका क्वारेन्टाइनमा राखिएको कपिलवस्तुका प्रमुख जिल्ला अध... |
सेतोपाटी संवाददाता भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ।, आइतबारसम्म यसको संक्रमणबाट २५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।, मृत्यु हुनेको संख्या बढेसँगै संक्रमित बिरामीहरू पनि बढ्दै गएका छन्।, आइतबारसम्म कोरोना संक्रमित बिरामीको संख्या नौ सय ७९ पुगेको छ।, तीमध्ये नौ ३१ जना भा... |
दिपकजंग शाही जाजरकोटमा एक अज्ञात समूहले वडाध्यक्षमाथि कुटपिट गरेको छ। छेडागाड नगरपालिका–११ का वडा अध्यक्ष चक्रबहादुर सिंहमाथि शनिबार राति कुटपिट भएको हो। वडा अध्यक्ष सिंहको खुट्टा भाँच्चिएको छ।, शनिबार राति ९ बजेतिर घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। वडा नम्बर ११ को पिपलडाँडा भन्ने ठाउँमा अध्यक्षमाथि... |
रासस विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) कारण बागलुङ जिल्ला सदरमुकाममा बसोबास गर्ने विपन्न तथा मजदूरहरुलाई आइतबारदेखि दिवा खाना खुवाउन सुरु गरिएको छ।, कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले मंगलबारदेखि लक डाउन गर्दा रोजीरोटी गुमेका विपन्न परिवारलाई दिवा खाना खुवाउन थालिएको नगरपालिकाले जनाएको... |
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर भारत सरकारले २१ दिन लामो लक डाउन घोषणा गरेको छ। लक डाउनको सबैभन्दा ठूलो मार भारतका एक राज्यबाट अर्को राज्यमा काम गर्न गएका मजदुरहरूलाई परिरहेको छ।, लक डाउनले दैनिक ज्यालादारी काम बन्द भएपछि उनीहरू बेखर्ची भएका छन्। जहाँ बसेको हो त्यहीँ बसौं भने खाना नपाइने डर ... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३०७ विदेशी पर्यटकलाई लिएर कतार एयरवेजको विमान उडेको छ।, मुस्ताङ, कास्की, सोलुखुम्बु लगायत जिल्लामा अलपत्र परेका विदेशी पर्यटकलाई नागरिक उड्ययन मन्त्रालयको समन्वयमा काठमाडौं ल्याइएको थियो।, ती पर्यटकलाई जर्मन दूतावासको व्यवस्थापनमा शुक्रबार आफ्नाे देशमा पठाइएको ह... |
सिएनएन घरैमा थुनिएर बस्नु र असाध्यै कम मान्छेसँग सम्पर्कमा रहनु साँच्चै विचित्र परिस्थिति हो। हामीमध्ये अधिकांशले कहिल्यै यस्तो परिस्थिति सामना गरेका थिएनौं। कहिल्यै यसरी घरभित्र थुनिएर बस्ने आदेश दिइएको थिएन।, यस्तो स्थितिले मान्छेलाई चिन्तित बनाउँछ। चिन्ताले बिथोलेपछि केही मान्छे कोरोना भाइरसलाई ठ्याम्मै बेवास्ता गर... |
युवराज श्रेष्ठ पोखरामा अलपत्र ५८ जना पर्यटक चार्टर्ड विमानबाट काठमाडौं प्रस्थान गरेका छन्।, पोखरा र आसपासमा घुम्न आएका पर्यटक लकडाउनका कारण अलपत्र परेका थिए।, उनीहरूलाई सम्बन्धित देशका दूतावासले यति एयरलायन्सको विमान चार्टर्ड गरेको पोखरा एयरपोर्टले जनाएको छ।, शुक्रबार काठमाडौं जाने पर्यटकहरूमा जर्मन, फ्रान्स लगायतका द... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.