content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता पर्सा राष्ट्रिय निकुञ्जमा तस्कर र सेनाबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ।, शुक्रबार बिहान ९ बजे सेनाले निकुञ्जमा गस्ती गरेको थियो। सोही क्रममा तस्करहरूले सेनामाथि गोली प्रहार गरेपछि आत्मरक्षाका लागि सेनाले गोली हान्दा एक जना तस्करको मृत्यु भएको हो। मृत्यु हुनेको पहिचान भने हुन सकेको छैन...
सेतोपाटी संवाददाता नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ।, धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय एक युवालाई कोरोना पोजेटिभ देखिएको हो। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप एकलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्।, ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिए...
सेतोपाटी संवाददाता दाङमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका दुई युवामा त्यसको लक्षण नरहेको पुष्टि भएको छ।, भारतको गोलगाँउबाट आएका घोराही उपमहानगरपालिका वडा नं. १७ का १७ वर्षीय एक किशोर र जापानबाट आएका घोराहीका अर्का एक २६ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।, प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाश...
सेतोपाटी संवाददाता भोलि २ बजे नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीन जाने तय भएको छ। , स्वास्थ्य सामग्री लिन जहाज जाने समय तय भएको उच्चस्तरीय समन्वय समिति बैठकपछि एक मन्त्रीले बताए।, कोरोनाभाइरस आशंका गरिएका र संक्रमितहरूको उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण लिन नेपाल एयरलाइन्सको जहाज चीनतर्फ जान लागेको हो।, नेपाल एयरलाइ...
सेतोपाटी संवाददाता कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको छ।, शुक्रबार बसेको बैठकले कोरोना संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले जनजीवनमा पारेको प्रभावबारे समीक्षा गर्दै तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको हो।, भारतको कोलक...
एजेन्सी रूसी सरकारले देशमा रहेका सबै रेस्टुरेन्ट तथा क्याफेहरु बन्द गर्न निर्देशन दिएको छ।, शनिबारदेखि एक हप्तासम्म रेस्टुरेन्ट तथा क्याफेहरूलाई बन्द गर्न निर्देशन दिइएको हो।, कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन यस्तो निर्णय लिनुपरेको रूसी अधिकारीहरूले बताएका छन्।, शुक्रबार जारी गरिएको निर्देशनमा घरभन्दा बाहिर खानपिन...
सेतोपाटी लुक्लामा रोकिएका विदेशी नागरिकको उद्धारका लागि आज अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ नौ वटा उद्धार उडान हुने भएको छ।, प्राधिकरणका अनुसार निगमका पाँच, तारा एयरको तीन र समिट एयरको एक उडान हुनेछ।, त्यसका लागि केही ट्वीनअटर जहाज लुक्ला उडिसकेका छन्।, विगत तीन दिनयता दिनहुँजसो त्यस्ता उद्धार उडान भइरहेको त्रि...
विवेक राई फ्रान्सबाट आएकी कोरोना भाइरस संक्रमित युवतीका परिवारको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ। परिवारका सदस्यहरूको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको टेकु अस्पतालले जनाएको छ।, संक्रमित युवतीको भने अस्पतालको आइसोलेसनमै उपचार भइरहेको छ। उनको पनि दोस्रो परीक्षण गरेर नतिजा नेगेटिभ आएपछि मात्र डिस्चार्ज गर्ने अस्...
सेतोपाटी छिमेकी मुलुक चीनबाट मेडिकलजन्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज शनिबार मध्याह्न त्यसतर्फ जाँदैछ।, वाइडबडी ए–३३० जहाज मध्याह्न १२:३० बजे चीनको ग्वाङ्जाओ पठाउने तयारी गरिएको निगमले जनाएको छ।, मेडिकल कार्गो उडानका लागि निगमको वाइडबडी जहाजले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट...
द न्यूयोर्क टाइम्स 'तिमीलाई कस्तो छ प्रिय?' मैले बैठक कोठाबाट मेरो श्रीमानलाई फोन गरेँ।, म केही दिनदेखि यही बैठकमा सुतिरहेकी छु। भुइँमा फोमवाला स्लिपिङ ब्याग ओछ्याउँछु र त्यसमाथि दुइटा पातला ब्ल्याङ्केट खप्ट्याएर निदाउने कोशिस गर्छु। यो स्लिपिङ ब्याग मेरी छोरीको हो। उसले क्याम्प जाँदा लैजाने गर्थी।, भुइँमा सुत्न निकै ...
समिक्षा अधिकारी र निशा भण्डारी गौशालाबाट ओरालो लाग्नेबित्तिकै व्यापारीहरू हात-हातमा फूलमाला दिन आइपुग्थे। दायाँतिरको विद्युतीय शवदाह गृहबाट धुवाँ उडिरहेको देखिन्थ्यो। तिलगंगा पुलबाट हेर्दा ब्रह्मनालमा लश्करै शव जलाइएका हुन्थे। आर्यघाटमा मृतकका परिवारको रुवाबासी र कोलाहलले मन कहालिन्थ्यो।, अहिले पशुपति आर्यघाट चिहानझैं...
सेतोपाटी ललितपुर महानगरपालिका–१० निवासी राजेश महर्जनले बजारमा मास्क र स्यानिटाइजर खोजेको धेरै दिन भयो।, उनले मास्क र स्यानिटाइजर पाउन नसकेपछि साबुनपानीले मात्र हात धुने गरेको गुनासो गरे।, 'खोइ महानगरपालिकाले स्यानिटाइजर बनाएर जनतालाई प्रयोग गर्न दिन्छ रे भन्ने सुनेको थिएँ । बजारमा खोज्न गएँ न मास्क छ न त स्यानिटाइजर ।...
सेतोपाटी सहजपुर –बोगटान सडकमा अलपत्र  ३०० श्रमिकको उद्धार गरिएको छ।, सरकारले गरेको लकडाउनका कारण सो सडकमा काम गर्ने श्रमिकको डोटीबाट निर्वाचित सङ्घीय  सांसद प्रेमबहादुर आले मगरको पहलमा शुक्रबार आआफ्नो घर पठाइएको हो।, कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले गएको मंगलबारदेखि देशैभरि लकडाउन गरेपछि खाद्यान्न तथा याताया...
सेतोपाटी कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा नेपालमा रोकिएका विदेशी नागरिकको उद्धार तथा सम्बन्धित मुलुकमा फर्काउने काम भइरहेको छ।, विभिन्न मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई फिर्ता लैजान शुरु...
सेतोपाटी संवाददाता गोरखा नगरपालिकाले गोरखा बजार क्षेत्रमा आज क्लोरिन झोल छर्कने भएको छ।, महामारीको रूपमा देखा परेको कोरोनाभाइरसको संभावित संक्रमण जोखिमबाट बच्न नगरपालिकाले शनिबार अपरान्ह ३ देखि ६ बजेसम्म बजार क्षेत्रमा क्लोरिन झोल छर्कन लागेको हो।, क्लोरिन झोल (किटनाशक विषादी) छर्कने बेला नगरवासीलाई पूर्ण रूपमा घरभित्...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ४ सय ४४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, शनिबार बिहानदेखि उपत्यकाका विभिन्न स्थानबाट लकडाउनको उल्लंघन गर्ने चार सय ४४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।, 'उपत्यकाका विभिन्न स्थानबाट लकडाउनको उल्लंघन गर्ने चार सय ४४ जनालाई नियन्त्रणमा लिइसकेका छौं,' महा...
सेतोपाटी संवाददाता मृगको सिकार गर्न पड्काएको भरूवा बन्दुक लागेर दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का २८ वर्षीय शिव थामीको मृत्यु भएको छ।, शिव बिहीबार जंगलमा घाँस काट्ने क्रममा लडेर घाइते भएको भनिए पनि प्रहरीले अनुसन्धान गर्दा मृगलाई हानेको बन्दुक लागेर उनको मृत्यु भएको पुष्टि भएको छ।, शव पोस्टमार्टमका लागि प्रा...
सेतोपाटी संवाददाता शुक्रबार साँझ परेको हावाहुरीसहितको पानीले काठमाडौं उपत्यकाको मौसम शनिबार बिहानदेखि खुलेको छ।, लकडाउनले गर्दा धुँवाधुलो पनि कम भएपछि अहिले उत्तरतिरका हिमालहरू मनमोहक देखिएका छन्।, लक डाउनमा घरभित्र बसिरहेका मानिसहरूले ती हिमालका तस्बिरहरू सामाजिक सञ्जालमा राख्न थालेका छन्।, मौसम पूर्वानुमान महाशाखाका...
सेतोपाटी संवाददाता कतार एयरवेजका दुई जहाजले आज ६०८ जना यात्रु लिएर जाँदै छन्।, दोहाबाट आएका कतारका दुई वाइड बडी जहाजले ३०४/ ३०४ यात्रु लिएर जान लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।, उनका अनुसार एउटा जहाजले ३०४ यात्रु लिएर गइसक्यो भने अर्कोले भने लाने तयारी गर्दैछ।, क्षेत्रीक...
सेतोपाटी संवाददाता नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलायन्सको विमान दुर्घटनामा परेको छ।, शनिबार बिहान नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्जको राझा विमानस्थलको धावनमार्गबाट चिप्लिएको हो।, विमानस्थलमा रहेका सई सन्तोष साहले सेतोपाटीलाई दिएको जानकारी अनुसार काठमाडौंबाट गएको जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएको हो।, नेप...
रासस मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोभिड–१९ को संक्रमण फैलिन नदिन आवश्यक सम्पूर्ण तयारी गरेको छ।, नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालन गर्नाका साथै कोरोना संक्रमित कोही आइहाले तत्कालै उपचार गर्नका लागि २४ घण्टा चिकित्सकसहितको टोलीलाई तयारी अवस्थामा राखेको छ।, विदेशबाट आएका नागरिकको पहिचान गरी...
सेतोपाटी संवाददाता प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना रोकथाममा खटिएका आफ्ना सकल दर्जाहरूलाई १० बुँदे निर्देशन दिएका छन्।, प्रधानसेनापति थापाले दिएको निर्देशनको पहिलो बुँदामा सबभन्दा पहिला आफू सुरक्षित रहन भनेका छन्।, संकटको यो घडीमा आफ्नो परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबभन्दा पहिला आफूलाई सुरक्षित राख्न उनले...
रासस चीनले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै शुक्रबार नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ।, सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।, सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरुले मेडिकल प्रोटोकलको...
सेतोपाटी संवाददाता बिहीबार राती आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने अनुमान गरिएको छ।, नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले गए राती प्रेस विज्ञप्ति जारी गर्दै नेपाली आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुन सक्ने बताएका छन्।, 'साँझ करिब ८ बजे तिर नेपाली आकाशमा केही चम्किलो वस्तु सँगसँगै...
सेतोपाटी संवाददाता पश्चिमी निम्न चापीय प्रणालीका कारण देशका पश्चिमी भू-भागको मौसममा शुक्रबारदेखि बदली आएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पश्चिमी भू-भागमा सामान्य र मध्य तथा पूर्वी पहाडी  भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।, महाशाखाले शुक्रबार दिउँसो पश्चिमी  भू-भाग...
सेतोपाटी संवाददाता नेपाल सरकारले आफ्नै खर्चमा चीनबाट स्वास्थ्य सामग्री ल्याउने भएको छ।, कोरोनाभाइरस आशंका गरिएका र संक्रमितहरूको उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण लिन शनिबार नेपाल एयरलाइन्सको जहाज चीनतर्फ जानेछ।, नेपाल एयरलाइन्सको जहाज चीनको गोञ्जाओमा जाने र त्यहाँबाट स्वास्थ्य सामग्री संकलन गरी ल्याउने स्वास्थ्य मन...
सेतोपाटी संवाददाता शुक्रबारसम्म नेपालमा ७ सय ५८ जनाको कोरोनाभाइरस अर्थात् कोभिड-१९ को परीक्षण गरिएको छ। जसमध्ये तीन जनामा मात्र पोजेटिभ देखिएको हो।, स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा ७ सय ५८ जनाको परीक्षण गरिएकोमा तीन जनाबाहेक सबैको नतिजा नगेटिभ आएको हो।, तीनजना संक्रमितमध्ये एक जना निको भएर घर फर्किसेकका छन्...
रासस सल्यानमा बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ।, शारदा नगरपालिका ८ काटीगाउँबाट दुल्धारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस मार्केबजार नजिकै दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको हो  , तुलसीपुर उपमहानगरपालिका ४ का १८ वर्षीय सुजन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , दुर्घटनामा...
रासस सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौर खाल्डेमा स्थानीयवासीले बाटो बन्द गराएका छन्। , प्रकोपका बेला ओहोरदोहोर बढी भएपछि स्थानीयवासीले रुख तेर्साएर बाटो बन्द गरेको स्थानीयवासी रमेश चौलागाईंले जानकारी दिए। अत्यावश्यक यातायातका साधन र व्यक्तिलाई भने अवरोध नगरिने बताइएको छ ।, सिन्धुपाल्चोकबाट काठमाडौँ ...
एजेन्सी भारतमा बिहीबारमात्रै कोरोनाभाइरसको संक्रमणबाट सात जनाको मृत्यु भएको छ।, बिहीबार एकै दिन सात जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २० पुगेको हो। ती सात जनामध्ये चार जना दिल्लीका रहेको टाइम्स अफ इण्डियाले जनाएको छ।, त्यस्तै, कोरोना संक्रमित बिरामीहरूको संख्या पनि सात सयभन्दा बढी पुगिसकेको...
सेतोपाटी संवाददाता नेपालस्थित विभिन्न राजदूतावासले विभिन्न ठाउँमा अलपत्र परेका आफ्ना नागरिकलाई चार्टर्ड विमानमा स्वदेश फिर्ता पठाएका छन्।, उनीहरूलाई फिर्ता लैजान शुक्रबार बिहान कतार एयरवेजको क्युटिआर ७४८२ उडान नम्बरको जहाज दोहाबाट खाली आएको थियो। , फर्किँदा उक्त जहाजमा ३ सय ४ जना यात्रु रहेको नागरिक उड्ययन प्राधिकरणका...
सेतोपाटी संवाददाता काठमाडौंमा लकडाउन जारी भएको समयमा पेप्सीकोलास्थित एक कस्मेटिक पसलमा चोरी भएको छ।, बुधबार राति पेप्सीकोलाको एक कस्मेटिक पसलबाट करिब ४० हजार बराबरको नगद तथा सामान चोरी भएको काँडाघारी प्रहरीले जनाएको छ।, 'अस्ति कस्मेटिक पसलमा चोरी भएको भन्दै हिजो आउनुभएको थियो,' महानगरीय प्रहरी प्रभाग काँडाघारीका इन्स्...
रासस कोरोना भाइरस (कोभिड–१९)को परीक्षण तथा संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई)को सुर्खेतमै उत्पादन सुरु गरिएको छ।, कर्णालीका सबै स्वास्थ्य संस्थाहरुमा पीपीईको अभाव भइरहेका बेला वीरेन्द्रनगरमा सञ्चालित मुनाल गार्मेन्ट उद्योग र देउती होजियारीले यसको उत्पादन सुरु ...
सेतोपाटी संवाददाता झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल कोरोनाको उपचारका लागि सरकारलाई दिने सञ्चालक दुर्गा प्रसाईंले घोषणा गरेका छन्।, शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो मेडिकल कलेज र अस्पताल सरकारलाई दिने घोषणा गरेका हुन्।, कोरोना संक्रमण देखा परेको दिनदेखि नै स्वास्थ्य मन्त्रीसँग कुरा गरेको र आवश्यक सहयोग...
विवेक राई सरकारले कोरोना विशेष अस्पताल बनाउन केएमसी, गणेशमान सिंह र जनमैत्री अस्पताललाई लिने गरी छलफल अगाडि बढाएको छ।, कोरोना रोकथाम तथा नियन्त्रणको लागि गठिन उच्चस्तरीय समितिका सदस्य समेत रहेका पर्यटनमन्त्री योगेश भट्टराईले अस्पतालको पूर्वाधार र जनशक्तिलाई हेरेर सरकारले यी तीनटा अस्पताललाई लिन सक्ने जानकारी दिए।, 'यी...
रासस पेट दुखेर उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा गएकी एक गर्भवती महिलाको मृत्यु भएको छ।, तनहुँको भिमाद नगरपालिका वडा नम्बर ९ की ३४ वर्षीया थमनकुमारी आलेको मृत्यु भएको हो। बिहीबार साँझ अस्पताल पुगेकी उनलाई ग्याष्ट्रिक भएको भन्दै सुई लगाएर फर्काइएको थियो।, तीन महिनाकी गर्भवती आलेको घर फर्...
सेतोपाटी संवाददाता कोरोना भाइरसले अमेरिकी समाज र अर्थतन्त्रलाई गाज्दै लगेपछि त्यसको चरम आर्थिक असरका संकेतहरु देखिन थालेका छन्।, न्यु योर्क टाइम्सका अनुसार पछिल्लो हप्ता अमेरिकामा इतिहासमै पहिलो पटक ३३ लाख अमेरिकी नागरिकले आफू बेरोजगार भएको भन्दै भत्ता र अन्य सहयोगका लागि सरकारलाई निवेदन दिएका छन्।, अमेरिकाको लेवर डिप...
एजेन्सी सिंगापुर सरकारले सामाजिक दूरी कायम नगर्नेलाई जेल सजाय ‍र जरिवाना तिराउने भएको छ।, शुक्रबारदेखि लागू भएका कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका नियमहरूको पालना नगरी दुई व्यक्तिबीच सार्वजनिक स्थानमा १ मिटरभन्दा कम दूरी कायम गरे सजाय हुने भएको हो।  , सिंगापुरको स्वास्थ्य मन्त्रालयले सरूवा रोग ऐनअन्तर्गत दुई जनाबीचक...
नारायण महर्जन विश्व सांस्कृतिक सम्पदाको सूचीमा परेका काठमाडौं उपत्यकाका मठमन्दिर सुनसान बनेका छन्। सूचीमा परेका वसन्तपुर, पाटन र भक्तपुर दरबार स्क्वायर परिसर यतिबेला उराठलाग्दो बनेका छन्।, कोरोनाभाइरस संक्रमणका कारण पर्यटन क्षेत्रमा परेको असर यी सम्पदाको दृष्यले झल्काइरहेको छ। भूकम्पका कारण पुनर्निर्माणका क्रममा रहेका...
सेतोपाटी संवाददाता कोरोनाभाइरसको संक्रमण फैलन नदिन पोखरा महानगरकाले नगरका विभिन्न ठाउँमा किटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्केको छ।, बिहीबार महानगरको न्युरोडस्थित कार्यालयबाट किटनाशक औषधि छर्न सुरू गरेको महानगरले शुक्रबार जिरो किमीदेखि हल्लनचोक, लेकसाइड हुँदै सहिद चोकसम्मको सडकमा किटनाशक औषधि छर्केको हो।, लेकसाइड क...
सेतोपाटी संवाददाता कपिलवस्तुमा माछा पाल्ने पोखरीमा डुबर दाजुभाइको मृत्यु भएको छ।, कपिलवस्तु नगरपालिका वडा नम्बर-८ वेलहवाका १० वर्षीय अरमान र १२ वर्षका सलमान धुनिया मुलमानको शुक्रबार दिउँसो मृत्यु भएको हो।, प्रदेश नम्बर ५ का प्रहरी प्रवक्ता डिएसपी नवराज पोखरेलले मृतक दुबै जना तरवेज धुनियाका छोरा रहेको जानकारी दिए।, गाँ...
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। एक विज्ञप्ति जारी गर्दै संघले पिपिईका विषयमा जिम्मेवार निकायका उच्च व्यक्तिले हल्का टिप्पणी गरेको भन्दै दुःख व्यक्त गरेको छ। , यसअघि एक सम्मेलनमा स्वास्थ्यमन्त्री ढकालले भात पकाउँदा पनि पिपिई खोज्ने अवस्था आएको टि...
सेतोपाटी संवाददाता कपनमा रहेका रोहिङ्गा शरणार्थीले लकडाउनका कारण आफूहरूलाई दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको बताएका छन्।, राममन्दिर शरणार्थी क्याम्पका अगुवा मोहम्मद आयुवले क्याम्पका मानिसहरू दैनिक उपभोग्य वस्तुको अभाव भएको भन्दै आफूकहाँ गुनासो गर्न आएको बताए।, ‘हामी दैनिक ज्यालादारीको कामले पेट पाल्दै आएका छौं। लक...
राकेश यादव वीरगञ्जकी १४ वर्षीय मुस्कान खातुनमाथि एसिड छ्याप्ने अभियुक्त संसाद मियालाई जिल्ला अदालत पर्साले साधारण तारेखमा छोडेको छ। खातुनलाई एसिड आक्रमण गरेको अभियोगमा उनी र  मजिद मिया बाल सुधार गृहमा थिए।, बिहीबार न्यायाधीश विष्णुप्रसाद अर्यालयको इजलासले वैशाख १४ गते अदालतमा उपस्थित गराउन ल्याउने गरी उनलाई आमाको जिम्...
सेतोपाटी संवाददाता जसै कोराना भाइरसको संक्रमण विश्वव्यापी रूपमा फैलिरहेको छ, उसैगरी योसँग जोडिएका अफवाह र भ्रम पनि फैलिरेहका छन्।, सुदूरपश्चिमको कैलालीमा बिहीबारदेखि एउटा नयाँ भ्रम फैलिएको छ-मानिसहरू धमाधम आफ्नो आँगन खन्न थालेका छन्। आँगन खन्दा भेटिने कोइलाको कालो टीका लगाए कोरोना भाइरसले छुँदैन भन्ने अन्धविश्वासका का...
सेतोपाटी संवाददाता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याबसहितको कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन हुने भएको छ।, प्रदेश- ५ का मुख्यमन्त्री शंकर पोखरेलको पहलमा प्रतिष्ठान कोरोना विशेष अस्पताल बन्ने भएको हो।, प्रदेश-५ मा ४ वटा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको भन्दै मुख्यमन्त्री शंकर पोखरेलले अब राप्ती स्वास्थ...
सेतोपाटी संवाददाता उपचारका लागि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपीशर्मा ओलीलाई नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भेटेका छन्।, भेटमा वरिष्ठ नेता नेपालले प्रधानमन्त्रीलाई आराम गर्न सुझाव दिएका थिए। कोरोना भाइरसको रोकथामका लागि सरकाले अझै सक्रियता देखाउनुपर्ने सुझाव समेत आफूले दिएको नेता नेपालले सेतोपाटीलाई...
सेतोपाटी संवाददाता प्रहरीले लकडाउन उल्लंघन गर्नेहरूलाई पक्रिन विषेश खालको मेसिन प्रयोगमा ल्याएको छ।, शुक्रबार देखि महानगरीय प्रहरी परिसर, काठमाडौंले उपत्यकामा बिना काम लकडाउनको उल्लंघन गर्नेहरूलाई नियन्त्रणमा लिन विषेश मेसिन सहितको टोली खटाएको हो।, 'बिना कारण हिँड्नेहरूलाई आज हामीले नियन्त्रणमा लिन थालेका हौं,' महानगर...
नारायण महर्जन लकडाउनको तेस्रो दिन बिहीबार पनि काठमाडौं उपत्यका सुनसान बनेको छ।, तीनकुने, माइतीघर, सुन्धारा, चक्रपथ, कोटेश्वर, बसपार्कजस्ता ठाउँ सुनसान बनेका छन्।, सडकमा फाट्टफुट्ट अत्यावश्यक सवारीसाधन मात्रै गुडेका छन्।, पानी बोक्ने ट्याङ्कर, गाडी, एम्बुलेन्स, प्रेस, दूतावास लगायत चिकित्सकका सवारीसाधन फाट्टफुट्ट सडकमा...
अनुषा अधिकारी सामाजिक सञ्जाल कोरोना भाइरसका खबरले भरिएको छ। कोरोनाबारे चेतनामूलक जानकारी दिनेदेखि भ्रामक भिडिओको बिगबिगी उत्तिकै छ। तर सामाजिक सञ्जालको एक कुनामा अरू कुराले पनि चर्चा पाइरहेकै छन्।, तिनैमध्ये एउटा भिडिओ छ- एक युवक वसन्तपुर क्षेत्रमा गायक सुशान्त केसीको 'आमा' बोलको गीत गाउँदै छन्। उनको छेउमा खत्र्याकखुत...
सेतोपाटी पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ।, कोरोना भाइरसको पछिल्लो विश्व विवरणअनुसार हालसम्म ४ लाख  ७१ हजार ३४ जनामा यसको संक्रमण पुष्टि भएको छ जबकी दुई साता अगाडि मार्च १० मा यो संख्या १ लाख १८ हजार ९ सय ४८ थियो।, त्यसयता संक्रमितको संख्या झण्डै ३ लाख ५२ हजार ८६ ले बढेको छ।...
सेतोपाटी संवाददाता देशभरि साताव्यापी लक डाउन जारी छ। मानिसहरू एकअर्काको सम्पर्कमा धेरै नआऊन् र कोरोना भाइरस फैलिन नपाओस् भनेर सरकारले लक डाउन गरेको हो।, लक डाउनका बेला खाद्यान्नलगायत अन्य अत्यावश्यक सामग्रीको भने दिनदिनै खाँचो पर्छ। त्यही भएर सरकारले त्यस्ता पसलहरूलाई निर्वाध रूपमा चलाउन  भनेको छ। पसलमा जाँदा पनि अरू ...
राकेश यादव हातमा लगाउने पञ्जामा कालोबजारी गरेको गुनासोपछि वीरगञ्जको एक औषधि पसलमा स्थानीय प्रशासनले छापा मारेको छ।, वीरगञ्ज घण्टाघर छेउमै रहेको सुरेश मेडिकल हलमा स्थानीय प्रशासन, वाणिज्य आपूर्ति तथा उपभोक्ता समन्वय कार्यालयको टोलीले बुधबार छापा मारेको हो। संचालक सुरेश गुप्ताले ३५ रुपैयाँमा बेच्नुपर्ने पञ्जालाई ५० मा ब...
रासस पाँचथरको फिदिम नगरपालिकाले नगरक्षेत्र आसपासमा काम गर्ने मजदुरको तथ्यांक संकलन गर्दैछ।, दिनभरि ज्याला मजदुरी गरेर बिहान बेलुका गुजारा गर्ने मजदुरको अभिलेख संकलन गरेर उनीहरुलाई खानपिनको व्यवस्था गर्न लागिएको नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङले बताए।, कोरोना भाइरसका कारण मजदुरीमा जान नपाएपछि बिहान बेलुका हातमुख जो...
एजेन्सी विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले बुढ्यौली लागेका र दीर्ग रोगीलाई अत्याधिक प्रभाव पारेको छ।, उक्त भाइरसको संक्रमणबाट ज्यान गुमाउनेहरूमा अधिंकाश मानिस ६० वर्ष माथिका र पहिला नै अरू रोगसँग लडिरहेकाहरू छन्।, तर दक्षिण कोरियामा भने एक जना ९६ वर्षीया हजुरआमाले कोरोना भाइरससँगको लडाइँ जितेकी छन्।,...
रासस डोटीका नौ वटै स्थानीय तहले रोजगारी गरेर भारतबाट फर्किएका व्यक्तिको सूचना संकलन गर्न सुरु गरेको छ।, पछिल्लो एक महिनामा भारतबाट काम गरेर गाउँ फर्किएका व्यक्तिको लगत संकलन सुरु गरिएको सुदूरपश्चिम गाउँपालिका महासंघका अध्यक्ष दुर्गादत्त ओझाले बताए।, 'एक महिनामा भारतबाट कति फर्किए त्यसको लगत संकलन सुरु गरेका छौँ,' उनले...
युवराज श्रेष्ठ काठमाडौंस्थित फ्रान्सेली दूतावासले बुद्ध एयरलाई आग्रह गर्‍यो, ‘हाम्रा नागरिकलाई पोखराबाट ल्याउन चार्टर्ड फ्लाइट गरिदिनु पर्‍याे।’, तर लकडाउनका कारण भनेका बेला उडान भर्न सकेन। दूतावासले गृह मन्त्रालयबाट उडानको स्वीकृति पाएमा एयरले उडान भर्ने जनाएको छ।, सरकारले कोरोना भाइरस रोकथामका लागि देशभर लकडाउन गरेक...
रासस लमजुङको क्व्होलोसोथर गाउँपालिकाले निःशुल्क दुई वटा एम्बुलेन्स सञ्चालन गर्ने भएको छ। , कोराना भाइरस संक्रमण भएका, आशंका भएका र कुनै बिरामीलाई परीक्षणका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन सुरु गर्न लागिएको गाउँपालिकाले जनाएको छ।, गाउँपालिका भित्रको कुनै पनि नागरिकमा संक्रमण हुन सक्ने र भएमा तत्काल उपचारका लागि द...
विवेक राई कोरोनाभाइरस आशंका गरिएका र संक्रमितहरूको उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण लिन शनिबार नेपाल एयरलाइन्सको जहाज चीनतर्फ जाने भएको छ।, नेपाल एयरलाइन्सको जहाज चीनको गोञ्जाओमा जाने र त्यहाँबाट स्वास्थ्य सामग्री संकलन गरी ल्याउने एक मन्त्रीले जानकारी दिए।, नेपाल सरकारले आफ्नै खर्चमा सामग्री ल्याउन लागेको हो।, ‘ची...
सेतोपाटी संवाददाता जर्मन दूतावासको गेटमा अचेत अवस्थामा फेला परेका जर्मन नागरिकलाई ठमेलको एक होस्टेलमा लगेर छोडिएको छ। ती नागरिकलाई बिहीबार ठमेलस्थित माउन्टेन ब्याक स्पिकर होस्टेलमा राखिएको हो।, ‘केही महिनाअघि उहाँ भारत हुँदै नेपाल आउनु भएको रहेछ’ कमलपोखरी प्रहरी वृत्तका डिएसपी भरत बिकले भने, ‘उहाँको खर्च पनि सकिएको रह...
सेतोपाटी संवाददाता कोरोनाभाइरस आशंका गरिएका र संक्रमितहरूको उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण आइतबारसम्म आइपुग्ने भएको छ।, स्वास्थ्य उपकरण ल्याउनका लागि सरकारले नेपाली व्यवसायीहरूसँग सम्झौता गरिसकेको एक मन्त्रीले सेतोपाटीलाई बताए।, 'भेण्डरहरूले चीनबाट औषधि ल्याउने तयारी गरिसकेका छन्। उनीहरूले उतैबाट जहाज चार्टर्ड गर...
रासस गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोरोना भाइरस संक्रमण भए/नभएको जाँच गर्न प्रयोग हुने दुई हजार कीट नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ।, योजनानुरुप किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग पनि दुई हजार प्रति कीटको सम्झौता भएको एनआरएन कोरियाले जनाएको छ।, सोका लागि एनआरएन कोरियाले यहाँ रहेका नेपालीसँग सहयोग संकलन...
सेतोपाटी संवाददाता आज लकडाउनको तेस्रो दिन, देशैभरका सडक सुनसान छ। मानिस घरमै बसिरहेका छन्।, कोरोनाभाइरसका दुई जना विरामी टेकुस्थित अस्पतालमा उपचारत छन्। उनीहरूसँगै जहाजमा आएकाहरूको खोजी गरिँदैछ।, सरकारले लकडाउन उलंघन हुन नदिन कडाइ गरेको छ। अनावश्यक रूपमा सवारी चलाउने चालक र सवारी साधन नियन्त्रणमा लिइएका छन्।, सडकमा ट्...
युवराज श्रेष्ठ पोखरामा अलपत्र परेका ५९ जना आफ्ना नागरिकलाई काठमाडौंस्थित फ्रान्सेली दूतावासले जहाज चार्टर्ड गरेर उद्धार गरेको छ।, बिहीबार दिउँसो साढे ४ बजेतिर बुद्ध एयरको जहाजमा उनीहरू काठमाडौं उडेका हुन्।, २४ जना पुरूष, ३४ महिला र एक बच्चालाई काठमाडौं लगिएको हो।, लकडाउनमा सम्पूर्ण आन्तरिक उडान बन्द गरिए पनि फ्रान्सेल...
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले मंगलबारदेखि साताव्यापी लकडाउन घोषणा गरेको छ।, तर कतिपय मानिसले अत्यावश्यक काम परेर त कतिले काम नपरी पनि लकडाउन पालना गरेका छैनन्।, सरकारी पास नलिएर चलाइएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने लक डाउन उल्लंघन गरेको भन्दै सुरक्षाकर्मीले कतिपय ठाउ...
रासस विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा भेटिएपछि सरकारले विगत तीन दिनदेखि १८ गतेसम्मका लागि देशभर लकडाउन गरेको छ। लकडाउनले यतिखेर देश ठप्प छ। गतिविधि शून्य छन्। तर भक्तपुरका इँटाभट्टा भने अझै चलायमान छन्।, यहाँ सरकारको लकडाउनको कुनै असर परेको छैन। नियमित मजदुर काममा खटिरहेका छन्। साँझ नपर्दै ...
अनुषा अधिकारी कोरोना भाइरस संक्रमण नफैलियोस् भनेर सरकारले देशभर 'लकडाउन' गरेको छ। अत्यावश्यक सेवाबाहेक मान्छेलाई बाहिर हिँडडुल गर्न पनि रोक छ।, सडक सुनसान छ, पसल बन्द छन्, मान्छे आ–आफ्ना घरमै। न बटुवा, न बाटा व्यापारी। यस्तोमा सडकका जनावरको विजोग हुने अवस्था छ। विशेषगरी मान्छेकै भरमा बाँचिरहेका सडक कुकुरको। , सात दिनक...
नारायण महर्जन सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन महानगरले निस्संक्रामक औषधि छर्किने कामलाई तीव्र दिएको छ।, यस क्रममा आज बिहान ३ वटा जेटले औषधि छरे। तीन वटामध्ये एउटाले बबरमहल-बानेश्वर-तीनकुने -सिनामंगल क्षेत्रमा छरेको थियो भने अर्कोले जमल-लाजिम्पाट- पानीपोखरी हुँदै महाराजगञ्ज क्षेत्रसम्म छरेको थियो। अर्कोले भने बसन्त...
सेतोपाटी संवाददाता भारतका विभिन्न स्थानबाट फर्कने क्रममा रुपन्देही बेलहिया नाकामा अलपत्र परेका २९ जनालाई उद्धार गरी क्वारेन्टाइनमा पठाइएको छ। , कोरोनाको संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण बुधबार बिहानै बेलहिया सीमापारि आए पनि बिहीबार मात्रै उनीहरुलाई वारि ल्याइएको हो। , रुपन्देहीका विभिन्न तीन वटा क्...
राकेश यादव रौतहटमा अत्यावश्यक खाधान्न, औषधि, दूध तथा ग्यासका पसलहरू फाट्टफुट्ट खुलेका छन्।, गौर नगरपालिकाकै छेउमा रहेको गुदरी तरकारी बजारमा ‘फिजिकल डिस्टेन्स’ कायम गरिएको छ। तरकारी बजार र वरपरका किराना पसलसम्म ‘फिजिकल डिस्टेन्स’ कायम गरी किनमेलको व्यवस्था गरिएको हो।, गौर नगरपालिकाले १ मिटरभन्दा बढीको ‘फिजिकल डिस्टेन्स...
सेतोपाटी संवाददाता भारतबाट फर्केको छोरालाई घर जान नदिएर क्वारेन्टाइनमा राखेको भन्दै बैतडीको पुर्चौडी नगरपालिकाका वडा नम्बर ५ का एक स्थानीयले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन्।, काटैस्थित भूमिराज माविमा बनाइएको क्वारेन्टाइनमा छोरा सुनिललाई राखेको विरोधमा नरेन्द्रले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका हुन्।, यो घटना बुधबा...
विवेक राई पशु सेवा विभागले बर्ड फ्लूको बेला प्रयोग भएर बचेको पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) कोरोनाविरूद्ध उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि दिएको छ।, विभागका महानिर्देशक वंशी शर्माले प्रदेशहरूलाई १ हजारभन्दा बढी पिपिई वितरण गरिएको जानकारी दिए।, 'विभागले बर्ड फ्लूको आपतकालीन नियन्त्रणको लागि स्टक गरेर राखेको ...
विवेक राई फ्रान्सबाट कतारको दोहा हुँदै फर्केकी युवतीमा कोरोनाको संक्रमण भएको खबर दोहाबाट सँगै आएका ३२ वर्षीय एक युवाले मंगलबारमात्र थाहा पाए।, खबर थाहा पाउँदा उनी जन्मघर नवलपरासीको बर्दघाट पश्चिमको गाउँमा थिए। खबर सुन्नासाथ उनको मन झस्कियो। हत्तपत्त आफ्नो बोर्डिङ पास चेक गरे। फ्लाइट नम्बर एउटै थियो- क्यूआर ६५२।, उनी स...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा औषधि छर्किन थालेको छ। बुधबारदेखि महानगरले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रण गर्न बढी भीड हुने, अस्पताल क्षेत्रमा औषधि छर्केको हो।, ‘महानगरपालिकाले कोरोनाभाइरसका लागि विशेष रूपमा डिस्इन्फेक्सन गर्ने कार्य सुरू गरेको हो,’ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य...
सेतोपाटी संवाददाता पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ११ जर्गाहमा आजदेखि एक सय शैयाको क्वारेन्टाइन सञ्चालनमा आएको छ।, सुनवल नगरपालिका र प्रहरी युक्ति महाविद्यालयको सहकार्यमा चौरमा टेण्टको क्वारेन्टाइन निर्माण गरिएको हो।, कोरोनाको लक्षण देखिएका विरामीलाई राख्न सुनवल नगरपालिकाको आर्थिक सहयोग र प्रहरीको प्राविधि...
सेतोपाटी संवाददाता प्रहरीले लकडाउनमा खुलेको भाटभटेनी सुपर स्टोर बन्द गराएको छ।, सरकारले दैनिक उपभोग्य सामग्री बेचबिखनका लागि खुला गर्न सूचनामार्फत् आह्वान गरेको थियो। सरकारको सूचनापछि मंगलबार लकडाउनको पहिलो दिन बन्द रहेको भाटभटेनी बुधबार खुलेको थियो।, बिहान साढे ९ बजेटबाट खुले पनि दिउँसो १ बजेपछि प्रहरीले हस्तक्षेप गर...
युनिक श्रेष्ठ कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर सरकारले मंगलबारदेखि देशभरि साताव्यापी लक डाउन सुरू गरेको छ।, मानिसहरू घरमै बसुन् र संक्रमण फैलिन नपाओस् भनेर सरकारले लक डाउन गरे पनि कति मानिस खाँचो परेर त कति काम नपरी बाहिर निस्केका छन्।, त्यसरी बाहिर निस्केका मानिसहरूलाई प्रहरीले भने ठाउँठाउँमा दुर्व्यवहार गरिरहेको...
सेतोपाटी संवाददाता ट्राफिक प्रहरी महाशाखाले बिहीबारदेखि लकडाउनको अवज्ञा गर्नेलाई सवारीसधानलाई जरिवाना तिराउने भएको छ।, मंगलबारदेखि सुरू भएको लकडाउनमा पहिलो दिन ट्राफिक प्रहरीले सवारीसाधनलाई फर्काउने काम गरेको थियो भने बुधबार सवारीसाधनलाई नियन्त्रणमा राखेको थियो।, बिहीबारदेखि लकडाउनको अवज्ञा गर्नेलाई कानुन बमोजिम जरिवा...
नारायण खड्का गत चैत ६ गते कतारबाट आएका धादिङका एक युवामा कोरोना संक्रमणको पुष्टि भएपछि सँगै यात्रा गरेकी दाङकी एक युवतीलाई आइसोलेसनमा राखिएको छ।, बुधबार दिउँसो साढे ४ बजेतिर २१ वर्षीया उनलाई प्रहरीको सहयोगमा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको आइसोलेसनमा ल्याएर राखिएको छ। , अस्पतालका सुपरिटेडन्डेन्ट डा सर्वेस शर्...
सेतोपाटी संवाददाता सरकारले चीनतर्फको नाका खुलाउने भएको छ।, माघ १५ देखि बन्द भएका नाका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने उद्धेश्यले खुलाउने भएको हो।, उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले आयात निर्यातका लागि स्वास्थ्य तथा जनसंख्या...
सेतोपाटी संवाददाता सरकारले चीनतर्फको नाका खुलाउनेदेखि अति आवश्यक बैंकिङ सेवा गृह मन्‍त्रालय र अर्थ मन्‍त्रालयको समन्वयमा सुचारू गर्नेसम्मको निर्णय गरेको छ।, बुधबार बसेको कोरोना रोकथाम समितिले तीसहित १२ निर्णय गरेको हो ।, हेर्नुस् निर्णय:, १. स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालय र कृषि तथा पशुपन्छी विकास मन्‍त्रालयको स्व...
सेतोपाटी संवाददाता काठमाडौंको ज्ञानेश्वरस्थित जर्मन दूतावासको गेटमा एक जर्मन नागरिक अचेत अवस्थामा फेला परेका छन्।, गेटमा ढलिरहेको अवस्थामा उनी फेला परेका हुन्। आफ्नो कामका लागि दैनिकजसो सो दूतावास धाइरहेका उनले काम नभएको गुनासो गर्दै आएका थिए।, अचेत अवस्थामा भेटिएका उनलाई प्रहरीले अस्पताल लगेको कमलपोखरी प्रहरी वृत्तका...
सेतोपाटी संवाददाता अब ठूला खाद्य स्टोर तथा पसलहरुले आवश्यक खाद्यवस्तूहरु होम डेलिभरी गर्नु पर्ने भएको छ।, उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समन्वय समितिको बैठकले होम डेलिभरीका लागि व्यवस्था मिलाउन निर्देशन दिएको हो।, यसका लागि गृह मन्त्रालयले सीमित संख्यामा सवारी साधनका लागि आवश्य...
सेतोपाटी संवाददाता फ्रान्सबाट चैत ४ गते आएका थप दुई जनालाई जिल्ला अस्पताल कलैयामा लगिएको छ।, उनीहरुसँगै आएकी युवतीलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि प्रहरीले सो जहाजबाट आउनेको खोजीकार्य गरिरहेको छ। सोही क्रममा बाराका दुई जना पनि रहेको भेटिएपछि उनीहरुलाई प्रहरीको सहयोगमा अस्पतालमा लगिएको हो।, उनीहरुलाई क्वारेन्टाइनमा रा...
सेतोपाटी संवाददाता फ्रान्सबाट कोरोना संक्रमित युवतीसँगै जहाजमा आएका पाँच जनालाई चितवनस्थित भरतपुर कोरोना अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।, अस्पतालका प्रमुख डा. भोजराज अधिकारीका अनुसार पाँचै जना आज अस्पतालको सम्पर्कमा आएका छन्। सबैलाई आइसोलेसनमा भर्ना गरिएको र नमूना परीक्षणको लागि भोलि स्वाब काठमाडौं पठाइने उनले बत...
विवेक राई सरकारले सात वटै प्रदेशमा कोरोना परीक्षण ल्याब स्थापना गर्ने भने पनि त्यसको लागि समय लाग्ने देखिएको छ। कोरोना परीक्षण गर्ने ल्याबको बनावट विशिष्ट हुने भएकाले त्यसको लागि समय लाग्ने भएको हो।, कोरोना परीक्षण गर्ने ल्याबको मुख्य चुनौती भनेको त्यसको जैविक सुरक्षा हो। त्यो भनेको भाइरस परीक्षण गर्दा कतैबाट त्यो फुत...
सेतोपाटी संवाददाता ललितपुरको महालक्ष्मी नगरपालिकाले ६० बेडको आइसोलेसन र ३० बेडको आइसियू तयार गरेको छ।, बुधबार नगरपालिकाले किष्ट मेडिकल अस्पतालसँग सहकार्य गरी ६० बेडको आइसोलेसन र ३० बेड आइसियू तयार गरेको हो।, 'हामीले कोरोना भाइरसलाई मध्यनजरमा राख्दै आज आइसोलेसन बेड र आइसियू तयार गरेका छौं,' मेयर रामेश्वर श्रेष्ठले भने,...
रासस सिन्धुलीमा आज थप एक जनालाई आइसोलेशनमा भर्ना गरिएको छ।, कमलामाई नगरपालिका १२ का एक पुरुषलाई उच्च ज्वरो आएपछि आइसोलेशनमा भर्ना गरिएको हाे।, सिन्धुली अस्पतालका डा प्रसन्न राजभण्डारीका अनुसार ती व्यक्ति उच्च ज्वरो आएपछि आज अस्पतालमा आएका थिए। उनमा १०४ डिग्री ज्वरो, खोकीलगायत लक्षण रहेकाले आइसोलेशनमा राखेर उपचार गरिएक...
सिएनएन कोरोना भाइरस सर्ला भन्ने डरले भारतका कतिपय ठाउँमा महामारीविरूद्ध अग्रपंक्तिमा रहेर बिरामीलाई सेवा दिइरहेका चिकित्साकर्मीहरू जबर्जस्ती घरबाट निकालिएका छन्।, भारतमा अहिलेसम्म ६ सय ६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने १० जनाको मृत्यु भएको छ। बिरामी संख्या पाँच सय नाघेलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले मंगल...
एजेन्सी स्पेनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चीनको भन्दा बढी भएको छ।।, २४ घण्टामा थप ७ सय ३८ जनाको संक्रमणबाट मृत्यु भएपछि उसको मृतक संख्या चीनको भन्दा बढी भएको हो।, संक्रमणबाट हालसम्म स्पेनमा  ३ हजार ४  सय ३४ जनाको ज्यान गइसकेको रोयटर्सले जनाएको छ।, चीनमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ३ हजार २...
नारायण खड्का राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिलेसम्म पाँच जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ। प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले जापानबाट आएका एक र भारतको गोलगाउँबाट आएका अर्का एकसहित पाँच जनाको उपचार भइरहेको जानकारी दिइन्। , नयाँ आएका थप दुई जनाको स्वाबको नमूना बुधबार संकलन गरिएको उनले बताइन्। सं...
सेतोपाटी लकडाउनका बेला चौबीसै घण्टा सेवा पुर्‍याउन झापामा अत्याधुनिक सुविधासहितका छ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ।, स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईंका अनुसार ती एम्बुलेन्सका चालक कोरोना भाइरसको संक्रमणबाट बच्न पिपीइ ड्रेस (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट)ले सुसज्जित हुनेछन्।   , उनले दमक, विर...
सेतोपाटी कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि कर्णाली प्रदेशका राजधानी सुर्खेत सुनसान बनेको छ।, आम नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट निस्कन रोक लगाएपछि वीरेन्द्रनगर ‘लकडाउन’को दोस्रो दिन बुधबार पनि सुनसान बनेको हो।, सङ्क्रामक रोग ऐन, २०२० जारी भएपछि पहिलोपटक कार्यान्वयनमा आ...
सेतोपाटी सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन्।, दुधौली नगरपालिका–१ गिचियानीमा गए राति हात्तीको आक्रमणबाट अन्दाजी ५० वर्षीय देवु धामी र उनकी श्रीमती अन्दाजी ४१ वर्षीय फुलवती धामी घाइते भएका हुन्।, उनीहरुलाई उपचारका लागि डकाहामा रहेको आमा मेमोरियल अस्पतालमा एम्बुलेन्समार्फत पठाइएको स्थानीयवासी तीर्थ बराल...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले हिजोबाट सुरू गरेको किटनाशक औषधि छर्किने कार्यक्रमलाई आज पनि निरन्तरता दिएको छ।, तीन वटा क्षेत्रलाई आधार मानेर सुरू गरेको यो कार्य आज पनि निरन्तर रहेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिएका छन्।, उनले सीमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै अत्...
सिएनएन सुरूमा जीउ कटकटी खायो।, त्यसपछि सानो केराउको दानाजात्रा गिर्खाहरू देखा परे। विस्तारै ती गिर्खा स्याउजत्रै ठूलो हुँदै छालाको पत्र फुटाएर उछिट्टिएलाझैं भयो। जसै रोग जीउभरि फैलियो, बिरामीहरूले रगत बान्ता गर्न थाले।, अन्तिम चरणमा, रोग लागेकामध्ये धेरै जना मृत्युको मुखमा पुगे।, चौधौं शताब्दीमा युरोपभरि फैलिएको ‘ब्ल्...
राकेश यादव लकडाउन उल्लंघन गरेर काठमाडौं मालवाहक लरीको खाली कन्टेनरभित्र बसेर आएका ५२ जना यात्रुलाई मध्य राति वीरगन्जको घन्टाघरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।, काठमाडौं, भरतपुर, हेटौंडा हुँदै गएराति १२ बजे घन्टाघर पुगेको ना ५ ख ९५५२ नम्बरको लरीको खाली कन्टेनरभित्र रहेका ३ बालबालिकासहित ५२ यात्रुलाई प्रहरीले निय...
सेतोपाटी रूसमा बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ।, रसिया टुडेले दिउँसोको समयमा सुदूर पूर्वी कुरिल टापुनजिकै भूकम्प गएको जनाएको छ।, भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ।, प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका छन्।, सुनामीले अमेरिकाको हवा...
दिपकजंग शाही कर्णाली प्रदेश सरकारले लकडाउनका कारण अलपत्र परेका १०० जना नागरिकको उद्दार गरेको छ। नेपाल–भारत सीमा रुपैडिहामा अलपत्र परेका कर्णालीका नागरिकलाई उद्दार गरिएको हो। उद्दार गरिएकामध्ये ५७ जनालाई सुर्खेत ल्याइएको छ।, मंगलबार राति उद्दार गरिएका उनीहरूलाई वीरेन्द्रनगरस्थित अशोका होटलमा राखिएको छ। उद्दार गरिएकामध्...
सेतोपाटी संवाददाता राष्ट्रिय जनता पार्टी (राजपा)की वरिष्ठ नेता एवम् संघीय सांसद निर्जला राउतले बर्दिवासमा रहेको आफ्नो होटल क्वारेन्टाइनका लागि दिने भएकी छन्।, बर्दिवासमा रहेको होटल पावन मिथिलालाई राउतले क्वारेन्टाइनका लागि दिने निर्णय गरेकी हुन्।, 'यो महामारी रहुञ्जेलसम्मको लागि मैले मेरो होटललाई आजदेखि क्वारेन्टाइनका...