content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता कोरोना भाइरसले विदेशमा रहेका दुई जना नेपालीको ज्यान लिएको छ।, पछिल्लो समय अमेरिकाको न्युयोर्कमा कोरोना भाइरसका कारण पाँचथरका अनिल लिम्बुले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्।, पाँचथर कुम्मयाक गाँउपालिका-९का ५० वर्षीय अनिलको मृत्यु भएको उनका दाइ खगेन्द्र सम्बाहाम्फेले पुष्टि गरेका छन्।, अनिलको मृत... |
सेतोपाटी के तपाईं हरेक दिन बिहान–बिहान हिँड्ने गर्नुहुन्थ्यो? क्लब गएर नियमित व्यायाम गर्नुहुन्थ्यो? त्यसो भए यो आठ दिनको ‘लक–डाउन’ मा के गर्नुहुन्छ त?, व्यायामका सोखिन मात्र होइन, अरूका लागि पनि आठ–आठ दिन घरमै बस्दा मोटाइने चिन्ता हुनसक्छ। यी सबैका लागि फ्रान्सका एक ३२ वर्षीय व्यक्ति उदाहरण बनेका छन्।, रेस्टुरेन्टमा ... |
दिपकजंग शाही कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि देशभर लकडाउन गरिएसँगै कर्णाली प्रदेश सरकारले लकडाउनका कारण बीच बाटोमा अलपत्र परेका यात्रुहरूका लागि हटलाइन सेवा सुरू गरेको छ।, मंगलबारदेखि १११० नम्बरको हटलाइन सेवा सुरू गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।, मुख्यमन्त्री महेन्द्र बहादुर शाही... |
एलए टाइम्स नोबेल पुरस्कार विजेता तथा स्ट्यान्फोर्ड विश्वविद्यालयका बायो–फिजिसिस्ट (जैविक विज्ञ) माइकल लेभिटले गत जनवरीमै कोरोना भाइरस संक्रमितको तथ्यांक विश्लेषण सुरू गरेका थिए। उनले चीनको तथ्यांक केलाउँदै जे प्रक्षेपण गरे, त्यो ठ्याक्कै मिल्न आयो।, संसारका अरू धेरै स्वास्थ्य विशेषज्ञले चीनमा कोरोना भाइरस संक्रमण महिन... |
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले लकडाउन उल्लंघन गर्ने तीन सयभन्दा बढी सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।, बुधबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना भाइरस (कोभिड-१९)को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने तीनभन्दा बढी सवारी साधनलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।... |
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउन उल्लंघन गर्ने सात सय २८ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।, बुधबार दिउँसो १२ बजेसम्म महाशाखाले काठमाडौंको विभिन्न स्थानबाट सात २८ सवारीसाधनलाई नियन्त्रणमा लिएको हो।, नेपाल सरकारले मंगलबार बिहानदेखि कोरोनाभाइरस (कोभिड-१९)को रोकथामका लागि देशभर लकडाउनको घोषणा गर... |
सेतोपाटी संवाददाता नेपाली सेनाले गैरसैनिक भेटघाटमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।, कोरोना भाइरसको संक्रमणका कारण सैनिक एरियामा गैरसैनिक भेटघाटलाई निषेध गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।, कोरोना भाइरस(कोभिड-१९)संक्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई मध्यनजर गरी जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा... |
एजेन्सी भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्रीले मजदुरहरूलाई पाँच हजार दिने घोषणा गरेका छन्।, मुख्यमन्त्री अरबिन्द केजरीवालले मंगलबार कन्स्ट्रक्सन वोर्कर्स वेलफेयर बोर्ड फन्ड अन्तर्गत हरेक निर्माणसम्बन्धी काम गर्ने मजदूरहरूलाई पाँच हजार रुपैयाँ दिने घोषणा गरेका हुन्।, उनले कोरोनाभाइरसका कारण मजदूरहरूको दैनिकीमा असर... |
विवेक राई त्रिभुवन विमानस्थलको डिपोर्ट कक्षमा ४ दिनदेखि नेपाली मूलका बेलायती राहदानीबाहक एक व्यक्ति अलपत्र परेका छन्।, गत शनिबार हङकङबाट नेपाल एयरलाइन्सको जहाजमा आएका ती व्यक्तिलाई अध्यागनले विदेशी राहदानी भएकाले प्रवेश अनुमति नदिएको हो।, हाल उनी अध्यागमनको डिपोर्ट कक्षमै छन्।, 'उहाँ त विदेशी नै हो नि। त्यसैले विदेशी... |
एजेन्सी पाकिस्तानी सरकारले पेट्रोलियम पदार्थको मूल्य १५ रूपैयाँले घटाएको छ।, पाकिस्तानको केन्द्रीय सरकारले मंगलबार पेट्रोलियम पदार्थमा १५ रूपैयाँ घटाउने घोषणा गरेको हो। पेट्रोलियम पदार्थमा सर्वसाधारणलाई राहत दिन सरकारले ७० बिलियन रूपैयाँको प्याकेज छुट्याएको छ।, अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मंगलबार प्रधानमन्... |
सेतोपाटी संवाददाता नेपालमा थप एक जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ।, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार नेपालमा तेस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ। एक युवाको स्बाव परीक्षण गर्दा मंगलबार राति १२ बजे कोरोनाको संक्रमण पुष्टि भएको उनले जानकारी द... |
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमण अहिलेसम्म १ सय ९२ देशमा फैलिसकेको छ। संसारभर चार लाख २३ हजार मानिसलाई संक्रमण भइसकेको छ भने ज्यान गुमाउनेको संख्या १८ हजार ९ सय हजार नाघेको छ।, कोरोना भाइरस संसारभर फैलिरहदा त्यहाँ रहेका नेपालीको जनजीवनलाई प्रत्यक्ष असर गरेको छ।, कतिपय देशमा नेपालीमा कोरोनाको संक्रमण देखिएको छ... |
युवराज श्रेष्ठ भरतपुर शारदानगरका दिलिप आचार्यले यसपटकको पर्यटन सिजनमा ६ हजारमात्रै कमाउन सके। जबकी उनले पर्यटन सिजनमा ६ लाख कमाउँथे।, २ जना बेलायतीलाई लिएर ३ दिनको पुनहिल– घोरेपानी पदयाात्रा गरेका आचार्य त्यसपछि कहीँ जान पाएनन्।, झण्डै १० वर्षदेखि पर्यटक गाइड बनेर पदयात्रा थालेका उनी कोरोना भाइरस विश्वव्यापी महामारीको... |
रासस चैत ४ गते कतार एयरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका पाँच जना सम्पर्कमा आएका छन्।, सो विमानबाट आउनेमा ११ जना जिल्लाका रहेकामध्ये पाँचजना सम्पर्कमा आएको र सबैलाई प्रारम्भिक स्वास्थ्यजाँचपछि क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।, अन्य छ जनाको खोजी भइरहेको जिल्ला प्रशासनले जना... |
युवराज श्रेष्ठ गण्डकी प्रदेश सरकारले पोखरा ३० मोहोरियास्थित लेखनाथ सामुदायिक लायन्स अस्पताललाई ६० बेडको ‘कोरोना विशेष उपचार अस्पताल’ बनाउने निर्णय गर्यो।, कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा गठित उच्चस्तरीय निर्देशक समितिको चैत १० गतेको बैठकले यस्तो न... |
निशा भण्डारी कोही पनि नागरिक अनावश्यक काममा बाहिर ननिस्किऊन् भनेर सरकारले लक डाउन गरेको बेला जिल्ला प्रशासन कार्यालय काठमाडौं परिसर बबरमहलमा बुधबार ठेलमठेल भीड छ।, लकडाउनको दोस्रो दिन आज सवारी पास बनाउन सवारी चालक, व्यवसायी प्रशासन कार्यालयमा पुगेका हुन्। सरकारले लकडाउनका बेला पनि अत्यावश्यक सेवा निर्वाध सञ्चालन गरिरह... |
सेतोपाटी संवाददाता कोरोनाभाइरस संक्रमण नफैलिओस् भनेर कर्णाली प्रदेशको डोल्पास्थित एक स्थानीय तहले पूजाआजा र बोकाको बली चढाएको छ।, त्रिपुरा सुन्दरी नगरपालिकाले त्रिपुरा सुन्दरी मन्दिरमा बुधबार पूजाआजा र बोकाको बली दिएको हो।, नगरपालिकाका मेयर ओमबहादुर बुढाले नगरवासीलाई रोग नलागोस् भनेर पूजाआजा र बोकाको बली दिइएको बताए।,... |
युवराज श्रेष्ठ पर्यटकीय नगरी पोखरामा खाना नपाएर अलपत्र परेका पर्यटकलाई लक्षित गरी ४ वटा रेष्टुरेन्ट खुलेका छन्। खुलेका रेष्टुरेन्टमै बसेर पर्यटकले खान नपाउने तर खाना लिएर बाहिर जान पाउनेछन्। , रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले पर्यटकलाई लक्षित गरी ४ वटा रेष्टुरेन्ट खोल्ने निर्णय गरैको हो। जसमा लेक... |
सेतोपाटी संवाददाता कोरोना भाइरसबाट संक्रमित फ्रान्सबाट आएकी युवतीसँगै आएका सुर्खेतका एक युवक ‘होम क्वारेन्टाइन’मा बसेका छन्।, उनीसँगै हवाई यात्रा गरेका ती युवकलाई होम क्वारेन्टाइनमा राखिएको हो।, हाल टेकु अस्पतालको आइसोलेसनमा रहेकी १९ वर्षीया युवतीसँगै विदेशबाट आएका उनी काठमाडौंबाट नेपालगञ्ज हुँदै सुर्खेत आएका थिए।, चै... |
एजेन्सी कोरोना भाइरसको उदगम थलो चीनको हुबेई प्रान्तको राजधानी वुहानमा दुई महिना लामो लक डाउनपछि बुधबारदेखि सार्वजनिक बस चल्न थालेका छन्।, समाचार संस्था सिन्ह्वाका अनुसार ११७ रूटमा बस सञ्चालनमा आएका हुन्।, बस चलाउनका लागि स्वास्थ्य सुरक्षाका लागि हरेक बसमा ड्राइभरसँगै सुरक्षा निरीक्षकसमेत राखिएको छ।, ती निरीक्षकले यात्... |
दिपकजंग शाही सुर्खेतमा सरकारले घोषणा गरेको ‘लकडाउन’ उल्लंघन गर्ने दुई जना पक्राउ परेका छन्। लकडाउनको समयमा बाहिर निस्किएर प्रहरीलाई अवरोध पुर्याउने दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।, लकडाउनको पहिलो दिन मंगलबार बिहान १० बजेतिर दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प... |
सेतोपाटी संवाददाता सरकारले मंगलबारदेखि एक हप्ताको लागि लागू हुने गरी लकडाउन घोषणा गरे पनि त्यसको अवज्ञा गरेको भन्दै ठाउँ-ठाउँमा निषेधाज्ञा जारी गरिएको छ।, सरकारले एक साता घरभित्रै बस्न आग्रह गरे पनि त्यसको अवज्ञा गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले ठाउँ-ठाउँमा निषेधाज्ञा जारी गरेको हो। , नुवाकोट,बारा,धनकुटामा निषेधा... |
सेतोपाटी संवाददाता सरकारले विराटनगर र नेपालगञ्जमा संकलन गरिने नमूना परीक्षणका लागि काठमाडौं ल्याउने भएको छ।, तत्काल ती ठाउँमा ल्याब सञ्चालन गर्न नसकिएकोले शंकास्पद नमूना परीक्षणका लागि जहाजबाट काठमाडौं ल्याउने व्यवस्था मिलाइएको हो।, स्वास्थ्य मन्त्री भानुभक्त ढकालले विराटनगर र नेपालगञ्जबाट नमूना काठमाडौं जहाजबाट ल्याउ... |
सेतोपाटी संवाददाता चितवनको भरतपुरस्थित कोरोना अस्पतालमा मंगलबार साढे नौ बजे एक युवाको मृत्यु भएको छ। उनमा अर्कै गम्भीर रोग पनि रहेकाले मृत्यु के कारणले भएको हो भन्ने एकिन गर्न स्वाब काठमाडौं पठाइएको छ।, वीरगन्जका तीस वर्षीय ती युवामा छाला, फोक्सो र मृगौलालगायतको समस्या थियो।, उनी एक वर्षदेखि ‘एसएलई' भन्ने रोगबाट ग्रस्... |
सेतोपाटी संवाददाता भारतको सीमामा रहेका नेपालीलाई के गर्ने भन्ने विषयमा ३ बजे छलफल हुने भएको छ।, भारत र नेपाल दुबैतिर लक डाउन हुँदासमेत आइरहेका नेपालीलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाइएको छ।, सोचेको भन्दा धेरै भीड सीमा नाकामा रहेकाले यसबारे निर्णय हुन बाँकी रहेको कृषि... |
एजेन्सी जिम्बावेका ३० वर्षीय टिभी पत्रकारको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ।, सोमबार ज्यान गुमाएका पत्रकार जोरोरो माकाम्बा त्यहाँको पहिलो कोरोनाभाइरस संक्रमित व्यक्ति रहेको सिएनएनले जनाएको छ।, उनमा कोरोनाको लक्षण देखिएपछि जिम्बावेको राजधानी हारारेको अस्पतालमा उपचारका लागि गत बिहीबार भर्ना गरिएको थियो।, उनी केही... |
सेतोपाटी संवाददाता ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले 'कोरोना कोष'मा एक महिनाको तलब सहयोग गर्ने भएकी छन्।, राजदूत सर्मिला पराजुली ढकालले मंगलबार नेपाल सरकारद्वारा स्थापित 'कोरोनाभाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष'मा एक महिनाको तलब दिने घोषणा गरेकी हुन्।, उनले एक महिनाको तलब दिने घोषणा गरेकोबारे... |
सेतोपाटी संवाददाता ‘लकडाउन’ उल्लंघन गरिएको भन्दै प्रहरीले धनुषाबाट २६१ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक परशुराम घिमिरेले सरकारले देशभरि लकडाउन गरेको अवस्थामा पनि केहीले पालना अटेर गरेकाले उनीहरूको सवारी साधनलाई नियन्त्रणमा लिइएको बताए।, ,मोटरसाइकल, निजी च... |
निशा भण्डारी सरकारले सोमबार साँझ मंगलबारदेखि लागू हुने गरी ‘लकडाउन’ घोषणा गरेसँगै काठमाडौं सुनसान बनेको छ।, अहिले मानिसहरू कोही बाहिर निस्किएका छैनन् भने आवश्यकबाहेक सम्पूर्ण सेवा बन्द छन्।, सरकारले मंगलबार बिहान ६ बजेदेखि देशभरि लकडाउन गरेको छ।, आज बिहानैदेखि सार्वजनिक तथा निजी सवारी साधन नचलेपछि सडक खाली भएका छन्। स... |
सेतोपाटी संवाददाता प्रदेश नम्बर २ को सप्तरीका विभिन्न चार ठाउँमा नेपाली सेना परिचालन गरिएको छ।, लक डाउनलाई सहयोग गर्न सेनाले गस्ती गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले सेतोपाटीलाई जानकारी दिए।, ‘राजविराज, हनुमाननगर, रूपनी र कल्याणपुरमा सेना परिचालन गरी गस्ती गरिएको हो,’ ठाकुरले सेतोपाटीसँ... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाभित्रका सर्वसाधारणलाई कुनै समस्या परे मेयर, उपमेयर र वडा अध्यक्षलाई सम्पर्क गर्न अनुरोध गरिएको छ। मंगलबार मेयर विद्यासुन्दर शाक्यले प्रेस विज्ञप्तिमार्फत सो जानकारी दिएका छन्।, विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणलाई नेपालमा फैलिन नदिन दे... |
सेतोपाटी संवाददाता आज मंगलबारदेखि हामी 'लक–डाउन' मा छौं। कोरोना भाइरस संक्रमण फैलिन नपाओस् भनेर सरकारले अत्यावश्यकीय सेवाबाहेक सबै किसिमका सवारी आवागमनमा रोक लगाएको छ। मान्छेको हिँडडुलसमेत बन्द छ।, यसरी 'लक–डाउन' मा बस्ने हामी मात्र होइनौं। बेलायती अखबार 'द गार्डियन' का अनुसार संसारका पाँचमध्ये एक जना व्यक्ति लक–डाउनम... |
सेतोपाटी संवाददाता देशभर लकडाउनको प्रभाव परेको छ। जिल्लाका सडक सुनसान छन्। फाट्टफुट्ट बाहिर निस्किएका सर्वसाधारणलाई प्रहरीले सम्झाइबुझाइ घर पठाउने गरेको छ। कतिपय जिल्लामा अटेर गर्ने सवारीसाधन समेत प्रहरीले नियन्त्रणमा लिएको छ। सप्तरीका विभिन्न चार ठाउँमा नेपाली सेना परिचालन गरिएको छ।,लक डाउनलाई सहयोग गर्न सेनाले गस्ती... |
प्रशन्न पोखरेल नेपाल-भारत सीमा नाकामा अलपत्र परेका नेपालीलाई आज स्वदेश प्रवेश गर्न दिइने भएको छ।, अर्थ र सञ्चार तथा सूचना मन्त्री युवराज खतिवडाले सीमा क्षेत्रमा अलपत्र नेपालीलाई नागरिकतालगायत कागजपत्र हेरेर नेपाल प्रवेश गर्न दिने निर्णय भएको जानकारी दिए। , मंगलबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय... |
सेतोपाटी संवाददाता यशूले कोरोनाभाइरसका बिरामीलाई निको पार्ने भन्दै भ्रम फैलाउने पास्टर पोखराबाट पक्राउ परेका छन्।, सोमबार राति पोखराको पावर हाउसबाट पास्टर केशवराज आचार्य पक्राउ परेका हुन्।, उनलाई पक्राउ गरी कास्की जिल्ला अदालतमा म्याद थप्न लगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएससी राजकुमार केसीले जानकारी दिए।, उन... |
सेतोपाटी संवाददाता पोखरा महानगरपालिकाले पोखराका दुई ठाउँमा गरी १५० बेडको क्वारेन्टाइन बनाएको छ। कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि पोखराको सृजनाचोकस्थित लेक सिटी हस्पिटल एण्ड क्रिटिकल केयरमा एक सय र नदीपुरस्थित पद्य नसिङ होममा ५० बेडको क्वारेन्टाइन बनाएको हो। , ,दुवै अस्पतालमा आवश्यक बेडलगायत उपचारका सामग्री तया... |
सेतोपाटी संवाददाता सरकारले आजदेखि सर्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाए पनि वीरगञ्जमा भने उल्लंघन भएको छ।, वीरगञ्जका प्रमुख सडक तथा भित्री बजारमा पनि मोटरसाइकल, साइकलमा मानिसको आवतजावत भइरहेको छ। लक डाउनको समयमा घरबाट बाहिर ननिस्कन प्रशासनले कडाई गरे पनि सर्वसाधारणले भने अटेर गरेका छन्।, अटेर गर्नेलाई सम्झाईबुझाई ... |
सेतोपाटी संवाददाता तनहुँमा बिहान र बेलुकी दुई समय ‘लकडाउन’ खुल्ने भएको छ।, दैनिक उपभोग हुने सामग्री किनबेचका लागि जिल्ला प्रशासन कार्यालयले दुई समय ‘लकडाउन’ खोल्न लागेको हो।, नेपाल सरकारले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रण गर्न मंगलबारदेखि देशभर ‘लकडाउन’ गर्न निर्देशन दिएको थियो।, त्यस्तै, जिल्ला प्रशासन कार्यालय तनह... |
सेतोपाटी संवाददाता प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा मुख्यमन्त्री कार्यालयले १० लाख रुपैयाँ जम्मा गरेको छ। , सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १० करोड रुपैयाँ जम्मा गर्दै कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष बनाउने निर्णय गरेको थियो। , सोही कोषमा मुख्यमन्त्री कार्यालयले मंगलबार १० ल... |
सेतोपाटी संवाददाता आइतबार कोरोना संक्रमण पुष्टि भएकी युवतीसँगै कतारबाट जहाजमा आएका १ सय २५ जनाको पहिचान खुलेको छ।, गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी ती १९ वर्षिया युवतीमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले सोमबार पुष्टि गरेको थियो।, उनी आएको कतार एयरवेजको फ्लाइट नम्बर क्युआर ६५२ मा आएका १ सय ५२ जनामध्ये... |
विवेक राई फ्रान्सबाट आएकी कोरोना संक्रमित युवतीसँगै जहाजमा आएकामध्ये केही सरकारको सम्पर्कमा आएका छन्। , सोमबार कतारबाट ती युवतीसँगै जहाजमा आएका झापाका एकजनालाई सम्पर्कमा लिइएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले सेतोपाटीलाई जानकारी दिए। , ‘केन्द्रले नाम सर्कुलर गर्नेबित्तिकै ती व्यक्तिलाई हामीले सम्पर्क गर्यौं... |
युवराज श्रेष्ठ सोमबार साँझ सरकारले मंगलबारदेखि नेपालभरै लक डाउन गर्ने निर्णय गर्दा बेलायती नागरिक क्रिष्टोफर लेगका दम्पत्ति भर्खर पोखरा आइपुगेका थिए। , , अन्नपूर्ण फेरो पदयात्रा गरेर सोमबारमात्र पोखरा आइपुगेका उनीहरूले होटलमा बास त पाए तर लक डाउन भएपछि मंगलबार बिहान खाना पाएनन्।, , उनीहरूलाई बसिरहेका होटलले खाना दिएनन... |
सेतोपाटी संवाददाता सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान-धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान-पोखरा र भेरी अस्पताल-नेपालगञ्जका प्रयोगशालामा कोरोनाभाइरस(कोभिड-१९)को परीक्षण सुरू गर्ने भएको छ।, मंगलबार बसेको कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित समितिले सो निर्णय गरेको हो।, स्वास्थ्य तथा जनसंख्या मन्त्रा... |
सेतोपाटी संवाददाता लकडाउन अवज्ञा गर्ने २ सय मोटरसाइकललाई महोत्तरी प्रहरीले नियन्त्रण लिएको छ।, सर्वसाधारणलाई यसबारे अहिलेसम्म सचेतना नभएका कारण बाटोमा हिँडडुल गर्ने, मोटरसाइकल चलाउनेजस्ता कार्यहरु भइरहेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।, ,‘लकडाउनबारे सबैले जानकारी नपाएकै कारण सर्वसाधारण घर... |
जुना श्रेष्ठ कोरोना भाइरस फैलिँदै गएको समय राज्य एक्लैले सम्पूर्ण व्यवस्था मिलाउन सक्ने स्थिति छैन। सबै नागरिकले एकअर्कालाई आड दिने समय आएको छ। , यस्तो आपतकालीन समयमा केही घरधनीले आफ्नो कोठा बहाल छुट दिने, सपिङ कम्प्लेक्सहरूले सटर भाडा छुट दिने र केहीले निजी घर नै क्वारेन्टाइनका लागि उपलब्ध गराइदिँदै छन्। केही होटल सम... |
सेतोपाटी संवाददाता उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलज्यूको संयोजकत्वमा गठित कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले विभिन्न आठ निर्णय गरेको छ।, मंगलबार बसेको समिति बैठकले सीमा नाकाहरूमा आइपुगी अलपत्र परेका नेपाली नागरिकहरूलाई एक पटकको लागि नेपाल प्रवेश गर्न अनुमति दिनेदेखि ध... |
रासस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालमा भर्ना भएका संभावित संक्रमित बिरामी कोभिड–१९ को नमूना परीक्षणका लागि काठमाडौं आउने नपर्ने जनाएको छ।, मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संभावित संक्रमितलाई सम्बन्धित अस्पतालले आइसोलेसनमा राखेर सिफारिस (रिफर) नगरी कोभिड–१९ को नमूना परीक्षण गर्न मात्र राष्ट्र... |
विवेक राई फ्रान्सबाट आएकी कोरोना भाइरसबाट संक्रमित १९ वर्षीया युवतीको दोस्रो पटक पनि परीक्षण गरिने भएको छ। संक्रमित युवती काठमाडौं उपत्यकाकी स्थायी बासिन्दा हुन्।, टेकु अस्पतालका अनुसार उक्त युवतीको दोस्रो परीक्षण हुने भएको हो। संक्रमणको पूर्ण पुष्टि हुन दोस्रो पटक पनि परीक्षण गर्ने गरिन्छ।, , कहिलेकाहीँ पहिलो परीक्षण... |
सेतोपाटी संवाददाता दाङको देउखुरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत २७ वर्षीय गणेश पुन मगर र कम्प्युटर अपरेटर २४ वर्षीय रमेश वली छन्।, मोटरसाइकल चालक निमित्त प्रशासकीय अधिकृत मगरको घटनास्थलमै र कम्प्युटर अपरेटर वलीको उपचारका क्... |
रासस सोमबार राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि अर्घाखाँची जिल्ला ‘लकडाउन’ हुने भएको छ।, कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लालाई ‘लकडाउन’ गर्ने निर्णय गरेको हो।, सतर्कता अपनाउन अन्य जिल्लाब... |
सेतोपाटी संवाददाता नेपालगञ्ज उपमहानगरपालिकाले भारतबाट आएकाहरू भागेको नभई खाना खाएर ज्वरो चेक गरेर गएको बताएको छ।, उपमहानगरकी उपप्रमुख उमा थापा मगरले भारतबाट आएकालाई ज्वरो जाँच गराएको र भोकै रहेकोले खानासमेत खुवाइएको जानकारी दिइन्।, सोमबार बिहान भारतका विभिन्न ठाउँबाट नेपालीहरू नेपालगञ्ज पारि रूपैडिया नाका आइपुगेका थिए... |
समिक्षा अधिकारी कोरोना भाइरस महामारीले विश्व संकटमा छ। नेपालमा पनि समस्या नआउला भन्न सकिन्न। यस्तो बेला केही मनकारीले आफ्ना घर, होटललाई क्वारेन्टाइन बनाएर सहयोग गर्ने भएका छन्। केही घरबेटीले २–४ महिनाको डेराभाडा नलिने निर्णय गरिसके।, सबैले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेका बेला नमोबुद्ध नगरपालिका निवासी मंगलाल श्रे... |
सन्जिब बगाले सरकारले कर्मचारीहरूलाई घरमा स्टयान्डबाई बस्ने गरी भोलिदेखि विदा दिने भएको छ।, कोरोना भाइरसको संक्रमण रोकथाम लागि बनेको उच्चस्तरीय समितिले भोलिदेखि अत्यावश्यकबाहेकका सबै सरकारी कार्यालय बन्द गरेर कर्मचारी घरमै बस्ने निर्णय गर्न लागेको स्रोतले सेतोपाटीलाई जानकारी दियो।, त्यसो हुँदा कोरोना भाइरसको रोकथामका ल... |
एजेन्सी संसारभरि फैलिरहेको कोरोना भाइरस (सार्स-कोभ-२) रहस्यमयी छ। वैज्ञानिकहरूले औषधि पत्ता लगाउन नसकेकाले मात्र यो भाइरस रहस्यमयी भएको होइन, यसका लक्षण पनि छुट्याउन मुस्किल छ।, कोरोनाका केही लक्षण रूघाखोकी र मर्कीसँग पनि मिल्छन् तर केही लक्षण फरक छन्। सुख्खा खोकीसँगै सास छोटो हुने, ज्वरो आएर स्याँस्याँ हुने कोरोना... |
रासस काठमाडौँ महानगरपालिका र खानेपानी मन्त्रालयअन्तर्गतको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) बीच महानगर क्षेत्रभित्र पाँच ठाउँमा वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको छ।, महानगर क्षेत्रभित्रका केही सार्वजनिक स्थानमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा प्रदान गर्न वाटर एटीएम जडान गर्ने विषयम... |
सेतोपाटी संवाददाता वीरगञ्ज महानगरपालिकाले नगरवासीलाई अत्यावश्यक बाहेक बाहिर ननिस्कन आग्रह गरेको छ।, आजदेखि चैत १८ गतेसम्म सबै नगरवासीलाई आ- आफ्नो घरमा नै बस्न भनिएको मेयर विजय सरावगीले जानकारी दिए।, यसका साथै अत्यावश्यक बाहेकका पसल, कार्यालयलगायत नखोलिदिन समेत अपिल गरिएको मेयर सरावगीले बताए।, ‘अत्यावश्यक सामान खरिदका ... |
एजेन्सी भारतमा कोरोनाभाइरसबाट कारण मृत्यु हुनेको संख्या आठ पुगेको छ। , इटालीबाट फर्केका ५५ वर्षीय व्यक्तिको सोमबार कोलकत्तामा मृत्यु भएको हो। भारतको वेष्ट बंगालमा मृत्यु भएको यो पहिलो घटना हो।, ती व्यक्ति परिवारसहित भारत फर्केको बताइएको छ भने उनका छोरा अझै पनि इटालीमै रहेको विजनेस टुडेले जनाएको छ। उनको मृत्युसँगै भारत... |
सेतोपाटी संवाददाता निर्माण व्यवसाय विकास परिषद्ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने भएको छ।, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेको परिषद्को चैत ५ गते बसेको बैठकले १ करोड रुपैयाँ सहायतावापत कोरोना भइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर... |
जुना श्रेष्ठ चितवनमा रहेको 'पाथीभरा कम्प्लेक्स'ले सबै सटर व्यवसायीलाई एक महिनाको भाडा छुट दिने निर्णय गरेको छ। कम्प्लेक्सका सञ्चालकमध्येका बासु डल्लाकोटीका अनुसार आइतबार उनीहरूले यो निर्णय सार्वजनिक गरेका हुन्।, 'पाथीभरा कम्प्लेक्स' खैरहनी नगरपालिकाको एक मात्र कम्प्लेक्स हो। एक वर्षअघि मात्र भाडाको जग्गामा बनेको कम्प्... |
सेतोपाटी संवाददाता सरकारले सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेशमा नरोक्न निर्देशन दिएको छ।, भारतमा बस्न असहज भएर स्वदेश फर्किएका जनतालाई रोक्न उचित नहुने भन्दै सरकारले यस्तो निर्देशन दिएको हो।, ‘सीमामा पर्याप्त परीक्षण गरेर नेपाल पठाउन र उनीहरुको निगरानी समेत राख्न भनिएको छ’ उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश... |
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीले 'कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष'मा दुई महिनाको पारिश्रमिक दिने भएकी छिन्।, सोमबार राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले दुई महिनाको पारिश्रमिक दिने उल्लेख छ।, 'राष्ट्रपति विद्यादेवी भण्डारीबाट महामारीको रूपमा फैलि... |
सेतोपाटी संवाददाता सरकारले सोमबार बिहान १० बजेदेखि सीमा नाका बन्द गर्ने निर्णय गर्यो। सो निर्णय कार्यान्वयनलगत्तै नेपाल प्रवेश गर्न खोज्नेहरू वीरगञ्ज रक्सौल सीमामा दिनभर अलपत्र परे। अलपत्र उनीहरुलाई अन्तिम पटक प्रवेश गर्न दिने निर्णय भएको छ।, जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख ललितबहादुर बस्नेतका अनुसार अन्... |
नारायण महर्जन र निशा भण्डारी काठमाडौं उपत्यका यतिबेला सुनसान बनेको छ।, शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द छन् भने कतिपय निजी कार्यालय समेत बन्द छन्।, उपत्यकाबाहिरबाट आएर बसोबास गर्नेहरु घर फर्किएका छन्। विभिन्न नाकाबाट चार दिनमै ४ लाख ६५ हजार ९ सय बढीले उपत्यका छोडेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले... |
सेतोपाटी संवाददाता इतिहाड एअरबाट नेपाल फर्किएका दुई जना नेपालीलाई भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा राखिएको छ। नेपाली सेनाका प्रमुखसेनानी शिवप्रसाद पौडेलले उनीहरूलाई केहीबेर अघि मात्र खरिपाटी ल्याइएको जानकारी दिए।, सोमबार उनीहरूलाई दुबईले प्रवेशमा रोक लगाउँदै नेपाल फिर्ता पठाएको हो।, सरकारले प्रतिबन्ध लगाए पनि विमान... |
विवेक राई टेकु अस्पतालमा कोरोना भाइरस उपचार गराइरहेकी १९ वर्षीया युवती यही चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन्। दोहासम्म उनकी भियतनामी साथी सँगै थिइन्।, एउटै कलेज पढ्ने उनीहरू फ्रान्सबाट एउटै जहाजमा आएका थिए। दोहा पुगेपछि भियतनामी साथी आफ्नो देश लागिन्, उनी कतार एअरवेजमा नेपाल आइन्।, काठमाडौं घर... |
सेतोपाटी संवाददाता जवरजस्ती करणीको मुद्दामा पक्राउ परेका सुदूरपश्चिम प्रदेश सभा सांसद अक्कलबहादुर रावल पाँच लाख धरौटीमा छुटेका छन्। , सोमबार जिल्ला अदालत कैलालीका एक नम्बर न्यायाधीश जयराज पनेरूको इजलासले सांसद रावललाई पाँचलाख धरौटीमा छुट्न आदेश दिएको थियो।, आदेश अनुसार उनी पाँच लाख बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालय... |
सेतोपाटी कोरोनाको संक्रमणका कारण यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा नगर्ने निर्णय भएको छ।, गुठी संस्थान, सेतो मच्छेन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति, करुणामय आर्यावलोकीतेश्वर मन्दिरका पुजारीलगायत सरोकार भएका निकायका अधिकारीको उपस्थितिमा क्षमा माग्दै रथयात्रा नगर्ने निर्णय गरिएको काठमाडौँ महानगरपालिका वडा नं २५ का ... |
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले मंगलबार बिहान ६ बजेदेखि देशभरि लक डाउन गरेको छ।, आज बिहानैदेखि सार्वजनिक तथा निजी सवारी साधन नचलेपछि सडक खाली भएका छन्। सरकारले घरभित्रै बस्नु भनेकाले सडकमा मानिसहरू देखिएका छैनन्। अत्यावश्यकबाहेक पसल पनि बन्द छन्।, काठमाडौंका सडकमा फाट्टफुट्ट निस्किएका ... |
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले मंगलबार बिहान ६ बजेदेखि देशभरि लक डाउन गरेको छ।, आज बिहानैदेखि सार्वजनिक तथा निजी सवारी साधन नचलेपछि सडक खाली भएका छन्। सरकारले घरभित्रै बस्नु भनेकाले सडकमा मानिसहरू देखिएका छैनन्। अत्यावश्यकबाहेक पसल पनि बन्द छन्।, सरकारले यो लक डाउन एक सातासम्मका लागि ... |
सेतोपाटी संवाददाता सरकारले घरबाहिर जथाभावी ननिस्कन गरेको आग्रहलाई उलंघन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले दश जना व्यक्तिलाई पक्राउ गरेको छ।, चितवनको विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको चितवनका एसपी नान्तीराज गुरूङले सेतोपाटीलाई जानकारी दिए।, उनीहरूलाई जिल्ला प्रशासन कार्यालयमा कारबाहीका लागि उपस्थित ... |
सेतोपाटी संवाददाता नेपालीलाई आफ्नो देश फर्कन नपाउने गरि सिमानाका र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।, अधिवक्ता मिना बस्नेत र माधव बस्नेतले सोमबार सर्वोच्चमा रिट दर्ता गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।, विपद्को बेलामा आफैँले आफ्ना नागरिकहरू... |
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले देशभर घोषणा गरेको लकडाउनको ‘फाइदा उठाउँदै’ कपिलवस्तुमा नदीजन्य पदार्थको चोरी निकासी बढेको छ।, सरकारले सर्वसाधारणलाई हिँड्डुल गर्न निषेध गरिरहेको बेला कपिलवस्तुको वाणगंगा नगरपालिकाको मध्यभागमा रहेको वाणगंगा नदीमा जथाभावी उत्खनन् भइरहेको छ।, सरकारले आह्व... |
सेतोपाटी संवाददाता कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकामा नेपालीहरू भेला भएपछि तनाव भएको छ।, भारतबाट सीमामा आइपुगेका नेपाली नेपालभित्र आउन खोजेपछि तनाव सिर्जना भएको हो।, मंगलबार बिहान ६ बजेदेखि नाका बन्द भएको थियो।, उनीहरू सोमबार राति नै भारतका विभिन्न ठाउँबाट सीमा नाकामा आइपुगेका थिए।, नयाँदिल्लीको आनन्दविह... |
रासस चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पैदलयात्री बुद्धीराज सापकोटा र साजन तामाङ रहेका छन्।, प्रहरीका अनुसार चौबिसकोठीबाट गीतानगरतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०३००३ प १६३४ नम्बरको मोटरसाइकलले सोम... |
सेतोपाटी संवाददाता पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा एक पटकमा १० जना मात्रै भक्तजनलाई प्रवेश गर्न दिने निर्णय गरेको छ।, पशुपति क्षेत्र विकास कोषाध्यक्ष डा. मिलनकुमार थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले १० जनाले दर्शन गरेपछि मात्रै थप १० जनालाई पालैपालो प्रवेश गर्न दिने निर्णय गरेको हो।, त्यस्तै विद्युतीय शवदाह... |
सन्जिब बगाले नेपाली सेनाले कोरोना भाइरस रोकथामका लगि २३ सयभन्दा बढी क्वारेन्टाइन बेड र ८ सयभन्दा बढी आइसोलेसन बेड बनाएको छ।, काठमाडौंलगायत देशका सबै पृतनामा सेनाले २ हजार ३ सय ५९ क्वारेन्टाइन बेड र ८ सय ५४ वटा आइसोलेसन बेड बनाएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीलाई बताए।, सैनिक प्रवक्ता पाण्डेका अनुसार पूर्... |
सेतोपाटी हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मा गएराति ना २७ प ८४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।, मृत्यु हुनेमा मकवानपुरको साविक हाडीखोला–२ बस्ने ३१ वर्षीय भीम अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी दिए।, मृतकको शव हेटौँडा अस्पतालमा राखिएको र मोटरसाइकलला... |
सेतोपाटी संवाददाता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालले स्वयंसेवक माग गरेको छ।, कोरोनाभाइसको परीक्षणमा चाँप बढेको भन्दै प्रयोगशालाले सूचना जारी गर्दै स्वयंसेवक माग गरेको हो।, योग्यता पुगेका इच्छुकहरूले सात दिन भित्र प्रयोगशालामा जानकारी गर्नुपर्ने निर्देशक डा. रुणा झाले बताइन्।, छनोट भएका जनशक्तिलाई कामबारे सबै कुरा सिका... |
सेतोपाटी संवाददाता वीरगन्जका व्यापारी शिवकुमार रुंगटालाई कोरोना भाइरस नलागेको पुष्टि भएको छ। पटनामा उनको स्वाब परीक्षण गर्दा रिपोर्ट 'नेगेटिभ' आएको हो।, रुंगटाका छोराले पटनाबाट फोन गरेर नतिजा 'नेगेटिभ' आएको भनी खबर गरेको उनका भाइ सुरेश रुंगटाले बताए। 'खुसीको खबर छ, नतिजा नेगेटिभ आयो भन्दै खबर गरे,' सुरेशले सेतोपाटीसँग... |
सेतोपाटी संवाददाता नेपाली सेनाले छुट्टीमा रहेका आफ्ना सबै तहका जनशक्तिलाई हाजिर हुन निर्देशन दिएको छ।, कोरोना संक्रमणका बेलामा जनशक्ति अत्यावश्यक पर्ने भएकाले छुट्टीमा रहेका सैनिकहरुलाई बोलाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीलाई बताए।, घरबिदाबाट आएकालाई केही समय छुट्टै राख्ने व्यवस्था सेनाले गरेको छ। सेना... |
सेतोपाटी संवाददाता वीरगञ्जका एक व्यापारीलाई कोरोना पुष्टि नभएको परिवारले जनाएको छ। , कतिपय सञ्चार माध्यमले एक व्यवसायीलाई कोरोना भएको समाचार दिए पनि उनका भाइले कोरोना पुष्टि हुन बाँकी रहेको सेतोपाटीलाई जानकारी दिए।, व्यापारीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अहिले भारतको पटनास्थित पटना मेडिकल कलेज एण्ड हस्पिटलम... |
रासस नेपाल सरकारले कोरोना भाइरस भित्रिने जोखिम कम गर्न सोमबार बिहान १० बजेदेखि सीमानाका बन्द गर्ने निर्णय गरेपछि पूर्वीनाका काँकडभित्तामा बिहानैदेखि भारत फर्कने भारतीय नागरिकको भीड छ।, इलाका प्रहरी कार्यालय काँकडभित्ताका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले आज बिहान ८ बजेसम्ममा ५०० भन्दा बढी भारतीयहरु काँकडभित्ता न... |
सेतोपाटी संवाददाता सरकारले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको कोरोना कोषमा गैरआवासीय नेपाली संघ एनआरएनले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ।, सरकारले निजी तथा गैरसरकारी संघसंस्थालाई पनि कोषमा सहयोगका लागि अपिल गरेसँगै एनआरएनएले उक्त सहयोग रकम उपलब्ध गराउने घोषणा गरेको हो।, एनआरएनका अध्यक्ष कुमार पन्तल... |
रासस कोभिड १९ (कोरोना भाइरस)को संभावित जोखिमलाई नियन्त्रण गर्न ‘उपत्यका नगरपालिका फोरम’ले ‘कोरोनाविरुद्धको महाभियान’ सञ्चालन गर्ने भएको छ।, दुई महानगरपालिका र १६ नगरपालिकाको संयुक्त संस्थाका रुपमा रहेको फोरमको आइतबार भक्तपुरमा सम्पन्न आकस्मिक बैठकले महाअभियान सञ्चालन सहित १० बुँदे साझा अवधारणा सोमबार सार्वजनिक गरेको छ... |
सेतोपाटी संवाददाता सरकारले घोषणा गरेको कोरोना कोषमा बसन्त चौधरी फाउण्डेसनले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ।, कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि मन्त्रिपरिषदको आइतबार बसेको बैठकले कोष बनाउने निर्णय गरेको थियो। उक्त कोषमा निजी क्षेत्रलाई पनि सहयोग गर्न सरकारले आग्रह गरेको थियो।, कोषमा नर्भिक/बसन्त चौधरी फाउण्डेसनल... |
गिरीश गिरी झन्डै पाँच वर्षदेखि बुढापाकाको उपचार गर्दै आएका विशेषज्ञ (जेरियाट्रिसियन) डा. रमेश कँडेललाई शुक्रबार पहिलोपटक स्वास्थ्य सेवा महाशाखाले बोलायो। कारण थियो, कोरोना भाइरसको भय।, यो भाइरस संक्रमणले संसारभर वृद्ध उमेरका नागरिकको ज्यान संकटमा परेको देखिइरहँदा नेपालका बुढापाकाको कसरी सुरक्षा गर्ने भन्ने विषयमा विचा... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले आफ्नो मातहत रहेको प्रयोगशालाबाट पनि कोरोनाभाइरस परीक्षण गर्न सकिने बताएको छ।, त्रिवि जैविक प्रविधि केन्द्रीय विभाग कीर्तिपुरले विज्ञान तथा प्रविधि अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाभाइरस परीक्षण गर्ने उपकरण रहेको बताएको हो।, विभागका प्रमुख प्राध्यापक डाक्टर कृष्णदास मानन्ध... |
सेतोपाटी संवाददाता दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी बसमा सवार आठ जना जति यात्रु सामान्य घाइते भएका छन्।, मृतकको साथमा फेला परेको लाइसेन्समा रोल्पाको गंगादेव गाउँपालिका निवासी २४ वर्षीय रमेश वली भन्ने नाम खुल्न आएको प्रहरीले जानकारी दिएको छ।, उनको घटनास्थलमै मृत्यु भएको थियो... |
सेतोपाटी संवाददाता जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको जानकी सरोवर पोखरीमा एक पुरुषको शव भेटिएको छ।, सोमबार बिहान पौडी खेल्न पोखरीमा गएका बेला ती पुरुषको डुबेर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। , साथै यसबारे अनुसन्धान भइरहेको धनुषा प्रहरी... |
विवेक राई फ्रान्सबाट कतार हुँदै आएकी एक जना नेपाली विद्यार्थीमा कोरोनाभाइरस देखिएको छ।, सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिए। १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको मन्त्री ढकालले जानकारी दिए।, ‘उनको परिव... |
रासस हिमालपारिको जिल्ला मुस्ताङमा रहेका पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिर, गुम्बा र पिण्ड दान गर्ने कागबेनी घाट अनिश्चितकालका लागि बन्द गरिएको छ।, जिल्ला समन्वय समितिको कार्यालय जोमसोममा आइतबार बसेको मुक्तिनाथ विकास समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। अर्को सूचना जारी नभएसम्मका लागि मुक्तिनाथ दर्शन र कागबेन... |
सेतोपाटी संवाददाता राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले घोषणा गरेको कोरोना कोषमा आर्थिक सहयोग गर्ने भएका छन्। , अध्यक्ष तिमिल्सिनाले सोमबार विज्ञप्ति निकालेर एक महिनाको तलब कोषका लागि सहयोग गर्ने उल्लेख गरेका हुन्।, ‘राहत कोषमा मेरो एक महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गरिदिनु हुन’ भन्दै अध्यक्ष तिम... |
रासस पश्चिमी वायु र स्थानीय वायुको प्रभावले सोमबार देशभर आंशिकदेखि सामान्य बदली भई अपराह्नबाट उपत्यकासहित देशको धेरैजसो स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, प्रिमनसुनसँगै स्थानीय वायु सक्रिय भएकाले अपराह्नपछि बदली भई वर्षा भएको वरिष्ठ मौसमविद् निराजन सापकोटाले बताए। सापकोट... |
रासस पूर्वी नाका काँकडभित्ता भएर नेपाल प्रवेश गर्ने करिब तीन सय नेपाली भारतीय नाका पानीट्यांकीमा अलपत्र परेका छन्।, मन्त्रिपरिषद्को निर्णयानुसार आज(सोमबार) बिहान १० बजेदेखि सीमानाका बन्द भएपछि उनीहरु अलपत्र परेका हुन्। तिनमा भारतका विभिन्न सहरबाट मजदूरी गरेर फर्कने तथा विद्यार्थी छन्।, त्यसैगरी नेपालका विभिन्न सहरबाट ... |
रासस पाल्पाको रामपुर नगरपालिकाले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन नगरको प्रवेशमा कडाइ गरेको छ।, नगरपालिकाले रामपुर क्षेत्रमा कोभिड– १९ को त्रास फैलिन नदिन यस क्षेत्रमा प्रवेश गर्ने यात्रुलाई अनिवार्य स्वास्थ्य परीक्षण सुरु गरेको छ।, नगरपालिकाले प्रदेश पाँच र गण्डकी प्रदेशको सिमाना कालीगण्डकीको कोलादी पुलमा सोमबारबा... |
विवेक राई निजी अस्पतालहरूले कोरोना भाइरसका शंकास्पद बिरामीलाई अस्पतालमै राखेर उपचार गर्न नसक्ने जनाएका छन्।, निजी अस्पतालहरूको छाता संगठन 'अफिन' का वरिष्ठ उपाध्यक्ष कुमार थापाले सुरक्षा सामग्री अभावका कारण उक्त सेवा दिन नसकिने बताएका छन्।, 'अस्पतालहरूसँग सुरक्षा सामाग्री छैन, परीक्षण गर्नलाई किट छैन। यस्तो अवस्थामा को... |
रासस सप्तरीमा कोभिड–१९ (कोरोना भाइरस)को संभावित जोखिमलाई ध्यान दिँदै सप्तरीको चार स्थानमा ‘कोरोना व्यवस्थापन अस्थायी अस्पताल’ सञ्चालन गर्ने तयारी गरिएको छ।, प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा शनिबार बसेको उच्चस्तरीय बैठकले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल, छिन्नमस्ता मेडिकल कलेज एण्ड अस्पताल, साई ... |
रासस मास्क र स्यानिटाइजरको कालोबजारी गरिरहेका जनपुरका चार औषधी व्यवसायीलाई पक्राउ गरिएको छ।, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले चारै जनालाई कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो।, पक्राउ पर्नेमा सुस्मिता मेडिकलका सञ्जय साह, अटल फार्मेसीका अनिल यादव र प्रभन्स चौधरी तथा ... |
रासस पर्वतको जलजला गाउँकार्यपालिकाले कोभिड–१९ (कोरोना भाइरस)को आशंका देखिएका बिरामीको एम्बुलेन्स सेवासहित निःशुल्क उपचारमा सहयोग गर्ने भएको छ। , शनिबार बसेको बैठकले गाउँपालिकाभित्रका नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिए।, 'नागरिकको पहिलो ... |
युवराज श्रेष्ठ कपिलवस्तुको जितपुर गाउँका विशाल पौडेल ५ वर्षदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा छन्।, उनी यूएईको दुवै मिराकल गार्डेनस्थित पाँच तारे होटल शेराटनमा काम गर्न गएका थिए। नजिकै अर्को पाँचतारे होटल डब्लुमा अहिले गरिरहेको भन्दा राम्रो काम पाएपछि १ महिनाअघि नै उनले शेराटनबाट राजीनामा बुझाए।, होटलसँगको संझौता अनुस... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.