content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता काभ्रेमा मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ बुबा र छोराको मृत्यु भएको छ भने आमा घाइते भएकी छिन्।, आइतबार बिहान साढे छ बजे बनेपा नगरपालिका–१३ भैंसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुबा र छोराको मृत्यु भएको हो।, बनेपाबाट साँगातर्फ आउँदै गरेको बा ५ ख २३९... |
प्रशन्न पोखरेल सधैंजसो भीडभाड हुने पर्सास्थित नेपाल-भारतबीचको रक्सौल नाका आइतबार सुनसान छ।, नाकाबाट मालवाहक सवारीसाधन आएका छैनन्, पैदल यात्रुको संख्या पनि न्यून छ।, यस्तो हुनुमा नाकाबन्दीले भने होइन। भारतमा आज कर्फ्यू लगाएकोले त्यसको असर नाकामा देखिएको हो।, पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीका अनुसार आइत... |
सेतोपाटी संवाददाता कैलालीमा तामाको बट्टा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।, आइतबार गोदावरी नगरपालिका ४ फूलवस्ती भन्ने ठाउँमा विस्फोट हुँदा ३५ वर्षका नरबहादुर बिकको मृत्यु भएको छ।, बिकले तामाको बट्टा पगाल्न खोज्दा पड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी सुदिप गिरीले जानकारी दिए।, ‘तामाको एक बट्टा आगोमा पग... |
रासस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा गोरखा नगरपालिका घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–२ बस्ने २५ वर्षीया शर्मिला ठकुरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, मुग्लिङदेखि पोखरातर्फ आउँदै गरेको ग१ख ४९०० नं को बस सड... |
एजेन्सी भारतको बिहारमा पनि कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ।, आइतबार बिहारमा एक जनाको मृत्यु भएको हो भने अर्का एक जनामा संक्रमण देखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।, कतारबाट फर्किएका ३८ वर्षीय एक व्यक्तिको मृत्यु भएसँगै भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो।, ती व्यक्तिलाई गत शुक... |
सेतोपाटी संवाददाता नुवाकोटमा सामूहिक बलात्कार गरी लुटपाट गर्ने दुई जना पक्राउ परेका छन्।, गत चैत २ गते राति शिवपुरी गाउँपालिका ५ की ३७ वर्षीया एक महिलाको घरमा पाँच जना युवा घरको झ्याल फोरेर प्रवेश गरे। प्रवेश गरेपछि उनीहरुले ती महिलालाई हातखुट्टा बाधी बलात्कार गर्नुका साथै उनले लगाएको सुनको सिक्री, हातको औंठी र घरमा भ... |
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघले कोरोना भाइरसबारे जानकारी लिन चाहनेका लागि चिकित्सकको सम्पर्क नम्बर उपलब्ध गराएको छ।, आइताबार संघले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाबारे बुझ्नको लागि १३ जना चिकित्सकको मोबाइल नम्बर दिएको छ।, अब देशभरका सर्वसाधरणले कोरोनाभाइरससम्बन्धी कुनै पनि परामर्श सेवाको आवश्यकता परेको अवस्था... |
सेतोपाटी संवाददाता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गृहजिल्ला स्याङ्जाका अग्नी पीडितलाई सहयोग हस्तान्तरण गरेकी छिन्।, कालिगण्डकी गाउँपालिका वडा नम्बर ५ बाँसटारीमा केही समय अगाडि भएको आगलागीबाट ३ घरगोठ नष्ट भएको थियो। आगलागी पीडितहरुको दुखमा मल्हम लगाउन मन्त्री अर्यालले पीडितको घरमै ... |
एजेन्सी भारत सरकारले मार्च ३१ सम्मका लागि देशभरिको यात्रुवाहक रेल सेवा बन्द गरिदिएको छ।, कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर सरकारले यात्रवाहक रेल सेवा बन्द गरिएको आइतबार जनाएको छ।, भारतमा अहिलेसम्म ३ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ जनाको मृत्यु भएको छ।, आइतबार बिहारमा एक जनाको मृत्यु भएको हो भने अ... |
एजेन्सी युरोपेली मुलुक क्रोएसियाको राजधानी जाग्रेबमा भूकम्प गएको छ।, स्थानीय समयअनुसार आइतबार बिहान साढे ६ बजेतिर राजधानीनजिकै केन्द्रविन्दु बनाएर ५.३ रेक्टरको भूकम्प गएको हो।, भूकम्पमा परी अहिलेसम्म एक जना १५ वर्षीय बालकको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पले केही घरहरू भत्काएका छन् भने गाडीहरू कि... |
अनुषा अधिकारी कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि समाजलाई यो रोगसँग जुध्न सहयोग गर्ने मनकारी हातहरू पनि बढ्दै गएका छन्।, काठमाडौंका केही घरबेटीले डेराभाडा छुट दिएका छन् भने कतिपयले आफ्नो घर नै क्वारेन्टाइन निम्ति उपलब्ध गराएका छन्। यसैमा थपिएका छन्, वीरगन्जका होटल सञ्चालक हरि पन्त।, उनी वीरगन्जको आदर्शनगरमा क्लास... |
रासस भारतले ‘जनता कर्फ्यू’ लगाएका कारण पूर्वको प्रमुख नाका काँकडभित्ता ठप्प भएको छ। सीमा पूरै सुनसान बनेको छ भने यात्रु नभएर छोटो दूरीका यातायातसमेत ठप्प भएका छन्।, आइतबार बिहानदेखि भारत सरकारले आफ्नो देशमा जनता कर्फ्यू लगाउँदा हवाई, रेल तथा स्थल यातायात बन्द भएको कारण सीमामा आवतजावत ठप्प बनेको ट्राभल्स संघ झापाका अध्... |
भगवती पाण्डे दसैँतिहारका बेला आफ्नो गाउँघर फर्किएजस्तै अहिले फेरि विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड –१९) को संक्रमणबाट सुरक्षित रहन गाउँघर फर्किनेको भीड देखिने गरेको छ।, विभिन्न पेशा व्यवसाय तथा अध्ययन र जागिरको कारण सहरमा बस्नेहरू यतिबेला घर फर्किन थालेका छन्। गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान, बाग्लु... |
सेतोपाटी संवाददाता कीर्तिपुर नगरपालिकाले बजार अनुगमनका क्रममा तीन औषधि पसलमा तालाबन्दी गरेको छ।, आइतबार बिहान आठ बजेदेखि तीन वडामा गरिएको बजार अनुगमनका क्रममा नगरपालिकाले तीन औषधि पसलमा तालाबन्दी गर्नुका साथै एक मिठाइ पसलबाट ३० वटा ग्यास सिलिन्डर बरामद गरेको छ। , नगरपालिकाको उपोभोक्ता संरक्षण समिति र बजार अनुगमन टोलील... |
सेतोपाटी संवाददाता नेपालमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले विभिन्न उपायहरू अपनाएको छ।, सरकारले आइतबारदेखि अत्यावश्यकबाहेकका सबै सरकारी र निजी सेवा बन्द गरिदिएको छ।, विदेशी नागरिक नआऊन् भनेर आइतबारदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ।, तर आममानिसमा अझै पनि एउटा डर भने कायम छ-छिमेकी भारतबाट आउने... |
नारायण खड्का दाङमा कोभिड-१९ (कोरोना भाइरस)को आशंका गरिएका तीन जना बिरामीको नमूना संकलन गरिएको छ।, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डाक्टर संगीता भण्डारीले परीक्षणका लागि बुटवलबाट दाङ आएर उनीहरूको नमुना संकलन गरिएको बताइन्।, प्रतिष्ठानको आइसोलेसन बेडमा राखेर उपचार गराइरहेकामध्ये दुई जना गढवा गाउँपालिकाका... |
सेतोपाटी संवाददाता सलाम एयरबाट आएका एकजना नेपालीलाई भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइन पठाइएको छ।, आइतबार ओमानबाट सलाम एयर हुँदै आएका ती नेपालीलाई दिउँसो १ बजे क्वारेन्टाइन पठाइएको विमानस्थल अध्यागमन कार्यालय प्रमुख सागर आचार्यले जानकारी दिए।, सलाम एयरको विमान दिउँसो १ बजेर ४० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल... |
सेतोपाटी संवाददाता कोरोना भाइरसको जोखिम बढेपछि यसपालि घोडेजात्रामा कुमारीको सवारी नहुने भएको छ। भीडभाडमा संक्रमणको जोखिम बढ्नसक्ने भएकाले यस्तो निर्णय गरेको इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ।, प्रत्येक वर्ष घोडेजात्राका दिन नेपाल वायुसेवा निगमको भवनमा कुमारीको सवारी हुन्छ। कुमारीले निगम भवनबाटै घोडेजात्रा हेर्न... |
सेतोपाटी संवाददाता कोरोनाभाइरसको संक्रमणबाट बच्न र सतर्कताका लागि उपत्यकाका चोकचोकमा साबुन पानीको व्यवस्था गरिएको छ। आइतबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका १६ स्थानमा साबुनपानीको व्यवस्था गरेको हो।, विशेष गरी उपत्यकाका बढी भीडभाड हुने स्थानमा पाँच हजार लिटरको पानी ट्याङ्की तथा साबुनको व्यवस्था मिलाइएको ... |
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघले कोरोना भाइरसबारे जानकारी लिन चाहनेका लागि चिकित्सकको सम्पर्क नम्बर उपलब्ध गराएको छ।, आइताबार संघले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाबारे बुझ्नको लागि १३ जना चिकित्सकको मोबाइल नम्बर दिएको छ।, अब देशभरका सर्वसाधरणले कोरोनाभाइरससम्बन्धी कुनै पनि परामर्श सेवाको आवश्यकता परेको अवस्था... |
नारायण महर्जन कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले भोलिदेखि लामो दूरीका बस सेवा बन्द गर्ने निर्णय गरेको छ। सरकारले जो-जहाँ छन् त्यहीँ बसून् भनेर बस बन्द गर्ने निर्णय गरेको हो। सरकारको त्यो निर्णय कार्यान्वयन हुनु अघिल्लो दिन आइतबार दशौं हजार मानिसले काठमाडौं छोडेका छन्। आइतबार सबेरैदेखि गोगंबुस्थित बसपार्कमा ... |
जुना श्रेष्ठ कोरोना भाइरस संक्रमणको डरले व्यापार प्रभावित भएका बेला 'पोखरा ट्रेड मल' ले चैत महिनाको सटर भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।, मलका अध्यक्ष विन्दुकुमार थापाले शनिबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन्। यसबाट व्यवसायीलाई २५ लाख रूपैयाँ राहत हुनेछ।, व्यवसायीलाई थोरै भए पनि राहत होस् भनेर यस... |
युनिक श्रेष्ठ अचेल सबै नेपालीको मुखमा झुन्डिएको छ- कोरोना।, नझुन्डियोस् पनि कसरी! चार महिनाअघि चीनको वुहानबाट सुरू भएको कोरोना भाइरस अहिले १८० भन्दा बढी देशमा पुगेको छ। तीन लाख १६ हजार मानिसलाई आफ्नो चपेटामा पारेको छ भने १३ हजार ५ सय ९७ को ज्यान लिएको छ।, नेपालमा कोरोना भाइरस अहिले देखा परेको छैन। तर सरकारले सावधानीका... |
भगवती पाण्डे कोभिड १९ को आशंका गरिएका र त्यस्तै लक्षण देखिएका बिरामीको उपचारका लागि बुटवलमा छुट्टै अस्थायी आइसोलेसन अस्पताल निर्माण गरिएको छ। बुटवल उपमहानगरपालिकाको अगुवाईमा रामनगरस्थित धागो कारखानामा आइसोलेसन अस्पताल निर्माण गरिएको हो।, लुम्बिनी प्रादेशिक अस्पतालको प्राविधिक सहयोग रहेको अस्पतालमा दुईवटा हलभित्र ४८ वट... |
सेतोपाटी प्रहरीले नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारी चलाउने तीन जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले नागढुङ्गामा गरेको जाँचका क्रममा नक्कली लाइसेन्स बोकेर सवारी चलाउने मकवानपुरका २२ वर्षीय मनिष स्याङताङ, काठमाडौँ टोखाका २२ वर्षीय अविनाश खड्का र काभ्रेपलाञ्चोकका २२ वर्षीय सुजन गौतमल... |
सेतोपाटी कैलालीको गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिकै से ३ प ३३६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार दुई जनाको मृत्यु भएको छ।, मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २६ वर्षीय श्यामकुमार कुँवर र मोटरसाइकलमा सवार अर्का नाम खुल्न नसकेका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहर... |
सेतोपाटी नेपाल प्रहरीले यात्रुहरूसँग बढी भाडा लिने २८ जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त कालीमाटी अन्तर्गत प्रभाग कंलकी बल्खुले शुक्रबार बढी भाडा लिने २८ जनालाई पक्राउ हो।, महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख डिएसपी रूगम बहादुर कुवँरले गाडी छैन भनेर गाडी लुकाउने, रिर्जभमा मात्र जाने भन्ने, यात्रुहरूलाई ... |
एजेन्सी पछिल्लो विश्व विवरण अनुसार कोरोना भाइरस संक्रमितको संख्या इटाली, अमेरिका र जर्मनीमा धेरै देखिएको छ।, अन्य मुलुकको तुलनामा यी तीन मुलुकमा नयाँ संक्रमितहरू भेटिने क्रम बढेको छ।, विवरण अनुसार इटालीमा झण्डै ६ हजार नयाँ संक्रमित देखिएका छन् भने अमेरिकामा ५ हजार र जर्मनीमा ४५ सय बढी संक्रमित भेटिएका छन्।, इटालीमा हा... |
एजेन्सी कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकैदिन थप ६२७ जनाको मृत्यु भएको छ।, इटालीका अधिकारीका अनुसार मृतकको संख्यामा एकैदिन १८.४ प्रतिशत वृद्धि भएको हो।, योसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ।, बिहीबारमात्रै इटालीले मृतक संख्यामा कोरोना भाइरसको उद्गमस्थल चीनमा भएको मृतक सं... |
सेतोपाटी संवाददाता शनिबार बिहानै सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा एकाएक एउटा अडिओ भाइरल भयो।, भाइरल भएको अडिओ कोरोनासम्बन्धी थियो। अडिओमा भनिएको थियो, नर्भिक अस्पतालमा ९ जनामा कोरोनामा जाँच गराएकामध्ये ६ जनामा पोजेटिभ देखियो।, अडिओ भाइरल भएपछि यसले एक प्रकारले त्रास नै जनमानसमा सिर्जना गरिदियो।, धेरैजसोले कोरोनाका... |
सेतोपाटी संवाददाता नेत्र बिक्रम चन्द्र बिप्लब नेतृत्वको नेकपाका रौतहट ईन्चार्जसहित दुई जना पक्राउ परेका छन ।, पक्राउ पर्नेमा जिल्ला ईन्चार्ज कुमार राई भनिने मानबहादुर राई र युबा संघका जिल्ला अध्यक्ष जगत भनिने कमल गुरुङ्गलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको हो । , उनीहरुको साथ बाट एक थान नलकटुवा पेस्... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा पेट्रोलियम पदार्थ कालोबजारी गर्ने दुई जना पक्राउ परेका छन् ।, किराना पसल सञ्चालन गरी बस्ने ज्ञानीमाया दुलाल र मिनीट्रकका चालक हरिबहादुर श्रेष्ठलाई मट्टीतेल र पेट्रोलको कालोबजारी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो ।, चौतारा साँगाचोकगढी नपा वड... |
सेतोपाटी संवाददाता नर्भिक अस्पतालले कोरोनासम्बन्धी अडिओमा कुनै सत्यता नभएको बताएको छ।, शनिबार बिहानैदेखि फेसबुक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिकमा ८ जना कोभिड-९ का बिरामी भेटिएको समाचार झूटा भएको अस्पतालले स्पष्टिकरण दिएको हो।, ‘हालसम्म नर्भिकमा कोभिड-१९ का कुनै पनि बिरामी पत्ता लागेका छैनन्, यसमा हामी सबै निश्... |
एजेन्सी अलिबाबाका संस्थापक ज्याक माले नेपाललगायत १० राष्ट्रलाई भेन्टिलेटर, टेस्टिङ किट र मास्क उपलब्ध गराउने भएका छन्।, विश्वभर फैलिरहेको कोरोनाभाइरससँग जुध्न ज्याक माले १८ लाख थान मास्क, दुई लाख १० हजार टेस्टिङ किट र ३६ हजार भेन्टिलेटर, थर्मोमिटर उपलब्ध गराउने भएका हुन्।, उनले नेपाल, अफगानिस्तान,बंगलादेश, म्यानमार, म... |
सेतोपाटी संवाददाता पूर्वपश्चिम राजमार्गअन्गर्गत सप्तरीको हनुमानगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहमा ट्रकको ठक्करबाट आज बिहान साइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ ।, मृत्यु हुनेमा भारदाह बस्ने अन्दाजी ३० वर्षीय कामी मुखिया रहेको प्रहरी निरीक्षक बाबुराम कार्कीले बताए ।, ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागेर गम्भी... |
सेतोपाटी संवाददाता मेलम्ची नगरपालिका–९ ज्यामिरेमा दलितसँग विवाह गरेको भन्दै बुबाको काजकिरिया गर्न नदिई सामाजिक बहिष्कार गर्न लगाउनेविरुद्ध जाहेरी दिइएको छ । स्थानीय प्रेम भुजेललाई सामाजिक बहिस्कार गर्न लगाउने रमेश शर्मा कुइँकेलविरुद्ध इलाका प्रहरी कार्यालय मेलम्चीमा जाहेरी दर्ता भएको हो ।, प्रेमका बाबु दीर्गबहादुरको ग... |
सेतोपाटी संवाददाता कोरोना भाइरससम्बन्धी अफवाह फैलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।, कोरोना भाइरससम्बन्धी अडियो बनाउने भक्तपुर सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, रामेछाप घर भई उनी भक्तपुरको सिपाडोल बस्दै आएका थिए।, नर्भिक अस्पतालमा ९ जनामध्ये ६ जनामा कोरोना भाइरसबाट संक्र... |
सेतोपाटी संवाददाता जनकपुरधामस्थित एक मन्दिरको महिला महन्थमाथि सोही मन्दिरका पूजारीले कुटपिट गरेका छन्।, जनकपुरधाम वडा नम्बर ८ आँखा अस्पताल नजिक रहेको मधुकर कुञ्जका महन्थ मोती माईलाई सोही मन्दिरका पूजारी हरि शरणले कुटपिट गरेका हुन्।, मन्दिर एकलौटी रूपमा चलाउनका लागि हरि शरणले आफू र आफ्नो सेवा गर्ने विमल शरणलाई कुटपिट ग... |
सेतोपाटी संवाददाता शनिबार पनि विदेशी एयरलाइन्सबाट यात्रु काठमाडौं उत्रिएपछि सरकारले आइतबार रातिसम्म विदेशबाट आउने सबै यात्रुलाई क्वारेन्टाइनमा पठाउने भएको छ।, अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले सेतोपाटीसँग भने, 'भोलि रातिसम्मै यात्रु आउने सम्भावना देखियो। ती कसैलाई पनि हामी एयरपोर्टबाट छिर्न दिँदैनौं, सबैला... |
सेतोपाटी संवाददाता प्रतिबन्ध उल्लघंन गर्दै विदेशबाट विभिन्न एयरलाइन्सले शनिबार काठमाडौं ल्याएका ६१ जना यात्रुलाई सरकारले क्वारेन्टाइनका लागि खरिपाटी पठाउने तयारी गरेको छ।, सरकारले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी लगाएको यात्रा प्रतिबन्ध उल्लंघन गर्दै यात्रुहरू धमाधम नेपाल आइरहेको पाइएको छ।, सरकारले शुक्रबार राति ... |
निशा भण्डारी शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गरे।, विश्व कोरोनासँग जुधिरहेको बेला प्रधानमन्त्रीले नेपालले पनि सतर्कता अपनाउनु पर्ने भन्दै केही निर्णय गरे।, सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक स... |
सेतोपाटी संवाददाता ‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नरहेको नेपाली सेनाले जनाएको छ।, सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन्।, ‘आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले कोरोनाविरूद्ध औषधि आकाशबाट छर्कने’ भनी सामाजिक सञ्जालम... |
सेतोपाटी संवाददाता सुर्खेतमा बसले अटो रिक्सालाई कुल्चिँदा चार जना घाइते भएका छन्।, शनिबार दिउँसो कर्णाली प्रदेश अस्पताल नजिकै ना २ ख ६८२३ नम्बरको बसले भे १ ह ३७२० नम्बरको अटोलाई कुल्चिएको हो।, अटोमा सवार बाँसगढी नगरपालिका–५ बर्दियाकी २१ वर्षीया नन्दा गिरी, रचना गिरी, कल्पना गिरी र अटो चालक महाबु गाउँपालिका दैलेखका चक्... |
जुना श्रेष्ठ कोरोना भाइरस संक्रमणको डरले काठमाडौं छाडेर घर फर्कनेहरूको घुइँचो बढ्दो छ। अत्यावश्यक वस्तुको अभाव र मूल्य वृद्धिले सर्वसाधारण मर्कामा छन्। दैनिक कमाइ गरेर घर चलाउनुपर्नेलाई यो समय कठिन हुन्छ। कति त आम्दानी सुकेर घरभाडा तिर्न सक्दैनन्। यस्तो बेला घरबेटी र डेरावालको सम्बन्ध राम्रो नभए काठमाडौंमा बस्नै मुश्क... |
सेतोपाटी संवाददाता कोरोनाभाइरसबारे अफवाह फैलाएको आरोपमा पक्राउ परेका विवेक थापा मगरले आफ्नो फेसबुक एकाउन्टमा ‘रिच र इंगेजमेन्ट’ बढाउन भ्रम छरेको बयान दिएका छन्।, केन्द्रीय साइबर ब्युरोले शनिबार दिउँसो उनलाई पक्राउ गरेको थियो।, पक्राउपछि प्रहरीले किन अफवाह फैलाएको भन्दै बयान लिन थालेपछि मगरले फेसबुक एकाउन्टमा ‘रिच र ... |
सेतोपाटी संवाददाता शनिबार अनुमतिबिना मलेसिया, युएई र जापानबाट आएका ६३ नेपालीलाई सरकारले भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा राखेको छ।, नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार उनीहरूलाई दुईटा साझा बसमा क्वारेन्टाइनस्थल पुर्याइएको हो।, सुरूमा ६२ जनालाई क्वारेन्टाइनको लागि पठाइएकोमा फेरि एक जना थपिएको विमानस्थ... |
एजेन्सी कोरोना भाइरसको संक्रमण रोक्न इटालीले आफ्नो अति प्रभावित लोम्बर्डी क्षेत्रमा थप कडा नियमको घोषणा गरेको छ।, लोम्बर्डीमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३ हजार ९५ जनाको मृत्यु भइसकेको छ।, शनिबार अबेर भएको घोषणा अनुसार घर बाहिर कुनै पनि प्रकारको खेल तथा शारिरिक गतिविधि (व्यक्तिगतसमेत) गर्न पाइने छैन। यसैगरी 'भेन... |
सेतोपाटी संवाददाता सरकारले शनिबार विभिन्न प्रतिबन्धित मुलुकबाट आएका ६७ जना नेपालीलाई भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा राखेको छ।, शनिबार ६४ जनालाई राखिएकोमा राति १ बजे थप तीन नेपालीलाई फेरी खरिपाटी पुर्याइएको नेपाली सेनाका महासेनानी शिवप्रसाद पौडेलले जानकारी दिए।, उनका अनुसार तीन जनालाई राति एम्बुलेन्समा खरिपाटी पुर... |
एजेन्सी उत्तर कोरियाले छोटो दुरीका दुई ओटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ।, दक्षिण कोरियाका सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले शनिबार समुद्रको पूर्वी जलक्षेत्रतर्फ क्षेप्यास्त्र हानेको हो।, विश्वभरी कोरोनाको सङ्क्रमण फैलिइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो।, कोरोनाको सङ्क... |
रवीन्द्र शाही र विवेक राई सिंगापुरबाट शनिबार राति सिल्क एअरको जहाजमा काठमाडौं आएका ८५ यात्रुमध्ये तीन जनालाई मात्र क्वारेन्टाइनमा पठाइएको विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ। बाँकी सबैलाई आ-आफ्नै घरमा 'सेल्फ क्वारेन्टाइन' मा बस्नू भनिएको छ।, विमानस्थल अध्यागमन प्रमुख सागर आचार्यका अनुसार सबै यात्रु नेपाली नागरिक हु... |
सेतोपाटी सर्लाहीमा शनिबार भएको बेग्लाबेग्लै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।, दुईको सवारी दुर्घटनामा र एकजनालाई करेन्ट लागेर मृत्यु भएको हो। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–१० स्थित ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।, पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ५६४५ नंको ट्रकले स्था... |
सेतोपाटी जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ का वडासदस्य लालबहादुर बुढा महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरी हिरासतमा पुगेका छन्।, जिल्ला प्रहरी कार्यालयले बुढालाई सो अभियोगमा गत फागुन २९ गतेदेखि हिरासतमा राखेको जनाएको छ।, सैतीस वर्षीय वडासदस्य बुढालाई स्थानीय महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरी हिरासतमा... |
सेतोपाटी संवाददाता प्रदेश नम्बर एकले एक साताभित्र ५० शैयाको छुट्टै आइसोलेसन अस्पताल बनाउने तयारी थालेको छ।, अस्पताल बनाउनका लागि भवन छनोटको काम भइरहेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिएका छन्।, ‘चिकित्सक र विज्ञहरूको टोलीसँग कुन भवन ठीक हुन्छ भनेर छनोट गर्न हिँडिरहेका छौं,’ उनले भने। यसबारे औपचारिक निर्ण... |
सेतोपाटी मध्यपुरथिमि नगरपालिका–१ मनोहरा बस्तीमा बस्ने एक महिलालाई कुटपिट गरी आत्महत्या गर्न बाध्य पारेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त थिमिको टोलीले धादिङ खानीखोला गाउँपालिका–१० घर भई हाल मध्यपुरथिमि–१ लोकन्थली बस्ने ३६ वर्षीया अप्सरा बाँस्कोटा, ताप्लेजुङ तेलोक गाउँपालिका–२ घर भई ... |
एजेन्सी निर्भया सामुहिक बलात्कार तथा हत्या काण्डमा दोषी रहेका मुकेश सिंह, अक्षय कुमार, विनय शर्मा तथा पवन गुप्तालाई फाँसी दिइएको छ।, उनीहरूलाई भारतीय समय अनुसार शुक्रबार बिहान साढे ५ बजे तिहाड जेलमा फाँसी दिइएको हो।, सन् २०१२, डिसेम्बर १६ मा साथीसँग बसमा यात्रारतः रहेकी २३ वर्षिया निर्भयामाथि उनीहरूसहित ६ जनाले सामुहि... |
सुधिर भण्डारी र रविन न्यौपाने पछिल्लो समय बर्दियाका धनबहादुर पुन मगरलाई दुई छोराको साह्रै चिन्ता थियो। कीर्तिपुर 'एपिएफ' स्कुलको होस्टल बसेर पढिरहेका छोरालाई कोरोना भाइरसले समात्छ कि भन्ने पिरमा थिए उनी। छोराको परीक्षा कहिले सकिन्छ भन्दै औंला भाँच्न थाले।, परीक्षा तालिका आउनेबित्तिकै उनले काठमाडौं आउने तरखर गरे। बुधबा... |
सेतोपाटी संवाददाता फेवाताल जोगाउन यसका मुहानमा रहेका खहरे खोलाहरुमा अहिले सिल्टेसन ड्याम बनिरहेको छ।, यी ड्यामको मुख्य काम बर्खामा खोलाले बगाएर ल्याउने ढुङ्गा, गिट्टी, बालुवा र माटो रोक्ने हो। यो ड्याम बनिरहेको पोखरा २४ स्थित बेत्यानी खोलामा एक युवकको शव फेला परेको छ। , उक्त शव पर्वत कार्कीनेटा घर भई अहिले पोखरा २४ डा... |
युवराज श्रेष्ठ नवलपुर प्रहरीले हतियार र गोलीगठ्ठा बरामद गरेको छ।, नवलपुरको हुप्सेकोट गाउँपालिका २ चपाहा धारापानीका ६३ वर्षीय ताराबहादुर विकको घरबाट हात–हतियार र गोली गठ्ठा बरामद भएको प्रहरीले जनाएको छ। विकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। , बरामद गरिएका हातहतियार र गोलीगठ्ठा कसले कुन प्रयोजन... |
एजेन्सी कोराना भाइरसको संक्रमणका कारण भारतमा थप एक जनाको मृत्यु भएको छ।, सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार देशको पञ्जाव प्रान्तमा एक व्यक्तिको मृत्यु भएको हो।, योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।, मृत्यु भएका पछिल्लो व्यक्ति ७० वर्षीय पुरुष रहेका छन्।... |
एजेन्सी एकैदिन ४२७ जनाको मृत्यु भएपछि इटाली कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक नागरिक गुमाउने मुलुक बनेको छ।, इटालीमा योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ। यो संख्या कोरोना भाइरसको उद्गम स्थल चीनको भन्दा बढी हो।, चीनमा हालसम्म यसको संक्रमणबाट ३ हजार २ सय ४५ जनाको ज्यान गइसकेको ... |
सेतोपाटी नेपाली सेनाले प्रदेश नम्बर एकमा ४ सय शैयाको क्वारेन्टाइन तयार पारेको छ।, प्रदेश सरकारसँगको समन्वयमा तीन ठाउँमा झन्डै साढे चार सय क्षमताको क्वारेन्टाइन बनाएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।, बुधबार नै नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतनाले मोरङको टाँडीमा क्वारेन्टाइनको लागि १ सय २ वटा... |
रासस बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको अकालमा मृत्यु भएको छ। , वडा नम्बर २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नम्बर १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको मृत्यु भएको स्थानीय आनन्द बुढाले जानकारी दिए।, उनका अनुसार खम्वीरसिंह थापाको यहीँ चै... |
रासस कोभिड–१९को जोखिमलाई ध्यान दिँदै बागमती प्रदेश सरकारले ५०० शैयाको क्वारेन्टिन (निगरानी कक्ष) निर्माण गर्ने भएको छ।, प्रदेशस्तरीय विपद् व्यवस्थापन निर्देशक समितिको बिहीबार बसेको बैठकले हेटौँडा अस्पतालसहित, हेटौँडा एकेडेमी, वन विज्ञान अध्ययन संस्थान, गौरीटार खेलकूद एकेडेमी र सशस्त्र प्रहरीको हेटौँडा क्याम्पमा सो कक... |
सेतोपाटी संवाददाता चितवनमा ७२ घण्टाभित्र ७० शैयाको 'कोरोना विशेष अस्थायी अस्पताल' तयार भएको छ।, आजै बिहान ११ बजे अस्पतालको शुभारम्भ गरिने भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिइन्।, 'अस्पताल तयार भयो। हामी बिहान ११ बजेबाट अस्पताल सञ्चालनमा ल्याउँछौं,' उनले भनिन्।, भरतपुर महानगरपालिका-१० स्थित प्रदर्शनी केन... |
सुदीप श्रेष्ठ आठ–दसवटा घरको घेरोमा सानो साझा चोक– यस्तो ठाउँ कहीँ कतै देख्नुभएको छ?, तपाईंहरू सजिलै भन्नुहोला– यो त के नौलो भयो! काठमाडौंको हरेक दोस्रो वा तेस्रो गल्लीमा यस्तो ठाउँ भेटिन्छ।, यही प्रश्न मैले यस्तरी सोधेँ भने नि– एउटै घरको घेरोमा दिनभरि झलमल्ल घाम र रातभरि टहटह जून लाग्ने साझा चोक, त्यो पनि भुइँसतहमा हो... |
सेतोपाटी संवाददाता चितवनमा ७२ घण्टाभित्र ७० शैयाको 'कोरोना विशेष अस्थाई अस्पताल' सञ्चालनमा आएको छ।, आज बिहान ११ बजे अस्पतालको सुभारम्भ भएसँगै अस्पताल सञ्चालनमा आएको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिइन्।, अस्पतालमा ५० वटा जनरल, १० वटा आइसियू र १० वटा एचडियू बेड छन्।, भरतपुर महानगरपालिका-१० स्थित प्रदर्... |
रासस भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले कोभिड–१९ को परीक्षण गर्ने ल्याब, एम्बुलेन्स, आइसोलेसनदेखि क्यारेन्टाइनसम्म तयारी अवस्थामा राखेको छ।, नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा कोभिड–१९ को समेत परीक्षण गर्ने मेशिन भित्र्याउनुका साथै अन्य तयारी पूरा गरेर राखेको हो।, कोरोना भाइरस भए नभएको परीक... |
नारायण खड्का एक महिलालाई आत्महत्या गर्न बाध्य पारेको आराेपमा जिल्ला प्रहरी कार्यालय सल्यानले चार पुरुषलाई पक्राउ गरेको छ।, चैत ३ गते दिउँसो शारदा नगरपालिका वडा नं. १५ हर्ले निवासी २१ वर्षीया मुना आफ्नै घरभित्र झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन्।, उनको मृत्युको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सल्या... |
सेतोपाटी संवाददाता मकवनापुरमा गोली लागेर एक जना घाइते भएका छन्।, शुक्रबार बिहान कैलाश गाउँपालिका ८ आखेटारका ३० वर्षीय लालबहादुर मोक्तान गोली लागेर गम्भीर घाइते भएका हुन्।, उक्त गोली उनको घरमै चलेको तर कसले चलाएको भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टिकाबहादुर कार्कीले जानकारी दिए।, ‘उनको घरमै ग... |
रासस चैत १० गतेदेखि हुने भनिएको गैँडा गणना स्थगन गरिएको छ। सुरुमा चैत १ गतेदेखि गणना गरिने भनिएको भए पनि मौसमका कारण पछाडि सारिएको थियो।, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव तथा सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा जमघट नहुन निर्देशन गरेसँगै तत्कालका लागि गणना कार्य... |
रासस महोत्तरीको मनरासिस्वा नगरपालिका–८ कटैया गाउँमा गएराति ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा नगरपालिका–८ बस्ने मसलाद्दीन अन्सारीका छोरा १४ वर्षीय मञ्जर अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।, गाउँको भित्री सडकमा अत्यधिक तीव्र गतिमा आउँद... |
रासस कोरोना भाइरस (कोभिड–१९)को संभावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा विदेशी नागरिकका लागि पदयात्रा बन्द गरिएको छ।, नेपाल पर्यटन बोर्डले शुक्रबार सूचना जारी गर्दै पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड वितरण बन्द गरिएको जनाएको छ। योसँगै अब विदेशीले पदयात्रा जान नपाउने भएका छन्।, बोर्डले आजैबाट लागू हुने गरी टिम्... |
सेतोपाटी संवाददाता कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न काठमाडौंका विभिन्न सांस्कृतिक जात्रापर्व तथा धार्मिक गतिविधिहरू यसपालि स्थगित भएको छ।, घोडेजात्राको अघिल्लो दिनदेखि मनाइने पहाँःचह्रे, घोडेजात्रा, सेतो मच्छिन्द्रनाथ रथयात्रा लगायत यसपालि नहुने भएको छ। शनिबार सयौं दर्शनार्थीको घुइँचो लाग्ने संकटा, भद्रकाली, महांक... |
रासस रुपन्देहीको ओमसतीया गाउँपालिकामा एक बालकको हत्या भएको छ।, ओमसतीया–५ धान्सीका १० वर्षीय बालक आकाश हरिजनको इँटाले टाउकोमा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।, यहीँ चैत ४ गते बिहान १० बजे विद्यालय गएका बालक घर नफर्किएपछि खोजतलास गर्ने क्रममा ६ गते मात्रै ओमसतीयाको खेतमा शव फेला परेको थ... |
सन्जिब बगाले कोरोना भाइरसको संक्रमण यतिबेला विश्वभरि फैलिरहेको छ। भाइरसको संक्रमण बढेसँगै अस्पतालमा भीड लाग्न थालेको छ।, नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिए पनि सामान्य रूघाखोकी लाग्दा वा कोरोनाको शंका लागेर जँचाउन जानेको संख्या बढेको छ। नियमित रूपमा अस्पताल जानुपर्ने बिरामी त छँदै छन्।, अस्पतालमा भीडभाड नहोस् भ... |
जुना श्रेष्ठ कोरोना भाइरस संक्रमणको डरले बजारमा स्यानिटाइजर अभाव भइरहेका बेला काठमाडौं विश्वविद्यालयको फार्मेसी विभागले 'पेन स्यानिटाइजर स्प्रे' परीक्षणमा ल्याएको छ।, फार्मेसीले सफल परीक्षण गरेको 'केयु इन्स्ट्यान्ट ह्यान्ड-रब पेन' बजारमा पाइने साधारण मार्कर आकारको छ। एकपटकमा १० मिलि स्यानिटाइजर अटाउने र फेरि भर्न सकिन... |
एजेन्सी कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकैदिन ४७५ जनाको मृत्यु भएको छ।, यो कोरोना भाइरसको संक्रमण सुरु भएयता इटालीमा एकैदिन भएको सर्वाधिक मृत्यु हो।, योसँगै संक्रमणबाट त्यहाँ ज्यान गुमाउनेको संख्या करिब ३ हजार पुगेको छ।, इटालीमा हालसम्म ३५ हजार ७१३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ हजार जना स्वास्थ्... |
एजेन्सी कोरोनाभाइरसको संक्रमणबाट बंगलादेशमा पनि एक जनाको मृत्यु भएको छ।, बुधबार इन्स्टिच्यूट अफ इपिडिमियोलोजी, डिजिज कन्ट्रोल एण्ड रिसर्चले एक जनाको मृत्यु भएको बताएको हो।, इन्स्टिच्यूटले थप चार जनामा पनि कोरोनाको संक्रमण देखिएको बताएको छ। साथै चार जनामा कोरोना देखिएसँगै कुल १४ जना पुगेको बताइएको छ।, बंगलादेशमा मार्च ... |
सेतोपाटी निर्माण कम्पनीका चरम लापर्वाहीका कारण कर्णाली राजमार्गमा विभिन्न १३ वटा पुल हालसम्म सम्पन्न हुनसकेका छैनन्। , निर्माण थालिएको एक दशकसम्म ती कम्पनीले समयमा काम नगर्दा राजमार्गमा आवतजावत गर्ने यात्रुका दुःख अझै उस्तै छन्। गत असोजमा सम्पन्न गर्नुपर्ने ती पुलको म्याद पुनः थपिएको छ। म्याद थपसँगै निर्माणको काम अझै ... |
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुलीलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ।, आयोगको टोलीले बुधबार राति मुद्दाका एक पक्षसँग ३० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पराजुलीलाई पोखरा–५ पस्र्याङस्थित एक पसलबाट पक्राउ गरेको हो।, आयोगका सूचना अधिकारी मेघनाथ रिजालले श... |
एजेन्सी इटाली अहिले कोरोना भाइरसको चपेटमा छ। त्यहाँ ३५ हजार ७ सय १३ मानिसमा कोरोनाको संक्रमण देखिएको छ। त्यसमध्ये २ हजार ९ सय ७८ जनाले ज्यान गुमाएका छन्। कोरोना भाइरसको संक्रमण भएकामध्ये झन्डै ८ प्रतिशत बिरामीको मृत्यु भएको छ। यो दर विश्वभरका औसत मृत्युदरको झन्डै दोब्बर हो।, नयाँ अध्ययनले भने मृत्यु हुनेहरू अधिकांशलाई... |
सेतोपाटी कोरना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड'ले आजदेखि अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेका छन्।, दाहालकी छोरी गंगा दाहालले आफ्नो फेसबुकबाट प्रचण्डले 'अत्यावश्यतक'बाहेकका भेटघाट स्थगित गरेको जानकारी दिएकी हुन्।, 'विश्वभर महामारीका रुपमा फैलिदै गएको क... |
रासस सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा स्थगन गरेसँगै शैक्षिक प्रतिष्ठानका तालिम र परामर्श केन्द्रका कार्यक्रम पनि बन्द गराउने निर्णय गरेको छ।, कोरोना भाइरस (कोभिड–१९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको निर्णय कार्यान्वयनका क्रममा शिक्षा, विज्... |
रासस महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाल मजदूर किसान पार्टीको नाममा नक्कली लेटर प्याड तथा छाप बनाइ चन्दा उठाउँदै हिँड्ने एक जनालाई पक्राउ गरेको छ।, मध्यपुरथिमि नगरपालिका–५ राधेराधेबाट काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौँडा बस्ने ५० वर्षीय गोपालबहादुर पुर्कुटीलाई बुधबार पक्राउ गरेको परिसरका प्रहरी नायब उपरीक्षक... |
एजेन्सी पाकिस्तानमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ।, समाचार पत्र द डनका अनुसार बिहीबारसम्म त्यहाँ कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।, उनीहरुको मृत्यु खैबुर पख्कतुन्ख्वा(केबी) प्रान्तमा भएको थियो। ज्यान गुमाउने ५० वर्षीय सद्दात खान साउदी अरबबाट फर्केका थिए भने ३६ वर्षीय अब्दुल फताह दु... |
रासस बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुई जना भरुवा बन्दुकसहित पक्राउ परेका छन्।, निकुञ्जका विभिन्न स्थानमा राखिएका क्यामेराको सहायताले उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ। भरुवा बन्दुकसहित पक्राउ पर्नेमा दाङको दङगीशरण गाउँपालिकाका–१ का कुलबहादुर वली र सोही ठाउँका हिमलाल खत्री रहेका छन्।, उनीहरुका साथबाट भरुव... |
रासस सप्तरीको सुरुङगा नगरपालिका कुशहास्थित विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरिएको छ।, नगरपालिकाको वडा नम्बर ५ कुशाहास्थित पसलमा अवैधरूपमा पेट्रोल प्रतिलिटर १२० रुपैयाँका दरले बिक्री वितरण गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक बाबुराम कार्कीले बताए।, पक्राउ पर्नेमा नगरपा... |
सेतोपाटी संवाददाता पोखरा १३ मियापाटन निवासी खगेन्द्रबहादुर गुरुङको बाथरूममा बिहानै चितुवा पस्यो। गुरुङ परिवारले हल्ला गरे, प्रहरी बोलाए। बाथरूमभित्र पसेको चितुवालाई निकाल्नुपर्ने भयो। नियन्त्रणका लागि जिल्ला वन कार्यालय कास्कीका प्रमुख रामजी श्रेष्ठसहित प्रहरीको टोली पुग्यो। स्थानीय पनि जुटे।, बाथरूमभित्र बसेको चितुवा... |
सेतोपाटी संवाददाता कारागारभित्र रहेका कैदीलाई भेट्न जाने व्यक्तिको पनि ज्वरो जाँचिने भएको छ।, कोरोनाभाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै उक्त निर्णय भएको कारागार व्यवस्था विभागका निर्देशक देवेन्द्र लामिछानेले बताए।, 'कैदीलाई भेट्न आउनेहरूको ज्वरो जाँच गर्छौं। स्वस्थ देखिए मात्र भेटघाट गर्न दिन्छौं,' उनले भने।, संक्... |
सेतोपाटी संवाददाता शुक्रबारदेखि सुरू हुने भनिएको स्नातकोत्तर तहका सबै परीक्षा स्थगित भएको छ।, त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले स्नातकोत्तर तह सेमेस्टर प्रणालीअन्तर्गतका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।, 'स्नातकोत्तर तह सेमेस्टर प्रणालीअन्तर्गतका सबै परीक्षा शुक्रबारदेखि लागू हुने... |
सेतोपाटी संवाददाता लोकसेवा आयोगका लिखित परीक्षा पनि स्थगित भएको छ।, बिहीबार उपसचिव एकनारायण शर्माले एक सूचना जारी गर्दै लोकसेवा आयोगका लिखित परीक्षा स्थगित गरेको जानकारी दिएका हुन्।, पूर्वनिर्धारित निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका लिखित परीक्षा चैत ८ गतेदेखि सुरू भई मसान्तसम्म सकिने तालिका थियो।, बुधब... |
सेतोपाटी संवाददाता नेपालबाट भारततर्फ तस्करी गरेर लैजाँदै गरेको २० हजार थान मास्कसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।, पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका ५ घर भएका ३८ वर्षीय सुनिल जयसवाल र २६ वर्षीय अजय महतो कोइरी रहेका छन्।, काठमाडौंबाट पर्साको सीमावर्ती बजार भिस्वा जाँदै गरेको रात्रीबस पोखियामा रोकेर चेक ग... |
सेतोपाटी संवाददाता कोरोना भाइरसको त्रास बढेसँगै बेलायत सरकारले ७० वर्षमाथिका नागरिकलाई सेल्फ आइसोलेसनमा बस्न सल्लाह दिने तयारी गरिरहेका बेला १०० वर्ष काटिसकेका यभर अब्बासलाई भने अर्कै कुराको सुर्ता थियो- यो कोरोना भाइरसको त्रासले आउँदै गरेको मेरो विवाहलाई कस्तो असर पार्ला?, बेलायती फिल्म निर्माता तथा बिबिसीका पूर्व... |
सेतोपाटी संवाददाता सरकारले युरोप, खाडी मुलुक, इरान, मलेसिया, दक्षिण कोरिया, टर्की र जापानबाट नेपाल आउन रोक लगाएको छ। मार्च २० अर्थात् चैत ७ गते शुक्रबार रातिदेखि यी देशबाट कोही पनि नेपाल आउन पाउने छैनन्।, कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बैठकले यी मुलुकबाट आउने यात्रु रोक लगाउने नि... |
सेतोपाटी संवाददाता मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पठनपाठन बन्द गरेको छ। विश्वविद्यालयको केन्द्रीय कार्यालयले बिहीबार सूचना जारी गर्दै विश्वविद्यालयअन्तर्गत हुने सबै पठनपाठन बन्द गरिएको जानकारी दिएको हो।, नेपाल सरकारको कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको निर्णय अनुसार पठनपाठन बन्द गरिएको केन्द... |
रासस सर्वोच्च अदालतले विश्वभरि नै फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संभावित संक्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै शुक्रबार मुद्दाको सुनुवाइ स्थगन गरेको छ।, सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोनाको संभावित संक्रमणलाई न्यूनीकरण गर्ने उपायका बारेमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको पूर... |
रासस प्रतिबन्धित लागुऔषधसहित प्रहरीले बिहीबार एक युवकलाई पक्राउ गरेको छ।, प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले सिरहाको बरियारपट्टि गाउँपालिका–१ कचनारीबाट लागुऔषधसहित लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी ४० वर्षीय भुवनेश्वर यादवलाई पक्राउ गरेको हो।, भारतबाट नेपालतर्फ आउँदै गरेको स१प ८३३१ नम्बरको मोटरसाइकलमा लुकाइछिपाई ल... |
सेतोपाटी संवाददाता सरकारले जापान, दक्षिण कोरिया, टर्की, मलेसिया, कतार, कुवेत, साउदी अरब, युएई र युरोपियन मुलुकबाट नेपाल आउन सबै यात्रुलाई चैत ७ गतेदेखि रोक लगाएको छ।, सरकारको यो निर्णयको जानकारी नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित देशबाट आउने अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुलाई गराइसकेको छ। त्यसैले चैत ७ गते राति १... |
सेतोपाटी संवाददाता अन्तर्राष्ट्रिय एसएमएस बाइपास गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन्।, बुधबार प्रहरीले भारत वेष्ट बंगालका ३५ वर्षीय प्रशान्त साहलाई काठमाडौं महानगरपालिका-२५ टेंगाल नरदेवीस्थित तुल्सी महर्जनको घरको कोठाबाट पक्राउ गरेको हो।, उनले नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई उपकरण राखी गैरकानुनी रू... |
रासस कर्णाली प्रदेश भित्रिने मुख्य नाका बबईमा सञ्चालित स्वास्थ्य सहायताकक्ष (हेल्थ डेस्क)मा छिमेकी मुलुक भारतबाट फर्किनेको जाँचमा निगरानी बढाइएको छ।, भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित बिरामी बढ्दो क्रममा रहेपछि कर्णाली सरकारले उच्च सतर्कता अपनाइ जाँच गर्न मातहतका निकायलाई निर्देशन दिएको हो।, भारतसँगको खुला स... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.