content
stringlengths
20
64.1k
सेतोपाटी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।, पुलचोकबाट लायन्सचोकतर्फ आउँदै गरेको बा१ख ९८५९ नंको मिनीट्रकले गए राति  ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका–१७ का अन्दाजी ५० वर्षीय ठाकुर पौडेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले मास्क उत्पादन गर्ने भएको छ। , आइतबार महानगरले प्रेस विज्ञप्ती जारी गर्दै मास्क लगाउँदा कोरोनाभाइरस तथा रुघाखोकी सर्नबाट सुरक्षित हुने भएकोले महानगरले नै मास्क उत्पादन गर्न लागेको बताएको छ।, ‘सामाजिक विकास समिति तथा विपद् व्यवस्थापन समितिको निर्णय अनुसार मौसमी रूघाखोकी लागेका व...
सेतोपाटी गैँडाको आक्रमणबाट माडी नगरपालिका–९ का भोजकुमारी विक घाइते भएकी छन् ।, इलाका प्रहरी कार्यालय माडीले विकलाई भैँसी चराउन जाने क्रममा घाँगरखोलामा गैँडाले सोमबार बिहान आक्रमण गरेको प्रहरीले जनाएको छ।, गैँडाको आक्रमणबाट गम्भीर घाइते विकको बघौडा अस्पतालमा उपचार भइरहेको छ।, (रासस), गैँडाको आक्रमणबाट एकजना गम्भीर घाइ...
विवेक राई केही समय अगाडि नायिका नम्रता सापकोटाले आफ्नो फेसबुकमा एउटा भिडिओ पोस्ट गरिन्।, भिडिओमा उनले युट्युब र फेसबुकमा घरझगडाको भिडिओ बनाएर हाल्ने प्रवृतिप्रति आफ्नो धारणा राखेकी थिइन्।, 'कसैको घरमा भएको झैंझगडाको भिडिओ बनाएर पोस्ट गर्ने, बोल्न नमाने पनि जबरजस्ती प्रश्न सोधेर बोल्न लगाउने, यो सबै गलत हो,' उनले भिडिओ...
सेतोपाटी संवाददाता उपत्यका ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित र सुरक्षित बनाउन काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गरेको छ।, राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिने महाशाखाले जनाएको छ।, उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती तथा मोाबाइल ...
सेतोपाटी संवाददाता मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली बुधबारसम्म डिस्चार्ज हुने भएका छन्।, प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएकाले अब डिस्चार्ज गर्न सकिने एक चिकित्सकले सेतोपाटीलाई बताए।, 'प्रधानमन्त्री ज्यूको स्वास्थ्य अवस्था सामान्य भइसकेको छ। उहाँलाई मंगलबार वा बुधब...
एजेन्सी चीनले महामारीको रूप लिएको कोरोनाभाइरसलाई लगभग नियन्त्रणमा ल्याएको छ।, आइतबार चीनभित्र जम्मा ४० जनामा मात्र थप संक्रमण देखिएको छ। यी नयाँ बिरामी पनि हुबेई प्रान्तको राजधानी वुहानमा मात्र भेटिएका हुन्। यसको अर्थ कोरोनाको उदगमस्थल वुहानभन्दा बाहिर कोरोना नियन्त्रणमा आइसकेको छ। हुबेई प्रान्त भन्दाबाहिर विदेशबाट आए...
सेतोपाटी संवाददाता मापसे चेकिङमा बस्ने प्रहरीलाई पाँच हजार रुपैयाँ घुस दिन खोज्ने एक जना पक्राउ परेका छन्।, आइतबार बिहान साढे सात बजे कलंकीमा चेकिङ गर्ने क्रममा प्रहरीले चन्द्रागिरी नगरपालिका-८का एक पुरूषलाई पक्राउ गरेको हो। शंका लागेर प्रहरीले रोकेर चेक गर्दा उनले मादक पदार्थ सेवन गरेको देखियो।, त्यही बेला उनले ड्युट...
सबिना श्रेष्ठ जस्तो काठमाडौंमा वसन्तपुर दरबार स्क्वायर, त्यस्तै भक्तपुरमा तचपालको भीमसेन मन्दिर। फागुमा काठमाडौं उपत्यकाका यी दुवै ठाउँको उस्तै महत्व छ।, पूर्णिमाको दिन फागु पर्व मनाइने भए पनि काठमाडौं उपत्यकामा यसको सुरूआत फागुन शुक्ल अष्टमीकै दिनबाट हुन्छ।, अष्टमीको दिन वसन्तपुरमा तीनतले चीर ठड्याएपछि (चीर स्वायंगु)...
निशा भण्डारी फागु रङहरूको पर्व हो। पूर्णिमाको दिन फागु पर्व मनाइने भए पनि काठमाडौं उपत्यकामा यसको सुरूआत फागुन शुक्ल अष्टमीकै दिनबाट हुन्छ। हरेक वर्ष फागुन पूर्णिमा आउनुअघि अष्टमीको दिन वसन्तपुरमा तीनतले चीर ठड्याएपछि (चीर स्वायंगु) फागु खेल्न छुट पाइन्छ।, यसपालि पनि वसन्तपुरमा अष्टमीको दिन चीर ठड्याइको थियो तर पूर्णि...
प्रकाश ढुंगाना एक साताअघि चितवनको भरतपुरस्थित तालिम शिक्षालयमा नयाँ भर्ना भएका प्रहरी सहायक निरीक्षक (असई) हरूलाई बन्दुक चलाउन सिकाउने भनेर नजिकैको फायरिङ रेन्जमा लगिएको थियो।, असईहरूको कमाण्ड गर्दै भरतपुर तालिम शिक्षालयले प्रहरी निरीक्षक किरण राउतलाई खटाएको थियो। , फायरिङका बेला बाहिरबाट मानिसहरू फाइरिङस्थलमा लैजान प...
नारायण महर्जन राजधानीको कीर्तिपुर चोभारस्थित जल विनायक मन्दिर परिसरमा अरू ठाउँको भन्दा छुट्टै फागु मनाइयो।, कीर्तिपुर, नगाउँ, पांगा, चोभार र नजिकका टोल तथा समूह मिलेर बाजागाजासहित सोमबार पूजा गर्दै एक आपसमा खुसीयाली मनाइरहेका थिए।, बसन्त ऋतुको आगमनसँगै फागुको दिन हरियाली हुने र रंगीचंगी फूलहरू फुल्ने हुनाले विशेष गरी ...
सेतोपाटी संवाददाता संयुक्त राष्ट्र संघको आह्वानमा विश्व शान्ति स्थापना कार्यको लागि फौज पठाउने मुलुकमा नेपाल चौथो स्थानमा उक्लिएको छ। यसअघि नेपाल पाँचौ स्थानमा रहेको थियो।, हाल संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि ५ हजार ५ सय ५८ जना नेपाली सुरक्षाकर्मी तैनाथ छन्। जसमध्ये नेपाली सेनाका ५ हजार ९६ जना शान्...
सविता बुढा नेपालबाट तीन सय किलोमिटर पर दिल्लीमा कोरोना भाइरस देखापरेपछि भारतसँग सीमाना जोडिएको सुदूरपश्चिम प्रदेशमा सतर्कता अपनाइएको छ।, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सीमावर्ती जिल्लाका नाकाहरूमा हेल्थ डेस्क स्थापना गरेको छ। मन्त्रालयले कैलालीका त्रिनगर र खक्रौला, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार...
युवराज श्रेष्ठ पोखरा कारागारमा आमासँगै बस्छ, तीन वर्षे बालक समन गुप्ता। आमा देवीकुमारी र उनका बाबु उदयकुमार गुप्ता पनि अहिले कारागारमै छन्। लागु औषध ओसार–पसार मुद्दामा उदय पक्राउ परेको ८ महिनापछि देवी पनि पक्राउ परिन्।, उनका ३ छोरी अहिले पोखराकै नयाँ बजार बस्छन्। कोठा भाडामा लिएर बसेका उनीहरु स्कुल–कलेज पढ्छन्। जेठमा ...
प्रकाश ढुंगाना नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाले राजीनामा दिएका छन्। , शुक्रबार उनले राजीनामा पत्र प्रहरी प्रधान कार्यालयलाई बुझाएका हुन्।, उनी नेपाल प्रहरीका प्राविधिक तर्फका डिआइजी हुन्।, २५ वर्षदेखि उनी प्रहरी सेवामा कार्यरत छन्। चार वर्षदेखि भने उनले डिआइजी पद सम्हाल्दै आएका थिए। प्राविधिकतर्फ एआइजीको दरबन्...
नारायण महर्जन ट्याटू प्रेमी युवाहरूलाई लक्षित गर्दै रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेएस इन्टरटेन्टमेन्टले संयूक्त रूपमा आयोजना गरेको ‘टुबोर्ग ललितपुर ट्याटू कन्भेन्सन’ शुक्रबारदेखि सुरु भएको छ।, कार्यक्रममा शुक्रबार मात्र ३५ जनाले ट्याटू खोपाएको र करिब सय जनाले ट्याटू खोपाउन बुकिङ गरेको आयोजकले जनाएको छ। नख्खिप...
सेतोपाटी काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटी खोल्सामा मिनी ट्रक दुर्घटना हुँदा गाडीका चालक र सहचालक दुवैको मृत्यु भएको छ। , जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार आज बेलुका मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटी खोल्सा भन्ने स्थानमा ठुल्दिबेँसीबगरबाट रामपुर ज्य...
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यापार व्यवसायमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा बलका रूपमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईंविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।, झापाको टाङ्घनडुब्बा चौकीमा कार्यर...
सेतोपाटी संवाददाता कोरोना भाइरस। अहिले जताततै यसैको चर्चा छ। नहोस् पनि कसरी? मानिसको रौंको चौडाइको नौ सय भागको एकभाग जत्रो हुने यो भाइरस अहिले दुनियाँका ८० भन्दा बढी देशमा फैलिएको छ।, गत डिसेम्बरदेखि चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट फैलिन सुरू भएको यो भाइरसले शुक्रबारसम्म ३ हजार ३ सय ८३ मानिसको ज्यान लिएको छ। ९७...
एजेन्सी चीनबाहिर कोरोनाभाइरसका कारण पछिल्लो समय सबैभन्दा बढी प्रभावित बन्दै गइरहेको इटालीमा यसबाट ज्यान गुमाउनेको संख्या थप बढेको छ।, पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट थप ४९ जनाको ज्यान गएको इटालीका अधिकारीहरूले बताएका छन्।, योसँगै कोरनाभाइरसबाट इटालीमा ज्यान गुमाउनेको संख्या १९७ पुगेको छ। यसैगरी यसका ४६ सय ...
सेतोपाटी संवाददाता गोरखामा ट्रयाक्टर दुर्घटनामा हुँदा दाङका एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मोतिपुर निवासी २३ वर्षीय ट्रयाक्टर चालक यज्ञ भण्डारीको मृत्यु भएको छ।, गोरखा स्थित ईलाका प्रहरी कार्यालय जौंवारीका प्रहरी जवान दिपक घर्तीका अनुसार जौंवारीवाट चनौती त...
सेतोपाटी नेपाल प्रहरीले सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट खटिएको प्रहरी टोलीले विश्वमा फैलँदै गएको कोरोना भाइरसको मौका छोपेर ह्याण्ड स्यानेटाइजर कालोबजारी गरी बेच्ने प्रिया ट्रेडर्सका अनिल गुप्तालाई शुक्रबार साँझ पक्राउ गरेको हो।, भारत घर भएका गुप्ताले का...
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले आज देशभर बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, शुक्रबारदेखि नेपाल प्रवेश गरेको उक्त वायुको प्रभावले देशैभरि वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताइन्।  , ‘प्रि मनसुनको समय भएकाले पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको प्रभाव पनि रहेको छ’, उनल...
एजेन्सी विश्वभर कोरोनाभाइरसबाट एक लाख बढी संक्रमित छन्। अन्य देशमा संक्रमित संख्या बढ्दै गइरहेको बेला चीनमा भने घट्दै गइरहेको छ।, चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हुबेई प्रान्तको वुहानमा जम्मा थप ७४ जना संक्रमित भेटिएका छन्। चीनमा हालसम्म ३० हजार ७० जनाको मृत्यु भएको छ भने ८० हजार ६ सय ५१ जना संक्रमित छन्। हालस...
सेतोपाटी संवाददाता परीक्षामा कम नम्बर ल्याएका विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीले जागिरबाट निकालेको छ।, कक्षा ६ र ७ का गरी कूल ३४ जना विद्यार्थीलाई शिक्षिका सीतालक्ष्मी कर्माचार्यले ब्लेडले हात चिर्न लगाएकी थिइन्।, शिक्षिकाले सजाय दिएपछि बिहीबार कक्षा ६ का २५ र कक्षा ७ क...
प्रशन्न पोखरेल परीक्षामा कम नम्बर ल्याएका विद्यार्थीलाई हात चिर्न लगाएको आरोपमा प्रहरीले काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीको शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई पक्राउ गरेको छ।, वानेश्वर प्रहरी वृत्तको टोलीले शनिबार दिउँसो कर्माचार्यलाई नियन्त्रणमा लिएको हो।, ‘शिक्षिका कर्माचार्यलाई हामीले नियन्त्रणमा लिएका छौं। उ...
युवराज श्रेष्ठ कास्कीको माछापुच्छ्रे ८ इमु गाउँमा अरु घरभन्दा ठूलो छ मनिलाल गुरुङको घर। ढुंगाले छाएको यो घर रंग–रोगन गरेर सजाइएको छ। आँगनमा तिब्बती ध्वजा फहराइएको छ। घरमा अचेल कोही बस्दैनन्। घरभित्र भने सामान सजाइएका छन्।, माटोले लिपेको भित्तामा पानी पर्दा ओढ्ने स्याखु झुण्डिएको छ। भुइँमा तमाखुदेखि तामाको गाग्री, हुक्...
सेतोपाटी संवाददाता शनिबार विहान ललितपुरको एक पार्टी प्यालेसमा प्रेस संगठन नेपालको उपत्यका प्रदेश कमिटी भेला थियो। , भेलाको प्रमुख अतिथी थिए, नेकपा सचिवालयका सदस्य नारायणकाजी श्रेष्ठ ।, भेलामा सहभागी हुनभन्दा अघि त्यहाँ खटेका चिकित्सकहरुको टोलीले श्रेष्ठको तापक्रम मापन गरे। तापक्रम मापन गरेपछि मात्र चिकित्सकहरुले, उनला...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारउन्मुख भइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।, शनिबार विज्ञप्ति निकाल्दै अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य स्थितिमा राम्रो सुधार भइरहेको बताएको हो।, उनलाई ‘नर्मल’ खाना खान समेत दिइएको अस्पतालले जनाएको छ।, उनलाई सामान्य हिँड्डुल गराउनुका साथै फिजियोथ...
सेतोपाटी संवाददाता विश्वभर कोरोनाभाइरसको संक्रमण फैलिरहँदा नेपालमा पनि यसबारे सचेत रहन आग्रह गरिएको छ।, विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिम देशको सूचीमा दर्ज गरेको छ। यसै सन्दर्भमा गृह मन्त्रालयले कोरोनाभाइरसबारे उत्पन्न गरिएका विभिन्न प्रकारका हल्ला र प्रचारबाजीमा नलाग्न आग्रह गरेको छ।, शनिबार गृह मन्त्रा...
सेतोपाटी संवाददाता माक्समा कालोबजारी गरेको भन्दै कास्की प्रशासनले पोखराका २ औषधि व्यवसायीसँग ५०–५० हजार धरौटी लिएर अनुसन्धान अघि बढाएको छ।, प्रदेश र जिल्ला प्रशासनले विहिबार गरेको अनुगमनमा महेन्द्रपुलको स्याङ्जा औषधि पसल र हस्पिटलचोकको गण्डक परी फार्मेसीमा ताला लगाएको थियो।, दुबै पसल सञ्चालकलाई शुक्रबार जिल्ला प्रशासन...
सेतोपाटी संवाददाता ट्रकको ठक्करबाट बुटवलमा एक जनाको मृत्यु भएको छ।, बुटवल उपमहानगरपालिका वडा नम्बर ११ शान्तिचोकमा ट्रकले ठक्कर दिंदा देविनगरका गोविन्दबहादुर क्षेत्रीको मृत्यु भएको हो।, शनिबार अपरान्ह बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सीमामा पर्ने शान्तिचोकमा लु ५५ प ६०५५ नम्रबको स्कुटरलाई ना १ ख ९०३२ नम्वरक...
सेतोपाटी संवाददाता पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ तिनाउ नदीमा डुबेर एकजना वेपत्ता भएका छन्।, बुटवल पावर हाउसको ड्याम साइटमा पौडी खेल्ने क्रममा: डुबेर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ भलवाडीका २१ वर्षीय प्रदीप रोका वेपत्ता भएका हुन्।, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीका अन...
रविन न्यौपाने तनहुँ दमौलीकी रविया बेगम पढ्न काठमाडौं आएको एक वर्ष भयो। मुश्लिम परिवारमा हुर्किएकी रवियालाई घरबाहिर आएर पढ्नु चुनौतीपूर्ण थियो। उनको परिवार र आफन्तमा कोही पनि युवती पढ्नै भनेर घर छाडेर निस्किएका थिएनन्।, सानैदेखि मेसिन र पाटपूर्जा देखेर रोमाञ्चित हुने रविया इञ्जिनियर बन्न चाहन्थिन्। उडान भरिरहेको सपना प...
सेतोपाटी सङ्खुवासभाको मकालु गाउँपालिका–५ मुढेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।, शनिबार दिउँसो चट्याङ लागेर ५७ वर्षीय निमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, हावाहुरीसँगै आएको चट्याङले लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले बताए।, शेर्पाको...
सेतोपाटी संवाददाता पूर्वयुवराज पारस शाह शनिबार भिन्न रूपमा देखिए।, सिमसिम पानी परिरहेका बेला शनिबार गाडी चढेर पशुपतिनाथ मन्दिर परिसर पुगेका शाह सरसफाइ कार्यक्रममा सरिक भएका हुन्।, सरसफाइ अभियान सञ्चालन गरिरहेका केपी खनालको निम्तो स्वीकारेर पूर्वयुवराज शाह पशुपतिनाथ मन्दिर पुगेका थिए।, सुरूमा खनालले नै पारसलाई स्वागत ग...
सेतोपाटी टिपरको ठक्करबाट शनिबार कञ्चनपुरमा एक नौ वर्षीय बालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका– ८ रिछाहाका आकाश राना रहेको प्रहरीले जनाएको छ।,  बेलौरी नगरपालिका– ४ बुटावरीबाट बेलौरी बजारतर्फ आउँदै गरेको म१ख ८४९ नंको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको कैलालीको धनगढीस्थित प्रदेशिक सेती अ...
सेतोपाटी धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।  , अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए। , सो राजमार्ग अन्तर्गत  पाटन नगरपालिका–६ पनतोलीमा सो जिप आइतबार बिहान सडकब...
सेतोपाटी संवाददाता १४ वर्ष अगाडि पत्रकार वीरेन्द्र शाहका हत्यामा संलग्न रहेका मुख्य आरोपी कुन्दन फौजदारलाई बारा प्रहरीले पक्राउ गरेको छ।, एभिन्यूज टीमा कार्यरत साहको  २०६४ साल असोज १८ गते पिपरा बजारबाट अपहरण गरी टाँगिया वस्तीको जंगलमा हत्या गरिएको थियो। सो हत्या तात्कालिन समयमा शान्ति सम्झौतामा आइसकेको नेकपा(माओवादी)ल...
एजेन्सी कोरोनाभाइरसका संक्रिमत र त्यसबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि इटालीले लोमबार्डी क्षेत्रसहित देशका १४ प्रान्तका १ करोड ६० लाख मानिसहरूको आवातजावतमा रोक लगाएको छ। ।, इटालीका प्रधानमन्त्री जुजेपे कोन्टेले अप्रिलको पहिलो सातासम्म यो रोक जारी रहने बताएका छन्।, कोरोनाभाइरसबाट इटाली चीनपछि सबैभन्दा बढी प्रभावित...
एजेन्सी गत महिना सिरियाको युद्धग्रस्त क्षेत्रबाट एउटा भिडिओ बाहिरियो।, सिरियाबाट बाहिरने भिडिओ प्राय: बम पड्किएको, गोली हानेको, मर्ने तथा मारिने खालका हुन्छन्।, त्यो भिडिओ पनि युद्धसँगै सम्बन्धित थियो तर अन्यभन्दा भिन्न। त्यसमा बुबा र छोरी हाँस्दै र खेल्दै गरेको देखिन्थ्यो।, अब्दुल्लाह मोहम्मदले आफ्नी छोरी सल्वा  बम प...
सेतोपाटी संवाददाता बैंकिङ कसूर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन्।, बिहीबार काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने ३२ वर्षीय मोहन राईलाई चन्द्रागिरी नगरपालिका-२ बाडभन्ज्याङबाट पक्राउ गरेको हो।, उनी बिहीबार बिहान झापाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बसबाट पक्राउ परेका हुन्।, मोहन राईले नकुल राईबाट पाँ...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको अस्पतालले जनाएको छ ।, बिहीबार अपरान्ह अस्पतालमा पत्रकार सम्मेलन गर्दै त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले भने, ‘उहाँको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको छ।’, आजदेखि तरल र नरम आहार दिन सुरू गरिएक...
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय ललितपुरले महामारीका रूपमा फैलिएको कोरोनाभाइरस(कोभिड-१९)बाट सावधानी अपनाउन अनुरोध गरेको छ।, कार्यालयले बुधबार सूचना निकालेर होली नमनाउन तथा जात्रा, भोजभतेर, महोत्सवको आयोजना नगर्न अनुरोध गरेको हो।, 'नजिकिएको होली पर्वमा पानी तथा फोहोरा नखेल्न/नखेलाउन, विभिन्न कार्यक्रमको आयोजन...
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जथाभावी फोहोर फाल्ने र जलाउने गरेको भन्दै एक व्यक्तिलाई ६० हजार रुपैयाँ जरिवाना गरेको छ।, केही दिनअघि तिलोत्तमा नगरपालिका वडा नम्बर ३ सिमानगरमा फोहोर जलाउँदै गर्दा बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का भेषराज अर्याललाई सो जरिवाना गरिएको नगरपालिका राजश्व शाखाका इन्द्र ...
सेतोपाटी संवाददाता पर्सा वीरगन्ज महानगरपलिका १६ बाट लागु औषधसहित दुई जना पक्राउ परेका छन्।, बुधबार भारतबाट लागुऔषध ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा पर्साबाट खटिएको प्रहरी टोलीले भारतको रक्सौलबाट वीरगन्जतर्फ पैदल आउँदै गरेका दुई जनालाई नियन्त्रणमा लिएको हो।, पक्राउ पर्नेमा पर्सा विरगन्ज महानगरपालिका १का ३१ वर्षीय...
एजेन्सी चीनमा अस्पतालबाट उपचार गरेर घर फर्किएकाहरूमा पनि कोरोनाभाइरस फेरि देखिन थालेको छ।, पछिल्लो समय एक जना युवाको अस्पतालले घर पठाएको पाँच दिनपछि उक्त भाइरसका कारण ज्यान गएको छ।, वुहानका एक जना ३६ वर्षीय पुरूष कोरोनाको संक्रमण देखिएपछि फेब्रुअरी १२ मा अस्पताल पुगेका थिए। कोरोनाका बिरामी जाँच्नका लागि बनाइएको उक्त अ...
द न्यूयोर्क टाइम्स कोरोना भाइरसको महामारीले संसारभरका झन्डै तीस करोड विद्यार्थी प्रभावित भएका छन्। भाइरस संक्रमणबाट जोगाउन संसारभरका विभिन्न ठाउँका स्कुल बन्द भइरहेका छन्।, बुधबार इटालीका स्कुल बन्द भए भने अमेरिकाले पनि बन्द हुने चेतावनी दिएको छ। केही साताअघिसम्म कोरोनाको उद्गम देश चीनका स्कुल मात्रै बन्द थिए। भाइरस द...
एजेन्सी कोरोनाभाइरसको संक्रमणबाट इटालीमा पछिल्लो समय बिहीबार थप ४१ जनाको मृत्यु भएको छ।, योसँगै इटालीमा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ। यो कोरोनाभाइरसको सर्वाधिक चपेटामा परेको चीनबाहिर भएको सबैभन्दा ठूलो क्षति हो।, संसारभर हालसम्म ३ हजार जनाको कोरोनाभाइरसको संक्रमणबाट ज्यान गइसकेको छ भने ९५ हजार माम...
सेतोपाटी संवाददाता बाल यौन दुराचार गरेको आरोपमा एक जना अष्ट्रेलियन नागरिक पक्राउ परेका छन्।, शुक्रबार दिउँसो गोकर्णेश्वर नगरपालिका ९ आरुबारीबाट अष्ट्रेलिया मेलवर्नका ५८ वर्षीय गोन्दुक रिम्पुछेलाई प्रहरीले पक्राउ गरेको हो। , कदम्बा बौद्ध प्रतिष्ठानका अध्यक्ष समेत रहेका रिम्पुछेले संखुवासभाका १५ वर्षीय बालकलाई पढाउनका ल...
विवेक राई टेकु अस्पतालको आइसोलेसन वार्डबाट भागेका एक नेपाली धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका छन्।, दक्षिण कोरियाबाट फर्केका उनी कोरोनाभाइरसको आशंकामा बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए।, तर बुधबार राति नै उनी अस्पत...
एजेन्सी चीनबाट फैलिएको कोरोनाभाइरसका संक्रमित नयाँ नयाँ देशमा सार्वजनिक भइरहँदा यसले आम मानिसमा एक किसिमको डरत्रास उत्पन्न गराएको छ।, मानिसहरू यसबाट कतिसम्म आतंकित बनेका छन् भन्ने पछिल्लो उदाहरण छिमेकी राष्ट्र भारतमा देखिएको छ।, घटना भारतको राजस्थानस्थित जयपुरमा रहेको राजस्थान युनिभर्सिटी अफ हेल्थ साइन्सेसको हो।, अस्प...
रासस विश्वभर चुनौतीका रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई ध्यानमा राखेर धौलागिरि अञ्चल अस्पताल बागलुङमा आइसोलेसन कक्ष स्थापना भएको छ।, सो भाइरसको संक्रमण बढ्दै गएमा धौलागिरिकै ठूलो अस्पतालमा सम्भावित बिरामी आउनसक्ने भन्दै दुई शैयाको सो कक्ष स्थापना गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द...
रासस भक्तपुर नगरपालिकाले कोभिड–१९ का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरेको छ। पाँच दिने सो महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म आयोजना  हुँदै थियो।, तत्कालका लागि महोत्सव स्थगित गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए। नगरपालिकाले  महोत्सवलाई भव्यरुपमा सफल पार्न, होटल व्यवसायी, सांस्कृतिककर्...
एजेन्सी भुटानमा पनि एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।, शुक्रबार भुटानमा पनि पहिलो पटक अमेरिकी नागरिकमा कोरोनाभाइरसको संक्रमण देखिएको प्रधानमन्त्री लोटे छिरिङले जानकारी दिए।, ७६ वर्षीय ती नागरिक भारत हुँदै गत सोमबार भुटान पुगेका थिए।, उनमा कोरोनाको संक्रमण भेटिएपछि बिहीबार अस्पतालमा भर्ना गरिएको हिन्दुस्तान टाइ...
रासस काठमाडौँ महानगरपालिका (कामपा)ले शहरी समस्याको दिगो समाधानका लागि ‘मेयर्स रिसर्च फेलोसिप कार्यक्रम २०२०’ अघि सारे पनि त्यसका लागि हालसम्म एउटा आवेदन परेको छैन।, कामपा शहरी योजना आयोगले उक्त कार्यक्रमका लागि गत माघ महिनामा नै सूचना प्रकाशन गरी आगामी चैत पहिलो सातासम्म मात्र आवेदन दिने मिति तय गरेको भए पनि हालसम्म आ...
सविता बुढा बझाङको छविस पाथिभेरा गाउँपालिका वडा- ६ की अमिता दमाईसँग खेती गर्ने जमिन छैन। तरकारी र अन्न किनेरै खाने गर्छिन्। उनका अनुसार पहिले  बजारमा अलि सस्तो चामल पाइन्थ्यो अहिले त महँगीले छोइनसक्नु छ। उनले भनिन् ‘मोटा चामल एक कट्टाको २ हजार २ सय रुपैयाँ पुगिसक्यो किनेर खान साह्रै गाह्रो छ।’, सरकारले सर्वसुलभ रूपमा ज...
रासस शारीरिक अपांगता भएकी महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले जेलसजाय र क्षतिपूर्ति भराउने फैसला गरेको छ।, जिल्ला अदालतले त्रियुगा नगरपालिका– १६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई नौ वर्ष जेलसजाय र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो।, बिहीबार जिल्ला अदालतका न्यायाधीश मनोज केसीको इ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा शुक्रबार असिनापानी परेको छ।, काठमाडौं उपत्यकालगायत देशका अधिकांश पहाडी भेगमा अपरान्हमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा साँझसम्म नै वर्षा हुनेछ।, महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले मुलुकका सबैजस...
सेतोपाटी संवाददाता बल्खुमा दुई टिपर ठोक्किँदा दुई जना घाइते भएका छन्। , बिहीबार राति करिब ११ बजेको समयमा कलंकीबाट आउँदै गरेको र सानेपाबाट कलंकीतर्फ जाँदै गरेको टिपर एकआपसमा ठोक्किएका हुन्। , बा २ क ३४६४ नम्बरको र बा ५ ख ९१६६ नम्बरको टिपर ठोक्किँदा दुई जना सामान्य घाइते भएको महानगरी प्रहरी वृत्त कालिमाटीका डिएसपी रुगम ...
प्रभाकर गौतम जीवनमै पहिलो पटक एक महिनाभन्दा बढी घरबाट टाढा हुँदा समरा जोशीले सबभन्दा बढी छोरालाई 'मिस' गरिन्। २०७३, पुस १ गते छोराको १० औं जन्मदिन थियो। छोराको जन्मदिनमा पहिलो पटक टाढा हुँदा उनलाई केही बिराएझैं ग्लानी भइरह्यो।, 'भैरे' सिनेमा छायांकनका लागि मेकअप आर्टिस्टका रूपमा उनी माथिल्लो मुस्ताङ पुगेकी थिइन्।, छोर...
प्रभाकर गौतम मार्टिन चौतारीमा गत वर्ष 'फिलोसोफिकल रिडिङ अन फेमिनिजम' कार्यशाला भएको थियो। त्यहाँ सहभागीमध्ये एक मात्र पुरुष थिए बिकिल स्थापित। हरेक सेसनमा उनलाई सहभागी महिला साथीहरूले सोध्थे रे, 'यहाँ तपाईं एक्लो केटा हुनुहुन्छ। यसमा तपाईंको विचार के छ?', कार्याशाला सक्काएर हरेक दिन घर फर्कँदा बिकिलको दिमागमा फेमिनिजम...
सेतोपाटी संवाददाता २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा नसर्ने भएको छ। , शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै एसइईको परीक्षा चैत्र ६ गते देखि नै हुने जानकारी दिएको हो।, यसअघि कक्षा १ देखि ९ सम्मका परीक्षा चैत्र पाँच गतेसम्ममा सकाउन मन्त्रालयले पत्राचार गरेको थियो। ...
सेतोपाटी संवाददाता वैदेशिक रोजगारमा दुबई, मलेसिया पठाउने भन्दै ११ लाखभन्दा बढी ठग्ने एक जना पक्राउ परेका छन्।, बिहीबार महानगरीय अपराध महाशाखाको टोलीले गौशाला बस्ने २४ वर्षीय राधे साहलाई ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-८ पिङ्लास्थानबाट पक्राउ गरेको हो।, उनले वैदेशिक रोजगारका लागि दुबई, मलेसिया पठाइदिने भन्दै ९ ज...
सेतोपाटी संवाददाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका प्रमुख इन्जिनियर शेरबहादुर सुनारलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ।, इन्जिनियर सुनारले कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्नपछि अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस मागेको पुष्टि भएक...
सेतोपाटी संवाददाता धनगढी उप–महानगरपालिकाले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको संक्रमणबाट जोगिन नगरभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ।, उपमहानगरको शुक्रबार शिक्षा सरोकारवालासँग बसेको बैठकले नगरभित्र सञ्चालित सम्पूर्ण शैक्षिक संस्था आइतबार (२५ गते) देखि बन्द गर्न निर्देशन दिएको हो।, मेयर नृपबहादुर वडले अर्क...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताएका छन्।, शुक्रबार अपरान्ह विज्ञप्ति निकालेर उनले प्रधानमन्त्री ओलीलाई आजदेखि ठोस आहार खुवाउन सुरू गरिएको जानकारी दिएका हुन्।, ‘आजदेखि उहाँलाई हिँड्डुल गराउन थाल...
रासस डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका वडा नम्बर ५ गडसेरास्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा अज्ञात रोगका कारण ३५ विद्यार्थी एकाएक बिरामी परेका छन्।, यहीँ फागुन २१ गतेदेखि सो विद्यालयको छात्रावासमा रहेका विद्यार्थीबाट उक्त रोग सुरु भएको भए पनि अहिलेसम्म रोगको पहिचान हुन नसकेको शिक्षक हर्क...
रासस पाल्पाको तानसेन नगरपालिका–७ लामीडाँडामा शुक्रबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा मोटरसाइकलमा सवार तानसेन नगरपालिका–७ का ५५ वर्षीय मधु श्रेष्ठ रहेकी छन्। दुर्घटनामा मोटरसाइकल चालक एवम् मधुका श्रीमान् ६२ वर्षीय हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन्।, तानसेनबाट बुटवल जाँदै ...
सेतोपाटी संवाददाता चैत ६ गतेदेखि सुरू हुन लागेको एसइई परीक्षाको तयारी प्रदेश नं. ५ मा अन्तिम चरणमा पुगेको छ। प्रदेशका १२ वटै जिल्लामा प्रश्नपत्रको व्यवस्थापन राष्ट्रिय परीक्षा बोर्डबाट र अन्य व्यवस्थापनको जिम्मा प्रदेश सरकारले गरिरहेको छ।, सामाजिक विकास मन्त्रालयले चैत १७ गतेसम्म हुने एसइई परीक्षालाई व्यवस्थित र मर्या...
एजेन्सी बुधबार एयर न्युजिल्यान्डले सिङ्गापुरबाट अक्यान्ड गएकी एक यात्रुमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।, न्युजिल्यान्डमा कोरोनाभाइरस संक्रमित हुने उनी दोस्रो व्यक्ति हुन्। उनमा कोरोनाभाइरसको संक्रमण देखिन अघि उनि इटाली गएकी थिइन्।, ती यात्रु गत फेब्रुअरी २५ तारिखमा सिङ्गापुरबाट एनजेट२८३को विमानमा अक्ल्यान्ड पुगेकी ...
सन्जिब बगाले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ। उपचारमा संलग्न एक चिकित्सकका अनुसार केहीबेरअघि उनको शल्यक्रिया सकिएको हो।, ‘नयाँ किड्नीले काम गर्न पनि थालिसकेको छ,’ ती चिकित्सकले भने।, प्रधानमन्त्री ओलीले आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन्। १३ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौल...
सेतोपाटी संवाददाता धनगढी उपमहानगरपालिकाले भेला, सभा, सम्मेल नगर्न आग्रह गरेको छ।, मेयर नृपबहादुर वडले बुधबार सूचना जारी गरेर कोरोना भाइरस (कोभिड-१९) को संवेदनशिलताका लागि उपमहानगरपालिका क्षेत्रभित्रका कुनै पनि भेला नगर्न आग्रह गरेका हुन्।, 'कोरोना भाइरसको संवेदनशिलताका लागि कुनै पनि किसिमका भेला, सभा, सम्मेलन, महोत्सव...
एजेन्सी छिमेकी मुलुक भारतमा कोरोनाभाइरस संक्रमितको संख्या २८ पुगेको छ। त्यसमध्ये १६ जना इटालियन नागरिक रहेका छन्।, सोमबारसम्म भारतमा छ जनामामात्र कोरोनाभाइरसको संक्रमण देखिएको थियो।, केही समयअघि राजस्थान घुमेर फर्किएका एक जना इटालियनमा कोरोनाभाइरस देखिएको थियो। त्यतिबेला क्वारेन्टाइनमा राखिएका बाँकी १५ जनामा बुधबार  क...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण शल्यक्रियापछि होस खुलेको छ।, शल्यक्रियामा संलग्न  चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको केहीबेरअघि होस खुलेको हो। उनको नयाँ मिर्गौलाले काम गर्न पनि थालिसकेको छ।, ‘नयाँ किड्नीले काम गर्न पनि थालिसकेको छ,’ ती चिकित्सकले भने। प्रधानमन्त्रीलाई अहिले पो...
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागु पूर्णिमा (होली)का अवसरमा कार्यक्रम तथा भीडभाड नगर्न आग्रह गरेको छ।, कोरोनाभाइरसको संवेदनशिलतालाई मध्यनजर गर्दै होलीका अवसरमा कार्यक्रम गर्ने वा भीड हुने कार्य गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।, 'हामीले होलीका लागि भीडभाड हुने क...
नारायण महर्जन प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल रूपमा सम्पन्न भएको छ।, प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण शल्यक्रियापछि होस खुलेको छ। सफल शल्यक्रियापश्चात उनको उपचारमा संलग्न चिकित्सक खुसी देखिन्थे। चिकित्सकहरूले अस्पतालको झ्यालबाटै हात हल्लाउँदै अभिवादनसमेत गरे।, प्रधानमन्त्री ओ...
सेतोपाटी संवाददाता दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।, बुधबार अपरान्ह पत्रकार सम्मेलन गर्दै शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले प्रधानमन्त्रीको प्रत्यारोपण  सफल भएको र उनको अवस्था स्थिर रहेको जानकारी दिए...
विवेक राई कोरोनाभाइरसको जोखिमलाई लिएर नेपाल आउने हरेक यात्रुको अहिले ज्वरो जाँच गरिन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'हेल्थ डेस्क' खडा गरिएको छ।, तर आवश्यक सामाग्री अभावका कारण हेल्थ डेस्कमै खटिने स्वास्थ्यकर्मीले आफूलाई असुरक्षित महशुस गर्न थालेका छन्। पर्याप्त मास्क, पञ्जा, स्यानिटाइजर नहुँदा जोखिममा रहेर का...
सेतोपाटी संवाददाता सल्यानमा एक घरमा आगो लाग्दा ११ वर्षीय बालकको मृत्यु भएको छ।, शिद्धकुमाख गाउँपालिका वडा नं. १ बाँझकाँडा निवासी रत्नलाल बुढाथोकीको घरमा आगलागी हुँदा उनका ११ वर्षीय छोरा दुर्गाबहादुर बुढाथोकीको मृत्यु भएको छ।, गएराति दश बजेतिर घरमा आगलागी हुँदा बालकको जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रह...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समिक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि राम्रो भएको चिकित्सकले बताएका छन्।, उनको होस आइसकेको र वार्डमा सारिएको उपचारमा संलग्न डाक्टर प्रेमराज ज्ञवालीले जानकारी दिए।, ‘उहाँको होस आइसकेको छ’,उनले भने,‘अहिले पोस्ट अपरेटिभ वार्डमा सारिएको छ।’, प्रधानमन्...
सेतोपाटी संवाददाता बलात्कार आरोप लागेका सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सासंद अक्कलबहादुर रावल प्रहरी कार्यालयमा उपस्थित भएका छन्।, प्रहरीले खोजिरहेको थाहा पाएपछि उनी आफैं जिल्ला प्रहरी कार्यालय कैलालीमा उपस्थित भएका हुन्।   , गत फागुन १४ गते एक महिलाले उनीविरूद्ध जबरजस्ती करणीको उजुरी दिएकी थिइन्।, 'उहाँलाई हामीले खोज...
नारायण महर्जन प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणपछि उनलाई भेट्न नेकपाका नेता,मन्त्री तथा शुभेच्छुक शिक्षण अस्पतालमा पुगेका छन्।, पार्टीका महासचिव विष्णु पौडेल, संसदीय दलको उपनेता देव गुरुङ, गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, वन तथा भू-संरक्षणमन्त्री शक्तिबहादुर ...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सकिएको छ।, बुधबार दिउँसो त्रिवि शिक्षण अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण गरिएको हो।, शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काका अनुसार अहिले प्रधानमन्त्रीको स्वास्थ्य स्थिर छ भने सबै सूचांकहरूले पनि राम्ररी काम गरिहरेका छन्।, अहिले उन...
सेतोपाटी संवाददाता नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनिस नागरिकको कोरोनाभाइरसका कारण मृत्यु भएकोमा म्याड्रिडस्थित नेपाली दूतावासले सो व्यक्तिको विवरण खोज्ने भएको छ।, ‘मृत्यु हुने व्यक्तिको सम्पूर्ण विवरण लिन हामीले एक कर्मचारीलाई खटाइसकेका छौं’, स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले भनिन्।, दूतावासले सुरूमा पररा...
सेतोपाटी संवाददाता सल्यानमा १४ वर्षीया एक छात्रामाथि बलात्कार भएको छ।, गत माघ १२ गते एसइईको तयारीस्वरुप विहान ५ बजे नै ट्यूसन पढ्न जाँदै गरेकी ती छात्रामाथि जंगलमा लगेर जवरजस्ती बलात्कार भएको प्रहरीले बताएको छ।, जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख निरीक्षक लक्ष्मण वलीका अनुसार बलात्कारपछि पिडकले कसैल...
सेतोपाटी संवाददाता बलात्कारको अभियोगमा फरार रहेका पूर्व डिएसपी राजकुमार खिउजू पक्राउ परेका छन्।, बुधबार दिउँसो महानगरीय प्रहरी परिसर जावलाखेलबाट खटिएको टोलीले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो।, ‘हाम्रो विशेष टोलीले आज उनलाई भक्तपुरबाट दिउँसो साढे ४ बजे पक्राउ गरेको हो,’ परिसरका प्रवक्ता तथा एसपी दुर्गा सिंहले सेतोपाटी...
सेतोपाटी संवाददाता सिराहामा दुई मोटरसाइकल जुधेपछि लडेका एक चालकलाई बसले किचेको छ।, बुधबार बिहान साढे १० बजे गोलबजार नगरपालिका ४ धर्मकाँटामा दुई मोटरसाइकल जुधेर लडेका मोटरसाइकल चालकलाई पछाडिबाट आउँदै गरेको बसले किच्दा उनकाे मृत्यु भएको हो।, पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प २०९८ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्...
सेतोपाटी नेपालगञ्जमा खानेपानीको समस्या अन्त्य गर्न राप्ती नदीको पानी ल्याउने योजना कार्यान्वयनमा आएको छ।, यहाँका खानेपानी उपभोक्ताको मागलाई ध्यानमा राखेर दीर्घकालीन रुपमा खानेपानीको समस्या समाधान गर्न लागिएको हो।, योजना अन्तर्गत अहिले सो नदीमा पानी तान्ने इन्टेक जडान र पाइप बिछ्याउने काम अगाडि बढाइएको नेपाल खानेपानी स...
सेतोपाटी मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्पसँगै पूर्वपट्टी एवं अरनिको राजमार्गको दक्षिणतर्फको सर्भिस ट्रयाकमा जोडिएको खाली जग्गामा मानव कङ्काल भेटिएको छ।, स्थानीय राजेश श्रेष्ठको जग्गाको झाडी फाड्ने क्रममा बुधबार मानव कङ्काल भेटिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान...
एजेन्सी देशमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि इटालीले देशभरका सबै स्कुल बन्द गर्ने घोषणा गरेको छ।, इटालीले बिहीबारबाट १० दिनका लागि सबै स्कुल बन्द गर्ने घोषणा गरेको हो।, उसले स्कुल बन्द गर्नेसँगै देशभित्र हुने सबै खेलकुद गतिविधिलाई अप्रिल ३ सम्मका लागि बन्द रंगशालामा गर्ने घोषणा पनि गरेको छ।,...
सेतोपाटी संवाददाता समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीन जनाले आत्महत्या दुरूत्सान मुद्दामा सफाइ पाएका छन्।, बुधबार काठमाडौं जिल्ला अदालतले प्रतिवादी रहेका तीनै जनालाई न्यायधीश कमलप्रसाद पोखरलको एकल इजलासले सफाई दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए। , प्रतिवादी रहेका उत्तम सञ्जेलकी श्रीम...
एजेन्सी हङकङमा कोरोनाभाइरस संक्रमित मालिकबाट आफूले पालेको कुकुरमा कोभिड-१९ भाइरसको सरेको हङकङका स्वास्थ्य निकायहरूले बुधबार पुष्टि गरेका छन्।, विशेषज्ञहरूले यसलाई 'न्यून स्तरको संक्रमण' भनेका छन्। उनीहरूले यो मानिसबाट जनावरमा सरेको संक्रमणको पहिलो मामिला हुनसक्ने बताएका छन्।, गत शुक्रबार गरिएको परीक्षणमा सो कुकुरमा कम...
सेतोपाटी संवाददाता गोरखाको मान्बुमा जीप दुर्घटना हुँदा घाइते भएका धार्चे गाउँपालिका उपाध्यक्ष फूलमाया गुरूङलगायत घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ।, नेपाली सेनाको हेलिकप्टरबाट बिहीबार विहान घाइतेहरूलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको घटनास्थलमा रहेका नेपाल रेडक्रस सोसाइटीका सुवास घिमिरेले ज...
रासस गोरखाको आरुघाट गाउँपालिका–१  र्धोचेमा बलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको छ। , जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका जानकारी अनुसार ग १ ज ५५०५ नम्बरको जीप बुधबार साँझ करिब साढे सात बजे सडकबाट झन्डै ३०० मिटर तल खसे...
सुदीप श्रेष्ठ कोरोना भाइरसको महामारी सुरू भएपछि चीनको वुहानबाट उद्धार गरिएका १ सय ७५ जना नेपाली दुई साताको ‘क्वारेन्टाइन’ पूरा गरेर सोमबार घर फर्केका छन्। उनीहरूलाई यही फागुन ४ गते नेपाल वायुसेवा निगमको जहाजबाट स्वदेश फर्काएर भक्तपुरको खरिपाटीमा राखिएको थियो।, विदेशमा रोग फैलिँदा सरकारले आफ्नै खर्चमा नागरिक उद्धार गरे...
सेतोपाटी संवाददाता कपिलवस्तुमा छ वटा गाडीमा आगजनी भएको छ।, अज्ञात समूहले विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरैलामा पाँच र शिवराज नगरपालिका वडा नम्बर ९ मा एक गरी छ वटा गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए। , उक्त समूहले विजयनगरमा दुई वटा जेसिभी, एउटा स्काभेट...
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीलगायतका कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ।, कार्यालयले बिहीबार विज्ञप्ति निकालेर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-१९)बाट नेपाल पनि जोखिममा रहेकाले सचेतना अपनाउन भीडभाड हुने पर्व तथा कार्यक्रमहरु नगर्न आग्रह गरेको हो।, 'अर्को सूचना जारी नभएसम्मक...
एजेन्सी क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसमा कोरोनाभाइरस नरहेको पुष्टि भएको छ।, गत हप्ता रूघाखोकी लागेपछि उनले पहिलो पटक लेन्ट रिट्रिटको कार्यक्रम रद्द गरेका थिए। मंगलबार इटालियन पत्रिकाले पोप फ्रन्सिसमा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको जानकारी दिएको हो।, बिरामी भएपछि उनले सबै कार्यक्रम रद्द गरेका थिए। उनल...