content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन त्रिभुवन विमानस्थलकाे ‘चेकिङ’मा कडाइ गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।, यसअघि चीन लगायत अन्य केही मुलुकबाट आउने नागरिकको मात्रै स्वास्थ्य परीक्षण गरिँदै आएकोमा अहिले सबै देशबाट आउने नागरिकको परीक्षण थालिको मन्त्रालयले जनाएको छ।, मन्त्रालयका प्रवक्ता डा....
सेतोपाटी संवाददाता कोरोनाभाइरसको आशंकामा आइसोलेसन वार्डमा भर्ना भएका एक नेपाली अस्पतालबाट भागेका छन्।, अस्पतालले जानकारी गराएपछि अहिले सो व्यक्तिको खोजी भइरहेको काठमाडौं प्रहरी परिसर टेकुले जानकारी दिएको छ। 'अस्पतालले खबर गरेपछि अहिले हामीले खोजि गरिरहेका छौं,' काठमाडौं प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौंरले सेतोप...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिलाई दिइँदै आएको पारिश्रमिक बन्द गर्न अन्तरिम आदेश दिएसँगै बाग्मती प्रदेशले ऐन संशोधनको तयारी थालेको छ।, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि बाग्मती प्रदेश सरकारले प्रदेशसभामा छलफल सुरु गरेको छ।, सं...
सेतोपाटी संवाददाता मकवानपुरमा ६ किलो २९० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्।, मंगलबार हेटौंडा उपमहानगरपालिका-१५मा रातोमाटे चेकपोइन्टमा प्रहरीले चेकजाँच गर्न क्रममा ४२ वर्षीय भारतीय नागरिक अब्दुल मजिद अनेकललाई सुन सहित पक्राउ गरेको हो।, बिहान काठमाडौंबाट हेटौंडा जाँदै गरेको यात्रुबाहक बसमा सवार अब्दुलमाथि शंक...
रासस महोत्तरीको भङ्गाहा नगरपालिका–३ भङ्गाहा बस्तीमा एक २१ वर्षीया विवाहित महिला आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन्।, राकेश झाकी पत्नी कञ्चन मंगलबार बिहान आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।, अस्वाभाविक र शङ्कास्पद मृत्युको खबर पाएलगत्तै प्रहरीले प्रकृत...
सेतोपाटी संवाददाता चीनले कोभिड-१९ फैलिरहेको इरानबाट आफ्ना नागरिक उद्धार गर्ने भएको छ।, इरानस्थित चिनियाँ दूतावासले कोम सहरमा रहेका आफ्ना नागरिकलाई उद्धार गर्न मंगलबार राति जहाज आउन लागेको जानकारी दिएको चिनियाँ समाचारपत्र ग्लोबल टाइम्सले जनाएको छ।, कोम सहरमा रहेका केही चिनियाँ विद्यार्थीले घर फर्किन फारम भरेका छन्।, ची...
प्रकाश ढुंगाना नेपाल प्रहरीका पूर्व डिआइजी महेशविक्रम शाह भ्रष्टाचारमा मुछिएका छन्।, २०७२ सालमा प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान गरिरहेको थियो।, अख्तियारले उनीसँग पटक पटक बयान लिइ...
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायले कक्षा १ देखि ९ को परीक्षा चैत पाँच गतेसम्म सकाउन अनुरोध गरेको छ। , आइतबार मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै विश्वभर कोरोनाभाइरसको संक्रमण र सन्त्रास बढ्दै गएकोले सतर्कता अपनाउन कक्षा १ देखि ९ को वार्षिक परीक्षा चैत ५ गतेभित्र सकाउन भनेको हो। , साथै विद्याल...
सेतोपाटी संवाददाता चीन र दक्षिण कोरियाबाट आएका चार जना नेपालीमा कोरोना भाइरसको परीक्षण नतिजा नेगेटिभ आएको छ।, मंगलबार आएको नतिजामा सबैजना कोरोनामुक्त रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले जानकारी दिए।, चार जनामध्ये एकजना चीनबाट र बाँकी तीनजना दक्षिण कोरियाबाट नेपाल आएका...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृतसहित आठ जनाविरूद्ध आर्थिक अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको छ।, अख्तियारले तत्कालीन मालपोत अधिकृत दधिराम गुरागाईंसहित आठ जनालाई मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।, मालपोत कार्या...
प्रकाश ढुंगाना नेपाल प्रहरीको केही डिआइजी पद खारेज गर्न गृह मन्त्रालय तयार भएको छ।  प्रहरी प्रधान कार्यालय (हेडक्वाटर)सँग छलफल नै नगरीकन गृह मन्त्रालय ५ देखि १० वटा डिआइजी पद खारेज गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजान लागेको उच्च स्रोतले जानकारी दिएको छ।, प्रहरी प्रधान कार्यालयले भने डिआइजी पद खारेज गर्न नहुने भन्दै लवि...
सेतोपाटी संवाददाता डाँका मुद्दामा फरार रहेका राजु थापा पक्राउ परेका छन्।, मंगलबार सिआइबीको टोलीले काठमाडौंको मित्रनगरबाट नुवाकोट शिवपुरी गाउँपालिका-६ का थापालाई पक्राउ गरेको हो।,  २३ वर्षअघि (२०५३ माघ १० गते राति) भेष बहादुर गुरूङले हङकङबाट ल्याएको ३२ तोला सुन बा.अ.ग. २८७३ नम्बरको गाडीमा ल्याउँदै गर्दा थापाले डाँका मा...
समिक्षा अधिकारी गत मंसिर १४ गते ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले कुपन्डोल–पुल्चोक साइकल लेन उद्घाटन गरे। अन्य सवारी साधनसँग साझेदारीमा प्रयोग गर्नुपर्ने उक्त लेन त्यति प्रभावकारी भएन। ठूला सवारी साधनले साइकललाई प्राथमिकता नदिएको अध्ययनमा देखियो।, साइकल यात्रीको सुरक्षा र अधिकार प्रत्याभूत हुनेगरी महानगरले स...
सेतोपाटी संवाददाता सरकारले दैनिक उपभोग्य वस्तु सहज र नियमित आपूर्तिको व्यवस्था गर्ने निर्णय गरेको छ।, कोरोना भाइरस(कोभिड-१९) को संक्रमण विश्वभर फैलिरहेको बेला मंगलबार मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले बजारमा उपभोग्य वस्तु सहज रूपमा आपूर्तिको व्यवस्था गर्नेसहित ...
सेतोपाटी संवाददाता प्रहरीले एक लाख बढी रकमसहित दाङमा सात जुवाडे पक्राउ गरेको छ।, दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले १ लाख १६ हजार ५०० रकमसहित गए राति उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।, पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ३ महादेव चौतारी निवासी ४० वर्षीय शुकबहादुर बुढा, ३८ वर्षीय भीमबहादुर कँड...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सबै तयारी पूरा भएको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।, मिर्गौला प्रत्यारोपण अगाडिको सबै तयारी पूरा भएको र प्रत्यारोपणका लागि आवश्यक पर्ने औषधि दिन सुरू गरिएको मिर्गौला प्रत्यारोपण सर्जन प्राध्यापक डाक्टर प्रेमराज ज्ञवालीले सेतोपाटीलाई...
सेतोपाटी संवाददाता मंगलबार कतारबाट आएका थप एकजना नेपालीलाई कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरिएको छ।, मंगलबार चारजना नेपालीलाई डिस्चार्ज गरेकै दिन थप एकजनालाई कोरोनाभाइरसको आशंकामा आइसोलेसन वार्डमा भर्ना गरिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिएका छन्।, ,कतारब...
सेतोपाटी सिरहाको कर्जन्हा नगरपालिका–३ जनकचोकस्थित सडकमा मंगलबार बोलेरोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।, उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ज १ च १३६९ नम्बरको बलेरो पिकअपले ठक्कर दिँदा पैदलयात्री कर्जन्हा नगरपालिका–३ निवासी ६५ वर्षीया कबुत्रीदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।, बोलेरोको ठक्करबाट गम्भीर घाइते य...
एजेन्सी कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै इरान सरकारले ५४ हजार कैदीबन्दीलाई अस्थायी रुपमा रिहा गरेको छ।, इरानका जेलहरु भरिभराउ रहेकाले त्यहाँको सरकारले सम्भावित जोखिमलाई ध्यान दिदैं उनीहरूलाई रिहा गरेको हो।, इरानले  'सुरक्षासँग सम्बन्धित' मामिलामा पाँच वर्षभन्दा बढी सजाय तोकिएका कैदीहरूलाई भने रिहा गरेको छैन।, इर...
एजेन्सी नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनिस नागरिकको कोरोनाभाइरसका कारण मृत्यु भएको छ।, डेली मेल समाचारपत्रका अनुसार भालेन्सिया अस्पतालका स्वास्थ्यकर्मीले गत फेब्रुअरी १३ मा मृत्यु भएका ती व्यक्तिको मृत्युको कारण कोरोनाभाइरस रहेको पुष्टि गरेका छन्।, मृत्यु हुनुपूर्व ती व्यक्ति नेपाल भ्रमण गरेर फर्किएको उल्लेख छ।, सुर...
सेतोपाटी निजी तथा आवासीय विद्यालय सञ्चालकका संस्थाहरुले कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ।, विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको प्रभावले नेपालमा पनि दिनानुदिन सन्त्रास फैलाएको सन्दर्भमा नेपाली जनता पनि कोरोना भाइरसको फैलँदो...
सेतोपाटी संवाददाता मिर्गौला प्रत्यारोपण गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको छ।, सवा लाख दीप प्रज्ज्वलनसहित बुधबार पशुपतिमा पहिलो पूजा गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलनकुमार थापाले सेतोपाटीलाई बताए।, ‘प्रधानमन्त्रीज्यू कोषको संरक...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण भइरहेको छ।, अस्पतालका कार्यकारी निर्देशक प्रेम खड्काका अनुसार प्रधानमन्त्री ओलीलाई बिहान १० बजे शल्यक्रिया कक्षभित्र लगिएको छ। अबको केही घन्टापछि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सकिनेछ।, ओलीले दोस्रो पटक मिर्ग...
सेतोपाटी संवाददाता थरुहट थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको दुई दिने बन्दको प्रभाव बुधबार पनि दाङमा बिहानैदेखि परेको छ। मोर्चाको बन्दका कारण जिल्लामा शिक्षण संस्था, यातायात, बजार, उद्योग र कलकारखाना सबै ठप्प छन्।,कैलाली घटनामा मुख्य योजनाकार मानिएका सांसद रेशम चौधरीलगायत ११ जनालाई कारागारबाट बिनासर्त रिहाइको माग ...
सेतोपाटी संवाददाता काभ्रेमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्।, बुधबार बिहान रामेछापबाट काभ्रे आउँदै गरेको अरनिको बस चौरीदेउराली गाउँपालिका-४ कोशीपारीमा दुर्घटना हुँदा ३० जना घाइते भएका हुन्।, ३० जना सवार रहेको बा ४ ख ७१०२ नम्बरको बस ब्याक गर्ने क्रममा दुर्घटना भएको काभ्रे जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्स्प...
सेतोपाटी संवाददाता सुर्खेतमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबार दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज०००७ नम्बरको जीप वीरेन्द्रनगर १५ राउटे गल्छेना भन्ने ठाउँमा दुर्घटना भएको हो।, जीप अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको जिल्ला ...
भगवती पाण्डे रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्राविधिक कलेज सञ्चालन गर्ने भएको छ। पहिलो चरणमा स्नातक तहमा सूचना प्रविधिसँग सम्बन्धित बिएस्सी सिएस आइटीको अध्यापन हुनेगरी नगरपालिकाले कलेज सञ्चालन गर्न थालेको हो।, कलेजको सम्बन्धनका लागि नगरपालिकाले त्रिभुवन विश्वविद्यालयमा फाइल पेश गरिसकेको जनाएको छ। सम्बन्धन प्राप्त भ...
सेतोपाटी संवाददाता यात्राका क्रममा यात्रुले छुटाएको सामान फिर्ता दिने २१ ट्याक्सी चालक सम्मानित भएका छन्।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस आर्थिक वर्षको अहिलेसम्म ट्याक्सीमा छुटेका नगद, गरगहना र महत्वपुर्ण सामान महाशाखामा आफै बुझाउन ल्याउने २१ जना चालकलाई सम्मान गरेको हो।, ,सम्मानित हुनेहरुमा युवराज राना मगर, यज्...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले कोभिड-१९ नाम दिइएको कोरोनाभाइरसको संक्रमण रोक्ने आवश्यक कदम चाल्न सरकारलाई अन्तरिम आदेश दिएको छ।, अधिवक्ता पूर्ण राजवंशीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाई हालेको रिटको सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सोमबार मन्त्रिपरिषद्को कार्यालय र स्व...
विवेक राई चीनको वुहानबाट उद्दार गरिएर ल्याइएका १ सय ७५ जना नै कोरोनामुक्त भएका छन्। सोमबार आएको कोरोना परीक्षणको नतिजामा कसैमा पनि कोरोनाभाइरसको संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। , १ सय ७५ जनामै कोरोनाको संक्रमण देखा नपरेपछि सबैलाई आजै घर पठाइने देवकोटाले बताए। , खरिपाटी क्वा...
सेतोपाटी संवाददाता सभामुख अग्निप्रसाद सापकोटाले पुर्वाधार विकास करको नाममा पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ कर लगाउने मन्त्रिपरिषदको निर्णय सम्बन्धमा सरकारलाई रूलिङ गरेका छन्।, प्रतिनिधिसभाका सोमबारको बैठकमा समय लिएर बोल्दै समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले जनतालाई कर लगाउने विषय संसदको अधिकार क्षेत्र भित्रको...
सेतोपाटी संवाददाता नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार गर्ने रतन तिरुवाविरूद्ध अनुसन्धान गर्न सात दिनको म्याद थप भएको छ।, सोमबार महानगरीय प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारको मुद्दामा अनुसन्धानका गर्न सात दिनको म्याद थप गरे...
रासस ‘बाबा म अहिले गर्भमा हुर्किरहेको छु, हजुरले आमालाई पोसिलो खाने कुरा उपलब्ध गराउनुहोला। आमाले सो खाएमा म र आमाको स्वास्थ्य राम्रो हुन्छ। म जन्मिसकेपछि नियमित तौल लिनु, खोपहरूसमेत लगाउनुहोला, म स्वस्थ भएँ भने देशका लागि योगदान गर्न सक्छु। म हुर्कंदै गर्दा आमालाई कुनै खालको तनाव र अभाव हुन नदिनुहोला, धन्यवाद।’ यी वा...
एजेन्सी नयाँदिल्लीमा पनि एक जनामा कोरोनाभाइरस(कोभिड-१९) को संक्रमण देखिएको छ।, सोमबार भारतीय स्वास्थ्य मन्त्रालयले नयाँदिल्लीमा रहेका एक जनामा र तेलन्गनामा एक जनामा कोरोनाभाइरसको संक्रमित भेटिएको जनाएको छ।, नयाँदिल्लीमा रहेका ती व्यक्ति इटाली भ्रमण गरेर आएका थिए। अर्का एक जना भने दुबई भ्रमणबाट भारत फर्किएको द हिन्दुले...
सेतोपाटी संवाददाता प्रदेश ५ सरकारले गर्ने भनेको लगानी सम्मेलन स्थगित गरेको छ। विश्वका ६४ मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिँदा विश्व स्वास्थ्य संगठनले नेपाल पनि उच्च जोखिममा रहेको बताएपछि प्रदेश सरकारले लगानी सम्मेलनलाई स्थगित गरेको हो। , प्रदेश सरकारले आगामी बैशाख ४ र ५ गते लगानी सम्मेलन गर्ने तयारी गरिरहेको थियो। स...
एजेन्सी इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीलाई सल्लाह दिने एक समितिका सदस्यको कोभिड-१९ भाइरसको संक्रमणबाट मृत्यु भएको छ।, इरानी सरकारी रेडियोका अनुसार ७१ वर्षीय मोहम्मद मिर्मोहाम्मादीको सोमबार तेहरानको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनी खामेनीलाई विभिन्न विषयमा सल्लाह दिने र धर्मगुरू र संसदबीच देखि...
सेतोपाटी संवाददाता घरबेटीले दलित भएकै कारण अपमान र घर छोड्न दबाब दिएको भन्दै पीडित विद्यार्थीहरूले प्रहरीमा उजुरी दिने बताएका छन्।, काठमाडौंमा डेरा गरी बस्ने केही विद्यार्थीहरूले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूहरूलाई जातीयताका आधारमा अपमान गर्ने घरबेटीविरूद्ध प्रहरीमा उजुरी दिने बताएका हुन्।, कैलाली र दैलेख...
सेतोपाटी संवाददाता चीनको वुहानबाट उद्दार गरेर ल्याइएका नेपालीलाई सोमबार भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनस्थलबाट बिदाइ गरियो। , सोमबार कोरोना परीक्षणको नतिजा नेगेटिभ आएपछि क्वारेन्टाइनमा रहेकालाई आजै घर पठाइएको हो। क्वारेन्टाइनमा १६ दिन बिताउनेमा जनकपुरका अशोककुमार साह पनि थिए। , अरुबेलाझैं साह कोठामा साथीहरूसँग बसि...
सेतोपाटी संवाददाता नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यक बाहेक अन्य अवस्थामा प्रवेश नगर्न सूचना जारी गरेको छ।, प्राधिकरणले विमानस्थलले उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ बन्द भएको जनाएको छ।, सरकारले आइतबार संक्रमण फैलन सक्ने भन्दै सार्वजनिक स्थानमा भीडभाड कम गर्न आग्रह गरेको थियो। प्र...
एजेन्सी हामी नेपालीहरू पार्टी, भोजमा जाँदा वा  रेष्टुरेन्ट, होटल तथा खाजा घर खान जाँदा अर्डर गरेको खाना  खेर फाल्दिन्छौं। केहीले बढी भएको खाना रेष्टुरेन्टबाट प्याकिङ गरेर घर पनि लैजान्छन्।  तर धेरैले खान नसकेको खाना प्लेटमै छोड्छन् र पछि वेटरले सिधै लगेर डष्टविनमा राखिदिन्छ। यसो गर्दा हामीले कुनै पैसा तिर्नु पर्दैन।, ...
सेतोपाटी संवाददाता चीनको वुहानबाट उद्दार गरेर ल्याइएका नेपालीलाई खरिपाटीको क्वारेन्टाइनस्थलबाट औपचारिक बिदाइ गरे पनि ३२ जना भने आज खरिपाटीमै बस्ने भएका छन्।, वुहानबाट ल्याइएका १ सय ७५ जनामै कोरोनाको संक्रमण नदेखिए पनि सोमबार १४३ जना मात्र घर गएका छन्।, '३२ जना उपत्यका बाहिरका छन्। उहाँहरू भोलि जान्छौं भन्नुभएको छ,' ने...
सबिना श्रेष्ठ एनिमेसन क्षेत्रमा लागेकाहरूको सपनै हुन्छ– 'डिज्नी' मा काम गर्ने।, अमेरिकाको ठूलो कम्पनीमा जोडिने सपना सहजै पूरा हुँदैन। अहिले ५८ वर्ष पुगेका किरणभक्त जोशीले भने १२ वर्षअघि पूरा भइसकेको त्यो सपनालाई तिलाञ्जली दिए। आफ्नोभन्दा यो क्षेत्रमा भविष्य बनाउन खोजिरहेका नेपालीहरूको सपना उनलाई प्यारो लाग्यो।, २०६३ स...
रासस जिल्ला अदालत मकवानपुरले हेटौँडाकी तेस्रोलिङ्गी अजिता भुजेलको हत्या गरेको आरोपमा पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।, उक्त अदालतले अजिताको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका हेटौँडा–४ बस्ने २४ वर्षीय आशिष बल, हेटौँडा–१४ बस्ने २१ वर्षीय हम्चर भन्ने बुद्ध लामा, हेटौँडा–९ बस्ने १८ वर्षीय भापु ...
निशा भण्डारी कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्दार गरी ल्याइएका १ सय ७५ मध्ये १४३ जना नेपाली सोमबार घर फर्किएका छन्। उनीहरूलाई कोरोनाभाइरसको संक्रमण नदेखिएपछि १७ औं दिनमा घर फर्काइएको हो।, उपत्यका बाहिरका ३२ जनालाई भने खरिपाटीमै राखिएको छ। ३२ जनालाई भने भोलिमात्र फर्काइने छ।  , सोमबार क्वारेन्टाइनमा रहेकाहरूल...
सेतोपाटी जिल्ला अदालत मकवानपुरले हेटौँडाका तेस्रोलिङ्गी अजिता भुजेलको हत्या गरेको आरोपमा पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।, उक्त अदालतले भुजेलको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका हेटौँडा–४ बस्ने २४ वर्षीय आशिष बल, हेटौँडा–१४ बस्ने २१ वर्षीय हम्चर भनिने बुद्ध लामा, हेटौँडा–९ बस्ने १८ वर्षीय भ...
सेतोपाटी भोजपुर बहुमुखी क्याम्पसको पठनपाठन ठप्प भएको छ।, क्याम्पसका आंशिक शिक्षकले करारमा नियुक्त गर्न माग राख्दै आन्दोलन गरेपछि पठनपाठन ठप्प भएको हो।, क्याम्पसमा करार दरबन्दी रिक्त हुँदासमेत आंशिक शिक्षकलाई करारमा लैजान बेवास्ता गरेको भन्दै शिक्षकले पठनपाठन ठप्प पारेका हुन्।, यही फागुन ११ गते ध्यानाकर्षण पत्र बुझाएको...
एजेन्सी उत्तरी नाइजेरियाको विभिन्न गाउँमा भएका लुटेरा समूहको आक्रमणहरूमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।, लुटेराहरूले चौपाया चोरी गर्ने र अपहरण गर्ने क्रममा गाउँलेहरूले प्रतिकारको प्रयास गर्दा उनीहरूमाथि आक्रमण भएको नाइजेरियाको प्रहरीले बताएको छ।, स्रोतहरूका अनुसार लुटेराको करिब १०० ...
सेतोपाटी संवाददाता भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनस्थलमा बाँकी रहेका ३२ जनालाई पनि मंगलबार बिहान घर पठाइएको छ।, सबैलाई नेपाली सेना र नेपाल प्रहरीको भ्यानबाट बिहान सूर्यविनायकसम्म छोडिएको नेपाली सेनाका प्रमुख सेनानी शिवप्रसाद पौडेलले जानकारी दिए।, 'हामीले ६ देखि ९ बजेसम्म उहाँहरूलाई गाडी लाग्ने ठाउँसम्म छोड्यौं,' प...
निशा भण्डारी सोमबार काठमाडौंको मौसम गडबड भयो। बिहान घाम लागे पनि दिउँसो पानी परेर दिन धुम्म भयो। त्यसैले धेरै अभिभावक चीनको वुहानबाट ल्याइएका आफ्ना छोराछोरी लिन खरिपाटी पुग्न पाएनन्।, पुग्ने केही अभिभावकमध्ये दुर्गा खतिवडा र मोहन खतिवडा थिए। फागुन ४ गते वुहानबाट उद्दार गरेर ल्याइएका १ सय ७५ जनामा उनीहरूकी छोरी मिमांसा...
एजेन्सी दक्षिण कोरियाले कोभिड-१९ विरूद्ध युद्धको घोषणा गरेको छ। राष्ट्रपति मुन जाइ इनले मंगलबार देश कोरोनाभाइरसविरूद्ध युद्धमा गइसकेको बताए।, सोमबारमात्र कोरियामा ६ सय जना थप व्यक्तिमा संक्रमण देखिएको छ। योसँगै कोरियामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्यामा ४ हजार ८ सय १२ जना पुगेको छ भने २८ जनाले ज्यान गुमाइसकेका छन्...
रासस बागलुङका एक नवजोडीले विवाहको रकम जोगाइ विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्।, जैमिनी नगरपालिका–४ सर्कुवाका तारा शर्मा र काठेखोला गाउँपालिका–७ रेशका तीर्थप्रसाद गौतमले काठेखोला गाउँपालिका–७ रेशस्थित रेश नुन्थला माध्यमिक विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्।, विवाहमा सुन किन्दा लाग्न...
सेतोपाटी संवाददाता महोत्तरीमा आज बिहान एक जना व्यक्तिमाथि गोली प्रहार भएको छ।, महोत्तरीको मनरासिसवा नगरपालिका वडा नम्बर–३का  ६१ सहदेवप्रसाद यादवमाथि अपरिचित व्यक्तिले बिहान २ बजे गोली प्रहार गरेका हुन्। यादवको छातीमुनि गोली लागेको छ।, शौचालय गएका यादवमाथि गोली प्रहार गरिएको महोत्तरी प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारी...
सेतोपाटी संवाददाता भैंसेपाटीमा बच्चा बोकेकी महिलामाथि लाठी हान्ने इन्स्पेक्टर देवीप्रसाद पौडेल ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेल तानिएका छन्।, गत बिहीबार भैंसेपाटीमा नेपाली सेनाबाट बर्खास्तमा परेका जर्नेल हेम खत्रीको घरमा बच्चा बोकेकी हेमा श्रेष्ठमाथि  इन्स्पेक्टर पौडेलले  अमानवीय तरिकाले लाठी प्रहार गरेका थिए।, ...
रासस टोखा नगरपालिकाले यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘दोस्रो टोखा महोत्सव–२०७६’ स्थगित भएको जनाएको छ।, नगरप्रमुख प्रकाश अधिकारीले कोरोनाभाइरसको जोखिमका कारण महोत्सव स्थगित गरिएको जानकारी दिए।, ‘विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको सूचनाअनुसार भारतलगायत नेपालमा पनि उच्च जोखिम रहेकाले हालका लागि महोत्सव ...
सेतोपाटी संवाददाता खरिपाटी क्वारेन्टाइनमा रहेकाहरूको कोरोना परीक्षणको नतिजा नेगेटिभ देखिए सोमबार घर पठाइने भएको छ।, सोमबार दिउँसोसम्म नतिजा आइपुगे क्वारेन्टाइनमा रहेका १ सय ७५ जनालाई साँझ घर पठाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।, एकजनामा पनि कोरोनाभाइरसको संक्रमण देखिए संक्रमित व्यक्तिलाई ...
एजेन्सी लग्जेमबर्गमा अबदेखि सार्वजनिक सवारीसाधन चढ्दा पैसा तिर्न नपर्ने भएको छ। , शनिबारदेखि रेल, बस र अन्य सार्वजनिक सवारीसाधन चौबीसै घण्टा सित्तैमा चढ्न पाइने भएको हो। यो घोषणासँगै सार्वजनिक सवारीसाधनमा भाडा हटाउने लग्जेमबर्ग विश्वकै पहिलो राष्ट्र बनेको छ। , यो निर्णयले धनी–गरिब बीचको दुरीलाई हटाउन मद्दत पुग्ने बताइ...
सेतोपाटी संवाददाता सत्तारुढ नेकपाकी सांसद विन्दा पाण्डेले एसिड प्रहारको घटनामा पीडितलाई क्षतिपूर्ति बढाउन र बेचबिखनमा कडाई गर्न माग गरेकी छिन्। , प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव राख्दै पाण्डेले एसिड बिक्री वितरणमा कडाई र गैरकानुनी विक्री वितरण गर्नेलाई कानुनी दायरामा ल्याउन माग गरेकी हुन्।, उनले एसिड प्रहार...
रासस यस वर्षको प्रि–मनसुन शुरु भएको छ। मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपराह्न तथा साँझापख लगाातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने मौसमविद् समिर श...
सविता बुढा बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ६ की शान्ती देवि भाइरल ज्वरोले ग्रसित भइन्। ज्वरो नघटेपछि छोरा प्रविन परियारले दुई दिनदेखि थला परेकी आमालाई स्वास्थ्य जाँच गर्न स्वास्थ्य चौकी लाने भए। तर वडामै रहेको लेकगाउँ स्वास्थ्य चौकी पुर्‍याउन न त एम्बुलेन्स थियो न त यातायातको साधन नै।, प्रविनले गाउलेसँगको मदद...
रासस सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौलीको सिद्धार्थ टोल, धनपति टोल र गोले टोलका २६ जनाले अढाइ वर्षको अन्तरालमा क्यान्सरका कारण ज्यान गुमाएका छन्। तीनै टोलमा क्यान्सर रोग प्रकोपका रूपमा फैलिएको छ। जसका कारण हाल पनि उक्त टोलमा आठ जना क्यान्सरका बिरामी उपचाररत छन्।, दूषित पानीका कारण टोलमा क्यान्सर प्रकोपका रूपमा फैलिए...
सेतोपाटी संवाददाता उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोख्रेलले सञ्चारमाध्यमले निर्वाह गरिरहेको भूमिकाप्रति आपत्ति जनाएका छन्।, नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाको स्थापना दिवसको अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदृश्य स्रोतबाट सञ्चालित मिडियाहरु जनता र मुलुकप्रति उत्तरदायी ...
सेतोपाटी संवाददाता वुहानबाट १ सय ७५ जना नेपालीलाई उद्दार गरेर ल्याएका विमान चालकसहित १६ सदस्यमा कोरोनाभाइरसको संक्रमण नेगेटिभ आएको छ।, आइतबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत नगरकोट क्वारेन्टाइनमा रहेका पाइलटसहित सदस्यहरू कोरोनामुक्त रहेको जानकारी गराएको हो।, नतिजा नेगेटिभ आएपछि पाइलटसहित सबै सदस्यलाई आजै घ...
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी माहाशाखाले सार्वजनिक सवारीसाधनमा आरक्षण सिटमा सम्बन्धित मान्छे राखे/नराखेको चेकजाँच गर्न दुई महिला ट्राफिक प्रहरी खटाएको छ।, महाशाखाले आइतबारदेखि सार्वजनिक सवारीसाधनमा चेकजाँच गर्न स्कुटरमा दुई जना महिला ट्राफिक प्रहरी परिचालन गरेको हो। त्यस्तै जेष्ठ नागरिक तथा विद्यार्थीले प...
सेतोपाटी संवाददाता नेपाली सेनाका सिपाहीलाई शान्ति सेनामा पठाइदिन्छु भन्दै दुई लाख ५० हजार ठग्ने पक्राउ परेका छन्। , आइतबार महानगरीय अपराध महाशाखाको टोलीले बैतडी दशरथचन्द नगरपालिका १का रमेश बडुलाई ललितपुर नख्खुबाट पक्राउ गरेको हो। , बडुले नेपाली सेनाका अहरी दमन सिंहदरबार गणमा कार्यरत सिपाही भीमबहादुर भण्डारीलाई शान्ति ...
सेतोपाटी संवाददाता संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले प्रदेश दुईलाई धार्मिक, सांस्कृतिक पर्यटन क्षेत्र बनाउने लक्ष्य रहेको बताएका छन्।, प्रदेशका विभिन्न जिल्लामा धार्मिक, संस्कृतिक महत्व बोकेको क्षेत्रलाई जोडेर वृहत सांस्कृतिक क्षेत्र बनाउन नेपाल सरकारको सम्पूर्ण ध्यान जाने उनले बताए।, आइतबार मह...
सेतोपाटी संवाददाता चीन र दक्षिण कोरियाबाट आएका दुई जना नेपालीलाई कोरोनाको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ।, दुबै जनामा ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिए।, आइतबार नै दुबै जनाको घाँटी र नाकको र...
सेतोपाटी संवाददाता प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्दैछन्।उनलाई भान्जी नाता पर्ने महिलाले मिर्गौला दान गर्न लागेकी हुन्।, नेपालमा कुनै पनि व्यक्तिलाई अंग प्रत्यारोपण गर्न परे उसका आफन्तले अंग दान गर्न सक्ने कानुनी व्यवस्था छ।, मानव शरीरको अ...
सेतोपाटी संवाददाता नेपाली सेनाको सुपथ मूल्य पसल संचालनमा आएको छ। आइतबार एक कार्यक्रमका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले जंगी अड्डाको हाताभित्र नव निर्मित पसलको उद्घाटन गरे।, सैनिक कल्याणकारी योजना अन्तर्गत स्थापना भएको बसुन्धारा क्यान्टिनलाई सुपथ मूल्य पसलका रुपमा संचालनमा ल्याइएको सेनाले जनाएको छ।, पहिलो च...
सेतोपाटी संवाददाता विश्वभरी कोरोना भाइरसको प्रभाव बढेसँगै सरकारले कुनै पनि ठूला सभा, सम्मेलन र भोजभतेर जस्ता धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह गरेको छ।, ,आइतबार स्वास्थ्य, तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाको जोखिम बढेकाले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आग्रह गरे।, सरकारले कोरोना भाइरसको संक्रमण रो...
सेतोपाटी वीरेन्द्रनगर नगरपालिका–८ दैलेखी चोकस्थित बजारबाट एयरपोर्ट जाँदै गरेको भे१त ८१७६ नं.को खाली ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको भे३प ७४२ नं.को मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।, आइतबार बेलुका ७:३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले बताएका ...
एजेन्सी चीनमा नयाँ कोरोनाभाइरस सङ्क्रमित विरामी निको भएर घर फर्किने दर ५२.१ प्रतिशत पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।, राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले आइतबार बेइजिङमा एक पत्रकार सम्मेलनमा कोरोनाभाइरस सङ्क्रमण र निको भएर घर फर्किने विरामीबारे पछिल्लो जानकारी गराएका हुन्।, प्रवक्ता मीले भने, 'चीनका ...
एजेन्सी आइतबार अपरान्ह्सम्म कोरोना भाइरसको सङ्क्रमण विश्वका ६४ मुलुकमा भेटिएको छ।, विभिन्न मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले लिएको तथ्याङ्क अनुसार आइतबारसम्म विश्वभर दुई हजार ९९० जनाको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ भने कूल ८७ हजार ५६५ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ।, शनिबार साँझ ५ बजेपछि आइतबार अपर...
सेतोपाटी संवाददाता सम्भावित कोरोनाभाइरसको संक्रमण जोखिमलाई ध्यानमा राख्दै नेपालले आइतबारबाट नेपाल आउने सबै हवाईयात्रुमाथि निगरानी सुरू गरेको छ।, जसअनुसार हवाईयात्राबाट नेपाल आउने हरेक यात्रुको शरिरको तापमान लिइनेछ।, शनिबार सरोकारवाला निकायहरूसँगको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसको संक्रमण नेपाल नभित...
समिक्षा अधिकारी त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र-समाजशास्त्र केन्द्रीय विभाग एक महिनायता हेरूँहेरूँ लाग्ने भएको छ। मानवशास्त्रका विभागीय प्रमुख डम्बर चेम्जोङ र समाजशास्त्रका प्रमुख टीकाराम गौतम यहाँको प्राज्ञिक र भौतिक सुधार गर्न दत्तचित्त छन्। , उनीहरू दुईको प्रयासमा विभागको रूपरङ फेरिइसकेको छ। कक्षाकोठा रङरोगन, ...
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालय बनेपाले अमेरिकी डलर सटही गर्ने वहानामा ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।, सिन्धुपाल्चोक बाह्रविसे ३ का रामबहादुर तामाङ्गलाई पक्राउ गरिएको प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। उनले गत कात्तिक २७ गते तामाङ्गले बनेपाकी विमला गुरुङ्गलाई डलर काट्ने बहानामा २ लाख ५०...
अमृता लम्साल हजुरआमाका कथाः, टंकमाया कार्की धनकुटाको भेडेटारमा जन्मिएकी हुन्। काठमाडौं, गोकर्णेश्वर-५ बस्ने उनलाई उमेर सोध्दा भन्छिन्- चार कोरी भएँ नि! , 'चार कोरी' अर्थात् असी वर्ष। उनको जन्म १९९६ सालतिर भएको हुनुपर्छ। टंकमायालाई आफ्नो उमेरसँगै बुवाको नाम थाहा छ। जन्म दिने आमाको नाम भने थाहा छैन।, 'आमाको त नाम बिर्से...
सेतोपाटी संवाददाता फोटो पत्रकारहरूको समूह (पिजे क्लव) द्वारा आयोजित आइएमई ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट तस्वीरहरुको प्रदर्शनी सुरू भएको छ।, काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरू भएको प्रदर्शनीको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरे।, प्रदर्शनीको उद...
भगवती पाण्डे गत आर्थिक वर्ष २०७५/७६ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा ९ सय ३५ वटा उजुरी दर्ता भए। दर्ता भएका अधिकांश मुद्दा संघीय मामिला तथा स्थानीय तह तथा शिक्षासँग सम्बन्धित थिए।, अख्तियार अनुसन्धान आयोगले आफ्नै सम्पर्कभन्दा पनि मिडियामा आएका समाचार तथा टेलिफोन, इमेल, पत्र तथा फ्याक्समार्फत् कार...
सबिना श्रेष्ठ एक सय २६ बुद्धहरू एकै ठाउँ देख्न पाइने अवसर सितिमिति आउँदैन। पाँच वर्ष अन्तरालमा बल्ल बुद्धहरू आफ्नो विहारबाट बाहिर निस्किन्छन् र पाटनको नागबहालमा भेला हुन्छन्।, बिहीबार त्यस्तै दृश्य देख्न पाउनुभयो भने तपाईं 'भाग्यमानी' हुनुभयो। अब अर्को पाँच वर्ष कुर्नुस् है!, लुगा, गरगहनामा सजिएका यिनलाई दिपंकर बुद्ध ...
सेतोपाटी संवाददाता सरकारले आउँदो शैक्षिक सत्र पनि तामझामसहित विद्यार्थी भर्ना अभियान गर्ने भएको छ।, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयमा भर्ना गराउन मद्दत पुग्ने सन्देशमूलक गीत रचना गरी पठाउन आह्वान गरेको छ।, केन्द्रले विद्यार्थी भर्ना अभियान दिवसका उपलक्ष्यमा विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयमा भर...
सेतोपाटी संवाददाता नेपालगञ्जदेखि सुर्खेतको सिम्ता जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान सुर्खेतको गुर्भाकोट नगरपालिकामा पर्ने पोखरे नजिकै लु १ झ ४०७९ नम्बरको जीप दुर्घटना भएको हो।, मृत्यु हुनेमा सिम्ता गाउँपालिका–९ का भूपाल खत्री रहेका छन्। उनको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी ...
अनुषा अधिकारी 'दले' भन्ने बित्तिक्कै हामी घर-जग्गा कारोबारीलाई बुझ्छौं। 'दलाल' लाई होच्याउनेगरी भनिने 'दले'हरू आफूलाई खुलेर चिनाउन हिचकिचाउँछन्।, २६ वर्षीय सुमन कोइरालाले भने 'दले' कै रूपमा आफ्नो पहिचान बनाएका छन्। दले बनेरै लोकप्रिय बनेका सुमनले धेरै प्रशंसक कमाइसके।, कमेडी च्याम्पियनमा सुमन ढाका टोपी र कोट लगाएर आएक...
एजेन्सी जापानका प्रधानमन्त्री सिन्जो आबेले त्यहाँका सबै स्कुल सोमबारदेखि बन्द गर्न निर्देशन दिएका छन्।, आबेले बिहीबार देशका सबै प्राथमिकदेखि हाइस्कुलहरू सोमबारदेखि बन्द गर्न निर्देशन दिएका हुन् जुन बन्द आगामी अप्रिलसम्म चल्नेछ।, जापान टाइम्सका अनुसार एक-दुई सातापछि त्यहाँका स्कुलमा 'स्प्रिङ' बिदा सुरू हुनेछ। संसारभर त...
सेतोपाटी संवाददाता सिद्धबाबा माथिबाट खसेको ढुंगा लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ।, सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबामा बुधबार माथिबाट खसेको ढुंगाले लागेर गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर ८ का ४८ वर्षीय महेन्द्र प्रसाद श्रेष्ठ(बाबुकाजी) गम्भीर घाइते भएका थिए।, लु १६ प ४६८६ नम्बरको...
सेतोपाटी संवाददाता धनुषामा एक वडा सचिव घुस सहित पक्राउ परेका छन्।, धनुषाको धनौजी गाउँपालिका वडा नं. २ का वडा सचिव (खरिदार) सुशिल ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले २० हजार घुस सहित पक्राउ गरेको हो। , ठाकुरले जन्म प्रमाणित सिफारिस गरिदिने वापत सेवाग्राहीसँग घुस मागेको उजुरीको ...
प्रभाकर गौतम तपाईंले दरबारमार्ग, जमल, केशरमहल, माइतीघर, थापाथली वा स्वयम्भूतिर बाँसको चोयाले बेरिएका खम्बा याद गर्नुभएको छ? विभिन्न विज्ञापनका कागज टाँसिएर फोहोरी भएका बिजुलीका खम्बालाई चिटिक्क पारेको देख्नुभएको छ?, छ भने, तपाईंको मनमा पक्कै प्रश्न उठेको होला– यो के गरेको? किन गरेको? कसले गरेको?, यसको श्रेय जान्छ 'भिज...
सेतोपाटी संवाददाता अमेरिकी राजदुतावासको कार्यकारी व्यवस्थापक हुँ भन्दै नक्कली परिचय पत्र देखाई ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ९ स्थित ज्यामिरे डाँडाका ४१ वर्षीय विकास भन्ने केदार खड्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।, सिंहका अनुस...
एजेन्सी चीन भ्रमणबाट स्वदेश फर्केका मंगोलियाका राष्ट्रपति बत्तुल्गा खालत्मालाई क्वारेन्टाइनमा राखिएको छ।, सरकारी समाचार संस्था मोन्टसेमले शुक्रबार दिएको जानकारीअनुसार राष्ट्रपति बत्तुल्गासहित चीन जाने सरकारी अधिकारीलाई १४ दिन क्वारेन्टाइनमा राखिएको हो।, जनवरीमा चीनले कोभिड–१९ को प्रकोप रोक्न विशेष उपाय कार्यान्वयन गर्...
सेतोपाटी संवाददाता महेन्द्र राजमार्ग हुँदै जनकपुरधाम पुग्ने जो कोहीलाई रामानन्द चोक पार गरेरै नगरभित्र प्रवेश गर्नुपर्छ। वरिपरि कुटी नै कुटी छन्। कति लोप हुने अवस्थामा छन् कति भइसके। बाँकी रहेका कुटीमा पनि भूमाफियाको नजर लागेपछि त्यहाँका कुटी लोपन्मुख हुने अवस्थामा छन्।, जसको प्रत्यक्ष उदाहरण हो- रामानन्द चोकमा अवस्थि...
सेतोपाटी संवाददाता नेवार, तामाङ, थारू आदि समुदायमा ट्याटू खोप्नुलाई संस्कृतिका रूपमा अनुसरण गरिन्छ। संस्कृतिका रूपमा हुर्केको ट्याटू अहिले युवा पुस्ता माझ फेसनको रूपमा बढ्दो छ। ,तिनै ट्याटू प्रेमी युवाहरूलाई लक्षित गरी यही फागुन २३ र २४ मा रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेन्टमेन्टले संयुक्त रूपमा 'टुब...
अनुषा अधिकारी किताबमाथि सरकारले लगाएको करविरूद्ध सिंहदरबारअगाडि आन्दोलनमा उत्रेका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार सिंहदरबार पश्चिम गेटअगाडि प्रदर्शन गरिरहेका विद्यार्थीको टोलीलाई प्रहरीले पक्राउ गरेको हो।, करिब १५ जना विद्यार्थी शुक्रबार दिउँसो साढे तीन बजेतिर सिंहदरबार अगाडि उभिएका थिए। उनीहरूले ब्य...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाभित्र रहेका ढुंगेधारा र पोखरीहरूको संरक्षण गर्ने खानेपानी मन्त्रालयको योजनामा प्रतिबद्धता व्यक्त गर्दै काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड), मध्यपुर थिमी र ललितपुरको महालक्ष्मी नगरपालिकाबीच शुक्रबार समझदारी भएको छ।, ,खानेपानी मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रमम...
युनिक श्रेष्ठ ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि बिहीबार दिउँसो केही महिला जम्मा भए।, एक महिला खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै दलबल लिएर उनको घर गएकी थिइन्। ती महिला चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी छन्।, घरबाहिर महि...
सेतोपाटी संवाददाता प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको भन्दै दोलखाकी बालिका खड्काले अंश मुद्दा दायर गरेकी छिन्।, उनले काठमाडौं जिल्ला अदालतमा 'नाता कायम गरी अंश दिलाई पाऊँ' भनि मुद्दा दायर गरेका हुन्।, ,मुद्दामा खड्काले आफूलाई मुख्यमन्त्री राईले शारीरिक यातना दिएको तथा यौन दुर्व्यवहार गरी घरेलु हिं...
एजेन्सी नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर शुक्रबारसम्ममा दुई हजार ८७३ व्यक्तिको मृत्यु भएको छ।,  विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको उक्त भाइरस विश्वका ५६ देशमा फैलिएको र विश्वभर कूल  ८३ हजार ८५३ व्यक्तिमा सङ्क्रमण भएको विश्व स्वास्थ्य संगठन र सम्बन्धित देशका अधिकारीले पुष्टि गरेको तथ्याङ्कमा बताइएको छ।, स...
अनुषा अधिकारी किताबमाथि सरकारले लगाएको कर विरूद्ध सिंहदरबारअगाडि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीलाई प्रहरीले छोडेको छ। शुक्रबार सिंहदरबार पश्चिम गेटअगाडि प्रदर्शन गरिरहेका विद्यार्थीको टोलीलाई प्रहरीले पक्राउ गरेको थियो।, दिउँसो साढे तीन बजेतिर पक्राउ परेका विद्यार्थी बेलुकी सात बजेतिर रिहा भएका हुन्। प्रदर्शनमा...
रासस सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी यही फागुन ४ गते भक्तपुरको क्वारेन्टाइनमा राखिएका १९३ नेपालीलाई १७ औं दिनमा घर फर्काइने भएको छ।, खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ र नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाली लिन चीन गएको नेपाल वायुसेव...
युनिक श्रेष्ठ बिहीबार दिउँसो ललितपुरको भैंसेपाटीस्थित सेनाका पूर्वजर्नेल हेम खत्रीको घरमा जम्मा भएका महिलालाई प्रहरीले बल प्रयोग गरेर बाहिर निकाल्यो। यस क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले बच्चा बोकेकी एक महिलामाथि लाठी हिर्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो।, हामीले महिलाहरूको समूह पूर्वजर्नेल खत्रीको घरमा जम्म...
सेतोपाटी संवाददाता धनुषामा दुई पक्षबीचको झगडा साम्य पार्न गएका एक जनाको कुटपिट गरी हत्या भएको छ।, शुक्रबार धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरका करिब ५१ वर्षीय सोनेलाल कुलामीलाई बाँसको भाटा तथा काठको चिरपटले हानेर हत्या गरिएको मृतका छोरा कालु भन्ने सूर्य नारायण कुलामीले बताए।, दुई पक्षबीच भइरहेको कुटपिटको घटन...
प्रभाकर गौतम आज शनिबार फुर्सदिलो हुनुहुन्छ र सारंगीको धून मन पर्छ भने भने 'सारंगी भेला' उपयुक्त गन्तव्य हुन सक्छ। झम्सिखेल, अरुण थापा चोकको 'बेसक्याम्प: आउटडोर लाइफस्टाइल'मा ११ बजेदेखि करिब २ बजेसम्म हुने भेलामा ५० जनाभन्दा बढी सारंगीवादकको जमघट हुँदैछ। 'सारंगी भेला'को यो आठौं संस्करणमा उनीहरूले सारंगी सिकाइका अनुभव र...