content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता सडक कालोपत्र गर्न माग गर्दै गोरखामा गण्डकी प्रदेशका सांसदकै नेतृत्वमा सडक बन्द गरिएको छ।, बाह्रकिलो-भालुस्वाँरा-बारपाक सडकखण्ड लामो समयदेखि कालोपत्र नगरी ठेकेदारले अलपत्र छाडेपछि सांसद प्रकाशचन्द्र दवाडीको नेतृत्वमा स्थानीय बासिन्दाले शनिबार सडक अवरूद्ध गरेका हुन्।, यो सडक तीन वर्षदेखि अलपत्र छ। २०७... |
समिक्षा अधिकारी भुइँचालोपछि जीर्णोद्धार क्रममा रहेको हनुमानढोका दरबार क्षेत्रमा निःशुल्क गाइडसहित पदप्रदर्शन सुरू भएको छ।, हरेक साता सोमबार, बिहीबार र शनिबार दिउँसो २ बजेपछि गाइडले भ्रमण गराउने हनुमानढोका हेरचाह अड्डाकी निर्देशक अरुणा नकर्मीले जानकारी दिइन्।, ‘कुन सम्पदा कसले बनायो, किन बनायो भन्ने सामान्य जानकारी हाम... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी चौकी टिमुरे रसुवाका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसमेत १६ जना प्रहरी निलम्बन गर्न प्रहरी प्रधानकार्यालयलाई सिफारिस गरेको छ। , ती प्रहरीले बरामद सुन बाँडिचुँडी लिएको र सोको प्रमाण नष्ट हुन सक्ने सम्भावना देखेपछि अख्तियारले उनीहरूलाई निलम्बन गर्न भनेको हो।, ,... |
सेतोपाटी संवाददाता शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक सल्लाहकार अमृतकुमार घलेले बन्धक बनाएर १७ वर्षीया किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको खुलेको छ। ५२ वर्षका घलेले किशोरीलाई आफ्नो कोठामा चार दिन बन्धक बनाएर बलात्कार गरेको भन्ने सूचना पाएपछि गत फागुन १ गते प्रहरीले पक्राउ गरेको थियो।, सिन्धुलीकी ती किशो... |
नारायण महर्जन शेर्पा समुदायले ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी मनाएका छन्।, बुधबार काठमाडौंको बौद्धमा शेर्पा समुदायले मौलिक पहिरनमा साँस्कृतिक झाँकी समेत प्रदर्शन गरेका थिए।, ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाइन्छ।, मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घ... |
युवराज श्रेष्ठ नेपाली सेनाले पोखराको रानीपौवामा ५० बेड क्षमताको ‘मिलिटरी अस्पताल पोखरा’ संचालनमा ल्याएको छ।, सैनिक कल्याणकारी कोषको १६ करोड रुपैयाँ लगानीमा निर्माण भएको अस्पताल साढे ४ रोपनी क्षेत्रफलमा फैलिएको नेपाली सेनाका इन्जिनियर निश्चलजंग रायमाझीले जानकारी दिए।, अस्पतालको बुधबार एक कार्यक्रमकाबीच प्रधानसेनापति पू... |
सेतोपाटी संवाददाता नवाङ पासाङ शेर्पा लागुऔषधसहित पक्राउ परेका छन्। नवाङ यति समूहका सदस्य हुन्। , गत माघ १८ गते प्रहरीले नवाङसहित चार जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको थियो। , पक्राउ परेका उनीहरूको बुधबार जिल्ला अदालतमा बयान भएको छ। , ‘पक्राउ परेका चारजना मध्ये तीन जनाको बयान भएको छ’, काठमाडौं जिल्ला अदालतका श्रेष्ते... |
सुजना ढकाल रूकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १० का गोविन्द केसी हिजोआज सम्मान थाप्न व्यस्त छन्।, आफू पढेको विद्यालय, क्याम्पस मात्र होइन गाउँपालिकाले पनि उनीहरूलाई उज्ज्वल भविष्यको शुभकामनासहित बधाई दिइरहेका छन्।, सम्मान पाउनेमा केसी मात्र होइन उनका सहपाठी ललित भण्डारी पनि छन्। गाउँकै विद्यालयबाट एसएलसी पास ... |
एजेन्सी नियन्त्रण गर्ने अन्तराष्ट्रिय प्रयासका बाबजुद इटालीमा कोरोनाभाइरस संक्रमणको मामिला चार सय पुगेको छ।, बितेका २४ घण्टामा इटालीमा यो दर २५ प्रतिशतले बढेको हो।, अन्य युरोपेली राष्ट्रले पनि कोरोना संक्रमणको मामिला सार्वजनिक गरेका छन्। उनीहरूले ती संक्रमण इटालीबाट सरेको जनाएका छन्। बुधबार विश्व स्वास्थ्य संगठनले चीन... |
एजेन्सी बेलायती राजपरिवारको शाही हैसियत त्यागेका तत्कालीन राजकुमार ह्यारीले आफूलाई 'ह्यारी' मात्रै भन्न आग्रह गरेका छन्। , शाही हैसियत त्यागेपछि सार्वजनिक कार्यक्रममा आम नागरिकको रूपमा सहभागी हुन थालेका ह्यारीले बुधबार आयोजित एक कार्यक्रममा आफूलाई 'ह्यारी' मात्रै भन्न आग्रह गरेका हुन्। , आफूहरूले नै चाहेर शाही पदवीबाट... |
सेतोपाटी संवाददाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले सेवाग्राहीसँग घुस लिँदै गर्दा रुपन्देहीमा दुईजनालाई पक्राउ गरेको छ।, अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालका अनुसार रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नं. ५ का अध्यक्ष श्रवणकुमार यादव र उच्च अदालत बुटवल इजलासका सरकारी वकिल कार्यालय सहयोग... |
सेतोपाटी संवाददाता चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसको संक्रमण ब्राजिलमा समेत देखा परेको छ। आफ्नो ६१ वर्षिय नागरिकलाई कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी गराएको हो।, संक्रमित व्यक्ति यहीँ महिना कामको सिलसिलामा १४ दिन इटालीमा बसेर ब्राजिल फर्केका थिए। बुधबारसम्म इटालीमा मात्र कोरोनाभाइरस... |
रासस पश्चिमी न्यून चापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, उक्त न्यून चापीय प्रणाली बुधबार बेलुकाबाट बाहिरिएकाले मौसममा सुधार भएको मौसमविद् मञ्जु बासीले बताइन्।, ‘आज र भोलि देशभर वर्षा हुने सम्भावना छैन,’ उनले भनिन्।, बिहान उपत्यकामा बाद... |
युवराज श्रेष्ठ कास्कीको सीमा जोडिएको लमजुङको ईशानेश्वरमा यस्तो समूहसँग भेट भयो, जो शिवरात्रि अवसर पारेर व्यापार गर्न आएको थियो।, हिमाली भेगबाट झरेका उनीहरू पहिलोचोटि यहाँ आएका होइनन्। आठ वर्षदेखि यसैगरी शिवरात्रिको छेकमा यही ठाउँ व्यापार गर्न आउँदा रहेछन्। बर... |
सेतोपाटी संवाददाता कोभिड-१९ को संक्रमण देखिएपछि जापानी तटमा क्वारेन्टाइनमा राखिएको डाइमण्ड प्रिन्सेस क्रुजसिपभित्र रहेका एक नेपालीलाई भारतको नयाँदिल्ली ल्याइएको छ।, पानीजहाजभित्र रहेका भारतीय नागरिकलाई उद्धार गर्न गएको एयर इन्डियाको जहाजले ती नेपालीको पनि उद्धार गरेको नयाँ दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडा... |
सेतोपाटी संवाददाता सरकारले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ।, एक वर्ष अघि ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अधिकारीको पहिलो स्मृति दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्... |
सेतोपाटी संवाददाता कार दुर्घटनामा परेर पूर्वउपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनाली घाइते भएका छन्।, महोत्तरीको बर्दिवासस्थित रातु पुलमा मैनाली सवार बा४च २१२० नम्बरको कारलाई ना४ख ७६६८ नम्बरको पिकअप भ्यानले बिहीबार दिउँसो ठक्कर दिएको हो।, मैनालीसहित पाँच जना घाइतेको जनसेवा अस्पताल बर्दिवासमा प्राथमिक उपचार... |
नारायण महर्जन प्रत्येक पाँच वर्षमा हुने सम्यक महादान पर्व बुधबारबाट सुरू भएको छ। फागुन शुक्ल तृतीयाको दिन आयोजना हुने यो पर्व ‘दिपंकर पर्व’ नामले समेत प्रचलित छ।, पाटनका विभिन्न महाविहारका १ सय २६ बुद्धहरू महादानमा रहेको हिरण्यवर्ण महाविहार सुधार समितिका सदस्य कमलराज शाक्यले बताए। उनका अनुसार याे करिब सात सय वर्षदेखि ... |
नारायण खड्का गत वर्ष दाङको बबई गाउँपालिका वडा नम्बर ५ की ३२ वर्षीया खिमा वली रूखबाट लडेर घाइते भइन्।, स्याउला काट्न रूख चढेकी उनी त्यसपछि न उभिन सकिन् न त हिँडन् नै। बबरपुरस्थित काठको घरमा उनका चौबिसै घन्टा भुइँमा लडेरै बित्छन्।, वर्षदिन अघिसम्म खेतीपाती, वस्तुभाउको रेखदेख अनि घरदैलोको काम उनकै काँधमा थियो।, अचेल यी स... |
सेतोपाटी संवाददाता महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ३ कालापानीमा कार दुर्घटनामा परेका नेकपा मालेका महासचिव सीपी मैनालीलाई लिन नेपाली सेनाको हेलिकप्टर पठाएको छ।, बिहीबार दिउँसो मैनाली सवार बा४च २१२० नम्बरको कारलाई ना४ख ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा पाँच जना घाइते भएका थिए।, मैनालीको टाउको र खुट्टामा चोट... |
सेतोपाटी संवाददाता नेकपा सचिवालय सदस्य इश्वर पोखरेलले पार्टीमा देखिएको गज्याङमज्याङबाट विचलित नहुन आग्रह गरेका छन्।, बागमती प्रदेशका नेकपा कार्यकर्तालाई सम्बोधन गर्दै पोखरेलले आफूमाथि जति आकाश छ, त्यति मात्रै थाम्न सुझाव दिए।, ‘पार्टीभित्रको समस्यालाई लिएर धेरै चिन्ता नलिनुस्, आफू माथि जति आकाश छ त्यति नै थाम्ने हो’ उ... |
सेतोपाटी संवाददाता मंगलबार बानेश्वरको अर्पण भोजघरमा विवाहको कार्यक्रम थियो। भोजघरको गेटमा लेखिएको थियो 'आश्रय बस्नेत वेड्स........'।, छोरीको विवाह भएकाले केटीपक्षलाई भ्याइनभ्याइ थियो। जन्ती एघार बजे आइपुग्ने तय थियो।, आफन्तहरू आउनेक्रम सुरू भइसकेको थियो।, केटीको विवाह डाक्टरका छोरा इन्जिनियरसँग हुँदै थियो। त्यसैले पन... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिका-३ स्थित विष्णु धाम खुडकिला निर्माण उपभोक्ता समितिका अध्यक्षविरूद्ध आरोपपत्र दायर गरेको छ।, उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर विष्टले विष्णु धाम मन्दिरमा खुडकिला निर्माणको लागि नगरपालिकाबाट चार लाख ५० हजार... |
सेतोपाटी संवाददाता फ्रान्स पठाइदिने आश्वासनमा ३८ लाख ५० हजार ठग्ने एक महिला पक्राउ परेकी छिन्।, मंगलबार अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले ४३ वर्षीया पुर्णिमा श्रीषलाई पक्राउ गरेको हो। , रुपन्देही दूधराक्ष गाउँपालिका ५ मा घर भइ काठमाडौं तारकेश्वर नगरपालिका १९ बासुकिनाग मार्ग मनमैजुमा उनी आफ्ना श्रीमानसँग बस्दै आ... |
सेतोपाटी संवाददाता कालिकोटमा जीप खस्दा चालक बेपत्ता भएका छन्। कालिकोटको जीतेगडामा जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।, जिल्लाको रास्कोटबाट यात्रु ल्याएर जीतेगडा झारेको लु १ ज ४१४१ नम्बरको जीप रास्कोटतर्फ फिर्ता हुन ब्याक गर्ने क्रममा जीप कर्णाली नदीमा खसेको कालिकोटका प्रहरी प्रमुख डिएसपी... |
सेतोपाटी कला अभिनेत्री आँचल शर्माले प्रेमी डा.उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छिन्।, शर्मा र श्रेष्ठले सोमबार काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा इन्गेजमेन्ट गरेका हुन्।, उनीहरुको विवाहको मिति भने सार्वजनिक भएको छैन्। उनीहरुको फागुन अन्तिम साता विवाह हुने बताइएको छ।, दुवैले डेढ वर्ष लामो प्रेम सम्बन्धलाई... |
सेतोपाटी संवाददाता तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित उच्च पदस्थको निधन भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको छानविन समितिले निष्कर्ष निकालेको छ।, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको प्रतिवेदनले उक्त दिनको खराब मौसममा पाइलटले ... |
सेतोपाटी संवाददाता दाङमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।, गाडीको ठक्करबाट राप्ती गाउँपालिका वडा नं. ३ का ४९ वर्षीय लोकमणि पाण्डेको मृत्यु भएको छ।, पूर्वपश्चिम राजमार्ग अन्तर्गत मसुरियामा पैदल हिँडिरहेका पाण्डेलाई पहिचान हुन नसकेको गाडीले सोमबार राति पौने ११ बजेतिर ठ... |
सेतोपाटी संवाददाता काठमाडौंको बाफलमा श्रीमानले श्रीमतीमाथि एसिड आक्रमण गर्दा सालीको आँखामा परेको छ।, आइतबार राति श्रीमान शिव रम्तेल र उनकी श्रीमती सुनिताबीच झगडा भएको थियो। झगडाकै क्रममा शिवले शौचालयमा प्रयोग गर्ने फिनायल एसिड भएको बोत्तलले सुनितामाथि हानेका थिए।, प्रतिकार गर्ने क्रममा सुनिताकी बहिनी विमला नेपालीको आँ... |
एजेन्सी कोभिड-१९ भाइरसबाट संक्रमितको संख्या डरलाग्दो तरिकाले बढेपछि दक्षिण कोरियाले दुई लाख मानिसमा उक्त भाइरस भए/नभएको परीक्षण गर्ने भएको छ।, कोरियाको थेगु सहरमा रहेको सिन्चेन्जी चर्चबाट भाइरस फैलिएको देखिएपछि सरकारले उक्त चर्चका सबै सदस्यको परीक्षण गर्न लागेको हो।, सिन्चेन्जी चर्चका कोरियाभरि रहेका शखामा दुई लाख मान... |
सेतोपाटी संवाददाता काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१२ कपन खरिबोटबाट रेड पाण्डाको छालासहित चार जना पक्राउ परेका छन्।, महानगरीय अपराध महाशाखाको टोलीले सोमबार दिउँसो साढे तीन बजे छालासहित चार जनालाई पक्राउ गरेको हो।, प्रहरीले काठमाडौंको कपन खरिबोटमा दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला अवैध रूपमा ओसारपसार गरी विक्री/वितरण... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त महाराजगन्जको प्रहरी टोलीले बुढानिलकण्ठबाट सामूहिक बलात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।, सामूहिक बलात्कार गरेको अभियोगमा महाराजगन्ज वृत्तको टोलीले दुईलाई पक्राउ गरेको हो।, महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख डिएसपी उमेश लम्सालका अनुसार सुनसरी इटहरीकी ३४ वर्षी... |
गिरीश गिरी कोठाभित्र पस्नेबित्तिकै एउटा परिचित शरीर देखियो। स्थिर पल्टेको। त्यति प्रखर कवि यस्तो चिसो गरी बाँच्न विवश हुनेछिन् भन्ने कसलाई लागेको थियो?, डिमेन्सियाबाट अल्जाइमर्सतर्फ बढेको उनको मस्तिष्कले सम्झनाहरू भेटाउन छाडेको छ। त्यसैले आँखा उही भए पनि देखिएका कुरा विराना लाग्छन्।, उनी एकोहोरो टोलाएर हेर्न थालिन्। च... |
सेतोपाटी संवाददाता सोमबार साँझ कंलकी दुर्घटनामा परी घाइते भएकाको पहिचान खुलेको छ।, सोमबार एउटा ब्रेक फेल भएको ट्रकले ठक्कर दिँदा दर्जन बढी सवारी साधनमा क्षति पुगेको थियो।, घाइते हुने रोल्पा-७ घर भएका २१ वर्षीय राहुल बुढाथोकी, गोरखा आरुघाट घर भएका ४७ को जित बहादुर गुरुङ ,दोलखा घर भएका भीमेश्वर-९ घर भएका ४२ वर्षीय गणेश ... |
सेतोपाटी संवाददाता फेवातालमा डुंगा सवारका क्रममा सोमबार बेपत्ता भएका काठमाडौं १० कपनका सुमित भन्ने रामशरण लुइँटेलको शव फेला परेको छ।, गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएका उद्धार टोलीले खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो रामशरणको शव फेला पारेको प्रदेश प्रहरी कार्यालयका पोखराका प्रहरी नायब उपरीक्षक राजेन्द्र... |
सेतोपाटी संवाददाता अख्तियार दुरुपयोग अनुसन्धान अयोगले बेसीशहर नगरपालिकामा कार्यरत एक कर्मचारीलाई नक्कली शौक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा चलाएको छ।, नगरपालिकामा नायब सुब्बा तहमा ‘टाइपिष्ट’को रुपमा कार्यरत गिता अधिकारीविरुद्ध मंगलबार अख्तियारले विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।, ,बिहार विद्यालय प... |
सेतोपाटी संवाददाता कर्णाली प्रदेशमा प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया सुरू भएको छ। पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय बनाउन सरकारले प्रक्रिया अगाडि बढाएको छ।, कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रादेशिक प्रविधि विश्वविद्यालय स्थापनाका लागि सम्बन्धित विधेयक तयार पार्न सामाजिक विकास मन्त्रालयला... |
सेतोपाटी संवाददाता सिराहाको लाहान नगरपालिका १९ छर्रापट्टीबाट १९ तोला ९७ लाल अवैध सुनसहित दुई जना पक्राउ परेका छन्।, मंगलबार बिहान आठ बजे इलाका प्रहरी कार्यालय लाहानबाट खटिएको टोलीले लाहान नगरपालिका १९ छर्रापट्टी बस्ने २४ वर्षीय मोहमद मोतिउल रहमान र सोही स्थानका २१ वर्षीय मोहमद मुर्तुजालाई पक्राउ गरेको हो।, उनीहरुबाट प... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन प्रहरी नायव उपरीक्षक त्रिलोकबहादुर चन्दसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको छ।, लेखापाललाई दबाब दिई लाखौँ रुपैयाँ सरकारी रकम निकाल्न लगाई आफ्नो घर खर्च चलाउने साथै निजहरुले सिपाहीको नाममा नक्कली ... |
सेतोपाटी संवाददाता संसारकै वृद्ध पुरुषका रूपमा हालै विश्व कीर्तिमान कायम गरेका जापानी नागरिक चितेत्सु वातानाबीको निधन भएको छ।, ११२ वर्षको उमेरमा उनको आइतबार निधन भएको शवगृह सेवाले मंगलबार मात्रै पुष्टि गरेको हो। उनको मृत्युको कारण भने खुलाइएको छैन।, चितेत्सु वातानाबी विश्वकै वृद्ध पुरुषको प्रमाणपत्र लिँदा खुसी देखिन्थ... |
सेतोपाटी संवाददाता नेपाली सेनाका उपरथी इश्वर हमाल फोर्स कमाण्डर छनोट भएका छन्। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सिरिया र इजरायलको सीमा गोलानहाइट क्षेत्रमा तैनाथ शान्ति मिसन (अनडोफ)को फोर्स कमाण्डरको जिम्मेवारी हमालले पाएका हुन्।, त्यहाँ तैनाथ संयुक्त राष्ट्रसङ्घीय शान्ति पर्यवेक्षण सैनिक कमाण्डर (युएन डिस्इङ्गेजमेन्ट अब... |
सेतोपाटी संवाददाता इरानका कार्यवाहक स्वास्थ्यमन्त्री इराज ह्यारिचीलाई नै कोरोनाभाइरसको संक्रमण देखिएको छ।, ह्यारिचीले आफ्नो मुलुकलाई कोरोनाभाइरस नियन्त्रणका लागि सरकारका तर्फबाट परामर्श दिन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए।, इरानको स्वास्थ्य मन्त्रालयले मंगलबार ह्यारिचीलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्ट... |
अनुषा अधिकारी महिनावारीका कुराः ,समाजवादी पार्टीकी केन्द्रीय सदस्य मानुषी यमी भट्टराई १४ वर्षको उमेरमा पहिलो पटक महिनावारी भएकी थिइन्। त्यो बेला नेपालमा माओवादी युद्ध चलिरहेको थियो। उनका बुवा बाबुराम भट्टराई र आमा हिसिला यमी भूमिगत थिए। मानुषी पनि उनीहरूसँगै 'भूमिगत' थिइन्।, 'मलाई याद भएसम्म त्यो बेला म सिक्किमतिर थिए... |
युनिक श्रेष्ठ शमशेर गुरुङले दुई महिनाअघि मात्रै बाह्रचक्के ट्रक चलाउन थालेका थिए।, यसअघि लामो समय विदेशमा काम गरेर फर्केका उनले सुरूमा सानातिना गाडी चलाए। दुई महिनाअघि थानकोट, वाडभन्ज्याङको भुटनदेवी वर्कसपमा जागिर खाएपछि त्यही कम्पनीका लागि ट्रक चलाउन थाले।, जीवनको अन्त्य पनि ट्रकबाटै होला भन्ने सायदै उनले सोचेका थिए।... |
युवराज श्रेष्ठ कास्कीको सीमा जोडिएको लमजुङको ईशानेश्वरमा यस्तो समूहसँग भेट भयो, जो शिवरात्रि अवसर पारेर व्यापार गर्न आएको थियो।, हिमाली भेगबाट झरेका उनीहरू पहिलोचोटि यहाँ आएका होइनन्। आठ वर्षदेखि यसैगरी शिवरात्रिको छेकमा यही ठाउँ व्यापार गर्न आउँदा रहेछन्। बरू अघिल्ला वर्ष ५–७ जनाको समूहम... |
एजेन्सी इजिप्टको चर्च र प्रहरी सुरक्षा जाँचस्थलमा विस्फोट गराएको भनी अभियोग लागेका आठ जनालाई मृत्युदण्ड दिएको न्यायिक तथा स्वास्थ्य स्रोतले मङ्गलबार जनाएको छ।, गत वर्ष मृत्युदण्डका लागि सजाय सुनाइएका उनीहरूले सन् २०१८ को मे मा आफूहरूलाई दिइएको मृत्युदण्डमाथि पुनरावलोकनका लागि अन्तिम पुनरावेदन गर्न पुगेपनि अदालतले त्यस... |
सेतोपाटी काठमाडौँको कपनबाट रेड पाण्डाको छालासहित पक्राउ परेका चार जनालाई महानगरीय अपराध नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको छ।, दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला अवैधरुपमा ओसारपसार गरी अवैध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा खोजतलासमा निस्किएको महाशाखाको टोलीले उनीहरुलाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१२ कपनबाट ... |
सेतोपाटी संवाददाता पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, देशको पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावले बदलीसँगै वर्षा भइरहेको मौसम... |
सेतोपाटी म्याग्दीको उच्च पहाडी बस्तीहरुमा मङ्गलबार सातौँ पटक हिमपात भएको छ।, सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवनका साथै विकास निर्माणका योजनाहरु प्रभावित भएका छन्।, धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मङ्गलाको टोड्के, झाँक्रीपानी, रघुगङ्गा गाउँपालिकाको रुइसे, भगवती, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको घ... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान चलाउने भएका छन्।, उक्त अभियानको औपचारिक घोषणा बिहीबार दिउँसो क्रिस्टल पार्टी भेन्यु बिजुलीबजारमा गरिनेछ। उक्त अभियानमा पूर्वरक्षा सचिव देवेन्द्र सिटौला, अभियन्ता ज्ञानेन्द्र शाहीलगायत छन्।, ‘देशमा भएका विकृति, बिसंगति, भ्रष्टा... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेतका एक जना सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षविरूद्ध मुद्दा दायर गरेको छ।, चौकुने गाउँपालिका–१ स्थित कोटदरबार सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष बलबहादुर कठायतविरूद्ध अख्यिारले बुधबार मुद्दा दायर गरेको हो।, ७९ हजार रुपैयाँ बिगो कायम गरी उनीम... |
एजेन्सी फ्रान्समा कोभिड-१९ को संक्रमणबाट पहिलो पटक फ्रान्सेली नागरिकको मृत्यु भएको छ।, बुधबार फ्रान्सकै ६० वर्षीय नागरिकको मृत्यु पुष्टि भएको हो। राति उनलाई गम्भीर अवस्थामा पेरिस अस्पतालमा पुर्याइएको थियो।, यसअघि फ्रान्समा कोभिड-१९ को संक्रमणबाट ८० वर्षीय चिनियाँ नागरिक भ्रमणमा रहेको बेला मृत्यु भएको थियो।, फ्रान्सम... |
विवेक राई चीनको वुहानबाट १ सय ७५ जना नेपालीलाई उद्दार गरेर ल्याएको दुई साता नबित्दै अब नेपालीको ध्यान फेरि कोरियाको थेगु प्रान्ततिर मोडिएको छ।, राजधानी सियोलबाट ३ सय किलोमिटर दक्षिणमा रहेको सो प्रान्तमा आइतबारसम्म साढे पाँच सय व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने पाँच जनाको मृत्यु भइसकेको छ। पोखराका मेघराज सु... |
समिक्षा अधिकारी पाटन संग्रहालयभित्र मूलचोकबाट सुन्दरीचोक जाँदै गर्दा कानमा कुनै आवाज ठोक्किन्छ, टाकटाक-टुकटुक। केही खोपेजस्तो, केही ठोकेजस्तो, केही कुँदेजस्तो त्यो एकनासे आवाज पछ्याउँदा एउटा कोठामा पुगिन्छ।, कोठाभित्र ठूलो टिभी चलिरहेको छ। टिभीमा केही मानिस काठको काम गरिरहेका देखिन्छन्। काठमा बुट्टा कुँदिरहेका छन्। , ... |
सेतोपाटी संवाददाता मिथिलाञ्चलको धार्मिक एवं ऐतिहासिक १५ दिने मिथिला मध्यमा परिक्रमा आजदेखि सुरू भएको छ।, धनुषाको मिथिलाबिहारी नगरपालिकामा रहेको मिथिलाबिहारीको मन्दिरबाट भगवान् मिथिलाबिहारीको डोला उठेपछि मात्रै १५ दिने मिथिला मध्यमा परिक्रमाको सुरूआत हुन्छ।, यसपालि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण... |
सेतोपाटी संवाददाता पोखरा महानगरपालिका २७ लेखनाथमा बाल विशेष अस्पताल बनाउन सम्झौता भएको छ।, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार एक कार्यक्रमबीच पोखरा महानगरका प्रमुख मानबहादुर जिसी र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष डा. भगवान कोइरालाले सम्झौता पत्रमा हस्ताक्षर गरेका... |
सेतोपाटी संवाददाता शिवरात्रिमा साथीले चुम्बन गरेको भिडिओ बनाएको भन्दै प्रहरीले सूर्यविनायक नगरपालिका-५ कटुञ्जेबाट तीन जनालाई पक्राउ गरेको छ।, साथीहरूले भिडिओ बनाएको भन्दै पीडित किशोरीले कटुञ्जे प्रहरी कार्यालयमा बताएकी थिइन्।, पछि प्रहरीले तीन जनालाई पक्राउ गरी शनिबार महानगरीय प्रहरी वृत्त, जगातीलाई बुझाएको थियो।, पीड... |
नारायण खड्का सल्यानमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएकी एक किशोरीको घटना अनुसन्धान गर्न प्रहरीले पोलिग्राफको टेस्ट सुरू गर्ने भएको छ।, जिल्लाको त्रिवेणी गाउँपपालिका वडा नं. १ तल्लो काभ्रा निवासी १७ वर्षीया कविता बोहराको फागुन २ गते मध्यरातमा घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।, घटनाबारे अनुसन्धान गर्... |
सेतोपाटी संवाददाता प्रहरी बर्दीमा पस्तोल देखाएर टिकटक बनाउने प्रहरी सईलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा बोलाइएको छ।, भक्तपुरमा कार्यरत प्रहरी सई रत्नबहादुर थापा र उनकी श्रीमतीको बर्दीमै टिकटक भिडिओ सार्वजनिक भएपछि डिआइजी विश्वराज पोखरेलले कार्यलयमा बोलाएका हुन्।, ‘दुवै प्रहरीलाई मैले कार्यालयमा बोलाएको छु, यता ... |
सेतोपाटी संवाददाता इरानमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या छ पुगेको छ।, इरानको मर्कजी प्रान्तको गभर्नर अलि अघाजादेहका अनुसार शनिबारसम्म मृत्यु हुनेको संख्या छ पुगेको हो। , मृत्युको संख्या बढेपछि विद्यालय, विश्वविद्यालय र साँकृतिक केन्द्रहरु बन्द गरिएको छ। , त्यहाँ अहिलेसम्म २८ जनामा संक्रमण रह... |
युनिक श्रेष्ठ प्रहरी बर्दीमा टिकटक बनाएको भिडिओ भाइरल भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सई रत्नबहादुर थापालाई कारबाही गर्ने भएको छ।, थापामाथि कारबाही गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा बोलाइएको डिआइजी विश्वराज पोखरेलले बताए।, भक्तपुरस्थित सुँडाल प्रहरी कार्यालयमा इञ्चार्जका रूपमा कार्यरत थापाको ठाउँमा ... |
सेतोपाटी संवाददाता हिमाली जिल्ला मुस्ताङ घुम्न आएका ६६ वर्षीय मलेसियन नागरिक राजलिङ्गमको मृत्यु भएको छ।, मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका १ रानीपौवामा बिहान साढे १० बजे उनी मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्कने क्रममा बेहोस भएर ढलेका थिए।, उपचार गर्न जिल्ला अस्पताल जोमसोम पुर्याउँदा अस्पतालले उनलाई मृत घोषणा ... |
नारायण महर्जन नेपाल भ्रमण वर्षको अवसर पारेर ललितपुरको खोकनामा ‘खोकना महोत्सव’ सम्पन्न भएको छ।, ललितपुर महानगरपालिका र २१ नं. वडाको सहयोगमा शुक्रबार, शनिबार र आइतबार मेला आयोजना गरिएको हो। महोत्सवमा खोकनाको प्राचीन तथा मौलिक संस्कृति, सम्पदा, कला झल्किने कार्यक्रमहरू गरिएको थियो।, त्यस्तै, नेवारी खाना खाजाका परिकार, स्... |
एजेन्सी टर्की र इरानको सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा आठ जनाको मृत्यु भएको छ।, आइतबार बिहान स्थानीय समय अनुसार सवा नौ बजे टर्कीको आन्तरिक मन्त्री सुलेमान सोयलुका अनुसार ५.७ म्याग्निच्युडको भूकम्प गएको हो।, भूकम्पबाट तीन बालबालिकासहित आठ जनाको मृत्यु भएको बताइएको छ साथै २१ जना घाइते भएको र त्यसमध्ये आ... |
एजेन्सी सामाजिक सञ्जालमा एक नवजात शिशुको तस्वीर यतिबेला भाइरल भइरहेको छ।, शिशुलाई डाक्टरले रुवाउन खोज्दा उसले बनाएको अनुहारको प्रतिक्रिया कैद तस्वीरले अहिले चर्चा पाएको हो।, फेब्रुअरी १३ तारिखका दिन इसाबेला परेइरा दि जेससको जन्म ब्राजिलको रियो दि जनेइरो अस्पतालमा अपरेसनबाट भयो।, फोक्सोले काम गरेको छ/छैन जाँच्न प्रसूती... |
नारायण महर्जन चीनबाट फैलिएको कोभिड-१९ को त्रास संसारभर फैलिएको छ। कोभिड-१९ को संक्रमणले विश्व आक्रान्त छ। चीनमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या २ हजार ४ सय नाघेको छ भने संक्रमित हुनेको संख्या ७६ हजार नाघेको छ। यसै सन्दर्भमा कोभिड- १९ विरूद्ध लडिरहेको चीनलाई समर्थन गर्न काठमाडौंको बसन्तपुरमा दीप प्रज्वलन गरिएको छ।, क... |
सेतोपाटी संवाददाता सूर्यविनायक–जडिबुटी सडकखण्डमा निजी र सार्वजनिक तथा मालवाहक सवारीसाधनको छुट्टाछुट्टै लेन हुने भएको छ।, आउँदो १४ गते बुधबारदेखि सुर्यविनायक–जडिबुटी सडक खण्डमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने सवारीसाधन बायाँ लेनबाट र निजीको लागि दाहिने लेन मात्र चलाउन पाइने छ।, आइतबार महानगरीय ट्राफिक प्रहरी महाश... |
विवेक राई गत शनिबार कोरोनाभाइरसका कारण कोरियाको थेगुमा एकजना कोरियन नागरिकको मृत्यु भयो। उनी थेगुको एक मोटर पार्टस् कम्पनीका चालक थिए।, सोही कम्पनीमा काम गर्ने १६ जना नेपालीअहिले स्वदेश आउन चाहिरहेका छन्। आफ्नै सहकर्मीको कोरोनाभाइरसका कारण मृत्यु भएपछि उनीहरुले आफूलाई असुरक्षित महसुस गर्न थालेका हुन्।, एक कामदारले थेग... |
रासस नेपाल प्रहरीले खैरो हिरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना७ख ५७०२ नम्बरको यात्रुबाहक बसमा ४.२६ ग्राम खैरो हिरोइन लुकाएर ल्याएको अवस्थामा झापा शिव सतासी नगरपालिका–११ की २३ वर्षीया वीना डाँगीलाई आइतबार साँझ पक्राउ गरेको... |
एजेन्सी दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण तीब्र रुपमा फैलिएको पाइएको छ।, केहीदिनदेखि सङ्क्रमितहरुको संख्या बढ्दै गएकोमा शनिबार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५६ पुगेको छ। , त्यसैगरी मृत्यु हुनेको संख्यामा पनि दुई जना थपिएर चार जनाको मृत्यु भएको अधिकारीहरुले ज... |
सेतोपाटी संवाददाता एक्स्पोमा सहभागी गराउन तुलसीपुर उपमहानगरपालिकाले सोमबार विद्यालयमा सार्वजनिक बिदा दिएको छ।, दाङको तुलसीपुरस्थित बेलझुण्डी रंगशालामा प्रदेश सरकारले फागुन १० गतेदेखि १२ गतेसम्म प्रदेश एक्स्पो आयोजना गरेको छ।, त्यही एक्स्पोमा विद्यार्थी लैजान तुलसीपुर क्षेत्रका विद्यालयलाई बिदा दिइएको उपमहानगरपालिकाका ... |
सेतोपाटी संवाददाता सिन्धुलीको गोलन्जोर गाँउपालिका ७-पलाँसेस्थित वीपी राजमार्गमा गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।, सोमबार बिहान साढे सात बजे गाडीले पैदलयात्री स्थानीय ५५ वर्षीय नन्दलाल श्रेष्ठलाई ठक्कर दिँदा घटनास्थमै मृत्यु भएको हो।, गाडीले श्रेष्ठलाई ठक्कर दिएर भागेपछि आफन्तहरूले करिब ६ घण्टा राजमार्ग अ... |
राकेश यादव मधेश आन्दोलनका क्रममा सहिद भएका परिवारहरुलाई प्रदेश २ सरकारले दिएको जागिर खोसिएको छ। दुई महिनादेखि जागिर नभएपछि आफूहरु विचल्लीमा परेको उनीहरुले गुनासो गरेका छन्। , मधेस आन्दोलनका क्रममा मधेसी दलका नेताहरुले सहिद परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति र रोजगारी दिने घोषणा गरेका थिए। तर प्रदेश सरकारले अहिले एउट... |
भगवती पाण्डे रुपन्देहीको बुटवलकी रिना राना यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको अधिकारको क्षेत्रमा सक्रिय निलहिरा समाज रुपन्देहीमा काम गर्छिन्।, मेला महोत्सव तथा पर्व र अवसरहरूमा आयोजित साँस्कृतिक कार्यक्रममा आकर्षक नृत्य समेत प्रस्तुत गर्दै आएकी रिना आफू पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायभित्र पर्छिन्।, सधैंजसो आफ्नै... |
सेतोपाटी संवाददाता सुर्खेतको भेरीगंगा नगरपालिकामा कार्यरत खानेपानी तथा सरसफाइ टेक्निसियन चित्रबहादुर केसीलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरिएको छ।, वडा नम्बर ११ को तल्लो बराहस्थित झोलुंगे पुल निर्माण कार्य सम्पन्नपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा केसीलाई पक्राउ गरिएको अ... |
सेतोपाटी संवाददाता बाराको महागढीमाई नगर समूह र समाजवादी युवा संघबीच झडप हुँदा चार जना घाइते भएका छन्।, बिहीबार राति महागढीमाई नगर प्रमुख उपेन्द्रप्रसाद यादवको समूह र समाजवादी युवा संघका उपाध्यक्ष मुकेश कुसवाहको समूहबीच झडप भएको हो।, नगर प्रमुख यादवले नाला निर्माण नगरिदिएको भन्दै गत सोमबार उपाध्यक्ष कुसवाहले गुनासो गरे... |
एजेन्सी कोभिड-१९ भाइरस चीनका दुई जेलभित्र पनि देखिएको छ।, पूर्वी चीनको साङडोङ प्रान्तको एक जेलमा दर्जनौं कैदीहरूलाई कोभिड-१९ को संक्रमण देखिएपछि सरकारले उक्त प्रान्तका पार्टीका नेता र जेलका अधिकारीहरूलाई बर्खास्त गरेको छ।, जिनिङको रेन्चेङ जेलका गार्डलाई फेब्रुअरीको सुरूदेखि खोकी र अन्य लक्षण देखिएका थिए।, जेलभित्रका ... |
विवेक राई गत शनिबार चीनको बेइजिङबाट फर्केका टेकनबहादुर थापालाई कोरोनाभाइरस लागेको हुनसक्ने भन्दै दुर्व्यवहार गरेका प्रहरी निरीक्षक खेमराज रावत र छिमेकीले थापासँग आफ्ना व्यवहारका लागि माफि मागेका छन्।, सोमबार बिहान वडा कार्यालयमा टेकनसहित उनकी आमालाई बोलाएर प्रहरी र छिमेकीले माफी मागेको चन्द्रगिरि नगरपालिका-११ का वडाध्... |
नारायण महर्जन आज महाशिवरात्रि।, फागुन कृष्ण त्रियोदशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने भगवान शिवको अति प्यारो दिनका रूपमा लिइन्छ।, यस पर्वका दिन उपवास बसी रातभर जाग्राम गरेर शिवको प्रिय गाईको दूध, धतुरो र बेलपत्र चढाएमा सर्वसिद्धी लाभ भई यमलोक जा... |
निशा भण्डारी राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित विशेष समारोहमा सरिक भएकी छन्।, सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जली अर्पण गर्नाका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरिन्।,... |
सेतोपाटी संवाददाता दोलखाको कालिञ्चोक गाँउपालिका ९ सुन्दरावतिमा यात्रुबाहक बसको ठक्करबाट एक बालकको ज्यान गएको छ। , शिवरात्रिका अवसरमा पुजन थामी आफ्ना साथीहरुसँग डोरी टाँगेर बाटोमा बसेका थिए। , ११ बजेतिर हुइँकेर आएको बा ४ ख ५८०९ नम्बरको बसले थामीलाई ठक्कर दिएको हो।, बसले ठक्कर दिँदा बालकको घटनास्थमै मृत्यु भएको जिल्ला प... |
एजेन्सी चीनको एउटा प्रान्तका सबै कोरोना सङ्क्रमित विरामीलाई अस्पतालबाट घर फिर्ता गरिएको छ। , देशको उत्तरपश्चिमतर्फ पर्ने छिङ्हाई प्रान्तका कोरोना सङ्क्रमित सवै विरामी शुक्रबारसम्ममा अस्पतालबाट घर फिर्ता भएका हुन्।, शुक्रबार विहान अन्तिम दुई जनालाई स्वास्थ्यमा सुधार आएकाले अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको अस्पतालका अधिकार... |
समिक्षा अधिकारी पारिवारिक जिम्मेवारी, घर्किंदो उमेर, व्यापार-व्यवसाय वा जागिर। यी सबैमा बाँधिएपछि विश्वविद्यालय गएर पढ्ने फुर्सद कमै हुन्छ। फुर्सद नभए पनि ज्ञानको भोक कहाँ मेटिन्छ र! त्यसमाथि जागिरको बढुवामा अनुभवसँगै शैक्षिक योग्यता पनि त मूल्यांकन गरिन्छ!, यस्तै स–साना व्यस्ततालाई ध्यानमा राखेर संसारभरि खुला विश्ववि... |
सेतोपाटी संवाददाता कोभिड-१९ संक्रमित बिरामीका उपचार गर्न आफ्नो विवाह नै स्थगित गर्ने २९ वर्षीय डाक्टरको मृत्यु भएको छ।, चीनमा महामारीझैं फैलिएको कोभिड-१९ को संक्रमणका कारण स्वास्थ्यकर्मीहरू यस रोगको नियन्त्रण गर्न लागिपरेका छन्।, त्यहाँ स्वास्थ्यकर्मीहरू आफ्ना परिवार तथा साथीभाइहरूसँग छुट्टिएर कोभिड-१९ बाट संक्रमितहरू... |
सेतोपाटी संवाददाता प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ। मौसम बदलीका कारण बिहानैदेखि देशका अधिकांश विमानस्थलको सेवा अवरूद्ध भएको हो।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान अवरूद्ध भएका छन् भने अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।,... |
सबिना श्रेष्ठ गोमा र टंकबहादुर राउत चैनले निदाउन नसकेको वर्षौं भयो। उमेरले ६० छेको पुगेका उनीहरूको बेचैनी अनुहार र आँखा वरिपरिका काला घेराले प्रस्ट्याउँछ।, पक्षघातले थलिएका छोरा प्रदीपको छटपटी झन् कम्ता छैन्। बोल्न सक्थे त शब्दबाट अभिव्यक्त गरेरै चित्त बुझाउँथे। पक्षघातले उनको शरीर मात्र होइन, आवाजलाई पनि असर पारेको छ... |
युवराज श्रेष्ठ अरू समयमा खेतको बीचमा रहेको ईशानेश्वर महादेव मन्दिरमा खासै भीड लाग्दैन। खेतहरूमा पनि काम गर्ने मान्छे बाहेक देखिँदैनन्। शिवरात्रिमा भने मेलामाजस्तो मानिसको भीड देखिन्छ। यस्तो भीड जम्मा हुनुमा अनौठो विश्वास छ।, दिनभर निराहार ब्रत बस्ने र रातभर उभिएर ठाडो बत्ती बाल्दा सन्तान प्राप्ती हुन्छ भन्ने विश्वासले... |
सेतोपाटी विदेशबाट आयात हुने किताबमा दस प्रतिशत कर लगाउने सरकारी नीतिविरूद्ध केही समय यता आन्दोलन र फिर्ता गराउनुपर्ने अभियान चलिरहेको छ।, विभिन्न तह, तप्का र क्षेत्रबाट किताबमा लगाइएको कर फिर्ता हुनुपर्ने आवाज बढिरहेका बेलामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुस्त... |
एजेन्सी दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन्।, शुक्रवारसम्म २०४ व्यक्तिमा कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण पुष्टि गरेको दक्षिण कोरियामा थप २२९ जनामा भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएक... |
सेतोपाटी संवाददाता दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान गरिएको छ।, मौसमविद् शान्ति कँडेलका अनुसार नेपाल प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणाली प्रकृति हेर्दा अझै एक/दुई दिन रहने सम्भावना छ।, यसले मौसम पूर्णरूपमा सुधार आउन केही दिन लाग्ने देखिएको छ।, तथापी नेपा... |
दिपकजंग शाही ‘समृद्ध कर्णालीको दीगो आर्थिक विकासको आधारः अर्गानिक कृषि, पर्यटन, जलस्रोत र उद्योग हुन् पूर्वाधार’ भन्ने नारासहित सुर्खेतको वीरेन्द्रनगरमा दोस्रो कर्णाली एक्सपो (महोत्सव) चलिरहेको छ।, कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रवर्द्धन तथा सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा फागुन ६ ... |
सेतोपाटी संवाददाता अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता अभियानलाई सरकारले तिव्रता दिएको छ।, शनिबार काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ तीनकुने जागृतिनगरमा रहेको अतिक्रमित जग्गामा महागरले फिर्ता लिएको छ।, त्यसक्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य गणेश दुलाल र वडानम्बर ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीसहितको ट... |
निशा भण्डारी महाशिवरात्रिमा पशुपति क्षेत्रमा छुट्टै रौनक हुन्छ। त्यसमा पनि झन् यसपालि भने पशुपतिको स्वरूपनै परिवर्तन भएको थियो।, कारण – यस वर्ष पशुपतिनाथ मन्दिर र परिसरलाई करिब २ करोड बराबरको फूलले सजाइएको थियो।, पशुपतिनाथ मन्दिर र परिसरलाई साँच्चै बेहुलीझैं सजाइएको थियो। विभिन्न देशबाट ल्याइएका फूलबाट पशुपतिनाथ मन्दि... |
सेतोपाटी सप्तरी प्रहरीले लागुऔषधसहित चार जनालाई शनिबार पक्राउ गरेको छ।, सप्तरीको सुरुङ्गा नगरपालिका–१ नैनडाँवरडाँडा र बोदे बर्साइन नगरपालिका–९ स्वर्णपट्टीबाट चार जना पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ।, पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–६ का २२ वर्षीय आकाश परियार र २० वर्षीय आमोदकुमार महतो तथा शम्भुनाथ नगरपा... |
एजेन्सी इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ।, यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ।, इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएका छन्। इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ।, इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता ... |
राकेश यादव रौतहटको चन्द्रनिगाहपुरस्थित लमहा जंगलमा नेपाल प्रहरीको भ्यानलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा चार जना प्रहरी घाइते भएका छन्।, रौतहटका विभिन्न प्रहरी चौकीमा कार्यरत असईहरू सवार ना१ख १३३१ नम्बरको भ्यानलाई आइतबार विहान ना६ख ९६२५ नम्बरको ट्रकले ठक्कर दिएको हो।, असईहरू प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुर ... |
एजेन्सी नेपालबाट गएका हवाई यात्रुलाई भारतले कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण भए/नभएको स्क्यान गर्ने भएको छ।, भारतको शनिबार बसेको क्याविनेट सचिवस्तरीय बैठकले काठमाडौंबाट उड्ने विमानका यात्रुलाई भारतीय विमानस्थलमा युनिभर्सल स्क्रिनिङ गर्ने निर्णय गरेको हो।, नेपालसँगै इन्डोनेसिया, भियतनाम र मलेसियाबाट भारत पुगेका यात्रु... |
रासस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान भएको बस दुर्घटनामा २० यात्रु घाइते भएका छन्।, दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख २०६ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना५ख २८५६ नम्बरको बस एकापसमा ठोक्किदा दुबै बसमा सवार २० यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, घ... |
रासस सिन्धुपाल्चोकमा करेन्ट लागेर एक पैदलयात्रीको घटनास्थलमा मृत्यु भएको छ। सोही घटनामा अर्का एक जना घाइते भएका छन्।, मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका– ४ शिरिसेका २२ वर्षीय सार्की शेर्पा र बाह्रबिसे नगरपालिका– १ घोर्थलीका पप्पु गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ... |
रासस प्रदेश नम्बर ५ मा अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ।, प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याइ दाङको बेलझुण्डीमा शनिबारदेखि सुरु भएको प्रदेश एक्स्पोमा राखेको छ।, आधुनिक शैलीबाट खेती गर्न उक्त ड्रोन भित्र्याएको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.