content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानगरीय अपराध महाशाखा टेकु अन्तर्गत कारागार कार्यालय, सुन्धारामा कार्यरत प्रहरी सहायक निरीक्षक विरुद्ध आरोपपत्र दायर गरेको छ। , आइतबार अख्तियारले प्रहरी सहायक निरीक्षक उमेश केसी विरुद्ध ६० लाख बिगो कायम गरी विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। , केसीले महा... |
भगवती पाण्डे बुटवल उपमहानगरपालिकाले नगरको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जिआइएसका आधारमा घर नम्बरिङ गरेको छ। विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक गर्दै पूरा भएका घरमा नम्बर टाँस्ने काम समेत सुरू भइसकेको छ।, उपमहानगरपालिकाको ६१ औं स्थापना दिवसका अवसरमा नगर प्रमुख शिवराज सुवेदीले ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकृत शालिकराम खनालविरुद्ध आइतबार विषेश अदालतमा मुद्दा दायर गरेको छ। , नक्कली शैक्षिक प्रमाणपत्र देखाई २०५३ साल जेठ एक गते देखि खनाल तत्कालीन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयमा राप अन तृतीय श्रेणीमा नियुक्ति... |
रासस सरकारको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको नियमित क्रियाशीलताका कारण विद्युत् चुहावटबाट खेर जाने १० अर्ब रुपैयाँ बराबरको रकम जोगिएको छ।, प्राधिकरणले देशव्यापीरुपमा सञ्चालन गरेको चोरी तथा चुहावट नियन्त्रणको सार्थक परिणाम देखापरेको छ। चुहिएर जाने विद्युत्को समेत आर्थिक लाभ प्राप्त भएको छ। नियमित विद्युत् ... |
सेतोपाटी संवाददाता ललितपुर गोदावरी नगरपालिका ५ लेलेस्थित खत्रिगाउँ नजिकै रहेको सामुदायिक वनमा एक महिलाको शव भेटिएको छ। आइतबार दिउँसो १२ बजे स्थानीयले प्रहरीलाई महिलाको नग्न अवस्थामा शव भेटिएको भन्दै खबर गरेका थिए।, ,‘स्थानीयले एक महिलाको नग्न अवस्थामा शव फेला पारेपछि हामीलाई खबर गरेक थिए’ महानगरीय प्रहरी परिसर ललितपुर... |
एजेन्सी नाइजेरियामा एकै परिवारका १६ जनाको रहस्यमय हत्या भएको छ।, अज्ञात बन्दुकधारीले गोली प्रहार गर्दा उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले बुधबार सिन्ह्वालाई जानकारी दिएका छन्। , देशको दक्षिण मध्य क्षेत्रमा पर्ने काडुना प्रदेशको फिका जिल्लाको बाकालीमा घटना मङ्गलबार दिउँसो भएको उनीहरूको भनाइ छ।, घटनास्थल चर्चित सह... |
सेतोपाटी बुधबार स्कुटर दुर्घटनामा परि नेपाली सिने अभिनेत्री महिमा सिलवालको निधन भएको छ।, काठमाडौंबाट चितवन जानेक्रममा महिमाले चलाएको बा ९८ प ७०५८ नम्बरको स्कुटर भैरहवाबाट काठमाडौं आइरहेको लु २ ख १३५ नम्बरको बससँग ठक्कर खाँदा उनको निधन भएको हो।, घटनामा सो स्कुटरमा सवार उनकी बहिनी शर्मिला सिलवालको पनि निधन भएको प्रहरी न... |
एजेन्सी चीनबाट शुरु भएर विश्वव्यापी भएको कोरोना भाइरसका कारण अहिलेसम्म ११ सय १३ जनाको मृत्यु भएको छ। , विश्व स्वास्थ्य सङ्गठनले कोभिड—१९ नाम दिएको यस भाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ।, भाइरसको सङ्क्रमण विभिन्न देशमा फैलिन थालेपछि आर्थिक क्रियाकलापमा समेत असर पर्न थालेका छ ... |
सेतोपाटी हाल विश्वमा नै त्रास उत्पन्न गराइरहेको कोरोनाभाइरसका कारण ज्यान गुमाउनेहरुको सम्झनामा काठमाडौं द्वीप प्रज्वलन गरिएको छ।, भाइरसबाट सबैभन्दा ठूलो क्षति बेहोरेको र सोसँग जुधिरहेको चीनको नेपालका लागि राजदुत होउ यान्छीको उपस्थिति सो कार्यक्रम गरिएको हो।, राष्ट्रिय सभागृमा बुधबार आयोजित कार्यक्रममा कोरोनाभाइरसको सं... |
सबिना श्रेष्ठ सिरिसाया हेगु, ,जिमि दाइँचा ब्युगु,, व हेकुं कासा निसें मन थातय लात, उलिसं निसें मन फर्के जुल..., त्यस्तो कुनै नेवाः विवाह नहोला, जसमा यो गीत नबजेको होस्! जात्रा–पर्वमा पनि अनिवार्यजस्तै। केटाकेटीदेखि बुढापाकासम्मले मन पराएको यो गीतले भन्छ–, मेरो प्यारो मान्छेले मलाई चर्खाको बिँड दिनुभयो,, त्यो घटनापछि म... |
सेतोपाटी संवाददाता पश्चिम सेतीका लागि 'सडक, संगीत र संघर्ष' कार्यक्रम आयोजना गरिएको छ।, बुधबार बोलन्या थलीको आयोजनामा काठमाडौंको कीर्तिपुरमा सडक कार्यक्रम भएको हो।, कार्यक्रममा ७५० मेगावाटको पश्चिम सेती जलविद्युत बनाउन सरकारलाई सांकेतिक दबाब दिन प्रतिव्यक्ति ७ सय ५० रुपैयाँ समेत संकलन गरिएको छ।, ‘हामीले सरकारलाई सांके... |
सेतोपाटी संवाददाता कुवेतमा बालुवा र ग्राभेलको थुप्रोमुनि पुरिएर चार नेपाली कामदारको मृत्यु भएको छ। , बुधबार साँझ ५ बजे कुवेतको अलमुत्ला क्षेत्रको ब्लक १ एन५मा ढल निर्माणमा व्यस्त कामदारहरूमाथि बालुवा र ग्राभेलको थुप्रो खस्दा चार नेपाली कामदारले ज्यान गुमाएका हुन्। , यस घटनामा अन्य तीन जना घाइते भएका थिए, भने कसैको पहि... |
सेतोपाटी संवाददाता वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले आफूलाई पार्किन्सस रोगले सताएको भए पनि रोगसँग लड्न देश-विदेशमा डुल्ने गरेको बताएका छन्।, घरमा बस्दै गर्दा झन् झन् हात खुट्टा र शरीर ‘स्लो’ हुँदै जाने हुँदा पार्किन्सससँग लड्न जसले जता बोलाउँछ त्यतै जाने गरेको भन्दै उनले ठट्टा गरे।, ‘म पहिले जस्तो चहल पहल गर्न स... |
सेतोपाटी संवाददाता डिभिजन वन कार्यालय, नवलपरासीका सहायक वन अधिकृत तथा निमित्त कार्यालय प्रमुख र कार्यालय सहयोगी दुई लाख घुस रकम सहित पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोद कुमार तेलीलाई बिहीबार दुईलाख घुस रकमसहित नियन्त्रणमा लिएको हो।, सहायक वन अधिकृत... |
सेतोपाटी संवाददाता चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्दार गर्न पर्सि शनिबार दिउँसो २ः ४५ बजे नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको वुहान जाने भएको छ।, वुहान जाने टोलीमा ३ पाइलट, ६ क्याबिन क्रु, २ इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक छन्।, वुहानबाट नेपाली विद्यार्थी... |
भगवती पाण्डे सन्दर्भः ‘जनयुद्ध’ दिवस, २०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले रोल्पाको होलेरी प्रहरी चौकीमा आक्रमण गरी सशस्त्र जनयुद्धको घोषणा गर्यो। होलेरी बजार माथिको रुन्टीगढीमा दिनभरि बसेर बनाइएको योजना अनुसार राति ११ बजेपछि प्रहरी चौकीमा आक्रमण गरिएको थियो।, सांकेतिक रूपमा गरिएको उक्त आक्रमणमा प्रहरी र विद... |
सेतोपाटी संवाददाता निकट भविष्यमा नै नारायणी नदीमा सञ्चालन गर्न लागिएको पानी जहाजको स्टेसनका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न सरकारले स्वीकृति दिएको छ।, यसका लागि चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ मा पर्ने राष्ट्रिय वन क्षेत्रको कूल एक हेक्टर जग्गा प्रयोग गर्न सरकारले स्वीकृति दिएको हो।, गत माघ २७ र २८ गते बसेको... |
रासस सुनसरीको चतरास्थित सप्तकोशीमा निजी कम्पनीले चलाउँदै आएका जेट बोट अनिश्चितकालका लागि बन्द भएका छन्।, स्थानीयवासीको अवरोधपछि व्यावसायिक असुरक्षा बढेको भन्दै बोट सञ्चालकले बुधबारदेखि नै सेवा बन्द गरेको सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेशन प्रालिका सञ्चालक राजेन्द्र कार्कीले जानकारी दिए। , ,वरुण वाटरवेज, बराहक्ष... |
सेतोपाटी संवाददाता नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले आफ्नो कार्यकालमा अकुत सम्पत्ति जोडेको भन्ने उजुरीमाथि संसदीय समितिमा छलफल हुने भएको छ।, बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको कार्यदलले पूर्वप्रधानसेनापति क्षेत्रीले पदमा रहँदा गरेको अनियमितता र भ्रष्टाचारको छानबिन गर... |
सेतोपाटी संवाददाता भक्तपुर नगरपालिकाले बिहीबारदेखि भक्तपुर नगरपालिकाको पुरानो बस्तीभित्र सवारी साधन प्रवेशमा निषेध गरेको छ।, विश्वसम्पदा सूचीमा सूचीकृत दरबार स्क्वायर क्षेत्रमा सवारी निषेध गर्दै आएको नगरपालिकाले आजदेखि नगरपालिकाको भित्री बस्तीमा समेत सवारी साधन प्रवेश र पार्किङमा निषेध गरेको हो।, भक्तपुरका सम्पदा र पर... |
सेतोपाटी संवाददाता अष्ट्रलियाको न्यु साउथ वेल्सको जंगलमा लागेको सबै डढेलो निभेको छ। , गत सेप्टेम्बरदेखि नियन्त्रण हुन नसकेको डढेलो केही हप्तायताको भारी वर्षापछि नियन्त्रणमा आएको हो। , न्यु साउथ वेल्समा आगो निभेको बिहीबार एक अग्नी नियन्त्रकले एनएसडब्युको ट्वीटर मार्फत जानकारी दिए।, डढेलोका कारण अष्ट्रेलियामा ३३ जनाले ज... |
सेतोपाटी देशभर निर्माणाधीन पुलमध्ये १८४ पुल समस्याग्रस्त बनेका छन्।, रणनीतिक सडकभन्दा स्थानीय पुलमा समस्या बढी भएको जनाइको छ।, निर्माण व्यवसायीकै कारण पुल निर्माणमा सबैभन्दा बढी ढिलाइ हुने गरेको सडक विभागले जनाएको छ। स्थानीय सडकमा १२८, रणनीतिक सडकमा ४३ पुलमा समस्या देखिएको छ।, कहिलेकाहीँ प्रक्रियागत तथा मौसमलगायतका का... |
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नवलपरासी (सुस्तापूर्व) मा कार्यरत सहायक वन अधिकृत र सोही कार्यालयका कार्यालय सहयोगीलाई बिहीबार घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ।, आयोगको बुटवलबाट खटिएको टोलीले टेण्डर काठ उठाएबापत सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको आरोपमा सहायक वन अधिकृत कृष्णबहा... |
सेतोपाटी संवाददाता नेपाली सेना र नागरिकबीचको सुमधुर सम्बन्धलाई अझ सुदृढ तुल्याउने उद्देश्यले ‘नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा तीन दिने बृहत प्रदर्शनी सुरू भएको छ। , जङ्गीअड्डा परिसरमा नेपाली सेनाले आयोजना गरेको प्रदर्शनीको बलाधिकृत रथी शरदकुमार गिरीले आज उद्घाटन गरे।, प्रदर्शनीमा नेपाली सेनाको इतिहास र ... |
सेतोपाटी जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन्।, महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते हुनुभएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिए। , उनले घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप... |
युवराज श्रेष्ठ दाङको सिस्नेरीमा जन्मिएको दुई वर्षमै निरु कार्कीकी आमा बितिन्। उनका बुबालाई गाउँमा बस्न मन लागेन। दुई छोरा र दुई वर्षकी निरुलाई लिएर पोखरा हानिए।, पोखरामा त्यति बेला फूलबारी रिसोर्ट, सांग्रिला रिसोर्ट लगायत बन्दै थिए। त्यहीँ काम गरेर छोराछोरी पाले। निरुलाई हुर्काए।, उनीहरूको परिवार पोखराको रामबजारमा बस्... |
विवेक राई चीनको वुहानबाट नेपालीलाई उद्दार गर्न जाने जहाजका पाइलटसहित सबै सदस्यलाई क्वारेन्टाइनमा राख्ने सरकारले जनाएको छ।, जहाज काठमाडौं अवतरण भएपछि विद्यार्थीसँगै पाइलटसहित सबैलाई क्वारेन्टाइमा राखिने एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए।, 'जहाजमा जाने सबैलाई क्वारेन्टाइनमा राख्ने भन्ने सहमति भएको छ। त्यो भएपछि बस्नै... |
सेतोपाटी संवाददाता कैलाली गौरीगंगा नगरपालिका-६ मा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।, शुक्रबार बिहान सवा आठ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना १ ख ८८०३ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको से ७ प ३९०७ मोटरसाइकललाई ठक्कर दिएको हो।, ठक्करबाट गम्भीर घाइते रहेका मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-४ रामशिखरझाल... |
सेतोपाटी संवाददाता पर्यटन मन्त्रालयले मकवानपुरको थाहा नगरपालिका दामनको एभरेष्ट पानारोमा रिसोर्ट तीन महिनाका लागि बन्द गराएको छ।, आठ जना भारतीय पर्यटकको ज्यान जाने गरी भएको घटनापछि मन्त्रालयले उक्त रिसोर्ट आवश्यक कानुनी प्रक्रिया पूरा गराएर मात्र सञ्चालन गर्न दिने भएको हो।, पर्यटन विभागले सोमबार एक पत्र लेखेर आवश्यक का... |
विवेक राई सरकारले चीनबाट उद्धार गरेर ल्याइने नेपाली विद्यार्थीलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको दुइटा भवनमा राख्ने भनेपछि केही स्थानीयले उक्त ठाउँ छाड्न थालेका छन्।, विद्युत प्राधिकरणनजिकै घर भएकी ३८ वर्षीया विमला तामाङ दुई छोरा च्यापेर बुधबार आफ्नो माइती हेटौंडा जाने तर्खरमा छिन्। उनले आफूसँगै बस्ने सासु-ससुरालाई ... |
सेतोपाटी संवाददाता गुण्डा नाइके रमेश बाहुन ‘सुजन पौडेल’लाई जिल्ला अदालत काठमाडौंले १० वर्ष कैद र ७५ हजार जरिवाना सुनाएको छ।, जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले आइतबार उनलाई यस्तो सजाय सुनाएको हो।, बाहुन भने २०७१ सालदेखि थुनामा छन्। उनलाई न्यायाधीश दाहालको इजलासले लागुऔषधसम्बन्धी मुद्दामा १० वर्ष कैद र ७५ हजार जरिव... |
सेतोपाटी संवाददाता सरकारले चीनमा रहेका नेपाली विद्यार्थीहरुलाई उद्दार गर्न नेपाल एयरलाइन्सको वाइड बडी जहाज पठाउने तयारी गरे पनि जहाजका पाइलट भने चीन उड्न तयार भएका छैनन्।, स्रोतका अनुसार उडान तयारीका लागि रोस्टर बनाउँदा त्यसमा प्रस्ताव गरिएका पाइलट र एयरहोस्टेजले चीन जान अस्वीकार गरेका हुन्। जहाजमा ३ जना क्याप्टेन, ३ ... |
एजेन्सी चीनमा नोबेल कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार कटेपछि वरिष्ठ अधिकारीलाई जागिरबाट बर्खास्त गरिएको छ।, सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङस्थित उपचार केन्द्रहरूको निरीक्षण गरेका थिए।, कोरोनाभाइरसलाई नियन्त्रण गर्न उचित पहल कदमी नगरिएको भन्दै मंगलबार दुई वरिष्ठ अधिकारीलाई बर्खास्त गरिए... |
सेतोपाटी संवाददाता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद यशोदा गुरुङ सुवेदीले स्वस्थानी व्रत कथाका पानाहरू च्यात्नुपर्ने बताएकी छिन्।, मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले छाउपडी जस्तो संस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रत कथा र ऋषिपञ्चमी व्रत कथाका पानाहरू च्याउनुपर्ने माग गरेकी हुन्।, ‘... |
सेतोपाटी संवाददाता साथीले टाउकोमा अगुल्टो प्रहार गर्दा धनकुटामा एक महिलाको मृत्यु भएको छ।, धनकुटा छथरजोरपाटी-३ लामोगराकी २९ वर्षीया पवित्रा राईको आफ्नै साथीले अगुल्टोले हिर्काउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।, शनिबार बेलुका ७ बजे सोही स्थानकी २८ वर्षीया निर्मला श्रेष्ठ र पवित्रा राईबीच सामान्य विवाद भएको थियो।, विवा... |
राकेश यादव भूकम्पबाट क्षतिग्रस्त सरकारी विद्यालय पुनर्निर्माणका लागि सरकारले भारतबाट आयात गरेको करौडौ मूल्य बराबरको जस्तापातामा खिया लागेको छ।, नेपाल सरकारको निर्देशनमा साल्ट ट्रेडिङ कर्पोरेसनले भारतको कोलकतास्थित जिन्दल कम्पनीबाट आयात गरेको २६ करोड ६ लाख मूल्य बराबरको ३० लाख २२ हजार ६ सय ६२ केजी जस्तापाता वीरगन्जमा स... |
विवेक राई सरकारले चीनबाट ल्याइने नेपाली विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा राख्ने निर्णयपछि देखिएको स्थानीय अवरोध अब हट्ने भएको छ।, मंगलबार स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, तीनवटै सुरक्षा निकाय र स्थानीयबीच भएको सहमतिपछि अवरोध हटेको हो।, सहमतिमा स्थानीयको लागि सामुदायिक भवनमा हेल्थ डेस्क खडा गर... |
सेतोपाटी संवाददाता चीनमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते स्वदेश ल्याइने भएको छ। , मन्त्रिपरिषदको बैठकले फागुन तीन गतेको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए। ती विद्यार्थी ल्याउनका लागि नेपाल एयरलाइन्सको जहाज पठाइने भएको छ।, वुहानमा रहेका १८० नेपाली विद्यार्थीले नेपाल आउनका लागि आवेदन दिएका छन्। वुहानमा रहेका... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीको महानिरीक्षक सर्वेन्द्र खनालको सेवा अवधि आजदेखि सकिएको छ भने आजै नेपाल प्रहरीले महानिरीक्षकको रूपमा ठाकुर ज्ञवाली पाएको छ।, मंगलबार काठमाडौंमा आयोजित खनालको बिदाई तथा नयाँ आइजिपीको स्वागत कार्यक्रममा बोल्दै निवर्तमान आइजिपी खनालले आफू पदमा रहँदा आरोप र आलोचना निकै खेप्नुपरेको बताए।, आफ... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त भएका छन्।, मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको एक मन्त्रीले बताए। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सेवा अवधि आजदेखि सकिएको छ।।, खनालसँगै तीन जनै एआइजीले समेत अवकाश पाएपछि प्रहरी नाय... |
सेतोपाटी संवाददाता बारा प्रसौनी गाउँपालिका ७ स्थित बलुवा गाउँमा १४ वर्षीय बालकको शव फेला परेको छ। , मंगलबार साँझ करिब ६ बजे स्थानीय १४ वर्षीय रोशन सहनीको हत्या गरिएको अवस्थामा शव फेला परेको हो। , राधेश्याम सहनीका छोरा सोमबार बेलुकी हराएका थिए।, सहनीको टाउकोमा ढुङ्गाले हिर्काएर हत्या गरी खेतमा फ्याकिएको अवस्थामा शव फेल... |
युवराज श्रेष्ठ पोखरा ३२ काठेगाउँकी ९ वर्षीया पूजा बि.क. माघ २३ गते सदाझैं स्कुलबाट फर्किन्। घरमा खाजा खाइन् र खेल्न भनेर साथीका घरतिर गइन्। रात अबेर भइसक्दा पनि पूजा घर नपुगेपछि परिवार खोजतलासमा लागे।, खोज्दै जाँदा उनीहरूले बाटोमा रगत देखे। रगत लागेको बाटो पछ्याए। जंगलनजिकै पूजाको शव क्षत–विक्षत अवस्थामा फेला पर्यो।,... |
एजेन्सी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरि फैलिएको कोरोनाभाइरसको आधिकारिक नाम 'कोभिड १९' घोषणा गरेको छ।, डब्लुएचओले मंगलबार भाइरसको नाम घोषणा गर्दै विश्वकै खतरनाक यस रोग नियन्त्रण गर्न लागि पर्नुपर्ने बतायो।, 'हामीसँग अब कोरोनाभाइरसको नाम छ र यो कोभिड-१९ हो,' डब्लुएचओका प्रमुख टेड्रोस एडहानोमले भने।, टेड्रोसक... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुर ज्ञवालीले दर्ज्यानी चिन्ह ग्रहणलगत्तै प्रहरी प्रधान कार्यालय नक्साल पुगेर पदभार ग्रहण गरेका छन्।, बुधबार बिहान गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले ज्ञवालीलाई आइजिपीको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।, उक्त कार्यक्रमम... |
सेतोपाटी संवाददाता दरबारमार्गबाट चोरी भएको स्कुटर कलंकीमा फेला परेको छ।, बुधबार बिहान ३ बजे स्कुटर चोरी गरी लाँदै गरेको अवस्थामा गोरखा सुलिकोट गा.पा.१ घर भएका मिलन न्यौपानेलाई कलंकी चोकमा खटिएका ट्राफिक प्रहरी अन्जन कार्की र सन्तोष दाहालले पक्राउ गरेका हुन्।, स्कुटर धनीले महानगरीय प्रहरी वृत्त दरबारमार्गमा हराएको भनि ... |
नारायण महर्जन नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।, बुधबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीलाई गृह सचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।, सो कार्यक्रममा उपस्थित सबैले उनलाई नयाँ कार्यकालको बधाई तथा शुभकामना दिए... |
सेतोपाटी संवाददाता गोरखा बजारस्थित तीनधारेमा त्रिभुवन पुस्तकालय निर्माणका लागि मनकामना दर्शन प्रालिले दस लाख रुपैयाँ सहयोग गरेको छ।, २०७२ सालमा गएको भूकम्पले पुस्तकालय भवन भत्किएको थियो। गोरखा नगरपालिका वडा नम्बर ६ तीनधारेमा अहिले पुस्तकालय भवन पुनर्निर्माण भइरहेको छ।, केबलकार सञ्चालक राजुबाबु श्रेष्ठ, रोशनबाबु श्रेष्... |
युवराज श्रेष्ठ सेभ द चिल्ड्रेन र रुम टु रिडले गरेको एक अध्ययन अनुसार कक्षा २ मा पढ्ने ५ प्रतिशत बालबालिका मात्र राम्रोसँग पढ्न सक्छन्। सोही अध्ययनले कक्षा ३ मा अध्ययन गर्ने १५ प्रतिशतले मात्र राम्रोसँग पढ्न सक्ने निष्कर्ष निकालेको छ।, राम्रोसँग पढ्न नसक्दा बालबालिकाले पुस्तकले दिन खोजेको ज्ञान सिक्न सक्दैन। परीक्षामा ... |
सेतोपाटी संवाददाता नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुर ज्ञवालीलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका छन्।, आइजिपी नियुक्त भई बुधबार पदभार ग्रहणसमेत गरेका ज्ञवालीलाई बधाई तथा शुभकामना दिँदै गृहमन्त्री थापाले राज्यले विश्वास गरेर दिएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वा... |
विवेक राई मंगलबार सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले गुम्बा गाउँमा सय बढी मानिसहरू ज्वरो र रुघाखोकीले थलिएपछि कोरोनाभाइरसको लक्षणको आशंका गरेर स्वास्थ्य मन्त्रालयलाई पत्र पठायो।, तर कतिपय अधिकारीहरूले गुम्बाका बिरामीहरूमा देखिएको लक्षण कोरोनाभाइरसको नभएर मौसमी 'फ्लू' को हुनेसक्ने बताएका छन्।, एक अधिकारीले सेतोपाटीसँग भ... |
सेतोपाटी संवाददाता पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरमा काम गर्न बसेका विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन्।, पूर्वसचिव कार्कीले मङ्गलबार र विजयका परिवारका तर्फबाट जानकी चौधरीले आज जाहेरी दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्... |
सेतोपाटी संवाददाता पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की अचेत अवस्था र उनको घरमा काम गर्ने एक जना मृत भेटिएका छन्।, ललितपुरको सानेपास्थित कार्कीको घरमा सोमबार बिहान प्रहरीले मुना अचेत अवस्थामा र कामदार मृत फेला पारेको थियो।, मुनाको अवस्था एकदम नाजुक थियो। उपचारका लागि उनलाई सानेपास्थित स्टार हस्पिटल लगिएको थिय... |
सेतोपाटी संवाददाता निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा गठित छानबिन समितिको प्रतिवेदन त्रुटीपूर्ण रहेको पाइएको छ।, एआइजी धीरू बस्नेत नेतृत्वमा गठित छानबिन समिति त्रुटीपूर्ण रहेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले उक्त प्रतिवेदन कार्यान्वयन नगर्न कञ्चनपुर प्रहरीलाई निर्देशन दिएको हो।, प्रहरी नायब महानिरीक्षक स... |
एजेन्सी चीनको वुहानबाट फैलिएको कोरोनाभाइसबाट आइतबारमात्रै ९७ जनाले ज्यान गुमाएका छन्।, गत डिसेम्बर अन्तिम सातादेखि फैलिएको भाइरसका कारण एकैदिन मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै बढी हो। कोरोनाभाइरसका कारण अहिलेसम्म ९ सय १० जनाको मृत्यु भइसकेको छ। तीमध्ये ९ सय ७ जना मेनल्याण्ड चाइनाभित्रै, एक जना फिलिपिन्स र एक जना ह... |
सेतोपाटी संवाददाता दाेलखाको तामाकोशी गाउँपालिकाले अपाङ्गता भएका ‘ग’ वर्गकाहरुलाई भत्ता दिने भएको छ।, गाउँपालिकाको २४ गते बसेको छैठौँ गाउँसभाले ‘ग’ वर्गका विकलांगहरुलाई एक हजार भत्ता दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिए।, क र ख वर्गका विकलांग वर्गलाई संघीय सरकारले भत्ता दिने गरेपनि ग वर... |
समिक्षा अधिकारी बुधबार कलंकी अन्डरपासमा टिपरको ठक्करबाट मृत्यु भएका राजेश र मुन्ना चौधरीलाई जनही सात लाख रुपैयाँ दिने सहमति भएको छ। दुर्घटनामा संलग्न टिपरका साहुले दुवै परिवारलाई क्षतिपूर्ति स्वरुप सात-सात लाख रूपैयाँ दिने सहमति भएको पीडित परिवारले जनाएको छ।, कालिमाटी प्रहरी वृत्तमा बिहीबारदेखि दुई पक्षबीच वार्ता भइरह... |
खिलानाथ ढकाल ललितपुर महानगरपालिका-२ सानेपाको दुई तले बंगला। भुईं तलाको भान्साछेउको भर्याङछेउमा विजय चौधरी ढलिरहेका थिए।, भर्याङमा नाइलनको आधा डोरी थियो। छिनिएको आधा डोरी चौधरीको घाँटीमै। प्राण गइसकेको थियो। , किचनबाट ढोका बाहिरसम्म रगतको आहाल थियो। भित्र पस्दा श्रीमती मुना कार्की रगतको आहालमा अचेत थिइन्।, सोमबार बिह... |
विवेक राई सरकारले चीनको वुहानबाट ल्याइने नेपालीलाई राख्न भक्तपुरस्थित विद्युत प्राधिकरणको दुईटा भवनमा सरसफाई र अन्य तयारी थालेको छ।, यद्यपी सरकारले वुहानबाट नेपाली विद्यार्थीलाई घर कहिले ल्याउने भन्नेबारे मिति भने तोकिसकेको छैन। वुहानबाट नेपालीलाई ल्याउनको लागि नेपाल एयरलाइन्सको वाइड बडी जहाज तयारी अवस्थामा छ।, वुहानब... |
सेतोपाटी संवाददाता पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्यामा घरकै कामदार विजय चौधरी संलग्न रहेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ।, कार्कीको घरमा जडान गरिएको सिसिटिभी फुटेज अध्ययनपछि प्रहरीले कार्कीको हत्यामा चौधरी नै संलग्न रहेको निष्कर्ष निकालेको हो।, प्रहरीकाअनुसार सिसिटिभी फुटेजमा चौधरीले कार्... |
सेतोपाटी संवाददाता गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ श्रीनाथकोटकी १७ वर्षीया युवतीको गाउँकै दुई जनाले हात हेरे।, ‘हत्केला राम्रो छ। हातमा शंखचक्र पनि रहेछ, चितवन गए भाग्य चम्किन्छ’ भनेर युवतीलाई विश्वासमा लिए।, यतिमात्र होइन, युवतीको उचाइ नापेर गत बिहीबार साँझ भिडिओ बनाए। युवती घर गइन्।, भोलिपल्ट (शुक्रबार) युवत... |
सेतोपाटी संवाददाता के तपाई जेब्रा क्रस वा ओभर हेड ब्रिज पर छ भनेर जथाभावी बाटो काट्नु भएको छ? यसो गर्दै हुनुहुन्छ भने बन्द गर्नुस् नत्र सडकमै सचेतना कक्षा लिन पर्न सक्छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने ९ हजार भन्दा धेरैलाई सचेतना कक्षा लिएको छ। गत पुस २८ गते देखि सुरू भएको यो अभियानमा ९ हजार ९ स... |
एजेन्सी भ्यालेन्टाइन सप्ताह चलिरहेको छ। शुक्रबारको प्रणय दिवस छ। अहिले धेरै प्रेमीप्रेमिका आफ्ना मायालुलाई भेटेर माया साटासाट गरिरहेका छन्।, तर चीनमा भने परिस्थिति फरक छ। कोरोनाभाइरस फैलिएपछि हुवेई प्रान्तमा झन्डै ६ करोड मानिसले एकअर्कालाई बाहिर भेट्न पाएका छैनन्। हुबेईबाहिर बस्ने स्वास्थ्यकर्मीहरू पनि कोरोनाविरूद्ध ... |
सेतोपाटी संवाददाता पोखरास्थित सेती नदीको खोंचमा खसेर अड्किएका एक जनालाई सोमबार प्रहरीले सकुशल उद्दार गरेको छ। , म्याग्दी घर भई हाल कास्की पोखरा बस्ने २३ वर्षीय आकाश गुरुङ खोंचमा खसेका थिए। गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्धार समूह र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरी टोलीले उनको सकुशल उद्दार गरेको हो... |
सेतोपाटी संवाददाता ललितपुरको कुपण्डोलस्थित होटल हिमालय नजिकै पार्किङ गरेर राखेको स्कुटरमा अज्ञात समूहले आगो लगाएको छ।, तीन जनाको सो समूहले स्कुटरमा मट्टितेल खन्याएर आगो लगाइदिएको प्रत्यक्षदर्शीले बताएका छन्। स्कुटरमा लागेको आगोले सिटमा क्षति पुगेको छ।, रिसिबीका कारण सो समूहले आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान छ। ,... |
सेतोपाटी संवाददाता कञ्चनपुर प्रहरीले चार किलो ८ सय ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका ९ का २४ वर्षीय विश्वास थापा र २५ वर्षीया सोमा रानामगर छन्। , पुनर्वास नगरपालका ११ शान्ति पुनर्स्थापना केन्द्र अगाडिबाट सोमबार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, धनगढीबाट बजा... |
सेतोपाटी संवाददाता सोमबार दिउँसो साढे १ बजे लक्की रिजाल लाजिम्पाटबाट थापाथली नर्भिक अस्पताल चोकसम्म यात्रा गर्दै थिइन्। गन्तव्यमा पुगेपछि उनी ट्याक्सीबाट ओर्लिइन्, तर ‘लगेज’ ट्याक्सीमै छुट्यो।, रिजालले लगेज छुटाएको कुरा चालकले पनि झट्ट थाहा पाएनन्। रिजाललाई ट्याक्सीको नम्वर पनि थाहा भएन।, रिजालले आफ्नो लगेज ट्याक्सीमा... |
सेतोपाटी संवाददाता तनहुँको भानु नगरपालिका वडा नं. १३ का वडा सदस्य कृष्णबहादुर अधिकारी र नगरपालिकाका इञ्जिनियर शुकदेव अधिकारी ७५ हजार घुससहित सोमबार पक्राउ परेका छन्।, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयबाट खटिएका टोलीले घुससहित नगरपालिकाको कार्यालय परिसरबाट उनीहरूलाई पक्राउ गरेको आयोगका प्रवक्ता प्र... |
सेतोपाटी संवाददाता कोरोना भाइरसको उद्गम स्थल चीनको वुहान लगायत अन्य सहरबाट ल्याइने नेपाली विद्यार्थीको स्वास्थ्य निगरानीका लागि ८६ जना स्वास्थ्यकर्मी खटिने भएका छन्।, सोमबार टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, एम्बुलेन्स र स्वास्थ्य मन्त्रालयका गरी कूल ८६ ज... |
सेतोपाटी संवाददाता सरकारले नेपाली सेनामातहतमा इन्टेलिजेन्स गठनका लागि नियम बनाउने अधिकार माग गर्दै सैनिक ऐन संशोधन प्रस्ताव प्रतिनिधि सभामा दर्ता गराएको छ।, सरकारले सैनिक ऐनको दफा १४३ मा संशोधन गरेर इन्टेलिजेन्स गठन तथा सञ्चालनसम्बन्धी नियम बनाउने अधिकार लिन खोजेको हो।, , सैनिक ऐनमा इन्टेलिजेन्सको खर्च बेहोर्ने व्यवस्... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर टर्मिनल भवनमा रहेको कफीसपमा आगलागी भएको छ। विद्युत सर्ट हुँदा आगलागी भएको विमानस्थलले जनाएको छ।, विमानस्थल प्रमुख देवेन्द्र केसीका अनुसार सोमबार राति लागेको आगो नियन्त्रण प्रयास भइरहेको छ। अध्यागमन नाघेपछि यात्रुहरू बस्ने ठाउँमा आगलागी भएको उनल... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रतिक्षालयको कफीसपमा भएको आगलागी नियन्त्रण आएपछि विमानस्थल खुलेको छ। उडान र अवतरण अवरूद्ध भएको डेढ घन्टापछि विमानस्थल खुलेको विमानस्थल टावरले जानकारी दिएको छ।, आगलागी नियन्त्रणपछि सबै सुरक्षा स्थिति जाँच गरेर विमानस्थल सञ्चालनमा ल्याइएको हो।, विमानस्थल सव... |
सेतोपाटी संवाददाता उच्च अदालत पाटनले गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ नरेशकुमार थापालाई थुनामा राख्न आदेश दिएको छ।, उच्च अदालत पाटनले बिहीबार थापालाई थुनामा राख्न आदेश दिएको हो। मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीमणकुमार गौतमको इजलासले यसअघि जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गर्दै थापालाई थुनामा र... |
सेतोपाटी पाँचखाल नगरपालिकाले नगरभित्र मापदण्डविपरीत सञ्चालित इँटा उद्योगका सञ्चालकलाई उद्योग वातावरणमैत्री बनाउन समयसीमा तोकेको छ।, नगरसभाले यो आर्थिक वर्षभित्र इँट्टा उद्योग वातावरणमैत्री बनाएर मात्र उत्पादन थाल्नुपर्ने प्रस्ताव पारित गरेको छ।, 'चालू आर्थिक वर्षभित्र इँटा उद्योग वातावरणमैत्री बनाएर मात्रै अर्को वर्ष ... |
सेतोपाटी गलकोट नगरपालिका–३ हटियाकी १६ वर्षीया किशोरी अञ्जु सुनार महिना दिनदेखि बेखबर छिन्।, गत पुस २९ गते साँझ सदरमुकाम बागलुङबजारको कोठाबाट निस्केकी सुनार नफर्केपछि परिवारजन पीडामा छन्।, सुनार आमासँगै सदरमुकाम बसेर कालिका कन्या मन्दिर माविमा पढ्छिन्। आफन्तजनले सोमबार पत्रकार भेटघाट राखी बेपत्ता किशोरीको खोजीमा सघाउन ... |
राकेश यादव रौतहटको दुर्गाभगवती गाउँपालिका-३ पर्सा गाउँका एक बृद्धको हत्या भएको छ। , सोमबार राति ७० वर्षीय फेकन पण्डितको हत्या भएको प्रहरीले जनाएको छ।, प्रहरीले दिएको जानकारी अनुसार उनको मुखमा हथौडा प्रहार गरेर हत्या गरिएको छ। हत्या गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नवीन कार्कीले बताए।,... |
एजेन्सी जापानमा थप ६५ जनालाई कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको छ।, पानी जहाजमा आएकाहरुलाई परीक्षण गर्दा थप ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।, अहिले थपिएको संख्यासँगै जापानमा कोरोना भाइरस सङ्क्रमित हुनेहरुको संख्या १३५ पुगेको उनीहरुको भनाइ छ।... |
अनुषा अधिकारी गत डिसेम्बरमा आयोजित 'मिस वर्ल्ड-२०१९' मा मिस नेपाल अनुष्का श्रेष्ठले 'मल्टिमिडिया अवार्ड' हात पारिन्। अघिल्लो वर्ष मिस वर्ल्डमा पनि शृंखला खतिवडाले यही अवार्ड जितेसँगै यो नेपालले हासिल गरेको दोस्रो मल्टिमिडिया अवार्ड हो।, मल्टिमिडिया च्यालेन्जको विजेता घोषणा हुँदै गर्दा बेलायतमा रहेकी अनुष्काको ढुकढुकी ... |
जुना श्रेष्ठ सुबिमा श्रेष्ठका बुबा बलिउड अभिनेता मिथुन चक्रवर्तीका ‘फ्यान’ थिए। घरमा प्रायः मिथुनका गीत घन्किरहेका हुन्थे।, सुबिमाकी माइली बहिनी नाच्न सिपालु थिइन्। गीत सुन्नासाथ जुरुक्क उठेर कम्मर मर्काउन, खुट्टा हल्लाउन थालिहाल्थिन्। आफन्तहरू आउँदा जहिल्यै उनकै नाचको फरमाइस हुन्थ्यो।, नाच्ने रहर त सुबिमालाई पनि थियो... |
सेतोपाटी सुत्केरी व्यथा लागेकी एक गर्भवतीको २० घण्टापछि हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकाबाट उद्धार गरिएको छ।, बिहीबार दिउँसोदेखि व्यथाले च्यापेकी वडा नं ६ की ३५ वर्षीया याङ्जिन तामाङलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी शुक्रबार कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।, सो गाउँ हिमालपारिको गाउँका रुप... |
सेतोपाटी सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ।, भूकम्प मापन केन्द्र सुर्खेतले आज बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ र ६ बजेर ४६ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपासमा ५.३ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ। , भूकम्पको धक्काको महसुस बैतडी, बझाङ... |
सेतोपाटी नेपालगञ्ज सुर्खेत जोड्ने रत्नराजमार्गको देउराली नजिकै बस र जीप एकआपसमा ठोक्किँदा गएराति जिप चालकको मृत्यु भएको छ।, कोहलपुरबाट बर्दियाको बबईतर्फ जाँदै गरेको भे १ च १६३१ नम्बरको जीपलाई सुर्खेतबाट आउँदै गरेको भे १ ख २७५९ नम्बरको बसले ठक्कर दिँदा जीप चालक राजकुमार चौधरीको मृत्यु भएको हो।, जिल्ला ट्राफिक प्रहरी का... |
सेतोपाटी अज्ञात समूहले खाल्डे प्रहरी चौकीमा गए राति आक्रमण प्रयास गरेका गरेका छन्।, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०-१२ समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिएका छन्।, घाइते ... |
एजेन्सी दक्षिणी गोलार्दमास रहेको अन्टार्टिका महादेशमा सर्वाधिक तापक्रम मापन भएको छ।, बिहीबार सो महादेशमा आजसम्मकै १८.३ डिग्री सेल्सियसको सर्वाधिक तापक्रम मापन गरिएको हो।, अर्जेन्टिनाको अनुसन्धान आधार क्षेत्र एस्पेरेन्जामा मापन गरिएको यो तापक्रम सन् २०१५ मा नापिएको तापक्रम भन्दा ०.८ डिग्री सेल्सियसले बढी हो। सो समयमा १... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरस्थित सडकमा शनिबार दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।, चोभारतर्फबाट आउँदै गरेको प्रेदश ३-०१-०२२च३१९० नम्बरको गाडीले बल्खुबाट कीर्तिपुरतर्फ जाँदै गरेको बा ९० प ११६९ नम्बरको मोटरसाइकललाई त्रिवि परिसरस्थित ल्याब्रोटरी स्कुलछेउ सडकमा ठक्कर दिएको हो।, गाडीको ठक्... |
एजेन्सी चीनको वुहानमा कोरोनाभाइरसका कारण एक अमेरिकी नागरिकको मृत्य भएको छ। कोरोनाभाइरसका कारण मृत्यु हुने उनी पहिलो अमेरिकी नागरिक भएको बताइएको छ।, उनको मृत्यु बिहीबार भएको न्युयोर्क टाइम्सले जनाएको छ।, बेइजिङस्थित अमेरिकी दूतावासका अनुसार ती महिला करिब ६० वर्षकी थिइन्। उनको स्वास्थ्य अवस्था एकदम बिग्रिएको थियो। , दूत... |
सेतोपाटी संवाददाता चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुइटा भवन खाली गराइएको छ। प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएको हो।, त्यस्तै चीनको वुहानबाट नेपाल फर्काउन लागिएका न... |
नारायण खड्का स्थानीय बासिन्दाको पहलमा दाङको पाण्डवेश्वर महादेव मन्दिर चिटिच्याट्ट बनाइएको छ।, घोराही उपमहानगर वडा नम्बर ५ मा रहेको मन्दिरलाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न स्थानीयले धमाधम काम गरेका छन्।, यहाँ ‘सुनकोट खड्गदेवी मन्दिर’ निर्माण भइरहेको छ। माटो र सिमेन्टको प्रयोगविनै ढुंगाले भगवतीको मन्दिर ब... |
एजेन्सी कोरोनाभाइरसको संक्रमणले सन् २००३ मा सार्स महामारीले निम्त्याएको प्रकोपलाई उछिनेको छ।, चीनको हुबेई प्रान्तबाट सुरू भएको कोरना भाइरसले त्यहाँ मात्रै ७८० जनाको ज्यान लिइसकेको छ।, यो भाइरसको संक्रमणबाट हालसम्म ८१३ जनाले ज्यान गुमाएका छन् जसमा दुई जनाको मृत्यु मेन ल्यान्ड चाइनाबाहिर फिलिपिन्स र हङकङमा भएको छ।, सार्... |
सेतोपाटी थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा २० जना व्यक्तिको मृत्यु भएको छ।, घटनामा दर्जनौ घाइते भएका छन्।, ती आक्रमणकारी सैनिकले आफू कार्यरतः सैनिक शिविरबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेका थिए।, त्यसपछि हतियारसहितका ती सैनिकले शहरको एउटा व्यापारिक... |
सेतोपाटी दुधौली नगरपालिका–४ स्थित डकाहा चकमके सडकखण्डको टोड्केमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु र १३ घाइते भएका छन्।, मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिचियानीका ७० वर्षीय ब्रमहलाल धामीको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।, उनका अनुसार दुध... |
सेतोपाटी संवाददाता दाङमा चट्याङ लागेर दुई बालबालिकासहित तीन जनाको मृत्यु भएको छ।, तुलसीपुर उपमहानपालिका वडा नम्बर ७ नवलपुरमा दुई र घोराही उपमहानगरपालिका वडा ११ हापुरमा एक जनाको मृत्यु भएको हो।, तुलसीपुरको नवलपुरमा गीता चौधरी र लक्ष्मी आचार्यको घरमा शनिबार दिउँसो १ बजेतिर चट्याङबाट दुई र हापुरमा सूर्यबहादुर पुरीको घरमा... |
एजेन्सी थाइल्यान्डमा गोली हानेर २० जनाको हत्या गरेका एक सैनिकलाई गोली हानेर मारिएको छ।, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार थाइ सुरक्षाकर्मीहरूले आइतबार ती सैनिकलाई एउटा सपिङ मलमा गोली हानेर मारेका हुन्।, उत्तरपूर्वी शहर नाखोन राट्चासीमाको टर्मिनल २१ मलमा ती सैनिकलाई गोली हानिएको थाइल्यान्डका स्वास्थ्यमन्त्री अनु... |
सेतोपाटी संवाददाता वैदेशिक रोजगार ठगीमा चार वर्ष ६ महिना कैद सजाय सुनाइएका फरार अभियुक्तलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोले भक्तपुर सूर्यविनायक वडा नम्बर ७ घर भई हाल काठमाडौं-२६ रानीबारी बस्दै आएका ३७ वर्षीय अजय तामाङलाई पक्राउ गरेको हो।, वैदेशिक रोजगार कसुरको तीन थान मुद्दाहरुमा वैदेशि... |
रासस ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्वास्थ्यकर्मी करारमा नियुक्ति गरी स्वास्थ्य सेवा सुचारु गरेको छ।, गाउँका अधिकांश स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्न अप्ठ्यारो भएपछि गाउँपालिकाले आवश्यक स्वास्थ्यकर्मी करारमा नियुक्त गरेको हो।, एक स्टाफ नर्स, आठ अहेव, सात अनमी र छ हेल्थ अशिस्टेन गरी २२ स्वास्थ्यकर्मी नियुक्त ग... |
रासस कञ्चनपुरको भीमदत्त नगरपालिका–७ चुरे क्षेत्र नजिक खेतमा सिँचाइको व्यवस्था भएपछि बिहेवारी गर्न सहज भएको छ।, सिँचाइ नहुँदा थोरै मात्रै उब्जनी हुन्थ्यो। थोरै अन्नले परिवारको वर्षभरिको साँझ–बिहानको छाक टार्न निकै मुस्किल हुन्थ्यो। अन्नले छ महिना धान्न नसकेपछि यहाँका अधिकांश बासिन्दा भारतमा मजदुरीमा जान बाध्यता थियो।,... |
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने २० हजार ४ सय ३३ जनालाई कारबाही गरेको जनाएको छ।, महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी साउनयता २० हजार ४ सय ३३ जना सवारी चालकलाई कारबाही गरेको जनाएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरी... |
जुना श्रेष्ठ पुनर्निर्माण निम्ति गत असारमा शिलान्यास भएको काठमाडौं, कमलपोखरी अहिले लथालिंग र भद्रगोल देखिन्छ। मेयर विद्यासुन्दर शाक्य, उप–मेयर हरिप्रभा श्रेष्ठ र वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठले असारमै शिलान्यास गरे पनि काम भदौमा मात्र सुरू भएको स्थानीय बताउँछन्।, 'हाम्रो काठमाडौं, आफैं बनाऔं' नाराका साथ महानगरपाल... |
रासस बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन्।, कोहलपुर नगरपालिका–१२ चप्परगौडी घर भई अगैयामा पसल सञ्चालन गर्दै आएका शिव शर्मा वनभोजपछि सो नदीमा नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।, शन... |
सेतोपाटी संवाददाता मदिरा सेवन गरेर हो-हल्ला गर्ने एक समूहले सिन्धुपाल्चोकको प्रहरी चौकीमा आक्रमण गरी असई सन्तोषकुमार झालाई घाइते बनाएका छन्। टाउको र अनुहारमा गम्भीर चोट लागेका झालाई उपचारका लागि शनिबार नेपाल प्रहरी अस्पताल ल्याइएको छ।, शुक्रबार मध्यराति मेलम्ची पाँचपोखरीथाङपाल गाउँपालिका वडा नम्बर ८ स्थित तिपेनी खाल्ड... |
एजेन्सी नोवेल कोरोना भाइरसको संक्रमणबाट हुबेई प्रान्तको राजधानी वुहानमा ६० वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको छ। आइतबार बेइजिङमा रहेको अमेरिकी राजदूतावासले ती अमेरिकी नागरिकको मृत्यु भएको जानकारी दिएको हो।, नोवेल कोरोनाको संक्रमणबाट पहिलो गैर–चिनियाँको मृत्यु भएको रोयटर्सले जनाएको छ। यस भाइरसको संक्रमणबाट हालसम्म ८१३... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.