content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता दमकको रतुवा पुलमा बस र ट्याक्टर ठोक्किँदा पाँच जना घाइते भएका छन्। , पूर्वतर्फ जाँदै गरेको मे१ख २३६४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे१त ६१५० नम्बरको ट्याक्टर आपसमा ठोक्किएका हुन्। , आइतबार अपराह्न भएको दुर्घटनामा बसमा रहेका केही यात्रुहरू घाइते भएको र उनीहरूको दमकस्थित लाइफलाइन अस्पतालमा उ... |
समिक्षा अधिकारी चीनको वुहानबाट सुरू नोभल कोरोना भाइरस संक्रमण फैलिन नदिन अस्पतालहरूले शंकास्पद बिरामीलाई 'आइसोलेसन वार्ड' मा राखेर उपचार गर्नुपर्ने विषय चर्चामा छ।, के हो 'आइसोलेसन वार्ड'? कस्तो हुनुपर्छ?, अरू बिरामीसँग नजिक राख्दा वा स्वस्थ व्यक्तिको सम्पर्कमा रहँदा भाइरस झन् फैलिन सक्ने भएकाले अलग-थलग उपचार गर्नुपर्... |
नारायण खड्का दाङको लमहीमा झण्डै पाँच करोडको लागतमा सामुदायिक डायलाइसिस सेन्टर स्थापना भएको छ। बुधबार सेन्टरको उद्घाटन भएकै दिन आठ जना बिरामीले डाइलासिसको सेवा लिएका छन्।, लमही नगरपालिका वडा नं. ५ रातोडाँडामा सामुदायिक डाइलासिस सेन्टर स्थापना भएपछि मिर्गौला पीडित बिरामी खुसी भएका छन्।, गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस... |
युनिक श्रेष्ठ २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पूर्वडिएसपी राजकुमार खिउजूविरूद्ध प्रहरीमा उजुरी परेको छ।, ती युवतीले बुधबार ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलमा पूर्वडिएसपी खिउजूविरूद्ध निवेदन दिएकी हुन्।, एक वर्षअघि चापागाउँस्थित प्रहरी कार्यालयमा प्रहरी रिपोर्ट बनाउन जाँदा आफूलाई खिउजूले बलात्कार... |
युवराज श्रेष्ठ नेपालीको नाममा विश्वभरबाट ‘अवैध चन्दा’ उठाइरहेकी अमेरिकी नागरिक मिसेल अलेक्जेन्ड्रा वेल्चलाई अध्यागमन विभागले कारबाही गर्न चासो नदेखाएको पाइएको छ।, व्यवसाय (विजनेस) भिसामा पोखरा बसिरहेकी मिसेलले व्यवसायका नाममा लर्निङ हाउस नामक कम्पनी खोलेकी छिन्। उनको कम्पनीले भाषा प्रशिक्षण र कफी बनाउने बरिस्ता तालिम ... |
दिपकजंग शाही कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका छोरी–बुहारीको शिक्षा प्राप्तीमा सहयोग गर्न छात्रवृत्ति उपलब्ध गराउन थालेको छ।, प्रदेश सरकारले यस वर्षका लागि १ सय छोरी–बुहारीका लागि प्रमाणपत्र तथा ३ वर्षे डिप्लोमा अध्ययनका लागि ‘छोरी–बुहारी छात्रवृत्ति’ मा सहभागी हुन आह्वान गरेको छ।, ३ वर्षे डिप्लोमा, दश जोड दुई वा प... |
सेतोपाटी संवाददाता पूर्वडिएसपी राजकुमार खिउजुविरूद्ध पक्राउ पूर्जी जारी गरिएको छ।, जिल्ला अदालत ललितपुरले बिहीबार खिउजूविरूद्ध पक्राउ पूर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको हो।, बिहीबार खिउजुविरूद्ध जबरजस्ती करणी आरोपमा पक्राउ पूर्जी जारी भएको हो।, परिसर प्रवक्ता एसपी दुर्गा सिंहका अनुसार खिउजूविरूद्ध एक महिलाले जबरस... |
सेतोपाटी पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मौसम बद्ली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी बिहीबार विशेष बुलेटिन जारी गर्दै भोली शुक्रबार दिउँसोबाट नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने जनाएक... |
एजेन्सी कोरोनाभाइरस संक्रमणको महामारीको पहिलो चेतावनी दिने चिनियाँ चिकित्सकको सोही भाइरसका कारण मृत्यु भएको छ।, ३४ वर्षीय ली वेनलियान्गको उपचारका क्रममा मृत्यु भएको हो। वुहान केन्द्रीय अस्पतालमा काम गर्ने क्रममा उनलाई कोरोनाभाइरसको संक्रमण भएको थियो।, उनले गत डिसेम्बरमा आफ्ना साथी डाक्टरहरूलाई भाइरस संक्रमणको महामारीक... |
रासस बैतडीमा कार सिकाउँदै गर्दा दुर्घटना भएर गएराति एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा कारधनी दशरथचन्द नगरपालिका–४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।, दुर्घटनामा परी कृषि विकास बैंक शाखा शाहीलेक बैतडीका शाखा प्रबन्धक डिकरदेव पाण्डेय... |
सेतोपाटी नेपाल प्रहरीले कञ्चनपुरको भीमदत्तनगरपालिका–३ भाषीबाट ११ किलोग्राम लागुपदार्थ चरेससहित तीन जनालाई पक्राउ गरेको छ।, प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भीमदत्तनगर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बिहीबार बझाङ केदारस्यु गाउँपालिका–६ का ३८ वर्षीय मकर धामी, ३५ वर्षीय गोपाल धामी र बझाङ बुङ्गल... |
युवराज श्रेष्ठ बाग्लुङको तमानखोला ३ भोकखोलाकी कल्पना बुढाथोकी र म्याग्दीको मालिका २ जेमका प्रताप पुन दश वर्षअघि २०६६ मा ‘खासखुस’ विवाह भयो।, विवाह गरेको वर्षदिनमै छोरी जन्मिइन्। जेठी छोरी अहिले ९ वर्षकी भइन्। उनीहरूले त्यसपछि थप २ बच्चा जन्माए। माइली छोरी ७ र कान्छी छोरी ४ वर्षकी छिन्।, दश वर्षअघि गरेको खासखुस ‘विवाह ... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट साढे चार किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-५ का ४२ वर्षीय ईश्वर मगर र २२ वर्षीय भक्त मगर छन्।, महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले बिहीबार चन्द्रागिरि नगरपालिका-१० हिरा इँट्टा उद्योग क्षेत्र नजिकैबाट पक्राउ गरेको हो।, प्रहरी नायब उ... |
गिरीश गिरी राजधानीका एक चिकित्सकले बुधबार ट्विटरमा राखेको सानो भिडिओ क्लिप अचम्मको थियो। असाध्यै संवेदनशील मानिने अस्पतालको आइसियुमा एकजना तन्नेरी मजाले बाँसुरी बजाइरहेका थिए। छेउमा अनेक पाइप र तारहरूले जेलिएको मनिटर। अनि, त्यतैतिरबाट आएका पाइपहरू शरीरभर जोडिएका एक वृद्ध बिरामी त्यो बाँसुरी धूनको आनन्द लिइरहेका देखिन्... |
एजेन्सी भारतको राजधानी नयाँदिल्लीस्थित अमेरिकी राजदूतावास परिसरमा ५ वर्षिया बालिकालाई बलात्कार गर्ने २५ वर्षीय ड्राइभर पक्राउ परेका छन्।, बालिकाको परिवारले प्रहरीमा उजुरी दिएपछि गत आइतबार ड्राइभर पक्राउ परेका हुन्।, शनिबार बिहान बालिकाको घरमा कोही नभएको बेला ती ड्राइभरले उनलाई बलात्कार गरेका थिए।, सो दिन उनका बुबा काम... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोग अगाडि सिठी जुलुस निकाल्ने साझा पार्टीका केन्द्रीय नेतासहित एक दर्जन बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, पक्राउ पर्नेमा केन्द्रीय सदस्य समिक्षा बाँस्कोटा,प्रकाशचन्द्र परियार, नारायण कोइराला, शरदराज पाठक लगायत छन्।, बालुवाटार जग्गा प्रकरणमा राजनीतिक प्रभा... |
सेतोपाटी संवाददाता विराटनगर-१२ बखरीको उखुबारीमा शुक्रबार एक युवतीको शव फेला परेको छ।, घाँटीमा सलले बेरेर हत्या गरेको अवस्थामा युवतीको शव फेला परेको मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए।, अन्दाजी २४/२५ वर्षीया देखिने युवतीको घाँटीमा चोट देखापरेको छ। थापाका अनुसार उखु काट्न गएका मजदूरले शव देखेपछि प्र... |
सेतोपाटी संवाददाता कलंकीको अन्डरपासमा मोटरसाइकललाई ठक्कर दिने टिपर चालक सिन्धुपाल्चोकबाट पक्राउ परेका छन्।, बिहीबार राति प्रहरीले २६ वर्षीय अनिल लामालाई सिन्धुपाल्चोकबाट पक्राउ गरी शुक्रबार बिहान काठमाडौं ल्याएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।, बुधबार राति कलंकीको अन्डर... |
खिलानाथ ढकाल दमक बालुवाटार जग्गा घोटाला, दमक चोकबाट तीन किलोमिटर दक्षिणको बालुवाटार फाँटमा गाई र भैंसीको ठूलो फार्म छ।, त्यही फार्मको सामुन्ने एक तलाको पाँच कोठे घर बनाइएको छ।, सोमबार मध्याह्न इन्द्रप्रसाद लुइँटेल त्यही घरको बाहिर घाम तापेर बसिरहेका थिए। ७५ वर्ष कटिसकेका लुइँटेलको लौरो जस्केलामा ठडिइएको थियो।, लुइँटेल... |
सेतोपाटी संवाददाता विद्यार्थी बोकेको बस दुर्घटना गरेर भागेका चालकलाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले धादिङ गल्छी गाउँपालिका-२ का ४० वर्षीय केदार रिमाललाई पक्राउ गरेको हो।, बुधबार रिमालले चन्द्रागिरि-१३ पुरानो नैकाप मितेरी चोकमा गोंगबुको कान्तिपुर इङ्लिस एकेडेमीको विद्यार्थी बोकेको बा३ख ... |
सेतोपाटी संवाददाता नेपालले चीनलाई एक लाख प्रोटेक्टिभ मास्क सहयोग गरेको छ।, शुक्रबार परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलाई मास्क प्रदान गरेका हुन्।, परराष्ट्र मन्त्रालयले चीनसँगको मित्रताका स्वरूप एक लाख प्रोटेक... |
निशा भण्डारी काठमाडौं उपत्यकाका सडकको दूरावस्था पनि कतिपय दुर्घटनामा कारक बन्ने गरेको छ। पानी पर्दा हिलाम्मे र घाम लाग्दा बुङबुङ्ती धुलो उड्ने मात्रै हाेइन, खाल्डाखुल्डी पनि उत्तिकै छन्।, ललितपुरको मंगलबजारदेखि ग्वार्को जाने सडकको अवस्थाले यहाँका स्थानीय आजित भएका छन्। मेलम्चीको पाइपलाइन बिछ्याउँदा खनिएको सडक अलपत्र अ... |
सेतोपाटी संवाददाता थुनामा रहेको व्यक्ति छुटाइदिने भन्दै ४२ लाख घुस लिएको आरोपमा प्रहरीले एक जना वकिललाई पक्राउ गरेको छ।, अधिवक्ता टंक रानामगरलाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार बबरमहलबाट पक्राउ गरेको हो। महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार रानाको माइतीघरमा जनन्यायिक कानुनी सेवा नामक ल फर्म छ।, राजश्व चु... |
सेतोपाटी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट कर्णालीका विभिन्न जिल्ला जोड्ने सडकको काम अहिले धमाधम चलिरहेको छ।, सदरमुकाम दैलेख बजारको मध्यभाग हुँदै कालिकोट र जुम्ला जोड्ने त्रिदेशीय सडकको कामलाई तीव्र पारिएको छ।, दैलेख खण्डको भागमा रहेको कुसापानीदेखि बेहुलीको लेकसम्मको सडक खोल्ने काम सकिएको छ।, कालिकोटको ... |
सेतोपाटी संवाददाता घुस लिएको आरोपमा अख्तियारले जिल्ला प्रशासन कार्यालय राजविराज सप्तरीमा कार्यरत कार्यालय सहयोगी केशवकुमार यादवलाई पक्राउ गरेको छ।, मुद्दा शाखामा कार्यरत यादवले सेवाग्राहीसँग चार हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।, विचाराधीन अभद्र व्यवहार मुद्दा... |
समिक्षा अधिकारी बुधबार रातको १२ बजे आसपास। कलंकी मुख्य चोकमा गाडीका घाइँघुइँ अलिअलि थियो। यो घाइँघुइँ छिचोलेर एक्कासि ड्याम्म ठूलो आवाज आयो। खसीबजार छेउका प्रहरीहरू के भयो भन्दै कलंकीतिरै दौडिए।, कलंकीको पोहोर मात्र उद्घाटन भएको अन्डरपास मुनि पुग्दा दृश्य भयानक थियो। एउटा मोटसाइकल जलिरहेको। छेउमा दुई युवा सडकमा अचेत। ... |
सेतोपाटी संवाददाता रुपन्देहीको सैनामैना नगरपालिका २ सरौलीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, शुक्रबार साढे ४ बजे लु २६ प ८१८० नम्बरको मोटरसाइकलले लु२ख३७९८ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो। दुर्घटनामा रोल्पा नगरपालिका ३का २५ वर्षीय ताराप्रसाद केसी घाइते भएका थिए।, घाइतेको उपच... |
सेतोपाटी संवाददाता पाँच दिनअघि (सोमबार) झापाको चारपानेमा भएको शंकास्पद हत्यामा संलग्न दुई जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।, इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकारमाझ जिल्ला प्रहरी कार्यालय झापाले हत्यामा संलग्न विर्तामोड–२ का २० वर्षीय करण चौधरी र १८ वर्षीय लक्ष्मण यादवलाई सार्वजनिक गरेको हो।, सामान्य ज्या... |
एजेन्सी चीनमा नोवेल कोरोनाभारइसबाट ज्यान गुमाउनेको संख्या दिनदिनै बढिरहेको छ। मंगलबारमात्र ६५ जनाले बिरामीको मृत्यु भएको छ। चीनमा अहिलेसम्म कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ४ सय ९० पुगेको छ।, मृत्यु हुनेहरू हुवेई प्रान्तका छन्। त्यसमा पनि कोरोनाभाइरस फैलिएको वुहान सहरमा धेरैको ज्यान गएको छ।, मंगलबार चीनमा ३ हजार ८... |
रासस अछामको पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान सुरु भएको छ।, जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौँदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान सुरु गरेको हो।, मङ्गलबार बिहानदेखि मृतक वडाध्यक्ष धामीको शव र घटनास्थललाई नि... |
रासस कामको खोजीमा करिब साढे दुई महिनाअघि काभ्रेको पनौती नगरपालिका–३ कुशादेवी थापागाउँमा आएर बसोबास गर्दै आएका म्यानमाली शरणार्थी पुनः काठमाडौँस्थित कपनमा नै फर्किएका छन्।, स्थानीयवासी सत्यराम थापाको जग्गामा बसोबास गर्दै आएका १० रोहिङ्गा परिवारका करिब ३४ जना पुनः मंगलबारदेखि कुशादेवी छोडेर कपन फर्केको वडा नं ३ का वडाध्... |
सेतोपाटी संवाददाता वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ।, उनको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो।, इन्फेक्सनको समस्या भएपछि उनलाई हिजो राति ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो।, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरमा उपचार क्रममा उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले ज... |
एजेन्सी नोवेल कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या मंगलबारसम्म चार सय ९० पुगेको छ।, चीनको हुबेइ प्रान्तको राजधानी वुहानबाट फैलिएको उक्त भाइरस अहिले विश्वका २० भन्दा बढी राष्ट्रमा देखा परेको छ। चिनियाँ डाक्टर तथा नर्सहरू कयौं दिनदेखि परिवारसँग छुट्टिएर अस्पतालमा कोरोनाभाइरसका बिरामीको उपचार गर्दै आएका छन्।, यस... |
समिक्षा अधिकारी प्राध्यापक डम्बर चेम्जोङ त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र केन्द्रीय विभाग प्रमुख भएको छ महिना मात्र भएको थियो। स्वयम्भूबाट सार्वजनिक गाडी चढेर कीर्तिपुर धाउँदा उनलाई समयमा पुग्न सधैं गाह्रो पर्थ्यो।, चेम्जोङले भर्खरभर्खर चलेको टुटल-पठाओ प्रयोग गर्न थाले। यदाकदा ट्याक्सी पनि चढ्थे।, टुटल-पठाओ चालक अध... |
सेतोपाटी संवाददाता बाजुराको स्वामीकार्तिक खापर गाँउपालिकामा रूघा, खोकी र ज्वरोले दुई जनाको मृत्यु भएको छ।, मंगलबार बिहान स्वामीकार्तिक खापर गाँउपालिका-१ की अन्दाजी ५५ वर्षकी मिमा खडाराको मृत्यु भएको हो।, बुधबार सोही गाँउपालिकाका ७० वर्षजतिका दलबहादुर रावलको मृत्यु भएको हो।, गाउँपालिकामा अन्य भागमा पनि बिरामी रहेको सूच... |
सेतोपाटी संवाददाता वडा अध्यक्षको हत्याको छानबिन गर्न माग गर्दै अछामको विनायक बजार बन्द गरिएको छ। पञ्चदेवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर धामीको हत्याबारेमा छानबिन गर्न प्रहरीले ढिलाइ गरेको भन्दै स्थानीयले विनायक बजार बन्द गराएका छन्।, मृतकका आफन्तले बिहानैदेखि सडकमा नाराजुलुस गर्दै चक्काजाम गरेको जिल्ला प... |
प्रशन्न पोखरेल सरकारले नोवेल कोरोनाभाइरसको उदगम थलो चीनको वुहानमा रहेका नेपाली फिर्ता ल्याउने निर्णय गरेको चार दिन बितेको छ। अझै पनि उनीहरूलाई कहिले नेपाल ल्याइन्छ टुंगो छैन। सरकार चीनबाट ल्याएकालाई राख्ने ठाउँ खोज्दैछ। एक-दुई ठाउँमा अध्ययन पनि गरेको छ।, मानिसहरूमा कोरोनाभाइरसको डर र सरकारी तयारीप्रति यति अविश्वास छ ... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारको सरकारी जग्गा आफू लगायत व्यक्तिहरूको नाममा पुर्याउने शोभाकान्त ढकाललाई ३९ करोड २७ लाख ६८ हजार को भ्रष्टाचार मुद्दा लगाएको छ।, बुधवार विशेष अदालतमा अख्तियारले दायर गरेको मुद्दामा उनलाई प्रतिवादी बनाइएको छ। उनकी श्रीमती उमा ढकाल्नीलाई समेत यो मुद्दामा प्र... |
प्रभाकर गौतम अवसरको ढोका आफैं खुल्दैन, ढक्ढकाउनु पर्छ। 'भ्वाइस अफ नेपाल'को दोस्रो सिजन प्रेक्षा कोइरालाका लागि त्यस्तै ढोका थियो, जुन उनको ढकढकले खुल्नै मानेन। 'ब्लाइन्ड अडिसन'बाटै बाहिरिन् उनी।, हेटौंडादेखि गायनमा स्थापित हुने सपना पालेर काठमाडौं छिरेकी उनी भ्वाइस अफ नेपाललाई अवसरमा बदल्न चाहन्थिन्। नतिजा उल्टो भयो।,... |
अनुषा अधिकारी भ्यालेन्टाइन्स डे नजिकिँदै गर्दा उपत्यकाका बजार राता गुलाब र झिलिमिली उपहार उपहारले भरिन थालेको छ। विशेषगरी प्रेमी-प्रेमिकाले एकअर्कालाई खुसी बनाउन र आफ्नो माया देखाउन उपहार दिने चलन छ। , काठमाडौंका बजारमा देखिने गुडियादेखि सजावटका सामग्रीसम्म अधिकांश चीनबाट आयात हुन्छ। सस्ता र धेरै प्रकारका आकर्षक सामान... |
एजेन्सी टर्कीको राजधानी इस्तानबुलमा अवतरण गर्ने क्रममा एक यात्रुबाहक विमान धावनमार्गमा चिप्लिएर तीन टुक्रा भएको छ। घटनामा तीन जनाको मृत्यु हुनुका साथै १७९ जना घाइते भएका छन्।, द पेगासस एयरलाइन्सको सो विमानमा १७१ यात्रु र चालकदलका ६ जना सदस्य सवार थिए। देशको पश्चिममा रहेको इजमिर प्रान्तबाट आएको सो विमान सबिहा गोकसेन व... |
खिलानाथ ढकाल दमक बालुवाटार जग्गा घोटाला, पथरी बजारमा धेरैले ओमप्रकाश पौडेललाई ‘ओम श्रमिक’ भनेर चिन्छन्।, ‘,ओम श्रमिक’ अटो रिक्सा लिएर पथरी-शनिश्चरेका चोकमा यात्रुको खोजीमा डुलिरहेको भेटिन्छन्।, को१ह ९६४५ नम्बरको अटो नै पौडेलको अहिलेको पेशा हो। घर चलाउने माध्यम पनि।, दुई छोरालाई पढाइरहेका छन्। घर जसोतसो चले पनि छोराको ... |
सेतोपाटी संवाददाता बुधबार राति कलंकीको अन्डरपासमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।, ट्राफिक प्रहरी कार्यालय कलंकीका निरीक्षक पुरूषोत्तम कार्कीका अनुसार बल्खुबाट स्वयम्भुतिर जाँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको टिपर राति साढे १२ बजेतिर अन्डरपासमा ठोकिएका हुन्।, टिपरले ठक्कर दिँदा प्रद... |
भगवती पाण्डे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका व्यवसायिक सटर डोजर लगाएर भत्काइएको छ।, पटक–पटक सूचना जारी गरेर सटर खाली गर्न अनुरोध गरे पनि व्यवसायीले अटेरी गरेपछि अस्पताल विकास समितिले बिहीबार बिहानै डोजर चलाएको हो।, लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रूपमा अगाडि बढाउन थालेको छ।, अस्प... |
सेतोपाटी संवाददाता सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहलाई हातपात तथा गालीगलौज गरेको विरोधमा जिल्लाका सबै स्थानीय तहका सेवा बन्द गरिएको छ।, मंगलबार कार्यक्रममा सहभागी हुन जाने क्रममा स्थानीय युवाहरूले मेयर साहमाथि गालीगलौज तथा हातपात गरेको विरोधमा बिहीबार सम्पूर्ण सेवा बन्द गरिएको हो।, 'घटना भएपछि तुरुन... |
शोभा शर्मा मेडिकल कलेजहरूले फेरि पनि विद्यार्थीसँग सरकारले तोकेभन्दा बढी शुल्क लिन थालेका छन्।, यसअघिका सत्रहरूमा पनि विद्यार्थीसँग अतिरिक्त शुल्क उठाएपछि सरकारले कारबाहीको चेतावनी दिएको थियो।, चेतावनीपछि मेडिकल कलेजले शुल्क फिर्ता वा समायोजन गर्ने भने पनि अझै गरेका छैनन्।, अहिले त झन् उनीहरूले नयाँ विद्यार्थीसँग पनि ... |
सेतोपाटी संवाददाता काठमाडौंको नयाँ बानेश्वरस्थित आलोकनगरमा नेकपाका काभ्रे जिल्लाका नेता हरिदेव गिरीको मृत्यु भएको छ।, डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा अचेत अवस्थामा भेटिएका उनको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो।, मादक पदार्थ सेवन गरी अचेत अवस्थामा भेटिएका उनलाई रेष्टुरेन्टका कर्मचारी र प्रहरीले अस्पताल प... |
सेतोपाटी संवाददाता दार्चुलामा जीपको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ।, बिहीबार बिहान पौने १० शैल्यशिखर नगरपालिका-९ नायल खोलास्थित विद्यालय जाँदै गरेका पाँच वर्षीय महेश महरलाई बा १३ च३०४१ नम्बरको जीपले ठक्कर दिएको थियो।, ठक्कर दिँदा महरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ।, महर श्री... |
रासस नेपाल र भारतबीच खुला सिमानाको लाभ लिएर मानव तस्करी र अन्य गैरकानूनी कारोवार चलिरहेको खबर नौलो होइन। नेपालीलाई विभिन्न प्रलोभनमा पारेर भारत लगी मिर्गौला झिक्ने वा वेश्यालय पुर्याउने काम वर्षौंदेखि चलिआएको छ।, यस्ता काममा सीमावर्ती भारतीय एजेण्टहरू अहोरात्र खटिएका हुन्छन् र तिनका नेपाली एजेण्टले उत्तम आर्थिक अवसर ... |
गिरीश गिरी पुरानो बानेश्वर चोकबाट मैतीदेवीतर्फ ओरालो लाग्दै गर्दा परिचित अग्रजजस्तो चिनेको अनुहार देखेर कहिल्यै झुक्किनुभयो?, मेरो पुस्ताका धेरै मान्छे झुक्किएका थिए।, कतिपयले त ठिटौलो वयमा झसंग भएर तान्दातान्दैको चुरोट सडकमा मिल्काएका थिए, अनि 'ए... हत्तेरिका... यी त टिभीका दुर्गानाथ शर्मा पो हुन्' भन्दै फेरि अर्को च... |
सेतोपाटी संवाददाता मुक्त टुँडिखेल अभियान तीन महिना पुगेको अवसरमा महानगरपालिकालाई अभियन्ताहरुले ज्ञापन पत्र बुझाएका छन्। प्लेकार्ड र ब्यानरसहित महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेपछि अभियन्ताहरूले प्रशासन प्रमुख नमराज ढकाललाई पत्र बुझाएका हुन्।, मेयरलाई पत्र हस्तान्तरण गर्न जाँदा अनुपस्थित भएकाले प्रशासन प्रमुख ... |
एजेन्सी कोरोनाभाइरस संक्रमणको आशंकामा बाबुलाई उपचारमा राखिएपछि उनको एकल रेखदेखमा रहेका मस्तिष्क-पक्षघात (सेरिबल पल्सी)बाट पीडित किशोरको निधन भएको घटना सार्वजनिक भएको छ। , घटना सार्वजनिक भएपछि चीनले आफ्ना दुई अधिकारीलाई पदबाट बर्खास्त गरेको छ।, १६ वर्षीय यन चेङ मंगलबार मृत भेटिएका थिए। उनका बाबु र भाइलाई एक सातादेखि को... |
एजेन्सी चीनको वुहानबाट फैलिएको नोवेल कोरोनाभाइरसले हङकङमा पनि एक जनाको मृत्यु भएको छ।, कोरोनाभाइरसको उपचार गरिरहेका ३९ वर्षीय एक पुरूषको मंगलबार बिहान मुटुले अचानक काम गर्न छोडेपछि मृत्यु भएको हो।, ती पुरूष गत जनवरी २१मा वुहानबाट हङकङ फर्किएका थिए। जनवरी ३१ मा उनलाई कोरोनाभाइरसको लक्षण देखिएको थियो। त्यसपछि उनलाई प्रि... |
दिपकजंग शाही अछाममा एक जना वडा अध्यक्षको हत्या भएको छ।, जिल्लाको पूर्वमा पर्ने पञ्चदेवल विनायक नगरपालिका-२ का अध्यक्ष पदमबहादुर धामीको हत्या गरिएको अवस्थामा शव फेला परेको हो।, मंगलबार बिहान धामीको घरदेखि दुई सय मिटर परको भैंसीगोठमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटनास्थलमा जिल्ला प्रहरी का... |
सेतोपाटी संवाददाता हेटौंडाकी अजिता भुजेलको बलात्कारपछि हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्।, मकवानपुरको क्याम्पाडाडाँमा गत माघ ४ गते बिहान तेस्रो लिंगी भुजेलको शव अर्धनग्न अवस्थामा फेला परेको थियो।, घटनाको १७ दिनपछि मंगलबार प्रहरीले भुजेलको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।, पक्राउ पर्ने... |
सेतोपाटी पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही जिल्लाको तीन इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक नहुँदा मुचुल्का हस्ताक्षरमा समस्या परेको छ।, इलाका प्रहरी कार्यालय लालबन्दी,हरिवन र जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरमा प्रहरी निरीक्षक नहुँदा सर्वसाधारणलाई समस्या परेको हो। ती तीनै कार्यालयमा प्रहरी निरीक्षकको दर... |
एजेन्सी पश्चिमी केन्याको प्राइमरी विद्यालयमा भागदौड मच्चिँदा १४ जनाको मृत्यु भएको छ।, केन्याको राजधानी नाइरोबीस्थित काकामेगा प्राइमरी स्कुलमा सोमबार दिउँसो भागदौड मच्चिएको थियो।, साँझ करिब पाँच बजे कक्षा कोठा छोडेर विद्यार्थीहरू घर फर्केने क्रममा भागदौड मच्चिएको हो। शिक्षा मन्त्री जोर्ज मागोहाले १४ बालबालिकाको ज्यान ग... |
एजेन्सी केन्याका पूर्वराष्ट्रपति ड्यानियल अराप मोईको निधन भएको छ।, मंगलबार केन्याको राजधानीस्थित नाइरोबी अस्पतालमा ९५ वर्षको उमेरमा मृत्यु भएको हो।, उनी सन् १९७८ देखि २००२ सम्म केन्याका निरंकुश राष्ट्रपति थिए।, केन्याका राष्ट्रपति उहुरु केन्याट्टाले उनको मृत्युको जानकारी दिएका थिए। उनको मृत्युको कारण भने खुल्न सकेको छ... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा वडाध्यक्षसहित तीन जनामाथि सामूहिकरूपमा कुटपिट भएको छ।, सोमबार बेलुका करिब १० बजे वडा नम्बर ५ का वडाध्यक्ष सनत अधिकारी, रत्न राज्य माध्यमिक विद्यालयका प्रधानाध्यपक र सोही विद्यालयका शिक्षकमाथि स्थानीय केही युवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बत... |
सेतोपाटी संवाददाता धनुषाको जनकपुर भन्सार कार्यालयका नायब सुब्बा साढे एक लाख घुस रकमसहित पक्राउ परेका छन्।, अख्तियारले सोमबार नायब सुब्बा अहमद रजा अन्सारीलाई एक लाख ५० हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो।, उनले नेपाल-भारत सिमा बजारबाट घरायसी सामानहरू ल्याउन सहज गरिदिने भन्दै घुस माग गरिरहेको भन्ने सूचना अख्तियारले... |
अनुषा अधिकारी महिनावारीका कुरा, पूर्व मिस नेपाल शृंखला खतिवडा कर्णाली प्रदेश प्रहरीद्वारा आयोजित 'छाउगोठ अन्त्य कार्यक्रम' का लागि सुर्खेत पुगेकी थिइन्। तीनदिने भ्रमणमा उनले छाउगोठ मात्र भत्काइनन्, स्थानीयको मनमा रहेको 'पाप' को डर पनि आफ्नै पोल्टामा लिइन्।, 'महिलाहरूमा छाउगोठ नबस्दा आइपर्ने देवताको डर मनभित्र गढेर बसे... |
एजेन्सी चीनको वुहानबाट फैलिएको नोवेल कोरोनाभाइरसको सन्त्रास विश्वभरि छ। संक्रमित मानिसबाट अरूमा यो भाइरस नसरोस् भनेर अहिले विभिन्न देशले चीनसँगको हवाइ उडान बन्द गरिरहेका छन्।, यात्रु नभएपछि चिनियाँ एयरलाइन्सले पनि नेपाललगायत देशमा आफ्नो उडान रोक्ने भएका छन्। कतिपय देशले चीन घुमेर आएका र चीनमा ट्रान्जिट भएका विदेशी नाग... |
सेतोपाटी संवाददाता सुर्खेतमा बोलरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बराहता गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको–१४ को बीचमा पर्ने फेदखोलामा मंगलबार बिहान बोलेरो जीप दुर्घटना भएको हो।, दुर्घटनामा बराहताल गाउँपालिका–७ का ७४ वर्षीय दशरथ शाहीको मृत्यु भएको हो। दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्।, बर... |
सेतोपाटी संवाददाता आफ्ना अनुयायीमाथि बलात्कार मुद्दा खेपेका कृष्णदास गिरी (सिद्धबाबा) दुई हप्ताअघि प्रहरी सँगै हुँदाहुँदै फुत्किएर भारत पसे। , चताराधामका गिरीलाई उच्च अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिनु केहीअघि नै उनी सीमा तरेर भारततर्फ छिरेका थिए। , उनी फरार भएकै साँझ मुख्यन्यायाधीश तिलप्रसाद श्र... |
सेतोपाटी संवाददाता सल्यानमा हरेक घरहरुमा सचेतनामूलक स्टिकर टाँस्ने अभियान सुरु भएको छ। स्थानीय तहहरुको सहयोगमा जिल्ला प्रहरी कार्यालय सल्यानले घरघरमा स्टिकर टाँस्ने अभियान सुरु गरेको हो।, कपुरकोट र कालिमाटी गाउँपालिकामा स्टिकर टाँस्ने अभियान सुरु भइसकेको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जिल्लाको शारदा,... |
युवराज श्रेष्ठ चुच्चो ठुँड र लामो पुच्छर। रातो टाउको र रंगीविरंगी प्वाँख।, यस्ता ‘जलअप्सरा’ अचेल पोखरामा देखिँदैनन्। पानीपोखरी र घाँसे तलाउमा बस्ने यो चराको बथान पाँच वर्षअघि पोखराका सिमसारमा भेटिन्थे। अंग्रेजीमा ‘फिजाइन्ट– टेल्ड जक्याना’ भनिने जलअप्सरा पोखराबाट ‘लोप’ भइसक्यो।, यसको बथान कहिल्यै नफर्किने गरी अन्यत्र ब... |
एजेन्सी कोरोनाभाइरसका कारण मकाउका क्यासिनोहरु दुई हप्ताका लागि बन्द हुने भएका छन्।, हङकङमा कोरोनाभाइरसको संक्रमणबाट एक जनाको ज्यान गएपछि मकाउका क्यासिनो दुई हप्ताका लागि बन्द हुने भएका हुन्।, मंगलबार मकाउका प्रमुख कार्यकारी हो लात–सेङले विश्वकै ठूलो जुवाको केन्द्र मकाउका क्यासिनोहरुलाई दुई हप्ता बन्द गर्न निर्देशन दिए... |
सेतोपाटी संवाददाता आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।, पर्सा जिल्लाकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले उनका बाबुलाई पक्राउ गरेको हो।, शुक्रबारदेखि आफ्नै घरमा बन्धक बनाएर छोरीलाई पटक/पटक बलात्कार गरेको आरोपमा ४५ वर्षीय व्यक्ति... |
सेतोपाटी संवाददाता चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण नेपालको पूर्वी उत्तरी किमाथाङ्का नाका गत माघ १० गतेबाट बन्द गरिएको छ।, संखुवासभाको भोटखोला गाउँपालिकामा पर्ने सो नाका सिल भएपछि अहिले त्यहाँका वासिन्दाले दैनिक खाद्यान्न अभाव झेल्न थालेका छन्। , मंगलबार प्रतिनिधि सभा बैठकमा संखुवासभा क्षेत्र नम्बर १ का सांस... |
शोभा शर्मा उच्च अदालत पाटनले रूकुमकी सिस्ने हिमाल (नाम परिवर्तन)को बेचबिखन गर्नेलाई अभियोगबाटै छुटकारा दिने अनुसन्धान अधिकृत, सरकारी वकिल साथै मुद्दा लागेका अभियुक्तलाई सफाइ दिने जिल्ला न्यायाधीशमाथि टिप्पणी उठाएको छ।, २०७१ साल वैशाख १ गते उनलाई रूकुमकै ज्ञानेन्द्र चनरा र उनकी पत्नी रेणुका, काठमाडौंका श्याम डंगोल र सु... |
दिपकजंग शाही कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूलाई असफल बनाउन षड्यन्त्र भइरहेको बताएका छन्।, मंगलबार कर्णाली प्रदेशसभा स्थापना दिवसको अवसरमा संसद सचिवालयद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले विकास निर्माणका काम हुन नदिएर आफूलाई असफल पार्न खोजेको बताए।, आफूलाई असफ... |
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले केही जिल्लाका प्रहरी प्रमुख सरूवा गरेको छ।, चितवनमा एसपी नान्तीराज गुरूङलाई पठाइएको छ। यहाँ यसअघि एसपी गंगा पन्तलाई सरूवा गरिएको थियो। पन्तलाई चितवन जान रमना नदिएर अहिले गुरूङलाई सरूवा गरिएको हो।, एसपी पन्तलाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको छ।, पर्साका प्रहरी प्रमुख ... |
एजेन्सी कोरोना भाइरस संक्रमित ८० वर्ष कटेका दुई वृद्धको हृदयविदारक भिडिओ सार्वजनिक भएको छ।, ती दुई वृद्धले एकअर्कालाई देखाएको आत्मियताले धेरैको मन छुन्छ।, अस्पतालमा भर्ना भएका यी दुई वृद्धलाई नजिकै राखिएको छ। भिडिओमा एक बेडका वृद्धले अर्को बेडमा रहेका वृद्धकोहात समातेको देखिएको छ।, उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भा... |
समिक्षा अधिकारी टेकु अस्पतालको सोधपुछ कक्षमा कोरोना भाइरसबारे सोधपुछ गर्न र जचाउन आउनेहरूको भीड बढ्दैछ। चीनबाट हरेक दिन नेपालीहरू फर्किने क्रमसँगै यो चाप काठमाडौंका अन्य ठूला अस्पतालमा पनि सर्नसक्छ।, हुन त यस्तो सरूवा रोग उपचार गर्ने ठाउँ टेकुको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल नै हो। त्यहाँ यसनिम्ति 'आइसोलेसन व... |
सेतोपाटी बर्दिया राजापुर नगरपालिका–१० भगतपुर बस्ने एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ।, ८८ नम्बरको पिलरको सीमा जङ्गलमा खर काटी फर्केने क्रममा जङ्गली हात्तीको आक्रमणमा परी नेपालको दश गजाभित्र भगतपुर बस्ने ४९ वर्षका लक्ष्मीप्रसाद थारुको मृत्यु भएको हो।, हात्तीको आक्रमणबाट सोही स्थान निवासी वर्ष २९ की उमा चौधरी घा... |
एजेन्सी संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा गोली चल्दा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको अमेरिकी प्रहरीले बताएको छ।, स्थानीय समय अनुसार दिउँसो २:३० बजे गोली चलेको अधिकारीले बताएका छन् भने घटनामा दुईको मृत्यु भएको र दुई जनासख्त घाइते भएका जनाइएको छ।, प्रहरीका अनुसार रिभेरा विचस्थित एक अन्त्येष्टि समारोहपछि गोली चल... |
एजेन्सी चर्चमा भएको आकस्मिक भागदौडका क्रममा तान्जानियामा कम्तीमा २० जनाको मृत्यु भएको छ।, देशको उत्तरतर्फ रहेको चर्चमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।, जिल्ला आयुक्त किप्पी वारीओबाले मोशी शहरमा भएको घटनामा परी मृत्यु हुनेको सङ्ख्या अझ बढ्ने खतरा रहेको बताए। उनका अनुस... |
सेतोपाटी काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–९ ज्याम्दीका सौरव पराजुली मृत फेला परेको प्रहरीले जनाएको छ। शनिबार बिहान घरबाट खेल्न भनेर निस्केका सौरव आज दिउँसो नदीमा मृत अवस्थामा फेला परेका हुन्।, प्रहरी र स्थानीय बासिन्दाले खोजतलासको क्रममा आइतबार इन्द्रावती नदीमा डुबिरहेको अवस्थामा १६ वर्षीय सौरवलाई फेला पारेको जिल्ला... |
सेतोपाटी संवाददाता चीनको हुवेई प्रान्तको राजधानी हो-वुहान सहर। एक महिनाअघि सम्म त्यो सहर ग्लोबल सिटी थियो। अध्ययन, व्यवसाय र कामका शिलशिलामा विभिन्न देशका मानिसहरू वुहान पुगेका थिए।, गत जनवरी २२ यता भने वुहानको रौनक सकिएको छ। फराकिला चौडा सडक छन् तर गाडी गुड्दैनन्, विमानस्थलमा जहाज आउँदैनन्, रेलवे स्टेशनबाट ट्रेन चल्द... |
सेतोपाटी संवाददाता गृह मन्त्रालयले १७ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ।, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आइतबार मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रालयमा १७ सहसचिव र १७ जना उपसचिवको सरूवा गरेका हुन्।, इलाम, बाग्लुङ, गोरखा, कञ्चनपुर, पाल्पा, पर्सा, काभ्रे, सिन्धुपाल्चोक, सुर्खेत, नवलपरासी पूर्व, राम... |
सेतोपाटी संवाददाता चामल बोकेको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दुई नम्बर पुलबाट खोल्सामा खस्दा चालक शेरबहादुर गुरुङ घाइते भएका छन्।, भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु १ ख ६३४८ नम्बरको सो ट्रक इच्छाकामना गाउँपालिका– ५ मा आज बिहान दुर्घटना परेको थियो।, दुर्घटना परी गम्भीर घाइते भएका चालक गुरुङको पुरानो ... |
सेतोपाटी संवाददाता कोटेश्वर–जडीबुटी सडकखण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ। सो सडक खण्डको दायाँ-बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको जनाइएको छ।, जामको दीर्घकालीन समाधान गर्न सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई अनुरोध गरिरह... |
सेतोपाटी संवाददाता प्रतिनिधिसभा संसदको विकास तथा प्रविधि समिति अन्तर्गत गठित सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमितिले सवारी दुर्घटना न्यूनीकरणका सम्बन्धमा सुझाव दिन आमनागरिकलाई आग्रह गरेको छ।, उपसमितिले सोमबार सूचना निकालेर आमनागरिकका सुझाव अध्ययन गरी आफ्नो कार्यलाई थप प्रभावकारी बनाउन लागेको बताएको हो। उपसमितिले सवा... |
समिक्षा अधिकारी र विवेक राई केही दिनयता टेकु अस्पतालको माहोल बदलिएको छ। अस्पताल छिर्नेबित्तिकै गेटको बायाँतर्फ ठूलो ब्यानर देखिन्छ। चीनमा नाेवेल कोरोना भाइरसको संक्रमण फैलिएपछि यो ब्यानर थपिएको हो, जसमा रोगका लक्षण, सर्ने सम्भावना र सुरक्षित रहने उपाय सुझाइएका छन्।, अस्पताल भवनभित्र पनि ठाउँ-ठाउँमा कोरोना भाइरसबारे जा... |
सेतोपाटी संवाददाता बलात्कारको आरोपमा एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। कुवेत जाने क्रममा रहेका धादिङ गजुरी ८ बस्नेतगाउँका हरिकृष्ण भनिने हेमनसिंह बस्नेत पक्राउ परेका हुन्।, हेबी इक्वीपमेन्ट चालक रहेका बस्नेतमाथि बलात्कारको आरोप छ। गत जेठ १४ गते आफ्नै गाउँमा बाटो खन्ने काममा रहेका हेमनले ग... |
सेतोपाटी संवाददाता काठमाडौंस्थित यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्याङ स्वयम्भूमा कार्यरत अधिकृत शिवलाल पौडेल घुससहित पक्राउ परेका छन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले अधिकृत पौडेल र सेवाग्राही दीपक खतिवडालाई कार्यालय परिसरबाट नै नियन्त्रणमा लिएको हो।, पौडेललाई सेवाग्राही दीपकसँग १३ हजा... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा शनिबार राति चोरी भएको छ।, अज्ञात समूहले गाउँपालिका कार्यालयसहित वडा नम्बर ६ को कार्यालय तोडफोड गरेको र ११ वटा घरमा चोरी गरेको गाउँपालिका अध्यक्ष कमल नेपालले जानकारी दिए। ‘गाउँपालिका र वडा नम्बर ६ को कार्यालयमा ताला मात्रै फोडेका छन्। ११ वटा घरमा भने सुनचाँदी र... |
सेतोपाटी मुम्बई सिनेमाको सहर हो। ‘बलिउड’ को सिर्जनशीलता हामीले पर्दामा देखेकै छौं। तर, मुम्बई पुलिस पनि कम छैनन् है!, ट्राफिक लाइटमा रोकिँदा पनि सवारी चालकहरूले हर्न बजाएर हैरान पारेपछि मुम्बई पुलिसले गज्जबको काइदा ल्याएको छ।, भारतीय सञ्चार माध्यमहरूका अनुसार अनावश्यक हर्न बनाएर सहर कोलाहल पार्ने प्रवृत्ति रोक्न मुम्ब... |
एजेन्सी एन्टिभाइरल औषधिको संयोजनबाट थाइल्यान्डका चिकित्सकले कोरोना भाइरसका एक बिरामीको सफल उपचार गरेका छन्।, स्वास्थ्य मन्त्रालयले आइतबार दिएको ब्रिफिङअनुसार बैंककस्थित राजविथी अस्पतालका चिकित्सकले चीनबाट आएकी कोरोना भाइरस सङ्क्रमित ७१ वर्षीय वृद्धाको उपचार गरेका हुन्।, एचआइभी र फ्लू उपचार गर्न प्रयोग गरिने औषधिको संय... |
सेतोपाटी संवाददाता चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सवारी चालक एक लाख घुस रकमसहित पक्राउ परेका छन्। , आइतबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल र सवारी चालक संचित दुलाललाई घुस रकम सहित नियन्त्रणमा लिएको हो। , प्रमुख प्रशासकीय अधिकृत पौडेलले ... |
नेहा झा धनुषामा मेमोरी कार्डका कारण भएको विवादलाई लिएर एक महिलाको घाँटी थिची हत्या भएको छ।, माघ १८ गते शनिबार धनुषाको औरही गाउँपालिका वडा नम्बर २ बस्ने २२ वर्षीया चिन्तामणी पासवानको घाँटी थिचेर हत्या गरिएको थियो। हत्या आरोपमा ५५ वर्षीय ससुरा राधाकृष्ण पासवान, ४५ वर्षीया सासु कुमला पासवान, ३० वर्षीय श्रीमान अनिल कुमार ... |
सेतोपाटी संवाददाता सरकारले चीनबाट उद्धार गरिने नेपालीलाई काठमाडौंको नागार्जुन नगरपालिकास्थित इचंगुनारायणमा रहेको अपार्टमेन्टमा राख्ने तयारी गरेको छ।, कोरोनाभाइरस फैलिएको चीनको वुहान सहरमा रहेका नेपालीलाई सरकारले उद्धार गर्न यसअघि नै आवेदन फारम भराइसकेको छ।, उद्धार गरिएकामा कोरोनाभाइरस भए/नभएको स्वास्थ्य परीक्षणको रिपो... |
सेतोपाटी संवाददाता हिजोको आइतबार धेरैका लागि वर्षमा ५२ दिन आउने आइतबारजस्तै सामान्य थियो तर चीनको वुहान सहरका ५७ जनालाई यो अन्तिम दिन बन्यो। २ हजार ८ सय २९ जनाको जीवनमा नयाँ सन्त्रास छायो-उनीहरूलाई नोवेल कोरोनाभाइरसले समात्यो।, पर्यटकीय नगरी र संसारका चर्चित गाडी निर्माता कम्पनीका प्लान्ट भएको वुहानका वासिन्दा अहिले ... |
एजेन्सी उनी गर्भावस्थाको ३८ औं सातामा थिइन्। शरीरको तापक्रम बढ्यो। गत बिहीबार उनी डाक्टरलाई देखाउन गइन्। हेइलोङजियाङ प्रान्तकी उनलाई वुहानबाट फैलिएको नोवेल कोरोनाभाइरसले समातिसकेको थियो।, हार्विन सहरमा रहेको अस्पतालका डाक्टरले उनलाई अपरेसन कक्षमा पठाए। आमा र डाक्टर दुबैलाई पीर थियो- जन्मने बच्चामा पनि कोरोनाभाइरस देखि... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजालविरूद्ध घुस लिएको भन्दै पाँचवटा छुट्टा छुट्टै मुद्दा दायर गरेको छ। , सोमबार अख्तियारले उनीविरूद्ध विशेष अदालतमा दायर गरेका छुट्टाछुट्टै अभियोगपत्रमा उनीसँग माग गरिएको विगो (भ्रष्टाचार गरेको जम्मा रक... |
राकेश यादव औद्योगिक करिडोरमा रहेका उद्योगबाट निस्कने रसायनयुक्त पानी तथा लेदोले सिर्सिया नदी प्रदुषित बनेको छ। , बाराको सिमरादेखि पश्चिममा पर्ने रामवनमा रहेको जंगलमा मुल रहेको सिर्सिया नदी प्रदुषणको चपेटामा परेको करिव ३ दशक भइसकेको छ।, बारा–पर्साको औद्योगिक करिडोरमा रहेका साना ठूला गरी ४६ उद्योगबाट उत्सर्जित हुने प्रद... |
सेतोपाटी संवाददाता सिन्धुलीमा ५५ केजी गाँजासहित छ जना पक्राउ परेका छन्।, शनिबार हरिहरपुरगढी गाउँपालिका-७ केमनचुलीस्थित क्यान भुताहा जाने सडकखण्डमा प्रहरीले छ जनालाई गाँजासहित पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालयले सोही बाटो हुँदै लागुऔषध गाँजा लुकाइछिपाइ विक्री वितरण भइरहको भन्ने सूचनाका आधारमा चेकजाँच गरेको थियो।... |
सेतोपाटी संवाददाता मोटरसाइकलको ट्रायल परीक्षामा नक्कली प्रशिक्षार्थी पक्राउ परेका छन्।, महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका ट्राफिक प्रहरी टोलीले उपत्यकास्थित नेपाल ड्राइभिङ ट्रायल सेन्टर, सुकेधारामा सञ्चालन भएको मोटरसाइकलको ट्रायल परीक्षामा नक्कली प्रशिक्षार्थी पक्राउ गरेको हो।, पक्राउ पर्नेमा कैलाली घोडाघोडी न... |
सेतोपाटी सुआहारा गैरसरकारी संस्थामा कार्यरत ‘वाश’ का क्षेत्रीय संयोजक आलोकचन्द्र न्यौपानेको आइतबार साँझ प्रशिक्षण दिइरहेको बेला आकस्मिक रुपमा बेहोस भई ढल्दा मृत्यु भएको छ।, एकीकृत पोषण तथा स्वास्थ्य कार्यक्रमको समीक्षा तथा दिगोपनासम्बन्धी चैनपुर नगरस्तरीय कार्यशाला गोष्ठी चलिरहेको बेला मुटुरोगद्वारा पीडित न्यौपानेको म... |
दिपकजंग शाही जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित मंगलगढी चोकदेखि चाइना पुलसम्मको सरकारी जमिनमा बनेका संरचना खाली गर्न निर्देशन दिएको छ।, व्यक्तिले प्रयोग गर्दै आएको ८ कठ्ठा ७ धुर जमिन गत पुस १३ गते जिल्ला मापलोत कार्यालय सुर्खेतले सरकारको नाममा ल्याएको थियो। जमिन सरकारीकरण गरिएसँगै प्रशासनले त्यसमा बने... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.