content
stringlengths
20
64.1k
सेतोपाटी महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सडकबाट सशस्त्र प्रहरीले आइतबार बेलुका २१ तोला सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।, पक्राउ पर्नेमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ बस्ने २३ वर्षीय दीपक महतो रहेको सशस्त्र प्रहरी बिओपी मटिहानीका प्रहरी निरीक्षक हिमाल थापाले बताए।   , १६ लाख २४ हजार ६...
सेतोपाटी संवाददाता गायिका आस्था राउत प्रहरीमा पुगेकी छिन्।, सोमबार बिहान हाजिर हुन पुगेकी राउतलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ।, राउतको स्वास्थ्य परीक्षण गराएर हिरासतमा लिइएको परिसर प्रवक्ता होबिन्द्र बोगटीले बताए।, राउत परिवारका साथमा परिसर पुगेकी थिइन्। परिसरका अनुसार राउतमाथि अभद्र व्यवहार कसुरको मुद्...
सेतोपाटी संवाददाता चीनको हुबेई प्रान्तमा कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या ८० पुगेको छ।, ७६ जनाको निधन भएको पुष्टी भएपनि बिबिसीले आफ्नो समाचारमा ८० जनाको निधन भएको दाबी गरेको छ। यसबाट २ हजार ७ सय ४४ जनलाई आधिकारिकरुपमा संक्रमण भएको पुष्टी भएको छ भने करिब ५ हजार सात सय ९४ जनामा यो भाइरसको संक्रमण भएको अनुमान...
सेतोपाटी संवाददाता अभद्र व्यवहारसम्बन्धी कसूर गरेको आरोप खेपिरहेकी गायिका आस्था राउतलाई प्रहरीले हिरासतमै राखेर अनुसन्धान गर्ने म्याद लिन काठमाडौं जिल्ला प्रशासन कार्यालय (सिडिओ) लैजाँदै छ।, उनी आज बिहान आफैं काठमाडौं प्रहरी परिसरमा उपस्थित भएकी थिइन्। उनी उपस्थित भएपछि प्रहरीले स्वास्थ्य परीक्षण गराएर हिरारतमा लिएको ...
सेतोपाटी संवाददाता कैलालीबाट सोमबार २२ लाख ८२ हजार रुपैयाँसहित १६ जना जुवाडे पक्राउ परेका छन्।, धनगढी-३ को रोस हाउस रेस्टुरेन्टनजिकै तिलक अधिकारीको घरमा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले सोमबार बिहान राति पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अधिकारीसहितका व्यक्तिलाई जुवा खालबाट पक्राउ गरिएको हो।, प...
सेतोपाटी संवाददाता नक्कली भ्याट बिल प्रकरणमा राजस्व अनुसन्धान विभागले दुई कम्पनीविरूद्ध अदालतमा मुद्दा दायर गरेको छ।, विभागले काठमाडौं-१७ को रेजिङ इन्टरनेसनल प्रालि र हेटौंडा-२ को हनुमान कन्स्ट्रक्सन प्रालिविरूद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।, विभागका अनुसार रेजिङका प्रोप्राइटर सञ्जीव मास्केलाई...
सेतोपाटी यो लेख पढ्दै गर्दा तपाईं कफी सुरूप्प पार्दै हुनुहुन्छ? छ भने, अझै मजा लिएर पिउनुस्। यसले कफीको तलतल मेट्ने मात्र होइन, तपाईंको स्वास्थ्य सुधार्ने छ, आयु पनि बढाउनेछ।, हालै अमेरिकामा भएको अध्ययनले कफी नखानेहरूको तुलनामा खानेहरूको आयु लामो हुने देखाएको हो। यो अध्ययनमा दैनिक कम्तिमा चार कप कफी पिउने २० हजार जना ...
सेतोपाटी संवाददाता वन डिभिजन कार्यालय, चितवनले सेरीन हाईवे रिसोर्ट–डालिमाबाट एक चित्तलको उद्दार गरेको छ। गत हप्ता सो रिसोर्टले चित्तललाई डोरीले बाँधेर राखेको भन्दै तस्वीरहरु सार्वजनिक भएका थिए। पर्यटन तान्न भन्दै रिसोर्टले चित्तल राखेको थियो।, एनिमल राईटस् क्लबले यसबारे थाहा पाएपछि कारबाहीको प्रकृया अगाडि बढाइ उद्दार ...
सेतोपाटी संवाददाता उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको कार्यालयमा शङ्कास्पद वस्तु फेला परेको छ।, गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का वडाध्यक्ष केशरबहादुर खड्काका अनुसार झोलामा प्रेसर कुकर बम झुन्डाएर राखेको हुनसक्ने आशङ्का गरिएको छ।, ‘बम रहेको आशङ्कामा डिस्पोज गर्न नेपाली सेनालाई खबर गरिएको छ,’ उनले भने, ‘कार्यालय ...
सेतोपाटी संवाददाता ओखलढुंगाको चम्पादेवी गाउँपालिका-५ का ५५ वर्षीय सन्तोष विक सोमबार बिहान बिरामी भए।, छोरी कल्पना विकले गाउँको एउटा बोलेरो बोलाइन्।, बा२१च ७३६१ नम्बरको बोलेरो लिएर धनी तथा चालक जगतबहादुर खत्री घरनजिकै पुगे।, कल्पनाले छिमेकी अनिता बुढाथोकीलाई साथ लिएर जिल्ला अस्पताल ओखलढुंगातर्फ जान चालकलाई अनुरोध गरिन्...
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।, सोमबार प्रहरी सम्पर्कमा आएकी राउतमाथि अनुसन्धानका लागि सात दिन थुनामा राख्ने अनुमति माग्दै गएको प्रहरीलाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चार दिन थुन्न आदेश दिएका हुन्।, प्र...
दिपकजंग शाही फागुन दोस्रो सातादेखि ‘कर्णाली उत्सव’ सञ्चालन हुने भएको छ। ‘कुडा कर्णालीका’ नारा समावेश गरी वीरेन्द्रनगरमा कर्णाली उत्सव आयोजना गर्न लागिएको हो। उत्सवमा विशेषगरी सरोकारवालासँगको बहसलाई प्राथमिकतता दिइएको छ। बहसमार्फत कर्णालीको पहिचान गराउने उद्देश्य उत्सवको छ।, सुर्खेतमा रहेको ऋति फाउण्डेसनले उत्सवको आयोज...
विवेक राई चीनको वुहान सहरबाट फैलिएको कोराना भाइरसका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा कमी आएको छ। गएको दुई दिनदेखि चीनबाट उडान भर्ने सिचुवान एयरलाइन्समा नेपाल आउने यात्रुको संख्या आधा कम भएको एयरलाइन्स स्रोतले जानकारी दिएको छ।, हप्ताको चारदिन काठमाडौं–लासा–छेन्दुको उडान भर्ने सिचुवान एयरलाइन्सबाट अहिले ५० देखि...
एजेन्सी इरानको दक्षिणपश्चिम क्षेत्रमा रहेको महसहर विमानस्थलमा १३५ यात्रु बोकेको विमान रनवेबाट चिप्लिएर हाइवेमा पुगेको छ।, सोमबार क्यास्पियन एयरलाइन्सको विमान आवतरण गर्ने बेला रनवेबाट चिप्लिएर हाइवेसम्म पुगेको हो। यो दुर्घटनापछि सबैको सकुशल उद्दार गरिएको इरानका स्थानीय मिडियाले जनाएका छन्।, विमानमा १३५ जना यात्रु र सात...
दिपकजंग शाही जुम्लामा माटोको ढिस्कोमा पुरिएर एकै घरका सासु–बुहारीको मृत्यु भएको छ। चन्दननाथ नगरपालिका–४ स्थित दुनीखोलामा घर लिप्ने माटो खन्न गएका सासु–बुहारीको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।, मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–४ सिंगाचौरका ५५ वर्षीया नाक्चे सुनार (सासु) र २४ वर्षीय...
सेतोपाटी संवाददाता साढे दुई किलो चरेससहित दाङबाट तीन युवा पक्राउ परेका छन्। पक्राउ पर्ने सबै रुकुम पश्चिमका छन्।, मुसिकोट नगरपालिका वडा नं. २ रातामाटाका २१ वर्षीय अनिल पुन मगर, आठविसकोट नगरपालिका वडा नं. ९ का २८ वर्षीय भीमबहादुर सार्की र मुसिकोट नगरपालिका वडा नं. ६ का ४० वर्षीय बाहादुर बोहरा पक्राउ परेका हुन्।, दाङ जि...
सेतोपाटी संवाददाता सल्यान जिल्लाको दुई स्थानका एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ।, बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ४ स्थित देउली र शारदा नगरपालिका वडा नम्बर १३ स्थित लेखटाकुरामा रहेको एनसेलको टावरमा आगजनी भएको हो।, गजनीबाट जेनरेटर र बिटिएसको तारमासमेत क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।, आगजनी आइतबार राति...
नेहा झा साउदी अरबमा मृत्युको मुखबाट जोगिन सफल भएका उमेश यादव सोमबार गृहनगर जनकपुर फर्किएका छन्। तीन दिन अगाडि स्वदेश फर्केका यादव सोमबार जनकपुर आइपुगेका हुन्।, यादवलाई साउदी अरबले मृत्युदण्डको सजाय तोकेको थियो। तर, केही अभियन्ता तथा नेपाली राजदूतावासको पहलमा मृत्युदण्डको सजायबाट जोगिन सफल भए। अन्ततः १४ वर्षपछि उनी आफ्...
सेतोपाटी संवाददाता दाङ प्रहरीले दुई व्यक्तिलाई चितुवाको छालासहित पक्राउ गरेको छ।, दंगिशरण गाउँपालिका वडा नं. १ का २४ वर्षीय चेतबहादुर पुन र सोही ठाउँकै २४ वर्षीय सौगात घर्तीलाई पक्राउ परेका छन्।, जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले दुबै जनालाई सोमबार बेलुका ५ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १४ बसपार्क क्षेत्रबाट...
सेतोपाटी शङ्खरापुर नगरपालिकाको साँखुबाट ४०० वर्ष पुरानो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति चोरी भएको छ।, साल्खा महादेवस्थानको नामले चिनिने सुनको जलप लगाएको तामाको प्रतिमूर्ति साँखुका मूल पुरोहित सुदनराज राजोपाध्यायको घरबाट गएराति चोरी भएको हो। , हरेक वर्ष जनैपूर्णिमाको जात्रामा पूजा गरिने अन्दाजी २.५ फिटको चारमुखी ज्योत...
सेतोपाटी तनहुँको बन्दिपुर गाउँपालिका–४ लोहीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा सोही वडाका शुकबहादुर विकका छोरा ११ वर्षीय इशाक विक सुनार रहेको प्रहरीले जनाएको छ।, आज करीब साँझ ६ बजेतिर गाउँमा भएको छेवरको भोज खाएर घर फर्कने क्रममा आमासँगै रहेका छोरा इशानलाई बाटैबाट चितुवाले झम्टेर लगेको हो।, घट...
सेतोपाटी माटो खानी पुरिएर जुम्लामा सासु बुहारीको मृत्यु भएको छ।, घर पोत्ने रातो माटो ल्याउन गएका चन्दननाथ नगरपालिका–४ सिंहाचौरकी सासू बुहारी खानीमा पुरिएर मृत्यु भएको हो। , नगरपालिका–४ कै मालाभिडको जङ्गलमा गएकी ४५ वर्षकी सासू नाक्चु सुनार र २५ वर्षकी बुहारी स्यान सुनारको माटो खन्ने क्रममा खानी भासिएर घटनास्थलमै मृत्यु...
सेतोपाटी नेपाल कानून व्यवसायी परिषद्ले यस वर्षदेखि सरकारी तथा सङ्घसंस्थामा पूरा समय काम गर्ने कर्मचारीलाई कानून व्यवसायी प्रमाणपत्र नदिने निर्णय गरेको छ।, परिषद्को शुक्रबार बसेको बैठकले उत्तीर्ण परीक्षार्थी कुनै सरकारी, गैरसरकारी, सङ्घसंस्था वा निकायमा पूरा समय नोकरीमा संलग्न व्यक्ति वा अन्य कुनै निकाय संलग्न व्यक्तिल...
द न्यूयोर्क टाइम्स ग्रेस फ्रेन्चले आफ्नो 'प्यारो' साथी बेन्ट्लेलाई सानैदेखि तालिम दिएकी थिइन्। त्यो सानोतिनो करतब देखाउने, अह्राएको काम गर्ने वा बगैंचा डुल्दा सँगसँगै हिँड्ने सामान्य तालिम थिएन।, मिसिगनकी ग्रेसलाई आफूमाथि भएको यौन दुर्व्यवहारको दुःस्वप्नले हरेक रात झस्काउँथ्यो। यस्तो लाग्थ्यो, मानौं त्यो यौन दुराचारील...
एजेन्सी इरानमा एउटा यात्रुवाहक विमान धावनमार्गको सट्टा सडकमा अवतरण हुन पुगेको छ।, इरानको दक्षिण पश्चिम शहर, माशहर विमानस्थल नजिक भएको घटनामा विमान धावनमार्गमा अवतरण गर्ने कोशिस गर्दैगर्दा चिप्लिएर नजिकैको सडकमा पुगेको हो।, घटनामा कोही पनि यात्रु हताहत नभएको जनाइएको छ। सो विमानमा १३५ यात्रु सवार थिए।, क्यासपियन एयरलाइन...
सेतोपाटी जिल्लाको मार्तडी कोल्टी सडक खण्डअन्तर्गत एक महिना अगाडिदेखि परेको हिउँ पन्छाएर सडक सञ्चालन गरिएको छ।, बडिमालिका नगरपालिकाको सहयोग र वडा –७ को समन्वयमा एक महिनादेखि परेको हिउँ हटाएर बाटो खुलाइएको हो। , अघिल्लो महिनादेखि परेको भारी हिमपात र वर्षाले मार्तडी कोल्टी सडकखण्डअन्तर्गत पर्ने पोरखे लेख र आसपासको क्षेत्...
एजेन्सी कोरोना भाइरस लागेका संक्रमित विरामीको उपचारमा सक्रिय एक जना डाक्टरको चीनमा मृत्यु भएको छ।, कोरोना भाइरस लागेपछि हुबेई सिन्ह्वा अस्पतालका डाक्टर लियाङ विङदोङको मृत्यु भएको चिनियाँ सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।, डाक्टर विङदोङ कोरोना भाइरस लागेका विरामीको उपचारमा केही दिनदेखि निकै सक्रिय थिए। , भाइरस संक्र...
सेतोपाटी संवाददाता उपराष्ट्रपति नन्दबहादुर पुन चितवनमा हुने कोटिहोम महायज्ञमा सहभागी नभई फर्केका छन्।, नारायणगढमा शनिबार महायज्ञ उद्घाटन गर्न शुक्रबार नै उपराष्ट्रपति पुन चितवन पुगेका थिए।, उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले उपराष्ट्रपति सबैको साझा व्यक्ति भएका कारण निम्तोलाई स्विकार गरेको तर कार्यक्रम नै विव...
सत्यमोहन जोशी (प्रस्तुतिः गिरीश गिरी) अंग्रेजबाट स्वतन्त्र भएपछि भारतका प्रथम राष्ट्रपति बनेका डा. राजेन्द्र प्रसादसँगको भेट अविश्मरणीय क्षण थियो। मेरो निम्ति त्यो भेट विशेष बनाउन थप योगदान त्यति बेला खिचिएको तस्बिरले पनि गरेको छ। राजधानी नयाँदिल्ली पुगेको नेपाली प्रतिनिधिमण्डलका सदस्यमध्ये यसरी हात मिलाएको तस्बिर मेर...
सेतोपाटी संवाददाता कुसुण्डा भाषाकी जानकार दाङकी ज्ञानीमैया कुसुण्डाको निधन भएको छ।, शनिबार दिउँसो साढे १२ बजेतिर ८५ वर्षीया कुसुण्डाको लमही नगरपालिका वडा नम्बर ६ कुलमोहरस्थित आफ्नै घरमा निधन भएको हो।, कसुण्डा भाषाको एक अनुसन्धानकर्ता उदय आलेले ज्ञानीमैयाको निधनले अपुरणीय क्षति भएको बताए।, ‘उहाँ कुसुण्डा भाषाको लागि मू...
निशा भण्डारी पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा ढिलाइ भएपछि नागरिकस्तरबाट माइतीघर मण्डलमा कचौरा जुलुस गरिएको छ।, शनिबार कचौरामा पश्चिम सेतीको पानी राखेर ‘पश्चिम सेतीका लागि नागरिक अभियान बोलन्या थली धनगढी’ले विरोध प्रदर्शन गरेको हो।, सात सय ५० मेगावाट क्षमताको आयोजना निर्माण गर्ने २२ वर्ष अघि निर्णय भए पनि अहिलेसम...
नारायण महर्जन माधवनारायण ब्रतालु परदेश जाने क्रममा आज तेस्रो दिन फर्पिङ शेषनारायणमा स्नान गरेर पूजाआजा गरी साँखु फर्किएका छन्।, माघ ९ गते बिहीबारदेखि माधवनारायण ब्रतालुको परदेश यात्रा सुरू भएको हो।, ब्रतालु बिहीबार साँखुबाट बज्रयोगिनी मन्दिर र त्यहाँबाट पशुपति गएका थिए। माघ १० गते शुक्रबार सो यात्रा पशुपतिबाट फर्पिङतर...
नारायण खड्का राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न दाङ आएकी पूर्वसभामुख ओनसरी घर्ती निर्वाचन सकेर शुक्रबार बिहानै दाङस्थित टरिगाउँ एयरपोर्टमा पुगिन्। उनको ८:४५ बजेको काठमाडौं फर्किने फ्लाइट थियो।, उनी प्लेन चढिन्। प्लेन स्टार्ट पनि भयो। धावनमार्गमा गुड्यो पनि। प्लेनका सदस्यले घर्ती लगायत विमान भित्रका यात्रुलाई स्वागत ग...
रासस कालीगण्डकी नदीको किनारामा पूजा गर्ने क्रममा माटो ढिस्कोले पुरिँदा तीनजना घाइते भएका छन्।, तानसेन नगरपालिका–१४ ऋषिकेश मन्दिरदेखि तल कालीगण्डकी नदीमा स्नान गरी पूजा गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिँदा तीनजना महिला घाइते भएका हुन्।, कपिलवस्तु बाणगङ्गा नगरपालिका–९ का ७१ वर्षीय गोमा आचार्य, कपिलवस्तुकै ...
नारायण महर्जन शनिबार तामाङ समुदायले नयाँ वर्षका रूपमा सोनाम ल्होछार २८५६ मनाएका छन्।, माघ शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षारम्भका रूपमा तामाङ जातिले यस पर्वलाई मनाउने गर्छन्।, यो पर्वले तामाङ समुदायको परम्परागत संस्कृतिको संरक्षण र सम्वर्द्धनमा योगदान पुर्‍याउने गरेको छ।, बागमती प्रदेशका १३ जिल्लामा तामाङ समुदायको ब...
नारायण खड्का घोराहीकी रोशनी थापा साइक्लिङमा रूची राख्छिन्। उनको परिचय योभन्दा अझै फराकिलो छ। उनी बैंकको जागिरे, तेक्वान्दोको ब्याल्क बेल्ट र गायिकासमेत हुन्।, उनका चार वटा गीत बजारमा आइसकेका छन्।, ‘जीवनमा संघर्षका पाइला बढाउँदैछु, बरू मलाई अब पूर्वखेलाडी भने पनि हुन्छ,’ एक दिन सेतोपाटीसँग उनले भनिन्।, घोराहीकै क्रिजन...
सेतोपाटी काभ्रेमा टिपरले मोटरसाइकललाई ठक्कर दिदां एक व्यक्तिको मृत्यु भएको छ।, पाँचखालबाट धुलिखेल आउँदै गरेको बा८५प ६०२६ नंको मोटरसाइकलमा सवार मण्डनदेउपुर नगरपालिका–७ का अन्दाजी ३२ वर्षका प्रदीप श्रेष्ठको शनिबार दुर्घटनामा मृत्यु भएको छ।, सोही दिशाबाट आइरहेको बा४ख ११४५ नंको टिपरले अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपा...
सेतोपाटी सिन्धुलीको घ्याङलेख गाउँपालिकाका एक जना इञ्जिनियर पक्राउ परेका छन्।, गाउँपालिकामा कार्यरत इञ्जिनीयर दिलीपकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो।, गाउँपालिकाको विद्युत् विस्तार गर्ने क्रममा उपभोक्तासँग पैसा मागेपछि शाहलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्ध...
सेतोपाटी पनौती नगरपालिका–९ जाइडोलस्थित जागेश्वरी इँटा उद्योगको पोखरीमा डुबेर अपराह्न एक बालिकाको मत्यु भएको छ।, उद्योगले शौचालय बनाउन खनेको खाडलमा जमेको पानीमा डुबेर स्थानीय सुमन तामाङको २२ महिनाकी छोरी कृष्टिनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, घरदेखि करीब ३०० मिटरको दूरीमा साथीसँग खेल्ने क्रममा नजिकै रहेको उद्योगको ...
सेतोपाटी झापाबाट काठमाडौं जाँदै गरेको बा४ख ६९६ नंको माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायबउपरीक्षक श्यामबहादुर खत्रीले काठमाडौँ महानगरपालिका–११ गठ्ठाघर निवासी ३८ वर्षीय मोहन मर्हजनको सो...
एजेन्सी टर्कीमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा २९ जनाको मृत्यु हुनुका साथै १४ सय भन्दा बढी मानिसहरू घाइते भएका छन्।, ६.८ रेक्टर स्केलको सो भूकम्प पूर्वी टर्कीको इलाजिग प्रान्तको सिविरिस शहरलाई केन्द्रविन्दु बनाउँदै गएको थियो। भूकम्पबाट भवनहरु भत्किनुका साथै मानिसहरुको भागदौड भएको थियो।, बिबिसीका अनुसार भूकम्पमा प...
सेतोपाटी संवाददाता हेटौंडा उपमहानगरपालिकाबाट प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ।, शनिबार साँझ करिब ७ बजे प्रहरीले वडा नम्बर १९ बाट बा२झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो।, मकवानपुर प्रहरी प्रवक्ता ललनकुमार कुर्मीका अनुसार इलाका प्रहरी कार्यालय नेवारपानीबाट ख...
सेतोपाटी संवाददाता जग्गा व्यवसायीमा संलग्न एक पूर्वसैनिक आफ्नै सहकर्मीबाट लुटिएका छन्।, काभ्रेस्थलीको जंगलमा पैसा बोकेर गएका पूर्वसुबेदार बच्चुराम गुरूङलाई उनकै जग्गा व्यवसायी सहकर्मीले बिहीबार लुटेका हुन्।, ‘बल्ने ढुंगा’ भेटिएको भन्दै केही व्यक्तिले गुरूङलाई जंगलमा पैसा लिएर बोलाएका थिए।, पचास लाख रुपैयाँ पैसा लिएर ग...
सेतोपाटी संवाददाता ७१ औं गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग गरेको छ। , नेपालस्थित भारतीय दूतावासले आफ्नो गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न अस्पताल तथा गैरनाफामुलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको हो। दूतावासले विभिन्न शैक्षिक संस्थाहरुलाई ६ वटा बस समेत सहयोग गरेको छ।, ...
एजेन्सी सुडानको राजधानी खारतोमस्थित एउटा अस्तव्यस्त चिडियाखानामा रहेका सिंहका माया लाग्दा तस्बिरले अहिले निकै चर्चा पाइरहेको छ। , पुराना, खिया लागेका खोरभित्र देखिएका तीन वटा पोथी सिंह एकदमै दुब्ला र अस्वस्थ छन्। पार्कभित्र रहेको यो चिडियाघरमा बचेका सबै सिंहको अवस्था यस्तै रहेको टाइम डटकमले लेखेको छ। , झोलिएको छाला, ख...
सेतोपाटी संवाददाता आइतबार विहानदेखि काठमाडौंमा राम्रोसँग घाम लागेको छैन। आकाशमा ड्याम्म बादल छ। , पानी पर्ने त होइन?, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा आइतबार पानी पर्ने संभावना कम छ। , ‘काठमाडौंमा आज पानी पर्ने संभावना न्युन छ,’ महाशाखाकी मौसमविद् सजिना शाक्यले सेतोपाटीसँग भनिन्, ‘बादल लागे पनि पान...
राकेश यादव चन्द्रपुरको गौर सडकखण्डमा शंकास्पद बस्तु फेला परेको छ। ग्लोबल आइएमई बैंक अगाडि सडकमा एउटा कालो खैरो रंगको ब्याग र सेतो बोरा देखिएपछि त्यसमा बम रहेको आशंका गरिएको छ।, स्थानीयले केही समयअघि देखेको उक्त झोलाहरुको बारेमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरलाई जानकारी गराएका छन्। उक्त झोलालाई सुरक्षाकर्मी तथा ट्राफि...
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले २३ करोड राजश्व छलेको अभियोगमा दुई कम्पनीका संचालकविरुद्ध मुद्दा दायर गरेको छ।, रेजिङ इन्टरनेसनलका प्रोप्राइटर सञ्जिव मास्केले नक्कली भ्याटबिल बनाएर राजश्व छलेको अभियोगमा विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको छ।, उनले १४ करोड ८७ लाख रुपैयाँ राजश्व छलेको विभागको दावी छ...
सेतोपाटी संवाददाता पोखरा विमानस्थलबाट बन्दुकको २२ राउण्ड गोलीसहित एक पक्राउ परेका छन्।, पक्राउ पर्नेमा पोखरा २७ रिठ्ठेपानीका जितु शाही रहेको प्रहरीले जनाएको छ।, यति एयरलायन्सका उडानबाट काठमाडौं जान लागेका शाहीले बोकेको झोला एक्सरे मेसिनबाट परीक्षण गर्दा गोली भेटिएको हो।, उक्त गोली २२ बिओआर राइफलमा प्रयोग हुने समेत प्र...
सेतोपाटी संवाददाता उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाबाहेक अन्यन्त्र बागमती प्रदेशभर शुक्रबार सार्वजनिक बिदा हुने भएको छ।, बागमती प्रदेश सरकारले तामाङ समुदायको सोनाम ल्होसारको अबसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको हो। प्रदेश सरकारले दिएको बिदा उपत्यकाभित्रका तीन जिल्लाबाहेक अन्यमा लागू हुनेछ।, गृह मन्त्रालय...
सेतोपाटी संवाददाता चाबहिलस्थित धोवी खोलाको किनारमा नवजात शिशुको शव फेला परेको छ। सालनालसहितको उक्त शव बिहीबार बिहान फेला परेको हो। , हेर्दा सात महिनामा जन्माएजस्तो देखिने शव कपडाले बेरेर फालेको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। , शिशु कसैले जन्माएर फालेको हुनसक्ने आशंका गरिएको छ। शिशुको शव...
युवराज श्रेष्ठ गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पोखराको लेकसाइडको होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी राष्ट्रियसभा निर्वाचनको भोट हालेलगत्तै पक्राउ परेका हुन्।, अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गु...
सेतोपाटी संवाददाता अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय कास्कीले सांसद राजीव गुरुङ ‘दिपक मनाङे’विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।, मनाङेलाई पक्रन पक्राउ पुर्जी जारी भएको प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए।, बुधबार गुरुङले गण्डकी प्रदेश...
सेतोपाटी संवाददाता अनुयायीमाथि बलात्कार गरेको मुद्दा खेपिरहेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरी भारत गएका छन्।, उच्च अदालत विराटनगरमा मुद्दाको सुनुवाइ भइरहँदा उनी भारत छिरेका हुन्।, बिहीबार दिउँसो १ बजे उनी ग१च ८१५७ नम्बरको पजेरो चढेर जोगबनीबाट पारि गएका हुन्।, बडिगार्ड प्रहरी हवल्दार मुकेश साहलाई नेपालपट्टि ओ...
सुजना ढकाल मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भिडिओ कन्फरेन्समा जोडिए।, विराटनगरमा बनेको इन्टिग्रेटेड चेकपोस्ट र गोरखा तथा नुवाकोटमा भारतीय सहयोगमा बनेका भूकम्प प्रभावितका घर हस्तान्तरण ओलीले सिंहदरबार र मोदीले नयाँदिल्लीबाटै स्वीच थिचेर संयुक्त रूपमा गरे।, भिडिओ कन्फरेन्सकै बेला...
नारायण खड्का दाङको गढवामा ससुराको छुरा प्रहारबाट बुहारीको मृत्यु भएको छ।, जिल्लाको गढवा गाउँपालिका वडा नं. ४ रामनगर निवासी ६५ वर्षीय कुलमान कुँवरको छुरा प्रहारबाट २७ वर्षीया बुहारी वसन्ता कुँवरको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए।, बुधबार बेलुका साढे ८ बजेतिर सामान्य घरायसी विवादपछि ससुराले ...
दिपकजंग शाही कालिकोटको तिलागुफा नगरपालिकाका मेयर रत्नबहादुर शाहीलाई उपमेयर दन्ता नेपाली अमेरिका गएको थाहा थियो। तर, उनी अमेरिकामा के गरिरहेकी छन् र कहिले फर्किन्छन् पत्तो थिएन।, हुन पनि पछिल्लो तीन महिनादेखि दन्ता नगरपालिकाको आफ्नो कार्यकक्षमा भेटिन्थिनन्।, नेपालीले शाहीसँग नगरपालिका संघले आफूलाई एउटा गोष्ठीका लागि अम...
सेतोपाटी संवाददाता कोटेश्वरको सवारी चाप कम गर्न सडक विभागले ‘डेडिकेटेड सर्भिस लेन’ थप्ने तयारी गरेको छ।, तीनकुनेदेखि कोटेश्वर हुँदै जडिबुटीसम्म र भक्तपुरदेखि कोटेश्वर हुँदै बालकुमारी जाने सडकको बायाँतर्फ एक–एक लेन थप्न अध्ययन सुरू गरेको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले बताएका छन्। (हेर्नुहोस्: ,कोट...
सेतोपाटी संवाददाता अनुयायीमाथि बलात्कार गरेको मुद्दा खेपिरहेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई उच्च अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।, मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको हो। जिल्ला अदालत सुनसरीले तीन लाख धरौटीमा छ...
सेतोपाटी संवाददाता सरकारले ‘कोरोना भाइरस’विरुद्ध नेपालमा सर्तकता अपनाएको दावी गरेको छ।, चीनबाट सुरु भएको ‘कोरोना भाइरस’ जापान, दक्षिण कोरिया, थाइल्याण्ड, हङ्कङ, ताइवान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा फैलिएको छ। तर नेपालमा अहिलेसम्म यस्तो प्रकृतिको भाइरस नदेखिएको सरकारले जनाएको छ।, ,बिहीबार स्वास्थ्य तथा जनसंख्या...
युवराज श्रेष्ठ गुण्डा नाइकेको छवि बनाएका गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ ‘दिपक मनाङे’लाई हुने सजाय प्रमुख जिल्ला अधिकारी (सिडिओ)को तजविजी अधिकारमा छ।, मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरित कसुर गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले दिएको सार्वजनिक अपराधको जाहेरीका आधारमा मना...
सेतोपाटी दिपायल जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआइसिंह गाउँपालिका–६ का प्रेमराज जैसी र वासुदेवी जैसीलाइ सम्मान गरेको छ।, उनीहरुका सात सन्तानमध्ये ५ छोरा र एक छोरी नेपाली सेना र एक छोरा सशस्त्रप्रहरी बलमा कार्यरत  रहेका छन्। उनीहरुलाऐ गणपति जहरसिंह बुढामगरले प्रमाणपत्र तथा दोसल्लाले सम्मान गरे।, छोराछ...
समिक्षा अधिकारी केरलाबाट नेपाल घुम्न आएका भारतीय नागरिकको टोली गत सोमबार दामनको होटलमा बास बस्यो। पन्ध्र जनामध्ये फरक कोठामा सुतेका ८ जना बिहान अबेरसम्म उठेनन्। अचेत भेटिएका आठै जनालाई काठमाडौं ह्याम्स अस्पताल ल्याइयो, ज्यान जोगाउन भने सकिएन।, झ्याल-ढोका बन्द कोठामा ग्यास हिटर बालेर सुत्दा निसास्सिएर मृत्यु भएको प्रहर...
सेतोपाटी संवाददाता महिनावारी हुँदा छाउगोठमा पठाएको भन्दै पहिलो पटक एक जनालाई जेल सजाय भएको छ।, अछाम जिल्ला अदालतले बिहीबार साँफेबगर-३ का छत्र रावतलाई ४५ दिन जेल पठाउने फैसला गरेको हो।, गत मंसिर १५ गते रावतकी बुहारी पार्वती रावतलाई महिनावारी हुँदा छाउगोठमा बसेकी थिइन्। चिसो छाउगोठमा बसेकी पार्वतीको मृत्यु भएपछि प्रहरील...
सेतोपाटी संवाददाता नेपाली सेना र अमेरिकी सेनाबीच एक महिना लामो संयुक्त अभ्यास हुने भएको छ।, काठमाडौंमा फागुन ५ गतेदेखि सुरू हुने संयुक्त अभ्यास चैत ६ गते सकिने सैनिक स्रोतले सेतोपाटीलाई बतायो।, अभ्यास छाउनी र नगरकोटमा हुनेछ।, संयुक्त अभ्यासमा अमेरिकी सेनाका ९ जना र नेपाली सेनाका ३६ जना सहभागी हुनेछन्।, एक महिनाको दौरा...
सेतोपाटी संवाददाता अनुयायीमाथि बलात्कार गरेको मुद्दा खेपिरहेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई उच्च अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।, मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले बिहीबार उनलाई थुनामा पठाउने आदेश गरेको हो।, यसअघि जिल्ला अदालत सुनसरीले गि...
भगवती पाण्डे गाउँघरमा भन्ने गरिन्छ सात महिनामा जन्मिएको बच्चा भाग्यमानी मानिन्छ रे। त्यसको कुनै वैज्ञानिक कारण र प्रमाण नभए पनि गर्भावस्थामा रहनुपर्ने समय अगावै जन्मिए पनि बाँच्न सफल भएकोले भाग्यमानी ठानिएको होला।, सामान्यतया गर्भमा रहेको ३७ हप्तादेखि ४० हप्तासम्म जन्मिने बच्चालाई सामान्य मानिन्छ। एक अध्ययन अनुसार ४ द...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महशुस गरिएको छ।, एक सातादेखि दिनहुँजसो घाम लागे पनि खासगरी बिहान बेलुका बढी चिसो महशुस गरिएको छ।, अहिले किन चिसो बढेको भनी राखिएको जिज्ञासामा मौसमविद् शान्ति कँडेलले कुनै पनि किसिमको मौसमी प्रणाली विकास नभए पनि यस्तो अवस्था अझै केही दिन जा...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाकाले काष्ठमण्डप पुननिर्माणका लागि थप ५ करोड रुपैयाँ उपदब्ध गराएको छ। बिहीबार एक कार्यक्रामबीच महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपैयाँको चेक प्रदान गरेका हुन्।, यसअघि २०७५ जेठ २९ गते काम  सुरू गर्न ५० लाख रु...
नारायण महर्जन एक महिनासम्म चल्ने प्रसिद्ध माधवनारायणको व्रत एवं मेला अन्तर्गत ब्रतालुहरूको प्रदेश यात्रा सुरू गरेका छन्।, बिहीबार साँखुबाट सुरू भएको प्रदेश यात्रामा सहभागीले शुक्रबार बिहानै पशुपति क्षेत्रको बागमतीमा स्नान गरेका छन्।, पौराणिक सहर साँखुमा सुरू भएको माधवनारायण स्वस्थानीका ब्रतालुहरू बिहीबार साँझ पशुपतिना...
सेतोपाटी संवाददाता गाई काटेको आरोपमा सुनसरीमा दुई जना पक्राउ परेका छन्।, सुनसरी हरिनगरा गाउँपालिका–२ भुटाहा बस्ने ४५ वर्षीय सदुल अन्सारी र हरिनगरा–४ का ४२ वर्षीय लुकमान अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो।, शुक्रबार बिहान सदुल अन्सारीको घरमा गाई काटेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट टोली गएको थियो। घरबाट ...
सेतोपाटी संवाददाता छ सय ग्राम गाँजासहित गोरखाबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, अजिरकोट गाउँपालिका वडा नम्बर ५ रातामाटाबाट काभ्रे दाप्चा नगरपालिका वडा नम्बर ४ का १९ वर्षीय सागर तामाङ र चितवन भरतपुर महानगरपालिका गितानगरका २४ वर्षीय गणेश भुजेललाई नियन्त्रणमा लिएको हो।, इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प...
एजेन्सी चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संयुक्त राज्य अमेरिका पुगेको छ।  अमेरिकाको वासिङट्न राज्यमा उक्त भाइरसबाट संक्रमित एक जना अस्पताल भर्ना भएका छन्।, ३० वर्षजतिका ती पुरूष केही दिनअघि चीनको वुहान बसेर फर्किएका थिए। सिटल सहरस्थित अस्पतालमा भर्ना भएका उनको अहिले उपचार जारी छ।, उनी लक्षण देखिनासाथ अस्पताल भर्ना ...
सेतोपाटी संवाददाता सवारी चालक अनुमति पत्र बनाइदिन्छु भन्दै पैसा लिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको ट्राफिक प्रहरी टोलीले मंगलबार यातायात व्यवस्था कार्यालय ठूलोभर्‍याङ, स्वयम्भूमा सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा पास गराइदिने भनी दुई हजार लिने व्यक्तिलाई पक्राउ ग...
सेतोपाटी संवाददाता प्रहरी नायब महानिरीक्षक(आइजिपी) सर्वेन्द्र खनालले प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) मा पदोन्नति भएकी डा.आशा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।, बुधबार एक समारोहबीच आइजिपी खनालले उनलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएको...
सेतोपाटी संवाददाता नेपाल पञ्चांग निर्णायक समितिले नयाँ वर्ष विसं २०७७ का लागि १३ पञ्चांग (पात्रो) लाई स्वीकृति दिएको छ।, समितिले पञ्चाङ्गकारहरू सूर्यनाथ पन्तको ‘तोयनाथ’, विश्वराम (शर्मा) सापकोटाको ‘बाबुराम’, मुरारीराज पाण्डेको ‘नरनाथ’, पद्मनाभ त्रिपाठीको ‘हिमाल’, डिल्लीराज जोशीको ‘अठोला’, दिव्यपुरूष ढकालको ‘तारकेश्वर’...
सेतोपाटी संवाददाता धादिङ, सप्तरी, नवलपरासी (पूर्व), रुपन्देही, धनुषा र मकवानपुरका विभिन्न स्थानमा भएका दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। , धादिङ, निलकण्ठ नगरपालिका ८ मैदी भञ्ज्याङस्थित सडकमा ग१ख ८०१२ नम्बरको आइचर ट्रक अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा सोही नगरपालिका २ बस्ने ३३ वर्षीय प्रेम गुरुङसहित सात जन...
सेतोपाटी संवाददाता पर्यटन विभागले मंगलबार दामनको एक रिसोर्टमा आठ जना भारतीयको मृत्यु भएको घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको छ।, विभागको होटल शाखाले बुधबार सूचना जारी गरेर घटनाबारे बुझ्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ।, 'घटनाबारे स्थलगत अध्ययन गरी १५ दिनभित्र राय सुझावसहित प्रतिवेदन पेश गर्न पा...
सेतोपाटी संवाददाता गोरखामा ‘ठगी’ गरेर पाँच वर्षदेखि सम्पर्कविहीन ध्रुबबाबु जोशी ललितपुरको एक चर्चबाट हालै पक्राउ परे।, महानगरीय प्रहरी परिसर ललितपुरले जोशीलाई पक्राउ गरेपछि उनीविरूद्ध एकपछि अर्को ठगीको मुद्दा परेका छन्। जवरजस्ती करणी अभियोगमा जाहेरी परेपछि जोशीलाई प्रहरीले चर्चबाटै पक्राउ गरेको थियो।, गोरखा बजारका स्थ...
एजेन्सी भारतको सर्वोच्च अदालतले नागरिकता संशोधन ऐन (सिएए) लाई केन्द्र सरकारको सुनुवाइबिना रोक्न नसकिने बताएको छ।, केन्द्र सरकारको सुनुवाइबिना सिएए प्रतिबन्ध गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको हो। देशभरि भइरहेको प्रदर्शनका बीच सर्वोच्च अदालतले बुधबार नागरिकता संशोधन ऐन (सिएए)को समर्थन र विपक्षमा दायर गरिएका १४४ भन्दा...
सेतोपाटी संवाददाता नारायणघाट-मुग्लिन सडकमा बुधबार पनि सवारी जाम छ।, मंगलबार राति तुइन खोला पुल नजिकै खसेको सुख्खा पहिरो पन्छाइसके पनि सडकमा सवारी जाम कम भएको छैन।, सुख्खा पहिरो राति ३ बजे सफा गरिसकिएको थियो। पहिरो सफा गरेर यातायात सुचारू गरे पनि अहिलेसम्म सहज हुन नसकेको नारायणघाट-मुग्लिन सडक आयोजनाले जनाएको छ।, जथाभाव...
सेतोपाटी संवाददाता धादिङमा युवाहरूबीच ‘ग्याङफाइट’ हुँदा एक जनाको मृत्यु भएको छ।, खनियावास गाउँपालिका वडा नम्बर ४ मा मंगलबार राति करिब १० बजे छ/सात जनाको समूहमा रहेका युवाहरूको झडप हुँदा अर्का एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।, 'झडपपछि गम्भीर घाइते भएका ३२ वर्षीय सन्तबहादुर तामाङको उपचार...
सेतोपाटी संवाददाता विभिन्न कम्पनीका ६३४ थान मोबाइलसहित दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।, महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले बुधबार बिहान राति नागढुंगाबाट डेढ करोड बराबरको मोबाइलसहित दुई जनालाई पक्राउ गरेको हो।, महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार पक्राउ पर्नेमा काठ...
सेतोपाटी संवाददाता कर्णाली प्रदेश विकास परिषदको पहिलो बैठक माघ १० गते बस्ने भएको छ।, कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश २०७५ को दफा ७ को प्रावधान अनुसार गठित प्रदेश विकास परिषदको बैठक पहिलो पटक बस्दैछ।, परिषदका अध्यक्ष मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा बस्ने बैठकमा प्रदेश योजना आयोगले ...
सेतोपाटी संवाददाता अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’विरूद्ध प्रहरीमा जाहेरी दिएका छन्।, गुरुङले मनाङेविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा आफूमाथि कुटपिट गरेको भन्दै जाहेरी दिएका हुन्।, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले मन...
सेतोपाटी संवाददाता अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।, वीरगन्ज महानगरपालिका २७ का ४५ वर्षीय विक्रम यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले २०६५ साल भदौ २० गते स्थानीय पन्नालाल साह सोनारलाई अपहरण गर्ने क्रममा उनकी श्रीमती देवमति देवीलाई गोली हानी हत्या गरे...
सेतोपाटी संवाददाता गत शुक्रबार अन्नपूर्ण आधार शिविरको पदमार्गमा गएको हिमपहिरोपछि हराइरहेका सात जनाको सेनाले खोजीकार्य जारी राखेको छ।, हराइरहेका ४ जना कोरियन पर्यटक तथा ३ जना नेपाली गाइडहरुको सेनाको पोखरास्थित सेकेण्ड रेञ्‍जर गणका गणपति सहितको उद्धार टोलीले मंगलबारदेखि खोजीलाई तीव्र पारेको हो।, सेनाको उद्धार टोलीलाई ने...
युवराज श्रेष्ठ ‘गुण्डा नाइके’ तथा गण्डकी प्रदेश सांसद दीपक मनाङे उर्फ राजीव गुरुङले मंगलबार एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हाने।, मनाङेले मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहपूर्व पोखराको भण्डाढिकस्थित खेलमैदानमै एन्फा अध्यक्ष गुरुङलाई झापड हानेको ‘सगर्व’ बताए पनि।, यता, गुरुङले भने आफूलाई झाप...
सेतोपाटी तपाईं झट्ट हेर्दा दुब्लो–पातलै हुनुहुन्छ। हातगोडा मसिनै छन्। गाला पुक्क छैन। तौल पनि ठिकै छ। तर, भुँडी चाहिँ भ्यागुतोको जस्तो पुट्ट लागेको छ भने होसियार हुनुस्– तपाईं हृदयघातको जोखिममा हुनुहुन्छ।, मुटुरोग निवारणसम्बन्धी युरोपेली जर्नलमा सोमबार प्रकाशित नयाँ अध्ययनअनुसार, पुट्ट भुँडी लागेको मान्छेलाई हृदयघातको...
सेतोपाटी मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ।, जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ। मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा सात जनाको अकालमा मृत्यु तथा ३२ भन्दा बढी घाइते भएका थिए।, बुधबार जिल्लामा प्रमुख जिल्ला अधिकारीको ...
सेतोपाटी संवाददाता भक्तपुरमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बुधबार साँझ साढे ५ बजे चाँगुनारायण नगरपालिका-७ का १६ वर्षीय रोहन सुवालको हत्या भएको हो।, छुरा प्रहारबाट गम्भीर घाइते भएका सुवालको भक्तपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।, भक्तपुर परिसर प्रमुख प्रहरी...
सेतोपाटी संवाददाता मोरङको रंगेलीमा कलेज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, बिहीबार बिहान साढे ६ बजेतिर लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस  दुर्घटना भएको हो।, दुर्घटनामा परी  सहचालकसमेत रहेका बसधनी विराटनगर-१५ का ३२ वर्षीय सानु साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, घनपालथान गाउँपालिक...
सुदीप श्रेष्ठ मुम्बईको झोपडपट्टीमा बस्ने मुराद अहमदको एउटै सपना छ— उनी र्‍यापर बन्न चाहन्छन्। घरको गर्जो टार्न गाडी हाँक्ने उनी फुर्सत पायो कि गाडीभित्रै कविता लेख्छन् र चर्को–चर्को स्वरमा र्‍याप गाउँछन्।, यो बलिउडको चर्चित फिल्म ‘गल्ली ब्वाई’ को कथा हो, जसमा मुरादको भूमिका रणवीर सिंहले गरेका छन्।, जोया अख्तर निर्देशि...
रासस सर्लाहीको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ।, नगरपालिकाको वडा नम्बर ८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए।, बाल्टिनमा डुबेर बालिकाको मृत्यु
एजेन्सी १९ मे २०१८।  बेलायतको इतिहासमा एउटा यस्तो घटना भयो जसले बेलायत मात्र होइन, विश्वकै ध्यान खिच्यो।, सबैभन्दा पूरानो लोकतन्त्र बेलायतमा अहिले पनि राजसंस्था छ। त्यहाँ राजसंस्थामात्र छैन नागरिकमा त्यसप्रति आस्था र गौरव पनि छ।, दुई वर्षअघि त्यही राजसंस्थामा एक नयाँ सदस्य थपिँदै थिइन्। राजकुमार ह्यारीकी दुलही मेघन मर...
सेतोपाटी संवाददाता मकवानपुरको हर्नामाडीमा आइतबार बिहान एक महिलाको शव भेटियो। पानी जमेको खेतमा ती महिलाको शव भेटिएको थियो।, शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे। प्रहरीले हर्नामाडी दियावतीकी २५ वर्षीया मीना अधिकारीको शव भएको पुष्टि गर्‍यो। तत्काल घटनास्थलको मुचुल्का गर्नेवित्तिकै प्रहरीले उनका श्रीमान् यज्ञराज अधिकार...
सेतोपाटी संवाददाता सुर्खेतस्थित यातायात व्यवस्था सेवा कार्यालयले सवारी चालक अनुमति पत्र वितरण प्रक्रिया सुरु गरेको छ। आइतबारदेखि सुर्खेतस्थित कार्यालयबाटै लाइसेन्स वितरण गर्नेगरी यातायात व्यवस्था विभागले अनलाईन फारम खुला गरेको हो।, विभागले सुर्खेतबाटै लाइसेन्स वितरणका लागि अनुमति दिएको करिब एक वर्षपछि कार्यालयले वितरण...
सेतोपाटी संवाददाता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का सदस्य रामबाबु बैठालाई प्रहरीले हिरासतमा लिएको छ।, ठगी मुद्दामा प्रतिवादी रहेका बैठालाई पर्सा प्रहरीले हिरासतमा लिएको हो।, बैठा सोमबार आफैं प्रहरीमा हाजिर भएका थिए। उनीमाथि पाँच लाख रुपैयाँ ठगेको उजुरी पर्सा प्रहरीमा छ।, ‘उहाँलाई हिरासत लिएर आवश्यक का...
सेतोपाटी संवाददाता धरानमा एकै व्यक्तिले तीन जनालाई छुरा प्रहार गरी घाइते बनाएका छन्।, आइतबार राति धरान-१९ फोक्लिनमा १९ वर्षीय अरविन राईले तीन जनालाई छुरा प्रहार गरेका हुन्।, इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान उपमहानगरपालिका-१७ का राईलाई छुरा प्रहार गरेर भाग्दै गर्दा पक्राउ गरेको छ।, घाइते हुनेमा १९ वर्षीय जनम मा...
एजेन्सी तीन साताअघि चीनको वुहानबाट फर्केका एक नेपाली नागरिकमा कोरोना भाइरस संक्रमण भएको शंका गरियो। वुहानमा अध्ययन गर्ने उनी नेपाल आउँदा श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल गएका थिए।, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उनमा कोरोना भाइरस संक्रमण भएको शंका गरेको छ। यो भाइरसबारे सचेत रहन विश्व स्वास्थ्य संगठनले पन...