content
stringlengths
20
64.1k
नारायण खड्का जिल्ला प्रहरी कार्यालय दाङले कपिलवस्तुबाट बरामद पाँच थान एसएमजी हतियार नेपाली सेनाबाट द्वन्द्वकालमा माओवादीले लुटेको हुनसक्ने आशंका गरेको छ। ती हतियार परीक्षणका लागि सैनिक संयन्त्रमा पठाइएको प्रहरीले जनाएको छ। , जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले गोलीसहित बरामद भएका अत्याधुनिक...
सेतोपाटी संवाददाता काभ्रे नमोबुद्ध नगरपालिका ६ बुच्चाकोटमा चालकले ब्रेक लगाउन विर्सँदा रोकीराखेको कार भीरबाट खसेको छ।, एक परिवार नमोबुद्धको दर्शन गरेर जनकपुरतिर बा२१च६०८८ नम्बरको निजी कारबाट जाँदै थियो।, केही बेर आराम गर्न भनी बुच्चाकोटमा कार रोकिएको थियो। तर गाडी गुडेर भीरबाट खस्यो र रुखमा अड्कियो। चालकले ह्यान्ड ब्र...
रासस कैलालीको धनगढी विमानस्थलमा मङ्सिर महिनाभरी आंशिक रुपमा उडान बन्द हुने भएको छ।, धावनमार्गको मर्मतसम्भार र स्तरवृद्धिको काम बाँकी रहेकाले सो कामलाई निरन्तरता दिन आज (आइतबार)बाट दिउँसो ३ देखि बेलुकी ७ बजेसम्म एक महिनाका लागि उडान आंशिकरुपमा बन्द हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए।, गत जेठम...
रासस कुनै समय नेपाल विद्युत् प्राधिकरणलाई रुग्ण आयोजना पालेर बसेको, समयमा काम सम्पन्न गर्न नसकेको जस्ता आरोप लाग्ने गरेको थियो। त्यस्तै आरोप लाग्ने एउटा आयोजनाको नाम हो माथिल्लो त्रिशूली थ्री ‘ए’। प्राधिकरणले निर्माण गरेको सो आयोजना सकिन मात्रै एक दशकभन्दा बढी लाग्यो।, गत चैतदेखि नियमित विद्युत् उत्पादन शुरु गरेको सो ...
सेतोपाटी संवाददाता खोटाङ, नवलपरासी (पूर्व), कञ्चनपुर, काभ्रे र बर्दियाको विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।, प्रहरीका अनुसार खोटाङ, रावावेशी गाउँपालिका ३ देउरालीस्थित सडकमा स१त ५७३५ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना एक जनाको मृत्यु भएको छ। सोलुखुम्बु दुधकोसी गाउँपालिका ४ ...
रासस क्यान्सर रोगको उपचार गर्न चितवन आउने जो कोहीले आजबाट पालो नपाएर निजी अस्पताल धाउनु नपर्ने भएको छ।, यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आजदेखि विस्तारित स्वास्थ्य सेवा सुरु गरेसँगै साँझको समयमा अस्पतालमा नै न्यून अतिरिक्त शुल्क तिरेर उपचार गर्न पाउने भएका छन्। अस्पतालको नियमति सेवामा बिरामीको चाप हुँदा...
सेतोपाटी संवाददाता प्रहरीले बर्दियाबाट ५८ किलो चरेससहित पाँच जनालाई आइतबार बिहान पक्राउ गरेको छ।, गुलरिया नगरपालिका ७-स्थित भन्सार क्षेत्रबाट सो बराबरको चरेस बरामद भएको प्रहरीले जनाएको छ। बर्दियाका प्रहरी नायव उपरीक्षक रामशंकर कोहारका अनुसार पक्राउ परेकाले बोकेको कालो झोलाभित्र प्लाष्टिकले बेरेर लुकाइराखेको अवस्थामा ५...
सन्जिब बगाले नेपाली सेनाका हवाइ साधन प्रयोग गरेर विभिन्न सरकारी निकायले झन्डै चार करोड रुपैयाँ तिरेका छैनन्। यो रकम आर्थिक वर्ष २०३४\०३५ देखि २०७४\०७५ सम्मको हो।, सैनिक विमान चार्टर उडान विकास समितिले असुल उपर गर्नु पर्ने भनी कायम बेरूजु सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले विभिन्न निकायले तिर्नु बाँकी रकमबारे प्रतिवे...
दिपकजंग शाही सडक सुरक्षा अभियानअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर बजारलाई वैशाख २५ गतेदेखि हर्न निषेधित क्षेत्र घोषणा गरियो। जिल्ला ट्राफिक कार्यालय र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रुपमा ‘नो हर्न’ क्षेत्रका रुपमा वीरेन्द्रनगर बजारलाई घोषणा गरे।, तर हर्न निषेधित वीरेन्द्रनगर घोषणामा मात्र सिमित भएको छ। कार्यान्वयनको पा...
सेतोपाटी संवाददाता आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने ‘मुख्य आरोपी’लाई प्रहरीले ज्यान मार्ने उद्योगको कसूरमा अनुसन्धान थालेको छ।, चितवन प्रहरीका अनुसार भरतपुर महानगरपालिकाका सवारी चालक अविरल पोखरेललाई ज्यान मार्ने उद्योग गरेको अभियोगमा अनुसन्धान थालिएको हो।, पोखरेल कात्तिक १९ गते ...
रासस कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको डिन कार्यालय नजिक युवाको शव फेला परेको छ।, करिब ३०/३५ बर्ष उमेरको युवाको शव बिहीबार विहान फेला परेको प्रहरीले जनाएको छ।, महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार शव कसको हो भन्ने खुलेको छैन।, त्रिविको डिन कार्यालय नजिक युवाको शव भेटियो
सेतोपाटी बोलेरोको ठक्करबाट बिहीबार बिहान चितवनमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा भरतपुर महानगपालिका–६ का ३० वर्षीय रोशन सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा१०च ४४१३ नंको बोलेरोले विपरीत दिशाबाट आउँदै गरेको बा६६प...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय मोटरसाइकल प्रदेश नम्बर-३ गुर्जुधारामा छापा मारेको छ।, आर्थिक अनियमितता भएको सुराकीका आधारमा अख्तियारले छापा मारेको हो।, अख्तियारले छापा मारी एक कर्मचारीसहित अन्य ४ जनालाई नियन्त्रणमा लिएको स्रोतले बतायो।, मोटरसाइकल पास गर्ने क्रममा कार्याल...
सुदीप श्रेष्ठ अघिल्लो साता मेयर विद्यासुन्दर शाक्यलाई सम्बोधन गर्दै लेखेको लेखमा हामीले काठमाडौंको भित्रीसहर सवारीमुक्त गर्न टुँडिखेलमुनि विशाल भूमिगत पार्किङ निर्माण गर्न सकिने कुरा गरेका थियौं। (हेर्नुहोस्: ,प्रिय विद्यासुन्दरजी, आफ्नो छवि सुधार्ने यो मौका नगुमाउनुस्,), माथि हराभरा पार्क र मुनि पार्किङ बनाउने हो भने...
सेतोपाटी संवाददाता गोरखा र चितवनका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, दैलेख, नौमुले गाउँपालिका-३ भुरुङ्गेस्थित सडकमा भे १ त ३६७७ नम्बरको ट्रयाक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा ट्रयाक्टरमा सवार नौमुले गाउँपालिका-३ द्धारी बस्ने १६ वर्षीय महेन्द्र रामजालीको घटनास...
एजेन्सी 'गोल्डेन मिल्क' अर्थात् सुनौलो दूध अहिले पश्चिमा मुलुकहरूमा खुबै लोकप्रिय छ। , त्यहाँका थुप्रै खाद्य कम्पनी र वेबसाइटहरूले गोल्डेन मिल्क बनाउने तरिका र यसका फाइदाबारे सामग्रीहरू लेखेका छन्। न्यूयोर्क टाइम्समा प्रकाशित एक लेखअनुसार पश्चिमा मुलुकमा लाते, स्मुदी र आइसक्रिम समेत 'गोल्डेन' हुन थालेका छन्।, तपाईंहरू...
सेतोपाटी संवाददाता राजस्व अनुसन्धान विभागले दस अर्बको नक्कली भ्याट बिल खरिद-विक्रीमाथि अनुसन्धान तीव्र पारेको छ। यसमध्ये खरिद-विक्रीमा संलग्न केही व्यापारिक फर्म र व्यक्तिमाथि मुद्दा दायर भइसकेको विभागले जनाएको छ।, विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार छ अर्ब रुपैयाँ बराबरको नक्कली भ्याद बिल बेच्ने व्यापारिक फर...
सेतोपाटी संवाददाता तीन महिनासम्म चल्ने मुक्त टुँडिखेल अभियानअन्तर्गत शनिबार जनता र जनप्रतिनिधिबाट अवलोकन गरी टुँडिखेलको अवस्थाबारे सर्वेक्षण गर्ने कार्यक्रम छ। सहिदगेटबाट उत्तर पूर्वतर्फको ऐतिहासिक गुरुमापाको रूखमा ८ बजे भेला भई अनुगमन साथै नजिकै खरीको बोट पनि रोपिने भएको छ।, यो स्थानमा पहिले खरीको बोट थियो जुन राणाशा...
नारायण महर्जन थारु समुदायका दिदी-बहिनीहरूले दाजु भाइको दीर्घायूको कामना गर्दै काठमाडौंमा समा-चकेवा पर्व मनाएका छन्।, आफ्नो मौलिक गीतमार्फत् उनीहरूले बुधबार यो पर्व उत्साहका साथ मनाएका हुन्।, यो पर्व कार्तिक द्वितिया तिथिदेखि प्रारम्भ भएर शुक्ल पक्ष पूर्णिमाको तिथिसम्‍म मनाउने गरिन्छ।,  यसमा समा र चकेवाको प्रतिकको रूपम...
सेतोपाटी संवाददाता सल्यानको त्रिवेणी गाउँपालिका-४ फलावाङस्थित बडागाउँमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।, सल्यान फलावाङबाट दाङ जाँदै गरेको रा १ ज ४३२ नम्बरको जीप बिहान साढे १० बजे अनियन्त्रित भई दुर्घटना भएको हो।, फलावाङका ६० वर्षकी कृष्णादेवी परियार र ५९ वर्षीय यज्ञी थापाको घटनास्...
भगवती पाण्डे अन्तर्राष्ट्रिय स्तरमै बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले बुद्धजन्मस्थल लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरू भएको छ।, अखिल नेपाल भिक्षु महासंघको आयोजना, प्रदेश ५ सरकार, शाही थाइ मन्दिर र लुम्बिनी विकास कोषको सहकार्यमा लुम्बिनी उद्यानमा अन्तर्राष्ट्...
सेतोपाटी संवाददाता काउसो दलेर लुटपाट मच्चाउन खोज्ने दुई भारतीय बाबु-छोरालाई प्रहरीले पक्राउ गरेको छ।, बिहीबार अपराह्न ४ बजे काउसो दलेर विर्तामोडमा लुटपाट मच्चाउन खोजेपछि भारतीय नागरिक अनिल ग्वाला र उनका छोरा तुषार ग्वालालाई तत्कालै पक्राउ गरेको हो।, झापा प्रहरीका अनुसार बंगाल घर बताउने दुईले विर्तामोडमा अर्जुनधारा नगर...
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय काठमाडौँका शाखा अधिकृतसहित चार जनालाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।, आयोगले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत तीन हजार रुपैयाँ घुस लिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो।, आयोगले शाखा अधिकृत शुक्रप्रसाद भट्टर...
शोभा शर्मा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले व्यापारिक घराना ज्योति समूहका सदस्य रूपज्योति र उनकी छोरी सूरूची ज्योतिलाई हाजिर जमानीमा छोड्न प्रहरीलाई भनेको छ।, प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमाथि मुद्दा नचलाउने निर्णय गरेर थुनामा रहेका रूपज्योति तथा उनकी छोरीलाई थुनामुक्त गर्न प्रहरीलाई पठाइएको जिल्ला सरकारी...
सेतोपाटी संवाददाता कञ्चनपुर नाकाबाट भित्र्याइएका चोरीका चार वटा महँगा गाडीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले गोरखा सुलिकोट गाउँपालिका-७ घर भई हाल तारकेश्वर नगरपालिका-५ बस्ने मुकुन्द पुडासैनी र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ घर भई काठमाडौं काभ्रेस्थली-२ बस्ने दीपकबहादुर ...
सेतोपाटी पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौला फेल भएका छन्।, यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत् बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गौलाले काम नगर्ने भएको हो।, शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाब नभएपछि मिर्गौलामा खरा...
एजेन्सी अमेरिकाको एक विद्यालयमा बिहीबार भएको गोलीकाण्डमा दुई विद्यार्थीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।, साउथ क्यारोलिना राज्यको सउगुस हाइस्कुलका एक किशोरले विद्यालय परिसरमा आफ्ना साथीमाथि गोली हानेका थिए।, गोली लागेर एक छात्रा र एक छात्रको मृत्यु भएको छ भने दुई छात्रा र एक छात्र घाइते भएका छन्। बन्दुकधारी...
सबिना श्रेष्ठ र समिक्षा अधिकारी यति बेला लुटन मरिक नेपाली सेनाको जागिरमा फर्किइसके होलान्! छठको समयमा भने हामीले उनलाई सप्तरी, हनुमाननगरस्थित उनको घरैमा भेटेका थियौं। छुट्टीमा गाउँ आएका लुटनका हात बाँसका सामग्री बनाउने पुर्ख्यौली पेसामा चलमलाइरहेका थिए।, छठ जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्वपूर्ण छ दलित समुदायले बना...
युनिक श्रेष्ठ स्थानीयवासीले आफ्ना सञ्चालकको फोटो गाडी र बिजुलीका पोलपोलमा टाँसेर विरोध गरेपछि शैलुङ कन्स्ट्रक्सनले कमलविनायक-नगरकोट सडक खण्डमा धमाधम काम गर्न थालेको छ।, भक्तपुरको कमलविनायक र नगरकोट  जोड्ने सडकमा अहिले दैनिक १८ घन्टा काम भइरहेको छ।, ‘डे र नाइट सिफ्टमा काम भइरहेको छ, केही अवरोध नआए समयमै सकिन्छ,’ सडक आय...
सेतोपाटी संवाददाता खुलामञ्चस्थित दुईमाजु मन्दिर परिसरमा खोलिएका अबैधानिक पसलहरूमा ताला लगाइएको छ। मुक्त टुँडिखेल अभियानका संरक्षण अभियन्ताहरूको पहलमा शुक्रबार ताला लगाइएको हो।, गुठी संस्थानले तिहार सकिएलगतै पसल हटाउन आदेश दिएको थियो। संस्थानका कार्यकारी प्रमुख नारायण चौधरीले तिहारअघि नै पसल खाली गराउन पत्र पठाएका थिए।...
सेतोपाटी संवाददाता काठमाडौंमा 'कपडा बैंक' मार्फत् प्रयोग भइसकेका लुगा सित्तैमा वितरण गर्दै आएको हन्ड्रेड्स ग्रुपले बढी भएका कपडा दुर्गममा पठाउन थालेको छ।, पछिल्लो समय धेरै कपडा थुप्रिएकाले दुर्गममा पठाउँदा उचित व्यस्थापनका साथै ग्रामिण भेगका मान्छे लाभान्वित हुने सोचेर यो काम थालेको ग्रुपका संयोजक विमल पन्तले जानकारी ...
भगवती पाण्डे कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै विगत १६ दिनदेखि आन्दोलनमा रहेका भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालका विद्यार्थीले शुक्रबारबाट रिले अनसन थालेका छन्।, बिडिएस र एमबिबिएस अध्ययनरत विद्यार्थीहरुले गत सोमबार कलेज प्रशाशन, लेखा, प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक कक्षम...
अनुषा अधिकारी महिनावारीका कुरा, अभिनेत्री सुरक्षा पन्तलाई आफ्नो पहिलो महिनावारी अनुभव आज पनि ताजा छ।, १४ वर्षे सुरक्षालाई स्कुल जान तयार भइरहँदा शरीर असामान्य भएको महशुस भयो। महिनावारी भएको अन्दाज लगाउन उनलाई समय लागेन। शारीरिक र सामाजिक परिवर्तनबारे भने अज्ञान नै थिइन्।, 'महिनावारीमा शरीरबाट रगत मात्र बग्छ भन्ने सोच्...
सेतोपाटी संवाददाता बहुविवाह मुद्दामा नायिका शिल्पा पोखरेल साधारण तारेखमा छुटेकी छन्।, शुक्रबार काठमाडौं जिल्ला अदालतले पोखरेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।, न्यायाधीश मुकेश उपाध्यायको इजलासले पोखरेललाई तारेखमा छोड्न आदेश दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए।, बहुविवाह मुद्दा लागेकी उनीविरूद...
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा काठमाडौं ३४ को लक्की एएस इन्टरप्राइजेज र त्यसका सञ्चालकविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। , नक्कली भ्याट बिल प्रयोग तथा आयकरसमेत छलेको अभियोगमा उक्त इन्टरप्राइजेज र सञ्चालक सुनिलकुमार गौतमलाई ९ करोड ९५ लाख ६२ हजार ९४१ रुपैयाँ बिगो माग्दै वि...
सेतोपाटी संवाददाता तपाईं हामीले ट्राफिक नियम पालना गरेनौं भने ट्राफिक प्रहरीले लाइसेन्स वा ब्लुबुक आफूले लिएर एउटा चिट थमाइदिन्छ।  आफ्ना कागजात फिर्ता लिनुअघि ट्राफिक प्रहरीको कक्षा लिनुपर्छ।, तर शुक्रबार गोरखामा भने ट्राफिक नियम मिच्नेले यी सबै ब्यहोर्नु परेन। आबुखैरेनी-गोरखा सडकको १२ किलो बजारमा बरू ट्राफिक प्रहरीले...
सेतोपाटी संवाददाता पर्सा प्रहरीले हुण्डी कारोबारमा प्रयोग भएको सात लाख ४९ हजार ५ सय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।, वीरगन्ज महानगरपालिका-१६ स्थित सडकमा शुक्रबार दिउँसो ३ बजे प्रहरीले रक्सौलबाट आउँदै गरेका भारतीयलाई नगदसहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।, पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण...
नारायण खड्का दाङ प्रहरीले अत्याधुनिक हतियार बरामद गरेको छ।, कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. १ स्थित खाली गोठबाट ५ थान एसएमजी राईफल, १३ थान म्यागजिन र ३९० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।, जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले ती सबै हतियार सरकारद्वारा प्रतिवन्धित विप्...
दिपकजंग शाही वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकाल मंगलबार बिहान गाग्रेतालमा रहेको नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालयमा पुगिन्। , ‘कक्षा कोठामा उपमेयर’ कार्यक्रम लिएर विद्यालय पुगेकी उपमेयर ढकालले कक्षा १० का विद्यार्थीसँग पुगेर विभिन्न विषयमा कुरा गरिन्।, एक घण्टा विद्यालयमा समय विताएकी ढकालको फर्कि...
नारायण खड्का जंगलमा ब्ल्याकमेलिङको ५ लाख रकम बुझ्न गएका तीन युवालाई प्रहरीले फिल्मी शैलीमा पक्राउ गरेको छ।, एक जोडीलाई मोटरसाइलकसहित जंगलमा बन्धक बनाएर अश्लिल भिडियो बनाइ ब्ल्याकमेलिङ गर्नेमध्ये तीन युवालाई प्रहरीले समातेको हो।, ५ जनाको समूहले अश्लिल भिडियो खिचेर ५ लाख रकम नदिए सामाजिक सञ्जालमा राखिदिने भन्दै जोडीसँग ...
सेतोपाटी संवाददाता चन्द्रागिरी नगरपालिका वडा नं ४ स्थित थानकोट त्रिभुवन पार्क हाताभित्र रहेको त्रिभुवनको शालिक अनावरण भएको छ। २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनाएको उक्त शालिकलाई जिर्णोद्धार गरी पुर्नस्थापित गरिएको हो।, चन्द्रागिरी नगरपालिका वडा नं. ४ थानकोट त्रिभुवन पार्कमा २०२९ सालमा स्थापना भएको त्रिभुवनको...
सेतोपाटी संवाददाता राजधानीको चन्द्रागिरीमा १४ औं महानगरीय प्रहरी दिवसको अवसर आयोजित विविध साँस्कतिक कार्यक्रम तथा नेपाल प्रहरी व्याण्डको कन्सर्ट भव्यताका साथ सम्पन्न भएको छ।, ‘हर प्रहर गाउँ र नगरी! टोल टोलमा नेपाल प्रहरी !!’ भन्ने नारा लिएर शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि समुदाय प्रहरी साझेदारी अभियान अन्...
सेतोपाटी संवाददाता ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।, लमही नगरपालिका वडा नं. ४ अर्नहवा निवासी ३० वर्षीय मोहम्मद रफिक मुसलमानको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको छ।, पूर्वपश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नं. ५ स्थित सुनखोली नजिकै मुसलमानलाई ट्रकले ठक्कर दिएको थियो।, गम्भीर घाइते मुसलमानलाई...
सेतोपाटी संवाददाता पर्सा, काभ्रे, सुनसरी र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, पर्सा:, धोबिनी गाउँपालिका-२ आशवारीस्थित नहरमा ना२१प १५७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही गाउँपालिका-४ बस्ने ४५ वर्षीय अशोकप्र...
सेतोपाटी आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।, जिल्ला अदालत काठमाडौँबाट आज म्याद थप गरी पाण्डेलाई अनुसन्धानका लागि हिरासतमा राखिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर...
सेतोपाटी पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन्।      , जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको बर्दघाट नगरपालिका–१४ की १८ वर्षीया रीङ्कला विकको माछा मार्ने क्रममा करेन्ट लागेर मङ्गलबार मृत्यु भएको हो।, घरबाट बिजुलीको तार लगाएर स्थानीय खजुराखोलामा माछा मार्ने क्रममा एक्कासी...
सेतोपाटी नेपाल प्रहरीले नागार्जुनबाट तीन लाख ६० हजार रुपैयाँ नगदसहित १० जुवाडे पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले नागार्जुन नगरपालिका–३ इचङ्गुनारायणमा कौडा खेलिरहेको अवस्थामा मङ्गलबार राति उनीहरुलाई पक्राउ गरेको हो।, वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले ठूलो रकम हारजित हुने गरी क...
एजेन्सी उत्तरी अफगानिस्तानमा मङ्गलबार भएका दुई वटा सडक दुर्घटनामा २८ जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएका छन्।, स्थानीय अधिकारीहरुका अनुसार उत्तरी बाघलान प्रान्तमा मङ्गलबार बिहानै भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएका थिए। जिल्ला प्रमुख लुतफुल्लाह हातिफले बिकट गाउँको धुलौटे बाटोमा गुडि...
सेतोपाटी संवाददाता एक किलो अवैध सुन सहित एक चिनियाँ महिला पक्राउ परेकी छन्।, विमानस्थल प्रहरीका अनुसार क्याथे एयरलाइन्स उनी मंगलबार नेपाल आएकी हुन्। शंका लागि चेकजाँच गर्नेक्रममा सुन भेटिएको हो।, उनी हंगकंगकी बासिन्दा हुन्। उनको नाम यी वा रहेको खुलेको छ।, एक किलो अवैध सुनसहित पक्राउ परिन् चिनियाँ नागरिक
सेतोपाटी नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अमेरिका लैजाने भनी अफ्रिकामा लगेर बन्धक बनाउने भारतीय नागरिकलाई पक्राउ गरेको छ।, ब्यूरोको टोलीले पर्वत, दाङ र पूर्वी रुकुमका छ युवालाई अमेरिका लैजान्छु भनेर अफ्रिकाको मलावीमा लगेर बन्धक बनाउने कार्यमा संलग्न भारतीय नागरिक नाजिर अहमदलाई पक्राउ गरी मंगलबार सार्वजनि...
सेतोपाटी सगरमाथा क्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ।, कात्तिक १९ खुम्बु क्षेत्र आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाचको सुतैको ठाउँमा ज्यान गएको प्रहरीले जनाएको छ।,  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–४ लबुचेस्थित नेशनलपार्क...
सेतोपाटी सर्वोच्च अदालतले बहुबिबाहको मुद्धामा आफूलाई पक्राउ नगर्न अभिनेत्री शिल्पा पोखरेलले हालेको रिट निवेदन खारेज गरेको छ।, मंगलबार न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोज कुमार शर्माको इजलासले पोखरेलको रिट खारेज गर्ने निर्णय गरेको हो।, सिनेमा निर्माता छबि ओझा तथा अभिनेत्री पोखरेलविरूद्ध ओझाकी जेठी श्रीमती हेमा ओझाले बहुव...
युनिक श्रेष्ठ अहिले काठमाडौं उपत्यकाका सडक बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको तस्बिरले सजिएको छ।, सडकका पोल पोलहरूमा उनको स्वागतको लागि तस्बिर राखिएको छ भने उनीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीको पनि राखिएको छ।, बाटो बाटोमा नेपाल र बंगलादेशबीचको मित्रता झल्काउन बंगलादेश र नेपालको झण्डा पनि सँगै राखिएको छ।, हो यस्तै ...
नारायण महर्जन काठमाडौं उपत्यकाका चार भञ्ज्याङमध्येको पश्चिमी चन्द्रागिरी भञ्ज्याङको काखमा पर्ने थानकोटमा महालक्ष्मी अर्थात् सिन्दुर जात्रा सुरू भएको छ। यो जात्रा तीन दिनसम्म मनाउने गरिन्छ।, यसलाई न्हूदँ ११४० (नयाँ वर्ष) सुरू भएपछिको पहिलो जात्राको रूपमा लिइन्छ। स्थानीय भाषामा बलम्बुको जात्रालाई लाटिमर, सातापछि थानकोटम...
रासस माडी नगरपालिका–५स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।, विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले ...
सेतोपाटी संवाददाता बुधबारका लागि बोलाइएको संवैधानिक परिषद बैठक स्थगित भएको छ।, परिषदका सदस्य सचिव गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले दिएको जानकारीअनुसार बैठक स्थगित गरिएको हो। विभिन्न आयोगलाई पूर्णता दिनका लागि बैठक आह्वान गरिएको थियो।, उपसभामुख शिवमाया तुम्बाहाम्फेका अनुसार नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति अब्...
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला अदालतले दुई वर्षअघि राजधानीको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारका मुख्य अभियुक्तलाई पाँच वर्षको कैद सजाय सुनाएको छ।, जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको इजालासले कात्तिक २१ गते  मुख्य अभियुक्त रामेछापका शैलेस कार्कीलाई पाँच वर्ष २ महिना कैद पठाउने र पीडित युवत...
सेतोपाटी संवाददाता गुठी पञ्चमीका लागि गोरखाको शहीदलखन गाउँपालिकाले बिदा दिएको छ।, मंसिर १ गते आइतबार प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरमा गुठी पञ्चमी पूजा हुने भएकोले त्यस दिन सार्वजनिक बिदा दिने गाउँ कार्यपालिकाले निर्णय गरेको हो।, ‘मनकामना माई मन्दिरमा गुठी पञ्चमीका दिन विशेष पूजा लाग्ने भएकोले गाउँपालिका म...
एजेन्सी भारतको जम्मु-कस्मिरस्थित डोदा जिल्लामा गाडी खस्दा १६ जनाको मृत्यु भएको छ।, मंगलबार अपरान्ह साढे ३ बजे क्लिनीबाट मर्मतको गोवा गाउँ जाँदै गरेको गाडी घुम्तीमा मोड्न खोज्दा अनियन्त्रित भई दुर्घटना भएको हो।, दुर्घटनामा परी १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य चार जनाको उपचारका क्रममा मृत्यु भएको एनडिटिभीले...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन फाराम आह्वान गरेपछि दीक्षित हुने विद्यार्थीको संख्या बढेको पाइएको छ।, त्रिविले गत वर्षदेखि अनलाइन फारामको व्यवस्था गरेदेखि दीक्षित हुने विद्यार्थीको संख्यामा वृद्धि भएको हो।, यस वर्ष हुने ४५ औं दीक्षान्त समारोहमा १० हजार १७८ विद्या...
सेतोपाटी संवाददाता भोजपुर अरूण गाउँपालिका वडा नं ६ जरायोटारका रणबहादुर विश्वकर्मा, बाबुराम विश्वकर्मा र भरत विश्वकर्मा सोमबार साँझ आफ्ना पशु चौपाया राम्ररी बाँधेर सुतेका थिए।, मंगलबार बिहान उठ्दा भने उनीहरूका खोरमा बाख्रा त थिए ती ज्युँदा थिएनन्। यी तीन किसानका सात वटा बाख्रा भुइँमा लडेका थिए। उनीहरूको शरीर एकातिर टाउ...
रासस कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको ना४ख ७३५० नंको बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ ।, केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्किङ गरी राखिएको सो बसमा गए राति अज्ञात समूहले आगजनी गरेको सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण भट्टले जानकारी द...
सेतोपाटी संवाददाता ‘अघोरी बाबा’ भनेर चिनिने विजय केसीसँग हालसालै बिहे गरेकी शारदा पाण्डे प्रहरीमा पुगेकी छिन्। चितवनकी एक युवतीले ठगी गरेको जाहेरी दिएपछि प्रहरीले सोधपुछका लागि उनलाई बोलाएको हो।, महानगरीय प्रहरी बृत्त बौद्धमा पाण्डे सोमबार पुगेकी हुन्। पूर्वपति गोविन्द अधिकारीसँग बिहे गराउँदा भएको सम्झौता कार्यान्वयन ...
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघ (मेडिकल एसोसिएसन)ले डडेलधुरामा अनसनरत प्रा.डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ। केसीको १७ औं आमरण अनसनप्रति गम्भीर ध्यानाकर्षण भएको एसोसिएसनले जनाएको छ। , एक विज्ञप्ति जारी गर्र्दै एसोसिएसनले भनेको छ ‘सर्वसाधारण नागरिकको सहज पहुँचका निम्ति पटक पटक शान्तिपूर्ण...
सेतोपाटी संवाददाता क्यानेडियन सहायक राजदूत डियरड्री क्यान्टसहितको टोलीले शंखधर पार्कको शौचालय अवलोकन गरेको छ।, सोमबार सार्वजनिक शौचालयको अवलोकन गर्दै क्यान्टले शौचालय निर्माण गर्दा महिलालाई प्राथमिकतामा राख्न आग्रह गरे।, शौचालय सबैका लागि चाहिने त्यसमा पनि स्वास्थ्य संवेदनशीलता र सुरक्षाका कोणबाट महिलालाई प्राथमिकता द...
सेतोपाटी संवाददाता मिथिला नाट्यकला परिषद (मिनाप)ले जनकपुरधाममा लोप हुँदै गइरहेको मिथिलाञ्चलको सामा चकेवा पर्वको संरक्षण संवद्र्धन गर्ने उद्देश्यले सामाको प्रदर्शन गरेको छ।, सामा चकेवा पर्वको सामाजिक, सांस्कृतिक तथा परम्परागत महत्वलाई उजागर गर्ने उद्देश्यले मिनापले सामा प्रदर्शन गरेको हो। एक दिवसीय सामा महोत्सवमा कलाका...
नारायण खड्का इलाका प्रहरी कार्यालय तुलसीपुरले अपहरणकारीलाई पक्राउ गर्न दुई राउन्ड हवाई फायर गरेको छ।, तुलसीपुर उपमहागरपालिका वडा नं. ३ खमारीका अपहरणकारी १९ वर्षीय विमल वली, नविन नेपाली र २६ वर्षीय दुजबहादुर खत्रीलाई नियन्त्रणमा लिन दुई राउन्ड फायर गर्नु परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योग...
सेतोपाटी भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा विद्यार्थीले ताला लगाइदिएका छन्।, एमबिबिएसमा बढी लिएको शुल्क फिर्ता नगरेपछि त्यसको विरोधमा सोमबार विद्यार्थीहरूले कलेजका प्रोफेसर डा आनन्द कुमारको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।, चिकित्सा शिक्षा सङ्घर्ष समितिको अगुवाइमा विद्यार्थीले तालाबन्दी गर्दै अवैध शुल्क लिन नपाइने ...
सेतोपाटी संवाददाता धुलिखेलबाट नेपालथोक जाँदै गरेको बस काभ्रे नमोबुद्ध नगरपालिका-२ भकुण्डेमा दुर्घाटना भएको छ।, हिमाल तराई यातायातको बा४ख३३१९ नम्बरको बस भिरबाट खस्दा दुर्घटना भएको हो।, दिउँसो साढे ३ बजे उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।, घाइतेको उपचार धुलिखेल अस्पतालमा भइरहेको काभ्रे जिल्ला प्रहरी कार्यालयका एसपी ज...
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले रिङरोडभित्र मंगलबारदेखि चार दिन( २६-२९ गते) मालवाहक सवारीसाधन नचलाउन आग्रह गरेको छ।, महाशाखाले बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको औपचारिक सद्भावना भ्रमणलाई ध्यानमा राखी मालवाहक सवारीसाधन चलाउनमा रोक लगाएको हो।, राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशक...
सुजना ढकाल काभ्रेको बनेपा नगरपालिका-९ ठकुरी गाउँका स्थानीय अहिले आन्दोलनमा छन्।, सोमबार उनीहरूले सिठी जुलुस निकाले। सिठी फुक्दै स्थानीयवासी नगरपालिका कार्यालयसम्म आए।, एक साताअघि ठकुरी गाउँको एक भिडिओको सामाजिक सञ्जालमा चर्चा थियो। उक्त भिडिओमा स्थानीय बासिन्दाले डोजर लखेटेको थियो।, नगरपालिकाको फोहोर फाल्न आफ्नो गाउँम...
सेतोपाटी संवाददाता ‘अघोरी बाबा’ भनेर चिनिने विजय केसीसँग हालसालै बिहे गरेकी शारदा पाण्डेलाई प्रहरीले हिरासतमा लिएको छ। चितवनकी एक युवतीले ठगी गरेको जाहेरीका आधारमा सोधपुछ गर्न बोलाएको प्रहरीले उनलाई सोमबार हिरासतमा लिएको हो। , महानगरीय प्रहरी बृत्त बौद्धमा पाण्डे सोमबार बिहान पुगेकी थिइन्। पूर्वपति गोविन्द अधिकारीसँग ...
दिपकजंग शाही जम्मा २० जना शिक्षक, तैपनि नियमित आउने १० जना मात्र। आउने शिक्षकहरु पनि ११ बजेपछि मात्र आउने। शिक्षकभन्दा अगाडि विद्यालय पुगेका विद्यार्थीहरु भने खेल्नमै व्यस्त हुने।, चौकुने गाउँपालिका–२ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको यो गत आर्थिक वर्षसम्मको अवस्था हो।, हाल भने अवस्था फेरिएको छ। विद्युतीय ह...
सेतोपाटी संवाददाता सैनिक अदालतले भगौडा अभियोगमा एक सेनानी (मेजर)लाई ६ महिना कैद र भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी सजाय तोकेको छ।, नेपाली सेनाको प्राविधिक पदमा कार्यरत सेनानी रामचन्द्र तिवारीलाई असोज ५ गते पक्राउ गरी सैनिक ऐन २०६३ बमोजिम कारबाही गरिएको जंगी अड्डाले जनाएको छ।, जापानमा दुई वर्ष अवधिको पोस्ट डक्ट...
सेतोपाटी संवाददाता अवासीय चिकित्सकहरूले अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीका जायज माग पूरा गर्न सरकारसँग माग गरेका छन्। सोमबार संयुक्त विज्ञप्ति जारी गरी आवासीय चिकित्सकहरूले केसीको स्वास्थ्यस्थिति र सम्बन्धित निकायको उदासीनताले मर्माहत बनाएको उल्लेख गरेका छन्।, केसीको नि:स्वास्वार्थ सत्याग्रहमा समर्थन जनाउँदै उनीहर...
सेतोपाटी बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्तगतिमा छ। निर्माण शुरु भएको १४ वर्षमा ६० प्रतिशतमात्रै काम सम्पन्न भएको छ।, सरकारले आफ्नै स्रोतमा विसं २०६३ माघदेखि निर्माण शुरु गरेको यो नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । २५ अर्ब रूपैयाँको लागतमा निर्माणाधीन आयोजनामा ६० प्रतिशत काम सम...
सेतोपाटी काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १० जनागालस्थित अरनिको राजमार्गमा मंगलबार बिहान टिपर र बोलेरोको बिचमा मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार बा३ख ७०८७ नंको टिपर र बा१०च २१५४ नंको बोल...
सेतोपाटी पूर्वी चितवनको भण्डारामा टिपरबाट खस्दा सोमबार साँझ सहचालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा बर्दिया गोरुवा गाउँपालिका वडा नं ५ बस्ने २० वर्षीय तीर्थबहादुर थारू रहेका छन्।, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एकनारायण कोइरालका अनुसार राप्ती नगरपालिका–५ भण्डाराको भित्री सडकमा ना३ख ३७७८ नंको टिपरको ढोकाबाट खस...
एजेन्सी भारतको केन्द्रीय राजधानी दिल्लीमा सोमबार पनि वायुको अवस्था अति प्रदुषित रहेको छ।, सोमबारसहित लगातार पछिल्ला चार दिन दिल्लीको वायु अति प्रदुषित अवस्थामा रहेको अधिकारीहरुले जनाएका छन्।, वायु गुणस्तर तथा मौसम पुर्वानुमान र अध्ययन विभागका अधिकारीहरुले एयर क्वालिटि इन्डेक्स (एक्युआई) ३४२ रहेको जानकारी दिएका छन्। , ...
रासस काठमाडौं महानगरपालिकाले विगत १३ वर्षदेखि सिसडोलमा थुपारिएको फोहरको अन्तिम व्यवस्थापन कार्य सुरू गरेको छ। , , लामो समयदेखि व्यवस्थापन हुन नसकेको फोहर महानगरपालिकाले अहिले माटोले पुरेर व्यवस्थापन गर्न थालेको हो।, महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरे...
सेतोपाटी संवाददाता दरबारमार्ग क्षेत्रका ‘क्यासिनो किङ’ भनेर चिनिने गुन्डा नाइके बलराम सापकोटा ‘बले’सहित २५ जनालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ।, जुवा ऐनमा मुद्दा चलाइएका बलेसहित २५ जना ‘हाइप्रोफाइल’ जुवाडे सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट धरौटीमा छुटेका थिए।, सोमबार प्रहरीकै हिरास...
नारायण खड्का मायारूपी चौधरी उमेरले लघभग ६५ वर्ष पुगिन्। लेखपढ गर्न जान्दिनन्। उनले धेरै वर्ष राप्तीको कहर झेलिन्। खेतीपाती वल्लो किनार र बसाइ पल्लो किनार। मायारूपीजस्तै गढवा गाउँपालिकाको महदेवा र गढवाका धेरै स्थानीयले राप्तीसँग पैंठेजोरी खेल्दै जीवनयापन गरे।, उनीहरूसँग नदीका कारण पाएका अनगिन्ती दुःख छन्। अब भने उनीहरू...
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शिक्षक नियुक्तिमा रोक लगाएको छ।, शिक्षक सेवा आयोगले शिक्षक समायोजनको काम गरिरहेकाले शिक्षक नियुक्ति र अन्तर जिल्ला सरुवामा रोक लगाइएको हो।, मन्त्रालयले सूचना निकालेर सरुवा, नियुक्ति र अस्थायी वा करारमा शिक्षक नराख्न स्थानीय तहलाई आग्रह गरेको हो।, शिक्षा स...
एजेन्सी ओसामा विन लादेन नामको एक हात्तीलाई वन्यजन्तु अधिकारीले लामो प्रयासपछि भारतको असामबाट नियन्त्रणमा लिएका छन्।, वन्यजन्तु अधिकारीहरुले धेरै दिनको प्रयासपछि लादेनलाई ड्रोन र घरेलु हात्तीको सहायतामा उत्तरपूर्वीय असाममा ट्रयाक गरेका हुन्। लादेनलाई उनीहरुले यसअघि रोङ्जुली जङ्गलमा ट्रयाक गरेका थिए।, गत अक्टोबर महिनामा...
सेतोपाटी संवाददाता कैलालीको मोहन्याल गाउँपालिका-५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका छन्।, कार्यालय सहयोगी तुलसरा सिजालीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ परेका हुन्।, पीडित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि निर्घात कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएपछि उनलाई पक्राउ गर...
सिएनएन तपाईंलाई थाहा छ संसारमै सबभन्दा छिटो उड्ने विमान कुन हो? सबभन्दा लामो दुरी उड्ने नि? वा, सबभन्दा धेरै उचाइमा उडेको विमान?, यस्तो विमान कुनै कम्पनीले बनाइरहेको होला भन्ने तपाईंको अड्कल हो भने एउटा महत्वपूर्ण विमानको कथा पढ्नुभएको छैन।, माथिका तीनै प्रश्नको जवाफ एउटै हो, लकहिड एसआर–७१।, यो विमान भर्खरै बनेको वा भ...
सेतोपाटी संवाददाता सल्यानको लुहाममा जिल्लाकै पहिलो वृद्धाश्रम भवन निर्माण भएको छ। त्रिवेणी गाउँपालिकाले २० लाख लगानी गरेर लुहाममा जिल्लाको पहिलो वृद्धाश्रम निर्माण गरेको हो।, गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले महिला र पुरुषका लागि छुट्टा–छुट्टै दुईवटा कोठायुक्त भवन निर्माण गरिएको जनाकारी दिए। आश्रमको एउटा कोठामा क...
सेतोपाटी संवाददाता सुनसरीको कोसी गाउँपालिका ४ मा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक घाइते भएका छन्।, बिहान साढे ९ बजेको समयमा पश्चिमबाट पूर्व जाँदै गरेको स१झ २६८ नम्बरको गाडीले विपरीत दिशाबाट आउँदै गरेको को३०प ५३०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पृथ्वीनगर नगरपालिका ४ का २...
प्रशन्न पोखरेल तनहुँ भानु नगर क्षेत्रका बासिन्दाको दिनचर्या हिजोआज फेरिएको छ।, किन भन्नुहोला। किनकी यहाँ चितुवाको बिगबिगी छ।, साँझ परेपछि मानिसहरू घर बाहिर निस्कन पनि डराउँछन्। पछिल्लो डेढ वर्षमा चितुवाको आक्रमणबाट भानुका छ जना बालबालिकाको ज्यान गयो। चार जना घाइते छन्।, साँझ परेपछि चितुवा शिकार खोज्दै गाउँ पस्छ। पाएसम...
सेतोपाटी संवाददाता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्नो १७ औं सत्याग्रह तोडेका छन्। मंगलबार नवौं दिनमा केसीले आफ्नो सत्याग्रह तोडेको घोषणा गरेका हुन्।, राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज उठिरहँदा देशबासीको संवेदनालाई ख्याल गर्दै सत्याग्रह स्थगित गरेको उनले विज्ञप्तिमार्फत जनाए। चिकित्सा शिक्षा ऐन संशोधन...
निशा भण्डारी ललितपुरको पाटनस्थित कात्तिक डबलीमा कात्तिक नाच चलिरहेको छ। कात्तिक शुक्ल प्रतिपदादेखि सुरू हुने ऐतिहासिक, साँस्कृतिक एवं तान्त्रिक महत्त्व बोकेको विभिन्न नाच १२ दिनसम्म प्रदर्शन गरिनेछ। नाच कात्तिक २६ गते सकिन्छ। , पहिलो दिन शुदामा प्याखं, दोस्रो दिन भक्त सुरदास प्याखं, तेस्रो दिन बाथः प्याखं (माकसी मियेग...
सेतोपाटी मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी तथा मध्य भू-भागमा आंसिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ।, उसका अनुसार आज दिउँसो देशको पूर्वी भुभाग लगायत मध्य पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने छ।, यसैगरी शाखाका अनुसार राती पनि देशको पूर्वी तथा मध्य पहाडी...
सेतोपाटी संवाददाता सुनसरीको इटहरीमा खुकुरी हानेर कुकुर मार्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, गत मंगलबार  इटहरीको पिपलचोकस्थित आयुष विश्वकर्मालाई लक्षित गरी भएको आक्रमणमा उनको घरमा पालेको टाइसन नामक कुकुरको  ज्यान गएको थियो।, आयुषलाई आक्रमण गर्न आएका १०-१२ जनालाई टाइसनले रोक्न खोजेको थियो। कुकुर बीचमा आएपछि आक्रम...
एजेन्सी अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १५० घरमा पूर्ण क्षति भएको त्यहाँका अधिकारीहरूले बताएका छन्।, आगलागीका कारण हजारौँ नागरिक विस्थापित भएका बताइएको छ। वस्ती वरपर लागेको डढेलोका कारण सामुद्रिक शहर फोस्टर र बोबिनमा तातो हावा र धुवाँका...
एजेन्सी भारतको सर्वोच्च अदालतले बिहार सरकारलाई नेपालको गेस्ट हाउसमा महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ परेका जिल्ला अदालतका तीन न्यायाधीशलाई निलम्बन गर्ने अनुमति दिएको छ।, सर्वोच्च अदालतले शुक्रबार कोमल राम, जीतेन्द्रनाथ सिंह र हरिनिवास गुप्ता नाम गरेका न्यायाधीशलाई निलम्बन गर्ने अनुमति दिएको हो।, उनीहरू सन् २०१३ मा न...
रासस पोखरा महानगरपालिका लगायतका संघसंस्थाको लागत साझेदारीमा एक ‘स्मार्ट’ सार्वजनिक शौचालय बनाइएको छ।, महानगरको १४ लाख ४३ हजार ५८४, लायन्स अन्तर्राष्ट्रिय ३२५ बी–१ नेपालको पाँच लाख, रोटरी क्लब अफ मिडटाउनको चार लाख तथा अमरसिंह व्यापार व्यवसायी समितिको एक लाख रुपैयाँ लगानीमा पोखराको मुख्यबजार क्षेत्र अमरसिंहचोकमा शौचालय ...
सेतोपाटी संवाददाता ठगीको उजुरीपछि पक्राउ परेका ज्योति ग्रुपका रूपज्योतिले आइतबार अदालतमा आफैं बहस गर्ने तयारी गरेका छन्।, उनीमाथि हिरासतमै राखेर अनुसन्धान गर्न शुक्रबार काठमाडौं जिल्ला अदालतले तीन दिनको म्याद दिएको थियो। उक्त म्याद आइतबार सकिँदै छ। ,फेरि म्याद थपको लागि रूपज्योतिलाई अदालत लगिने काठमाडौं प्रहरी प्रवक्त...
सेतोपाटी संवाददाता जुवाअखडाबाट पक्राउ गरी जंगी अड्डाको जिम्मा लगाइएका नेपाली सेनाका सेनानी (मेजर)लाई कारबाहीका लागि प्रहरीमा बुझाइएको छ।, जंगी अड्डाले आइतबार मेजर राजेन्द्र शाहीलाई अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त महाराजगन्जको जिम्मा लगाएको हो।, प्रधानमन्त्री केपी शर्मा ओलीका तत्कालीन पिएसओ शाही गत कात्तिक १५ गत...
युनिक श्रेष्ठ भारतले जारी गरेको नयाँ राजनीतिक नक्साको नेपालमा चर्को विरोध भइरहेको छ। विभिन्न ठाउँमा प्रदर्शन भएका छन् भने लैनचौरस्थित भारतीय दूतावास ज्ञापनपत्र पनि बुझाइएको छ। सरकारले भारतले आफ्नो नक्सामा राखेको कालापानी क्षेत्रबारे भारतसँग वार्ता गर्ने बताएको छ।, कालापानी क्षेत्रलाई भारतीय नक्साभित्र राखेकोमा आइतबार ...
सेतोपाटी संवाददाता जिल्ला अदालत पश्चिम रुकुम, मुसिकोटमा कार्यरत नायब सुब्बा रमेशकुमार खड्का पन्ध्र हजार घुस रकमसहित पक्राउ परेका छन्।, अदालतबाट फैसला भईसकेको मुद्दामा १५ हजार नदिएको भन्दै सेवाग्राहीलाई दुख दिएको भन्ने उजुरीको आधारमा खड्कालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिपकुमार कोइराला...