content
stringlengths
20
64.1k
नारायण महर्जन यमपञ्चकको चौथो दिन आज गाईतिहार ।, हिन्दू धर्मावलम्बीहरूले आज गाईको पूजा गरेर गाई तिहार मनाएका छन्। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो।, गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ।, गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका ...
नारायण खड्का तिहार आएयता मात्रै पवित्रा वादी नेपालीले ७० वटा मादल बनाइन्। ती मादल ग्राहकले उनकै घरमा आएर किने। अघिपछि पनि मादल चाहिनेहरू उनको घरमै पुग्छन् ।, शनिबार हामी पुग्दा पनि ४२ वर्षीया पवित्रा वादी ग्राहकले घेरिएकी थिइन्। उनलाई कुरा गर्ने फुर्सदसमेत थिएन। मादल बनाउनै भ्याइनभ्याइ थियो।, उनी घरि मादल बजाएर आवाज प...
सेतोपाटी दीपावली पर्वको तयारीमा सावधानी नअपनाइदा एक किशोरको मृत्यु भएको छ।, लक्ष्मीपूजाका अवसरमा आइतबार साँझ झिलीमिली बत्तीको तार जडान गर्ने क्रममा  रामगोपालपुर नगरपालिका–८ टिकुलिया बजारमा प्रवाह भएको विद्युतको झट्काले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२१ निवासी १५ वर्षीय किशोर खगेन्द्र साहको मृत्यु भएको महोत्तरी ज...
सेतोपाटी संवाददाता नेपाली पर्वतारोही तथा पूर्व बेलायती जलसेना अधिकारी निर्मल पुर्जाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सात महिनामै आरोहण गरेर रेकर्ड राखेका छन्।, सोमबार चीनको शिशिपाङ्मा हिमाल आरोहण गरेपछि उनले १४ हिमालको रेकर्ड पूरा गरेको बिबिसीले जनाएको छ।, यसअघि पोल्यान्डका आरोही जर्जी कुकुजाले सन् १९८७ मा यी सब...
सेतोपाटी संवाददाता प्रहरीले लमहीमा एउटा जुवाको खालमा छापा हानेर पौने ७ लाख रकमसहित ८ जुवाडे पक्राउ गरेको छ।  , मंगलवार विहान १ बजेतिर  लमही उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रशाद श्रेष्ठको लमही नगरपालिका वडा नं. ५ स्थित  घरमा छापा हानेर नगद ६ लाख ७८ हजार ५ सय रुपैंयासहित ८ जनालाई पक्राउ गरिएको दाङ प्रहरीले जानकारी दि...
सेतोपाटी संवाददाता म्ह पूजाको महत्व, उद्गम र यो चाड मनाउने विधिबारे हामीले अघिल्लो स्टोरीमा चर्चा गर्यौं। (हेर्नुहोस्ः ,नेवारहरूको सांस्कृतिक चाडमा कविता लेखे महाकविले,)।, यो स्टोरीमा हामी म्ह पूजामा मनाइने मण्डलको अर्थ र यो पर्वसँग जोडिएको काठमाडौंको परम्परागत खेतीबारे चर्चा गर्नेछौं।, म्ह पूजाको निम्ति घरका प्रत्येक...
प्रभाकर गौतम रन्जु यादवले सात महिनाअघि ‘कलर्स अफ चेन्ज’ शीर्षकमा आफ्नो पहिलो एकल चित्रकला प्रदर्शनी गरेकी थिइन्। सो प्रदर्शनीमा चौक (अरिपन) र मौख चित्रले उनका क्यानभासमा विशेष स्थान पाएका थिए।, घरको आँगनमा बनाइने चौकलाई उनले आर्ट काउन्सिलको प्रदर्शनी कक्षको भुइँमै पनि बनाएकी थिइन्। उनको यो शैलीलाई धेरैले सराहना गरेका ...
नारायण महर्जन नयाँ वर्ष नेपाल संवत् ११४० मंगलबार देशभर विविध कार्यक्रम गरी मनाईएको छ।, यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाएका छन्। राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ इ सं ८८० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरूवात गराएका थिए। , विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतला...
सेतोपाटी फिलिपिन्समा ६.६ म्याग्निच्यूडको भुइँचालो गएको छ। दक्षिणी टापु मिन्डानाओको मध्यक्षेत्रमा मंगलबार बिहान उक्त भुइँचालो गएको हो।, अहिलेसम्म कम्तीमा सात जनाको ज्यान गएको बिबिसीले जनाएको छ। रोयटर्स समाचार एजेन्सीका अनुसार भग्नावशेषमुनि पुरिएका ७ वर्षे बालक र उनका ४४ वर्षे बाबुको उद्धार क्रममा मृत्यु भएको छ।, अधिका...
एजेन्सी जम्मु कस्मिरको कुलगाम जिल्लामा मंगलबार भएको आतंककारी हमलामा पाँच मजदूरको मृत्यु भएको छ भने एक घाइते भएका छन्।, प्रहरीका अनुसार उनीहरू सबै पश्चिम बंगालका भएको र हमलाका क्रममा उनीहरू सबै स्थानीय एक व्यक्तिको घरमा रहेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।, मृत्यु हुने मजदूरहरूमध्ये तीन जनाको सनाखत भएको छ।, उनीहरूको न...
जुना श्रेष्ठ म्ह पूजा नेवार सभ्यताको यस्तो पर्व हो, जसमा कुनै देवी-देवताको होइन, मान्छेले आफ्नै पूजा गर्छन्। आफ्नै नाममा मण्डप बनाउँछन्, आफ्नै लागि बत्ती बाल्छन्। आफ्नै शरीरमा फूल बर्साउँछन्।, यो पूजाको मर्म नबुझ्नेहरूलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'यात्री' कविता पढ्न सुझाउँछन्, संस्कृति अध्येता तथा वनस्पतिविद् ती...
रासस सडक निर्माणका क्रममा डोजरले महिला हुत्याएको बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकको घटनामा थप तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ। डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध मुद्दा दर्ता गरिएको हो।, जिल्ला अदालत बैतडीबाट बिहीबार सात दिनको ...
सेतोपाटी संवाददाता रुकुम पश्चिममा भएको ट्याक्टर दुर्घटनामा परि चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ।, सानिभेरी गाँउपालिका वडा नं. १ निवासी ट्याक्टर चालक २२ बर्षका महेन्द बिक र सोही  ठाँउ निवासी सहचालक २७ बर्षका चन्द्रबहादुर बिकको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी सुमित खड्काले चौ...
सेतोपाटी संवाददाता पकाइरहेको खोलेमा डुबेर एक १७ महिने बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार इलामको माइजोगमाई गाउँपालिका-५ सोयाङका प्रेमबहादुर राउतका १७ महिनाका छोरा मदीप राउतको गाइलाई पकाएको खोलेमा डुबेर मृत्यु भएको हो।, एक नम्बर प्रदेश प्रहरीका सूचना अधिकारी एसएसपी शेखर कोइरालाका अनुसार बुधबार दिउँसो साढे २ बजे ती बा...
एजेन्सी रूसको कुरागिङ्स्की जिल्लामा रहेको एउटा बाँध भत्किँदा १७ जनाको मृत्यु भएको छ ।, स्थानीय सञ्चार माध्यमहरुले जनाए अनुसार जिल्लाको क्रास्नोयास्र्क क्षेत्रमा रहेको बाँध भत्किएको हो ।, 'नातेदारहरुले मृत्यु भएका सवै १७ जनाकै शव पहिचान गरिसकेका छन्,' रूसी आपत्कालीन सेवा केन्द्रीय कार्यालयलाई उद्धृत गर्दै रुसी समाचार स...
सेतोपाटी संवाददाता पर्सा प्रहरीले २९ लाख रुपैयाँसहित हुण्डी कारोबारीहरूलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार स्रोत नखुलेको उक्त रकमसहित छ जना व्यक्ति समातिएका छन्। , प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार एक साता अवधिमा विभिन्न स्थान र मितिमा हुण्डी कारोबारीहरूलाई समातिएको हो। नेपाल÷भारत सिमानामा स्रोत नखुलेको रकम...
रासस नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक (तिहार) सुरु भएको छ। तिहारका बेला काग, कुकुर, गोरु र गाईको धुमधामले पूजा गरी माला लगाएर मीठामीठा परिकार खुवाउने चलन छ। गाईगोरु नहुनेहरु जसको घरमा छ, उसैकोमा गएर पूजा गर्नेको लर्को नै लाग्छ। अघिपछि वास्ता नगर्ने सडकमा खोजीखोजी कुकुरलाई माला लगाउन तम्सन्छन्। माया गरेजस्तो गरी सेल्फी...
सेतोपाटी संवाददाता डेढ महिनाअघि तेजाब आक्रमणमा परेकी १४ वर्षीया मुस्कान खातुन अन्सारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेकी छन्। कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानले उक्त चिठी मार्फत् आफू प्रधानमन्त्रीको ठाउँमा भएको भए तेजाब प्रहार गर्नेहरूलाई फाँसी दिने बताएकी छन्।, मुस्कानले यसअघि जेनी खड्का, संगीता मगर लगा...
प्रभाकर गौतम नेपालमा र्‍याप संगीत सुरू गर्ने गायक गिरीश खतिवडाले गायक समीर घिसिङ 'भिटेन' लाई प्रहरीले गिरफ्तार गर्नु अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश भनेका छन्। संगीतमै सेन्सरसिप गर्ने प्रहरीको प्रयास जायज नभएको पनि उनले बताएका छन्।, प्रहरीले बिहीबार भिटेनको 'हामी यस्तै त हो नि ब्रो' गीतको भिडिओ र शब्दले सामाजिक विक...
सेतोपाटी संवाददाता बारा प्रहरीले भन्सार छलेको ३९ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ।, बिहीबार साँझ सिम्रौनगढ नगरपालिका ११ भगवानपुर टोलका सञ्जय जैसवालको घरबाट प्रहरीले ३९ लाख ४६ हजार ६१ रुपैयाँ बराबरको भन्सार छलीको कपडा बरामद भएको बारा प्रहरीले जनाएको छ।, सिमावर्ती भारतीय बजारबाट ल्याइएको उक्त कपडा लुकाइछिपाइ राखेक...
सेतोपाटी संवाददाता चिकित्सक डा. गोविन्द केसीले कात्तिक १८ गतेदेखि पुनः अनसन थाल्ने भएका छन्।, चिकित्सा शिक्षा सुधारका लागि विभिन्न मागहरुसहित सरकारलाई अल्टिमेटम दिएको मिति सकिएसँगै केसीले फेरि अनसन थाल्ने भएका हुन्। एक विज्ञप्ती जारी गर्दै उनले मेडिकल कलेजहरुले अवैध रुपमा अशुलेको रकम फिर्ता गर्न उनले माग गरेका छन्।, क...
रासस पहिलो किस्ता पाएर पनि घर बनाउन नपाएका भूकम्पपीडितले बढीमा पाँच वर्षका लागि तीन लाख रूपैयाँ ऋण सहयोग पाउने भएका छन् ।, ,राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र युके एड सक्षम टु फाइनान्सबीच गोरखा र धादिङका भूकम्पपीडितलाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्न शुक्रबार सम्झौता गरिएको छ।, समक्षदारीपत्रमा राष्ट्रिय पुनःनिर्माण प्...
एजेन्सी जापानको राजधानी टोकियो बाहिरको शहरबाट २०० मिलियन यन बराबरको हिरा चोरी भएको छ।, बिहिबार एक ज्वेलरी व्यापार मेलाबाट हिरा चोरी भएपछि प्रहरीले खोजतलासी गर्न थालेका छन्।, ‘बिहिबार चोरी भएको हिराको मूल्य २०० मिलियन येन बराबरको हो प्रहरी प्रवक्ताले भने, ‘प्रदर्शनी गर्न राखिएको ठाउँबाट चोरी भएको अनुमान छ।’,५० केरेटको ...
रासस मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ।, मुख्य पाइप विस्तार ७७ किलोमिटरमध्ये झण्डै साढे ७४ किलोमिटर सकिएको छ भने बाँकी काम छिट्टै अघि बढ्नेछ। यद्यपि मेलम्ची आयोजनाको निर्माण कार्य भने ९५ प्रतिशत पूरा भइ सकेको छ।, मेलम्चीको सहायक परियोजना–१ अन्तर्गत सुरुङ न...
नारायण खड्का रुकुम पश्चिममा भएको ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको छ।, ,सानिभेरी गाँउपालिका वडा नं. १ निवासी चालक २२ वर्षीय महेन्द्र बिक र सोही ठाउँ निवासी सहचालक २७ वर्षका चन्द्रबहादुर बिकको मृत्यु भएको छ।, ,जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी सुमित खड्काले चौरजहारी बजारबाट सिमेन्ट भरेर ...
सेतोपाटी संवाददाता बिहीबार पक्राउ परेका गायक समीर घिसिङ भिटेनलाई प्रहरीले छाडेको छ। शुक्रबार साँझ उनलाई हिरासतमुक्त गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले सेतोपाटीलाई जानकारी दिए। एसएसपी राईका अनुसार उनलाई भनेको समयमा उपस्थित हुने शर्तमा तारेखमा छाडिएको हो।, र्‍यापर भिटेनको 'हामी यस्तै त हो नि ब्रो' भन्ने...
सेतोपाटी दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले हुत्याउँदा घाइते भएकी  गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ। यसअघि उनको धनगढी र नेपालगञ्जमा उपचार गरिएको थियो।, बेहोस हुने समस्या कायम रहेकाले थप उपचारका लागि भारत लैजानु परेको गौरीका श्रीमान् जगदिश जोशीले बताए।, गौरीलाई नेपालगञ्जमा उपचार गरी घर ल्यायँदै थियो। उनल...
सबिना श्रेष्ठ बिहेबारी बीस वर्ष पारी!, बालविवाह रोक्न र विशेषगरी महिलाको शारीरिक विकासलाई ध्यानमा राखेर मातृ मृत्युदर घटाउन सरकारले यो अभियान चलाएको हो। अभियानले मात्रै पुग्दैन भनेर बीस वर्ष नपुगी बिहे गरिदिनेलाई जेल र जरिवाना सजाय पनि तोकेको छ। यो कानुन सबै ठाउँमा व्यवहारमा लागू भएका छैनन्।, आफूखुसी बिहे गर्नेलाई त झ...
एजेन्सी अमेरिकाको क्यालिफोर्निया स्थित लस एन्जलसको जंगलमा आगलागी नियन्त्रणमा नआएपछि स्थानीय सरकारले ५० हजार मानिसलाई सुरक्षित ठाउँमा सारेको छ। , उत्तरी लस एन्जलसको स्थानीय सरकारले आगलागीबाट बचाउन ती मानिसहरुलाई अन्यत्र सारेको न्यु-योर्क टाईम्सले जनाएको छ।, शक्तिशाली हावाका कारण जङ्गलमा लागेको आगो बस्तीतर्फ सल्किदैँ गए...
सेतोपाटी बागलुङको तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको छ।, वडा नं ३ तमानदेखि वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जीप रिकलाङमा राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, मृत्यु हुनेमा तमानखोला–१ निवासी चालक ...
एजेन्सी लण्डनबाट उत्तरपूर्वमा रहेको एसेक्स इलाकामा ‘कन्टेनर’भित्र भेटिएका ३९ मृतशरीर मध्ये ६ जना भियतनामी नागरिक भएको हुनसक्ने खुलेको छ।, बेलायती समाचार माध्यम बिबिसीका अनुसार ६ भियतनामी परिवारले मृत भेटिएकाहरू आफ्नो सदस्य भएको हुनसक्ने बताएपछि यो कुरा खुलेको हो।, यसअघि मृतक सबै चिनियाँ नागरिक भएको ठानिएको थियो। , बिब...
एजेन्सी लण्डनबाट उत्तरपूर्वमा रहेको एसेक्स इलाकामा ‘कन्टेनर’भित्र भेटिएका ३९ मृतशरीर बारेमा अनुसन्धान गर्न बेलायतको प्रहरीले थप दुई जनालाई शुक्रबार पक्राउ गरेको छ। , घटनामा संलग्न भएको आशंकामा ३८ बर्षीय एक महिला र एक पुरुषलाई वारिङ्टन चेसायरबाट प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाउन लागेको हो।, घटनामा सम्लग्न रहेको ह...
एजेन्सी भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको वायुको गुणस्तर थप खस्केको पाइएको छ।, तिहारको पूर्वसन्ध्यामा सार्वजनिक भएको वायुको गुणस्तरको अवस्था खराब देखिएको अधिकारीहरुले जानकारी दिएका छन्।, स्थानीय समय अनुसार विहान ८.३० मा नयाँ दिल्लीको वायुको गुणस्तरको सुचक (एक्युआई) ३२६ देखिएको थियो।, त्यसैगरी धिरपुरको एक्युआई ३५१...
रासस राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको पावनअवसरमा स्वदेश, विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेकी छन्।, तिहार पर्वका अवसरमा शनिबार जारी शुभकामना सन्देशमा राष्ट्रपतिले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा पशुपक्षी र वनस्पतिलाई सम्मानस्वरुप प्रत्येक ...
सेतोपाटी संवाददाता तुलसिपुर उपमहानगरपालिका सस्थापक मेयर  शंकरप्रसाद आचार्यले बिरेन्द्र माबि भ्यूडहर सुनपुरलाई ५ लाख नगद प्रदान गरेका छन्।, शुक्रबार उनले  थप १ लाखको अक्षय कोष स्थापना गरेका छन्। , आचार्यले विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न ५ लाख नगद सहयोग गर्नुका साथै आफ्ना बुवा आमाको स्मृतिमा थप १ लाखको देब अम्ब...
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालय इटहरीले हराएका २४ थान मोबाइल बरामद गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।, प्रहरीले शनिबार हराएका ती मोबाइल सम्बन्धित धनीलाई बोलाएर जिम्मा लगाएको हो। प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले विभिन्न कम्पनीका ती मोबाइलको अभिलेख खोजी सम्बन्धित धनीलाई बुझाइएको हो।, इलाका प्रहरीको अपर...
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सब–इञ्जिनीयर सन्दीप पौडेल र डोजरचालक विक्रम बस्नेतलाई रङ्गेहात पक्राउ गरेको छ।, शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवल रुपन्देहीमा करारमा कार्यरत सब–इञ्जिनीयर पौडेलले विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ताबापतको बाँकी रकम विद्यालयको...
सेतोपाटी दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् ।, पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट रहेको छ।, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलका अनुसार तिनाउ गाउँपालिका–६ मस्यामका ५१ वर्षीय मोहनवीर नेपालीलाई वडा सदस्य विष्टले कुटपिट ग...
सेतोपाटी संवाददाता इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै चन्द्रागिरी नगरपालिका र कीर्तिपुर नगरपालिका स्थानीयहरूले चन्द्रागिरी नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन्।, चन्द्रागिरी नगरपालिका र कीर्तिपुर नगरपालिकाभित्र रहेका सबै इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै उनीहरूले चन्द्रागिरी नगरपालिकाको कार्यालयमा धर्ना दिएका हुन्।...
सेतोपाटी म्याग्दीको सदरमुकाम बेनी बजारको सङ्गमचोकमा बुधबार प्रहरीले एक बेवारिसे बालक फेला पारेको छ।, करीब चार बर्षीय बालक रुँदै गरेको अवस्थामा स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेपनि परिचय भने खुल्न सकेको छैन।, न्यूरोडदेखि सङ्गमचोक आउने खानेपानी तथा सरसफाइ कार्यालयको गल्लीमा भेटिएका बालकका आफन्तको खोजीकार्य भइरहे...
सेतोपाटी पश्चिम नवलपरासीमा लागुऔषधसहित दुई युवा पक्राउ परेका छन्। प्रहरी चौकी गेरमीको टोलीले जिल्लाको भारतीय सीमा नजिकै पाल्हीनन्दन–५ चमनटोलबाट बुधबार उनीहरुलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१० मन्झरीयाका ४० वर्षीय विश्राम हरिजन र पाल्हीनन्दन गाउँपालिका–३ वेशालपुरका २४ वर्षीय बेचु गोसाईँ रहेका छन...
सेतोपाटी संवाददाता नेपाली र्‍यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन्।, बिहीबार भिटेनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जावलाखेलबाट पक्राउ गरेको हो।, अश्लिल गीतहरू गाएको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी सहकुल थापाले बताए।, रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए। नेपाली र्‍याप...
प्रभाकर गौतम 'फूल किन्न आयो भनेको फोटो खिच्न पो रैछ‍'- किराना पसलअगाडि बसेर मखमली फूल उन्दै गरेकी भक्तपुर, गुन्डूऔ-७ की एक महिलाले फ्याट्टै भनिन्। उनीजस्तै यहाँका महिलाहरू आफ्नो गाउँमा आउने नयाँ मान्छेलाई फूल किन्ने ग्राहक ठान्दा रहेछन्।, सूर्यविनायक नगरपालिकामा पर्ने रानीकोट घ्याम्पेडाँडाको काखमा छ गुन्डू गाउँ। तिहार...
सेतोपाटी बेलायतको राजधानी लन्डनको पूर्वीभागमा बुधबार एउटा ट्रकभित्र ३९ जनाको शव भेटिएपछि त्यो समाचारले संसारभर तरंग ल्याएको छ।, सो ट्रक अर्को युरोपीयन राष्ट्र बेल्जियमबाट जहाजमा हालेर वेलायत ल्याइएको प्रहरीले जनाएको छ। तर ट्रक कहाँबाट बेल्जियम आइपुगेको थियो यकिन छैन।, ट्रक पुर्वी युरोपियन मुलुक बल्गेरियाबाट आएको कतिपय...
सेतोपाटी संवाददाता उदयपुरको त्रियुगा नगरपालिका ११ बाट लागुऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। , स्थानीय युवाहरूले आफ्नै कोठाबाट लागुऔषध बेचबिखन गरिरहेको भन्ने सूचना पाएलगत्तै बिहीबार बिहान ८ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ११ का २८ वर्षीय उद्धव तामाङ र १८ वर्षी...
सेतोपाटी संवाददाता पूर्वसांसद गायत्री साहले ललितपुरस्थित मेडिसिटी अस्पतालविरूद्ध १० करोड क्षतिपूर्ति माग्दै जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेकी छिन्।, मेडिसिटी अस्पताल र त्यहाँका डाक्टरका कारण आर्थिक, मानसिक र शारीरिक क्षति भएको भन्दै उनले असोज २८ गते मुद्दा दायर गरेकी हुन्। उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ५०...
सेतोपाटी संवाददाता सिरहाको लहान नगरपालिका वडा नं १३ डण्डाटोलबाट लोपोन्मुख जातिको धुतुरु नामक जंगली भालुलाई उद्धार गरी काठमाडौं ल्याइएको छ।, करिब १ वर्ष उमेरको उक्त भालुलाई दयनीय अवस्थामा चटकको लागि प्रयोग भइरहेको अवस्थामा पशु संरक्षणसम्बन्धी संस्था स्नेहाज केयरको टिमले उद्धार गरी काठमाडौं ल्याएको हो।, जंगली भालुलाई मन...
एजेन्सी पिज्जा गोलो हुन्छ, तर पिज्जा राख्ने कागजको बाकस किन चारपाटे?, उत्तर सहज छ- चारपाटे बाकस बनाउन सजिलो हुन्छ। गोलो बाकस बनाउन गाह्रो, खर्च पनि बढी।, पिज्जा हटले पहिलोपटक गोलो आकारको पिज्जा गोलै आकारको बाकसमा राख्ने तयारी गरेको छ।, सिएनएनमा मंगलबार प्रकाशित समाचारअनुसार ‍पिज्जा हटले आफ्नो व्यवसायमा नयाँपन दिन करिब...
सेतोपाटी संवाददाता र्‍यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ लाई प्रहरीले अभद्र व्यवहार कसूरमा मुद्दा अघि बढाउने भएको छ।, घिसिङलाई ‘जरूरी पक्राउ पूर्जी’ अन्तर्गत बिहीबार बिहान जावलाखेलबाट महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो।, ‘जरूरी पूर्जी’ अपराध र अपराधी नियन्त्रणका क्रममा प्रयोग गरिन्छ।, घिसिङ पक्राउ गर्दा पनि प्रह...
एजेन्सी काजकिस्तान सरकारले धेरै बच्चा जन्माउने आमालाई पुरस्कृत गर्ने गरेको छ।, काजकितास्तानले धेरै बच्चा जन्माउने आमालाई ‘हिरो मम्स’को नामबाट सम्मान गरी पदक प्रदान गरिरहेको छ।, ७ जना वा सो भन्दा बढी बच्चा जन्माउने आमालाई स्वर्ण पदकबाट सम्मान गरिने चलन छ। साथै ६ जना बच्चा जन्माएमा रजत पदकबाट सम्मानित गरिन्छ।, पदक पाउने...
रासस चितवनमा डेङ्गुका कारण एक जनाको मृत्यु भएको छ।, स्वास्थ्य कार्यालय चितवनकाअनुसार चितवन मेडिकल कलेजमा उपचाररत ३१ वर्षीया एक महिलाको मृत्यु भएको हो।, कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार लमजुङ दूधपोखरी–२ विचौर स्थायी घर भई नवलपुरको गैँडाकोट निवासी सरस्वती न्यौपानेको कात्तिक ४ गते बिहान उपचारको क्रममा मृत्यु भएको ह...
रासस चितवनमा बुधबारदेखि हराएकी एक वृद्ध मृत फेला परेकी छन्।, भरतपुर महानगरपालिका वडा नम्बर २१ की ८९ वर्षीय टुल्कीदेवी अधिकारी बिहीबार बिहान भरतपुर २० शङ्करचोक नजिकै रहेको माछापोखरीमा मृत भेटिएकी हुन्।, उनी बुधबार बिहान ११ बजेदेखि घरबाट हराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। स्थानीयले वृद्धको शव देखेपछि प्रहरी...
एजेन्सी छात्रालाई बलात्कारपछि जिउँदै जलाउने १६ जनालाई बंगलादेशको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।, १९ वर्षीया छात्रा नुस्रत हजान रफीलाई जिउँदै जलाउने १६ जनालाई गत सोमबार अदालतले मृत्युदण्डको सजाय सुनाएको हो।, आफ्नै विद्यालयका प्रधानाध्यापकले यौन दुर्व्यवहार गरेको भनी नुस्रतले गत मार्चको अन्तिममा प्रहरीमा उजुरी दिए...
रासस जेसिबी पल्टिदा रुकुम(पूर्व) मा एक जनाको मृत्यु भएको छ।, भुमे गाउँपालिका–२ को सैपातुन भन्ने ठाउँमा जेसिबी सडकबाट २७ मिटर तल खोलामा खस्दा त्यसका चालक सोही गाउँपालिका–२ काँक्रीका अन्दाजी ४५ वर्षीय दुर्गाबहादुर बुढाको मृत्यु भएको हो।, बिहीबार बिहान उक्त गाउँपालिकाको रा१२९ग नम्बरको जेसिबी खाबाङ बगरबाट लुकुम जाने क्रमम...
नारायण खड्का देव विकास बैंकमा भएको १८ करोड बढी रकम हिनाहिना प्रकरणमा उच्च अदालत तुलसीपुरले पाँच जनालाई थुनामा राख्न, चार जनालाई धरौटीमा र दुई जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको छ।, अदालतले बैंकका म्यानेजर समिर बुढाथोकी, कर्मचारी अनिलकुमार न्यौपाने, खातावालाहरू वसन्तबहादुर बस्नेत, झगबहादुर डिसी र विजयकुमार गुप्ताला...
सेतोपाटी संवाददाता प्रहरीले 'भिटेन' भनिने र्‍यापर तथा गायक समीर घिसिङको 'हामी यस्तै त हो नि ब्रो' भन्ने गीत युट्युबबाट हटाएको छ। , उक्त गीतमा अश्लील शब्द भएको भन्दै अदालतबाट अनुमतिसमेत नलिई बिहीबार भिटेनलाई जावलाखेलबाट समातेको थियो। यसको केही घन्टापछि युट्युबबाट उक्त गीत हटाइएको हो।, भिटेन लाई पक्राउ गर्दा प्रहरीले ‘ज...
सन्जिब बगाले प्राध्यापक चैतन्य मिश्रले त्रिभुवन विश्वविद्यालयमा ४० वर्ष पढाए। आफैंले पढाएको कामबाट उनी सन्तुष्ट भने हुन सकेका छैनन्।, परम्परागत रूपमा चलेका हाम्रा विश्वविद्यालयहरूले देश र समाजलाई चाहिने दक्ष जनशक्ति तयार पार्न नसकेको प्राध्यापक मिश्रको अनुभव छ। , ‘विश्वविद्यालयमा अरुले लेखेका पुस्तक पढ्ने मात्र काम भय...
सेतोपाटी संवाददाता सरकारले नेवार समुदायको भाइटीका (किजा पूजा) को लागि कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।, गृह मन्त्रालयले बिहीबार भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको हो।, गृहसचिव प्रेमकुमार राईका अनुसार कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।, ‘नेवार समुदायले किजा पूजाको दिन...
रासस जिल्ला प्रशासन कार्यालय झापाले टोकन प्रणालीबाट सेवाग्राहीलाई बिहीबारबाट सेवा प्रदान गर्न थालेको छ।, जिल्ला प्रशासनबाट नागरिकलाई दिइने सेवा प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापामा नागरिक सहायता कक्षको स्थापना गरी टोकनबाट सेवा प्रदान गर्न सुरु गरिएको हो।, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले...
सेतोपाटी संवाददाता बैतडी, कैलाली र रुकुमपूर्व भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।, प्रहरीका अनुसार मेलौली नगरपालिका ५ पेलेस्थित सडकमा एसके २२० केडी नम्बरको स्काभेटरले च्यापिएर बिहीबार बिहान स्काभेटरमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय शुक्रसिंह पुजाराको घटानस्थलमै मृत्यु भएको छ। स्काभेटर चालक दशरथ...
नारायण महर्जन नेपालीहरूको दोस्रो महान चाड तिहार नजिकिँदै गर्दा दीपावलीमा झ्याल तथा ढोकामा प्रयोग गरिने माटाका पाला बनाउन यतिबेला भक्तपुरमा कुमाले जातिलाई भ्याइनभ्याइ छ।, दिपावलीको समय आएपछि भक्तपुर नगर तथा मध्यपुर थिमिका माटाका भाडा बनाउने क्षेत्रका बासिन्दा काममा व्यस्त हुने गर्दछन्। अन्य समयको तुलनामा तिहारको समयमा ...
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका सांसद गगन थापाले नेपाल कम्युनिष्ट पार्टीको सरकार संविधानले दिएको क्षेत्राधिकार भन्दा बाहिर गएर सबै संस्थाहरलाई नियन्त्रणमा लिने बाटोमा अघि बढेको बताएका छन्।, उनले सरकारले संसदलाई आफ्नो छाया बनाएको तथा न्यायलय पनि सरकारसँग डराएको बताए।‘नेपालको अदालत सरकारसँग डराएको अवस्था छ। नेपालको...
एजेन्सी बेलायतको एसेक्स सहरमा लरीभित्र भेटिएका ३९ जनाको शव चिनियाँ नागरिकका भएको अनुसन्धानले देखाएको छ।, ती शवहरू चिनियाँ नागरिकका भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्।, ३९ मध्ये ३१ जना पुरूष र ८ जना महिलाको शव भएको एपीले जनाएको छ। ती मध्ये एक किशोरी पनि छिन्।, बिहिबार उत्तरी आयरल्याण्डका अधिकारी र ...
सेतोपाटी काभ्रेपलाञ्चोकको बनेपा र रोशीखोलामा मंगलबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।, प्रहरीका अनुसार बनेपा नगरपालिका वडा नं ७ स्थित चारदोबाटो चोक नजिकै कृष्णप्रसाद अस्पताल अगाडि मंगलबार बेलुका बोलेरोले रोकी राखेको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्या...
सेतोपाटी संवाददाता काष्ठमण्डप पुनर्निर्माणमा पुरातात्विक सामग्री प्रयोग, परम्परागत प्रविधि र परम्परागत शैलीलाई प्राथमिकता दिइएको सरोकारवालाहरूले बताएका छन्।, काष्ठमण्डपको कार्य प्रगति, आर्थिक विवरण र अगामी कार्य योजनाबारे सर्वसाधारणलाई जानकारी दिन मंगलबार आयोजित कार्यक्रममा उक्त कुरा बताइएको हो।, कार्यक्रममा पुनर्निर्...
जुना श्रेष्ठ हामीले बस स्टेसन, पुलिस स्टेसन, टेलिभिजन स्टेसन त सुनेकै छौं। कहिले 'ममः स्टेसन' बारे सुन्नुभएको छ?, कीर्तिपुर, खासीबजारमा छ 'ममः स्टेसन' जहाँ स्टिम, सी, कोथे, फ्राइ, चिल्लीदेखि बार्बिक्यु, क्रिस्पी, छोइला गरी दस परिकारका मम: पाइन्छन्।, यहाँ अरू खानेकुरा नपाइने होइन, तर मम:लाई नै प्राथमिकता दिएकाले 'मम: स...
सेतोपाटी संवाददाता सरकारले दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरू प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको छ।, उक्त गीतमा कानुनबमोजिम नेपालमा प्रतिबन्धित लागुऔषध गाँजा सेवनलाई युवामा प्रोत्साहन हुने गरी सङ्गीत...
नारायण महर्जन भक्तपुरमा अहिले धमाधम धान भित्र्याउनेको चटारो छ।, दसैं सकिएपछि कृषकहरू अहिले खेतमा भेटिन्छन्। अन्य वर्षजस्तै यस पटक पनि किसानलाई धान भित्र्याउने चटारो छ।, भक्तपुरका किसान बिहानदेखि बेलुकीसम्मै खेतमा धान काट्न र भित्र्याउन व्यस्त छन्।, नेपालीहरूको महान पर्व बडादसैं सकिएलगत्तै किसानलाई ध्यान भित्र्याउन भ्य...
सेतोपाटी संवाददाता सरकारले आउँदै गरेको तिहारमा देउसी भैलोजस्ता मनोरञ्जनात्मक कार्यक्रममा नकारात्मक असर पार्ने खालका गीत/संगीत तथा श्रव्य दृश्य सामग्रीहरूको उत्पादन, गायन, प्रसारण विक्री/ वितरण नगर्न/नराउन आग्रह गरेको छ।, गृहमन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता कार्य गरे वा गराएमा प्रचलित कानुनअनुसार ...
सेतोपाटी त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले अनुचित ढङ्गले जनप्रशासन केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्त गरेको आरोप लगाउँदै त्यसको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी सङ्घले विभागमा तालाबन्दी गरेको छ।, विगतमा प्राध्यापकलाई नै विभागीय प्रमुख बनाउने प्रचलनलाई तोडेर उपप्राध्यापकलाई निमित्त प्रमुख...
सेतोपाटी संवाददाता धनुषामा गोली प्रहारबाट एक जनाको हत्या भएको छ।, आज बिहान करिब सवा ९ बजेतिर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियाका पंकज चौधरीले गोली चलाउँदा जनकपुरधाम वडा नम्बर १ बस्ने मनोज साहको मृत्यु भएको प्रजिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।, प्रहरीले घरधनी चौधरीलाई...
सेतोपाटी भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयमध्ये ८३ विद्यालयलाई अहिलेसम्म पुनःनिर्माण योजनाले छोएको छैन। पुनःनिर्माण योजनाले नछोएका अधिकांश विद्यालयका विद्यार्थी अस्थायी छाप्रोमा पढ्न बाध्य छन्।, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग दाताले दिएको रकम सम्झौता गर्न ढिलाइ हुनु, विद्यालयका लागि उपुयक्त जमीन प्राप्त गर्...
सेतोपाटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल महिलालाई भत्ता दिने भएको छ।, विवाह नगरी एकल जीवन बिताइरहेका नगरभित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको हो।, आगामी मङ्सिरबाट उक्त भत्ता दिइने तथा त्यसका लागि नगरभित्र रहेका अविवाहित महिलाको तत्थ्याङ्क सङ्कलनकार्य भइरहेको ...
रासस सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरबाट अवैधरुपमा लगिदै गरेका ४० राँगालाई मङ्गलबार नियन्त्रणमा लिइएको छ।, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प बोदेबरसाइनबाट खटिएको प्रहरी टोलीले राँगा नियन्त्रणमा लिएको हो।, भारतीय बजारबाट चोरी पैठारी गरी नेपालतर्फ ल्याउने क्रममा राँगालाई नियन्त्रणमा लिइएको सुरक्षा बे...
सेतोपाटी कस्तुरीको बीनासहित सशस्त्र प्रहरीको टोलीले सीमावर्ती क्षेत्र सिरहाको बरियारपट्टीबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।, नेपालबाट भारतर्फ मङ्गलबार साँझ जाँदै गरेको बीआर३२वाई २६९५ नंको स्कुटीलाई शङ्का लागेर जाँच गर्दा कस्तुरीको बीना बरामद भएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरियारपट्टीको टोलीले मोटरसाइकलमा ...
सेतोपाटी अन्धकारमा बस्दै आएका सुस्तावासीलाई बिजुलीको पहुँचमा पुर्‍याउने उद्देश्यले सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण थालिएको छ।, पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारि पर्ने विकट क्षेत्र बहुचर्चित नेपाली भूमि सुस्तामा निर्माण हुनलागेको ग्रिडको मङ्गलबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री ...
सेतोपाटी संवाददाता पशुपति आर्यघाटमा शव जलाउने कामदारहरूले आन्दोलन गरेका छन्।, विभिन्न मागहरू राखेर घाट सेवा केन्द्रका कर्मचारीले बुधबार बिहान ६ बजेदेखि शव जलाउने, दाउरा बोक्ने, खाडक खन्नेलगायत काम ठप्प पारेका हुन्। माग पूरा नभएसम्म अनिश्चितकालका लागि आन्दोलन गरिएको सूचना कामदारले टाँसेका छन्।, पशुपति क्षेत्र विकास कोष...
सेतोपाटी संवाददाता पशुपति क्षेत्र विकास कोषले सेवासुविधा वृद्धि गरेपछि पशुपति आर्यघाटमा शवदाह गर्ने कामदारहरूले आन्दोलन फिर्ता लिएका छन्।, सेवा, सुविधा वृद्धिको माग राखेर बुधबार बिहान ६ बजेदेखि कामदारले शव जलाउन, दाउरा ओसार्न र खाल्डो खन्ने काम ठप्प पारेका थिए।, आन्दोलनरत कामदार र कोषबीच भएको वार्तामा सेवा सुविधा वृद्...
सेतोपाटी संवाददाता चाबहिलबाट चुच्चेपाटी जाने बाटोमा रहेको मूल सडकमा भत्काउँदै गरेको पुरानो घर भत्किँदा दुई जना घाइते भएका छन्।, बुधबार दिउँसो पुरानो घरलाई भत्काउँदै गर्दा एक्कासी घर भत्किँदा दुई जना घाइते भएका प्रहरीले जनाएको छ।, घाइतेको उपचारका लागि चाबहिलस्थित दिर्घायु अस्पतालमा भइरहेको गौशालाका डिएसपी प्रदीप कुमार ...
प्रकाश ढुंगाना बलात्कार गरेर हत्या गरी अमेरिका फरार भएका एक जना नेपालीलाई अमेरिकाले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको छ।, झापा चन्द्रगढी ३ घर भइ अमेरिकामा लुकेर बस्दै आएका लिलाराज गौतमलाई अमेरिकी प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको हो।, गौतमलाई बुधबार अमेरिकी प्रहरीले नेपाल प्रहरीसमक्ष बुझाएको नेपाल प्रहरीक...
सेतोपाटी संवाददाता नेपाली सेनाको भर्ना छनोट प्रकृयामा १३ नक्कली परीक्षार्थी र आर्थिक फाइदा लिई उनीहरुलाई सघाउने ४ सैनिकसहित २७ जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा विभिन्न भर्ना केन्द्रहरुमार्फत अरुलाई नै परीक्षा दिन लगाउने ६ वास्तविक उम्मेदवार तथा आर्थिक लेनदेनमा संलग्न अन्य ४ गैरसैनिक व्यक्तिहरु पनि छन्।, पक्राउ पर...
सेतोपाटी संवाददाता ६ वर्षअघि आफ्नै पत्निको हत्या गरी फरार एक अभियुक्त पक्राउ परेका छन्।, लमही नगरपालिका वडा नं. ५ निवासी ३२ वर्षीय प्रदीपकुरमा जैसवलालाई प्रहरीले मंगलबार बेलुका लमहीबाटै पक्राउ गरेको हो।, २०७० साल असार २५ गते आफ्नै पत्नि प्रितीकुमारी जैसवाललाई घाँटी थिचेर हत्या गरेपछि उनी फरार रहँदै आएका थिए।, दाङ देउख...
नारायण खड्का तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ झुमरीया निवासी मोहनलाल गैरे गहते खोलामा पक्की बाँध निर्माण भएपछि खुसी छन्।, पक्की बाँध निर्माण नहुँदासम्म स्थानीयले वन जंगलबाट स्याउला सोत्तरले बाँध बाँधेर खेतबारीमा कुलोबाट पानी लैजाने गर्दथे। स्याउला सोत्तरले बाँधेको बाँध पटक पटक भत्किन्थ्यो। खोलाले बगाउँथ्यो। पक्की बाँ...
सेतोपाटी संवाददाता खुलामञ्चस्थित दुईमाजु मन्दिर परिसर अतिक्रमण गरी खोलिएका पसलहरू तिहारपछि हटाइने भएको छ।, सर्वसाधारण तथा टुँडिखेल सरंक्षण अभियन्ताहरूको लगातार विरोधपछि गुठी संस्थानले ती पसल हटाउन बुधबार आदेश गरेको हो। दुईमाजु गुठीसँग गरिएका सम्झौतामा पसल खोल्न दिनेबारे उल्लेख नभएको संस्थानका कार्यकारी प्रमुख नारायण च...
समिक्षा अधिकारी स्कुल पढ्दाताका कपडाको झोला बारम्बार च्यातिन्थ्यो। पटकपटक सिउँदा पनि पार नलागेपछि आमाको धैर्य टुट्थ्यो र भन्नुहुन्थ्यो– अब तँलाई बोराको झोला सिलाइदिने हो। त्यही बोक!, बोराको झोला राम्रो हुँदैनथ्यो, हत्तपत्त फाट्दैन भन्ने आमाको विश्वास थियो।, आर्थिक अवस्था कमजोर भएका धेरैले स्कुल पढ्दा बोराको झोला बोक्न...
सेतोपाटी संवाददाता मेडिकल कलेजले असुलेको बढी शुल्क फिर्ता नभएपछि एमबिबिएस अध्ययनरत विद्यार्थीले परीक्षा सार्नुपर्ने माग राखेका छन्।, चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा बुधबार पत्र बुझाउँदै एमबिबिएस पहिलो र दोस्रो वर्षका विद्यार्थीले परीक्षा सार्न माग गरेका हुन्।, एमबिबिएस पहिलो वर्षको कात्तिक २१ र दोस्रो वर्षको ...
खिलानाथ ढकाल वीरगञ्जस्थित नेसनल मेडिकल कलेजले एमबिबिएस पहिलो वर्षका विद्यार्थीबाट कानुनविपरीत शुल्क उठाएको पाइएको छ।, विद्यार्थीहरूका अनुसार सरकारले तोकेको शुल्कविपरीत उसले विभिन्न बहानामा अतिरिक्त थप पैसा तिराउने गरेको हो।, सरकारले राजधानीबाहिरका मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेक...
सेतोपाटी संवाददाता चाबहिलबाट चुच्चेपाटी जाने मूल सडक छेउमा रहेको पुरानो घर भत्काउने क्रममा घाइते भएका २६ वर्षीय दीपक तामाङको मृत्यु भएको छ।, बुधबार दिउँसो पुरानो घरलाई विस्तारै भत्काउँदा एक्कासी गर्लम्मै ढलेपछि उनी घाइते भएका थिए। उनी घर भत्काउने कामदार थिए।, चाबहिलस्थित दिर्घायु अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भ...
सेतोपाटी संवाददाता काठमाडौंको तारकेश्वर नगरपालिका ३ स्थित तारकेश्वर विद्यालयको छत खसेर ४० विद्यार्थी घाइते भएका छन्।, महानगरीय प्रहरी परिषद् काठमाडौंका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार बुधबार दिउँसो करिब ३ बजे विद्यालयको छत खस्दा ४० विद्यार्थी सामान्य घाइते भएका हुन्।, दुई तले सानो भवनले लोड धान्न नसक्दा ...
सेतोपाटी संवाददाता लामो समयदेखि क्यानडा र अमेरिकाबाट नेपालमा लागुऔषध गाँजा र चरेश भित्र्याउने कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ।, लागुऔषध नियन्त्रण ब्युरोको टोलीले दुई दिनमा तीन जना कारोबारी, सात किलो चरेश र साढे ६ किलो गाँजा समातेको हो।, उक्त चरेश र गाँजा साउन्ड सिस्टमभित्र राखेर ल्याइएको भेटिएको ब्युरोले जनाएको छ।...
सेतोपाटी संवाददाता कास्कीको अन्नपूर्ण गाउँपालिका-११ को बगरमा हिमपहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।, अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखराका तीन जना हिमपहिरोमा परेका हुन्।, मृत्यु हुनेमा पोखरा-५ पर्स्याङका १८ वर्षीय सञ्जय खनाल रहेको प्रहरीले जानकारी दिएको छ।, हिमपहिरोबाट थुप्रिएको ढिस्कोल...
सेतोपाटी संवाददाता नेपाली सेना र अमेरिकी सेनाबीच ‘ल्याण्ड फोर्स टल्क’ कार्यक्रम सुरू भएको छ।, सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार(भोलि)सम्म चल्ने संयुक्त कार्यक्रममा नेपाली सेनाको शान्ति स्थापना कार्यको क्षमता अभिवृद्धि, मानवीय सहयोग र विपद् प्रतिकार्य फौज व्यवसायीकरण सहयोग तथा नेपाली सेना र अमेरिकी सेनाले संचालन गर्द...
सेतोपाटी रोशी गाउँपालिका–१ फलामेसाँघुमा १५ शैयाको अस्पताल बन्ने भएको छ ।, आइतबार बसेको रोशी गाउँकार्यपालिकाको ३८औँ बैठकले संविधानले व्यवस्था गरेअनुसारको गाउँपालिकाभित्र १५ शैयाको अस्पताल निर्माण गर्न पाउने कुरालाई कार्यान्वयन गर्दै नागरिकलाई नजिकबाट सेवा प्रदान गर्न पाउने गरी सो निर्णय गरेको हो।, 'गाउँपालिकाको दुर्गम ...
नारायण खड्का देव विकास बैंकको १८ करोड ३ लाख ६२ हजार ८ सय १८ रुपैयाँ हिनामिना प्रकरणमा सञ्चालक समितिका पदाधिकारीसहित ५६ जनाविरूद्ध मुद्दा दर्ता भएको छ।, आइतबार तुलसीपुरस्थित उच्च अदालतको वाणिज्य इजलासमा देव विकास बैंकको १८ करोड बढी रकम हिनामिना प्रकरणमा तत्कालीन सञ्चालक खड्गबहादुर बुढाथोकीसहित ५६ जनाकाविरूद्ध बैंकिङ कस...
सेतोपाटी संवाददाता कास्कीस्थित मालपोत कार्यालय लेखनाथमा कार्यरत खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनोहरि भट्टराई १२ हजार घूस रकमसहित पक्राउ परेका छन्।, सेवाग्राहीको जग्गा नामसारी गरिदिने लगायत विभिन्न बहानामा मिलेमतो गरी घूस माग गरेको सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई जनालाई पक्राउ गरेको आयोगक...
सेतोपाटी अर्घाखाँचीको सन्धिखर्कमा रहेको सुन पसलबाट चार लाख रूपैयाँ बढीको सुन चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ  गरेको छ।, सन्धिखर्क–१ हललाइनमा रहेको महालक्ष्मी गहना पसलमा गएराति सुन चोरी गर्ने भारतको मुस्ताफुर पश्चिम बङ्गाल घर भई हाल सन्धिखर्कमा बस्ने २९ वर्षीय श्रीमन्त्र मण्डललाई प्रहरीले पक्राउ गरी सार्...
सेतोपाटी संवाददाता प्रहरीले नक्कली नोट छाप्ने उपकरणसहित तीन जनालाई सोमबार बिहान राजधानीबाट पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्तीबाट उपकरण, केही नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा दोलखा मेलुङ्गा नगरपालिका-७ घर भई गोकर्णेश्वर- ६ बस्ने २६ वर्षीय रा...
सेतोपाटी नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ।, चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६/७७  लागि  मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको हो।, काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, प...
एजेन्सी भारतस्थित जम्मु कास्मिरमा भएको आक्रमणमा एक नेपाली र अर्का नेपाली मूलका एक भारतीय सेनाको मृत्यु भएको छ।, आइतबार कुपवारा जिल्लामा भएको गोलाबारीमा गोर्खा रेजिमेन्टका जवान पद्म बहादुर श्रेष्ठ र राईफल म्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको हो।, नेपालका राइफल म्यान गामिल कुमार श्रेष्ठ पाल्पा निवासी रहेको भारतीय सञ्...
सेतोपाटी प्रदेश नम्बर २ मा लोक सेवा आयोगले पूर्णता पाएको छ। , अध्यक्षमा सुरेन्द्र यादवको नियुक्ति भएको करिब दुई महिनापछि सोमबार दुई जना सदस्य थप गरेर आयोगलाई पूर्णता दिइएको हो। , सदस्यमा सिफारिस भएका महोत्तरीका महारूद्र झा र सप्तरीका सुजाता देवलाई सोमबार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सपथग्रहण गराएका हुन्। प्रदेश...