content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता कीर्तिपुर नगरपालिका १० मा प्लास्टिक झोलाको न्यूनीकरण गर्न नगरपालिकाले कपडाको झोला वितरण गर्ने भएको छ।, वडा नं. १० का प्रत्येक घरमा झोला वितरण गर्न लागेको वडा कार्यलयले जनाएको छ। प्लास्टिकको प्रयोग कम गर्न प्रत्येक घरमा एउटा कपडाको वितरण गर्न लागेको वडाध्यक्ष अमन महर्जनले बताए।, यो कार्यक्रम कार्यन्व... |
सेतोपाटी काठमाडौंमा सोमबारदेखि युवा वैज्ञानिक सम्मेलन सुरू भएको छ।, सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन्। उनले राष्ट्रिय आकांक्षा पूरा गर्न विज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिए।, विज्ञान, प्रविधि र नवप्रवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको उद्घाटनमा उनले भने, ‘... |
सुजना ढकाल काठमाडौं महानगरपालिकाभित्रका घर तथा सडकबाट उठाइएका फोहोर अबदेखि टेकु (ट्रान्स्फर स्टेसन)मा नथुपारिने भएको छ।, महानगरभित्र संकलित फोहोर टेकुस्थित स्टेसनमा थुपारिँदै आएकोमा गत आइतबारदेखि सबै फोहोर सिसडोलस्थित डम्पिङ साइटमा लैजाने व्यवस्था महानगरपालिकाले मिलाएको हो। , पहिले उठाइएको फोहोर टेकुमा जम्मा गरेर, छुट... |
सेतोपाटी संवाददाता ललितपुरको कुपन्डोलमा कार अनियन्त्रित हुँदा एनपिपी रेष्टुरेन्टभित्र पसेको छ।, सोमबार दिउँसो सर्भिसिङ गराएर आएको प्रदेश ३ बिएए ३०६९ नम्बरको गाडी अनियन्त्रित भइ रेष्टुरेन्टभित्र छिरेको प्रहरीले जनाएको छ।, उक्त गाडी मुनीराज उपाध्यायको रहेको पुल्चोक प्रहरी प्रभागले जनाएको छ।, ‘सर्भिसिङ गरिसकेर ल्याउँदै ग... |
नेहा झा विद्यालय शान्ति क्षेत्र हुन्। तर धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका वडा नम्बर १ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा भने फरक दृश्य देख्न सकिन्छ।, कक्षा ७ सम्म पढाई हुने सो विद्यालयको परिसरमै वडा कार्यालय र प्रहरी चौकी संचालन भइरहेका छन्। विद्यालय परिसरमै प्रहरी चौकी रहेकाले कैदीहरू आउने जाने गरिरहन्छन... |
सेतोपाटी संवाददाता झापाको काँकडभिट्टाबाट विर्तामोड चल्ने बसमा यात्रा गर्ने क्रममा यात्रुको पैसा चोरी गर्ने दुई जना महिलालाई प्रहरीले सोमबार पक्राउ गरेको छ। ,भारत पानी ट्याङकी घर बताउने २५ वर्षीया पूजा गुल्ठा र कविता मण्डललाई प्रहरीले पक्राउ गरेको हो।, अर्जुनधारा नगरपालिका २ की विमला रोक्का सार्कीको ब्यागबाट एक लाख रुप... |
सेतोपाटी संवाददाता राष्ट्रिय मानवअधिकार आयोगले विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर मारेको निश्कर्ष निकालेको छ।, सो घटनाको अनुसन्धान प्रतिवेदन तयार पारेको आयोगले प्रहरीसँग दोहोरो भिडन्तमा नभई प्रहरीले नियन्त्रणमा लिएपछि पौडेल मारिएकाे निश्कर्ष निकालेकाे हाे।, गत अस... |
सेतोपाटी नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।, ब्यूरोको टोलीले विसं २०५७ चैत २९ गते काभ्रेपलाञ्चोक नवोबुद्ध नगरपालिका–११ स्यामपाटीको विमिरे गाउँको आफ्नै घरमा बाबु धमैसिंह तामाङको हत्यामा संलग्न छोरा रनबहादुर तामाङलाई सोमबार काठमाडौँ कीर्त... |
सेतोपाटी प्रहरीले एक महिलालाई पाँच किलो चरेससहित पक्राउ गरेको छ।, पुथाउत्तरगङ्गा गाउँपालिका –१२ को क्युबाङबाट २७ वर्षीया शीला सुनारलाई उक्त परिमाणको चरेससहित पक्राउ गरेको हो।, सोही ठाउँको गर्खानीबाट क्युवाङतिर लैजाँदै गरेको चरेस गएराति प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, विशेष सूचनाका आधारमा प्रहर... |
सन्जिब बगाले कोठाभरी असरल्ल किताबहरू छन्। कहिले कुन किताब चाहिन्छ, कहिले कुन। त्यसैले जतासुकै छरिएका छन्।, कहिले इन्टरनेटमा खोज्छिन्, कहिले आफैंले ल्याएका तथ्यांक मिलाउँछिन्। ७० वर्षीया इन्दिरा गौचन थापाको अधिकांश समय यसैगरी बित्छ।, जीवनका सात दशक यात्रा गर्दैगर्दा पनि उनलाई पढाइको हुटहुटीले छाडेको छैन।, 'अब ८ महिनामा... |
सेतोपाटी संवाददाता सोमबारदेखि सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल छ।, एभिन्युज टिभीले प्रसारण गरेको भिडिओमा डोजर र केही मान्छेबीच 'घम्साघम्सी' भएको देखिन्छ।, यो दृश्य बैतडी जिल्ला, दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकको हो। , त्यहाँ सडक खन्ने क्रममा विवाद भएपछि स्थानीयले ढुंगामुढा गरेको देखिन्छ। मानिसहरू डोजरका अगाडि कराउँदै ... |
सेतोपाटी संवाददाता झापाको दुधे - शिवगञ्ज भित्री सडकमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुद्ध शान्ति ३ बस्ने वर्ष ४ २का इन्द्रप्रसाद दंगालको मोटरसाइकलको ठक्करले मृत्यु भएको हो।, दुर्घटनाबाट गम्भीर घाइते भएका दंगाललाई उपचारका लागि बिर्तामोडस्थित बिएण... |
सेतोपाटी भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर यस वर्ष पनि नखुल्ने भएको छ।, विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणमा ढिलाइ हुँदा यस वर्षको तिहारमा पनि बालगोपालेश्वर मन्दिर नखुल्ने भएको हो।, सोही वर्ष माघ २ गते राष्ट्र... |
सेतोपाटी संवाददाता ललितपुरको गोदावरी नगरपालिका-९ छम्पीमा होलि टेम्पल माध्यमिक विद्यालयको बसले किच्दा आफ्नै विद्यार्थीको मृत्यु भएको छ।, एलकेजीमा पढ्ने ६ वर्षीय नविन घिमिरेको घटनास्थलमै मृत्यु भएको ललितपुर महानगरीय प्रहरी परिसरका डिएसपी सन्तोष तामाङले जानकारी दिए।, स्कुलमा विद्यार्थी बोक्न टिकाभैरव-लगनखेल चल्ने बा २ ख ... |
सेतोपाटी नेपाल प्रहरीले गायक दुर्गेश थापालाई नियन्त्रणमा लिएको छ।, महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुल थापाले गायक थापालाई नियन्त्रणमा लिइएको बताए।, महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।, गायक थापाले रिलिज गरेको पछिल्लो 'ह्यापी तिहार' नामक गीतले लागुऔषध प्रयोगलाई प्र... |
सेतोपाटी संवाददाता दाङको घोराहीवाट सात जुवाडे पक्राउ परेका छन्।, पक्राउ पर्नेमा घोराही १५ निवासी २२ बर्षीय पूर्ण वली, सोही ठाउँकै ४४ बर्षीय मेघराज पौडेल, घोराही १६ का ३० बर्षीय शिव केसी, घोराही १२ का २० बर्षीय रविन थापा, घोराही १५ निवासी २७ बर्षीय संजय परियार, घोराही १२ निवासी ३१ वर्षीय अनिल गिरी र घोराही १७ निवासी ४... |
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली भइ चिसो बढेको छ।, उक्त वायुको प्रभावले आज देशका उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।, मनसुन बाहिरिएसँगै निरन्तर न्यूनतम तापक्रम घट्नेक्रम शुरु भ... |
एजेन्सी अफगानिस्तान पूर्वी नानगरहरको एक मस्जिदमा भएको बम विस्फोटमा परी ६२ जनाको मृत्यु भएको छ।, शुक्रबार विस्फोटबाट ६२ जनाको ज्यान गएको र दर्जंनौ घाइते भएका नानगरहरका प्रवक्ता अट्टाउल्लाह खोग्यानी जानकारी दिए।, बम विस्फोट हुँदा मस्जिदको छत समेत खसेको थियो।, यस आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको भने छैन।, मस्जिदमा ... |
शर्मिला पाठक निर्धारित समयमै काम सक्ने गरी रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को पुनर्निर्माण काम ८० प्रतिशत सकिएको छ।, चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको छ।, चीन र नेपालका गरी दैनिक १०० कामदारले काम गरिरहेका छन्। निर्माणको ... |
गिरीश गिरी घन्टाघरबाट अलि अगाडि मीनाबजार। मीनाबजारबाट अझै अगाडि गहवा। सहरको त कुरै भएन, टोलमै पनि अनजान।, डेढ दशकअघिसम्म उनकै झुपडी रहेको गहवास्थित घरैछेउ पुगेर सोध्दा पनि छिमेकीहरू कपाल कन्याउन थाल्छन् र भोजपुरीमा सोध्छन्– 'को श्यामप्रसाद?', उनीहरू तरकारी बेच्ने श्यामप्रसादलाई चिन्छन्। ठेकेदार श्यामप्रसाद पनि उनीहरूक... |
सेतोपाटी संवाददाता चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत नियुक्त भएकी छन्।, शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छिङलाई सद्भावनादूत नियुक्त गरेका हुन्।, नेपाली चेली भृकुटीले चिनियाँ नागरिक सम्राट श्रङचङसँग विवाह गरेको प्रसंग निकाल्द... |
प्रकाश सिलवाल जन्मँदै दुवै अण्डकोष पेटभित्र भएका ११ वर्षीय प्रसंग गोदार उपचारपछि घर फिर्ताको तयारीमा छन्।, चिकित्सक डा. दिनेश कोइरालाले ‘ड्रेसिङ’ गरिरहेका बेला मुस्कुराउँदै उनकी आमा रेखा गोदारले भनिन्, ‘बाबुको दुवै अण्डकोष अहिले बाहिर देखिन्छ, उपचार सफल भएकामा म खुसी छु।’, भर्खरै जन्मिएकादेखि १६ वर्षमुनिका बच्चाका मुत... |
सेतोपाटी सुनसरीको दुहवीमा शनिबार भएको सडक दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ ।, मृत्यु हुनेमा दङ्गा नियन्त्रण प्रहरी गण दुहवीमा कार्यरत त्रियुगा नगरपालिका–१३ का २८ वर्षीय सुजन रेग्मी रहेका छन्।, दुहवी नगरपालिक–२ दङ्गा नियन्त्रण प्रहरी गण गेट अगाडि को १ ख ५६७२ नम्बरको आदम डिलक्स बसले ठक्कर दिँदा गम्भीर घाइते... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १० पढ्ढा निवासी ४७ वर्षीय टिकाराम भण्डारीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।, खेतबारीमा सिँचाइका लागि इनारबाट मोटर लगाई पानी तान्ने क्रममा उनलाई शनिबार बिहान १० बजेतिर करेन्ट लागेको थियो।, गम्भीर अवस्था... |
एजेन्सी भारत प्रशासित जम्मु र कस्मिरको कुपवारा जिल्लामा पाकिस्तानी सेनाले गोली हान्दा दुई भारतीय सेना र एक नागरिकको मृत्यु भएको छ।, आइतबार त्यस क्षेत्रमा पाकिस्तानले गोलीबारी गर्दा तीन सेनासहित ८ जना घाइते भएका भारतीय प्रहरीले दाबी गरेका छन्।, उक्त आक्रमणमा ६ घर ध्वस्त भएको इण्डिया टुडेले जनाएको छ। भारतीय सेनाले पनि प... |
सेतोपाटी कास्की र मनाङमा गरी शनिबार दुई पर्यटकको मृत्यु भएको छ।, मृत्यु हुनेमा पोखरा महानगरपालिका–६ लेकसाइडको स्ट्रेट नं २ स्थित लक्की सेभेन गेष्ट हाउसमा बस्दै आएका जर्मन नागरिक ७६ वर्षीय कार्ल हेञ्ज सिकेल र मनाङको ङिस्याङ गाउँपालिका–७ टङ्कीमा थ्रोङला पासको क्रममा अमेरिकन नागरिक (पासपोर्ट नं ६४६०२७४५) ६५ वर्षीय स्टेफन... |
नारायण खड्का दाङस्थित देव बैंकमा भएको झन्डै १८ करोड रूपैयाँ बराबरको रकम हिनामिना प्रकरणमा जिल्ला प्रहरी कार्यालय, दाङले आफ्नो अनुसन्धान पूरा गरेको छ ।, भदौ ३ गते बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ गरेको थियो । दाङ प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐन अन्तरगत ६० दिन थुनामा राखेर अनुसन्धान पूरा गरेको हो। , प्रहरीले केही... |
सेतोपाटी संवाददाता भोजपुरको षडानन्द नगरपालिकामा एक महिलाको हत्या भएको छ।, षडानन्द नगरपालिका-१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कंदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।, शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने उपङ्खा भन्ने ठाउँमा धारिलो ... |
सेतोपाटी संवाददाता धादिङको धुनिबेसी नगरपालिकामा पर्ने पृथ्वीराजमार्गको चालिसे भन्ने स्थानमा आइतबार बिहान भेटिएको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेको छ।, राजमार्गमा सडक कर उठाउने ढाँट छेउ नजिकै जेब्रा झोलाभित्र शंकास्पद वस्तु देखिएपछि बम भएको आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले तत्काल जिल्लास्थित सुर... |
सेतोपाटी संवाददाता नौ विद्यार्थी संगठनले चिकित्सा शिक्षा आयोगले एमबिबिएस र बिडिएसमा बृद्धि गरेको शुल्क खारेज गर्न माग गरेका छन्।, आइतबार अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय गौशालामा बैठक बसेर विद्यार्थी संगठनहरूले बढाइएको शुल्क तत्काल खारेज गर्न माग गरेका हुन्।, बैठकपछि जारी विज्ञप्तिमा मेडिकल कलेजहरूले विद्यार्थीब... |
सेतोपाटी संवाददाता बहुप्रतिक्षित नागढुंगा सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार शिलान्यास गर्ने भएका छन्। सुरुङमार्ग निर्माण परियोजनाका अनुसार नागढुङ्गाको टोटेपाखामा दिउँसो साढे दुई बजे एक कार्यक्रमकाबीच प्रधानमन्त्रीले सुरुङमार्गको शिलान्यास गर्ने भएका हुन्।, जापान सरकारको ऋण सहायतामा बन्न लागेको सो सुरु... |
एजेन्सी भारतको गुजरातस्थित बनास्कण्ठ जिल्लाको एक पुलिस थानाभित्र टिकटक भिडियो बनाएपछि चार जना पक्राउ परेका छन्।, गत आइतबार झगडा गरेको आरोपमा ५ जनालाई प्रहरीले सोधपुछका लागि थानामा बोलाएका थियो। प्रहरीले एक जनालाई सोधपुछ गर्दै गर्दा अरु चार जनाले भिडियो बनाइ टिकटकमा अपलोड गरेका थिए।, पछि प्रहरीले वाट्सएपमा भिडियो पाएपछ... |
सेतोपाटी संवाददाता दोलखाका वीरध्वज खड्काको ज्यान मार्ने कोसिस गरेको अभियोग लागेका नेपाल कम्युनिष्ट पार्टीका सांसद पार्वत गुरुङ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।, आइतबार उनी अदालतमा उपस्थित भएको र उनको वयान सुरू भएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द श्रेष्ठले बताए।, २०४६ जेठमा काठमाडौंको चाबहीलमा खड्का... |
प्रभाकर गौतम विगत नौ वर्षदेखि अखबारमा अरूको खबर लेख्दै आएका अनुप ओझा अचेल आफैं खबर बनेका छन्। आफ्नो दोस्रो गीत 'संसारै बेइमानी' सार्वजनिक गरेपछि गीत तयार पार्दाको पृष्ठभूमिका कारण उनी समाचारमा छाएका हुन्।, समसामयिक विषयवस्तुमा बनेको 'संसारै बेइमानी' गायन शैली र म्युजिक भिडिओका कारण फरक बनेको छ।, सशस्त्र द्वन्द्वमा घरक... |
एजेन्सी बेलायती कलाकार रोवन एटकिन्सन अर्थात् 'मिस्टर बिन' का छोरा बेन्जामिन बेलायती सेनाको गोर्खा रेजिमेन्टमा आवद्ध भएका छन्।, यसनिम्ति बेन्जामिन तीन महिना नेपाल बसेको सञ्चारमाध्यमहरूले जनाएका छन्। , २६ वर्षीय बेन्जामिन बेलायती सेनाका लेफ्टिनेन्ट हुन्। गोर्खामा आवद्ध हुन नेपाली भाषा र संस्कृति बुझ्नुपर्ने मापदण्ड अनुर... |
एजेन्सी नेपालबाट भारतको दिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना भएको छ।, आइतबार बिहान लखनउस्थित इकाना स्टेडियम नजिक बस ट्रकसँग ठोक्किँदा दुई दर्जनभन्दा बढी घाइते भएका छन्।, बस चालक निदाएपछि ट्रकसँग ठोक्किन पुगेको भारतीय सञ्चार माध्यम जागरण डटकमले जनाएको छ।, उक्त बसमा कम्तीमा पनि ५० जना सवार रहेको र प्राय: नेपालीहरू नै र... |
सेतोपाटी संवाददाता नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ।, समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए। कात्तिक १२ गते मङ्गलबार बिहान ११:५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए।, कात्तिक १२ गते मङ्गलबार दिन... |
एजेन्सी भारतको एक कलेजले परीक्षामा विद्यार्थीहरूको टाउकोमा कार्टुन बक्स राख्न लगाएकोमा माफी मागेको छ।, परीक्षाहलमा हरेक विद्यार्थीले टाउकामा कागजको बाकस राखेर लेखिरहेको फोटो सार्वजनिक भएपछि खुबै आलोचना भएको थियो।, इन्टरनेटमा छाएको फोटोमा धेरै आलोचना भएपछि कर्नाटक, हाभेरीको भगत-प्रि युनिभर्सिटी कलेजले माफी मागेको बिबिस... |
सेतोपाटी संवाददाता ‘राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना आगामी माघ १ गतेदेखि सुरू हुने भएको छ।, केन्द्रीय तथ्यांक विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो राष्ट्रिय जनगणनाको नमूना जनगणना आगामी माघ १ गतेदेखि ३ महिनासम्म गर्ने जानकारी गराएको हो।, सही तथ्यांक ल्याउने उद्देश्यका साथ सो नमूना जनगणना गर्ने गरी २०७... |
सेतोपाटी संवाददाता चीन सरकारले विपद् व्यवस्थापनका लागि नेपाली सेनालाई १५० मिलियन युआन अर्थात् २ अर्ब ४० करोड रुपैयाँ बराबरको सैन्य सामग्री दिने भएको छ।, आइतबार बेइजिङमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र जनवादी चीनका रक्षा मन्त्री जेनेरल वेइ फेङ्गेबीच नेपाली सेनालाई सैन्य सामग्रीहरू उपलब्ध गराउने सम्झौता भएको हो... |
प्रशन्न पोखरेल चिकित्सा शिक्षा आयोगले एमबिबिएस र बिडिएस तहको अध्ययन शुल्क वृद्धि गरे पनि निजी मेडिकल कलेजहरूको संस्था एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले विद्यार्थी भर्ना नगर्ने ‘धम्की’ दिएका छन्।, आयोगले बिहीबार शुल्क वृद्धि गरेपछि भने शनिबार विज्ञप्ति निकालेर एसोसिएसनले फेरि विद्यार्थी भर्ना नलिने धम्की द... |
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा आयोगले गरेका निर्णयहरुप्रति आपत्ति जनाउँदै डा. गोविन्द केसीले फेरि अनसन थाल्ने भएका छन्। चिकित्सा शिक्षा आयोगले पूर्णता नपाउँदै हतार हतार एमबिबिएस र बिडिएस कार्यक्रमको शुल्क बढाउने निर्णय भएको भन्दै उनले १३ गतेबाट सत्याग्रह थाल्ने बताएका हुन्।, त्यस्तै नर्सिङ कलेजहरुको सम्बन्धन सम्बन... |
सेतोपाटी संवाददाता निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको भन्दै जाहेरी दिएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले जिल्ला अदालत काठमाडौंमा एक निवेदन दिएकी छन्।, न्यायाधीश बाबुराम सुवेदीको इजलासमै निवेदन दिएको स्रेष्तेदार आनन्द श्रेष्ठले सेतोपाटीलाई बताए। तर उनले दिएको निव... |
एजेन्सी जापानमा आएको पछिल्लो आँधीका कारण मृत्यु हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ।, अधिकारीहरूले बिहीबार दिएको पछिल्लो विवरण अनुसार आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ७७ पुगेको छ।, केही दिन अगाडि आएको विनाशकारी आँधीका कारण जापानका ठूलो जनधनको क्षति भएको छ। यो आँधीलाई लामो समयको अन्तरालमा आएको सबैभन्दा शक्त... |
सेतोपाटी संवाददाता उच्च अदालत पाटनको हेटौंडा इजलासले टिभी प्रस्तोता रवि लामिछानेलाई विदेश जान स्वीकृति लिनुपर्ने आदेश बदर गरिदिएको छ। , यसअघि चितवन जिल्ला अदालतले विदेश भ्रमणबाहेक दिएका अन्य आदेशहरु भने उच्च अदालतले यथावत राखेको छ।, न्यायाधीश चण्डिराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयूक्त इजलासले यस्तो निर्णय गरेको हो... |
सेतोपाटी संवाददाता महोत्तरीमा घुससहित एक जना प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन्। भारतबाट ल्याइने घरेलु मालसामानहरू सिमानाकाबाट नेपाल भित्र्याइदिने भन्दै व्यापारीसँग १३ हजार रुपैँया घुस लिँदै गरेको अवस्थामा प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।, चौधरील... |
एजेन्सी भारतीय मुलका अमेरिकी अर्थशास्त्री एवं नोबेल पुरस्कार विजेता अभिजीत वनर्जीले गरीब दुई विद्यार्थीलाई पढाउने प्रतिवद्धता जनाएका छन्।, वनर्जीले जोगिवालामा गरिब दुई विद्यार्थीलाई विद्यालय शिक्षाका लागि सहयोग गर्ने बताएका हुन्।, पुरस्कार छनोट समितिले उनलाई केही दिन अगाडि मात्रै अर्थशास्त्रतर्फको यस बर्षको नोबेल पुरस... |
सेतोपाटी रुपन्देहीको रोहिणी गाउँपालिका–३ बैकुण्ठपुरमा एक महिना अघि दिउँसै गोली प्रहार गरी रकम लुट्ने समूहको एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, लुटेरा समूहका व्यक्ति भारतबाट नेपाल प्रवेश गर्न लाग्दा विशेष सुराकीको आधारमा बुधबार बेलुका करीब ८ बजेको समयमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका तर्फबाट प्रह... |
सेतोपाटी सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गए राति एक युवकको हत्या गरिएको छ।, पाँचपोखरी थाङ्पालगाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।, हत्यामा संलग्न सोही गाउँपालिकाका २३ वर्षीय मिलन स्याङ्बो र २४ वर्षीय बमबहादुर स्याङबो फ... |
सेतोपाटी बिहीबार राति पूर्वपश्चिम राजमार्गको लक्ष्मीनियाँ वनक्षेत्रमा सडक दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ।, दुर्घटनामा मृत्यु हुनेमा बर्दिवास नगरपालिका–४ का ३० वर्षीय दिलीप महतो र १९ वर्षीय कुलदीप महतो रहेका छन्।, गएराति गस्तीमा गएको प्रहरी टोलीले दिलीप र कुलदीपलाई राजमार्गमा मृत भेट्टाएको थियो।, प्रहरीले दुव... |
सेतोपाटी संवाददाता आगलागीमा जलेर सुनसरीमा एक जनाको मृत्यु भएको छ। सुनसरीको गढी गाउँपालिका-२ का ५२ वर्षीय थुवा भूमिसुधार माझीको आगलागीमा परी मृत्यु भएको हो।, टाटीको बेरा र फुसको छानो भएको घरमा एक्लै सुतेका माझीको घरमा शुक्रबार बिहान राति १ बजे अचानक आगलागी हुँदा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ। ... |
सेतोपाटी वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।, पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का, वडा नं ४ का २३ वर्षीय धनबहादुर खत्री, बराहताल गाउँपालिका–२ का २३ वर्... |
प्रभाकर गौतम च्यानलको सिग्नल उडेपछि टेलिभिजनको स्क्रिनजस्तै झ्यार्र–झुर्र, किरमिर–झिरमिर। आश्मा अर्यालको आँखाले ठम्याउने यस्तै हो। उज्यालो र अँध्यारोको भेद मात्रै छुट्टिन्छ, रङ खुट्टिँदैन।, स्पर्श र ध्वनि नै उनको दृष्टि हो।, एकान्तकुनामा सञ्चालन भइरहेको 'मनोसामाजिक शैक्षिक शिविर'मा भेटिइन् आश्मा। उनी अपांगता भएका एक द... |
सेतोपाटी पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ बेल्वानीका ३५ वर्षीय राजकुमार बाँसफोरको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा उनकै आफन्त प्रतापपुर गाउँपालिका–६ का २१ वर्षीय सञ्जय डोम रहेका छन्।, राजकुमारको शव मङ्गलबार प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नहरको पानीमा घोप्टो परेको अवस्थामा ... |
सेतोपाटी संवाददाता साविक आनन्दवन ३, ड्राइभरटोलकी मिनाकुमारी गुरुङलाई जिल्ला अदालत रुपन्देहीले वि.सं. २०३४ भदौ ५ गते जन्मकैदको फैसला गर्यो।, कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएपछि जिल्ला अदालतले गुरुङलाई जन्मकैदको फैसला गरेको थियो। तर अदालतले दोषी ठहर गरेपनि गुरुङ अझै कानूनी दायरामा आएकी छैनन्। जसले गर्दा ४२ वर्षसम्म अद... |
सेतोपाटी संवाददाता नदीले बगाएर तेह्रथुमका एक बृद्ध बेपत्ता भएका छन्। प्रहरीका अनुसार तेह्रथुमको फेदाप गाउँपालिका-१ माझीगाउँ बस्ने ६४ वर्षीय वीरबहादुर माझी तमोर नदीले बगाएर बेपत्ता भएका हुन्।, बिहीबार दिउँसो २ बजे तमोर नदीको बीचमा रहेको बाँस निकाल्न जाने क्रममा अचानक नदीले बगाउँदा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ। ,... |
सेतोपाटी दाङको तुलसीपुर उपमहानगरपालिकाले सुरु गरेको सुत्केरी भत्ताले प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि भएको छ।, तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालका अनुसार उपमहानगरपालिकाले बनाएको मापदण्डअनुसार गर्भवती भएदेखि स्वास्थ्य संस्थामा गएर गराउनुपर्ने नियमित जाँचका प्रक्रिया पूरा गरेपछि सुत्केरी ... |
एजेन्सी के तपाई नियमित मादक पदार्थ सेवन गर्नुहुन्छ? कि कहिले कहिले मात्रै गर्नुहुन्छ?, यदि तपाईको उत्तर कहिलेकाहीँ पिउँछु र पिएको बेलामा धेरै पिउँछु भन्ने आयो भने त्यो गलत हुनेछ।, तर तपाईंको उत्तर नियमित पिउँछु भन्ने आयो भने तुलनात्मक रूपमा तपाईंको बानी ठीक छ भन्ने एक सर्वेक्षणले देखाएको छ। , सर्वेक्षणकर्ताहरूको उक्त ... |
नारायण खड्का जिल्ला प्रहरी कार्यालय दाङले राजपुरको जंगल क्षेत्रबाट विप्लवका दाइसहित नेता पक्राउ पर्दा बरामद भएका हात हतियार र नगद रकमबारे जानकारी गराएको छ।, विप्लवका सहोदर दाजुसहित २१ जना नेता कार्यकर्ता पक्राउ पर्दा उनीहरुको साथबाट २ थान अमेरिकन पेस्तोल र ४ थान कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी प्रमुख जनक भट्टरा... |
सेतोपाटी बाघे उपनामले चिनिने गुन्डा नाइके सन्देश लामालाई प्रहरीले पक्राउ गरेको छ। लामालाई स्वयम्भूबाट शुक्रबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।, काठमाडौं उपत्यकामा सञ्चालित बालुवाका डिपोबाट उपभोक्तालाई ठगी गरेको आरोपमा लामासहित डेढ दर्जन व्यक्तिलाई महाशाखाले पक्राउ गरेको हो।, जेबिएस डिपोका सञ्चालक रहेक... |
सेतोपाटी संवाददाता बुद्ध एयरको काउण्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका सांसद प्रमोदकुमार साहलाई जिल्ला अदालत धनुषाले साधारण तारेखमा छोडेको छ।, न्यायाधीश तेज नारायण पौडेलको इजलासले उनलाई साधारण तारेखमा छोडेको हो। बुधवार उनीमाथि अनुसन्धान गर्न अदालतले ४ दिने म्याद दिएको थियो।, मंगलबार काठमाडौंस्थित त्रिभ... |
सेतोपाटी बसपार्कमा जथाभावी रुपमा यात्रु तानातान गरे जरिवाना तिर्नुपर्ने भएको छ। वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेको बसपार्क व्यवस्थापन कार्यविधि २०७६ मा यात्रुमैत्री व्यवहार नगरेमा ५०० जरिवाना तिनुपर्ने व्यवस्था गरिएको छ।, वीरेन्द्रनगरमा रहेको नवनिर्मित बसपार्कलाई व्यवस्थितरुपमा सञ्चालन गर्नको लागि वीरेन्द्रनगर नगर... |
सेतोपाटी संवाददाता मिनी ट्रकमा परिमाण कम गराएर बालुवा–इँटा बिक्री गर्ने २३ जना डिपो सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। स्वयम्भू, बालाजु र महाराजगञ्ज क्षेत्रबाट ती डिपो सञ्चालकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।, स्वयम्भू क्षेत्रमा विगतमा आपराधिक गतिविधि गर्ने बाघे उपनामका गुन्डा नाइके सुकबहादुर लामासहितका व्यक्तिल... |
सेतोपाटी जुम्लाको चन्दननाथ नगरपालिकाले मेयर रोजगार कार्यक्रम सञ्चालन गरेको छ। चन्दननाथ नगरपालिकाभित्र रहेका १० जना युवालाई रोजगारी दिने उद्देश्यले मेयर रोजगार कार्यक्रम सञ्चालन गरिएको हो।, छ महिने मोटरसाइकल मर्मत तालिम दिएरपछि ग्यारेज स्थापना गर्न लगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको मेयर कान्तिका सेजुवालले जानक... |
सेतोपाटी संवाददाता सोलुखुम्बुमा भीरबाट लडेर एक जना विदेशी नागरिकको मृत्यु भएको छ।, सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका- ५ कोङ्दे स्थित भीरबाट लडेर पोल्याण्डबाट नेपाल भ्रमणमा आएकी २६ वर्षीय पेसिता मेलिना नाम गरेकी महिलाको शुक्रबार दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। , उनको घटनास्थलमा नै मृत्यु भएको हो। घटनाबारे... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट पाटेबाघको दुई थान छालासहित दुई जनालाई पक्राउ गरेको छ।, काठमाडौं महानगरपालिका-२७ ज्याठाबाट बिहीबार राति प्रहरीले काठमाडौं महानगरपालिका- १५ ठुलो भर्याङ बस्ने धादिङ सिद्धलेख गाउँपालिका-४ घर भएका २३ वर्षीय शरण थापामगर र काठमाडौं नागार्जुन स्यूचाटार बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका... |
सेतोपाटी संवाददाता जालसाजी तथा ठगी गरेको आरोप लागेका सहयोगी विकास बैंक जनकपुरका संचालक समिति सदस्य दिपेन्द्र कुमार यादव (दिपु) लाई पक्राउ गरेको छ।, जनकपुरधाम वडा नम्बर १० का लालबाबु रौनियारको धितो राखिएको जग्गा जालसाजी तथा ठगी गरी विक्री गरेको अभियोगमा जिल्ला अदालत धनुषाले यादवलाई पक्राउ पुर्जी जारी गरेको थियो। फरार र... |
सेतोपाटी संवाददाता सुर्खेतमा ६ जना जुवाडे जुवाखालबाट पक्राउ परेका छन् ।, बुधवार राति वीरेन्द्रनगर–८ भानुचोकमा रहेको एक घरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।, स्थानीय झलकजंग शाहीको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले घरभेटी शाहीस... |
रवीन्द्र शाही प्रदेश-२ का राष्ट्रिय जनता पार्टी सांसद प्रमोदकुमार साहले सोमबार जनकपुर विमानस्थलको बुद्ध एयरको काउन्टरमा अभद्र व्यवहार गरे। जहाज ढिला आएको झोंकमा सांसद साह आक्रोशित भएर एयरलाइन्स काउन्टरका कर्मचारीसँग बाजाबाज गर्न भ्याए। बिरामी यात्रुले लामो समय कुर्नुपरेको भन्दै उनी झोंक्किएका थिए।, लगत्तै वायुसेवा सञ्... |
सेतोपाटी संवाददाता लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा बुधबार विज्ञापन खुलाएको छ।, निजामति सेवाको प्रशासनतर्फ एक सय ८१ सहसचिव र तीन सय ९३ उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ उपसचिवका लागि विज्ञापन गरिएको हो। स्वास्थ्य सेवामा नवौं र एघारौं तहमा विज्ञापन खुलेका हुन्। , आयोगले प्राविधिक र अप्राविधिक पदका ल... |
सेतोपाटी संवाददाता विश्वको प्रेरणादायी १०० महिला २०१९ को सूचीमा नेपालकी बोनिता शर्मा पर्न सफल भएकी छिन्।, महिला सशक्तिकरण र पोषणका क्षेत्रमा उनले गरेको संघर्षको कदर गर्दै शर्मालाई विश्वको प्रेरणादायी महिलो सूचीमा राखिएको छ। बिबिसीले प्रत्येक वर्ष विश्वका विभिन्न देशबाट प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्ने गरेको छ।... |
सेतोपाटी संवाददाता निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयास भएकी रोशनी शाहीको घाउजाँच प्रतिवेदनले उनीमाथि कुटपिट भएको पुष्टि भएको छ।, केही दिनअघि त्रिवि शिक्षण अस्पतालबाट आएको शाहीको घाउजाँच प्रतिवेदनमा कसैले हिर्काएर चोट लगाइदिएको उल्लेख छ।, प्रहरी स्रोतका अनुसार शाहीको कोठामा महराबाहेक अन्य कोही व्यक्ति ... |
नारायण खड्का सल्यानमा बाल विवाह गराउने पण्डितसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।, जिल्लाको कपुरकोट गाउँपालिका वडा नंं. ५ जामुनेबाट दुलाहा–दुलही, उनीहरुका आमा–बुवा र विवाह गराइदिने पण्डितसहित सात जनालाई मंगलबार प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ।, स्थानीय सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा अध्यनरत १४ वर्षीया... |
दिपकजंग शाही कर्णाली प्रदेशमा ५२ प्रतिशत बालविवाह हुने गरेको छ।, राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार कर्णाली प्रदेशमा कुल विवाहमध्ये ५२ प्रतिशतले उमेर नपुग्दै (२० वर्षमुनि) विवाह गर्ने गरेका छन्।, उमेरका हिसाबले हेर्दा १५ देखि १९ वर्षको उमेरसम्म अधिकांशको विवाह भइसक्ने गरेको तथ्यांकले देखाएको छ।, सेभ द चिल्ड्रेनका... |
नारायण खड्का दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ सर्रामा अवस्थित छ उमाशंकरनाथ योगी बाल अस्पताल।, पहेंलो रङको दुई तले आकर्षक भवन रहेको उक्त अस्पतालमा बिरामी जाँच गर्न आवश्यक पर्ने उपकरण महँगा छन्। दस शैय्याको अस्पतालमा एक्सरे मेसिनदेखि ल्याब सुविधा तथा अन्य परीक्षण गर्ने उपकरणहरू पनि छन्।, सुविधा अनुसार अस्पतालमा ... |
सेतोपाटी संवाददाता सुनसरीको इटहरीमा जुवातास खेलिरहेका तीन जनालाई ३७ हजार रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा इटहरी–१२ का शिव कार्की, तुलसी पाण्डे र मदन सरदार छन्।, सोही वडाका नेविलाल सरदारको घरमा जुवा खेलिरहेका उनीहरूलाई मंगलबार अपराह्न प्रहरीले पक्राउ गरेको हो।, पक्राउ परेकालाई जुव... |
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली संघको चुनावमा सहभागी हुन अस्ट्रेलियाबाट आएका प्रतिनिधि रमेश थापालाई अध्यागमन विभागले पचास हजार रुपैयाँ जरिवाना तिराएको छ।, अध्यागमन विभागको डेस्क तोडफोड गरेको अभियोगमा पक्राउ परेका उनलाई मंगलबार साँझ पचास हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ।, एनआरएनको नवौं अन्तर्राष्ट्रिय... |
खिलानाथ ढकाल मिर्गौला किनबेच तथा विक्री वितरणमा संलग्न भएको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका सिइओ, डाक्टरसहित पाँच जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा काठमाडौं-२६ घर भएका निदानका सिइओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, रामेछाप दोरम्बा-३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामा, सप्तरी कञ्चनरुप नगरपालिका-९ घर भई भक... |
सेतोपाटी संवाददाता रुकुमका वडाध्यक्षले अपमान गरी कुटेको भन्दै एक दलित परिवारले कारबाहीका लागि माग गरेको छ। , रुकुमको चौरजहारी नगरपालिका ३का वडाध्यक्ष लालबहादुर बुढाथोकीले गोविन्द विकलाई जातीय गालीगलौज गर्दै कुटपिट गरेको परिवारले जनाएको छ। , न्याय माग्दा उल्टै मार्ने धम्की आएको भन्दै परिवारले दोषीमाथि कारबाहीको माग गरे... |
अनुषा अधिकारी घरको सामान सार्नु परोस् वा अफिसमा टेबल–कुर्सी ओसार्न। दुलहीको दाइजो होस् वा डेरावालाको झिटीगुन्टा— सामान ओसारपसार गर्न हामी 'भरिया' लाई नै सम्झन्छौं।, तर, भरिया खोज्न कहाँ जाने? काठमाडौंको घन्चमन्चमा भरिया कहाँ पाइएला, ल भन्नुस् त!, दिमागमा झट्ट न्यूरोड, इन्द्रचोक, असन र कालिमाटी तरकारी बजार आउँछ। त्यहाँ... |
सेतोपाटी संवाददाता धादिङबाट चोरीको मोटरसाइकलसहित एक युवा पक्राउ परेका छन्। , असोज २२ गते भएको मोटरसाइकल दुर्घटनाको अनुसन्धानका क्रममा मोटरसाइकल चोरीको भएको खुलेको थियो।, मोटरसाइकल धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ स्थित पृथ्वी राजमार्गमा दुर्घटनामा परेको थियो।, धादिङ प्रहरीका अनुसार चोरी पश्चात सो मोटरसइकलमा ... |
सेतोपाटी बाँके राष्ट्रिय निकुञ्जले खुलाएको बोलपत्र च्यातेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।, निकुञ्जभित्र दुई पोष्ट भवन र पर्खाल निर्माणका लागि खुलाएको बोलपत्र दर्ता गर्ने क्रममा बुधबार एक समूहले निकुञ्जभित्र पसेर बोलपत्र फारम च्यातेको थियो ।, निकुञ्ज कार्यालयले तोक लगाएका दुई र अन्य केही बोलपत्र च्यातेक... |
सेतोपाटी भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ एसएसचोकमा बाटो काट्दै गरेकी एक वृद्धा महिलालाई बलेरो जिपले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ।, भक्तपुरबाट काठमाडौतर्फ जाँदै गरेको बा१४च १६८६ नम्बरको बलेरो जिपले ठक्कर दिँदा पैदलयात्री ओखलढुङ्गा लिखु गाउँपालिका–६ घर भई हाल मध्यपुरथिमि–४ एसएसचोक बस्ने ७६ वर्षीया लक्ष्मीदेवी ... |
सेतोपाटी चितवनमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।, ना१३प ६७०३ नंको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले भरतपुर महानगरपालिका–१० सिर्जनाचोकमा ठक्कर दिएको थियो ।, ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–४ यज्ञपुरीका भविस केसीको भरतपुर अस्पतालमा उपचारका क्रममा म... |
सेतोपाटी संवाददाता बाँकेमा कार्यरत एक जना प्रहरी नायब निरीक्षक बलात्कार अभियोगमा पक्राउ परेका छन्।, नेपालगञ्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक बोमबहादुर रानामाथि एक जना महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको अभियोग लागेपछि उनी पक्राउ परेका हुन्।, जिल्ला प्रहरी कार्यालय बाँक... |
सेतोपाटी संवाददाता दोस्रो चरणको चक्रपथ विस्तारको काम थालिएको छ।, पहिलो चरणमा कलंकीदेखि कोटेश्वरसम्म ८ लेनमा विस्तार गरेको सरकारले दोस्रो चरणमा कलंकीदेखि महाराजगञ्जसम्मको ८.५ किलोमिटर भाग पनि सोही अनुसार विस्तार गर्ने सडक विभागले जनाएको छ।, विस्तारको सबै काम चिनियाँ सरकारको सहयोगमा हुनेछ।, चक्रपथ विस्तारमा एक/एक वटा अण... |
सेतोपाटी आपसी झगडामा मकवानपुर बकैया गाउँपालिका-३ मा एक व्यक्तीले बञ्चरोले अन्धाधुन्ध आक्रमण गर्दा एक महिलाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन्।, बुधबार राति ६ बजे आपसी झगडामा ५० वर्षका सुक बहादुर पाख्रिनले अन्धाधुन्ध रूपमा बञ्जरोले आक्रमण गर्दा सन्तमाया लोकोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरल... |
दिपकजंग शाही दैलेखमा पेट्रोलियम भण्डारणको दोस्रो चरणको अन्वेषण सुरू भएको छ।, पेट्रोलियम पदार्थ भण्डारणको सम्भावना भएको भनिएका शिरिस्थान, नाभिस्थान लगायतका क्षेत्रमा अन्वेषणको दोस्रो चरण सुरू गरिएको हो।, अन्वेषण टोलीको लागि आवास निर्माणको काम भइरहेको छ।, अन्वेषणका लागि दोस्रो चरणमा अध्ययन गर्न चीनको विशेषज्ञ टोली दसैंअ... |
एजेन्सी पर्यटक बोकेको बस ट्रलीसँग ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ।, बुधबार साउदीको चर्चित मुस्लिम मस्जिद मदिना नजिकै सो दुर्घटना हुँदा ३५ पर्यटकको मृत्यु भएको हो भने ४ जना घाइते भएका छन्।, दुर्घटनामा अरब र एसियाका तीर्थयात्रीहरु रहेको द गार्डियनले जनाएको छ। बस र ट्रली एक आपसमा ठोक्किँदा बस पड्किएर आगलागी समेत भएको थि... |
दिपकजंग शाही घटना-१, असोज २५ गते दिउँसो बा ३ ख ५२१६ नम्बरको गाडी नेपालगञ्जदेखि सुर्खेत आउने क्रममा बाटोमा विग्रियो। नजिक पानी नभएकाले उक्त गाडीका साहु यामबहादुर खत्री इञ्जिन चिसो बनाउनका लागि आवश्यक पानी लिन नजिकैको गाउँ हर्रे आउन अर्को गाडीसँग लिफ्ट मागे।, लिफ्ट मागिएको गाडी उनी भएको ठाउँभन्दा केही पर पुगेर रोकियो। प... |
सेतोपाटी विद्यार्थीको परीक्षा फाराम भर्ने चाप बढेपछि त्रिभुवन विश्वविद्यालयले समय थप गरेको छ।, निजीतर्फको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको फाराम भर्नेको सङ्ख्या बढेपछि कात्तिक ८ गतेसम्मका लागि समय थप गरिएको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए।, अधिकारीका अनुसार दोब्बर दस्तुरमा ... |
सेतोपाटी संवाददाता बूढानीलकण्ठ नगरपालिकास्थित एकता बस्तीमा चोरी तथा लुटपाट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।, बुधबार र बिहीबार महानगरीय प्रहरी बृत्त महाराजगन्जले उनीहरुलाई पक्राउ गरेको हो।, प्रहरीका अनुसार गत असोज १५ गते उनीहरुले बुढानिलकण्ठको एकता बस्तिस्थित सन्तोष रिमालले संचालन गरेको दुप्चेशर मोबाइल÷टिभी म... |
सेतोपाटी संवाददाता धनुषामा माटो खन्ने क्रममा एक जना बालिकाको मृत्यु भएको छ।, घर लिपपोत गर्नका लागि भन्दै धनुषाधाम वड़ा नम्वर ५ स्थित नौसय विघामा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा १३ वर्षीया अंजलीकुमारीको मृत्यु भएको हो।, माटो खन्ने क्रममा ढिस्को झर्दा गम्भीर घाइते भएकी धनुषाधाम नपा वडा नम्बर दुईकी अंजलीलाई उपचारका लाग... |
सेतोपाटी संवाददाता धनुषामा विद्यालयको कक्षाकोठाको पर्खाल भत्किँदा एक छात्राको मृत्यु भएको छ। घटनामा अर्का एक छात्र गम्भीर घाइते भएका छन्।, धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ मा बिहीबार केएसएचबी उच्च माध्यमिकको बालकक्षामा पढाइ भइरहेको बेला अचानक पर्खाल भत्किँदा सात वर्षीया चंचला सादाको मृत्यु भएको हो। घटनामा मोह... |
सेतोपाटी संवाददाता सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडामा प्रबलीकरण(रेट्रोफिटिङ) कार्य भइरहेकोमा पश्चिम मोहडाको प्रबलीकरणका लागि पनि ठेक्का सम्झौता भएको छ।, प्रबलीकरण कार्यान्वयनको जिम्मेवारी लिएको प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र शर्मा-गौरी पार्वती-न्यू टेक्निकल जेभीबीच सोमबार सम्झौता ... |
एजेन्सी लामो समयदेखि बिरामी रहेका आयरल्याण्डका पूर्व सेना शे ब्राडलीको मृत्यु ८ अक्टोबरमा भएको थियो।, उनी आयरल्याण्डको सुरक्षा फोर्समा पूर्व सेना थिए। गत शनिबार उनलाई आफ्नो चलन अनुसार चिहानमा पुर्न लैजाने तयारी गरिँदै थियो। मलामीमा आएका प्रायजसो रोइरहेका देखिन्थे। दुःखद घटनाको संगीत बजिरहेको थियो।, पुर्नका लागि तयार भ... |
सेतोपाटी संवाददाता जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गर्नेलाई सात दिनभित्र कानुनी कारबाही नभए सबै उडान बन्द गर्ने नेपाल वायुसेवा सञ्चालक संघले चेतावनी दिएको छ।, उडान ढिला भएको भन्दै तोडफोड गरिएको घटनाप्रति भत्सर्ना गर्दै संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ।, राष्ट्रिय जनता पार्टीका सांसद प... |
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि सुरू हुँदैछ।, नयाँ नेतृत्व चयन गर्ने सम्मेलनमा ८१ देशमा रहेका गैरआवासीय नेपालीका प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन्।, विश्व सम्मेलनबाट अध्यक्षसहित १२ पदमा ४२ जना चुनिने सोमबार बालुवाटारस्थित कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी दिइए... |
नारायण खड्का घोराही उपमहानगरपालिका वडा नं. १७ चौघेरास्थित गोरक्ष-रत्ननाथ मन्दिर परिसरमा एउटा इनार छ। सुरक्षाका लागि वरिपरि फलामे बार लगाइएको छ। चारैतिर बाक्लिएको घाँस र झाडी छिचोलेर इनार नियाल्न कठिन हुन्छ। , यही इनारबाट दिनहुँ अलिकति पानी निकालिन्छ। गोरक्षरत्ननाथ मन्दिरमा विशेष पूजा आराधनासँगै यही इनारको जल चढाइन्छ।,... |
एजेन्सी भारतीय मूलका अमेरिकी नागरिक अभिजित बेनर्जी, उनकी श्रीमती एस्थर डुफ्लो र माइकल क्रेमर ‘नोबेल आर्थिक पुरस्कार २०१९’ विजेता घोषित भएका छन्।, ‘विश्वव्यापी गरिबी निवारणमा प्रयोगात्मक दृष्टिकोण’का लागि सोमबार उनीहरूलाई संयुक्त रूपमा विजेता घोषणा गरिएको हो।, यस वर्षको लोरेट्सले गरेको अनुसन्धानले विश्वव्यापी गरिबीविरू... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.