content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता महोत्तरीको गौशला नगरपालिका वडा नम्बर १० मा एक स्थानीय युवतीको लाश फेला परेको छ।, बिहीबार मरहा नदी किनारमा गौशलाकी २२ वर्षीया शर्मिला दनुवारको लाश फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।, 'बिहान नौ बजे गौशला नगरपालिकास्थित मरहा नदी किनारमा युवतीक... |
दिपकजंग शाही सुर्खेतको भेरीगंगा–१२ हटारुखोला नजिकै बस्ने बाढीपीडित देउरुपा विक मंगलबार आफ्नो टहरो पोत्दै थिइन्। खरले छाएको उनको अस्थायी टहरो उनले दसैँका लागि सिंगारेकी थिइनन्। चिसो समय आउन लागेकाले टहरोभित्र न्यानो बनाउन लिपपोत गरेको उनले बताइन्।, ‘दशैँ त आएपनि नआएपनि हामीलाई केही छैन, कमाई नहुनेलाई दशैंमा पनि उही बिह... |
सेतोपाटी संवाददाता नुहाउन भनि खोलामा गएका दुई किशोरीको बिहीबार डुबेर मृत्यु भएको छ।, लमही नगरपालिका वडा नं. ९ निवासी १४ वर्षीया टीका घर्ती र घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर निवासी १५ वर्षीया निरु बोहोराको नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।, लमही नगरपालिका वडा नं. ९ स्थित सिमलसोता खोलामा नुह... |
रासस दसैंको मुखमा दुई वटा डिपो र तीन वटा बिक्री केन्द्रमा चामलको अभाव भएको छ। स्थलमार्ग भएर आउनुपर्ने चामल बिक्री केन्द्र र डिपोमा नहुँदा हुम्लाका पाँच गाउँपालिकाका नागरिकलाई यो वर्षको दसैं खल्लो हुने भएको छ।, , जिल्लाको अदानचुली गाउँपालिकाको श्रीनगर डिपो, सर्केगाड डिपो, देउली बिक्री केन्द्र, छप्रेला बिक्री केन्द्र र ... |
सेतोपाटी संवाददाता दाङमा थारु संग्राहलय खुलेको छ। दंगिशरण गाउँपालिका वडा नं. –३ चखौरामा स्थापना गरिएको संग्रहालयको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार उद्घाटन गरे। थारु संग्रहालय पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै गएको छ।, थारु जातिको कला संस्कृति, रितिरीवाज, परम्परा, भाषाको ज्ञान... |
सेतोपाटी नेपाल प्रहरीले चाडबाडका बेलामा बढी भाडा असुल्ने ११ जनालाई पक्राउ गरी कारवाही गरेको छ।, सादा पोशाकमा खटिएको प्रहरी टोलीले टिकट काउन्टर अनुगमनका क्रममा बढी भाडा लिएर टिकट काट्ने कार्यमा संलग्न उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट बिहीबार पक्राउ गरेको हो।, पक्राउपर्नेमा दिनेश राउत, धनिन्द्र राई, राजु केसी, रविन ... |
नारायण महर्जन ललितपुरस्थित खोकनाका स्थानीय बासिन्दाले प्रत्येक वर्ष दसैँको साटो ‘सिकाली पर्व’ मनाउँदै आएका छन्। यसपर्वमा हिन्दु धर्मका विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच तथा संगीत प्रदर्शन गरिन्छ।, दसैँको अवधिभर मनाइने यो जात्रामा आफन्त तथा साथीभाइलाई बोलाएर खुवाउने, नाचगान तथा जात्रा देखाउने चलन छ।, ... |
रासस हेटौँडा उपमहानगरपालिका–१ चाइनागेट नजिक आज बिहान ६ः३० बजे सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–१ बस्ने ३५ वर्षीया सीता न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।, हेटौँडा–११ बाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना८ख ३८७२ नंको तेलट्याङ्करले सोही दिशाबाट आउँदै गरेको ना५६प... |
सेतोपाटी पोखरा महानगरपालिका–३१ बेगनास स्थित त्रिशुली डाँडामा शुक्रबार बस दुर्घटना भएको छ।, बेगनासबाट पोखरा आउँदै गरेको ग१ख ४७७१ नम्बरको बस सडकबाट झण्डै ६० फिट तल खसेको हो।, इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख मोहन खाँणका अनुसार दुर्घटनाबाट बसमा सवार करीब ३० जना यात्रु घाइते भएका छन्।, घाइतेलाई पोखराका विभिन्न अस्पता... |
लेखनाथ खतिवडा पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर २ फलैँचामा ३५ वर्षिय इन्द्र बहादुर कार्की मृत अवस्थामा फेला परेका छन्।, ढुंगाले हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको वडाअध्यक्ष देउकुमार योङहाङले बताए। स्थानीयले आज बिहान मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत फलैँचाको तिरतिरे भन्ने सडकमा देखेर प्रहरीलाई खवर गरेका ... |
सेतोपाटी महोत्तरीको जलेश्वर–भिठ्ठामोड सडकखण्डमा पर्ने खैराचौकमा बिहीबार ११ किलो चाँदीसहित एक भारतीय युवक पक्राउ परेका छन्।, पक्राउ पर्नेमा भारतको विहार राज्य स्थित सीतामढी जिल्लाको हनुमाननगर ग्राम पञ्चायत वडा नम्बर १ बस्ने २५ वर्षीय सीताराम साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी... |
सबिना श्रेष्ठ निलो आकाश यतिबेला रंगीबिरंगी देखिनुपर्ने हो- राता, हरिया, बैजनी, सुन्तला, गुलाबी लगायत चंगाका रङहरूले।, तर, हेर्नुस् त, आकाश शून्य छ। चित्र बनाउन बाँकी रित्तो क्यानभासजस्तै। बरू फाट्टफुट्ट काला बादल उड्छन्। पानीका छिटाछिटी हान्छन्। मनसुन अबेरसम्म आकाश ढाकेर बसेको छ। शरद डाक्न चंगा उडाएर इन्द्रलाई सन्देश ... |
सेतोपाटी सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले पनि मासिक पाँच सय रुपैयाँका दरले भत्ता पाउने भएका छन्। गाउँपालिकाले कार्यविधि बनाइसकेकाले यस आर्थिक वर्षको साउनदेखि नै लागू हुने गरी भत्ता वितरण गर्न लागिएको हो।, गाउँपालिकाभित्र करीब तीन सय ५० एकल पुरुष भएको अनुमान गरिएको हुँदा नाम सङ्कलन गरेर एकिन विवरण प्राप... |
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी सीमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर चौधरी र जवान रतीराम चौधरीलाई शुक्रबार घुससहित पक्राउ गरेको छ ।, भारतबाट माल सामान ल्याउने क्रममा भन्सार शुल्क तिरिसकेपश्चात् पनि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा खटिइएको आयोग... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई डेङ्गी लागेको छ।, ज्वरो आएपछि उपचारका लागि बुधबार अस्पताल पुगेका शाक्यलाई डेङ्गी लागेको पुष्टी भएको हो।, उनलाई त्रिपुरेश्वर स्थित ब्लू क्रस अस्पतालमा भर्ना गरिएको छ।, मेयर शाक्यको उपचार भइरहेको र अवस्था चिन्ताजनक नरहेको डा.खगेन्द्र बहादुर श्रेष्ठले ... |
नारायण खड्का पूर्वपश्चिम राजमार्ग अन्तगरगत दाङको देउखुरीमा बस र ट्रक आसपमा ठोक्किदा १२ जना घाइते भएका छन् । , शनिवार विहान पौने ३ बजेतिर पुर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीमा पुर्बबाट पश्चिम तर्फ आइहेको ना १ ख ४७९३ को ट्रक र घनगडी बाट काठमान्डौं तर्फ जाँदै गरेको ना ५ ख ५१८३ नम्बरको ... |
सुदीप श्रेष्ठ सम्पादकीय नोट: ,येँ, अर्थात् काठमाडौं — ‘कथायेँ’ काठमाडौं कथाहरूको शृंखला हो। कथायेँ शृंखलाको पहिलो 'सिजन' हामीले हालै प्रकाशित गर्यौं। प्रोलग (प्रारम्भ) र एपिलग (क्रमश:) सहित कथायेँको पहिलो सिजनमा छ अध्याय छन्, जसमा काठमाडौंको सहरी संरचना, काष्ठमण्डप निर्माण, जात्रापर्व, लिच्छवि राजनीति लगायत विषयमा चर... |
सेतोपाटी झापाको कमल गाउँपालिका–३ स्थित केरखामा शुक्रबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।, मृत्यु हुनेमा वडा नम्बर १ का ६१ वर्षीय विष्णुप्रसाद चौलागाईं रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै करेन्ट लागेर उनकी श्रीमती ६१ वर्षीय पम्फादेवी चौलागाईं घाइते भएकी छन्।, आज बिहान आफ्नै नय... |
तरुनिका महतो काठमाडौंको रमझम र सजावट हेर्दा दसैंको रौनक झल्किरहेको प्रस्टै हुन्छ। किनमेलको चटारोसँगै मान्छेको दौडधुप र बजारमा भिडभाड बढेको छ।, यो रमाइलो माहोलमा परिवारसँगको भेटघाट र मिठोमसिनो खानपिन गर्ने इच्छा कसको नहोला! अझ नयाँ लुगा किनमेलबिना त दसैं रमझम अधुरै। , दसैंमा नयाँ लुगा किन्ने र लगाएर टिकाजमरा थाप्ने रहर... |
सेतोपाटी संवाददाता गोरखा दरबारको दसैं घरबाट काठमाडौंंस्थित हनुमानढोका दरबारमा फूलपाती पठाइएको छ।, शनिबार बिहान ९ बजे बा २० च ४३९४ नम्बरको गाडीमा राखेर गोरखा दरबारका पूजारी लोकनाथ भट्टराईले फूलपाती हनुमानढोका लगेका हुन्।, दरबारबाट सतिपिपल चौतारोसम्म फूलपाती बोकेर ल्याइएको थियो। गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र वडा... |
डा अरुणा उप्रेती , दसैं यस्तो चाड हो जसको सामाजिक र धार्मिक प्रभाव छ। दसैं खानासँग पनि जोडिन्छ। पाहुना आएपछि त खाना दिनैपर्यो। दसैंमा मिठो मसिनो खाने चलन नै छ। दसैं मासुसँग धेरै गाँसिएको छ। पहिला पहिला मानिससँग धेरै पैसा थिएन, त्यसैले दसैंको बेलामा मासु खानुपर्छ भन्ने चलन थियो। तर हाल मानिस अरु बेलामा पनि खाइरहन्छन... |
खिलानाथ ढकाल प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाएकी महिलाको कोठा पुगेर मुचुल्का उठाएको छ।, प्रहरीले मंगलबार अपराह्न पीडित महिलाको कोठामा गएर रक्सीको बोतल, गिलास तथा महराको भाँचिएको चस्मा ल्याएको हो।, प्रहरी स्रोतका अनुसार संसद सचिवालयमा कार्यरत ती महिलाको पेरिडाँडानजिक कोठामा मंगलबार मध्या... |
सेतोपाटी रिब्दीकोट गाउँपालिका– ३ खस्यौलीका विष्णुबहादुर थापा हराएको चार दिनपछि आज मृत अवस्थामा फेला परेका छन् ।, शुक्रबार गाडी चढेर ससुराली हिँडेका ३५ वर्षीय थापा रिब्दीकोट गाउँपालिका– ८ पालुङग मैनादीको खातुङ्ग जङ्गलको तल्लो भागमा मृत अवस्था भेटिएको आफन्त वसन्त थापाले बताए ।, कुसुमखोला मैदानी सडकदेखि झण्डै ४०० मिटर तल... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय पर्साले अवैध हुण्डी कारोबारमा संलग्न बाबु छोरालाई पक्राउ गरेको छ।, पर्सा प्रहरीले सोमबार अपरान्ह २:३० बजे वीरगंज महानगरपालिका वडा नम्बर ४ नारायणी अस्पताल अगाडि सडकमा चेकजाँच गर्ने क्रममा ना. ४९ प ६८२४ र ना.५७प नम्बरको छुट्टाछुट्टै मोटरसाइकलमा चढेर आइरहेका अवस्थामा बाबुछोरालाई ... |
सेतोपाटी संवाददाता सल्यानस्थित शारदा नगरपालिकाको कार्यालय नजिकै बाटोमा रोकिराखेको ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ।, दुर्घटनामा परी ३ जना घाइते समेत भएका छन्।, मृत्यु हुनेमा शारदा नगरपालिका-८ बस्ने ४५ वर्षीय मजदूर रामकली विक रहेका छन्। , ‘बाटो निर्माण गर्न बा ३ क २३६५ नम्बरको ट्रकबाट ड्राइभरले ब्रेक लगाइ सामान झार... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग बलम्वुले संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) सहित एक जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शंकर खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) सहित एक जनालाई पक्राउ गरेको हो।, काठमाडौं सतु... |
सेतोपाटी संवाददाता राष्ट्रिय मानव अधिकार आयोगले नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजाल र आफूलाई भ्रष्टचार विरुद्ध अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमण प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।, तनहुँको ऋषिङ गाउँपालिकाको भवन शिलान्यास गर्न जाने क्रममा आइतबार रिजालमाथि आक्रमण प्रयास र शाहीमाथि शनिबार... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनकपुर अञ्चल अस्पतालमा छापा मारेको छ। , बर्दिवासस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले मंगलबार अस्पतालमा छापा मारेको हो।, अस्पतालमा विभिन्न उपकरण खरिद, कर्मचारी भर्ना प्रक्रिया लगायतका शीर्षकमा व्यापक अनियमितता भएको उजुरी परेपछि अख्तियारले छापा मारेर विभिन्न फाइल न... |
सेतोपाटी संवाददाता काठमाडौंमा टिपरको ठक्करले मंगलबार राति एक युवाको ज्यान लिएको छ। थानकोटबाट कंलकी आउँदै गरेको मोटरसाइकललाई राति करिब साढे ८ बजे टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार टिपरको ठक्करले मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन्।, थानकोटब... |
सेतोपाटी संवाददाता महोत्तरीमा बौलाहा कुकुरको टोकाइबाट मंगलबार एकै दिन ५० जनाभन्दा बढी घाइते भएका छन्।, अस्पतालका अनुसार महोत्तरीको मनरासिस्वा नगरपालिका, एकडारा गाउँपालिका, जलेश्वर नगरपालिकासहितका स्थानमा बौलाहा कुकुरको टोकाइबाट ५० जनाभन्दा बढी घाइते भएका हुन्।, बौलाहा कुकुरको टोकाइबाट घाइते भएकाहरूको जलेश्वर अस्पतालमा... |
सेतोपाटी संवाददाता चितुवाको छालासहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। रुकुम (पूर्व) पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १४ का १९ वर्षीय भीमप्रसाद विकलाई प्रहरीले पक्राउ गरेको हो।, प्रहरीका अनुसार विक तुलसीपुर-घोराही सडक खण्डमा पर्ने तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ विद्युत कार्यालय नजिकबाट सोमबार बेलुका ६ बजेतिर ... |
सेतोपाटी संवाददाता सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई पराजित गरेको दिन असोज १५ गते भएकोमा इतिहासविद्हरुको एक मत छ।, सिन्धुलीगढीमा १८२४ मा युद्ध भएको थियो। गोर्खाली सेनाले विजय हासिल गरेको दिनमा भने विवाद हुँदै आएको थियो। आइतबार राजधानीमा आयोजित अन्तर्क्रियामा इतिहासविद्हरुले असोज १५ मै विजय हासिल ... |
खिलानाथ ढकाल असोज १३ गते बेलुका धरानबाट को१ख ४६२७ नम्बरको यात्रुबाहक बस छुट्यो।, यात्रुबाहक बसको अन्तिम सिटमा एक युवती थिइन्। विराटनगरतर्फ छुटेको बसले इटहरी तथा त्यसपूर्व जाने यात्रुहरू बोकेको थियो।, इटहरी आएपछि चोकमा यात्रु उतार्यो। धरान घर भएकी युवती बेलबारी आफन्तको घर हिँडेकी थिइन्। बस विराटनगर हिँडेको हुनाले त्यह... |
सेतोपाटी यहाँको प्रादेशिक (कोशी) अस्पतालमा दैनिक १५ देखि २० जनाको सङ्ख्यामा रेबिजविरुद्धको सुई लगाउन बिरामी आउने गरेका छन्।, कुकुर, बिरालो र बाँदरले टोकेपछि उनीहरु रेबिजविरुद्धको सुई लगाउन आउने गरेका हुन्।, अस्पतालका चिकित्सक डा सरवेशकुमार झा रेबिजविरुद्धको सुई नलगाउँदा ज्यान गुमाउनुपर्ने अवस्था आउने बताए।, उनले सुई ल... |
सेतोपाटी नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।, महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।, वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस... |
सेतोपाटी संवाददाता विराटनगर महानगरपालिका-१७ मटेरुवास्थित माछापोखरीमा डुबेर मंगलबार साँझ १६ महिने बालकको मृत्यु भएको छ।, सागर ऋषिदेवको घर छेउमा रहेको माछापोखरीमा डुबेर मृत्यु भएको हो।, खेल्दै जाने क्रममा अचानक पोखरीमा डुबेका बालकलाई तत्काल उद्धार गरी उपचारको लागि कोसी अञ्चल अस्पताल विराटनगर लैजाने क्रममा बाटोमा नै मृत्... |
सेतोपाटी संवाददाता राष्ट्रपति सी चीनफिङको भ्रमणको तयारीका लागि चिनियाँ जहाज काठमाडौं आएको छ।, बुधबार अपरान्ह पौने २ बजे चिनियाँ जहाज परीक्षण उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो।, एयर चाइनाको बोइङ जहाज विमानस्थलमै छ। भिभिआइपी डेमोन्स्ट्रेसन फ्लाइट भएकाले विमानस्थलले अरू व्यवसायीक उडान रोकेको थ... |
सेतोपाटी संवाददाता सन् २०२१ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन दर्ता बुधबारदेखि खुलेको छ।, नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार आवेदन दर्ता ५ नोभेम्बर २०१९ मा बन्द हुनेछ।, आवेदन भर्न कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ।, आवेदकले फारम भर्दा आफ्नो पासपोर्ट नम्बर, पासपोर्ट सकिने म्याद र इमे... |
सेतोपाटी संवाददाता जनकपुरधाममा प्रहरीको भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, बुधबार बिहान नेपाल प्रहरीको ना.१ ग. ४७९ नम्बरको भ्यान र पल्सर मोटरसाइकल एक आपसमा ठोक्किँदा धनुषाको धनौजी घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वड़ा नम्बर ४ मा बस्दै आएका अन्दाजी १८ वर्षीय मनिष मण्डलको मृत्यु भएको हो।, दुर... |
सेतोपाटी संवाददाता , रोजगारको लागि भारत गएका नेपालीहरू दसैं तिहार मनाउन घर फर्किंदा सीमा क्षेत्रमा लुटिन थालेका छन्।, पर्व नजिकिँदै जाँदा रोजगारीका लागि भारत पुगेका नेपालीहरू घर फर्कन थालेका छन्।, विगतदेखि नै घर फर्कने क्रममा भारतीय भूमिमा लुटिँदै आएका छन्। यसवर्ष पनि दसैं मनाउन घर फर्कंर्दै गर्दा दुई जना व्यक्ति भार... |
सेतोपाटी संवाददाता एसिड आक्रमणमा परेर कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कान खातुनलाई बलिउड अभिनेता अमिताभ बच्चनले भिडिओ सन्देश पठाएका छन्।, सामाजिक सञ्जाल ट्वीटरमा पठाएको भिडिओ सन्देशमा अमिताभले मुस्कानको शीघ्र स्वास्थ्यको कामना गर्दै यस्तो घटना हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।, ‘मुस्कान, तिमीमाथि जे भयो त्यो कुनै प... |
सेतोपाटी संवाददाता नर्वेले नेपालको विद्यालय पुनर्निर्माणका लागि ८० लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने भएको छ।, बुधबार काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदुतावास र युनाईटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (यूनओपिएस) बीच नेपालको २४ वटा विद्यालय पुनर्निर्माणका लागि ८० लाख अमेर... |
सेतोपाटी संवाददाता मेरो बाल्यकालताका गीत भनेकै केबल फिल्मी हुन्थे। सब हिन्दी। नेपाली गीत त हुँदै हुँदैन थियो।, मैले नेपाली गीत सुनेको धरानका भरियाहरूबाट हो। तिनै भरियाहरूबाट सुनेका लय लिएर मैले लेख्न सुरू गरेको थिएँ। त्यसले मलाई धेरै पुरस्कारहरू दिलायो। 'बालकवि' भनेर सम्बोधन पनि गरिन थाल्यो। मलाई बोकेरै मञ्चमा राखिन्थ... |
सेतोपाटी संवाददाता बाराको फेटा गाउँपालिका-४ बतरामा घरेलु मदिरा बनाउने कच्चा पदार्थ राख्न बनाइएको भूमिगत ट्यांकीमा पाँच जनाको शव फेला परेको छ।, जोगा मुखिया बिनको घरमा बनाइएको भूमिगत ट्यांकीमा निसास्सिएर बुधबार राति ८ बजे एकै परिवारका चारजनासहित पाँच जनाको ज्यान गएको प्रहरीले बताएको छ।, मृत्यु हुनेमा ४० वर्षीय घरधनी मुख... |
सेतोपाटी संवाददाता दसैं, तिहार तथा छठ मनाउन काठमाडौं उपत्यकाबाट ११ लाख यात्रु बाहिरिएका छन्।, असोज ५ गतेदेखि १४ गतेसम्म काठमाडौंबाट बाहिरिने यात्रुको संख्या ११ लाख ९१ हजार ९ सय ८८ रहेको महानगरीय ट्राफिक परिसरले जानकारी दिएको छ।, त्यस्तै, काठमाडौं भित्रिनेको संख्या ७ लाख ६९ हजार ६ सय ७६ पुगेको छ।, काठमाडौं आउन तथा बाहि... |
सेतोपाटी संवाददाता चन्द्रागिरी नगरपालिकाको त्रिभुवन पार्क नजिकै एक युवकको शव फेला परेको छ।, चन्द्रागिरी नगरपालिका वडा नं.४ त्रिभुवनपार्क नजिकैको खोलामा एक युवकको शव फेला परेको हो।, महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी कुमार विक्रम थापाका अनुसार नाम थर वतन नखुलेको अन्दाजी ३०/३५ वर्षीय पुरुषको शव खोलामा मृत फेला परेको ... |
सेतोपाटी संवाददाता काठमाडौंको बसुन्धरामा केही समयअघि सकेट बम भेटियो। बमको सूचना पाएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली भ्यान लिएर बसुन्धारा पुग्यो। तर बम घरको चार तल्लामाथि थियो।, सेनाले बम बिस्पोजलका रोबर्ट प्रयोग गर्ने गरेको भए पनि भर्याङ चढाएर रोबोट पठाउन सकेन।, बम डिस्पोजलका लागि खटिएको सहसेनानी सविना खड्काको ट... |
सेतोपाटी संवाददाता रुपन्देहीमा विषालू च्याउ खाँदा एकै परिवारका नौ जना बिरामी परेका छन्। , सम्मरीमाई गाउँपालिका वडा नम्बर–६, नगवलियाका यादव परिवारले बुधबार साँझ घर नजिकैको बाँसघारीमा उम्रिएको च्याउ खाँदा बिरामी परेका हुन्। , बिरामी पर्नेमा ७५ वर्षीया रोशनी यादव, ७३ वर्षीया रामपुजन यादव, ५० वर्षीया चन्द्रमती यादव, ४० वर... |
सेतोपाटी संवाददाता संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले सभामुख रहेका कृष्ण बहादुर महराले आफूलाई बलात्कार गरेको आरोप पहिलोपटक प्रकाशित गरेका पत्रकार अजयबाबु सिवाकोटीलाई अहिले प्रहरीले सुरक्षा दिएको छ।, काठमाडौं प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले सिवाकोटीको सुरक्षाबारे सचेत भएर सामान्य निगरानी गरिरहेको बताए। ‘पछिल्... |
सेतोपाटी संवाददाता निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई आफूमाथि बलात्कारको आरोप लगाउने रोशनी शाही र उनका पति चित्रजंग शाहीबीच सम्बन्धबिच्छेद गर्ने लिखित सहमति भएको छ।, चित्रजंगले सम्बन्ध बिच्छेद गर्ने लिखित सहमति पत्र आफ्नो फेसबुकमा सेयर गरेका छन्। योसँगै उनीहरूको सम्बन्धबिच्छेद गर्ने कानुनी प्रक्रिया पनि अघि बढेको छ... |
सेतोपाटी संवाददाता केही दिनअघि काठमाडौंको नागढुंगादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए।, यहाँको २०/२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौंसम्म कुर्न बाध्य भए।, यात्रु शान्ति अधिकारीले गल्छीबाट नागढुंगा उत्रिन नौ घण्टा लागेको तीतो अनुभव सुनाए।, सामाजिक सञ्जालमा यात्रुको आक्रोश प... |
सेतोपाटी संवाददाता गुल्मीमा आपसी झगडा हुँदा एक जनाको ज्यान गएको छ।, जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर ६ तल्लो केरूङका ६४ वर्षीय दुर्गादत्त ढकालको छिमेकीसँग भएको झगडामा कुटपिट हुँदा ज्यान गएको हो।, छिमेकी ४५ वर्षीया टोप बहादुर सार्कीबीच शनिबार राति झगडा परेको र हात हालाहाल हुँदा दुर्गादत्तको ज्यान गएको जिल्ला प्... |
एजेन्सी चीनमा बस र ट्रक ठोक्किँदा ३६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।, पूर्वी जियाङ्सु प्रदेशको च्याङचुन-सेनजेन एक्स्प्रेस वेमा आइतबार बस र ट्रक ठोक्किएका हुन्।, ट्रकमा तीन जना मात्रै सवार थिए।, चिनियाँ प्रहरीका अनुसार बसको अगाडिको बायाँ टायर पञ्चर भएपछि ट्रकसँग ठोक्किएको हो।, दुर्घटनामा परी नौं जना गम्... |
सेतोपाटी संवाददाता कृषि विकास बैंकको सिस्टम ह्याक प्रकरणमा लहान शाखाका अधिकृत सुनिलकुमार झा पक्राउ परेका छन्।, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लहानबाटै झालाई पक्राउ गरेको हो। ह्याकरले झाकै कम्प्युटर प्रयोग गरी गोप्य विवरणहरु प्रयोग गरेको पत्ता लागेपछि उनलाई पक्राउ गरिएको प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापा... |
एजेन्सी भारतले इसिगरेट (इलेक्ट्रोनिक चुरोट) प्रतिबन्ध लगाएको छ।, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरुलाई नयाँ नशाबाट टाढा राख्न इसिगरेट प्रतिबन्ध लगाइएको बताएका छन्। उनले हरेक महिना सम्बोधन हुँदै आएको रेडियोको ‘मन कि बात’ कार्यक्रममा बोल्दै आइतबार यस्तो जानकारी दिएका हुन्।, प्रधानमन्त्री मोदीले इसिगरेटमा हानिक... |
सेतोपाटी संवाददाता नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ।, मनसुनको अहिलेको सक्रियता हेर्दा अझै १० दिन मनसुन कायम रहने संकेत देखिएको छ। यो वर्ष नेपालमा मनसुन १० दिन ढिला अर्थात् जुन २० मा प्रवेश गरेको थियो।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाश... |
सेतोपाटी संवाददाता चितवन मेडिकल कलेजलाई बढी लिएको शुल्क फिर्ता गर्न विद्यार्थी तथा अभिभावकले २४ घन्टे अल्टिमेटम दिएका छन्।, यसअघि जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा कलेजले एक महिनाभित्र विद्यार्थीहरुलाई बढी लिइएको शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो।, फिर्ता गर्नुपर्ने मिति असोज १० गते तोकिए पनि अझै ... |
सेतोपाटी संवाददाता सुनसरीको बर्जु गाउँपालिका-३ अमडुवाबाट हातहतियार र लागुऔषधसहित दुई जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका-५ मगर टोल बस्ने २७ वर्षीय करणकुमार चौधरी र सोही ठाउँ बस्ने २१ वर्षीय प्रकाश चौधरी रहेका छन्।, उनीहरूको साथबाट मेड इन यूएसए लेखेको पेस्तोल एक थ... |
सेतोपाटी संवाददाता मोरङको सुन्दरहरैंचा नगरपालिका-६ स्थित सडकखण्डमा आइतबार दिउँसो टिपरले ९ वर्षीय बालकको ज्यान लिएको छ।, दिउँसो पौने ३ बजे टिपरको ठक्करबाट लुकास थपलियाको मृत्यु भएको हो।, तीव्र गतिको टिपरको ठक्करले बालकको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।, उत्तरबाट दक्षिणतर्फ जाँदै गरेक... |
नारायण खड्का दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ६ निवासी १९ वर्षीया निशा केसी गुरुजजुर नमूना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्छिन्।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौरस्थित सो विद्यालयमा उनीसँगै सल्यान जिल्ला निवासी २२ वर्षीया भिमा वली पनि पढ्छिन्।, उनीहरू दुवै बहिरा विद्यार्थी हुन्। सोही कक्षा को... |
सेतोपाटी संवाददाता धादिङमा आइतबार बिहान भएको बस दुर्घटनाका घाइतेहरूमध्ये गम्भीर चार जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।, नेत्रावती डवजोङ गाउँपालिका सेमजोङबाट धादिङबेंसीका लागि छुटेको बस आइतबार बिहान दुर्घटना हुँदा बसमा सवार पाँच जना घाइते भएका थिए।, दुर्घटनामा परी घाइते भएकाहरूमध्ये ध... |
सेतोपाटी संवाददाता नेपाल मेडिकल काउन्सिलले सञ्जीव न्यौपाने र एकता घिमिरेको बच्चाको उपचारका क्रममा ग्रान्डी इन्टरनेसनल अस्पतालले गम्भीर त्रुटि गरेको ठहर गरेको छ।, प्राध्यापक डाक्टर गणेश राईको नेतृत्वमा गठित विज्ञ टोलीको प्रतिवेदनका आधारमा काउन्सिलले उपचारमा संलग्न चिकित्सक र अस्पताललाई उक्त त्रुटिबारे स्पष्टिकरण माग ग... |
विनोद सापकोटा प्रहरीले झापाबाट ठूलो परिमाणमा बिस्फोटक पदार्थ बरामद गरेको छ। प्रहरीले आइतबार साँझ झापाको अर्जुनधारा नगरपालिका-१ बाट भारी मात्रामा बिस्फोटक पदार्थ बरामद गरेको हो।, प्रहरी स्रोतका अनुसार बम बिस्फोटमा प्रयोग हुने निओजेल नाइन्टी (हाइ एक्सप्लोसिभ) लगायत बरामद भएको छ। यो बिस्फोटक पदार्थ विप्लव नेतृत्वको नेकपा... |
रासस गोरखा नगरपालिका–६ स्थित हरमटारीमा निर्माणाधीन भवनको मार्बल झार्ने क्रममा च्यापिएर एक मजदूरको मृत्यु भएको छ।, , भूकम्पले क्षति पुर्याएपछि निर्माणाधीन जिल्ला अदालत गोरखाको भवनका लागि ल्याइएको मार्बल झार्ने क्रममा सिरहा मोतीपुर घर भएका ३० वर्षीय नागेन्द्र शाहानीको च्यापिएर आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्... |
सेतोपाटी संवाददाता आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएको दुई दिन बित्न लाग्दा पनि संलग्नहरूलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।, जिल्ला प्रहरी कार्यालय चितवनले जाहेरी नआएको भन्दै पीडकको खोजीमा तत्परता नदेखाएको हो।, शनिबार शाहीलाई चितवनमा मरणासन्न हुने गरी कुटपिट गरिएको थियो। चितवनका प्... |
सेतोपाटी संवाददाता बैतडीको जुलाघाटमा मोटरेबल पुल बनाउनु पर्ने माग गर्दै त्यहाँका स्थानीय २३ दिनदेखि रिले अनसनमा बसेका छन्।, भारतीय सीमा जोडिएको जुलाघाटको महाकाली नदीमाथि मोटर चल्ने पुल बनाउन माग गर्दै जिल्लाका विभिन्न पेशा, व्यवसायमा आवद्ध नागरिक जिल्ला प्रशासन कार्यालयअघि भदौ २२ गतेबाट अनसन बसेका हुन्।, जुलाघाटमा अह... |
सेतोपाटी संवाददाता कपनमा ५५ वर्षीया महिला कमला कार्कीको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा मकवानपुर घर भएका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, रौतहटकी पासाङ तामाङ, ओखलढुंगाका पासाङ शेर्पा र रामकृष्ण कार्की छन्।, महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई राजधानीका विभिन्न स्थान... |
एजेन्सी भारतको उत्तर प्रदेश र बिहारमा बाढी आउँदा एक सयभन्दा बढीको मृत्यु भएको छ।, बिहीबारदेखिको भारी वर्षा र बाढीका कारण उत्तर प्रदेशमा मात्रै ९३ जना र बिहारमा २९ जनाको मृत्यु भएको हो।, बाढीका कारण बिहारको मुख्य सहर पटनामा बढी क्षति पुगेको बिबिसीले जनाएको छ।, उत्तर प्रदेश र बिहारका सहरी क्षेत्रमा रेलवे सेवा, यातायात, ... |
सेतोपाटी संवाददाता पाँच किलो गाँजासहित पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, सोमबार बिहान सात बजे इलाका प्रहरी कार्यालय पटेर्वाको टोलीले बहुदरमाई नगरपालिका-६ बाट पाँच किलो चार सय ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।, पर्सा प्रहरीका अनुसार पक्राउ परनेमा बिन्दबासिनी गाउँपालिका-३ का धनञ्जयकुमार दास र पोखरिया ... |
अनुषा अधिकारी नेपाली ब्रान्ड, दसैं घरघरमा भित्रिसक्यो। तिहार पनि आँगनमै आएर उभिएको छ। चाडवाडमा मिठाइहरू टेसमटेस हुँदै किस्तीमा सजिने बेलै हो। मिठाइका यिनै चाङमा अचेल चकलेटले पनि आफ्नो राम्रो स्थान बनाइसकेको छ। , अनि मिठो चकलेट भनेकै हाम्रा लागि प्रायः विदेशी ब्रान्डकै हुन्छन्। पसलतिर जानु भयो भने पनि गुणस्तरीय चकलेट भ... |
नेहा झा दसैं सुरू हुनु लगत्तै मिथिलामा गाइने लोकगीतहरूका कारण एक अलग माहोल बन्छ। मिथिलामा मनाइने प्रत्येक चाडपर्वमा लोकगीत गाइने परम्परा रही आएको छ।, दसैं सुरू भएपछि हरेक साँझ देवी दुर्गाको मन्दिरमा झिझिया नाच गरिन्छ।, घटस्थापनादेखि विजया दशमीसम्म देवी स्तुतिको रूपमा यो नृत्य गरिन्छ।, बोक्सीबाट आफ्ना सन्तान र समाजको स... |
भगवती पाण्डे बुटवल उपमहानगरपालिका वडा नं. ९ मिलनचोक शिखरपथको सानो गल्ली। झुरुप्प घरहरूको बीचमा रहेको एउटा घरको तेस्रो तलामाथि पूजाको मण्डप बनाइएको छ।, हिन्दु धर्ममा पूजा गरिने सबैजसो देवीदेवताका मूर्ति र तस्बिरसँगै १८ महापुराण, वेद र गीताका पुस्तकले मण्डप सजाइएको छ।, ७२ वर्षीय नागेन्द्र प्रसाद शर्मा पौडेल बिहान ६ बजे... |
एजेन्सी चीनमा १७ वर्षदेखि फरार अभियुक्त ड्रोनको सहायताले गुफाबाट पक्राउ परेका छन्।, ६३ वर्षीय सोङ जियाङ महिला तथा बालबालिका बेचबिखनको अभियोगमा जेल सजाय भोगिरहेका थिए। तर उनी सन् २००२ जेलबाट भागे।,सोङ मानव बस्ती नभएको ठाउँमा गुफामा बसिरहेका थिए।, गत सेप्टेम्बरमा योङ्गशान प्रहरीले सोङ बसेको क्षेत्रबारे सूचना पाएको थियो।... |
सेतोपाटी संवाददाता खोलामा बस खस्दा रोल्पामा चालकसहित दुई जनाको मृत्यु भएको छ।, लुङ्ग्री गाउँपालिका वडा नं. ३ निवासी २२ वर्षीय चालक यमबहादुर घर्ती र सो गाउँपालिका–२ शिर्प निवासी १९ वर्षीय यात्रु सूर्यलाल जिएमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिए । उनीहरु दुबै जनाको... |
विनोद सापकोटा झापाका स्थानीय तहमा बिस्फोट गर्ने गरी प्रतिबन्धित नेकपा माओवादी ‘विप्लप’ समूहले माटोमा गाडेर राखेको ठूलो परिमाणको बिस्फोटक पदार्थ झापा प्रहरीले बरामद गरेको छ। अर्जुनधारा–१ सिस्ने स्थित एक स्थानमा माटोमा पुरेर राखिएको उक्त पदार्थ झापा प्रहरीले बरामद गरेको हो।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार र... |
सेतोपाटी संवाददाता मुगुको सोरु गाउँपालिकाका प्रशासकीय अधिकृतमाथि अज्ञात समूहले सोमबार बिहान आक्रमण गरेको छ।, सदरमुकाम गमगढीबाट गाउँपालिका कार्यालय जाने क्रममा अधिकृत ३५ वर्षीय पर्शुराम उपाध्यायमाथि बाटोमा आक्रमण भएको मुगुका प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहले बताए।, उनलाई पाँच-सात जनाको नकाबधारी समूहले बाटो छेकेर कुट... |
सेतोपाटी संवाददाता पृथ्वीराजमार्ग अन्तर्गत धादिङ बेनिघाट गाउँपालिकास्थित बाँदरेमोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, सोमबार बिहान साढे ११ बजे चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३१९ नम्बरको ट्रकले चितवनतर्फ जाँदै गरेको बा ९५ प ९७७१ नम्बरको बाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।, मोटरसा... |
सेतोपाटी संवाददाता धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ कुसुण्डेमा सडक भासिँदा धादिङबेंसी सुनौलबजार खाल्टे सडकमा सवारी आवागमन अवरूद्ध भएको छ।, केही वर्षदेखि यो ठाउँको सडक र आसपासमा जमिन भासिएर ठूलाठूला खाल्डा पर्ने गरेको छ। केही महिना अघि पनि यस्तै खाल्डो भएपछि ढुंगा माटोले खाल्डा पुरेर सडक सञ्चालनमा ल्याइएको थियो।, ... |
एजेन्सी दुबईमा सडक दुर्घटना हुँदा ६ नेपालीसहित ८ जनाको ज्यान गएको छ।, सोमबार बिहान दुबईको सेख मोहम्मद बिन जायद रोडमा १४ सिटे मिनिबसले लरीलाई ठक्कर दिँदा ६ जना नेपालीसहित ८ जनाको मृत्यु भएको त्यहाँको ,संचारमाध्यम खलीज टाइम्स, ले जनाएको छ।, उक्त घटना सोमबार बिहान ४:५४ बजे भएको हो।, दुबई प्रहरीका अनुसार मृत्यु हुनेमा ६ ज... |
सेतोपाटी संवाददाता भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ।, प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो।, कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पीडित पक्षबाट हालसम्म उजु... |
सेतोपाटी बैतडीको दुर्गम तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिकाको पिपलकोटमा पहिलोपटक गाडी पुग्दा स्थानीय बासिन्दा हर्षित भएका छन्। , शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखान हुँदै छेला–बारु–पिपलकोट सडक निर्माणको काम सम्पन्न भएपछि पिपलकोटमा पहिलोपटक गाडी पुगेको हो।, पहिलोपटक गाडी पुग्दा निकै खुशी लागेको स्थानीय ६० वर्षीय वृ... |
सेतोपाटी संवाददाता उच्च अदालत तुलसीपुर बुटवल इजलासले चालु आर्थिक वर्षको असोज महिनासम्म लक्ष्यभन्दा धेरै मुद्दा फर्स्यौट भएको जानकारी दिएको छ। चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा ४ सय १४ मुद्दा फर्स्यौट गर्ने लक्ष्य लिइएकोमा असोज ८ गतेसम्म ४ सय ६३ मुद्दा मुुद्दा किनारा लागेको अदालतले जनाएको छ। , मुख्य न्यायाधीश... |
सेतोपाटी संवाददाता प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकालाई सुदृढ बनाउने अभियानमा साथ दिन सम्वद्ध सबै पक्षलाई आह्वान गरेका छन्।, प्रधानन्यायाधीश जबराले संविधान जारी भएको परिपेक्षमा सुदृढ न्यायपालिकाको उद्देश्य र राणनीतिसहित लागू गरिएको न्यायपालिकाको चौंथो रणनीतिक योजना कार्यान्वयनमा सम्वद्ध सबै पक्षको साथ... |
सेतोपाटी भारतभन्दा पहिले नै नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुने भएको छ। खानेपानी मन्त्रालयले आज पत्रकार सम्मेलन गरी असोज १३ गते सोमबार विशेष कार्यक्रममार्फत खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने जानकारी दिएको हो।, नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको दुई दिनपछि छिमेकी मुलुक भारतले पनि आफूलाई खुला दिसामुक्त मुलुक घ... |
सेतोपाटी त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पुर्याएपछि भएको जामका कारण आज एक बिरामीको मृत्यु भएको छ।, मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन्।, रौतहटबाट काठमाडौं आउँदै गरेको ना७ख ५३६४ नंको बसमा मिर्गाैला रोगी शाहलाई उपचारका लागि काठमाडौं ल्याइँदै थियो।, उनको ... |
सेतोपाटी महान् चाड बडादशैँ, तिहार तथा छठलगायतलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी बाँकेले ट्राफिक व्यवस्थापन विशेष योजना सार्वजनिक गरेको छ।, ट्राफिक प्रहरीका अनुसार दशैँलाई लक्षित गरेर बाँकेका छ स्थानमा यात्रु सहायताकक्ष सञ्चालन गरिनेछ। नेपाल–भारत सीमा क्षेत्र जमुनाह, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्कमा स्थायीरूपमै... |
एजेन्सी साउदी अरब घुम्न जाने महिला पर्यटकले अब अनिवार्य अबया(बुर्का जस्तै पहिरन) लगाउन नपर्ने भएको छ।, साउदीका अरबका पर्यटन मन्त्री अहमद अल खतिबले पर्यटक बढाउनका लागि यस्तो निर्णय गरिएको बताएका छन्। तर महिलाहरूले सार्वजनिक स्थलहरूमा भद्र पहिरन लगाउनु पर्ने नयाँ नियममा उल्लेख छ।, सन् २०३० सम्म कुल ग्राहस्थ उत्पादनमा प... |
सेतोपाटी ट्राफिक प्रहरीले एक हप्ताको बीचमा हराएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १४ मोटरसाइकल फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई बुझाएको हो।, महाशाखाले छेपा शेर्पा, अनिल भण्डारी, अभिषेक सापकोटा, विनोद सुवेदी, सुचेन्द्र श्रेष... |
सेतोपाटी संवाददाता संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलभित्र अति विशिष्ट व्यक्ति (भिभिआपी) लाई मात्र जहाजसम्म गाडी लिन दिने नियम लागू गरेको एक महिना नपुग्दै उल्लंघन भएको छ।, मन्त्री भट्टराईको घोषणाअनुसार विमानस्थल कार्यालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभ... |
एजेन्सी भारतमा एउटै माछा लाखौ रूपैयाँमा बिक्री भएको छ।, भारतको उडिसा राज्य स्थित चंदबलीको धामरा समुन्द्र तटमा लाखौं मूल्य बराबरको माछा जालमा परेपछि माझीलाई माछाका लागि उक्त मूल्य प्राप्त भएको हो।, सो माछा प्रतिकिलो ७ हजार भारूमा चेन्नईको एक औषधी कम्पनीले किनेको हो। १०७ किलोको सो माछालाई उक्त कम्पनीले प्रतिकिलो ७ हजार... |
एजेन्सी भुटानमा भारतीय सेना हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ।, शुक्रबार उक्त हेलिकप्टर अरुणाञ्चलको खिरुमबाट भुटानको योङ्फुल्लाका लागि उडेको थियो। , हेलिकप्टरमा रेडियो कनेक्सन बिग्रिएपछि दिउसो १ बजेतिर दुर्घटनामा परेको हो।, दुर्घटनामा एक भारतीय सेनाका राजनिस परमर र भुटानी सेनाका कलजंग वाङ्दीको मृत्यु... |
एजेन्सी शास्त्रले पुरूषलाई पिंडदान तथा तर्पणको अधिकार दिएको छ।, तर भारतमा भने एउटा यस्तो ठाउँ छ जहाँ महिलाले मात्र पितृहरू पिण्डदान गर्छन्। काशी एवं प्रयागमा रहेको विन्ध्य पर्वतको ईशान्य कोणमा गंगा नदीको किनारमा महिलाले मात्र पिण्डदान गर्ने गरेका छन्।, यहाँ महिलाहरूले मातृ नवमीका दिन आफ्ना पितृहरूलाई जल अर्पण गरेर तर्... |
रासस परापूर्वकालदेखि जङ्गली जीवन बिताउँदै आएका राउटे समुदायका अगुवाहरु दसैं खर्च जुटाउन दाङका विभिन्न सरकारी कार्यालय, सङ्घसंस्थालगायतका स्थानमा आर्थिक रकम जुटाउँदै हिँडेका छन्।, शुक्रबार घोराही उपमहानगरपालिकामा आर्थिक सहयोग जुटाउन आएका उनीहरुले अहिलेसम्म १० हजार जम्मा गरिसकेको जानकारी दिए। कुराकानीको क्रममा राउटेका म... |
सेतोपाटी संवाददाता सर्वसाधारणलाई पैसा लगानी गरेर पाँचौं गुणा चक्रवर्ती ब्याज उठाउने सर्लाहीका ‘मिटरब्याजी’ परदेशी भनिने श्यामकृष्ण साहलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।, सर्लाही जिल्ला अदालतले शुक्रबार परदेशीलाई तत्काल प्राप्त प्रमाणको आधारमा थुनामा राख्ने आदेश दिएको हो। उनलाई शुक्रबारै जिल्ला कारागार र... |
सेतोपाटी बैतडीमा आज बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।, घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ ।, घाइते हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड रहेका छन् ।, यस्तै गाडीका सहचालक डडेल्धुराक... |
सेतोपाटी संवाददाता सिद्धार्थ राजमार्गको बुटवल दोभान सडकखण्ड अन्तर्गत माथिल्लो सिद्धबाबा नजिकै सडक माथिबाट ढुंगा खस्दा बस चालक घाइते भएका छन्।, पाल्पाबाट बुटवल आउँदै गरेको लु १ ख ६१८० नं. यात्रुवाहक बसमा दिउँसो सवा १ बजेतिर पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ माथिल्लो सिद्धबाबा नजिकै हेडबक्स माथिबाट ढुंगा खसेको हो।, सड... |
सेतोपाटी संवाददाता दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी १७ वर्षीय प्रदीप जिसीको मृत्यु भएको छ।, उक्त दुर्घटानामा परी मोटरसाइकलको पछाडि सवार घोराही १५ कै १६ वर्षीय सन्तोष चौधरी गम्भीर घाइते भएका छन्।, घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचारप... |
सेतोपाटी घोराही बजारमा रहेको एक फेन्सी स्टोरमा आगलागी भएको छ ।, घोराही उपमहानगरपालिका वडा नं. १४ निमाहल लाइन नजिकै रहेको सल्यानी फेन्सी स्टोर्समा आगलागी भएको छ ।, विद्युत सर्ट भएर लागेको आगोवाट स्टोरमा रहेका कपडा, जुत्ता, चप्पल जल्न पुग्दा झन्डै ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय घोराहीले जानकारी दिएको छ ... |
सेतोपाटी दाङ प्रहरीले चोरीको मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरेको छ।, लमही नगरपालिका वडा नं. ४ अर्नवा निवासी सम्मान गुरुङ, प्रदिप चौधरी र लमही ५ आदर्श टोल निवासी अनिलसिंह बस्नेत मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ परेका छन्।, उनीहरु तीनै जनाले असोज ४ गते रातको साढे ९ बजेतिर लमही नगरपालिका वडा नं. ५ निवासी प्रदिप पर... |
सेतोपाटी बाढीले बगाएर बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको छ।, केही दिनदेखि लगातार परेको वर्षापछि स्थानीय दुक्चेङ्वा खोलामा शनिबार आएको बाढीले बगाउँदा विश्वकर्माको मृत्यु भएको हो।, खोला तर्नेक्रममा दिउँसो बाढीले बगाएको विश्वकर्मालाई करीब १०० मिटर तल रुखमा अड्किएको अवस्थामा फेला... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.