content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता मदिरा सेवन गरी यात्रुवाहक बस चलाउने चालकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा दायर गरेको छ।, झापाको कन्काई नगरपालिका–४ का ३३ वर्षीय चालक पुण्यप्रसाद सिटौलालाई प्रहरीको टोलीले शुक्रबार बिहान पक्राउ गरेको थियो।, पूर्व–पश्चिम राजमार्गको मेचीनगर नगरपालिका–१३ स्थित चारआली चोकमा प्रहरीको विशेष टोलीले उ...
सेतोपाटी प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ ।, बडादशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान ...
सेतोपाटी संवाददाता मोरङको विराटनगर-१३ झमेली चोकबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, जतुवाबाट खटिएको प्रहरी टोलीले शनिबार राति ११ बजे उक्त चोकमा पैदल हिँडिरहेका धरान उप-महानगरपालिका-८ का ४६ वर्षीय पूर्णबहादुर तामाङ र धरान ११ का ४१ वर्षीय सुवास राईलाई पक्राउ गरेको हो।, उनीहरूको शरीर तलासी लिँदा डाइज...
सेतोपाटी संवाददाता गोरखा दरबार र मनकामना मन्दिरमा जमरा राखिएको छ।, आइतबार १०:३५ बजे साइतअनुसार गोरखा दरबारको दसैं घरमा, गोरखनाथ गुफा र मनकामना मन्दिरमा जौको जमरा राखिएको हो।, गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा चार पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखेको मुख्य पूजारी प्रदीपनाथ योगीले बताए।, मनकामना मन्दिरमा मकै ...
सेतोपाटी संवाददाता सुनसरीको रामधुनी नगरपालिका-५ भमरी चोकका ४७ वर्षीय गोपाल गौतमको नालीमा डुबेर मृत्यु भएको छ।, आइतबार बिहान ७ बजे नालीमा डुबेर मृत अवस्थामा उनी भेटिएको प्रहरीले जनाएको छ।, यस्तै, इलामको सुनमाई नगरपालिका-१२ मलिमकी ५६ वर्षीया दिलमाया राईको पानीको दहमा डुबेर मृत्यु भएको छ।, आइतबार बिहान ८ बजे आफ्नै घर नजि...
सेतोपाटी संवाददाता दौडेर राजा छान्ने परम्परालाई निरन्तरता दिन यसवर्ष पनि गोरखाको पालुङटारस्थित लिगलिगकोटमा दौड हुने भएको छ।, आउँदो बिहीबार बिहान चेपेघाटदेखि लिगलिगकोटसम्म १३.८ किलोमिटर दौड आयोजना गर्न लागिएको हो।, दौड बिहान ७:३० बजेदेखि सुरू हुनेछ। लिगलिग विकास अभियान र पालुङटार नगरपालिकाले आयोजना गरेको दौडमा स्वदेशी/...
सेतोपाटी संवाददाता गोरखाको मनास्लु हिमाल (८,१६३ मिटर) आरोहणमा गएकी एक विदेशी आरोहीको मृत्यु भएको छ।, पोल्याण्डकी ६०८६७०४ नम्बरको राहदानीवाहक ५० वर्षीया रीता डोनेटा ब्लाङ्य (Rita Donata Bladyako) को तेस्रो आधार शिविरमा शनिबार मृत्यु भएको हो।, उनी सेभेन समिट ट्रेक्स प्रालिबाट मनास्लु आरोहणमा गएकी थिइन्। तेस्रो समिटबाट श...
सेतोपाटी संवाददाता धादिङको नेत्रावती डवजोङ गाउँपालिका सेमजोङबाट धादिङबेंसीका लागि  छुटेको बस आइतबार बिहान दुर्घटना हुँदा बसमा सवार पाँच जना घाइते भएका छन्।, सेमजोङबाट सदरमुकाम धादिङबेंसी आउँदै गरेको धादिङ यातायातको बा ४ ख ५७९३ नम्बरको आइतबार बिहान ८:३० बजेतिर नीलकण्ठ नगरपालिका वडा नम्बर १३ केराम्जामा पल्टिएर दुर्घटना ...
सेतोपाटी संवाददाता आइतबारबाट काठमाडौंमा हिमालयन आर्ट फेस्टिभल शुरु भएको छ। नेपाली कलाकारको कलाकारितालाई विश्वसामु चिनाउने उद्देश्यले काठमाडौंको नेपाल आर्ट काउन्सिल बबरमहलमा शुरु फेस्टिभल १६ गतेसम्म चल्नेछ। फेस्टिभलमा १ सय ५० जना कलाकारका २ सय वटा पेन्टिङ प्रदर्शनमा आएका छन् ।, फेस्टिबलमा ८ हजारदेखि २५ लाखसम्मका पेन्टि...
सेतोपाटी संवाददाता ज्यान मुद्दामा फरार रहेका अभियुक्त २४ वर्षपछि पक्राउ परेका छन्।, शनिबार राति साढे ८ बजे पर्सास्थित वीरगञ्ज महानगरपालिका-१२ का समिम अख्तरलाई प्रहरीले आफ्नै गाउँबाट पक्राउ गरेको हो।, अख्तरलाई सर्वोच्च अदालतले २०५२ सालमा ज्यान मार्ने अभियोगमा ४ वर्ष ११ महिना १० दिन जेल सजाय तोकेको थियो।, अदालतले कैद सज...
सेतोपाटी प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–४ बाट दुई युवकलाई पक्राउ गरेको छ ।, इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित लहान नगरपालिका–१ सिंहराहीका २४ वर्षीय दयाराम चौधरी र २० वर्षीय अजय चौधरीलाई पक्राउ गरेको हो ।, पक्राउ परेका दुवैको साथबाट नाइट्रोभेट ५९२ ट्याबलेट ब...
सेतोपाटी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भिजिट नेपाल वर्ष २०२० लाई लक्षित गर्दै नेपाल भ्रमणमा आएका पर्यटकहरुको सुरक्षामा कुनै पनि किसिमको त्रुटि नहुने गरी पर्यटक प्रहरी कर्मचारीहरु थप क्रियाशील हुनुपर्ने बताएका छन् ।, पर्यटक प्रहरी इकाई भृकुटीमण्डपमा बुधबार पर्यटक प्रहरी इकाईहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहर...
सेतोपाटी संवाददाता काठमाडौंबाट धरान हिँडेकी एक युवतीको साथबाट प्रहरीले ८ किलो १६० ग्राम चरेस बरामद गरेको छ।, जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले बिहीबार बिहान ३ बजे चरेससहित पर्सा पटेर्वा सुगौली नगरपालिका १ की २४ वर्षीया गीता राईलाई पक्राउ गरेको हो। , मकवानपुर प्रहरीका अनुसार हेटौडा उपमहानगरपालिका १० बसपार्कस्थित...
शोभा शर्मा उच्च अदालत पाटनले बलात्कार मुद्दाकी एक पीडितलाई पीडकबाट ३० लाख क्षतिपूर्ति दिलाउने फैसला गरेको छ। बलात्कार मुद्दामा यति धेरै क्षतिपूर्ति भराउने फैसला अहिलेसम्म भएको थिएन।, आफूलाई अवतारी लामा दाबी गर्ने टुल्कु लामालाई दुई वर्षअघि प्रहरीले पक्राउ गरेको थियो। दक्षिणकालीको आफ्नो गुम्बामा एक महिलामाथि वर्षौं बला...
सेतोपाटी हेटौँडा–कुलेखानी सडकखण्डअन्तर्गत सिस्नेरीमा अवरुद्ध भएको सडक मर्मतसम्भारपछि आज बिहानदेखि पुनः संचालनमा आएको छ ।, सडक सुचारु भएपछि हेटौँडा यातायात सेवा सञ्चालनमा आएको सिस्नेरी प्रहरी चौकी मकवानपुरले जनाएको छ ।, सिस्नेरी प्रहरी चौकीदेखि काठमाडौँ जिल्लाको सिमानासम्मको नौ किलोमिटर सडकमा करीब तीन साता लगाएर मर्मतस...
सेतोपाटी संवाददाता रूपन्देहीको भैरहवा-लुम्बिनी सडकखण्डमा एक जनासँग ६ लाख  रुपैयाँ लुटिएको छ।, रूपन्देहीको लुम्बिनी रोडस्थित रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिश त्रिपाठीको साथमा रहेको ६ लाख रुपैयाँ दुई जना लुटेराले लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।, त्रिपाठी बिहीबार बिहान रिलायन्स सिमेन्ट ...
सबिना श्रेष्ठ परापूर्वकालदेखि कथा, सूचना सुनाउँदै हिँड्ने बाध्ययन्त्र हो, सारंगी।, यसबाट सुनाइने कथा साँच्चै मिठो हुने भएकाले होला, बिबिसी रेडियोमा एउटा कार्यक्रम बज्थ्यो, 'कथा मिठो सारंगीको...', देशका गाउँ–सहर यात्रा गर्दै कार्यक्रममार्फत् मान्छेका कथा–व्यथा र अनुभवहरू सुनाइन्थ्यो। त्यसलाई नाट्य संवादमार्फत प्रस्तुत ...
एजेन्सी डेढ महिनाअघिसम्म दुब्लो शरीर लिएर श्रीलंकाको सहर डुलेकी तिकिरी हात्तीले संसार छोडेको छ।  ७० वर्षीया तिकिरीको मंगलबार मृत्यु भएको हो।, पेराहेरा मेलामा बूढी तिकिरी अरू ६० वटा हात्तीसँगै १० दिन सहर घुमेकी थिई।, बुढ्यौलीले छोएर शरीरमा जाँगर नहुँदा पनि मान्छेहरू तिकिरीलाई आराम गर्न दिएका थिएनन्।, विश्व हात्ती दिवसक...
सेतोपाटी संवाददाता कृषि विकास बैंक ह्याक प्रकरणमा थप एक जना स्याङ्जाबाट पक्राउ परेका छन्।, स्याङ्जाका रामकृष्ण भुसाललाई अपराध महाशाखाको टोलीले बिहीबार स्याङ्जाबाट पक्राउ गरेको हो।, उनको खातामा ६५ लाख रुपैयाँ रकम जम्मा गरिएको भएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए।, उनी प्रतीक्षा निर्माण स...
एजेन्सी चीनमा एक यात्रुले उड्नै लागेको जहाजको ढोका खोलेपछि पक्राउ परेकी छन्।, जहाजभित्र गर्मीले उकुसमुकुस भएपछि सोमबार एक महिला यात्रुले जामेन एयरलाइनसको एमएफ ८२१५ को जहाजको आकस्मिक ढोका खोलेकी थिइन्।, ती यात्रुले स्वच्छ हावा लिन जहाजको ढोका खोलेको प्रतिक्रिया दिएकी छन्। जहाज स्थानीय समयअनुसार अपरान्ह पौने ४ बजे बोर्ड...
सेतोपाटी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालासहित नेताहरूलाई खोटाङबाट लिएर उडेको हेलिकोप्टर विभिन्न ठाउँमा अवतरण गर्दै बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।, कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान समापन कार्यक्रममा भाग लिन खोटाङ पुगेका महामन्त्री कोइराला, केन्द्रीय सदस्य चन्द्र भण्ड...
प्रकाश ढुंगाना रक्षा बन्धन (साउन ३०) को ३ दिनअघि ललितपुरको झम्सिखेलमा रहेको कुटुम्ब होटलमा एक जना युवती आइन्।, तत्कालका लागि ३ वटा र पछिका लागि गरी ८ वटा कोठा बुक गरिन्।, , आमाबुवा अस्ट्रेलियामा रहेको र दुई/चार दिनमा नेपाल आउने भएकाले रक्षा बन्धन होटलमै मनाउन कोठा बुक गर्नु परेको उनले बताइन्।, होटलले बुकिङका लागि पहिल...
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रमा हात्तीका छावाहरू खेलिरहेका भेटिन्छन्। अहिले प्रजनन केन्द्रमा आठ वटा छावा छन्।, छावाहरू आफ्ना माउसँग बसिरहँदैनन्। सबै एक ठाउँ भेला हुन्छन्, लडिबुडी गर्छन्, ठेलाठेल गर्छन्। यस्तो दृश्य मान्छेहरु क्यामेरामा कैद गर्छन्।, चितवन राष्ट्रिय न...
सेतोपाटी मैसम खराब भएपछि खोटाङमा बिहीबार दिउँसो तीन वटा हेलिकप्टर अवतरण गरिएको छ।, संखुवासभाबाट काठमाडौंका लागि उडेको अल्टिच्युटका दुई र सिम्रिक एअरको एक हेलिकप्टर खोटाङ रेग्मीटारमा आकस्मिक अवतरण भएको हो।, हेलिकप्टरमा अरूण जलविद्युत आयोजनाको अनुगमनमा गएका विद्युत प्राधिकरणका कर्मचारीहरू रहेका छन्। जिल्ला प्रहरी कार्या...
सेतोपाटी बैंकिङ कसुर मुद्दाका संलग्न रहेका एक कन्सल्टेन्सीका कर्मचारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान यूरो (सिआइवी) पक्राउ गरेको छ ।, एक ठाउँको जग्गाको कागजात बनाइ अर्को ठाउँको जग्गा राखेर बैंक अफ काठमाडौँबाट ऋण लिने क्रममा झुटा विवरणअनुसार जग्गाको मूल्याङ्कनमा गर्ने एभरेष्ट इञ्जियीनरिङ कन्सल्टेन्सी विराटनगरका कर्मचार...
समिक्षा अधिकारी भारत, कोलकाताका रुवी पाल र राजु खुडाइ हरेक वर्ष साउन–भदौतिर सपरिवार काठमाडौं आउँछन्। कुपन्डोलमा बस्छन्। यहाँ आएदेखि नै उनीहरूको व्यस्तता बढ्छ- रातो माटो ल्याउँछन्। वर्षाले खाएको बलेसी सिनित्त र समतल पार्छन्। कमेरोले घरको शिरपुच्छार रंग्याउँछन्।, दसैंमा हामी सबै कुन लुगा लगाउने वा के खाने सोचिरहेका बेला...
सेतोपाटी संवाददाता सल्यानमा तरकारी बोकेको पिकअप भ्यान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।, दुर्घटनामा परी कपुरकोट गाउँपालिका वडा नं. ४  किमुचौरकी ६७ वर्षीया कर्नी पुनको मृत्यु भएको छ।, शुक्रबार कपुरकोटमा लाग्ने हाट मेलामा तरकारी लिएर आउँदै गरेकी पुन दुर्घटनामा परेकी हुन। घाइते पुनको उपचार...
सेतोपाटी संवाददाता सरकारले नेपाली सेनाका उपरथी प्रभुराम शर्माको कार्यावधि थपेको छ। असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकले शर्माको उपरथीका कार्यकाल झन्डै डेढ वर्ष थपेको हो।, स्रोतका अनुसार मन्त्रिपरिषदले शर्माको उपरथीको कार्यकाल एक वर्ष २ महिना १५ दिन थपेको हो।, शर्मा अहिले रहेका उपरथीमध्ये सबैभन्दा वरिष्ठ हुन्। सरकारले ...
एजेन्सी भारतको पुनेमा बाढीका कारण १२ जनाको मृत्यु भएको छ। बुधबार रातिदेखिको अविरल वर्षाका कारण बाढी आउँदा १२ जनाको ज्यान गएको हो।, ५०० जना भन्दा बढीलाई त्यस क्षेत्रबाट सुरक्षित स्थानमा लगिसकेको भारतिय सञ्चार माध्यम द हिन्दुस्तान टाईमसले जनाएको छ। पुनेका सहकर्नगर, पार्वति, सिंहगढ रोड, डाडेंकर ब्रिज, र पद्मावतिमा बाढी आ...
दिपकजंग शाही जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तले नियमविपरित सेवाग्राहीबाट रकम लिएमा बर्खास्त गरिने बताएका छन्।, बिहीवार आयोजित एक कार्यक्रममा उनले आफू मातहतको कोही पनि प्रहरीले सेवाग्राहीबाट नियमविपरित नगद तथा जिन्सी सामग्री लिएमा बर्खास्त हुने बताएका हुन्।, ‘पछिल्लो समय प्रहरीले व...
नारायण खड्का घोराहीमा नेपालकै सबैभन्दा ठूलो बायो ग्यासप्लान्ट निर्माण सुरू भएको छ। जैविक फोहरबाट मिथेन ग्यास सिलिण्डर र कम्पोष्ट मल उत्पादन गर्ने गरी भौतिक निर्माणको कार्य सुरू भएको हो।, घोराही उपमहानगरपालिकाको वडा नं. १६ करौंती डाँडा (गरुवा गाउँ)मा रहेको ल्यान्डफिल्डसाइटमा फोहोरबाट ग्यास  र मल उत्पादन गर्न भौतिक पूर्...
सेतोपाटी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारस्थित मुक्तिमार्ग मावि, स्वास्थ्य चौकी, वडा कार्यालय र कोट मन्दिर परिसरको सामुदायिक भवन निर्माण गरिएको छ।, मुक्तिमार्ग माविको भवन प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, स्वास्थ्य चौकी भवन संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, वडा कार्यालय जिल्ला समन्वय समितिका प्रमुख देवे...
सेतोपाटी संवाददाता काठमाडौं आउने र बाहिरिने मुख्य नाका नागढुंगा-नौबिसे सडकखण्डमा सवारी साधन जाम हुँदा शुक्रबार बिहान बसमा रहेका एक बिरामी यात्रुको मृत्यु भयो।, रौतहट गौर नगरपालिका वडा नम्बर ७ का ३७ वर्षीय रूपलाल साहको बसभित्रै मृत्यु भएको हो।, साह चढेको ना ७ ख ५३६४ नम्बरको बस राति २ बजेदेखि जाममा परेको थियो। मृगौला रो...
सेतोपाटी प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियानअन्तर्गत सिरहाको दुई विद्यालयका एक सय ४८ छात्रालाई साइकल वितरण गरिएको छ।, धनगढीमाई नगरपालिका–७ स्थित अयोध्यानगर मावि र दहीपौरा माविको कक्षा ८ मा अध्ययनरत छात्रालाई प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले साइकल वितर...
सेतोपाटी यातायात व्यवस्था विभागले आइतबारदेखि ठूला मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको छ। आइतबार १२ गतेदेखि १८ गतेसम्मका लागि १० चक्के र सो भन्दाका माथिका सवारीको आगमनमा रोक लगाइएको हो।, त्यस्ता सवारीसाधनहरुलाई चितवनको नारायणघाटमै रोकिने विभागले जनाएको छ। अति आवश्यक खाद्यान्न सामग्री, कपडा, औषधि, तरकारी ल...
सेतोपाटी समृद्धिको प्रमुख आधार पर्यटनलाई मानेको गण्डकी प्रदेश सरकारले १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष मनाइरहेको छ।, गत वर्ष फागुन ९ गते पर्यटन वर्ष घोषणा गरेको सरकारले पर्यटन वर्ष सकिन तीन महिना बाँकी रहँदा ‘आन्तरिक पर्यटन वर्ष २०१९–२२’ सफल पारौँ भन्ने नारासहित आफ्नो लक्ष्य पूरा ग...
सेतोपाटी काठमाडौँ महानगरपालिकालाई दशैँमा उपत्यकाको फोहर व्यवस्थापन गर्न समस्या हुने भएको छ। बाटो निर्माण भइरहेकाले कामपालाई पछिल्लो समय काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न समस्या भएको हो।, दुई सातादेखि नुवाकोटस्थित फोहर विसर्जन गरिँदै आएको स्थान सिसडोल जाने बाटो नागार्जुनमा मर्मतको काम भइरहेकाले फोहर व्यवस्थापनमा ...
सेतोपाटी संवाददाता मोरङको लेटाङ नगरपालिका-२ हाटखोलाका ७५ वर्षीय खड्गकुमार मगरको स्थानीय नक्सल खोलाले बगाएर मृत्यु भएको छ।, शुक्रबार बिहान ७ बजे दिसा बस्न खोलामा गएका मगरलाई खोलाले बगाएको हो।, मृत अवस्थामा फेला परेको भनी स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली घटनस्थल गएको थियो।, खोलाले बग...
सेतोपाटी संवाददाता कृषि विकास बैंक ह्याक प्रकरणमा थप तीन जना पक्राउ परेका छन्। , महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले यज्ञराज भट्ट, गणेश बस्याल र मालती देवी न्यौपाने भट्टराईलाई पक्राउ गरेको हो।, प्रहरीले यज्ञराजलाई ४५ लाख रकम सहित महेन्द्रनगरबाट पक्रेको हो। मालतीलाई पर्वतको हुवासबाट २४ लाख रकम सहित र गणेश बस्याललाई ...
सेतोपाटी संवाददाता मंगलबार बिहान राति साढे १ बजे चितवनबाट छुटेको ना ६ ख १३१ नम्बरको ट्रकलाई प्रहरीले हेटौंडामा चेकजाँच गरिरहेको थियो।, मकवानपुर जिल्ला हेटौंडा नगरपालिका-१५ स्थित खण्डमा प्रहरी टोलीले ट्रक रोक्यो र चेकजाँच प्रक्रिया थाल्यो।, मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार चेकजाँचका लागि प्रहरी जवान ...
सेतोपाटी एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १४ वर्ष कैद सजायको फैसला गरेको छ ।, विरुवा गाउँपालिका–२ का खड्कबहादुर रानालाई बलात्कारको कसुरमा न्यायाधीश रमानाथ पौड्यालको इजलासले १४ वर्ष कैद सजायका साथै पीडित बालिकालाई एक लाख रूपैयाँ क्षतिपूर्तिसमेत भराउने फैसला गरेको श्रेस्तेदार नन्दप्रसाद आचार्...
सेतोपाटी शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा निर्माण शुरु गरेको दीर्घकालीन फोहर सङ्कलनस्थल निर्माणको काम दुई सातादेखि रोकिएको छ ।, बञ्चरेडाँडा जाने बाटो सिसडोलमा पहिरो गएपछि नुवाकोट र धादिङको सिमानामा निर्माण भइरहेको  दीर्घकालीन फोहर व्यवस्थापनको काममा समस्या आएको मन्त्रालयले जनाएको छ ।, लगातारको वर्षाका कारण निर्माण...
खिलानाथ ढकाल ह्याकरको एक गिरोहले कृषि विकास बैंक लहान शाखाबाट एक करोड ४९ लाख रुपैयाँ ह्याक गरी लुटेको छ।, प्रहरीका अनुसार एउटा गिरोहले कृषि विकास बैंक लहान शाखाबाट काठमाडौंस्थित केन्द्रीय बैंकमा ट्रान्सफर गरी सो बराबरको रकम लुटेको हो।, सिरहा प्रहरी स्रोतका अनुसार असोज ५ गते सो रकम सिरहा शाखाबाट केन्द्रीय बैंक हुँदै गि...
सेतोपाटी जिल्लामा सञ्चालन हुँदै आएका १२ क्रसर उद्योग मापदण्डविपरीत संचालन भइरहेको पाइएको छ।, गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तय गरेको मापदण्ड अनुरुप कुनै पनि उद्योग सञ्चालनमा छैनन् ।, यसरी उद्योग सञ्चालन गर्नेमा सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिकामा छन् ।, खनाल गिट्टी बालुवा उद्योग, यशोशान्त...
प्रभाकर गौतम पसल अगाडिको बाटोझैं व्यस्त छ टेकराज पराजुलीको दैनिकी। सिंहदरबारको पूर्वी गेट सामुन्ने धोबीखोला झर्ने सानो तर व्यस्त पिच बाटो छ। त्यही बाटोको मुखैमा दाहिनेतिर छ, उनको खाजा र खाना घर।, 'मामा! दुइटा मिल्क टी...।', 'मामा! दुई ठाउँ चिउराअण्डा...।', 'मामा! एग चाउचाउ फ्राइ...।', 'एक ठाउँ भेज मःम ...।', तीनवटा अर...
भगवती पाण्डे पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१० का २२ वर्षीय दीपेश राना सोमबार राति ८ बजेसम्म घरमै बसिरहेका थिए।, सोही नगरपालिका-१ घर भई कैलाली बस्दै आएका सुरज रानामगर कार लिएर आइपुगे। उनको कारमा अन्य तीन-चार भाइ पनि थिए।, दीपेशका बुवा गनबहादुरका अनुसार कारमा देवचुली-१ का पूर्णबहादुर बिक, गनबहादुरका जेठानका छोरा द...
सेतोपाटी संवाददाता चितवन मेडिकल कलेजमा पढिरहेका विद्यार्थीका अभिभावक कलेजले लिएको अतिरिक्त शुल्कको रसिद लिन सामूहिक रूपमा कलेजमा जाने भएका छन्।, मंगलबार भएको अभिभावकको भेलाले अभिभावक संघर्ष समिति बनाउने निर्णय गरेको छ।, सोही भेलाले असोज ११ गते विद्यार्थीबाट लिइएको अतिरिक्त  शुल्कको रसिद लिन कलेजमा जाने र नदिए थप संघर्...
सेतोपाटी संवाददाता कृषि विकास बैंकको डेढ करोड भन्दा बढी रकम व्यक्तिको खातामा राख्दा बैंककै उच्च अधिकारीको पासवर्ड प्रयोग भएको खुलेको छ।, बैंक स्रोतका अनुसार सिरहाको लहानस्थित शाखाका कर्मचारीले प्रयोग गर्ने पासवर्डमार्फत सात जना ग्राहकको खातामा पैसा जम्मा भएको हो।, बैंकमा रकम जम्मा गर्दा पासवर्ड प्रयोग गरिन्छ। त्यस्तो ...
नेहा झा धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय शिवकुमार महतो, उनकी श्रीमती र एक कामदार रहेका छन्।, महतोले पोर्ताहामा पुर्वेली स्टाप होटल चलाउँथे। सोही होटलमा सुतिरहेका महतो, उनकी श्रीमती र कामदारको करेन्ट लागेर मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानक...
सेतोपाटी संवाददाता कृषि विकास बैंकको डेढ करोड रुपैयाँ ह्याक गरी अर्को खातामा सार्ने एघार जनालाई प्रहरीले पक्राउ गरेको छ।, घटना अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न स्थानबाट एघार जनालाई पक्राउ गरेको हो।, महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले कृषि विक...
सेतोपाटी ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधन घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष जाँचको व्यवस्था गर्न लागेको हो ।, महानगर...
रासस ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधन घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष जाँचको व्यवस्था गर्न लागेको हो।,  महानगरीय ट्...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भारतीय सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लाई नेपालीकरण गर्ने यातायात व्यवस्था कार्यालय जगाती भक्तपुरका दुई शाखा अधिकृतसहित चार जनाविरूद्ध मुद्दा दायर गरेको छ।, शाखा अधिकृतद्वय अनोजकुमार घिमिरे, कोमलराज निरौला, नायब सुब्बा हेमकुमार बस्नेत र निवेदक सुन्दर अधिकारीविरूद्...
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिकामा कर्मचारीलाई व्यवस्थापन गर्न कठिन भएको छ।, अस्थायी, करार, स्थायी र समायोजन भएर आएका कर्मचारीले उपमहानगरमा कर्मचारीलाई राख्ने कोठा पनि अभाव छ।, उपमहानगरका सूचना अधिकारी झरेन्द्र खरेलका अनुसार एक सय ६८ जना कर्मचारीहरू अहिले कार्यरत छन्।, यहाँ कर्मचारी दरबन्दी दुई सय ६२ जनाको छ...
एजेन्सी मंगलबारको भुकम्पले पाकिस्तान प्रशासित ‍आजाद कस्मिरमा ३७ जनाको मृत्यु भएको छ भने पाँच सयभन्दा बढी मानिस घाइते भएका छन्।, मृत्यु हुने सबै मिरपुर जिल्लाका रहेको अधिकारीहरूले बताएका छन्। मंगलबार पूर्वी पाकिस्तानको मिर्जापुरलाई केन्द्रविन्दु बनाइ ५.८ म्याग्निच्युडको भुकम्प गएको थियो। , भूकम्पको धक्का राजधानी इस्लाम...
एजेन्सी चीनले  ११ अर्ब डलर खर्चेर बनाएको नयाँ विमानस्थल बुधबारदेखि सञ्चालनमा आएको छ।, चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका छन्। यसअघि यो विमानस्थल चीनमा साम्यवादी शासन व्यवस्था लागू भएको ७० वर्ष पुगेको उपलक्ष्यमा अक्टोबर १ मा उद्घाटन गर्ने बताइएको थियो।, विमान...
एजेन्सी स्वीडेनकी जलवायु परिवर्तन अभियान्ता ग्रेटा थुनबर्गसहित चार जनाले राइट लाइभ्लिहुड अवार्ड (अल्टरनेटिभ नोबल) पाएका छन्।, थुनबर्गलाई बुधबार तत्काल देखिएको जलवायु परिवर्तन समस्या सावधान गर्ने राजनीतिक मागलाई वैज्ञानिक तथ्यका आधारमा प्रेरणा र प्रवर्द्धन गरेबापत पुरस्कृत गरिएको प्राइज फाउन्डेसनले बताएको छ।, फाउन्डेसन...
एजेन्सी इन्डोनेसियामा विवाहअघि यौन सम्पर्क राख्न नपाउने विधेयकविरूद्ध विद्यार्थीहरूले आन्दोलन गरेका छन्।, विद्यार्थीहरूले यस विधेयक विरूद्धमा तीन दिनदेखि इन्डोनेसियाका विभिन्न ठाउँमा आन्दोलन  गरिरहेका छन्। आन्दोलनको क्रममा प्रहरी र विद्यार्थीबीच झडप हुँदा तीनसय बढी घाइते समेत भएका छन्।, घाइते हुनेमा २६५ जना विद्यार्थी...
खिलानाथ ढकाल ह्याकरको अन्तर्राष्ट्रिय गिरोहले कृषि विकास बैंक लहान शाखाबाट चार करोड ७३ लाख रुपैयाँ लुटेको पत्ता लागेको छ। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार आइतबार एकै दिनमा गिरोहले लहान शाखाको उक्त रकम लुटेको हो।, रकममध्येको १५ देखि ३० प्रतिशत कमिसन दिने सर्तमा ह्याकरले नेपालमा एजेन्टहरू प्रयोग गरेको महाशाखाले जन...
सेतोपाटी संवाददाता त्रिभुवन विमानस्थलनजिकैको शम्भु मार्गबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ। , महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीको टोलीले पेस्तोल र सोको ६ राउन्ड गोलीसहित बुधबार बिहान पक्राउ गरेको हो। , पक्राउ पर्नेमा बालुवाटार बस्ने उदयपुर कटारीका भीम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भीमबहादुर माझी, ...
सेतोपाटी काठमाडौ मेडिकल कलेज (केएमसी) अस्पतालमा चम्ल्याहा शिशुको जन्म भएको छ। बुधबार बिहान २७ वर्षीया खगित्रा शाहीले एकैपटक चार शिशुलाई जन्म दिएकी हुन्।, उनको ३३ हप्ता ३ दिनपछि अपरेसन गरी बच्चा जन्मेको केएमसी अस्पतालले जनाएको छ। जन्मेका शिशुमा तीन छोरा र एक छोरी छन्।, जन्मने शिशुहरुकाे तौल एक किलो ,एक किलो ५ ग्राम, एक...
सेतोपाटी संवाददाता निजी मेडिकल कलेजहरूको संस्था एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालमा आवद्ध कलेजहरूले स्नातक तह (एमबिबिएस/बिडिएस) पहिलो वर्षमा नयाँ विद्यार्थी भर्ना नलिने निर्णय गरेका छन्।, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्वविद्यालयका उपकुलपति का...
सेतोपाटी संवाददाता वैदेशिक रोजगार ठगीमा अदालतबाट डेढ वर्ष कैद सजाय भई फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौं १० की ४६ वर्षीया विमला थापालाई बानेश्वरबाट पक्राउ गरेको हो। , सरिताकुमारी सापकोटाको जाहेरीले उनलाई वैदेशिक रोगगार ठगीमा अदालतले २०७४ साल असार २६ गते एक वर्ष ६ महि...
सेतोपाटी संवाददाता गृहमन्त्री रामबहादुर थापाले दसैं, तिहार र छठजस्ता चाडपर्वमा विगतका वर्षहरुमा भन्दा पनि शान्ति, सुरक्षाको अवस्था सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।, गृहमन्त्री थापाले सबैभन्दा बढी आवातजावत हुने समय भएकाले दसैं, तिहार जस्ता चाडपर्वलाई ध्यानमा राखेर सरकारले असोज र कात्तिक महिनाका लागि विशेष सुर...
सेतोपाटी संवाददाता प्रदेश नम्बर १ को प्रदेशसभाले सोमबार मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक पारित गरेको छ।, प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूको विरोध भए पनि बहुमतबाट विधेयक पारित भएको हो। , सभामुख प्रदीपकुमार भण्डारीको अनुमतिमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले विधेयक पारित होस् भन्ने प्रस्ताव सदनमा पेश गरे...
नारायण खड्का रोल्पाको होलेरी बजार नजिकै हेड मिस्त्री ५६ वर्षीय रनबहादुर पुन स्मारक निर्माणको काममा व्यस्त छन्। उनलाई कुरा गर्न फुर्सद पनि छैन। स्मारक असोजभित्रै सक्नु पर्ने चटारो छ जो छ।, रुन्टिगडी गाउँपालिका वडा ९ अन्तरगत पर्ने होलेरी बजारदेखि झन्डै १०० मिटरको दूरीमा स्मारक निर्माण कार्य भइरहेको छ।, सशस्त्र द्वन्द्वक...
भगवती पाण्डे कसैले ढोका ढकढकायो कि, बारबर्दिया १ जमूनिया बर्दियाकी देवीसरा वलीलाई एउटा आशा पलाउँछ।, रातको सन्नाटामा पनि ढोकानिर कोही आएर बोलाए जस्तै लाग्छ, उठेर ढोका खोल्छिन् आँगनको परसम्म हेर्छिन्। निष्पट अन्धकार बाहेक केही नदेखिएपछि निराश बन्दै भित्र पस्छिन् र ढोका बन्द गर्छिन्। बितेको १८ वर्ष देवीसराको आँखा कसैको प...
सेतोपाटी संवाददाता दसैं, तिहार, छठ, नेपाल सम्वतलगायतका चाडपर्वमा ट्राफिक व्यवस्थापनमा कुनै समस्या नआउने ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम प्रसाद ढकालले स्पष्ट पारेका छन्।, सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम प्रसाद ढकालले चाडपर्वलाई लक्षित गरेर देशैभरि आफूहरूले सोहीअनुसारको विशेष ट्र...
सेतोपाटी संवाददाता सुनसरीको इटहरी उपमहानगरपालिका १२ बाट १ ग्राम १८० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। , विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट मोरङको सुन्दरहरैचा नगरपालिका ६ का ४९ वर्षीय तीर्थबहादुर तामाङ, केराबारी गाउँपालिका- ७ क...
सेतोपाटी संवाददाता नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का भोजपुर जिल्ला सेक्रेटरी हतियार सहित पक्राउ परेका छन्र। , भोजपुर प्रहरीले भोजपुर जिल्ला क्याम्के मयुङ गाउँपालिका वडा ५ चोलन्तीका भोजपुर जिल्ला सेक्रेटरी ४३ वर्षीय बमबहादुर बिष्टलाई हतियार सहित पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नरबहादुर ...
सेतोपाटी कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत जेल चलान भएका छन् ।, उच्च अदालत जनकपुर राजविराज इजलाशले भदौ ३० गते थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न दिएको आदेशअनुसार सोमबार अदालतमा हाजिर भएका गोइतलाई राज...
सेतोपाटी संवाददाता इटहरीस्थित सुष्मा गोदावरी कलेजमा बम बिस्फोट गराउने नेत्रविक्रम चन्द विप्लव माओवादीका सुनसरी इञ्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, इटहरी उपमहानगरपालिका ५ स्थित पँचरुखीबाट सुनसरी जिल्ला इञ्चार्ज तथा मेची कोसी ब्युरो लक्ष्मण पौडेल र सुनसरी जिल्ला सेक्रेटरी तथा मेची कोसी ब्युरो राजेन्द्रसिंह...
सेतोपाटी संवाददाता सर्वसाधारणलाई पैसा लगानी गरेर पाँचौं गुणा चक्रवर्ती ब्याज उठाउने सर्लाहीका ‘मिटरब्याजी’ परदेशी भनिने श्यामकृष्ण साहको पोलिग्राफ परीक्षण गरिएको छ।, सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार सोमबार रौतहट चन्द्रनिगाहापुरस्थित २ नम्बर प्रदेश प्रहरी कार्यालयको पोलिग्राफमा लगेर साहको बयान परी...
सेतोपाटी सोमबार राति पूर्वपश्चिम राजगार्गअन्तर्गत कावासोती नगरपालिकाको खरकट्टा जङ्गलस्थित पूर्वपश्चिम राजमार्गमा लु१ख ८५३२ नंको ट्रक र बा२१च ६४०९ नंको कार एकापसमा ठोक्किँदा कारमा सवार पाँचै जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक अधिकारीका अनुसार राति १०:१५ बजेको समयमा सो दुर्घटना ...
सेतोपाटी मादक पदार्थ सेवन गरेर कार्यक्रममा सहभागी बनेका  एक प्रधानाध्यापक कार्यक्रमस्थलबाटै पक्राउ परेका छन् ।, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मुलाबारी आधारभूत विद्यालयका प्रअ खम्बराज राई सोमबार कार्यक्रमस्थलबाटै पक्राउ परेका हुन् ।, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिका र नगरभित्र रहेका आ...
सेतोपाटी संवाददाता म:म बनाउन तराईबाट ल्याइएको राँगा फुत्केर उपध्रो मच्चाएपछि प्रहरीले त्यसलाई गोली हानेर मारेको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार बिहान चार बजे स्वयम्भू क्षेत्रबाट राँगा फुत्केको हो। मान्छेलाई हान्दै न्युरोड आइपुगेको राँगालाई प्रहरीले गोली हानेर मारेको थियो।, साढे ६ बजे बिहान न्युरोड ...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ औं जन्मदिनका अवसरमा उनको सुस्वास्थ्य र  दीर्घायुको शुभकामना व्यक्त गरेका छन्।, प्रधानमन्त्री ओलीले मंगलबार ट्वीट गर्दै काव्यसाधक घिमिरेलाई जन्मदिनको बधाइ ज्ञापन गरेका हुन्।, ‘नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त...
सेतोपाटी संवाददाता गण्डकी मेडिकल कलेजले विद्यार्थीहरुले कलेजमा तिरेको शुल्कको भौचर दिन अटेर गरेको छ।, सोमबार मेडिकल कलेज प्रशासन र विद्यार्थीबीच वार्ता भएको थियो। प्रशासनले कलेजको पठनपाठन सुचारु गराउन विद्यार्थीलाई वार्तामा आग्रह गरेको थियो।, विद्यार्थीहरुले भने सरकारले दिएको निर्देशन पालना गर्न र आफूहरुले तिरेको शुल्...
सेतोपाटी संवाददाता कावासोती नगरपालिका-८ स्थित खरकट्टा जंगलमा भएको दुर्घटनामा परि मृत्यु हुने पाँचै जनाको परिचय खुलेको छ।, नवलपरासीपूर्व देवचुली नगरपालिकाबाट पश्चिमतिरको यात्रामा निस्केका पाँच जना यात्रु चढेको बा२१च ६४०९ नम्बरको कारलाई सोमबार राति ९ बजे विपरीत दिशाबाट आएको लु१ख ८५३२ नम्बरको ट्रकले ठक्कर दिँदा पाँच जनाक...
रासस काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।, गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानमा आज बिहान बा ३ ख ३७०८ नम्बरको ट्रकको ठक्करबाट भारत घर भई गोकर्णेश्वर बस्ने राजु अहमदका दुई वर्षीय छोरा अरमानको मृत्यु भएको हो। , ,गोकर्णस्थित महानगरीय प्रहरी प्रभागका प्रहरी नायब निरीक्षक प्रभाकर पुडासैनीले ट्रक...
सेतोपाटी संवाददाता न्युरोडमा प्रहरीले गोली हानी मारेको राँगो काठमाडौं महानगरपालिकाले पुरेको छ।, धनी नआएपछि महानगरले मरेको राँगो खाल्डो खनेर पुरेको हो। स्वयम्भू क्षेत्रबाट मंगलबार बिहान सखारै फुत्केर भाग्दै राँगो कालिमाटीबाट न्युरोड पुग्दा प्रहरीले गोली हानेर मारेको थियो।, मःम बनाउन तराईबाट ल्याइएको राँगो फुत्किएर उपध्...
रासस राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल आज सार्वजनिक गरेको छ। देशभरबाट पाँच लाख नौ हजार ५२ परीक्षार्थी सहभागी भएको उक्त परीक्षामा तीन लाख ४९ हजार ६०३ परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए। , , तीमध्ये दुई हजार ३१९ परीक्षार्थीले ३.६१ देखि ४ जीपीए, १३ हजार ७७२ परीक्षार्थीले ३...
शोभा शर्मा सम्पादकीय नोट: राष्ट्रकवि माधवप्रसाद घिमिरे आज मंगलबारबाट १०१ वर्ष पुगेका छन्। उनलाई जन्मोत्सवका अवसरमा सेतोपाटीका तर्फबाट हार्दिक शुभकामना। यही अवसरमा गत वर्षको यो सामग्री पुन: प्रकाशन गरेका छौं।, घरक्क ढोका उघार्दैखेरि मैले देखेँ, एक तलामाथि कुर्सीमा बसेर टोलाइरहेका राष्ट्रकवि माधवप्रसाद घिमिरेको ढाका टोप...
गिरीश गिरी सम्पादकीय नोट: राष्ट्रकवि माधवप्रसाद घिमिरे आज मंगलबारबाट १०१ वर्ष पुगेका छन्। उनलाई जन्मोत्सवका अवसरमा सेतोपाटीका तर्फबाट हार्दिक शुभकामना। यही अवसरमा गत वर्षको यो सामग्री पुन: प्रकाशन गरेका छौं।, अघिल्लो दिन व्यंग्यचित्र पत्रकार राजेश केसीले फेसबुकमा दिएको बधाइ पढेको थिएँ।, ‘साँच्चै, माधव घिमिरे त सय वर्ष...
एजेन्सी भारत- पाकिस्तान सीमानजिकै मंगलबार ६.३ म्याग्नेच्युडको भूकम्प आएको छ।, सञ्चारमाध्यमहरूले जनाएअनुसार स्थानीय समयअनुसार मंगलबार अपरान्ह ४:३१ बजे लाहौरबाट १८३ किलोमिटर उत्तरपूर्वमा केन्द्रविन्दु बनाएर भूकम्प आएको हो।, भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीसम्मै महशुस गरिएको छ।, भूकम्प आएपछि दिल्लीका मानिसहरू घर ...
सेतोपाटी संवाददाता सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-९ धारापानी बस्ने वर्ष ४८ को दावा तामाङको जेसिबी मेसिनले किचेर मृत्यु भएको छ।, मंगलबार बिहान ११ बजे सोही नगरपालिकाको गोराखानी स्थितमा बाटो खन्न दुधकुण्ड नगरपालिकाको जेसिबी लैजाँदै गर्दा उक्त जेसिबीमा पछाडि बाट चढ्ने क्रममा अचानक लडी सोही जेसिबीले किचेर उनको मृत्यु भएको...
सेतोपाटी संवाददाता पोखरा महानगरपालिका २२ फुस्रे खोलाको नहरमा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ।, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई पोखरा घुम्न आएकी २५ वर्षीय अनु भण्डारी पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, काभ्रेपलाञ्चोक पनौती नगरपालिका घर भएकी २५ वर्षीय भावना बस्नेतलाई...
एजेन्सी पाकिस्तानमा मंगलबार ५.८ म्याग्नेच्युडको भूकम्प आएको छ।, भूकम्पमा परी पाकिस्तान प्रशासित कस्मिरमा चार जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ।, पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएअनुसार स्थानीय समयअनुसार मंगलबार अपरान्ह ४ बजे पाकिस्तान नियन्त्रित कस्मिर र पञ्जाबको सीमामा केन्द्रविन्दु बनाएर ...
रासस नेपाल भाषा मंका खलले नेपाल संवत् अनुसारको नयाँ वर्षको प्रथम दिन कछलाथ्व प्रतिपदाका दिन नै म्हपूजा मनाउने निर्णय गरेको छ।, खलका सचिव नरेशवीर शाक्यले जारी गरेको विज्ञप्तिमा आगामी कात्तिक १२ गते कछलाथ्व प्रतिपदाका दिन नेपाल संवत् ११४० तथा म्हपूजा मनाउने निर्णय गरेको जनाएको छ।, त्यस्तै,,, कात्तिक ११ गते कौलागा औंसीका...
रासस मनसुन अझै केही दिन लम्बिने भएको छ।, नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रूपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दसैंसम्म मनसुन सक्रिय हुने सम्भावना छ।, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले अ...
सेतोपाटी संवाददाता नक्कली जग्गाधनी प्रमाणपत्र पूर्जा राखेर बैंकबाट पाँच करोड रुपैयाँ कर्जा प्रवाह गरेको आरोप लागेका बैंक अफ काठमाण्डूका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले श्रेष्ठसहित बैंकका कर्मचारी किरण बोहोरा, ऋचा श्रेष्ठ, सुष्मा ...
एजेन्सी अमेरिकी नागरिक स्टेभन वेभर र उनकी प्रेमिका केनेशा आन्टवान केही दिनअघि विदा मनाउन अफ्रिकी मुलुक तान्जानिया पुगेका थिए।, उनीहरू पेम्बा टापुनजिकैको मान्टा रिसोर्टको पानीमुनि रहेको कोठामा बसे। उक्त जोडीले ३२ फिटमुनि रहेको कोठा ४ दिनका लागि बुकिङ गरेको थिए।,  गत बिहीबार उनीहरू पानीमुनि बसेको तीन दिन भएको थियो। वेभर...
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा आइतबारदेखि ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ कार्यक्रम सञ्चालनमा आएको छ।, ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन २३ विद्यालय, दुई युवा क्लब, १६ यातायात प्रालि, १० ख्यातिप्राप्त कलाकार, १२ एयरहोस्टेससहित ५०० स्वयंसेवकको सह...
रासस शङ्खरापुर नगरपालिकाको नाङ्लेभारे अझै पनि विकासमा निकै पछि परेको छ। यहाँको पटाप र  छापभञ्ज्याङ तामाङ बस्तीको बाहुल्यता रहेको बस्ती हो। यहाँका बासिन्दाले सहज रूपमा यातायात सेवा पाउन सकेका छैनन्। , यस्तै साँखु, जरसिंह पौवा हुँदै मेलम्ची पुग्ने सडकखण्डमा बर्खाको समयमा गाडी चल्दैन। अरुबेला पनि यो सडकको अवस्था उस्तै छ।...
दिपकजंग शाही भदौ ३१ गते मंगलबार। नरबहादुर कार्की छिमेकका एक बालकलाई ह्वीलचियर धकेल्न लगाएर वीरेन्द्रनगर नगरपालिका कार्यालयमा पुगे।, बिहान साढे ९ बजे मेयरलाई भेट्न नगरपालिकामा पुगेका नरबहादुरले करिब दुई घन्टा पर्खिएपछि सवा ११ बजे मेयर देवकुमार सुवेदीसँग भेट्न पाए।, नरबहादुर आफ्ना लागि घुम्ती राखेर सामान बेच्न सकिने जग्...
एजेन्सी पाकिस्तानको उत्तरपूर्वी क्षेत्रमा रहेको चिलास जिल्लामा ब्रेक फेल भएर बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ।, आइतबार बिहान स्करदुदेखि रावलपिण्डी जाँदै गरेको बस ब्रेक फेल भएर पहाडमा ठोक्किँदा दुर्घटना भएको हो।, दुर्घटना दुर्गम क्षेत्रमा भएको हुँदा उद्दार कार्य गर्न समस्या आइरहेको प्रवक्ता फैजुल्ला फिराकले बता...
सेतोपाटी संवाददाता मिर्गौलामा रहेको पत्थरीको अपरेसन गर्दा ओम अस्पतालमा बिरामीको मृत्यु भएको छ।, शुक्रबार भर्ना गरिएकी धादिङकी २९ वर्षीया अनिता गुरुङको अपरेसनपछि आइतबार बिहान मृत्यु भएको हो।, अनिताको मृत्युपछि आफन्तले अस्पतालमा प्रदर्शन गरेका छन्। उपचारमा लापरबाही भएको भन्दै आफन्तले प्रदर्शन गरेको महानगरीय प्रहरी परिसर...
सेतोपाटी संवाददाता मदिरा सेवन गराएर सामूहिक बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ।, मोरङ सुन्दरहरैंचा नगरपालिका-१ की १७ वर्षीया किशोरीलाई शनिबार राति सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जना युवालाई आइतबार बिहान पक्राउ गरेको हो।, मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार पक्राउ प...
सेतोपाटी संवाददाता आफ्नो घर वा भाडामा बसेको कोठा बन्द गरेर तपाईं दसैं मनाउन पुर्ख्यौली घर या अन्यन्त्र जाँदै हुनुहुन्छ?, आफ्नो घर वा कोठा कत्तिको सुरक्षित भएको ठान्नुहुन्छ? दसैं मनाउन पुर्ख्यौली घर या अन्यन्त्र जाँदा घर वा कोठामा चोरी, डकैती भयो भन्दै तपाईं आत्तिनुसमेत हुन्छ।, काठमाडौं र ललितपुर प्रहरी परिसरले भने निर...
सेतोपाटी संवाददाता देशका विभिन्न जिल्लामा डुबेर र खोलाले बगाउँदा छ जनाको मृत्यु भएको छ भने तीन बेपत्ता रहेको प्रहरीले जनाएको छ।, गुल्मी:  धुर्कोट गाउँपालिका-२ पिपलधारा पटौतीका ६४ वर्षीय भीमबहादुर कुँवरको सोही ठाउँस्थित पनाह खोला तर्ने क्रममा खोलाले बगाएर शनिबार दिउँसो मृत्यु भएको छ।, सिराहा: सिरहा नगरपालिका-१५ बुधौराक...