content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता इलामको सन्दकपुर गाउँपालिका-१ माइपोखरी बन्दुकेका एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार आफूले आत्महत्या गरेका छन्।, ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर ४५ वर्षीय भाइ बुद्ध राईले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।, भाइको खुकुरी प्रहारबाट शरीरका विभिन्न भागमा चोटपटक लागेका उनी गम्भीर घा...
सेतोपाटी संवाददाता रुपन्देही, सर्लाही, सुनसरी, दोलखा, काठमाडौं र चितवनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, रुपन्देही तिलोत्तमा नगरपालिका १० कान्छी बजारस्थित सडक खण्डमा लु२२प २०५७ नम्बरको स्कुटर शनिबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक स...
सेतोपाटी संवाददाता सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित मनकामना कपास उद्योगमा आइतबार बिहान आगलागी हुँदा २६ लाख बराबरको क्षति भएको छ।, प्रहरीका अनुसार मोरङ विराटनगर महानगरपालिका-५ घर भएकी ५४ वर्षीया सरिता चौलागाईंको कपास उद्योगमा आइतबार बिहान आगलागी भएको हो।, आगलागीमा कपडा पेल्ने मेशिन २ थान, मेसिनको मोटर २ थान, बा५४ प ...
दिपकजंग शाही बालुवा उत्खननको लागि टेण्डर नगरिएको भन्दै ट्याकटर व्यवसायीहरूले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कार्यालय घेराउ गरेका छन्।, आइतबार ट्याक्टरहरूद्वारा साहु र मजदुरहरूले नगरपालिकाको कार्यालय घेराउ गरेका हुन्।, बालुवा उत्खननका लागि टेण्डर नहुँदा आफूहरू कामविहीन भएको भन्दै उनीहरूले टेण्डर गर्न माग गर्दै कार्...
सेतोपाटी संवाददाता अरिङ्गालको टोकाइबाट गुल्मीमा एक बालकको मृत्यु भएको छ। गुल्मी जिल्लाको रुरु गाउँपालिका १ रिडीका १२ वर्षीय पवन अधिकारीको अरिङगालको टोकाइबाट मृत्यु भएको हो।, आइतबार बिहान विद्यालय गएका पवनलाई विद्यालयबाट घर फर्किने क्रममा अरिङगालले टोकेको थियो। रुखमा रहेको अरिङगालको गोलोलाई बांदरले जिस्काएपछि बाटोमा हि...
सेतोपाटी संवाददाता सरकारले पहिलो पटक ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई प्रदान गरेको छ।, सरकारले राष्ट्रका निम्ति विशिष्ट योगदान पुर्‍याउने प्रतिभाका लागि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र  प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग दिने निर्णय गरी २०७५ साल ...
रासस महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेको अवस्थामा आइतबार एक वृद्धाको मृत्यु भएको छ।  , मृत्यु हुनेमा एकडारा गाउँपालिका–६ बगेया गाउँ बस्ने जगदिश पाण्डेकी पत्नी ७१ वर्षीया मिथिलेश देवी पाण्डे रहेको वडाध्यक्ष सुमन्तकुमार रायले बताए।, यस वर्षको जितिया पर्व निकै लामो समय अवधिको भएको कारण ती वृद्...
सेतोपाटी संवाददाता उच्च अदालत पाटनले ट्रंकलाइनको शुल्कविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ। मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको संयुक्त इजलाशले ट्रंकलाइनको शुल्कसम्वन्धी खारेज गर्न माग गर्दै उद्योगी व्यवसायीले दिएको रिट खारेज गर्ने फैसला गरेको हो। , विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घ...
सेतोपाटी संवाददाता दाङको तुलसीपुर बजारलाई सुरक्षित राख्न सिसी टिभी जडान गर्ने प्रक्रिया सुरू भएको छ।, बजारका विभिन्न स्थानमा २० वटा सिसी टिभी जडान गर्न उपमहानगरपालिकाले एक हप्ता अगाडि टेण्डर आह्वान गरेको छ।, भदौ २९ गते ३५ दिने सार्वजनिक सूचनामार्फत् नगरले टेन्डर आह्वान गरेको छ।, तत्कालका बजार क्षेत्रका मुख्य चोक र सडक...
सेतोपाटी राजविराजबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरस्थित घर फर्किरहेका २४ वर्षीय भगवती मण्डलमाथि आइतबार राति अज्ञात समूहले गोली प्रहार गरेको छ।, भारतीय नम्बरको मोटरसाइकलमा रहेका दुई जनाले डाक्नेश्वरी नगरपालिका–८ विषहरिया टोलस्थित कोशी पम्प नहर नजिक रोकी  गोली प्रहार गरेको मण्डलले बताए।, मण्डल राजविराजबाट स १...
सन्जिब बगाले सात वर्ष पहिला सशस्त्र प्रहरीका २५ जनाले गोताखोरको तालिम लिए।, बंगलादेशको समुद्रमा उनीहरूले गोताखोरको तीन महिने आधारभूत तालिम गरेका थिए।, तर अहिले सशस्त्र प्रहरीमा १९ जनामात्रै गोताखोर छन्। तालिम लिएका बाँकी ६ जनामध्ये १ जनाको स्वास्थ्यमा समस्या आएर मृत्यु भयो भने अन्य ५ जनाले जागिर छोडेका छन्, पछिल्ला सा...
समिक्षा अधिकारी पेप्सिकोला–काँडाघारी सडकखण्डको भर्खरै कालोपत्रे गरिएको बाटो। दक्षिणतिर झरेर खहरे नपुग्दै मूल सडकसँगै जोडिएको छ– एउटा निजी स्कुल।, बालवयका विद्यार्थीहरू चञ्चल छन्। कोही खेलिरहेका छन्। एकअर्कासँग हाँस्दै गफ गरिरहेका पनि देखिन्छन्। कोही शिक्षकले पढाएको पाठप्रति एकाग्र छन्। उत्सुक छन्। जिज्ञासु उत्तिकै।, आ...
सेतोपाटी संवाददाता काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङ मार्ग बनाउन आज(सोमबार) सम्झौता हुने भएको छ।, २.६ किलोमिटर लामो यो सुरुङ जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले निर्माण गर्न लागेको हो। निर्माण सुरू भएको ४२ महिनामा सक्ने भनिएको सुरुङमार्ग समयमै सकिए नेपालको पहिलो सडक सुरुङ मार्ग हुने छ।, आज हुने स...
सेतोपाटी संवाददाता गैरआवसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसि)को आगामी निर्वाचनका लागि कुमार पन्तले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन्।, पन्तले शुक्रबार काठमाडौ स्थित होटल याक एण्ड यतिमा आयोजित उम्मेद्वारी घोषणा कार्यक्रममा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका हुन्। यसअघि अध्यक्ष पदकै लागि व...
सेतोपाटी संवाददाता सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका महोत्तरी सेक्रेटरी भिमबहादुर आलेलाई प्रहरीले पक्राउ गरेको छ।, उनलाई बिहीबार गौशाला नगरपालिका ८ स्थित घरैबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। अधिकारीका अनुसार आले बम बिस्फोट तथा चन्दा संकलनमा सक्रिय थिए। भूमिगत भएर पार्टीक...
नेहा झा मिथिलाञ्चलको लोक पर्वको रुपमा रहेको जितीया पर्व शुक्रबार मनाइँदै छ। मिथिलाको कठिन पर्वको रुपमा रहेको जितीया पर्वमा सन्तानको दिर्घायुको कामना गर्दै महिलाले उपवास गरी यो पर्व मनाउने गर्छन्। , यो पर्व मिथिलाञ्चल क्षेत्र एवं थारु क्षेत्रमा मनाईने गरिन्छ। आश्विन कृष्ण सप्तमी तिथिबाट आरम्भ हुने यो पर्व तीन दिनसम्म म...
नेहा झा जनकपुरस्थित जानकी मन्दिरमा ‘नियमित चेकजाँच’ भन्दै प्रहरीले सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ। , मन्दिर खाली गराएर प्रहरीले मध्यान्ह १२ बजेदेखि सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको हो। , जानकी मन्दिरमा शंकास्पद वस्तु फेला परेको हल्ला चलेपछि प्रहरीले सुरक्षा कडा पारेको हो। तर, भएको के हो भन्ने विषयमा प्रहरीले स...
सेतोपाटी बाँकेको वैजनाथ गाउँपालिका– ३ नौवास्तामा स्थापना गरिने प्रदेशस्तरीय औद्यौगिक क्षेत्रको जग्गा विवाद समाधान भएपछि पाँच सय २५ बिघामा औद्यौगिक क्षेत्र निर्माण हुने भएको छ। त्यससँगै भौतिक पूर्वाधार निर्माणको बाटो खुलेको छ।, सरकारले औद्योगिक क्षेत्रका लागि छुट्याएको सो जग्गामा दुई सय भन्दा बढी स्थानीय घर बनाएर बसिरह...
सेतोपाटी जनआन्दोलनका घाइते बनेपाका मुकेश कायस्थलाई संविधान दिवसको अवसरमा शुक्रबार ‘संविधान दिवस मूल समारोह समिति काभ्रेपलाञ्चोक’ले सम्मान गरेको छ।, समारोह समितिका प्रमुख एवं जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसी, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु र प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले संयुक्तरूपमा मुके...
सेतोपाटी भदौको तेस्रो र चौथो साता अत्यधिक देखिएको डेङ्गी रोगको सङ्क्रमण घटेको छ। साउन पहिलो साताबाट क्रमशः बढ्दै गएको डेङ्गी रोगको सङ्क्रमण पछिल्लो एक साता दैनिक रुपमा घट्दै आएको चिकित्सकले जनाएका छन्।, भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत भदौ २२ गते एकै दिन एक हजार नौ सय २२ जना बहिरंग सेवामा आएकामध...
भगवती पाण्डे गत भदौ २९ गते रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. २ भैरहवा धकधई सडकखण्डमा गोली चल्यो। मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली हानी रुपन्देही ओमसतिया गाउँपालिका वडा नं. ५ का ३५ वर्षीय महेन्द्र कुर्मीको हत्या गर्‍यो।, श्रीमती र बच्चासहित भैरहवास्थित हिमालयन बैंकबाट पाँच लाख रुपैयाँ झिकेर मोटरसाइकलमा घर जाँ...
सेतोपाटी संवाददाता संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्स(यूएई)को दुबईस्थित संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डा झलमलाइँदै (लाइट अप) छ। , स्थानीय समय अनुसार राती ९:१० बजे बुर्ज खलिफामा झन्डा झलमल्याइन लागेको युएईस्थित नेपाली राजदूतावासले जनाएको छ।, ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को सुखद अवसरमा स्था...
सेतोपाटी संवाददाता पशुपतिनाथको पश्चिम गेटबाहिर शंकास्पद वस्तु फेला परेको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार साँझ शंकास्पद वस्तु फेला परेपछि प्रहरी टोली परिचालन भएको छ। , बम भएको हुनसक्ने आशंकामा नेपाली सेनाको टोली पनि त्यहाँ खटिइसकेको परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले बताए। ‘शंकास्पद वस्तु देखिएका...
दिपकजंग शाही कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका सडक दिनानुदिन खाल्डो परेर असहज बन्न थालेका छन्। विभिन्न ठाउँमा कालोपत्रे उप्किएर खाल्डो पर्ने गरेका छन्। , मनपरी कालोपत्रे सडक खनेर पानीको पाइप गाड्ने गरिएकाले धेरैजसो सडकमा खाल्डो पर्ने, कालोपत्रे उप्किने गरेको छ। वीरेन्द्रनगरको मुख्य व्यापारिक क्षेत्र बीच बजारबाहे...
सेतोपाटी भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ ।, अज्ञात समूहले शुक्रबार बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्षित गरी बम विस्फोट गरेको थियो।, कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामीमगरले बताए।, विस्फोटन भएको ठाउँमा ‘दलाल पुँजीवादी सत्ताको व...
सेतोपाटी संवाददाता पशुपतिनाथ मन्दिरको पश्चिम गेटबाहिर फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निस्किृय पारेको छ।, सो वस्तु सकेट बम भएको आशंका गरिएको छ। यसबारे सेनाले अनुसन्धान गरिरहेको छ।, शंकास्पद वस्तु निस्कृय पार्ने क्रममा कुनै पनि क्षति नभएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए...
सेतोपाटी संवाददाता तुलसीपुर बसपार्कमा जुवा खेलिरहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बसपार्कस्थित सल्यानी होटलमा जुवा खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका हुन्।, प्रहरीका अनुसार उनीहरूको साथबाट ९९ हजार ३ सय ७५ रुपैयाँ बरामद गरिएको छ। शुक्रबार बेलुका ५ बजेतिर उनीहरूलाई पक्राउ गर...
सेतोपाटी संवाददाता दाङको लमही क्षेत्रको जंगलमा एक महिलाको शव फेला परेको छ। लमही नगरपालिका वडा नं. ७ स्थित उचानिम्बु सामुदायिक वनमा एक मिहलाको शव शुक्रबार दिउँसो सडेको अवस्थामा फेला परेको छ।, च्याउ टिप्न वनमा गएका केटाकेटीले महिलाको शव सडेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।, पहिचान हुन नसकेको महिलाको शवबा...
सेतोपाटी संवाददाता दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु भएको छ ।, घोराही उपमहमानगरपालिका वडा नं. ९ निवासी २५ वर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी वर्ष २५ कै दिपक विकको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ ।, गएराति साढे ११ बजेतिर घोराही ९ गुकाली डाँडावाट तुलसीपुर तर्फ आउँदै गरेको रा ४ प ७४९३ नम्वरको मोटर...
एजेन्सी युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा भारतमा एक जना पूर्वमन्त्री तथा सत्तारुढ दलका नेतालाई गिरफ्तार गरिएको छ ।, भारतीय जनता पार्टीका नेता स्वामी चिनमायानन्दलाई उत्तर प्रदेशकी एक विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको हो ।, 'चिनमायानन्दलाई उनकै घरबाट पक्राउ गरिएको छ, उनको स्वास्थ्य अवस्था गम...
सेतोपाटी चितवनमा सवारी दुर्घटना हुँदा चार जना  घाइते  भएका  छन् । , जिल्ला  प्रहरी कार्यालय चितवनका  अनुसार  शुक्रबार  दिउँसो ४:५५ बजे भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जांँदै गरेको ना१ज ८४२८ नम्बरको म्याजिकलाई विपरीत दिशाबाट आइरहेको लु२ख ६७३ नम्बरको ट्रकले ठक्कर दिँदा म्याजिकमा स...
भगवती पाण्डे परपुरुषसँग मिलेर श्रीमतीले पतिको हत्या गरेर फालेको अवस्थामा प्रहरीले सेप्टिक ट्यांकीबाट शव बरामद गरेको छ।, पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-३ घोडपालीका ३५ वर्षीया सरस्वती पोखरेल पाण्डेले ४१ वर्षीय पति ‘तारा’ भनिने रविन्द्र पाण्डेको अर्का एक जना पुरुषसँग मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक...
सेतोपाटी गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ ।, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।, केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिएका हुन् ।, भूकम्पको धक्का गोरखा, धादिङ, तन...
रासस श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ।, बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्कीमा सडेको अवस्थामा शव फेला परेपछ...
नारायण खड्का दाङको साविक तुलसीपुर नगरपालिका वडा नम्बर ५ बसपार्क मासीमण्डी क्षेत्रमा नियमविपरीत संरचनाहरू निर्माण गरिएका छन्।, यहाँ दस कठ्ठाभन्दा धेरै क्षेत्रफल भएको जग्गा नगरपालिकाको स्वामित्वभित्र छ। नगरको स्वामित्वभित्र पर्ने जग्गामा व्यक्तिले धमाधम अग्ला पक्की घर ठड्याएका छन्।, उपमहानगरका अमिन विक्रम गौतमका अनुसार ...
सेतोपाटी संवाददाता नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा न्यून चापीय प्र...
सेतोपाटी चार किलो अफिमसहित प्रहरीले नेपालगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ ।, प्रदेश नं ५ प्रहरी ब्यूरोको टोलीले नेपालगञ्जको न्यूरोडस्थित कान्तिपुर गेष्टहाउसबाट उनीहरुलाई पक्राउ गरेको हो ।, ब्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीका अनुसार पक्राउ पर्नेमा जाजरकोटको डाँडागाउँका २८ वर्षीय बालकृष्ण थापा, २६ वर्षीय डम्बर थ...
सेतोपाटी संवाददाता नवलपरासीको रामग्राम नगरपालिका ३ घोडपालीका रवीन्द्र पाण्डेको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय नवलपरासीले नेपाली सेनाका हुद्धालाई पक्राउ गरेको छ ।, पाण्डेको हत्या अभियोगमा उनकी श्रीमती सरस्वती पोखरेल पाण्डेसहित नेपाली सेनाको कालीध्वज गण परासीमा कार्यरत बम बहादुर घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी...
एजेन्सी अमेरिकी राज्य साउथ क्यारोलिनामा शनिबार राति गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् ।, स्थानीय समय अनुसार रातको २ बजेर ४५ मिनेटको समयमासाउथ क्यारोलिनाको लानकाष्टरस्थित हाइवे ५२१ सडक नजिकै रहेको वल्ड स्कूल स्पोर्ट्स बार र ग्रिल अन वल्ड चार्लोटीमा आपसी विवादपछि गोली चलेको प्रारम्भिक...
सेतोपाटी नेपाल प्रहरीले ९७ हजार रूपैयाँ नगदसहित १४ जनालाई पक्राउ गरेको छ ।, महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबार साँझ गोङ्गबुको छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो ।, महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले टोखा नगरपालि...
सेतोपाटी संवाददाता पाल्पाको रैनादेवी छहरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका ८ सत्यवतीका ५० वर्षीय झैबहादुर रेश्मी रहेका छन्। , शनिबार पाल्पाको सत्यवतीबाट केलाटारतर्फ जाँदै गरेको ग २ च २७१७ नम्बरको पिकअप जीप गाउँपालिकाको वडा नं ६ अरखोरमा दुर्घटनामा परेको थियो।, दुर्घटन...
सेतोपाटी संवाददाता गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशबहादुर थापा धरौटीमा छुटेका छन्। काठमाडौं जिल्ला अदालतले बुधबार उनलाई एक लाख धरौटीमा छोड्ने आदेश दिएको हो। , जेलमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्काउँदै रकम असुलेको आरोपमा पक्राउ परेका सात जनामध्ये नरेशलाई अदालतले धरौटीमा छोड्न आदेश द...
नारायण महर्जन येँया अर्थात् इन्द्रजात्राकाे मुख्य आकर्षण हाे पुलुकिसी।, पुलुकिसी काठमाडौंमा मात्र नाच्दैन। भक्तपुरमा पनि छ। त्यहाँको पुलुकिसी अलि भिन्न छ।, काठमाडौंमा सेतो हात्ती ‘पुलुकिसी’ हुन्छ भने भक्तपुरमा निलो हात्ती। यहाँ काठमाडौंमा जस्तो इन्द्रजात्राभर पुलुकिसी देखाइँदैन। जात्राको अन्तिम दिन मात्रै देखाइन्छ। बु...
सेतोपाटी ​प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बहालवाला तथा सेवानिवृत्त अशक्त प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रमबिच चारपाङग्रे स्कुटर हस्तान्तरण गरेका छन्।, ​कर्तव्य पालनाको सिलसिलामा विभिन्न कारणले घाइते भई अशक्तताका  कारण हिँडडुल गर्न कठिन भएका पूर्व प्रहरी निरीक्षक राम बहादुर चन्...
सेतोपाटी संवाददाता पोखराको गण्डकी मेडिकल कलेजमा विद्यार्थीहरु फेरी आन्दोलनमा उत्रिएका छन्।  , कलेजले विद्यार्थीसँग लिएको अवैधानिक शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले दिएको निर्देशन निजी मेडिकल कलेजहरुले नमानेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन्।, विद्यार्थीहरुले छ दिनदेखि गण्डकी मेडिकल कलेजको पढाइ ठप्प गरेको विद्यार्थी...
सेतोपाटी संवाददाता तुलसीपुरको गहते खोला नजिकै भएको हायस दुर्घटनामा परेका एक घाइतेको मृत्यु भएको छ ।, हायसमा सवार बबई  गाउँपालिका वडा नं. ७ निवासी ६० वर्षीया मुन्य चौधरीको उपचारको लागि बाँकेको कोहलपुर तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। , जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले घाइते चौधरीको बाटो मै मृत्यु भएको...
सेतोपाटी राजश्व छली गरेको आरोपमा तीन व्यावसायिक कम्पनीका सञ्चालक तथा सहयोगीविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।, विभागले ती कम्पनीबाट झण्डै ३६ करोड २४ लाख रूपैयाँ बिगो कायम हुने गरी सजायको माग गर्दै मुद्दा दर्ता गरेको छ ।, झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजश्व छली गर्ने काठमाडौंको एएस हार्डवेयरका ...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी बृत्त बानेश्वरले जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको छ। , बृत्तबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ एक लाख २३ हजार ८ सय ३५ रुपैयाँसहित काठमाडौं-३१ संगम चोकबाट जुवाडेहरूलाई पक्राउ गरेको हो। , बृत्तका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा ८ जना पुरुष र दुई महि...
सेतोपाटी संवाददाता पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ केराबारीका ७६ वर्षीय वृद्ध भीम नेम्वाङको भीरबाट लडेर मृत्यु भएको छ।, बुधबार बिहान ११ बजे गाउँ डुल्न जान्छु भनी हिँडेका नेम्वाङ बेलुकासम्म पनि घर फर्केर नआएपछि खोजतलास गर्ने क्रममा घरनजिकै रहेको छाङ्गे भीरभन्दामुनि दुई मिटर तल झाँडीमा मृत अवस्थामा फेला परेका थिए।, उक्...
सेतोपाटी संवाददाता संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरंग (ओपिडी) तर्फको टिकट निःशुल्क हुने भएको छ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना मातहतका अस्पताल तथा प्रतिष्ठानबाट ओपिडीतर्फको टिकट आज निःशुल्क हुने जनाएको छ।, स्वास्थ्य सेवा पाउने संविधानप्रदत्त  मौलिक अधिकारलाई सुदृढ कार्यान्वयन गर्न यसले ...
सेतोपाटी काठमाडौँबाट नेपालगञ्ज आउँदै गरेको बुद्ध एयरको विमान खराब मौसमका कारण बुधबार राति नेपालगञ्ज विमानस्थलमा अवतरण हुन नसकेपछि धनगढी पुगेको छ ।, काठमाडौँबाट ६४ यात्रु लिएर बुधबार साँझ ६ बजेर १५ मिनेटमा उडेको बुद्धको उडान नं ४०५ विमान निर्धारित समयमै नेपालगञ्ज पुगे पनि तीव्र हावासहितको वर्षाका कारण अवतरण हुन नसकेपछि...
सेतोपाटी संवाददाता संखुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर ८ खाँदबारी-धनकुटा सडकखण्डको अक्कड भीरबाट अरूण नदीमा खसेको बोलेरोमा सवार यात्रुवाहक जीप र यात्रु खोजीका लागि गोताखोर परिचालन गरिएको छ।, बुधबार राति को १ ज ३७४९ नम्बरको जीप दुर्घटनामा परेको थियो।, दुर्घटनामा दुई महिने बालकसहित छ जना बेपत्ता भएका थिए।, उनीहरूको ...
सेतोपाटी संवाददाता सरकारले संविधान दिवसको अवसरमा शुक्रबार एक दिन हनुमानढोका, पाटन र भक्तपुरमा रहेका राष्ट्रिय संग्रहालय नि:शुल्क प्रवेश गर्न दिने निर्णय गरेको छ।, २०७२ असोज ३ गते संविधान जारी भएको अवसरमा भोलि सरकारले सार्वजनिक बिदा पनि दिएको छ।, बिहीबार सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर...
सेतोपाटी संवाददाता नवलपरासीबाट घूससहित दुई जना पक्राउ परेका छन्।, सव डिभिजन वन कार्यालय नवलपरासीका सहायक वन अधिकृत पर्शुराम चौधरीलाई अख्तियारको टोलीले ६५ हजार घूससहित पक्राउ गरेको हो।, उनीसँगै वन कार्यालय रहेको भवनका घरधनी मनोज कुमार चौहानलाई पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले बिहीबार दिउँस...
अनुषा अधिकारी महिनावारीका कुरा, फागु पूर्णिमाको भोलिपल्ट। अघिल्लो दिन खेलिएको होलीको रङ जताततै छरिएको थियो। रातो अबिरले घरका सबै कोठाका भुइँ रंगीन भएका थिए।, झट्ट हेर्दा आकर्षक लाग्ने त्यो दृश्य अभिनेत्री केकी अधिकारीलाई भने डर लाग्दो बन्यो। बिहान उठेर बाथरूम छिरेकी केकीको मष्तिस्कमा रातो रङले कुनै रमणीय क्षणको संकेत ...
एजेन्सी फ्रान्समा बिहीबार एक बेल्जियन लडाकु जहाज दुर्घटनामा भएको छ।, फ्रान्सेली अधिकारीहरूका अनुसार उत्तर पश्चिमी फ्रान्समा रहेको ब्रिट्नी क्षेत्रको पुल्भिग्नर सहरमा बिहीबार एफ १६ लडाकु जहाज दुर्घटनामा परेको हो।, बेल्जियमबाट फ्रान्सको नौसैनिक बेस क्याम्प जान लागेको जहाज दुर्घटना भएको हो।, जहाजका दुबै जना चालक हाम फाले...
नेहा झा संविधान दिवसको पूर्व सन्ध्यामा प्रदेश २ मा मन्त्रीहरुको उपस्थितिविना सरसफाई कार्यक्रम भएको छ। , तीन दिनसम्म संविधान दिवस मनाउने निर्णय भएअनुसार पहिलो दिन सरसफाई कार्यक्रम गरिएको हो। केही दिन अगाडि मात्रै मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको बैठकले बिहीबार जनकपुरधामको जिरोमाइल र बसपार्कमा बृहत सरसफाइ क...
भगवती पाण्डे भूमि सम्बन्धी ऐन आठौं संशोधन प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पास भएपछि बुटवलका भूमिहीनहरु खुसी भएका छन्। भुमी सम्बन्धी ऐनलाई राष्ट्रियसभाबाट भएको संशोधनसहित प्रतिनिधिसभाले बिहीबार बहुमतले स्वीकृत गरेको हो। , यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाबाट भूमि सम्बन्धी ऐन (आठौं संशोधन) विधेयक संशोधनसहित पास ...
सुधिर भण्डारी बाह्र वर्ष बन्द भएर २०७० वैशाखदेखि फेरि सञ्चालन आएको साझा यातायातको पुँजी पछिल्लो समय बढेको बढ्यै छ। गत साउन १ गते सरकारले बिजुली बस खरिद गर्न साझा यातायातलाई ३ अर्ब रुपैयाँ दियो।, योसँगै साझाको पुँजी करोडबाट अर्ब पुग्यो। अहिले साझाको कुल सेयर रकम ३ अर्ब ४५ करोड ४३ लाख ४६ हजार ५ सय रुपैयाँ छ। यातायातका प...
सेतोपाटी संवाददाता यसपटकको दसैं, तिहारमा कर्णालीमा खाद्य अभाव नहुने भएको छ। दसैं तिहारलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतले खाद्यान्न पठाइसकेको छ।, कर्णालीको खाद्यान्न समस्या हुने जिल्लाहहरु हुम्ला, मुगु र डोल्पामा पनि यस वर्ष चाडपर्व अघि नै खाद्यान्न पठाइसकेको कम्पनीका प्रमुख भिमबहादुर ...
नारायण खड्का तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ भञ्ज्याङमा बिहीबार दिउँसै गोली चलेको छ। राप्ती राजमार्गअन्तर्गत अमेलीया–तुलसीपुर सडक खण्डको भञ्ज्याङमा गोली चलेको प्रहरीले जनाएको छ।, एक राउन्ड गोली चलेको खोका घटनास्थलबाट बरामद भएको छ भने जंगी राउन्ड (लाइभ बुलेट) समेत फेला परेको जिल्ला प्रहरी प्रबक्ता एवं डिएसपी विनोद व...
सेतोपाटी संवाददाता वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई सरकारले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दिने घोषणा गरेको छ।, बिहीबार सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नियमित पत्रकार सम्मेलनमार्फत् डा. रुइतलाई सो पुरस्कार दिने घोषणा गरेका हुन्।, सो पुरस्कारको राशी पाँच लाख...
नारायण खड्का तुलसीपुर–घोराही हुँदै लमही पुग्ने सडक खण्ड फोरलेनमा विस्तार गर्न हाल धमाधम सर्भेको काम भइरहेको छ। सर्भेको काम सकिएलगत्तै सडक सुधार तथा विस्तार आयोजनाको कार्यालयले स्वीकृतिको लागि अर्थमन्त्रालयमा पेश गर्ने छ।, अर्थमन्त्रालयले स्वीकृति प्रदान गरेलगत्तै सडक विस्तारको कामले प्राथमिकता पाउने छ। दसैँलगत्तै सडक ...
सेतोपाटी संवाददाता पुर्व माओवादी लडाकु कमाण्डर यमबहादुर प्रतिक्षा सहायक रथी बनेका छन्। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अधिकारीलाई सहायक रथीमा बढुवा गरेको हो।, बिहीबार मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले अधिकारीलाई विशेष पद सिर्जना गरेर सहायक रथी बनाउने निर्णय गरेको बताए।, समायोज...
एजेन्सी गत आइतबार (२९ गते) भारतको नयाँदिल्लीबाट एयर इन्डिगोको जहाज टर्कीको इस्तानबुलका लागि उड्यो।, जहाज सामान्य रूपमा इस्तानबुलको विमानस्थलमा अवतरण भयो, यात्राका क्रममा पनि केही घटना भएको थिएन।, यात्रुहरू जहाजबाट ओर्लिए। लगेज लिने ठाउँमा गएर आफ्ना सामान पर्खिए। कन्वेयर बेल्टमा उनीहरूको सामानको साटो एउटा चिठी घुम्दै आ...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले स्नातक तहका लागि असोज ३ गतेदेखि प्रवेश परीक्षा लिने भएको छ।, यसअघि सर्वोच्चको आदेशपछि रोकिएको भदौ २१, २२, २३ र २४ गते तय गरिएका परीक्षा असोज ३, ५, ६ र ७ गते हुने परीक्षा नियन्त्रण महाशाखा महाराजगञ्ज प्रवेश परीक्षा सञ्चालक समितिले निका...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका अस्पताल र स्वास्थ्य संस्थाहरूलाई असोज २ गते बिरामीबाट टिकटको पैसा नलिन निर्देशन दिएको छ।, असोज ३ गते संविधान दिवस भव्यताका साथ मनाउने सरकारी तयारी रहेकोले सोही अवसरमा स्वास्थ्य संस्थामा ओपिडी सेवाको टिकट नि:शुल्क गर्न सोमबार सूचना निकालेर मन्त्रालयले नि...
सेतोपाटी संवाददाता काठमाडौं जिल्लालाई खुला दिसामुक्त जिल्लाका रूपमा घोषणा गरिएको छ।, मंगलबार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको समारोहमा प्रदेश सांसद नारायण सिलवालले काठमाडौं जिल्ला खुला दिसामुक्त भएको पत्र पढेर घोषणा गरेका हुन्।, घोषणा सभामा बोल्द...
एजेन्सी अफगानिस्तानका राष्ट्रपति असरफ घानीको चुनावी र्‍यालीमा आत्मघाती हमला भएको छ।, सेप्टेम्बर २८ मा हुने चुनावमा फेरि राष्ट्रपति बन्न उम्मेदवारी दिएका घानीले अहिले चुनावी प्रचार गरिरहेका छन् ।, उत्तरी अफगानिस्तानको चरिकार सहरमा घानी सहभागी भएको र्‍यालीमा मंगलबार दिउँसो आत्मघाती हमला भएको हो। हमलामा परी २४ जना नागरिक...
सेतोपाटी संवाददाता प्रहरीले झापाबाट हतियार तथा दस्तावेजसहित विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गरेको छ।, सोमबार राति प्रहरीले विर्तामोड नगरपालिका-४ स्थित अनुल सारु मगरको कोठामै कार्यालय बनाएर गतिविधि गरिरहेका विप्लव समूहका झापा जिल्ला इञ्चार्ज र जिल्ला जनसरकार प्रमुखलाई प्रहरीले पक्राउ गरेको हो।, मगरको कोठा...
सेतोपाटी संवाददाता दुई वर्ष अगाडि सडकको खाल्डोमा परेर बालिकाको मृत्यु भएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सडकका खाल्डा १५ दिनभित्र पुर्न निर्देशन दिएका थिए।, २०७४ को असार अन्तिम साता दिएको निर्देशन अहिलेसम्म कार्यान्वयन भएको छैन।, गत वर्ष पनि प्रधानमन्त्री केपी शर्मा ओलीले असार अन्तिम साता ५० दिनभित्र सडकका...
दिपकजंग शाही वीरेन्द्रनगर नगरपालिकामा पूर्वसूचना प्रणाली जडान गर्न लागिएको छ।, वीरेन्द्रनगर–१४ गोठीकाँडामा स्वचालित पूर्वसूचना प्रणाली जडान गर्न लागिएको हो।, सहरी विपद् जोखिम व्यवस्थापन परियोजना, जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत, नेपाल रेडक्रस सोसाइटी सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाबीच समन्वय गरी बाढी पूर्वसूचना ...
नारायण खड्का भारतको हिमाञ्चल प्रदेशबाट उद्दार गरी १४ वर्षीय विशाल चौधरीलाई गृहजिल्ला दाङ ल्याइएको थियो। प्रहरीले एक सम्मेलन गरी विशाललाई आफ्नी आमा माया चौधरीको जिम्मा लगाउन खोज्यो।, मायाको हातमा थमाइदिँदै गर्दा विशालका आँखाबाट बर्रर्रर आँशु झरे, आमासँग जान खोजेनन्। विशालको प्रतिक्रियाले सहायक सिडियो, डिएसपी लगायत अधिक...
नारायण महर्जन येँया पुन्ही, अर्थात् इन्द्रजात्राकाे अन्तिम दिन मंगलबार नानिचाः यात्रा सम्पन्न भएकाे छ। कुमारी रथ यात्राकाे तेस्राे दिन नानिचाःयामा विशेषगरी महिलाहरूले रथलाई बीचकाे टाेलमा परिक्रमा गराएका छन्।, येँयामा रथ तान्नेदेखि प्राय: बाह्य गतिविधिहरूमा पुरूष मात्र सरिक हुन्थे। रथ तान्दा प्रयोग हुने डोरीलाई शेष नाग...
प्रभाकर गौतम के तपाईं एक-दुई मिनेट ढिलो भएकै कारण कुनै डाक्टरको क्लिनिकबाट फर्किनुपरेको छ?, 'फिजिसियन' डाक्टर सुन्दरमणि दीक्षितकहाँ जँचाउन जाँदै हुनुहुन्छ भने समयको ख्याल राख्नुस्, निराश भएर फर्किनुपर्ला।, कोही बिरामीलाई डा. दीक्षितसम्म पुग्नु छ भने चलनचल्तीको 'नेपाली टाइम'मा होइन, उनकै अर्थात् घडीकै समयअनुसार चल्नुपर...
सेतोपाटी मेरापिक क्षेत्रमा लेक लागेर आज एक पर्यटकको मृत्यु भएको छ ।, मृत्यु हुनेमा भारतीय नागरिक ३३ वर्षीय गोविन्द लखमान रहेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिएका छन् ।,  लेक लागेर बिरामी भई अलपत्र परेका सात विदेशी तथा एक नेपालीको उद्धार गरिएको छ । उनीहरुलाई हेलिकप्टरमा उद्धार गरी काठमाडौँ पठाइए...
सबिना श्रेष्ठ येँया अर्थात इन्द्रजात्राको यःसिं (लिंगो) ढालेर जात्रा समापन गर्ने साइत मंगलबार २९ बजेर ३५ मिनेटमा हो।, २९ बजेर ३५ मिनेट !, राष्ट्रिय पञ्चांग निर्णायक समितिले समयतालिका निकाल्दा जात्रा सञ्चालन गर्ने टोलीहरू सुरूमा जिल खाए। लेख्ने बेलामा समितिले झुक्किएर गलत पो लेख्यो कि? भन्नेसम्म भयो।, सामान्यतया हाम्रो...
सेतोपाटी थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको हाताभित्र रहेको अक्सिजन प्लान्टमा विस्फोट भएको छ ।, उक्त विस्फोटनमा परी दुई प्राविधिक घाइते भएका छन् ।, प्लान्ट मर्मत गरिरहेको अवस्थामा विस्फोटन भएको अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले जानकारी दिए ।, घाइतेको नाम अस्पतालले सार्वजनिक गरेको छैन । हाल द...
सेतोपाटी अविरल वर्षाका कारण आएको पहिरोले गर्दा अरनिको राजमार्ग बन्द भएको छ।, पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिरो गएपछि राजमार्गमा यातायात ठप्प भएको हो।, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोका अनुसार भुम्लु गाउँपालिका–१० दोलालघाट बजार नजि...
सेतोपाटी संवाददाता कर्तव्य ज्यान मुद्दामा फरार चितवन राप्ति नगरपालिका-७ बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका ५८ वर्षीय भरत सुनारलाई घटना गराएको १७ वर्षपछि  प्रहरीले पक्राउ गरेको छ।, घटनामा संलग्न रही फरार रहेका सुनारको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले उनलाई चितवन राप्ती नगर...
सेतोपाटी संवाददाता कलेज पढ्ने युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेका पूर्वसांसद योगेन्द्र घिसिङलाई जिल्ला प्रशासन कार्यालय ललितपुरले पाँच हजार धरौटीमा रिहा गरेको छ।, मंगलबार प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले घिसिङलाई धरौटी राखेर थुनामुक्त गर्न आदेश दिएका हुन्।, घिसिङ भदौ २४ गते भैंसेपाटीबाट पक्राउ परेका थिए।, सार्...
सेतोपाटी संवाददाता एक साताअघि पासाङ ल्याह्मु राजमार्गमा पहिरोले सडक नै बगाइदियो। रसुवाको राम्चे नजिकै आएको पहिरोले झन्डै १५ मिटर सडक बगाइदिएपछि राजमार्ग अवरुद्ध छ। राजमार्ग अवरूद्ध हुँदा एकातिर नागरिकले आवतजावतमा सास्ती भोग्नु परेको छ भने अर्कातिर चीनसँगको प्रमुख नाका रसुवागढीबाट सामान आउन रोकिए।, केरूङबाट सामान ल्याए...
रासस संखुवासभाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप गएराति १०:३० बजे दुर्घटना हुँदा कम्तीमा छ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एकै परिवारका तीन जना रहेका छन्।, धर्मदेवी नगरपालिका–८ मा पर्ने अक्करको भिरबाट को१ज ३७४९ नम्बरको जिप अरुण नदीमा खसेको हो। जिप राति १०:३० बजे सिधैँ अरुण नदीमा खसेर बेपत्त...
रासस सडक फराकिलो हुँदासमेत साँघुरा पुलका कारण यातायात आवागमनमा समस्या देखिएका नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ।, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ मन्त्री भएसँगै पहिलो हस्ताक्षर सोही पुल निर्माण गर्ने निर्णय पुस्तिकामा गरेका थिए।, हाल ती पुलहरू छ मिटर हाराहारी फरा...
सेतोपाटी संवाददाता सोमबारदेखिको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोमा परी २ जनाको मृत्यु भएको छ। संखुवासभाको मकालु गाउँपालिका-६ की २६ वर्षीया शुकमाया राईको खोलाले बगाएर मृत्यु भएको छ।, गत सोमबार अपराह्न ४ बजे राईसहित अन्य चार जना आफन्त सिलिचोङ गाउँपालिका-५ र मकालु गाउँपालिका-६को बीचमा पर्ने पोखुवा खोला तर्ने क्रममा शु...
सेतोपाटी संवाददाता देशका ठाउँ-ठाउँमा अहिले डेंगी रोगको संक्रमणको रूपमा फैलिरहेको छ।, रोगकै कारण जनता त्रसित छन् भने सरकारले यसलाई नियन्त्रणका लागि परेको बताउँदै आएको छ।, गण्डकी प्रदेशमा करिब १३ सयको हराहारीमा डेंगी संक्रमित भएका छन्।, यसरी डेंगी रोग फैलिँदै गर्दा यसको नियन्त्रणमा खटिएका कर्मचारीहरूले भने लपारबाही गरेक...
एजेन्सी पश्चिम अफ्रिकी मुलुक लाइबेरियामा मंगलबार राति एक बोर्डिङ स्कुलमा आगलागी हुँदा कम्तीमा २७ बालबालिकाको ज्यान गएको छ।, राजधानी मान्रोभियादेखि पूर्वतिर पर्ने पेनेसभिला शहरको एक विद्यालय भवनमा बालबालिकाले कुरान पढिरहेका बेला आगलागी भएको थियो। विद्युत सर्ट भएका कारण आगलागी भएको हुन सक्ने बताइए पनि विस्तृत विवरण आइसक...
सेतोपाटी संवाददाता कपनमा एक अधवैंशे महिलाको हत्या भएको छ।, कपनको तेन्जिङ चोकस्थित किराना पसलभित्रको एउटा कोठामा हातमुख बाँधेर हत्या गरेको अवस्थामा बुधबार बिहान महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।, बौद्धका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहका अनुसार कपिलवस्तुकी ४० वर्षीया कमला केसीको शव उनी ...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी प्रभाग थलीका इञ्चार्जलाई घूससहित पक्राउ गरेको छ।, टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले प्रभागका प्रहरी नायब निरीक्षक (सई) विपिनचन्द्र पन्तलाई बुधबार रंगेहात पक्राउ गरेको हो।, कार्यकक्षमै घूस लिइरहेका बेला पन्तलाई पक्राउ गरिएको अख्ति...
नारायण खड्का दाङको घोराही उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि लामखुट्टे मार्न बिहीबारदेखि विषादी छर्ने भएको छ।, घोराही वडा नं. १५ का वडा अध्यक्ष रमेश पाण्डेले बिहीबारदेखि नगरपरिसरबाटै लामखुट्टे मार्ने औषधि छर्ने तयारी गरिएको जानकारी दिए। जिल्लामा डेंगीका बिरामी दिनानुदिन थपिँदै जान थालेपछि घोराहीले रोग सार्ने लामख...
सेतोपाटी संवाददाता रक्सी पिएर नेपाल प्रहरीका प्रहरी सहायक (असई)लाई कुटपिट गर्ने पाँच जना कर्मचारीविरूद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको छ।, बाजुरा सदरमुकाममा चलेको अनन्ते मेलामा सुरक्षार्थ खटिएका असई मानबहादुर चन्दमाथि आइतबार राति मादकपदार्थ सेवन गरी आक्रमण भएको घटनामा पाँच कर्मचारी पक्राउ परेका थिए।, प्रहर...
सेतोपाटी संवाददाता ‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाइट तथा सामाजिक संजाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम र लिंकड्ईन संचालनमा ल्याइएको छ।, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले बुधबार काठमाडौंमा एक कार्यक्रममा बीच ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सम्पूर्ण सूचनाहरु जानकारी दिने उद्देश्यका साथ तया...
सेतोपाटी संवाददाता पैंसठ्ठी हजार घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार नवलपरासीबाट दुई जनालाई नियन्त्रणमा लिएको छ।, अख्तियारका अनुसार सव-डिभिजन वन कार्यालय, प्रतापपुर नवलपरासी वर्दघाट-सुस्तापश्चिमका सहायक वन अधिकृत पर्शुराम चौधरी र वन कार्यालयको घरबेटी मनोजकुमार शर्मालाई अख्तियारले पक्राउ ...
एजेन्सी बेलायतमा हरेक घण्टा औसतमा दुई सय जनाले चुरोट त्याग्ने गरेको एक तथ्याङ्कले देखाएको छ ।, यूनिभर्सिटी कलेज लण्डनले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चुरोट त्याग्नेहरुको सङ्ख्या औसतमा बेलायतमा सवैभन्दा धेरै रहेको छ ।, गत दश बर्षको अवधिमा छिट्टै चुरोट त्याग्नेहरूको संख्यामा बेलायत सबैभन्दा अगाडि देखिएको पब्लि...
सेतोपाटी भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुलको माग गर्दै शुरु भएको रिले अनशन १२ दिनसम्म पनि जारी रहेको छ ।, पुल निर्माणका लागि सरकारी पक्षबाट कुनै पहल नभएकाले अनशन जारी राख्न बाध्य भएका पुल निर्माण सङ्घर्ष समितिका संयोजक नरबहादुर चन्दले जानकारी दिएका छन् ।, झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सबै...
नारायण खड्का प्रतिबन्धित लागुऔषध चरेशसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। दाङ प्रहरीले साढे ८ किलो चरेशसहित तीन जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा रोल्पा जिल्लाको गंगादेव गाउँपालिका वडा नं. ४ का २१ वर्षीय गणेश वली, सोही ठाउँका २७ वर्षीय भूपेन्द्र थापा र ४० वर्षीय अमृत थापा रहेका छन्। जिल्ला प्रहरी प्रवक्ता एव...
रासस दुई दिनदेखि परेको वर्षाका कारण यहाँको हनुमन्ते र मनोहरा खोलामा आएको बाढीका कारण खोला किनारामा रहेको बस्ती जोखिममा परेको छ। मनोहरा खोलामा आएको बाढीका कारण मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित सुकुम्बासी बस्ती र त्यस आसपासका क्षेत्रका बस्ती डुबानमा पर्ने जोखिममा परेको छ। , , स्थानीय राम मगरले हिजोदेखि परेको पानीका...
सेतोपाटी राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवसका अवसरमा विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गरिने घोषणा भएको छ ।, नेपाल सरकारको सिफारिसअनुसार महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) दिवङ्गत साहित्यकार मदनमणि दीक्षित र दिवङ्गत तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अ...
सेतोपाटी ज्येष्ठ नागरिकलाई फुर्सदको समयमा दिन कटाउने वातावरण सिर्जना गर्ने उद्देश्यसहित तनहुँको व्यास नगरपालिका–५ चापाघाटमा दिवाकालीन आश्रम निर्माण गरिएको छ। ज्येष्ठ नागरिकले एक्लो महसुस गर्न थालेपछि दिउँसोको समयमा जम्मा हुने र एकापसमा भलाकुसारी गर्ने उद्देश्यले भजन सङ्कृतन समूहले दिवाकालीन आश्रम निर्माण गरेको हो।, वि...
सेतोपाटी दशैँको बेला हुने सवारी जामलाई ध्यानमा राख्दै ठूला तथा मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्र चलाउने सहमति भएको छ।, जिल्ला प्रशासन कार्यालयले बिहीबार धुनीबेसी नगरपालिकास्थित मछिन्द्र बहुमुखी क्याम्पसमा आयोजना गरेको सडक सुरक्षासम्बन्धी कार्यक्रममा उक्त सहमति भएको हो। सडक जाम कम गराई यात्रुलाई छिटो गन्तव्यमा पु...