content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता शृंखलाबद्ध चोरी तथा लुटपाट मच्चाउने गिरोहलाई सिरहा प्रहरीले पक्राउ गरेको छ। गोलबजार नगरपालिका-४ स्थित राजु इन्टरप्राइजेजबाट मोबाइल चोरी गर्ने तीन जनालाई  सिरहा प्रहरीले पक्राउ गरेको हो।, पक्राउ पर्नेमा अर्नामा गाउँपालिका-३ लालपुरका १७ वर्षीय रामेश्वर साफी, सोही वडाका ३६ वर्षीय बिन्दुकुमार महतो र ३२ ...
सेतोपाटी पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज सोमबार बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।, मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।, दुर्घटनामा घाइतेमध्ये १...
सेतोपाटी  तीन दिनदेखि मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा सयौं विदेशी पर्यटक अलपत्र परेका छन् ।, खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौँ फर्कने करीब ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिएका छन् ।, उनका अनुसार शुक्रबारदेखि मौसम प्रतिकूल हुँदा पर्य...
सेतोपाटी संवाददाता प्रहरीले ज्ञानेन्द्र शाहीलाई मुद्दा चलाउने तयारी गरेको छ।, महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलाउने तयारी थालेको हो।, शाहीलाई आइतबार ललितपुर परिसरले पुल्चोकबाट नियन्त्रणमा लिएको थियो। पत्रकार सम्मेलनमा झडपको स्थिति भएपछि उनलाई सुरक्षाका लागि नियन्त्रणमा लिएको ...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा ‘प्रोफेसर (जस्टिस) एभी रोहद्गी जुरिष्ट अर्वाड २०१९’ बाट सम्मानित भएका छन्। , मेनन इन्स्टियुट अफ लिगल एड्भोकेसी ट्रेनिङ सेन्टर तथा सोसाइटी अफ इन्डियन ल फर्मबाट प्रदान गरिने उक्त अवार्डबाट सिन्हा सम्मानित भएका हुन्।, भारतको सर्वोच्च अदालतका पूर्वन्यायाधीश सा...
एजेन्सी भारतको आन्ध्र प्रदेशमा पर्यटकहरू चढेको डुंगा गोदावरी नदीमा पल्टिँदा १२ जनाको मृत्यु भएको छ।  घटनामा ३० जना बेपत्ता भएका छन्।, आइतबार गोदावरी नदी हुँदै पर्यटकीय पापीकोन्डालु हिल्स जान लाग्दा ठूलो ढुंगामा ठोक्किएर डुंगा पल्टिएको हो।, डुंगामा ६० जनाभन्दा बढी सवार रहेको र अझै ३० जना बेपत्ता रहेको बिबिसी हिन्दीले ज...
नारायण खड्का अचेल महिनावारी हुँदा पनि सल्यानमा छात्राहरू नियमित विद्यालय आउन थालेका छन्। विद्यालयमा छात्रा विश्राम कक्षको निर्माण भएपछि छात्राहरू नियमित विद्यालय आउन थालेका हुन्।, जिल्लाको कपुरकोट गाउँपालिकाले आफ्नो पालिकाभित्रका सबै माध्यमिक विद्यालयहरूमा छात्रा विश्राम कक्ष बनाएको छ। , महिनावारी हुँदा छात्राहरू विद्...
सेतोपाटी संवाददाता राष्ट्रिय सूचना आयोगले मुलुकभित्र फैलिँदो डेंगी रोगबाट बच्न आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई निर्देशन दिएको छ।, राष्ट्रिय सूचना आयोगले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो रोगबाट बच्न नागरिकलाई आवश्यक सूचना प्रवाहको उचित व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ना...
सेतोपाटी संवाददाता प्रहरीले ज्ञानेन्द्र शाहीलाई हिरासतमुक्त गरेको छ।, महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलाउने तयारी गरेको थियो।, तर, प्रहरीले ‘एक पटकलाई माफी दिइएको’ छोडेको बताएको छ।, ‘उहाँलाई सम्झाइबुझाइ गर्‍यौं, आइन्दा कुनै पनि कार्यक्रम गर्दा झगडा नगर्नुस् भन्यौं,’ ललितपुर प...
सेतोपाटी संवाददाता रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका कर्मचारीलाई पुनर्बहाली गर्न माग गर्दै सिंहदरबारमा धर्ना दिएकालाई प्रहरीले पक्राउ गरेको छ।, रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका कर्मचारीलाई पुनर्बहाली गर्न माग गर्दै रेडियो नेपाल पुगेका नेपाल पत्रकार महासंघका सचिव...
सेतोपाटी संवाददाता शनिबार साँझ नेपालगञ्जबाट काठमाडौं आउन लागेको आफ्नो जहाजभित्र भएको घटनाबारे बुद्ध एयरले स्पष्टिकरण दिएको छ।, नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकलाई लेखिएको पत्रमा बुद्ध एयरले उक्त दिन जहाज निर्धारित समयभन्दा २४ मिनेट ढिला उडेको स्वीकारेको छ।, यस्तो छ बुद्ध एयरको प्राधिकरणमा बुझाएको पत्र, मिति २०७६ ...
सेतोपाटी संवाददाता दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै प्रहरीले भोजपुर हचुवागढी गाउँपालिका- ३ का एल्जित राईलाई पक्राउ गरेको छ।, राई  बा ४ ख८२ नम्बर बसका सहचालक हुन्।, काठमाडौंको तारकेश्वर नगरपालिकाको शुभकामना चोकमा अलमलमा परेका दुई बालिकालाई बस ड्राइभरले गाडीमा आश्रय दिएको तर राति सहचालक राईले यौन दुर...
नारायण महर्जन १२ वर्षमा प्रदर्शन हुने कीर्तिपुरको बाघभैरव नाच (गथु प्याखँ) को जग्गा स्थानीय खाजाघर 'नेवाः लहना'ले मिचेको भन्दै गुठीयारहरू आक्रोशित भएका छन्। खाजाघरको भवन निर्माण क्रममा नाचघरको जग्गा पनि मिचिएको गुठीका नाइके अर्जुन मालीको भनाइ छ।, ‘पहिले पनि भर्याङका लागि भनेर हाम्रो जग्गा लिएको थियो। टोलको लागि भोज घर...
सत्यमोहन जोशी (प्रस्तुतिः गिरीश गिरी) मेरो बिहे भएको ८२ वर्ष भयो। यति लामो समयको जीवनसाथीसँग लगनगाँठो कसरी जोडिएको थियो भन्ने सायद हिजोआजका पुस्तालाई पत्याउन गाह्रो पर्छ।, १७ वर्ष पूरा भएर १८ मा टेकेकै बेला मेरो बिहे भएको थियो। त्यति बेला मेरी श्रीमती अर्थात् राधा पात्रवंश केवल १४ वर्षकी थिइन्। पात्रवंशहरूले हिजोआज सज...
सेतोपाटी पाँच महिनाको अवधिमा विपद्का घटनामा परी २७१ जनाको मृत्यु भएको छ ।, प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ वैशाख १ देखि भदौ २९ गतेसम्ममा विपद्मा परी सो सङ्ख्यामा मृत्यु भएको हो ।, यस्तै, ६४६ घाइते भएका छन् भने ७६७ व्यक्ति विस्थापित भएका छन् ।, घटनामा परी एक हजार ६३ चौपाया मरेका छन् । चार हजार ६०७ घर डुबानमा परेका...
सेतोपाटी संवाददाता मौसम पूर्वानुमान शाखाले आज देशैभरि बदली रही पानी पर्ने जनाएको छ।, बिहान ६ बजे ३ दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गर्दै महाशाखाले यस्तो बताएको हो।, हाल  पूर्वी तराई, मध्य र पश्चिमका केही स्थानमा सामान्य बदली भई मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी भू-भागमा पनि आंशिकदेखि सामा...
सेतोपाटी नेपालको इतिहासमै कलङ्कका रुपमा रहेको कपिलवस्तु घटनाको १२ वर्ष बितेको छ ।, विसं २०६४ भदौ ३० गते कपिलवस्तुको कुदरबेटवाका तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका स्थानीय नेता अब्दुल मोइद खाँको अज्ञात समूहले हत्या गरेपछि भड्केको हिंसाका कारण १४ सर्वसाधारणको ज्यान गएको थियो ।, सर्वसाधारणले ज्यान मात्र गुमाएनन्, ५...
सेतोपाटी मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ ।, उनकी ममतामयी आमा चित्रकुमारी रेग्मीको उपचारका क्रममा गएराति मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा निधन भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए ।, केही समयदेखि मुटुरोगको उपचार गराइरहेकी ९० वर्षीया रेग्मीको उपचार...
सेतोपाटी संवाददाता बाजुरामा जड्याँहाको कुटाइबाट नेपाल प्रहरीका एक असई घाइते भएका छन्।, बाजुरा सदरमुकाममा चलेको अनन्ते मेलामा सुरक्षार्थ खटिएका असई मानबहादुर चन्दमाथि आइतबार राति मादकपदार्थ सेवन गरेको समूहले कुटपिट गर्दा उनी घाइते भएको प्रहरी निरीक्षक जनक ढुंगानाले दिएका छन्।, 'मादकपदार्थ खाएर होहल्ला गर्दै हिँडेकी एक ...
सेतोपाटी संवाददाता बाढी पूर्वानुमान शाखाले निरन्तरको वर्षाका कारण बाढी आउने भएकाले आज र भोलि देशका पूर्व देखि मध्यपश्चिमसम्मका क्षेत्रमा बहने नदीका तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको छ।, शाखाले कोसी, बागमती, नारायणी ,पूर्वी राप्ती, रिउखोला, आरूण,तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला,लालबकैया लगायत मकबानपु...
नारायण खड्का तुलसीपुरको विरेन्द्रचोकमा एउटा ट्रयाक्टर आफ्नै गतिमा कुदिरहेको थियो । तर त्यसमा चालक देखिदैन थिए ।, त्यो देखेर डिउटीमा रहेका प्रहरी जवान अलमलमा परे । उनले दौडिएर गएर ट्रयाक्टर रोके। एकजना किशोरस्टेरिङबाट उठ्दै प्रहरीलाई हेरे र सोधे, ‘के भो सर?’, प्रहरीले सोध्यो ‘के तिम्रो सवारी चालक अनुमति पत्र (लाईसेन्स)...
रासस बाग्लुङ गलकोट नगरपालिका-७ मल्मका ४१ वर्षीय गंगा थापाको जापानमा मृत्यु भएको छ।, कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको गैरआवासीय नेपाली संघ जापानका सदस्य शिवु थापाले जानकारी दिए।, दुई साताअघि रेष्टुराँमा काम गरिरहेका बेला एक्कासी बेहोस भएपछि उनलाई अस्पताल भर्ना...
रासस सरकारले मर्करीयुक्त उपकरण तथा डेन्टल अमल्गमको प्रयोगमा प्रतिबन्ध लगाएको छ।, यही भदौ ४ गते मन्त्रिस्तरीय निर्णयबाट अब आम नागरिकले मर्करीमुक्त दन्त चिकित्सा तथा मर्करीमुक्त स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्।, अब गर्भवती र स्तनपान गराइरहेका महिला तथा १५ वर्षमुनिका बालबालिकामा मर्करी डेन्टल अमल्गमको प्रयोग पूर्णतः...
सेतोपाटी संवाददाता मौसमको खराबीका कारण एकैपटक आधा दर्जन बढी हेलिकप्टरले एकै क्षेत्रमा आकस्मिक अवतरण गरेका छन्।, काठमाडौं विमानस्थलमा आउँदै गरेका अधिकांस हेलिकप्टर काभ्रे,सिन्धुली जिल्लाका विभिन्न ठाउँमा अवतरण गरेका हुन्।, सिम्रिक एयरका २ वटा, मनाङ एयरको एउटा र कैलाश एयरको एउटा हेलिकप्टर काभ्रेको पाँचखाल नगरपालिका स्थि...
सबिना श्रेष्ठ काठमाडौंको सबभन्दा ठूलो उत्सव येँया पुन्ही, अर्थात् इन्द्रजात्रामा रथ तान्नेदेखि प्राय: बाह्य गतिविधिहरूमा पुरूष मात्र सरिक हुन्थे। आठ वर्षअघि आएर महिला र पुरूषलाई समावेशी ढंगले सरिक गराउनुपर्छ भन्ने कुरा उठ्यो।, त्यसपछि सुरू भयो, एउटा नयाँ परम्पराको थालनी- तीन दिन हुने कुमारी रथयात्रामा एकदिन महिलाहरूले...
सेतोपाटी संवाददाता नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीको भत्ता बढाउने निर्णय गरेको छ।, सैनिकहरूले पाउँदै गरेको भत्तामा प्रतिमहिना ८५ अमेरिकी डलर (साढे ९ हजार बढी रुपैयाँ) वृद्धि गर्ने निर्णय सेनाले गरेको हो।, सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको सोमबारको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले...
सेतोपाटी कला गायक राजेश पायल राईको घरमा आगलागी भएको छ ।बानेश्वरस्थित उनको घरमा सोमबार साँझ आगलागी भएको हो ।, आगलागीबाट के कति क्षतi भएको छ भन्ने विवरण आइसकेको छैन ।, आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् ।, यतिबेला साङ्गीतिक कार्यक्रमका लागि राजेश काठमाडौं...
सेतोपाटी संवाददाता पेप्सिकोला टाउन प्लानिङस्थित हर्षित बचत तथा ऋण सहकारी संस्थाको सेफ चोरेर फरार भएका दुई व्यक्ति पक्राउ परेका छन्।, पक्राउ पर्नेहरुमा रामेछापका १८ वर्षीय सुनिल थापा मगर र २१ वर्षीय दानबहादुर थापा मगर रहेका छन्।, भदौ २५ गते बिहान २ बजे सहकारीको सेफ हराएको थियो। सेफमा नगद सात लाख ८९ हजार रुपैयाँ रहेको थ...
सेतोपाटी संवाददाता विवेकशील नेपालीको आन्तरिक चुनावमा अध्यक्ष उज्वल थापा नउठ्ने भएका छन्। आठ वर्षदेखि अध्यक्षको पदमा रहेका थापाले आन्तरिक चुनावमा कुनै पनि पदका लागि नउठ्ने घोषणा गरेका हुन्।, ‘पार्टीमा न्याय र मित्रता कायम गर्नका लागि यस्तो निर्णय भएको हो’ प्रवक्ता मिलन पाण्डेले भने।, मंगलबार यसबारेमा उनले पार्टीका कार्...
सबिना श्रेष्ठ काठमाडौंको सबभन्दा ठूलो उत्सव ‘येँया’, अर्थात् इन्द्रजात्रामा लाखे, पुलुकिसी, देवीनाच, महाकाली नाच, दसअवतार र कुमारी रथयात्रा विशेष आकर्षण हुन्।, तर, येँया यति मात्र होइन। यो यस्तो पर्व हो, जहाँ मनोरञ्जन मात्र हुँदैन, परिवारका दिवंगत सदस्यको आत्माको चिरशान्तिको कामना पनि गरिन्छ।, त्यसैको उदाहरण हो, उपाकु...
खिलानाथ ढकाल बिहीबार अपराह्न चार बजे त्रिभुवन विमानस्थलको गेटबाहिर चार युवा पर्यटक बस लिएर कसैलाई कुरिरहेका थिए। एल्ली गुरूङ, उनकी श्रीमती र आठ महिनाकी छोरी त्रिभुवन विमानस्थलमा अपराह्न ओर्लिएका थिए।, प्रहरीका अनुसार उनीहरू बुद्ध एयरको जहाजमा भद्रपुरबाट काठमाडौं आएका थिए। आन्तरिक टर्मिनल भवनबाट बाहिर निस्केपछि ‍उनीहरू...
सेतोपाटी जिल्लाका अधिकांश स्थानमा अविरल वर्षाका कारण एक सय २० घर जोखिममा परेका छन् ।, लाखौँ रुपैयाँको  धनमाल नष्ट भएको छ । अधिकांश स्थानमा पहिरोको जोखिम बढेपछि बस्ती स्थानान्तरण गर्नुपर्ने देखिएको छ । , वर्षाका कारण शैलुङ गाउँपालिका–८ एक्ले पाखाका उद्धव कार्कीको कुखुरा फार्म पहिरोमा पुरिएको थियो । पहिरोले फार्ममा रहेक...
सेतोपाटी मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आएको छ ।, विसं २०७० देखि बन्द भएको सो विमानस्थलमा गण्डकी प्रदेश सरकारको पहलमा शुक्रबार समिट एयरको विमान अवतरण गरेको हो ।, प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, प्रतिनिधिसभाका सांसद पोल्देन गुरुङलगायत समिट एयरको विमानब...
सेतोपाटी सप्तरीको कञ्चनरुप नगरपालिकामा छुट्टाछुट्टै सडक दुर्घटनामा शुक्रबार तीन जनाको मृत्यु भएको छ ।, सप्तरीको कञ्चनरुप नगरपालिका–८ नन्दलालचोकमा  मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।,  फत्तेपुरबाट कञ्चनपुरतर्फ आउँदै गरेको बा ९१प १७३० नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोट...
नारायण खड्का तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ को अकमी–ड्वाँङपुर गाउँको केही माथि वन क्षेत्र हुँदै जाने बाटोमा एउटा ढुङ्गा छ।, सो ढुङ्गामाथि एउटा बसिरहेको बाघको मूर्ति छ।, आज पनि यो बाटो हिँड्नेहरू यसलाई देखेपछि एकछिन् टक्क अडिन्छन् र यसलाई हेर्छन्।, यसले उनीहरूको मनमा बाघ झैं दुरूस्तैगरी यो मूर्ति कसले कहिले र किन ...
सेतोपाटी संवाददाता काठमाडौंको टोखामा बालमैत्री पार्क र सार्वजनिक शौचालय बन्ने भएको छ।, संघीय सरकार, काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाको साझेदारीमा निर्माण हुन लागेको पार्क ६५ रोपनी क्षेत्रफलमा फैलिएको छ।, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले टोखा नगरपालिकास्थित झोरमा निर्माण हुन लागेको बालमैत्री पार्क ...
भगवती पाण्डे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत तराई मधेश समृद्धि कार्यक्रममार्फत् रुपन्देही जिल्लामा ६ करोड ३५ लाखका योजना छनोट भएका छन्।, छनोट भएका प्रत्येक योजनामा सम्बन्धित स्थानीय तहले पनि कम्तीमा १० प्रतिशत थप लागत सहभागिता जनाउनु पर्नेछ।, जिल्लाको बुटवल उपमहानगरपालिकासँगै ५ वटा नगरपालिका र ५ वट...
सेतोपाटी काठमाडौँको चन्द्रागिरि नगरपालिका–१४ मा सवारी दुर्घटना हुँदा शनिबार एकजनाको मृत्यु भएको छ ।, चन्द्रागिरीको मुख्य सडकमा ना६ख २७४४ नंको ट्रकले बा८९प ४३२९ नंको मोटरसाइकललाई दिउँसो ठक्कर दिँदा मोटरसाइकल पछाडि बस्ने चन्द्रागिरि नगरपालिका–८ बौथलीका २२ वर्षीय मनिष कार्कीको मृत्यु भएको हो ।, महानगरीय प्रहरी वृत्त थानक...
सेतोपाटी डडेल्धुरा पनि डेङ्गु रोगका एक जना बिरामी भेटिएका छन् ।, बझाङको बुङ्गल नगरपालिका–५ का १२ वर्षीय सुरेश बोहरालाई परीक्षण गर्दा डेङ्गु पोजेटिभ देखिएको डडेल्धुरा अस्पतालले जनाएको छ ।, उपचारका लागि डडेल्धुरा ल्याइएका उनलाई डेङ्गुको लक्षण देखापरेकाले परीक्षण गर्दा डेङ्गु देखापरेको अस्पतालका डा जीवन खरेलले बताएका हुन...
नेहा झा देशभर डेंगीको प्रकोप बढेको बेला प्रदेश २ विभिन्न जिल्लामा भने इन्फ्लूएंजाको प्रकोप बढेको छ ।, इन्फ्लूएंजाको प्रकोपबाट धनुषा, महोत्तरी, सिरहा लगायतका जिल्ला बढी प्रभावित भएका छन्।, जनकपुर अञ्चल अस्पतालमा इन्फ्लूएंजाका बिरामी दैनिक ४ सयदेखि ६ सयको हाराहारीमा आइरहेका अञ्चल अस्पतालका निमित्त मेसु एवं बालरोग विभागक...
दिपकजंग शाही नेपालमा नवजात शिशु मृत्युदर प्रति हजारमा २१ हुँदा कर्णाली प्रदेशमा भने २९ छ।, कर्णाली प्रदेशमा एक हजार नवजात शिशु जन्मँदा महिना दिन नपुग्दै २९ जनाको मृत्यु हुने गर्छ।, तथ्याङ्क अनुसार गत आर्थिक वर्ष ०७५/७६ मा मात्र कर्णाली प्रदेशमा १४३ नवजात शिशुको मृत्यु भएको छ।, कर्णाली प्रदेशमा नवजात शिशु मृत्युदर बढी ...
एजेन्सी  अफगानिस्तानको दक्षिणी क्षेत्र कान्दाहारमा आफ्नै सहकर्मीले चलाएको गोली लागी कम्तीमा नौ प्रहरीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।, शुक्रबार राति शाहवालीकोट जिल्लाको दमानी क्षेत्रमा आफ्नै सहकर्मीले चलाएको गोली लागी नौ अफगानी प्रहरीको मृत्यु भएको अफगानी ‘वन टिभी’ले प्रहरीलाई उद्धृत गरी जानका...
सेतोपाटी पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ ।, जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका–६ का २५ वर्षीय सरोज तामाङ र कालिका नगरपालिका–७ का २८ वर्षीय विकास श्रेष्ठ रहेका छन् ।, पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल...
भगवती पाण्डे रुपन्देहीको रोहिणी गाउँपालिकामा अज्ञात समूहले गोली हानी एक व्यक्तिको हत्या गरेको छ। अज्ञात समूहले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।, हिमालयन बैंक भैरहवाबाट रकम निकालेर जाँदै गरेका ओमसतिया गाउँपालिका-५ का ३५ वर्षीय महेन्द्र कुर्मीको रोहिणी गाउँपालिका-३ ...
सेतोपाटी संवाददाता बझाङस्थित बित्थडचिर गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ।, आइतबार बिहान करिब १ बजेको समयमा से १ झ २७४ नम्बरको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ।, गाडी जलेर अगाडिको पूर्णरूपमा क्षति भएको र पछाडिका सिट जलेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर ईश्वरी दत्त पाण्डेयले बताए।, घटनामा संलग्न रह...
सेतोपाटी संवाददाता हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प गएको छ।, आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।, थप विवरण आउन बाँकी छ।, हुम्ला केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प
सेतोपाटी संवाददाता सल्यानस्थित सिद्ध कुमाख गाउँपालिकाको गाडीमा अज्ञात व्यक्तिले आगजनी गरेको छ।, गएराति ११ देखि १२ बजेको समयमा गाउँपालिकामा रहेको रा १ झ १७० नम्बरको गाडीमा आगजनी गरिएको प्रहरीले जनाएको छ। उक्त गाडीमा पूर्णरूपमा क्षति पुगेको छ।, 'यो व्यक्तिगत रिसका कारण गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ,'जिल्ला प्रह...
सेतोपाटी संवाददाता कपिलवस्तु, सर्लाही र चितवनमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।, प्रहरीका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिका-१ बुङ्चिस्थित पूर्वपश्चिम राजमार्गमा लु३त ७२७२ नम्बरको ट्याक्टर शनिबार साँझ खाल्डोमा पल्टिँदा गम्भीर घाइते भएका ट्याक्टर चालक २७ वर्षीय रामु थारु र सोही ठाउँ बस्ने १७ वर्षीय रं...
सेतोपाटी संवाददाता कैलालीस्थित लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईंको कार्यकक्षमा  अज्ञात समूहले आगजनी गरिएको छ।, गएराति १० बजेको समयमा मेयरको कार्यकक्षमा पेट्रोल लगाएर जलाउने प्रयास गरेको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईंले बताए।, कार्यकक्षमा रहेको कुर्ची, तार, पर्दा लगायतका सामान केही भाग जलेको र झ्याल पन...
नारायण खड्का दाङको तुलसीपुरमा जग्गा कब्जा भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ राउत गाउँको १ बिघा २ कठ्ठा १३ धुर जग्गामा स्थानीय मिलेर दुई दिन अगाडिदेखि आफूखुसी भागबण्डा गरेका हुन्। , स्थानीय मिलेर सो जग्गा ६० जनालाई भागबण्डा गरेका छन्। कब्जा गरिएको जग्गामा स–सना टहरा निर्माण गरिएका छन्। कालोपत्रे सडकसँगै जोडिए...
भगवती पाण्डे रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १४ का मुक्तिराम मरासिनी ७३ वर्षका भए।, आफ्नै घरमा खुद्रा किराना पसल चलाउँदै आएका मरासिनीले विगत दुई वर्षदेखि पेन्सन बुझ्दै आएका छन्।, कुनै पनि सरकारी सेवामा जागिर नखाएका मरासिनीलाई मासिक रूपमा बुझ्ने गरेको एक सय रुपैयाँको पेन्सन हजारौं रुपैया जस्तो लाग्छ। वृद्ध अवस...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले एमबिबिएसको प्रवेश परीक्षा रोक्ने गरी यसअघि आफैंले दिएको अन्तरिम आदेश बदर गरेको छ।, न्यायाधीश ईश्वर खतिवडा र मनोज शर्माको इजलासले उक्त परीक्षा नियमविपरित भएको भन्दै परेको रिटमा अन्तरिम आदेश नहुने निर्णय गरेपछि पहिलेको अन्तरिम आदेश बदर भएको हो।, आइतबारको आदेशसँगै त्रिभुवन विश्वविद्याल...
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) डिन डा. जगदीश अग्रवालमाथि पत्रकार बताउने एक व्यक्तिले दुर्व्यवहार गरेका छन्।, आइतबार दिउँसो अग्रवालको आफ्नै कार्यालयमा गएर पत्रकार बताउने एक व्यक्तिले मोसो छ्यापेर दुर्व्यवहार गरेका हुन्।, अग्रवालका अनुसार दिउँसो २ बजे ती व्यक्ति कार्यालय आएका थिए। कार्यालय छिर...
सेतोपाटी संवाददाता धनुषा जिल्ला अदालतमा फौजदारी प्रकृतिका मुद्दाको चाप बढी देखिएको छ। , जिल्ला अदालत धनुषामा दर्ता हुने कुल मुद्दाको २० प्रतिशतभन्दा बढी मुद्दा फौजदारी प्रकृतिकै रहने गरेको तथ्यांकले देखाएको हो। , धनुषा जिल्ला अदालतमा अहिले तीन हजार ९ सय ४५ मुद्दा फर्छ्यौट हुन बाँकी छन्। अदालतमा रहेका कुल मुद्दाहरूमध्य...
सेतोपाटी संवाददाता अजयराज सुमार्गीको टेलिकम्पनी नेपाल स्याटलाइट प्रालिको लाइसेन्स खारेज गर्ने दुरसञ्चार प्राधिकरणको निर्णय सर्वोच्च अदालतले सदर गरेको छ।, प्राधिकरणले स्याटलाइट कम्पनीलाई दिएको अनुमतिपत्र भदौ ५ गते खारेज गरिदिएको थियो। त्यसअघि स्याटालाइट कम्पनीलाई बुझाउन बाँकी सात करोड १० लाख ६८ हजार तीनसय रूपैँया भदौ १...
सबिना श्रेष्ठ कथा, किंबदन्ती र रोचक प्रसंगहरू येँया (इन्द्रजात्रा) का विषेशता हुन्। त्यसमा इन्द्र, इन्द्रकी आमा, ऐरावत हात्तीदेखि स्वर्गका कथा हुने नै भए।, यिनैमध्ये इन्द्रकी आमा अर्थात् 'दागीं' सँग अघिल्लो वर्ष मेरो चिनाजान भएको थियो। पुर्ख्यौली घर नरदेवी भएका मंगलमान डंगोल दागीं बनेको भने यसपालि २४ औं पटक हो। , चिनज...
रासस मेलम्ची खानेपानी आयोजनाको पूर्वठेकेदार कम्पनी सिएमसी दि रेभेनाबाट पीडित नेपाली श्रमिक, स्थानीय भेण्डर तथा सप्लायर्स कम्पनीका प्रतिनिधि र खानेपानी मन्त्रालयका पदाधिकारीबीच भएको वार्ताले आन्दोलनका सबै कार्यक्रम स्थगन गर्ने सहमति गरेको छ। , , मेलम्ची आयोजनामा देखिएको अन्योलता अन्त्य गर्न आज भएको वार्तामा आन्दोलनका स...
रासस सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसिप (मिनी पानी जहाज)को परीक्षण यात्रा दसैंअघि गरिने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ।, क्रुजको बाह्य निर्माणकार्य सम्पन्न भई रङरोगन र सजावटको काम शुरु भएको क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रा...
सेतोपाटी संवाददाता काठमाडौंको सबैभन्दा ठूलो उत्सव येँया पुन्ही अर्थात् इन्द्रजात्राका लागि ५ करोडको अक्षयकोष खडा गरिने भएको छ। संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराईले बिहीबार उक्त घोषणा गरेका हुन्।, अक्षयकाेषका लागि सरकारले १ करोड ५० लाख, प्रदेश ३ सरकारले १ करोड, काठमाडौं महानगरपालिकाले २ करोड र गुठी संस्थानले ५० ...
भगवती पाण्डे बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगरस्थित चौराह अस्पतालले गरिब बिरामीको डेंगीको परीक्षण नि:शुल्क गर्ने भएको छ।, गत साउन अन्तिम सातादेखि फैलिएको डेंगीले जिल्लाभर भयावह अवस्था ल्याउन थालेपछि अस्पतालले गरिब तथा विपन्न वर्गका बिरामीहरूको परीक्षण नि:शुल्क गर्ने भएको हो।, अस्पतालले आयस्रोत राम्रो भएका व्यक्...
सेतोपाटी संवाददाता धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार डिन कार्यालय ३६ दिनदेखि बन्द छ।, बन्दले पठनपाठन र परीक्षा भने प्रभावित नभएको विश्वविद्यालयले जनाएको छ।, विश्वविद्यालय ऐन, नियम र पद्धतिबाट सञ्चालन हुनुपर्ने, आर्थिक तथा नीतिगत अनियमिततालाई नियन्त्रण गर्न र प्राध्यापक/कर्मचारीको वृत्तिविका...
खिलानाथ ढकाल नेशनल मेडिकल कलेज वीरगन्जले एकै विद्यार्थीबाट १२ लाख ८६ हजार रुपैयाँ अतिरिक्त शुल्क उठाएको भेटिएको छ। शैक्षिक सत्र २०१५/२०१६ को एमबिबिएस पन्ध्रौं ब्याचका विद्यार्थीबाट उसले लिखित रुपमै अतिरिक्त पैसा लिएको भेटिएको हो।, नेशनलले अन्य वार्षिक शुल्क ५ लाख ९८ हजार र होस्टल तथा मेस शुल्क भनी एक महिनाअघि ६ लाख ८८...
सुजना ढकाल गत असार दोस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए- काठमाडौंमा धुलो कम भइसक्यो, मास्क लगाउन पर्दैन।, तुलनात्मक रूपमा त्यतिबेला धुलो कम भएको थियो तर मास्क नलगाई निर्धक्क हिँड्न सक्ने  गरी धुलो हटेको थिएन।, प्रधानमन्त्रीले धुलो हटिसक्यो भने पनि मानिसहरूले मास्क लगाइरहेका थिए।, त्यसको केहीदिनपछि प्रध...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पको लाभग्राही सूचीमा परेको भूकम्पपीडितले आउँदो कात्तिक मसान्तभित्र घर निर्माण कार्य सुरू नगरे अनुदान नपाइने बताएका छन्।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, भक्तपुरले आज यहाँ आयोजना गरेको निज...
सेतोपाटी संवाददाता स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभर ८ हजार ९० जना डेंगीबाट संक्रमित भएको तथ्यांक सार्वजनिक गरेको छ।, काठमाडौं उपत्यकामा मात्रै असारयता १ हजार १ सय ५० जना डेंगीबाट संक्रमित भएका छन्। प्रदेश नम्बर ३ सबैभन्दा बढी प्रभावित भएको विभागले जनाएको छ।, बिहीबार विभागले एक कार्य...
सेतोपाटी घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन पाल्पाका स्थानीय सरकारले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान कार्यक्रमलाई तीव्रता दिएका छन्।, नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप पाल्पा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले वडा-वडा तहबाट घरमै सुत्केरी हुने दर घटाउन अभियानका रूपमा जोड दिएका हुन्।...
भगवती पाण्डे रोल्पाको थवाङ गाउँपालिका वडा नं २ छेर्लोबाङ झार्नैमा बिहीबार राति गएको पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ।, सोही घरमा बसेका अन्य चार जना पनि पुरिएको आशंका गरिएको छ।, गाउँपालिका वडा नं. २ नं. वडाअध्यक्ष बसन्त रोकाका अनुसार स्थानीय फिर कुमारी झाँक्री बुढामगरको घर पहिरोले पुरिँदा बुढामगर र उनका चार वर्षीय...
सेतोपाटी संवाददाता काठ तस्करको खुकुरी प्रहारबाट बुधबार राति झापामा तीन जना वन सुरक्षा समितिका सदस्य घाइते भएका छन्। इलामको माई नगरपालिकाबाट कनकाई नदीको पानीमा बाँसको चाली बनाएर काठ तस्करी गरी ल्याउँदै गर्दा रोक्ने क्रममा तस्करले वन सुरक्षा समितिका सदस्यमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए।, दुई वटा बाँसको चालीमा कर...
सेतोपाटी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ।, शुक्लाफाँटा नगरपालिका–७ का वडाध्यक्षसमेत रहेका सिंहको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको हो। शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको अवस्थामा गए राति करीब एक बजेको समयमा आगजनी गरिएक...
सेतोपाटी संवाददाता स्रोत नखुलेको चालीस लाख ५७ हजार एक सय रुपैयाँसहित रुपन्देही प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत थाना नौतनवा, ग्राम लौटनका रितेशकुमार मधेसिया र निजरकुमार अग्रहरी छन्।, उनीहरूलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बाइपासस्थित सडकबाट बिहीबार अपराह्न चार बजे पक्...
भगवती पाण्डे सिद्धार्थ राजमार्गको पाल्पा-बुटबल सडकखण्डमा शुक्रबार बिहान स्कार्पियो र जिप पहिरोमा पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। पाल्पाको तिनाउँ गाउँपालिकास्थित बुटवल-पाल्पा सडकखण्डमा गएको सुख्खा पहिरोमा स्कार्पियो र जिप पुरिएका हुन्।, लु२च ५९३८ नम्बरको स्कार्पियो र लु१ज २६१७ नम्बरको जिप पहिरोमा पुरिएको प्र...
सन्जिब बगाले गत शुक्रबार सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको कार्यकक्षमा पुग्दा उनी काममा व्यस्त थिए।, जब साढे १२ बज्यो मन्त्रीले झ्याप्प काम रोके अनि भने,'मलाई त नमाज पढ्न जान ढिला भइसक्यो। अब तयार भइहाल्छु, बाँकी काम र भेटघाट अब १ घण्टापछि गरौंला।', यति भनेर उनी हातखुट्टा धुन गए।, लगाएको जुत्ता खोले। खुट्टा धो...
सेतोपाटी संवाददाता अज्ञात समूहले रोल्पाको एक वडा कार्यालयमा आगजनी गरेको छ। जिल्लाको सुनिल स्मृति गाउँपालिका वडा नं. ७ को वडा कार्यालयभित्र पसेर बुधबार राति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ।, आगजनीबाट कोठाको सोफासेट, कार्पेट र प्लाष्टिकका कुर्सी जलेको जिल्ला प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले जा...
रासस सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको शुक्रबार बिहानै करिब पाँच  बजे शिशुलाई जन्म दिइन्। जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई दियो।, अस्पतालको प्रसुतिकक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै कपडामा पोको पार...
सेतोपाटी ‘दोस्रो दक्षिण एशियाली युवा सम्मेलन–२०१९’ बङ्गलादेशको ढाकामा हुने भएको छ।, क्षेत्रीय एकतालाई थप बलियो बनाउँदै युवाहरुको सामूहिक नेतृत्व विकासका लागि अनुभव र अवसर आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिने सो सम्मेलन आगामी असोज १ र २ गते सञ्चालन हुनेछ।, ग्लोबल युथ पार्लियामेण्टद्वारा आयोजित सम्मेलनमा नेपालसहित श...
सेतोपाटी रसुवाको पासाङल्हामु राजमार्ग अवरूद्ध भएपछि मानसरोवर तीर्थ जाने यात्रु हवाई मार्गबाट स्याफ्रुबेँशी जान थालेका छन्।, मानसरोवर कैलाश यात्राका लागि स्थलरूपमा सवारी साधनद्वारा जान सकिने एक मात्र उत्तरी नाका रसुवागढी पुग्न रसुवाको भूभागमा राजमार्ग अवरूद्ध भएपछि हेलिकप्टरमार्फत यात्रुलाई काठमाडौँबाट स्याफ्रुबेँशी ला...
सेतोपाटी संवाददाता संसदको राज्य व्यवस्थामा चलिरहेको नागरिकता सम्बन्धी छलफलका आधारमा बनेको पछिल्लो प्रतिवेदनले वैवाहिक अंगीकृत नागरिकताका लागि महिला र पुरूषलाई छुट्टाछुट्टै कानुनी व्यवस्था सिफारिस गरेको छ। , नेपाली पुरूष नागरिकसँग विहे गरी आएका महिलाले यहाँको नागरिकता लिन चाहेमा ७ वर्ष बसेपछि अंगीकृत नागरिकता दिने र ने...
सेतोपाटी संवाददाता इन्द्रजात्रामा उछृंखल गतिविधि गरेको भन्दै प्रहरीले पूर्वडिआइजी विजयराज भट्टसहित केही व्यक्तिहरूलाई पक्राउ गरेको छ।, काठमाडौं वसन्तपुर क्षेत्रबाट शुक्रबार कार्यक्रम बिथोल्न खोज्ने व्यक्तिहरूलाई नियन्त्रण लिने क्रममा पूर्वडिआइजी भट्ट पनि परेका हुन्।, वसन्तपुर क्षेत्रमा आयोजना भएको कार्यक्रममा उछृंखल ग...
सेतोपाटी मर्मतसम्भारका लागि गत भदौ २२ गतेदेखि बन्द गरिएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ।, मनकामना दर्शन प्रालिले सञ्चालन गरेको केबलकार मूलह्वील लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २६ गतेसम्म पाँच दिन बन्द गरिएको थियो।, शुक्रबार बिहानदेखि पुनः नियमित ...
सेतोपाटी तनहुँ जिल्लाका नौ ठाउँमा आकस्मिक पहिरो नियन्त्रणका लागि तटबन्धन निर्माण गरिएको छ।, पहिरोको जोखिममा रहेको जिल्लाका विभिन्न ठाउँमा भू तथा जलाधार व्यवस्थापन कार्यालयको सहयोगमा आकस्मिक पहिरो नियन्त्रणका लागि तटबन्धन निर्माण गरिएको हो।, पहिरो नियन्त्रणबाट करीब ५० हेक्टर जमिन संरक्षण  भएको कार्यालयका प्रमुख दिवाकर ...
सेतोपाटी श्रीमतीको हत्या गरी १५ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले महोत्तरीको औरहीबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ।, प्रहरीले औरही नगरपालिका–२ का अभियुक्त विनोद सदा मुसहरलाई सार्वजनिक गरेको हो। मुसहरले विसं २०६१ कात्तिक १८ गते औरही नगरपालिका वडा नं २ (साविकका औरही गाविस वडा नं ८) मा आफ्नो ४० वर्षीया ...
सेतोपाटी संवाददाता रौटहटको ईशनाथ नगरपालिका-१ मा माछा मार्न गएका तीन बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ।, बिहीबार साँझ ४ बजे उनीहरू माछा मार्न गएका थिए। साँझ ७ बजे सम्म पनि घर नफर्केपछि परिवार खोज्न जाँदा खेतको खाल्डोमा जमेको पानीमा मृत अवस्थामा उनीहरूको शव भेटिएको हो।, मृत्यु हुनेमा दुई परिवारका बालिकाहरु रहेका छन्।...
सेतोपाटी संवाददाता सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको शुक्रबार बिहानै करिब पाँच  बजे शिशुलाई जन्म दिइन्। जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई दियो।, अस्पतालको प्रसुतिकक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै क...
सेतोपाटी संवाददाता बाँके जिल्ला सभापतिमाथि नेकपा कार्यकर्ताबाट भएको आक्रमणको विरोध गर्दै नेपाली कांग्रेसले माइतीघरमण्डलामा प्रदर्शनसहितका कार्यक्रम सार्वजनिक गरेको छ।, शुक्रबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले बाँके सभापति आक्रमणको बिरोधमा शनिबार माइतीघरमण्डलामा धर्नामा बस्ने कार्यक्रम सार्...
सेतोपाटी संवाददाता सुनसरीको दुहबीमा स्कुल बसले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।, प्रहरीका अनुसार दुहबी नगरपालिका-४ का ३६ वर्षीय जयनारायण चौधरीको मृत्यु भएको हो। शुक्रबार बिहान पौने १२ बजेको समयमा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मेरिल्याण्ड स्कुलको को१क ११८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गर...
सेतोपाटी संवाददाता धादिङ आधारक्षेत्र बनाएर आपराधिक गतिविधिमा संलग्न गुन्डा नाइके साजन गुरुङलाई पक्रन प्रहरीले गोली चलाएको छ। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार तारकेश्वर नगरपालिका गोलढुंगास्थित फूलबारी रेस्टुरेन्टमा गोली हानी साजनलाई पक्राउ गरिएको हो।, साजनलाई दुबै खुट्टामा दुई गोली लागेको अपराध महाशाखा प्रमुख एसए...
नारायण महर्जन काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व मनाइएको छ। काठमाडौंको सबैभन्दा ठूलो यो उत्सवलाई येँया पुन्ही पनि भनिन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि बिधीपुर्वक लिङ्गो ठड्याई सुरु हुने यो पर्व आठ दिनसम्म मनाइन्छ।, वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवार समुदायले यो जात्रा ...
शोभा शर्मा मेलम्ची नगरपालिका-१३, फटकशीलाका तोयानाथ लामिछाने ०७२ वैशाख १२ गते बिहानको खाना खाएर सुस्ताउँदै थिए। , खाट हल्लियो। खाट मात्र हैन, जमिन नै हल्लियो। सबै जना चिच्याउँदै कोठामा यताउता गर्न थाले। , लामिछाने र उनका साथीहरूलाई भाग्ने छुट थिएन। किनभने त्यो जेल थियो।, हेर्दाहेर्दै भित्ता चर्किए। दलिन खस्न थाल्यो। सा...
सेतोपाटी सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन् ।, मङ्गलबार लिखुपिके गाउँपालिका–३ का अन्दाजी २७ वर्षीय विनोद बस्नेत पक्राउ परेका हुन् ।,  स्थानीय सावित्री राजभण्डारीको घरभित्र पसेर सुन तथा नगद चोरेर भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्...
सेतोपाटी संवाददाता इन्द्रजात्राको पहिलो दिन अर्थात् भदौ शुक्ल द्वादशीमा ‘उपाकु वनेगु’ को अवसर पारेर धरहराकाे मार्ग खोलिएको थियो। निर्माण क्रममा बन्द भएको यो मार्ग उपाकुको मार्ग भएको हुँदा स्थानीयको माग अनुसार मंगलबार खुला गरिएको हो।, उपाकु वनेगु भनेर वर्षभरि मृत्यु भएकाको परिवारजनले दियो अनि धुप बाल्दै हिँडेका थिए। यो...
चेतना गुरागाईं काठमाडौंसहित देशभर अहिले डेंगीको संक्रमण बढ्दो छ। टाउको दुख्नु, जीउ कटकट खानु, ज्वरो आउनु सुरूमै देखिने सामान्य लक्षण हुन्।, हामी सबैजसोको घरमा दुखाइ कम गर्ने औषधी (पेन किलर) प्रायः हुन्छ। नभए पनि यी लक्षण देखिनासाथ हामी धेरैले आफैं किनेर खान्छौं। टाउको र जीउ दुख्ने साह्रै भए पेन किलर खानुस् भनेर मेडिकल...
सेतोपाटी संवाददाता विद्यालयबाट घर फर्किंदै गरेका एक बालकको रूखले च्यापेर मृत्यु भएको छ भने अर्का घाइते छन्।, जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ६ सोतिटोलामा रूख ढलेपछि च्यापिएर स्थानीय दस वर्षीय सुजन खत्रीको मृत्यु भएको हो।, सँगै हिँडिरहेका अर्का नौ वर्षीय बालक तिकल खत्री घाइते भने भएका छन्।, घाइते तिलकको राप्ती स्...
सेतोपाटी संवाददाता नेपाल भ्रमण वर्ष २०२० र ऐतिहासिक पर्यटकीय केन्द्रको प्रचारका लागि लिगलिगकोटदेखि गोरखा दरबार म्याराथन दौड गरिएको छ।, द्रव्य शाहले पस्लाङ चौतारोमा राज्याभिषेक गरेको वि.सं. १६१६ भदौ २५ गतेको सम्झनामा पालुङटार नगरपालिका लिगलिगकोटदेखि सिरानचोक गाउँपालिका हुँदै पस्लाङ चौताराबाट गोरखा दरबारसम्म दौड गरिएको ...
द न्यूयोर्क टाइम्स करिब पन्ध्र करोड वर्ष अगाडि जब यो धर्तीमा डायनासोर नामको भिमकाय जनावरको राज चल्थ्यो, त्यो युगलाई हामी 'जुरासिक पिरियड' भन्छौं।, त्यही कालखण्डको अन्तिम–अन्तिमतिर एउटा ठूलो डायनासोर दलदले जमिनमा हिँडिरहेको थियो। यो डायनासोरको घाँटी लामो थियो, पुच्छर पनि लामै। हात्ती जत्रै डायनासोर 'साउरोपड' प्रजातिको ...
भगवती पाण्डे स्थानीय तहमा जनप्रतिनिधी निर्वाचित भएर आएसँगै विभिन्न देशका सरकारी तथा गैरसरकारी क्षेत्रकोे चासो बढेको छ। स्थानीय तहले अगाडि सारेका पर्यटन, कृषि, उद्योग लगायतका योजनामा विभिन्न देशका सरकारले चासो देखाएका छन्।, प्रदेश ५ का विभिन्न स्थानीय तहसँग चीनका विभिन्न प्रान्तहरुले भगिनी सम्बन्ध कायम गरी लगानीको वाता...
सेतोपाटी संवाददाता नेपाली कांग्रेस निकटको प्रजातन्त्रवादी प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीमाथि दुर्व्यवहार गरेका छन्।, बुधबार दिउँसो छलफलका लागि पुगेका संघका पदाधिकारीले रजिष्ट्रार उप्रेतीसँग विवाद गरेपछि उनी बस्ने कुर्सी कार्यकक्षबाट बाहिर फ्याँकिदिएका हुन्।, संघका अध्यक्ष जगत ति...
सेतोपाटी संवाददाता सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हरिराज अधिकारीले गोरखाको फुजेललगायत गाउँमा बाँदर नियन्त्रण गर्न माग गरेका छन्।, बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद अधिकारीले बाँदर आतंकले गर्दा मानिस घाइते भएको पनि बताए। ‘मेरो निर्वाचन क्षेत्र गोरखा १ का विभिन्न गाउँमा बाँदर आतंक छ।...
सेतोपाटी संवाददाता चितवनको भरतपुर महानगरपालिकाले विद्यालय तहमा आफ्नै पाठ्यक्रम लागू गर्ने भएको छ।, शैक्षिक सत्र २०७७ देखि कक्षा १ देखि ८ सम्म नयाँ पाठ्यक्रमअनुसार पठनपाठन सुरू गराउने महानगरले तयारी गरेको हो। , स्थानीय स्तरमा रहेका धार्मिक, साँस्कृतिक, वातावरण र स्वास्थ्यलगायतका विषय समेटेर पाठ्यक्रम तयार गरिएको महानगर...
सेतोपाटी संवाददाता देशभरि फैलिएको डेङ्गी रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ। एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेङ्गी रोग भएको पुष्टि भएको छ ।, जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा आज बिहानसम्ममा ९९ जना बिरामीमा डेङ्गी रहेको पुष्टि भएको जानकारी दिए। यो रोग...
नारायण महर्जन राजधानीको बसन्तपुरमा बुधबार सामूहिक कुमारी पूजा गरिएको छ।, इन्द्रजात्राको दोस्रो दिन जीवित देवी कुमारीको विशेष पूजा गरिएको हो।, बिहान पौने ९ बजेबाट सुरू भएको पूजामा ५४ जना कुमारीहरू सहभागी भएका आयोजक युवा विश्व हिन्दु महासंघका अध्यक्ष राजन महर्जनले जनाएको छ।, नेवार समुदायको परम्परामा कुमारी पूजा गर्नाले ...