content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता गत भदौ १२ गते जनकपुरको जानकी मन्दिरस्थित पर्यटक प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक वीरेन्द्र यादव र जवान प्रेमशंकर यादवले नरिवल बेच्ने एक युवकलाई कुटे।, प्रहरीले युवकमाथि कुटपिट गरिरहेको भिडिओ नजिक रहेका सुशील कर्णले खिचेका थिए।, भिडिओ किन खिचेको भन्दै दुबै प्रहरीले कर्णलाई नै कुटपिट गरे।, प्रहरील...
सेतोपाटी स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुने दुई जनाको शनाखत हुन सकेको छैन भने एक जना दुई वर्षीया बालिका कञ्चन परियार छन्।, पाल्पाको हुँगीबाट गल्याङ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको जीप दुर्घटना भएको हो। जीपमा २३ यात्रु सवार थिए। घाइते १४ जनाको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा ...
सेतोपाटी संवाददाता सहरी क्षेत्रको प्रमुख समस्या रहेको फोहोरबाट प्रदेश ५ सरकारले उर्जा उत्पादन गर्ने महत्वाकांक्षी योजना अगाडि सारेको छ।, सहर केन्द्रित बसाई बढेसँगै फोहोर उत्पादन पनि बढ्दै गएको र त्यसको व्यवस्थापन चुनौति बनिरहँदा सरकारले फोहोरबाट मोहोर कमाउने योजना अगाडि सारेको हो। , सरकारको योजना सफल हुनेमा आशंका रहे ...
सेतोपाटी धरहरा क्षेत्रमा पर्ने परम्परागत उपाकु मार्ग खोलिने भएको छ। बुधबार बिहान स्थानीय जनप्रतिनिधि, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि एवं धरहरा निर्माण गरिरहेको कम्पनीका प्रतिनिधिसहितको छलफलमा उक्त समझदारी भएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ।, सोही समझदारीअनुसार यस वर्षका लागि अस्थायी मार्ग निर्माण सुर...
सेतोपाटी संवाददाता पोखराका पत्रकार ओम हमालको रिहाइको माग गर्दै पोखराका पत्रकारले जिल्ला प्रशासन कार्यालय कास्की अगाडि धर्ना दिएका छन्।, नेपाल पत्रकार महासंघ कास्कीको अगुवाइमा प्रशासनको मूल गेटमा बुधबार धर्ना दिइएको हो ।, पत्रकारहरूले धर्नाको साथै हमालको रिहाइको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबह...
सेतोपाटी संवाददाता सरकारले राहत स्वरुप उपलब्ध गराउनुपर्ने रकम पाँचवर्ष सम्म पनि नपाएको भन्दै कपिलवस्तुका उखु किसान आन्दोलित भएका छन्। , राहतस्वरुप सरकारले २ करोड ४८ लाख २३ हजार रुपैयाँ दिनुपर्ने भए पनि नपाएको भन्दै किसान आन्दोलित भएका हुन्। आर्थिक वर्ष २०७१/७२ मा देशभरका उखु किसानलाई सरकारले प्रति क्विन्टल उत्पादनवापत...
एजेन्सी एटलान्टिक महासागरको टापु राष्ट्र हो, बहमास। पर्यटकीय गन्तव्यका रूपमा परिचित बहमासमा आइतबार आएको डोरियान समुद्री आँधीले जनजीवन अस्तव्यस्त बनाइदिएको छ।, आँधीका कारण अहिलेसम्म ७ जनाको मृत्यु भएको छ भने कयौं मानिस हराइरहेका छन्।, घर भत्किएका छन्। बिजुलीका तार चुडिएका छन्। भारी वर्षाले बाढी आएको छ, डुबान भएको छ। झन...
सेतोपाटी संवाददाता काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका मूलपानीमा गएरातिको वर्षाले एउटा निर्माणाधीन घर भत्किएको छ।, मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङको दुई तले घर राति २ बजे भत्किएका हो।, घरको संरचनामात्र तयार भएकाले घटनामा कुनै मानवीय क्षति भने भएको छैन।, संरचना कमजोर भएर घर भत्किएको हो कि माटो नै कमजोर हो भन्नेबारे...
सेतोपाटी संवाददाता फर्जी बैंक ग्यारेन्टी गर्दा जमानी बसेको अभियोग लागेका कर्णाली प्रदेशका पूर्वमन्त्री खड्गबहादुर खत्रीसँग उच्च अदालत पाटनले पाँच लाख धरौटी मागेको छ।, बुधबार अदालतमा उपस्थित हुन आएका खत्रीको थुनछेक बयान र बहस पछि मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले उनीसँग पाँचलाख धरौटी माग...
सेतोपाटी प्रहरी हुँ भन्दै धम्की दिदैं पैसा उठाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।, धम्की दिएको भन्ने सूचनाका आधारमा खोजी गर्दै जाँदा काठमाडौँको हल चोकबाट ताप्लेजुङका हिमाल लिम्बू र तेह्रथुमका भक्तबहादुर लिम्बूलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बताएका हुन् ।, उनीह...
सेतोपाटी राजस्व अनुसन्धान विभागले १६ किलो सुनसहित पक्राउ परेका धनकमल गुरुङविरुद्ध ३५ करोड रूपैयाँभन्दा बढी जरिवाना र छ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको छ ।, गएको साउन ९ गते पक्राउ परेका धार्चे गाउँपालिका–३ केरौँजाका गुरुङविरुद्ध विभागले ३५ करोड ६६ लाख ७२ रूपैयाँ हजार जरिमाना माग गरेको हो ।, १६ किलो सुन काण्ड : र...
खिलानाथ ढकाल नेपाली सेनाले हावाहुरीले भत्काएका बारा र पर्सा जिल्लाका ८६९ पीडितको घर बनाएर हस्तान्तरण गरेको छ। सेनाले ‘जनता आवास कार्यक्रम’ अन्तर्गत बारा जिल्लाका विभिन्‍न पाँच स्थानमा तीन सय चार र पर्साका सात स्थानमा पाँच सय ६५ घर बनाएर पीडित जनतालाई बुधबार हस्तान्तरण गरेको हो।, पर्सा वीरगन्जमा बुधबार एक कार्यक्रम आयो...
नारायण महर्जन सुर्खेत र खोटाङमा सामूहिक रूपमा भएको गौहत्या र कुकुर हत्याविरूद्ध दबाबमूलक कार्यक्रम आयोजना गरिएको छ।, बुधबार राजधानीको माइतीघर मण्डलामा पशुपंक्षीका हकअधिकारको क्षेत्रमा काम गरिरहेका विभिन्न व्यक्ति तथा संस्थाहरूले स्वत:स्फूर्त रूपमा सो कार्यक्रम आयोजना गरेका हुन्।, प्रदर्शनकारीले ‘जनावरप्रति गरिने निर्द...
नेहा झा कार्यालय सार्ने विवादलाई लिएर धनुषाको हंसपुर नगरपालिकामा भएको झडपको क्रममा घाइते भएकामध्ये  एक जनाको मृत्यु भएको छ।, झडपमा गम्भीर घाइते भएका बघचौडाका ५५ वर्षीय तपेश्वर मण्डलको उपचारका क्रममा मृत्यु भएको हो।, गत साउन २१ गते नगरपालिकाका मेयर रामज्ञान मण्डलले प्रहरीसहित साबिकको कार्यालय बघचौडामा रहेको सामाग्रीहरु...
सेतोपाटी संवाददाता दाङमा सर्पदंश वाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १ सिमलतरा निवासी ७ बर्षीय गोमा वलीको सर्पदंश बाट मृत्यु भएको छ ।, वलीलाई बुधवार बेलुका ९ बजेतिर आफ्नै घरमा गराँच सर्पले टोकेको थियो । बालिकाको उपचारको लागि मध्यराति पौने १ बजे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोर...
सेतोपाटी संवाददाता प्रहरीले पेस्तोलको म्याग्जिनसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा वीरगञ्ज वडा नं १६ बस्ने जगा दास तत्माको २६ वर्षीय छोरा सन्तोष दास तत्मा ‘सत्यराज योगी’ रहेका छन्।, मंगलबार राति १०:१० बजे उनको घरको कोठामा खानतलाशी गर्दा पेस्तोलको म्याग्जिन थान-१ र पेनड्राइभ थान-१ बरामद भएको प्रहरीले जनाएको ...
सेतोपाटी संवाददाता काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले इँटा व्यवासायीबाट क्षतिपूर्ति माग गरेको छ।, नगरपालिकासँग भएको सम्झौताअनुसार वडा नम्बर १ र २ मा सञ्चालित इँटा उद्योग भत्काइएको उल्लेख गर्दै उद्योग भत्काउन लागेको खर्च व्यवसायीबाट माग गरेको हो।, नगरपालिकाले भदौ ९ र १० गते डोजर लगाएर आठ वटा इँटा उद्योग भत्काइदिएको ...
भगवती पाण्डे भारतले लगाएको बाँधको कारण कपिलवस्तुको सयौं विघा धानबाली डुबानमा परेको छ।, सीमावर्ती क्षेत्रमा भारतले एकतर्फी रूपमा निर्माण गरेको बजाहा बाँधका कारण मायादेवी गाउँपालिका तुलसीडिहवा गाउँ आसपासको करिब ३ सय विघा खेतीयोग्य जमिन डुबानमा परेको हो।, नेपाली सीमाक्षेत्र नजिक भारतीय भूमि बजाहा क्षेत्रमा बाँध निर्माण ग...
सेतोपाटी संवाददाता तीजका दिन नदीमा नुहाउने क्रममा वेपत्ता भएका कपिलवस्तुका तीन जनाको शव फेला परेको छ। सोमबार विहान स्थानीय नदीमा नुहाउने क्रममा डुबेर शुद्धोधन गाउँपालिकाका तीन जना बेपत्ता भएका थिए। , वेपत्ता भएका तीनजना मध्ये एकजनाको शव मंगलबार बिहान र अरु दुई जनाको शव दिउँसो फेला परेको हो।  जिल्ला प्रहरी कार्यालय कपि...
सेतोपाटी संवाददाता सरकारले मेलम्ची खानेपानी आयोजना ठेकेदारको बक्यौता रकम भुक्तानी गर्न नसकिने जवाफ दिएको छ।, खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले सिएमसी कम्पनीसँग काम गरेका ठेकेदारहरुको बक्यौता रकम सरकारले कानुनी रुपमै भुक्तानी दिन नमिल्ने दावी गरे। सो कम्पनीसँग काम गरेका ठेकेदारहरुले करिव १ अर्ब ३५ करोड भुक्तानी...
सेतोपाटी संवाददाता कृषि मन्त्री चक्रपाणि खनाललाई डेंगीको संक्रमण देखिएको छ।, रगत जाँचका क्रममा डेंगीको संक्रमण देखिएपछि बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको खनालका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिए।, गत शुक्रबार हेटौंडाबाट फर्किएलगत्तै रुघाखोकी लाग्ने र ज्वरो आउने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग ...
सेतोपाटी अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष शोभाखर पाण्डे चढ्ने मोटरसाइकलमा अज्ञात समूहले आगो लगाइदिएको छ।, मंगलबार बिहान लु १ ब १६८८ नम्बरको सरकारी मोटरसाइकलमा सो समूहले आगो लगाएर क्षति पुर्‍याएको हो। प्रहरी निरीक्षक सुरेश सुवेदीले घटनाका दोषीको खोजी कार्य भइरहेको जानकारी दिए।, वडाध्यक्ष चढ्ने ...
सेतोपाटी संवाददाता पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका ‘सिधा कुरा जनतासँग’ कार्यक्रम प्रस्तोता रवि लामिछाने जिल्ला अदालत चितवनको आदेशविरूद्ध उच्च अदालत गएका छन्।, लामिछानेले मंगलबार पाटन उच्च अदालतको हेटौंडा इजलासमा निवेदन दिएका हुन्। उनको निवेदनमा आफूलाई पाँच लाख धरौटी तिराउने जिल्ला अदालतको आदेश ब...
रासस खोटाङका एक महिला र पुरुषले आज बिहान काठमाडौं महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जंगलमा आत्महत्या गरेका छन्। , खोटाङको दित्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौंको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाइ आज बिहान सँगै रूखमा झुण्डिएको अवस्थामा फेला परेको...
सेतोपाटी संवाददाता यस वर्षको ‘मीतो मेमोरियल अवार्ड’ महोत्तरी सुगभवानीपट्टिकी सुनैना ठाकुरले पाउने भएकी छिन्।, ठाकुरले मैथिली चित्रकलामार्फत् लैंगिक समानता र सामाजिक समावेशीकरणका विषयमा आवाज उठाउँदै आएकी छिन्।, यस्तै, संस्थागततर्फको सो अवार्ड सृजनशील महिला समाजलाई दिइने भएको छ। चर्चित भारतीय अधिकारकर्मी मीतो भसीन मलिकक...
सेतोपाटी संवाददाता कुकुर मारेको आरोपमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालविरूद्ध उजुरी परेको छ।, निर्मम तरिकाले कुकुर मारेको भन्दै मेयर रिजालसहित नगरपालिकाका तीन कर्मचारीविरूद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी परेको हो।, पशु प्राविधिक सुमन श्रेष्ठ, खोटाङस्थित जन्तेढुंगा गाउँपालिकाका...
सेतोपाटी संवाददाता प्रदेश नम्बर -२ को पर्सास्थित पकाहामैनपुर गाउँपालिकाले रक्सी र गुड्खा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।, गत आइतबार गाउँपालिकाले सर्वदलीय बैठक राखेर रक्सी र गुड्खा प्रतिबन्ध लगाउने निर्णय गरेको गाउँपालिका प्रमुख विजयकुमार चौरासियाले जानकारी दिए।, ‘गाउँको मुख्य समस्या नै रक्सी र गुड्खा देखियो,’ उनले से...
रासस डेंगी र स्क्रब टाइफसबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चार जनाको उपचारका क्रममा मृत्यु भएको छ।, जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक गैंडाकोटका २८ वर्षीया युवतीको स्क्रब टाइफसबाट पुरानो मेडिकल कलेज र अन्य तीन जनाको चितवन मेडिकल कलेजमा मृत्यु भ...
भगवती पाण्डे बुटवल उपमहानगरपालिका र बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआईडी) बीच नेपाल सहरी उत्थानशीलता परियोजना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। , समझदारीपत्रमा बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालयका स्थायी सचिव म्याथु रिक्रफ्ट र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले मंगलबार...
सेतोपाटी संवाददाता करेन्ट लागेर दाङको लमहीमा एक मजदुरको मृत्यु भएको छ। निर्माणाधीन घरमा लमही नगरपालिका वडा नं. ६ देउपुर निवासी जीवन चौधरीलाई करेन्ट लागेपछि उनी घरको छतबाट भुइँमा पछारिन पुगेका थिए।, मिस्त्री चौधरी मंगलबार दिउँसो स्थानीय एनुका पुनको घर निर्माण काममा व्यस्त थिए। करेन्ट लागेपछि भुइँमा पछारिएका चौधरीको उपच...
खिलानाथ ढकाल पूर्वराजदूत केशव झाको हत्या उनकै बडीगार्ड सानुकान्छा तामाङले ५० हजार लेनदेन विवादका कारण गरेको निष्कर्षतिर प्रहरी पुगेको छ।, भदौ १ गतेदेखि अनुसन्धानमा जुटेको महानगरीय प्रहरी परिसरले झाको हत्याको अनसन्धान अन्तिम चरणमा पुगेको भन्दै त्यसमा सानुकान्छाकै हात रहेको जनाएको हो।, ‘उनीहरूबीच लेनदेन विवाद देखिन्छ, त...
भगवती पाण्डे रुपन्देहीमा डेंगी रोगका बिरामी बढ्दै गएका छन्। जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा अहिलेसम्म ४२ जनामा डेंगीको संक्रमण देखिएको छ। ५ वर्षका बालबालिकादेखि ७५ वर्षका बृद्धबृद्धासम्ममा डेंगीको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।, यसक्षेत्रमा भदौ महिनामा सक्रिय भएको मनसुनपछि डेंगीको संक्...
सबिना श्रेष्ठ अहिले जुन ठाउँमा नयाँ धरहरा बनिरहेको छ, त्यो 'उपाकु' को मार्ग हो। इन्द्रजात्राको पहिलो दिन अर्थात् भदौ शुक्ल द्वादशीमा 'उपाकु वनेगु' भनेर वर्षभरि मृत्यु भएकाको नाममा परिवारजनले दियो बाल्दै हिँड्छन्।, यो दिन काठमाडौंको भित्री नगर परिक्रमा गर्दै दोबाटो, चौबाटो तथा मन्दिरहरूमा काँचो (नपोलेको) दियो बाल्दै हि...
चेतना गुरागाईं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले केही दिनअघि भनेका थिए, 'डेंगी नियन्त्रण गर्न मुश्किल भयो, सेना परिचालन गर्नुपर्ने अवस्था आइसक्यो।', देशको रक्षा गर्नुपर्ने सेनाले लामखुट्टे कसरी नियन्त्रण गर्लान् थाहा छैन। तर, हामीले केही उपाय अपनायौं भने डेंगी लामखुट्टेबाट सेनाले भन्दा प्रभावकारी रूपमा घरको रक्षा गर्न ...
सेतोपाटी संवाददाता एकल महिलालाई बीस लाख रुपैयाँ माग्दै नदिए ज्यान मार्ने र घर बमले उडाइदिने धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , महानगरीय प्रहरी परिसर र कालिमाटी बृत्तको टोलीले धादिङ बेनिघाट रोराङ गाउँपालिका ५ का २७ वर्षीय सन्तोष कँडेललाई पक्राउ गरेको हो। कँडेल नयाँबजारस्थित सोह्रखुट्टे बस्दै आएका थ...
विनोद सापकोटा झापाको मेची अंग्रेजी बोर्डिङ स्कुलसँगै प्रदेश नम्बर एकका चार वटा संस्थागत विद्यालयले अन्तर्राष्ट्रिय अवार्ड जितेका छन्। ब्रिटिश काउन्सिलले प्रदान गर्ने अन्तर्राष्ट्रिय ‘स्कुल अवार्ड’ (आइएसए) को उपाधि झापा माइधारको मेचीसँगै सुनसरीका दिल्ली पब्लिक स्कुल, आइडल इङलिस स्कुल र पिसजोन अंग्रेजी बोर्डिङले पाएका ह...
सेतोपाटी नेपाल प्रहरीले कलङ्कीको नारायणी गेस्ट हाउसको तेस्रो तलाबाट विवेक सोनाम सुनारलाई फाल्ने तीनजनालाई पक्राउ गरेको छ ।, महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो।, पक्राउ पर्नेमा मकवानपुरका वाइबा लामा, गुल्मीका सविन अर्याल र रामेछापका निशान धमला रहेका छन्। उनीहरूले सोमबार राति अर्डर...
विवेक राई सुनसरीको इटहरी-५ का राजन अधिकारीले आफू साँच्चै अग्लो रैछु भन्ने कुरा १२ वर्षको पुगेपछि मात्र महशुस गरे। त्यतिबेला जब उनी साथीभाइबीच उभिन्थे अरूभन्दा उनी निकै लम्बु देखिन्थे।, अहिले ७ फिट ३ इन्चका अधिकारी त्यतिबेला नै साढे ६ फिट अग्ला थिए।, उनी नेपालको पहिलो र विश्वको तेस्रो अग्ला व्यक्ति हुन्। सबैभन्दा अग्ला...
सेतोपाटी चीन र नेपालबीचको ठूलो व्यापारिक तातोपानी नाकामा तस्कर सक्रिय हुन थालेका छन् । चार वर्षपछि खुलेको नाकामा सीमाक्षेत्रको बाटो भएर तस्कर सक्रिय हुन थालेको पाइएको छ ।, भूकम्पपछि बन्द भएका बेलामा चिनियाँ पक्षले नाकाको सुरक्षा संयन्त्र मजबुत नभएकै कारणले नाका खोल्न आनाकानी गर्दै आएको थियो । अहिले नाका खुलेको दुई महि...
सेतोपाटी संवाददाता वीरगञ्ज प्रहरीले गोली प्रहार गरी एक युवालाई नियन्त्रणमा लिएको छ।, प्रहरीले वीरगञ्ज महानगरपालिका-१६ इनर्वा स्थायी ठेगाना बताउने २६ वर्षीय सन्तोष दासलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक गौतम थापाले बताएका छन्।, थापाका अनुसार दासको साथबाट प्रहरीले एक थान पेस्तोल र १...
सेतोपाटी मेलम्ची खानेपानी आयोजना पीडित सङ्घर्ष समितिले मेलम्ची खानेपानी आयोजना छाडेको निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने घोषणा गरेका छन् ।, स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै मेलम्चीमा धर्ना कार...
सेतोपाटी म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोडने जिल्लाको मालढुंगा –बेनी सडक दैनिक साढे सात घण्टा बन्द गरिने भएको छ ।, यही भदौ १९ गतेदेखि पुरानो समयतालिका परिवर्तन गरी दैनिक साढे सात घण्टा बन्द गरिने भएको हो । यसअघि आठ घण्टा बन्द गरिएको थियो ।, जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको सर्वपक्षीय बैठकले सडक ब...
सेतोपाटी संवाददाता सुनसरीको कोशी गाउँपालिका-७ हरिपुरकी ३० वर्षीया सरिता देवी यादवको बिषालु सर्पले डसेर मृत्यु भएको छ।  मंगलवार दिउँसो २ बजे घर नजिकै खेतमा घाँस काटिरहेको अवस्थामा खुट्टामा सर्पले डसेको थियो।, उनलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा उपचारकै क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको प्रहरीले जनाएको ...
रासस काठमाडौंको कपनमा साथी–साथीबीच एकापसमा झगडा हुँदा एकको मृत्यु भएको छ।, बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगरमा मंगलबार राति दुई साथी–साथीबीच एकापसमा झगडा हुँदा खोटाङका सञ्जय राईको मृत्यु भएको हो।, महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले झगडामा गम्भीर घाइते राईको हेल्पिङ हेण्डस् अस्पता...
सेतोपाटी संवाददाता सोमबार राति पौने १० बजे पाँच युवा कलंकीस्थित नारायणी गेस्ट हाउसमा बास बस्न आएका थिए।, ती युवा राति अबेरसम्म मदिरा सेवन गरेर होटलमा आइपुगेका थिए। काउन्टरमा वेटर विवेक सोनाम थिए। उनीहरूले बास बस्ने भनेपछि दोस्रो तलाको ९०५ र ९०७ नम्बरको कोठा खोलिदिए।, केहीको परिचय–पत्र थियो कसैको थिएन।, गेस्ट हाउस सञ्च...
सेतोपाटी संवाददाता उच्च अदालत पाटनको हेटौंडा इजलासले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका ‘सिधा कुरा जनतासँग’ कार्यक्रम प्रस्तोता रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मागेको छ।, लामिछाने र उनका सहकर्मी युवराज कँडेलले हिजो उक्त मुद्दामा जिल्ला अदालत चितवनले दिएको आदेशविरूद्ध हेटौंडा इजलासमा निवेदन...
सेतोपाटी संवाददाता अव्यवस्थित पार्किङ हटाउन गएका दुई प्रहरीले एक कन्टेनर चालकलाई कुटपिट गरेका छन्।, मंगलबार रसुवाको टिमुरे सडकखण्डमा बा६ख ४९२५ नम्बरको कन्टेनरका चालक आशिष तामाङलाई प्रहरी सहायक निरीक्षक र हवल्दारले कुटपिट गरेका हुन्।, ती प्रहरीको नाम भने रसुवा प्रहरीले गोप्य राखेको छ।, रसुवाका प्रहरी नायब उपरीक्षक भोगे...
सेतोपाटी आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ ।, पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज बराल, प्रेमराज तिमल्सिना र भीमब...
सेतोपाटी यहाँकी एक किशोरी १० दिनदेखि काठमाडौँबाट सम्पर्कविहीन भएकी छन् ।, स्याङ्जाको चापाकोट–९ घर भई काठमाडौँ बसुन्धारामा बस्दै आएकी १८ वर्षीया रेजिना डोटेल भदौ ७ गतेदेखि सम्पर्कविहीन भएकी आमा सरस्वती डोटेलले बताएकी छन् ।, भदौ ७ गते  इञ्जिनीयरिङको प्रवेश परीक्षाको तयारी कक्षा लिन बसुन्धारास्थित कोठाबाट निस्किएपछि अहिल...
सेतोपाटी संवाददाता बैंकको एटिएम बुथबाट पैसा निकाल्ने चिनियाँ गिरोहका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप एक जनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३६ वर्षीय सु लुसली छन्।, यसअघि शनिबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो। फरार तीन जनामध्ये सु पक्राउ प...
सेतोपाटी संवाददाता पशुपतिनाथ मन्दिर प्रवेश गर्ने पूर्वी ढोका सोमबारदेखि खुला गरिएको छ।, वि.सं. २०६५ सालदेखि बन्द रहेको पूर्वी ढोका सोमबार विहानदेखि खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए।, ११ वर्षदेखि पूर्वी ढोका भक्तजनका लागि बन्द थियो। ढकालका अनुसार जल ल्याउन मात्रै पूर्वी ढोकाको...
सेतोपाटी संवाददाता झापामा भारत सरकारको सहयोगमा विद्यालयको अत्याधुनिक भवन निमार्ण भएको छ।, भारतले गौरादह नगरपालिका वडा नं ५ मा अवस्थित श्री स्कुलचौन उच्च माध्यमिक विद्यालयको लागि अत्याधुनिक भवन बनाइदिएको छ। सो विद्यालय भवनको महान्यायाधिवक्ता अग्निप्रसाद खरेल तथा नेपालका लागि भारतीय राजदूत महामहिम मंजीव सिंह पुरीले संयु...
समिक्षा अधिकारी खाली सिसी, बोत्तल, कागज...!, घाम जमिनमा परिसकेकै हुँदैन, मान्छेका कानमा यी शब्द पुग्न थाल्छन्। साइकल डोर्याउँदै आउनेका आवाजले काठमाडौंलाई अझै ब्युझाउँछ।, यी आवाजका सर्जक त्यति सुकिला देखिँदैनन्। न स्थानीय नै। प्रायः फोहोर हुलियामा देखिने उनीहरू सहर सफाइका बाहक हुन्।, फोहोरको थुप्रोमा होस् वा महानगरपालि...
सेतोपाटी संवाददाता तनहुँ, रौतहट, चितवन र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।, तनहुँ भिमाद नगरपालिका ७ बैदार चौतारास्थित सडकमा लु४त १४५० नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँका १० वर्षीय बालक युनिक विकको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय हरी मेडिकलमा उपचारक...
सेतोपाटी काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी फिनल्याण्ड भ्रमणमा गएका छन्।, नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार र विकास निर्माण सम्बन्धी विभिन्न कार्यक्रममा भाग लिन सोमबार उनीहरू फिनल्याण्ड गएका हुन्।, महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार मेयर/उपमेयर पाँच दिने भ्रमणका लागि फिनल्याण्...
नेहा झा जनकपुरधामका ३२ वर्षीय युवा रंजित साहले सगरमाथा आधार शिविरसम्मको साइकल यात्रा थालेका छन्।, तराई–पहाड र हिमालबीच सदभाव बढाउने उद्देश्यका साथ उनले जनकपुरधामदेखि आधार शिविरसम्म साइकल यात्रा थालेका हुन्।, ‘तराई पहाड हिमाल, हाम्रो मातृभूमि नेपाल’ नाराका साथ उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्म साइकल य...
निशा भण्डारी हिन्दु नारीको महान पर्व तीजको अवसरमा पशुपतिनाथ परिसरमा बिहानैदेखि भीड लागेको छ।, रातो सारीमा सजिएका नारीहरु पशुपतिनाथको दर्शन तथा नाचगानमा व्यस्त छन्। तीजको दिन ब्रत बसे मनले आँटेको पुग्ने विश्वासका साथ पशुपतिनाथ दर्शन गर्न पुगेका नारीहरुले यस पटकको व्यवस्थापन सहज भएको बताएका छन्।, पशुपति क्षेत्र विकास को...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले 'जीवित देवी कुमारी'को भत्ता बढाएर मासिक पचास हजार रूपैयाँ पुर्याएको छ। महानगर प्रवक्ता ईश्वरमान डंगोलका अनुसार महानगरपालिकाले यही आर्थिक वर्षबाट कुमारीलाई मासिक ५० हजारका दरले भत्ता दिइने निर्णय गरेको हो। , कुमारीका साथै पूर्वकुमारीलाई पनि मासिक १५ हजारका दरले भत्ता वितरण गरि...
सेतोपाटी संवाददाता बाँकेमा नियन्त्रणमा लिइसकेका अभियुक्तलाई भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ।, सोमबार दिउँसो प्रहरीले जमुनाहस्थित भन्सारबाट डाँका चोरी मुद्दाका अभियुक्त नरेन्द्र न्यौपानेलाई पक्राउ गरेको थियो।, ‘पक्रेर बाइकबाट नेपालगन्ज ल्याउँदै गर्दा भागेपछि प्रहरीले एक राउण्ड गोली प्रहार गरेको हो,’ बाँकेका डिएसपी...
नारायण खड्का उनको जन्म गरिब थारू परिवारमा भयो। तर, कसरी-कसरी उनले सानैबाट ठूलो सपना देख्न सिकिन्।, तुलसीपुर उपमहानगरपालिका-१३, फूलबारीस्थित गरिब र अशिक्षित परिवारमा जन्मेकी उनलाई पढ्ने खुब सोख थियो। उनी घरको सिकुवामा बसेर गाउँभरका केटाहरू स्कुल गएको हेरिरहन्थिन्। काँधमा झोला भिरेर स्कुल गएको देख्दा उनलाई पनि रहर लाग्थ...
दिपकजंग शाही बाँके नेपालगन्ज उपमहानगरबाट दैलेख लैजाँदै गरेका गाईगोरु भीरबाट खसालेको अभियोगमा प्रहरीको नियन्त्रणमा रहेका सात जनालाई अनुसन्धानका लागि आइतबार म्याद थपिएको छ।, गाईगोरु बोकेका ट्रक चालक पाँच जना र दुई जना सहचालकलाई अनुसन्धानका लागि भन्दै जिल्ला अदालत सुर्खेतले सात दिनको म्याद थपेकाे हो।, उनीहरूलाई प्रहरीले ...
सेतोपाटी संवाददाता भूमिसुधार तथा मालपोत कार्यालय, बाराको पूर्व कर्मचारी हरिमोहन सिंह क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरेको छ । , मुद्दा फाँटमा करार सेवा पुर्व कार्यरत क्षेत्रीले मागेको जग्गा सम्बन्धी कागजातहरु नपठाई रोकेर राख्ने गरेको सूचना आयोगले पाएको प्रेस विज्ञप्त...
सेतोपाटी संवाददाता शनिबार काठमाडौंका एटिएम ह्याकिङ गरी पैसा निकालेका चिनियाँको नेपाली रुपैयाँ डलरमा साट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।  , महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीका अनुसार ह्याकिङ गरेर फरार तीन जना चिनियाँको  पैसा साट्नेहरूलाई सोमबार दिउँसो ठमेलबाट पक्राउ गरिएको हो।, पक्राउ पर्ने...
सेतोपाटी प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई  सोमबार पक्राउ गरेको छ ।, राजविराज नगरपालिका–२ का ४८ वर्षीय पञ्चदेव यादवलाई राजदेवी चौक नजिकैबाट प्रहरीले लागु औषधसहित पक्राउ गरेको जनाएको छ ।, राजदेवी चौकमा सुरक्षाका लागि खटिएको प्रहरी टोलीले जाँचका क्रममा यादवलाई पक्राउ गरेको हो । उनको साथबाट प्रतिबन्धित लागुऔषध...
सेतोपाटी चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरेका छन् ।, कुशे गाउँपालिकाको पाटनमा शनिबारको हावाहुरीसँगै लागेको चट्याङका कारण २३३ भेडा मरेका छन् भने २५२ भेडा हराइरहेको कुशे गाउँपालिका–८ कफल्लाका दुर्गाबहादुर रोकायले जानकारी दिए ।, जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेका...
नारायण खड्का दाङमा सवारी दुर्घटनामा परि दुई युवाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही–भालुबाङ सडक खण्डको पिपरीमा सोमवार बेलुका ट्रकले मोटरसाइकललाई ठक्कर दिदां दुई युवाको मृत्यु भएको छ ।, मृत्यु हुनेमा जिल्लाको रा ३ प २०६१ नम्बरको मोटरसाइकलमा सवार घोराही उपमहानरपालिका वड...
सेतोपाटी संवाददाता नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनामध्ये एकको शव फेला परेको छ। तीजको अवसरमा सोमबार बिहान स्थानीय नदिमा नुहाउन गएका कपिलवस्तु शुद्धोधन गाउँपालिकाका तीन महिला बेपत्ता भएका थिए।, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार नदीमा बेपत्ता भएका तीनमध्ये एकको शव मंगलबार बिहान फेला परेको हो।, प्रहरी नाय...
सेतोपाटी देशको राजधानी भएको जिल्ला काठमाडौँ भूकम्पपछिको पुनःनिर्माणमा सबैभन्दा कमजोर अवस्थामा रहेको देखिएको छ ।, भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये राजधानी शहर भएको जिल्ला सबैभन्दा पछि परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका अनुगमन तथा मूल्याङ्कनविज...
सेतोपाटी खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।, मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको गए राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।, अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८:०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको प्...
सेतोपाटी संवाददाता गृह मन्त्रालयले दुई हजार जना कर्मचारीका लागि विज्ञापन खुलाएको छ।, गृहको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले एमआईएस अपरेटर (राजपत्र अनङ्कित प्रथम श्रेणी सरह) का कर्मचारी माग गरेको हो।, इच्छुकहरूले अनलाइनबाट दरखास्त पेश गर्न पाउने गृह मन्त्रालयले जनाएको छ। सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ता ...
सेतोपाटी आन्तरिक राजश्व कार्यालय बाराका कम्प्युटर अपरेटर सुदीप लामाविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।, प्यान नम्बर बन्द गर्न सहजीकरण तथा राजश्व छुट गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिएको अभियोगमा पक्राउ परेका लामालाई सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।, अख्तियारका अनुसार लामो समयदेखि ...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय सेवा आयोगले चिकित्साशास्त्र अध्ययन संस्थानमा सह-प्राध्यापकका लागि लिएको परीक्षामा सामेल भई लिखित परीक्षामा उत्तीर्ण भएकालाई अन्तर्वार्ताका लागि बोलाएको छ।, असोज १, २, ३, ५, ६, ७, ८ र ९ गते अन्तर्वार्ता हुने भएकोले योग्यता पुगेका उम्मेदवारलाई आयोगको कार्यालय कीर्तिपुरमा अन्तर्व...
नारायण महर्जन भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्तऋषिको पूजाआराधना गरी मनाउँदैछन्।, महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन्। रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटी भए आज ऋषि पञ्चमीको ...
सबिना श्रेष्ठ उनी इन्द्रकी आमा बसुन्धरा हुन्। येँया अर्थात् इन्द्रजात्रामा 'दागिं' भनेर चिनिन्छन्।, काठमाडौं, खुसिबुँ निवासी मंगलमान डंगोलले दागिं बनेर यो परम्परा जोगाएको नै २३ वर्ष भयो।, कुमारी रथ तान्ने दिन उनी दागिं बनेर निस्कन्छन्। त्यो दिन काठमाडौंको तल्लो टोल (कोहने) मा रथयात्रा हुन्छ। रथले यात्रा गरेका टोलमा दा...
सेतोपाटी संवाददाता इलामको दानावारीबाट यात्रु लिएर धरान जाँदै गरेको यात्रुवाहक बस पूर्वपश्चिम राजमार्गस्थित झापाको जुके कल्भर्ट नजिक दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ।, अन्य १७ जना गम्भीर घाइते छन्। घाइते सबैको विर्तामोडका अस्पतालमा उपचार भइरहेको विर्तामोड प्रहरीले जनाएको छ।, ईलाका प्रहरी कार्यालय विर्ताम...
दिपकजंग शाही नेपालगञ्जबाट दैलेख पठाउन लागेका गाई प्रहरी चेकपोष्टको नजिक पनि फालिएको भेटिएको छ।, शनिबार सुब्बाकुना प्रहरी चेकपोष्टभन्दा करिब १०० मिटर पर ६ वटा मरेका गाई भेटिएको वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले जानकारी दिए।, शुक्रबार त्यसभन्दा पर ब्यूरेनी नजिक फालिएकामध्ये ८ वटा गाई मरेका भेटिएका थि...
सेतोपाटी संवाददाता गृहमन्त्रालयले सुर्खेतमा भएको गौहत्या प्रकरणबारे छानबिन गर्नका लागि छानबिन समिति गठन गरेको छ।, शनिबार गृहमन्त्रालयले विज्ञप्ति जारी गरी गृहमन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएको हो।, छानबिन गरी प्रतिवेदन १५ दिनभित्र बुझाउन गृहले निर्देशन दिएको छ...
सेतोपाटी संवाददाता बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज बिहानै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ।, शुक्रबारदेखि नेपाल भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताइन्।, ‘अ...
नेहा झा आजभन्दा डेढ दसकअघि मनोज दत्तलाई तत्कालीन सुरक्षाकर्मीले कटैया चौरीस्थित घरमा खाना खाइरहेकै बेला ‘सोधपुछ गर्नु छ’ भनी घरबाट लग्यो। त्यो दिन थियो २०६० साल असोज २५ गते।, तर सोधपुछकै लागि लगिएका मनोजलाई भने फेरि हेर्न पाएनन् उनका परिवारले।, मनोज दत्त बेपत्ता भएको १६ वर्ष भइसकेको छ तर उनी परिवारका लागि न जीवित छन् ...
सेतोपाटी संवाददाता गृहमन्त्रालयले नेपाल प्रहरीका ३५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ।, शुक्रबार बसेको मन्त्रिस्तरीय बैठकको निर्णय अनुसार ३५ एसएसपीको सरूवा गरिएको हो।, ललितपुर प्रहरी प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकको प्रहरी मुख्यालयको कार्य विभागमा सरूवा गरिएको छ भने ललितपुर प्रहरी प्रमुखमा एसएसपी टेकप्...
सेतोपाटी संवाददाता शरीरको उचाइ र तौलको सन्तुलन नमिलेका कारण नेपाली सेनाका तीन जना अधिकृतको बढुवा रोकिएको छ।, बिएमआई अर्थात् 'बडी मास इन्डेक्स' अनिवार्य हुनुपर्ने प्रावधान नमिलेपछि उनीहरूको बढुवा रोकिएको हो।, उनीहरू प्रमुख सेनानीबाट महासेनानीमा बढुवा हुनबाट रोकिएको सैनिक  स्रोतले जनाएको छ।  , त्यस्तै, ४ जना सैनिक अधिकृ...
दिपकजंग शाही दैलेखको नारायण नगरपालिका–५ का कृपा दमाई र तुलसी दमाईकी छोरी विर्मा नेपाली २०५६ मंसिर १६ गतेदेखि बेपत्ता भइन्।, सशस्त्र द्वन्द्वका क्रममा विद्रोही समूहमा आवद्ध रहेकी विर्मा बेपत्ता भएको केही महिनापछि यो दम्पत्ति सुर्खेतको वीरेन्द्रनगर झर्यो। अहिले ९ छोराछोरीसहित कृपा र दुलसीको परिवार वीरेन्द्रनगर–५ मा भाडा...
सेतोपाटी संवाददाता दाङको दंगीशरण गाउँपालिकाले आइतबार परेको थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा सार्वजिक बिदा दिएको छ।, गाउँपालिका उपाध्यक्ष पीमा खड्काले थारु जातिको महान् पर्व अट्वारीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिइन्।, शुक्रबार बसेको कार्यपालिकाको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेक...
सेतोपाटी जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ ।, आज बिहान १:४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ल...
रासस यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेका तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीलाई धरौटीमा छाडिएको छ। , वडाध्यक्ष भण्डारीले ३५ हजार रुपैयाँ धरौटी बुझाएर पाँच दिनपछि शुक्रबार तारेखमा छाडिएको हो।, प्रारम्भिक अनुसन्धान सम्पन्न गरी धरौटीमा रिहाइ गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी...
सेतोपाटी पोखरामा शनिबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ ।, पक्राउमा पर्नेमा पोखरा–१० स्थित रामबजारका ४६ वर्षीय कार चालक सुवास गुरुङ, लमजुङको मस्र्याग्दी घर भई हाल पोखराको रानीपौवाका २१ वर्षीय युवराज गुरुङ र सोही स्थान बस्ने २२ वर्षीया आशा गुरुङ रहेको गण्डकी प्रहरी प्रदेशको कार्यालय पोखराले जनाएको छ ।, पोखराको म...
सेतोपाटी मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आइतबार बिहान पुनःपहिरो गएको छ । पहिरोमा सडक भासिनुका साथै छ घर उच्च जोखिममा परेको छ ।,  मध्यपुरथिमि– १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गत ३ गते राति पहिरो गएपछि रोकथामका प्रयास भएपनि त्यस स्थानमा पुनःपहिरो गएको हो ।, पानीट...
सेतोपाटी महानगरीय प्रहरी परिसर काठमाडौंले नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्न सक्रिय ५ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।, परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर समेत बरामद गरेको छ ।, उनीहरु भदौ १३ गते साँझ नेपाल आएको प्रहरीले जन...
सेतोपाटी संवाददाता पहिरोले पुरिएर भोजपुरमा एक जनाको मृत्यु भएको छ।, साल्पासिलिचो गाउँपालिका-६ थुमलुङका ६५ वर्षीय मानबहादुर विष्टको पहिरोले पुरेर मृत्यु भएको हो।, शनिबार बेलुका ६ बजे घर नजिकै रहेको अलैंची बगानमा अलैंची गोड्ने क्रममा एक्कासी आएको पहिरोले पुरेर घाइते भएका विष्टलाई उद्धार गरी घर लगिएकोमा बिहान सवा ५ बजे म...
एजेन्सी भारतले ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने नयाँ कानुन लागू गरेको छ।, आइतबारदेखि लागू भएको नयाँ कानुनअनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई २ वर्षसम्म जेल हुन सक्छ।, मापसे गरेर सवारी चलाएमा पहिलो पटक ६ महिना जेल  र १० हजार भारतीय रुपैयाँ जरिमाना हुनेछ। सोही मानिसले दोस्रो पटक मापसे गरेर गाडी च...
सेतोपाटी संवाददाता काठमाडौंको कपनमा लिटिल वन मन्टेश्वरी स्कुलको भ्यान दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्।, विद्यार्थी बोकेको भ्यान आइतबार बिहान सडकबाट खस्दा छ जना विद्यार्थीलाई चोटपटक लागेको छ भने अरू सामान्य छन्।, घाइतेहरूको ओम र मेडिकेयर अस्पतालमा उपचार भइराखेको छ प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले ...
सेतोपाटी भक्तपुरका एक स्वास्थ्य अधिकृतसहित १२ जनामा डेंगुको संक्रमण देखा परेको छ।, भक्तपुर अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीसहित १२ जनामा डेंगु देखिएकोमा दुई जनाको भक्तपुरमै र अरूको टेकुस्थित अस्पतालमा उपचार भइराखेको छ।, जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेका अनुसार गत बर्षभन्दा यसबर्ष डेंग...
सबिना श्रेष्ठ  , नेपालको पुरानो पुस्तकालयको अवस्था कस्तो होला?, यो जिज्ञासाको उत्तर खोज्दै हामी २००३ सालतिर खुलेको प्रदिप्त पुस्तकालय पुगेका थियौं। असनबाट इन्द्रचोक नपुग्दै आउने मासं गल्लीमा छ, प्रदिप्त। पहिले यो गल्लीको नाम 'मसान गल्ली' थियो। कुनै समय 'नारायण दाइको मःम पसल' का कारण प्रसिद्ध थियो यो गल्ली। वसन्तपुरमा ...
नेहा झा शैक्षिक, व्यवस्थापकीय र भौतिक रुपमा परिपूर्ण रहेका सामुदायिक विद्यालयलाई सरकारले स्मार्ट स्कुलको रुपमा घोषणा गर्दै आएको छ।, एक महिनाअघि धनुषाको सामुदायिक विद्यालय संकट मोचन देव शरण रामरति माविलाई समेत स्मार्ट विद्यालयको रुपमा घोषणा गरियो।, संकट मोचनलाई स्मार्ट विद्यालयको रुपमा घोषणा गरिँदा विद्यार्थीमा खुसीको ...
सेतोपाटी संवाददाता कतार एयरवेजको जहाज अवतरण गर्ने क्रममा चरासँग ठोक्किँदा ग्राउण्डेड भएको छ।, आइतबार बिहान ९ बजे कतारबाट उडेको कतार एयरवेजको जहाज  काठमाडौं  त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किन पुगेको थियो। चरासँग ठोक्किएपछि जहाज ग्राउण्डेड गरिएको कतार एयरवेजले जनाएको छ।, जहाजको दायाँ इन्जिनमा चराको ...
दिपकजंग शाही केही बोल्न नसक्ने, केही सुन्न नसक्ने। शिक्षक हात र मुखको इशारा गरेर ती बालबालिकाहरूलाई अध्यापन गराउँछन्।, सुन्ने र बोल्ने क्षमता नभएका ८७ जना विद्यार्थी अध्ययनरत छन् विद्यालयमा। सुन्न र बोल्न नसक्ने बालबालिकाको शैक्षिक केन्द्रका रूपमा स्थापित वीरेन्द्रनगरको शिद्ध बहिरा बाल स्कुल आफैंले भने सधैं अभाव खेप्न...
रासस आत्महत्या दुरुत्साहनको आरोपमा यहाँ एक युवाविरुद्ध मुद्दा दर्ता भएको छ। चम्पादेवी गाउँपालिका–१० की १६ वर्षीया गोमा कार्कीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा स्थानीयवासी युवराज कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो । , ,तीन महिना अघि गोमाले घरकै कोठामा पासो लगाएर आत्महत्या गरेकी थिइन् । आत्महत्या गर्नुअघि उनल...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी अपराध महाशाखाले विप्लब समूहको नाममा बम पड्काउने धम्की दिँदै सरकारी कर्मचारीहरुबाट रकम असुली गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा जनध्वनी साप्ताहिकका सम्पादक विकास कोइराला, बिश्वराज शर्मा र शुभम घिमिरे छन्।, सो समूहले सरकारी कार्यालय प्रमुखहरुलाई बम पड्काएर जिउज्यान...
नारायण महर्जन भाद्र कृष्ण औँशीका दिन आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ।, बिहीबार बेलुकीदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको आवागमन शुरु भए पनि बिहान ३:०० बजेदेखि मन्दिरका चारै ढोका खुला गरिएको पुजारी जगदीशच...
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालयका चाबहिलका लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरतविक्रम केसीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।, विद्यालयमा निर्माण गरिएको क्यान्टिनको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय टङ्गालबाट...