content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता शुक्रबार बिहान साढे १० बजेतिर भक्तपुरको नयाँ ठिमी चारदोबाटोमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, बा ६७ प ६७५४ नम्वरको स्कुटर र बा ७३ प ९७२१ नम्वरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।, कोरियन अस्पतालबाट बाटो क्रस गरी बालकोटतर्फ जान लागेको स्कुटर र काठमाडौं...
निशा भण्डारी देशभरिका कृष्ण मन्दिरमा आज भगवान् श्रीकृष्णको पूजा–आराधना गर्ने भक्तालुको भीड लागेको छ।, ‘श्रीकृष्णजन्माष्टमी’ का अवसरमा बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको हो। भाद्र कृष्ण अष्टमीका दिन कृष्णजन्माष्टमी मनाइने गरिन्छ।, ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरय...
सेतोपाटी संवाददाता सरकारले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र देशभरका ६४ ठाउँबाट अहिले राष्ट्रिय परिचय पत्र वितरण गरिरहेको छ। तपाईंले राष्ट्रिय परिचय पत्र बनाउनु भएको छैन भने हतार नगर्नुस्।, प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले राष्ट्रिय परिचय पत्र निर्माण गर्दा आँखाको नानी (आइरिस) को समेत सूचना संकलन गर्ने कानुनी ...
सेतोपाटी संवाददाता शान्ति सेनामा नेपालले सहभागिता जनाएको ५० वर्ष बढी भइसक्यो। अहिले १२ देशका १३ मिसनमा नेपाली सेना शान्ति सैनिकका रूपमा कार्यरत छन्।, ५ हजार ७३ जना नेपाली सैनिक शान्ति सेनामा छन्। तीमध्ये महिला सैनिक भने २ सय २ जनामात्र छन्।, संयुक्त राष्ट्र संघले सन् २०२० सम्म महिला सैनिक ७ प्रतिशत पुर्‍याउन संयुक्त र...
सेतोपाटी सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले जग्गा हिनामिनासम्बन्धी उजुरी तथा सूचना जिल्ला प्रशासन कार्यालयमा पनि दिन सकिने व्यवस्था गर्न लागेको छ।, काठमाडौँसम्म आएर उजुरी गर्न तथा सूचना दिन सर्वसाधारणलाई असुविधा हुन सक्ने महसुस गरेर आयोगले केही दिनभित्रै सूचनामार्फत जिल्ला प्रशासन कार्यालयमा...
खिलानाथ ढकाल हेटौंडाबाट राजधानी जोड्ने कान्ति लोकपथमा सरकारले गरेको साढे दुई अर्ब लगानी जोखिममा परेको छ।, ७५ प्रतिशत काम सकिएको अवस्थामा सडकमा निरन्तर पहिरो जान थालेपछि यसलाई मर्मत गर्नमात्र थप एक अर्ब रुपैयाँ लाग्ने भएको छ।, बाटोको डिपिआर तयार गर्ने कोरियन कम्पनीले यो क्षेत्रको भौगर्भिक अवस्था कमजोर रहेकाले बिपी राजम...
सेतोपाटी संवाददाता पर्साबाट नक्कली नोटका दुई कारोबारी पक्राउ परेका छन्। पर्सा बहुदरमाई नगरपालिका १२ का ३४ वर्षीय दिलीपकुमार साह र वीरगन्ज महानगरपिलका २ का ४८ वर्षीय जमिल अक्तरलाई नक्कली भारतीय नोटसहित बिहीबार राति पर्सा प्रहरीले पक्राउ गरेको हो।, पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार उनीहरूको साथबाट २ ह...
सेतोपाटी हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा केही दिनयता पखालाको सङ्क्रमण फैलिएको छ।, मौसम बदलिएसँगै पानीको मुहानमा फोहर मिसिएका कारण पखालाको सङ्क्रमण फैलिएको बेनी अस्पतालले जनाएको छ।, वर्षायामको समयमा बढी पानी पर्ने भएकाले पिउने पानीका मुहानमा फोहर मिसिएकाले पखालाको सङ्क्रमण फैलिएको बेनी अस्पतालका डाक्टर नव...
सेतोपाटी संवाददाता झापाको बिर्तामोड नगरपालिका ३ बिर्तामोडभद्रपुर सडक खण्डमा खनेको नालीमा डुबेर बिर्तामोड १० की ६५ वर्षीया सुमित्रा राईको मृत्यु भएको छ। ,शुक्रबार बिहान ९ बजेको समयमा महिला नालीमा डुबेर मृत अवस्थामा फेला परेकी थिइन्।, घटनास्थलमा ईलाका प्रहरी कार्यालय अनारमनीले कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको ला...
विनोद सापकोटा झापास्थित ईलाका प्रहरी कार्यालय झिलझिलेले दुई सय तयारी घरेलु मदिरा नष्ट गरेको छ। जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० टेक्रा स्थित गाँउबाट प्रहरीले तयारी घरेलू मदिरा र त्यसमा प्रयोग हुने चार सय कच्चा पदार्थ नष्ट गरेको हो।, शुक्रबार बिहान जनप्रतिनिधी, पत्रकार र वाणिज्य संघका प्रतिनिधिको रोहबरमा बिही...
सेतोपाटी सामाजिक सञ्जालको दुरुपयोग गरेर सजाय भोग्नेहरु धेरै छन्। सामाजिक सञ्जालमा असामाजिक विषयवस्तु राखेकै कारण पक्राउ परेका घटनाहरु पनि पछिल्लो क्रममा धेरै सुन्ने गरिएकामा नवलपरासीमा भने सामाजिक सञ्जालबाटै दुई विपन्न परिवारको घर निर्माण गरिएको छ।, पूर्व नवलपुरको देवचुलीका केही सामाजिक अगुवा र युवाहरुको सक्रियतामा सा...
सेतोपाटी चाबहिल–साँखु सडकखण्डको अवस्थाबारे बुझ्न सांसदहरुले शुक्रबार अवलोकन गरेका छन्।, प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति, सदस्य र सडक आयोजनाका कर्मचारीसहितको टोलीले चाबहिल, जोरपाटी हुँदै साँखुसम्म पुग्ने सडकको अवलोकन गरेका हुन्।, समितिका सभापति कल्याणीकुमारी खड्काले सडकको मर्मत तथा भत्काउन बाँकी रहेका घर...
भगवती पाण्डे प्रदेश नंं ५ प्रदेशसभामा नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालको घरमा बम बिष्फोट गराएको अभियोगमा रुपन्देही प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । , पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ११ बस्ने बिक्रम यादव, गैडहवा गाउँपालिका वडा नं ६ का रुदल यादव र सियारी गाउँपालिका वडा न. ४ ओर्लह...
दिपकजंग शाही सडकछेउको जंगलमा खरले छाएको एउटा सानो झुप्रो। पानी पर्दा चुहिएर भित्रै आहाल हुन्छ।, झुप्रोको तल्लो छेउतिरको जमिन खोलाले कटान गर्ने जोखिम बढ्दैछ। नौ वर्षीय र तीन महिने छोरा साथमा छन्। उनले दैनिक मजदुरी गरेर आफू र परिवारका अरु तीन सदस्यको दुई छाक टार्छन्।, जाजरकोटको गर्खाकोटका करण शाही अहिले ४३ वर्षका भए। १४...
शोभा शर्मा नेपाल कम्युनिष्ट पार्टीले नागरिकता सम्बन्धी विधेयक तत्काललाई अघि नबढाउन भनेपछि उपसमितिले ४ महिनासम्म काम नगरेको पाइएको छ।, ६ महिना छलफल गरेपछि संसदको राज्यव्यवस्था समितिले नागरिकता विधेयकका विवादित विषय टुंगाउन चैतमा उपसमिति बनाएको थियो।, १५ दिने म्याद दिएर बनाइएको उपसमितिले ४ महिनासम्म कुनै काम गरेको छैन। ...
नारायण महर्जन गौरा पर्व हर्षोल्लासका साथ काठमाडौंमा मनाइएको छ।, विशेषगरी सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्वको यो पर्व शुक्रबार दिउँसो राजधानीको टुँडिखेलमा बृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको हो।, गौरा पर्वमा सुदूरपश्चिममा कुनै किसिमको विभेद तथा छुवाछूत माने पाप लाग्ने ध...
एजेन्सी अत्यधिक बर्षा र बाढीका कारण सुडानमा पछिल्लो समय ५४ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।, देशभरी गरेर एक लाख ९४ हजार जना प्रभावित भएको पनि मानवीय सहायतासम्वन्धी राष्ट्रसंघीय कार्यालयका अधिकारीहरूले जनाएका हुन् ।, राष्ट्रसंघका सुडानस्थित प्रतिनिधिलाई उद्धृत गर्दै शुक्रबार सार्वजनिक गरिएको विवरण अनुसार अधि...
सेतोपाटी बाँकेको नरैनापुर गाउँपालिकाले अवकाश प्राप्त कर्मचारीलाई पुनः कर्मचारीमा नियुक्त गरेको रहस्य बाहिर आएको छ ।, साविकको नरैनापुर गाविसमै सचिव रहेका नायब सुब्बा मोहम्मद इस्माइल खाँलाई अवकाशपछि पनि गाउँपालिकाले पुनः नियुक्त गरेको रहस्य बाहिर आएको हो ।, निजामती सेवा ऐन, २०४९ को दफा ३३ बमोजिम व्यक्तिगत विवरण (सिटरोल)...
सेतोपाटी सर्वोच्च अदालतले  संविधानविपरीत प्रदेशसभाले स्थानीय तहका पदाधिकारी तथा सदस्यले मासिक पारिश्रमिक, ज्याला, तलबसहितको सुविधा लिने कानून बनाउनुको कारण सोधेको छ ।, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले उक्त सुविधा लिने गरी कानून...
सेतोपाटी संवाददाता प्रिन्सी र प्रिज्मा खतिवडा। दीपा र दमन्ता श्रेष्ठ। अमर र अमृत दाहाल।, टिकटकमा टुकटुक औंला सार्नेहरूमध्ये कमैले मात्र यी नाम थाहा नपाएका होलान्। नाम याद नभए पनि अनुहार पक्कै सम्झेका होलान्।, यी जुम्ल्याहा दिदीबहिनी–दाजुभाइ हुन्, जो टिकटकमा चर्चित छन्।, उस्तै अनुहारका यी 'सिब्लिङ' जोडीका 'फलोइङ' टिकटक...
सेतोपाटी संवाददाता पूर्वराजदूत केशवराज झाको हत्या एक वर्ष पुगेको छ। तर, उनको हत्या कसले गर्‍यो भन्ने ‘क्लू’सम्म प्रहरीले पत्ता लगाउन सकेको छैन।, गत वर्ष भदौ ४ गते बिहान आफ्नै निवासमा झा मृत फेला परेका थिए। उनीमाथि चक्कु प्रहार गरिएको थियो। उनको घाँटीमा गहिरो चोट लागेको थियो।, झालाई कसले किन हत्या गर्‍यो? भन्ने पाटोबाट...
सेतोपाटी संवाददाता दाङमा बुधबार बिहान भएको बस दुर्घटनामा परि ३ जना घाइते भएका छन् ।, काठमाडौंबाट आउँदै गरेको बा ४ ख १७३२ नम्बरको बस पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. ५ कुमलरोडमा दुर्घटनामा परेको हो ।, काठमाडौंबाट रुकुम जाँदै गरेको उक्त रात्री बस बिहान साढे ७ बजेतिर अनियन्त्रित भएर दुर्घटनामा परेक...
दिपकजंग शाही कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले अबको ६ महिनाभित्र कालिकोटमा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुर्‍याउन निर्देशन दिएका छन्।, गृहजिल्लाको साताव्यापी भ्रमणपछि सुर्खेत फर्किने क्रममा दैलेखको टुनीबगरमा विद्युत प्राधिकरणअन्तर्गत दैलेख–कालिकोट प्रशारण लाइन विस्तार आयोजनाका प्रमुख सुरेन्द्र च...
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धि पाठ्यक्रममा चीन सरकारले चासो देखाएको छ।, चाइना डाइलेक्टिकल एशोसिएसनका अध्यक्षसमेत रहेका बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर प्रो लिउ सिआओ थिङले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसँग भेट गरी मन्त्र...
सेतोपाटी संवाददाता रवि लामिछानेकी श्रीमती निकिता पौडेलले दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता नगरी चितवन जान सुझाव दिएको छ।, घटना, भिडिओ, आरोपीहरूमाथि चितवन प्रहरीले नै छानबिन गरिरहेकाले निकिताको जाहेरी काठमाडौंबाट हेर्न नमिल्ने भएकाले उतै जान सुझाव दिएको प्रहरी उपरीक्षक अशोक सिंहले बताए।, ‘चितवनमा घटना...
सेतोपाटी संवाददाता पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेकी श्रीमती निकिता पौडेलले पुडासैनीको भिडिओ कीर्ते गरेको आरोपमा तीन जनाविरूद्ध प्रहरीमा जाहेरी दिएकी छिन्।, पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत...
भगवती पाण्डे ‘सवारी व्यवस्थापनमा सहयोग होस्’ भन्ने उद्धेश्यले ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएका विद्युतीय रिक्साहरू प्रयोगविहीन भएर थन्किएका छन्।, साविक पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवललाई हस्तान्तरण गरिएका विद्युतीय रिक्सा प्रयोग नगरी त्यसै थन्काएर राखिएको हो।, तिलोत्तमा नगरपालिका वडा नं ३ मा विक्री क...
सेतोपाटी संवाददाता सरकारले काठमाडौं–तराई मधेश द्रुत मार्ग फास्ट ट्रयाक निर्माणको विस्तृत प्रतिवेदन (डिपिआर) स्वीकृत गरेको छ। रक्षा मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको झण्डै ५ महिनापछि फास्ट ट्रयाकको डिपिआर स्वीकृत भएको हो।, ,कोरियाली कम्पनी ससुङले ६ महिना लगाएर तयार पारेको डिपिआरलाई गत चैत ११ गते रक्षा मन्त्रालयले मन्त्...
नारायण खड्का बैंक म्यानेजरले ३५ जना नक्कली ऋणी खडा गरी १८ करोड हिनामिना गरेको खुल्न आएको छ।, आफूलाई फाइदा हुने गरी नक्कली ऋणी खडा गर्ने तथा सम्वन्धित व्यक्तिलाई थाहै नदिई एउटै व्यक्तिका ४/५ वटा सम्म बैंक खाता खोलेर रकम आफै निकाल्ने गरेको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।, जिल्ला प्रहरी प्रबक्ता एवं डिएसपी विन...
प्रशन्न पोखरेल ५० शैय्या क्षमताको गोरखा जिल्ला अस्पताल गण्डकी प्रदेश सरकार मातहत छ।, दैनिक दुई सय जनाभन्दा बढी बिरामी उपचारका लागि आउने अस्पतालमा हिजोआज दरबन्दीअनुसार चिकित्सक छैनन्।, यहाँका चिकित्सकलाई केन्द्र सरकारले समायोजन गरी अन्यत्रका अस्पताल पठाएपछि जनशक्तिको अभाव भएको हो। अस्पताल प्रमुख श्रीराम तिवारीको भरतपुर...
सेतोपाटी कला नेपालको पहिलो सिनेमास्कोप सिनेमा ’राँको’बाट नेपाली सिनेमाको निर्देशनमा डेव्यु गरेका निर्देशक किशोर रानाको बुधबार निधन भएको छ । उनी गायिका संगीता राना प्रधानका पति हुन्।, ५४ वर्षिय राना लामो समयदेखि मृगौला रोगबाट पीडित थिए। विगत ६ वर्षदेखि उनले मृगौलाको नियमित डाइलिसिस गर्दै आएका थिए । आर्थिक अभावका कारण उ...
सेतोपाटी हेली वाल्टर्सलाई कानून विषयमा डिग्री हासिल गर्न अझै पाँच वर्ष लाग्नेछ ।, यदि सबैकुरा योजना मुताबिक भयो भने पढाइ सकेर काम गर्ने बेलासम्ममा उनको थाप्ला एक लाख डलरको ‘विद्यार्थी ऋण’ पनि हुनेछ।, वाल्टर्सजस्तै लाखौँ अमेरिकीहरु विद्यार्थीले शिक्षाका लागि अत्याधिक खर्चिरहेका छन् जसले सम्भवतः आफ्नो वयस्क जीवनका अधिका...
सेतोपाटी संवाददाता नयाँ बसपार्कस्थित मोरङ पर्वत गेस्ट हाउसमा बसेका एक जोडी युवायुवती मृत अवस्थामा फेला परेका छन्। कोठा नम्बर १११ मा बसेका चितवनका यमबहादुर मगर र मकवानपुरकी सबिना बजगाईं बुधबार मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, प्रहरीका अनुसार मंगलबार राति सो गेस्टहाउसमा बसेका उनीहरू बु...
सेतोपाटी मालवाहक कन्टेनर दुर्घटना भई सडकमै पल्टिएपछि बुधबार बिहानैदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग खुला भएको छ ।, स्काभेटर समेतका उपकरणको सहायताले दिनभरको प्रयासबाट पल्टिएको मालवाहक कन्टेनर उठाई बन्द राजमार्ग खुला गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।, सो राजमार्ग बुधबार साँझबाट पूर्ण रु...
सेतोपाटी जिल्ला प्रहरी कार्यालय खोटाङले नदीबाट अवैधरूपमा बालुवा निकासी गरिरहेको अवस्थामा सात ट्याक्टर नियन्त्रणमा लिएको छ ।, जिल्लाको उत्तरीक्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुँवास्थित दुधकोशीको बालुवा निकालेर दिक्तेलतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले बुधबार नुनथलाबाट सात ट्याक्टर नियन्त्रणमा लिएक...
सेतोपाटी झुटो विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।, पक्राउ पर्नेमा धादिङको बेनीघाटरोराङ गाउँपालिका–१० का बुद्धिबहादुर प्रजा रहेका छन् । पक्राउ पर्ने अर्को व्यक्तिको वास्तविक ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।, सुकदेउ प्रजा र हीरामाया प्रजाका ५१ वर्षीय छोरा ब...
शोभा शर्मा उनी जहाँ बसेकी थिइन्, त्यहाँ परिचयको कुनै दरकार थिएन। ठाउँले नै परिचय बोल्थ्यो। फेरि त्यहाँ आउने सबै यति हतारमा हुन्थे, कसैलाई नाम सोध्ने फुर्सद नै हुन्थेन।, उसले भने उनको नाम सोध्यो।, आफ्नो पनि बतायो। चिनापर्ची पछि धेरैबेर कुरा गर्‍यो।, निकैबेरपछि मात्र उनलाई छोयो, सुस्तरी!, उनी अचम्म परिन्।, यति बिस्तारै ...
सेतोपाटी आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोज्ने पीडितपक्ष र फरार अभियुक्तसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।, बलात्कार घटनाका अभियुक्तले आर्थिक लेनदेन गरी मुद्दा मिलाउन थालेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको हो ।, कोहलपुर नगरपालिका–११ क...
सेतोपाटी सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहिबार बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ ।, केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताए ।, सात दिनअघि म्याग्दीको लोलाङनजिक केन्द्रविन्दु भएर ४ दश...
प्रभाकर गौतम चिया गफ, भक्तपुर, दत्तात्रय स्क्वायरमा बिहान पाँच नबज्दै चहलपहल सुरू हुन्छ। ब्रह्मा, विष्णु र शिवको संगम मानिने पगोडा शैलीको दत्तात्रय मन्दिर यहाँको मुख्य आकर्षण हो। यो मन्दिर एउटै रूखको काठबाट बनेको जनविश्वास छ।, भिमसेनको मन्दिर दत्तात्रय स्क्वायर परिसरकै अर्को आकर्षण। दत्तात्रयको ठीकपछाडि दाहिने कुनातिर...
डा. ऋषिकुमार काफ्ले सिंगापुरबाट फर्केको १० दिन नबित्दै प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार फेरि उपचारका लागि त्यता गएका छन्।, १२ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरेका ओली फलोअपका लागि बैंकक जान्थे।, साउन १८ गते उनी बैंकक छोडेर पहिलो पटक सिंगापुर गए। प्रधानमन्त्रीनिकट स्रोतहरूले ओलीले सिंगापुरमा औषधी ...
नारायण खड्का दाङका राष्ट्रिय जनमोर्चा पुर्वअध्यक्ष रेशम बिसीको घर लमही नगरपलिका ४ अर्नहवामा स्वर्गद्वारी आश्रमको जग्गामा बनेको छ।, बिसीले बल प्रयोग गरी आश्रमको जग्गा हडपेको आश्रम पदाधिकारीहरुले बताउँदै आएका छन्। बिसी २० वर्ष अगाडि २ कठ्ठा जग्गा किनेको दाबी गर्छन्।, ‘मैले निश्कासित मोही किसानसँग जग्गा किनेर बसेको हुँ। ...
सेतोपाटी संवाददाता प्रदेश २ ले कृष्णजन्माष्टमीको अवसरमा भोलि सार्वजनिक विदा दिएको छ। , प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कृष्णजन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै शुक्रबार सार्वजनिक विदा दिइएको जनाएका छन्।, धार्मिक आस्थाको यस पर्वलाई हर्षोल्लासका साथ मनाउन उनले आग्रह गरेका छन्। यसअघि २ नम्वर प्रदेशले जनैपूर...
सन्जिब बगाले नेपालकी पहिलो महिला प्रहरी, त्यो बेला देशमा भर्खर प्रजातन्त्र आएको बेला थियो। ७० वर्षअघिको नेपाली समाज आजभन्दा धेरै पितृसत्तात्मक थियो। अधिकांश महिला घरको चौघेरामा सीमित थिए।, सरकारी कार्यालयमा महिलाको उपस्थिति शुन्यजस्तै थियो।, निजामति कर्मचारीमै महिला भर्ती हुन नसकेको जुगमा बन्दुक बोक्नु पर्ने, डन्डा चल...
सेतोपाटी संवाददाता गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ मा पहिरो जाँदा एक घर पूर्ण रुपमा क्षति भएको छ।, बुधबार राती परेको वर्षापछिको पहिरोले पसलसहितको एक घरमा क्षति पुगेको हो भने पहिरोबाट ३० भन्दा बढी घर जोखिममा परेको वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए।, 'पहिरोले पसल भएको घर बगाएको छ। अरु धेरै घरमा क्षति...
सेतोपाटी संवाददाता चितवन भरतपुरको चौबिस कोठीदेखि मालपोत चोकसम्मको क्षेत्रमा नाराबाजी र प्रदर्शन गर्न नपाइने ‘निषेधित क्षेत्र’ घोषणा गरिएको छ।, स्थानीय प्रशासन र राजनीतिक दलले सर्वपक्षीय छलफल गर्दै उक्त क्षेत्रमा नाराबाजी र प्रदर्शन नगर्ने सहमति गरेका हुन्।, अब त्यहाँ हुने प्रदर्शन र नाराबाजी रोक्न प्रहरीले सिधै हस्तक्...
सेतोपाटी संवाददाता झापाको कन्काई नदीले बगाएर बिहीबार दिउँसो एक जना बेपत्ता भएका छन्।, नदीमा नुहाउन पसेका स्थानीय शिवसताक्षी नगरपालिका वडा नम्बर १० का कान्छा भनिने साहेव सतारलाई कन्काई नदीले बगाएको हो।, दिउँसो साढे १ बजेतिर नदीमा नुहाउन पसेका सतारलाई नदीले बगाएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।, कन्काई पुल दक्षिणत...
सेतोपाटी संवाददाता पूर्वयुवराज पारस शाहले विमानस्थल सुरक्षामा खटिएका एक प्रहरीलाई दुर्व्यवहार गरेका छन्।, महानगरीय प्रहरी परिसरका अनुसार शाहले आइतबार दिउँसो विमानस्थलमा प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई धकेलेर दुर्व्यवहार गरेका  हुन्।, थाई एयरको जहाजबाट थाइल्यान्ड हिँडेकी आमा कोमललाई विमानस्थल पुगेका पारसले छोर...
सेतोपाटी संवाददाता अविरल वर्षापछि आएको बाढीले सडक कटान गरेपछि रसुवास्थित भोटेकोसी नदीमाथिको पुल बगाएको छ।, रसुवागढी जलविद्युत आयोजना आवतजावतका लागि प्रयोग हुँदै आएको बेलिब्रिज पुल आइतबार राति बगाएको प्रमुख जिल्ला अधिकारी अर्जनु भण्डारीले जानकारी दिए।, ‘टिमुरेदेखि रसुवागढी जलविद्युत जाने बाटोको पुल बगाएको हो,’ प्रजिअ भ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाभित्र डेंगु रोग सार्ने लामखुट्टे देखा परेको छ।, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा एडिज नामक लामखुट्टेको बिगबिगी छ। यो लामखुट्टेले दिउँसो टोकेपछि मानिसमा डेंगुको संक्रमण हुन्छ।, पछिल्ला तीन महिनामा उपत्यकामा डेंगुका ११ जना बिरामी देखिएका छन...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा तीन दिनअघि झाडीमा मृत फेला परेका आमाछोरीको सनाखत हुन सकेको छैन।, तीन दिनसम्म पनि मृतकको सनाखत हुन नसकेपछि सोमबार उनीहरूको अन्त्येष्टि गर्ने तयारी गरिएको छ।, ईलाका प्रहरी कार्यालय तुलसीपुरले पोष्टमार्टम भइसकेपछि तुलसीपुर उपमहानगरपालिकालाई जिम्मा लगाइएको जानकारी दिएको छ।, ‘सडे गलेको अ...
युनिक श्रेष्ठ राजमान महर्जन सधैंजसो सेतो टिर्सट र सेतो हाफप्यान्टमा भेटिन्छन्। कुनै स्कुल वा कार्यालयको पोशाकझैं जहाँ जाँदा पनि यसैमा।, ५० उमेर काटेका राजमानको टिसर्टमा लेखिएको हुन्छ‍- 'हु डज इफ आई डन्ट'।, उनको हातमा नटुट्ने अर्को चिज हो- रातो बिँड र हरियो फुर्का भएको प्लास्टिकको च्याप्टो कुचो।, 'यो मेरो सफाइ पोशाक हो...
सेतोपाटी संवाददाता सुनसरीको धरान उप महानगरपालिका ८ तीनकुनेबाट कारमा लुकाएर लैजाँदै गरेको लागुऔषधसहित दुई पक्राउ परेका छन्। , अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरीको टोलीले आइतबार राति १२ बजे इटहरीबाट धरानतर्फ जाँदै गरेको को।२ च। १०२१ नम्बरको कारबाट लागुऔषध बरामद गरेको हो।, चेकजाँच गर्ने क्रममा धरान १५ का रुभिन...
सेतोपाटी संवाददाता २०७२ सालको भुइँचालोले धादिङ सदरमुकाम मास्तिरको डाँडामा रहेको रिजाल गाउँका सबै घरहरू भत्कायो।, ६५ वर्षे रुद्रकुमारी रिजालको घर पनि बचेन। ढल्न त ढलेन, क्षतविक्षत भयो। खाँबा र पर्खालहरू चर्किए। बूँइगल थ्याच्चै बस्यो।, अलिकति ढुङ्गामाटो, अलिकति पसिना र अलिकति हर्षको आँशुले बनेको यो दुई तले संरचना रुद्रक...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले चलचित्र हललाई मनोरञ्जन शुल्क बापतको कर बुझाउन समयसीमा तोकेको छ।, हलहरूले मनोरञ्जन शुल्क बापतको कर नबुझाएपछि महानगरको राजस्व विभागले भदौ १७ सम्म कर तिर्न समयसीमा तोकेको हो।, महानगरभित्र ४२ वटा सिनेमा हल छन्। जसमध्ये गएको वर्ष (आर्थिक वर्ष २०७५/०७६) मा ४ वटा हलले मात्र कर तिरे।...
सुजना ढकाल स्थानीय सरकारहरू अचेल रक्सी नियन्त्रण गर्न 'कडा' रूपमा प्रस्तुत भइरहेका छन्। सुदुरपश्चिम प्रदेशस्थित बाजुराको गौमुल गाउँपालिकाले 'मदिरा सेवन कार्ड' बनाएको छ। एक दिन पाहुना हुन गेका व्यक्तिले पनि रक्सी खानुपरे दुई सय रूपैयाँ तिरेर 'अतिथि मदिरा कार्ड' लिनुपर्छ। जति चाह्यो त्यति पिउन पनि पाउँदैनन्।, यस्तै नियम...
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्कमा कार्यरत प्रहरी जवान देवेन्द्र बलायरसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।, सवारी दुर्घटनाको प्रहरी रिपोर्ट बनाइदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा बलायरसहितका प्रहरीविरुद्ध सोमबार अख्तियारल...
सेतोपाटी संवाददाता सोमबार देखि भारत प्रशासित कस्मिरका मुख्य शहरहरुमा विद्यालय खुले पनि कक्षा कोठाहरु खाली नै रहेका छन्। भारत सरकारले गरेको निर्णयलाई लिएर डरका कारण अभिभावकले विद्यार्थीलाई विद्यालय पठाएका छैनन्।, श्रीनगरमा त्यहाँको अवस्थालाई साम्य पार्नका लागि १६० प्राथमिक विद्यालयहरु खोलिएका थिए। तर अभिभावकले संचारको ...
चेतना गुरागाईं काठमाडौंलाई 'स्मार्ट सिटी' बनाउने योजना कहिले पूरा होला थाहा छैन, यहाँका लामखुट्टे भने 'स्मार्ट' भइसके।, केही समययता काठमाडौंमा भिन्नै प्रकृतिका लामखुट्टे देखिन थालेका छन्, जसको आनीबानी र आकारप्रकार पहिलेको जस्तो छैन।, यी लामखुट्टे राति आउँदैनन्। दिउँसो सक्रिय हुन्छन्। झुल टाँगेर, धूप बालेर टोकाइबाट बचु...
युनिक श्रेष्ठ ललितपुरको गाबहालमा 'वाद्य शिरोमणि संगीत घराना म्युजिक स्कुल' छ। साँझ चार-पाँच बजेपछि त्यहाँ सुरिलो धून गुञ्जिन थाल्छ। कहिले लोक, कहिले नेवार भाषाका गीतका धूनले गल्ली नै संगीतमय हुन्छ।, संगीतको यो तालमेल मिलाउने र मिलाउन प्रयास गरिरहेकाहरू आठदेखि १५ वर्षका केटाकेटी छन्। उनीहरू गुरु शैलेन्द्र शाक्यको मादल ...
सेतोपाटी संवाददाता प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले दुर्घटना न्यूनीकरण र सुरक्षा निगरानी बढाउनका लागि प्रदेशका जिल्लामा सिसिटिभी जडान गरेको बताएका छन्।, प्रदेश नं. ५ ट्राफिक कार्यालयमा सिसिटिभी कन्ट्रोल रूमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले दुर्घटना न्यूनीकरणका साथै प्रहरीको निगरानी र पारदर्शिताका लागि स...
सेतोपाटी संवाददाता पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा आइतबार प्रहरी अधिकृतमाथि दुर्व्यवहार गरेको घटनामाथि प्रहरीले ‘आन्तरिक छानविन’ अघि बढाएको जनाएको छ।, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक शैलेश थापाले घटना के कसरी भएको हो त्यसबारे विस्तृत छानविन गरी प्रतिवेदन दिन विमानस्थल प्रहरीलाई...
सेतोपाटी संवाददाता योग विज्ञान, प्राकृतिक चिकित्सा विज्ञान, आयुर्वेद र जडिबुटीका विषयमा पाठ्यक्रम तयार भएको छ।, योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण परिमार्जन तथा कार्यक्रम सञ्चालन सम्बन्धमा सुझाव दिन गठित समितिले पाठ्यक्रम तयार गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्...
सेतोपाटी त्रिवेणी गाउँपालिकाले ३६५ दिन नै स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्ने भएको छ ।, गाउँपालिकाभित्रका नागरिकले बिदाको दिनसमेत स्वास्थ्य सेवा प्राप्त गर्ने गरी स्वास्थ्य संस्था खुला राख्ने व्यवस्था गरिएको हो ।, गाउँपालिकाभित्रका चार स्वास्थ्यचौकी र दुई सामुदायिक स्वास्थ्य एकाइ खुला राखेर सेवा प्रवाह भइरहेको गाउँप...
खिलानाथ ढकाल भक्तपुरको लोकन्थलीमा सुख्खा पहिरो गएको छ। मंगलबार बिहान अरनिको राजमार्गदेखि २०० मिटरजति भित्र पहिरो खस्दा सडक भत्किएको छ।, एक्कासी सुख्खा पहिरो गएको र त्यसले चार वटा घरलाई जोखिममा पारेको भक्तपुरका प्रहरी प्रमुख एसपी सविन प्रधानले जानकारी दिए। उनका अनुसार सन्तोष तामाङ, भरत पौडेल, कृष्ण थापा र प्रेम लामाका ...
सेतोपाटी संवाददाता रेडियो नेपालको खुमलटारमा रहेको ४२ रोपनी जग्गा नेपाल दूरसञ्चार प्राधिकरणले प्रयोग गर्ने बाटो खुला भएको छ।, फागुन २८ गते सरकारले जग्गा प्राधिकरणलाई उपलब्ध गराउने निर्णय भए पनि अहिलेसम्म कार्यान्वयनमा आएको थिएन।, रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपालले जग्गा कुँवेर ज्ञान हाउजिङलाई भाडामा दिएको थि...
एजेन्सी भारतको चन्द्रयान -२ मङ्गलबार चन्द्रमाको कक्षमा पुगेको छ।, भारतबाट चन्द्रयान २२जुलाईमा प्रक्षेपण गरिएको थियो।, उक्त चन्द्रयान तीन लाख ८४ हजार किलोमिटरको यात्रा गरेर चन्द्रमाको कक्षमा पुगेको हो।, भारतको अन्तरिक्ष एजेन्सी आइएसआरओले विभिन्न कठिनाइपछि चन्द्रयान २ चन्द्रमाको ध्रुवमाथिको अन्तिम कक्षमा पुग्ने बताएको छ...
सेतोपाटी संवाददाता धादिङमा एक जना पुरुषले आफ्नो श्रीमती र छोरालाई आगो लगाएर जलाउन खोजका छन्।, गएराति सिद्धलेक गाउँपालिका १ धारापानीका जिवेश लम्सालले आफ्नी २४ वर्षीया विमला लम्साल र २ वर्षको छोरा जेनिसलाई आगो लगाइ मार्ने प्रयास गरेको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी रुपक खड्काले बताए।, श्रीमती लम्सालक...
सेतोपाटी संवाददाता राष्ट्रिय योजना आयोगका नायब  सुब्बा बच्चुराम केसी मृत भेटिएका छन्।, सिंहदरबारस्थित आयोगको कार्यालयमा मंगलबार बिहान उनी मृत भेटिएका हुन्।, केसी  सोमबार घर गए/नगएको बारे आफूलाई थाहा नभएको तर मंगलबार १२ बजेतिर उनी कार्यालयमा मृत भेटिएको आयोगका प्रवक्ता किरण रूपाखेतीले जानकारी दिए।, ‘हामीले आज १२ बजेमात...
सेतोपाटी संवाददाता जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई थप पाँच दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ।, न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धान गर्न थप पाँच दिन हिरास...
दिपकजंग शाही जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक साताअघि जुम्ला पातारासी गाउँपालिकाकी ३५ वर्षीया पुतली महताराले छोरी जन्माइन्।, छोरी जन्मिएको थाहा पाएपछि श्रीमान उनलाई अस्पतालमै छोडेर भागे। छोरा जन्मिने आशामा अस्पतालमा श्रीमती कुरेर बसेका वीरबहादुर महतारा छोरी जन्मिएपछि अस्पतालमै छोडेर घर गएका हुन...
सेतोपाटी संवाददाता भारतबाट कपडा तथा विभिन्न सामान ल्याउन ‘लाइन मिलाइदिन’ अनुरोध गर्दै गएका व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। ,बाराको विश्रामपुर गाउँपालिका -१ स्थित छतवा प्रहरी चौकीबाट खटिएको टोलीलाई पैसाको प्रलोभन देखाउँदै ओसारपसारमा ‘लाइन मिलाइदिन’ भन्ने तीन व्यापारीलाई शनिबार पैसासहित पक्राउ गरिएको बाराका प्रहरी ...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त थानकोटले अटोमेटिक पेस्तोल २ थान र गोली २० राउण्डसहित एक जनालाई पक्राउ गरेको छ।, चन्द्रागिरी नगरपालिका-२ नागढुंगास्थित चेकप्वाइन्टबाट अटोमेटिक पेस्तोल २ थान र गोली २० राउण्डसहित थानकोट प्रहरीले ललितपुर कोन्ज्योसम गाउँपालिका-२ बस्ने अन्दाजी २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई पक्र...
एजेन्सी म्यानमारमा स्वाइनफ्लूबाट मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्ममा ९६ पुगेको छ ।, स्वास्थ्य तथा खेलकूद मन्त्रालयका अधिकारीहरुले सिन्ह्वालाई शनिबार दिएको जानकारीअनुसार यस वर्षमात्रै स्वाइनफ्लूबाट मृत्यु हुनेको सङ्ख्या ९६ पुगेको हो ।, गत जनवरी १ देखि यही अगस्त १६ सम्ममा स्वाइनफ्लूको सङ्क्रमण ४६३ जनामा भेटिएको पुष्टि ...
सेतोपाटी गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । , स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए।,  'छिमेकीहरुले दिएको सूचनाको आधारमा प्रहरी तत...
सेतोपाटी संवाददाता तुलसीपुरको एक सामुदायिक वनमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।, तुलसीपुर उपमहानगरपालिका वडा नं.  ८ अश्वारास्थित अश्वारा सामुदायिक वनमा शनिवार दिउँसो ४ वजेतिर एक महिला मृत अवस्थामा फेला परेकी हुन ।, स्थानीयले वनमा महिला मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । यो खवर तयार पार्दासम्म मृतकको...
एजेन्सी मकै बारीमा अवतरण गरी २३३ यात्रुलाई जोगाएका हवाईजहाजका पाइलटलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार सम्मानित गरेका छन्।, बिहीबार चराको बगालसँग ठोक्किएर दुवै इन्जिन खराब हुँदा मकैबारीमा अकस्मात अवतरण गरी २३३ यात्रुलाई जोगाएका पाइलटलाई रुसको सबभन्दा ठूलो अवार्ड ‘हिरो अफ रसिया’ बाट सम्मानित भएका हुन्।, ४१ ...
एजेन्सी श्रीलंका सरकारले ७० वर्षीया तिकिरी हात्तीलाई शहर डुलाइएकोबारे अनुसन्धान गर्ने भएको छ।, गत साता विश्व हात्ती दिवसको अवसरमा थाइल्याण्डको सेभ इलेफेन्ट फाउन्डेसनले बूढी तिकिरीको हाड देखिएको तस्बिर सार्वजनिक गरेको थियो।, दुब्लाएर हाड करङ देखिएकी एउटा हात्तीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो।, बुढ्यौलीले छोए...
सेतोपाटी संवाददाता पोखराको औद्योगिक क्षेत्रमा शनिबार रातिमध्ये रातमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।, राति १ बजेर ३२ मिनेट जाँदा दुई मोटरसाइकल ठोक्किएका थिए। ग १० प ४७५० र ग ४ प २२५४ नम्बरका मोटरसाइल ठोक्किँदा दुवै मोटरसाइकलका चालक घाइते भएका हुन्।, घाइते भएका दुवैको प...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी जवान शंकरसिंह ठगुन्ना मृत फेला परेका छन्।, नागार्जुन नगरपालिका-३ स्थित एक घरमा महिलासँग ‘लिभिङ टुगेदर’ बसिरहेका ठगुन्ना आइतबार बिहान राति पासो लगाई आत्महत्या गरेको अवस्थामा फेला परेका हुन्।, महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार ती महिलाले नै प्रहरील...
सेतोपाटी बालविवाह रोक्न सरकारले विभिन्न कार्यक्रम ल्याएका छन्।, प्रदेश नम्बर २ सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान नै चलाएको छ।, स्थानीय सरकारले पनि यस्ता कार्यक्रमहरू सुरू गरेका छन्। म्याग्दीको रघुगंगा गाउँपालिकाले बालविवाह रोक्न छोरी पेवा बचत कार्यक्रम ल्याएको छ।, साउन २१ गतेभन्दा यता स्वास्थ्य चौकीमा जन्मिएका छोर...
सेतोपाटी संवाददाता राप्ती नदीमा बगेर एक जना ८२ वर्षीय वृद्ध बेपत्ता भएका छन्।, लमही नगरपालिका वडा नं. ९ तरुले निवासी ८२ वर्षीय झुपलाल नेपाली राप्ती नदीमा बगेर बेपत्ता भएका हुन्।, जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले शनिबार दिउँसो २ बजेतिर नेपाली राप्ती नदीमा खस्न पुग्दा बेपत्ता भएको बताए।, छिमेकी ग...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न ठाउँमा चोरी र ठगी संलग्न चार जनालाई आइतबार सार्वजनिक गरेको छ।, सुनबाट बनेको बुद्धको मूर्ति भन्दै विक्री गर्ने ३ जना र पोखराका विभिन्न ठाउँमा घरको ढोका फोरेर चोरी गर्ने एक जनालाई कास्की प्रहरीले सार्वजनिक गरेको हो।, बुद्धको सुनको मूर्ति भन्दै १३ लाख रुपैयाँमा व...
सेतोपाटी संवाददाता आत्महत्या गरेका पत्रकार सालिकराम पुडासैनीकी श्रीमतीले जनतासँग सिधा कुरा कार्यक्रमका सञ्चालक रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध किटानी जाहेरी दिएकी छिन्।, आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उनले आत्महत्या दुरुत्साहनमा तीनै जनाविरूद्ध हदैसम्मको कारबाही माग्दै जाहेरी दिएकी हुन्।, उ...
सुनिता सिटौला शान्ता थापा चिन्तामा छिन्। घरपरिवारको समस्याले सताएको होइन। न अरू व्यक्तिगत कारणले।, शान्तालाई काठमाडौंको बाटोले सताएको हो। चाबहिल-बौद्धको सडकले उनको रोजीरोटी जोखिममा पारेको छ। विस्तारका नाममा वर्षौंदेखि अलपत्र छाडिएको सडकले यहाँका व्यवसायी, उद्यमीदेखि पसलेसम्म मर्कामा छन्। बिग्रिएको बाटो पानी परेपछि हिल...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले बहुविवाहको मुद्दा लागेकी अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ।, आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको एकल इजलासले उनलाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो।, निर्माता छवि ओझाकी जेठी पत्नी हेमा ओझाले साउन पहिलो साता महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शि...
एजेन्सी फ्रान्सको पेरिस नजिकैको एक रेष्टुरेन्टमा खाना समयमा नदिएपछि एक ग्राहकले वेटरको गोली हानी हत्या गरेका छन्।, शुक्रबार साँझ आफ्नो स्याण्डबिच मागेका ग्राहकले समयमा नपाएपछि वेटरको हत्या गरेका हुन्।, प्रहरीले घटना पश्चात अनुसन्धान सुरू गरिसकेको र अभियुक्त फरार रहेको बिबिसिले जनाएको छ।, काँधमा गोली लागेका २८ वर्षे वे...
नेहा झा श्रीमानको आदेश बिना घर बाहिर एक पाइलासम्म नहिँड्ने रामराजी देवी दास अहिले आफ्नो स्वतन्त्रतामा पँखेटा लागेको महसुस गर्छिन्। , जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ कि दलित महिला सदस्य रामराजीलाई दुई वर्ष अगाडिसम्म राजनीति के हो भन्ने ज्ञान समेत थिएन। तर आजभोलि समस्या समाधान गर्दिनका लागि दर्जनौँ महिला उनकोमा जान...
सेतोपाटी संवाददाता कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ गरेको विषयमा प्रहरी अधिकारीलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा गालीगलौज गर्ने एक युवा अछामबाट पक्राउ परेका छन्।, लामिछानेका समर्थक ती युवाले काठमाडौं परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई ‘रवि दाइलाई फसाउने यो भ्रष्ट हो’ भन्दै स्टाटस लेखेका थिए।, काठमाडौं परिसरको अनु...
सेतोपाटी संवाददाता संविधानको व्यवस्थाविपरित स्थानीय जनप्रतिनिधिले तलब सुविधा लिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ।, अधिवक्ता लोकेन्द्रबहादुर ओलीले संविधानविपरित प्रदेशहरूले बनाएको कानुनका आधारमा स्थानीय जनप्रतिनिधिले तलब सुविधा लिएकाले यो व्यवस्थाको खारेजीका लागि आइतबार रिट निवेदन दिएका हुन ।, संविधानको धारा २२०(८...
सेतोपाटी संवाददाता गोरखा नगरपालिका र नगर विकास कोषबीच गोरखामा ‘बहुउद्धेश्यीय बिल्डिङ’ निर्माण गर्ने सम्झौता भएको छ।, नगर विकास कोषबाट ५ करोड ४६ लाख ९२ हजार रुपैयाँ ऋण लिएर नगरपालिकाले बहुउद्धेश्यीय भवन निर्माण गर्न लागेको हो।, उक्त भवन गोरखा नगरपालिका वडा नम्बर ६ र ७ को सीमाना क्षेत्र गोरखाको पुरानो बसपार्क नजिकै बन्न...
एजेन्सी बङ्लादेशको राजधानी ढाकास्थित एक बस्तीमा आगलागी हुँदा कम्तीमा १० हजारको संख्यामा घरबार विहीन भएका छन्। ढाकाको मिरपुरबाट सुरु भएको आगलागीले टिनले छापिएका दुई हजार घरहरु जलेर नष्ट भएको अग्नी सेवा अधिकारी इर्साद हुसेनले बताए।, आगलागीबाट केही घाइते भएपनि कुनै मानवीय क्षति नभएको बताइएको छ। ‘इदका अवसरमा परिवारसहित धे...
सेतोपाटी संवाददाता नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाँच जना नेता-कार्यकर्ता झापाबाट पक्राउ परेका छन्।, पक्राउ पर्नेमा पाँचथर जिल्ला इञ्चार्ज तथा मेची कोसी ब्युरो सदस्य राजु दास, ताप्लेजुङ जिल्ला इञ्चार्ज सागर लिम्बू, ताप्लेजुङ जिल्ला सेक्रेटरी तथा मेची ब्युरो सदस्य नरपति पौडेल, ताप्लेजुङ जिल्ला स...
नारायण महर्जन प्राचीन समयदेखि कीर्तिपुर नगरवासीको सुरक्षाका लागि प्रत्येक वर्ष सिंह सङ्क्रान्तिका दिन बिहान पूजा तथा साँझमा जात्रा हुने गर्दछ।, कीर्तिपुर नगरपालिका–१ स्थित बाघभैरव मन्दिर तथा त्यस आसपास क्षेत्रमा गरिने पूजा र जात्राका लागि नगरवासीको सहभागिता रहने गर्दछ।, भदौ सङ्क्रान्तिलाई सिंह सङ्क्रान्तिको रुपमा मनाउ...
गिरीश गिरी ज्ञानेश्वरको हिमाल अस्पतालमा बिहीबार बिहानै एउटा प्राणविहीन बुढो शरीर देखेर मेरा आँखा डबडबाए।, के म मदनमणि दीक्षितका साहित्यको गहिरो पाठक थिएँ? होइन।, के म मदनमणि दीक्षितका पञ्चायतकालीन पत्रकारिताको कठोर संघर्ष नजिकबाट बुझ्ने पत्रकार थिएँ? त्यो पनि होइन।, त्यो शवको छेउमा उभिइरहँदा म स्कुल पढ्दाको समयतिर पुग...
सबिना श्रेष्ठ तपाईंहरूलाई थाहा छ, अचेल देवदेवीहरू नाचिरहेका छन्। कोही महाकाली, कोही लाखे, भैरव त कोही कुन भगवानका रुपमा काठमाडौं उपत्यकाका टोल-टोलमा देखिन थालेका छन्। यो देवदेवीहरूको नृत्यको मौसम हो।, विभिन्न देवदेवीको मुखुण्डो लगाएर साना नानीबाबुदेखि पाका उमेर समूह नाचमा मग्न छन्।, तौलाछेस्थित विश्वकर्मा भैलः प्याखँ ...
सेतोपाटी संवाददाता पछिल्लो आर्थिक वर्षमा देशैभरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाएको छ ।, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियताकै कारण उच्च तहदेखि तल्लो तहसम्म घुस लिदै गर्दाको अवस्थामा मानिसहरू पक्राउ परेका छन् ।, यति मात्र नभई अख्तियारमा उजुरी दिनेहरुको चाप समेत बढेको छ । आर्थिक वर्ष २०७५-०७६मा...
सेतोपाटी ६५ हजार रूपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।, पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष  केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् ।, अख्तियार आयो...
सेतोपाटी तलेजुस्थानबाट भक्तपुरका नगरवासीले बिहानै तलेजुको ताहामचा बनाई देश परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आज शुक्रबारदेखि शुरु भएको छ ।, दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व यहाँ बिहानैदेखि शु...
सेतोपाटी हेटौँडामा शुक्रबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा १५ जना घाइते भएका छन् ।, पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस दुर्घटना भएको हो ।, काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको ना५ख २२३३ नं को बस अनियन्त्रित भई पल्टिएर विजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर ...