content
stringlengths
20
64.1k
सेतोपाटी झापाको दमकमा तीन महिना अघि देखा परेको डेङ्गु रोग अझै नियन्त्रणमा आउन सकेको छैन। अहिले दमकका विभिन्न अस्पतालमा डेङ्गुका बिरामीको सङ्ख्या १२० नाघेको छ।, दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार दमक अस्पतालसहित आम्दा, लाइफलाइन, एडभान्स अस्पताललगायतमा डेङ्गुका बिरामीले उपचार गराइरहेका छन्।, डेङ्...
सेतोपाटी सुनसरीको बराहक्षेत्र नगरपालिका-६ का ११ वर्षीय बालक मेदिम राईको सप्तकोसी नदीले बगाएर मृत्यु भएको छ।, शुक्रबार दिउँसो पौने १ बजे मेदिमसहित ५ जना नदीमा पौडी खेल्न गएकोमा बालकलाई नदीले बगाएको थियो।, घटनास्थलदेखि करिब ८०० मिटर तल नदीले बालकलाई बगाउँदै गरेको देखेर सो स्थानमा माछा मार्ने व्यक्तिहरूले उद्धार गर्दा बा...
सेतोपाटी कैलालीको टीकापुर–७ बेलुवामा पोखरीमा पसेको मगर गोहीको उद्धार गरिएको छ।, पथरैया नदीबाट स्थानीय टेकबहादुर मल्लको माछा पोखरीमा पसेको गोहीको प्रहरी र स्थानीय संरक्षणकर्मीले उद्धार गरी पथरैया र काढा नदीको दोभानमा छोडेका छन्।, पोखरीमा गोही देखेपछि माछापालक मल्लले प्रहरीलाई खबर गरेका थिए।, प्रहरी चौकी सत्तीका इञ्चार्...
सेतोपाटी भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नयाँ समिति गठन गरेको छ।, दातृ निकाय र व्यक्ति/व्यक्तिको सहयोगमा सञ्चालन हुँदै आएको भक्तपुर क्यान्सर अस्पतालमा व्यापक अनियमितता भएको गुनासो बढेपछि नगरपालिकाले पुरानो समिति खारेज गर्दै नयाँ समिति गठन गरेको हो।, नेपाल अर्बुद्ध रोग निवारण स...
सेतोपाटी काठमाडौँ उपत्यकामा बैङ्किङ कसुरका घटनामा वृद्धि भएको छ। , महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकामा मात्र गत आर्थिक वर्षमा दुई हजार ५६६ विरुद्ध बैङ्किङ कसुरमा मुद्दा दर्ता भएको छ।, काठमाडौँमा दुई हजार ३३८, भक्तपुरमा ७६ र ललितपुरमा १५२ जनाविरुद्ध मुद्दा दायर भएको हो। बैङ्किङ कसुरमा काठमाडौँमा १५, लल...
ओम धौभडेल काठमाडौं उपत्यकामा प्रत्येक वर्ष भाद्र शुक्ल प्रतिपदाको दिन गाईजात्रा अर्थात् सापारु मनाइन्छ। यसदिनलाई बलीवर्द प्रतिपदा तथा वृषभ प्रतिपदाको नामले पनि चिनिन्छ।, यसदिन 'सायात' गर्ने चलन छ जुन नेवार समुदायले वर्षभरमा दिवंगत भएका आफन्तको नाममा प्रतिकात्मक गाई बनाएर नगर घुमाउने चलन हो। 'सा' भन्नाले गाई र 'यात' भन...
सेतोपाटी आर्थिक वर्ष २०७५/७६ मा मुगुको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले रु ३८ लाख राजश्व सङ्कलन गरेको छ।, रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्क, दण्ड जरिवाना, काठ पुर्जी, ढुङ्गा, बालुवा, गिट्टी तथा तालमा डुङ्गा चलाएको २० प्रतिशत रकमबापत उक्त राजश्व सङ्कलन गरिएको हो।, रारा राष्ट्रिय निकुञ्ज कार्यालय...
सेतोपाटी भिन्न कसुरमा कारागार सजाय भुक्तान गर्दै आएका कैदी र आरोपित बन्दी सकसमा दिनरात गुजार्दै आएका छन्।, बेँसीशहरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएपछि उनीहरु सकसमा दिनरात गुजार्न बाध्य भएका हुन्।, २५ पुरुष र १० महिला गरी ३५ जना कैदीबन्दी राख्ने क्षमता जिल्ला कारागारको छ। तर अहिले महिला र पुरुष...
नारायण खड्का कारागार कार्यालय तुलसीपुरमा रहेका कैदीबन्दीले वर्षायाममा सास्ती ब्यहोर्दै आएका छन्।, कारागारको छत चुहिने भएकाले कोठाभर भाँडा थापेर सुत्नुपर्ने बाध्यता छ। थाप्ने भाँडा नपाए चिसै कोठामा बस्न कैदीहरु बाध्य छन्। कारागारको छतैभरि घाँस उम्रेको छ। यो समस्या एक दुई कोठाको मात्रै नभई पुरानो भवन (ब्लक)को हो।, तुलसी...
एजेन्सी हङकङको क्याथे प्यासिफिक एयरवेजका प्रमुख कार्यकारी निर्देशक रुपर्ट होगले शुक्रबार राजीनामा दिएका छन्। , होगले हवाइसेवाका कर्मचारीको सरकार विरोधी प्रदर्शनमा सहभागिताबारे भइरहेको छानबिनका बीच राजीनामा दिएका हुन्।, एयरवेजले होगले राजीनामा दिएको खबर दिँदै हङकङ एयर क्राफ्ट इन्जिनियरिङ कम्पनीका प्रमुख अगस्टस टाङ नयाँ...
सेतोपाटी संवाददाता पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। , शुक्रबार जिल्ला अदालत चितवनले लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। , तीनै जनालाई आत्महत्या...
सेतोपाटी संवाददाता पर्वतको महाशिला गाउँपालिका ४ धुवाकोटमा फलामको पोल गाढ्ने क्रममा दुई जनाको मृत्यु भएको छ।, शुक्रबार बिहान गाँउपालिकाको योजना अनुसार काठको पोललाई परिवर्तन गरी फलामको पोल गाढ्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन्।, मृत्यु हुनेमा २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्ष...
सेतोपाटी मोरङ जिल्ला अदालतमा ६९ दशमलव ११ प्रतिशत मुद्दा फछ्र्योट भएको छ ।, आर्थिक वर्ष २०७५/७६ मा दर्ता भएको छ हजार ५८१ मुद्दामध्ये चार हजार ५४८ फछ्र्योट भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए। फछ्र्योट हुन बाँकी रहेका दुई हजार ३३ मुद्दाको लगत चालू आर्थिक वर्षमा सरेको उनले बताए।, गत आर्थिक वर्षमा दुनिया...
सागरराज तिमिल्सिना तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिएको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापा पक्राउ परेका छन्। कास्की प्रहरीले शुक्रबार वडाअध्यक्ष थापा सहित वडा सदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेललाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी ...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय झापाले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ वर्षयता फरार अभियुक्तलाई शुक्रबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौरीगन्ज गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय दीपकप्रसाद गिरी छन्। जिल्ला प्रहरी कार्यालय झापाको टोलीले उनलाई शुक्रबार उनलाई घरबाटै पक्राउ गरेको हो।, काजीमान खड्काको जा...
सेतोपाटी राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना सवार हेलिकप्टर पुर्वी रुकुममा आकस्मिक अवतरण गरेको छ।, ,बागलुङको ढोरपाटनबाट पोखरा आउँदै गरेको हेलिकप्टर मौसम अनुकुल नभएपछि रुकुमको भूमे गाउँपालिका ६ को विशाल चौरमा आकस्मिक अवतरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र सिंह श्रेष्ठले जानकारी दिए।, प्रभु कम्पनीको ...
सेतोपाटी संवाददाता वरिष्ठ अभिनेत्री  सुभद्रा अधिकारीको निधन भएको छ।, अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवास  निधन भएको अभिनेता कृष्ण मल्लले जानकारी दिएका हुन्।, ७२ वर्षीया अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन्। उनको जन्म २००४ सालमा भएको थियो।, उनका १ छोरा र छोरी छन्। दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा...
सेतोपाटी संवाददाता वैदेशिक रोजगारीका लागि क्यानडा लैजाने भन्दै ठगी गर्ने एक जनालाई झापा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका-७ का ३५ वर्षीय रामबहादुर खड्का छन्।, इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले उनलाई काँकडभिट्टाबाट पक्राउ गरेको हो। उनले विगत १४ वर्षदेखि आफू क्यानडा रहेको भन्दै विभिन्...
सेतोपाटी मनसुनको न्यून चापीय रेखाको पूर्वी भाग (भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार र पश्चिम बङ्गाल हुँदै बङ्गलादेशको खाडीको शिरसम्मको) औषत स्थानमा रहेकाले सोको प्रभावले नेपालमा मनसुनी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।, महाशाखाले शुक्र...
सेतोपाटी संवाददाता दाङको लमहीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ ।, लमही नगरपालिका वडा नम्बर ५ स्थित  विश्वास काष्ट फर्निचर उद्योगमा गएराति विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ ।, आगलागीबाट भएको क्षतिको विवरण भने संकलन हुन बाँकी रहेको प्रहरीले बताएको छ ।, उद्योग सञ्चालक रविलाल आचार्यले भने आगलागीबाट करिब...
सेतोपाटी चन्द्रागिरि नगरपालिका–१३ मा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको साझेदारीमा उक्त उद्यान निर्माण हुन लागेको हो ।, काठमाडौँ महानगरपालिकाको एक करोड रूपैयाँ तथा चन्द्रागिरि नगरपालिकाको एक करोड रूपैयाँ लागतमा उक्त उद्यान बन्न लागेको चन्द्रागिरि नगरपालिकाक...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा शुक्रबार गाईजात्रा पर्व मनाइएको छ। खासगरी दिवङ्गत भएका आफन्तको सम्झनामा नेवारहरुले यो पर्व मनाउने गर्दछन्।, १ वर्षयता दिवंगत भएकाहरुको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी शहर परिक्रमा गराउने चलन छ। यस दिन दिवंगत भएका परिवारलाई दूध, फलफूल, रोटी, चिउर...
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जीप सप्तरीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, सप्तरीको कञ्चनरूप नगरपालिका ११ बक्साह चोकमा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो।, मृतक अधिकारी रेडियो नेपालका बुटवल संवाददाता हुन्। लामो समय स्थानीय र...
रासस काठमाडौं महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ।, महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने जानकारी गराए।, महानगरपालिकाभित्र पदस्थापन भएका माध्यमिक विद्यालय तहका स्थायी शिक्ष...
सेतोपाटी संवाददाता नेपालले अब एक-एक ग्रह र ताराको नाम राख्न पाउने भएको छ।, संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खगोल युनियन (आइएयु)को सय वर्ष पुगेको उपलक्ष्यमा नेपालीहरूलाई तारा र ग्रहको नाम राख्ने अवसर दिइएको हो।, आइएयु सन् १९१९ मा स्थापना भएको थियो। आइएयु खगोल विज्ञानको प्रतिनिधि गर्ने, पिण्ड तथा ग्रहको नामाकरण गर्न...
सेतोपाटी संवाददाता तुलसीपुर उपमहानगरपालिकाका मेयरले विद्यालय समयमा विभिन्न काम लिएर आउने शिक्षकलाई भेट नदिने भएका छन्।, मेयर घनश्याम पाण्डेले काजको बहानामा कतिपय शिक्षकहरू स्कुलको समयमा पनि स्कुलमा नबस्ने भएकाले यस्तो प्रवृत्तिको अन्त्यका लागि आफूले सो कदम उठाउनु परेको बताए।, ‘शिक्षकलाई १० देखि ५ सम्म भेट्दिनँ। मलाई त...
रासस काठमाडौं महानगरपालिका-१६ बालाजुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, बालाजु औद्योगिक क्षेत्र मूलद्वार नजिक ना ४ ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते ललितपुरका ५५ वर्षीय उद्धव सुनाम नेपालीको आज बिहान मृत्यु भएको हो।, महानगरीय ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थ...
सेतोपाटी संवाददाता संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले युरोपेली युनियनको आकाशमा छिट्टै नेपाली विमानले उडान भर्ने दावी गरेका छन्।, चेम्बर अफ कमर्शले बुधबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै मत्री भट्टराईले अन्तर्राष्ट्रिय उड्डयन सुरक्षा मापदण्ड पालना गर्नुको साथै उड्यन अडिटमा नेपालको अवस्था राम्र...
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकाले विभिन्न क्षेत्रमा करिब पाँचसय जनालाई लालपुर्जा वितरण गरेको छ। साविकको मोतिपुर र सेमलार गाविसका विभिन्न टोलमा ब्लकका घर बनाएकालाई जग्गाको लालपुर्जा वितरण गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए। , प्रमुख सुवेदीले उपप्रमुख र कार्यपालिका सदस्य समेतको टोली लिएर ...
सेतोपाटी संवाददाता जनैपूर्णिमाको अवसरमा एउटै जिल्लामा पनि कतै सार्वजनिक विदा दिइएको छ भने कतै शैक्षिक संस्थामा मात्रै विदा दिइएको छ।, जिल्लाका दुई उपमहानगरपालिका मध्य घोराहीले जनै पूर्णिमाको अवसरमा सार्वजनिक विदा दिएको छ । रक्षावन्धन र जनैपूर्णिमा तथा स्थानीय नेवार समुदायको गाइजात्रा समेतलाई मध्यनजर गर्दैै सार्वजनिक व...
रासस उपत्यका भित्रिने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेको छ।, महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ मा १४४ वटा लागुऔषध मुद्दामा १९९ जनाविरूद्ध मुद्दा दायर भएको छ।, वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा उपत्यका भित्रिने प्रमुख नाका ...
सेतोपाटी संवाददाता वरिष्ठ पत्रकार तथा साहित्यकार मदनमणि दीक्षितको बिहिबार बिहान निधन भएको छ। उनको  बिहिबार बिहान सबेरै ३ र ४ बजेको बीचमा निधन भएको पारिवारिक श्रोतले बताएको छ। उनी ९७ वर्ष पूरा भई ९८ वर्षमा प्रवेश गरेका थिए।,  उनलाई १२ दिन अगाडी निमोनिया भएपछि सुमेरू अस्पताल लगिएको थियो। उपचारकै क्रममा बुधबार उनको शरीरम...
सेतोपाटी संवाददाता शिशु बेचबिखनको आरोपमा नेपाल बाल संगठन, बाल मन्दिर नक्सालका निर्देशक बालकृष्ण डंगोललाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ।, साउन १२ गते बर्थिङ सेन्टरमा जन्मिएको शिशुलाई बेलायती नागरिकलाई बेचबिखनको सबै कागजात तयार पारिरहेको अवस्थामा डंगोललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।, परिसर प...
नारायण महर्जन श्रावण शुक्ल पूर्णिमाका अवसरमा मनाइने जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व धुमधामले मनाइँदैछ। प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ।, यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ।, तागाधारीले...
एजेन्सी कतारको दोहामा मंगलबार राति भएको सांघातिक आक्रमणमा एक नेपालीको मृत्यु भएको छ।, दोहास्थित जैदा पार्कमा भएको आक्रमणमा एक नेपालीको घटनास्थलमै मृत्यु भएको र पाँच जना घाइते भएको कतारस्थित नेपाली दूतावासको बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।, मृत्यु हुनेमा सुनसरीका तवरेज अन्सारी रहेको जनाइएको छ। घाइते हुनेमा सुनस...
रोहेज खतिवडा सम्पादकीय नोटः साहित्यकार मदनमणि दीक्षितको आज बिहान ९६ वर्षको उमेरमा देहान्त भएको छ। जीवनको अन्तिम समयसम्म पनि उनी लेखनमा सक्रिय थिए। सेतोपाटीले तीन वर्ष अगाडि दीक्षितको सक्रिय जीवन बारेमा स्टोरी गरेको थियो। ९३ वर्षको उमेरमा पनि उनी सहयोगीको साथ लिएर किताब लेखिरहेका थिए। त्यतिखेर उनले हामीलाई भनेका थिए- ल...
सेतोपाटी संवाददाता सहकारी संस्थाको करोडौं रुपैयाँ ठगी गरी फरार भएका धरानस्थित सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण बिकलाई प्रहरीले पक्राउ गरेको छ। धरानमा ६५ बचतकर्ताको ५ करोड ६८ लाख रुपैयाँ ठगी गरी भागेका बिकलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो। , बुटवलमा एउटा कोठा भाडामा लिएर लुकीछिपी बसिरहेका उनलाई पक्र...
एजेन्सी खोजकर्ताहरूले २० करोड वर्ष पुरानो डायनासोरको अवशेष फेला पारेका छन्। दक्षिण अफ्रिकाको एउटा संग्रहालयमा खासै ध्यान नदिइएको अवस्थामा रहेको डायनासोरको खप्पर बिल्कुलै नयाँ प्रजातिको भएको उनीहरूले पत्ता लगाएका हुन्। तीस वर्षदेखि उक्त संग्रहालयमा रहेको अवशेषालाई पहिले अर्कै प्रजातिको डायनासोर मानिएको थियो।, डायनासोरक...
एजेन्सी तपाईं हाम्रा कोही साथी धेरै मोटाए भने हामी भन्छौं- कस्तो हात्तीजस्तो मोटाएको!, हात्ती मोटोमात्र होइन बलियो पनि हुन्छ भन्ने आम मान्यता छ।, तर सबै हात्ती मोटा र बलिया हुँदा रहेनछन्। कुपोषण लागेका बच्चाजस्ता पनि बन्दा रहेछन्।, केही दिनदेखि त्यस्तै दुब्लाएर हाड करङ देखिएकी एउटा हात्तीको तस्बिर भाइरल भइरहेको छ।, श्...
सेतोपाटी संवाददाता वरिष्ठ साहित्यकार स्व मदनमणि दीक्षितको पशुपति आर्यघाटमा आज अपराह्न अन्त्येष्टि गरिएको छ।, उनको राष्ट्रिय सम्मानका साथ अन्येष्टि गरिएको हो।  नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो।, स्व दीक्षितलाई उनका छोरा विनोदले दागबत्ती दिएका थिए। उनप्रति श्रद्धाञ्जली दिन परराष्ट्रमन्त्री प्र...
सेतोपाटी संवाददाता विद्यालयका कर्मचारी श्यामहरि घिमिरे जंगलमा मृत फेला परेपछि आवश्यक छानबिनको माग गर्दै गोरखा नगरपालिका वडा नम्बर ९ र १० का बासिन्दाले मनकामना आवासीय बहिरा माध्यमिक विद्यालयमा ताला लगाइदिएका छन्।, घिमिरेको हत्या भएको भन्दै छानबिन गर्न माग गर्दै स्थानीयले बिहीबार आँबुखैरेनी-गोरखा सडकखण्ड चक्काजाम गरेका ...
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमन गरेका छन्।, बिहीबार दिउँसो एक्कासी विमानस्थल पुगेका आइजीपी खनालले विमानस्थलको सुरक्षाका बारेमा जानकारी लिएका हुन्।, दिनदिनै विमानस्थलबाट स्वदेशी तथा विदेशी नागरिकले सुन तथा अवैध सामान तस्करीको समाचार आइरह...
सेतोपाटी संवाददाता गोरखाको पालुङटार नगरपालिका -५ स्थित सालघारी जंगलभित्र घुम्ती शिविर बनाएर जुवा खेल्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।, जंगलभित्र त्रिपाल टाँगेर जुवा खेलेका गोरखा, तनहुँ र लम्जुङ घर भएका युवालाई जिल्ला प्रहरी कार्यालय गोरखा लगेर थप अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी निरी...
सेतोपाटी संवाददाता भारतले आफ्नो स्वतन्त्रता दिवसको अवसर पारेर नेपाललाई ३० वटा एम्बुलेन्स र ६ वटा बस हस्तान्तरण गरेको छ।, बिहीबार काठमाडौंमा रहेको भारतीय दूतावासले औपचारिक कार्यक्रमको आयोजना गरी अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको हो।, कार्यक्रममा नेपाल...
एजेन्सी रूसको मस्कोनजिकै बिहीबार एक चालकले मकैबारीमा जहाज अवतरण गराएका छन्।, मस्कोको जुकोभ्स्की विमानस्थल क्राइमियाको सिम्फेरोपोल जानका लागि उडेको जहाजमा टेक अफ गरेको केहीबेरमै  चराको एक बगाल ठोकिएको थियो।, चरा ठोक्किएर जहाजका दुबै इन्जिनमा समस्या आएको थियो।, प्लेन उड्नेबित्तिकै धेरै हल्लिन थालेको एक यात्रुले बताए।  ज...
सेतोपाटी संवाददाता हिगुवापाटी ट्राफिक पोष्ट काभ्रेमा कार्यरत प्रहरी जवान तेजप्रसाद भट्टराई दुई हजार घूससहित रंगेहात पक्राउ परेका छन्।, मेलम्चीदेखि काठमाडौंतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा नदीजन्य पदार्थ ढुवानी गरे वापत विभिन्न बहानामा घूस माग गरेको उजुरीको आधारमा भट्टराईलाई पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्...
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालय धुलाबारी झापाको हिरासतमा रहेका दुई भारतीय नागरिक हिरासतको ताला फोडेर भागेका छन्।, केही सार्वजनिक मुद्दामा थुनामा रहेका भारतको दार्जिलिङ जिल्ला अल्छिया बजार बस्ने २६ वर्षीय गणेश कामती र सोही स्थानका २९ वर्षीय कृष्ण मण्डल मंगलबार राति फरार भएका हुन्।, राति करिब साढे १ बजे हिरासतक...
सेतोपाटी संवाददाता स्याङ्जाको चापाकोट नगरपालिकामा माछा मार्ने क्रममा जालमा बेरिएर दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा वडा नम्बर ५ का ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय नीरबहादुर आले छन्।, ज्याग्दी खोलामा माछा मार्न गएका उनीहरूको जालमा बेरिएर सोमबार साँझ मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक निर...
अनुषा अधिकारी श्रीनेहा पोखरेल २५ वर्षकी भइन्। अविवाहित छन्। तत्काल बिहे गरिहाल्ने सोच पनि छैन उनको।, तर उनी ४५ जनाकी 'आमा' हुन्।, दस जना साना नानीबाबु र ३५ जना अधवैंशे महिलाहरूले उनलाई 'आमा' भन्छन्।, कुसुन्ती हाइटस्थित 'नेपाल स्नेही काख' की सह–सञ्चालक श्रीनेहाले बाटोमा अलपत्र भेटिएका मानसिक रोगीहरूलाई साहारा दिँदै आएक...
सेतोपाटी संवाददाता अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका एक युवाले ससुराली गएर श्रीमती, सासु र सालोमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्। , भूमिकास्थान नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय चिरन घर्तीले सोमबार राति सोही नगरपालिकाको वडा नम्वर ८ स्थित ससुराली घर गएर श्रीमतीसहित सासु र सालोमाथि खुकुरी प्रहार गरेका ह...
रासस लामो दूरीमा चल्ने सवारी साधनको दुर्घटना बढेसँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ।, विभागले मंगलबार सूचना जारी गर्दै प्रस्थान विन्दुबाट २५० किमी वा सोभन्दा बढी दूरीमा चल्ने सवारी साधनले अनिवार्यरूपमा दुई चालक नराखेको पाइए कारबाही गर्ने जनाएको हो।, सवारी तथ...
एजेन्सी सोमबार भारतको हैदरावादमा एकै परिवारका ७ जना सवार कार तीव्र गतिमा गुडाउँदा एक किराना पसलको छतमाथि ठोक्किन पुगेको छ।, ४५ वर्षे भूषण कुमारले आफ्नो परिवारसँग यात्रा गर्दै गर्दा साइकल चालकलाई बचाउने क्रममा कार छतमाथि ठोक्किन पुगेको हो।, गुण्डलापल्ली गाउँमा, भूषणले साइकल यात्रुलाई बचाउन कारलाई बायाँतिर लगेका थिए। त्...
रासस चीन सरकारले चक्रपथको कलंकीदेखि चाबहिलसम्मको सडक विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहँदा यस खण्डमा सडक खाली गराउने काम सुरू भएको छ।, सडक विभाग, चक्रपथ सुधार योजनाले कलंकीदेखि महाराजगञ्ज हुँदै चाबहिलसम्म सडकको अधिकार क्षेत्रभित्र पर्ने स्थान खाली गराउन लागेको हो।, सडकमा रहेका रूख, बिजुलीको ...
सेतोपाटी संवाददाता भक्तपुरको कौशलटारमा ट्राफिक प्रहरीको कार्यालय छ।, यसको दुई सय मिटरछेउमा सामान्य खालको बस स्ट्याण्ड छ। सोही स्ट्याण्डबाट बालकोट हुँदै बिरुवासम्मको गन्तव्यका लागि यात्रुवाहक बसहरू छुट्छन्।, मंगलबार साँझ बा४ख ७०८० नम्बरको यात्रुवाहक बस सो स्ट्याण्डमा यात्रु चढाउँदै थियो। बसका सहचालकले यति यात्रु चढाए क...
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगर–७ ईत्रामा रहेको ‘भानु बाल उद्यान’मा सँधैजसो ताल्चा लगाइएको हुन्छ। बाल उद्यानभित्र बालवालिका रामाउनका लागि बनाइएको संरचना तथा सामग्री कहिलेकाहीँ मात्र प्रयोग हुन्छन्। उद्यानको भित्री भाग चिटिक्क छ, उपयोग भने कम छ।, मुख्यमन्त्रीको निवास नजिकै भएकाले पनि यो बाल उद्यान बढीमा दुई घण्टा म...
सेतोपाटी संवाददाता पोखराको न्युरोडस्थित एक सपिङ कम्प्लेक्समा भीषण आगलागी भएको छ।, आगलागीबाट ६ भन्दा बढी पसल जलेर नष्ट भएका छन्। लाखौंको क्षति भएको अनुमान गरिएको छ।, आगो लागेपछि दमकल, पानी ट्यांकर, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय निभाउने प्रयास जारी छ।, थप विवरण आउन बाँकी छ ।, पोखराको न्युरोडमा भीष...
सेतोपाटी संवाददाता सर्वसाधारणबाट करोडौं रुपैयाँ संकलन गरेर मोरङ बेलबारीका व्यापारी घनश्याम श्रेष्ठ बेपत्ता भएका छन्। बेलबारी नगरपालिका-१ का श्रेष्ठ जग्गा व्यवसाय र उद्योग स्थापना गरेर सेयर दिने भन्दै १५ करोड रुपैयाँभन्दा बढी रकम संकलन गरी फरार भएका हुन्।, स्थानीयका अनुसार ओमकृष्ण सुनचाँदी पसलका सञ्चालक उनी जग्गा व्यवस...
सागरराज तिमिल्सिना पोखराको न्युरोडमा मंगलबार दिउँसो एस मिनी मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ।, पोखरा महानगरपालिकाका ३ वटा दमकल र खानेपानी ट्यांकरको सहायतामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन्।, दिउँसो ४ बजेदेखि सुरू भएको आगलागी २ घण्टापछि नियन्त्रणमा लिइएको थियो।, ...
सेतोपाटी संवाददाता गैरकानुनी रुपमा चेक प्वाइन्ट राखेर सवारी साधनबाट रकम असुल्ने युवाहरू पक्राउ परेका छन्। दाङको घोराही–रोल्पाको होलेरी सडक खण्डमा चेक प्वाइन्ट खडा गरी सवारी साधनवाट रकम असुल्दै आएका ६ जना युवाहरुलाई पक्राउ गरिएको हो।, पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी ३४ वर्षीय रामचन्द्र वली, वडा न...
सेतोपाटी नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।, मध्यविन्दु नगरपालिकाअन्र्तगत अरुणखोलामा पर्ने अरुणखोला पुलमा बुधबार बिहान ४ बजेको समयमा ट्रक ठोक्किदां पुलमा क्षति पुगेपछि अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले...
सेतोपाटी महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ड्युटीमा निस्केको प्रहरी भ्यानले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।, महाशाखाबाट मंगलबार राति ११ बजे निस्केको बा१झ ७८६६ नम्बरको भ्यानले ठक्कर दिँदा परिचय नखुलेका एक पुरुषको मृत्यु भएको हो।, कोटेश्वर चोकनजिकै ठक्कर दिँदा घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएक...
सेतोपाटी हेटौँडामा डेङ्गुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियानमा आजबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहभागी भएका छन् ।, हेटौँडाको पशुपति मन्दिर परिसरबाट ठूलो सङ्ख्यामा सर्वसाधरण, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, प्रदेशसभा सदस्य, नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीका अध...
सेतोपाटी सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमतीको मङगलबार हत्या गरेका छन् ।, घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताए ।,  घरायसी झगडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घरको पछाडि लगेर घाँटी थिचेर हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताएक...
सेतोपाटी पाँचखाल नगरपालिकास्थित दुई स्थानमा भएका दुई बलात्कार घटनाका फरार आरोपितलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ गरेको छ ।, पाँचखाल नपा–४ शिखरपुरमा डेरागरी बस्ने ३१ वर्षका सुनबहादुर लामाले घरधनी महिलालाई गत जेठ २३ गते राति १ बजे जबर्जस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक द...
रासस पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरूण खोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ। अरूणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्...
सेतोपाटी संवाददाता प्रदेश नम्बर २ सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ।, हिन्दु धर्मावलम्बीहरूको चाड रक्षाबन्धनका अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।, प्रदेश २ सरकारले बुधबार जारी प्रेस विज्ञप्तिमा ‘जनै पूर्णिमाको शुभकामनाका साथै साउन ३० गते बिहीबार सार्वजनिक बिदा’ गरेको उल्लेख छ।, प्रदेश २ ...
सेतोपाटी संवाददाता भारतबाट अवैध रूपमा कुखुरा ओसारपसारमा संलग्न एक व्यक्तिले ‘प्रहरीलाई लाइन मिलाइदिनुपर्‍यो’ भन्दा आफैं फन्दामा परेका छन्।, पर्सा वीरगञ्ज महानगरपालिका-२२ का ३५ वर्षीय उपेन्द्रप्रसाद यादवलाई बारा प्रहरीले मंगलबार राति पक्राउ गरेको हो।, राति सवा आठ बजे जीतपुरसिमरा उपमहानगरपालिका-७ को इलाका प्रहरी कार्याल...
सागरराज तिमिल्सिना कास्की प्रहरी पोखराले वडा कार्यालयमा चोरी गर्दै हिँड्ने एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।, प्रहरीले काठमाडौं ११ घर भई हाल पोखरा १० मा बस्दै आएका किशोर थापालाई पक्राउ गरेको हो। प्रहरीले उनलाई ९ वटा कम्प्युटर, ४ ल्यापटप र  अन्य चोरीमा संलग्न सामानसहित पक्राउ गरेको हो।, पोखरामा चोरी गरेर थापाले ...
सेतोपाटी संवाददाता काभ्रेको बनेपा नगरपालिका १ रायगाउँमा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ।, उद्योग स्थापनाका लागि खनिएको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीया बालिका रुक्साना गोलेको निधन भएको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए।, कक्षा ४ मा अध्ययरत रुक्साना दुई साथीहरु सँग ...
सेतोपाटी संवाददाता हँसपुर नगरपालिकामा लागेको ताला २६ दिनपछि खुलेको छ।, नगरपालिकाका प्रमुख तथा उपप्रमुखबीचको विवादका कारण लागेको ताला बुधबार खोलिएको हो। नगरपालिकाका प्रमुख रामज्ञान मण्डलले काम गर्ने वातावरण बघचौडामा नरहेको कारण देखाउँदै बेल्ही चोकमा गत साउन ३ गते अस्थायी कार्यालय सारेका थिए।, ,प्रमुख मण्डलले बचौडास्थित...
नारायण खड्का शान्तिनगर गाउँपालिकाकी ३२ वर्षीया निर्मला वली अपांगता भएकी महिला हुन्। उनको एउटा हात र खुट्टामा समस्या छ।, निर्मलाले तुलसीपुरका सडकमा बसेर मकै पोलेर जीवनयापन गर्दै आएकी थिइन्। मकै उनका पतिले झन्डै १३ किलोमिटर दक्षिणको फूलबारीबाट ल्याउँछन्।, मंगलबार दिउँसो पनि उनले तुलसीपुरको बसपार्कको पिपलबोट नजिकै मकै पो...
सुजना ढकाल कृष्ण खड्कालाई गीत गाउन मनपर्छ। साथीहरू भेला भएर नाच्न झन् रमाइलो। ३१ वर्षीय कृष्णलाई घुम्न पनि मनपर्छ। हृष्टपुष्ट छन्। जोशजाँगर उत्तिकै। बोल्न पनि खप्पिस।, तर मन लागेका धेरै कामकुरा गर्न सक्दैनन् उनी।, भोक लागेको पत्तो हुँदैन। खाना-खाजा तालिकाअनुसार अरूले खुवाइदिन्छन्। कहिलेकाहीँ जिब्रोको स्वादले लोभ्याउँछ...
सेतोपाटी संवाददाता यसपालिको आरोहण सिजनमा सगरमाथामा ट्राफिक जाम हुँदा आरोहीको मृत्यु भएको बारे सरकारले बनाएको अध्ययन कार्यदलले प्रतिवेदन सार्वजनिक गरेको छ।,  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले सगरमाथामा ट्राफिक जाम भएको कुरा कतैबाट पुष्टि नभएको निष्कर्ष नि...
दिपकजंग शाही चार वर्षअघि।, २०७२ साल साउन तेस्रो साता दलहरूले देशको संघीय खाका कोरे। मेचीदेखि महाकालीसम्म छ वटा प्रदेश बनाए। पहिलाको सुदूरपश्चिमसँग मध्यमपश्चिमको धेरै भाग मिसाइदिए।, मध्यपश्चिमका नागरिकलाई त्यो चित्त बुझेन। विकास क्षेत्र हुँदा क्षेत्रीय सदरमुकाम रहेको सुर्खेतवासीलाई त झन् चित्त बुझ्ने कुरै भएन। सीमांकनव...
विवेक राई गत साता बालुवाटारस्थित इन्टेरनेट तथा केबुल प्रदायक कम्पनी सुबिसुको कार्यलयमा आगलागी भयो।, मंगलबारमात्रै पोखराको एउटा मिनी मार्केटमा आगो लाग्दा २३ पसलमा क्षति पुग्यो।, यस्ता आगलागी हाम्रो भान्सामा पनि हुन सक्छन्। खास गरी भान्सामा प्रयोग हुने सिलिण्डर ग्यासबाट आगो सल्किने गर्छ।, ग्यास सिलिण्डरमा आगलागी हुँदा ह...
सेतोपाटी संवाददाता राष्ट्रिय गौरबको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनास्थलमा पिकनिक खान गएका दुई जनाको नदीमा डुबेर मृत्यु भएको छ।, बाँकेबाट पिकनिक खान गएका बर्दियाका प्रवीण बस्याल र दैलेखका हेमन्त बडुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारी दिएका छन्।, चौलागाईका अनु...
सेतोपाटी झापाका कुनै पनि स्थानीय तहले फोहरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गरेका छैनन् ।, फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले फोहरमैला व्यवस्थापन नियमावली २०७० जारी गरे पनि कार्यान्वयन नहुँदा स्थानीय तहले फोहर बाटो  तथा सामुदायिक वनमा लगेर  फाल्ने गरेको पाइएको छ ।, मेची नगरपा...
प्रशन्न पोखरेल डोटीमा सर्पको बिगबिगी छ।, सर्पले डसेपछि गत असारमा मात्र तीन जनाको मृत्यु भयो।, गाईलाई घाँस हाल्न गोठ पुगेका पूर्वीचौकी गाउँपालिका -४ का २२ वर्षीय पूर्णराज गिरीको सर्पको डसाइबाट असार २३ गते मृत्यु भयो। सर्पले डसेपछि गिरीलाई उपचारका लागि अस्पताल लगिएन, धामीझाँक्रीलाई देखाइयो। भोलिपल्ट मात्र जिल्ला अस्पताल...
नेहा झा मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व बकर इद छ भोलि।, सो पर्वका लागि प्रायः सबैको घरमा आजैदेखि तयारी छ तर महोत्तरी भंगहानपा वडा नं. १ की जाहिरा खातुनको घरमा कुनै उत्साह छैन।, पर्वको मुखैमा उनी घरबरविहीन भएकी छन्। उनका श्रीमानलाई विदेश पठाउने एजेन्टले शनिबार बिनाकुनै जानकारी डोजर लगाएर घर भत्काएपछि उनको सडकमा बा...
सेतोपाटी तीन लाख २६ हजार नगदसहित डोटीको बिपीनगरमा कार्यरत एकजना सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।, काम गरिदिए बापत वन उपभोक्ता समितिका व्यक्तिबाट घुस रकम लिएको उजुरीका आधारमा निज सहायक वन अधिकृत डिसीलाई आयोगको कञ्चनपुर टोलीले आइतबार साँझ डडेल्धुराको गन्यापधु...
सेतोपाटी जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दुई दिनमा विभिन्न चार स्थानबाट जुवा खेली रहेको अवस्थामा ४० जनालाई पक्राउ गरी दुई लाख ५८ हजार ३२० रूपैयाँ नगदसमेत बरामद गरेको छ ।, पोखरा महानगरपालिका–५ पस्र्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठाबाट चार बुक तास, आठ जना व्यक्तिसहित  एक लाख २१ हजार...
सेतोपाटी संवाददाता सल्यानमा भरुवा बन्दुकसहित दुई व्यक्ति पक्राउ परेका छन्। कालिमाटी गाउँपालिका वडा नं. ५ बालुवा मनिकापुरका ७० वर्षीय चन्द्रबहादुर रोका र सोही ठाउँका ६७ वर्षीय टेकबहादुर कुमाललाई प्रहरीले शनिवार दिउँसो साढे १ बजेतिर पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।, उनीहरूको साथबाट एक नाले भरुवा बन्दुक चार नाल बर...
सेतोपाटी संवाददाता सरकारले राजधानी भित्रने प्रमुख नाका नागढुंगादेखि कलंकीसम्मको सडक किनारा हरियाली बनाउने कामको थालनी गरेको छ।, वन तथा वातावरण मन्त्रालयले सडक विस्तार कार्य सम्पन्न भएको स्थानमा सडकको बीच भागमा रहेको डिभाइडरमा वृक्षरोपण अभियान सुरू गरेको हो।, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नागढुंगामा कपुरको...
रासस अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले रु तीन लाख घुससहित एक सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएको छ।, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाबाट सब-डिभिजन कार्यालय बीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आइतबार अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। अधिकृत डिसीलाई तीन लाखस...
सेतोपाटी संवाददाता विपतमा उद्धार तथा अत्यावश्यक अवस्थामा रगत संकलन गरी सामाजिक काम गरिरहेको संस्था नेपाल रेडक्रस सोसाइटी भ्रष्टाचार र अनियमितताका कारण विवादमा परेको छ।, विवादकै बीचमा सोसाइटीले वर्तमान नेतृत्वले साधारणसभा बोलाएपछि काठमाडौं जिल्ला प्रशासनले चेतावनीपूर्वक स्पष्टिकरण नै मागेको छ।, भ्रष्टाचार र अनियमितता स...
सेतोपाटी संवाददाता भ्रष्टाचार मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा धाइरहेका मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरि आचार्यले आत्महत्या गरेका छन्।, आइतबार बिहान उदयपुरको त्रियुगा नगरपालिका-९ को रातामाटेको जंगलमा उनले झुन्डिएर आत्महत्या गरेका हुन्। सोही नगरपालिका-१० घर भएका उनी काठमाडौंबाट शनिबार ...
भगवती पाण्डे आगामी १५ वर्षको विकासको लक्ष्य निर्धारण गर्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एकीकृत सहरी विकास योजना सार्वजनिक गरेको छ।, सिद्धार्थ इन्स्टिच्यूट अफ रिसर्च एण्ड कन्सल्टेन्सी सर्भिस प्रालिले तर्जुमा गरेको एकीकृत सहरी विकास योजना प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी र उद्यो...
सेतोपाटी संवाददाता ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिकाका एक जना कर्मचारीलाई पक्राउ गरेको छ।, महानगरीय प्रहरीवृत्त सिंहदरबारको टोलीले शनिबार दिउँसो महानगरका कर्मचारी बाबुराजा पुजारीलाई पक्राउ गरेको हो।, विदाको दिनको मौका छोपेर बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं-१७ का ५...
नारायण महर्जन मुस्लिम धर्मावलम्बीहरूले आज धुमधामका साथ बकर इद अर्थात् इदजोहा पर्व उल्लासमय वातावरणमा मनाइरहेका छन्।, सो धर्मावलम्बीहरूले इदपछिको ठूलो पर्व बकर इदमा ‘कुर्वानी गर्ने’ अर्थात् बलिदानीको पर्वका रूपमा मनाउने गर्छन्।, इदको अवसरमा प्रदेश २ र ५ मा प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ। , यस अवसरमा कतिपय...
समिक्षा अधिकारी काठमाडौं महानगरपालिकाले चार वटा वडामा फोहोरलाई जैविक र अजैविक प्रकारमा वर्गीकरण प्रक्रिया सुरू गर्ने भएको छ। नगरमा बढ्दो फोहोर समस्या समाधान गर्न दीर्घकालीन कार्यक्रम सुरू गरिएको महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।, 'फोहोर व्यवस्थापनका दीर्घकालीन समाधान खोज्दा वर्गीकरण आवश्यक ...
सेतोपाटी संवाददाता सरकारले काठमाडौंको ट्राफिक जाम हुने मुख्य–मुख्य स्थानमा ‘ओभरहेड ब्रिज’ निर्माण गर्ने घोषणा गरेको छ।, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौंको कोटेश्वर, गौशाला, नयाँ बानेश्वर, चाबहिल, थापाथली र कालिमाटी चोकमा ओभरहेड ब्रिज निर्माण गर्ने घोषणा गरेका हुन्।, त्यसका लागि आवश्यक डिजाइन...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दस हजार घूससहित सोमबार एक शिक्षकलाई दाङबाट पक्राउ गरेको छ।, अख्तियारको नेपालगञ्जस्थित टोलीले घोराही उपमहानगरपालिका वडा नम्बर १८ को माध्यमिक विद्यालय रझेनाको उच्च मावि राहत दरबन्दीमा कार्यरत शिक्षक गणेश केसीलाई पक्राउ गरेको हो।, विद्यालयमा सञ्चालन भइरहेको सिभिल इञ्ज...
सेतोपाटी संवाददाता गोलबजार नगरपालिका सिरहाका इन्जिनियर जगदीशप्रसाद साह र सब-इन्जिनियर उमा श्रेष्ठविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।, सेवाग्राहीसँग घुस लिइरहेको बेला रंगेहात पक्राउ परेका उनीहरूलाई अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।, विद्यालयको शौचालय निर्माण...
सेतोपाटी संवाददाता संसदीय समितिले बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रको जग्गाको बाँकी मुआब्जा तत्काल निर्धारण गरी ३ महिना भित्र वितरण गरिसक्न सरकारलाई निर्देशन दिएको छ।, संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले सो जलविद्युत आयोजनाको जग्गाको बाँकी मुआब्जा तत्काल निर...
सेतोपाटी जिल्लाका सरकारी कार्यालयमा अनुगमन गर्ने क्रममा ९६ कर्मचारी अनुपस्थित भएको पाइएको छ ।, जिल्ला  प्रशासन कार्यालय स्याङ्जाले सोमबार जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा विभिन्न कार्यालयमा कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।, प्रशासन कार्यालयबाट खटिएको अनुगमन ...
दिपकजंग शाही २०५६ सालमा कालिकोटमा भएको दोहोरो भिडन्तमा मुगुकी विजयसरा शाहीको बायाँ हातमा गोली लाग्यो। अहिले उनको बायाँ हात नै छैन। सशस्त्र द्वन्द्वका क्रममा विद्रोही समूहमा आबद्ध भएकी विजयसरा सुर्खेतको वीरेन्द्रनगरमा बस्दै आएकी छिन्। आफ्नो हात छैन, श्रीमानको खुट्टामा लागेको चोटले अपांग भएका छन्।, आफू अशक्त भएको भन्दा ...
सेतोपाटी संवाददाता रामनगर गाउँपालिका, सर्लाहीमा कार्यरत इन्जिनियर रामजीबाबु यादवविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।, गाउँपालिकाको बजेटबाट विद्युत जडान गर्ने पोल, तार, ट्रान्सफर्मरको प्राविधिक मूल्याङ्नसहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराइदिएबापत सेवाग्र...
अमृता लम्साल १९१० सालको मुलुकी ऐन नेपालको पहिलो लिखित कानुन मानिन्छ। त्यसपछि वैधानिक कानुन २००४, वैयक्तिक स्वतन्त्रतासम्बन्धी ऐन २००६, अन्तरिम शासन विधान २००७ लगायत कानुन बने। तर यिनमा महिलामाथि हुने घरेलु हिंसा सम्बन्धी कानुन थिएन।, २०६६ सालमा घरेलु हिंसा ऐन आएपछि मात्रै हो, महिलामाथि हुने हिंसाबारे उजुरी गर्न र सजाय...
प्रशन्न पोखरेल आन्दोलनरत प्राध्यापकहरूले असहयोग गरेपछि काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयले केही शिक्षक, कर्मचारी र विद्यार्थी (स्नातकोत्तर तहका) गार्ड राखेर परीक्षा सञ्चालन गरेको छ।, शुक्रबार भएको स्कुल अफ साइन्स र स्कुल अफ ईञ्जिनियरिङको अन्डर ग्रयाजुएट (स्नातक) पहिलो वर्षको परीक्षामा एक हजार एक सय ४८ जन...
सेतोपाटी फेरी ४ कैदी बन्दी प्रहरी हिरासतबाट भागेका छन्। शनिबार बिहान महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट ४ थुनुवा भागेका हुन्।, चोरीको मुद्दामा पक्राउ परेका थुनुवाहरू काठमाडौं प्रहरी प्रवक्ता (डिएसपी) होबिन्द्र बोगटीले बताएका हुन्।, उनीहरू ह्याक्सो ब्लेड प्रयोग गरेर झ्यालको डन्डी काटेर भागेका हुन् । यसरी भागेका ४ थुनुव...