content
stringlengths
20
64.1k
सेतोपाटी धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ ।, राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए...
प्रशन्न पोखरेल चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि दरखास्त माग्दै दोस्रो पटक सूचना निकालिएको छ। पहिलोपटक असार ९ मा सूचना निकाल्दा छ जनाले दरखास्त दिएका थिए।, दरखास्त दिएका सबै उम्मेदवार योग्य हुने नदेखिएपछि लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वको उम्मेदवार सिफारिस समितिले मंगलबार फेरि सूचना निकालेर दर...
सेतोपाटी संवाददाता कास्की प्रहरीले ‘पेन गन’ सहित लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।, लागुऔषध कारोबारीको आरोपमा पोखरा २४ कास्कीकोट घर भई हाल पोखरा ७ मासबार बस्ने सागर रानाभाटलाई पेन गनसहित प्रहरीले पक्राउ गरेको हो।, लागुऔषध ओसारपसार, विक्री वितरण तथा हातहतियार बोकेर हिँड्ने गरेको सूचनाका आधारमा प्रहरीले रानाभाटलाई पक्...
युनिक श्रेष्ठ राष्ट्रिय मानवअधिकार आयोगले वैदेशिक रोजगारमा रहँदा यौनशोषणबाट अनिच्छित गर्भधारण गरी जन्मिएका बालबालिकाहरूको जन्मदर्ताको व्यवस्था गर्न सिफारिस गरेको छ।, आप्रवासी कामदारको अधिकारको अवस्थाबारे आयोगले गरेको अनुसन्धान प्रतिवेदनले यस्तो सिफारिस गरेको हो।, उक्त प्रतिवेदन आयोगले भर्खरै सार्वजनिक गरेको छ।, ‘वैदेश...
सेतोपाटी संवाददाता निलम्वनमा परेका प्रहरी नायब उपरीक्षक कुमोध ढुंगेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटमा केही समय अगाडिसम्म कार्यरत ढुंगेललाई अनिवार्य उपस्थित हुन भनी प्रहरी प्रधान कार्यालयले निर्देशन दिए पनि उनी ह...
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिक झोला निषेधित घोषणा गरिएको छ।, २०७५ साल वैशाख १ गतेदेखि प्लाष्टिक झोला निषेधित अभियान सञ्चालन गर्दै आएको नगरपालिकाले १५ महिनापछि बुधबार प्लाष्टिक निषेधित घोषणा गरेको हो।, प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्री घनश्याम भुसालले नगरपालिकालाई प्लाष्टिक झोला निष...
सागरराज तिमिल्सिना श्रीमतीको हत्या गरी जंगलमा फालेको अभियोगमा पक्राउ परेकालाई कास्की प्रहरीले बुधबार सार्वजनिक गरेको छ। मकवानपुर घर भई हाल पोखरा १० रामबजार बस्दै आएका ३८ वर्षीय रमेश नेपालीसहित अन्य सहयोगीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो।, प्रहरीका अनुसार असार १ गते श्रीमती लक्ष्मी नेपालीलाई रमेशले जडिबुटी ...
सबिना श्रेष्ठ गत साता लगातार पानी पर्याे। खोला-नदी किनारका मान्छे आफ्नो ज्यान र सरसामान जोगाउन लागिपरे। टेकु बागमती डिलमाथिको एउटा सामुदायिक स्कुलमा भने झरीको कुनै पर्वाह थिएन।, श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयको प्रांगणमा खटिएका मजदुरहरू छिटोछिटो काम सक्ने ध्याउन्नमा भवन ठड्याइरहेका थिए।, यो काम यति तीव्र ...
विनोद सापकोटा जनताको तटबन्ध कार्यक्रम कार्यालयले झापालाई बाढीको क्षतिबाट मुक्त गराउन दस वर्षअघि स्थापित बहुवर्षीय योजना सार्वजनिक गरेको छ। अघिल्ला वर्षका कार्यक्रमले ठोस परिणाम ल्याउन नसकेपछि कार्यालयले गुरुयोजना तयार पार्दै झापाका नदीलाई व्यवस्थापन गरी बाढीबाट हुने कटान र डुबान नियन्त्रणका कार्यक्रम सार्वजनिक गरेको ह...
भगवती पाण्डे सोमबार दिउँसो बुटवलमा पानी पर्‍यो।, करिब आधा घण्टामात्रै परेको वर्षाले बुटवल बजार जलमग्न भयो। बुटवलको मुख्य बजार क्षेत्र अमरपथका पसलभित्रै हिलोसहितको पानी पसेर बजार अस्तव्यस्त बन्यो।, पछिल्ला केही वर्षयता सामान्य वर्षा हुँदा पनि बुटवलको मुख्य बजार र सडक नै जलमग्न हुने गर्छ। घरका छतबाट बग्ने पानी समेत सडक...
अनुषा अधिकारी माल्भिका सुब्बा पहिलो पटक महिनावारी हुँदा बाह्र वर्षकी थिइन्।, २०५० सालको कुरा हो। त्यो बेला महिनावारीलाई कुन हदसम्म हेला गरिन्थ्यो, हामी सबै अनुमान लाउन सक्छौं।, त्यो समयमा महिनावारी चलनका छोइछिटो झेल्नु नपरेको सुन्दा अचम्म लाग्न सक्छ। तर लिम्बू बुबा र बाहुन आमाकी छोरी माल्भिकाले यी सबै खेप्नुपरेन।, 'आम...
नारायण खड्का नदी कटान क्षेत्र नियन्त्रणका लागि डिभिजन वन कार्यालय दाङले ४ हजार बाँसका बिरुवा रोपेको छ।, वर्षातको समयमा आउने बाढीले जमिन कटान गर्दै आइरहेकोमा त्यसलाई नियन्त्रण गर्न नदी तटीय क्षेत्रका विभिन्न पाँच ठाउँमा यो वर्ष ४ हजार बाँसका बिरुवा लगाइएको डिभिजन वन कार्यालय दाङले जानकारी दिएको छ।, लगाइएका बिरुवाको संर...
सेतोपाटी संवाददाता अबको शैक्षिक पाठ्यक्रम कस्तो बनाउने भन्ने विषयमा बुटवल उपमहानगरपालिकाले बहस शुभारम्भ गरेको छ।, स्थानीय पाठ्यक्रम, नगर शिक्षा योजना र कक्षा ११/१२ का लागि प्राविधिक तथा व्यवसायिक, सीपमूलक शिक्षाका विषयमा विज्ञहरूलाई एकै ठाउँमा भेला गराएर बुटवलले नौलो थालनी गरेको हो।, अबको शिक्षा कस्तो बनाउने र त्यसबाट...
सेतोपाटी संवाददाता चार दिनदेखिको अविरल वर्षाका कारण झापाको कन्काइ, मेची, विरीङ, मावा, कमल, निन्दा, देउनियालगायत नदीमा पानीको बहाव बढेको छ।, आइतबार दिउँसोदेखि वर्षा रोकिए पनि नदी नालामा पानीको सतह घटेको छैन। नदीहरूमा पानीको बहाव बढ्दा तटीय क्षेत्र कटान सुरू भएको छ। नदी आसपासका स्थानीयलाई सुरक्षित स्थानतर्फ हटाउने काम भ...
नेहा झा कमला नदीको ५० मिटरको दूरीमा दलित बसोबास गर्ने सुन्दरपुर टोल छ, जहाँ लगभग ५०/६० जना घर परिवारहरू बसोबास गर्छन्।, प्रत्येक वर्षायाममा सुन्दरपुर टोल भने त्यहाँका स्थानीयवासीका लागि पीडादायी र कुरूप बन्छ, बाढीबाट।, यसपटक पनि सुन्दरपुर टोलवासी यस पीडाबाट अछुतो रहेनन्।, मिसरीलाल मुखियाको घर सुन्दरपुर टोलमै छ। उनको घ...
सेतोपाटी पूर्वपश्चिम राजमार्गको महोत्तरीमा पर्ने भब्सी नदीमा आइतबारबाट साँझ वैकल्पिक मार्ग (डाइभर्शन) सञ्चालनमा आएको छ ।, शुक्रबार मध्यरातमा पुल बगेपछि वारि र पारि थन्किएका सयौँ सवारी साधन आज साँझ वैकल्पिक मार्ग (डाइभर्शन)  खोलिएसँगै गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।, पुल बगेपछि कतिपय सवारी साधन शनिबार बिहानैदेखि बर्दि...
सेतोपाटी बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको  ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ ।,  ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएको बाढीले बगाएको सूचना अधिकारी तुलसीजङ्ग थापाले जानकारी दिए ।, रातिको समयमा आएको बा...
सेतोपाटी अत्याधिक पानी परेपछि देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भनेर चिनिने कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको छ।, कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, ...
सेतोपाटी संवाददाता जुना विकको घरमा कलह हुन छोडेको एक वर्ष बित्यो। दिन नबिराई घरमा कलह हुन्थ्यो। खेतबारीको काम सकिएपछि जुना घर लाग्थिन्, श्रीमान स्थानीय पसलमा। जब गौमुल गाउँपालिकाले मदिरा निषेधको निर्णय गर्यो, त्यो मितिदेखि न त घरमा कलह भएको छ, न त पैसा नै खर्च। , विकको परिवारमा मात्र होइन, गौमुल–४ डाँडाबाडाको गाउँको स...
सेतोपाटी पाँच दिनदेखि आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य पहाडी तथा पश्चिमी क्षेत्रका विभिन्न गाउँपालिकामा अहिले डेढ दर्जनभन्दा बढी घर पहिरोले भत्काएको छ भने सयौँ घर उच्च जोखिममा परेका छन् ।, जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिकामा गएको पहिरोको कारण वडा नम्बर ४ र ५ मा दशवटा घर पहिरोले भत्...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी कार्यालय रानीपोखरीले नयाँ बसपार्कको एउटा गेस्ट हाउसबाट इटालियन पेस्तोलसहित तीन जनालाई आइतबार साँझ पक्राउ गरेको छ।, हतियारसहित केही व्यक्तिहरू होटलमा रहेको जानकारी पाएपछि गएको टोलीले ‘मेड इन इटाली’ लेखिएको अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा नुवाकोट लिखु ग...
सेतोपाटी संवाददाता अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५/५ जना, ओखलढुंगा, सिरहा र सिन्धुलीमा ४/४ जना, खोटाङ, धनुषा र काभ...
सेतोपाटी संवाददाता प्रहरीले विश्वकप क्रिकेटमा सट्टाबाजी खेलाउने दुई जनालाई पक्राउ गरेको छ।, पर्सा प्रहरीले आइतबार वीरगञ्ज महानगरपालिका वडा ८ मा विश्वकप क्रिकेटको नाममा सट्टाबाजी खेलाइरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा ७ मा बस्ने ३१ वर्षीय आशिष कुमार वर्णवाल र वडा १...
सेतोपाटी संवाददाता धनुषास्थित कमला नदीको पानीको बहावले सतर्कताको तह पार गरेको छ।, बहावले खतराको तह पार गरेपछि सचेत हुन गृह मन्त्रालयले आसपासका तटीय क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ।, गृह मन्त्रालयले सिन्धुली, धनुषा र सिरहा जिल्लाको तटीय क्षेत्रमा साँझसम्म सतर्कता अपनाउन अनुरोध गरेको हो।, तर, साँझसम्म पनि खतराको तह...
सेतोपाटी संवाददाता खोलाले बगाएर झापाको मेचीनगर नगरपालिका १३ का अढाइ वर्षीय एक बालकको मृत्यु भएको छ। , मृत्यु हुनेमा अजित प्रसाईं छन्। बिहान ७ बजे खेतमा काम गर्न गएका बाबु गंगारामलाई पछ्याउँदै गएका बालकलाई फुलवासा खोलाले बगाएको थियो। , खोलाले बालक बगाउँदै गरेको देखेपछि उनी आफैंले स्थानीयलाई गुहारेका थिए। उद्धार गरी उपच...
समिक्षा अधिकारी दुई साताअघिको कुरा।, नुवाकोट, ककनी गाउँपालिका–२ स्थित सिसडोलका स्थानीयले 'ल्यान्डफिल साइट' बन्द गरे। काठमाडौंका चोक, गल्ली, सडक र नदी-खोला किनार फोहोरको डंगुर लाग्यो। राजधानी सहर गन्हाउन थाल्यो।, क्षतिपूर्ति पुनरावलोकन, जग्गा अधिग्रहण, बञ्चरेडाँडामा तत्काल नयाँ फोहोर विर्सजन केन्द्र निर्माण लगायत माग स...
नेहा झा ६० वर्षीय सतन माझी संघीय सरकारको जनता आवास कार्यक्रम अन्तर्गत प्रदेश सरकारले आफूहरूका लागि घर बनाई दिने कुरा सुनेपछि निकै नै हर्षित थिए, तर अहिले आएर उनी न घरको न घाटको जस्तै भएका छन्।, सतन भन्छन्, ‘प्रदेश सरकारबाट हामीले आश्वासन पाएका थियौं, उहाँहरूले हाम्रा लागि घर निर्माण गरिदिनुहुन्छ त्यसैले हामीले भएका घर...
रासस मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, बुधबारबाट न्यून चापीय क्षेत्र बङ्गालको खाडीमा बन्ने भएकाले न्यूनचापीय रेखा भारततिर रहने सम्भावना भएकाले आज र भोलिको तुलनामा बुधबारदेखि मनसुन कम सक्रिय हुने मौसमव...
सञ्चिता घिमिरे साता दिन पहिलेमात्रै खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा एक महिला आफ्नो २१ वर्षीय छोराको ‘डिएनए’ परीक्षणका लागि आइपुगिन्। विवाह भएको १९ वर्षपछि र छोरा १८ वर्षको हुँदादेखि सुरू भएको तनावका कारण उनी अदालत हुँदै यहाँसम्म आइपुगेकी थिइन्।, वैदेशिक रोजगारीमा रहेका श्रीमानले स्वदेशमा बस्न थालेदेखि ...
सेतोपाटी संवाददाता पूर्वका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ।, आज मात्र झापा, मोरङ र सुनसरीमा १/१ जना गरी ३ जनाको मृत्यु भएपछि प्रदेश नम्बर १ मा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २१ पुगेको हो।, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक क...
सेतोपाटी जलस्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका प्रमुख इन्जिनयर मोहनबाबु यादव घुस रकम सहित पक्राउ परेका छन्।, यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी टोलीले सेवाग्राहीसँग एक लाख ८० हजार घुस रकम सहित भोजपुर नगरपालिका ७ स्थित फुपू भदैनी होटलबाट रङ्गेहात पक्राउ गरेको हो।, भोजपुरको षडानन्द नगरपालिका १३ बोयामा रहे...
सेतोपाटी संवाददाता बडिमालिका नगरपालिका साक्षर घोषणा गरिएको छ। औपचारिक कार्यक्रम सहित नगरलाई जिल्लामा तेस्रोे स्थानीय तहको तथा पहिलो नगरपालिकाको रुपमा घोषणा गरिएको छ। जिल्लाका नौ स्थानीय तह मध्ये बडिमालिका साक्षर घोषणा हुनेमा तेस्रोे भएको छ।, नगरपालिकामा रहेको कुल जनसंख्यामध्ये ९५.९८ प्रतिशत अक्षर लेख्न र चिन्न सक्ने भ...
सेतोपाटी संवाददाता सोमबार दिउँसो आधा घण्टा परेको भीषण वर्षाले बुटवल बजार जलमग्न भयो।, दिउँसो करिब चार बजेदेखि परेको वर्षाले बुटवलको मुख्य बजार क्षेत्र नै डुबानमा परेको हो।, आधा घण्टामात्र परेको भीषण वर्षाले मुख्य बजार क्षेत्र ट्राफिक चोक, अमरपथ, बीपी चोक, मिलन चोक, राजमार्ग चौराहलगायतको क्षेत्र जलमग्न भएको थियो।, देशक...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्र प्रसाद दासलाई ४ करोड ८ लाख भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ।, सोमबार अख्तियारले उनीसहित अन्य ८ जनालाई भ्रष्टाचार मुद्दा लगाएको छ। विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरिद प्रकृयामा भ्रष...
सेतोपाटी संवाददाता सोमबार दिउँसो वर्षा सहित आएको हावाहुरीले रुपन्देहीको रोहिणीमा डेढ दर्जन घरमा क्षति पुर्‍याएको छ। हुरीले १६ वटा घरको छानो उडाए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले दिएको जानकारी अनुसार रोहिणी गाउँपालिकाको वडा नम्बर २ को मैनिहवा, लखनौतिया...
रासस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका, सामाजिक विकास विभाग, बबरमहलका नायब सुब्बा कृष्णप्रसाद सोतीलाई एक लाख सात हजार घुससहित नियन्त्रणमा लिएको छ ।, सामाजिक विकास विभागमार्फत कार्यान्वयनमा आएको रकमको कार्यसम्पादन गरी रकम भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको आयोगको टोली...
सेतोपाटी संवाददाता बुटवल तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर नजिकै रहेको हेडबक्समा झरेको पहिरोले मोटरसाइकल तिनाउ खोलामा खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।, लु ५० प ४६७१ मोटरसाइकलमा सवार पाल्पाको मित्याल गाउँपालिकाका ३१ वर्षीय धनबहादुर सुनारीको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक...
सेतोपाटी संवाददाता कमला नदीको बाढीमा फसेका आठ जनालाई सकुशल उद्धार गरिएको छ।, धनुषाको शहीदनगर नगरपालिकामा पर्ने कमला नदीको बाढीमा फसेका आठै जनालाई रेस्क्यु टिम खटाएर उद्धार गरिएको हो।, शुक्रबारदेखि बाढीमा फसेका आठै जनालाई सशस्त्र प्रहरी बल यदुकोहाका प्रहरी निरीक्षक किस्मान तामाङ नेतृत्वको रेस्क्यु टिमले उनीहरूलाई उद्धा...
सेतोपाटी सूर्यविनायक नगरपालिका–३ बालकोट हनुमन्ते खोला नजिकै बस्ने सुमित्रा केसीको परिवार रातभर सुत्न सकेन। एक तलाको घर डुबाउँला भन्ने त्रासमा निदाउन नसक्दा यो परिवारको छ जनाको रात जागा बसेरै बित्यो। केसीको परिवार मात्रै होइन, हनुमन्ते खोला आसपास क्षेत्रमा रहेका बस्तीका सयौं परिवारको रात त्रास र अनिदोमै बित्यो।, ,अबिरल...
सेतोपाटी संवाददाता नेपाली सेनाले बाढी पहिरोबाट अति प्रभावित १४ जिल्लाहरूमा ३ सय ५८ जनाको सकुशल उद्धार गरेको छ।, रौतहट,काठमाडौं,ललितपुर,झापा,महोत्तरी लगायतका जिल्लामा बाढी पहिरोमा परी मृत्यु भएका ७ जनाको शव निकालिएको र ६ जना बेपत्ता रहेको सेनाले जनाएको छ।, पहिरोका कारण अवरूद्ध बीपी राजमार्ग,काठमाडौं-हेटौंडा र भोजपुर-खो...
सेतोपाटी संवाददाता निरन्तर वर्षाले बाजुराका ग्रामीण सडक ठप्प भएका छन्।, लगातार वर्ष भएपछि विभिन्न स्थानीय तहमा पुग्ने सडकको ठाउँ–ठाउँमा पहिरो जाँदा सडक अवरूद्ध बनेसँगै यातायात सञ्चालन ठप्प भएको हो।, पूर्वी उत्तरी क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडक, मार्तडी देखि गौमुल गाउँपालिका घट्मुना,मार्तडीदेखि छेडेदह गाउँपालिका डोग...
सेतोपाटी संवाददाता लगातार परेको पानीले सप्तकोसीमा पानीको बहाव उच्च भएको छ।, एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ः०० बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।, अहिले ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन्। भार...
सेतोपाटी संवाददाता अविरल वर्षाका कारण आग्रा खोलामा बाढी आउने क्रम बढ्दै गएपछि धादिङको थाक्रे गाउँपालिकामा पर्ने आग्रा र महेशखोला किनारका बस्ती संकटमा परेको छ।, आग्रा खोलामा ढुंगा फुटाउने काम गर्दै आइरहेका सयौं मजदूर परिवार वर्षौंदेखि महेश र आग्रा खोला किनारमा अस्थायी टहरो बनाइ बसोबास गर्दै आइरहेका छन्।, खोला किनारमा ब...
सेतोपाटी मुड्केचुला गाउँपालिका–१, २ र ३ मा शनिबार पहिरो जाँदा नौ जना बेपत्ता भएका छन् । एक जनाको शव फेला परेको छ । , बेपत्ता हुनेमा चार बालबालिका रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिएकाछन् । पानी घट्ट गएका धनरुपा बोहोरा, विचित्र बोहोरा, सारिका बस्नेत, निर्मल बोहोरालगायत बेपत्ता भएका छन् । दिउँसो २...
सेतोपाटी तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।, नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।, नगरकार्यपालिकाको बैठकले नगरपालिकास्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनि...
विनोद सापकोटा माईखोलाले बगाएर माई नगरपालिका-१ का तीन विद्यार्थी शनिबार बेपत्ता भएका छन्। माई नगरपालिका-६ को भगवती माविमा अध्ययनरत् छात्राहरु आकृति लिम्बू (१५), निशा सुनुवार (१४) र सुनिता लिम्बू (१२) बेपत्ता भएको झापा प्रहरीले जनायो।, शुक्रबार बर्खे बिदा भएपछि उनीहरु शनिबार घर फर्किँदै थिए। घर फर्किने क्रममा इलामको देउ...
सेतोपाटी म्याग्दीमा जङ्गली च्याउ खाएर सिकिस्त बिरामी भएका एक बालकको मृत्यु भएको छ ।, जिल्लाको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा बस्ने जमुना कुँवरका छोरा ऋषि कुँवरको उपचारको क्रममा पोखराको मणिपाल अस्प्तालमा मृत्यु भएको हो ।, वनबाट ल्याएको च्याउको तरकारी बनाएर खाएपछि परिवारका ६ बिरामी भएका थिए । विषालु च्याउ खानेबित्तिकै ...
सेतोपाटी संवाददाता बिहीबार रातिदेखि लगातारजसो परिरहेको पानी पर्ने क्रम आज (आइतबार) रोकिने  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  , नेपालको तराई क्षेत्रमा बनेको न्यूनचापीय रेखाले पूर्वी तथा मध्य नेपालमा पुरै र पश्चिममा तराईतिर वर्षा भइरहेको थियो।, ‘आज मध्य तथा पूर्वी नेपालमा हल्का र केही स्थानमा भारी वर्षा भए पनि लगाता...
सेतोपाटी सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ ।, लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिएका छन् ।, नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्न ब्यारेजमा २४ सै घण्टा प्राविधिकसहितका कर्मचारी तैनाथ रहे...
सेतोपाटी संवाददाता दाङको बंगलाचुली गाउँपालिका वडा नं. ८ कयनपामा खोलामा बगेर एक बालकको ज्यान गएको छ।, तिलकराम बैजालीका छोरा ९ बर्षीय छोरा भक्तसिङ बैजाली मगरको खोलाले बगाएर मृत्यु भएको हो।, मावलीबाट फर्कने क्रममा स्थानीय खहरे खोलाले बगाउँदा बालकको मृत्यु भएको बंगलाचुली गाउँपालिका–वडा नं. ८ का वडा अध्यक्ष गिरराज बाँठाले ...
रासस राप्ती नदीको बहाव बढेपछि बाँकेको भम्का र अमुवागाउँका बासिन्दाको आवागमन दुई दिनदेखि ठप्प भएको छ।, नदीमा आएको बाढीका कारण डुंगा सञ्चालन हुन नसकेपछि भम्का र अमुवागाउँका सयौं बासिन्दाको आवागमन ठप्प भएको हो।, राप्तीसोनारी गाउँपालिका वडा नं १ स्थित भम्का र अमुवागाउँ पुग्नका लागि पुल नबनेका कारण राप्ती नदीमा बाढी आउनासा...
सेतोपाटी संवाददाता बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा नजिकै पहिरो गई अवरूद्ध बनेको सडक २० घण्टापछि एकतर्फीरूपमा सञ्चालनमा आएको छ।, शनिबार दिउँसो पहिरो गएर अवरूद्ध बनेको सडक पहिरो हटाइएपछि सञ्चालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।, भिरबाट ढुंगा खस्ने क्रम नरोकिएका कारण शनिबार साँझसम्म पनि पहिरो हटाउ...
सेतोपाटी अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ५० जनाले ज्यान गुमाएका छन्।, प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २२ महिला र २८ पुरुषको ज्यान गएको छ।, आज बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएकाले उनीहरूको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइ...
रासस अविरल वर्षा भइरहेको मौका छोपी गए राति नेपालगञ्जको व्यस्त सुर्खेतरोडका नौ पसलबाट लाखौंको धनमाल चोरी भएको छ।, प्रमोद किराना पसल, भोलेबाबा फर्निचर, क्रियटिभ आल्मुनियम, शाह इलेक्ट्रोनिक्स, डेको फर्निचर, उषा ट्रेडर्स, प्रभा किराना पसल, कुञ्ज ट्रेडर्स र शोभा ट्रेडर्समा चोरी भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले ...
सेतोपाटी संवाददाता कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगो लाग्दा तीन जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीका विजय बैठा र अरु दुई जना महिला छन्।, मृतक महिलाहरु अप्सरा कामी र गौरी दर्जीको नेपालको ठेगाना खुल्न नसकेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। सो अपार्टमेन्टमा शनिबार राति भएको आगलागीमा परेर अर...
सेतोपाटी संवाददाता अविरल वर्षापछि आएको बाढीले जनकपुर-जयनगर रेलवेको नवनिर्मित लिक बगाइदिएको छ।, बिहीबारदेखि आएको पानीपछि उर्लिएको कमला नदीले भारतीय सीमा नजिकै इनरूवामा दुई सय मिटरजति लिक बगाइदिएको रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।, ‘कति ठाउँमा त हाम्रा प्राविधिक जान पनि सकेका छैनन्। आज पनि कतिपय ठाउ...
सेतोपाटी अविरल वर्षापछि आएको बाढीपहिरोले क्षति पुर्‍याएका देशका विभिन्न राजमार्गहरु एकतर्फी सञ्चालनमा आएका छन्।, महोत्तरीको बर्दिबासस्थित महेन्द्र राजमार्गमा भप्सीको पुल बाढीले भत्काएपछि अबरुद्ध भएको सडक पनि एकतर्फी खुलेको छ। भत्केको पुलमा डाइभर्सनबाट एकतर्फी सडक खुलाइएपछि सवारी साधन चल्न थालेका छन्।, राजमार्गमा रोकिए...
सेतोपाटी संवाददाता दाङमा खुकुरी प्रहारबाट गम्भीर घाइते एक युवकको उपचारको क्रममा मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ कचेली निवासी २२ वर्षीय रामबहादुर वलीको  भारतको लखनउतर्फ उपचारका लागि लैजान क्रममा बाटोमै मृत्यु भएको हो।, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार संभव नभएपछि गम्भीर घाइते वलीलाई थप उपचार...
सेतोपाटी बर्दिया बासगढी नगरपालिका वडा ३ उत्तरी भकारीस्थित महेन्द्र राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।, ,पुर्वबाट पश्चिम जाँदै गरेको भे १ ख २८३६ नं बसले बाटो काट्ने क्रममा रहेको भे ४ प ७८४ नंको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनाबाट मोटरसाइकल चालक छोटेराम थारु गम्भीर घाइते भएका थ...
सेतोपाटी संवाददाता चिप्लिएको यति एयरलाइन्सको जहाज धावनमार्गमा ल्याइएको छ।, बिहान ११ बजेतिर जहाज चिप्लिएर धावनमार्गको दक्षिणतिरको घाँसे मैदानमा पुगेको थियो। विमानस्थलका प्रवक्ता प्रताव तिवारीले सो जहाजलाई धावनमार्गबाट ह्याङ्गरमा लैजाने काम भइरहेको र केही बेरमा विमानस्थल सामान्य अवस्थामा फर्किने जानकारी दिए।, बिहान जहाज...
सेतोपाटी संवाददाता काठमाडौंमा एक सय १५ मिलिलिटर वर्षा परेको छ। बिहीबारदेखि शुक्रबार साँझसम्म निरन्तर वर्षा हुँदा काठमाडौं उपत्यकामा ३ जनाको मृत्यु भएको छ भने बागमती,, ,विष्णुमति नदी कोरिडोर क्षेत्र डुवानमा परेका छन्।, जल तथा मौसम विज्ञान विभागले नदी तथा खोला आसपासका क्षेत्रमा सचेतना अपनाउन पनि आग्रह गरेको छ।, आइतबारसम...
नारायण महर्जन बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण देशभरिको जनजीवन अस्तव्यस्त भएको छ। बाढी र पहिरोमा परी एक दर्जन मानिसको ज्यान गएको छ,, ,कैयौं घाइते भएका छन्।, विभिन्न ठाउँमा  राजमार्गहरू अवरूद्ध भएका छन्।, राजधानी काठमाडौंका विभिन्न स्थानमा पनि डुबानमा परेका छन्। भक्तपुर र काभ्रेको बनेपामा पनि विभिन्न बस्तीमा प...
सेतोपाटी संवाददाता बिहीबार साँझदेखि अवरिल रूपमा परेको पानीले  बाढी पहिरो आउँदा शुक्रबार साँझसम्म १७ जनाको मृत्यु भएको छ।, नेपाल प्रहरीले दिएको जानकारीअनुसार देशका बीस जिल्लामा बाढी र पहिरोले नागरिक प्रभावित भएका छन्। बाढी पहिरोमा परी ७ जना बेपत्ता भएका छन् भने अरू सात जना घाइते भएका छन्।, प्रहरीका अनुसार खोटाङका ३,, ,...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानबाट पीडितको तत्काल उद्धार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन्।, शुक्रबार सिंहदरबारमा बसेको मन्त्रालयहरुको समिक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा जुटन मातहतका सब...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले चार महिनाको अवधिमा २६३ वटा बन्दुक बरामद गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले विवरण सार्वजिनक गरेका हुन्।, थापाका अनुसार बरामद भएका अधिकांश हतियार भरुवा बन्दुक छन्। २५३ थान भरुवा, सर्ट गन २ थान, १२ बोर जोर नाले ५ थान, टुटु एक...
सेतोपाटी संवाददाता इलामको चुलाचुलीबाट शुक्रबार बिहान खोलाले बगाएर बेपत्ता भएका स्थानीय मनहाङ्ग लावतीको शव ९ घन्टापछि फेला परेको छ। झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ३ कमल खोलामा मृत अवस्थामा उनको शव फेला परेका हो।, चुलाचुली–१ हात्तिलेदाका लावती बाघद्वार खोला तर्ने क्रममा बाढीले बगाएर बेपत्ता भएका थिए। बेपत्ता भएको...
सेतोपाटी संवाददाता यति एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएपछि अवरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ८ घण्टापछि संचालनमा आएको छ।, बिहान ११ बजेतिर जहाज चिप्लिएर धावनमार्गको दक्षिणतिरको घाँसे मैदानमा पुगे पछि उडान–अवतरण अबरुद्ध भएको थियो। विमानस्थलका प्रवक्ता प्रताव तिवारीले चिप्लिएको जहाजलाई धावनमार्गबाट ह्...
रमित विक तीन दिनदेखि परेको लगातारको वर्षाका कारण सदरमुकाम मार्तडीमा निर्माणाधीन सडक हिलाम्मे हुँदा हिँड्नै सकस भएको छ। समयमा सडक निर्माण सम्पन्न नहुँदा सडकमा हिँड्न स्थानीयलाई सास्ती भएको हो। , सडकका खाल्डाखुल्डीमा पानी जमेको छ। खानेपानीका पाइप फुटेर फोहोर सडकमा बगिरहेको देखिन्छ। , सडक निर्माणका क्रममा खनिएको बाटोमा प...
सेतोपाटी संवाददाता लगातारको वर्षाका कारण दमक नगरपालिका-१० स्थित भालु खोलाले बगाएर शुक्रबार छ वर्षीया बालिका एलिजा न्यौपानेको मृत्यु भएको छ।, दिउँसो १ बजेतिर घर नजिकैको कल्भर्टमा उभिएको अवस्थामा बालिका खोलामा खसेकी थिइन्।, खोलाले बगाएकी बालिकालाई स्थानीयले उद्धार गरी दमकस्थित लाइफ लाइन अस्पताल लगेका थिए। बालिकाको उपचार...
सेतोपाटी संवाददाता दुई दिनदेखिको अविरल वर्षाका कारण प्रदेश-२ का विभिन्न जिल्लाका बस्तीहरु डुबानमा परेका छन्। वर्षाका कारण यस प्रदेशका विभिन्न जिल्लाहरुमा घरहरु डुबानमा परी मानिसहरु प्रभावित बनेका छन्। , सप्तकोसी नदीमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ७ हजार २९० क्युसेक छ। वर्षकै उच्च बहाव मापन गरिएपछी कोसी ब्यारेजका २...
सेतोपाटी लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार मध्याह्नमा जन्मिएको शिशु दिउँसो ३ बजे अस्पताल परिसरबाटै हराएको छ ।, तानसेन नगरपालिका–९ बस्ने २२ वर्षीया जमुना रानाले जन्माएको शिशु केही घण्टामै हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए ।, सुत्केरी जमुनाको रेखदेख गर्न साथमा उनकी ...
सेतोपाटी पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ ।, ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन् । गए राति १:३० बजेको समयमा भैरहबाबाट दाना बोकेर काठमाडौँ जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।, ट्रकका सहचालक दाङ घोराही बस्ने २५ वर...
सेतोपाटी पुर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिका स्थित भप्सी पुल बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरूद्ध भएको छ ।, बाढीले पुलको बिच भाग नै बगाएको छ ।, पुल बगाउँदा पुर्व पश्चिम राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकाल जानकारी दिएका छन् ।, पुल बगाएपछि यात्रुहरु बाढी तरेर जोखिम य...
नारायण खड्का विगत तीन दिनदेखिको लगातारको वर्षापछि स्थानीय खोलामा आएको बाढीले तुलसीपुर–घोराही–लमही सडकखण्ड अवरूद्ध भएको छ । घोराही–लमही सडकखण्डको बीचमा पर्ने बबई, सिस्ने,पत्रेलगायत तीनवटा खोलामा आएको बाढीले घोराही–लमही सडक खण्डको यातायात सेवा ठप्प भएको हो।,  त्यस्तै, तुलसीपुर– घोराही सडकखण्डको गुर्जे खोलामा आएको बाढीले...
सेतोपाटी संवाददाता बिहिबार रातिदेखि परेको पानीले हालसम्म २१ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार २१ जनाको मृत्युसँगै १० जना अझै बेपत्ता छन्। त्यसैगरी १० घाइते भएको जानकारी दिएको प्रहरीले पछिल्लोपटक ५० जनाको उद्धार गरिएको जनाएको छ।, उसले बेपत्ताहरूको खोजतलास भइरहेको पनि जनाएको छ।, प्रहरीले प्रभाव...
सेतोपाटी कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौँ मूल्यको औषधि करीब सातादेखि नेपालगञ्ज विमानस्थलमा थन्किएको छ ।, नेपालगञ्जबाट जुफालका लागि हवाई उडान अवरुद्ध भएका कारण उक्त औषधि नेपालगञ्जमै थन्किएको हो ।, औषधि यही थन्किएपछि अहिले डोल्पा अस्पतालमा सिटामोलको समेत अभाव देखिएको अस्पतालले जनाएको छ ।, जुफाल विमानस्थल चा...
सेतोपाटी संवाददाता पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजबाट नवजात शिशु स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकामा भेटिएका छन्।, शिशुसँगै अस्पतालबाट शिशु चोर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको र शिशुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।, शुक्रबार दिउँसो ३: ४० बजे तानसेन ९ मदनपोखराकी जमुना रानाको बच्चा जन्मे...
सेतोपाटी संवाददाता निरन्तरको वर्षाले रौतहटको गौर बजार डुबानमा परेको छ।, शुक्रबार दिनभर परेको वर्षाको निकास नहुँदा गौरका घर डुबानमा परेका छन्। दशगजा क्षेत्रमा भारतीय पक्षले लगाएको बाँधका ढोका खोल्न नमान्दा गौर डुबानमा परेको हो।, प्रमुख जिल्ला अधिकारी किरण थापाले सुरक्षा समिति बैठक, जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक...
गिरीश गिरी बिहीबार साँझदेखि परेको अवरिल पानीले बाढीपहिरो आउँदा शुक्रबार साँझसम्म देशभरिमा १७ जनाको मृत्यु भएको छ।, यसबीच काठमाडौंमा एक सय १५ मिलिमिटर वर्षा भयो। निरन्तर वर्षाले काठमाडौं उपत्यकामा मात्र तीन जनाको ज्यान गएको छ। बागमती,, ,विष्णुमती नदी कोरिडोर क्षेत्र डुबानमा परेका छन्। हनुमन्तेको बाढी बस्तीमा पसेपछि भक्...
सेतोपाटी संवाददाता बिहीबारदेखि निरन्तर परिरहेको वर्षा शनिबार मध्यान्ह रोकिएको छ।, वर्षा रोकिएसँगै काठमाडौं उपत्यकाको अवस्था सामान्य बनेको छ।, शुक्रबार भारी वर्षासँगै आएको बाढीले काठमाडौंको जनजीवन अस्तव्यस्त बनेको थियो। शुक्रबारको बाढीले काठमाडौं उपत्यकामा ३ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए।, महानगरीय...
सेतोपाटी पासाङल्हमु मार्गको ककनी–त्रिशूली खण्डको निगालेमा पहिरोले सडक अवरुद्ध भएको छ।,ककनी गाउँपालिका–४ निगालेमा सडकमाथिबाट शनिबार विहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, सडकको पहिरो पन्छाउने कार्य भइरहेकाले अपरान्हसम्म सडक सञ्चालन हुनेसक्ने प्रहरीको भनाइ छ। ,निर्माणाधीन बालाजु–रानीपौवा–त...
सेतोपाटी संवाददाता बिहिबार रातिदेखि परेको पानीले हालसम्म २७ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार २७ जनाको मृत्युसँगै १५ जना अझै बेपत्ता छन्।, प्रहरीले बेपत्ताहरूको खोजतलास भइरहेको पनि जनाएको छ।, प्रहरीले प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट सम्पूर्ण जनशक्ति, स्रोत साधन परिचालन ग...
सेतोपाटी सुनसरीको कोशी व्यारेजस्थित सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ५५ मध्ये ३० ढोका खोलिएका छन्।, शनिबार बिहानको मापनअनुसार नदीमा दुई लाख २६ हजार ७०० क्यूसेक पानी पुगेको कोशी व्यारेजस्थित कन्ट्रोल रुमले जनाएको छ।, , नदीले चतरामा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले सुनसरी र सप्तरीका नदीतटीय क...
सेतोपाटी तीन दिनयता आएको अबिरल वर्षाका कारण झापाका विभिन्न स्थान जलमग्न बनेका छन्।, वर्षाका कारण सयौँ घर डुबानमा परेका छन् भने केही विस्थापित समेत बनेका छन्।, खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।, झापा गाउँपालिका–१ को मिलनबस्तीमा कनकाई नदीको बाढी बस्तीमा पस्दा ७८ घरधुरी प्रभा...
सेतोपाटी संवाददाता रुपन्देहीको तिनाउ नदीमा शुक्रबार बिहान बाढी आएको छ ।, बाढी पूर्वानुमान महाशाखाले तिनाउ नदी बुटवलमा जलसतहले सामान्य सतर्कता तह पार गरेको जनाएको छ।, तिनाउ नदीमा जलसतह पार भएकाले सतर्कता अपनाउन तल्लो तटीय क्षेत्रका नागरिकलाई बुटवल उपमहानगरपालिकाले आग्रह गरेको छ।, बिहीबार रातिदेखि भइरहेको अविरल वर्षाका ...
नेहा झा बुधबार रातिदेखि भइरहेको अविरल वर्षाले प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधाम जलमग्न भएको छ ।, जनकपुरधामका प्रायः सडक छेउमा रहेको घर तथा सरकारी कार्यालयहरूमा पानी जमेको छ। अविरल वर्षाका कारण मुख्यमन्त्री कार्यालय,, ,ऐतिहासिक रंगभूमि मैदान बाह्रबिघा मैदान,, ,रामानन्द चोक,, ,जिल्ला प्रहरी कार्यालय,, ,जनकपुर अञ्चल...
रवीन्द्र शाही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा  यति एयरको जहाज धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ।, नेपालगञ्जबाट आएको यति एयरको उडान नम्बर एनवाइटी-४२२ को एटीआर जहाज अवतरणको क्रममा शुक्रबार बिहान ११ बजेर ५ मिनेट जाँदा धावनमार्गबाट चिप्लिएको हो। जहाजभित्र ६६ यात्रु चालक र तीन जना चालक दलका सदस्...
सेतोपाटी पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ भूमहीमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा एकको मृत्यु भएको छ।, पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १६ च २७५१ नम्बरको कार ट्रकमा ठोक्किँदा कारमा सवार रुपन्देही तिलोत्तमा नगरपालिका ३ का ४० वर्षीय गोर्कण पौडेलको मृत्यु भएको हो।, कार गए राति ११:३० बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत...
निशा भण्डारी बिहीबार रातिदेखि देशैभर मुसलधारे वर्षा भइराखेको छ।, निरन्तरको वर्षाले राजधानीको पाटन जलमग्न भएको छ। , जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार दिनभर मुसलधारे वर्षा भइरहनेछ। मौसमविद् सुवास रिमालले देशैभर भारी र मुसलधारे वर्षा हुने बताए।, ‘,शनिबारसम्म नै वर्षा जारी रहन्छ,,’ ,उनले सेतोपाटीसँग भने,, ‘,सतर्...
राकेश यादव तीन दिनदेखि लगातार पानी परेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।, चन्द्रपुर बागमति खण्डको लच्कामा बाढी आएकाले रातिदेखि नै राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा करिब ५ सय सवारी साधन रोकिएका छन्।, रातिदेखि नै सवारी साधन आवतजावतमा समस्या भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कवित कटव...
सेतोपाटी संवाददाता शुक्रबार बिहान नेपालगञ्जबाट आएको यति एयरको एटिआर जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लिएको छ।, ६६ यात्रु र तीन चालक दलका सदस्यसहित आएको उक्त जहाज अवतरणका क्रममा बिहान ११ बजेर पाँच मिनेट जाँदा धावनमार्गमा चिप्लिएको थियो।, जहाजमा रहेका चालक दलका सदस्य र ६३ यात्रु घर फर्किसके पनि तीन जनालाई अस्पत...
नारायण महर्जन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा  यति एयरको जहाज धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ।, नेपालगञ्जबाट आएको यति एयरको उडान नम्बर एनवाइटी-४२२ को एटीआर जहाज अवतरणको क्रममा शुक्रबार बिहान ११ बजेर ५ मिनेट जाँदा धावनमार्गबाट चिप्लिएको हो। जहाजभित्र ६६ यात्रु चालक र तीन जना चालक दलका सदस्...
सबिना श्रेष्ठ तुलसी यस्तो वनस्पति हो, जसलाई सन्तानजस्तै हुर्काइन्छ, स्याहारिन्छ र बिहे गराइन्छ।, जेठ शुक्ल एकादशीको दिन हिन्दु धर्मावलम्बीहरू यो वनस्पतिको बीउ छर्छन्। एक महिनापछि अंकुराएको सानो बिरूवा आफ्ना आँगनको मठ, बारी वा गमलामा रोप्छन्। सकेसम्म दिनहुँ पानी हाल्छन्। र, चार महिनापछि कात्तिकमा तुलसीको बिहे गराउँछन्।...
सेतोपाटी बेनी नगरपालिकाका लेखा अधिकृत भागेपछि नगरपालिकामा खैलाबैला मच्चिएको छ ।, नगरपालिकाका लेखा अधिकृत नारायणप्रसाद सुवेदीले बिदा लिएर भागेपछि नगरपालिकाको प्रशासन तथा लेखा शाखामा  भुक्तानी गर्नुपर्ने सयौँ योजनाका फाइलको चाङ लागेको छ ।, बेनी नगरपालिकाको स्वीकृत कार्यक्रमअनुसार विद्युतीय पुस्तकालय र विज्ञान प्रयोगशाला...
सेतोपाटी संवाददाता सरकारले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पताललाई पार्किङको लागि छुट्टै जग्गा उपलव्प्ध गराउने भएको छ।, प्रधानमन्त्री केपीशर्मा ओलीले सो अस्पतालमा पार्किङको समस्या रहेको उल्लेख गर्दै समाधानका लागि नजिकै रहेको जग्गा उपलब्ध गराईदिने घोषणा गरे। भूकम्पले भत्काएपछि पुनर्निर्माण गरि...
सेतोपाटी संवाददाता सुदुरपश्चिम प्रदेशको कञ्चनपुरमा गुडिराखेको बसमाथि सालको रुख ढलेको छ।, अनिरुद्र बोर्डिङ स्कुलका विद्यार्थी बोकेको बसमाथि शुक्रबार दिउँसो रुख ढलेर लागेको हो।, घटनामा परेर कक्षा ७ मा पढ्ने सुशांक जोशी र कक्षा ५ मा पढ्ने प्रशान्त भाट सामान्य घाइते रहेको शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले सेतोप...
सेतोपाटी बिहिबार रातिदेखि परेको अविरल वर्षाले हेटौँडा–कुलेखानी सडकखण्डको यातायात सेवा अवरुद्ध भएको छ।, हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने फाखेल र सिस्नेरीको विभिन्न स्थानमा पहिरो जाँदा शुक्रबार बिहानदेखि यातायात सेवा अवरुद्ध भएको हो।, मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार आजै बिहान हेटौँडा कुलेखानी हुँदै काठमा...
सेतोपाटी संवाददाता विश्व बैंकले नेपालको सार्वजनिक क्षेत्रको वित्तीय व्यवस्थापनका लागि ११ अर्ब बढी ऋण सहायता प्रदान गर्ने भएको छ।, राजस्व सचिव लालशंकर घिमिरे र विश्व बैंकका नेपाल प्रतिनिधि फारिस एच हडाडजेरभोसबीच संघीयता व्यवस्थापन हुनेगरी आवश्यक नीति बनाउन ११ अर्ब (१ सय मिलियन डलर) ऋण सहायता उपलब्ध गराउने समझदारी पत्रम...
सेतोपाटी संवाददाता कपिलवस्तु, रुपन्देही, नवलपरासी (पश्चिम) र नवलपरासी (पूर्व)मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनाको विस्तृत विवरण यसप्रकार छ।, कपिलवस्तु,: ,शिवराज नगरपालिका-५ समिति चोकस्थित सडकमा बा१६च २२९६ नम्बरको कार र लु५प ३७४८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा बिहीबार गम्भीर घाइ...
सेतोपाटी बिहीबारदेखिको अविरल वर्षाले देशका विभिन्न भागमा बाढी र पहिरोका कारण ६ जनाको मृत्यु भएको छ। अरु ६ जना बेपत्ता भएका छन् ।, गृहमन्त्रायका अनुसार काभ्रेमा दुई, ललितपुर, सिन्धुली, रामेछाप र पर्सामा एक– एक जनाको मृत्यु भएको छ। यस्तै पहिरोले खोटाङमा तीन जनालाई बेपत्ता बनाएको छ भने बाढीले बगाएका कारण मोरङ, सुनसरी र प...