content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता बिहीबार रातिदेखि देशैभर मुसलधारे वर्षा भइराखेको छ।, निरन्तरको वर्षाले तराईका विभिन्न जिल्लामा डुबान भएको छ भने पहाडमा ठाउँठाउँमा पहिरो खसेको छ।, सडकमा पहिरो खसेपछि गए रातिदेखि बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।, गोलन्जोर र सुनकोशी गाउँपालिकामा बीपी राजमार्ग अवरुद्ध भएको छ।, गए राति ...
सेतोपाटी मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गतको पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । , चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजीकै माथिबाट झरेको लेदोले सडक पुरिएपछि शुक्रबार दिउँसो १२:३० बजेदेखि सडक अवरुद्ध  भएको हो ।, डोजर लगाएर लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाए...
काशीराम शर्मा नेपालगञ्जलाई प्लाष्टिकमुक्त शहर बनाउने अभियान सुरु भएपछि प्लाष्टिक झोला उत्पादक उद्योगले विकल्प खोज्दै झोला उत्पादन बन्द गरेका छन्।, उद्योगले प्लाष्टिक झोलाको विकल्पमा बिरुवा उत्पादन गर्न प्रयोग हुने ‘क्यारी ब्याग’ र ढलानमा प्रयोग हुने ‘ढलान सिटी’ उत्पादन सुरु गरेको छ।, ''क्यारी ब्याग’ र ‘ढलान सिटी’ प्ला...
समिक्षा अधिकारी सन्तोष लामा दिनहुँ भोटाहिटी सडकछेउ कपडा बेच्न बस्छन्। उनका आँखा ग्राहकभन्दा बढी नगर प्रहरी पहिल्याइरहेका हुन्छन्।, जति चाँडो देख्यो, उति नै हतारमा आफ्ना सामान पोको पार्छन्। काँधमा हाल्छन् र गुटुटु दगुर्छन्।, सडकछेउ व्यापार गर्नेहरू र नगर प्रहरीबीचको 'भागदौड' नयाँ होइन। सडकमा सरसामान राख्न नपाइने नीति ज...
विनोद सापकोटा भारी वर्षाका कारण नदी नालामा आएको बाढीले झापाका आधाभन्दा बढी स्थानीय तहका गाउँ डुबानमा परेका छन्। किसानले रोपेको धान डुबानमा परेको छ भने नदी तटिय क्षेत्रमा कटान र डुबान सुुरू भएको छ।, झापाका ठूूला नदी कनकाई, विरिङ, कमल बनियानी, रतुवा, मेची, निन्दामा पानीको सतह बढेको छ। साना नदी गेउरिया, झिलभिले, दुधे, भा...
रासस तीन दिनदेखिको लगातार वर्षाका कारण विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन्।, पानीको उचित निकास नहुँदा र सिंघिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाको वडा नम्बर १, २ र ८ का केही क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।, विराटनगर-१ स्थित परोपकार घाटका छेउछाउका ५० भन्दा बढी स्थानीय...
सेतोपाटी मोरङको बेलबारी, चिसाङ साझेदारी वन उपभोक्ता समूहले छात्रवृत्ति वितरण गरेको छ।, वन उपभोक्ता समूहले यस वर्षको एसइई परीक्षामा उत्तीर्ण हुने गरीब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो।, समूहको  क्षेत्रभित्र पर्ने १७ वटा सामुदायिक विद्यालयका ३४ जनालाई जनही रु तीन हजारको दरले वितरण गरिएको समूहका अध्यक...
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको गाडी टेकुको बागमती सडक कोरिडोरमा फसेको छ।, अविरल वर्षासँगै टेकु पुलमूनि संकलन भएको पानीमा शुक्रबार कोइराला चढेको गाडी फसेको हो।, त्रिपुरेश्वरतर्फबाट पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गरेका कोइराला पानीमा गाडी रोकिएपछि नजिकैको चिया पसलमा केहीबेर ब...
सेतोपाटी संवाददाता अबिरल वर्षाका कारण काठमाडौं र ललितपुरमा आएको पहिरोमा परी दुई जनाको ज्यान गएको छ।, काठमाडौंको मूलपानी र, उता काठमाडौंको मूलपानीमा पहिरो टहरो पुर्दा तीन जना बेपत्ता भएका थिए।, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार एक्साभेटरले पहिरो हटाउँदा एकजनाको शव भेटिएको छ। उनको सनाख...
सेतोपाटी बाल यौन दुव्र्यवहारको आरोप लागेका सप्तरीका दुई शिक्षक बिहीबार धरौटीमा रिहा भएका छन् ।, सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको आदेशमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकुमार यादव र सिरहा लहान नगरपालिकाका ३५ वर्षीय रामकृष्ण यादव जनही ६५ हजार रूपैयाँ धरौटी राखी पुर्पक्षका लागि...
सेतोपाटी कैलालीको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई आफ्ना प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार पक्राउ गरेको छ ।, इलाका प्रहरी कार्यालय (फलटुडे), कैलालीका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार श्रीमान् लालबहादुर लामासँग मिलेर निज कल्पनाले अन्दाजी ४० वर्षीय प्रेमी कमल कुँवरको ह...
सेतोपाटी मोरङको पथरीशनिश्चरे–८ मङ्गलबारेस्थित वैद्यनाथ गुप्ताको घरमा बिहिबार बिहान आगलागी हुँदा ८० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।, बिहान २ बजे आगलागी हुँदा पाँच कोठे पक्की घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेका सम्पूर्ण सरसमान, लत्ताकपडा, भाँडावर्तन र सोही घरमा सञ्चालन गर्दै आएको उनको होलसेल किराना पसलसमेत जलेर नष...
सेतोपाटी संवाददाता पाटन दरबार क्षेत्रभित्र रहेको भीमसेन मन्दिर पुनर्निर्माण गर्न स्थानीय व्यवसायी बिके श्रेष्ठले एक करोड रूपैयाँ दान दिएका छन्।, उपत्यकाकै नमूना धरोहरका रूपमा रहेको यस मन्दिरमा आफ्ना पुर्खाले गर्दै आएको योगदानको निरन्तरता स्वरूप यो सहयोग दिएको श्रेष्ठले बताए। उनी एभरेष्ट बैंकका अध्यक्ष हुन्।, मल्लकालमा...
सेतोपाटी डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनःआक्रमण भएको छ । शव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गरिएको हो।, यसअघि पनि सुत्केरीको मृत्युपश्चात् डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो ।, सो घटनापश्चात् चिकित्सक करीब एक हप्तापछि काममा फ...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग भैंसेपाटी ललितपुरको हिरासतबाट फरार तीन जना थुनुवामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा शमसेर माझी र रुद्रलाल श्रेष्ठ रहेका छन्।, बौद्धबाट अपराध महाशाखाको टोलीले ती थुनुवालाई नियन्त्रणमा लिएको एसएसपी सहकुल थापाले बताए।, सोमबार राति तीन जना थुनुवा हिरासतबाट भ...
सेतोपाटी सप्तरीमा ११ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सप्तरीको बोदे बर्साइन नगरपालिका–३ का ३५ वर्षीय मोहम्मद मुस्ताकलाई बिहीबार पक्राउ गरेको छ ।, पीडितकी आमाले दिएको उजुरी र पीडितको बयानपछि आरोपितलाई पक्राउ गरी जबर्जस्ती करणीको उद्योगमा उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय, कल्याणपुरका प्रहर...
सेतोपाटी भारतको बैंगलोरमा भवन भासिँदा तीन जना नेपालीको मृत्यु भएको छ।, मंगलबार राति २ बजे भएको घटनामा बझाङको थलारा गाउँपालिका–२ बगाडाका एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो।, घटनामा ज्यान गुमाउनेमा बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’, अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने बगाडाका २८ वर्षीय नाराय...
सेतोपाटी दुई दिनको अविरल वर्षासँगै साँफे–मार्तडी राजमार्ग सडक अवरुद्ध बनेको छ ।, लगातारको वर्षाले बार्जुगाड खोला हुँदै मार्तडीसम्म पुग्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएसँगै यातायातका साधनसमेत आवतजावत गर्न समस्या भएको जय मालिका यातायात बस व्यवसायी पृथ्वी रावलले बताए।, उनले बार्जुगाड ...
सेतोपाटी आफ्नो घर नभएर अर्काको शरणमा बस्दै आएका छेडागाड नगरपालिका–१३ का प्रसाद बादी अहिले घर निर्माणपछि आफ्नै घरमा बस्न थालेका छन् ।, आफ्नो घर नहुँदा अर्काको घरमा हलिया भएर बस्दा सधैँ हेलाको पात्र हुनुपरेको र मर्नेगरी कामसमेत गर्नुपरेको उनले सम्झिए।, उनीजस्तै अर्का बुद्धे नेपालीलाई पनि घर र जग्गा नहुँदा दैनिक पीडा भोग...
सेतोपाटी काठमाडौँ महानगरपालिका–२६ लाजिम्पाट साङ्ग्रिला होटल अगाडि कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।, बिहिबार बिहान २ बजे जमल–लैनचौर हुँदै महाराजगञ्जतर्फ जाँदै गरेको बा ९३ प २०५० नम्बरको स्कुटरलाई रातो रङको कारले ठक्कर दिँदा स्कुटर चालक भीमबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा स्याङ्जा पुतलीबजारका सन्तो...
सेतोपाटी संवाददाता पोखरा १० रामबजारमा बस्दै आएका एक युवाले श्रीमतीको हत्या गरेर जंगलमा फालेका भेटिएको छ।, मकवानपुर घर भई पोखरा १० रामबजारमा मोबाइल पसल गरी बस्ने ३५ वर्षीय रमेश नेपालीले श्रीमती २८ वर्षीया लक्ष्मी नेपालीलाई हत्या गरी जंगलमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।, असार १ गते श्रीमतीलाई औषधि गर...
सेतोपाटी तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन केही महीना मात्रै बाँकी छ । वर्षौंदेखि रातदिन समस्या झेल्दै आएका तेमाल गाउँपालिकाका बासिन्दाले आउँदो माघ महीनाभित्र घरघरमै खानेपानी पाउने भएका हुन् ।, चार वर्षअघि भूकम्पलगत्तै तेमालमा सुनकोशी नदीबाट पानी लिफ्टिङ गरी खानोपानी उपलब्ध गराइने भएपछि विस्थापनबाट ...
सेतोपाटी संवाददाता धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ डुडेठाटी मलेखुबाट २२० किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा धादिङ बेनिघाट रोराङ गाउँपालिका १ का ४१ वर्षीय डिलबहादुर तामाङ छन्।, इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले उनलाई बिहीबार बिहान राति साढे २ बजे मलेखुबाट समातेको हो।, लागु...
सेतोपाटी संवाददाता नवलपरासी (पश्चिम), रूपन्देही, चितवन, कास्की र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण यसप्रकार रहेको छ।, काठमाडौं: काठमाडौं महानगरपालिका-२६ लाजिम्पाटस्थित सडकमा बा.९३प. २०५० नम्बरको स्कुटरलाई नम्बर नखुलेको रातो कारले ब...
सेतोपाटी संवाददाता आफूलाई नेपाल प्रहरीको डिएसपी भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, धादिङ धुनिबेंसी नगरपालिका-२ घर भएका ३८ वर्षीय राजेन्द्रप्रसाद लुइँटेललाई काठमाडौं नागार्जुन नगरपालिका-७ सितापाइलाबाट बुधबार पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डिएसपी कुमार विक्रम थापाले बताए।, लुइँटेलले...
विनोद सापकोटा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर झापामा एक जना विद्यार्थीको मृत्यु भएको छ।, चार्जमा रहेको मोबाइल हातले समाउन खोज्दा मोरङ रतुवामाई नगरपालिका वडा नम्बर १ घर भई गौरादह ८ स्थित मामाघरमा बस्दै आएका ६ वर्षीय रोशन महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। ,मृतक बालक गौरीगञ्जस्थित ज्ञानोदय म...
रमित विक लगातारको वर्षासँगै पहिरो खसेका कारण बाजुरा जिल्लाको सबैभन्दा ठूलो बुढीगंगा नदी थुनिएको छ। बुढीगंगा र त्रिवेणी नगरपालिकाको बीच द्वारीमा रहेको उक्त नदी त्रिवेणी नगरपालिका-९ पैमाबाट खसेको पहिरोका कारण थुनिएको हो।, दुई दिनयता आएको अविरल वर्षाका कारण त्रिवेणीको क्षेत्रबाट खसेको पहिरोले नदीलाई एकातिर पारिसकेको र अर...
सेतोपाटी संवाददाता झापाको कन्काई नगरपालिका ४ स्थित पुर्व पश्चिम राजमर्गमा मोटरसाइकल दुर्घटना हुँदा बिहीबार एक जनाको मृत्यु भएको छ। , पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे ३ प ७६६७ नम्बरको मोटरसाईकल अनियन्त्रित भइ सडकको डिभाईडरमा ठोक्किन पुगेको थियो।, दुर्घटनामा मोटरसाइकल चालक भोजपुर नगरपालिका २ हेलोङ्छाका २८ वर्षीय सन्त...
सेतोपाटी संवाददाता एक अधवैंशे महिला कुरुवाको भेषमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो वार्डमा केही दिनदेखि खटिइरहेकी थिइन्। नवजात शिशु स्याहार, आमाको सरसफाइ, लुगा धोइदिने, खाना ल्याइदिने लगायत काममा ती महिला खटिइरहेकी हुन्थिन्।, सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका १ की बबिता मेहता ती महिलाको व्यवहा...
सुजना ढकाल डोल्पामा टाइफाइडको बिरामी दिनप्रतिदिन बढ्दै गइरहेका छन्।, विगत एक सातादेखि फैलिएको टाइफाइडले जिल्ला अस्पतालका स्वास्थ्यकर्मीसमेत बिरामी परेका छन्।, १५ शैय्या क्षमताको अस्पतालमा २५ जना बिरामीको उपचार भइराखेको छ। शैय्या नहुँदा बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको जिल्ला स्वास्थ्य प्रमुख रनलाल...
प्रेम ढकाल ऊ यो दुनियाँमा आएकै थिएन।, सञ्जीव न्यौपाने र एकता घिमिरेले भने उसलाई आफ्नो संसारमा सजाइसकेका थिए। , दुई जना बसेर कैंयन् दिन र रात तीन जनाको संसारको कुरा गर्थे। योजना बुन्थे।, दुबै जागिरे थिए। बच्चा पाउने योजना बनेपछि पैसा जोहो गर्न थाले।, नियमित कुन अस्पताल जाने? बच्चा कहाँ पाउने? खोजी गर्न थाले। , धापासीको...
सेतोपाटी संवाददाता हिजो रातीदेखि परेको निरन्तरको वर्षाका कारण ललितपुर स्थित पुल्चोक प्रहरी प्रभाग अगाडिको रूख ढलेको छ।, रूख ढलेपनि प्रहरीले त्यसबाट कुनै मानविय क्षति नभएको जनाएको छ। पुल्चोकबाट मंगबजार जाने बाटोतर्फ रूख ढलेको हो।, प्रभाग परिसरभित्रै रहेको सो रूख सडकतर्फ ढल्दा प्रभाग कम्पाउण्डको पर्खाल भत्किएको छ।, हाल...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग भैंसेपाटी ललितपुरको हिरासतबाट तीन जना थुनुवा भागेका छन्।, सोमबार राति तीन जना थुनुवा हिरासतबाट भागेको ललितपुर परिसरले जनाएको छ।, डाँका तथा चोरी मुद्दामा थुना परेका शमशेर माझी र रुद्रलाल श्रेष्ठ र लागुऔषध मुद्दाका रबिकुमार तिमल्सिना फरार भएको प्रहरीले जनाएको छ। थुनुवा कक्षको झ्...
सेतोपाटी कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।, नारायण नगरपालिका–३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो । उनले विसं २०७५ पुस २ गते आफ्नै आमा ४७ वर्षीया पार्वती सार्की र हजुरआमा ७० वर्षीया जुवारा सार्...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग ललितपुर भैंसेपाटीको हिरासतमा फलाम काट्ने ‘ह्याक्सो ब्लेड’ पठाइएको खुलेको छ।, सोमबार राति हिरासतको ट्वाइलेटमा रहेको झ्यालको फलामे डन्डी काटेर तीन जना थुनुवा भागेका थिए।, अनुसन्धानमा जुटेको महानगरीय प्रहरी परिसर ललितपुरले हिरासतमा ह्याक्सो ब्लेड पुर्‍याइएको र त्यसैको माध्यमद्वार...
रासस भविलाल घर्ती अब कहिल्यै घर फर्किने छैनन्, न फर्कनेछन् ताराबहादुर विक। जुलाईको पहिलो सप्ताहन्तसँगै दुवै भौतिकरूपमा अस्ताए।, घर्ती जापानमा, विक कुवेतमा। विकको शुक्रबार राति र घर्तीको शनिबार राति निधन भयो।, एक दिनको अन्तरमा बागलुङले दुई युवालाई विदेशमा गुमायो। यतिबेला गलकोट नगरपालिका–११ रिघा र वडा नं २ दुदिलाभाटीमा ...
सुदीप श्रेष्ठ एक वर्षअघि पूर्ण स्थापितलाई भेट्दा उनी भर्खर आइसियूबाट घर फिरेका थिए।, चार दिन आइसियूमा बसेकाले ज्यान गलेको थियो, तै आत्मविश्वास डगमगाएको थिएन। उनी भन्थे, ‘लड्दा लड्दा बूढो भइसकेँ, लडाइँ सकिएको छैन। म मरे पनि लडाइँ रोकिन्न।’, लगनखेलको सप्तपाताल पोखरी ब्युँताउने अभियानमा चौध वर्षदेखि अगुवाइ गर्दै आएका पूर...
सेतोपाटी संवाददाता रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण छिट्टै सुरू हुने भएको छ ।, बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माणका लागि मंगलबार पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी सीए/तुलसी कन्स्ट्रक्सन जेभीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।, सम्झौतापत्रमा प्राधिकरणका ...
समिक्षा अधिकारी 'सार्वजनिक शौचालय चाहियो सबैले भन्छन्। तर आफ्नो घर, आँगन, पसल छेउमा बनोस् भन्ने कोही चाहँदैन। समस्या कसरी समाधान गर्ने?', काठमाडौं महानगरअन्तर्गतको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले सार्वजनिक शौचालय विस्तारको कठिनाइ बताए।, नगरबासीको यही 'अस्वभाविक इच्छा' ले सार्वजनिक शौचालय निर्माणमा ढिला भइरहे...
सेतोपाटी संवाददाता रोल्पास्थित माडी-लुङ्ग्री-करिडोर सिँचाइ आयोजनामा कार्यरत सवइञ्जिनियर तारा श्रेष्ठ र डिभिजनल इञ्जिनियर उग्रनाघ झालाई एक लाख घूससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ परेका छन् । , सव इञ्जिनियर श्रेष्ठ र डिभिजनल इञ्जिनियरको मिलेमतोमा सो आयोजनाको अन्तिम बिल भुक्तानी गर्दा घूस र रिसवत मा...
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय प्रहरी वृत्त थानकोटको निरीक्षण गरेका छन्। , खनाल गृहजिल्ला तनहुँका विभिन्न कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा महानगरीय प्रहरी वृत्त थानकोटको निरीक्षण गरेका हुन्।  , थानकोट प्रहरीले चन्द्रागिरी क्षेत्रमा दिएको सुरक्षा अवस्था र समस्याबारे उनलाई जानकारी ...
दिपकजंग शाही वीरेन्द्रनगरस्थित शिविरमा बसिरहेकी बाढीपीडित दिपा शाही कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्राममा कक्षा १० मा पढ्छिन्।, आफ्नै घरमा बस्ने साथी बिहान ट्युसन पढ्न जाँदा सरकारले दिएको पुरानो त्रिपालमुनि बसिरहेकी दिपा भने त्यही समयमा गिट्टी कुट्न जान्छिन्।, बिहान ६ बजेतिर गिट्टी कुट्न गएकी उनी ९ बजे घ...
युनिक श्रेष्ठ काठमाडौंका सबै जसो स्थानीय सरकारले फोहोर कहाँ लगेर फ्याँक्ने भन्ने दीगो उपाय निकाल्न सकेका छैनन्। बेलाबखत विभिन्न विवादमा अल्झेर घरका फोहोर उठ्दैन। त्यसको परिणाम चोक-चोकमा देखिन थाल्छ। फोहोरको डंगुरबाट चर्को गन्ध आउन थालेपछि बल्ल सबैको चासो बढ्छ।, तत्कालै गन्हाउने फोहोरमा सबैको चासो भए पनि गन्ध नआउने तर ...
रासस पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ।, विभागले विज्ञप्ति जारी गर्दै सगरमाथालगायत ४१४ हिमालमध्ये कुनै पनि हिमाल आगामी वर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने वा केही समयका लागि रोक्ने भन्ने विषयमा विभागमा अनौपचारिक रूपमा समेत छलफल नभएक...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा कुलोमा डुबेर एक शिशुको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ सितानगर टोल निवासी राजेन्द्र विकको साढे २ वर्षीय छोरा प्रभास विकको कुलोमा डुबेर मृत्यु भएको छ।, घर अगाडिको कुलोमा खसेर डुबेका बालक प्रभास झन्डै ५ सय मिटर दक्षिण डिल्लीबजार नजिक कुलोमा डुबेको अवस्थामा फेला परेका...
नारायण खड्का तुलसीपुरको दुधरास-सक्राम छिल्लीकोट सडकखण्ड स्तरोन्नतिको क्रममा सडकमा ग्राभेलको सट्टा हिलेमाटो हालेपछि त्यसको व्यापक विरोध भएको छ।, सडक निर्माणको जिम्मा पाएको झरना निर्माण सेवा त्रिवेणी रोल्पाले ग्राभेलको सट्टा हिलाम्मे माटो लगेर सडकमा फिजाएपछि स्थानीय विरोधमा उत्रिएका हुन्।, निर्माण कम्पनीका कामदारले स्था...
प्रकाश ढुंगाना भोजपुर जिल्लाको भोजपुर बजारमा विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा एक प्रहरी जवान र एक जना विप्लव कार्यकर्ताको मृत्यु भएको छ।, प्रहरीका अनुसार ड्युटीमा रहेका प्रहरीमाथि बिहान ८ बजेर ३० मिनेटतिर आक्रमण हुँदा प्रहरी जवान सन्जीव राईको गोली लागेर मृत्यु भएको हो।, त्यसैगरी प्रहर...
सेतोपाटी जिल्लाको मानेभज्याङ गाउँपालिका–६ डढुवामा बुधबार बिहान ३ बजे बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १७ घाइते भएका छन् । ,  बसका चालक झापा पत्थरी–८ घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुली कमलामाई नगरपालिकाका लालबहादुर धामीको घटनास्थलमै मृत्यु ...
सबिना श्रेष्ठ नदीलाई सभ्यताको मुहान मानिन्छ। जस्तो रूसको भोल्गा, चीनको ह्वांगहो, भारतको सिन्धु र मिश्रको नाइल, त्यस्तै नेपालको बागमती।, सन् १९५० मा नेपाल आएका स्विट्जरल्यान्डका भूगोलविद् टोनी हेगनले बागमतीको एउटा तस्बिर खिचेका थिए। थापाथली पुलबाट टेकुतर्फ खिचिएको बागमतीको चौडाइ हेर्दा पत्याउनै मुश्किल हुन्छ।, करिब ६० ...
सेतोपाटी संवाददाता मल्लकालीन ग्रन्थकुट शैलीमै बनाउने भनिएको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको डिजाइन तयार भएको छ।, यही डिजाइनअनुसार अब मन्दिर निर्माण सुरू गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मंगलबार निर्माण कम्पनीसँग सम्झौता गरेको छ। , प्राधिकरणका अनुसार बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरि ब...
खिलानाथ ढकाल कहिलेकाहीँ मान्छे अनाहकमै कानुनी परिबन्धमा फस्छ। यस्तै परिबन्धमा परे, स्याङ्जा वालिङ नगरपालिका-१३ का ३४ वर्षीय शिक्षक खगेन्द्र पाठक।, सोमबार धुलिखेल अस्पतालमा बिरामी आफन्त भेट्न हिँडेका पाठक बीचबाटोमै एक महिलालाई 'सिरिन्ज आक्रमण' गरेको आरोपमा मुछिए।, घटनाको अनुसन्धान नै हुन नपाई बसका यात्रुहरूले उनीमाथि क...
सेतोपाटी निर्माता छविराज ओझाविरूद्ध पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलले घरेलु हिंसाको उजुरी दिएकी छन्।, शिल्पाले काठमाडौं प्रहरी परिसरमा तीन दिन अगाडि घरेलु हिंसा गरेको उजुरी दिएको प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। , उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई बुधबार दिउँसो परिसर बोलाइएको छ।, अभिनेत्री रेखा थापासँग ...
सेतोपाटी संवाददाता विप्लव नेतृत्वको नेकपाको युवा संगठनका नेता पक्राउ परेका छन्।, युथ फोर्स सुर्खेतका इञ्चार्ज शिखर परियार पहाडी ‘हिमशिखर’ लाई पक्राउ परेका हुन्।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार उनी भेरी–कर्णाली ब्युरो सदस्य समेत रहेका थिए। मंगलबार राति प्रहरीले उनला...
चेतना गुरागाईं अमेरिकी पर्यटक टम रिचर्डसन र जोअना लुज त्यो रात सबभन्दा पहिला घटनास्थल पुगेका थिए।, पेरिसको सेन नदीछेउ घुम्दै गर्दा अल्मा सुरुङमार्गमा उनीहरूले जोडदार धमाका सुने। आत्तिँदै हेर्दा एउटा कार दुर्घटनाग्रस्त अवस्थामा थियो। सडक डिभाइडरमा ठोक्किएर भित्तामा बजारिएको कार उनीहरूले परैबाट देखे। आधा भाग कच्याककुचुक...
सेतोपाटी संवाददाता भोजपुरमा पक्राउ गर्न खोज्दा विप्लव कार्यकर्ताले गोली हानेपछि जवाफी फायर गर्दा विप्लव कार्यकर्ताको पनि मृत्यु भएको प्रहरी प्रधान कार्यालयले दाबी गरेको छ।, निमित्त प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रमेश थापाले पक्राउ गर्न गएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेपछि जवाफी फायर गरिएको बताए...
सेतोपाटी संवाददाता विभिन्न जिल्लामा भएका चार वटा हत्याका घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।, प्रहरी प्रधान कार्यालयका अनुसार पर्सा, कैलाली, अछाम र जाजरकोटबाट पाँच जनालाई पक्राउ गरिएको हो।, पर्सा: आफ्नै ४० वर्षीया आमा शोभादेवी यादवको हत्या आरोपमा वीरगञ्ज महानगरपालिका-२४ रानीघाटका २० वर्षीय गुड्डु यादवलाई मंगलब...
सेतोपाटी संवाददाता खार्पुनाथ गाउँपालिकाको बेडू बिसौनीमा भएको जीप दुर्घटनामा परेर कर्णाली नदीमा बेपत्ता भएका उपाध्यक्ष सिन्धु शाही हमालको शव आज फेला परेको छ।, सर्केघाड गाउँपालिका–४ साँयाको नागरास्थित कर्णाली नदीको किनारमा आज फेला परेको शव गाउँपालिकाका उपाध्यक्ष शाहीकै भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामप्रसाद घर्त...
आदित्य दाहाल काठमाडौं उपत्यकाको मुख्य केन्द्रको रूपमा परिचित चाबहिलबाट साँखु हुँदै जहरसिंपौवा पुग्ने सडकको अवस्था निकै दयनीय छ। पानी पर्दा हिलो हुने, सडकमा जमेको पानी र पानी नपर्दा आउने धुलोले यस सडकखण्डमा आवतजावत गर्ने यात्रु र स्थानीय बासिन्दाले निकै सास्ती भोग्नु परिरहेको छ।, सडकमा जमेको पानी र हिलोमाथि गुड्ने गाडी...
सेतोपाटी संवाददाता कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ।, गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले जानकारी दिए।,...
नारायण खड्का वर्ष ७३, तर जोस भने युवाको जस्तै छ देवीमाया थापामा। लमही नगरपालिका वडा नं. ९ अमेलियामा उनको घर छ, अफिस भने रिहारमा।, अमेलिया र रिहारबीचको दुरी १६ किलोमिटर छ। थापा घरदेखि अफिस जान आउन ३२ किलोमिटर यात्रा गर्नुपर्छ। उनी सधै सार्वजनिक यातायात चढेर यो यात्रा गर्छिन्।, सात वर्ष अघि कर्मठ सामाजिक उद्यमी महिला सह...
सेतोपाटी संवाददाता बबरमहलमा ट्याक्सीको ठक्करबाट एक युवकको मृत्यु भएको छ।, मृत्यु हुनेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–८ का १९ वर्षीय दीपक थापा रहेका छन्।, काठमाडौं महानगरपालिका–११ स्थित बबरमहल सडकमा बा२ज ११८८ नं को ट्याक्सीले बा८३प ४०३५ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार थापाको मृत्यु भएको महानगरीय ट्राफिक प्रह...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिकास्थित मार्मिङ खोलामा आएको बाढीले बगाउँदा २ जना बेपत्ता भएका छन्।, बेपत्ता हुनेमा शिवश्री हाइड्रो पावरका इन्चार्ज यादव प्रसाद काफ्ले र इलेक्ट्रिसियन राम अवतार चौधरी रहेको सिन्धुपाल्चोक जिल्लाका डिएसपी माधव काफ्लेले बताए।, शनिबार रातिदेखि अविरल वर्षापछि आएको बाढीले ४ ज...
दिपकजंग शाही लोपोन्मुख जातिका रूपमा रहेका राउटे समुदायले प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश भएपछि बिरुवा रोप्न थालेका छन्। शुक्रबार उनीहरूले ४५० वटा टिमुरका बिरुवा रोपेका छन्।, रोजगार कार्यक्रममा राउटेलाई समावेश गर्न समन्वय गरेको संस्था सामाजिक सेवा केन्द्र (सोसेक)का अध्यक्ष हिरासिंह थापाका अनुसार उनीहरूले आफू बस...
सेतोपाटी नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गए राति पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन् ।, प्रहरीको कुटाइबाट घाइते भएका कार्कीको सिन्धुलीमा उपचार हुन नसकेपछि थप उ...
सेतोपाटी मकवानपुरको कैलाश गाउँपालिकाले स्थानिय चेपाङ समुदायलाई लक्षित गरेर पत्रकारिता तालिम दिएको छ ।, सो गाउँपालिकाको वस्तुस्थिति, पर्यटन, घटनाक्रम तथा रहनसहनको उजागर गर्ने एवं प्रचारप्रसार गर्ने तथा राष्ट्रियकरण गरी कैलाशलाई चिनाउने अभियानअनुसार तालिम आयोजना गरिएको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले जानकारी द...
सेतोपाटी संवाददाता एसइईको पूरक तथा ग्रेड वृद्धिको परीक्षा मिति सरेको छ।, यसअघि साउन २२ र २३ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। , भदौ १ गते अनिवार्य अंग्रेजी र वेद विद्याश्रमका तर्फबाट संस्कृत भाषा र साहित्यको हुनेछ ।, २ गते सोमबार अनिवार्य नेपालीको हुनेछ र सोही...
सेतोपाटी मोरङ्गको बुढीगंगा गाउँपालिका ३ स्थित विद्यालयको बस अनियन्त्रित भई पल्टिँदा दुई जना शिक्षक घाइते भएका छन्। आइतबार बिहान सवा ९ बजे विद्यार्थी लिने क्रममा जेम्स बोर्डिङ्ग स्कुलको को १ ख १९८२ को बस पल्टिएको हो।, ,सो दुर्घटनामा बुढीगंगा ४ का २२ वर्षीय युनिसा घिमिरे र २४ वर्षीय सम्झना अधिकारी सामान्य घाइते भएका छन्...
रासस लिबियामा हवाई आक्रमणमा परी ज्यान गुमाएका बेंसीसहर–११ चिती तीनपिप्ले सानोहटियाका सन्तोष श्रेष्ठको शव स्वदेश ल्याउने प्रयास भइरहेको छ।, युद्धग्रस्त उक्त मुलुकबाट श्रेष्ठको शव ल्याउन अति कठिन भइरहे पनि त्रिपोलीस्थित अन्तरराष्ट्रिय आप्रवास सङ्गठन (आइओएम)सँगको समन्वयमा आवश्यक प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएक...
सेतोपाटी संवाददाता दाङको लमही नगरपालिका वडा नम्बर ३ दुई वटा सामुदायिक विद्यालयलका लागि बस अनुदान दिएको छ।, वडा कार्यालयको आर्थिक वर्ष २०७५/०७६ को विनियोजित समानिकरण बजेटबाट अनुदानमा वडा अन्तर्गतका बालतारा आधारभुत विद्यालय मजगाउँ र मावि फल्कापुर विद्यालयलाई अनुदानमा बस उपलब्ध गराएको हो।, एउटा बसलाई अन्तशुल्क बाहेक २१ ल...
सेतोपाटी हिमाली जिल्ला डोल्पामा टाइफाइडका बिरामी दिनप्रतिदिन बढ्न थालेका छन् ।, प्रत्येक दिन पाँचसम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।, एक सातायता टाइफाइडका बिरामी बढ्न थालेपछि जिल्ला अस्पतालका शैया बिरामीले भरिभराउ भएका छन् ।, बिरामीको चाप बढ्दै गएका कारण १५ शैयाको अस्पतालमा २१ सम्म ब...
सेतोपाटी संवाददाता प्रहरीले ललितपुरको एउटा कपडा सिउने पसलबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। , नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ललितपुरमा कपडा सिउने काम गरिरहेका श्रीमान-श्रीमतीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।, पक्राउ पर्नेमा दोरम्बा गाउँपालिका-७ रामेछापका सुरेन नगरकोटी र उनकी श्रीमती अजिता गुरु...
सेतोपाटी पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायीरूपमा सञ्चालनमा ल्याइएको डाइभर्सन बाढीले बगाएको छ ।, पृथ्वीराजमार्गको पोखरा महानगरपालिका वडा नं १४ चाउथे र वडा नं २६ विजयपुर जोड्ने विजयपुर खोलामाथि एक दशकअघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बीम चर्किँदा ठूला भार क्षमताका यातायातका साधन आ...
सेतोपाटी संवाददाता बालबालिकाले प्रयोग गर्ने डाइपरमा सुन राखेर ल्याउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, उक्त घटनामा सुन लिन आउने थप दुई जनासमेत पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, कतारको दोहाबाट हिमालयन एयरलाइन्समार्फत् नेपाल आउँदै गरेका मोरङका लिल...
अमृता लम्साल हजुरआमाका कथा, पाल्पाको माडी, पोखराथोकमा १९९० कात्तिकमा राधादेवीको जन्म भयो। कात्तिकलाई 'श्रीराधा दामोदर' महिना पनि भनिन्छ।, 'कात्तिक राधाकृष्णको महिना हो, यसैले मेरो नाम राधा राखिएको हो,' ८६ वर्ष पुगेकी उनले सुनाइन्।, उनको नामको कथा रोचक भए पनि बाल्यकाल दुःखद छ।, राधा जन्मिएको नौ दिनमै बुबाको निधन भयो। स...
सेतोपाटी संवाददाता एक विवाहित महिला बैंकको शाखा कार्यालय पुग्छिन्। घरायसी प्रयोजनाका लागि कर्जा लिने प्रक्रिया बुझ्न खोज्छिन्। बैंकका कर्मचारीले प्रबन्धकको कोठा देखाइदिन्छन्।, कर्जाको प्रक्रिया बुझ्ने काम सुरू हुन्छ। बैंकका म्यानेजरले ती महिलालाई कर्जा दिने बताउँदै ‘सर्त’ राख्छन्।, यौन सम्बन्धको सर्त तेर्स्याउँछन्। पा...
सेतोपाटी संवाददाता सर्पको टोकाइबाट झापामा एक बालिकाको मृत्यु भएको छ।, प्रहरीका अनुसार झापा गाउँपालिका-६ की सात वर्षीया निरुता गोसाइको सोमबार मृत्यु भएको हो।, सुतिरहेको अवस्थामा बिहान २ बजे गोमन सर्पले उनलाई टोकेको थियो। थाहा पाउनासाथ उपचारको लागि सर्पदंश उपचार केन्द्र कन्काई नगरपालिका-४ कोटी होम लगिएकोमा उपचारको क्रमम...
सेतोपाटी संवाददाता  सिरहाको एक सामुदायिक विद्यालयमा आगजनी भएको छ।, सिरहा नगरपालिका ७ मा रहेको बालमन्दिर माध्यमिक विद्यालयमा सोमबार बिहान ५ बजेर ५० मिनेटमा आगजनी भएको हो।, प्रहरी नायब उपरीक्षक अपिल बोहोराका अनुसार आगजनीबाट विद्यालयको महत्वपूर्ण कागजात, कुर्सी दुई थान, दराज दुई थान, एक/एक सिलिङ फ्यान र टेबल क्षति भएको छ...
सेतोपाटी संवाददाता सल्यानमा ट्रक दुर्घटना हुँदा दस जना घाइते भएका छन्।, दुर्घटनाका घाइतेमध्ये सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नं. २ निवासी ५३ वर्षीय दुर्गाबहादुर बस्नेतको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिए।, रुकुम पूर्वदेखि दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ९७११ नम्बरको ट्रक सोमबार ...
सेतोपाटी संवाददाता लगनखेल बसपार्कनिर अशोक स्तूपसँगै कुनै बेला १४ रोपनीभन्दा ठूलो पोखरी थियो। ‘सप्तपाताल’ भनिने यो पोखरी अब चारतिरबाट मिचिएर डेढ–दुई रोपनी मात्र बचेको छ। त्यहाँ पानी छैन, घाँसघारी मात्र छ।, पाटनबासीहरू रातो मच्छिन्द्रनाथ र मीननाथ जात्रा सकियो भनेर नाग देउतालाई सन्देश पठाउन यही पोखरीमा एकजोडी माछा छाड्छन...
सेतोपाटी संवाददाता स्थानीयलाई सिरिन्ज हान्ने प्रयास गर्दागर्दै एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, काभ्रेको बनेपामा सिरिन्ज आक्रमण गर्न खोज्नेलाई कारबाही माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय बनेपामा घेराउ गरेका छन्।, आक्रोशित स्थानीयले ती व्यक्तिलाई कडा कारबाही माग गर्दै प्रहरी कार्यालयमा घेराउ र प्रदर्शन गर...
सेतोपाटी संवाददाता इलामको सन्दकपुर गाउँपालिका ३ र ५ जोड्ने निर्माणाधीन माइखोलाको पुल आइतबार रातिको वर्षासँगै आएको बाढीले ढालेको छ। ढलान गर्न ठिक्क पारेको पुलको जगै खोलाले बगाइदिएको हो।, स्थानीयका अनुसार तीन करोड १७ लाख रुपैयाँमा निर्माण भइरहेको पुलले आइतबार राति आएको साधारण बाढी थाम्न नसकेको हो। ‘बाढी आएको थियो, ढलान ...
सेतोपाटी संवाददाता सम्पादकीय नोट: सिरिन्ज आक्रमणमा फसेका खगेन्द्र पाठकलाई प्रहरीले निर्दोष सावित गरेर सम्मानपूर्वक रिहा गरेको छ। ,कसरी भयो यो घटना? हामीले यसबारे पाठकसँग कुराकानी गरेका छौं। , हेर्नुहोस्: ,सिरिन्ज आक्रमणमा फसेका पाठक भन्छन्- म होइन भन्दै थिएँ, भीडमा कुरा सुन्ने कोही थिएन, बसमा यात्रा गरिरहेकी एक महिलाल...
सेतोपाटी संवाददाता पोखरा महानगरपालिका १७ विरौटामा आइतबार राति श्रीमानले श्रीमतीलाई ढुंगाले हानेर हत्या गरेका छन्।, पोखरा २२ पुम्दीभुम्दी घर भइ पोखरा १७ मा बस्दै आएका ४५ वर्षीय ध्रुव भन्ने वीरबहादुर सुनारले श्रीमतीलाई ढुंगाले हानी हत्या गरेको कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए। , ४० वर्षीया गंगा सुना...
सेतोपाटी संवाददाता धादिङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा धादिङ ज्वालामुखी-६ बस्ने ३६ वर्षीय कृष्ण रम्तेल रहेका छन्।, ज्वालामुखी गाउँपालिका ६ काउले डाँडास्थित भित्रि कच्ची सडक खण्डमा धादिङवेंशीबाट ढकाल गाउँतर्फ जाँदै गरेको बा २ ख ९७५० नम्बरको सिमेन्ट लोड भएको स्वराज मिनि ट्रक उकालो चढ्ने क...
सेतोपाटी संवाददाता पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर ३ मौवा बजारमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा तुम्बेवा २ स्थित सुरेन्द्र खत्रीका ५ वर्षीय छोरा रिदम खत्री रहेका छन्।, वालुवा लिएर आएको मे १ त ५४६० नम्बरको ट्याक्टरले किचेर उनको घटनास्थलमै मृत्यु भएको तुम्वेवा ३ का वडाअध्यक्ष कमल थापाले ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा नक्कली चालक अनुमतिपत्र बनाएर सर्वसाधारण ठग्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले त्यस्तो कार्यमा संलग्न चार जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा रामेछाप नगरपालिका ५ का मुनालकुमार मोक्तान, सिन्धुपाल्चोक सिरूबारी गाउँपालिका २ का राजेशकुमार श्रे...
सागरराज तिमिल्सिना एभरेष्ट बैंकको सहयोगमा पोखराको शान्तिघाटस्थित सेतीनदी किनारमा आधुनिक शवदाह गृह निर्माण भएको छ । शवदाह गृहको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार उद्घाटन गरे।, आधुनिक शवदाह गृहमा एउटा शव जलाउन एक सय केजी दाउरा र एक घण्टा २० मिनेटको अवधि मात्र लाग्ने बैंकका निर्देशक डा. बालगोपाल ब...
सबिना श्रेष्ठ काठमाडौं रानीपोखरीबीचमा दुइटा साना कृत्रिम पोखरी बनाइएको छ। वरिपरि इँट्टाले घेरिएको चारकुने कोठालाई दुई भागमा छुट्याइएको छ। दुवैको सतहमा कालोमाटो मुछेर ओछ्याइएको छ। कालोमाटोमाथि पानी हालेर पोखरी आकार दिइएको हो।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण पर्खाइमा रहेको पुरातात्विक पोखरी बनाउन छाडेर ...
रासस चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार बिहान ५:४५ बजे मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना७ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना-३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। , दुर्घटनामा एक जना घाइते भएका छन्...
भानुभक्त उत्तर अफ्रिकी मुलुक लिबियासँग नेपालको खासै राजनीतिक र सामाजिक सम्बन्ध छैन। तर पछिल्लो समय  त्यहाँ भइरहेको द्वन्द्वको मार भने नेपालीले पनि खप्नु परेको छ।, बुधबार दिउँसो विद्रोही समूह द लिबियन नेशनल आर्मी (एलएनए)ले त्रिपोलीनजिकैको ताजोउरा डिटेन्सन सेन्टरमा हवाइ आक्रमण गर्‍यो। सेन्टरमा रहेका ४४ जना आप्रवासी मारि...
सेतोपाटी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष डण्डु शेर्पाले सरकारले दिने सेवा सुविधा सामाजिक काममा खर्च गर्ने बताएका छन्।, जनप्रतिनिधिका हिसाबले आफूले पाउने दैनिक भ्रमणभत्ता र मासिकरूपमा पाउँदै आएको पारिश्रमिकबापतको रकम सामाजिक कार्यमा खर्च गर्ने उनले बताए।, भर्खरै सम्पन्न गाउँसभामार्फत आफूले पाउने स...
सेतोपाटी संवाददाता जर्मनले नेपाललाई ३ अर्ब २ करोड रुपैयाँ आर्थिक सहायता उपलव्ध गराउने भएको छ।, अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जर्मनका राजदुत रोलान्ड सेफरबीच आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो। नेपालको दूर्गम क्षेत्रको सौर्य इनर्जी, शिक्षा तथा स्वास्थ्य सेवामा उचित व्यवस्थापन गर्न जर्म...
सेतोपाटी संवाददाता रौतहटमा पैसाको लोभमा बाबुले आफ्नै नाबालिका छोरीको हत्या गरेका छन्। जीवन बीमा गरेबापतको २५ लाख रुपैयाँ पाइने लोभमा रौतहट मौलापुर नगरपालिका-६ पथरा बुधरामका रामकिशोर यादवले चार वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हुन्।, रौतहट प्रहरीका अनुसार रामकिशोरले असार १७ गते राति घरमा सुतिरहेकी छोरीको ह...
सेतोपाटी रुकुम पश्चिमस्थित आठबीसकोट नगरपालिकाले अर्गानिक खाना खुवाउन एक होटललाई अनुदान उपलब्ध गराएको छ।, वडा नं ९ स्थित चित्रीपाटन होटलले सर्वसाधारणलाई अर्गानिक खाना खुवाउने उद्देश्यले रू तीन लाख ७५ हजार अनुदान दिएको हो।, खानेकुरामा विषादीको प्रयोग बढ्दै गएको तथा स्थानीय खानेकुराको प्रयोग घट्दै गइरहेको अवस्थामा नगरपाल...
प्रभाकर गौतम मुगुबाट काठमाडौं छिरेका हिरा बिजुलीलाई फिल्म निर्देशक अनुप बरालको सुझावले आफ्नै गाउँ फर्काइदियो।, अनुप भन्थे, 'संसारभरका दर्शन बुझे पनि हरेक कलाकारले आफ्नै कुरा भन्न सिक्नुपर्छ।', अनुपको सुझाव हिरालाई मन त पर्यो, सँगै पिरोल्न पनि थाल्यो।, 'मसँग आफ्नो भन्ने के छ?' यो प्रश्नले लखेट्न थालेपछि उनी काठमाडौंमा ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयाघात भएको छ। हृदयाघातपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ। , शुक्रबार दिउँसो छातीमा अत्यधिक पीडा भएपछि उनलाई नर्भिक ल्याइएको अस्पताल स्रोतले बताएको छ।  , उनको सिसियु कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ। ‘उहाँको शरीरमा क्याथर्टर...
काशीराम शर्मा अङ्ग्रेजले भारतमा शासन चलाएको बेला लखनउ विद्रोह दबाउन राणासँग सहयोग मागेका थिए। त्यस क्रममा आफैं लखनउ पुगेका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले त्यहाँजस्तै गञ्ज (शहर) नेपालमा पनि बनाउने सपना देखे।, विद्रोह असफल पार्न सहयोग मिलेपछि अंग्रेजले आफूले युद्धमा जितेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपा...
सेतोपाटी संवाददाता नेपाल प्रहरीमा काज सरुवाले निरन्तरता पाउन थालेको छ। १३ प्रहरी निरीक्षकको काज सरुवा भएको एक दिन बित्दै प्रहरी प्रधान कार्यालयले छ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा निकालेको छ।, शुक्रबार प्रधान कार्यालयले छ वटा जिल्लाका प्रहरी उपरीक्षकको काज सरुवा गरेको हो। जसअन्तर्गत श्यामकृष्ण अधिकारीको महोत्तर...
सेतोपाटी सरकारले भूमिहीन अति विपन्न दलित समुदायलाई आवासका निम्ति भूमि उपलब्ध गराउने भएको छ।, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्न अति विपन्न दलित समुदायलाई भूमि उपलब्ध गराउन लागेको हो। ,यसका लागि मन्त्रालयले आवश्यक नीति तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्...
सेतोपाटी संवाददाता दुई सुत्रीय माग राख्दै अस्थायी शिक्षकहरुले जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन्। अस्थायी शिक्षकहरुलाई पुर्ववत रुपमा उमेरको हदसम्म पेशाको ग्यारेन्टी गरिनुपर्ने र औषधि उपचार व्यवस्थाको माग गर्दै शिक्षकहरु आन्दोलित भएका छन्।, अस्थायी शिक्षकहरुले मुखयमन्त्री कार्यालय अगाडि बिहान ११...