content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता सीमान्तकृत सन्थाल समुदायका विपन्न परिवारलाई झापाको शिवसताक्षीं  नगरपालिका-५ वडा कार्यालयले बंगुरको पाठी (भुनी) उपहार दिएको छ।,वडाअध्यक्ष सत्यनारायाण राजवंशीले वडाको सिलिङ बजेटबाट उनीहरूको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले भुनी उपहार दिएको बताए। वडा कार्यलयमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उ...
सेतोपाटी संवाददाता नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सन्तोषजनक आउन नसकेको बताएका छन्।, शिक्षण क्रियाकलापमा हुने कमजोरीले अपेक्षित नतिजा हासिल हुन नसकेको उनको भनाइ छ। ‘व्यवहारिक शिक्षा प्रणालीलाई लागू गर्नुपर्छ। अहिलेको शिक्षा पद्धती नै गलत छ’, शुक्रबार काठमाडौंम...
नारायण महर्जन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आज ‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यास सफलतापूर्वक सम्पन्न गरेको छ। हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गरिएको हो।, यो अभ्यासका क्रममा विमानस्थल दिउसो आधा घण्टा बन्द गरिएको थियो।, अन्त...
सेतोपाटी संवाददाता उपचारकाे नाममा युवतीलाई यातना दिने विष्णु कुवँर उर्फ 'धर्ती माता'लाई प्रहरीले पक्राउ गरेको छ ।, शुक्रबार बिहान बालाजुबाट उनलाई काठमाडाै‌ं प्रहरीले पक्राउ गरेको हो ।, ती महिलाले युवतीलाई प्रहरीको उपस्थितिमै गालीगलौज गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहर...
चेतना गुरागाईं दुई वर्षअघि अफ्रिकाको केपटाउनमा पानी हाहाकार भयो। नगरपालिकाले धारा बन्द गरिदियो। रित्ता भाँडा र सुख्खा अनुहार अन्तर्राष्ट्रिय अखबारका मुख्य तस्बिर बने। शीर्षक थियो- केपटाउन पानी नै नभएको सहर।, यसपालि पनि अन्तर्राष्ट्रिय अखबारमा यस्तै तस्बिर छाएका छन्। केपटाउनको होइन, भारतीय सहर चेन्नइको।, पानी अभावले चे...
सेतोपाटी संवाददाता उच्च अदालतका न्यायाधीशहरूले यसपालि निरीक्षणमा जाँदा एकजना कैदी वृद्धलाई कारागारबाट हेरचाह केन्द्र (वृद्धाश्रम) पठाउन निर्देशन दिए पनि कारागारले भने पठाउन सकेको छैन।, न्यायाधीश रामप्रसाद ओली र टेकनारायण कुवँरले जेठ १४ देखि १९ सम्मको निरीक्षणपछि  सुन्धारास्थित केन्द्रीय कारागारको जगन्नाथ देवल जेलबाट ब...
प्रशन्न पोखरेल गत जेठ २० गते। दिनभर कामको थकाइले लखतरान भएर डेरा फर्कंदै गरेकी डल्लुकी एक महिलालाई जेठ २० गते बेलुकी मोटरसाइकलमा आएका व्यक्तिले आक्रमण गरे।, सुरूमा उनलाई मोटरसाइकलको लेग गार्डले पछाडिबाट ठक्कर दिएकोजस्तो लागेको थियो। तर पछिसम्म पनि दुखाइ कम भएन।, खपिनसक्नु गरी दुखेपछि उनले चोट लागेको ठाउँ हेरिन्, सानो ...
सेतोपाटी संवाददाता बुधबार नवलपरासीबाट दमौलीसम्म आउँदै गरेको ना १ क ४३४९ नं को ट्रकका चालक र सह-चालकले १ जना महिलालाई नवलपुरस्थित डण्डा भन्ने स्थानबाट लिफ्ट दिए।, व्यास नगरपालिका वडा नं १२ छिर्कनेस्थित पृथ्वीराजमार्ग सडक किनारामा ट्रक बिहीबारको बिहानी रात ०१:३० बजे रोकेर ती महिलालाई दुवै जनाले जबरजस्ती करणी गरे।, यो सू...
सेतोपाटी संवाददाता सल्यानको कुपिण्डे दहमा डुबेर एक जना व्यक्ति बेपत्ता भएका छन्।, वनगाड कुपिण्डे नगरपालिका वडा नं. ८ निवासी अन्दाजी ३६ वर्षीय गोकुल बुढा सोमबार साँझ पौडी खेल्ने क्रममा  डुबेका थिए।, जिल्ला प्रहरी कार्यालय सल्यानका  प्रमुख वीरेन्द्रबहादुर शाहीले बुढाको खोजी भइरहेको जानकारी दिए। ‘हामीले हिजो खोज्यौं र आज...
सेतोपाटी संवाददाता विश्वकप क्रिकेट खेललाई लिएर सट्टेबाजी खेलाइरहेका एक जनालाई चितवन प्रहरीले पैसासहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर गाउँपालिका वडा नम्बर ८ का मुकेशकुमार साह छन्।, भरतपुर महानगरपालिका वडा नम्बर ३ मा डेरा गरी बस्ने साहलाई मंगलबार राति तीन लाख ४५ हजार रुपैयाँसहित पक्राउ गरिएको चितवनका ...
रासस रोल्पा सदरमुकाम लिवाङको शिवालय टोलमा बस्छन् ४५ वर्षीय श्यामलाल सुनार।, त्यसै गाउँका रैथाने सुनार गर्भमै रहेका बेला बुबाको मृत्यु भयो। आमाको मृत्यु हुँदा श्यामलाल १० वर्षका थिए। बुवाआमाले छाडेर गएपछि उनी एक्लै भए। सानै उमेरदेखि भारत जान थालेका दाजु ओविलालले विवाह गरेर उतै बसेपछि त श्यामलाल सहाराविहीन नै भए।  ज्याल...
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट अपहरणमा परेकी ६ वर्षीया बालिकाको तीन दिनपछि सकुशल उद्धार भएको छ।, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गत सोमबार साँझ ८ बजेतिर तिलोत्तमा नगरपालिका वडा नं. १२ का टेक बहादुर थापाकी ६ वर्षीया छोरी सावित्री थापा अपहरणमा परेकी थिइन्।, बुवा टेकबहादुर थापा घरमा नभएको...
सेतोपाटी आफ्नै बाबुको हत्या गर्ने एक व्यक्तिलाई १० वर्ष कैद तथा रु एक लाख जरिवाना भएको छ ।, बाबुलाई दाउराको चिर्पटले हानेर  हत्या गर्ने चौरपाटी गाउँपालिका–५ लुङ्ग्राका प्रेम ढोलीलाई अछाम जिल्ला अदालतले उक्त फैसला गरेको हो ।, कर्तव्य ज्यान कसुर मुद्दामा मङ्गलबार जिल्ला अदालत अछामले ढोलीलाई उक्त फैसला सुनाएको जिल्ला प्र...
रासस भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलिगंगा जलविद्युत् आयोजनाको बाँध शुक्रबार खोलिने भएको  छ।, एनएचपिसी लिमिटेड, धौलिगंगा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार असार १३ गते राति १२ देखि १४ गते बेलुका ६:३० बजेसम्म ‘सिफ्ट फ्लसिङ’, सरसफाइको कार्य हुने भएकाले महाकाली नदीमा जलस्तर बढ...
दिपकजंग शाही जुन २६ लाई लागुपदार्थ तथा अवैध तस्करीविरूद्ध अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ। नेपालमा पनि सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन्।, कर्णाली प्रदेशको सुर्खेत जिल्ला प्रशासन कार्यालयले दिवस मनाउन म्युजिकल कन्सर्ट आयोजना गरेको छ।, बुधबार साँझ पाँच बजेपछि सिडिओ ...
सेतोपाटी संवाददाता लोक सेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन विवादित बने पनि आवेदन दिनेहरु दिनहुँ बढिरहेका छन्।, स्थानीय तहका लागि खुलाइएको विज्ञापन समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन स्थगित गर्न निर्देशन दिएको छ। विज्ञापनलाई लिएर सर्वोच्च अदालतमा रिट पनि परेको छ।, विज्ञापन ...
सेतोपाटी संवाददाता पोखराको लेकसाइडमा चार वटा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।, भारतीय नम्बर प्लेटको गाडीले तीन वटा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका हुन्।, तीमध्ये एक जनाको अवस्था गम्भीर छ भने दुई जना सामान्य छन्। एच आर ०९ एल ००० ९ नम्बरको गाडीले पोखराको हल्लनचोकमा तीन वटा मोटरसाइकललाई ठक्कर दिएक...
सेतोपाटी संवाददाता लागुऔषधमुक्त समाज निर्माणका लागि अन्तर्राष्ट्रिय लागुऔषध तथा अवैध तस्करीविरूद्ध दिवस विविध कार्यक्रम गरी मनाइएको छ।, यसै अवसरमा महानगरीय प्रहरी प्रभाग बलम्वुले सचेतनात्मक र्‍याली निकालेको छ।, ‘हामी सबैको आवाज लागुऔषध मुक्त समाज, लागुऔषध त्यागौं,सभ्य समाज निर्माण गरौं, से नो टु ड्रग्स, हाम्रा अभियान:...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।, पक्राउ पर्नेमा बिहारको मोतिहारी थाना रक्सौल ग्राम पञ्चायत वडा नम्बर १३ मा बस्ने महेश दासका २० वर्षीय छोरा रञ्जन दास र वडा १७ भैसडामा बस्ने रघुनाथ यादवका २९ वर्षीय छोरा बाला यादव रहेका छन्।, विशेष सूचनाका...
खिलानाथ ढकाल र प्रशन्न पोखरेल स्थानीय सरकारहरूको वार्षिक बजेट सार्वजनिक हुने क्रममा छ। यही क्रममा कसैले सामान्य काममा बजेट छुट्ट्याएका छन् भने कसैले ‘अनौठा’ काममा करौडौं विनियोजन गरेका छन्।, केही साताअघि मात्रै तनहुँको व्यास नगरपालिकाले १०८ फिट अग्लो वेदव्यासको मूर्ति बनाउने योजना सार्वजनिक गर्‍यो। सबै कामका लागि झन्ड...
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक महाशाखाका गृह मन्त्रालयका एक अधिकारीको गाडीमा  ‘लक’ लगाइदिएको छ।, नियम उल्लंघन गरेर अनधिकृत रूपमा पार्किङ गरेको भेटिएपछि सरकारी गाडीमा ‘लक’ लगाइएको महाशाखाले जनाएको छ।, गृहको बा २ झ २४६ नम्बरको गाडीमा बुधबार प्रहरीले लक लगाएको हो। गाडी सिंहदरबारको पूर्वीगेटअगाडि पार्किङमा थियो, जहाँ...
सेतोपाटी संवाददाता दाङ देउखुरी जिल्ला अदालतले एक जना बलात्कृत महिलाको मृत्युपछि दोषीलाई ८ वर्षको कैद फैसला सुनाएको छ।, महिलालाई जबरजस्ती करणी गरेको  कसूर ठहर गर्दै जिल्ला अदालतले २१ वर्षीय समिर अलीलाई आठ वर्ष कैदको फैसला गरेको छ।, राप्ती गाँउपालिका–१ का अलीलाई न्यायाधीश हेमन्त रावलको इजलासले दोषी ठहर गर्दै यस्तो फैसला...
सेतोपाटी संवाददाता १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्बर ९ का ४९ वर्षीय तीर्थबहादुर सुनार छन्। उनलाई गाउँमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।, गत जेठ ७ गते राति घरमा सुतिरहेकी ती किशोरीलाई सुनारल...
सेतोपाटी सडकमाथिबाट आएको लेदो सडकमा जमेपछि रातिदेखि अवरूद्ध भएको पृथ्वी राजमार्ग भर्खरैबाट खुलेको छ ।, धादिङ प्रहरीका अनुसार ९ बजेर २७ मिनेटबाट सडक खुलेको हो।, धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेपछि सडक अवरूद्ध भएको थियो । सो लेदोमा केही सवारीसाधन समेत...
सेतोपाटी माथिबाट आएको लेदो सडकमा जमेपछि पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध भएको छ ।, धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको हो । लेदोमा केही सवारीसाधन समेत फँसेका छन् ।, सडकभन्दा माथि बालुवा निकालिएको छ । बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो ...
सेतोपाटी संवाददाता गैंडाको खागसहित प्रहरीले काठमाडौंबाट तीन जनालाई बुधबार पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरको टोलीले गोरखा चुमनुब्री गाउँपालिका ३ का लालबहादुर गुरुङ, मकवानपुर गढी गाउँपालिका २ का अष्टबहादर थिङ्ग र धादिङ महादेववेसी थाक्रे गाउँपालिका ११ का गोविन्द मोक्तानलाई पक्राउ गरेको हो।, परिसर प्रवक्ता प्रहरी ना...
सेतोपाटी संवाददाता तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित उच्च पदस्थको निधन भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको छानविन समितिले निष्कर्ष निकालेको छ।, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्रीलाई बुझाइएको समितिको प्रतिवेदनले उक्त दिनको खराब मौसममा प...
सेतोपाटी संवाददाता रियो ग्रान्डी नदीले दक्षिण-पश्चिम अमेरिका र मेक्सिकोको सीमा छुट्याउँछ। रियो ग्रान्डीदेखि नजिकै छ, मेक्सिकोको माटामोरोस सहर।, जुलिया ले डक त्यही सहरबाट मेक्सिकोको  ला जर्नाडा पत्रिकामा रिपोर्टिङ गर्छिन्।, जुलियाले खिचेको एक तस्बिरले अहिले लाखौंको मुटु हल्लाइरहेको छ। नदीमा तैरिरहेका मृत बाबुछोरीको उक्...
नेहा झा जनकपुरधामकी सीमा (नाम परिवर्तन) सिंढ़ीबाट लडिन् र उनको खुट्टा 'फ्याक्चर' भयो।, सीमा आफैँ सिढ़ीबाट लडेकी होइनन्, उनको श्रीमानले प्रायः उनलाई कुटपिट गरिरहन्छन्। त्यही क्रममा सीमालाई पिट्दा पिट्दै सिंढीबाट तल लडाइदिए।, छोरी सिंढीबाट लडेको खबर सुनेर उनकी आमा जनकपुरधाम आइपुगिन्। सीमाले आफू सिढ़ीबाट खुट्टा चिप्लिएर ...
सेतोपाटी संवाददाता प्रदेश नम्बर  १ का छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर बुधबार अपराह्न चार जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।, १ नम्बर प्रदेश प्रहरीका अनुसार बुधबार दिउँसो पौने ३ बजे मोरङको रंगेली नगरपालिका-९ दोहमना बजारछेउमा चट्याङ लागेर सोही स्थानका १४ वर्षीय बालक अभत ऋषिदेव र १५ वर्षीय अनिल ऋषिदेवको मृत्य...
भगवती पाण्डे बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर कृष्ण खनालले बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यमाथि अभद्र व्यवहार गरेका छन्।, बुधबार बिहान मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको अस्पताल परिसर सरसफाइमा सहभागी हुन पुगेको बेला आफूमाथि मेडिकल सुपरिटेण्डेन्ट (मेसु) खनालले अभद्र ...
सेतोपाटी परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज बिहिबार सार्वजनिक गर्ने भएको छ।, विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।, कार्यालयले हिजै नतिजा सार्वजनिक...
सेतोपाटी संवाददाता चट्याङ  लागेर पछिल्लो दुई दिनमा ‍१० जनाको मृत्यु भएको छ।, मंगलबार रूपन्देहीमा तीन जना र दाङमा तीन गरी छ जनाको चट्याङ लागेर मृत्यु भएको हो।, मंगलबार साँझ घरखेतमा काम गरिरहेको बेला चट्याङ परेर उनीहरुको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा गैडहवा गाउँपालिका-७ का २५ वर...
रासस भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध गए रातिदेखि खोलिएको छ।, एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार गए राति १२ बजेदेखि बाँध खोलिएको हो।, बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएका...
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिन सक्ने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन्।, प्रहरी महानिरीक्षक खनालले खुला सीमा भएका प्रदेशहरूमा हुन सक्ने राष्ट्रिय सुरक्षामाथिको खतरालाई ध्यानमा राखेर पनि त्य...
सेतोपाटी संवाददाता गत वर्षभन्दा दस दिन ढिलो गरी भित्रिएको मनसुन आजदेखि देशभर सक्रिय भएको छ।, देशको मध्य र पूर्वी भू–भागमा मनसुन बढी सक्रिय रहेको र पश्चिमी क्षेत्रमा न्यूनचापीय रेखा बनेकाले मनसुन कम सक्रिय रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन्।, उनका अनुसार यो समयमा वर्षा लगातर नभई छिनमै घाम लाग्ने छिनमै पानी पर...
शोभा शर्मा आगमन कलमा उनको नाम देखेर म खङ्ग्रङ्ग भएँ!, छ-सात महिनाअघि उनलाई पहिलोपटक पुल्चोकमा भेटेकी थिएँ। सानो काँठीको पातलो ज्यान। मायालाग्दो अनुहार। हातमा गुलाबी झोला थियो। झोलाभित्र उनको उदेकलाग्दो ‘डार्क स्टोरी’।, त्यो कथा मैले लेखेकै थिइनँ। कहिलेकाहीँ यस्तै हुन्छ। खासमा अल्छी बानीकै दोष हो तर नलेख्नुका अनेक बहान...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई लाख घुससहित दुई जनालाई  पक्राउ गरेको छ।, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कञ्चनपुरका डिभिजन प्रमुख अजितकुमार श्रीवास्तव र इञ्जिनियर गृष्मा ठगुन्नालाई अख्तियार टोलीले २ लाख घुससहित बिहीबार पक्राउ गरेको हो।, उपभोक्ता समितिको काम सहजीकरण गरिदिने भन्दै उनीहरू घुस...
सेतोपाटी संवाददाता प्रदेश नम्बर ५ को योजना आयोग उपाध्यक्षमा ईश्वर गौतम नियुक्त भएका छन्।, बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसका पूर्वप्रमुख रहेका उनलाई प्रदेश मन्त्री परिषदको सोमबारको बैठकले उपाध्यक्षमा नियुक्त गरेको हो।, यसअघिका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले राजीनामा दिएपछि रिक्त रहेको पदमा गौतमलाई नियुक्त गरेको प्रद...
सेतोपाटी संवाददाता दुई दिनका लागि विदेशी च्यानलहरुको प्रशारण बन्द भएको छ। इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु बन्द गराएको हो।, महासंघका अनुसार सोमबार अपह्रान्ह ३ बजेदेखि मंगलबार अपह्रान्ह ३ बजेसम्म च्यानलहरु बन्द रहनेछ। विज्ञा...
सेतोपाटी संवाददाता युवा वैज्ञानिकहरुको तेस्रो युवा शिखर सम्मेलन सकिएको छ।, दुई दिने सम्मेलनमा ३५ वर्षमुनिका युवा वैज्ञानिकले जीवशास्त्र, भौतिक शास्त्रलगायतसँग सम्बन्धित नयाँ आविस्कार प्रस्तुत गरे। सम्मेलनको आयोजना ब्रेनी क्युव रिसर्च अर्गनाइजेशनले गरेको हो।  , कन्फिडेन्स नेपाल र प्रभु पेको सहयोगमा सम्मेलन पाटन कलेजमा ...
सेतोपाटी संवाददाता खोलाको दुषित पानी पिउँदा डोल्पामा बिरामी बढेका छन्।, ज्वरो, टाइफाइडका बिरामी बढेपछि जिल्ला अस्पताल डोल्पामा टाइफाइडको परीक्षण गर्ने किट अभाव भएको छ।, अस्पतालले दुई सातामा १६ जना टाइफाइडका बिरामीको उपचार गरेको छ। ‘किट अभावले गर्दा बिरामीको परीक्षणमा समस्या आइपर्‍यो,’ डाक्टर सिजन रावलले भने, ‘बिरामीको...
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने ९४० सवारी चालकलाई कारबाही गरेको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न गति तोकेर कारबाही गरेको हो। महाशाखाले यही जेठ २८ देखि उक्त नियम लागू गरेर कारबाही गर्दै आएको छ।, महाशा...
अमृता लम्साल हजुरआमाका कथा, शान्ता वैद्य ८४ वर्ष भइन्।, उनी वटुटोल, सौलबहालमा १९९२ माघमा जन्मिएकी हुन्। आमा माणिकलक्ष्मी र बुबा कृष्णगोपाल सालिकेकी छोरी शान्ताको १२ वर्षमा बिहे भयो। उनका श्रीमान १९ वर्ष थिए।, बिहे गरेको सात दशक काटिसक्दा पनि शान्ता आफ्ना श्रीमानको नाम भन्न मान्दिनन्।, 'बूढाको नाम भन्दैन के। भन्न हुन्न...
भगवती पाण्डे रुपन्देहीको गैंडहवा गाउँपालिकामा दुई युवतीमाथि भएको सामूहिक बलात्कारको अभियोगमा गैंडहवा वडा नं ९ का जीवन ज्ञवाली पक्राउ परेका छन्।, असार २ गते राति १२ जनाको समूहबाट सामूहिक बलात्कारमा परेका युवतीहरूले प्रहरीमा दिएको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय लुम्बिनीले ज्ञवालीलाई पक्राउ गरेको छ भने बाँकी ४ जनाल...
सेतोपाटी संवाददाता नेत्रविक्रम चन्द विप्लव माओवादी समूहले आह्वान गरेको आमहड्तालका क्रममा मोरङ र झापाका दुई स्थानमा शंकास्पद बस्तु बम फेला परेका छन्।, मोरङ प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गस्थित उर्लाबारी नगरपालिका–४ स्कुलडाँडामा प्रेसर कुकर बम फेला परेको छ। रातो कपडाले बेरेर राजमार्ग किनारमा राखिएको उक्त बम डिस्पो...
भगवती पाण्डे शहीद स्मृति प्रतिष्ठानको अगुवाइमा नेत्र बिक्रम चन्द (विप्लव) समूहले कपिलबस्तुको शिवराज नगरपालिका वडा नं ९ शिवगढीमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ।, चन्दका छोरा प्रकाशको नेतृत्वमा उनकै गृहनगरमा स्वास्थ्य शिविर सम्पन्न भएको हो। प्रकाश चितवन मेडिकल कलेजका चिकित्सक हुन्। सरकारले बिप्लव समूहलाई प्रतिबन्ध लगाए...
सेतोपाटी सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई घाइते भएका छन् ।, दुर्घटनामा कार चालककी श्रीमती काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया हेमा लामिछाने र चालकका दाजु ६० वर्षीय अच्चुत लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्ध...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले मुख्यमुख्य चोकमा सबैतिर उज्यालो दिने बत्ती (हाइमास) जडानको योजना बनाएको छ।, अरु सामान्य बत्तीको तुलनामा ‘हाइमास’ ले ठूलो क्षेत्रफलसम्म उज्यालो दिने भएकाले महानगरले सवारी चाप बढी भएका झण्डै २० चोकमा बत्ती जडान गर्न लागिएको जनाएको छ।, कुनै पनि चोकमा ‘हाइमास’ बत्ती जडान गरेपछि त...
सेतोपाटी संवाददाता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारले कर्णालीको भौतिक पूर्वाधार विकासको जिम्मा लिनुपर्ने बताएका छन्।, प्रेस सेन्टर नेपालले सोमबार कालिकोटमा गरेको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भौगोलिक विकटता, ठूला ठूला चट्टान फोड्नुपर्ने चुनौति प्रदेश र स्थानीय तहलाई दिएको सीम...
सेतोपाटी संवाददाता राष्ट्रिय मानवअधिकार आयोगले बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको अवस्था सुधार गर्न निर्देशन दिएको छ। , राष्ट्रिय मानवअधिकार आयोग बुटवलस्थित कार्यालयले अनुगमनपछि अस्पतालमा सुधार गर्न सकिने न्युनतम कुराहरुमा समेत ध्यान नदिइएको जनाएको छ। , आकस्मिक अनुगमनका क्रममा टोलीले अस्पताल पुगेर कार्यरत चिकि...
सेतोपाटी संवाददाता पेस्तोल देखाई केही हतियारधारी समूहले २०६६ सालमा झापाको लक्ष्मी बैंक लुटेको थियो। लुटेराहरूले बैंकबाट दिउँसै ७५ लाख रुपैयाँ लुटेर लगेका थिए।, प्रहरीले व्यापक खोजी गरी एक दर्जन व्यक्तिहरूलाई पक्राउ गर्यो। तीमध्ये एक थिए, मोरङ कानेपोखरीका कंश धिमाल।, कानेपोखरी गाउँपालिका ६ का ३४ वर्षीय सुदीप भनिने कंशल...
सेतोपाटी संवाददाता बलात्कार तथा महिला हिंसाका घटना दिन प्रतिदिन बढ्दै गएपछि प्रदेश २ सरकारले प्रदेशभरि विद्यालय जाने किशोरीलाई आत्मरक्षा (फाइट ब्याक) तालिम दिन सुरू गरेको छ।, कक्षा ८ देखि कक्षा १२ सम्म पढ्ने छात्रालाई आत्मरक्षा तालिम दिन सुरू गरिएको हो।, प्रदेश २ सरकारले सञ्चालनमा ल्याएको किशोरूरुको आत्मरक्षा तालिमको ...
विनोद सापकोटा झापामा जनता आवास कार्यक्रम आइतबारदेखि सुरू भएको छ। १५ वटै स्थानीय तहमा एकसाथ जनता आवास कार्यक्रमका घरहरू निर्माण सुरू भएका हुन्।, संघीय सरकारले प्रदेश सरकारलाई जनता आवास कार्यक्रमका लागि दिएको सशर्त अनुदानबाट घर निर्माण सुरू गरिएको झापा निर्वाचन क्षेत्र नम्बर ४ का सांसद झलकबहादुर दर्लामी मगरले बताए। उनका...
सुधिर भण्डारी 'जीवनभर अरूको भर परेर बाँच्नु पर्ने त होइन,' २८ वर्षीया गंगा छन्त्याललाई कुनै बेला यस्तै सोचले खाइरहन्थ्यो।, २०४७ सालमा बागलुङको नरजाहानीमा जन्मिएकी गंगाका खुट्टामा जन्मँदै समस्या देखिएको थियो। उनलाई पोलियो रहेछ। स्कुल धेरै टाढा थियो। दुई घन्टा लगाएर भए पनि पढ्न जान्थिन्। घाँस-दाउरा पनि त गर्नैपर्थ्यो।, ...
सुजना ढकाल नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार बन्द गर्‍यो।, आफ्ना सर्लाही इञ्चार्ज कुमार पौडेललाई प्रहरीले गोली हानी हत्या गरेको विरोधमा गरेको बन्दले सवारी साधन कम चलेका छन्।, बन्दको असर शैक्षिक क्षेत्रमा धेरै परेको छ। देशका शैक्षिक संस्था बिहानैदेखि खुलेनन्। बन्दले सामुदायिक र संस्थ...
समिक्षा अधिकारी काठमाडौं महानगरपालिकाले अस्तव्यस्त रोकिने सवारीसाधन व्यवस्थापन गर्न 'स्मार्ट पार्किङ' सुरू गरेको छ। महानगरले न्युरोड क्षेत्रमा पहिलोपटक 'स्मार्ट पार्किङ' सुविधा थालेको महानगरका सार्वजनिक निजी साझेदारी कार्यक्रम निर्देशक ध्रुवकुमार काफ्लेले जानकारी दिए।, महानगरले ह्विल्स ट्रलि योर्स कम्पनीको सहकार्यमा स...
प्रभाकर गौतम हिमालैचुली त्यो पल्लोपट्टी,घाम झुल्क्यो बिहानमा ,यत्तिकै बेला मै मरेँ भनेँ,फूल रोप्देऊ चिहानमा,हरियो भुइँ भो, दामले दुई हो,फूल रोप्देऊ चिहानमा, नाइट ब्यान्डको 'रमिते' एल्बममा समेटिएको 'फूल रोप्देऊ चिहानमा' शीर्षकको गीत हो यो। झन्डै छ मिनेटको यो ट्रयाकमा चार मिनेटसम्म बाजाहरूको धुन बज्छ, अनि बल्ल शब्दको पा...
सेतोपाटी संवाददाता राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा दण्डहीनता झनै बढेर गएको निष्कर्ष निकालेको छ।, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले ‘इन्काउन्टर’को नाममा मारिएको भनेर दण्डहीनतालाई बढाइएको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बताए।, सोमबार ललितपुरस्थित आयोगको...
सेतोपाटी संवाददाता शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका इकाइ प्रमुख (शाखा अधिकृत) धनबहादुर वली २५ हजार घुससहित पक्राउ परेका छन्।, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वलीलाई उनकै कार्यालय सुर्खेतबाट मंगलबार घुस रकमसहित पक्राउ गरेको हो।, ‘शिक्षक सरुवा प्रक्रिया सहजीकरणको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारम...
सेतोपाटी संवाददाता विदेशी च्यानल प्रशारण बन्द गरिएकोमा उपभोक्ताकर्मीहरुले विरोध जनाएका छन्। सर्वसाधारणले भुक्तानी गरिसकेको शुल्कअनुसार सेवा नपाएको भन्दै उपभोक्ताकर्मीहरुले विरोध जनाएका हुन्।, उपभोक्तालाई तोकिएको शुल्क लिएर प्रशारण दिने प्रतिबद्धता जनाइसकेका केवल तथा इन्टरनेट टेलिभिजन प्रशारण कम्पनीहरुले बेइमानी गरेको ...
सेतोपाटी संवाददाता रुपन्देही र दाङमा मंगलबार चट्याङ लागेर छ जनाको ज्यान गएको छ। रुपन्देहीमा तीन जना र दाङमा तीन गरी छ जनाको मृत्यु भएको हो। ,  , मंगलबार साँझ घरखेतमा काम गरिरहेको बेला चट्याङ परेर उनीहरुको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा गैडहवा गाउँपालिका-७ का २...
सेतोपाटी संवाददाता सरोकारवालाहरूले सरकारले हचुवाको भरमा ‘क्लिन फिड’ लागू गर्न लागेको भन्दै उक्त विधेयक कार्यान्वयनमा ल्याए नेपालमा केबल व्यवसाय नै धराशयी हुने चिन्ता व्यक्त गरेका छन्।, मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै इन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका संयोजक दिनेश सुवेदीले राज्यको जिम्मेवारी आफूहरूल...
सेतोपाटी संवाददाता मंगलबार बिहान, साढे दस बजे।, चरक्क घाम लागिसकेको छ। कीर्तिपुर छिर्ने नयाँबजार गेटैमा सधै‌ंजस्तो आज सार्वजनिक गाडी छैनन्। यात्रुको भिडमा सहचालकले ‘बल्खु, कालिमाटी, रत्नपार्क’ भनेर चिच्याएको पनि सुनिएको छैन।, मान्छेहरू गेटको छायामा उभिएर छटपटिँदै छन्। गाडी आउला कि भनेर आँखा तन्काइरहेका छन्। तर गाडी आउ...
सेतोपाटी संवाददाता पोखरामा मंगलबार साँझ आएको वर्षासँगैको हावाहुरीले चार घरको छाना उडाएको छ।, पोखरा महानगरपालिका वडा नम्बर ६ फेवाताल किनारको गाइघाटमा रहेका सुकुमबासी टोलका चार घरको छाना उठाएको पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य हरिकृष्ण पहारीले जानकारी दिए।, सुकुमबासी टोलमा बस्दै आएका रिना गुरुङ, सीता देवकोटा,...
सेतोपाटी संवाददाता दोलखा शैलुङ ८ का २४ वर्षीय हरि बहादुर कार्कीलाई कल्पना बस्नेत भुजेलले संगीता बस्नेत नामको फेसबुक आइडी दिई परिचय गराइन्। संगीताले हरिलाई मन पराउने गरेको कुरा कल्पनाले बताइन्।, कल्पना आफैंले संगीता नामको फेक फेसबुक आइडी बनाएर चलाउने गरेकी थिइन्। मन पराउने संगीताको नम्वर पनि कल्पनाले दिइन्। संगीताले हर...
विनोद सापकोटा धनकुटाको साँगुरीगढी गाँउपालिका डाँडाबजारका गोविन्द मगरले वर्ष दिनअघि धरान पुगेर एउटा कुकुर किने।, जर्मन सेफर्ड जातकी छ महिनाकी कुकुरकी बच्ची किन्न २० हजार रुपैयाँ खर्च भयो।, कुकुरका सौखिन मगरले घरको सुरक्षा पनि होस् भनेर उसलाई धरानबाट धनकुटा ल्याएका थिए।, छाउरी सानी थिई। घरभित्रै बस्थी। बेलाबेलामा भुक्थी...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नु पर्ने बताएका छन्। , अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने बताए।, ‘योगको अभ्यास भाषा र लिपी सुरु हुनु भन...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकास्थित सुनाकोठीकी सुनिता महर्जनलाई सहचालकसँग विवाद हुँदा आधा बाटोमा नै झर्नुपर्‍यो। , सातदोबाटोबाट सुनाकोठी जाँदै गर्दा सहचालकले उभिएर दुई लाम बस्न भनिरहेका थिए। महर्जनले सानो बसमा सिटबीचको साँघुरो ठाउँमा एक लामभन्दा बस्न नसकिने भनेपछि सहचालकले उनलाई ‘भनेको नमान्ने भए झर्नू’ भनेका...
सेतोपाटी संवाददाता आज पाँचौं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरि विश्वभरि मनाइँदै छ। , जुन महिनाको २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो। अन्तराष्ट्रिय ...
सेतोपाटी संवाददाता मानव अधिकार आयोगले नेत्रविक्रम चन्द (विप्लव) समूहका सर्लाही जिल्ला ईञ्चार्ज कुमार पौडेलको हत्या भएकोमा अनुसन्धान सुरु गरेको छ। प्रहरीले चलाएको गोलीबाट पौडेलको बिहीबार मृत्यु भएको थियो।, आयोगका प्रवक्ता वेद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गरेर घटनाको सत्यतथ्य अनुसन्धान तथा अनुगमन गर्न केन्द्रीय कार...
सेतोपाटी संवाददाता धादिङको गल्छी गाउँपालिका–६ मा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते रहेको धादिङ प्रहरीले जनाएको छ।, गल्छी गाउँपालिका–४ कै कार्कीडाँडाबाट बैरेनीतर्फ गइरहेको बा१८ज ९४०४ नम्बरको जीप सडकबाट खस्दा चार जनाएको मृत्यु भएको धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए।, उनका ...
विनोद सापकोटा झापाको शिवसताक्षी नगरपालिकामा खानेपानीको समस्याले वर्षौंदेखि स्थानीय पीडित छन्। वडा नम्बर ९ र १० का तीन वटा गाउँका स्थानीय अहिले पनि ‘काकाकुल’ छन्।, स्थानीय नहर, कुवा तथा खोलाको धमिलो पानी प्रयोग गर्न बाध्य छन्। खानेपानीको भरपर्दो व्यवस्था नहुँदा नगरका संगम बस्ती, दोमुखा र श्रीजंघा बस्तीका हजारौं स्थानीय...
सेतोपाटी संवाददाता त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण गरिएका बिरामी डिस्चार्ज भएका छन्। कलेजो प्रत्यारोपण भएको २० दिनपछि उनलाई डिस्चार्ज गरिएको प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीले जानकारी दिए।, जेठ १७ गते ५८ वर्षीय पदमबहादुर मल्ललाई उनकी ३३ वर्षीय छोरी पुर्नी शाहीले कलेजो दान गरेकी थिइन्। पुर्नीला...
सेतोपाटी संवाददाता विभिन्न नक्कली कार्डहरुमार्फत राष्ट्रिय वाणिज्य बैंक काठमाडौंका विभिन्न एटिएमबाट रकम निकाल्ने राजकुमार पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।, प्लास्टिक म्याग्नेटिक कार्डको प्रयोग गरी उनले गैह्रकानूनी रुपमा २० लाखभन्दा बढी रकम निकाल्न सफल भएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार अदालतबाट ७ दिनको म्याद ल...
सुजना ढकाल पर्वतको कुश्मा बजारमा हरेक बिहान सबेरै साइरन बज्छ।, किन भन्नुहोला।, किनकी हरियो रङको स्टिकर टाँसिएको ट्रक फोहोर उठाउन घरघरै आउँछ।, साइरन बजेको आवाज सुनेपछि कुश्मावासी घरभित्रको फोहोर बोकेर सडक आइपुग्छन्। तर भएजति सबै फोहोर ट्रकमा फाल्न पाइँदैन नि। हरियो स्टीकर टाँसेको ट्रकले कुहिने फोहोरमात्रै उठाउँछ।, त्यस...
विवेक राई नीलो आकाश। त्यहीँ आकाशमुनि बादलसँग लुकामारी खेल्दै गरेको गंगापूर्ण हिमाल। हिमालकै काखमा सफा ताल।, जब, विवेक थापाका आँखाले मनाङमा यी दृश्य देखे, उनका हात पनि सलबलाउन थाले। हत्तपत्त झोलाबाट पेन्टिङका सामग्री झिके।, आफ्ना आँखाले खिचेका दृश्य केमा उतारौं भयो।, ताल किनारमा एउटा चेप्टो ढुंगा देखे। खुर्रर गएर छेउमा...
सेतोपाटी संवाददाता गोरखाको दरौंदी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता छन्।, पालुङटार नगरपालिका १ मसानेठाँटीकी सरिता गुरुङको नदीमा डुबेर शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।, सोही ठाउँका ११ बर्षिय अश्विन विश्वकर्मा र राजन श्रेष्ठ भने बेपत्ता छन्। उनी पौडी खेल्न दरौंदी नदी पुगेका थ...
विनोद सापकोटा झापाका पन्ध्र वटै स्थानीय तहमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरू भएको छ। स्वरोजगार कार्यक्रम अन्तर्गत गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाबाहेकका स्थानीय तहका दुई हजार पाँच सय ४४ झापालीले रोजगार पाएका छन्।, आगामी पाँच वर्षमा कुनै पनि नेपाली नागरिक रोगजारकै लागि विदेश जानु नपरोस् भन्दै सरकारले यस व...
दिपकजंग शाही कर्णाली प्रदेशका तीन लाख घरमा खरका छाना हटाएर टिन लगाइने भएको छ। कर्णाली प्रदेश सरकारले नागरिकका खरका छाना हटाएर टिन लगाउनेगरी आर्थिक बर्ष ०७६/७७ मा बजेटको व्यवस्था गरेको छ। , कर्णाली प्रदेशमा अहिले पनि तीन लाख परिवार खरको छानामुनि रहेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जना...
चेतना गुरागाईं मोटरसाइकल/स्कुटर चलाउँदै हुनुहुन्छ भने गल्ती नै नगर्दा पनि ट्राफिक प्रहरीले रोक्न सक्छन्। दुई कारणले, सुरक्षा जाँच वा सुरक्षा कक्षा।, महानगरीय ट्राफिक महाशाखाले केही महिनादेखि व्यस्त सडकमा गुडिरहेका दुईपाङ्ग्रे रोकेर 'सुरक्षा कक्षा' दिइरहेको छ। दुईपाङ्ग्रे सवारी सबभन्दा बढी दुर्घटनामा पर्ने गरेको तथ्यां...
विनोद सापकोटा संविधानले नागरिकलाई राज्यबाट माध्यामिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क गरेको छ। तर झापाका कतिपय सामुदायिक विद्यालयले मनपरी शुल्क लिएर पढाउने गरेका छन्।, सामुदायिक विद्यालयमा कुनै पनि बाहनामा विद्यार्थी र अभिभावकबाट शुल्क लिन पाइँदैन तर, केही सामुदायिक विद्यालयले अंग्रेजी शिक्षाको नाममा मनपरी शुल्क लि...
सेतोपाटी संवाददाता  , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको ५० हजार बोट गाँजा प्रहरीले नष्ट गरेका छ।, विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दिप भण्डारीको कमाण्डमा ७१ जना प्रहरीले शनिबार ५० हजार गाँजाको बोट काटेर नष्ट गरेको हो ।, विमानस्थलको चारै कुना क्षेत्रफलमा फैलिएको गाँजा प्रहरीले नष्ट गरेको हो। लागु औषध विरुद...
सेतोपाटी संवाददाता बिहीबारदेखि नेपालको पूर्वी क्षेत्र हुँदै सुरू भएको मनसुन आज मध्यक्षेत्रसम्म आइपुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन विस्तारै पश्चिम क्षेत्रसम्म फैलिने क्रममा रहेको छ।, आज १४: ४५ देखि भोलि १४:४५ सम्म वर्षाको पूर्वानुमान अनुसार देशभर हल...
सेतोपाटी संवाददाता दार्चुलाको नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा एक जनाले अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजानी गरेका छन्।, मदिरा सेवन गरी अन्दाजी ३२ वर्षीय शेरसिह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनका श्रीमती ३० वर्षीया विमला बडालको जलेर मृत्यु भएको छ।, शनिबार राति १२ बजे मदिरा सेवन गरी घर पुगेका बडा...
दिपकजंग शाही गएको मंगलबार हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा जीप दुर्घटना भयो। कर्णाली नदीमा खसेर बेपत्ता भएको लु१ज ७१६६ नम्बरको उक्त जीप अझ पनि भेटिएको छैन।, बेडुबीसुनामा पर्ने सडक खण्डको बालुबिसौनीस्थित सडकबाट कर्णालीमा खसेको उक्त जीपमा सवार गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीसहित ११ जना बेपत्ता छन्।, हुम्लामा पहि...
सेतोपाटी संवाददाता शनिबार अपरान्ह ४ बजेतिर त्रिभुवन विमानस्थल प्रवेश गर्ने वित्तिकै एक कारमा आगोको धुवाँ निस्कियो ।, काठमाडौं ताहाचल बस्ने २८ वर्षीय रितेश श्रेष्ठ आफन्त लिन विमानस्थल प्रवेश गरेका थिए। गाडीको अघिल्लो भागमा धुवाँ आएको देखेपछि त्यहाँ खटेका प्रहरीले आफ्ना हाकिमसमक्ष घटनाक्रम बताए।, तत्कालै एसएसपी सन्दीप भ...
सेतोपाटी संवाददाता पूर्वी पहाडी जिल्लामा खाद्यान्न सहज आपूर्तिको लागि झापाको चन्द्रगढीमा नेपाल खाद्य संस्थानबाट स्थापना भएको खाद्य गोदाम प्रयोगविहीन बनेको छ।, वि.सं. २०४४ सालमा खाद्य कार्यालय विर्तामोड सरेपछि चन्द्रगढीमा रहेका दुइटा गोदाम प्रयोगविहीन बनेका हुन्।, कृषि खरिद-विक्री संस्थानमार्फत् खाद्यान्न आपूर्ति गर्ने...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको ठूलो चाड इदको अवसर पारेर रात्री भोजको दिएका छन्।, शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित रात्रीभोजमा संघीय संसद सचिवालयका पदाधिकारीहरु, पूर्वप्रधाानमन्त्रीहरु, मन्त्रिपरिषद्का सदस्यहरु, मुस्लिम सांसदहरु, मुस्लिम समुदायका उच्च पदस्थ...
भगवती पाण्डे रूपन्देहीको बुटवल उपमहानगरपालिकाले पर्यावरण जोगाउन ‘एक वन एक पोखरी निर्माण’ अभियान सुरू गरेको छ।, उपमहानगरअन्तर्गत चुरे पहाड र त्यसको फेदीमा रहेका सामुदायिक वनमा पोखरी निर्माण सुरू गरिएको हो।, विकास निर्माणको नाममा वनजंगल तथा हरियाली क्षेत्र मासिदै जाँदा पानीका स्रोत पनि सुक्दै गइरहेकाले त्यसलाई सुधार गर्...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयका सहायक डिन प्रोफेसर शम्भुप्रसाद पटेल घूससहित पक्राउ परेका छन् ।, उनलाई अख्तियारको टोलीले कीर्तिपुरको ट्यांलाफाँटस्थित स्टिकस फास्ट फूड एण्ड क्याफेबाट पक्राउ गरेको हो।, विज्ञान संकायको एउटा कलेजलाई सम्बन्धन गराइदिने भन्दै सेवाग्राहीबाट ५० हजार रुपैयाँ लिँदालिँदै गर्दा उनलाई रं...
नारायण खड्का दुई सय रुपैयाँ घूस माग्दा दाङमा कार्यरत एक जना ट्राफिक प्रहरीका हवल्दार अख्तियारको फन्दामा परेका छन्।, मोटरसाइकलमा सवार सुनिल न्यौपानेसँग चालक अनुमति पत्रलगायतका कागजपत्र नभएपछि उनले दुई सय रुपैयाँ घूस मागेका थिए।, जिल्ला प्रहरी प्रमुख एवम् एसपी बेलबहादुर पाण्डेले प्रहरी हवल्दारले दुईसय रुपैयाँ घूस लिएको ...
सेतोपाटी संवाददाता सुरेन्द्र कोइरालाले ४ वटा विषयमा स्नातकोत्तर पास गरेका थिए। उनलाई पास मात्र हैन गोल्ड मेडलिष्ट बन्ने रहर थियो। पछिल्लो पटक उनी त्रिभूवन विश्वविद्यालय अन्तर्गतको पाटन क्याम्पसमा अर्थशास्त्रमा भर्ना भए।, यसपटक पनि गोल्ड मेडलिष्ट हुनेमा उनी ढुक्क थिएनन्। उनले चोरबाटो खोजे। नभन्दै उनले एकजना विचौलिया भे...
सेतोपाटी संवाददाता देशका विभिन्न स्थानमा सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारद्वारा कर्मचारीहरु पक्राउ परिरहेका बेला रुपन्देहीमा भने प्रहरीलाई घुस दिन खोज्ने एक व्यक्ति पक्राउ परेका छन्। , गत जेठ ३२ गते नियमित चेकिङको क्रममा रुपन्देहीको भैरहवा गल्लामण्डीमा साथमा कागजात नलिएका २ भारतीय नम्वरप्लेटका मोटरसाईकल चालकलाई...
सेतोपाटी संवाददाता ट्राफिक व्यवस्थापनमा महिला प्रहरीको भूमिका कत्तिको प्रभावकारी हुन्छ भन्ने बुझ्न थापाथली क्षेत्र हेरे पुग्छ।, काठमाडौंबाट ललितपुर छिर्ने मूलबाटो रहेको र राजधानीका अतिव्यस्त ठाउँहरूलाई जोड्ने यो चोक दिनैभरि व्यस्त रहन्छ। व्यस्तताको अनुपातमा यहाँको ट्राफिक व्यवस्थापन भने चुस्त रहेको महानगरीय ट्राफिक मह...
सेतोपाटी संवाददाता बौद्धस्थित समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नीसहित तीन जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ। कर्मचारी एक महिलाले आत्महत्या गरेको विषयमा अनुसन्धान गर्न प्रहरीले सञ्जेल पत्नीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। , स्रोतका अनुसार उत्तमकी पत्नी कला सञ्जेल, कर्मचारी पितकुमारी श्रेष्ठ र संगीता के...
नेहा झा जनकपुरधामको एक होटलमा आधा दर्जन भन्दा बढि सिलिण्डर विस्फोट हुँदा ३ वटा होटेल जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।, बिहीबार बिहान करिब ३ बजेतिर ग्याँस सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ कदम चोकमा रहेको गोविन्द मिष्ठान भण्डार र अन्य २ वटा होटल गरी ३ वटा भोजनलाय होटेल जलेर पूर्णरुपमा नष्ट भएक...
सेतोपाटी संवाददाता 'एक जना मान्छेको फोक्सो सर्रर फैलाउने हो भने, टेनिस कोर्टको आधा भाग बराबर हुन्छ- ५० देखि ७५ वर्गमिटर। यति क्षेत्रफल भएको फोक्सोलाई राम्ररी सास फेर्न कम्तिमा यति नै ठाउँ त चाहिएला नि।', काठमाडौंमा खुला स्थान मासिँदै गएको सन्दर्भमा वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठको भनाइ हो यो।, उनको यो आँकडा अमेरिकाको...
सेतोपाटी विनाशकारी भूकम्पमा घर भत्किएर पूर्णक्षतिको लाभग्राही सूचीमा परेर पहिलो किस्ताको सम्झौता गरिसेकेका भूकम्पपीडितले पूर्णक्षतिलाई आंशिकक्षतिको सूचीमा राखिदिन माग गरेका छन् ।, अनौपचारिक सेवा केन्द्र (इन्सेक) भक्तपुरले आज मध्यपुरथिमि नगरपालिका–६ पाटी बिहारमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा सहभागी भएका अधिकांश प्रथ...
सेतोपाटी संवाददाता उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सिमानामा नेपालीहरुलाई कुनै पनि हालतमा दुःख नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । , लखनउमा नेपाली पत्रकारहरुको टोलीसँग कुरा गर्दै मुख्यमन्त्री योगीले चाँडै नै आफुले सिमाक्षेत्रको अनुगमन गर्ने र नेपालीहरुलाई सहज रुपमा भारत आवागमन गर्ने व...