content
stringlengths
20
64.1k
रासस भौगोलिक हिसाबले विकट राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा मङ्गलबार अपराह्न दुर्घटना भएको जिप खोजी गर्न गोताखोर हुम्ला पुगे पनि भेट्टाउन सकिएको छैन।, सिमकोटदेखि १८ किलोमिटर कच्ची सडक रहेको भए पनि अपत्यारिलो स्थानमा जिप दुर्घटना भएको छ। हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको...
सेतोपाटी संवाददाता मंगलबार हुम्लाको खार्पुनाथ- ५ स्थित कैलेबालुबाट जीप कर्णाली नदीमा खस्दा गाउँपालिका उपाध्यक्षसहित १० जना बेपत्ता छन्।, खोजी कार्यमा खटिएका गोताखोर टोलीले जीपसमेत भेटेका छैनन्। अहिले खोजी कार्यको लागि १० जना उद्धार टोली घटनास्थलमा छन्। जसमा ४ जना गोताखोर छन्।, बुधबार पनि गोताखोर टोलीले ४ बजेसम्म पानीम...
सेतोपाटी संवाददाता सरकारले ‘लागुऔषध दुरूपयोग एवम् ओसारपसारविरूद्ध सप्ताहव्यापी अभियान’ सुरू गरेको छ।, लागुऔषध दुरूपयोग एवम् ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बिहीबार गृहमन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी सो अभियानको शुभारम्भ गरेको हो।, कार्यक्रमको उद्घाटन गर्दै गृहसचिव प्रेमकुमार राईले लागुऔषध दुर...
रासस प्रत्येक शुक्रबार सम्झनाले कतारमा रहेका श्रीमानसँग कुरा गर्थिन्। हप्ताभरिको सुखदुःख फोनमार्फत् सम्झनालाई फुलीरामसँग साट्ने बानी परिसकेको थियो। बालबच्चाको पढाइदेखि भान्साको नुनतेल र साहु ऋणको बारेमा कुरा गरेर योजना बन्थ्यो सम्झनाको परिवारमा।, विसं २०७२ को तिहार मानेर कतार उडेका लमही नगरपालिका–८ बीचगाउँका फुलीराम च...
सेतोपाटी संवाददाता सुन्दरीजलबाट रत्नपार्कतर्फ आउँदै गरेको यात्रुवहाक बस दुर्घटना भएको छ।, बिहीबार दिउँसो गोकर्णोश्वरस्थित रमझम चोकमा बा १ ख ८७४४ नम्वरको बस पल्टिँदा बसमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको हो।, मृत्यु हुनेको पहिचान खुलेको छैन। बौद्ध प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार २० जना घ...
खिलानाथ ढकाल सर्लाहीको लालबन्दीमा बिहीबार प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ।, विप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त हुँदा सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले सेतोपाटीलाई जानकरी दिए...
अमित ढकाल र कमल नेपाल सरकारले पेट्रोल-डिजल गाडी आयातमा कडाइ र बिजुली गाडी आयातमा सहुलियतको नीतिसहित व्यापार घाटा कम गर्ने कार्ययोजना पास गरेको छ।, मन्त्रिपरिषदले केही दिनअघि पास गरेको यस्तो नीतिले मुलुकलाई क्रमश: पेट्रोलियमबाट बिजुली गाडीको युगमा लैजानेछ। यसले अपनाएका रणनीतिले नेपालमा बिजुली गाडीको युगलाई रफ्तारका साथ...
सेतोपाटी संवाददाता मनसुनी वायु १० दिन ढिला गरी नेपाल प्रवेश गरेको छ। पूर्वी नेपालका झापा, इलाम, मोरङलगायत जिल्लामा बिहीबार बिहान वर्षा भएको छ।, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बंगालको खाडी हुँदै आएको मनुसुनी वायुले पूर्वी नेपालमा वर्षा भएको  बताए।, ‘बिहानैदेखि मनुसुनी गतिविधि देखिएको छ। दिउँसो अल...
नेहा झा जनकपुरधामका प्रायः निजी अस्पतालहरु गैरकानूनी रुपमा संचालनमा रहेको भेटिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयले केही दिन अगाडि अस्पतालहरुको अनुगमन गर्दा अधिकांश अस्पतालहरु गैरकानूनी रुपमा संचालन भएको भेटिएको हो।, , ‘जनकपुरधामका दर्जनौँ निजी नर्सिङ होम तथा निजी अस्पतालमा ताला लगाउने अवस्था रहेपनि हामीसँग अनुगमन गर्न...
सेतोपाटी संवाददाता हुम्लामा गाउँपालिका उपाध्यक्षसहित १० जना बेपत्ता भएको जीप दुर्घटनाको खोजी गर्न गएको गोताखोर टोलीले बिहीबार पनि केही पत्ता लगाउन सकेको छैन।, गोताखोर टोलीसँगै रहेका सशस्त्र बल प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतले सेतोपाटीसँग भने, ‘आज पनि गोताखोरले १२ पटकभन्दा बढी खोज्यो। तर केही पत्ता लागेन।’, गोताख...
नारायण खड्का एक महिलाले चार वर्षको अन्तरालमा चार जनाविरुद्ध आफूलाई जवरजस्ती करणी गरेको मुद्दा दायर गरेकी छन्। तुलसीपुर निवासी ३१ वर्षीया महिलाले फरक÷फरक मितिमा चार जना विरुद्ध मुद्दा दायर गरेको पाइएको छ।, ती महिलाले २०७२ कात्तिक १५ गते ईलाका प्रहरी कार्यालय तुलसीपुरमा विष्णु आचार्यविरुद्ध मुद्दा हालेकी थिइन्। जिल्ला अ...
सेतोपाटी संवाददाता धादिङमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। , धादिङबेसीबाट सेमजोङ जाँदै गरेको बा १ ज ६०२१ नम्वरको बोलेरो जिप स्याउली पाङ्ग्रो खोलामा उकालो चढ्ने क्रममा दुर्घटना निम्तिएको हो। , उकालोमा जिप चढ्न नसकेपछि केही यात्रुहरु आत्तिएर हाम फालेका थिए। सोही क्रममा जिपले किचेर नीलकण्ठ नगरपालिका–३ सिम्लेग...
सेतोपाटी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० भरतपुरमा गए राति चोरहरुको एक समूहले युवतीको विभत्स हत्या गरेका छन् ।, गौशाला नपा–१० भरतपुर बस्ने विष्णुकुमार श्रेष्ठको घरमा गए राति अन्दाजी एक बजेतिर ८-१० जनाको अज्ञात हतियारधारी समूहले श्रेष्ठको घरमा पसी चोरी गर्न लागेको अवस्थामा घरधनी श्रेष्ठकी छोरी २७ वर्षीया छोरी अञ्ज...
सेतोपाटी संवाददाता रसुवाको गोसाइकुण्ड गाउँपालिका २ मा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका १७ कामदारको सकुशल उद्धार गरिएको छ।, बिहीबार राति ८ बजेतिर गएको सुख्खा पहिरोले सुरुङको प्रवेशद्वार थुनिँदा एक सय मिटर भित्र काम गरिराखेका कामदार अलपत्र थिए।, प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार ११...
सेतोपाटी संवाददाता पाँचथरको गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्सकी कर्मचारी सुजाता तामाङको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। , जिला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवर नेतृत्वको टोलीले तामाङको हत्यामा संलग्न हिलिहाङ-६ का १९ वर्षीय अस्मिन भनिने घनेन्द्र लावतीलाई बिहीबार र...
सबिना श्रेष्ठ गुठी विधेयकविरूद्ध बुधबार माइतीघर मण्डलमा आयोजित खबरदारी सभाको एउटा दृश्य सामाजिक सञ्जालमा खुबै लोकप्रिय भयो, जसमा खोकनादेखि आएका एक वृद्ध प्रहरीलाई पानी खुवाउँदै थिए।, उनी को हुन्? यही आन्दोलनमा मात्र पानी बाँड्न आएका हुन् कि यो उनको कामै हो?, केही दिनयता गुठी विधेयकको विरोध हुँदा सरकारले जग्गा अपचलन रो...
सेतोपाटी संवाददाता रसुवाको गोसाइकुण्ड गाउँपालिका २ मा सुख्खा पहिरो जाँदा ११ नेपालीसहित छ चिनियाँ कामदार सुरुङभित्र थुनिएका छन्।, बिहीबार राति ८ बजेतिर गएको सुख्खा पहिरोले रसुवागढी जलविद्युत् आयोजनाको सुरुङको प्रवेशद्वार थुनिएपछि भित्र काम गरिरहेका मजदुर अलपत्र छन्। उनीहरुको उद्धार कार्य सुरु गरिएको प्रमुख जिल्ला अधिका...
सेतोपाटी संवाददाता समता अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीन जनालाई थप अनुसन्धानका लागि हिरासत लिएको छ।, आफन्तले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि त्यसको अनुसन्धान निम्ति प्रहरीले तत्काका लागि अभद्र व्यवहार मुद्दामा हिरासत राखेको हो। सो मुद्दामा बिहीबार काठमाडौं जिल्ला अदालतले तिनै जनालाई पाँच दिन ...
भगवती पाण्डे बुटवल उपमहानगरपालिकाको स्थानीय पाठ्यक्रम तयार पारिएको छ। आधारभूत तहदेखि कक्षा ८ सम्म पठनपाठन हुनेगरी एक सय पूर्णाङ्कको सामाजिक शिक्षाको पाठ्यक्रम तयार भएको हो। , बुटवलको ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक, धार्मिक, सामाजिक र विविध विषयहरू समेटेर बुटवलको चिनारी गराउने उद्देश्यले अलग्गै स्थानीय पाठ्यक्रम तयार प...
सेतोपाटी संवाददाता समता अस्पताल बौद्धमा कार्यरत एक कर्मचारीले आत्महत्या गरेपछि आफन्तहरू प्रदर्शनमा उत्रिएका छन्।, रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङले अस्पतालभित्रै आत्महत्या गरेको विषयलाई लिएर आफन्त आन्दोलित भएका हुन्।, महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार तामाङले अस्पतालभित्र सोमबार राति पासो लगाएर आत्महत्य...
सेतोपाटी शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन खुला गरेको छ।, आयोगले सूचना निकालेर प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका लागि लाइसेन्स परीक्षामा सहभागी हुन आवेदन खुलाएको हो।, प्राथमिक तहका लागि पाँच सय, निम्नमाध्यमिक तहका लागि सात सय र माध्यमिक तहका लागि एक हजार दस्तुर बुझाएर योग्यता...
नारायण खड्का अज्ञात समूहले सल्यानको एउटा वडा कार्यालयमा आगजनी गरेको छ ।, आगजनीबाट छत्रेश्वरी गाउँपालिका वडा नं. ३ को  मुलखोलामा रहेको वडा कार्यालयका सबै सामान जलेर नष्ट भएका छन्।, छत्रेश्वरी गाउँपालिकाका प्रेस सल्लाहाकार नविन पौडेलले आगजनी बाट सबै सामाग्री जलेर नष्ट भएको भन्ने जानकारी पाएको बताए ।, आफु काठमान्डौं रहेक...
सेतोपाटी संवाददाता हुम्लाको खार्पुनाथ गाउँपालिका यात्रुवाहक जीप दुर्घटना भएको छ।, गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही, उनका छोरा, भाइसहित परिवारका सदस्यसहित १५ जना सवार जीप मंगलबार दिउँसो कर्णाली नदीमा खसेर बेपत्ता भएको हो।, उक्त जीप मंगलबार दिउँसो करिब साढे १२ बजे बाटोबाट कर्णालीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्...
सेतोपाटी संवाददाता समता स्कुल तथा अस्पतालका सञ्चालक उत्तम सञ्जेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।, कर्मचारीले आत्महत्या गरेको विषयलाई लिएर आफन्तले आन्दोलन थालेपछि सञ्जेललाई प्रहरीले नियन्त्रणमा लिएको हो।, समता अस्पताल बौद्धमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङले सोमबार राति अस्पतालभित्र पासो लगाएर आत्महत...
सेतोपाटी संवाददाता भक्तपुरको सूर्यविनायकमा टिपरको ठक्करमा परी एक स्कुटर चालकको मृत्यु भएको छ।, जगातीबाट साँगातर्फ जादै गरेको बा ४ ख ५६७१ नं को टिप्परको टायरमा सोही दिशा तर्फ जाँदै गरेको प्रदेश नं ३-०२-००३ प १२६६ नं को स्कुटर ठोक्किँदा दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।, दुर्घटनामा काभ्रेपलाञ्चोक प...
सेतोपाटी संवाददाता विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको नुवाकोटको सात तले दरबार क्षेत्रमा रहेको सम्पदाको पुनर्निर्माण थालिएको छ। चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले सात तले दरबार तथा वरिपरिका सम्पदा पुनर्निर्माण थालेको हो।, नुवाकोट दरबार क्षेत्रभित्रको सात तले दरबार, गारद घर, रंगमहल, बहादुर शाहको बैठक कक्षलगायत दरबार क...
सेतोपाटी संवाददाता कपिलवस्तुको सुरही नदीमा पौडी खेल्ने क्रममा डुबेर ३ युवाको मृत्यु भएको छ।, जिल्लाको पश्चिमी क्षेत्रको शिवराज नगरपालिका २ हल्लानगर नजिकै रहेको सुरही खोलामा पौडी खेल्न गएका  विजयनगर गाउँपालिकाको वडा नम्बर ६ का ३ युवाको मंगलबार दिउँसो डुबेर मृत्यु भएको हो।, स्थानीयका अनुसार गौरा भट्टराईका छोरा आशिक भट्ट...
सेतोपाटी संवाददाता लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि प्रकाशित विज्ञापनमा अनलाइन प्रणालीमार्फत दरखास्त दिने अवधि थपेको छ।, यसअघि आयोगले जेठ १५ गतेबाट असार ३ गतेसम्म अनलाइन प्रणालीमार्फत दरखास्त दिन सक्नेगरी आवेदन माग गरेको थियो। तर अनलाइन प्रणालीमा भएको समस्यापछि असार १० गतेसम्म थप गरिएको हो। जे...
दिपकजंग शाही हुम्लाको खार्पुनाथ गाउँपालिकामा जीप दुर्घटना हुँदा १५ जना बेपत्ता भएका छन्। खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालसहित १५ जना यात्रु बेपत्ता भएका हुन्। बेपत्ता भएकामध्ये उपाध्यक्षसहित ६ जनाको नाम खुलेको छ।, जसमा चन्द्र हमाल, चालक मणिराज शाही, वसन्ती शाही, नन्ददेवी सिंह, ढुक्पु भण्डारी रहेका छन्...
सेतोपाटी संवाददाता स्रोत नखुलेको तीन लाख भारतीय रुपैयाँसहित चार जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। , तीन लाख ३० हजार ९९० भारतीय र ३१ हजार ३२० नेपाली रुपैयाँसहित चार जनालाई मंगलबार नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ। , पक्राउ पर्नेमध्ये तीन जना भारतीय रहेका छन्। पक्राउ पर्ने भारतीय नागरिकमा बिहार समस्ती...
रासस मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा समेत वृद्धि भएको छ।, पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को व्यक्तिको मानहानी गर्ने घटना बढेर गएको हो।, महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम...
विनोद सापकोटा छोरी बलात्कार गरेको आरोपमा शिवसताक्षी नगरपालिका झापा वडा नम्बर ७ ब्याङडाँडामा बस्ने एक युवा पक्राउ परेका छन्। , असार १ गते आफ्नै छोरी बलात्कार गरेको आरोपमा ३८ वर्षीय बाबु पक्राउ परेका हुन्। ११ वर्षीय छोरीलाई करणी गर्ने बाबुलाई प्रहरीले तत्काल पक्राउ गरी अनुसन्धान थालेको छ। , असार १ गते दिउँसो १२ बजे काम ...
खिलानाथ ढकाल सुशीलाकुमारी यादवले २०७१ सालमा नेपालगञ्ज मेडिकल कलेजबाट एमबिबिएस गरिन्। त्यसपछि कामको खोजीमा काठमाडौं आइन्। , कामको खोजीसँगै एमडी गर्ने उनको उद्देश्य थियो। दुबै सम्भावना खोजेर राजधानी छिरेकी थिइन्, उनी। , सम्पन्न पारिवारिक पृष्ठभूमिकी यादवलाई एमडी गर्न पैसाको समस्या थिएन। एमबिबिएस सकेपछि चिकित्सकको व्यावह...
सेतोपाटी संवाददाता असार पाँचथरमा फेरी अर्को निर्मम हत्या घटना भएको छ। जिल्लाको हिलिहाङ गाँउपालिकामा माईक्रोफाईनान्स कम्पनीमा काम गर्ने एक युवतीको हत्या भएको हो।, मंगलबार हिलिहाङ –६ चित्ते भन्ने ठाँउमा एनएमबी माईक्रोफाईनान्स गोपेटार शाखामा काम गर्ने फिल्डको कर्मचारी सुजता तामाङको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस...
शोभा शर्मा न्यायपरिषदले तस्करीको ३३ किलो सुन र सनम हत्याकाण्डका अभियुक्तको निवेदनमाथि आदेश गर्ने विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ८ न्यायायाधीशलाई विभिन्न कारबाही गर्ने निर्णय गरेको छ।, उनीहरूलाई सामान्य ध्यानाकर्षणदेखि थप कारवाही गर्ने सम्मको निर्णय भएको छ तर उक्त निर्णयको माइन्युटमा पदाधिकार...
दिपकजंग शाही हुम्लाको खार्पुनाथमा भएको जीप दुर्घटनामा बेपत्ता खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षको झोला र अन्य कपडा फेला परेको छ।, नेपाली सेना र प्रहरीले कर्णाली नदीमा पसेर खोजतलास गर्ने क्रममा झोला र कपडा फेला परेको घटनास्थलमा खटिएका याङ्चु प्रहरी चौकीका ईन्चार्ज सन्तबहादुर पालले  सेतोपाटीलाई जानकारी दिए।, मंगलबार दिउँ...
अनुषा अधिकारी केही वर्षअघि ललितपुर, लुभुमा एउटा दर्दनाक घटना भएको थियो।, आमाले आफ्नो दुईमहिने बालकलाई काजु पिसेर खान दिइन्। राम्ररी नपिसिएको काजुको सानो टुक्रा शिशुको घाँटीमा अड्कियो। शिशुले ज्यान गुमाउनुपर्यो।, यो दुखद खबरबारे पत्रपत्रिकामा समाचार आयो। धेरै मान्छे आफ्नो बालबच्चाको खानपिनलाई लिएर झस्के।, यही घटनाले जन...
रासस सुनसरी सदरमुकाम इनरुवामा समेत डेंगुको बिरामी भेटिएको छ।, इनरुवा–९ बबियाका सांसद अन्सारीलाई डेंगुको संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका सम्पर्क व्यक्ति सुलोचना चौधरीले जानकारी दिए।, धरानमा डेंगुको बिरामी भेटिएपछि इनरुवामा समेत बिरामी भेटिन थालेको अस्पतालले जनाएको छ।, इनरुवामा डेंगुको बिरामी भेटिएपछि...
सन्जिब बगाले 'नियम छैन न्याय छैन देशमा असल सरकार छैन,,महलबाट राजनीति जनतासँग नेताको प्यार छैन,,नुनदेखि सुनसम्म सप्पै विदेशीकै भर पर्नुपर्छ,,निर्धक्क खुलेर स्वाभिमान हुँ भन्ने आधार छैन', यो मुक्तक कुनै नाम चलेका साहित्यकारले लेखेका होइनन्। कुनै पत्रपत्रिकाबाट लिइएको पनि होइन। यो दीपक नेपालले गरेको ट्विट हो। र, उनी ट्या...
सेतोपाटी संवाददाता सिंगापुरको क्रुजमा काम लगाइदिने बहानामा ६ करोड रुपैयाँ भन्दाबढी ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नुवाकोट, गणेशस्थान घर भई तारकेश्वर नगरपालिका मनमैजु बस्ने ३४ वर्षीय प्रविन पौडेललाई पक्राउ गरेको हो। उनलाई असार ३ गते मकवानपुरबाट पक्राउ गरिएको महाशा...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, मालपोत कार्यालय कलंकीको नवनिर्मित भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने दुई जनालाई नियन्त्रणमा लिइएको काठमाडौं परिसरले जनाएको छ।, प्रहरीले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरे...
नारायण खड्का दाङमा एक निर्माणाधिन सिमेन्ट उद्योगमा बिम भाँचिदा तीन मजदुरको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।, घाइते मध्य दुईजनाको अवस्था गम्भीर रहेको छ भने एकजना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।, यसरी मृत्यु हुने तीनै जना भारतीय नागरिक भएको जानकारी दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले दिएका छन्।, मृत्यु...
चेतना गुरागाईं 'नेपालमा सियो पनि बन्दैन' भन्ने उखान जनजिब्रोबाट हराइसकेकै थिएन, २०६० सालतिर स्यानिटरी प्याड बन्न सुरू भयो।, 'शारडा समूह' ले लामो समय अध्ययन गर्दा स्यानिटरी प्याडको माग देखेर चीनबाट मेसिन झिकायो। अमेरिका, क्यानडा, सिंगापुर र भारतबाट कच्चा पदार्थ ल्यायो। नयाँ उत्पादनको उत्साह बोकेर 'जस्मिन हाइजिन प्रोडक्...
सागरराज तिमिल्सिना पोखराको चिप्लेढुंगामा चोकको सडक भासिएको छ।, पोखरा–४ चिप्लेढुंगाको बीपीको शालिक पछाडिको बीच सडक शनिबार बिहान भासिएको हो। सडकमाथि करिब आधा मिटर प्वाल देखिए पनि भित्र बढी भासिएको छ।, डोजर ल्याएर भासिएको खाडल खन्दा पहिलो हिलो माटो र पछि पानी नै निस्किएको वडा अध्यक्ष शंकर बाँस्तोलाले बताए।, खानेपानीको पा...
सेतोपाटी संवाददाता 'वीर विक्रम २'को व्यंग्यात्मक समीक्षा गरेपछि साइबर अपराधमा पक्राउ परेका प्रनेश गौतम प्रहरी नियन्त्रणमै रहेको प्रहरीले जनाएको छ।, सेतोपाटीसँग कुरा गर्दै काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले प्रनेश प्रहरी हिरासतमा नै रहेको बताएका हुन्।, यसअघि उनलाई बिहिबार अबेर हरासत मुक्त गरिएको जनाइएपनि स्वास्थ्...
भगवती पाण्डे दिउँसोको ४ बज्दै थियो, पाँच नं. प्रदेशसभा परिसरमा आकाशमा उडिरहेको भंगेरा अकस्मात भुइँमा खस्यो। प्रदेशसभा सचिवालयको बरण्डामा बसेका आधा दर्जन जति पत्रकार र केही सुरक्षाकर्मी उक्त घटनाका प्रत्यक्षदर्शी थिए।, घटना केही दिन अघिको हो।, हामी बसेकै अगाडि उड्दै आएको एउटा भंगेरा भुइँमा खसेपछि अरु दुई तीन वटा भंगेरा...
नारायण महर्जन वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई शनिबार कीर्तिपुरमा नागरिक अभिन्दन गरिएको छ।, सत्यमोहन हना खलः को आयोजना र नेवाः एफएम अनक मिडियाको संयोजनमा आयोजित अभिनन्दनमा जोशीलाई कीर्तिपुरको लोकतान्त्रिक चोकबाट सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गराइएको थियो।, उनलाई नयाँ बजार, नगाउँ हुदै बाघभैरव ब्याङ्क्वेट पु...
सेतोपाटी संवाददाता आजदेखि असार लाग्यो। असार नेपालीहरूले छुपुछुपु रोपाइँ गर्ने महिना हो। तर यसपालि असार लाग्दासम्म कति किसानले बिउ पनि राख्न पाएका छैनन्।, बरू पछिल्लो साता काठमाडौं उपत्यकासहित देशभरिको तापक्रम ह्वात्तै बढेको छ।, शुक्रबार काठमाडौंको  अधिकतम् तापक्रम ३३.५ डिग्री सेल्सियस पुग्यो। उपत्यकामा यति तापक्रम यो ...
निशा भण्डारी पाँचौं अन्तर्राष्ट्रिय योग दिवस काठमाडौंस्थित भारतीय राजदूतावासमा मनाइएको छ।, आइतबार एक कार्यक्रमबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भिडिओ सन्देशबाट योग दिवस सुरू भएको हो।, विभिन्न विद्यालयबाट विद्यार्थीहरू सहभागी भएका थिए। उनीहरूले योगका विभिन्न आसन गरेका थिए।, केही दिनअघि भारतीय राजदूतावासले सगरमाथ...
सेतोपाटी संवाददाता दाङका विभिन्न स्थानमा भएका आगलागीबाट तीन वटा घर गोठ जलेर नष्ट भएका छन्।, शनिबार दिउँसो भएको आगलागीबाट घोराही उपमहानगरपालिका वडा नं. १ चित्रटाँरी निवासी बासुदेव घर्तीको एक तले ७ वटा कोठायुक्त जस्तापाताले छाएको एउटा घर र एक तले दुई कोठेयुक्त फुसले छाएको गोठ जलेर नष्ट भएको छ।, आगलागीबाट घर्तीको साढे १४...
सेतोपाटी संवाददाता स्कुटरको ठक्करबाट एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ।, राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–सल्यान सडकखण्डमा रा २ प १०६७ नम्बरको स्कुटरको ठक्करबाट घाइते व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ।, मृतकको सनाखत हुन सकेको छैन। अन्दाजी ७० वर्षका ती व्यक्ति मधेसी मूलको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।, ईला...
सेतोपाटी संवाददाता अज्ञात समूहले सोलुखुम्बुको भदौरेमा एक्साभेटरमा आगजनी गरेको छ।, सोलु दुधकुण्ड नगरपालिका ११ पिङ्लास्थित भदौरेमा गए राति एक्साभेटरमा आगजनी भए पनि घटनाको कसैले जिम्मेवारी लिएको छैन।, उक्त एक्साभेटर सोलुखोला दुधकोसी जलविद्युत कम्पनीले प्रयोग गर्दै आएको थियो।, घटनास्थलमा प्रहरी पुगिसकेको प्रमुख जिल्ला अधि...
रासस अचाक्ली बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन्। जेठ अन्तिम सातादेखि क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न जिल्लाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका हुन्।, जिल्लाको सोनमा गाउँपालिकाले यही असार ६ गतेसम्म विद्यालय बन्द हुने सार्वजनिक सूचना नै जारी गरेको छ।, ‘बढ्दै गएको घामको रापल...
सेतोपाटी संवाददाता संसदको राज्य व्यवस्था समितिले स्थानीय तहमा कर्मचारी नियुक्त गर्ने विज्ञापन तत्काल रद्द गर्न लोक सेवा आयोगलाई दिएको निर्देशन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।, एकहप्ता अघि राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले संविधानको मर्मविपरीत लोक सेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्ति...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर काठमाडौंले जेठ महिनामा राजधानीबाट ८२ जना पाकेटमारलाई पक्राउ गरेको छ। , समूह बनाएर सार्वजनिक यातायातका साधनमा यात्रुहरू लुट्ने उनीहरूलाई पक्राउ गरी विभिन्न मुद्दामा अनुसन्धान थालिएको परिसरले जनाएको छ। , बस तथा माइक्रोबसका यात्रुबाट गोजी तथा झोलामा रहेको नगद, मोबाइल, गरगहना चोरी ...
सेतोपाटी संवाददाता गर्मीका कारण भरतपुरका स्कुल ३ दिन बन्द रहने भएका छन्।, अत्याधिक गर्मीले पठनपाठनमा समस्या आएको गुनासो आएको भन्दै भरतपुर महानगरपालिकाले असार २ देखि ४ गतेसम्म स्कुल विदा गर्ने निर्णय गरेको हो।, सो विदालाई वर्षे विदाबाट कट्टा गर्ने र पठनपाठन हुने कुल दिनलाई नघटाइने महानगरले जनाएको छ। , गर्मीले भरतपुरका...
सेतोपाटी संवाददाता नयाँ बसपार्क तथा बौद्ध इलाका क्षेत्रमा डलर र नक्कली सुन साट्ने बहानामा सर्वसाधारण लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ८ घर भई काभ्रे पाँचखाल बस्ने जितबहादुर तामाङ र रामबहादुर तामाङ छन्।, महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई भक्तपु...
निशा भण्डारी मगर समुदायले टुँडिखेलमा भूमि पर्व धुमधामका साथ मनाइरहेका छन्।  , असार १ देखि एक हप्तासम्म मनाउने यो पर्वमा समुदायले प्रकृतिको पूजा र नाचगान गरी मनाउने गर्छन्। , हरेक वर्षको वर्षा ऋतु लाग्नुभन्दा पहिले मगर समुदायले बाढी,पहिरो,हुरी बतासजस्तो दु:ख दिने प्राकृतिक प्रकोपबाट बच्नलाई र राम्रो खेतीपातीको कामना गर...
सेतोपाटी संवाददाता जिल्ला अदालत काठमाडौंले वीर विक्रम २ भन्ने फिल्मको समीक्षा गरेको भरमा प्रहरीद्वारा पक्राउ परेका प्रनेश गौतमलाई साधारण तारेखमा छोडेको छ।, जिल्ला न्यायाधीश बाबुराम सुवेदीको इजलासले आइतबार दिनभर थुनछेक बयान र बहसपछि साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो।, शुक्रबार सरकारी वकिलले जिल...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागु औषधसहित ६ जनालाई पक्राउ गरेको छ। राजधानीको प्रवेशद्वार थानकोटमा छुट्टाछुट्टै चेक जाँच गर्ने क्रममा ठूलो परिमाणको लागु औषध सहित उनीहरुलाई पक्राउ गरिएको हो।, महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले धरानबाट काठमाडौं तर्फ आउँद...
सेतोपाटी संवाददाता लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले काठमाडौंको गोकर्णेश्वरमा लगाइएको ५८०० रोपनी गाँजा खेती नष्ट गरेको छ।, गोकर्णेश्वर नगरपालिका १ मुलखर्क, ओख्रेनी, चलिाउने, गौरीगाउँ, माझगाउँ, कुने र खत्री टोलको गाँजा खेती नष्ट गरेको हो।, गाँजा फडानी गर्न ब्युरोबाट ३० जना र सशस्त्र प्रहरी गण नं. १ का ५० जना सशस्त्र ...
सेतोपाटी चितवनमा बसको ढोकाबाट हामफाल्दा एकको मृत्यु भएको छ । आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु१ख ६९९१ नंको बसमा सवार रत्ननगर नगरपालिका–९ बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हामफालेकी हुन् ।, उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले ज...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ।, गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव...
सेतोपाटी संवाददाता सरकारले नारा बनाएको छ- बिहेवारी बीस वर्ष पारी।, नाराले मात्र पुग्दैन भनेर कानुन पनि ल्याइएको छ। जसले केटा र केटीको उमेर २० वर्ष नपुगी विवाह गर्न बन्देज लगाएको छ। बालविवाह, मातृ मृत्युदरलगायत समस्या रोक्न कानुनले विवाहको उमेर २० वर्ष तोकेको हो। , यो कानुनले कलिलै उमेरमा विवाह भई जाने छोरीहरूमाथि हुने...
रासस अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनियर विकास श्रेष्ठलाई घूससहित आज बिहान रंगेहात पक्राउ गरेको छ।, आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले  झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घूस लिएको आरोपमा उनल...
सन्जिब बगाले त्रिवि टिचिङ अस्पतालको ५०६ नम्बर बेडमा सुतिरहेकी ३३ वर्षीया पुर्नी शाहीलाई उठ्न-बस्न सहयोग गरिरहेका छन्, उनका श्रीमान सुरेन्द्र।, पुर्नी आफैं बिरामी भएर अस्पताल भर्ना भएकी होइनन्। उनी त ५८ वर्षीय बाबु पदमबहादुर मल्ललाई कलेजोको टुक्रा दान गरेर अस्पताल बसेकी हुन्।, टिचिङ अस्पतालमा पहिलोपटक गरिएको यो कलेजो प...
सेतोपाटी सिरहाको धनगढीमाई नगरपालिका–६ का युवकको अपहरण गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।, नगरपालिका–६ स्थित कसहा र वसन्तपुरचोकबाट स्थानीय १७ वर्षीय सुभाषकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले सिरहाकै औरही गाउँपालिका–२ निवासी २१ वर्षीय गङ्गाराम मण्डल खत्बेलाई पक्राउ गरेको हो ।,...
सेतोपाटी संवाददाता स्रोत नखुलेको ठूलो परिमाण नेपाली रुपैयाँसहित बाराबाट एक जना पक्राउ परेका छन्। ५७ लाख ७९ हजार ४९० रुपैयाँसहित भारतीय नागरिकलाई बुधबार पक्राउ गरिएको हो। , पक्राउ पर्नेमा बिहार मोतिहारी जिल्लाका बृजकिशोर कुमार छन्। बारा प्रहरीले उनलाई सुवर्ण गाउँपालिका वडा नम्बर ७ दसगजा क्षेत्रबाट पक्राउ गरेको हो। , बा...
सेतोपाटी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् ।, लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई खोलाले बगाएको हो । दाङ जिल्ला घर भएकी युवती काठमाडौँस्थित विनायक अस्पतालमा अध्ययनरत थिइन् । अध्ययनकै सिलसिलामा...
प्रशन्न पोखरेल सरकारले १२ पास नगरी विदेशमा पढ्न जान नदिने भएको छ।, एसईई उत्तिर्ण गरेका विद्यार्थी बंगलादेश, अष्ट्रेलिया, जापान, अमेरिकालगायत देशमा पढ्न जान स्वीकृति (नो अब्जेक्सन लेटर) लिने गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिन रोकेको छ।, शिक्षा मन्त्रालयका उपसचिव महेश्वर शर्माका अनुसार अबदेखि १२ क...
सेतोपाटी संवाददाता मकवानपुरको राक्सिराङ गाउँपालिकामा डोजर पहिरोमा पुरिँदा दुई जनाको मृत्यु भएको छ।, गाउँपालिकाको वडा नम्बर ८ ठूलो तोड्के भन्ने ठाउँमा पहिरो खस्दा सडक विस्तार गरिराखेको डोजर पुरिएको हो। माथिबाट खसेको पहिरोमा पुरिएर सन्दिप श्रेष्ठ र रोशन बुढाथोकीको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सेतोपाटील...
रासस सिन्धुलीमा स्कुल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ।, सुनकोसी गाउँपालिका–५ मूलकोट भोटेखोलाको पुलस्थित बीपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कुल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।, प्रहरीका अनुसार मृत्यु हुनेम...
दिपकजंग शाही सहरमा चारैतिर धूलो, ट्राफिक जाम, सडकमा खाल्डाखुल्डी, अव्यवस्थित पार्किङ।, यो कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतको अवस्था हो।, ‘मर्निङ वाक’ गर्दा पनि मास्क प्रयोग गर्नुपर्ने, सवारीसाधन तथा पैदलयात्री धुलाम्मे भएर हिँड्नु पर्नेलगायत थुप्रै समस्या वीरेन्द्रनगरमा छन्। यही धुलाम्मे र अव्यवस्थित वीर...
भानुभक्त म्यानमार र दक्षिण एसियाका सात मुलुकले देशको अर्थतन्त्र चलाउन आ-आफ्नै अर्थमन्त्री नियुक्त गर्छन्। तीमध्ये केहीले अर्थतन्त्रलाई उभो लगाउँछन्, केहीले अर्थतन्त्रमा कुनै सुधार ल्याउन सक्दैनन्। कहिलेकाँही बिगार्छन्।, केही वर्षमा यी मुलुकका अर्थमन्त्री फेरिइरहन्छन्। तपाईंलाई थाहा छ, यो क्षेत्रमा कहिल्यै पनि नफेरिने ...
सुधिर भण्डारी सरकारले असार १ गतेदेखि बढाउने भनिएको सार्वजनिक यातायातको भाडा तत्काल लागू नहुने भएको छ। , यो निर्णयमा थप अध्ययन गरी निष्कर्षमा पुग्नुपर्ने भएकोले अर्को सूचना नआएसम्म तत्काल भाडादर लागू नहुने यातायात व्यवस्था विभागले जनाएको छ।, विभागले असार १ गतेदेखि लागू गर्ने भनेको काठमाडौं उपत्यकाको रिङ रोडभित्र मालबाह...
सेतोपाटी नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङमा हिजो पास्नीको भोज खाएकामध्ये ३० जना भन्दा बढी विरामी परेका छन् ।, स्थानीय रेशम आलेको छोराको पास्नीमा भोज खाएपछि ३० जनाभन्दा बढी विरामी परेको र १९ जनाको अवस्था जटिल भएकोले उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्णलाल उप्रेतीले ब...
समिक्षा अधिकारी काठमाडौं अबेर सुत्छ, बिहान सबेरै जाग्छ। मैतिदेवीकी इन्दिरा सापकोटाको दिनचर्या यो सहरकोभन्दा अलग छैन।, बिहान चार नबज्दै उठेर नुहाइधुवाइ गरी भजनकीर्तन सुन्यो। चिया-खाजा बनाएर खायो, दिनभर काममा व्यस्त भयो। राजनीतिक घटनाक्रमबारे अपडेट हुँदै साँझ खाना बनाएर खायो अनि ओछ्यानमा भुक्लुक्क।, बीस-बाइस वर्षे तन्ने...
एजेन्सी उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७  जना बालबालिकाको मृत्यु भएको छ।, बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार  सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो।, स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो। रगतमा चिनीको मात्रा कम भएपछि ...
सेतोपाटी नेपाली सिनेमा 'वीर विक्रम २' समीक्षा गरेबापत् साइबर अपराधको अभियोगमा पक्राउ परेका प्रनेश गौतमलाई प्रहरीले हाजिरी जमानतमा रिहा गरेको छ।, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले गौतमलाई हाजिरी जमानतमा रिहा गरेको पुष्टि गरे।, गौतमलाई बिहीबार राति ८ बजे प्रहरीको सम्पर्कमा रहने गरी छाडिएको उनले ...
सेतोपाटी कञ्चनपुरको भीमदत्तनगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार बिहान जेसिबी एक्साभेटरले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।, पश्चिम दिशातर्फ आइरहेको से १ त ७३३ नम्बर जेसिबीले ठक्कर दिँदा मे १ ह ७६३ नम्बरको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको ज...
सेतोपाटी संवाददाता सरकारले आमनागरिकलाई सिंहदरबार प्रवेशमा कडाइ गरेको छ।, केही दिन यता सिंहदरबार जाने नागरिकलाई सुरक्षाकर्मीले तीन ठाउँमा कडा  चेकजाँच गर्ने गरेका छन्।   , सुरक्षा व्यवस्था कडा भएसँगै दैनिक प्रशासकीय कामका लागि सिंहदरबार जाने नागरिकलाई सास्ती भएको छ।, सिंहदरबार जान भित्रबाट पास मगाएकाले अस्थायी प्रवेश प...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द खनालले पुलिसमा बदनियतमा सहुलियत दिन नहुने बताएका छन्।, काठमाडौंमा शुक्रबारबाट सुरू भएको नेपाल प्रहरीको प्रदेश स्तरीय 'दोश्रो प्रादेशिक सम्मेलन'को उद्घाटन समारोहलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन्।, 'एकाध घटनाले गर्दा सिंगो संगठनको छवि नै धुमिल हुने अवस्थाहर...
सेतोपाटी संवाददाता प्रधानसेनापति पूर्णचन्द्र थापा चीन भ्रमणमा जाने भएका छन्। नेपाली सेनाका अनुसार औपचारिक भ्रमणका लागि थापा असार १ गते आइतबार  चीन जान लागेका हुन्।, थापाको प्रधानसेनापति बनेपछि यो पहिलो चीन भ्रमण हो। सिचुवानको छेङदु हुँदै बेइजिङ जाने थापाले चीनका विभिन्‍न सैनिक संरचना एवं ऐतिहासिक स्थलको अवलोकन गर्नेछन...
सेतोपाटी संवाददाता महान्यायाधिवक्ता अग्नि खरेलले उचित प्रमाण नै नभएका घटनामा पनि प्रहरीले मुद्दा चलाउन ल्याउने गरेको बताएका छन्।, काठमाडौंमा आजबाट सुरु भएको अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको सम्मेलन उद्घाटनका क्रममा खरेलले पर्याप्त प्रमाण बिना मुद्दा चलाउन नहुने बताएका हुन्।, कुनैपनि अपराधीक घटनामा...
सेतोपाटी संवाददाता १३ वर्षीया बालिका बलात्कार मुद्दामा फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक साबिक पोखरीचौरी गाविस ४ का रमेश थापा छन्। केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार थापालाई नयाँबजार कीर्तिपुरबाट पक्राउ गरेको हो।, काभ्रेपलाञ्चोक साबिक पोखरीचौरी गाबिसकी बालिकालाई चक्कु देखाएर ...
रासस निस्दी गाउँपालिकामा जङ्गली च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये ज्यान जानेको सङ्ख्या ६ पुगेको छ।, गत शुक्रबार च्याउ खाएर केही बिरामी भएका थिए । जङ्गली विषालु च्याउको तरकारी पकाएर खाएकामध्ये निस्दी – ३ सार्कीडाँडाका नौ वर्षीया निर्मलासिं ठकुरी चार वर्षीय विष्णुसिं ठकुुरी, सातवर्षीय सुमनसिं ठकुरी, निशासिं ठक...
सेतोपाटी संवाददाता तुलसीपुर–बाघमारे सडक अन्तर्गत गब्दवामा भएको जीप दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन्।, शुक्रवार दिउँसो पौने ३ बजेतिर भएको बस दुर्घटनामा शान्तिनगर गाउँपालिका १ निवासी ४५ बर्षीय छवि डाँगी गम्भीर घाइते भएका छन् । उनलाई टाउकोमा गहिरो चोट लागेको छ। त्यस्तै अन्य घाइतेहरुमा सोही ठाउँका पुर्णकली राना, ...
नारायण महर्जन गढिमाई मेलामा हुँदै आएको पशुबलि बन्द गराउन शुक्रबार दिउँसो रत्नपार्कबाट पदयात्रा आयोजना गरियो। अहिंसा र साकाहारको महत्व बुझाउने उद्देश्यले यो पदयात्रा आयोजना गरिएको हो।, पदयात्रामा धार्मिक, सामाजिक, पशुअधिकारसँग सम्बन्धित संध–संस्था विद्यालय, समाजसेवी लगायतको व्यक्तित्व सहभागी थिए। गढिमाई मेला आगामी कात्...
भगवती पाण्डे पाँच नम्वर प्रदेशसभाका सदस्यहरुले मुख्य खेती गर्ने बेलामा किसानलाई मलको अभाव हुने गरेको भन्दै समस्या सुल्झाउन माग गरेका छन्। , प्रदेशसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्ने सांसदहरुले खेती गर्ने बेला किसानले सहज र सहुलियत रुपमा बिउ र मल नपाएको र भारतीयय सीमा क्षेत्रबाट खरिद गर्नुपरेको भन्दै सरकारको ...
सेतोपाटी संवाददाता विमानस्थल सुरक्षा प्रहरीले प्रतिबन्धित लागुऔषध चरेससहित अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। , चार किलो ८ सय ग्राम चरेससहित विलियम क्यामरोनलाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जनायो। , नेपाल एयरलाइन्सको उडान नम्बर ४०२ बाट बैंकक उड्न लागेका उनलाई पक्राउ गरी अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्युरो कार्...
सेतोपाटी संवाददाता क्यानडामा राम्रो तलवसहितको रोजगारी दिलाइदिने प्रलोभन देखाएर ठगी गर्ने अभियुक्त योगेश सापकोटालाई प्रहरीले पक्राउ गरेको छ।, नुवाकोट मेघाङका सापकोटालाई प्रहरीले बनेपाबाट पक्राउ गरेको हो। अभियुक्तलाई मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ। अन्य अभियुक्तहरुको खोजी भइरहेको छ। , ...
सेतोपाटी संवाददाता दाङका सहायक वन अधिकृत रामज्ञाप्रसाद साह बीस हजार घुस रकमसहित पक्राउ परेका छन्। , अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोको टोलीले साहलाई सेवाग्राहीसँग लिँदै गरेको घुस रकमसहित लमहीमा पक्राउ गरेको हो। , जिल्ला प्रहरी प्रमुख एवम् एसपी बेलबहादुर पाण्डेले शुक्रबार दिउँसो लमही बजारको एक पसलबाट साहलाई प्रहरीसहि...
सेतोपाटी संवाददाता पोखरामा भ्यानले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।, काभ्रे घर भई हाल पोखरामा मजदूरी गर्दै आएका २० वर्षीय कृष्ण प्रसाद चौलागाईंको मंगलबार भ्यानले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, पृथ्वीचोकबाट अम्मरसिंह चोकतर्फ जाँदै गरेको बा १४ च ५८१२ नम्बरको तरकारी बोक्ने भ्यानले सोही दिशातर्फ जा...
भगवती पाण्डे ५ नम्वर प्रदेशसभाको अर्थ उद्योग तथा वातावरण समिति सभापति दधिराम न्यौपानेले केही दिनअघि बुटवलमा आयोजित एक कार्यक्रममा नदीजन्य पदार्थको उत्खनन् रोक्ने सन्दर्भमा सांसदहरुकै भूमिका प्रति आशंका व्यक्त गरे।, अनुगमनमा जाने निकायहरु धेरै भएपनि अनुगमनमा जानेहरुले दिने नतिजा भने सन्तोषजनक नभएको भन्दै असन्तुष्टि पोख...
सेतोपाटी संवाददाता वीरगञ्जको रेल्वे माध्यमिक विद्यालयमा सोमबारदेखि सिसिटिभी क्यामेराको निगरानीमा पठनपाठन सुरू भएको छ।, वीरगञ्ज महानगरपालिकाभित्र रहेका  एक सय वटै सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी र सिसिटिभी क्यामेरा जडान गरिने योजना छ।, वीरगञ्ज घण्टाघरस्थित रेल्वे माविमा विद्युतीय हाजिरी र सिसिटिभी क्यामेरा जडान उ...
सेतोपाटी संवाददाता कर्तब्य ज्यान मुद्दाका फरार भएका एक अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।, बहुदरमाइ नगरपालिका वडा नम्बर ८ का २७ वर्षीय प्रजा सहनीलाई पर्सा प्रहरीले छपकैयास्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।, उनले गत चैत १८ गते स्थानीय किशोरी सहनीको हत्या गरी गह...
समिक्षा अधिकारी नेपाली ब्रान्ड, सहरमा विभिन्न ब्रान्डका रेस्टुरेन्ट सञ्जाल खुल्ने क्रम बढेको छ। धेरैजसोका स्वाद भने एकनासे छन्। मेनुमा नयाँ परिकार पाउन मुश्किल छ। अधिकांशको रोजाइ मःम, चाउमिन, पिज्जा वा मासुजन्य परिकार नै हुन्छन्।, रेस्टुरेन्टको यो भिडमा यस्तो ठाउँ पनि छ, जहाँ मकैको परिकार मात्र पाइन्छ भन्दा धेरैलाई अच...
सेतोपाटी संवाददाता  , बहुविवाह मुद्दामा फरार भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। हेटौंडा हटिया ९ की रिता भन्ने हिरा चौलागाइलाई सिआइबीले काठमाडौंको कपनबाट पक्राउ गरेको हो।, उनले २०६६ सालमा स्थानीय ठाकुर प्रसाद चौलागाइँसँग भागेर विवाह गरेकी थिइन् ।, चौलागाईँको जेठी श्रीमतीले प्रहरीमा उजुरी दिएपछि उनीहरुविरुद्ध मुद...
अमृता लम्साल हजुरआमाका कथा, डोटीको मौवाबाट काठमाडौं आएका पार्वती र मनिराम ओझाकी छोरी हुन्, भगवती।, १९९४ मंसिर ९ गते ठमेलमा जन्मिएकी भगवती 'भाग्यमानी' थिइन्- त्यो जमानामा पनि स्कुल गएर पढ्न पाइन्। , लैनचौरस्थित शान्ति विद्या गृहमा पढ्दै गरेकी भगवतीको नौ वर्षमै बिहे भयो। उनका श्रीमान डिल्लीराज उप्रेती १८ वर्षका थिए।, कल...
विजय नेपाल जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको कार्यकक्षमा बसिरहेका प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर बस्नेतको टेबुलमा दुई वटा नाकगरिकताको सिफारिस आइपुग्यो।, नियमानुसार नागरिकता बनाउन आउने व्यक्ति स्वयम् सिफारिसका साथ कार्यालयमा आउनुपर्छ। सो सिफारिसको साथमा सनाखत गर्ने व्यक्ति मात्रै देखेपछि अधिकृत बस्नेतले सम्बन्...