content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता आफ्नै छोरीलाई खुर्पा प्रहार गरी घाइते बनाउने बुवालाई प्रहरीले पक्राउ गरेको छ।, १९ वर्षीया छोरी सुनिता ओस्तीलाई खुर्पा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले धादिङ निलकण्ठ नगरपालिका १४ आमबोटेका ४५ वर्षीय बुवा बलराम ओस्तीलाई प्रहरीले पक्राउ गरेको हो।, सुनिताको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरी थप ...
सेतोपाटी सांसद एवं नेपाली काङ्ग्रेसका नेता जिपछिरिङ लामाले दोलखा जिल्लामा दश एम्बुलेन्स र दुई शववाहन सहयोग गरेका छन् ।, जिल्लामा रहेका नौ वटा स्थानीय तहलाई एक–एक एम्बुलेन्स तथा भीमेश्वर र जिरी नगरपालिकालाई थप एक एक शववाहन  सहयोग गर्नुभएको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानले जनाएको छ ।, दोलखाको उत्तरी गाउँ खारेमा पह...
सेतोपाटी मुलुकमा कुनै रोजगारीको स्रोत नभएर युवा रोजगारीको खोजीमा खाडी मुलुक छिर्ने क्रमले सिरहाका विभिन्न गाउँमा  पनि असर परेको छ ।, घरायसी काम तथा खेतीपाती लगाउने र भित्र्याउने समयमा युवा नहुँदा  बूढापाकाले सास्ती भोग्दै आएका छन् ।, आर्थिक अभाबका कारण विदेशिने क्रम बढिरहेका बेला  मुलुकमा भएको द्वन्द्वको समयमा पनि कति...
नारायण महर्जन इस्लाम धर्मावलम्बीहरूले बुधबार हर्ष उल्लासका साथ इद उल फित्र मनाइरहेका छन्। , इल उल फित्रका अवसरमा बुधबार बिहानै राजधानीको घण्टाघरस्थित कास्मिरी मस्जिद र रत्नपार्कस्थित जामे मस्जिदमा ठूलो संख्यामा इस्लाम धर्मावलम्बीहरू पुगेर नमाज पाठमा सहभागी भएका छन्।, मंगलबार साँझ चन्द्रमा हेरेपछि इस्लाम धर्मावलम्बीहरू...
सेतोपाटी संवाददाता सल्यानको दार्मा गाउँपालिकामा हावाहुरीले विद्यालयको पठनपाठन र स्वास्थ्य चौकीको सेवा प्रभावित भएको छ।, आइतबार बेलुका आएको हावाहुरीले छाना उडाइदिएपछि पठनपाठन र स्वास्थ्य चौकीको सेवा प्रवाहमा समस्या भएको हो।, हावाहुरीले  ढाकाडाम स्वास्थ्य चौकी दार्मा ५ त्रिवेणीको २ ओटा भवनको छानो उडाएकोले सेवा प्रवाहमा ...
रासस विश्व वातावरण दिवसका अवसरमा नेपाल बार एशोसिएशनको परिसरमा रुद्राक्षको बिरूवा रोपिएको छ।, वातावरणको संरक्षण गर्ने उद्धेश्यले नेपाल बार एशोसिएशन तथा सर्वोच्च अदालत बार एशोसिएशनको वातावरण तथा कानुन विभाग र प्राकृतिक संरक्षक समाजले संयुक्तरूपमा बार एशोसिएशनको परिसरमा रुद्राक्षको बिरूवा रोपेका हुन्।, बारका अध्यक्ष चण्ड...
रामकुमार पराजुली आजकाल बेतालमा आउने हुरीबतास र पानीले चन्द्रमाया प्रधानको मुटु झस्काइरहन्छ।, जस्तापाताले घेरेको र जस्तापाताले नै छाएको र त्यसमा पनि त्रिपाल र बोराले टालटुल गरेको टहरो पनि उडाएर भएको बास पो उखेल्ने हो कि ! पानी पर्न थालेपछि भएभरका भाँडाकुँडा टहरोभित्रै थाप्नुपर्ने अर्को पीडा पनि छ उनलाई।, साथमा रहेका अब...
सेतोपाटी संवाददाता दाङमा शर्पदंशबाट एक किशोरीको मृत्यु भएको छ ।, जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर ४ मोतिपुर निवासी १७ वर्षीया प्रमिला यादवको शर्पदंशबाट मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय दाङका अनुसार यादवलाई मंगलबार बिहान ६ बजेतिर घरको आँगनमा शर्पले डसेको थियो।, यादवलाई उपचारको लागि कपिलवस्तु लैजाँदै गर्दा मृ...
गिरीश गिरी नेपाली सिनेमाका कालजयी गीतहरू ,'के सोचेँ मैले, के भयो अहिले', देखि ,'मायाप्रितीको चोखो कथा', र रेडियोका ,'भूल हो तेरो भागी हिँड्नु जीवनदेखि डराएर',, ,'बिर्सूँभन्दा सम्झना पो बल्झेजस्तो छ' वा, ,'पत्थरको मुटु बोकेर मान्छे तिमी बनी नदेऊ' ,- गायक किरण प्रधानलाई सम्झने हो भने अनेकानेक सुमधुर गीत छन्।, तर, लामो स...
खिलानाथ ढकाल 'तडप तडपके इस दिल से आह निकलती रही,, मुझको सजा दी प्यारकी,, ऐसा क्या गुनाह किया,, तो लुट गए, हाँ लुट गए, तो लुट गए, हम तेरी मोहब्बतमेँ ...,', भारतीय टेलिभिजन च्यानल 'जिटिभी' बाट प्रसारण हुँदै आएको 'सारेगमप लिटल च्याम्प्स' को सेमिफाइनलमा आइतबार इटहरी-५ का एघार वर्षीय प्रितम आचार्यले यो गीत गाउँदा भारतीय गा...
सेतोपाटी संवाददाता उनीहरु बोल्न–सुन्न सक्दैनन्।, हातका इसाराले कुरा गर्छन् । त्यही हातले बनाएको गहनाबाट जिविकोपार्जन गर्दैछन्।, उनीहरु हुन् – सम्झना मगर, मीना नेपाल, भिमा बस्याँल र सर्मिला तामाङ।, सानेपास्थित गैरसरकारी संस्था ‘सानो पाईला’मा उनीहरु आबद्ध छन् । यी चार महिलामध्ये सर्मिला भने बोल्न–सुन्न सक्छिन् । सांकेति...
सेतोपाटी संवाददाता सगरमाथा बेस क्याम्पमा भएको फोहोर संकलन गरी काठमाडौं ल्याइएको छ। गत वैशाख १ गते लुक्लाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिकाको नेतृत्वमा संयुक्त रुपमा बेसक्याम्पको फोहोर संकलन कार्य थालिएको थियो।, बेस क्याम्प १, २, ३, ४ हुँदै साउथकोलसम्मको फोहोर संकलन गरी नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको ह...
रासस  , त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको समन्वय र प्रदेश नं ३ सरकार, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको सम्मेलनको आज पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्दै जलवायु परिवर्तन क्षेत्रमा देखिएको विविधताका बारेमा ख...
सेतोपाटी संवाददाता घूसकाण्डबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन पुगेका एक प्रहरी निरीक्षक पक्राउ परेका छन्।, अख्तियारको टंगालस्थित कार्यालयले इलाका प्रहरी कार्यालय गैंडाकोट नवलपुरका प्रहरी निरीक्षक लोबहादुर जिसीलाई मंगलबार पक्राउ गरेको हो।, अख्तियार स्रोतका अनुसार जिसीलाई हिरासत लिएर अनुसन्धान गर्नुपर्ने द...
सेतोपाटी संवाददाता पशुपति क्षेत्र विकास कोषले सम्पत्ति विवरण सार्वजनिक गरेको छ।, कोषमा एक अर्ब २९ करोड नगद, ९ किलोग्राम सुन र तीन सय १६ किलोग्राम चाँदी छ।, कोषको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन समितिले बुधबार पत्रकार सम्मेलन गर्दै कोषमा नगद, सुनचाँदी र जग्गाबारे जानकारी दिएको हो।, कोषका सदस्य सचिव प्रदीप ढकालका...
सेतोपाटी संवाददाता धादिङको नीलकण्ठ नगरपालिका ५ खाल्टेमा करेन्ट लागेर ९ वर्षीया बालिकाको ज्यान गएको छ। मनकामना देवी आधारभुत विद्यालयमा कक्षा ३ मा अध्ययनरत सुस्मिता थापा मगरको बुधवार विहान ११ बजेतिर करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।, धारामा नुहाएर घर फर्किए लगत्तै उफरको तार स्वीच बक्समा जोड्ने क्रममा उनलाई करे...
सेतोपाटी १३औं राष्ट्रिय आशा आर्किटेक्चर प्रदर्शनीको पूर्वसन्ध्या र विश्व वातावरण दिवसको अवसर पारेर पुल्चोक क्याम्पस, आर्किटेक्चर विभागका विद्यार्थीले आज वृक्षारोपण गरेका छन्।, ललितपुरको धापाखेलमा करिव १५० जनाको सहभागितामा गरिएको उक्त कार्यक्रम प्रदर्शनीका को-अर्डिनेटर अशेष कुमार पौडेलको सभापतित्वमा भएको थियो। नेपाली फ...
सेतोपाटी संवाददाता बेलायत बस्दै आएका झापा बाह्रदशी गाउँपालिका ३ का टंकप्रसाद भट्टराईले आफू पढेको स्कुललाई १० थान कम्प्युटर र एउटा प्रोजेक्टर सहयोग गरेका छन्।, झापा गाउँपालिका ५ मा रहेको महेन्द्र आधारभूत विद्यालयलाई उनले कम्प्युटर र प्रोजेक्टर सहयोग गरेका हुन्। कम्प्युटर खरिदका लागि उनले सामाजिक सञ्जालमा अभियान चलाएका ...
सेतोपाटी संवाददाता एक जना चिनियाँ महिलाको हत्यापछि चीनले हुम्लाका स्थानीयलाई चीन प्रवेशमा कडाइ गरेको छ।, हुम्लाबाट तिब्बतको ताक्लाकोट गएका नेपाली कामदारमाथि चिनियाँ प्रहरीले धरपकड गरी फिर्ता पठाइदिएको छ।, हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार जेठ पहिलो साता ताक्लाकोटमा काम गर्न गएका सर्केगाड ग...
सेतोपाटी संवाददाता धादिङका गुन्डा नाइके राधाकृष्ण भण्डारी (राधे)लाई प्रहरीले पक्राउ गरेको छ। बुधबार साँझ धादिङ रोराङ गाउँपालिका ३ काद्राकबाट भण्डारीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। , धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार खुँडा र चक्कु देखाउँदै स्थानीय सर्वसाधारणलाई कुटपिट गरिरहेका बेला उनलाई पक्रा...
सबिना श्रेष्ठ ‘हजुरलाई मैले गाएको कस्तो लागिराछ?’, भारतीय टेलिभिजन च्यानल 'जिटिभी' बाट प्रसारण हुँदै आएको 'सारेगमप लिटल च्याम्प्स' को सेमिफाइनलमा आयुष केसीले मञ्चबाटै आफ्नी आमा रितालाई सोधे।, छोरा आयुषको प्रस्तुति देखेर रिता पहिल्यै भावुक थिइन्। केही सातादेखि बिरामी आयुषले राम्रो गाउन सक्ने हुन् कि होइनन् भन्ने उनलाई ...
सेतोपाटी संवाददाता रुपन्देहीको तिनाउ नदीमा जथाभावी उत्खनन् गरेको भन्दै स्थानीयले टिपर र जेसिबी नियन्त्रणमा लिएका छन्। , सम्झौताविपरीत उत्खनन् भएपछि टिपर र जेसिबी नियन्त्रणमा लिएको स्थानीयले बताएका हुन्।, बुटवल उपमहानगरपालिका वडा नं. १७ का बासिन्दाहरूले जथाभावीरूपमा नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै उत्खनन् रोके।, बिह...
सेतोपाटी संवाददाता अर्थमन्त्री युवराज खतिवडाले एक हजार रुपैयाँ वृद्धभत्ता वृद्धि प्रस्तावको रक्षा गरेका छन्। केही प्रतिपक्षी सांसदहरुले सामाजिक सुरक्षालाई वृद्धभत्तासँग जोडिएकोमा विरोध गरेका थिए भने केही सांसदहरुले ७० बर्षको उमेर सीमालाई ६५ मा ल्याउनुपर्ने तर्क गरेका थिए।, कांग्रेस कोषाध्यक्ष समेत रहेकी सांसद सितादेवी...
रासस काठमाडौँ महानगरपालिका–१० बिजुली बजारमा बिहीबार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।, साइकललाई ठक्कर दिएको बा४१प ५३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल ललितपुर महानगरपालिका–१२ घर भएका ३७ वर्षीय अम्मरराज ताम्राकारको एभरेष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।, साइकल चा...
रासस मुसीकोट नगरपालिका-५ सेरीगाउँमा रहेको युमुना नन्द नमूना माध्यमिक विद्यालयले विद्यार्थीलाई विद्यालयमै प्याड बनाउन सिकाएको छ। विद्यालयले कक्षा ६ देखि १० सम्मका छात्रालाई प्याड बनाउन सिकाएको हो।, विद्यालयका स्यानिटरी प्याड निर्माण फोकल पर्सन सुशीला शर्माले कक्षा ६ देखि १० सम्मका छात्रालाई प्याड बनाउन सिकाएकी थिइन्। प...
सेतोपाटी संवाददाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरण, राष्ट्रिय सहकारी बैंक र सिभिल होम्स कम्पनीविरुद्ध अनुसन्धान थालेको छ। सिभिल होम्स, सुनाकोठीको संशोधित नक्सा पास गर्दा सरकारी जग्गा मिचेको आरोपमा छानबिन थालिएको आयोगका प्रवक्ता प्रदीपकुमार ढकालले सेतोपाटीलाई जानकारी दिए।, निर्माण कम...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन इन्जिनियर प्रदीप कुमार यादवविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।, सहायक इन्जिनियरको पदमा करारमा काम गरिरहेका यादवले इन्जिनियर पदमा बढुवाका लागि नक्कली प्रमाणपत्र पेश गरेको भन्दै अख्तियारले आइतबार उनीविरूद्ध मुद्दा...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका -३ धोबीघाटस्थित नयाँ बाटो रिङरोडमा स्कोरपियो, पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।, एकान्तकुनाबाट बल्खुतर्फ आउँदै गरेको बा १६ च ४७४३ स्कोरपियो गाडीले बल्खुबाट एकान्तकुनातर्फ जाँदै गरेको बा ११ च ८९४९ बोलेरो गाडी, बा १२ च ५७७६ नम्बरको महेन्द्रा पिकअप ...
नारायण खड्का सल्यानको कपुरकोट गाउँपालिका वडा नं. २ गर्पा निवासी ७८ वर्षीया जयमती खत्री आइतबार औधी खुसी थिइन्। भनिन् ‘बाबु, आज मैले फेरि संसार हेर्न पाएँ। म धन्य रहेछु।’ खत्री यसरी खुसी हुनुको कारण आइतबार उनको अप्रेशसन पछि बर्षौंदेखि गुमेको आँखाको दृष्टि फेरि फिर्ता पाउनु हो।, ‘अब म फेरि नातिनतिनालाई ताते ताते हिँडाउन ...
खिलानाथ ढकाल २०३१ सालमा तत्कालीन अञ्चलाधीश शंकरराज पाठक नेतृत्वको समितिले पोखरामा घर तथा भवन बनाउने मापदण्ड तोक्यो। त्यो मापदण्डअनुसार साढे दुईदेखि साढे तीन तलासम्म भवन बनाउन पाइने भयो।, ०५७ सालमा पोखरामा घर बनाउने मापदण्डबारे विभिन्न अध्ययन भए। ती अध्ययनले पनि २०३१ सालकै मापदण्ड उचित रहेको रिपोर्ट दिए।, अघिल्लो स्थान...
सेतोपाटी चैनपुर बजारमा ६०० वर्ष पुरानो इँटा फेला परेको छ । चैनपुर नगरपालिका–६ मा मल्लकालीन समयमा उत्पादन भई प्रयोग भएको इँटा भेटिएको हो । स्थानीय नारायण श्रेष्ठको घरको पिँढीमा प्रयोग भएको इँटा १४ औँ शताब्दीभन्दा अघिको रहेको इतिहासविद् डा रमेश ढुङ्गेलले दाबी गरेका छन् ।, ढुङ्गेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
सबिना श्रेष्ठ पाटनको कुम्भेश्वर महादेवबाट हिरण्यवर्ण महाविहार (गोल्डन टेम्पल) जाँदा झतापोल भन्ने ठाउँ आउँछ। यहाँ सानो चोकमा एउटा स्तम्भ ठडिएको छ। यही स्तम्भका आधारमा यो ठाउँको नाम झतापोल रहन गएको स्थानीय बताउँछन्।, झतापोललाई 'ललित स्तम्भ' पनि भनिन्छ। स्तम्भ उक्लिने भर्या‌ङसँगै जोडेर पर्खाल बनाइएको छ। एकातिर भित्तामा ए...
नारायण खड्का चालकले आवश्यक सावधानी नअपनाउँदा दाङमा भएको बस दुर्घटनामा दस यात्रु घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख (एसपी) बेलबहादुर पाण्डेले जानकारी दिए।, दुर्घटनामा कैलाली टिकापुर निवासी ६५ वर्षीय भागिराम डँगौरा, उनकी ६० वर्षीया पत्नी तेज्या डँगौरा, चुगा नगरपा...
नेहा झा मिथिलामा विवाहिता महिलाले पतिको दिर्घायूको लागि बरको रुखमुनि पूजाआजा गर्दै बर सावित्री अर्थात् बरसाइत पर्व मनाएका छन्।, प्रत्येक वर्षझैं यस वर्ष पनि बरको रुखमुनि पूजाका लागि बिहानैदेखि विवाहित महिलाको भीड लागेको छ। यस पर्वमा महिलाहरूले नयाँ साड़ी, लहठी लगाई श्रृंगार गर्ने चलन छ। यस पर्वलाई नारीत्व रक्षा, सन्तान...
नारायण खड्का विद्यालयमा विद्यार्थीलाई पढाउँदा सजाय दिन पाइँदैन। कुटपिट गर्नु त झन् बालबालिकाको अधिकारविपरित हो। तर रोल्पामा भने एक शिक्षिकाले विद्यार्थीलाई कुटपिटमात्र गरेकी छैनन्, हातै भाँचिदिएकी छन्। एकजनामात्र हो र पाँच जना विद्यार्थीको!, रोल्पामा रुम्टीगढी गाउँपालिका-८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्म...
चेतना गुरागाईं ‘जुन सहरमा तीन हजारको साइकल चढ्ने र तीस लाखको गाडी चढ्ने व्यक्तिलाई एउटै दृष्टिले हेरिन्छ, त्यो नै सच्चा लोकतन्त्र हो।’, कोलम्बियास्थित बोगोटा सहरका मेयर इनरिक पेनालोसाले यो त्यसै भनेका होइनन्।, सन् १९९० दशकतिर तीव्र सहरीकरणले बोगोटाको जनजीवन अस्तव्यस्त थियो, अहिले काठमाडौंजस्तै। वर्षौंदेखि शिथिल सहर पु...
सेतोपाटी संवाददाता धरान उपमहानगरपालिकामा डेंगुको संक्रमणले ७० जना बिरामी परेका छन्।, उपमहानगरभित्रका २० वटै वडाका मानिसहरू लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु ज्वरोबाट प्रभावित छन्।, दिनहुँ बिरामी बढेपछि उपमहानगरले प्रदेश र केन्द्र सरकारसँग सहयोग मागेको छ। डेंगु नियन्त्रण गर्न सहयोग गरिदिन प्रदेश र केन्द्र सरकारलाई पत्र...
सेतोपाटी संवाददाता दाङमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्।, प्रहरीले आइतबार बेलुका गाडीसहित एक दम्पत्ति र चालकलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ निवासी ३२ वर्षीय गुड्डु कवडिया, उनकी पत्नी २४ वर्षीया रुक्सार कवडिया र चालक सुर्खेत जिल्ला वीरेन्द्र...
सेतोपाटी संवाददाता ब्लड क्यान्सरबाट पीडित सिन्धुपाल्चोकको बाह्रविसेकी कमला प्रधानको उपचारको लागि परिवारले सहयोगको लागि अपील गरेका छन्।, बाह्रविसे नगरपालिका वडा नं. ७ का ज्ञानबहादुर प्रधानले छोरीको उपचारको लागि सहयोग मागेका हुन्।, कमलाको उपचारको लागि १७ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने भक्तपुर क्यान्सर अस्पतालले जनाएको...
भगवती पाण्डे चुरे र तराईलाई जोड्दै बुटवलमा चक्रपथ निर्माण  गरिएको छ।, बुटवलका ऐतिहासिक तथा पर्यटकीय क्षेत्र र सबै बस्तीलाई सडक सञ्जालसँग जोड्ने गरी बुटवल उपमहानगरपालिकाले चक्रपथ निर्माण गरेको हो ।, यहाँका १९ वटै वडा र छिमेकका अरु स्थानीय तहसँग समेतलाई सञ्जालमा जोड्ने गरी बाइपाससहितको चक्रपथ निर्माण भइरहेको उपमहानगरपाल...
सेतोपाटी संवाददाता ‘बिहान ब्युँझदा मेरो शरीर रातो भयो,, बिहान ब्युँझिएको घामको शरीर पनि रातै देख्छु,, हरेक महिना मलाई रजस्वला भएजस्तै हरेक बिहान घामलाई पनि रजस्वला हुन्छ हो?, उसो भए भर्खरै रजस्वला भएको घामले सबै जनालाई छोइरहेको छ, मैले किन कसैलाई छुन नहुने?’, कवि नवराज पराजुलीले आइतबार आयोजित ‘रजस्वला उत्सव’ मा वाचन ग...
प्रशन्न पोखरेल प्रदेश नम्बर ३ सरकारले युवा वैज्ञानिक सम्मेलन गर्ने भएको छ।, प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग कीर्तिपुरसँगको सहकार्यमा सार्कस्तरीय जेठ २२ -२३ गते (बुधबार र बिहीबार)  युवा वैज्ञानिक सम्मेलन गर्न लागेको हो।, अन्तर्राष्ट्रिय स...
सेतोपाटी संवाददाता चक्रपथस्थित नयाँ बनेको कलंकी कोटेश्वर सडकखण्डमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरी महाशाखाले सवारी साधनको गति सीमा तोकेको छ।, ट्राफिक प्रहरी महाशाखाका अनुसार कलंकी कोटेश्वर सडकखण्डमा मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा र सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको सीमा तोकिएको हो।, सोमबा...
एजेन्सी भारतीय वायु सेनाको एउटा जहाज सोमबार दिउँसो हराएको छ। पूर्वी भारतको असमको एक सैन्य बेस क्याम्पबाट ८ जना चालक दलका सदस्य र पाँच यात्रु बोकेको उक्त जहाज  सोमबार दिउँसो १ बजेदेखि हराइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।, उक्त जहाज अरूणाञ्चलको मेचुका उपत्यकाका लागि उडेको थियो।, टेक अफ भएको केहीबेरमै जहाज सम्पर्क...
नारायण खड्का विद्यार्थीलाई ‘अनुशासन सिकाउने’ निहुँमा पाँच जना छात्राको हात भाँचिदिएकी रोल्पाको रुम्टीगढी गाउँपालिका ८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले पक्राउ गरेको छ।, सोमबार विद्यालय छुट्टी भएपछि शिक्षिका पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।, घटनाबारे प्रहरीले अनुसन्धा...
सेतोपाटी कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन पक्की पुलको ३५ प्रतिशत काम सम्पन्न भएको छ ।, चार लेनको पुलसँगै ६ लेनको सडक तथा पहुँच मार्गमा स–साना पुलहरु धमाधम निर्माण भइरहेका छन् ।  केही समय मुआब्जा विवादका कारण पहुँच मार्ग निर्माणमा अवरोध भए पनि उक्त विवाद टुङ्गिएसँगै निर्माण कम्पनीले ...
सेतोपाटी मैलुङ–स्याँफ्रुबेँशी सडकखण्डमा सोमबार साँझ भएको टाटासुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तीन जना अझै वेपत्ता छन् भने पाँच गम्भीर घाइते छन् ।, दुर्घटनामा परी मृत्यु हुनेमा आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय नोर्वु तामाङ, ३२ वर्षीया साइली घले र ३५ वर्षीया मिन्दो घले रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
सेतोपाटी संवाददाता सुर्खेतका नागरिक अभियन्ता ज्ञानेन्द्रबहादुर शाहीविरुद्ध प्रहरीले साइबर अपराधमा मुद्दा चलाउने तयारी गरेको छ।, भ्रष्टाचारबिरोधी अभियानमा संलग्न शाहीलाई पत्रकार महासंघले नै जाहेरी दिएपछि उनीविरुद्ध मुद्दा दर्ताको प्रक्रिया थालिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।, शाहीविरुद्ध लागेको मुद्दा शुक्रबार का...
चेतना गुरागाईं शिशाको टिलिक्क ढोका। मार्बलको टलक्क भुइँ। सेतो चमक्क भित्ता।, हप्हप्ती गर्मी शान्त पार्ने शितल हावा। फराक कोठा, कोठाका कुना-कुनामा माटोका गमला, गमलामा हरिया बोट।, मान्छेहरू काउन्टरमा झुम्मिएर ठेलमठेल गर्दै छैनन्। बरू टोकन लिएर कुर्सीमा बसेका छन्, भित्तामा राखिएको टिभी हेर्दै, आफ्नो पालो कुर्दै।, यो दृश्...
भगवती पाण्डे शुक्रबार साँझ काठमाडौंबाट भैरहवाको लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काएर अवतरण गराइएको छ। , काठमाडौंबाट साँझ ५ः४५ बजे उडेको ७२ सिटको एटिआर जहाज गौतमबुद्ध विमानस्थल भैरहवामा अवतरण गर्नै लाग्दा समस्या देखिएपछि काठमाडौंमै फर्काइएको विमानस्थल स्रोतले जनाएको छ। , भैरहवा अवतरण...
सेतोपाटी संवाददाता सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ गुमीमा बस्दै आएको राउटे समुदाय बसाइँ सरेको छ। मौसम परिवर्तनअनुसार आफ्नो बासस्थान फेर्ने राउटे समुदाय यसपटक सुर्खेत र दैलेखको सिमानामा पर्ने गुराँस गाउँपालिका–५ निगालपानीमा बसाइँ सरेको हो।, ,यसअघि दैलेखका विभिन्न ठाउँमा स्थान परिवर्तन गर्दै बस्दै आएका राउटे अघिल्लो वर...
विनोद सापकोटा दिया अधिकारी दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माविमा कक्षा ९ मा अध्ययरत् छिन्। गत हप्ता बिहीबार साथीहरूसँग पहिलो पटक उनी प्रहरी कार्यलयमा पुगिन्।, प्रहरीले कार्यालयमा कस्तो काम गर्दोरहेछ, प्रहरीले सर्वसाधरणसँग कस्तो व्यवहार गर्छ? उनलाई थाहा थिएन।, प्रहरी देख्दा र सुन्दा उनको मनमा डर पैदा हुन्थ्यो। प्रहरीक...
सेतोपाटी दुई साताअघि पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको शिक्षा तथा पालनपोषणका लागि एक नम्बर प्रदेश सरकारले जिम्मा लिएको छ।, दमकको लाइफलाइन अस्पतालमा उपचाररत बालिकाको शिक्षा तथा पालनपोषण गर्नका लागि शुक्रबार गाउँपालिकाका अध्यक्ष अमर माखिमको उपस्थितिम...
अनुषा अधिकारी महिनावारीका कुराः, अभिनेत्री ऋचा शर्मा पहिलोपटक महिनावारी हुँदा ११ वर्षकी थिइन्।, पहिलोपटक महिनावारी भएपछि समुदायअनुसार पाँचदेखि तेह्र दिनसम्म अँध्यारो कोठामा लुकाएर राख्ने चलन हाम्रो समाजमा छ।, काठमाडौं सहरको शिक्षित परिवारमा जन्मेकी ऋचा पनि यो चलनबाट अलग्गिन सकिनन्।, बीस वर्षअघि घरको अँध्यारो कोठामा नि...
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही अपरान्ह पछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   , पूर्वमा बनेको न्यून चापीय रेखा र प्रि–मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले...
रासस तीन नं प्रदेश सरकारले उपत्यकाका तीन जिल्ला र ३० वटा प्रदेश निर्वाचन क्षेत्र जोड्ने गरी काठमाडौं उपत्यका चक्रपथ निर्माणलाई प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढाएको छ।, उपत्यका काठ चक्रपथ’को लम्बाइ १३५ किमि हुने प्रारम्भिक अध्ययनले देखाएको छ।, यसैगरी केन्द्र सरकारले तीन जिल्ला जोडिने गरी ७२ किमि लामो बाहिरी चक्रपथ न...
खिलानाथ ढकाल सरूवामा असन्तुष्टि जनाउँदै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धीरु बस्नेत बिदामा बसेका छन्। मन्त्रिपरिषद बैठकले राष्ट्रिय सुरक्षा परिषदमा काज खटाएपछि बस्नेत मंगलबारदेखि पन्ध्र दिन लामो बिदामा बसेका हुन्।, परिषद स्रोतका अनुसार बस्नेत मंगलबार परिषद हाजिर भएलगत्तै बिदामा बसेका हुन्।, मन्त्रिपरिषदको गत वैशाख...
एजेन्सी संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा सरकारी भवनमा अन्धाधुन्ध गोली चलाइएको छ।, गोलीकाण्डमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार गोली चलाउने भर्जिनियाबीच सिटीका कर्मचारी हुन् र उनले सरकारी भवनमा 'अन्धाधुन्ध' गोली चलाएका थिए।, गोलीकाण्डको जवाफी कारबाह...
नेहा झा धनुषाको हंशपुर नगरपालिकाका प्रमुख र उपप्रमुखलाई छुवाछूत मान्ने गरेको आरोप लागेको छ।, नगरपालिकाकै कर्मचारी वडा नम्बर ३ की ५५ वर्षीया कुनादेवी डुमले आफूले छोएको पानी प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेनु झाले नपिएको भन्दै जनप्रतिनिधिले नै छुवाछूत मान्ने गरेको आरोप लगाएकी हुन्।, ‘मेयर, उपमेयरले मैले छोएको पानी पि...
सेतोपाटी संवाददाता राजधानी काठमाडौंको असनचोकमा रहेको पुरातात्त्विक र ऐतिहासिक महत्त्वको घडीघर बचाउन हस्ताक्षर संकलन अभियान चलाइएको छ।, गुठी संस्थानले पुरातात्त्विक र ऐतिहासिक महत्त्वको असनकोठी अर्थात् घडीघर भत्काई अत्याधुनिक व्यवसायिक भवन निर्माणका लागि सहकारी संस्थालाई दिने सम्झौता गरेपछि स्थानीय त्यसको विरोधमा उत्रि...
सेतोपाटी संवाददाता आफ्नै साथीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा खोटाङ घर भएका ३६ वर्षीय धिरज भन्ने मोतीधन राई रहेका छन्। उनलाई शुक्रबार अपरान्ह पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रविन कार्कीले बताए।, उनले गत भदौ २ गते आफ्नै साथी छत्र बहादुर कुलुङ राईको हत्या गरेका थिए।, दुवै...
सेतोपाटी चितवन राष्ट्रिय निकुञ्जले शनिबार दिउँसो नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ ।, निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै शुक्रबार साँझ नेपाली सेनाका पियूठलाई आक्रमण गरेको अन्दाजी नौ वर्षको पोथी बाघलाई नियन्त्रणमा लिइएको हो ।, निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार सो बाघलाई नियन्त्रणमा लिई  घडीयाल प्...
सेतोपाटी सप्तरीको बोदेबरसाइन नगरपालिका–३ स्थित गौराटोलमा शनिबार राति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन्।, राशिन्द्र यादवको घरमा विद्युत् चुहिएर भएको आगलागीमा यादवको एक घरसहित काशिन्द्र यादव, जयनारायण यादव, जागेश्वर यादव र ध्रुवकुमार यादवको एक–एक घर पूर्णरूपमा जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ ।, आगलागीमा पर...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा शनिबार अपरान्ह हावाहुरीसहित बर्षा भएको छ।, जल तथा मौसम पूर्वानुमान विभागले काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरुमा हावाहुरी र बर्षा भएको जनाएको छ।, देशका मध्य भागमा मेघ गर्जन, हावाहुरी र बर्षा भएको विभागले जनाएको छ।, मध्यजेठमै  किन आरी घोप्ट्याएजस्तो पानी परिरहेको छ त? कि मनसुन स...
सेतोपाटी जयतु संस्कृतम्का अध्यक्ष डा बद्री पोखरेलले संस्कृतले मातृ देवो भवः, पितृ देवो भवः, आचार्य देवो भवःका साथै गुरु देवो भवःको शब्द उच्चारण गरी यसले हरेक मानिसमा शुद्धता र स्पष्टताको ज्ञान पैदा गराउने बताएका छन्।, शनिबार जीयर शैक्षिक संस्था नेपाल र नेपाल विकास तरङ्गिणीले संयुक्त रूपमा आयोजना गरेको ‘आधुनिक विषयका स...
सेतोपाटी संवाददाता काठमाडौंमा मोटरसाइकल चोरीको संख्या दिनदिनै वृद्धि हुँदै गइरहेको छ।, अन्य सवारी साधनको तुलनामा मोटरसाइकल/स्कुटर अत्यधिक विक्री हुने र धेरै हराउने सवारी साधनको रूपमा चिनिन थालेको छ।, राजधानीमामात्रै दैनिक एकदेखि दुइटा मोटरसाइकल हराइरहेको घटना प्रहरी र ट्राफिक समक्ष निवेदन दर्ता भइरहेको हुन्छ।, सार्वजन...
सेतोपाटी संवाददाता सामाजिक सञ्जालमार्फत् कर्णाली प्रदेशका पत्रकारहरूलाई अपशब्द बोल्ने ज्ञानेन्द्र शाहीलाई कारबाही गर्न माग गरिएको छ।, फेसबुकमा भिडिओ अन्तर्वार्ता दिएका उनले कर्णालीका पत्रकारिता र पत्रकारका बारेमा अपशब्द बोल्दै गालीगलौज गरेका थिए।, विद्युतीय कारोबार ऐन र भ्रष्टाचारविरोधी अभियानसँग जोडेर बुद्धिजीवी, प्र...
सेतोपाटी रोल्पामा भारी वर्षाका कारण गएको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ। पहिरोले लुग्री गाउँपालिकाको कार्यालयमा समेत क्षति पुर्‍याएको छ।, शनिबार दिउँसो ४ बजेदेखि करीब आधा घण्टा परेको पानीले गाउँपालिका कार्यालयको माथिबाट आएको पहिरोले पुर्दा कार्यालयसँगै रहेको घरमा बाहिर कुलेसो काट्दै गरेकी गौमाला माझीको मुत्यु ...
सेतोपाटी नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ। शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी रूपमा सञ्चालन भएको हो ।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो। अहिले पहिरो पन्छाउने काम भइरहेको र अझै दुई/तीन घण्टा लाग्...
सेतोपाटी संवाददाता मासिक एक सय रुपैयाँ लिएर अंग्रेजी माध्यममा पढाउँदै आएको समता स्कुलले आफ्नो शाखा म्यानमारको व्यापारिक सहर यांगुनमा पनि विस्तार गरेको छ।, म्यानमारका लागि नेपाली राजदूत भीम उदास, समता स्कुलका संरक्षक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायतले शनिबार यांगुनको डालामा समता विद्यालयको उद्घाटन गरे। ...
सेतोपाटी संवाददाता उदयपुरको चौदण्डीगढी नगरपालिका-६ पुष्पलाल चोकमा शनिवार घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ ।, बिहान सवा ८ बजे छतमा लुगा सुकाउने क्रममा ३ तले घरबाट लडेर ३६ वर्षीया अनिता भन्ने रेमनीदेवी साह घाइते भएकी थिइन्।, गम्भीर घाइते भएकी साहलाई उपचारको लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार हुँदै थप ...
सेतोपाटी संवाददाता पाँचथरको फिदिम नगरपालिका-१० चिलिङदिन हेवा खोलामा करेण्ट लगाइ माछा मार्ने क्रममा करेण्ट लागेर शनिबार एक जनाको मृत्यु भएको छ।, अपरान्ह ५ बजेको समयमा ४ जनाको समूहमा हेवा खोलामा जेनेरेटर फिट गरेर माछा मार्न खोलाभित्र पसेका हिलिहाङ गाउँपालिका-७ टारी बस्ने  २८ वर्षीय मदन भन्ने बल बहादुर राईको मृत्यु भएको ...
सेतोपाटी संवाददाता खोटाङको साकेला गाउँपालिका-५ साप्सु खोलामा शनिबार पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा दिक्तेल-रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले बस्ने १९ वर्षीय एलिस बस्नेत र १९ वर्षीय विक्रम भट्टराई रहेका छन्।, बिहान ११ बजेको समयमा सिटिइभिटी क्याम्पस खोटाङबाट साप्सुखोला हाइड्रोपावर अनुगमन तथ...
सेतोपाटी संवाददाता मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ।, बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि साँझपख वर्षा हुँदै आएको र त्यो केही दिन अझै कायम रहने मौसम पूर्वानुमान महाश...
प्रशन्न पोखरेल लोक सेवा आयोगले गत बुधबार ९ हजारभन्दा बढी कर्मचारीका लागि खुलाएको विज्ञापन विवादमा परेको छ।, संविधानको मर्म र भावनाविपरीत लोक सेवाले विज्ञापन खुलाएको भन्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रभु साहले विज्ञापन सच्याउन माग गरेका छन्।, संघीय म...
नारायण खड्का दाङको गढवामा एक बालिकामाथि अपरहणपछि बलात्कार भएको छ। गढवा गाउँपालिका वडा नं. ६ नी १५ वर्षीयामाथि चैत २६ गते अपहरणपछि बलात्कार भएको प्रहरीले बताएको छ।, गढवा ६ का ३२ वर्षीय कृपाराम यादवले विभिन्न प्रलोभन देखाउँदै लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।, ‘प्रलोभनमा पारी अपहरण शैलीमा...
सेतोपाटी संवाददाता उपत्यकाको सवारी चापलाई व्यवस्थित बनाउन ओभर अन्डरपास र सुरुङ मार्गको सम्भाव्यता अध्यन गरी काम अगाडि बढाइने भएको छ।, संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले उपत्यकाको विद्यमान सवारी चापलाई व्यवस्थित बनाउन तिनकुने–कोटेश्वर–जडिबुटी सुरुङ मार्ग, नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरे...
सेतोपाटी संवाददाता उपत्यकाका सडकहरुलाई धुलो मुक्त बनाउन उपत्यमा प्रवेश गर्ने नाकाहरुमा स्वचालित प्रविधिबाट सवारी साधन सफा गरीने भएको छ।, संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सडक किनारालाई माटोरहित बनाउनुको साथै उपत्यमा प्रवेश गर्ने नाकाहरु र ठूला निमार्ण स्थलहरुमा स्वचालित प्रविधिबाट सवारी स...
निशा भण्डारी २ सय ३८ वर्ष लामो राजतन्त्र ढलेर देश गणतन्त्रमा गएको आज ११ वर्ष पुग्यो।, २०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा भएपछि राजतन्त्र ढलेको थियो। नारायणहिटी छाडेर तत्कालीन राजा ज्ञानेन्द्र शाह नागार्जुन दरबारमा बस्दै आएका छन्। नारायणहिटी दरबारलाई भने संग्रहालय बनाएर सर्वसाधारण जनताका लागि खुला गरिएको छ।, संग्राहलयभ...
सेतोपाटी संवाददाता उपत्यकाभित्र सडक निर्माण गर्दा अनिवार्य फुटपाथ निर्माण गर्नुे व्यवस्था मिलाइने भएको छ।, संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले काठमाडौं उपत्यकाभित्र सडक निर्माण गर्दा अनिवार्य फुटपाथ निर्माण गर्नुेपर्ने व्यवस्था मिलाइने बताएका हुन्।, सडक निर्माण गर्दा अनिवार्य फुटपाथ
सेतोपाटी संवाददाता राजधानीको थापाथलीमा बुधबार साँझ रूख ढल्दा केहीबेर सडक अवरूद्ध भएको छ।, साँझपख हावाहुरीसँगै आएको असिना पानीले थापाथली चोकमा रूख ढलेको थियो।, प्रहरीले रूख पन्छाएर दुबैतर्फको बाटो खुला गराएको छ। रूख ढलेर केहीबेर बाटो अबरूद्ध भए पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ।, थापाथलीमा रूख ढलेपछि अवरूद्ध बाटो...
सेतोपाटी संवाददाता मध्यजेठमा असिना पानी परेपछि काठमाडौं उपत्याकाका धेरै ठाउँ बाढी र डुबानमा परेका छन्।, सडकमा ढल फुट्न, बाढी आउन र पानी थालेपछि सर्वसाधारणलाई हिँडडुल गर्न सकस भएको छ।, काठमाडौंलाई भक्तपुरसँग जोड्ने तीनकुने क्षेत्रमा ठूलो ढल फुटेको छ। ढल फुट्ने र आकाशको पानी पनिसँगै परेपछि तीनकुने क्षेत्रका सडक डूबानमा ...
नेहा झा धनुषाको मिथिला नगरपालिका ६ का सत्रुधन साहका अढाई वर्षीय छोरा आर्यन भनिने समिर साहलाई बलिको नाउँमा हत्या गर्ने झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २३ गते हराएका  आर्यनको शव वैशाख २४ गते बिहान स्थानीय कृष्णानन्दन महतोको बारीमा फेला परेको थियो।, जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी ...
भगवती पाण्डे रुपन्देहीको तिलोत्तमास्थित पुरानो पब्लिक क्याम्पस राममणि बहुमुखी क्याम्पसले विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रयायन (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ।, विश्व विद्यालय अनुदान आयोगले क्याम्पसको पठनपाठनको स्तर, प्राध्यापकहरूको शैक्षिक योग्यता, सरोकारवालाहरूसँगको सम्बन्ध, संस्थागत सुशासन, ...
सेतोपाटी संवाददाता पृथ्वीराजमार्ग अन्तर्गत चितवनस्थित मुग्लिन सडक आजदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ।, मुग्लिनमा निर्माणाधीन नयाँ आर्क पुलको दुवैतर्फको सडकका माटो कटिङ र कालोपत्रेलगायत काम गर्नका लागि सडक बन्द गरिएको हो।, सडक विभागको पुल योजनामध्ये क्षेत्र सेक्टर नम्बर २ चाकुपाट ललितपुरले निकालेको सूचनाअनुसार आजदेख...
सेतोपाटी संवाददाता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने कार्यमा संलग्न पार्टीका स्थानीय नेता प्रकाश कँडेलसहित दुई जनालाई निलम्बन गरेको छ।, पार्टीले कँडेललाई पूर्णरूपमा निलम्बन गरेको छ भने सोही घटनामा संलग्न भैरव बस्ताकोटीलाई दुई महिनाका लागि पार्ट...
सेतोपाटी संवाददाता तुलसीपुरमा बुधबार बेलुका भएको सवारी दुर्घटनामा परी एक जना युवाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्।, दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा निवासी २२ वर्षीय भक्तबहादुर पुनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पुनलाई  राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याए लगत्तै चिकि...
रासस जिल्लाको जोरायल गाउँपालिका–३ मा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सो गाउँपालिका–३ सुनिखोला बस्ने वर्ष अन्दाजी ३५/३६ की दुर्गादेवी साहुको आगलागीमा परेर मृत्यु भएको हो।, गाउँ नजिकैको जंगलमा भएको आगो निभाउन गएका बेला उनी आगोमा परी जलेकी हुन्। आगोले जलेपछि उपचार...
सेतोपाटी संवाददाता पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगमी तीन दिनसम्म काठमाडौं उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हिजोदेखि पूर्वी क्षेत्रमा बनेको कमजोर न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको ज...
सेतोपाटी संवाददाता नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना कार्यकर्ताले पार्टी त्यागेको घोषणा गरेका छन्।, एक विज्ञप्ति प्रकाशित गर्दै घोराही निवासी पंचराम नेपाली र दिलबहादुर सार्कीले बिहिबारदेखि पार्टी त्यागेको घोषणा गरेको जानकारी दिएका छन्।, उनीहरू दुवै जनालाई यसअघि प्रहरीले पक्राउ गरेको...
सेतोपाटी संवाददाता सरकारले मुश्लिम धर्मावलम्बीहरूको चाड ईदमा सार्वजनिक बिदा दिने भएको छ।, मन्त्रिपरिषद बैठकले गरेको निर्णय सुनाउँदै बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिदा दिने निर्णय भएको जानकारी दिएका हुन्।, ईदमा बिदा काटेको भन्दै नेपाल मुश्लिम संघले सरकारलाई आन्दोलन गर्ने चेतावनी दिएको ...
सेतोपाटी संवाददाता बुधबार साँझ राजधानीमा अचानक मुसलधारे पानी पर्‍यो। झन्डै तीन घन्टा परेको पानीले केही दिनयता बढेको जेठको हपहपी गर्मीबाट राहत त भयो तर एक्कासी आएको ठूलो पानीले ढल फुट्यो। पानीसँगै चलेको हावाहुरीले थापाथली र लगनखेलमा रूख ढालिदियो। सडकमा ढलको पानी जमेपछि राति अबेरसम्म कोटेश्वर, बानेश्वरलगायत ठाउँमा जाम प...
नेहा झा आब के हमरा दादी कहिके बजतै, हमर आर्यन हमरा छोडिके चलिगेल (अब कसले मलाई हजुरआमा भनेर बोलाउँछ, मेरो आर्यन मलाई छोडेर गइसक्यो।, बिहीबार दिउँसो धनुषाको मिथिला नगरपालिका- ६ मा पुग्दा लालमुनी साह आफ्ना नातिबारे विलाप गरिरहेकी थिइन्।, लालमुनी अहिले पनि अढाई वर्षका नातिले छोडेर गइसके भन्ने पत्याउन तयार छैनन्।, ‘बौवा ह...
प्रशन्न पोखरेल अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिक गर्दै सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई दिवाखाजा खुवाउने घोषणा गरे। , बुधबार अर्थमन्त्री खतिवडाले दिवाखाजाकै लागि पाँच अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गरेका हुन्। अर्थमन्त्रीले दिवाखाजा आमामार्फत् प्रदान गर्ने सरकार...
सेतोपाटी संवाददाता नेदरल्याण्ड्सका अन्वेषक एवम् भाषाविद् जर्ज भ्यान ड्रिमले लामो खोज–अनुसन्धानका आधारमा लेखेको ‘द टेल अफ टी’ किताब एक महिनाअघि काठमाडौंमा सार्वजनिक गरेका थिए।, ,त्योबेला उनले चिया चीनबाट सुरू भएको बताएका थिए। त्यस्तै नेपालमा चियाको इतिहास दार्जिलिङ भन्दा पुरानो रहेको पनि उल्लेख गरेका थिए।, जर्जले भनेका...
भगवती पाण्डे नेपाल भारत सीमा क्षेत्रमा २ सय ८४ वटा सीमा स्तम्भ बनेका छन्। भारतसँग सीमा जोडिएका रुपन्देही र कपिलवस्तु जिल्लाको सीमा क्षेत्रमा गरी २ सय ८४ वटा सीमा स्तम्भ बनाइएको हो। जसमध्ये ७ वटा मुख्य, ६८ मध्यम र २ सय ९ सामान्य सीमा स्तम्भ हुन्।, नेपाल-भारत सीमा सर्वेक्षण नं. ३ टोलीले सन् २०१८ को डिसेम्बर १५ देखि २०१९...
एजेन्सी जतिबेला उनले यो धर्ती देखिन्। उनी एउटा ठूलो स्याउको दानाजत्री थिइन्। उनको तौल २ सय ४५ ग्राममात्र थियो।, सामान्य बच्चा आमाको पेटमा झन्डै ४० साता बस्छन्। तर उनी २३ सातामै बाहिर आइन्। भिडिओ एक्सरेमा गर्भमा रहेको बच्चा नबढेको र यसले आमाको स्वास्थ्यलाई असर पार्ने देखिएपछि अपरेशन गरेर उनलाई बाहिर निकालिएको थियो।, गत...
नारायण महर्जन आज मुस्लिम समुदायले मनाउने एक महिने रमदान उल मुबारक अन्तिम शुक्रबार। यो वर्षको रमदानको अन्तिम शुक्रबार भएकाले राजधानीको घन्टाघरमा रहेका मस्जिदहरूमा प्रार्थना गर्न आउने मुस्लिम धर्मालम्वीको भीड लागेको छ। , अरबिक पात्रोअनुसार रमदान नवौं महिनाको अन्तिम दिन आकाशमा चन्द्रमा देखिएपछि महिना दिनको रोजा (व्रत) सक...
सेतोपाटी संवाददाता काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ।, आज शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडौंबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने भएको हो।, करीब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः...
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी विकास समितिले तत्काल पीडित निर्माण व्यवसायीहरुको भुक्तानी गर्न नसकिने जवाफ दिएको छ।, सिएमसी कम्पनीबाट पीडित निर्माण व्यवसायीहरुले आफ्नो डुबेको अरबौंको रकम तत्काल उपलब्ध गराउन सरकारलाई दवाव दिइरहेका बेला मेलम्ची खानेपानी विकास समितिले तत्काल भुक्तानी गर्न नसकिने प्रष्टयाएको हो।, समित...