content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले आज बिहिबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही अपरान्हपछि मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।, पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा स्थानीय वायुको प्रभावले मौसम प्रभावित भइरहेको जल तथा मौसम पूर्वनुमान मह... |
सेतोपाटी संवाददाता जनकपुरधाममा प्रहरी र डाकाबीच मुठभेड हुँदा एक जना घाइते भएका छन्।, डकैती गर्ने उद्धेश्यले आएकाहरूलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। पक्राउ परेका डाँका भारत बिहारस्थित समस्तीपुरको रहेको बताइएको छ।, जनकपुरधाम–८ स्थित विहारकुन्डमा डकैती गर्ने उद्धेश्यले आएका उनीहरूमध्ये एक जना प्रहरीको गोली ला... |
चेतना गुरागाईं महानगरीय ट्राफिक महाशाखा प्रमुख वसन्त पन्तले आइतबार पत्रकार सम्मेलनमा भने, 'अब दुईपाङ्ग्रे सवारी चालक र पछाडि बस्ने दुवैले गुणस्तर तथा नापतौल विभागबाट प्रमाणित हेल्मेट लगाउनुपर्ने कानुन आउँदैछ।', उनका अनुसार यातायात ऐनको संशोधित मस्यौदामा यस्तो सिफारिस गरिएको हो।, ट्राफिक प्रमुख पन्तले भनेको गुणस्तर तथा... |
सेतोपाटी नेपाल प्रहरीले चालू आर्थिक वर्षमा अवैध हातहतियारसहित २४२ जनालाई पक्राउ गरेको छ ।, प्रहरीले देशभरबाट अवैधरूपमा हातहतियार लिएर हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २३६ पुरुष र छ महिला रहेका छन् । यो सङ्ख्यामा १७ विदेशी नागरिक रहेका छन् ।, प्रहरी प्रधान कार्यालयका अनुसार एलएमजी राइफल एक था... |
अनुषा अधिकारी जुजुधौ र भक्तपुर, सँगैसँगै आउने नाम।, 'जुजु' अर्थात् राजा, 'धौ' भनेको दही।, भक्तपुरको दही सबभन्दा मीठो मानिने भएकाले दहीको राजा भनिएको संस्कृतिविद् ओम धौभडेल बताउँछन्।, उनका अनुसार भक्तपुरको मौसम नै दहीका लागि उपयुक्त छ। अरू ठाउँको तुलनामा यहाँ दही राम्रोसँग जम्छ। दहीको भाँडा उल्टो पार्दा पनि नपोखिने गरी... |
सेतोपाटी संवाददाता संसदीय पत्रकारहरूको अन्तरप्रदेश सम्मेलन ६ बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सकिएको छ।, संसदीय मामिला पत्रकार समाज प्रदेश ५ ले आयोजना गरेको संसदीय पत्रकार अन्तरप्रदेश सम्मेलनले संसदीय मामिला पत्रकारहरूले सञ्चारसम्बन्धी ऐन, कानुन निर्माण तथा संशोधन एवं कार्यान्वयनका सन्दर्भमा सरोकारवाला निकायसँगको ग... |
नेहा झा जनकपुरधाम ८ स्थित विहारकुण्डमा डकैत गर्न पुगेकाहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।, बुधबार राति विहारकुण्डमा रहेको जानकी विहारका महन्थ नारायण शरणसँग रहेको नगद तथा मन्दिरको गरगहना लुट्ने उद्धेश्यका साथ आएका ८ जना डाकाहरूलाई धनुषा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो। , जानकी विहारका महन्थ नारायण ... |
सेतोपाटी संवाददाता सरकारले मेलम्ची खानेपानी आयोजनाको कामलाई तीव्रताका साथ अघि बढाउने बताएको छ।, मन्त्रिपरिषद बैठकले आयोजनाका बाँकी कामलाई भिन्नभिन्न टेण्डर आह्वान गरेर बेग्लाबेग्लै ठेकेदारमार्फत् काम अघि बढाउने बाटो खोलेको छ।, सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद बैठकले गरेका निर्णय सुनाउँदै म... |
सेतोपाटी संवाददाता सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ। , दुर्घटनामा परी मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ निवासी २४ वर्षीया पूजा परियारको मृत्यु भएको हो।, दाङ घोराही उपमहानगरपालिका वडा नं. १६ राउतगाउँ चोकस्थित घोराहीबाट तुलसीपरतर्फ जाँदै गरेको लु ४७ प १५४७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबा... |
सेतोपाटी संवाददाता दुई जना झाँक्रीको हत्या गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका २६ जनालाई धादिङ जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा कारागार सजाय सुनाएको छ।, धादिङ जिल्लाको उत्तरी भेगको गंगाजमुना गाउँपालिका वडा नम्बर २ लतावका दुई जना झाँक्रीको हत्या गरेको अभियोगमा थुनामा रहेका २६ जना कारागार चलान भएका छन्। जिल्ल... |
सेतोपाटी मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा संलग्न भएको अभियोगमा जिल्ला अदालत धुलिखेलले पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।, जिल्ला न्यायाधीश दुर्गा खड्काको एकल इजलासले सरिताका श्रीमान् सुदीप, ससुरा पीताम्बर, सासू गङ्गा, जेठाजु केशव र जेठानी सङ्गीतालाई हत्यामा संलग... |
सेतोपाटी संवाददाता कोटेश्वर-कलंकी सडकखण्डस्थित ग्वार्को आकाशेपुलबाट हाम फालेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।, बिहीबार विहान ६:१० बजे पुलबाट हाम फालेका ताप्लेजुङ हाङपाङका ६० वर्षीय कीर्तिमान राईको बिएण्डबी अस्पतालमा उपचारको क्रममा: मृत्यु भएको सातदोबाटो प्रहरीले जनाएको छ। पुलबाट सडकमा हाम फाले पनि वि... |
सेतोपाटी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राजधानीको सुरक्षा व्यवस्थालाई नमूना बनाउनुपर्ने बताएका छन्।, महानगरीय प्रहरी परिसर मातहतका कनिष्ठ प्रहरी अधिकृत तथा जवानलाई सम्बोधन गर्दै उनले हरेक प्रहरी कर्मचारीले आफूले गरेको कामप्रति राष्ट्र, समाज, परिवार र आफैँले गर्व महसुस गर्नसक्ने गरी काम गर्नुपर्ने बताए।, महानिरीक... |
सेतोपाटी बाँकेमा मागे जति दाइजो नदिएको निहुँमा जानकी गाउँपालिका–३, इन्द्रपुरकी २१ वर्षीया नीरा कुर्मीको हत्या भएको बताइएको छ । गत वर्षको वैशाखमा डुडुवा गाउँपालिका–३, वनकट्टीका २२ वर्षीय राममनोहर कुर्मीसँग विवाह भएको नीराको माइती पक्षले हत्या भएको दाबी गरेको छ ।, नेपालगञ्जमा आज माइती पक्षले पत्रकार सम्मेलन गरी विवाहपछ... |
सेतोपाटी संवाददाता अपराध महाशाखाले छोरा अपहरण गरेर गोली हानी मारिदिने धम्की दिदैं रकम असुल्न खोज्ने एक प्रेम जोडीलाई पक्राउ गरेको छ।, महाशाखाले यसरी धम्काउने काम गरेको भन्दै कैलाली, टिकापुर नगरपालिका वडा नम्बर ९ घर भई हाल बालकुमारी ललितपुर बस्ने २४ वर्षिय लोकेन्द्र शाही र उनकी २० वर्षिय प्रेमिका रूबी ठाकुरलाई बिहिबार ... |
विवेक राई नेपालले पहिलोपटक सगरमाथाको उचाइ नाप्न नापी विभागका दुई जना अधिकारीलाई शिखरमा पठायो। उनीहरूले बुधबार बिहान ३ बजे शिखरमा आधा घन्टा बिताए।, हामीले नापी विभागका प्रवक्ता दामोदर ढकालसँग जिज्ञासा राख्यौं, 'सगरमाथाको उचाइ नाप्न चुचुरोमै पुग्नुपर्दो रहेछ?', उनका अनुसार समुद्री सतहबाट सगरमाथा शिखरसम्मको उचाइ नाप्न ने... |
सेतोपाटी संवाददाता सिन्धुलीको मरिण गाउँपालिका–७ बाह्रबिसेमा डुबेर ७ वर्षीय बालक मनिष श्रेष्ठको मृत्यु भएको छ।, मरिणखोलामा पौडी खेल्ने क्रममा खोलामा खनेको खाल्डोमा परी श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ।, मरिणखोलामा कालिका कन्स्ट्रक्सनले नियमविपरीत खाल्डो खनी कच्चा पदार्थ उत्खनन गरी खाल्डा ... |
सेतोपाटी संवाददाता विमानस्थल प्रहरीले लाखौं नक्कली भारतीय नोटसहित युनुस अन्सारीलाई पक्राउ गरेको छ।, कतारबाट आएका २ जना पाकिस्तानी नागरिकलाई लिन गएका उनलाई विशेष ब्युरो र विमानस्थल प्रहरीले पक्राउ गरेको हो। अहिले उनीबाट बरामद रकमको मुचुल्का गरिने काम भइरहेको प्रहरीले जनाएको छ।, ‘उनीबाट लाखौं रकम बरामद भएको छ, हामी गन्... |
सेतोपाटी गुडिरहेको जिपबाट हामफाल्दा बैतडीमा एक जनाको मृत्यु भएको छ ।, मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का ४० वर्षीय राज कोली रहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।, बिहीवार बेलुका गिरेगडाबाट देहीमाडौँतर्फ आइरहेको म१ज ११९ नंको जिपको पछाडि सवार कोलीले पार्सा भन्ने ठाउँमा अर्को गाडीलाई साइडद... |
सेतोपाटी जिल्ला प्रहरी कार्यालय सुर्खेतले २० वर्षपछि बिहीबार सुर्खेतका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ ।, पक्राउ पर्ने अभियुक्त साविकको साटाखानी गाविस–७ र हालको लेकबेँसी नगरपालिका–९ साँझेचौर सुर्खेतका हर्खबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले... |
सेतोपाटी संवाददाता शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पक्राउ परेका युनुस अन्सारीको समूहबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रूपैया बरामद भएको छ।, विमानस्थल प्रहरीका अनुसार कतारबाट आएका तीन जना पाकिस्तानी नागरिक लिन गएका अन्सारीसहित उनको समूहका अन्यलाई विशेष ब्युरोको सहयोगमा शुक्रबार दिउँसो पक्राउ गरिएकको थ... |
सेतोपाटी संवाददाता प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ प्रधान सम्पादक रहेको ‘जनआस्था’ साप्ताहिकले झुठो समाचार छापेको भन्दै प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेको छ।, जनआस्थाले जेठ ८ गते बुधबारको अंकमा ‘विदेशबाट अपराधीको बाढी’ शीर्षकमा प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि विज्ञ अस्गर अली... |
सेतोपाटी संवाददाता कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट विप्लव समूहका पाँच जना कार्यकर्ता पक्राउ परेका छन्।, प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेतबाट २, मुगुबाट २ र जाजरकोटबाट एक जना विप्लव कार्यकर्ता मंगलबार पक्राउ परेका हुन्।, सुर्खेतबाट विप्लव समूहका भेरी ब्यूरो ईञ्चार्ज र सुर्खेत जिल्ला सेक्रेटरी पक्राउ पर... |
सेतोपाटी संवाददाता प्रहरीले गोली हानी भोजपुरबाट विप्लव माओवादीका एक कार्यकर्तालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा षडानन्द नगरपालिका २ का तीर्थ घिमिरे रहेका छन्। प्रहरीले मंगलबार अपरान्ह ट्याम्के मयुङ गाउँपालिका १ को घोत्रेखानी जंगलमा गोली हानी घिमिरेलाई समातेको हो।, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक... |
सेतोपाटी दाङमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले सात ग्राम ४० मिलिग्राम ब्राउनसुगरसहित लमही नगरपालिका–५ निवासी ३० वर्षीय चुर्णसिंह ठकुरीलाई प्रक्राउ गरेको हो।, नेपालगञ्जबाट ब्राउनसुगर लिएर आउँदै गरेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा वडा प्रहरी कार्यालय लमहीको टोलीले सोमबार राति अर्जुनखोला नजिकबा... |
सेतोपाटी मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा पारिवारिक संलग्नता देखिएपछि परिवारका सबै जनालाई जिल्ला अदालत धुलिखेलमा आज कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।, जिल्ला सरकारी वकिलको कार्यालयले श्रीमान् सुदीप, ससुरा पीताम्बर, सासू गङ्गा, जेठाजु केशव र जेठानी सङ्गीताविरुद्ध सरिताको ह... |
सेतोपाटी संवाददाता पूर्वमिस टिन खुश्बु ओलीलाई काठमाडौं जिल्ला अदालतले चेक अनादारसम्बन्धी मुद्दामा कैद र जरिवाना हुने फैसला गरेको छ।, गोपाल बहादुर कटुवालले दायर गरेको मुद्दामा श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद र ३ हजार जरिवाना सुनाएको काठमाडौं जिल्ला अदालतका शाखा अधिकृत टिकासिंह खत्रीले जानकारी दिए।, कटुवा... |
सेतोपाटी सामाजिक सञ्जालको प्रयोग हुने अपराधको नियन्त्रणमा परिवारको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।, महानगरीय प्रहरी वृत्त गौशाला र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा मङ्गलबार आयोजित ‘विद्युतीय अपराधसम्बन्धी सचेतना’ कार्यक्रममा सामाजिक सञ्जालको प्रयोगबाट ठूलाठूला अपराध भएको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने... |
सेतोपाटी संवाददाता पहिलो पटक सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली चुचुरोमा पुगेको छ।, नापी विभागका अधिकारीहरू बुधबार बिहान तीन बजेतिर सगरमाथाको चुचुरोमा पुगेका हुन्।, विभागका प्रवक्ता दामोदर ढकालका अनुसार उनीहरूले आधा घन्टा चुचुरोमा बसेर आवश्यक डाटा संकलन गरेका छन्।, ‘सगरमाथाको उचाइ नाप्न एउटा महत्वपूर्ण काममा सफलता... |
विपुल अधिकारी पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्या भयो। उक्त घटना पाँचथरमा २६ वर्षपछि ठूलो र उस्तै प्रकृतिको हत्याकाण्ड भएको हो। साविक फिदिम–१३ लुङरुपास्थित टिम्बुरेमा एकै परिवारका पाँच जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थियो।, विसं २०५० मा भएको सो घटना ‘टिम्बुरे हत्याकाण्ड’क... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत महाराजगञ्जबाट एक कैदी फरार भएका छन्।, जबरजस्ती करणी आरोपमा पक्राउ परेका १६ वर्षे युवक मेडिकल चेक जाँच गर्न लैजाँदा वीर अस्पतालबाट फरार भएका हुन्।, अनुसन्धानमा रहेका दुईमध्ये एक बुधबार राति साढे १० बजे फरार भएको प्रहरीले जनाएको छ।, ‘हाम्रो खोजी कार्य जारी छ’ प्रहरी परिसरका प्रवक्त... |
रासस महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा विवाह हुनुभन्दा आठ दिन पहिले मंगलबार दुलहाले आत्महत्या गरेका छन्।, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आउँदो जेठ १५ गते विवाह हुन लागेको भङ्गहा नपा–७ बस्ने जयनारायण महराका छोरा २२ वर्षीय सुवोधकुमार महराले ... |
सेतोपाटी संवाददाता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार संसारमा चार मान्छेमध्ये एक जना मानसिक समस्याले ग्रसित छन्। मानसिक रोगबाट ग्रस्त हुँदाहुँदै पनि उनीहरू यसबारे खुलेर बोल्न सक्दैनन्।, पाटनढोकास्थित यलमाया केन्द्रमा 'मानसिक स्वास्थ्य र त्यसको महत्व' विषय केन्द्रित अभियानमूखी कार्यक्रम आयोजना गरियो।, 'मेन्टल व... |
सेतोपाटी संवाददाता गएको फागुन १८ गते राति मृत फेला परेका चन्द्रप्रसाद आचार्यको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ।, कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ बुद्धपथमा होटल सञ्चालन गर्दै आ... |
नेहा झा जनकपुर अञ्चल अस्पालमा बिरामीहरूका लागि आउने बजेट २० वर्षदेखि फ्रिज हुँदै आइरहेको थियो।, तर पछिल्लो वर्षदेखि बिरामीहरूका लागि निःशुल्क भोजन कार्यक्रम सुरू गरिएपछि बिरामीहरू खुसी भए। सुरूमा बिरामीहरूका लागि रहेको निःशुल्क भोजन कार्यक्रम प्रभावकारी रूपमा चले पनि अहिले आएर बिरामीको खानामा समेत भ्रष्टाचार भइरहेको त... |
रासस विद्यालय, अदालत र मिडिया तीनै क्षेत्रमा नेपाली भाषामा एकरूपता ल्याइने भएको छ।, नेपाली भाषाको प्रयोगमा विविधता आएको भन्दै नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित दशौं संस्करण ‘नेपाली बृहत् शब्दकोश’अनुसार सबै क्षेत्रमा भाषामा एकरूपता ल्याउन लागिएको हो।, भाषामा एकरूपता ल्याउने विषयमा प्रतिष्ठानले सबै क्षेत्रमा गोष्ठी त... |
रासस काठमाडौंको जोरपाटीस्थित भीमेश्वर सुनचाँदी पसलबाट अज्ञात समूहले पैसा लुटेर फरार भएका छन्।, आज दिउँसो ग्राहक बनेर आएका चार जनाको समूहले पसलको सटर लगाएर रु ८० हजार लुटेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। चोरीमा कसको संलग्नता रहेको छ? भन्ने विषयमा प्रहरीले सिसिटिभी क्यामेराको फुटेजबाट अनुसन्धान भइरहेको जनाएको ... |
रासस ललितपुर महानगरपालिका वडा नं २१ खोकनाका केबल ३० प्रतिशत जनताले मात्र जग्गाको मुआब्जा लिएका छन्।, सरकारले यस क्षेत्रमा अघि बढाएका ६ योजना द्रुतमार्ग, बाग्मती करिडोर, बाहिरी चक्रपथ, सुख्खा बन्दरगाह, १३२ केभीको विद्युत् प्रसारणलाइन र स्मार्ट सिटी निर्माणको आयोजना सो क्षेत्रमा निर्माण हुँदैछ।, विसं २०७२ को भूकम्पले घ... |
भगवती पाण्डे कपिलवस्तुकी सिर्जना (नाम परिवर्तन) १५ वर्षकी भईन्। ट्रक चलाउने उनका बुवा दशअघि नै बिते, दुर्घटनामा परेर। बाबु गुमाएको तीन वर्षमा सिर्जनालाई आमाले पनि छोडिन्।, आमाले अर्को विवाह गरेपछि सिर्जना फुपुको घरमा बस्न थालिन्। बेलाबेलामा आमा आउँथिन् अलिकति खर्च दिएर जान्थिन्।, सिर्जना बढ्दै गइन्। फुपूको घरमा खान ला... |
सेतोपाटी संवाददाता भारतबाट लागु औषध नेपाल ल्याउने र बेच्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।, लागु औषध नियन्त्रण ब्युरोले काठमाडौं १६ बसर्पाकबाट ५० वर्षकी सावित्री श्रेष्ठलाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले ६ सय ७० एम्पुल डाइजेपाम, बुप्रेनोर्फिन ५६१ र फेनारगन ५६० एम्बुल बरामद गरेको ब्युरोका निमित्त प्रमुख एसए... |
सेतोपाटी संवाददाता कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ६ का चिरञ्जीवी आचार्यको हत्या उनकै साथीहरूले गरेको खुलेको छ। , आचार्यको शव दुई दिनअघि रुपन्देहीको सैनामैनामा रहेको शितलापुर सामुदायिक वनमा भेटिएको थियो। , होटलमा सँगै बसेर मदिरा खाएका बेला मोबाइल हराएको विषयमा भएको सामान्य विवादले २७ वर्षीय आचार्यको ज्यान गएको अन... |
सेतोपाटी संवाददाता गीतानगरका उपेन्द्र पण्डितको मोबाइलमा धादिङका प्रहरी हबल्दारले टेलिफोन गरेर उनको नामको मोटरसाइकल जुधेर मानिसको मृत्यु भएको खबर दिए। पण्डितलाई यो कुरा सुन्ने बित्तिकै छाँगाबाट खसे जस्तो अनुभव भयो।, आफूले चार वर्षअघि रिकण्डिसन हाउसमार्फत् विक्री गरेको मोटरसाइकल अर्को मोटरसाइकलमा ठक्कर खाँदा आफैंले बेच... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले समस्याका चाङ देखाउनेभन्दा विकल्प देखाउने प्रवृति आवश्यक रहेको बताएका छन्।, सहरमा उत्पादन भएको घरेलु फोहोरलाई दीगो रूपमा व्यवस्थापन गरेर जलवायु परिवर्तनमा पुग्ने असर रोक्ने प्रतिवद्धतासहित काठमाडौंमा ‘जलवायु परिवर्तनमा फोहोरमैलाले पारेको प्रभाव’ विषय... |
सेतोपाटी संवाददाता आइतबार बिहान धादिङको गजुरी गाउँपालिका वडा नं ६ बन्छेटारस्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा बस खस्दा हराइरहेका थप एक जनाको शव फेला परेको छ।, दुर्घटना भएको ठाउँबाटै एक जनाको शव फेला परेको हो।, त्रिशूली किनारामा हिलोमा दबिएको अवस्थामा झापा घर भएका कृष्णप्रसाद निरौलाको शव फेला परेको हो।, निरौला समेत ... |
सेतोपाटी संवाददाता सरकारले खुला क्षेत्र घोषणा गरेको ललितपुरको पुलचोकस्थित मदनस्मारक माध्यामिक विद्यालयको चौरमा कुनै पनि भौतिक संरचना नबनाउन सर्वोच्च अदालतले आदेश दिएको छ।, सरकारले खुला क्षेत्र घोषणा गरेको ठाउँमा व्यापारिक कम्प्लेक्स बनाउन लागिएको भन्दै स्थानीय दरबार टोल विकास संस्थाका वामदेव ज्ञवालीले वैशाख ३१ मा रिट ... |
सागरराज तिमिल्सिना एचआइभी संक्रमित पूर्वराष्ट्रिय फुटबल खेलाडी गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका छन्। २५ वर्षदेखि एचआइभीको संक्रमित रहेका श्रेष्ठले बुधबार बिहान सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्।, उनले एचआइभी संक्रमितले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन सगरमाथाको आरोहण गरेका हुन्। उनले सगरमाथाको चुचुरोम... |
सबिना श्रेष्ठ २०७२ सालको भुइँचालोमा स्वयम्भूका धेरै स्मारक भत्किए। स्वयम्भू व्यवस्थापन तथा पुनर्निर्माण महासमिति जिर्णोद्धर गर्न कस्सियो।, करिब २४.७ हेक्टरमा फैलिएको स्वयम्भू क्षेत्र व्यवस्थापन र संरक्षण जिम्मा महासमितिलाई छ। उसैको सक्रियता र संलग्नतामा प्रतापपुर–अनन्तपुर, वायुपुर, शान्तिपुर लगायत सम्पदा पुनर्निर्माण ... |
सेतोपाटी संवाददाता दाङमा प्रहरीले बुधबार स्थानीयको खेतबारीमा रहेको झन्डै २ हजार २ सय गाँजाको बोट नष्ट गरेको छ।, घोराही ५ का वडा अध्यक्ष विष्णुमणि दाहालको अगुवाइमा स्थानीय जनप्रतिनिधि, सर्वसाधारण र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटेको प्रहरी टोलीले ती गाँजाको बोट नष्ट गरेको हो।, गाँजा फडानी गर्न झन्डै ४५ जना प्रहरी र... |
सेतोपाटी संवाददाता वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले काठमाडौंको पेप्सीकोलास्थित मनोहरा खोला किनारमा बुधबार वृक्षारोपणको शुभारम्भ गरेका छन्। बस्नेतले चाँपको बिरुवा रोपेका हुन्। , अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा बस्नेतले जैविक विविधता जोगाउन समेत अपिल गरे। , 'सरकार एक्लैले जैविक विविधता संरक्षण गर्न सक्द... |
सेतोपाटी काठमाडौँ चावहिलबाट अवैध रुपमा हुण्डी कारोबारमा संलग्न तीन जनालाई नगद ३४ लाख ८९ हजारसहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।, पक्राउ पर्नेहरुमा काठमाडौँ हात्तीगौडा बस्ने सोलुखुम्बु दूधकोशी गाउँपालिका–२ का ३६ वर्षीय अर्जुन राई, भक्तपुर सूर्यविनायक बस्ने सुनसरी बराह नगरपालिका–९ का ४० वर्षीय जगत खड्का र कपन बालुवाखा... |
सेतोपाटी प्रहरीले कञ्चनपुरको महाकाली नदी किनारको ऐरी घाटबाट सात ट्याक्टर नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले आज ती ट्याक्टर नियन्त्रणमा लिएको हो ।, प्रहरीले महाकाली नदीमा तटबन्ध गरिएको ५०० मिटर क्षेत्रभित्रबाट अनाधिकृतरुपमा गिट्टी र बालुवासहितको ट्याक्टर नियन्त्रणमा लिएको हो ।... |
भगवती पाण्डे आइतबार बुटवलमा शसस्त्र प्रहरीका जवान सेवाग्राह सँग घुस लिंदै गर्दा रंगेहात पक्राउ परेका छन् ।, रुपन्देहीको शसस्त्र प्रहरीबल नेपाल नं ४१ गुल्म बुटवलमा कार्यरत शसस्त्र प्रहरीका जवान भेषेन्द्र केसी सेवाग्राहीसँग लिएको नगद १० हजार सहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले जनाएको छ ।,... |
सेतोपाटी संवाददाता डकैती घटनामा फरार एक व्यक्तिलाई नियन्त्रणमा लिन काठमाडौंको टोखामा प्रहरीले गोली चलाएको छ।, प्रहरीले गोली हानेर ‘काले’ भनिने विष्णु तामाङलाई सोमबार बिहान नियन्त्रणमा लिएको हो।, महानगरीय अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि जाइलागेपछि घुँडामुनि गोली हानेर नियन्त्रणमा लिइएको एसएसपी ... |
रासस सप्तरीको राजगढ गाउँपालिकाअन्तर्गत मुतनी नदी सिँचाइ योजना बेल्ही चपेनाको निर्माण मर्मत सुधार कार्य नगर्न, नगराउन आइतबार उच्च अदालत राजविराजले अन्तरिम आदेश जारी गरेको छ।, राजगढ गाउँपालिका अध्यक्ष परमानन्द यादव, उपाध्यक्ष पुष्पमाला देवी मण्डल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सप्तरीका डिभिजन प्रमुख रामकुमार ... |
सेतोपाटी भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आन्दोलनरत नर्स र अस्पताल प्रशासनबीच आइतबार राति १० बुँदे सहमति भएको छ ।, सहमतिपछि विगत १० दिनदेखि प्रत्यारोपण केन्द्रमै आमरण अनशनमा बसेकी नर्स दिक्की शेर्पा र बिपी स्मृति अस्पताल बसुन्धरामा अनसनरत् नर्स जिता बरालले अनशन तोडेका छन् ।, प्रत्यारोपण केन्द... |
सेतोपाटी पाल्पाको एक मन्दिरमा मुर्ति हराउने डरले डोकामा बोकेर घर लैजाने र बिहान मन्दिरमा ल्याउने गरिन्छ। , रम्भा गाउँपालिका वडा नम्बर ८ ताँहुमा रहेको रम्भादेवी मन्दिरको मूर्ति प्रत्येक दिन घरमा लगिन्छ । विसं २०३२ मा सुनको जलप लगाइएको रम्भादेवीको मूर्ति मन्दिरबाटै चोरी भएपछि सुरक्षाका लागि पुजारीले मूर्ति बेलुका डोका... |
रासस दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा’, रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कवरले रुँदै भनिन्।, सोही नगरपालिका–२ निवासी हुकुम कवरसँग २०७५ साल असारमा प्रेम विवाह गरेकी कवरले जीवनमा धोक... |
सेतोपाटी संवाददाता काठमाडौंमा आयोजित एक समारोहका बीच डब्लुडब्लुएफ नेपालले आफ्नो २६औँ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न व्यक्ति तथा संस्थाहरुलाई संरक्षणमा उनीहरुको भूमिका तथा योगदानका लागि संरक्षण पुरस्कार तथा स्मारक छात्रवृत्तिबाट सम्मानित गरेको छ ।, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, महोत्तरी र रानीबारी सामुदायिक... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ का ३३ वर्षीय विष्णु तामाङ सोमबार काठमाडौं टोखा हाइटमा देखिएका थिए। उनको खोजीमा निस्केको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीसँग जम्काभेट भएपछि तामाङले हतियार देखाएका थिए। , महाशाखाका अनुसार तामाङले थ्री नट थ्री राइफलको गोली जाने ‘होम मेड’ पेस्तोल देखाए। त्यसपछि प्रह... |
सेतोपाटी संवाददाता वसन्त ऋतुको यस याममा जारी हिमाल आरोहणमा हालसम्म ७५ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। आरोहण सुरू भएको सात दिनको अवधिमा ७५ आरोहीले सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ।, विभागकी निर्देशक मीरा आचार्यले ७० देखि ७५ आरोहीले सगरमाथा चढेको विभिन्न एजेन्सीमार्फत् जानकारी आएको र यस... |
रासस काठमाडौंबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्न खोला गएपछि डुबेर आइतबार मृत्यु भएको छ।, गल्छी गाउँपालिका–४ चिरौँदी खोलास्थित त्रिशूली नदीमा नुहाउन गएका बझाङका २५ वर्षीय मनोज बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए।, काठमाडौंबाट चार जना मोटरसाइकलमा ... |
सेतोपाटी संवाददाता गृहमन्त्री रामबहादुर थापाले अपराधीहरूलाई नियन्त्रण गर्न ठोस सूचना आवश्यक रहेको भन्दै सही सूचना, यथार्थ, प्रमाणको आधारमा सुरक्षा योजना र नीति निर्माण गर्नुपर्ने बताएका छन्। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित ‘प्रथम चरणको रणनीतिक तथा नेतृत्व विकास तालिम’को सोमबार समापन गर्दै गृहमन्त्री थाप... |
सबिना श्रेष्ठ स्वयम्भू, भगवानपाउको प्रवेशद्वार आधुनिक शैलीमा बनेको भन्दै स्थानीयले विरोध गरेपछि काठमाडौं महानगरपालिकाले गत शुक्रबार डोजर चलायो। तर, स्वयम्भू महाचैत्य परिसरमा जंगलसमेत हड्पेर आधुनिक संरचना निर्माण भइरहँदा पनि महानगर मौन छ।, महाचैत्यछेउ पहिलेभन्दा सात गुना बढी क्षेत्रफल ओगट्ने गरी ‘कर्मराज महाविहार’ निर्... |
सेतोपाटी संवाददाता रुपन्देही प्रहरीले बिनाभन्सार भारतबाट नेपाल प्रवेश गरेको कन्टेनरलाई नियन्त्रणमा लिएको छ।, नियमित चेकजाँचका क्रममा रहेको प्रहरी टोलीले कागजात र भन्सार प्रज्ञापन पत्र चेकजाँच गर्दा उक्त कन्टेनर भन्सारबिना नेपाल प्रवेश गरेको पाइएको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्म भण्डारीले बताए ।... |
सेतोपाटी फिदिम नगरपालिका–१४ स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको विद्यालयमा आफ्नो स्वागतका लागि राखिएको कार्यक्रममा मन्तव्य राख्ने क्रममा मृत्यु भएको छ ।, विद्यालयका शिक्षक अशोक तिम्सिनाको बिदाइ तथा नवनियुक्त शिक्षक फागोको स्वागतका लागि आयोजित कार्यक्रममा मन्तव्य राख्ने क्रममा उनको मृत्यु भएको हो । म... |
चेतना गुरागाईं २०६२ सालमा तत्कालीन स्वास्थ्य मन्त्री डा. उपेन्द्र देवकोटाको पहलमा मोटरसाइकल र स्कुटर पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने नियम लागू भयो।, दुर्घटना हुँदा पछाडि बस्नेको टाउकोमा चोट लागेर ज्यान जाने गरेको अनुभवका आधारमा मन्त्री देवकोटाले उक्त नियम सिफारिस गराएका थिए।, यातायात ऐनले २०४९ सालमै व्यवस्था गरे ... |
सेतोपाटी हाडनाता करणीसम्बन्धी मुद्दामा कैद सजाय सुनाइएका बैतडीका एक युवक चार वर्षपछि सोमबार पक्राउ परेका छन् ।, पक्राउ पर्नेमा सिगास गाउँपालिका–१ सिराडीका ३२ वर्षीय वीरभान धामी रहेका छन् ।, उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।, धा... |
सेतोपाटी पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ ।, घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।, धनराजको परिवारका पाँच जनाको हत्या... |
सेतोपाटी संवाददाता पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा सोमबार ज्वाइँ-ससुराको घरका नौ जनाको मनसाययुक्त हत्या भएको छ। , नकाव लगाएर मध्यराति आएको समूहले ज्वाइँ–ससुराको घरमा हत्याकाण्ड मच्चाएको हो। भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमले नकाव लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको बत... |
सेतोपाटी लागुऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात पक्राउ परेका छन् ।, नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश नं ५ नेपालगञ्जको टोलीले उनीहरुलाई नेपाल–भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो । , प्रदेश नं ५ ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार ... |
सेतोपाटी संवाददाता कीर्तिमानी आरोही कामीरिता शेर्पा सात दिनमै दुई पटक सगरमाथाको चुचुरोमा पुगेका छन्।, जेठ १ गते २३ पटक सगरमाथामा चढेर विश्व किर्तिमान बनाएका शेर्पा आज (मंगलबार) फेरि सगरमाथामा चढेर आफ्नै रेकर्ड तोडेका हुन्।, उनी बिहान ६.३० बजे नेपाली मोहोडाबाट चुचुरोमा पुगेको उनको ट्रेकिङ कम्पनी सेभेन समिट ट्रेकले जनाए... |
एजेन्सी लाउडा एयरका संस्थापक निकी लाउडाको निधन भएको छ। ७० वर्षीय लाउडाको सोमबार घरमै निधन भएको उनको पारिवारिक स्रोतले पुष्टी गरेको छ। अष्ट्रियाका लाउडा फरारी कार रेसमा तीन पटक विश्व च्याम्पिएन बनेका थिए।, रेसिङका क्रममा सन् १९७६ मा दुर्घटनामा परेका थिए। दुई सय मिटर प्रतिघन्टाको गतिमा रहेको उनको कार दुर्घटनामा परेको थि... |
सेतोपाटी संवाददाता पाँचथरमा भएको सामूहिक हत्याकाण्ड घटनाको अनुसन्धान गर्नको लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।, घटनाको अनुसन्धान गर्नको लागि एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको ब्यूरोका निर्देशक डिआइजी निरज बहादुर शाहीले जानकारी दिए।, पाँचथरक... |
सेतोपाटी संवाददाता दाङका एक मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।, मेडिकलको उपचारपछि १८ महिने सुशान्त कुमालको मृत्यु भएपछि जिल्लाको राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाँमा मेडिकल सञ्चालन गर्दै आएका चेतराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।, अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं.८ सातमारा निवासी हरिबहादुर ... |
सेतोपाटी जिल्लामा एक फरार प्रतिवादी २८ वर्षपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत रुकुमले विसं २०४८ वैशाख ९ गते नौ वर्ष सात महीना सात दिन कैद सजाय सुनाएका ६० वर्षीय मनवीर कामीलाई प्रहरीले २८ वर्षपछि पक्राउ गरेको हो ।, सानीभेरी गाउँपालिका–४ गरायलाका कामीलाई आठबीसकोट नगरपालिका–१४ घेत्मामा परिचय लुकाइ... |
शोभा शर्मा आठ महिनाअघि महान्यायाधीवक्ता अग्नि खरेलले सरकारी वकिल मोना सिंहलाई आफ्नो च्याम्बरमा बोलाएर सोधे-तपाईं जिल्ला प्रमुख भएर काम गर्न सक्नु हुन्छ?, ‘सक्छु सर,’ उनले एकछिन पनि नसोची उत्तर दिइन्। किनकी सोचविचार गरेरमात्र उत्तर दिनुपर्ने अवस्थामा उनी थिइनन् बरू आफ्नो क्षमता देखाउने मौका कुरिरहेकी थिइन्।, ०६६ सालमा... |
सेतोपाटी आँखामा खुर्सानीको धुलो छर्किएर कुटपिट गरी लुटपाट गर्ने तीन युवालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।, भूमे गाउँपालिका–६ का डम्बर बुढा र उहाँकी श्रीमती सीता घर्तीलाई आँखामा खुर्सानीको धुलो छर्किएर कुटपिट गरी नगद एक लाख रूपैयाँ लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।, पक्राउ पर्नेमा आठबीसकोट नगरपाल... |
सेतोपाटी त्रिशूली ३ बी २२० केभी हब सबस्टेसन निर्माणमा भइरहेको अबरोध हटेको छ। स्थानीयले विभिन्न माग राखी दुई दिनदेखि रहेको अबरोध हटेपछि शुक्रबारबाट निर्माण सुचारु भएको छ।, नुवाकोटको किस्पाङ गाउँपालिका -५ पहिरेबेसीमा निर्माणाधीन सबस्टेसनको काम केही स्थानीयले नियतबस रोकेका थिए। त्रिशूली नदी किनारमा बनिरहेको सबस्टेसनमा रस... |
भगवती पाण्डे फेरि लुम्बिनी विकास गुरुयोजनाको ८२ प्रतिशत काम मात्र पुरा भएको प्रतिवेदन सार्वजनिक भएको छ ।, २५५८ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवसको अवसरमा लुम्बिनी विकास कोषका तत्कालिन उपाध्यक्ष आचार्य कर्मा स्याङबोले सो प्रतिवेदन सार्वजनिक गरेका हुन्।, २०७१ साल बैशाख ३१ गते तत्कालिन प्रधानमन्त्री शुशिल कोईरालाको पालामा... |
भगवती पाण्डे बुद्ध जन्मस्थल लुम्बिनीमा शुक्रबार खीर उत्सव भएको छ । प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको अवसर पारेर खीर उत्सव गरिएको उत्सव संयोजक खिमबहादुर खत्रीले जानकारी दिए ।, शनिबार लुम्बिनीमा २५६३ औं बुद्ध जयन्तीसँगै लुम्बिनी भ्रमण वर्षको उद्घाटन हुँदैछ । भ्रमण वर्षको उद्घाटन गर्न राष्ट्रपति विद्यादे... |
रासस अज्ञात समूहले सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा गए राति प्रेसर कुकर बम विष्फोट गराएको छ।, सो समूहले अध्यक्ष गोइतको घरसँगैको प्रतिक्षालयमा बम विष्फोट गराएको प्रहरी नायब उपरीक्षक भावेश रिमाललले जानकारी दिए। बम विष्फोटनबाट प्रतिक्षालयमा रहेको टेबुल, कुर्सी र फर्निचरको जलेर नष्ट हुनाका साथ... |
भगवती पाण्डे राष्ट्रपति विद्यादेवी भण्डारीले २५६३ औं बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रमको उद्घाटन गरेकी छन्।, केहीबेर अघि सेनाको हेलिकप्टरमार्फत् लुम्बिनीस्थित सम्मेलन हलमा पुगेकी राष्ट्रपति भण्डारीले कार्यक्रममको उद्घाटन गरेकी हुन्।, यसअघि बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी ग्राममा वृक्षा... |
चेतना गुरागाईं एक वर्षदेखि धूलाम्मे र खाल्डाखुल्डीले अस्तव्यस्त कीर्तिपुर, नयाँ बजार सडक बुधबार कालोपत्रे गरियो। अब यो काठमाडौं उपत्यकाकै विशेष सडक बनेको छ।, विशेष हुनुको कारण- यहाँको कालोपत्रेमा अलकत्रा र गिटीबालुवासँगै चाउचाउ, बिस्कुट, पराग, चक्लेट लगायत विभिन्न 'जंकफुड' का प्लास्टिक खोलसमेत मिसिएका छन्।, सहर प्रदूष... |
सेतोपाटी संवाददाता विश्व सम्पदा सूचीकृत स्वयम्भूमा बन्न लागेको आधुनिक प्रवेशद्वार भत्काइएको छ। काठमाडौं महानगरपालिकाले पुरातत्वलाई स्वयम्भूको गरिमा बचाइराख्न र नयाँ संरचना निर्माण स्वीकृत नगर्न पत्राचार गरेपछि शुक्रबार यहाँ डोजर लगाएर पर्खाल भत्काइएको हो।, भगवानपाउस्थित पूर्वी प्रवेशद्वारमा रहेको यो गेट कंक्रिट प्रयोग... |
भगवती पाण्डे प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी ग्राममा वृक्षारोपणसँगै २५६३ औं बुद्धजयन्तीको दिनको शुभारम्भ गरेका छन्।, नयाँ लुम्बिनी ग्राममा आपको बिरुवा रोप्दै प्रधानमन्त्री ओलीले बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष २०७६ को बिहानी कार्यक्रम सुरू गरेका हुन्।, वृक्षारोपणपछि प्रधानमन्त्री ओलीले म्युजियम अगाडि नेपा... |
नारायण खड्का ब्रिटिस आर्मीमा भर्ती हुनुभन्दा पहिला उनको परिवारले चरम गरिबी भोगेको थियो।, उनले निकै संघर्षका साथ एसएलसी उत्तिर्ण गरे। उनको बुवाको सपना थियो छोरा ब्रिटिस आर्मी होस् भन्ने र संघर्ष गर्दै उनले बुवाको सपना पूरा गरिछाडे।, सन् १९९२/९३ तिर बुवाको त्यो सपनालाई पूरा गर्न गोरखा पल्टनमा भर्ती भए।, तर, त्यो सपना बी... |
दिपकजंग शाही आज २५६३ औं बुद्ध जयन्ति। सुर्खेतको लाटीकोईलीस्थित बौद्ध गुम्बामा यहाँका बौद्ध धर्मावालम्बीहरु जम्मा भएर शुक्रबारदेखि नै पूजाआजा गरिरहेका छन्। बौद्ध धर्मका गुरु तुण्डुप रिङ्पोचे लगायतका ९ जना लामाहरु पनि बौद्ध जयन्तीका अवसरमा थालिएको पूजामा सहभागी हुन सुर्खेत आएका छन्।, तर पूजा गर्ने ठाउँमा गौतम बुद्धको मू... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले समाजलाई दुर्गन्धित बनाउने हरेक क्यान्सरलाई जरैदेखि उन्मुलन गर्ने बताएका छन्। , सामुदायिक प्रहरी साझेदारी चन्द्रागिरीपालिका समितिको आयोजनामा सञ्चालित स्थानीय र प्रहरीबीच छलफल तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै काठमाडौं ... |
दिपकजंग शाही चौकीदार र दाइनाइकेको सरूवा गर्नु पर्ने माग गर्दै जिल्ला कारागार सुर्खेतका कैदीबन्दीले कारागारभित्रै आन्दोलन गरेका छन्।, कैदीहरूले मूलगेट भित्रबाट तालाबन्दी गरेका छन्। चौकीदार धिरज पराजुली र दाइनाइकेहरु केशव सारु, नवराज देवकोटा र इन्द्र पुलामीलाई कैदीबन्दीहरूले भित्र पस्न दिएका छैनन्।, चौकीदार र दाइनाइकेले... |
निशा भण्डारी आज वैशाख पूर्णिमा अर्थात् २५६३ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ।, यसै अवसरमा काठमाडौंको बौद्धमा बुद्ध धर्मावलम्बीहरूले विशेष पूजापाठ गरी बुद्ध जयन्ती मनाएका छन्।, नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात् २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो। यसै दिन उनले ... |
सेतोपाटी संवाददाता रोल्पामा नेपाल कम्युनिस्ट पार्टी विप्लवका नेताहरू हातहतियारसहित पक्राउ परेका छन् ।, थवाङ गाँउपालिका वडा नं. २ निवासी ५२ वर्षीय जिल्ला इञ्चार्ज जयबहादुर रोका (प्रताप), लुंग्री गाउँपालिका वडा नं. १ निवासी ४२ वर्षीय लुंग्री र सुनछहरी गाँउपालिकाका इञ्चार्ज धनबहादुर खत्री (टाइगर) र लुंग्री गाउँपालिका वडा... |
सेतोपाटी संवाददाता झापाको काँकड्भिट्टाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परी मृत्यु भएका ५ जनामध्ये ३ जनाको सनाखत भएको उद्धारका लागि घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिएका छन्।, मृत्यु हुनेमा चन्द्रागिरी नगरपालिका काठमाडौंकी ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी र क... |
सेतोपाटी संवाददाता भारतीय दूतावासको सहयोगमा उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित श्री नारद आदर्श शिक्षा क्याम्पसको उद्घाटन भएको छ।, जिल्लाका सांसद तथा पूर्व शहरी विकास मन्त्री डा. नारायण खड्काले उद्घाटन गरेको उक्त क्याम्पस भवन ३ करोड दुई लाख रूपैयाँको लागतमा बनेको हो।, शनिबार भएको उद्घाटन समारोहमा भारतीय राजदूतावासका नि... |
भगवती पाण्डे विशेष तामझामका साथ २५६३ औं बुद्धजयन्ती शनिबार मनाइयो।, विगतका वर्षहरूमा मनाइने बुद्धजयन्ती भन्दा यस पटकको बुद्धजयन्तीसँगै लुम्बिनी भ्रमण वर्ष २०७६ समेत शुभारम्भ हुने भएपछि एक डेढ महिना पहिलेदेखि नै यसको प्रचारप्रसार र तयारी गरिएको थियो ।, विश्वशान्तिका अग्रदूत महामानव गौतमबुद्धको जन्मस्थल भएर पनि विश्वसाम... |
सेतोपाटी संवाददाता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालमा जातीय छुवाछूतको सबभन्दा ठूलो पर्खाल बनेकाले यसलाई भत्काउनुपर्ने बताएका छन्।, सुर्खेतको वीरेन्द्रनगरमा आइतबारदेखि सुरू भएको जातीय भेदभाव तथा छुवाछूतविरूद्धको अधिकारसम्बन्धी प्रादेशिक सम्मेलनमा बोल्दै उनले जातीय छुवाछूतको अन्त्य गर्दै समाजलाई... |
सेतोपाटी संवाददाता सरकारले सदनमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकविरूद्ध नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुने र काउन्सिललाई सरकारले नियन्त्रण गर्न खोजेको विरोधमा महासंघले केन्द्रदेखि जिल्लासम्म आन्दोलन गर्ने कार्यक्रम तय गरेको छ।, पहिलो चरणको आन्दोलन सकिँद... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीको पछिल्लो अध्ययनले हत्या, हिंसा तथा बलात्कारजन्य घटनाको दर उल्लेख्य संख्यामा बढ्दै गएको देखाएको छ।, काठमाडौंमा आइतबार आयोजित समुदाय–प्रहरी साझेदारी विषयक अन्तर्क्रियामा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले सो कुरा बताएका हुन्।, उनले गाँजा चरे... |
रासस सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका– ५ बाङ्गेपसल बस्ने जमुना नेपालीले मजदूरी गरेर जीवन गुजारा चलाउँदै आएकी छन्।, छ जनाको परिवारको लालनपालन र छोराछोरीलाई उचित शिक्षादिक्षा दिन जमुनाका श्रीमान् मटनबहादुर नेपाली तीन वर्षअघि मात्रै वैदेशिक रोजगारीका निम्ति मलेस... |
नारायण खड्का दाङ लमही-कोइलाबास सडकखण्डमा स्थानीयले आइतबार बिहानैदेखि अवरूद्ध पारेका छन्।, मुआब्जा वितरणमा भेदभाव गरेको भन्दै गढुवा गाउँपालिका वडा नं. ५ को बोधीपुर क्षेत्रका स्थानीयले ढुंगा तथा काठका मुढाहरू राखेर सडकखण्ड अवरूद्ध पारेका हुन्।, जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एवं डिएसपी विनोद विक्रम शाहले अव... |
सेतोपाटी संवाददाता महिनामा कम्तीमा एक पटक आफ्नो निर्वाचन क्षेत्र (गोरखा -२) पुगेर स्थानीयका समस्यासँग बुझ्ने गरेका पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले यसपटकको गाउँ यात्रामा ऐँसेलु टिपेर बाल्यकालको स्मरण गरेका छन्।, गोरखा सिरानचोक गाउँपालिका -१ केराबारी जंगलमा उनले ऐँसेलु टिपेर खाएक... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.