content
stringlengths
20
64.1k
रासस लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम २० प्रतिशत मात्रै सकिएको छ।,स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडक निर्माणको काममा प्रगति हुन नसकेको हो।, सर्वोच्च अदालतले सरकारलाई तत्काल विस्तारको काम रोक्न अन्तरिम आदेश दिएपछि काम अघि बढ्न नसकेको काठमाडौँ चक्रपथ सुधार आयोजनाले जनाएको छ।,अदालतको अर्को आदेश...
सेतोपाटी संवाददाता न्यायाधीश सिफारिश गर्ने संवैधानिक निकाय न्यायपरिषद सदस्य र वकिलहरूको छाता संगठन नेपाल बार एशोसिएशनका अध्यक्ष सार्वजनिक ठाउँमा झगडामा उत्रिएका छन्।  , कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले आयोजना गरेको चियापान कार्यक्रममा न्यायपरिषद सदस्य रामप्रसाद सिटौला र नेपाल बार एशोसिएसनकाअध्यक्ष चण्डेश्वर श्रेष्...
काशीराम शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले वैशाख २१ गते साँझ नेपालगञ्ज चारबाहिनीस्थित श्री लयर्स च्याम्बरमा छापा मार्‍यो। सो क्रममा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका टाइपिस्ट सुब्बा कृष्णकुमार पाठकलाई पक्राउ गर्‍यो।, मुद्दामा सहजीकरण गरिदिने भन्दै पाठकले सेवाग्राहीसँग घुस माग...
सेतोपाटी संवाददाता ललितपुर प्रहरीले वृद्धलाई अपहरण गरी फिरौती माग्ने एक युवतीलाई पक्राउ गरेको छ।, प्रहरीका अनुसार सिन्धुली घर भई हाल ढोलाहिटी बस्ने अनिमा भुजेलले शुक्रबार बिहान इमाडोलका कृष्ण चौडेललाई अपहरण गरेकी थिइन्। चिनजानका चौडेललाई भेट्न बोलाएर बिहान ६ तिर भुजेलले अपहरण गरी ढोलाहिटी ल्याएको र छोरीलाई फोन गरेर दु...
सेतोपाटी संवाददाता देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा केही  स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। , केहीदिन लगातार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली भइ मेघ गर्जन, हावाहुरीसहित वर्षाको हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, यस्तो छ तीन दिनको  मौसम पूर्वानुमान, वैशाख २८ गते...
सेतोपाटी संवाददाता काठमाडौंबाट भारतको मुम्बइ जान लागेकी एक भारतीय महिलाको साथबाट विमानस्थल प्रहरीले १ लाख अमेरिकी डलर बरामद गरेको छ।, आज एक बजे नेपाल एयरलाइन्सबाट मुम्बइ जान लागेकी ४४ वर्षकी बन्दना धनश्याम सोनीको साथबाट १ लाख अमेरिकी डलर बरामद गरिएको विमानस्थल प्रहरीका एसएसपी सन्दीप भण्डारीले जानकारी दिए।, लुकाइ छिपाइ...
नारायण महर्जन इस्लाम धर्मालम्बीहरुको धार्मिक महिना रमजान गत आइतबारदेखि सुरू भएको छ। रोजा सुरू भएको पहिलो शुक्रबार आज राजधानीको जामे मस्जिदमा मुस्लिम धर्मालम्बीको विशेष चहलपहल थियो। ,मुस्लिम क्यालेन्डर अनुसार रमजान महिना भर सूर्योदय भएदेखि सूर्यास्त नहुँदासम्म उपवास अर्थात रोजा बस्ने चलन छ। ,वर्षका १२ महिनामा रमजानको म...
सेतोपाटी पाँचखाल नगरपालिकामा उपभोक्तालाई ऋणी बनाएर सुनकोशी पाँचखाल बृहत् खानेपानी परियोजना सञ्चालन गरिने भएको छ ।, पाँचखालका सबै बासिन्दालाई खानेपानी उपलब्ध गराउने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त परियोजनाका लागि नगरसभाले हाल उपभोक्तालाई नगरको अगुवाइमा स्थानीय सहकारीमा ऋणी बनाइने र पछि उपभोक्ताबाट सहकारीमा पैसा अस...
सेतोपाटी संवाददाता गुठी संस्थानले व्यापारिक ‘कम्प्लेक्स’ बनाउने नाममा भत्काउन आँटेको असनको अशोक वृक्ष विहार कम्तीमा पाँच सय पुरानो भएको पुरातत्व विभागले पुष्टि गरेको छ।, पुरातत्व अधिकृत प्रकाश खड्काले स्थलगत अध्ययन गरी उक्त निष्कर्ष निकालेका हुन्।, ‘भुइँतलाका इँटा र गारोको प्रकृति हेर्दा पन्ध्रौं–सोह्रौं शताब्दीमा स्थ...
सेतोपाटी संवाददाता असनको कोथुननीस्थित कम्तीमा पाँच सय वर्ष पुरानो अशोक वृक्ष विहार र मल्लकालीन व्यापार केन्द्र रहेको 'घडीघर' भत्काएर आधुनिक व्यापारिक 'कम्प्लेक्स' बनाउने गुठी संस्थानको निर्णयविरूद्ध शुक्रबार असनमा विरोध प्रदर्शन गरिएको छ।, मल्लकालमा ‘व्यापारिक केन्द्र’ का रूपमा विकास गरिएको यो घरलाई नेपालकै पहिलो ‘डिप...
सेतोपाटी संवाददाता ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले  पक्राउ गरेको छ।, पक्राउ पर्नेमा नुवाकोट  किस्पाङ ४ ठूलो गाउँ बस्ने २५ वर्षीय योगेश तामाङ र सोही स्थान बस्ने ३१ वर्षीय चन्द्र तामाङ रहेका छन्।, २०७५ साल माघ ५ गते नुवाकोट  किस्पाङ ४ ठूलो गाउँमा ३१ वर्षीय दिलिप तामाङलाई ध...
रासस गन्यापधुरा गाउँपालिकामा एक निजी विद्यालय सामुदायिक सरकारी विद्यालयमा समायोजन भएको छ। गन्यापधुरामा एक निजीसहित दुई सामुदायिक गरी तीन विद्यालय एकै विद्यालयमा समायोजन भएका छन् ।, गन्यापधुरामा विसं २०७२ मा स्थापना भएको मर्निङवेल बोर्डिङ स्कुल सामुदायिक विद्यालयमा समायोजन भएको गन्यपाधुरा शिक्षा इकाइले जनाएको छ । सरकार...
प्रकाश ढुंगाना ललितपुरको सातदोबाटो, चापागाँउ, भट्टेडाँडा हुँदै हेटौंडा पुग्ने कान्ति लोकपथ आउँदो दशैंदेखि सञ्चालनमा आउने भएको छ।, त्यो बाटोमा अहिले मोटरसाइकल र साना सवारी साधन फाट्टफुट्ट सञ्चालनमा आए पनि असोजपछि ठूला सवारी चलाउने गरी काम भइरहेको कान्ति लोकपथ सडक योजनाका सूचना अधिकारी अमिन्द्र खड्काले जानकारी दिए। उनका...
निशा भण्डारी नेपालकै सबैभन्दा लामो जात्राका रुपमा चिनिने रातो मच्छिन्द्रनाथको जात्रा आईतबारदेखि राजधानीमा सुरू भएको छ।, ललितपुरको कटुवाल दहमा विशेष पूजा गरी मच्छिन्द्रनाथको मूर्तिलाई चाँदीको कलशमा राखेर पाटनको तबहालमा ल्याइएको छ। मच्छिन्द्रनाथको रथ प्रवेश गराउँदा पुल्चोकमै निर्मित मिननाथको रथले स्वागत गर्ने चलन रहेको ...
दिपकजंग शाही जस्ता पातामा खिया लागेको जीर्ण भवन। कक्षाकोठामा फाट्टफुट्ट विद्यार्थी । विद्यार्थी भर्ना हुने समय चलिरहेकाले अझ पनि विद्यार्थी भर्ना हुन आउँछन् कि भनेर कुरिरहेका तीन जना शिक्षिकाहरू ।, यो सुर्खेतको वीरेन्द्रनगर–७ ईत्राममा रहेको पदमलिला प्राथमिक विद्यालयको दृश्य हो।, २०४१ सालमा विद्यालयको स्थापना भएको हो। ...
सेतोपाटी संवाददाता काठमाडौंका सडकमा छाडा चौपायाले सडकको सवारीमा नै असर पार्ने गरेको छ। घरमै पालिरहेका र छाडा छोडिएका गाईबस्तु बीच सडकबाट हिँड्दा सवारी चालकहरूलाई असजिलो परेको छ।, मुख्य सडक र सहायक सडकहरूमा समेत यस्ता गाईबस्तु भेटिन्छन्। ट्राफिक प्रहरीका अनुसार सडकमा छाडा छोडिएका गाईबस्तुलाई महानगरपालिकाको जिम्मा लगाइन...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले आगामी आर्थिक वर्षमा पुनर्निर्माण तथा पुनर्स्थापनाका काम गर्न १ सय ५६ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ।, बैठकमा प्राधिकरणले पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी पञ्च वर्षीय योजनाको कार्यान्वयनका लागि यसअघि निर्धारित कूल ९ खर्ब ३८ अर्ब बराब...
सेतोपाटी संवाददाता अप्टिमिस्ट नेपालको राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ।, विभिन्न जिल्लाका सदस्यहरू सहभागी सम्मेलन वैशाख २० र २१ गते पोखरामा सम्पन्न भएको हो।, पोखराको लेकसाइडस्थित कुटी रिर्सोट एण्ड स्पामा भएको सम्मेलनमा काठमाडौं, पोखरा, विराटनगर, झापा, हेटौडा, इलाम, पर्वत गरी विस्तारित सातै वटा क्लबका सदस्यहरु,...
रासस म्याग्दीको धौलागिरी गाउँपालिका–५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ परेका छन्।, जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगंगा गाउँपालिका–८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातीय विभेद गर्दै कुटपिट गर्ने स्थानीय बलबहादुर रोका र जीतेन्द्र जुग्जालीलाई प्...
सेतोपाटी संवाददाता महानगरीय अपराध महाशाखा टेकुमा एसएसपी सहकुल थापा र काठमाडौं प्रहरी परिसरमा उत्तम सुवेदीको सरुवा भएको छ।, प्रहरी प्रधान कार्यालयले महाशाखामा थापा र काठमाडौं प्रहरीमा हाल केन्द्रीय प्रवक्ता रहेका सुवेदीलाई ल्याएको हो।, हाल काठमाडौं प्रहरी प्रमुख बसन्त लामा लागु औषध नियन्त्रण ब्युरोमा र धिरज सिंहलाई प्र...
रासस भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका कारण तीन दिनअघि बन्द गरिएको बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको जमुनहा नाका आज साँझ ६ बजेदेखि खुल्ने भएको छ।, तीन दिनअघि वैशाख २१ गते साँझ ६ बजेदेखि नाका बन्द हुँदा नेपालगञ्जको जमुनाहबाट रुपैडिहा हुँदै भारततर्फ जाने सर्वसाधारण, मालबाहक सवारीका साधन अहिले सीमा क्षेत्रमै थ...
एजेन्सी रूसमा आकस्मिक अवतरण गर्न खोज्दा जहाजमा आगो लागेपछि ४१ जनाको मृत्यु भएको छ।, रूसी समयअनुसार आइतबार साँझ ६ बजे सेरेमेतेभो विमानस्थलबाट मुर्मान्स सहरका लागि उडेको जहाजमा टेकअफ भएको केहीबेरमै समस्या देखिएको थियो। इन्जिनमा समस्या देखिएपछि चालकहरूले जहाज आकस्मिक अवतरण गराएका थिए तर धावनमार्गमा पुगेपछि जहाजमा इन्जिनम...
रासस भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका कारण तीन दिनअघि बन्द गरिएको बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको जमुनहा नाका आज साँझ ६ बजेदेखि खुल्ने भएको छ।, तीन दिनअघि वैशाख २१ गते साँझ ६ बजेदेखि नाका बन्द हुँदा नेपालगञ्जको जमुनाहबाट रुपैडिहा हुँदै भारततर्फ जाने सर्वसाधारण, मालबाहक सवारीका साधन अहिले सीमा क्षेत्रमै थ...
एजेन्सी धेरैले सोच्छन्, 'भात खाए भुँडी लाग्छ। सकेसम्म बेलुकी भात नखाऔं।', तर, यो भ्रम मात्र हुन सक्छ।, हालैको एक अन्तर्राष्ट्रिय अध्ययनले भात खानेभन्दा नखानेहरूको भुँडी बढी लागेको देखाएको छ। यो अनुसन्धानमा मुख्य खानाका रूपमा भात र अरू खाद्यपदार्थ खाने संसारभरका १ सय ३० भन्दा बढी देश समेटिएका थिए।, यसअनुसार भातलाई मुख्...
सबिना श्रेष्ठ रातो मच्छिन्द्रनाथ (बुंगद्य) को मूर्तिलाई आइतबार पाटनको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा विराजमान गराइयो।, र, योसँगै सुरू भयो, पाटनको सबभन्दा ठूलो उत्सव रातो मच्छिन्द्रनाथको जात्रा।, काठमाडौंमा यँया पुन्ही, अर्थात् इन्द्रजात्रा र भक्तपुरमा बिस्का: को जति ठूलो महत्व छ, पाटनमा त्यति नै ठूलो उत्स...
सेतोपाटी संवाददाता अवैध ३० तोला सुनसहित नेपाल एयरलाइन्सका १ जना कर्मचारी पक्राउ परेका छन्।, महानगरी प्रहरी परिसर, काठमाडौंले सोमबार पत्रकार सम्मेलन गरी अवैध ३० तोला सुनसहित त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सका मेन्टिनेन्स ह्यांगरमा कार्यरत कर्मचारी रञ्जितकुमार यादवलाई नियन्त्रणमा लिइएको जानकारी गराएक...
रासस काठमाडौं महानगरपालिकाको सडकमा विगत एक महिनादेखि ब्रुमर सञ्चालन हुँदै आएको छ तर सडकको धूलो नियन्त्रणमा आउन सकेको छैन।काठमाडौं उपत्यकामा प्रायः सधैं जस्तो पानी परेकाले ब्रुमरले नियमित रूपमा सडक सफा गर्न नसक्दा जनअपेक्षा अनुसार धूलो कम हुन नसकेको काठमाडौं महानगरपालिका वातावरण विभागले जनाएको छ।, ‘एकातिर पानी परिरहेको...
दिपकजंग शाही त्रिपालमुनिको बास। त्रिपालले बारिएको झुप्रोका बाहिरपट्टि जुठा भाँडा। सँगै भएका पानी राख्ने भाँडा पनि खाली। पानी बोक्न बुलबुलेमा जान तयार भएका परिवारका अधिकांश सदस्य । कोही गाग्री बोक्न डोको खोज्दै छन् त कोही फुटेका भाँडा टाल्न साबुन र चपाइएको चुइगम प्रयोग गर्दैछन्।, यो दृश्य हो सुर्खेतको वीरेन्द्रनगरस्थित...
सेतोपाटी संवाददाता त्रिभुवन विमानस्थलबाट एक जना मलेसियन नागरिक पक्राउ परेका छन् । भिसा दस्तुर तिर्न नक्कली अमेरिकी डलर दिएको आरोपमा ४६ वर्षका रुवेन दास अरुल दास पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ।, उनी सोमबार राती मालिदो एयरको उडान नम्बर ओडि १८४ बाट काठमाडौं ओर्लिएका थिए।, 'उनले भिसा दस्तुर बुझाउने क्रममा एक सय ...
सेतोपाटी संवाददाता चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले निर्माण गरेको आठलेन रिङरोडको सुरक्षा परीक्षण सकिएको छ।, रिङरोडमा भएका प्राविधिक त्रुटि सच्याउन सडक विभागले चिनियाँ निर्माण कम्पनीका प्रतिनिधिसहितको विज्ञ टोलीबाट परीक्षण गराएको हो।, टोलीले त्रुटि सच्याउन तत्कालै गर्न सकिने र दीर्घकालमा गरिने उपाय सिफारिस गरी प्रा...
सेतोपाटी धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ।, मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए। बालकको खोजतलास अबेर रातिसम्म गरिए पनि फेला परेको थिएन। उनै बेपत्ता आर्यनको शव आज मङ्गलबार बिहान फेला परेको इलाका प्रहर...
नारायण खड्का सुख्खा मौसम सुरू भएसँगै दाङमा आगलागीका घटनामा वृद्धि भएको छ।, दुई दिनमा दाङमा चार घरमा आगो लाग्दा लाखौंको धनमाल जलेर नष्ट भएको छ।, आवश्यक सावधानी नपनाउनु र आगोलागी भइसकेपछि आगो निभाउने दमकल समयमै उपलब्ध नहुनु जस्ता कारणले बढी क्षति हुने गरेको छ।, गएराति दाङको टरिगाउँ एयरपोर्ट नजिकैको एउटा काठ मिलमा भएको आ...
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत सोमबार उक्त करिडोर निर्माण गरेको हो। करिडोर निर्माणका क्रममा सडक अतिक्रमण गरेर थापिएका ...
एजेन्सी पृथ्वीका झन्डै १० लाख जीव लोप हुने खतरामा पुगेको वैज्ञानिकहरूले चेतावनी दिएका छन्।, सोमबार सार्वजनिक भएको राष्ट्रसंघीय प्रतिवेदनमा मानव जातिले गरिरहेको आधुनिक सभ्यताको विकासले प्राकृतिक दुनियाँमा पारेको प्रभावल र आर्थिक वृद्धिको मुर्खतापूर्ण खोजीले ती जीवको अस्तित्व खतरामा पुगेको उल्लेख गरिएको छ।, वैज्ञानिकहरू...
सेतोपाटी संवाददाता महोत्तरीमा सरकारी जग्गा अतिक्रमण गर्नेहरुलाई त्यहाँबाट हटाउने अभियान सुरु भएको छ।, जिल्ला सुरक्षा समितिकाे आदेशमा जिल्ला प्रहरी कार्यालयले मटिहानीमा रहेको लक्ष्मी नारायण मठको जग्गा अतिक्रमण गर्नेहरुलाई त्यहाँबाट हटाउन सुरु गरेको छ।, सिडियो उमेशकुमार ढकालले पनि सरकारी जग्गा अतिक्रमण गर्नेहरुमाथि कारब...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले टेलीकम्युनिकेसन कम्पनी एनसेललाई ठूला करदाता कार्यालयले तोकेको कर तत्काल नउठाउने यसअघि दिएको आदेशलाई निरन्तरता दिएको छ।, न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले  अर्को आदेश नभएसम्मका लागि एनसेलबाट कर नउठाउन भनेको छ। यो रिटलाई टुंगो लगाउन जेठ २१ गते पूर्ण इजलासमा पे...
अनुषा अधिकारी असनको साँघुरो गल्ली छिचोल्दै, अग्लो घरको अँध्यारो भर्याङ उक्लिँदै जब हामी चौथो तल्लामा पुग्यौं, त्यहाँ अर्कै संसार र सपना बुनिँदै थियो।, कोठा पनि अँध्यारो र साँघुरै थियो, तर सपना देख्न र सपना बुन्न त उज्यालो किन चाहियो?, तीन-चार जना व्यक्ति अटाउन गाह्रो पर्ने त्यस कोठामा दुई जना महिला भ्याइनभ्याइ झोला बु...
सेतोपाटी संवाददाता पोखरामा हेलिएयर कम्पनीको जाइरोकप्टर मंगलबार अवतरण गर्ने क्रममा दुर्घटना भएको छ।, जाइरोकप्टर चालक फ्रान्सका ४५ वर्षीय एरिक र गैंडाकोट नगरपालिकाका नवलपरासीका यात्रु ३५ वर्षीय अनिश भट्टचन सवार थिए।, दुर्घटनाबाट ठूलो क्षति भने/नभएको पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए।, ‘यात्रुको...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी कार्यान्वयनमा उत्कृष्टता हासिल गरेको छ। , राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७६ को अवसरमा बिहीबार नेपाल प्रहरीले ‘आइसिटी अवार्ड २०१९’ पाएको हो।, कुमारी हलछेऊको रसियन कल्चर सेन्टरमा आयोजित एक कार्यक्रममा बिहीबार यो अवार्ड नेपाल प्रहरीलाई दिइ...
सबिना श्रेष्ठ परम्परागत शैलीमै पोखरी पुनर्निर्माण गर्नुपर्ने बहस चलिरहँदा पाटनको पूर्णचण्डी पोखरी भने सिमेन्ट, डन्डी लगायत सामग्री प्रयोग गरेर धमाधम आधुनिक शैलीमा बनाइँदैछ।, गाबहालमा रहेको यो पोखरी ललितपुर महानगरपालिका, वडा र उपभोक्ता समितिले पुनर्निर्माण गर्न लागेको हो।, पुनर्निर्माणमा संलग्न उपभोक्ता समिति पोखरीको म...
सेतोपाटी संवाददाता नेपाल प्रहरीको रिक्त रहेको एक डिआइजी पदमा एसएसपी विश्वराज पोखरेलको नाम बढुवाका लागि सिफारिस भएको छ। बढुवा सिफारिस समितिले पोखरेललाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको हो।, डिआइजी सुशिल भण्डारीको दुर्घटनामा परेर निधन भएपछि प्रहरीमा एक डिआइजी पद रिक्त थियो।, बढुवा सिफारिस समितिले विरेन्द्र श्रेष्ठलाई...
सेतोपाटी संवाददाता नेपाल प्रहरीमा ‘इन्काउन्टर स्पेशलिस्ट’ मानिने प्रहरी नायब उपरीक्षक कुमोध ढुंगेल निलम्बनमा परेका छन्। हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा कार्यरत डिएसपी ढुंगेललाई निलम्बन गरिएको हो।, प्रहरी प्रधान कार्यालयले बिहीबार डिएसपी ढुंगेललाई निलम्बन गरेको पुष्टि गरेको छ। चोरी तथा डकैतीमा संलग्न व्यक्त...
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले शुक्रबार बिहानदेखि सुरू भएको हावाहुरी र वर्षा शनिबारसम्मै रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ।, केन्द्रीय राजधानी काठमाडौंलगायत देशका मध्य र पूर्वी भागमा अहिले हावाहुरी चलेको छ भने हल्का पानी परिरहेको छ।, महाशाखाका मोसमविद् राजु प्रधानाङ्गले शनिबारसम्मै हावाहुरी र वर्षा ...
एजेन्सी उत्तर कोरियाका शासक किम जोन उनका सौतेनी दाइलाई मारेको अभियोगमा दुई वर्षदेखि मलेसियाको जेलमा रहेकी एक भियतनामी महिलालाई जेलमुक्त गरिएको छ।, डोआन थि होङ नाम गरेकी ३० वर्षीया ती महिलाका वकिलले शुक्रबार उनी जेल मुक्त भएको जानकारी दिएका छन्।, २०१७ मा इन्डोनेसियन महिलासँग मिलेर उत्तर कोरियाली शासक उनका सौतेनी दाइ कि...
एजेन्सी शक्तिशाली समुद्री आँधी ‘फानी’ शुक्रबार बिहान भारतको तटवर्ती राज्य ओडिशाको स्थल क्षेत्रमा प्रवेश गरेको भारतको मौसम विभागले जनाएको छ।, आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालिसकेको बताइएको छ।, बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको अधिकारीहरूले जनाएका छन्।, करिब १० ...
सेतोपाटी संवाददाता गौर नगरपालिका-६ स्थित बसपार्कबाट प्रहरीले एक किलो सुन बरामद गरेको छ।, सोही नगरपालिका-५ का २१ वर्षीय अनुकेशकुमार साहलाई १ किलो २ सय ५० ग्राम सुनसहित शुक्रबार बिहान पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु ४१ प ५८०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक अ...
नारायण खड्का यात्रुबाहक बस चलाउँदै गरेका एक जना चालकलाई छारे रोग लागेपछि बस दुर्घटना भएको छ।, बिहीवार दिउँसो तुलसीपुरबाट घोराहीका लागि छुटेको लु २ ख १६०२ नम्बरको बस चालकलाई छारे रोग लागेपछि बस सडक लेन छोडेर ढुंगा थुप्रोमा ठोक्किएर दुर्घटना भएको हो।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी अन्दाजी ३६ वर्षीय यादव नेपाल...
सेतोपाटी संवाददाता  , पूर्व–पश्चिम राजमार्ग अन्तरगत शिवराज नगरपालिका–१ मा बा १४ च ८४४५ नम्बरको कार शुक्रबार बिहान सवा ८ बजेतिर दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नं.  १५ निवासी ४० वर्षीय तीर्थ आचार्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ।, आचार्य आफैंले कार चलाएका थिए। उनको घटनास्थलमै म...
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संघीय संसद भवनमा सरकारले ल्याउने नीति तथा कार्यक्रम घोषणा कार्यक्रममा आउँदा सवारी आवागमन प्रभावित हुने भएको छ।, अपरान्ह ३:३० बजेदेखि महाराजगञ्ज-लाजिम्पाट-लैनचौर-केशरमहल-दरवारमार्ग-जमल-न्युरोड-भद्रकाली-सिंहदरबार-माइतीघर-नयाँ बानेश्वरसम्मका सडक प्रभावित हुने भएको...
एजेन्सी न्यूजिल्याण्डकी प्रधानमन्त्री जयासिन्डा आर्डर्नले 'इंगेजमेन्ट' गरेकी छन्। लामो समयदेखि प्रेमी रहँदै आएका कार्ल्क गेफोर्डसँग उनले इंगेजमेन्ट गरेकी हुन्।, शुक्रबार एक समारोहमा प्रधानमन्त्री आर्डर्नको औंलामा हिराको औंठी देखेपछि धेरैले चासो राखेका थिए। यो चासो पुष्टि गर्दै आर्डर्नका प्रवक्ताले उनीहरूको इस्टर पर्वम...
सेतोपाटी संवाददाता सार्वजनिक जग्गा मिचेर व्यापारिक भवन बनाउने स्वार्थी समूहहरूको चलखेलले काठमाडौंका पुराना सम्पदा जोगाउनु चुनौतीपूर्ण बन्दै गएको छ।, बालुवाटार जग्गा प्रकरण, खुलामञ्च अतिक्रमण लगायत थुप्रै घटना पछिल्लो समय सार्वजनिक भए, जसले भू–माफिया र ठेकेदारहरूको चलखेल उदांग पार्यो।, असनको ‘घडीघर’ काठमाडौंको त्यस्तै ...
नारायण खड्का दाङको विभिन्न भागमा आएको हावाहुरीले लाखौंको क्षति भएको छ।  विद्यालय,स्वास्थ्य चौकीसहित एक दर्जन घरका जस्तापाता हावाले उडाइदिएको छ।, शुक्रबार बिहान आएको हावाहुरीले राजपुर गाउँपालिका वडा नं. ६ खाँग्रा नाकास्थित स्वास्थ्य चौकीको जस्ता पाता उडाइदिएको छ।, त्यस्तै, १८ गते मध्यरातमा आएको हावाहुरीले राजपुर गाउँपा...
भगवती पाण्डे जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट पछिल्लो दस दिनमा जन्मको आधारमा नागरिकता लिएका बुवाआमाका सात सय २४ जना सन्तानले वंशजको आधारमा नागरिकता लिएका छन्।, गृह मन्त्रालयको परिपत्रलाई सर्वोच्च अदालतको अन्तरिम आदेशले सदर गरेपछि जन्मसिद्धको आधारमा नागरिकता लिएका सन्तानले वंशजको आधारमा नागरिकता लिन थालेका हुन्।, स...
सेतोपाटी संवाददाता काठमाडौंमा बुधबार साँझ बादलको गड्याङगुडुङ गर्जनसहित चलेको हावाहुरी र बर्सेको पानीले एक महिनाअघिको बारा घटना याद दिलायो।, यही चैत १७ गते बारा र पर्सामा आएको हुन्डरीले २८ जनाको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए। जल तथा मौसम विज्ञान विभागले उक्त हुन्डरी 'टोर्नाडो' भएको जनाएको छ।, विनाशकारी 'टोर्न...
सेतोपाटी संवाददाता सरकारले ७ सय ५३ स्थानीय तह जोड्ने सडक कालोपत्रे गर्ने भएको छ।, संघीय संसदमा शुक्रबार आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी चार वर्षभित्र सबै स्थानीय तहका केन्द्र जोड्ने सडक कालोपत्रे गरिने जानकारी दिइन्।, कर्णाली करिडोरका सबै क्षेत्रमा सडकको ट्रयाक खो...
सेतोपाटी संवाददाता सरकारले सामाजिक सुरक्षा भत्ता रकम वृद्धि गर्ने भएको छ।, संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने जानकारी गराइन्।, गत वर्ष भत्ता बढेको थिएन। वृद्धभत्ता बढाएर मासिक पाँच हजार पुर्‍याउने चुनावका बेला भने पन...
सेतोपाटी संवाददाता सरकारले सार्वजनिक जग्गामाथिको अतिक्रमण हटाइने बताएको छ।, संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुराको जानकारी दिएकी हुन्।,  , सार्वजनिक जग्गामाथिको अतिक्रमण हटाइने
सेतोपाटी संवाददाता सरकार सातै प्रदेशमा २ हजार क्षमताका सम्मेलन केन्द्र बनाउने भएको छ।, संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुराको जानकारी दिएकी हुन्।,  , सबै प्रदेशमा २ हजार क्षमताका सम्मेलन केन्द्र
डा. निमेश पौडेल हाम्रो शरीरको ७० प्रतिशत अंग पानीले बनेको हुन्छ। पानी धेरै उद्धेश्यका लागि प्रयोग गरिन्छ। खाना पकाउने, कपडा धुने, नुहाउने सबै कामका लागि पानीको आवश्यकता पर्छ। सबैभन्दा महत्वपूर्ण कुरा पिउने पानीको हो।, सामान्य व्यक्तिले (पुरूष या महिला) दिनमा दुईदेखि तीन लिटर पानी पिउनुपर्ने हुन्छ। तर, यो एकै चोटी पिउन...
सेतोपाटी संवाददाता सरकारले छात्राहरूलाई नि: शुल्क सेनिटरी प्याड उपलब्ध गराउने घोषणा गरको छ।, संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुराको जानकारी दिएकी हुन्।, सेनेटरी प्याड नहुँदा सहरदेखि गाउँसम्मका विद्यालय पढ्ने छात्राहरू महिनावारी हुँदा विद्यालय अन...
निशा भण्डारी बारपाकका सबैजसो महिलाहरूको आङमा देखिन्छ टुकु। टुकु अर्थात् पछ्यौरी। बर्को वा खास्टो भनेर पनि चिनिन्छ। चारकुने लाम्चो आकारको टुकु शरीरमा फनक्क फन्को मारेर वा फेर बेरेर ओढिन्छ। बारपाकका महिलाहरूले ओढ्ने टुकु नेपालमा बनेका होइनन्। उनीहरूलाई विदेशिएका आफ्ना‍ लाहुरे आफन्त तथा साथीहरूले ल्याइएको कोशेली हो।, बार...
निशा भण्डारी जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आशिर्वाद लिएर आज मुलुकभर मातातीर्थ औँसी मनाइँदैछ। प्रत्येक वर्षको वैशाख कृष्ण औंसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व पौराणिक कालदेखि मनाइँदै आइएको हो ।, औँसीका अवसरमा बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवा...
एजेन्सी अमेरिकाको फ्लोरिडामा १ सय ४३ जना यात्रु बोकेको बोइङ जहाज रनवेबाट चिप्लिएर पानीमा दुर्घटना भएको छ।, चार्टर गरिएको बोइङ ७३७ जहाज शुक्रबार राती अवतरण क्रममा हावाहुन्डरी आएपछि हुत्तिएर पानीमा अवतरण हुन पुगेको बिबिसीले जनाएको छ।, बिबिसीका अनुसार जहाजमा १ सय ३६ जना यात्रु र ७ जना कर्मचारी थिए। जहाजमा धेरै नै क्षति भ...
नेहा झा जनकपुरधामस्थित पब्लिक युथ क्याम्पसले एक जना विद्यार्थीलाई प्रवेशपत्र दिन नमानेपछि उनी परीक्षाबाटै बञ्चित भएका छन्।, कक्षा १२ मा अध्ययनरत महोत्तरी एकडाँरा गाउँपालिका ४ हलखोरीका देवीन रायलाई कलेजले परीक्षाका लागि प्रवेश पत्र नदिएपछि परीक्षाबाट बञ्चित भएका हुन्।, राय कक्षा ११ को आंशिकतर्फको चाइल्ड डेभेलपमेण्ट विष...
दिपकजंग शाही कर्णाली प्रदेश सरकारले विपदबाट आवासविहीन बनेका परिवारहरूको पुनर्स्थापना गर्न अभियान सुरू गरेको छ।, मंगलबारदेखि कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘विपद् पीडित आवास निर्माण सहयोग विशेष अभियान–२०७६’ सुरू गरेको हो ।, ‘विपदको चर्चा, आपतको सुरक्षा’ भन्ने नारासहित सुरू गरिएको अभियानअन्तर्गत क...
सेतोपाटी संवाददाता गुल्मीको मुसिकोट नगरपालिका वडा नं ४ दजाकोटस्थित नुरखोला मुहानको पानीमा कोलिफर्म भेटिएपछि उक्त मुहानको पानी प्रयोगमा रोक लगाइएको छ।, एक साताअघि उक्त गाउँका दुई सय जनालाई झाडापखाला भएपछि परीक्षण गर्दै जाँदा खानेपानीमा कोलिफर्म भेटिएको थियो।, पाँच नं. प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य ...
विवेक राई भारतीय सेनाले नेपालको मकालु बरुण बेस क्याम्पमा यतिको पाइला भेटिएको भन्दै सोमबार ट्विट गर्‍यो। यतिको पाइलासमेत देखिएको दाबी गर्दै फोटोसहित राखिएको ट्विटले भारतमा मात्र होइन, नेपाली मिडियामा पनि स्थान पायो।, अहिले १८ जना भारतीय सेना र एक नेपाली सेनाका क्याप्टेन मकालु चढ्दै छन्। उनीहरू दुई समूहमा बाँडिएर मकालु ...
खिलानाथ ढकाल सानु जिम्बा घरबाट निस्केलगत्तै जोडले हावाहुरी चल्न थाल्यो।, उनी घरबाट दुई सय मिटर मात्र टाढा पुगेका थिए। हावामा थामिन मुश्किल परेपछि इनारको डिल समातेर जोगिन खोजे।, यो वैशाख १२ को घटना हो। अपराह्न करिब साढे चार बजे।, सर्लाही, हरिवन नगरपालिका-५, घुर्कौलीका ५५ वर्षीय सानु जिम्बा जसै घरबाट निस्के, हावाहुन्डरी...
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले कलंकीका विभिन्न स्टेशनबाट सवारी साधनले ‘पिक एण्ड ड्रप’ गर्नुपर्ने भन्दै नयाँ कार्ययोजना ल्याएको छ।, कलंकी चोकमा बनेको अन्डरपासका कारण पनि त्यहाँ जाम घट्न नसकेपछि सवारी साधनलाई व्यवस्थित बनाउन नयाँ कार्ययोजना ल्याइएको हो।, महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीको आयोजनामा भएको कलंकीका ...
सेतोपाटी संवाददाता चीनको साताव्यापी राजकिय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी ‘हाई अल्टिच्यूट’का कारण विरामी भएको खुलेको छ।, चाइना रेडियोको नेपाली विभागमा कार्यरत पत्रकार लक्ष्मी लम्सालले पोस्ट गरेको ट्वीटमा सो कुरा उल्लेख छ।, ‘तिब्बतको छिमेकी छिङहाइ प्रान्तमा पुग्दा त रिंगटा लागेर हैरान भएको याद छ। त्यसबेला ...
नारायण खड्का गर्मी मौसमसँगै वनमा आगलागीका घटनामा वृद्धि भएको छ।, सुख्खा मौसममा हावाहुरी चलेर आगो वनभरि फैलने हुँदा त्यसले वर्षेनी सैयौं हेक्टर वन क्षेत्र सखाप हुँदै आएको छ।, हालसम्म जिल्लाका झन्डै दुई दर्जन बढी वन क्षेत्रमा आगलागीका घटना भइसकेको छ भने एकैसाथ जिल्लाको एक दर्जन बढी वनमा आगो लागिरहेको डिभिजन वन कार्यालय ...
रासस सरकारले समाचार प्रकाशन र प्रसारणमाथि अंकुश लगाउने गतिविधि बन्द गर्नुपर्ने धारणा सञ्चारकर्मीले व्यक्त गरेका छन्।     , नेपाल पत्रकार महासंघ प्रादेशिक समिति प्रदेश नं २ द्वारा आज यहाँ आयोजित ऐक्यवद्धता र्‍याली र कोणसभामा सञ्चारकर्मीले सो धारणा राख्दै प्रेसमाथि अंकुश लगाउने गतिविधिले लोकतन्त्र कमजोर हुने बताए।   , व...
गिरीश गिरी उनको तस्बिर नेपालको इतिहासमै पहिलो 'प्रेस फोटो' हो भनेर सर्वत्र जानकारी फैलियो।, फोटो प्रकाशन भएको झन्डै सय वर्ष पुग्न लाग्दा पनि गोरखापत्रको क्याप्सनमा उल्लिखित वीरगन्जकी 'सूर्यमती श्रेष्ठेनी' को हुन् भन्ने अझै सार्वजनिक भइसकेको थिएन।, गोरखापत्रमा उक्त तस्बिर प्रकाशन भएको मिति अर्थात् विक्रम सम्बत १९८४ वैश...
भगवती पाण्डे देशभर भूमाफियाहरूले सरकारी जग्गा हडपेको समाचार बाहिर आइरहेको बेला रुपन्देहीमा एक महिलाको जग्गा स्थानीय जनप्रतिनिधि र मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा अर्कैले हडपेको छ।, कोटहीमाई गाउँपालिका वडा नं. ४ वयरघाटकी कमलावती पालको ३३ कठ्ठा साढे ८ धुर जमिन सोही वडाका अध्यक्ष ओमप्रकाश पाण्डेय, मालपोत कार्यालय ...
सन्जिब बगाले काठमाडौंमा टुँडिखेलपछि सार्वजनिक पार्क बनाउन सकिने अर्को ठाउँ २१४ रोपनी क्षेत्रफलको भृकुटीमण्डप हो, जुन वर्षौंदेखि व्यापारिक प्रयोजनका लागि भाडामा दिइँदै आएको छ।, काठमाडौंको वातावरण स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्न सक्ने भृकुटीमण्डप समाज कल्याण परिषदको स्वामित्वमा छ।, चाडपर्व र समारोहमा प्रदर्शनी गर्न...
नारायण खड्का नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका नेता सवार कारलाई ट्रकले ठक्कर दिँदा चार जना घाइते भएका छन्।, घाइते नेताहरूमा दाङका शिवकुमार आचार्य, लक्ष्मण शर्मा, मनोहर बुढाथोकी, र शिवानन्द डाँगी रहेका छन्।, जिल्ला प्रहरी कार्यालय दाङले त्यसमध्ये बुढाथोकी र शर्मालाई अरुभन्दा बढी चोट पटक लागेको जानकारी दिएको छ।, बुढ...
एजेन्सी भारतीय प्रधानन्यायाधीश  रञ्जन गोगोइविरूद्ध यौन दुराचारको आरोप लगाउने महिलाले यस विषयमा गरिएको आन्तरिक छानविन समितिमा जान इन्कार गरेकी छन्।, सर्वोच्च अदालतका न्यायाधीश एस ए बोबडेको अध्यक्षतामा गठित तीन सदस्यीय समितिको सुनुवाई प्रकृयामा तीनदिनसम्म भाग लिएकी ती महिलाले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै आफू अब जान...
दिपकजंग शाही हुम्लाबाट दुई जना सुत्केरी महिलाको उद्दार गरी सुर्खेत ल्याइएको छ।, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा बुधबार चंखेली गाउँपालिकाको मेल्छम स्वास्थ्य चौकीमा कार्यरत ३३ वर्षीया अनमी निशा नेपाली र ३५ वर्षीया राजकला महतारालाई  हेलिकप्टरमार्फत् उद्दार गरिएको हो।, बिहान निशालाई र दिउँसो महतारालाई हेल...
सेतोपाटी संवाददाता धादिङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, धादिङको गल्छी गाउँपालिकामा दुर्घटना हुँदा चन्द्रागिरीका ५ का दुई जनाको मृत्यु भएको हो।, चन्द्रागिरी नगरपालिका ५ काठमाडौंका २९ वर्षीय राज महर्जन र ३० वर्षीय कविकुमार महर्जनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता त...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले पर्यटकका लागि विद्युतीय बस ल्याउने योजना बनाएको छ। यसका लागि सम्भाव्यता अध्ययन सुरु गरिसकेको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए।, ललितपुर आउने पर्यटकलाई सहज रुपमा घुम्ने व्यवस्था मिलाउन सम्भाव्यता अध्ययन सुरू गरिएको उनको भनाइ छ।, ‘पर्यटकसँग घुम्ने समय थोरै हुन्छ। कोही...
सेतोपाटी संवाददाता जोखिमपूर्ण अवस्थामा रहेका हुम्लाका दुई महिलाको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको छ।, बुधबार बिहान कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको टोली हुम्ला पुगेर चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली र ओदानचुली गाउँपालिका–१ का ३५ वर्षीया राजकला महतार...
रासस आज मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदूर दिवस।, देशैभरी मजदूरीहरूले आफ्नो हक र अधिकारका लागि र्‍यालीसहित विभिन्न कार्यक्रम गरिरहँदा म्याग्दीमा भने सडक निर्माणको काम गरिरहेका एक मजदूरको मृत्यु भएको छ।, मृत्यु हुनेमा बर्दिया मधुवन नगरपालिका–२ ठाकुरद्वारका ३५ वर्षीया कालुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले...
भगवती पाण्डे रुपन्देहीको बुटवलमा टिपरको ठक्करबाट एक युवतीको ज्यान गएको छ।, मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगर बस्ने वर्ष १९ की पुष्पा भण्डारी रहेको प्रहरीले जनाएको छ ।, बुवासँगै घर जाँदै गरेकी पुष्पालाई टिपरले जितगढीमा ठक्कर दिएको हो। बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु ४५ प ७२३४ नम्वरको मोटरसाइकलमा स...
अनुषा अधिकारी खानी मजदुरको पहिरनले संसारको फेसन इतिहासमै क्रान्ति ल्याउला भन्ने कसले सोचेको थियो?, हामी कुरा गर्दैछौं, जिन्सको।, सन् १८५३।, जर्मनमा एक जना कपडा व्यापारी थिए– लेभी स्ट्रेस। उनी कपासबाट बनेका कपडा कारोबार गर्थे।, उनका नियमित ग्राहकमध्ये एक थिए, अमेरिकाको नेभाडाका ज्याकब डेभिस। दर्जी पेसा गरिरहेका ज्याकब ...
विनोद सापकोटा सरकारले जग्गा दर्तासम्बन्धी गठन गरेको आयोगमा कर्मचारी नपठाउँदा झापामा गठित आयोगले चार महिनादेखि काम पाएको छैन।, नेपाल सरकारको मन्त्रीस्तरीय बैठकबाट गएको पुस २६ गते झापाको साविकका सतासीधाम, शिवगञ्ज, धरमपुर, तोपगाछी, लखनपुर र महारानिझोडामा भूमि व्यवस्थापनसम्बन्धी आयोग गठन गरेको थियो। सरकार आफैंले गठन गरेको...
सेतोपाटी संवाददाता विश्वको सर्वोच्च शिखर सगरमाथा सफाइ अभियानका क्रममा ४ जनाको शव पनि भेटिएको छ।, सगरमाथा सफाइ अभियान अन्तरगत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाइका क्रममा हालसम्म ४ जनाको शव भेटिएको जानकारी दिएको हो।, बेसक्याम्प पुगेका सगरमाथा सफाइ अभियानमा जुटेका टोलीले सफाइको क्रममा हालसम्म ४ जनाको शव भेटिएको जान...
रासस धापाखेलवासीले सार्वजनिक जग्गा अतिक्रमण रोक्न महानगरपालिका समक्ष माग गरेका छन्।, आज महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले महानगरपालिका–२४ (साविक धापाखेल गाबिस वडा नम्बर वडा नं ९) स्थित जग्गाहरू अतिक्रमण भइरहेकाले त्यसलाई रोक्न माग गरेका हुन् ।, साविक वडा ९ स्थित पर्ति जग्गामध्ये चार...
सेतोपाटी संवाददाता हावाहुरीका कारण धनुषामा लाखौंको क्षति भएको छ।, आइतबार बिहान साढे ३ बजे आएको हावाहुरीका कारण धनुषाको  विभिन्न भेगमा दस लाखभन्दा बढीको क्षति भएको हो।, हावाहुरीका कारण जनकपुरधाम नजिकै रहेको कुखुरा फार्म ढल्दा चार हजार भन्दा बढी कुखुरा मरेका छन्। यस्तै, इन्जिनियरिङ वर्कशप पूर्णरूपमा नष्ट भएको छ। जसमा लग...
सेतोपाटी संवाददाता काभ्रेका एक युवकको बर्डफ्लुका कारण मृत्यु भएको पुष्टि भएको छ।, ‘एच फाइभ एनवान’ का कारण काभ्रेका २१ वर्षीय युवकको मृत्यु भएको हो।, चैत १५ गते ती युवकको मृत्यु भए पनि उनलाई के रोग लागेको भन्ने खुलेको थिएन। खोकी, स्वासप्रश्वासलगायत समस्याबाट पीडित युवकको उपचारकै क्रममा मृत्यु भएको थियो।, बिरामी युवकको ...
खिलानाथ ढकाल/शान्ति तामाङ खुलामञ्चमा निर्माण गरी भाडामा लगाइएका सटरमा काठमाडौं महानगरपालिकाले शनिबार डोजर चलायो।, भाडामा दिइएका सटरमा सर्वसाधारण व्यापार गर्थे। यिनीहरू धेरैको पृष्ठभूमि ‘सडकबाट सटर’ भएको थियो। खुलामञ्च आउनुपूर्व सडकमा कोही जुत्ता बेच्थे, कोही बेसार बेच्थे, कोही च्याउ।, लीलाकुमारी धिताल महाबौद्धको सडकम...
भगवती पाण्डे बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक विस्तार कार्य हाललाई टरेको छ।, दोस्रोपटक अदालतमा पुगेको सडक विस्तार रोक्ने घरधनीहरूको निवेदनमाथि सुनुवाइ गर्दै तुलसीपुर उच्च अदालतको बुटवल इजलासले हाललाई सडक विस्तार रोक्ने आदेश गरेको हो।, तुलसीपुर उच्च अदालतको बुटवल इजलासका न्यायाधीशद्वय रमेश कुमार खत्री र गो...
सेतोपाटी संवाददाता कपिलवस्तुमा एक युवतीको हत्या भएको छ।, वाणगंगा नगरपालिका वडा नं. ८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारुको हत्या भएको हो।, सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको वाणगंगा खोला किनारमा सोमबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।, सुनिताको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले निजकै श्रीमा...
एजेन्सी आर्थिक संकटका कारण अस्थायी रुपमा बन्द भएको भारतकै ठूलोमध्येको वायुसेवा कम्पनी ‘जेट एयरवेज’ का एक कर्मचारीले आत्महत्या गरेका छन्।, जेटका वरिष्ठ प्राविधिक कर्मचारी शैलेषकुमार सिंहले शुक्रबार घरको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्।, ५३ वर्षीय शैलेष तीन वर्षयता पेटको क्यान्सर रोगबाट पीडित थिए। पछिल्ला चार...
सेतोपाटी संवाददाता सप्तरी जिल्लाको सुरुंगा नगरपालिका ५ का वडा अध्यक्ष सिल्टु मियाँ घूससहित पक्राउ परेका छन्।, उनी जग्गा मोही छुटाउन सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग २५ हजार रुपैयाँ घूस लिइरहेको अवस्थामा पक्राउ परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ।, उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाइएक...
एजेन्सी श्रीलंकामा सोमबारदेखि लागू हुने गरी अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाइएको छ।, गत साता भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनमा २ सय ५० भन्दा बढी व्यक्तिको ज्यान गएपछि श्रीलंकाले अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाएको हो।, अधिकारीहरूको निर्णयानुसार अब कसैले पनि अनुहार छोपिने र पहिचानमा अवरोध हुन...
सेतोपाटी संवाददाता हुम्लाको ताँजाकोट गाउँपालिकामा फैलिएको मौसमी रुघाखोकीबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।, चैत अन्तिम सातादेखि  फैलिएको रुघाखोकी र झाडापखालाले गाउँका बालबालिका र वृद्धवृद्धा बढी प्रभावित छन्।, बिरामी पर्ने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि प्रभावित गाउँ मदना, मैलामा सुर्खेत र मुगुबाट चिकित्सक पठाइ...
नारायण खड्का आइतबार दिउँसो पौने २ बजेतिर तुलसीपुरमा भएको एउटा बस दुर्घटनाले धेरैलाई आश्चर्यमा पार्‍यो। १० जना घाइते हुने गरि भएको उक्त दुर्घटनाबारे धेरैले आ–आफ्नै अनुमान प्रस्तुत गरिरहेका थिए। तर, चालक त्यहाँ थिएनन्। फरार थिए।, त्यसैले दुर्घटनाको बास्तविक कारण पत्ता लागेको थिएन। तै पनि दुर्घटनास्थल पुगेका धेरैको मुखवा...
नारायण खड्का दाङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ।, बबई गाउँपालिका वडा नं. ७ मठ्यौरी निवासी ३२ वर्षीय चुडामणि परियारको उनकै साथीहरूको कुटपिटबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।, मदिरा सेवनपछि भएको कुटपिटबाट गम्भीर घाइते भएका परियारको उपचारका क्रममा छिमेकी देश भारतको लखनउमा मृत्यु भएको प्...
सेतोपाटी संवाददाता पुनर्निर्मणमा कार्यरत प्राविधिकहरू काममा फर्कन सहमत भएका छन् । , नेपाल इन्जिनयर्स एशोसियसनको मध्यस्थातामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकहरुबीच भएको छलफलमा प्राविधिकहरुले आफूहरुका माग सम्बोधन भइसकेकाले तत्काल काममा फर्कने प्रतिबद्धता व्यक्त गरेका हुन् ।, राष्ट्रिय पु...
सेतोपाटी संवाददाता नेपाल खुला विश्वविद्यालय र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआइ)बीच ६ महिनाभित्र स्नातक तहको आम सञ्चार अध्ययन अन्तरगतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ।, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर लेखनाथ शर्मा र एनपीआइका अध्यक्ष निलकण्ठ उप्रेतीले सोमबार काठमाडौंमा एक कार्यक्रमक...