content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता बैतडीमा आज जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, देहीमाडौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नं को जीप आज बिहान ११:३० बजेतिर दशरथ चन्द नगरपालिका–११ नानीगाड भन्ने स्थानमा दुर्घटना हुँदा अन्य तीन जना घाइते भएका छन्।, मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–१० बाराकोटका अन्दाजी ४५ वर्षका हीरा...
सेतोपाटी संवाददाता सञ्चार माध्यममाथि अंकुश लगाउने गरी प्रस्तावित मिडिया काउन्सिल विधेयकविरूद्ध नेपाल प्रेस युनियन कास्कीले बिहीबार विरोध प्रदर्शन गरेको छ।, वर्तमान सरकारले यो वा त्यो बहानामा मिडियालाई नियन्त्रण गर्ने नियत राखेर ल्याउने तयारी गरेको आम सञ्चार माध्यम लगायतका विधेयकको खारेजीको माग गर्दै युनियन प्रदर्शन गर...
सेतोपाटी संवाददाता सडक डिभिजन कार्यालय लहान सिरहाले सडक तथा पुल निर्माणको काम समयमा पूरा नगर्ने निर्माण कम्पनीमाथि कारबाही गरेको छ।, सिरहासहित सप्तरी र उदयपुर जिल्लामा निर्माणाधीन सडक तथा पुल निर्माणको सम्झौता गरे पनि समयमा काम सम्पन्न नगर्ने आठ निर्माणसँग सम्बन्धित कम्पनीमाथि कारबाही गरिएको सडक डिभिजन कार्यालय लहानका...
सेतोपाटी संवाददाता उच्च अदालत पाटनले डिल्लीबजार मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत विश्वराज मरासिनीलाई ५ हजार जरिवाना तिर्न आदेश गरेको छ।, पटक पटक ताकेता गर्दा पनि अदालतको आदेश कार्यान्वयन नगरी मौन बसेको भन्दै बुधबार न्यायाधीश मुहब्बत साविर हुसैन र टेकनारायण कुँवरको इजलासले उनलाई जरिवाना गरेको हो।, उक्त इजलासले डि...
सेतोपाटी संवाददाता ताप्लेजुङ जिल्लामा पर्ने कञ्चनजंघा हिमाल आरोहणमा गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ भने चिलीका एक आरोही बेपत्ता भएका छन्।, उनीहरूलाई कंचनजंघा चढाउने एजेन्सी पिक प्रमोसन प्रालिका निर्देशक पासाङ शेर्पाकाअनुसार दुई जना भारतीयको बुधबार राति क्याम्प ४ भन्दामाथि ८ हजार मिटरको उचाइमा मृत्यु भएको हो...
भगवती पाण्डे बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पुग्दा बिहानको दस बज्न सात मिनेट बाँकी थियो।, दिनभरि सवारी साधन तथा सेवाग्राहीले भरिभराउ हुने प्रशासन कार्यालय परिसर पनि खाली थियो। कार्यालय सहयोगीहरू कार्यालयका शाखाहरू खोल्ने सरसफाइ गर्ने काममा व्यस्त थिए। अरु कर्मचारीहरू भने कार्यालयमा आउने क्रम जारी थियो ।, घ...
रासस  , जिल्लामा वर्षौंदेखि दर्ता नगरी अवैधानिकरूपमा सञ्चालित चार रोडा–ढुङ्गा खानी बन्द गरिएको छ।, दर्ता नभइ सञ्चालित उद्योग तथा खानी बन्द गराउने जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिको बैठकको निर्णयअनुसार ती रोडा–ढुंगा खानी बन्द गरिएको हो।, समितिद्वारा गठित प्राविधिक उपसमितिको प्रतिवेदन तथा जिल्ला समन्वय समितिको सिफार...
रासस सरकारले ‘स्मार्ट’ चालक अनुमतिपत्रमा नेपालीकरण गर्ने कार्य रोक्दा सेवाग्राही मर्कामा परेका छन्।, यो सेवा बन्द भएको जानकारी नहुँदा दैनिक सेवाग्राही कार्यालय आएर दुःख पाउने गरेका छन्।, सरकारले गत भदौमा यो सेवा बन्द गरे पनि दैनिकजसो सेवाग्राही आइरहेको एकान्तकुनास्थित प्रदेश नं ३ यातायात व्यवस्था कार्यालय, सवारी चालक ...
सेतोपाटी संवाददाता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौं उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।, पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थानीय वायुको प्रभावले...
सेतोपाटी नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषधसहित बिहिबार एक जापानी नागरिकलाई पक्राउ गरेको छ ।, नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट हङकङ हुँदै जापान जान लागेको अवस्थामा लागुऔषधसहित ५६ वर्षीय मिको ताकेनाकालाई पक्राउ गरेको हो ।, महानगरीय प्रहरी कार्यालय...
सेतोपाटी संवाददाता रातो मच्छिन्द्रनाथको नरिवल खसाल्ने जात्रा बिहिबार लगनखेलको थतिटोलमा भएको छ।, मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको चार दिनमा नरिवल खसाल्ने जात्रा मनाइन्छ।, रथ लगनखेलको थतिटोलमा पुगेपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ।, नरिवल खसाल्ने दिन अपरान्ह, ज्येष्ठ व्यक्ति ...
रासस कसैले चलेको कम्पनीको नाम लिएर कुनै काम गरिदिन्छु भन्यो भने तपाईंमा तत्कालै विश्वास गर्ने बानी त छैन ?, यदि यस्तो गर्नुभएको भए सावधान हुनुस् र कुनै कम्पनीको कर्मचारी बनेर सेवा उपलब्ध गराउँछु भन्ने मान्छे यकिन नगरी उसलाई काम नदिनुस्।, त्यस्ता व्यक्ति सम्बन्धित कम्पनीको कर्मचारी हो या होइन पहिले प्रष्ट भएर मात्र काम...
सेतोपाटी संवाददाता नवजात शिशुलाई परित्याग गरेको अभियोगमा प्रहरीले मुद्दा चलाएका पूर्वसांसद गायत्री साह र उनका पति राजेश महतोलाई जिल्ला अदालत ललितपुरले तारेखमा छोडेको छ।, साह साधारण तारेखमा छुटे पनि उनका पति राजेश महतोसँग भने अदालतले २० हजार धरौटी मागेको छ।, अदालतले मागको उक्त रकम बुझाएर बुधबार उनीहरू दुवै थुनामुक्त भए...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले स्वयम्भू क्षेत्रको गरिमा बचाइराख्न र नयाँ संरचना निर्माण कार्य स्वीकृत नगर्न पुरातत्व विभागलाई पत्राचार गरेको छ।, यस क्षेत्रमा कुनै पनि संरचना बनाउनैपर्ने भए वडा कार्यालयसँग समन्वय र सिफारिसमा मात्र प्रक्रिया अगाडि बढाउन भनिएको छ।, कामपाको वडा नं १५ ले पुरातत्व विभागलाई पत्रा...
सेतोपाटी दोलखाको चरिकोट बसपार्कमा बिहिबार राति आगलागी हुँदा घर जलेर नष्ट हुँदा सात करोड रूपैयाँ बराबरको क्षति भएको छ ।, भिमेश्वर नगरपालिका–३ बसपार्कस्थित तुनाबहादुर खत्रीको घरमा रहेको त्रिपुरा रिहान टायर रिसोलिङ सेन्टरमा आगलागी हुँदा क्षति भएको हो । आगलागीबाट खत्रीकी ५५ वर्षीया श्रीमती राधा र २५ वर्षीय राजु खत्री घाइत...
सेतोपाटी संवाददाता रुपन्देहीको शंकरपुरमा प्रहरीमाथि बिहिबार राति आक्रमण भएको छ। भारतबाट हतियारसहित छिरेका ब्यक्तिहरुलाई नियन्त्रणमा लिने क्रममा त्यहाँ ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण भएको हो। पक्राउ गर्ने क्रममा उनीहरु चिच्याएपछि भारतबाट आएको अर्को समुहले प्रहरीमाथि लाठी प्रहार गरेका थिए।, आक्रमणबाट ३ जना प्रहरी घाइत...
सेतोपाटी रुकुम (पूर्व) की एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिएकी छन् । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी मिलना मल्ललाई हेलिकप्टरमार्फत उद्धार गरेर ल्याउने क्रममा हेलिकप्टरमै मृत बच्चा जन्मिएको हो। हाल सुत्केरीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ । , अझै पनि ...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बिहिबार त्रिशुली थ्री ए जलविद्युत आयोजनाको उद्घाटन गर्न रसुवा गएका थिए। फर्कने क्रममा उनी नुवाकोटको पहिरेबेसीमा रोकिए।, पहिरेबेसीमा त्रिशुली थ्री ए बी हब सब स्टेशन निर्माण भैरहेको छ। तर पछिल्ला दुई दिनदेखि काम रोकिएको थियो। गाडी रोक्न लगाएर क...
सेतोपाटी नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलाप गर्ने २८ व्यक्तिलाई पक्राउ गरेको छ। ,महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेक्रका खाजाघर तथा रेष्टुरेन्टमा अनैतिक क्रियाकलाप गर्ने २८ व्यक्तिलाई बिहीबार साँझ पक्राउ गरेको हो।, महान...
सेतोपाटी अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी दुई तोलाभन्दा बढी सुन र तीन हजार चोरेको स्वीकार गरे...
सेतोपाटी भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली युवतीको सामूहिक बलात्कार भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गत आइतबार राति मुम्बई जान लागेकी ती युवती दिल्लीको  द्वाराका क्षेत्रमा सामूहिक बलात्कारमा परेकी हुन्।, दाजुलाई भेट्न मुम्बई जान हिँडेकी चितवनकी ती २० वर्षीया युवती शनिबार दिल्ली पुगेकी थिइन्। त्यहाँदेखि रेलमा ...
नेहा झा जनकपुरधाम उपमहानगरपालिकाका सरसफाई कर्मचारीहरु आन्दोलनमा उत्रेपछि जनकपुरधाम दुर्गन्धित बन्न थालेको छ । दुई सुत्रीय माग राख्दै सफाई कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि जनकपुरधाम दुर्गन्धित बन्दै गएको हो ।, सफाई कर्मचारीहरु आफुहरुको विगत चार महिनादेखि बाँकी रहेको तलब तुरून्त दिनुपर्ने र स्थायी नियुक्त गर्नुपर्ने माग ...
सेतोपाटी संवाददाता राजधानीको सुन्धारामा शुक्रबार बिहान भएको सडक दुर्घटनामा परी एक जनाकोज्यान गएको  छ।, ट्राफिक प्रहरी कार्यालय जनसेवाका प्रमुख प्रहरी निरीक्षक राजकुमार रावलका अनुसार बिहान सवा १० बजेतिर नागस्थानबाट वीर अस्पतालतर्फ आइरहेको ना २ ख ४२२२ नम्बरको पानी बोक्ने ट्यांकरले सोही दिशाबाट आइरहेको  बा ३७ प ११६६ नम्ब...
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौंको गौशाला प्रहरी बृतमा छड्के निरीक्षण गरेका छन्।, शुक्रबार मध्यान्ह त्यहाँ पुगेर खनालले बृतबाट हुने कामकारबाही बारे जानकारी लिएका हुन् ।, निरीक्षणका क्रममा खनालले सेवाग्राहीलाई खुसी पारेर काम गर्न बृत प्रमुख र प्रहरीलाई निर्देशन दिएका छन् । कार्यालय नागरि...
सेतोपाटी संवाददाता प्रहरीले मानवअंग प्रत्यारोपण केन्द्रमा ८ दिनदेखि अनसन बसिरहेका ११ नर्सलाई पक्राउ गरेको छ।, शुक्रबार बिहान ८ बजे आफ्ना सहकर्मीहरूलाई प्रहरीले पक्राउ गरेको  केन्द्रमै कार्यरत नर्स रिम्सा कार्कीले बताइन्।, प्रशासनले आफ्ना मागको सुनावाइ नगरेपछि नर्सहरूले अस्पताल ठप्प पारेका थिए।, अस्पतालमा सेवा लिन आउने...
सेतोपाटी चोरी आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीको कुटपिटबाट घाइते एक सैनिक जवानको मृत्यु भएपछि गाउँमा भागाभाग भएको छ।, बरियारपट्टी गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको भन्दै स्थानीयवासीबाट कुटिएका सैनिक जवान बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी २२ वर्षीय अनिसकुमार सिंहको उप...
सेतोपाटी पश्चिमी पर्साको ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेको घटना सार्वजनिक भएपछि सो क्षेत्रमा अहिले स्थिति तनावग्रस्त भएको छ।, इलाका प्रहरी कार्यालय ठोरीले दिएको घटना विवरणअनुसार, केही भारतीय बिहीबार ठोरीमा रहेको झोलुङ्गे पुल हेर्न आउँदा ब...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) बाबुराम अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।, उनका प्रमाणपत्र कशंकास्पद रहेकाले छानबिन गरी पाउँ भन्ने उजुरीमा अनुसन्धान हुँदा अधिकारीको माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतको...
शोभा शर्मा सर्वोच्च अदालतले प्रवेश परीक्षा पासै नगरेका भारतीय विद्यार्थीलाई मान्यता दिने गरी आदेश दिएको छ।, न्यायाधीश केदारप्रसाद चालिसे र मनोजकुमार शर्माको इजलासले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जानकी मेडिकल कलेजमा एमबीबीएस प्रथम वर्षका लागि नियमविपरित भर्ना भएकी रिया साह लगायतलाई परीक्षामा सामेल गर्न बुधबार आदेश द...
सेतोपाटी संवाददाता धादिङमा शुक्रबार दिउँसो पाँच रेक्टर स्केलको भूकम्प भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ८ मिनेट जाँदा धादिङको कुम्पुर आसापास केन्द्रविन्दु बनाएर उक्त भूकम्प भएको हो।, भूकम्पको धक्का छिमेकी मकवानपुर, गोरखा र नुवाकोटमा पनि महशुस भएको छ। केन्द्रले २०७२ वैशाख १२ को भूकम्पको परकम्...
रासस ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुकुमपूर्वका जिल्ला इञ्चार्ज कर्णबहादुर नकाल ‘शिविर’ लाई पक्राउ गरिएको छ।, रुकुमपश्चिम जिल्ला प्रहरी कार्यालयले गए राति जिल्लाको सानीभेरी गाउँपालिका–३ गरायला निवासी उनलाई सोही ठाउँबाट पक्राउ गरिएको जनाएको छ।, जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नकाललाई पक्राउ ...
सेतोपाटी संवाददाता यस वर्ष पहिलो पटक आज (मंगलबार) आठ जनाले सगरमाथा चढेका छन्।, सगरमाथाको चुचुरो ८ हजार ८ सय ४८ मिटर उचाइसम्म आज दिउँसो आरोहीले डोरी टाँगेसँगै यो वर्षको आरोहण सुरु भएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए। गएको वर्ष पनि वैशाख ३१ गतेदेखि नै सगरमाथा आरोहण सुरू भएको थियो।, संखुवासभाका ...
सेतोपाटी संवाददाता झापाको बुद्धशान्तिमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मंगलबार बिहान एक जनाको मृत्यु भएको छ।, जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख होमप्रसाद अधिकारीले दिएको जानकारी अनुसार स्थानीय वडा नम्बर ७ का २४ वर्षीय टीका सेन्चुरी (विक)को उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।, बुद्धशान्ति गाउँपाल...
सेतोपाटी संवाददाता तपाईंले मोटरसाइकलको चाबी लगाउन भुल्नु भएको त छैन ? चाबी लगाए पनि ह्याण्डिल बन्द गर्न पो बिर्सनु भयो कि ? या असुरक्षित ठाउँमा पार्किङ गर्नु भएको त छैन ? त्यसो भए मोटरसाइकल चोरी हुने सम्भावना बढी नै हुन्छ। चोरहरूले पार्टपूर्जा परिवर्तन गरेर मोटरसाइकल चलाउने गरेकाले तपार्इंको मोटरसाइकल भेटिने सम्भावना ...
सेतोपाटी संवाददाता गाउँपालिकाको केन्द्र सारिएको विरोधमा मंगलबार फाल्गुनन्द गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ।, सोमबारको गाउँसभाको निर्णयले फाल्गुनन्द ५ को याम्फाबुङ  र कोल्बुङको बीचमा  केन्द्र राख्नका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।, गाउँसभाको निर्णयपछि आन्दोलनमा उत्रिएका स्थानीय...
सत्यमोहन जोशी (प्रस्तुतिः गिरीश गिरी) सत्यमोहन जोशीको आत्मकथा, म आजदेखि सय वर्ष लागेँ। यो सय वर्षमा धेरै उथलपुथल देखेँ। त्यसमध्ये सबैभन्दा प्रभावित पार्ने मुख्य घटना नेपालकै थिए।, मेरो जीवनको सबैभन्दा ठूलो घटना सात सालको क्रान्ति र त्यसको प्रतिफल हो।, त्यो अकल्पनीय छलाङ थियो। राणाकाल देखे–भोगेका मानिसले मात्रै त्यो उप...
रासस गर्मीयाम सुरू भएसँगै सल्यान जिल्लाका विभिन्न सामुदायिक वनमा भिषण आगलागी भएको छ। सामुदायिक वनमा लागेको आगो गाउँमा पसेपछि आगो निभाउने क्रममा तीनको मृत्यु भएको छ।, जङ्गलको आगो घरमा आउन थालेपछि निभाउने प्रयास गर्दै गर्दा छत्रेश्वरी गाउँपालिका–६ सिमपानीका ५५ वर्षीया पुन्टी बोहरा र शारदा नगरपालिका–९ दुवेरीका ६० वर्षीय ...
सेतोपाटी कृष्णपुर नगरपालिका–७ कलुवापुरका १७ वर्षीय सुविल बडायकको हत्या अभियोगमा पक्राउ परेका ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले मंगलबार आदेश दिएको छ ।, अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले १९ वर्षीय अयोध्या राना, २० वर्षीय प्रमोद राना र १९ वर्षीय शिवानी रानालाई पुर्पक्षका लागि थुनामा र...
सेतोपाटी प्रहरीले चापाकोट नगरपालिकाका विभिन्न भेगबाट ठूलो मात्रामा अवैध घरेलु मदिरा एवं कच्चा पदार्थ नष्ट गरेको छ ।, प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अभियानअन्तर्गत मङ्गलबार चापाकोट नगरपालिकाका विभिन्न भेगबाट ५६५ लिटर तयारी अवैध घरेलु मदिरा र १०० लिटर मदिरा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट ग...
सन्जिब बगाले प्रहरी नायब महानिरीक्षक (डिआइजी) आशा सिंह स्त्री तथा प्रसूति बहिरंग विभागमा व्यस्त थिइन्।, उनी बिरामी भएर प्रहरी अस्पताल आएकी होइनन्। डिआइजी आशा वर्दिवाला डाक्टर हुन्। उनको पुर्खौली घर सर्लाही हो।, 'मलाई बुबाले निकै मिहिनेत गरेर पढाउनुभयो। सबै छोराछोरीलाई उत्कृष्ट शिक्षा दिने बुबाको इच्छा थियो,' उनले विगत...
सेतोपाटी संवाददाता कीर्तिमानी आरोही कामीरिता शेर्पा २३ औं पटक संसारको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका छन्।, बुधबार बिहान ७ बजेर ५० मिनेटमा शेर्पा दक्षिणतिरबाट चुचुरोमा पुगेका हुन्। आजको आरोहणसँगै ४९ वर्षीय कामिरिता २३ पटक सगरमाथाको चुचुरोमा पुग्ने संसारकै पहिलो आरोही बनेका छन्।, यसपटक २२ चोटी सगरमाथा चढ्ने रेक...
एजेन्सी अमेरिकाको अलास्कास्थित केत्चिकनमा सोमबार दुइटा साना विमान आकाशमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ। एघार र पाँच जना यात्रु बोकेका दुई विमान एकआपसमा ठोक्किएर दुर्घटना भएको बिबिसीले जनाएको छ। , एघार जना यात्रु सवार विमान केत्चिकनकै ताकुवान एअरद्वारा सञ्चालित छ। यो विमानका यात्रुलाई उपचारका निम्ति अस्पताल लगिएको ...
सबिना श्रेष्ठ सम्पदा क्षेत्रमा जारी विनाशलीला विश्व सम्पदा सूचीकृत स्वयम्भूसम्म पुगेको छ।, यही जेठ ४ गते बुद्ध जयन्तीको दिन तपाईं स्वयम्भू जानुभयो भने याद गर्नुहोला, सम्पदा क्षेत्रको मापदण्ड मिचेर स्वयम्भू जाने पूर्वी भर्याङदेखि महाचैत्य वरिपरि नै आधुनिक शैलीका संरचना धमाधम निर्माण भइरहेका छन्।, ‘भगवान पाउ’ बाट सुरू ह...
सेतोपाटी संवाददाता प्रहरीलाई एक सय रुपैयाँ घूस दिन खोजेको आरोपमा एक सवारी चालक झापामा पक्राउ परेका छन्।, पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका १३ चारआली चोकमा सवारीसाधनका कागजपत्र चेक जाँच गर्ने क्रममा प्रहरीलाई १ सय रुपैयाँ घूस दिन खोज्ने रामकुमार लिम्बूलाई प्रहरीले मंगलबार पक्राउ गरेको जिल्ला प्रहर...
सेतोपाटी उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा नेपाल सरकारको स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगको जग्गा अतिक्रमण भएपछि  प्रहरीले हस्तक्षेप गरी अतिक्रमणकारीबाट जग्गा मुक्त गराएको छ।, उदयपुर सिमेन्ट उद्योग आसपासको उद्योगको स्वामित्वमा रहेको जग्गा र सगरमाथा लोकमार्गअन्तर्गत आसपासका जग्गामा केही अ...
सेतोपाटी संवाददाता पशुपति क्षेत्रबीचबाट खोलिएको तिलगंगा–गुह्येश्वरी सडकखण्ड बन्द गरिएको छ।, विश्व सम्पदा सूचीकृत पशुपति क्षेत्र संरक्षण गर्न यो बाटो बन्द गर्ने निर्णय भएको पशुपति विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए।, ध्रुवस्थली र मृगस्थली जंगल बीचबाट २०६४ सालमा पुष्पकमल दाहाल सरकारका पालामा यो बाटो खोलिएक...
सेतोपाटी संवाददाता संसदीय समितिले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन सरकारलाई कडा निर्देशन दिएको छ।, समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन खानेपानी मन्त्रालयलाई कडा निर्देशन दिएको हो।, काठमाडौं उपत्यकावासीको प्रतीक्षाको विषय बनिरहेक...
सेतोपाटी संवाददाता चरनमा बाँधेको गोरुको आक्रमणले झापामा मंगलबार  एक जनाको घटनास्थलमै ज्यान गएको छ।, साविकको दुवागढी १ हाल मेचीनगर १४ का ५० वर्षीय विष्णु श्रेष्ठको गोरुले हान्दा घटनास्थलमै मृत्यु भएको स्थानीयले बताए।, नजिकैको हडिया खोलाको बगरमा चरनमा बाँधेको गोरुलाई लिन अपरान्ह ४ बजे तिर श्रेष्ठ त्यसतर्फ गएका थिए। बाँध...
सेतोपाटी संवाददाता भक्तपुरको लोकन्थलीमा एक पसलको काउन्टरबाट ७० हजार रुपैयाँ चोरी भयो।, पसलमा नै आएका एक दम्पत्तिले काउन्टरबाट रकम निकालेको पत्ता लगाए पनि उनीहरूको पहिचान हुन सकिरहेको थिएन।, त्यसै प्रकृतिको घटना फेरि केही दिनपछि लोकन्थलीमा दोहोरियो। काउन्टरबाट ३० हजार हराएपछि पसलेले प्रहरीमा उजुरी दिए। पैसा चोरी भएपछि ...
सुनिता सिटौला नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघका कार्यकर्ताले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवका स्वकीय सचिव प्रेम आचार्यमाथि मन्त्रालयभित्रै हातपात गरेका छन्। आचार्य मन्त्रालयका उपसचिव हुन्।, बुधबार दिउँसो युनियनका नेता सुरेन्द्र भण्डारीसहित गएका ८/१० जनाले सरूवामा घुस खाएको भन्दै...
सेतोपाटी संवाददाता स्थानीयको व्यापक विरोधपछि चाबहिल-साँखु सडकखण्ड अन्तर्गत टुसाल चोकदेखि बौद्ध नजिकैसम्म कालोपत्रेको काम थालिएको छ। बुधबारबाट ठेकेदार कम्पनीले बाटो कालोपत्रे गर्न धूलो फ्याँकेर अलकत्रा छाड्ने काम सुरू गरेको वडा नम्बर ६ का अध्यक्ष दीपेन्द्र लामाले जानकारी दिए।, चार वर्षभन्दा बढीदेखि निर्माण थालिएको यो स...
सेतोपाटी संवाददाता यही वैशाख २३ गते गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले चिकित्सकको लापरबाहीको कारण छोरीको ज्यान गएको भन्दै यसबारेमा छानबिन गरी सरकारले न्याय दिलाउनुपर्ने माग गरेका छन्।, बुधबार रिपोर्टर्स क्लब नेपालमा...
भगवती पाण्डे बिग्रिएको विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा रुपन्देहीको गैंडहवामा एक जना गम्भीर घाइते भएका छन्।, गैंडहवा गाउँपालिका वडा नं ८ मैनहियामा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा उक्त दुर्घटना भएको हो।, दुर्घटनामा परी तिलोत्तमा नगरपालिका वडा नं. १४ का गुरुदत्त चौधरी गम्भीर घाइते भएका स्थानीय सन्दीप गुप्ताले ज...
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तनहुँका तीन वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।, म्याग्दे ४ को गणेश मावि, मणि मावि र कालिका प्राविका विद्यार्थीलाई पौडेलले आइतबार कापीकलम तथा झोला वितरण गरेका हुन्।, यस्तै म्याग्दे ७ रानीस्वाँरा सामुदायिक भवन निर्माणका लागि प...
सेतोपाटी संवाददाता महानगरीय अपराध महाशाखाका एसएसपी र काठमाडौं प्रहरी प्रमुख एसएसपीले संयुक्त रुपमा पहिलो पटक पत्रकार सम्मेलन गरेका छन् । , भर्खरै सरुवा भएर आएका महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल बहादुर थापा र काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दे आफ्ना भावी योजनाहरु सुनाएका हुन्...
सेतोपाटी संवाददाता महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले आफूले महाशाखाको शाख झर्न नदिने बताएका छन् ।, महाशाखा र काठमाडौं प्रहरी परिसरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले आफ्नो कार्यकालमा महाशाखाको साख झर्न नदिने दाबी गरेका हुन्।, 'यस अघिका महाशाखा प्रमुखहरुले जोगाएको साख झर्न दिन्न,' थापाले भन...
सेतोपाटी संवाददाता सरकारले विगत ५ महिनादेखि क्यान्सर रोगीहरूलाई दिँदै आएको एक लाख आर्थिक सहायता रोक्का गरिएको खुलासा भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले बजेटको अभावमा ५ महिनादेखि क्यान्सर रोगीहरूलाई दिइँदै आएको १ लाख आर्थिक सहायता रोक्का गर्नुपरेको प्रष्टयाइन्।, बजेटको अभाव भएकाले सरकार...
सेतोपाटी संवाददाता प्रदेश नम्बर २ सरकारले भोलि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।, मुख्यमन्त्री लालबाबु राउतले आइतबार विज्ञप्ति निकालेर जानकी नवमीलाई भब्यता प्रदान गर्दै हर्सोल्लासपूर्वक मनाउन बिदा दिएको उल्लेख गरेका छन्। , प्रदेश २ मा भोलि बिदा
सेतोपाटी जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने गोठीचौर गाउँपालिका–२ की बृद्धा तुथकली बस्नेतले बल्ल ७५ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र  पाएकी छन्। ,२००१ वैशाख ७ मा जन्मेकी बस्नेतले अहिलेसम्म नागरिकता बनाएकी थिइनन्। जिल्ला प्रशासन कार्यालय, जुम्लाद्वार सञ्चालित एकीकृत घुम्ती शिविरमा उनले शनिबार नागरिक...
सेतोपाटी नेपाल प्रहरीको साइबर अनुसन्धान ब्यूरो भोटाहिटी र मानव बेचबिखन नियन्त्रण ब्यूरो बबरमहलमा स्थापना भएको छ ।, सामाजिक सञ्जालको प्रयोग बढेसँगै बढ्दो विद्युतीय अपराध र महिला तथा बालबालिका बेचबिखन बढेसँगै सरकारले आर्थिक वर्ष २०७५-०७६ को बजेटमा साइबर अनुसन्धान ब्यूरो र मानव बेचबिखन नियन्त्रण ब्यूरो स्थापना गर्न बजेट ...
सेतोपाटी संवाददाता सरकारले देशभरका स्थानीय तहलाई मातहतका खाली जमिनमा फलफूलका बिरूवा रोप्न निर्देशन दिएको छ।, देशलाई फलफूलमा आत्मनिर्भर बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणालाई कार्यान्वयनमा ल्याउन अहिले ‘एक नेपाली एक फलफूलका बिरूवा रोपण’ अभियान नै चलाइएको छ।, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार ७...
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हालै पदोन्नति हुनुभएका ३ जना प्रहरी नायव महानिरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । , प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल तथा प्र...
सेतोपाटी संवाददाता पिकअप जीपको ठक्करबाट आइतबार एक जना बालकको मृत्यु भएको छ।, दंगिशरण गाउँपालिका वडा नं. ६ श्रीगाउँ निवासी ७ वर्षीय किरण पुनको जीपको ठक्करबाट मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय दाङका अनुसार रगैंचाबाट तुलसीपुरतर्फ आउँदै गरेको ग १ ज ५६६४ नम्बरको पिकअप जीपको ठक्करबाट गम्भीर घाइते बालक पुनको मृत्यु भएक...
एजेन्सी म्यानमारमा आइतबार एउटा यात्रुवाहक जहाज दुर्घटना हुनबाट जोगिएको छ। पाइलटको निकै सावधानीपूर्ण निर्णय कौशलले उक्त जहाज ल्याण्डिङ चक्काबिनै सुरक्षित अवतरण भएको हो।, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यंगुनबाट उडेको म्यानमार नेसनल एयरलायन्सको युबी १०३ उडान नम्बरको एम्ब्राएर १९० जहाज बिहान ९ बजेतिर मण्डाले विम...
सेतोपाटी संवाददाता नापी कार्यालय परासीका नापी सर्वेक्षक छत्रबहादुर ठकुल्लालाई अख्तियार अनुसन्धान आयोग बुटवलले घूससहित नियन्त्रणमा लिएको छ।, जग्गाको क्षेत्रफल मिलाउन नापी कार्यालय परासी पुगेका सेवाग्राहीबाट जग्गाको क्षेत्रफल मिलाइदिने भन्दै ठकुल्लाले घूस रकम लिएको र रंगेहात पक्राउ गरिएको कार्यालयले जनाएको छ।, सेवाग्राह...
भगवती पाण्डे प्रदेश नं पाँच सरकारका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बुटवललाई टिपरमुक्त सहर बनाइने बताएका छन्।, बजारको मध्यभागबाटै निर्वाधरूपमा सञ्चालन हुने टिपरका कारण दिनहुँ दुर्घटनाको जोखिम बढिरहेको भन्दै उनले पाल्पाका विभिन्न खानी क्षेत्रबाट आउने टिपरहरूलाई वैकल्पिक सडकको व्यवस्था गरी बजारको सडकलाई सुर...
रासस बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एसियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औं स्तरमा सूचीकृत भएको छ।, सो संस्थाले विश्वविद्यालयका कूल शिक्षक सङ्ख्या, महिला शिक्षक सङ्ख्या, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी सङ्ख्या, महिला व...
सेतोपाटी संवाददाता बलात्कार कसूरमा एक जनालाई अदालतले १६ वर्षको कैद फैसला सुनाएको छ।, एक जना पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा दाङ देउखुरी जिल्ला अदालतले १६ वर्षको कैद फैसला सुनाएको हो।, घोराही उपमहानगरपालिका वडा नं. २ निवासी १८ वर्षीय मुकेश विकलाई बलात्कारमा कसूरदार ठहर गर्दै १६ वर्ष कैदको फैसला अदालतले गरे...
सेतोपाटी संवाददाता भुमध्यसागरबाट आएको न्यूनचापीय प्रणालीले देशभरिको मौसममा बदली भएको छ। बादल र वर्षाले काठमाडौं उपत्यकामा आइतबारको तुलनामा सोमबार झन्डै २ डिग्री तापक्रम घटेको छ।, आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४.८ डिग्री थियो भने  सोमबार उक्त तापक्रम १३ डिग्री मापन भएको छ। आइतबारको उच्चतम तापक्रम ३२.२ डिग्...
दिपकजंग शाही सुर्खेतका पत्रकारहरूले पत्रकारिता जगतलाई अवरोध नगर्ने खालका कार्यक्रम ल्याउन कर्णाली प्रदेश सरकारलाई  सुझाव दिएका छन्। आर्थिक वर्ष २०७६/७७ का लागि ल्याउन लागिएको नीति तथा कार्यक्रममा पत्रकारिता क्षेत्रका लागि समावेश गर्नुपर्ने विषयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार आयोजना गरेको छफलका क्रममा पत...
सेतोपाटी संवाददाता दाङ प्रहरीले चितुवाको छालासहित भालुवाङबाट तीन जनालाई पक्राउ गरेको छ ।, पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ निवासी २० वर्षीय विष्णु खनाल, २६ वर्षीय शालिकराम भण्डारी र ३२ वर्षीय दीपक भण्डारी रहेको जिल्ला प्रहरीले कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए।, उनीहरू ...
सेतोपाटी संवाददाता 'को बन्छ करोडपति' टेलिभिजन शो मा राजिव जैनले १ करोड रुपैयाँ जितेका छन् ।, आइतबार शोमा उनले १ करोड रुपैयाँ जितेका हुन् । 'को बन्छ करोडपति'मा १ करोड जित्ने उनी पहिलो सहभागि समेत भएका छन् ।, २००७ साल प्रजातान्त्रिकपछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो भन्ने प्रश्नको सही उत्तर २०१४ माघ १९ ग...
सेतोपाटी संवाददाता वन्यजन्तुबाट क्षति व्यहोरेका किसानलाई  सल्यानमा  राहत वितरण गरिएको छ।, आइतबार डिभिजन वन कार्यालय सल्यानले वन्यजन्तुबाट क्षति व्यहोरेका किसान र वन्यजन्तुको आक्रमणमा परी घाइते भएका सर्वसाधारणलाई राहत रकम वितरण गरेको हो।, बँदेलबाट मकै बालीमा क्षति व्यहोरेका १३ जना किसानलाई क्षतिको आधारमा प्रतिव्यक्ति ८...
नेहा झा जनकपुरधाम उपमहानगरपालिका सफाइ कर्मचारीहरू पुनः आन्दोलनमा उत्रेका छन्। , गएको चार महिनादेखि आफूहरू तलब नपाएको र तलब दिनका लागि पटक पटक ताकेता गरे पनि वेवास्ता गरेपछि उनीहरू फेरि पनि आन्दोलनमा उत्रेका हुन्।, यसअघि चैत १२ गते पनि तलबको माग गर्दै उनीहरूले धर्ना लगायतका कार्यक्रम गरेका थिए।, सफाइकर्मीहरू उपमहानगरपा...
निशा भण्डारी सत्यमोहन जोशी सय वर्ष पुगेको अवसरमा ललितपुर महानगरपालिकाले सोमबार जन्मशताब्दी महोत्सव आयोजना गर्यो। , ललितपुर मेयर चिरिबाबु महर्जनको अगुवाइमा जोशीलाई मंगलबजारबाट रथारोहण गराई बाजागाजासहित नगर परिक्रमा गराइएको थियो।, उक्त सांस्कृतिक जुलुस पुल्चोकस्थित महानगरपालिका पुगेर सभामा परिणत भयो।, कार्यबाहक प्रधानमन...
नारायण खड्का दाङ जिल्लाको एउटा सामुदायिक वनमा ठूलो मात्रामा अवैध रूपमा सालका रुखहरू काटिएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष, त्यहाँस्थित खानेपानी सामुदायिक वनका अध्यक्षको  मिलेमतोमा ठूलो मात्रामा सालका रुखहरू काटिएको भन्दै उपभोक्ताहरूले त्यसको विरोध गरेका छन्। , वडा नं. १९ का वडा अध्यक्ष रामबहादु...
अमृता लम्साल हजुरआमाका कथा, 'मेरो नाम मगन रघुवंशी,' ८७ वर्षीया हजुरआमाले भनिन्, 'कसैले मंगली दिदी पनि भन्छन्।', बिक्रम सम्वत् १९८९ मा असनको बालकुमारीमा जन्मिएकी मगन पन्नालाल कायस्थ र ललितादेवीकी छोरी हुन्। मगन उनीहरूको परिवारकी पहिलो छोरी/नातिनी रहिछन्।, 'घरमा पहिलो नातिनी जन्मेपछि खुसी भएर हजुरबा-बाहरूले मेरो नाम मगन...
सन्जिब बगाले कल्पना बैजुले जेष्ठ नागरिकको हेरचाह गरेर इजरायलमा सात वर्ष बिताइन्। उनका श्रीमान सुन्दर सुवाल पनि उतै काम गर्थे। कमाइ राम्रै थियो, तर एकदिन कल्पनालाई त्यस्तै काम नेपालमा गर्न मन लाग्यो।, सुन्दरलाई पनि उनको कुरा चित्त बुझ्यो। २०६७ सालमा दुबै नेपाल फर्किए।, यहाँ आएर २०६९ सालमा उनीहरूले भक्तपुरमा सहारा हेरचा...
सेतोपाटी संवाददाता सत्यमोहन जोशी सय वर्ष पुगेको अवसरमा ललितपुर महानगरपालिकाले सोमबार जन्मशताब्दी महोत्सव आयोजना गर्यो। , ललितपुर मेयर चिरिबाबु महर्जनको अगुवाइमा जोशीलाई मंगलबजारबाट रथारोहण गराई बाजागाजासहित नगर परिक्रमा गराइएको थियो। उक्त सांस्कृतिक जुलुस पुल्चोकस्थित महानगरपालिका पुगेर सभामा परिणत भयो।, कार्यवाहक प्र...
निशा भण्डारी संस्कृतिविद् सत्यमोहन जोशी सय वर्ष पुगेको छन्। ललितपुर महानगरपालिकाले सोमबार जन्मशताब्दी मनाउन सार्वजनिक बिदा नै दियो। , ललितपुर मेयर चिरिबाबु महर्जनको अगुवाइमा जोशीलाई मंगलबजारबाट रथारोहण गराइ बाजागाजासहित नगर परिक्रमा गराइयो। , जोशीलाई सय वर्षको शुभकामना दिनेहरू बिहानै उनको निवास पुगेका थिए।, राष्ट्रपति...
नारायण खड्का मलामी गएका एक जना व्यक्तिको राप्ती नदीमा डुबेर मृत्यु भएको छ।, मृतकको दाह संस्कारपछि नुहाएर घर फर्किने मान्यता अनुरूप नुहाउन भनि राप्ती नदीमा पसेका राजपुर गाउँपालिका वडा नं. ५ राजपुर निवासी ५२ वर्षीय कर्णबहादुर घर्तीको डुबेर मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घर्ती आफ्नी सानी आमा (आमाको ...
सेतोपाटी संवाददाता सुनका गरगहना चोरी कार्यमा संलग्न चार जना व्यक्ति पक्राउ परेका छन् भने दुई जना फरार रहेका छन् ।, चोरी कार्यमा संलग्न साविक कोइलावास वडा नं. ९ घर भइ हाल घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी २१ वर्षीय सद्दाम हुसेन रंगरेज पक्राउ परेपछि थप अन्य छ जना पनि चोरी कार्यमा संलग्न भएको खुल्न आएको हो। विभिन्न...
रासस कैलालीको टीकापुर अस्पतालमा कार्यरत चिकित्सक कामका समयमा आफ्नो कार्यकक्षमा नभइ निजी क्लिनिकमा भेटिने गरेका छन्।, अस्पतालमा कार्यरत अधिकांश चिकित्सकका अस्पताल बाहिर निजी क्लिनिक छन्। क्लिनिक नभएका चिकित्सकलाई पनि निजी क्लिनिकमै बिरामी जाँच गर्न भ्याइनभ्याइ हुने गरेको छ। त्यतिमात्र नभइ अस्पतालमा बिरामी जाँच गर्दागर्...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर काठमाडौंले उत्कृष्ट कार्य गर्ने १२ प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ।, एक एसपीसहित ७ डिएसपी र ४ प्रहरी निरीक्षकलाई प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार लामाले उत्कृष्ट कार्य गरेबापत पुरस्कृत गरेका हुन्।, पुरस्कृत हुनेमा एसपी अशोक सिंह, महानगरी प्रहरी वृत्त थानकोटका डिएसपी कुमार व...
सेतोपाटी बराहताल गाउँपालिका–७ सुर्खेत करङ्गेगाउँ निवासी ४६ वर्षीय भवीसरा दङ्गालीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अभद्र तथा अमानवीय व्यवहार गरेको आरोपमा उनलाई बुधबार पक्राउ गरेको हो ।, वैशाख २४ गते करङ्गेगाउँकै ६० वर्षीय तेजबहादुर खत्रीलाई टपरीमा लुकाइछिपाइ ल्याएको दिसा मुखमा कोच्याएको सूच...
सेतोपाटी संवाददाता सरकारले गुणस्तरहीन औषधि विक्रीवितरण गर्ने औषधि पसलहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।, उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहित औषधि विक्री वितरण गर्ने औषधि पसलहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएका हुन्।, उनले चिस्यानमा नराखिएको औषधि विक्री वितरणमा पनि प्...
एजेन्सी बेलायतका राजकुमार ह्यारी र अधिराजकुमारी मेगन मर्केलले दुई दिनअघि जन्मेका आफ्ना छोरालाई सार्वजनिक गरेका छन्।, बुधबार ह्यारीले काखमा राखेर छोरालाई सार्वजनिक गरेका हुन्। मेगन पनि उनीसँगै थिइन्।   राजकुमार ह्यारीले आफूहरू एकदमै खुसी भएको बताए। उनीहरूले बच्चाको नाम अमेरिका र बेलायतलाई  प्रतिनिधित्व राख्ने गरी राख्न...
सेतोपाटी संवाददाता वनमा सल्किएको डढेलो बस्तीसम्म फैलिँदा ८ वटा घर/गोठ जलेर नष्ट भएका छन्।, घोराही उपमहानगरपालिका वडा नं. १ स्थित सल्लिबोट सामुदायिक वनमा लागेको डढेलो बस्तीसम्म पुगेपछि स्थानीय व्यक्तिका ६ वटा घर र २ वटा घर जलेर नष्ट भए।, आगलागीबाट घोराही १ तल्लो माले निवासी ४२ वर्षीय चुमानसिंह विष्टको एउटा घर र गोठ, सो...
भगवती पाण्डे बुटवल उपमहानगरपालिकाले मोतिपुर क्षेत्रका १ सय ५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र(लालपुर्जा) वितरण गरेको छ।, बुटवल उपमहानगरपालिका वडा नं १७ र १८ मा पर्ने गाउँ ब्लक जग्गालाई बुधबार उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो।, लालपुर्जा पाउनेमध्येका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१७ का टंकनाथ ज्ञवाली र सोधावती थार...
सेतोपाटी संवाददाता नेपालसँग सीमाना जोडिएका भारतका विभिन्न जिल्लाहरूमा हुन लागेको निर्वाचनलाई लक्षित गर्दै सीमा नाकाहरू बन्द गरिने भएको छ।, भारतमा हुन लागेको निर्वाचनको सुरक्षाबारे दुई देशका सुरक्षा अधिकारीहरूको बैठक बसी निर्वाचनको अघिल्लो दिनदेखि निर्वाचनको दिनसम्म र सीमा नाका बन्द गर्ने निर्णय गरिएको बताइएको छ।, सोही...
सेतोपाटी संवाददाता दाङमा आगलागीले एकै दिनमा २० घरगोठ जलेर नष्ट भएका छन्।, घोराही उपमहानगपरपालिका वडा नं. १ सिरुखर्चमा स्थानीय सल्लिकोट सामुदायिक वनमा लागेको डढेलो बस्तीसम्म फैलिदा १८ घर गोठ जलेर नष्ट भएका छन् भने सोलारबाट आगलागी हुँदा थप दुई घर गोठ जलेर नष्ट भएका छन्।, बुधबार बेलुकी पख वनमा लागेको डढेलो हावाको माध्यमव...
एजेन्सी खाडी मुलुक कतारले पहिलो पटक भूमिगत रेल सेवा सुरू गरेको छ।, बुधबार राजधानी दोहादेखि दक्षिणी सहर अल-वाक्राहको रेड रूटमा मेट्रो रेल सेवा सुरू भएको हो। ४० किलोमिटर लामो यो रूटका १८ मध्ये १३ स्टेशनमा रेल चल्न थालेको छ।, सन् २०२० सम्म सक्ने गरी कतारले पहिलो चरणमा थप दुई (ग्रिन र गोल्ड) रूट पनि बनाइरहेको छ भने दोस्रो...
सेतोपाटी संवाददाता लामो समयदेखि निर्माणाधीन चाबहिल–साँखु सडकखण्ड कालोपत्र नहुँदा मारमा परेका बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरूद्ध पारेका छन्।, पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको छ।, आन्दोलनमा उत्रिएका स्थानीयवास...
रासस पछिल्लो समय भूमाफिया निकै सक्रिय भएका छन्। कानुनीराजको नै उपहास हुने गरी भूमाफिया सक्रिय भइरहँदा बाँके पनि अछुतो रहन सकेन। भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारीका खबर सार्वजनिक भइरहेका बेला बाँकेमा एक कानुन व्यवसायीले झुक्याएर एक महिलाको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य खु...
शान्ति तामाङ काठमाडौं, बाफलस्थित ज्ञानोदय स्कुलले केही महिनाअघि स्यानिटरी प्याड झर्ने भेन्डिङ मेसिन राख्यो। एक रूपैयाँको डबल हालेपछि खुत्रुक्क प्याड खस्ने यो मेसिनले छात्राहरूलाई निकै सुविधा भयो।, दुई साताअघि मात्रै तनहुँको आदिकवि भानुभक्त क्याम्पसमा यस्तै मेसिन राखियो। प्याड वितरण गरिरहेका अरू थुप्रै सामुदायिक स्कुलल...
सेतोपाटी संवाददाता राष्ट्रिय समावेशी आयोगले कर्णाली प्रदेशका लागि विशेष योजना तय गर्ने भएको छ।, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले पीछडिएको कर्णाली प्रदेशलाई मूल प्रवाहमा ल्याउन विशेष योजना तय गर्न लागिएको जानकारी दिए।, बिहीबार संघीय संसदको महिला तथा सामाजिक समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले...
सेतोपाटी संवाददाता लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकखण्डको टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ।, धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले बिहीबार यातायात अवरुद्ध पारी सडक कालोपत्रे गर्न माग गरेका थिए।, सडकमा उत्रिएका आन्दोलनकारी र उक्त सडकखण्ड निर्माण गर्न ठेक्क...
सेतोपाटी  इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाइते भएपछि स्थिति तनावग्रस्त बनेको छ।, कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समिर घिसिङ बिहीबार साँझ हिरासतभित्रको शौचालयमा आफैंले लगाएको सर्ट (कमिज) मा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उक्त घटनापछि गम्भीर घाइते भएका घिसिङलाई उप...
सेतोपाटी संवाददाता भारतीय बजारतर्फ गाई तस्करी गरेर लैजाँदै गरेका गाईसहित एक तस्करलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।, रौतहटको इशनाथ नगरपालिका ३ बन्जरहाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ४० वटा गाईसहित एक जना तस्करलाई रौतहट नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो।, बिहिबार बिहान करिब ३ बजेको समयमा प्राप्त सूचनाको आधार...
चेतना गुरागाईं शनिबारको साँझ।, मध्यपुर थिमीका प्रमिला पोखरेल र उनकी आमाजू सिर्जना घिमिरे स्कुटरमा घर फर्कंदै थिए। गठ्ठाघर पुग्दा साढे सात बजेको थियो।, स्कुटर हाँकिरहेकी प्रमिलाको दाहिने कुममा एक्कासि धक्का लाग्यो। स्कुटर धर्मरिएर लड्यो। दुवै सडकमा पछारिए।, अठ्ठाइस वर्षीया प्रमिलाको कुम र घुँडा रगताम्मे भयो। अत्तालिँदै...