content
stringlengths
20
64.1k
भगवती पाण्डे नवलपरासीको सुनवल ज्यामिरेमा ट्रक र कार ठोक्किँदा पाँच जना घाइते भएका छन्।, पूर्वपश्चिम राजमार्गको सुनवल ज्यामिरेमा सोमबार दिउँसो दुई बजे उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।, पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. १ क ८७३५ नं. को ग्यास सिलिण्डर बोकेको ट्रक र पूर्वबाट पश्चिमतर्फ आइरहेको वा. १३ च १८६० नं को कार ठ...
लिला चन्द सोमबार त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको ढोका खुल्नुअघि नै हजारौँ विद्यार्थी भेला भैसकेका थिए। केही विद्यार्थी भने पर्खाल र गेट नाघ्दै भित्र छिरिसकेका थिए।, विश्वविद्यालयले अन्तिम पटक राजनीति शास्त्र र जनप्रशासनमा स्नातकोत्तर तहमा प्राइभेट परीक्षा दिन पाउने व्यवस्था गरेपछि हजार...
सेतोपाटी संवाददाता ठेकेदार मनोज भेटवालले खुलामञ्चका सटरबाट उठाएको पैसा धमाधम फिर्ता गर्न थालेका छन्। पीडितहरू प्रहरीसम्म पुगेपछि भेटवालले पीडितहरूलाई बोलाउँदै पैसा फिर्ता दिन थालेका हुन्।, खुलामञ्चको सटर भाडाका लागि ११ लाख बुझाएका नेत्रबहादुर खत्रीले आफूले पैसा फिर्ता पाएको बताए। आइतबार अपराह्न खुलामञ्चस्थित सम्पर्क क...
भगवती पाण्डे पाल्पाको निस्दी गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।, गाउँपालिकाको वडा नं. ७ भिरपानीकमा विवाहबाट हुवास फर्किदै गरेको लु १ ज १९४१ नम्वरको जिप सोमबार साँझ दुर्घटनामा परेको हो।, दुर्घटनामा परी जिपमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, मृत्यु हुनेमा निस्दी...
अमृता लम्साल विशालनगरस्थित सेन्ट्रल प्लाजा अपार्टमेन्टमा हरिकला लामिछानेलाई भेट्दा उनी सोफामा चटक्क परेर बसेकी थिइन्।, उनको सास फुलिरहेको थियो, दम बढेको जस्तो। दम मात्रै होइन, उनलाई मधुमेह, उच्चरक्तचापले पनि गाँजेको छ।, पछिल्लो समय समस्या बढेपछि औषधि गर्ने सिलसिलामा कान्छा छोरा खेमराजसँग काठमाडौं आएकी हुन्। अरूबेला मा...
दिपकजंग शाही सुर्खेतका केही युवती शनिबार एउटा हलमा भेला भएका थिए।, विदा सदुपयोग गर्दै उनीहरूले आ-आफ्ना महिनावारीका अनुभव बाँडे, प्रजनन् र यौनका कुरा गरे।, यो उनीहरूको सात महिनादेखिको नियमित कार्यक्रम हो। , भेरीगंगा नगरपालिका–१३, रामपुर सुर्खेतका युवती हरेक शनिबार यसैगरी भेला भएर प्रजनन स्वास्थ्य, लिंग र लैंगिकता, किशो...
सेतोपाटी संवाददाता नख्खुमा गराइएको बम बिस्फोटका मुख्य अभियुक्त सूर्य भूजेल कारागार चलान भएका छन्। आइतबार जिल्ला अदालत ललितपुरको आदेशले ३८ वर्षीय भूजेल पुर्पक्षका लागि कारागार चलान भएका हुन्।, ललितपुर परिसरका अनुसार उनलाई आइतबार नै नख्खु कारागार चलान गरिएको छ। कर्तव्य ज्यान, बम बिस्फोट हातहतियार तथा खरखजना र राज्यविरुद...
सेतोपाटी संवाददाता बुटवलको कालिकानगरका रबिलाल सुवेदीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको छ।, भैरहवाबाट बुटवल आउनका लागि भैरहवास्थित बुद्धचोकमा सवारी साधन पर्खिरहेका सुवेदीमाथि आईतबार साँझ अज्ञात समूहले खुकुरी प्रहार गरेको हो।, सुबेदीको दाहिने हात र दुई वटै खुट्टामा चोट लागेको अस्पतालले जनाएको छ। उक्त समूहको आक्रमणबा...
सेतोपाटी संवाददाता सल्यानमा लाठी प्रहारबाट एक जनाको हत्या भएको छ।, कपुरकोट गाउँपालिका वडा नं. ६ खोली गाउँ निवासी ३९ वर्षीय श्याम भनिने फौदबहादुर भण्डारीको हत्या भएको प्रहरील जनाएको छ।, भण्डारीलाई लाठी प्रहार गरि हत्या गरेको अभियोगमा कपुरकोट गाउँपालिका वडा नं. ५ का २५ वर्षीय निर्मल बुढा पक्राउ परेका छन्।, जिल्ला प्रहरी...
सेतोपाटी संवाददाता समयमा नविकरण नगर्ने दश म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले खारेज गरिदिएको छ।, कानुनले तोके अनुसार समयमै नविकरण नगरेका १० कम्पनी खारेज गरिएको विभागका सुचना अधिकारी भोला गुरागाईंले जानकारी दिए।, खारेजीमा पर्ने कम्पनी इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्राली, ध्...
सेतोपाटी संवाददाता मोरङको मिक्लाजुङ गाउँपालिका-६ स्थित बक्राहा-नुनसरी खोलामा एम-१६ राइफल फेला परेको छ। खोलामा गाडिएको अवस्थामा एम-१६ राइफल प्रहरीले खनेर निकालेको हो।, मोरङ प्रहरीका अनुसार राइफल गाडेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मधुमल्लाबाट आइतबार साँझ प्रहरी खटिएको थियो।, प्रहरीले गाडेको स्थानबाट एक थान राइफल,...
एजेन्सी भारतीय सेनाले नेपालको मकालु वरूण राष्ट्रिय निकुञ्जमा यतिको पाइलाको चिन्ह भेटिएको दाबी गरेको छ। भारतीय सेनाले आफ्नो आधिकारिक ट्वीटरमा यतिको पाइलाहरू दाबी गरिएको फोटोसमेत पोस्ट गरेको छ।, पोस्टमा ती तस्विरहरू भारतीय आर्मीले पर्वातारोहणका क्रममा मकालु बेस क्याम्पमा नजिकै अप्रिल ९ मा खिचेको दाबी गरेको छ। भेटिएका पा...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले बढाएको निजी स्कुलको शुल्क खारेज गरेको छ।, महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको शिक्षा समितिको बैठकले गत फागुन २६ गते बढाएको शुल्क खारेज गरेको हो।, ‘संस्थागत विद्यालयले शैक्षिक सत्र २०७५ मा लिइएको शुल्क मात्र लिन पाउँछन्,’ मेयर शाक्यले भने, ‘संस्थागत स्क...
सेतोपाटी संवाददाता पूर्वसांसद गायत्री साहले जन्माएको शिशु डेढ महिनादेखि अस्पतालमै छ। ‘डाउन सिन्ड्रोम’ देखिएको अस्वस्थ शिशुको उपचार र जीवन रक्षाको जिम्मेवारी कसले लिने भन्नेमा साह र मेडिसिटी अस्पतालबीच विवाद छ। , फागुन २८ गते जन्मिएको शिशुलाई अहिले एनआइसियुमा राखेर उपचार गरिराखिएको छ। बालकको मुटु तथा फोक्सोमा समस्या ...
अनिल तिवारी झुठो विवरण पेश गरी भारतीयलाई नेपाली नागरिकता दिलाउन खोज्ने एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको केहीबेरमै छाडेको छ।, लगभग आधादर्जन भारतीयको  नागरिकता बनाई दिने भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेका रून्चे भनिने मदन गुप्तालाई प्रहरीले पक्राउ गरेको केही घन्टामा छाडेको हो।, वीरगन्ज घडीहर्वा बस्ने गुप्त...
सेतोपाटी संवाददाता सिराहाको कल्याणपुर नगरपालिकाकी २१ वर्षीया कञ्चन मण्डललाई पतिले आगो लगाएर हत्या गर्ने कोशिश गरेका छन्। उनका पति चेतन मण्डल अहिले फरार रहेको प्रहरीले जनाएको छ। बिहीबार बिहान भान्छामा काम गरिरहेकी कञ्चनलाई आगो लगाएर उनी फरार भएको अनुमान प्रहरीले गरेको छ।, उनलाई आगो लगाएर मार्ने कोशिश गरेको भन्दै प्रहरी...
नेहा झा सर्लाही, गोडैताकी सुनिता (नाम परिवर्तन) गत मंसिरमा बिहे टुंगो लाग्यो।, जन्मदर्तामा उल्लेख भएअनुसार उनको उमेर २० वर्ष पुगेको थियो। जेनतेन प्राथमिक तहसम्म अध्ययन गरेकी सुनितालाई उनका बुबाले मंसिरमा बिहे गर्ने गरी नजिकै गाउँका केटा खोजे। ३० वर्षीय केटासँग उनको बिहे तय गराए।, तर जब सुनिताले आफ्नो बिहे हुँदैछ भन्ने...
सन्जिब बगाले ललितपुरको सातदोबाटो-हात्तीवन सडक किनार उनी पाँच महिनादेखि पुराना जुत्ता-चप्पल र झोला सिलाइरहेका छन्।, उध्रिएको सिलाएर आफ्नो जीवन उनिरहेका यी व्यक्ति हुन् सर्लाही, मलंगहवाका भरत राम।, भरतको विशेषता के भने, यही सडकमा उनी ३५ वर्षदेखिको पुस्तैनी व्यापार धानिरहेका छन्। अर्थात्, भरतका बाबु ठागा राम सातदोबाटो क्...
सेतोपाटी संवाददाता पतिले आगो लगाएर गम्भीर घाइते भएकी सिराहा कल्याणपुर नगरपालिकाकी २१ वर्षीया कञ्चन मण्डलको मृत्यु भएको छ।, काठमाडौंको साँखुस्थित शुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचाररत उनको ५ बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालकी डाक्टर रूजिना शिल्पकारले सेतोपाटीलाई जानकारी दिइन्। ‘उहाँलाई यहाँ ल्याइपुर्‍याउँदा धेरै ...
सागरराज तिमिल्सिना फोटो पत्रकारिता दिवसको अवसरमा पारेर पोखरामा फोटो प्रदर्शनी गरेको हो। नेपाल फोटो पत्रकार गण्डकी प्रदेशको आयोजनामा पोखराको लेकसाइडमा फोटो प्रदर्शनी गरेको हो।, फोटो प्रदर्शनीको अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष तथा क्याप्टेन रामेश्व थापाले उद्घाटन गरे। उनले फोटो पत्रकारीता कठिन पेसा भएको बताउदै त्यसला...
सेतोपाटी संवाददाता विगत ३ दिनदेखि गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ४, दजाकोटमा फैलिएको झाडापखाला नियन्त्रण भएको छैन । बुधवारदेखि फैलिएको झाडापखालाबाट शुक्रवार सम्म दजाकोट गाउँका एक सय ५० जना भन्दा धेरै व्यक्ति विरामी भएका छन् ।, झाडापखालाले सिंगो गाउँमा नै महामारीको रुप लिएको हो । स्थानीय नुरखोला खानेपानी योजनाको पान...
सन्जिब बगाले काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अनुमतिबिना बनेका सटर भत्काउन सुरू गरेको छ।, शनिबार महानगरपालिकाले डोजर परिचालन गर्दै ती सटरहरू भत्काउन सुरू गरेको हो।, खुलामञ्च अतिक्रमणविरूद्ध स्थानीय विभिन्न संघ संस्थाले दबाब दिँदै आएका थिए।, हिजोमात्रै कामपाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा अनुमतिबिना बनेका सटर...
रासस पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको छुट्टाछुट्टै ठाउँमा शनिबार भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।, सप्तरीको कन्चनरुप नगरपालिका–९ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४१२३ नंको ट्रकलाई सोही दिशाबाट आइरहेको ना५ख ७९३७ नंको बसले पछाडिबाट ठक्कर दिँदा बस अनियन्त्रित भई सडकदेखि दक्षिणतर्फ छाप्रोमा रहेको...
खिलानाथ ढकाल अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले कलाकार तथा आप्रवासी नागरिक सुदर्शन गौतमविरूद्ध ‘रेड जोटिस’ जारी गरेको छ। प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको विशेष अनुरोधमा इन्टरपोलले बिहीबार गौतमविरूद्ध ‘रेड नोटिस’ जारी गरेको हो।, मानव बेचबिखन तथा ओसारपसार अभियोगमा दुई वर्षयता मुद्दा खेपिरहेका गौतमलाई पक्राउ...
सेतोपाटी हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण एक सातामै आठ जनाको मृत्यु भएको छ।, टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउनेजस्ता रोगले एकै गाउँपालिकाका ८ जनाको मृत्यु भएको हो भने १२ जना विरामी छन्।, पहिचान नखुलेको रोगका कारण शुक्रबारसम्म ८ जनाको मृत्यु भइसकेको स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशील...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अनुमतिबिना बनेका सटरमा डोजर चलाएको छ।, खुलामञ्च अतिक्रमणविरूद्ध स्थानीय विभिन्न संघ संस्थाले दबाब दिँदै आएपछि महानगरले शनिबार डोजर चलाएको हो।, महानगरले लगातार ताकेता गरे पनि पसलेहरूले अटेर गरेपछि महानगर सो कदम चालेको महानगर उपप्रमुख हरि प्रभा खड्गीले बताइन्।, ‘सटर ...
रासस राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र कक्षा १२ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ।, देशभर एकैसाथ १५ गते आइतबार बिहान ७ बजेदेखि शुरु हुने कक्षा १२ र वैशाख २९ गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए।,...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपमेयरको प्रतिवेदन आउन ढिलाइ हुने भएकोले खुलामञ्चमा डोजर लगाएको बताएका छन्।, खुलामञ्च अतिक्रमण गरी व्यापारिक प्रयोजनका लागि सटर बनाएर व्यापार थालेपछि तीव्र विरोध भएको थियो। महानगरले खुलामञ्च अतिक्रमणबारे बुझेर प्रतिवेदन दिन उपमेयर हरिप्रभा खड्गीलाई ज...
सेतोपाटी संवाददाता राज्यबाट पाउने सेवा सुविधा तथा हकअधिकारका लागि सामूहिक लड्ने प्रण गर्दै भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बालकोटका ज्येष्ठ नागरिकहरू एकजुट भएका छन्। , बालकोटमा स्थापित अनन्त लिंगेश्वर ज्येष्ठ नागरिक सेवा समाजलाई विस्तार गर्दै यहाँका ज्येष्ठ नागरिकले सूर्यबिनायक नगरपालिकाभरि सक्रियता बढाउने निर्णय गरेक...
सेतोपाटी संवाददाता जिल्लामा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण गर्न दाङ प्रहरीले ‘ठाउँको ठाउँ सुधार’ कार्यक्रम लागू गरेको छ ।, प्रदेश प्रहरी कार्यालय तुलसीपुर, जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शनिबारदेखि सप्ताह व्यापी कार्यक्रम सुरू गरिए...
भगवती पाण्डे प्रदेश नम्बर पाँचमा सवारी दुर्घटनाका कारण प्रतिमहिना ४८ जनाको मृत्यु हुने गरेको ट्राफिक प्रहरीको तथ्याकंले देखाएको छ ।, प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलले शनिबारदेखि सञ्चालन गरेको ट्राफिक सप्ताह कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयले उक्त जानकारी गराएको हो ।, कार्यालयले बढ्दो सडक दुर्घट...
विनोद सापकोटा  ,  , सरकारी कार्यालयको काम काजै ठप्प पारेर कर्मचारी घुम्न गएपछि शुक्रबार झापाको शिवसताक्षी नगरका दुइटा वडाका सेवाग्राही मारमा परेका छन्।, कर्मचारी मात्र होइन, जनप्रतिधि समेत ‘रिल्याक्स टुर’मा सहभागी भए। जनप्रतिनिधिसहितको कर्मचारी कार्यालयको कामै ठप्प पारेर टुरमा गएको नगरपालिकालाई भने थाहै छैन।, शिवसताक्...
रासस गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित वडागाउँको दजाकोटमा दूषित पानीका कारण गत आइतबारदेखि फैलिएको झाडापखाला शनिबारसम्म नियन्त्रणमा आउन सकेको छैन। झाडापखालावाट बिरामी हुनेको सङ्ख्या शनिबार अपरान्हसम्म १६० पुगेको उपचारमा सम्लग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले बताए।, ती बिरामीमध्ये पाँच जनाको तम्घासस्थ...
भगवती पाण्डे गुल्मीमा ६ दिनदेखि फैलिएको झाडापखालाको कारण एक जनाको मृत्यु भएको छ।, जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ दजाकोटका १२ वर्षीय रेशम सिंजालीको झाडापखालाबाट मृत्यु भएको हो।, उनी कक्षा ६ मा अध्ययनरत थिए।  झाडापखालाबाट बालककी हजुरआमा र आमा पनि बिरामी परेका छन् । उनीहरूको अहिले गुल्मी अस्पतालमा उपचार भैरहेको छ...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त बौद्धले एक लाखभन्दा बढी रकमसहित ८ जुवाडे पक्राउ गरेको छ।, कागेश्वरी मनोहरा नगरपालिका– मुलपानी ९, तिवारी टोलका प्रेम तिवारीको घरबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।, विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले नगद १ लाख १६ हजार ८ सय १५ सहित पक्रा...
सेतोपाटी संवाददाता काभ्रेको धनेश्वरमा करेन्ट लागेर एकको मृत्यु भएको छ।, बनेपा नगरपालिका ७ धनेश्वरस्थित घर ढलान गर्नको लागि बालुवा र सिमेन्ट घोल्ने क्रममा मिक्चरमा करेन्ट सर्ट भइ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।, सिन्धुली सुनकोशी गाउँपालिका ५ बस्ने ४० वर्षीय शंकर तामाङको शुक्रबार साँझ करेन्ट लागेर मृत्यु भएको हो।,...
सेतोपाटी संवाददाता कैलालीको अत्तरियाबाट बझाङका लागि छुटेको यात्रुबहाक बस भिमदत्त राजमार्गको साहुखर्कमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।, मृत्यु हुने सबैको सनाखत भइसकेको डडेल्धुराका जिल्ला प्रमुख अधिकारी मोहनराज जोशीले जानकारी दिए।, मृत्यु हुनेमा बझाङ केदारस्यु गाउँपालिका बस्ने नरेश गुर्धामी, सोही गाउँपालिकाका कलश...
नेहा झा सन् १९९५ मा डिभी चिठ्ठा परेपछि उनी अमेरिका उडे।, केही वर्ष उतै काम गरे। बिहेको लागि फेरि नेपाल फर्किए।  , नेपालमै आफ्नो समुदायकै केटीसँग बिहे गरे।, जनकपुरधामकै वृजनन्दन साहकी छोरी सरिता साहसँग उनको बिहे भयो।, बिहे भएको केही समयपछि अमेरिका फर्के। पछि आमा र श्रीमतीलाई समेत अमेरिका लगे।, श्रीमतीसँग हाँसी खुसी जीव...
चेतना गुरागाईं २०७३, पुस अन्तिमतिरको कुरा।, डिलाराम खनाल रुपन्देहीको पब्लिक माध्यमिक विद्यालयमा प्रधानाध्यापक भएर गएका थिए।, सियारी गाउँपालिकास्थित उक्त स्कुलको जिम्मेवारी सम्हालेलगत्तै उनी छात्राहरूको व्यवहार देखेर छक्क परे।, त्यहाँ हरेक दिन पाँच/छ जना छात्रा अनुपस्थित हुन्थे। अरू छ/सात जना खाजा घन्टी बज्नेबित्तिकै ट...
सेतोपाटी संवाददाता प्रदेश नम्बर १ का विभिन्न जिल्लाबाट एक महिनामा २०५ नाल हतियार बरामद भएका छन्।, सरकारले हतियार बुझाउन भनेपछि प्रहरीले संकलन थालेको थियो। हातहतियारमध्ये १३० नाल सर्वसाधारणहरूले बुझाएका हुन्। ७५ नाल विभिन्न स्थानहरूबाट बरामद गरिएको एक नम्बर प्रदेश प्रहरीले जनाएको छ।, विप्लव माओवादीलाई प्रतिबन्ध घोषणापछ...
सेतोपाटी संवाददाता द्वन्द्वकालीन न्याय निरुपणको जिम्मेवारी पाएको सत्य निरुपण तथा मेलमिलाप आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।, सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन न्याय निरुपणसम्बन्धी आयोगले हालसम्म गरेका कामहरूको विवरणसहितको प्रतिवेदन बुधबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई बुझ...
सेतोपाटी संवाददाता सरकारले आगामी १० वर्षलाई सार्वजनिक विद्यालय रुपान्तरण दसकको रूपमा मनाउने तयारी गरेको छ।, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०७६ सालदेखि २०८५ सालसम्मको एक दसकलाई सरकारले सार्वजनिक विद्यालय रूपान्तरण दसकको रूपमा मनाउने तयारी गरिरहेको जानकारी दिएका हुन्।, बुधबार भक्तपुरमा सुरु भएको...
रासस जनआन्दोलन विसं २०६२/६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोकको बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा नै रहेका छन्।, जनताको बलमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र स्थापना भएर सङ्घीयताको मूल मर्मअनुसार तीन तहको सरकार गठन भएर सेवा प्रवाह भइरहेको अवस्थामा लोकतन्त्र स्थापना गर्न आन्दोलनमा होकिएका जनआन्दोलनका घा...
सेतोपाटी संवाददाता भूकम्प स्मृति दिवस मनाउन गोरखाको बारपाक, सुलिकोट गाउँपालिकाले वैशाख १२ गते, बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।, २०७२ वैशाख १२ गते बारपाक केन्द्र रहेर ‘गोरखा भूकम्प’ गएको दिनको स्मृतिमा भोलि बिदा दिने गाउँपालिकाले निर्णय गरेको हो।, गाउँपालिका अध्यक्ष विष्णु भट्टका अनुसार गत चैत २३ गते बसेको ...
सेतोपाटी संवाददाता काठमाडौंमा लगातार चौथो महिना पनि भुइँचालोको धक्का महशुस गरियो।, काठमाडौं र आसपासका ठाउँलाई केन्द्र बनाएर माघदेखि नै एक-एक महिनाको अन्तरमा भुइँचालो गइरहेको छ।, यसको सुरूआत माघ ८ गते भयो। त्यस दिन राजधानीको थापाथलीलाई केन्द्र बनाएर ३.३ म्याग्निच्युडको भुइँचालो गएको थियो।, एक महिनापछि फागुन ४ गते साँझ ...
सेतोपाटी संवाददाता थाइलाइन एयरलाईन्सबाट काठमाडौं आएका एक बंगलादेशी नागरिक मलद्वारमा लुकाएर ल्याउँदै गरेको ७५० ग्राम सुनसहित पक्राउ परेका छन्।, बंगलादेशका २५ वर्षिय मोहम्मद अदुल हुसेनलाई विमानस्थल भन्सारले संका लागि सोधपुछ गर्दा उनले मलद्वारमा सुन लुकाएर ल्याएको थाहा भएको विमानस्थल स्रोतले सेतोपाटीलाई जानकारी दियो।, उन...
रासस चौतारी वृद्धवृद्धाको बसिबियाँलो गर्ने ठाउँ बनेको छ। घरका सदस्य व्यस्त हुँदा दिनभरि उनीहरू सडक किनाराका चौतारी र  प्रतीक्षालयमा रमाउँछन्। बढ्दो सहरीकरणसँगै चौतारीहरू लोप पनि हुन थालेका छन् । इँटाढुङ्गाले चिनेर बनाइएका अग्लो पेटी र  बीचमा वर–पीपलसहितका चौतारी मुश्किलले भेटिन्छन्।  बजार क्षेत्रका चोकमा यात्रु सुस्ता...
मनोज सत्याल र विवेक राई बुधबार बिहानको भुइँचालोलगत्तै राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा तारन्तार फोनको घन्टी बज्न थाल्यो। आधा घन्टामै झन्डै ५० देखि ६० कल।, केन्द्रमै रहेका भूकम्पविद् चिन्तन तिम्सिनालाई फोन उठाउन भ्याइनभ्याइ भयो।, अधिकांशको एउटै जिज्ञासा थियो- कति रेक्टर स्केल? कहाँ केन्द्रविन्दु?, चिनेजान...
विवेक राई भुइँचालो गइहाले हामी के गर्छौं? सकेसम्म छिटो दगुर्दै सुरक्षित ठाउँतिर जाने प्रयास गर्छौं। हिँड्दा आफूमाथि खस्ने सामान के-कसो छन्, विचार गर्छौं। यताउता हेरेर सकेसम्म जोगिन खोज्छौं।, यही अवस्थामा दृष्टिविहीन तथा शारीरिक अपांगता भएका र ह्विलचेयर प्रयोग गर्नेहरूले के गर्लान्?, उनीहरूको भुइँचालोसँगका छुट्टै कथा-व...
सेतोपाटी संवाददाता दाङमा १३ जना व्यक्तिले प्रशासनलाई हतियार बुझाएका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलबारी निवासी ९ जना र शान्तिनगर गाउँपालिका वडा नं. ३ का ४ जनाले हतियार बुझाएका हुन्। , फूलबारीका ९ जनाले लाइसेन्स प्राप्त हतियार र शान्तिनगरका ४ जनाले गैरकानुनी रूपमा राखेको हतियार बुझाएको दाङ जिल्ला प्रहरी प्...
सेतोपाटी सन् २०१० देखि २०१७ सम्ममा संसारका करिब १७ करोड बालबालिकाले दादुरा खोपको पहिलो मात्रा छुटाएका छन् जुन औसतमा बर्सेनि २ करोड भन्दा धेरै भएको युनिसेफले जनाएको छ।, खोप नलगाएका बालबालिका रहेका क्षेत्र बढ्दै जाँदा अहिले संसारका कैयन् देशमा दादुरा महामारी फैलिएको छ।, नेपालका केही क्षेत्रमा पनि दादुरा संक्रमण बढेका छन...
शान्ति तामाङ गोरखा, बारपाक केन्द्र पारेर ७.८ म्याग्निच्यूडको भुइँचालो आएको बिहीबार चार वर्ष पूरा भएको छ।, यो चार वर्षमा प्राथमिकतामा परेको निजी आवास पुनर्निर्माण ५० प्रतिशत सकिएको छ। थप ३० प्रतिशत हाराहारी पुनर्निर्माण भइरहेको छ।, साढे तीन वर्ष कार्यकाल पूरा गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्पदा, शिक्षा, स्व...
नेहा झा सर्वोच्च अदालतको पछिल्लो आदेशपछि जन्मसिद्ध नागरिकता लिएका व्यक्तिको सन्तानले नागरिकता लिनका लागि दरखास्त दिने क्रम धनुषामा बढेको छ।, जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता लिनेहरूको भीडले भरिभराउ भएको छ।, विगत केही वर्षदेखि जन्मसिद्ध नागरिकता लिएकाहरूको सन्तानले नागरिकता पाउन सकेका थिएनन्। , कार्यालय खुल्ने ...
सेतोपाटी संवाददाता काठमाडौंको खुलामञ्च अतिक्रमणको विरोधमा आन्दोलन सुरू गरिएको छ।, काठमाडौं महानगरपालिकाको मिलेमतोमा खुलामञ्च अतिक्रमण गरिएपछि त्यसको विरोधमा स्थानीयबासी र सम्पदाप्रेमीहरूले आन्दोलन सुरू गरेका हुन्।, बिहीबार बिहान खुलामञ्चमै उपस्थित भएर विरोध प्रदर्शनमा उत्रिएका उनीहरूले त्यहाँ बनाएका सटरहरू पनि बन्द गर...
प्रशन्न पोखरेल वरिपरि घना जंगल। बीचको खर्क (घाँसेचौर) घरले भरिएको छ। व्यवस्थित सहरजस्तो एकनासे घरहरू। , राता, सेता रङ पोतिएका यी घर गोरखाको लाप्राकस्थित गुप्सीपाखाका हुन्।, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ०७२ को भुइँचालोमा घर गुमाएका लाप्राकीलाई बस्न यी घर बनाइदिएको। भुमे सामुदायिक वनको जग्गा सरकारले भोगचलनको अधिकार...
नारायण महर्जन र निशा भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निमाण भइरहेको त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर,बसन्तपुर क्षेत्रको काष्ठमण्डप लगायतका विभिन्न मन्दिरहरूको निरीक्षण गरेका छन्।, आज भूकम्प गएको ४ वर्षको अवसरमा प्रधानमन्त्री ओलीले पुनर्निर्माण भइरहेका साँस्कृतिक तथा पुरातात्त्विक सम्पदाको निरीक्षण गरेक...
निशा भण्डारी गुरुङ, घले र दलित समुदायको बसोबास रहेको गाउँ हो, गोरखाको बारपाक।, यतिमा मात्रै यो गाउँको पहिचान झल्कँदैन। यो ०७२ बैशाख १२ को भुकम्पको केन्द्र गाउँ हो। भुकम्प गएको पनि आज चार बर्ष पुगेको छ। भुकम्पले क्षति पुर्‍याएका यहाँका एक हजार तीन सय घरमध्ये करिब ८८ प्रतिशत घर बनिसकेका छन्।, यो गाउँको अर्को पनि पहिचान ...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इञ्जिनियरहरूले सामूहिक राजीनामा दिएका छन्।, भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इञ्जिनियरहरूले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने आफूहरूको माग सरकारले सुनुवाइ नगरेको भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन्।, ४ वर्ष अघि विनाशकारी भूकम्प गएको स्मृतिमा बि...
रासस विसं २०७२  मा यतिखेर देश शोकमग्न अवस्थामा थियो। कति मानिस ऐँया र आत्था गर्दै पुरिएका संरचनाभित्र गुहार माग्दै थिए। कतिपय जीवनकै अन्तिम क्षणको अनुभूत गर्दै थिए।, कतै अलापविलाप,  कतै कोही पुरिएका आफन्त निकाल्न कसरत गर्दै थिए। सरकार, सुरक्षा निकाय तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि उद्धार सामग्रीसहित भूकम्पले क्षति ...
सेतोपाटी संवाददाता भारतबाट सडक मार्ग प्रयोग गरी म्यानमार छिरेका सिराहाका लठुराम मोची म्यानमारी जेलमा अलपत्र परेका छन्। बिना भिसा-पासपोर्ट म्यानमार छिरेका मोची एक वर्ष चार महिना अगाडि पक्राउ परेका हुन्।, म्यानमारको नयाँ वर्षको उपलक्ष्यमा गत वुधबार म्यानमारी राष्ट्रपतिबाट कैद भुक्तानीको आम माफी पाए पनि परिचय खुल्ने कुनै...
एजेन्सी उत्तरी चीनको हुबे प्रान्तमा बिहीबार बिहान भएको एक दुर्घटनामा परी कम्तीमा ११ जना कामदारको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएका स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।, निर्माण कार्यमा प्रयोग भइरहेको इलिभेटर भत्किँदा मजदूरहरू हताहत भएका थिए।, हेङ्गसइ सहरको ताआचेङ जिल्लामा स्थानीय समयानुसार बिहीबार ब...
सेतोपाटी संवाददाता २०७२ सालको विनाशकारी भूकम्पपश्चात् पुनर्निर्माण कार्यमा सहयोग सघाउन बालबालिकाको अधिकार र किशोरी समानताका लागि क्रियाशील प्लान इन्टरनेशनल नेपालले खासगरी शिक्षा, स्वास्थ्य, अस्थायी आवास, जीविकोपार्जनसहितका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।, प्लान इन्टरनेशनल नेपालले भूकम्प प्रभावित जिल्लाहरु...
भगवती पाण्डे बुटवलको सडक किनारका घरधनीहरुले सडक बिस्तार कार्य तत्काल रोकी पाउँ भन्दै तुल्सीपुर उच्च अदालतको बुटवल ईजलासमा रिट दायर गरेका छन्।, सडक मिचेर घर बनाएको आरोप लागेका बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क सम्मका घरधनीहरुले सडक बिस्तार रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर गरेका हुन्।, उनीहरूको अवरोधका कारण बुटवल...
सेतोपाटी संवाददाता दुरसञ्चार प्राधिकरणका सिमकार्ड अनधिकृत रुपमा बिक्री वितरण गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका ३ घर भई हाल बालाजु बस्ने दिलबहादुर खत्री र सोही ठाउँका राजकुमार दाहाल छन्। , महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार उनीहरूलाई बालाजु बसपार्क...
सेतोपाटी संवाददाता जब आकाशमा कालो बादल मडारिन थाल्छ यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन्।, वर्षेनी चट्याङका कारण मानवीय र पशु चौपायाको क्षति हुन थालेपछि पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीका बासिन्दा त्रसित हुने गरेका छन्।, वर्षेनी चट्याङका कारण एकदेखि तीनसम्मको ज्यान जाने गरेक...
सेतोपाटी संवाददाता शुक्रबार विहानैदेखि सिमसिम पानी परिराखेको काठमाडौंमा दिउँसोमात्रै घाम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार भने मौसम बदली हुने अनुमान गरिएको छ।, पश्चिमी वायुको प्रभावले देशका पश्चिम, मध्य र पूर्वी भागमा पानी परेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्। , ‘काठमाडौंमा अझै दुई घण्ट...
सेतोपाटी संवाददाता नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे रहेका छन् ।, प्रहरीले जनपरिषद् प्रमुख रिजाललाई सोमबार जिल्लाको गण्डकी गाउँपालिका–७ घ्याल्चोक...
सेतोपाटी संवाददाता पाल्पामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन्। पाल्पाको रैनादेवी छहरा गाउँपालिका-३ भुवनपोखरी छचुवाकी मंगली कुमालले आफ्नै ४२ वर्षिय श्रीमान  लोक बहादुर कुमालको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।, ससुराली गएको बेला श्रीमतीको ढुङ्गा प्रहारबाट गम्भीर घाईते भएका कुमालको उपचारको क्रममा तानसेनस्थि...
सेतोपाटी नयाँ बानेश्वरस्थित रत्नराज्य उच्च माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिलाई लिएर काभ्रे, पाँचखालका मेयर र स्कुलका प्रधानाध्यापकबीच विवाद भएको छ। , विवादकै क्रममा सोमबार पाँचखालका मेयर महेश खरेल र स्कुलका शिक्षक कृपासुर खड्का नेतृत्वको समूहले आफूमाथि दुर्व्यवहार गरेको आरोप निमित्त प्रधानाध्यापक जीवनप्रकाश ...
सेतोपाटी संवाददाता पर्सा जिल्ला अदालतले श्रीमतीहत्याको अभियोगमा नारायणी अस्पतालका चिकित्सक डा. सचिता नन्द यादवलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।, पर्सा जिल्ला अदालतका न्यायाधीस चन्द्रकान्त पौडेलको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। यादवलाई सोमबार साँझ वीरगन्ज कारागार चलान गरिएको पर्सा प्रहरीले जनाएको छ।...
शान्ति तामाङ फिल्म सुटिङक्रममा नेपालका कुनाकन्दरा पुग्दा उनलाई अधिकांशले भन्छन्- हेर हेर, नायिक श्वेता खड्का।, काठमाडौंबाट करिब ७० किलोमिटर पर सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकामा भने उनको परिचय बेग्लै छ।, उनी इन्द्रावती नदीअगाडि ब्युँतिदै गरेको माझी बस्ती निर्माणमा सहजकर्ता हुन्। भुइँचालोले ध्वस्त पारेको माझ...
रासस नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका जिल्ला इञ्चार्ज सौगात कटुवाल र सदस्य अर्जुन चौहानलाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले बिर्तामोड नगरपालिका–१ आँखा अस्पताल नजिकैबाट सोमबार साँझ उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको ज...
भगवती पाण्डे रुपन्देहीको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा माध्यमिक विद्यालयको जग्गा स्थानीय एक व्यवसायीले कब्जा गरेका छन्।, गाउँपालिकाको वडा नं ७ मा रहेको उक्त विद्यालयको जग्गा स्थानीय राजुकुमार चौधरीले कब्जा गरी भवन निर्माण गरेका हुन्।, रामापुर लुम्बिनी सडक खण्डमा अभिषेक आयल सप्लायर्स सञ्चालन गर्दै आएका चौधरीले सडकसँ...
सेतोपाटी संवाददाता नेपाली सेनाको कार्यक्रममा निजी सञ्चार माध्यमलाई प्रवेशमा रोक लगाइएको छ।, नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन उद्घाटन गर्ने कार्यक्रममा निजी मिडियालाई प्रवेशमा रोक लगाइएको हो।, राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले नवनिर्मित जङ्गी अड्डा भवनको सै...
सेतोपाटी संवाददाता गत शनिबार बिहानै मोरङको पथरीमा मृत अवस्थामा फेला परेकी २९ वर्षीया रिना बस्नेतबारे सत्यतथ्य पत्ता लगाउन भन्दै भएको प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ।, स्थानीयले रिना बस्नेतको हत्यारा खोज्न भन्दै प्रदर्शन गरेका थिए। झडपको स्थिति सिर्जना भएपछि प्रहरीले २ राउण्ड अश्रुग्यास प्रहार गरेको ईल...
चेतना गुरागाईं 'बुद्ध वाज बर्न इन नेपाल' भनेर संसार थर्काउनेहरूले बुद्ध जन्मस्थल लुम्बिनीको हावापानी भने पटक्कै ख्याल गरेका छैनन्।, लुम्बिनीमा गरिएको पछिल्लो वैज्ञानिक अनुसन्धानबाट त्यहाँको हावामा मानव स्वास्थ्यलाई झेल्न मुश्किल पर्ने विषाक्त पदार्थहरू भेटिएका छन्।, काठमाडौंको धूलोधुँवाबारे दिनरात चर्चा हुन्छ, भलै समस...
सागरराज तिमिल्सिना राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सकिएको छ। आयोजनाको निर्माण सुरु भएको डेढ वर्षमै निर्माणको मुख्य पार्टको रुपमा रहेको रनवे पूरा भएको हो।, अहिले एप्रोन (बिमान पार्किङ गर्ने स्थान) को निर्माण काम सकिएको छ। विमानस्थलमा रनवेको सवै निर्मा...
नारायण खड्का एकै दिन दुई व्यक्तिको हत्या गर्नेलाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ।, दाङको घोराही उपमहानगरपालिका वडा नं. ७ जवरपुर निवासी लवध्वज शाही र ध्रुबध्वज शाहीलाई कर्तब्य गरि हत्या गरेका सोही ठाउँका ४६ वर्षीय देशु चौधरीलाई प्रहरीले मंगलवार पक्राउ गरेको हो।, चौधरी घरमै लुकीछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा ...
सेतोपाटी संवाददाता महानगरी प्रहरी प्रभाग नागढुंगाले भन्सार छली ल्याएको कपडा बरामद गरेको छ। , ,चन्द्रागिरी नगरपालिका वडा नं २ नागढुंगास्थित चेक जाँचको क्रममा बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २०११ नम्बरको बसबाट भन्सार छली ल्याएको कपडा वरामद गरेको हो।, महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख कुमार विक्रम थाप...
सुधिर भण्डारी ललितपुरको पुलचोकस्थित दमकल चोकमा रातो मछिन्द्रनाथको जात्राको तयारीका लागि बाराही समुदायले रथ बनाउँदै गरेकाले पुल्चोक आसपास साविकभन्दा अलि बढी जाम छ। सवारी नियन्त्रणका लागि ट्राफिकको व्यस्तता पनि बढेको छ।, आज (मंगलबार) दिउँसो करिब साढे १ बजे पोखराको मणिपाल अस्पतालमा कार्यरत डा. सहिष्णुता बस्नेत जावलाखेलबा...
निशा भण्डारी ऐतिहासिक गोरखा दरबार पुनर्निर्माण सुरू भएको २ वर्षसम्म जगकै निर्माणमा बितेको छ। पुरातत्त्व विभागको बेवास्ता र ठेकेदारको लापरबाहीका कारण दरबार पुनर्निर्माणको काममा ढिलाइ भएको हो।, पुनर्निर्माणका लागि २०७४ कात्तिक २९ मा पचली सिवाको जेभी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो। सोही वर्षको पुस २ गतेबाबाट का...
सबिना श्रेष्ठ एक चिनियाँ राजा एउटा बोटमुनि बसेर पानी उमालिरहेका हुन्छन्। , केही पात पानीमा खस्छ।, पानीको रङ बदलिन्छ, स्वाद पनि।, त्यो पानी पिएपछि राजाले शरीरमा स्फूर्ति आएको महशुस गर्छन्।, त्यो बोट चियाको हुन्छ।, चिया खाने चलन यसरी नै सुरू भएको किम्बदन्ती छ।, किम्बदन्ती इतिहास होइन। त्यसैले डच अन्वेषक एवं भाषाविद् जर्...
रासस नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१  भूउपग्रहले अब डेढ महिनापछि स्वतन्त्र रूपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ।, यही वैशाख ४ गते प्रक्षेपित उक्त भूउपग्रह वैशाख ६ गते अपराह्न ३:३० बजे (प्रक्षेपण भएको ३६ घण्टा चालीस मिनेटपछि) पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षस्थित अन्तर्राष्ट्रिय केन्द...
रासस अख्तियार दुरुपयोग  अनुसन्धान आयोगले प्रहरी किताबखाना लैनचौरमा कार्यरत कम्प्युटर अपरेटर सुरज केसीलाई रु दस हजार घूस लिएको अभियोगमा आज पक्राउ गरेको छ।, आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार निवृत्तिभरणको अधिकारपत्र बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घूस रकम लिएको अभियोग केसीमाथि लागेको छ।, कम्प्युटर अपरेटर क...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले पुनर्निर्माणका काम द्रुत रूपमा अघि बढेको भन्दै नेपालको पुनर्निर्माण नमूनायोग्य भएको बताएका छन्।, सिइओ सुशील ज्ञवाली | तस्बिरः नारायण महर्जन,  , ‘नेपालको पुनर्निर्माण नमूनायोग्य पुनर्निर्माण भएको छ,’ मंगलबार राजधानीमा...
सेतोपाटी संवाददाता रसुवाको टिमुरे भन्सार जाँचपासमा रहेको एउटा ट्रकबाट सात किलो सुन बरामद भएको छ। , सशस्त्र प्रहरी भन्सार राजश्व गस्ती टिमुरे र नेपाल प्रहरीको संयुक्त टोलीले मंगलबार स्याउ लोड भएको ट्रकबाट सुन बरामद गरेको हो। , जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङका अनुसार अपराह्न ना ६ ख ९०६८...
सेतोपाटी संवाददाता रसुवाको टिमुरेबाट ७ किलोसुनसहित एक जना पक्राउ परेका छन्।, चीनको केरुङ नाकाबाट काठमाडौंतर्फ आउँदै गरेको लोडेड कन्टेनर ट्रकमा उक्त अवैध ७ किलो सुन फेला पारेको प्रहरीले जनाएको छ। , सुनसहित सवारी चालक रसुवाको नौकुण्ड गाउँपालिका–१ का शेर ग्याल्बो घले पनि पक्राउ परेका छन् ।  , रसुवागढी नाका हुँदै ना ६ ख ९...
सेतोपाटी संवाददाता लुम्बिनी विश्व शान्ति ग्रामका परिकल्पनाकार,योजनाकार प्राध्यापक क्वाक योङ हुनले प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर  पोखरेलसँग भेट गरेका छन्।, मंगलबार भएको उक्त भेटघाटमा प्रा. डा. क्वाकले लुम्बिनी विश्व शान्ति ग्रामका बारेमा जानकारी गराएका थिए।, भेटमा प्रा. डा. क्वाकले लुम्बिनीलाई विश्वकै आकर्षक र ...
सेतोपाटी बुधबार बिहान काठमाडौं र आसपासका क्षेत्रमा एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान साढे ६ बजे भूकम्प गएको हो ।,  काठमाडौंबाट ६४ किलोमिटर उत्तरपश्चिमलाई केन्द्रबिन्दु बनाउँदै भूकम्प गएको हो।, सो भूकम्प ४.९ म्याग्निचियूटको रहेको मापन भएको छ। वैशाख १२ मा गएको विनाशकारी भूकम्पको ४ वर्ष पुग्न एकदिन अ...
एजेन्सी सडक दुर्घटनामा परेर ‘कोमा’ मा गएकी संयुक्त अरब इमिरेट्सकी एक महिला २७ वर्षपछि बौरिएकी छन्।, सन् १९९१ मा दुर्घटना पर्दा मुनिरा अब्दुल्ला नामकी ती महिलाको उमेर ३२ वर्ष थियो।, उनी आफ्ना चार वर्षे छोरा ओमारलाई स्कुलबाट लिएर घर फर्कंदै थिइन्। बाटोमा उनको कार बससँग ठोक्कियो। लगत्तै मुनिराले छोरालाई लपक्क छातीमा टाँस...
सेतोपाटी संवाददाता पत्रकारद्वय रूद्र खड्का र अर्जुन ओली बारबरा एडम्स खोजी पत्रकारिता सम्मानबाट पुरस्कृत हुने भएका छन्।, सिक्टा सिँचाइ आयोजनामा भएको अनियमितता सम्बन्धी खोजी रिपोर्टका लागि पत्रकारद्वयलाई संयुक्त रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरिए बारबरा फाउन्डेसनले जनाएको छ।, यो सम्मानको राशि १ लाख १ रुपैयाँ रहेको ...
सेतोपाटी धादिङको नौविसेलाई केन्द्रबिन्दु बनाएर १२ मिनेटको फरकमा गएका भूकम्पको पराकम्पबाट कुनै क्षतिको विवरण प्राप्त गृहमन्त्रालयले जनाएको छ।, ट्वीटरबाट मन्त्रालयले आफ्नो प्रारम्भिक सूचनाका आधारमा हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको जनाएको हो।, अहिले बिहान धादिङ नौबिशे केन्द्रबिन्दु बनाएर गएको दुबै भुकम्पबाट कुनै...
सेतोपाटी बुधबार बिहान काठमाडौं र आसपासका क्षेत्रमा एकाबिहानै लगातार २ वटा भूकम्पको धक्का महसुस गरिएको छ ।, बुधबार बिहान ६ बजेर २९ मिनेटमा तथा ६ बजेर ४० मिनेटमा ती भूकम्पका धक्का महशुस गरिएका हुन्।, १२ मिनेटको फरकमा गएका दुई मध्ये पहिलो भूकम्पको धक्का ५.२ र दोश्रो ४.३ म्याग्निच्यूडको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रल...
सेतोपाटी संवाददाता शुक्रबार अपरान्ह आएको हावाहुरीले ललितपुरको झम्सीखेलस्थित हसपोसा गणेश मन्दिर भित्रको रूख ढलेको छ।, रुखले अगाडिपट्टी रहेको मन्दिरकै पर्खाल भत्काउनुका साथै बिजुलीका पोलसमेत लडाएको छ। रूखले मानवीय क्षति नभएको र एउटा स्कुटरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।, रूख ढलेर  बा ५८ प ३००० नम्बरको स्कुटी...
सेतोपाटी धनगढीको अतरियाबाट बझाङ जाँदै गरेको बस बुधबार बिहान डडेलधुरामा दुर्घटना हुँदा ५ को मृत्यु भएको छ।, डडेलधुराका सहायक प्रमुख जिल्ला अधिकारी करूणाकर अवस्थीले सेतोपाटीलाई दिएको जानकारी अनुसार सो घटनामा २४ जना गम्भिर घाइते भएको बताएका छन्। उनका अनुसार घाइतेहरूको डडेलधुरा जिल्ला अस्पतालमा उपचार भइरहेको छ।, अवस्थीका ...
सेतोपाटी संवाददाता दाङमा अज्ञात समूहले रोकिराखेको एउटा हायस गाडिमा आगजनी गरेको छ ।, तुलसीपुर अमिलिया सडक खण्डमा रोकिराखेको बा ३ ख ८५९३ नम्बरको  गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ।, बिग्रिएर जंगलमा रोकिराखेको उक्त हायसलाई बिहीबार राति अज्ञात समूहले आगजनी गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जान...
नारायण खड्का राप्ती राजमार्ग शनिबारदेखि वैशाख २५ गतेसम्म दिनभरजसो बन्द हुने भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित राम्रीको मोड काट्ने कार्य भइरहेको हुँदा शनिबारदेखि उक्त राजमार्ग अधिकांस समय बन्द हुने भएको हो।, राम्री मोड काट्ने जिम्मा लिएको उज्ज्वल निर्माण सेवाका प्रोप्राईटर दिपक न्यौंपानेले कटिङको काम हुँ...
सेतोपाटी संवाददाता नख्खुमा गराइएको बम बिस्फोटका मुख्य अभियुक्त सूर्य भूजेल सर्वोच्च अदालतबाट रिहा भएलगत्तै पुनः पक्राउ परेका छन्।, कर्तव्य ज्यान, हातहतियार तथा बिस्फोट, संगठित अपराध र राज्यविरुद्धको अपराध मुद्दा चलाइएका भूजेललाई सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा रिहा गर्ने आदेश दिए पनि शुक्रबार प्रहरीले फेर...
एजेन्सी मध्यकालीन फ्रान्सको वैभवका रूपमा रहेको नोट्र ड्याम अर्थात् आवर लेडी अफ पेरिस गत सोमबार राती लागेको आगोले लगभग खरानी भएको छ।, युनेस्कोको विश्व सम्पदामा सूचीकृत नोट्र ड्याममा सोमबार साँझ स्थानीय समयअनुसार पौने सात बजे आगो लागेको थियो। फ्रान्सको गोथिक आर्किटेक्चरको नमूनामा मानिने उक्त क्याथोलिक क्याथेड्रल ८ सय वर...
चेतना गुरागाईं सय वर्षभन्दा अगाडिको कुरा।, वैज्ञानिक अल्बर्ट आइन्सटाइनले आफ्नो कापीमा अनेकौं सूत्र लेखे। चित्रहरू कोरे। ती सबैलाई यताउता घुमाएर एउटा निष्कर्षमा पुगे।, उनको निष्कर्ष थियो- हाम्रो ब्रह्माण्डमा पृथ्वीजत्रै वा योभन्दा ठूलो यस्तो ठाउँ छ जसले सबै कुरा आफूतिर खिच्छ। प्रकाशलाई पनि आफूमै समाहित गर्छ। त्यसलाई हा...