content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी जनता आवास कार्यक्रमबाट निर्माण हुन लागेका डोल्पाका एक हजार एक सय घर अलपत्र परेका छन्। त्रिपुरासुन्दरी नगरपलिका–१ त्रिपुराकोट रल्लीस्थित राजा रानी क्षेत्रमा निर्माण हुन लागेका जनता आवासका बस्ती पूर्ण रूपमा निर्माण नभई अलपत्र परेका छन्।, पहिलो किस्ता रकम दिएर पाँचवर्षे योजना बनाइ जनता आवास कार्यक्रम सञ्चालन गरि... |
सेतोपाटी संवाददाता रोजगारीका लागि भारतको चेन्नई जाँदै गरेका महोत्तरी, धनुषा, सिरहा र सर्लाही जिल्लाका २६ किशोरलाई भारतको विहार राज्यको बरियारपुर सीतामढीबाट उद्धार गरिएको छ।, ललितपुरस्थित केन्द्रीय बाल कल्याण समिति, धनुषा जिल्ला बालकल्याण समिति, प्रदेश नं २ सरकार र छोराछोरी नेपालको समन्वयमा ती किशोरलाई बरियारपुर सीताम... |
सुदीप श्रेष्ठ न इन्द्रजात्रा, न मच्छिन्द्रनाथ, न त बिस्काः।, हाँडीगाउँ मात्र यस्तो खास छ, जसलाई उखानले सिँगारेको छ — ,कहीँ नभएको जात्रा हाँडीगाउँमा,।, उखान या त शृंगारमा बन्छ, या बिगारमा। बिगार, यानिकी खिसीट्यूरी।, यो उखान पनि कतै हाँडीगाउँ जात्राको खिसीट्यूरी गर्न बनेको त होइन?, नभए हेर्नुस् त,, नेताले कतै चर्तिकला द... |
सेतोपाटी संवाददाता टेकुमा रहेको महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरलाई काठमाडौं माइतिघरमा सारिने भएको छ। महाशाखा अहिले एक पार्टी प्यालेस र काठमाडौं प्रहरी परिसर नेसनल ट्रेडिङको भवनमा छ।, भुकम्पबाट पाल र पार्टी प्यालेसमा बस्दै आएको प्रहरीका यी दुई कार्यालयलाई माइतिघरमा रहेको स्वास्थ्य मन्त्रालय पछाडि सारिन ... |
नेहा झा जनकपुरमा एक निजी अस्पतालको शौचालयमा त्यहीँ कार्यरत नर्सको शव फेला परेको छ।, केन्द्रीय स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवको लगानी रहेको जनकपुरधाम ८ स्थित जानकी हेल्थकेयर एन्ड टिचिङ अस्पतालकी नर्स रक्षा आले झुण्डिएको अवस्थामा फेला परेकी हुन्।, महोत्तरीको गौशाला घर भई टिचिङ अस्पतालमा कार्यरत अन्दाजी २५ वर्षीया... |
नारायण खड्का निजी क्षेत्रले तुलसीपुरमा विभिन्न व्यक्ति र उद्योगसँग सहयोग मागेर बहुउद्धेश्य सभाहल निर्माण सुरू गरेको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ को दोघरेमा निर्माणाधीन सभाहल आगामी नयाँ वर्षसम्म निर्माण सक्ने लक्ष्य लिइएको छ।, ३ करोड बढी लागतमा निर्माण गर्न लागिएको सभाहल निर्माणको काम डेढ महिना अघिदेखि सुरू भए... |
सेतोपाटी संवाददाता पृथ्वी राजमार्गको धादिङस्थित सलाङघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, गोरखाको मनकामना मन्दिर दर्शनका लागि काठमाडौंबाट रिजर्भ गरी लगेको ना ४ ख १४१५ नम्बरको बस सडकबाट त्रिशूली नदीमा खसेको हो।, ओभरटेक गर्ने क्रममा: सडकबाट बस त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ।, दुर्घटनामा पर... |
सेतोपाटी संवाददाता पोखरा विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा डि प्लस आएका विद्यार्थीको रजिष्ट्रेशन नहुने भएको छ।, शैक्षिक सत्र २०१८ का लागि क्याम्पसहरूले डि प्लस आएका विद्यार्थीको पनि रजिष्ट्रेशन गरेपछि मापदण्ड मिचेको भन्दै विरोध भएको थियो।, कक्षा ११ र १२ मा एक वा एकभन्दा बढी विषयमा कम्तीमा सी ग्रेड नल्याएका विद्यार्थ... |
सेतोपाटी संवाददाता पत्रकार विजयकुमार पाण्डेले अन्नपूर्ण मिडिया नेटवर्कको समूह सम्पादक (ग्रुप एडिटर)बाट राजीनामा दिएका छन्।, आफ्नो दोस्रो किताबको प्रकाशन, एपीवान टिभीमा मेगा-सिरिज कार्यक्रमको प्रस्तुतिका लागि समय दिने भन्दै पाण्डेले आइतबार राजीनामा दिएका हुन्।, राजीनामाबारे उनले ट्विटरमा लेखेका छन्- २०७६ सालमा आफ्नो द... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार एक किलो ६८३ ग्राम सुनसहित दुई जना महिला पक्राउ परेका छन्।, थाई एयरबाट ल्याइएको बाला र लकेट आकारको सुन विमानस्थल सुरक्षा कार्यालयले पक्राउ हो।, सुनसहित एक कम्बोडियन र र भियतनामी महिला पक्राउ परेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।, भन्सारबाट बा... |
भगवती पाण्डे व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल कार्यालयले सूचना जारी गरे अनुरूप घरधनीले प्रमाणसहितका कागजात जुटाउन नसकेपछि सडक सीमा मिचिएका बुटवलका घरहरू अन्ततः खाली गर्नुपर्ने भएको छ ।, कार्यालयले पटक पटक सूचना जारी गरे पनि घरधनीहरूको आन्दोलनका कारण स्थगित हुँदै आएको सडक विस्तारको काम यसपटक भने अगाडि बढ्ने... |
रासस सरकारले नागरिकलाई उपलब्ध गराएको सामाजिक सुरक्षाभत्तामा अनियमितता रहेको पाइएको छ।, स्थानीय तहले नामै नभएका, मृत्यु भइसकेका तथा कुनै विवरण नै नभएकालाई समेत सामाजिक सुरक्षा भत्ताका नाममा रकम खर्च उपलब्ध गराएको पाइएको हो।, महालेखापरीक्षकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको मूल अभि... |
भगवती पाण्डे सामुदायिक विद्यालयले विभिन्न शिर्षकमा शुल्क लिइरहेको गुनासो आइरहेको बेला रुपन्देहीको रोहिणी गाउँपालिकाले भने विद्यार्थीको भर्ना शुल्क नउठाउन विद्यालयहरूलाई निर्देशन दिएको छ।, गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयलाई विद्यार्थीबाट भर्ना शुल्क नलिन निर्देशन दिएका हुन्... |
सेतोपाटी संवाददाता लुक्लाबाट आएको तारा एयरको जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिदा रामेछापको मन्थली विमानस्थल बन्द भएको छ।, सोमबार बिहान ताराको ‘नाइन एनएकेके’ नेपाली दर्ता नम्बर भएको ड्रोनियर जहाजको रनवेमा चिप्लिएको थियो। हाइड्रोलिकमा समस्या आएर चिप्लिएको हुनसक्ने विमानस्थल कार्यालयको प्रारम्भिक अनुमान छ।, जहाज च... |
सेतोपाटी संवाददाता दाङमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने थप दुई जना गम्भीर घाइते भएका छन्।, दुर्घटनामा परी लमही नगरपालिका वडा नं. ७ उचानिम्वु निवासी अन्दाजी २०/२२ वर्षीय लालु चौधरीको मृत्यु भएको हो।, आइतबार मध्यराततिर दुर्घटनामा परेका चौधरीको उपचारका क्रममा सोमबार बिहान सवा १ बजेतिर लमही अस्पतालमा मृत्... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले हत्या र यौनशोषणको आरोप लागेका रामबहादुर बमजनविरूद्ध यथेष्ट प्रमाण नपुगेकाले पक्राउ गर्न नसकिएको बताएका छन्।, आफूले कार्यकाल सम्हालेको वर्ष दिन पुगेको अवसर सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानिरीक्षक खनालले उजुरी दिएका केहीले उजुरी फिर्ता लिएको बताए... |
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी छन्।, चीन भ्रमणमा जानु दुई दिनअघि स्वास्थ्य परीक्षण गराउन राष्ट्रपति सोमबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेकी हुन्।, अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले राष्ट्रपतिको पेटको इन्डोस्कोपी गरिएको जानक... |
सेतोपाटी संवाददाता टेलिकम कम्पनी एनसेलले ठूला करदाता कार्यलयबाट आफूलाई निर्धारण भएको पुँजीगत लाभकर सर्वोच्च अदालतको आदेशविपरित भएको भन्दै अदालत गएको छ।, आफूले अब १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६ सय रूपैयाँमात्र तिर्न बाँकी रहेको एनसेलको रिटमा उल्लेख छ।, टेलियासोनेरा कम्पनीले मलेसियाको एक्जियटा कम्पनीलाई एनसेलको ८० प्... |
सेतोपाटी संवाददाता अन्तरिक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याट-१’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ।, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन ... |
सेतोपाटी संवाददाता देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना देखिएको छ।, भारतको बिहार र छत्तिसगढको मौसममा बनेको न्यून चापीय रेखाको प्रभावस्वरूप नेपालका पूर्व र मध्य क्षेत्रको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, न्यून चापीय क्... |
एजेन्सी श्रीलंकामा आइतबार भएका श्रृंखलावद्ध बिस्फोटमा परी अहिलेसम्म २९० जनाको मृत्यु भएको छ। तीमध्ये तीन जना केटाकेटी डेनमार्कका धनाढ्य एन्डर्स होच पोभलसेनका भएको जनाइएको छ।, श्रीलंकामा विदा मनाउन आएको पोभलसेन परिवार बम आक्रमणमा परेको बताइएको छ। पोभलसेन दम्पत्तिका ४ सन्तान थिए। बिस्फोटमा परी उनका को-को सन्तान मारिए भन... |
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीको बेरूजु फर्छ्यौटमा उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी कर्मचारीलाई सम्मान गरेका छन्।, प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उनले प्रहरी कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र वितरण गरेका हुन्।, पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा प्रहरी नाय... |
सेतोपाटी संवाददाता दाङको घोराही उपमहानगरपालिकामा इनारमा खसेर एक जना युवाको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रामा बनाउँदै गरको इनारमा खसेर सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं. ५ बलाहा निवासी २० वर्षीय रञ्जित महतोको मृत्यु भएको हो।, महतो सोमबार दिउँसो ३ बजेतिर इनारमा रिङ हाल्ने क्रममा खसेर गम्भीर ... |
सागरराज तिमिल्सिना पोखराका पत्रकार अर्जुन गिरीलाई रिहाइको माग गर्दै कास्कीका पत्रकारहरूले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएका छन्।, साइवर क्राइम मुद्दामा पक्राउ गरी कारबाही गरेको भन्दै उनको रिहाइको माग गर्दै पोखराका पत्रकारहरूले धर्ना दिएका हुन्।, पत्रकार महासंघ कास्कीको अगुवाइमा जिल्... |
सागरराज तिमिल्सिना पोखराको नदीपुरस्थित प्रदेशसभा भवन गेट अगाडि सडकमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एक नायक धर्मबहादुर थापा घाइते भएका छन्।, डिस्पोज गर्ने तयारी गर्दै गर्दा नेपाली सेनाकै बारुद पड्किदा थापा घाइते भएका हुन् । उनको हातका औंलाहरू चुँडिएका छन्।, नदीपुरमा कागजको डल्लो बेरेर राखेको... |
सेतोपाटी संवाददाता नेपाली समयअनुसार बिहीबार बिहान साढे २ बजे नेपालले आफ्नो पहिलो स्याटेलाइट (भू-उपग्रह) उडाएर अन्तरिक्षमा पठाएको छ।, अमेरिकाको भर्जिनियास्थित स्पेस कम्पनी 'अर्बिटल एटिके' को रकेटबाट उडेको भू-उपग्रहलाई नेपालको विज्ञान क्षेत्रकै एक महत्वपूर्ण कोशेढुंगाका रूपमा हेरिएको छ।, प्रधानमन्त्री केपी शर्मा ओलीले भ... |
सागरराज तिमिल्सिना राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माण पूरा भएको छ।, निर्माण कार्य थालेको करिब १५ महिनामा विमानस्थलको रनवे निर्माणका काम सकिएको छ भने विमानस्थलका ३५ प्रतिशत काम सकिएको छ।, अहिले विमानस्थलको टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओर्लने स्थान), ट्... |
नेहा झा जनकपुरमा एकजना चिया पसले बिहीबार बिहानैदेखि सम्पर्कविहीन भएका छन्।, मिल्स एरियामा चिया पसल गर्दै आएका ४० वर्षीय ध्रुवनारायण लाल कर्ण पसल खोल्न बिहान ४ बजे घरबाट निस्केका थिए। केही समयपछि खोज्दा उनी पसलमा पनि नरहेको र कसैलाई सम्पर्क पनि नगरेकाले अपहरणमा परेको पारिवारिक स्रोतले जनाएको छ।, पसलको सटरको तानेकै अव... |
खिलानाथ ढकाल सडक विभागको पुल महाशाखाले टेकु पुल अनुसन्धानको जिम्मा पुल्चोक इन्जिनियरिङ कलेजलाई जिम्मा लगाएको छ। निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन र महाशाखाबीच पुलको गुणस्तरको विषयमा विवाद भएपछि महाशाखाले अध्ययन टोली खटाएको हो।, गुणस्तरहीन काम गरेको भन्दै महाशाखाले उक्त पुल भत्काउनु पर्ने राय राखेको थियो। परामर्शदाताकै... |
खिलानाथ ढकाल बर्खायाम सुरू भएसँगै नेपालमा प्राकृतिक विपत्तिका घटनाहरू बढ्ने गरेका छन्। नेपालमा वर्सेनि ५४० वटाजति प्राकृतिक प्रकोपहरू आउँछन्, जसको १५ प्रतिशत हिस्सा चट्याङले ओगटेको छ।, प्रहरी प्रधान कार्यालयका अनुसार २०७५ सालमा मात्र चट्याङका कारण देशभर ६३ जनाको मृत्यु भएको छ, ३५६ जना घाइते भएका छन्। यस अवधिमा १६४ चौप... |
एजेन्सी दक्षिणपश्चिमी पाकिस्तान बन्दुकधारीले एक यात्रुवाहक बस अपहरण गरी १४ यात्रुको हत्या गरेका छन्।, पाकिस्तानी सञ्चारमाध्यमका अनुसार कराँचीबाट ग्वादार जान लागेको बस बिहीबार बिहान अपहरणमा परेको थियो।, बन्दुकधारीले छानीछानी बसभित्रका यात्रुको हत्या गरेको बाँचेका यात्रुले प्रहरीलाई जानकारी दिएका छन्। कुन समुदायका यात्र... |
रासस अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण भएको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरूले जनाएका छन्। चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्दछ।, स्याण्डविच कार्यक्रमअन्तर्गत श्रीलङ्का र स्विडेनबाट चट्याङमा विद्यावारिधि गरेका डा श्रीराम शर्माका अनुसार विसं २०६८ देखि २०७४ सम्म गरिएको अ... |
एजेन्सी ताइवानमा बिहीबार दिउँसो ६.७ म्याग्नेच्युडको भूकम्प गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार दिउँसो १ बजेर १ मिनेट जाँदा भूकम्प गएको हो। हुवालिएन प्रान्तमा केन्द्रबिन्दु भएको भूकम्पले राजधानी ताइपेईमा धक्का महशुस भएको थियो।, भूकम्पपछि मानिसहरू घर छोडेर सडकमा आएका छन्। ताइपेईको भूमिगत रेल ... |
शोभा शर्मा मनाङ जिल्लाको नेस्याङ गाउँपालिका-९ का पेम्बा गुरूङलाई चितवन राष्ट्रिय निकुञ्जले गैंडा मारेर खाग बिक्री गरेको अभियोगमा सजाय सुनाउँदा उनी ७१ वर्षका थिए।, २०७१ मंसिरमा निकुञ्जले १४ उनलाई वर्षको सजाय हुनु पर्ने फैसला सुनायो।, उक्त फैसलाविरूद्ध उनी पुनरावेदन अदालत हेटौंडा गए। पुनरावेदनले उनलाई गरिएको त्यो सजाय ... |
सेतोपाटी संवाददाता प्रहरीले ताप्लेजुङका छुट्टाछुट्टै स्थानबाट दुई दिनमा १० नाल भरुवा बन्दुक बरामद गरेको छ।, फक्ताल्ङ, त्रिवेणी, श्रीजंगालगायत ठाउँबाट प्रहरीले बन्दुक बरामद गरेको हो।, प्रहरी चौकी शिवाबाट खटिएको प्रहरीले फक्तालुङ गाउँपालिका-१ सावादिन जंगलमा बेवारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक बरामद गरेको छ।, प्रहरी च... |
चेतना गुरागाईं दुई साताअघि बारा र पर्सामा बबन्डर मच्चाएको विध्वंशकारी भूमरी ‘टोर्नाडो’ भएको विज्ञहरूको अध्ययनले देखाएको छ।, चैत १७ गते २८ जनाको ज्यान लिएको र सयौंलाई घाइते बनाएको उक्त भूमरीको स्वरूप अध्ययन गर्न पुगेको मौसमविद्को टोलीले स्याटेलाइटद्वारा खिचिएका तस्बिर, स्थानीय अनुभव र क्षतिको विवरणका आधारमा यस्तो निष्क... |
सेतोपाटी संवाददाता बेरूजु फर्छ्यौट मापनको वर्गीकरणमा प्रहरी प्रधान कार्यालय सर्वोत्कृष्ट भएको छ।, गृह मन्त्रालयले नेपाल प्रहरीका प्रमुख (आइजिपी) सर्वेन्द्र खनाललाई प्रहरी प्रधान कार्यालय र अन्तर्गतका निकायहरूको बेरूजु फर्छ्यौटमा सर्वोकृष्ट स्थान प्राप्त गरको भन्दै सम्मान गरेको हो।, गृहमन्त्री रामबहदुर थापा ‘बादल’ले बि... |
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघको आह्वानमा देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारले धर्ना दिएका छन्।, साइवर अपराध कानुन पत्रकारका लागि नभएको र प्रेस स्वतन्त्रता ग्यारेन्टी गर्नुपर्ने मागसहित ७७ जिल्ला प्रशासन कार्यालयमा बिहीबार एक घण्टा पत्रकारले धर्ना दिएका हुन्।, पोखराको ताण्डव साप्ताहिक र ताण्डव न्युज डट... |
सेतोपाटी संवाददाता खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताएकी छन्।, मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको उचित व्यवस्थापन हुनेगरी अन्य कामलाई अघि बढाउन पनि मातहतका निकायलाई सचेत गराइन्।, बिहीबार काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औ... |
रासस काठमाडौं महानगरपालिकाले भूकम्प प्रभावित सूचीमा छुटेकाको पहिचान र सूचीकरण गर्ने कामलाई तीव्रता दिएको छ।, विसं २०७२ को भूकम्पका कारण काठमाडौं उपत्यकासहित मुलुकका १४ जिल्ला अति प्रभावित भएको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गएको कात्तिक १९ गते स्वीकृत गरेको ‘छुट तथा पुनःजाँच सर्वेक्षण कार्य सञ्चालनसम्बन्धी क... |
एजेन्सी अमेरिका, न्यूयोर्कको सेन्ट प्याट्रिक्स क्याथरेडलभित्र पेट्रोल र लाइटर बोकेर छिरेका एक मानिस पक्राउ परेका छन्।, बुधबार साँझ मार्क लाम्पारेलो नामका व्यक्ति करिब ८ लिटर पेट्रोल, लाइटर बाल्ने इन्धन र लाइटर लिएर चर्चभित्र छिरेका थिए।, प्रहरीले पक्राउ गर्नुअघि उनले अलिकति पेट्रोल भुइँमा पोखेको बिबिसीले लेखेको छ। पेट... |
सेतोपाटी संवाददाता लमजुङको बेशीसहर नगरपालिकाले सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यमका पुस्तक पढाउने निर्णय गरेको छ।, बालकक्षादेखि कक्षा ५ सम्म अनिवार्य अंग्रेजी माध्यमका पुस्तक पठनपाठन गर्ने नगरपालिकाको निर्णय अनुसार पुस्तकसमेत खरिद गरिसकिएको छ।, बेशीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले संस्थागत (निजी) विद्यालयसँग... |
सेतोपाटी संवाददाता पोखरास्थित ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरी रिहा भएका छन्।, ठगीको समाचार लेखेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चार दिनदेखि थुनामा राखेको थियो।, जिल्ला अदालत काठमाडौंले गिरीलाई बिहीबार साधारण तारेखमा रिहा गरेको हो।, प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष... |
सन्जिब बगाले नेपाली सेनाले सैनिक आचार संहिता २०७६ जारी गरेको छ। आचार संहितालाई लागु गराउन सेनाले शुक्रबारदेखि ‘आचार संहिता सप्ताह’ पनि सुरू गरेको छ।, सैनिक प्रवक्ता सहायक रथी विज्ञाननाथ पाण्डेले आचार संहिता लागु गर्न पहिलो पटक साताव्यापी अभियान सुरू भएको बताए।, ‘यसअघि पनि नीति, निर्देशन र सर्कुलरका रूपमा केही नियम लाग... |
सेतोपाटी संवाददाता राइड सेयरिङ कम्पनी टुटलले सरकारलाई साढे ३ करोड रूपैयाँ हाराहारी कर बुझाउनुपर्ने भएको छ।, कम्पनीले यात्रुबाट पैसा उठाएको तर सरकारलाई तिर्नुपर्ने कर नतिरेको कर कार्यालय ललितपुरको ठहर छ।, कम्पनी सञ्चालन भएदेखिको भ्याट, आयकर, जरीवाना गरी टुटलले करिब साढे ३ करोड तिर्नुपर्ने भएको आन्तरिक राजस्व विभाग ललित... |
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले घुम्ती सचेतना कार्यक्रम ल्याएको छ।, काठमाडौंमा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि ट्राफिक प्रहरीले चालकहरूलाई ट्राफिक नियमबारे जानकारी गराउन घुम्ती सचेतना कार्यक्रम ल्याएको हो।, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चैत २१ गते उद्घाटन गरेका ‘सडक सुरक्षा र सवारी द... |
सेतोपाटी संवाददाता सरकारले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ लाई स्वीकृत गरेको छ ।, गत बैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरिएको छ ।, ट्राफिक प्रहरी जवान र हवल्दारलाई ४० प्रतिशत, असई र सईलाई २... |
सेतोपाटी संवाददाता भारतीय राजदूतावास काठमाडौंले सिन्धुपाल्चोकको लिसंखु गाउँमा रहेको छ्योइफेल कुन्देलिङ गुम्बाको पुनर्निर्माण गरेको छ।, पुनर्निर्मित गुम्बाको गुरू स्याल्पा तेन्जिङ् रिम्पोछेले उद्घाटन गरे। कार्यक्रममा भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमारको उपस्थिति थियो।, गुम्बा पुनर्निर्माणका अतिरिक्त १ कर... |
रासस वैशाख शुक्लपक्ष प्रतिपदादेखि असार शुक्ल चौथीसम्म जिल्लामा करिब दुई महिना चल्ने रातो मच्छिन्द्रनाथ जात्रा अवधिभर पाटन सङ्ग्रहालयले मच्छिन्द्रनाथको अस्थायी रथ प्रदर्शनी गर्ने भएको छ।, पाटनको संस्कृति र शिक्षाबारेमा जनचेतना बढाउने उद्देश्यका साथ जात्राका अवसरमा प्रदर्शनीलाई एकैसाथ अघि बढाउन लागिएको पाटन सङ्ग्रहालय प... |
नारायण महर्जन शुक्रबार बिहानै राजधानीको बालाजुस्थित २२ धारामा स्नान गर्न हजारौं हिन्दु भक्तजनहरुको घुइँचो लागेको थियो।, उक्त स्थानमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन मेला लाग्ने गर्छ।, बाइस वटा ढुंगेधाराबाट निस्केको जलमा स्नान गरे शरीरमा भएको रोगब्याध सबै पखालिने र दीर्घजीवन तथा पारिवारिक सुख, शान्ति एवं समृद्धि... |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बलबाट संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएकाहरूले विभिन्न शीर्षकमा तिर्नुपर्ने १५० डलर (१५ हजार बढी रूपैयाँ) अब तिर्नु नपर्ने भएको छ।, सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले सशस्त्रको कल्याणकारी सेवा केन्द्रको सञ्चालक समितिले उक्त रकम तिर्नु नपर्ने निर्णय गरेको जान... |
नारायण खड्का सल्यानको कपुरकोट गाउँपालिले विपन्न र असहाय बालबालिको शिक्षामा सहयोग गर्ने भएको छ। गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले टुहुरा, विपन्न परिवारका बालबालिकालाई गाउँपालिकाले सहयोग गर्ने तयारी गरेको जानकारी दिएका छन्।, विपन्न परिवार र टुहुवा बालबालिकाको लागि पोषाक, किताब कापीलगाएतका सामग्री गाउँपालिकाले सहयोग गर्... |
रासस राष्ट्रिय सतर्कता केन्द्रले चालू आर्थिक वर्षमा अहिलेसम्म एक हजार ५३४ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ।, केन्द्रले अनुशासन पालना नगर्ने ती कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित कार्यालयलाई सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानले जानकारी दिए।, उनका अनुसार ३२ जिल्लाका ५१९ कार्यालयमा छड्के अनुगम... |
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघका कास्की शाखा सदस्य तथा ताण्डब न्यूजडटकम र ताण्डव साप्ताहिकका सम्पादकसमेत रहेका गिरीलाई ठगीको समाचार लेखेको विषयलाई लिएर स्थानीय विपेन्द्रराज बतासले दिएको जाहेरीका आधारमा कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको थियो।, नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालका अनुसार गिरीलाई भो... |
नारायण महर्जन बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज बिहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन्।, बिहानैदेखि मध्यपुरथिमिको टोलटोलबाट विभिन्न देवताहरूको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो ।, थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्... |
अमृता लम्साल मित्रकुमारी अधिकारी ८५ वर्ष लागिन्।, उनी १९९१ साल वैशाखमा लमजुङ, कुन्छा खुमारीबोटमा जन्मेकी हुन्। आमा माधवी देवी, बाबु जीवनाथ कोइराला।, १४ वर्ष उमेरमा दुराडाँडा, लमजुङकै शोभाकर अधिकारीसँग मित्रकुमारीको बिहे भयो। , बिहेलगत्तै २००६ साल साउन ११ गतेको कुरा।, मित्रकुमारीका ससुरा वसन्त अधिकारी लगायत २७ जना ब्रा... |
रासस काठमाडौंबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १३ गम्भीर घाइते भएका छन्।, चालक र सहचालकसहित १५ सवार ना४ख ७४११ नंको बस गए राति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृ... |
गिरीश गिरी परिवारमा सात जना थिए, तीन पुरुष र चार महिला। दुई साताअघिको आँधिले परिवारका चारै जना महिलाको घरले थिचिएर ज्यान गयो। बचेका तीन पुरुष आइतबार त्यही भग्नावशेषअगाडि लहरै बसेर बाटोतिर टोलाइरहेका थिए।, सारा मुलुकले २०७६ सालको नयाँ वर्ष मनाइरहँदा भर्खर सूर्योदय भएको पुरैनिया गाउँ भने अझै शोकमा डुबेको थियो। त्यसमा पन... |
सेतोपाटी संवाददाता गोरखाको भीमसेन थापा गाउँपालिका बोर्लाङलाई केन्द्र बनाएर भूकम्प गएको छ।, मंगलबार दिउँसो १२ बजेर ३५ मिनेट जाँदा ४.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।,
गोरखामा भूकम्पको धक्का महशुस |
सेतोपाटी संवाददाता नेपाली सेनाले स्वीकृत रिक्त दरबन्दीमा आठ हजारभन्दा बढी कर्मचारी माग गरेको छ।, सेनाले विभिन्न पदमा ८ हजार १०२ दरबन्दी पदपुर्ति गर्न खुला र समावेशी प्रतिस्पर्धाबाट कर्मचारी मागेको हो। , भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डा लगायत २९ केन्द्रमार्फत् इच्छुक योग्यता पुगेका नेपाली नागरिकले दरखास... |
एजेन्सी फ्रान्सको पेरिस जाने पर्यटकले दुइटा कुरा छुटाउँदैनथे, आइफेल टावर र नोट्र ड्याम। तर अब भने तीमध्ये एउटा गन्तव्य पर्यटकले ‘मिस’ गर्नेछन्।, मध्यकालीन फ्रान्सको वैवभका रूपमा रहेको नोट्र ड्याम अर्थात् आवर लेडी अफ पेरिस सोमबार राती लागेको आगोले लगभग खरानी भएको छ।, युनेस्कोको विश्व सम्पदामा सूचीकृत नोट्र ड्याममा सोमब... |
शान्ति तामाङ स्कुल भर्ना याम सुरू भएको छ। हामी आफ्ना सन्तानको गुणस्तरीय शिक्षाका लागि महिनाको हजारौं खर्च गर्न तयार हुन्छौं। पढाइ र अतिरिक्त क्रियाकलापमा चनाखो बन्छौं। तर, जुन स्कुल तपाईं छान्दै हुनुहुन्छ, त्यहाँ छोरीहरूका निम्ति महिनावारी हुँदा के-कस्ता सुविधा छन्? यसतर्फ कहिले ध्यान दिनुभएको छ?, हामीले राजधानीका केह... |
सेतोपाटी संवाददाता पोखरामा युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ।, प्रहरीका अनुसार धादिङ घर भई पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोल बस्दै आएकी २२ वर्षिय युवतीलाई होटलमा लगी जबरजस्ती करणी गरेको आरोपमा तनहुँ भिमादका चार जनालाई पक्राउ परेको हो।, पोखराको लेकसाइडमा रहेको एक क्लबमा ग... |
सेतोपाटी संवाददाता नयाँ वर्षको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले देशका लागि महत्वपूर्ण योगदान गरेको भन्दै विभिन्न व्यक्तिलाई मानपदवी दिएर सम्मान गरिन्। ९६ जनाले राष्ट्रपति भण्डारीको हातबाट सुप्रवल जनसेवा श्री पदक थापे। तीमध्ये एक थिए, व्यापारी मीनबहादुर गुरूङ।, भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरूङलाई व्यवसायिक क्षेत... |
सेतोपाटी संवाददाता ‘ठगी’को समाचार लेखेका पोखराको ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको छ।, साइबर क्राइम अन्तर्गत मुद्दामा कास्की प्रहरीले सोमबार पक्राउ गरेर गिरीलाई काठमाडौं पठाएको थियो। ‘पोखराका विपेन्द्रराज बतासले ठगी गरेको’ भन्ने समाचार लेखेका ग... |
विवेक राई टिकटक यस्तो सामाजिक सञ्जाल हो जहाँ जस्ता भिडिओ हाले पनि हुन्छ। के बोल्ने, के गाउने, कसरी नाच्ने सबै प्रयोगकर्ताको रोजाइ।, टिकटकले बानी बिगार्न पनि सक्छ, केही सिकाउन पनि।, यस्तै सिक्ने र सिकाउनेमा पर्छिन् दुई वर्षीया सैलिन श्रेष्ठ।, तोतेबोलीमा उनी भिडिओमा बाह्रखरी भन्दै गरेकी देखिन्छिन्। कहिले अंग्रेजी वर्णमा... |
सेतोपाटी संवाददाता करिब दुई किलोमिटर दूरीमा रहेका दुई विश्व सम्पदा क्षेत्र स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदमार्गले जोड्ने गुरुयोजना तयार भएको छ।, सम्पदा पदमार्गको गुरुयोजनाका लागि १० करोड रुपैयाँ काठमाडौं महानगरपालिकाले छुट्याएको छ।, ‘गत वर्ष नै हामीले सम्पदामार्गको चित्र कोरेको हौं। बीचमा हामीले विभिन... |
सेतोपाटी संवाददाता वीर अस्पताल देशकै जेठो अस्पताल हो। नेपालभरिकै आममानिस उपचार गर्न आउने अस्पतालमा सेवासुविधा पाउन भने निकै सकसपूर्ण छ। औषधी र उपचारमा भोग्नु पर्ने झन्झट त परको कुरा वीर अस्पतालमा आउने बिरामी र कुरूवा एक्लै शौचालय पनि जान सक्दैनन्।, शौचालयमा जानुपर्दा एकजना साथी चाहिन्छ। आफूभित्र जाँदा ढोकामा कुरूवा रा... |
चेतना गुरागाईं नेपाली समयअनुसार बिहीबार बिहान साढे २ बजे नेपालले आफ्नो पहिलो स्याटेलाइट (भू-उपग्रह) उडाएर अन्तरिक्षमा उपस्थिति जनाउँदैछ।, नेपाली झन्डा र विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को लोगोसहितको उक्त भू-उपग्रहलाई 'नेपाली स्याट-१' नाम दिइएको छ।, अमेरिकाको भर्जिनियास्थित स्पेस कम्पनी 'अर्बिटल एटिके' को रकेटबा... |
सेतोपाटी संवाददाता प्रदेश सरकारले चीनबाट गाई ल्याउन लागेको भन्दै यहाँको स्थानीय युवाले विरोध जनाएका छन्। सर्लाहीको सदरमुकाम मलंगवामा बुधबार स्थानीय जनजागृति युवा क्लबका अध्यक्ष सागर यादवको नेतृत्वमा जम्मा भएका युवाले चीनबाट गाई ल्याउन लागिएको विरोध जनाए।, उनीहरूले 'विदेशी गाई चाहिँदैन', 'नेपाली कृषकमाथि खेलवाड गर्न पा... |
अमित ढकाल मन्दिरको घन्टी र कुचो बढारेको खस्य्राक–खस्य्राक आवाजले निद्रा खुल्यो। होटलको कोठाबाट बाहिर बरण्डामा निस्किए। बन्दीपुरको मूल चोक सिनित्त थियो। चोकबीचको पद्म पुस्तकालयको झिँगटीको छानाबाट बाफ फुस्फुस् उड्दै थियो।, चोकपारि झिंगु गेस्ट हाउसको झ्यालबाट एक विदेशी पर्यटक पनि चोकको सुन्दरता नियाल्दै रहेछन्। हाम्रा आँ... |
सेतोपाटी संवाददाता प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोक सेवा गठनको तयारी भइरहेकोले केन्द्रबाट कर्मचारी नपठाउन सरकार र लोक सेवा आयोगलाई आग्रह गरेका छन्। ,प्रदेश लोक सेवा आयोग गठन विधेयक र प्रदेश निजामती सेवा ऐनको विधेयक प्रदेश सभामा पेश भई अन्तिम चरणमा रहेकोले प्रदेश र स्थानीय तहमा प्रदेश लोक सेवाबा... |
नारायण महर्जन राजधानीमा मनाइने गरेको हिन्दूहरूको पर्व बिस्का जात्राको अवसरमा मंगलबारर टोखामा विभिन्न देवीदेवताका खटहरू नगर परिक्रमा गरिएको छ। साथै रथहरू पोखरीमा लगेर नचाइ नगर परिक्रमा गरिएको थियो। , , बिस्काः जात्रा टोखामा वैशाख १ देखि ४ गतेसम्म मनाइन्छ। शुक्रबार बिस्का जात्रा गर्न हजारौं स्थानीयको घुइँचो लागेको थिय... |
सेतोपाटी संवाददाता नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी समूहका मध्यकमाण्ड सदस्य वीरबहादुर कठायत पक्राउ परेका छन्।, नख्खु विस्फोट, वैदेशिक रोजगार महासंघ अध्यक्ष रोहन गुरुङको घरमा बम बिस्फोट कार्यमा संलग्न रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले सोमबार राति स... |
चेतना गुरागाईं घरमा थोत्रा जिन्स थुप्रिएका छन् भने तपाईं के गर्नुहुन्छ?, फाल्नुहुन्छ? वा, दराजमा कतै खाँदेर राख्नुहुन्छ?, राजधानीको चपलीस्थित 'भिक्टर ह्युगो मञ्जुश्री विद्यापीठ' ले तपाईंलाई विकल्प दिन्छ।, पुराना जिन्स संकलन गरेर यो स्कुलले विद्यार्थीका लागि किताब बोक्ने झोला बनाउँदै आएको छ, जुन कमजोर आर्थिक अवस्थाका व... |
दिपकजंग शाही सुर्खेतको पश्चिममा पर्ने दुईवटा स्थानीय तहले घरेलु मदिरा नियन्त्रण गर्न नयाँ योजना ल्याएका छन् । जताततै पाईने घरेलु मदिरा सेवनबाट घरेलु हिंसाजस्ता सामजिक विकृति बढन् थालेपछि पञ्चपुरी नगरपालिका रा चौकुने गाउँपालिकाले नयाँ योजना ल्याएका हुन् । ति स्थानीय तहले अब घरेलु मदिरा बनाउने व्यक्तिले मदिरा बनाउन प्रय... |
नारायण खड्का दाङको विजौरी बलात्कार काण्डका मुख्य दोषी भन्दै सर्वोच्च अदालतले झण्डै १० वर्ष कैद सजाय सुनाएका विष्णु चौधरी जेल परेको ८८ दिनमा दश लाख ५० हजार जमानत बुझाएर जेलबाट छुटेका छन्।, घोराही कारागारका जेलेर विष्णु पाण्डेले सर्वौच्च अदालतको थुनामुक्त गर्नु भन्ने आदेश अनुसार रिहा गरिएको जानकारी दिए।, चौधरी १० लाख ६०... |
सेतोपाटी संवाददाता मन्त्रिपरिषदले व्यक्तिका नाममा सारिएका मुलुकभरका सरकारी जग्गा बारे छानबिन गर्न भूमिव्यवस्था र गृह मन्त्रालयलाई आदेश दिएको छ।, केही दिनअघि मन्त्रिपरिषदले सरकारी जग्गाको गलत प्रयोग भएको भए त्यसको छानबिन गर्न, सरकारी जग्गाको अभिलेख संकलन गर्न र सरकारी जग्गाबारे कस्तो नीति बनाउने भन्नेबारे सुझाव दिन आयो... |
नारायण महर्जन काठमाडौं उपत्यकामा मनाईने सेतो मछिन्द्रनाथको रथ जात्रा शनिबारबाट सुरु भएको छ। सेतो मछिन्द्रनाथको रथ साँझ ५ बजे जमलको तीन धाराबाट तानेर असनसम्म लगिएको छ।, उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउँन रथलाई नगर परिक्रमा गराउँने चलन अनुसार रथलाई नगर घुमाएर असन लगिएको हो।, वर्षा र सहकालका देवता मानिने सेतो मछिन्द्र... |
सेतोपाटी संवाददाता बाराका हावाहुरी प्रभावितलाई राजु लामा फाउन्डेशन न्युयोर्क र चीनमा रहेका नेपालीहरुको संयुक्त पहलमा राहत सामग्री वितरण गरिएको छ।, बारा देवताल ७ रामपूर्वीमा एक सय घरधुरी हावाहुरी पीडितलाई शनिबार तीन लाख ७० हजारको भाडावर्तन र लत्ताकपडा वितरण गरिएको हो।, यस्तै हावाहुरी पीडितलाई राष्ट्रिय बाणिज्य बैंक कलै... |
सेतोपाटी संवाददाता आइतबार बिहान ९ बजेतिर सोलुखुम्बुको लुक्ला विमानस्थलमा मनाङको एयरको हेलिकप्टर ल्याण्ड भयो। केहीबेर उक्त हेलिकप्टर पार्किङतिर गयो। पार्किङमा हेलिकप्टरलाई सहजताका दुई जना प्रहरी पनि नजिकै गए।, पर्यटक प्रहरीमा कार्यरत असई रामबहादुर खड्का र विमानस्थल सुरक्षामा खटिएका रूद्रबहादुर श्रेष्ठ हेलिकप्टरको नजिकै... |
रवीन्द्र शाही लुक्ला विमानस्थलमा आइतबार बिहान उड्न लागेको जहाज चिप्लिएर हेलिकप्टरसँग ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।, बिहान साढे ९ बजेतिर विमानस्थलमा ल्याण्ड भएको मनाङ एयरको हेलिकप्टरलाई समिट एयरको जहाजले ठक्कर दिएको हो।, सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाका अनुसार दुर्घटनामा ३ जनाको मृत्यु भएको ... |
भगवती पाण्डे ‘ग्रीन तिलोत्तमा, क्लीन तिलोत्तमा’ भन्ने नारासहित हरियाली र सरसफाई अभियान शुरू गरेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पर्यटन प्रवर्धनका लागि गौतम बुद्ध मूर्ति स्थापना गर्न शुरू गरेको छ ।, प्रदेश ५ सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने तयारी गरेसँगै तिलोत्तमा नगरपालिकाले त्यसको प्रचारप्रसार ... |
दिपकजंग शाही चैत १७ गते राति बारा र पर्सामा आएको हावाहुरीबाट २८ मृत्यु भयो। सयौं घाइते भए। त्यत्रो हावाहुरी आउँदैछ भनेर मौसम पूर्वानुमान महाशाखाले भने पहिल्यै सचेत गराउन सकेन।, उक्त घटनाले नेपालको मौसम पूर्वानुमान प्रणालीमाथि नै प्रश्न उठायो। हावाहुरी आउने पूर्वानुमान गर्न सक्ने प्रविधिमा भए पनि दक्ष जनशक्ति नहुँदा बा... |
रवीन्द्र शाही नयाँ वर्षको दिन आइतबार बिहानै दुखद खबर आयो। सोलुखुम्बुको लुक्ला विमानस्थलमा जहाज र हेलिकप्टर ठोक्किए।, रामेछापको मन्थलीका लागि उड्न लागेको जहाजले रनवे छोडेर आकाशतिर आउन सकेन। बरू चिप्लिएर बाहिर गयो। पार्किङ गर्न लागेको मनाङ एयरको हेलिकप्टरसँग ठोक्कियो।, दुर्घटनामा परी समिट एयरका कोपाइलट सुजित ढुंगानासह... |
सेतोपाटी संवाददाता गाउँमा खबर आदानप्रदान गर्ने कटुवाललाई गोरखाको धार्चे गाउँपालिकाले मासिक पारिश्रमिक (तलब) दिन थालेको छ।, हरेक वडामा इन्टरनेट पहुँच पुर्याएको गाउँपालिकामा मोवाइल र रेडियो, टेलिभिजनजस्ता सञ्चार साधनको पहुँच पुगे पनि गाउँमा खबर आदानप्रदानका लागि कटुवाल राखिएको छ।, लाप्राक, गुम्दा, उहिया, लापु, केरौंजा ... |
नारायण महर्जन र निशा भण्डारी आजदेखि नयाँ संवत फेरिएको छ। वर्ष २०७५ साल नेपाल र नेपालीका लागि समग्रमा मिश्रित वर्ष रह्यो।, राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक क्षेत्रमा केही उचारचढावहरू भए। केही राम्रा कामले वाहवाही पायो त केही विवादरहित हुन सकेनन्।, हाम्रा फोटो पत्रकार द्वय नारायण महर्जन र निशा भण्डारीले वर्ष २०७५ मा... |
खिलानाथ ढकाल २०७६ सालको पहिलो दिन। नयाँ वर्ष भए पनि लुक्ला विमानस्थलमा बिहान सबेरैदेखि प्रहरीहरू ड्युटीमा थिए। , हिजोआज पर्यटक आगमनको सिजन हो। पर्यटक बाक्लिन थालेसँगै लुक्ला विमानस्थलमा प्रहरीहरूको गस्ती बढाइएको छ। कहाँका कति पर्यटक आउँछन्, कता के जान्छन्, तिनीहरूको गन्तव्य तथा गतिविधि प्रहरीले निगरानी गरिरहेको छ।, पर... |
नेहा झा एउटा यस्तो फूल जो वैशाखको पहिलो दिन मात्रै फूल्ने गर्छ। यो समाचार नयाँ होइन। जसरी त्यहाँ फूल्ने त्यो फूल नयाँ होइन। , तर अचम्मको उक्त फूल हेर्न नववर्षको दिन भारतबाट समेत असङ्ख्य श्रद्धालु आउने र मेला भर्ने गर्दछन् ।, सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन राजा सलहेशको मन्दिर र मन्दिर छेउम... |
प्रशन्न पोखरेल सोलुखुम्बुका स्याङबोचे कार्की आजै ५२ वर्ष लागे। नयाँ वर्ष आएसँगै उनको उमेर पनि एक वर्ष उकालो लाग्छ। अर्थात् वैशाख १ गते उनको जन्मदिन। धुमधामसँग जन्मदिन मनाउने रहर त उनलाई पनि नभएको कहाँ होर, तर के गर्नु नगरी काम पुग्दैन खाना साँझ र बिहान!, जन्मदिन र नयाँ वर्षको खासै वास्ता नगरी आइतबार बिहान पनि कार्की स... |
सेतोपाटी संवाददाता मोरङको विराटनगर महानगरपालिका-१६ दरैयाबाट प्रहरीले आइतबार एक थान पेस्तोल बरामद गरेको छ।, इलाका प्रहरी कार्यालय रानीको टोलीले स्थानीय बाँसको झ्याङबाट मेड इन युएए लेखेको पेस्तोल बरामद गरेको हो।, एक नम्बर प्रदेश प्रहरीका अनुसार स्थानीयले सूचना दिएपछि प्रहरी त्यहाँ पुगेको थियो। बिहान १० बजे पुगेको प्रहरी... |
सेतोपाटी संवाददाता भक्तपुर–सूर्यविनायक नगरपालिकाको दधिकोटमा आइतबारदेखि धुमधामसँग बिस्केट जात्रा सुरु भएको छ। जात्रा सोमबारसम्म सञ्चालन हुनेछ। बिशेषतः नेवार समुदायले मनाउने जात्रामा अन्य समुदाय पनि सहभागी हुन्छन्। , दधिकोट क्षेत्रको चरखण्डी तीर्थस्थलमा बिहानैदेखि रमझम बढेको छ। भक्तजन त्यहाँ नुहाएर देवदेवीको दर्शन गरिरह... |
भगवती पाण्डे गुल्मीको बडीगाड खोलामा ढलान भइरहेको पक्की पुल भत्किदा पाँच जना घाइते भएका छन्। गुल्मीको मुसिकोट नगरपालिकाका ३ र ७ वडा जोड्ने झेर्दीको पुल आइतबार साँझ भत्किएको हो।, पुल भत्किएपछि च्यापिएर पुलका ठेकेदार ऋषिराम इटानी गम्भीर घाइतेसहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककु... |
सेतोपाटी संवाददाता लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा समिट एयरको जहाज चिप्लिएर मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनाको छानबिन गर्न सरकारले समिति गठन गरेको छ।, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको संयोजकत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति बनाएको हो।, सम... |
रासस बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज बिहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन्।, बिहानैदेखि मध्यपुरथिमिको टोलटोलबाट विभिन्न देवताहरूको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो ।, थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्... |
सेतोपाटी संवाददाता रुपन्देहीको नेपाल भारत सीमा नाका सुनौली-भैरहवामा एकीकृत जाँच चौकी (आइसीपी) निर्माण गर्ने सहमति भएको १४ वर्षसम्म पनि निर्माण हुन सकेको छैन।, दुई देशबाट आयात–निर्यात गरिने वस्तुहरूको सहजताको लागि भन्दै सन् २००५ मा दुई देशका बीचमा सुनौलीमा आइसीपी निर्माण गर्ने सहमति भएको थियो। तर, सहमति कार्यान्वयन नहु... |
नेहा झा मिथिला संस्कृतिलाई समृद्ध संस्कृतिको रूपमा लिने गरिन्छ। मिथिलाका पर्वहरू वैज्ञानिक एवं स्वास्थ्यको दृष्टिकोणले समेत महत्वपूर्ण रहेको पाइन्छ। जसको सबभन्दा ठूलो उदाहरण जुडशितल पर्व रहेको छ।, मिथिलाञ्चलमा आज हर्षोल्लासपूर्वक जुडशितल पर्व मनाइँदै छ। वैशाख संक्रान्तिको भोलिपल्ट मनाइने यस पर्वमा मिथिलावासी एक अर्काल... |
रासस नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गरेकी पाँचथरको फिदिम नगरपालिका– ४ शान्तिपुरकी वयोवृद्धा भगवतीदेवी भण्डारीको निधन भएको छ । , दमबाट ग्रसित १०२ वर्षीया भण्डारीको शुक्रबार निधन भएको उनका आफन्त सूर्य अधिकारीले जानकारी दिए। उनको शुक्रबार नै फिदिम स्थित हेँवा घाटमा दाहसंस्कार समेत गरिएको छ।, नेपालमै ... |
सेतोपाटी संवाददाता नेपालका अग्रणी उद्योगी गोल्छा परिवारका दिवाकर गोल्छाको उपचारका क्रममा भारतमा निधन भएको छ। उनी केही समयदेखि मृर्गौलाका रोगी थिए। भारतको चेन्नईमा मृर्गौला प्रत्यारोपण गरेको दुई हप्तामै मंगलबार राति ६७ वर्षीय गोल्छाको निधन भएको हो।, विराटनगरका उद्योगपति रामलाल गोल्छाले स्थापना गरेको गोल्छा अर्गनाइजेसन ... |
चेतना गुरागाईं ठूल्ठूला चम्किला आँखा। उचालिएका बाक्ला आँखीभौं। निधारमा अलिकति धर्सा।, अनुहारको देखिने भाग यत्ति हो, बाँकी सप्कोले ढाकिएको छ।, यिनी हुन् कीर्तिलक्ष्मी, जसको आकृति ढुंगामा कुँदेर सम्झना सजीव बनाउँदैछ कीर्तिपुर।, को हुन् कीर्तिलक्ष्मी? कीर्तिपुरसँग उनको सम्बन्ध के हो?, कीर्तिलक्ष्मीको कथा पृथ्वीनारायण शाह... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.