content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता वीर अस्पतालमा उपचारका लागि धाउँदै आएका बिरामीहरूले चिकित्सकहरूले नै आफूहरूलाई सास्ती दिएको भन्दै आपत्ति जनाएका छन्।, बुधबार बिहान अस्पतालले नै डाकेर स्वास्थ्य उपचारका लागि पुगेका काठमाडौं बनस्थलीका पाल्साङ तामाङले बिरामीलाई अस्पतालमा डाक्ने तर उपचार नगर्ने सरकारी चिकित्सकहरूको रवैयाप्रति आपत्ति जनाए...
रासस मध्यपुरथिमि नगरपालिका–४ मा रहेको दुई पोखरी केही दिनअघिसम्म खेल मैदान बनेको थियो। धेरै वर्षसम्म झार र घाँसले ढोकेको यी पोखरी सरसफाइपछि केही वर्षयता मङ्सिरमा स्थानीयवासीले धान सुकाउन प्रयोग गर्ने र अन्य समयमा केटाकेटी खेल्ने मैदानको रूपमा परिणत हुँदै आएको थियो।, तर निर्वाचनपछि जनप्रतिनिधिको जिम्मेवारी सम्हालेका मध्...
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जबाट सुरू भएको ‘टोर्नाडो’ले बारा–पर्सामा ठूलो धनजनको क्षति गराएको जल तथा मौसम विज्ञान विभागले पुष्टि गरेको छ।, जल तथा मौसम विज्ञान विभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गत चैत १७ गते चितवन राष्ट्रिय निकुञ्जबाट सुरू भएको विनाशकारी हावाहुरी ‘टोर्नाडो’ ले बारा–पर्सामा ठूलो...
सेतोपाटी संवाददाता सरकारले ‘नेपाल जीवनस्तर सर्वेक्षण’को काम सुरू गरेको छ।, केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले नेपाल जीवनस्तर सर्वेक्षणको काम सुरू गरिएको जानकारी दिएका हुन्।, बुधबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उनले गरिबी निवारण गर्ने सरकारको लक्ष्यलाई सघाउ पुर्‍याउन विभागले जनताको जीवनस्...
सेतोपाटी संवाददाता भारत सरकारको सहयोगमा सिराहामा २५ शैय्याको प्रशूति अस्पताल निर्माण भएको छ।, सिराहा र आसपासका ५० बढी पालिकाका जनताको मातृत्व तथा स्वास्थ्य सेवामा गुणस्तरीय पहुँच पुर्‍याउन भन्दै भारत सरकारले २ करोड ६९ लाखको लागतमा बनाएको अस्पताल भवन बुधबार हस्तान्तरण गरेको हो। यस बाहेक चिकित्सकीय उपकरणहरु जस्तै अल्ट्र...
सेतोपाटी संवाददाता काठमाडौंको तीनकुनेस्थित एनसीसी बैंकको एटीएम मेसिन फोडेर रकम चोर्न खोज्ने युवक पक्राउ परेका छन् ।, बैंकको तीनकुने शाखा कार्यालयमा रहेको एटीएम मेसिन मंगलबार राति सवा ८ बजे फोडेर रकम चोरी गर्न लागेको अवस्थामा रामेछाप घर भई काठमाडौं महानगरपालिका ३२ बस्ने १८ बर्षीय विशाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो...
सेतोपाटी संवाददाता दाङको घोराहीस्थित सगरमाथा सिमेन्ट उद्योगमा कार्यरत एक जना मजदूरको मृत्यु भएको छ।, आफ्नो कोठामा बेहोस अवस्थामा फेला परेका ६५ वर्षीय निश्चल राईलाई घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिएको थियो। काठमाडौंको बानेश्वर निवासी राईको बुधबार दिउँसो पौने १ बजेतिर मृत्यु भएको प्रहरीले ...
सेतोपाटी संवाददाता तुलसीपुर उपमहानगरपालिकाको नगरसभाले तुलसीपुर विकास बोर्ड गठनसम्बन्धी विधेयक पारित गरेको छ।, बुधबारको  सकिएको चौंथो नगर सभाको बैठकले संशोधनसहित ६ वटा विधेयक पारित गरेको छ।, जसमा कृषि व्यवसाय प्रवर्द्धन विधेयक, शिक्षा विधेयक, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक, बाल संरक्षण तथा संवर्द्धन नीति र ...
सबिना श्रेष्ठ ‘रथस दोङा बिज्याक पिथ या दथिसं, यवसिङ थाङा थल जुत पिरतिसं,लख मोल ल्हुल चुपिंगालया खुसिसं, लिथे त ख त ल्वात गालया हितिसं,बसंत म्हेतले भईरव जगदिसं, ल्हाकम्हया गति मदु छि छम्हा वाहिकं’, यो भक्तपुरको सबभन्दा ठूलो जात्रा बिस्काःको एउटा गीत हो। बुधबार जात्रा सुरु हुने क्रममा ‘पुरानो दाफा खलः’ का बाहरू यही गीत ...
नारायण महर्जन भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक बिस्काः जात्रा आज बुधबारदेखि सुरू भएको छ।, भक्तपुरको पाँच तले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरवनाथको रथ बुधबार दिउँसो तानेसँगै जात्राको सुरूवात भएको हो।, प्रत्येक वर्ष नयाँ वर्षको चार दिन अगाडिदेखि प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैरवनाथको रथ तानेर बिस्काः जात्रा म...
सेतोपाटी संवाददाता पूर्वन्यायाधीश समाजले न्यायापरिषदले उच्च र सर्वोच्च अदालतमा गरिएको पछिल्लो न्यायाधीश नियुक्ति र सिफारिसले न्यायलयको गरिमामा आँच पुगेको बताएको छ।, बुधवार विज्ञप्ति जारी गर्दै फोरमजले उक्त नियुक्ति र सिफारिस गर्दा कानुन अनुसारको प्रकृया पनि नअपनाइएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।, 'न्य...
भगवती पाण्डे गुल्मीमा बिहीबार बिहान जीप दुर्घटना हुँदा पूर्वसांसदसहित तीन जनाको मृत्यु भएको छ।, जिल्लाको मालिका गाउँपालिकाबाट बुटवलका लागि छुटेको   लु १ ज १९५७ नम्बरको जीप मुसिकाेट नगरपालिका-१ पाैदीअमराईमा  दुर्घटनामा परेको हो। दुर्घटनामा परी पूर्वसांसद रूद्रमणि भण्डारी र अर्का यात्रु रोशन बिकको घटनास्थलमै मृत्यु भएको...
सेतोपाटी संवाददाता नेपाली सेनाले लिबियामा रहेका शान्ति सेना तत्काल नफर्किने जनाएको छ।, लिबियामा सुरक्षा संकट बढ्दै जाँदा भारत,अमेरिकालगायत देशका शान्ति सैनिक फिर्ता भइसकेका छन्। लिबियामा राष्ट्रसंघका महासचिवको विशेष प्रतिनिधिको आग्रहका कारण नेपाली सेनाले लिबियाको राजधानी त्रिपोली नछोडेको सैनिक प्रवक्ता यामप्रसाद ढकालल...
सेतोपाटी संवाददाता पोखरामा बसेर संगीत कर्ममा सक्रिय श्रीमान् (थुलुङ) राईको दुर्घटनामा ज्यान गएको छ। बुधबार राति करिब साढे ९ बजे पोखरा १२ शितलादेवीमा भएको दुर्घटनामा राईको ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ।, ५० वर्षीय राई सवार ग १२ प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठोक्किएर नहरमा खस्दा उनको मृत्यु भएको हो।...
नेहा झा प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधाममा उसै पनि सार्वजनिक शौचालयको अभाव छ।, सार्वजनिक शौचालयको अभावमा यहाँ आउने आगन्तुकहरू खुला रूपमै दिसा-पिसाब गर्न बाध्य हुन्छन्। जबकि, सरकारी निकायको बेवास्ताका कारण लाखौं खर्चेर निर्माण गरिएको एक शौचालय प्रयोगविहीन छ। सोही शौचालय अहिले बासस्थान भएको  पाइएको छ। सरसफाइको काम...
विनोद सापकोटा पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीको ठक्करबाट एक जनाको ज्यान जानुको साथै अर्का एक गम्भीर घाइते भएका छन्।, पूर्व राजा ज्ञानेन्द्रलाई विमानस्थल पुर्‍याएर फर्कने क्रममा मोरङको सुन्दरहरैंचा नगरपालिका–४ बुधबारे चोकमा बुधबार राति गाडीले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकलमा ...
सेतोपाटी संवाददाता खगोलविद्हरूले पहिलो पटक ब्ल्याक होलको क्षितिजको तस्बिर सार्वजनिक गरेका छन्। संसारभरिका रेडियो दुरविनहरूलाई एम ८७ आकाशगंगाको केन्द्रमा रहेको एउटा ब्ल्याक होलमा केन्द्रीत गरेर प्रकाशको पृष्ठभूमिमा त्यसको क्षितिजको तस्बिर खिचिएको हो।, त्यसरी खिचिएका तस्बिरहरू विश्वभरका ६ ठाउँमा एकैसाथ पत्रकार सम्मेलन ग...
सेतोपाटी वर्षौंदेखि रहस्यमा रहँदै आएको 'ब्ल्याक होल' को तस्बिर खिच्न खगोलशास्त्रीहरू सफल भएका छन्। अनन्त अन्तरिक्षमा रहेको ब्ल्याक होलमाथि कयौं वर्षदेखि अनुसन्धान हुँदै आएको थियो।, वैज्ञानिकहरूले 'दैत्य' भन्दै आएका ब्ल्याक होलले सम्पूर्ण ऊर्जा आफूतिर खिच्छ भन्ने मानिँदै आएको छ। ब्ल्याक होलमा भएको अत्यधिक गुरूत्वाकर्षण...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका साइकलमैत्री महानगर हुने भएको छ। यसका लागि महानगरले पहिलो चरणमा कुपण्डोलदेखि लगनखेलसम्म साइकल बाटो बनाउने भएको छ। साइकल बाटो बनाउन महानगरले आर्थिक वर्ष २०७५/७६ मै ५० लाख रुपैयाँ बजेट छुट्याएको मेयर चिरीबाबु महर्जनले बताए। , ‘हामीले साइकल सिटी बनाउन पहल गर्ने भनेर बजेट छुट्याइसकेक...
सेतोपाटी संवाददाता वन डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय दाङले अग्नि नियन्त्रण सामग्री वितरण गरेको छ ।, जिल्लाका चार वटा सामुदायिक वनलाई दुई/दुई लाखका दरले आठ लाख बराबरको अग्नि नियन्त्रण सामग्री वितरण गरिएको हो।, घोराही उपमहानगरपालिकाको सुनपुर, शान्तिनगर गाउँपालिकाका बाघमारे,सरस्वती र सुन्दर सामुदायिक वन समूहला...
विवेक राई सर्लाहीकी अम्बिका अधिकारी घाँटीको समस्या भएकी नातिनीको उपचार गर्न केही दिनअघि काठमाडौं आइन्।, उनलाई सरकारी डाक्टर आन्दोलनमा छन् र उपचार गर्दैनन् भन्ने थाहा थिएन।, बिहीबार वीर अस्पताल परिसरमा भेटिएकी अम्बिकाले सेतोपाटीसँग  भनिन्-मलाई त डाक्टरले हड्ताल गरिराखेका छन् भन्ने पनि थाहा थिएन।, आँगनमा त्रिपाल टाँगेर ...
एजेन्सी फिलिपिन्सको गुफामा वैज्ञानिकहरूले नौलो प्रजातिका मानव अवशेष फेला पारेका छन्।, अनुसन्धाताहरूका अनुसार यो जातिका मान्छे आजभन्दा कम्तिमा ५० हजार वर्षअघि फिलिपिन्सको यो क्षेत्रमा बसोबास गर्थे। यो क्षेत्रलाई अहिले लुजोन टापू भनिन्छ।, लुजोन टापूमा भेटिएकाले मान्छेको यो प्रजातिलाई अनुसन्धाताहरूले 'होमो लुजोनेन्सिस' न...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त अन्तर्गत महानगरीय प्रहरी प्रभाग नागढुंगाले प्रतिबन्धित लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ।, राजधानीको मुख्य प्रवेशद्वार नागढुंगामा छुट्टाछुट्टै  चेक जाँचको क्रममा राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ५७८४ नम्बरको यात्रुबाहक बसबाट लागुऔषधसहित सप्तरी शम्भुनाथ न.पा ७ बस्ने...
सेतोपाटी संवाददाता सुनसरीको धरानमा यात्रुबाहक बस बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।, भोजपुरबाट धरानका लागि छुटेको ना ६ ख २७१३ नम्बरको बस  दिउँसो सवा १ बजेतिर जिरो पोइन्टमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए।, उनका अ...
सेतोपाटी संवाददाता मलेसियामा आइतबार राति बस दुर्घटनामा परी पाँच नेपालीको मृत्यु भएको छ।, मलाया मेल समाचारपत्रका अनुसार काममा जान लागेका विदेशी कामदार बोकेको बस राति ११ बजे सेपाङ क्षेत्रमा नालीमा खसेर दुर्घटना हुँदा ११ जनाको ज्यान गएको हो।, दुर्घटनामा परी मलेसियाका बस ड्राइभरसहित ३ इन्डोनेसियन र २ बंगालदेशी कामदारको पन...
आभा लाल र पिटर गिल नेपालका धेरैजसो गाउँमा कच्ची सडकसम्म आएर गोरेटा मिसिएका हुन्छन्। शताब्दीयौंदेखिको स्थानीय इतिहासले बुनेजस्ता लाग्ने ती बाटाहरू खेत र घरहरू वरपर घुमेका हुन्छन्।, बर्दिया जिल्लामा पर्ने भारतीय सीमा छोएको संघर्षनगर गाउँको अवस्था भने भिन्न छ।, एउटै फाँटमा बनाइएका कच्ची सडकका किनारमा घरहरू सोझो रेखामा पं...
सेतोपाटी संवाददाता अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट खिल्जी हुँदै प्युठानको बरौला जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।, सन्धिखर्कबाट छुटेको लु १ ज १२२९ नम्बरको जिप सोमबार दिउँसो २ बजे अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ८ नुवाकोटको लात्तेबाँझमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।, दुर्घटनाम...
सेतोपाटी संवाददाता के तपाईंले नक्सा पास नगरी घर तथा भवन बनाउनु भएको छ? वा पहिल्यै बनाएका घरको नक्सा छैन?, उसो भए बेलैमा काठमाडौं महानगरपालिकामा गएर नक्सा पास गराउनुहोला। नक्सा पास गर्ने अन्तिम म्याद आगामी असार मसान्तसम्म मात्र हो।, पहिल्यै बनिसकेका तर निर्माण मापदण्ड नमिलेका घर तथा भवन नियमित गर्न महानगरले गत वर्षै नि...
सेतोपाटी संवाददाता अब काठमाडौं महानगरभित्र गुड्ने सार्वजनिक सवारी साधन रुटअनुसार फरक-फरक रङका हुने भएका छन्।, महानगरपालिकाले आइतबार सार्वजनिक गरेको सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५ मा यो नीति समावेश गरिएको हो। यो ऐन आगामी वैशाख महिनाको अन्त्यबाट लागू हुने महानगरले जनाएको छ।, रुट तोकिएका गाडीले पनि जहाँ पायो त्यहीँ...
नारायण महर्जन कीर्तिपुरमा ‘युद्व स्मारक पार्क’ का लागि मूर्ति बनाउने काम तीव्र गतिमा भइरहेको छ। २५ विभिन्न कलाकारहरू मूर्ति निर्माणमा जुटेका छन्।, कीर्तिपुरको चक्रपथ छेउमा नगरपालिकाले पार्कको नाम अनुसार युद्व र कीर्तिपुर जोडिने गरी मूर्ति बनाउने कामलाई तिब्रता दिएको हो।, कलाकारहरूले चैत १४ गतेदेखि कीर्तिपुर आएर मूर्ति...
शान्ति तामाङ यसपालि मध्य चैतमा पनि काठमाडौं चिसै छ। हामी हेलम्बु जाँदा त झन् फागुनको आधाआधी थियो। भुइँमा हिउँको डल्ला पग्लिसकेकै थिएन।, हामी सिन्धुपाल्चोकको सेर्माथाङ, तार्के घ्याङ हुँदै मेलम्ची घ्याङ पुग्यौं। बेलुकी ६ बजे बास तय भयो।, ‘सात बजे खाना पाक्छ है,’ होटलकी आमैले भनिन्।, ‘सात होइन, आठ बजे खान्छौं है आमै,’ रा...
सेतोपाटी सिन्धुपाल्चोकको जुगल हिमाल आरोहणमा गएको आरोहण टोली बीच बाटोमै अलपत्र परेको छ ।, लगातारको वर्षाले भारी हिमपात भएपछि आरोहण टोली चार हजार ७२४ मिटर उचाइको बेसक्याम्पमै अलपत्र परेको हो ।, आइतबार आरोहण टोलीका सदस्य एवं नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले आफू अस्वस्थ रहेको र खाद्यान्नसमेत सकिएको जानकारी गराएपछि स...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा चार वर्षीय एक बालकको नाकबाट पानीमा पाइने जुका निकालिएको छ। सल्यान जिल्लाका बालक रुपेश केसीको नाकबाट सोमबार पन्ध्र सेन्टिमिटरको जुका निकालिएको हो। , लगातार तीन हप्तादेखि दायाँ प्वालबाट रगत बगिरहेपछि अभिभावकले सोमबार बालकलाई तुलसी बाल हस्पिटलमा ल्याएका थिए। बालरोग विशेषज्ञ डा. किशोर ख...
सेतोपाटी संवाददाता हिउँदमा पानी पर्दा मौसमविद्ले भने-पश्चिमी वायुको प्रभावले हो।, सामान्तय: नेपालमा हिउँदका बेला भूमध्यसागर हुँदै वायु आउँछ। जम्मु कस्मिर हुँदै नेपाल पस्छ। हिमालमा हिमपात गराउँछ, पहाड र तराईमा पानी पार्छ। हिमालमा हिउँ पर्दा चिसो हावा चल्छ र पहाडमा चिसो बढ्छ।, फागुन लागेपछि भने पश्चिमी वायुको प्रभाव कम ...
सेतोपाटी संवाददाता पूर्वसांसद गायत्री साहले ‘डाउन सिन्ड्रोम’ जन्मिएको थाहा लागेपछि बच्चा अस्पतालमै छोडेकी छिन्।, लापरबाहीले त्यस्तो (शारीरिक विकास कम) हुने बच्चा जन्मिएको भन्दै उनले मेडिसिटी अस्पतालमा बच्चा छोडेकी हुन्।, साहले फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरा जन्माएकी थिइन्। दुबै खुट्टा केही बांगो रहेको देखिएपछि ए...
सेतोपाटी सप्तरीमा मोबाइलबाटै चिट चोरेको आरोपमा सात जना एसइई परीक्षार्थी र एक शिक्षक आज पक्राउ परेका छन् ।, मोबाइलबाट उत्तर सारेको आरोपमा शम्भुनाथ नगरपालिकास्थित बुद्धिलाल विद्या मुनर मावि भगवतपुर बडहरी केन्द्रबाट परीक्षा दिइरहेको पाँच जना परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बुझाएको केन्द्र...
रासस सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महशुस गरिएको छ। आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महशुस गरिएको थियो । , भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो । ...
सेतोपाटी संवाददाता भूकम्प स्मृति दिवस मनाउन गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले वैशाख १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।, २०७२ वैशाख १२ गते बारपाक केन्द्र रहेर ‘गोरखा भूकम्प’ गएको दिनको स्मृतिमा वैशाख १२ गते बिहीबार बिदा दिने गाउँपालिकाले निर्णय गरेको हो।, गाउँपालिका अध्यक्ष विष्णु भट्टका अनुसार गएको शनिबार बस...
सुधिर भण्डारी ट्याक्सी चालक विष्णु चौहान गत आइतबार ललितपुरस्थित साझा पेट्रोल पम्पमा लाइन बसेका थिए। एकजना ट्राफिक प्रहरी आएर उनको ट्याक्सी पछाडि टाँसिएको पम्प्लेट उक्काउन खोजे। चौहानले उक्काउन दिएनन्। करिब १०-१५ मिनेट चर्काचर्की गरेपछि ट्राफिक आफ्नो बाटो लागे।, ट्याक्सी चालकहरूले करिब दुई महिनायता शान्तिपूर्ण आन्दोलनक...
सेतोपाटी संवाददाता पाँच दिनदेखि देशभरका सरकारी अस्पतालका डाक्टरले बिरामीको उपचार गरेका छैनन्।, बिरामीको उपचारमा व्यस्त हुनुपर्ने डाक्टर पेशाको ग्यारेन्टी खोज्दै काठमाडौंमा भेला भएर आन्दोलनमा जुटेका छन्।, अस्पतालमै रहेका डाक्टरले पनि आकस्मिकबाहेक अरु बिरामीको उपचारमा ध्यान दिएका छैनन्।, सरकारले समायोजन गर्दा केन्द्र सर...
विजय नेपाल त्रिपुरासुन्दरी गाँउपालिका–३ गाँउ बाल संरक्षण समितिले बालविवाहलाई निरूत्साहन गर्न विवाहको निम्तो गर्दा दुलाह एवम् दुलहीको उमेर अनिवार्य उल्लेख गर्नुपर्ने निर्णय गरेको छ।, निमन्त्रणा कार्डमा नै अनिवार्य उमेर उल्लेख गर्नुपर्ने र कार्ड नछपाई निम्तो गर्दा पनि उमेर बताइनुपर्ने निर्णय गरेको हो। यो निर्णय २०७६ वैस...
रासस हरेक दिन साँझ परेपछि थिमि नुगु पुखु : अर्थात् दुई पोखरी क्षेत्रमा स्थानीय बासिन्दाको चहलपहल र रौनक थपिन्छ। हरेक दिन साँझ ६ बजे घरभित्र छिरेकाहरू पनि विस्तारै बाहिर निस्कँदै नुगु पुखुतर्फ आउँछन्।, मध्यपुरथिमि नगरपालिका ४ नुगु पुखुमा केही बेरमै झिलिमिली बत्ती बल्छन् । अनि नेवारी बाजाका रूपमा अति प्रख्यात धिमे बाजाक...
सेतोपाटी संवाददाता दोलखामा आज दिउँसो भूकम्पको धक्का महशुस गरिएको छ।, दोलखा चाँखु केन्द्र बिन्दु बनाएर दिउँसो करिब १ :०५ बजे ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।, गत २० दिनमा नेपालमा यस्तै साना ४ वटा भूकम्प गएका छन्। आज बिहान पनि ८ बजेर ३७ मिनेटमा बैतडी, दार्चुला र बझाङमा भूकम्...
भानुभक्त/प्रवास गौतम  अर्काइभबाट , पारी त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो ...,लाग्यो मलाई रमाइलो, तिमी र म घुम्न जाउँ न ..., अहिलेको चर्चित यो गीतमा केटाकेटी आफ्नै सुरमा नाँचिरहेका थिए। कतिले गीतमा भनेजस्तै साथीलाई छाता ओढाइदिन्थे।, काठमाडौंको सामाखुसी कपुरधारा मार्गमा रहेको सत्यम् दिवा सेवा केन्द्रमा २८ जना डाउन सिन...
डा नुतन शर्मा पूर्वसांसद गायत्री साहले फागुन २८ गते जन्माएको बच्चामा डाउन सिन्ड्रोम देखियो। उनले गर्भावस्थामा नियमित रूपमा मेडिसिटी अस्पतालका डाक्टरसँग चेकजाँच गराएको र उनीहरूले बच्चाको अवस्थाबारे केही नबताएकाले यस्तो बच्चा जन्मिएको बताएकी छन्। अस्पतालले डाउन सिन्ड्रोम भएका बच्चाको आजीवन औषधीउपचार गरिदिनुपर्ने माग राख...
रासस राष्ट्रिय मानवअधिकार आयोगले अस्पताल बन्दका कारण लाखौं मानिसको जीवन जोखिममा पर्न सक्नेतर्फ संवेदनशील हुँदै वार्ताको माध्यमबाट समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।, आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा पेशागत क्षेत्रमा देखिएका असन्तुष्टि तथा अस्पष्टतालाई सार्थक वार्ता र स...
खिलानाथ ढकाल र निशा भण्डारी पूर्वसांसद गायत्री साह दोस्रोपटक गर्भवती भएको थाहा पाएपछि ललितपुरको मेडिसिटी अस्पताल पुगेकी थिइन्। त्यहाँका डाक्टर नीरासिंह श्रेष्ठले बानेश्वरको नेपाल हेल्थ क्लिनिक बोलाएको र त्यहीँ नियमित जाँच हुन थालेको साहको दाबी छ।, डा. श्रेष्ठले चैत ४ को मिति दिएकी थिइन्। फागुन २७ गते अन्तिमपटक शिशुको ...
सेतोपाटी संवाददाता पोखरा महानगरपालिकाले फेवाताल सिरान पोखरा १८ खपौदीको पुरिएको भागबाट माटो निकाल्न अभियान सुरू गरेको छ।, दुई महिना अगाडि फेवातालको दुई ठाउँबाट माटो झिकेको महानगरपालिकाले दोस्रो चरण अन्तरगत फेवातालको सिरानबाट माटो झिक्न थालेको हो।, महानगरपालिकाले पोखरा ६ को खहरेस्थित तालमा जमेको माटो र डेमसाइडबाट  करिब ...
सेतोपाटी निर्धन उत्थान लघुवित संस्था कलैयाबाट दुई लाख रूपैयाँ ऋण लिएर छोरीको विवाह गर्ने सपना बोकेका कलैया उपमहानगरपालिका–१३ बलीरामपुरका वीरबहादुर कानुको चैत १७ गते आएको हावाहुरीबाट त्यो सपना चकनाचुर भयो  ।, कानुले लिएको ऋणबाट छोरीलाई बेहुली बनाउन डेढ तोला सुनको टीका, नाकको फुली, नथियाजस्ता गहना बनाएर राखेको घर हावाहु...
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि विभिन्न निकायको सहकार्यमा उपत्यकाभित्रका सडकको फुटपाथ अतिक्रमण हटाउने भएको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले भर्खरै लागू गरेको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ अन्तर्गत जथाभावी हुने सडक फुटपाथ अतिक्रमण हटाउने भएको हो...
रासस जन्मका आधारमा नागरिकता पाएका विर्तामोड–७ गरामनीका कैले टुडूका दुई सन्तानले शुक्रबार झापा जिल्ला प्रशासन कार्यालय चन्द्रगढीबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् ।, वंशजका आधारमा नागरिकता प्रमाणपत्र पाउनेमा २२ वर्षीय समीर टुडू र १७ वर्षीय सन्दिप टुडू रहेका छन् । दुबै जनाका बाबुआमाले २०६३ सालमा ना...
सेतोपाटी संवाददाता दलित समुदायका युवालाई विभिन्न आयमूलक सीप तथा तालिम सञ्चालनको लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा समानता सामुदायिक भवन निर्माण हुने भएको छ।, नगरपालिकाको वडा नम्बर ७ बिहुलीमा निर्माण गर्ने उक्त सामुदायिक भवनमा दलित समुदायका युवालाई सीप विकास तालिम तथा आयआर्जनका कार्यक्रम सञ्चालन गरिने बताइएको छ।, न...
सेतोपाटी शनिबार बेलुकाको भारी असिना वर्षाले आएको बाढी र पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएको छ ।, दैलखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकाको दहीखोलामा गएको पहिरोले दुई दिनदेखि यात्रु आवतजावतमा समस्या आएको हो । दैलेखबाट गएको जेसिबीले शनिबार दहीखोलाको पहिरो हटाउन सकेन । पहिरो हटाउन नसक्...
रासस माध्यमिक शिक्षा परीक्षा (एसइई)अन्तर्गत आज सम्पन्न अनिवार्य सामाजिक विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै एक जना निरीक्षकलाई निष्कासन गरिएको छ।, परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै परीक्षा अनुगमन टोलीले लहानस्थित पशुपति मावि परीक्षा केन्द्रबाट एक जना निरीक्षकलाई निष्कासन गरेको शिक्षा विकास तथा समन्वय...
निशा भण्डारी नेवार समुदायले पाहाँच:ह्रे पर्व मनाएका छन्।, शनिबार काठमाडौंको असन चोकमा नेवार समुदायका मानिसहरूको उपस्थितिमा सो पर्व मनाइएको हो।, "पाहाँ" भन्नाले अतिथि भनेर बुझिन्छ भने "चःह्रे" भनेको चतुर्दशीलाई भनिने गरिन्छ। यस दिनलाई "पिशाच चतुर्दशी" पनि भनिन्छ। आजको दिन बेलुका लुकेको महादेव (लुकुमहाद्य :)को विशेष पुज...
सेतोपाटी काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ रविओपीमा आज श्रीमतीले खुर्पा प्रहार गरी श्रीमान्को हत्या गरेकी छिन् ।, प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेल नगरपालिका– २ की ५५ वर्षीया लालीमाया तामाङले ६० वर्षीय श्रीमान् सुकराम तामाङलाई खुर्पा प्रहारी गरी हत्या गरेकी हुन् ।, सँगै बसेर मादक पदार्थ सेवन गरेपछि उन...
सेतोपाटी जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका– १८ का ३० वर्षीय राजेन्द्र वागचन्द रहेका छन् ।, भीमदत्त नगरपालिका– १८ वागवाणी डेरा गरी बस्दै आएकी एक भारतीय मजदुरलाई जबर्जस्ती करणी गरेको आरोपमा वागचन्दलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले...
सेतोपाटी महानगरीय प्रहरी प्रभाग थानकोटले अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।, प्रभागबाट खटिएको टोलीले उदयपुरबाट काठमाडौँ आउँदै गरेको ना५ख ११९८ नम्बरको यात्रुबाहक बस र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख २७७६ नम्बरको यात्रुबाहक बस जाँच गर्दा सुनसरीका विकास साह र बाँकेका सन्तोष यादवलाई शनिबार बिहान पक्राउ गर...
सेतोपाटी संवाददाता सामान्यत: चैत सकिएर वैशाख लाग्दा उखरमाउलो गर्मी हुन्छ। तराईंतिर बाहिर निस्कँदा खलखली पसिना आउँछ। पहाडमा पनि दिउँसो चर्को घाम लाग्छ। तर यसपालि मध्यचैतदेखि लगालग पानी परिरहेको छ। बिहानै आकाश कालो निलो हुन्छ। बेलाबेलामा पानी पर्छ। फेरि रोकिन्छ। चिसो घटेको छैन। काठमाडौंमा ज्याकेट थन्काएर हिँड्न मिलेको छ...
दिपकजंग शाही डिआइजी महेशविक्रम शाह जुम्ला कारागार निरीक्षणमा गएका बेला एक कैदीले भने, 'सर, मलाई किताब पढ्ने मन छ, तर यहाँ पाइन्न। केही  व्यवस्था हुन सक्दैन?', डिआइजी शाह झल्याँस्स भए।, कारागारलाई सुधारगृह बनाउनुपर्छ भनेर सबै भन्छन्। पढ्ने-लेख्ने वातावरणै नभएपछि कसरी सुधारगृह हुन सक्छ?, जुम्लाका ती कैदीको प्रश्नले शाहल...
सेतोपाटी ललितपुरको सबैभन्दा व्यस्त लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन। स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडकमा २० प्रतिशतभन्दा काम हुन नसकेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ। ,सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण सडक निर्माणअघि बढ्न नसकेको हो। अदालतको अर्को आदेश ...
सेतोपाटी संवाददाता गर्मीको मौसम सुरू भएको छ। चैत वैशाखमा साँझपख हावाहुरी चल्छ। बादल गड्याङगुडुङ हुन्छ। बिजुली चम्कन्छ र चट्याङ पर्छ।, सरकारी तथ्यांकअनुसार नेपालमा वर्षेनी ८२ जना मानिसले चट्याङ लागेर ज्यान गुमाउँछन्।, गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले चट्याङ पर्ने बेलामा कसरी जोगिने भने केही सुझ...
एजेन्सी भारतका ६ सय बढी कलाकारहरूले भारतमा हुन गइरहेको आगामी चुनावमा सत्तासीन भारतिय जनता पार्टी(भाजपा)लाई भोट नहाल्न अपिल गरेका छन्।, उनीहरूले ‘समानता तथा सामाजिक न्यायका लागि अन्धकार एवं जंगलीपनाका शक्तिलाई पराजित गर्न’ भन्दै भाजपा विरोधी आव्हान गरेका हुन्।, संयूक्तरूपमा जारी गरिएको एक वक्त्व्यमा उनीहरूले भारतीय मतद...
सेतोपाटी संवाददाता ‘स्वास्थ्य सेवामा सबैको पहुँच’ पुर्‍याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाइएको छ।, विश्व स्वास्थ्य दिवसको अवसर पारेर आइतबार स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्ने आवश्यकतामा जोड दिँदै देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो।, यसै अवसर पारेर काठमाडौंको बसन्त...
सेतोपाटी संवाददाता बारा पर्साका हावाहुरी पीडितलाई रेडक्रस सोसाइटी अफ चाइनाले ५० लाख सहयोग गरेको छ।, शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी रेडक्रस सोसाइटी अफ चाइनाको प्रतिनिधित्व गर्दै नेपालका लागि चिनियाँ राजदूत हाउ यानकीले सो रकम हस्तान्तरण गराएकी हुन्।, भेटको क्रममा राजदूत यांकीले रेडक्रस सोसाइटी अफ चाइनाले...
सेतोपाटी संवाददाता सरकारले नेपालका छैठौं संघनायक भिक्षु अश्वघोष महास्थवीरको अन्त्येष्टि  विशेष राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ।, आइतबार आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।, झाडापखाला, बान्ता आउने र रक्तचापसम...
रासस उपप्रधानमन्त्री स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले विभिन्न बहानामा चिकित्सकले बिरामीलाई दुःख दिन नपाउने बताएका छन्।, आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चिकित्सकका माग संघीय निजामती ऐनले समेटिसकेकाले जनतालाई दुःख दिन नपाइने बताए।, ‘अरु कुनै महत्वपूर्ण कुरा छ भने त्यसलाई सरकारले सकरात्म...
सेतोपाटी संवाददाता राज्यसत्ता बन्दुकको नालबाट जन्मिन्छ भन्ने चिनियाँ कम्युनिष्ट नेता माओ त्सेतुङको विचार र संसारभरि अहिंसा र शान्ति फैलाउने बुद्ध दर्शन समान हुन् भन्दा अचम्म लाग्न सक्छ।  , तर नेपालका छैठौं संघनायक भिक्षु अश्वघोष महास्थवीरले यी दुबै विचारधारामा आधारभूत समानता देखे। त्यसैअनुसार आफ्ना प्रवचन दिए। माओबाट ...
हिक्मत बहादुर नेपाली कैदीबन्दीको बाक्लो उपस्थितिले भरिभराउ सभा कक्ष।, कक्षको एक छेउ नेपालका लेखकका कृतिले भरिएका दराजले हलको सौन्दर्य थपेकै थियो। कारागारमा पुस्तकालय स्थापनाको मूल क्षण पर्खेर बसेका कैदीबन्दी साहित्यकारको प्रवेशले थप हौसिए। औपचारिक रूपमा पुस्तकालय उद्घाटन र छोटा भाषण सकिएलगत्तै सुरू भयो ‘कैदीबन्दीसँग स...
एजेन्सी संसारकै धनी व्यक्ति जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जीबीच सम्बन्धविच्छेद भएसँगै संसारका धनाढ्य महिलाहरूको क्रमांक तलमाथि परेको छ।, सम्बन्धविच्छेद पछि म्याकेन्जीले बेजोसको सम्पत्तिबाट करिब ४० खर्ब रूपैयाँ पाउने भएकी छन्। यसले अमेजन कम्पनीमा उनको सेयर हिस्सा ४ प्रतिशत भएको छ। उपन्यासकार समेत रहेकी म्याकेन्जी अम...
सेतोपाटी संवाददाता एचआईभी/एड्स संक्रमित ५६ वर्षीय पूर्व राष्ट्रिय फुटबल खेलाडी गोपाल श्रेष्ठ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्।, एचआईभी/एड्स संक्रमितहरुले पनि राष्ट्र र समाजका लागि योगदान गर्न सक्षम छन भन्ने सन्देश विश्वभर दिने उद्देश्यका साथ श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागिएको ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले बारा र पर्साका हावाहुरी पीडितलाई २५ लाख रूपैयाँ सहयोग गर्ने भएको छ।, २५ लाख रूपैयाँसँगै जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलब सहयोग गर्ने निर्णय भएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।, ‘बिहीबार बसेको कार्यपालिका बैठकले नै यो निर्णय गरेको हो। आइतबारको नगरसभाले पन...
सेतोपाटी  , अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा जगातीबाट बनेपातर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।,आइतबार दिउँसो बा४९प ५४२७ नम्बरको मोटरसाइकललाई बा१९प ५०८९ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे बेथानचोक गाउँपालि...
एजेन्सी सन् २०१६ को कुरा हो।, केही कोइली चरीहरूले मे महिनामा चिनियाँ राजधानी बेइजिङ नजिकको सिमसार क्षेत्रबाट उडान भरे। तीमध्ये पाँचवटा कोइली यस्ता थिए, जसको शरीरमा विशेष यन्त्र झुन्ड्याइएको थियो। त्यो यन्त्रले पल–पलको खबर कम्प्युटरमा पठाउँथ्यो।, र, त्यही खबरको सहाराले सुरु भयो कोइली चरीसँगै उड्ने एक अद्भूत वैज्ञानिक य...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ।, थाइ एयरवेजमार्फत् आएका भारतीय नागरिकको साथबाट सो सुन प्रहरीले बरामद गरी अनुसन्धान गरिरहेको बताइएको छ।, ५ जना भारतीय नागरिकबाट ६ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ।, थप विवरण आउन बाँकी छ।, रोकिएन सुन तस्करी : त्रिभुवन विमानस्थ...
सेतोपाटी संवाददाता पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, गए रातिदेखि कमजोर रूपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदली...
सेतोपाटी देशबाट छुवाछूत र जातीय विभेद अन्त्य भयो भनिए पनि वास्तवमै त्यो लागू हुन सकेको छैन। अझ लोकतान्त्रिक विधिबाट बनेको स्थानीय तहबाटै यस्तो विभेदपूर्ण व्यवहार हुनुले यो तथ्यलाई पुष्टि गर्छ। पदमा बहाल रहँदारहँदै इलाम नगरपालिकाले साङरुम्बा माविका प्रधानाध्यापक मात्रिकाप्रसाद विश्वकर्मालाई पदबाट हटायो।, यसबाट दुःखी बन...
सेतोपाटी बिरामी बाबुको झारफुक गर्न गएकी एक १३ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको झाक्रीलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ ।, मध्यपुरथिमि नगरपालिका लोकन्थलीमा सञ्चालन गरेको झारफुक केन्द्रमा मकवानपुर मकवानपुरगढी गाउँपालिका घर भई हाल चाँगुनारायण नगरपालिका बस्ने ३५ वर्षीय गुरु रोशन भन्ने हिरामणि घिमिरेलाई प्रहरीले ...
रासस सरकारले अत्यावश्यक सेवामा अवरोध गर्न नपाउने सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ।, मन्त्रिपरिषद्को यही चैत १४ गतेको बैठकको निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक हितका लागि अत्यावश्यक सेवामा हडताल गर्न निषेध गर...
नारायण महर्जन कीर्तिपुर नगरपालिकाको २३ औं स्थापना दिवसको उपलक्ष्यमा ‘कीर्तिपुर महिला महोत्सव २०७५’ बिहीबारदेखि सुरू भएको छ। ‘कीर्तिपुर वुमेन्स फेस्टिभल २०७५’ नामाकरण गरिएको उक्त महोत्सव चैत २१ गतेदेखि २३ गतेसम्म हुनेछ। कीर्तिपुर नगरपालिकाको पुरानो वस्तीभित्र परेका वडा १, २, ३ र १० मा उक्त महोत्सव हुनेछ।, महोत्सवमा कीर...
सेतोपाटी चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।, जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकाला...
सेतोपाटी कैलालीको जानकी गाउँपालिकाले आर्थिक वर्ष सकिन करीब तीन महीना मात्र बाँकी रहेका बेला विकास निर्माण तथा अन्य कार्यक्रम कार्यान्वयनलाई प्राथमिकता दिनुको सट्टा ८८ लाख ७८ हजार बराबरका गाडी खरीद गरेको छ ।, गाउँपालिकाले यसरी गाडी खरीद गरेपछि स्थानीयवासीले जनप्रतिनिधि विकास निर्माणमा अग्रसरभन्दा पनि सुविधाभोगी भएको आर...
शान्ति तामाङ बुधबार, चैतको मध्य दिउँसो।, शिरमा टोपी, निलो धर्के सर्ट र सुरूवालमाथि सल बेरेकी एक जना दिदी कोदालोले रानीपोखरीको भुइँ खनेर घाँस उखेल्दै थिइन्।, उनको दाहिने हातको बूढीऔंलामा सेतो पट्टि थियो। खन्दाखन्दै उनको हात दुख्यो। रानीपोखरी पुलको पिलरमुनि थुचुक्क बसिन्।, 'हेर्नु न काम गर्दागर्दै हातमा चोट लाग्यो,' के ...
सेतोपाटी कफी बनाउने पेशामा संलग्न नेपाली युवती दावुती शेर्पालाई विश्व किर्तिमान कायम गरेको प्रमाणपत्र प्रदान गरिएको छ ।, ‘सगरमाथा आरोहण गर्ने पहिलो महिला 'वरिष्टा'को रुपमा उनलाई बिहिबार उपराष्ट्रपति नन्दबहादुर पुनले प्रमाणपत्र प्रदान गरेका हुन्।, उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा आयोजित कार्यक्रममा शेर्पालाई ‘वल्र्...
सेतोपाटी संवाददाता प्रदेश नम्बर १ सरकारले चताराधाममा कुम्भमेला आयोजना गर्न ५० लाख रूपैयाँ दिने निर्णय गरेको छ।, बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शनिबारदेखि  एक महिनासम्म चल्ने कुम्भमेलाका लागि ५० लाख निकासा गर्ने निर्णय गरेको हो। , कुम्भमेलाको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकार आफैंले लिएको छ। आन्तरिक मामिला तथा का...
नेहा झा प्रदेश दुईमा स्थगित गरिएको परीक्षा आजबाट फेरी शुरु भएको छ । प्रदेश दुईमा परीक्षा हुनुभन्दा एक दिन अगावै प्रश्नपत्र आउट भएपछि एसईई परीक्षा स्थगित गरिएको  थियो । स्थगित गरिएको परीक्षा आजबाट फेरी सुरु भएको हो । प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले रद्द र स्थगित गरेको एसईई परीक्षा अन्तर्गत आज विज्ञान वि...
सेतोपाटी टेलिफोन सम्पर्क हुन नसक्ने माथिल्लो डोल्पामा हिमपहिरोमा परी तीन बेपता भएका छन् ।, माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टा शे गुम्बास्थित चैत १७ गते कैलाश पर्वतमा तीर्थव्रतका लागि जाँदै गर्दा तीन बेपता भएका हुन् ।, बेपत्ता हुनेहरुमा शे–फोक्सुण्डो गाउँपालिका–३ का फुर्वा  ठिन्ल्या गुरुङ, पेमा कु...
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल फ्रान्सको लियोन प्रस्थान गरेका छन् ।, एनसिबी नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक खनाल चैत २६ देखि २८ गतेसम्म फ्रान्समा संचालन हुने इन्टरपोलको १५औं हेड अफ एनसिबी सम्मेलनमा भाग लिन उनी त्यस तर्फ प्रस्थान गरेका हुन् । ,सम्मेलनमा सुरक्षा प्रमुखहरुसँगको अन्तरक्...
एजेन्सी अमेजन कम्पनीका मालिक तथा संसारकै धनी व्यक्ति जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जीले सम्बन्ध विच्छेद गर्ने भएका छन्।, सम्बन्ध विच्छेदमा म्याकेन्जीले करिब ४० खर्ब रूपैयाँ (३५ बिलियन अमेरिकी डलर) पाउने सहमति भएको छ। संसारकै धनी व्यक्तिको सम्बन्ध विच्छेदले संसारकै महँगो सम्बन्ध विच्छेदको रेकर्ड बनाएको छ।, सहमतिअनुस...
नेहा झा प्रश्नपत्र बाहिरिएपछि स्थगित भएको प्रदेश २ को एसइई परीक्षा फेरि सुर भएकै दिन एक गार्डले चिट चोराउन प्रश्नपत्र बाहिर पठाएका छन्।  , धनुषाको बरकुर्वा परीक्षा केन्द्रबाट अनिवार्य विज्ञान विषयको प्रश्नपत्र परीक्षा सुरू भएको केहीबेरमै आउट भएको हो।, परीक्षा हलमा मोबाइल लिन निषेध गरिएको भए पनि एक परीक्षार्थीले मोबाइल...
सेतोपाटी संवाददाता ललितपुरको सानेपानजिकै चक्रपथ (नयाँबाटो) मा ट्रकले तरकारी बोक्ने भ्यानलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।, शुक्रबार मध्यान्ह १२ बजेतिर जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रक अनियन्त्रित भई नजिकै गुडिरहेको भ्यानमाथि  खस्दा दुई जनाको मृत्यु तथा एक जना घाइते भएको महानगरीय प्रहरी...
एजेन्सी प्राग मानवशास्त्रीहरूले चार खुट्टे ह्वेलको लगभग पूर्ण रूपको अवशेष फेला पारेका छन्। चार करोड तीस लाख वर्ष पुरानो यो अवशेष पेरूमा भेटिएको हो।, यो अवशेष अध्ययन गर्दा ह्वेलको लम्बाइ चार मिटर भएको पाइएको छ। त्यस्तै शारीरिक बनावटका आधारमा यो पौडिनका साथै जमिनमा हिँड्न पनि सक्ने अनुमान प्राग मानवशास्त्रीहरूले गरेका छ...
रासस सञ्चिता घिमिरे/शर्मिला पाठक, काठमाडौं महानगरपालिकाले दैनिक रूपमा ब्रुमर चलाएर सडक सफा गरिरहे पनि निर्माणस्थलबाट आएका धुलो, हिलो, माटो र सवारीसाधनले भित्र्याउने फोहरका कारण सडक सफा देखिएको छैन।, अहिले ब्रुमर नपुगेका ठाउँका स्थानीयवासी आफ्नो ठाउँमा ब्रुमर नआइपुगेको गुनासो गरिरहेका छन् भने अर्कातिर ब्रुमरले अहिले सफ...
सेतोपाटी संवाददाता सरकारले सार्वजनिक विदा दिने गरेकाले घोडेजात्रा हामीलाई ठूलै पर्व हो कि जस्तो लाग्छ। तर, यो काठमाडौंको सांस्कृतिक महत्वसँग जोडिएको जात्रा होइन। सेनाको तामझाम देखाउने ‘सैनिक उत्सव’ मात्र हो।, राज्यले सैन्य कौशल देखाउने यो सैनिक 'जात्रा' लाई बढावा दिँदा यही बेला मनाइने काठमाडौंको मौलिक सांस्कृतिक पर्व ...
गिरीश गिरी करिब दुई साताअघि म बिहानी हिँडाइ सकेर घर फर्कँदै थिएँ। महावीरस्थान छिचोलेर माइस्थानतर्फ बढ्दैगर्दा बाटैछेउमा एउटा पुरानो परिचित अनुहार देखिए। उनी थिए वीरगन्जका पक्का राजभक्त पशुपति रौनियार। ८५ वर्षे उनी घरै अगाडि मेचमा बसेर मुख्यसडक हेर्दै टोलाइरहेका थिए।, मेरो सहरका पशुपति रौनियारले जीवनभर हरेक मौसममा जुन ...
सन्जिब बगाले बाह्रौं शताब्दीमा भारतको हरियाणामा घोडा कुदाउने चलन प्रख्यात थियो। त्यही सिको गर्दै मल्ल राजाहरूले काठमाडौं भित्र्याएको घोडेजात्रा आज पनि जारी छ। ,(हेर्नुहोस्: घोडेजात्रा सांस्कृतिक चाड होइन, सैन्य रमिता), सेनाले आफ्नो सैन्य कौशल देखाउने यो जात्रामा यसपालि ७५ वटा घोडाले २४ थरीका प्रदर्शन गर्दै छन्।, ती घो...
सुधिर भण्डारी शुक्रबार अपरान्ह १२ बजे जनक शिक्षा सामग्री केन्द्रको किताब बोकेको ट्रक सातदोबाटो हुँदै बल्खुतिर गइरहेको थियो।, भर्खरै बनेको रिङरोडमा बल्खुभन्दा केही वर नयाँबाटोमा विपरीत दिशाबाट आइरहेको स्कुटर अर्को लेनमा जान लागेको थियो। उक्त स्कुटरलाई जोगाउन खोज्दा १ घ ५३३ नम्बर ट्रक अनियन्त्रित भयो। तीव्र गतिमा रहेको ...
नारायण महर्जन घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ। नेपाली सेनाले घोडेजात्राका अवसरमा हरेक वर्ष सो स्थानमा अश्वकलाका विविध क्षेत्रलाई समावेश हुने गरी आकर्षक कला प्रदर्शनी कार्यक्रम आयोजना गर्दै आएको छ।, राष्ट्रपति विद्यादेवी भण्डा...
नारायण महर्जन घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ। नेपाली सेनाले घोडेजात्राका अवसरमा हरेक वर्ष सो स्थानमा अश्वकलाका विविध क्षेत्रलाई समावेश हुने गरी आकर्षक कला प्रदर्शनी कार्यक्रम आयोजना गर्दै आएको छ।, राष्ट्रपति विद्यादेवी भण्डा...
सेतोपाटी संवाददाता आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट घाइते भई वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका पाँच वर्षीय फैजल अन्सारीको उपचारको क्रममा आज मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सो हावाहुरीबाट घाइते भएका बाराको फेटा गाउँपालिका–६ बस्ने फिरोज अन्सारीका छोरा सख्त घाइते भएकाले उपचारको ...