content
stringlengths
20
64.1k
सेतोपाटी महोत्तरीको जलेश्वरमा आज शनिबार बिहान एक छापाखानामा आगलागी हुँदा ३० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।, जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर नगरपालिका–२ स्थित महेन्द्रचोकमा सुरेन्द्र साहले सञ्चालन गरेको पशुपति छापाखानामा बिहान करीब ५:३० बजे विद्युत् सर्ट भई आगलागी हुँदा ३० लाख बराबरको क्षति भएको हो...
सेतोपाटी संवाददाता ललितपुरमा महानगरमा मोबाइल फोनबाटै ट्राफिक बत्ती नियन्त्रण हुने भएको छ। नेपालमै पहिलोपटक सुरु भएको यो प्रविधि जावलाखेलमा मंगलबारबाट सुरु भएको महानगरले जनाएको छ।, महानगरपालिकाले पावरटेक नेपाल र भूस्पर्श कन्ट्रक्सन प्रा.लि.सँगको समन्वयमा यो प्रविधि सुरुवात गरेको हो। अल्का अस्पताल चोकमा सुरु भएको यो प्र...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको सिंहदरबारको मुख्य भवनको पश्चिम भागलाई पनि रेट्रोफिटिङ (प्रबलीकरण) गर्ने भएको छ।, विकास तथा प्रविधि समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पछिल्लो अध्ययनले रेट्रोफिटिङ गरेर अझै बलियो बनाउन सकिने देखा...
गिरीश गिरी आइतबारको आँधीबाट सर्वाधिक प्रभावितमध्ये भलुही गाउँमा मंगलबार बेलुकी सूर्यास्त हुँदै गर्दा सहयोग गर्नेहरूको लश्कर देखिन्थ्यो।, वीरगन्ज-कलैया बाटोबाट गाउँ पस्नेबित्तिकै ब्यानर टाँसेका मोटर र विभिन्न संघ-संस्थाका नाम अंकित टिसर्ट लगाएकाहरूको हुल जताततै देखिन्थे। गाउँ पुगेपछि भने त्यो ताँती एउटा भेगमा केन्द्रित...
सेतोपाटी प्रदेश नं ३ का लैङ्गिक अल्पसङ्ख्यक तेस्रो लिङ्गीले यसअघि आफूहरुले प्राप्त गरेको तेस्रो लिङ्गीको पहिचानसहितको नागरिकता फिर्ता गर्न लागेको बताएका छन् ।,  पहिचानसहितको नागरिकता लिने प्रक्रियामा आफूहरुलाई विभेद गर्न लागिएको बताउँदै तेस्रो लिङ्गीले फिर्ता गर्नुपर्ने वाध्यता परेको जिकिर गरे ।, तेस्रो लिङ्गीको संस्थ...
सबिना श्रेष्ठ केराको पात, तान बुन्ने सेतो डोरी, बाँसको पृष्ठभूमि।, मण्डला नाटकघरमा प्रदर्शनरत नाटक ‘जोखना’ मा सुरुदेखि अन्त्यसम्म देखिने यो मञ्च किराँती संस्कृतिसँग नजिक छ।, नाटकका पात्रका कथाझैं यिनको पनि आफ्नै कथा छ।, ‘जोखना’ को नाट्य रूपान्तर गरेका राजन मुकारुङका अनुसार मानिसको सृष्टिसँग बाँसको कथा जोडिएको छ। शिकार...
सेतोपाटी संवाददाता माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीसमेत रहेका प्रहरी जवानले प्रश्नपत्र ‘आउट’ गरेको खुलेको छ।, घटनाको छानबिन गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रश्नपत्र आउट गरेको आरोपमा इलाका प्रहरी कार्यालय सिरहा कल्याणपुरमा कार्यरत प्रहरी जवान ब्रह्देव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई निय...
रासस टिपरको ठक्करबाट मङ्गलबार एक बालकको मृत्यु र एक बालक गम्भीर घाइते भएको विरोधमा काठमाडौं उपत्यकाको फोहर विसर्जनमा नुवाकोट सिसडोलका स्थानीयवासीले अवरोध पुर्‍याएका छन्।, काठमाडौंबाट फोहर बोकेर आइरहेको टिपरको ठक्करबाट मङ्गलबार नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलका १३ वर्षीय संजोक नेपालीको मृत्यु भएको थियो भने १२ ...
सेतोपाटी मुश्लिम आयोगले आँधीहुरीबाट घरवारविहीन परिवारका लागि १०० वटा अस्थायी घर निर्माण गर्ने घोषणा गरेको छ।, बारा र पर्साका प्रभावित क्षेत्रको निरीक्षण र अवलोकन गरेर फर्किएका उक्त आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको तर्फबाट घर निर्माण गर्ने जानकारी दिए ।, उक्त घटनामा परेर बाबु र आमासहित परिवारका ४ सदस्य गुमाएक...
सेतोपाटी संवाददाता सुर्खेतमा विप्लव माओवादीले तर्साउने उद्देश्यसहित वडा कार्यालय अगाडि शंकास्पद देखिनेगरी वस्तु राखेको छ।, विप्लव माओवादीको पर्चासहित सुर्खेतको गुर्भाकोट नगरपालिका–६ को वडा कार्यालयमा अगाडि शंकास्पद वस्तु फेला परेको थियो। स्थानीयले वडा कार्यालय अगाडि शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।, तत्...
रासस बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात गरेको आरोपमा प्रहरीले गए राति चार जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा पञ्चेश्वर–६ का ३२ वर्षीय वीरेन्द्र भण्डारी, सोही ठाउँका ५५ वर्षीय बलदेव भण्डारी, ३४ वर्षीय रमेशराम लुहार र ४९ वर्षीय हिक्मत भण्डारी रहेका छन्।, उनीहरूलाई गए राति हातपात भएको ठ...
रासस ‘मासु खान मन लागेको थियो, बुढाले विदेशबाट पैसा पठाइदिन्छु भन्नुभएको थियो। अनि रु १०० को रिचार्ज कार्ड लिएर बुढालाई फोन गर्नुपर्‍यो, सन्चो बिसन्चो के छ सोध्नुपर्‍यो, मासु पनि लिएर आउँछु, रिचार्ज पनि लिएर आउँछु।’ यही कल्पना गर्दै मोरङकी सन्तोषी तामाङ साइकल लिएर दोकान जाँदै थिइन्, त्यतिबेलै उनलाई साइँला देवरले फोन ग...
सन्जिब बगाले नेपाल सेनाले काम गरिरहेको काठमाडौं-तराई मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) मा पहिलाको अनुमानभन्दा झन्डै १ खर्ब रूपैयाँ बढी खर्च हुने भएको छ।, कोरियाली कम्पनी सुसुङले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार फास्ट ट्रयाकको लागत  झन्डै २ खर्ब रूपैयाँ  हुने देखाएको हो।, २० महिनाअघि सेनाले काम थाल्...
रासस नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बारा पर्साको विभिन्न ठाउँमा आएको विनाशकारी हावाहुरीबाट घाइते भई विभिन्न अस्पतालमा उपचार गराइरहेकासँग भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।, नेता नेपालले आज वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल र नेशनल मेडिकल कलेजमा पुगी घाइतेको उप...
रासस नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ।, प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरेको हो।, वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा चार, पुसमा १२, माघमा २३...
अनुषा अधिकारी बाहिर सप्तरंगी झन्डा फर्फराइरहेको थियो। भित्र पिल्लरहरूमा त्यही रंगका झन्डा टांगिएका थिए।, भित्तामा झिलिमिली बत्तीको प्रकाशमुनि बुद्ध र चराका पखेटा चम्किरहेका– शान्ति, सद्भाव र स्वतन्त्रताको भाव झल्काउँदै।, ‘पिंक टिफानी रेस्टुरेन्ट एन्ड बार’ मा तपाईंहरूलाई स्वागत छ।, ठमेल, सातघुम्ती चोकमा रहेको यो बार सम...
खिलानाथ ढकाल कसिस्मा मिजार दुई वर्ष पुगेर तीन लाग्न दुई दिन मात्र बाँकी थियो।, बाबु सुन्दर र आमा कविता आफ्नो पहिलो सन्तानको ‘बर्थ डे’ मनाउने तयारी गर्दै थिए। त्यही बेला यस्तो बज्रपात भयो, उनीहरूले छोरीको 'बर्थ डे' कहिल्यै मनाउन पाएनन्।, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पछ्याउँदै हिँड्ने सुरक्षाकर्मीसहितको पछुवा ग...
सेतोपाटी संवाददाता राप्ती नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।, नदीमा नुहाउन गएकी लमही नगरपालिका वडा नं. ५ कोलही निवासी ११ वर्षीया बालिका अस्मिता चौधरीको डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ।, साथीसँग गोठालो गएकी अस्मिता गर्मी छल्न नुहाउने क्रममा बुधबार दिउँसो लमहीको झारवैरा घाट नजिकै डुबेर म...
नारायण खड्का दुई साताअघि फोन गर्दा उनले ‘काममा व्यस्त छु’ भने।  फुर्सदमा आफैं फोन गरी बोलाउने वाचा गरे। १५ दिन बित्यो तर उनको फोन आएन। फेरि फोन गर्दा भने- मलाई कामको अति नै चटारो  भएकाले फोन गर्नै बिर्सें। मिल्छ भने आधा घन्टाभित्रै आउनुस् नत्र म फेरि बिजी हुन्छ।’, उनले दिएकै समयमा तुलसीपुर उपमहानगरपालिका-१८ मैरवा  पुग...
प्रशन्न पोखरेल सरकारले एक साताअघि कर्मचारी समायोजन सकेको घोषणा गर्‍यो।, संघ, प्रदेश र स्थानीय तहमा १ लाख ३१ हजार जना कर्मचारी समायोजन भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले घोषणा गरेका थिए।, दरबन्दीअनुसार अझै स्थानीय तहमा १७ हजार, प्रदेश र संघमा ८/८ हजार कर्मचारी खाली छन्। प्रदेश लोक सेवा आयोग ...
भगवती पाण्डे रुपन्देहीका पत्रकार विन्दुकुमार चौहानको छोरीको अपहरण गर्ने चार जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।, रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १० निवासी चौहानको छोरी ममतालाई मंगलबार राति एक समूहले घरबाटै अपहरण गरेको थियो।, अपहरणमा परेकी ममतालाई बुधबार बिहान नेपाल भारत सीमा क्षेत्रमा खेतमा छोड...
रासस नेपालको पूर्वीनाका काँकडभिट्टास्थित मेची पुलको छेउमै भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ आज बिहान भत्काइएको छ।, मुख जिल्ला अधिकारी जनकराज दाहालको निर्देशनमा मेची पुलको प्रवेशद्वारमै बनाइएको एनएच ३२७ वी सिलगुढी ३२ र बागडुग्रा १९ लेखिएको ‘माइल’ स्तम्भ भत्काइएको हो ।, मेची पुल बनाउँदै आएको ठेकेदारले सो ‘माइल’ स्तम...
अनुषा अधिकारी अमेरिकी सञ्चार संस्था ‘सिएनएन’ ले संसारका ५० मीठो पेयपदार्थको सूची निकालेको थियो।, नेपालको एउटा पेय सूचीको ४१ औं स्थानमा थियो। त्यो हो, ‘नेवाः ऐला’। अर्थात्, रक्सी।, उक्त रक्सी वर्णन गर्दै सिएनएनले भनेको छ, ‘कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाइहाल्छ। यो पिउँदा घाँटीमा एकैछिन पोले पनि पछि अच...
सेतोपाटी संवाददाता नयाँ शक्ति पार्टी नेपालले बारा र पर्साका हावाहुरी प्रभावितलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ।, जनकपुर पुगेका नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बिहीबार प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलमार्फत् ५ लाख रुपैयाँ सहयोग मुख्यमन्त्री राहत कोषमा जम्मा गरेका...
एजेन्सी विकसित मुलुकहरूमा गाँजा खुला गर्ने लहर चलेका बेला यसमा पाइने रसायन स्याम्पू, कफी, शरीरमा लगाउने तेल लगायत थुप्रै घरायसी सामग्रीमा प्रयोग हुन थालेको छ।, 'सिबिडी' (क्यानाबिडिओल) भनिने यो रसायन गम्मी बियर्स (एक प्रकारको चकलेट) देखि कुकुरहरूको खानामा समेत प्रयोग हुन्छ।, पछिल्लो समय अमेरिकी बजारमा कफी पसल, कृषि बजा...
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षण अस्पताल महाराजगञ्ज पुगेर बारा र पर्साबाट उपचारका लागि ल्याइएका घाइतेलाई भेटेका छन्।, शिक्षण अस्पतालमा महमद मियाँ, गीतादेवी कट्टेल, समिना खातुन, अमन कट्टेल, मुनाफ अनसरी, कृष्ण पटेल, सुरेश पटेलको उपचार भइरहेको छ।, आइतबार बेलुकी आएको हावाहुर...
सेतोपाटी संवाददाता आइतबार राति चलेको हावाहुरीले बारा र पर्सामा झन्डै २ हजार बिजुलीका पोल ढालेपछि वीरगञ्ज  महानगरलगायत बाराका ग्रामीण क्षेत्रमा बिजुली अवरूद्ध भएको छ।, नेपाल विद्युत प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालयका प्रमुख नवराज सुवेदीका अनुसार वीरगञ्जमा हेटौंडाबाट जाने राष्ट्रिय प्रसारण लाइन र भारतबाट आउने लाइनमा...
सेतोपाटी संवाददाता गृह मन्त्रालयले हावाहुरी प्रभावित क्षेत्र बारा र पर्सामा तीन ट्रक राहत सामग्री पठाइसकेको बताएको छ।, गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गए राति नै तीन ट्रक राहत सामग्री पठाएको जानकारी दिए।, ‘सशस्त्र प्रहरीको तीन ट्रकमा त्रिपाल र कपडा पठाइएको छ। खाद्यान्न...
सेतोपाटी संवाददाता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीका संघीय सांसदहरूको एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ।, नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रको निरीक्षण पश्चात सो कुराको जानकारी गराएका हुन्।, उनले राहत र उद्दारमा खटिन पार्टीका नेता कार्यक...
सेतोपाटी संवाददाता सेतोपाटी संवाददाता गिरीश गिरी यतिबेला बारामा छन्। बारा र पर्सामा हावाहुरीले मच्चाएको वितण्डाले अहिलेसम्म २७ जनाको ज्यान लिइसकेको छ। हावाहुरीका कारण तीन सय पचासभन्दा धेरै घाइते छन्।, उनीहरूको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय, नेशनल मेडिकल कलेज लगायत अस्पतालमा उपचार भैरहेको छ।, घटनास्थल बारा र अस्पताल...
सबिना श्रेष्ठ बुङमती प्रवेशद्वारलाई ‘ढोकापिने’ भनिन्छ।, प्रवेशद्वारअगाडि दुई पोखरी छन्- ढोकापिने पुखु र ढोकापिने फल्चा।, यही ढोकापिने फल्चालाई युएन हेबिटेट, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट, लुमन्ती लगायत संस्थाले पुनरोद्धार गर्दैछ।, फल्चासँगै २०७२ सालमा भत्किएका सम्पदा एवं भवन जिर्णोद्धार जारी छ। यही क्रममा यु...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको हावाहुरी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका छन्।, झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा आएका हुन्।, प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया आएका हुन्। प्रधानमन्त्रीले राहत र उद्द...
सेतोपाटी संवाददाता बानेश्वरमा स्कुटरलाई ठक्कर दिने पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पछुवा गाडीलाई ट्राफिक महाशाखाले कारबाही गरेको छ।, चन्दको स्कर्टिङका क्रममा बा ४५ प २९३४ नम्बरको स्कुटरलाई ठक्कर दिने बा१झ ९५२७ नम्बरको सशस्त्र प्रहरी बलको गाडीलाई सोमबार महाशाखाले कारबाहीस्वरूप पाँच सय रुपैयाँ जरिवाना गरेको हो...
गिरीश गिरी आइतबार साँझ एक्कासी आएको हावाहुरीले पर्सा र बारामा वितण्डा मच्चाएको छ।, हावाहुरीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ५०० बढी घाइते भएका छन्।, बारा र पर्सामा राति साढे ८ बजेबाट करिब आधा घन्टा तीब्र हावाहुरी चलेको थियो। बाराको फ्रेटा गाउँपालिका, पर्सौनी गाउँपालिका र सुवर्ण गाउँपालिकामा २५ जनाको मृत्यु भ...
सेतोपाटी संवाददाता बारा र पर्सामा हिजो आएको विनाशकारी हावाहुरी प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी (वाटर) एम्बुलेन्स पठाएको छ। , हावाहुरीले क्षति पुर्‍याएको बस्तीमा पानीका कारण रोगको प्रकोप फैलिन नदिन विभागले पानी शुद्धीकरण गर्ने आधुनि...
सेतोपाटी संवाददाता पोखराका विभिन्न ठाउँबाट मोटरसाइकल तथा स्कुटर चोरी गर्नेलाई कास्की प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले मुस्ताङ लेते ६ घर भई पोखरा महानगरपालिका ९ पृथ्वीचोक बस्ने २६ वर्षीय गणेश गौचनलाई पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा मोटरसाइकल र स्कुटर हराएको भन...
सेतोपाटी संवाददाता बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा निरीक्षण गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको कलैया अस्पतालमा उपचार हुन नसकेका २ घाइतेलाई सँगै काठमाडौं ल्याएका छन्।, प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार बाराको कलैया अस्पतालबाट आफूसँगै  त्यहाँ पुगेको सेनाको हेलिकप्टरमा राखेर...
रासस अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजस्व कार्यालय भक्तपुरबाट घूस लिएको आरोपमा नायब सुब्बालाई पक्राउ गरेको छ। , राजस्व कार्यालय भक्तपुरको संकलन शाखामा कार्यरत नासु सविन सुवेदीले राजस्व समायोजन गरिदिने प्रलोभनमा सेवाग्राहीसँग रु १५ हजार घुस लिएलगत्तै आयोग टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।, टोलीले ...
सेतोपाटी संवाददाता बारा र पर्सामा भएको हावाहुरीबाट निधन भएका २७ मध्ये २५ जनाको सनाखत भएको छ।, गृह मन्त्रालयका अनुसार उद्धारको क्रम चलिरहेकाले यकिन विवरण आइनसके पनि अहिलेसम्म २५ जनाको सनाखत भएको र दुई जनाको सनाखत हुन बाँकी छ । मृत्यु भएकामा १२ पुरुष, १० महिला र पाँच बालबालिका छन् ।, हावाहुरीबाट ज्यान गुमाउनेमा ४ भारतीय...
सेतोपाटी संवाददाता प्रदेश नं. २ को बारा-पर्सा लगायतका जिल्लामा आइतबार चलेको हावाहुरीबाट प्रभावित बनेकाहरूको राहत तथा उद्धारको लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ४ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।, नगरपालिकाले बारा, पर्सालगायतका जिल्लामा हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र रा...
भगवती पाण्डे टिपरको ठक्करबाट सोमबार बुटवल बहुमुखी क्याम्पसका प्राध्यापकको मृत्यु भएको छ।, बुटवल उपमहानगरपालिका वडा नम्बर १० रामनगर स्थित धागो कारखाना नजिकै साँझ सवा सात बजे भएको भएको उक्त दुर्घटनामा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक देवदह ४ निवासी डोलराज अर्यालको मृत्यु भएको हो।, देवदह नगरपालिका खैरेनिबाट बुटवलतर्फ ...
गिरीश गिरी ग्राउन्ड जिरो: बाराबाट स्थलगत, एकछिनको हावाहुरीले तहसनहस पारिदिएको गाउँमा भोलिपल्ट जताततै वीभत्स दृश्य देखिँदै थियो।, ‘हइ जमदूतके ग्रह रहे (यो यमदूतको ग्रह थियो)’ तन्नेरीहरू आपसमा कुरा गर्दै अघि बढ्दा भनिरहेका थिए, ‘ना त आँधिबेहरीसे हेतना नुकसान कहियो पता ना रहे (नत्र आँधि आएका बेला यत्तिको नोक्सानी हुन्छ भ...
अमृता लम्साल हजुरआमाका कथा शृंखला, हजुरआमाका कथा खोज्ने क्रममा म ८८ वर्षीया सान्नानीको कथा सुन्दै थिएँ।, सापकोटाकी छोरी, तिमिल्सिनाकी बुहारी।, जन्मस्थल काभ्रेपलाञ्चोक जिल्ला, धुलिखेल।, 'हाम्रो जन्मथात त नइगाउँ भन्छ। कुसादेवीमा। थाहा छ कुसादेवी?' सान्नानीको प्रश्नमा मैले थाहा नभएको टाउको हल्लाएँ।, उनले प्रस्ट्याउने कोश...
नेहा झा प्रदेश सरकारले हावाहुरी प्रभावितहरुका लागि अस्थायी वासको व्यवस्था गर्न लागेको छ ।, प्रदेश सरकारले प्रभावितहरुको उचित वास व्यवस्थापनका लागि बाँस तथा जस्ताको टहरा निर्माण गर्ने तयारी गरिरहेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा गठित राहत तथा उद्धार समितिको बैठकबाट यस सम्बन्धमा चाँ...
सेतोपाटी संवाददाता सरकारले बाराका हुरीपीडितका लागि टहरा बनाउने काम सुरू गरेको छ। हुरीबाट सबैभन्दा बढी प्रभावित बाराका भुलही,भरवलिया र पुरैनिया तिनैवटा निकायका सुरक्षाकर्मीले टहरा बनाउन लागेका हुन्। मंगलबार उनीहरूले रेडक्रसको टोलीसँगै सरसफाइको काम गरिरहेको छन्। अहिले त्यस ठाँउमा नेपाल रेडक्रसले पठाएको १ सय ५० पाल पुगिस...
रासस कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिएका छन्।, झापा, इलाम र उच्च अदालत विराटनगरको ३०९ मतगणना गर्दा श्रेष्ठले १९६ मत प्राप्त गरी अग्रता लिएका हुन्। बृहत् लोकतान्त्रिक स...
सेतोपाटी संवाददाता प्रदेश नम्बर ३ले हुरीबाट प्रभावित भएका छिमेकी प्रदेश नम्बर २ का नागरिकलाई १ करोड रूपैयाँ सहयोग गर्ने भएको छ।, मंगलबार बिहान बसेको प्रदेश तीनको मन्त्रिपरिषद् बैठकले आवास र राहत वितरणका लागि उक्त रकम दिने निर्णय गरेको हो।, ‘हामी प्रदेश २ को सरकारसँग समन्वय गरेर उहाँहरूले खोल्नु भएको खातामा पैसा दिन्छौ...
नारायण खड्का राप्ती राजमार्ग अन्तरगत राम्रीको भिरबाट फेरि एउटा ट्रक खसेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित राम्री भिरमा गत पुस ६ गते बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो।, सोही ठाउँबाट आइतबार मध्यराति ना ६ ख ५४१४ नम्बरको ट्रक खसेको हो। सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको उक्त ट्रक राम्री भिरबाट खसेपछि ...
रासस काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन चक्रपथभित्रका करिडोरलाई तत्काल सञ्चालनमा ल्याइने भएको छ। उपत्यकामा बढ्दै गएको सवारीसाधनबाट हुने जामलाई कम गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, यातायात विभाग र काठमाडौं महानगरपालिकाको सहकार्यमा करिडोर सञ्चालनमा ल्याउन लागेको हो।, प्रहरी महानिरीक्षक सर्वे...
सेतोपाटी संवाददाता स्युचाटार खोलाको पुलमुनि वेवारिसे शव फेला परेको छ।, काठमाडौं  महानगरपालिका १४ वाफलस्थित स्युचाटार खोलाको पुलमुनि वेवारिसे शव फेला परेको प्रहरीले बताएको छ।, अन्दाजी ३० वर्षको एक युवकको शव फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होवीन्द्र बोगटीले बताए।, पेट र घाँटीमा धारिलो हतियारबाट ती युवकको मृत...
सेतोपाटी संवाददाता सुदूर पश्चिम प्रदेशले बारा र पर्साका हुरी प्रभावितलाई १ करोड रूपैयाँ सहयोग गर्ने भएको छ।, मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश २ ले स्थापना गरेको राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए।, ‘नेपालभित्र जहाँ पनि विपद् आइलाग्दा हाम्रो दायित्व हो। ...
सेतोपाटी संवाददाता स्कुटर दुर्घटनामा परी दाङमा एक जनाको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी ३८ वर्षीय प्रकाश आचार्यको दुर्घटनामा परी मृत्यु भएको हो।, तीव्र गतिको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा आचार्यको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी विनोद विक्रम शाहले जानकारी दिए...
सेतोपाटी संवाददाता कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरू गरेको ‘कारागारलाई किताब’ अभियानअन्तर्गत २१ लाख बराबरको किताब संकलन भएका छन्। अभियानलाई सफल बनाउन गठित समिति र उपसमितिका माध्यमबाट ८ हजार ३८८ वटा विभिन्न विषयका पुस्तक संकलन भएको छ।, प्रदेश प्रहरी प्रमुखको संयोजकत्वमा गठित मूल समितिले ४ हजार २८२ पुस्तक संकलन गरेक...
सेतोपाटी संवाददाता त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसी हावाहुरी प्रभावित बारा जिल्ला पुगेका छन्।, हावाहुरीबाट घाइतेहरूको उपचार गर्न केसी बाराको फेटास्थित पुरनियाँ गाउँ पुगेका हुन्। उनले त्यहाँ स्वास्थ्य शिविर चलाउने छन्।, पीडितलाई लत्ताकपडा र खाद्यान्न वितरण गर्नेछन्। केसी सोमबार रात्रीबस चढेर एक्लै ब...
सेतोपाटी शिवराज नगरपालिका–५ चन्द्रौटाको राजश्व चेकप्वाइन्टमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका–१ भलुही निवासी २२ वर्षीय सनी थारू रहेका छन् ।, पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४१२६ नंको ट्रक चन्द्रौटा खसी बजारस्थित राजश्व चेकप्वाइन्टमा रोकिएको अवस्थामा लु४८प...
भगवती पाण्डे अवैध रूपमा खोलाबाट ढुंगा निकाल्दै गरेका गाडीसहित ९ जना चालक रुपन्देहीको देवदहमा पक्राउ परेका छन्।, प्रदेशका विभिन्न जिल्लाहरूमा अवैध रूपमा नदीजन्य वस्तु चोरी निकासी भइरहेको समाचार सार्वजनिक भएपछि प्रदेश नं. ५ सार्वजनिक लेखा समितिले केही दिन अघि मात्रै विभिन्न जिल्लाहरूमा अनुगमन गरेको थियो।, तर, अनुगमन गरे...
सेतोपाटी भारतमा १५ लाख भारतीय रुपैयाँ चोरेर भागेका एक नेपाली पक्राउ परेका छन् । भारतको राजस्थानबाट पैसा चोरेर भागेका बैतडीका नागरिकलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।, भारतको राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय नीरजबहादुर चन्दलाई गए राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी बैत...
सेतोपाटी संवाददाता अपहरणमा परेको भन्दै आफ्नै परिवारसँग २३ लाख फिरौती माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, अपहरणको नाटक गरी आफ्नै परिवारसँग २३ लाख फिरौती रकम माग गर्ने दार्चुला घर भई जडीबुटी बस्ने जयभान सिंह धामीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।, उनले आफूलाई अज्ञात समूहले अपहरण गरेको र २३ लाख मागेको भ...
सेतोपाटी जिल्ला प्रशासन कार्यालय पर्वतले महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपान कक्षको व्यवस्था गरेको छ ।, पछिल्लो समय लैङ्गिक विषयका मुद्दाहरु महत्वका साथ उठिरहेको बेला जिल्ला प्रशासनले पनि त्यसतर्फ काम गर्न थालेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । उनका अनुसार सेवा प...
सेतोपाटी संवाददाता पोखरा विश्वविद्यालयको लापरवाहीका कारण व्यवस्थापन संकायमा भर्ना भएका ३ सय ९१ जना विद्यार्थीको भविष्य अन्यौल भएको छ।, पोखरा विश्वविद्यालय अन्तर्गतका ४४ मध्ये ४२ वटा कलेजमा भर्ना भएका ३ सय ९१ जना विद्यार्थीको भविष्य अन्यौलमा परेको हो।, भर्ना भएर ६ महिना कलेज गएपछि उनीहरुलाई पोखरा विश्वविद्यालयले भर्ना ...
खिलानाथ ढकाल शुक्रबार साँझ करिब ५ः४५ बजे।, सन्तोष कुँवर र उनकी श्रीमती अम्बिरा कार्की कुपण्डोलबाट तीनकुने डेरातर्फ गन्तव्य तय गरिरहेका थिए।, उदयपुर त्रियुगा नगरपालिका-६ स्थायी घर भएका उनीहरू तीनकुने बस्छन्। साधारण व्यवसायी हुन्। स्कुटर कुँवरले हाँकिरहेका थिए।, नयाँ बानेश्वर चोकमा आइपुगेपछि ट्राफिक लाइट (रातो बत्ती) बल...
सेतोपाटी संवाददाता ओखलढुंगामा आइतबार जीप दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।, सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको बा १६ च २२०७ नम्बरको जीप साढे ११ बजेतिर भडारेखोलामा सडकबाट २ सय मिटर तल खसेको थियो। दुर्घटनामा परी ६ जना यात्रुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले...
सेतोपाटी संवाददाता पोखरामा करिब साढे ३ बजेको थियो। सूर्यको प्रकाशलाई बादलले छेकेपछि पोखरामा दिउँसै अँध्यारो भयो।, पोखरा र आसपासको क्षेत्रमा केहीबेर असिना पानी पर्‍यो। पोखराका अधिकांश ठाउँमा असिना पानी परेको स्थानीयले बताएका छन्। जल तथा मौसम विज्ञान विभागले दुई दिन पहिलेदेखि नै देशभर मेघगर्जनसहित पानी पर्ने बताएको थियो...
सेतोपाटी संवाददाता पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, उक्त वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलल...
सेतोपाटी संवाददाता तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको बैठकले नगरभित्रका २३ वटा सामुदायिक विद्यालय मर्जको प्रस्ताव पारित गरेको छ।, नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा आइतबार बसेको ५४ औं बैठकले विद्यार्थी संख्या न्यून रहेका २३ विद्यालय मर्ज गर्ने प्रस्ताव गरेको हो। तर, विद्यालय मर्ज भए पनि शिशु कक्षा यथावत् रहने त...
खिलानाथ ढकाल अढाइ वर्षअघि ललितपुर गोदावरीका नवराज केसीले जयभानसिंह धामीलाई भेटे। धनगढीका रमेशविक्रम चन्दले दार्चुलाका धामीसँग नवराजको भेट गराइदिएका थिए।, धामीको घर दार्चुला नौगडा गाउँपालिका–३ हो। नेपाली सेनाका पूर्वकर्मचारी केसीले जागिरकै सिलसिलामा चन्दलाई चिनेका थिए।, बाह्र वर्षअघि ६ महिनाको फरकमा उनीहरूले सेनाको जाग...
नारायण खड्का दाङको बबई गाउँपालिका-३ हंसपुरका २८ वर्षीय खिमबहादुर कामी जेसिबी अपरेटरको काम गर्छन्।, जेसिबी चालक भएकाले केही समयअघि उनी झापा गएका थिए। उनको थर नखुल्दासम्म त्यहाँ उनलाई अरूजस्तै व्यवहार भयो।, काम गर्दै जाँदा केहीले उनको नागरिकतामा ‘कामी’ लेखेको देखे। त्यसपछि उनले भेदभाव भोग्न थाले।, ‘सँगै काम गर्ने मेरो स...
सेतोपाटी संवाददाता लागुऔषध नियन्त्रणका क्रममा चालू आर्थिक वर्षको हालसम्म सुर्खेतबाट एक सय ९ जना पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार हालसम्म ९५ जना पुरुष र १४ जना महिला विभिन्न प्रकृतिका लागुऔषधसम्बन्धी क्रियाकलापका क्रममा पक्राउ परेका छन्।, लागुऔषध नियन्त्रणकै क्रममा प्रहरीले ९३ ग्राम ५१० मिलिग्...
सेतोपाटी संवाददाता हावाहुरीका कारण बारा र पर्सा जिल्लामा २७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार राति बारा र पर्सा जिल्लामा तीब्र हावाहुरी चल्दा ठूलो जनधनको क्षति भएको हो।, हावाहुरीका कारण सोमबार बिहान ३ बजेसम्ममा ५०० बढी घाइते भएको प्रहरीले जनाएको छ।, मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ। प्र...
सेतोपाटी संवाददाता ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ डडुवाखोलास्थित सिद्धिचरण राजमार्गमा आइतबार जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।, प्रहरीका अनुसार मृत्यु हुनेमा ताप्लेजुङ फक्तालुङ गाउँपालिका–७ ओलाङचुङगोलाका ५५ वर्षीय मिङ्मा शेर्पा, ४५ वर्षीय साङ्गेल शेर्पा, काठमाडौं...
रासस भारतीय वायुसेनाको एउटा मिग–२७ लडाकू विमान राजस्थानको जोधपुरमा आइतबार विहान दुर्घटनाग्रस्त भएको छ। नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भने सकुशल उत्रिएको भारतीय सेनाले जनाएको छ। ,वायुसेनाले विमान दुर्घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिएको छ। जोधपुरबाट करिब १२० किलोमिटर दक्षिणमा दुर्घटनाग्रस्त भएको मिग–२...
सेतोपाटी संवाददाता आइतबार साँझ एक्कासि आएको हावाहुरीका कारण पर्सा र बारामा कम्तीमा २७ जनाको मृत्यु भएको छ।, दुई नम्बर प्रदेशका प्रहरी प्रमुख हरिबहादुर पालले मध्यरातसम्म बारामा २६ र पर्सामा एक जनाको मृत्यु भएको जानकारी दिए।, बारा र पर्सामा राति साढे ८ बजेबाट करिब आधा घन्टा तीब्र हावाहुरी चलेको थियो। बाराको फ्रेटा गाउँप...
सेतोपाटी कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गए राति गोली प्रहारबाट एकको हत्या गरिएको छ । अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए ।, छातीमा गोली लागी गम्भीर घाइते पुरीको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले ज...
सेतोपाटी सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाले आफ्नो मातहतका विद्यालयमा कक्षा ८ को परीक्षा पुनःलिने निर्णय गरेको छ ।, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेका अनुसार, अघिल्लो वर्षको नमूना प्रश्नसँग यसपालीको प्रश्न हुबहु मिलेको पाइएपछि परीक्षा पुनः लिन लागिएको हो ।, उक्त गाउँपालिका मातहतका १४ वटा विद्...
सेतोपाटी संवाददाता बारा पर्सामा आइतबार राती आएको हावाहुरीबाट घाइते भएकाहरूका लागि रगतको कुनै अभाव नरहेको पर्सा रेडक्रस कार्यालयले जनाएको छ।, कार्यलयका इन्चार्च सौरभराज पाणडेले सेतोपाटीसँग भने, ‘सुरूमा हामी पनि अत्तालिएका थियौं तर रगतको त्यस्तो माग भएन।’, सबै विरामीलाई आवश्यक रगत उपलब्ध गराइएको छ र अहिले रगतको अभाव नरह...
सेतोपाटी संवाददाता बारा र पर्सामा आइतबार राति चलेको हावाहुरीमा घाइते भएका ६ जनालाई थप उपचारका लागि नेपाली सेनाको स्काईट्रकमार्फत काठमाडौं ल्याइंदै गरेको सेनाले जनाएको छ।, केहिबेरमा सेनाको स्काइ ट्रक काठमाडौंमा ल्याण्ड गर्दैछ। उनीहरूका लागि वीर अस्पतालका एम्बुलेन्सहरू तयारी अवस्थामा त्रिभूवन विमानस्थलमा राखिएको छ।  , ल...
नेहा झा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसहित सबै मन्त्रीहरू हावाहुरीले क्षति पुर्‍याएको बारा र पर्साको निरीक्षणमा गएका छन्। , मुख्यमन्त्री राउत, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव,, भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, सामाजिक विकास मन्त्री नवलकिशोर साह, उद्योग वन तथा पर्यटन मन्त्री रामनरेश...
सेतोपाटी संवाददाता नेपाली सेनाको स्काइ ट्रक प्रधानमन्त्री केपी ओली लिन झापा गएको छ। झापामा रहेका प्रधानमन्त्री ओलीलाई बारामा लैजानका लागि स्काइ ट्रक झापा गएको हो। प्रधानमन्त्री ओलीले आजका सबै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी बारा जान लागेका हुन्।, यसअघि सेनाको स्काइ ट्रकले बाराबाट ६ जनालाइ लिएर काठमाडौं आएको थियो।,...
सेतोपाटी संवाददाता बारा र पर्सामा भएको हावाहुरूबाट निधन भएका २७ मध्ये २४ जनाको विवरण गृहमन्त्रालयले सार्वजनिक गरेको छ। यस्तै गृह श्रोतले थप ३ जनाको पहिचान खुल्न बाँकी रहेको जनाएको छ।, हावाहुरीबाट ज्यान गुमाउनेमा ३ भारतीय नागरिकसमेत रहेका छन्।, मृतकहरूको नाम र ठेगानाः, क.फेटा गाउँपालिका-बारा, १.हरिनारायण दास(५५ वर्ष) ,...
सेतोपाटी संवाददाता नेपाली सेनाका प्रवक्ता फेरिएका छन्।  प्रवक्ता रहेका सहायक रथी यामप्रसाद ढकाल २ बाहिनी धनकुटा सरूवा भएका छन्। नयाँ प्रवक्तामा १९ नम्बर बाहिनी दाङमा रहेका सहायक रथी विज्ञानदेव पाण्डे आएका छन्।, सैनिक प्रवक्तासँगै दर्जन सहायक रथीहरू पनि सरुवा भएका छन्। शान्ति सेना निर्देशनालयका  रथी दामोदर थापा उपत्यका...
सन्जिब बगाले नेपाली सेनाले यही चैत १ गते अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) छनौटको अन्तिम नतिजा निकाल्यो। दुई सय अधिकृत क्याडेट मागिएकामा १ सय ५६ जनाले मात्र नाम निकाल्न सफल भए।, महिला, आदिवासी, जनजाति, मधेसी, दलित र खुलामा संख्या तोकेर विज्ञापन गरिएकामा महिलाले मात्र कोटाअनुसार नाम निकालेका थिए। १८ जनाको कोटाबाहेक ...
सेतोपाटी संवाददाता नेपाल मेडिसिटी अस्पतालको चिकित्सक सहितको टोली मेडिकल उपकरण सहित हेलिकप्टर लिएर बारा पुगेको छ।, बारामा गएराती भएको भिषण हावाहुरीका कारण दूर्घटनामा परेका घाइतेहरुको उद्धार एवं उपचारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो।, अस्पतालले उद्दारका लागि भेन्टिलेटर सहितको एम्बुलेन्स र मेडिकल टोली...
खिलानाथ ढकाल तेह्रथुम घर भई बेलबारी नगरपालिका–४ बसिरहेकी २६ वर्षीया रमिला राई गत फागुन १७ गते राति अचानक बेपत्ता भइन्।, त्यसदिन राई तत्कालीन एमालेका पूर्व नगरअध्यक्ष तथा बेलबारीस्थित नोबेल अस्पतालका अध्यक्ष योगेन्द्र गुरुङसँग विराटचोकको भावना होटल गएकी थिइन्। राईको परिवारसँग गुरुङ परिचित थिए।, गुरुङसँग गएकी रमिला घर न...
सेतोपाटी संवाददाता गोरखामा नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन कार्यकर्ताले समूह परित्यागको घोषणा गरेका छन्।, बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गरी समूहका जिल्ला सदस्य अनिल कुमाल, युवा कमिटी सदस्य गोकुल कुमाल र इलाका कमिटी सदस्य मेघराज कुमालले समूह परित्याग गरेको घोषणा गरेका हुन्। , , विज्ञप्तिमा समूहले पछिल्लो समय...
सेतोपाटी संवाददाता सप्तरीको कञ्चनपुरमा बुधबार झडप हुँदा पक्राउ परेका ११ जना आफ्ना कार्यकर्ता नभएको मंगोल नेसनल अर्गनाइजेसनले दाबी गरेको छ।, बिहिबार विज्ञप्ति जारी गरी अर्गनाइजेसनले पक्राउ परेकाहरूलाई ६ महिनाअघि नै पार्टीले कारबाही गरी निष्कासन गरेको दाबी गरेको हो।, भूमिहीनहरूलाई बसोबास गराउने भन्दै सप्तरीको कञ्चनपुरमा...
शोभा शर्मा तपस्वीको भेषमा बस्ने रामबहादुर बमजनको आश्रमबाट हराएका अनुयायीहरूको खोजी र उनको आश्रममा भएका भनिएका घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने र दोषीलाई कारबाही गर्ने जवाफ गृहमन्त्रालयले संसदलाई दिएको छ।, गत माघ २१ गते नेपाली कांग्रेसका सांसद गगन थापाले बमजनको आश्रममा चलेका अपराधिक कार्यको ...
सेतोपाटी संवाददाता अबिच्युरी, दसवर्षे सशस्त्र माओवादी द्वन्द्व क्रममा १७ हजारभन्दा बढीको ज्यान गयो। हजारौं घाइते भए। कयौं बलात्कृत।, सरकारी सुरक्षाकर्मी र माओवादी लडाकू दुवै पक्षबाट भएका हत्याहिंसा र मानवअधिकार उल्लंघनका घटना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका थुप्रै दस्तावेजमा दर्ज छन्।, तिनैमध्ये अमेरिकाको न्यूयोर...
सेतोपाटी संवाददाता सार्वजनिक सडक तथा संरचना अपांगतामैत्री बनाउन माग राख्दै आएकाहरूले चाबहिल-साँखु सडकखण्डको निर्माणाधीन फुटपाथ अपांगमैत्री नभएको भन्दै विरोध गरेका छन्।, बिहीबार बिहान ८ बजे अपांगतामैत्री संरचना निर्माण समितिका सदस्यहरूले बनिरहेको फुटपाथका ब्लक हतौडा-गैंती लगायत ‍औजारले भत्काएका हुन्।, जीर्ण भएको झन्डै ...
दिपकजंग शाही तेस्रो राष्ट्रिय नदी शिखर सम्मेलन कर्णालीमा सुरू भएको छ।, दैलेखको आठविस नगरपालिकाको राकमस्थित कर्णाली नदीको छेउमा सम्मेलन भैरहेको छ। वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी सम्मेलनको उद्घाटन गरिएको छ।, सम्मेलनमा ४४ दिन लगाएर नदी विज्ञहरूले कर्णाली नदीका बारेमा गरेको अध्ययनबाट प्राप्त जानकारी सहभागीहरूलाई...
सेतोपाटी संवाददाता शारीरिक रूपमा अशक्त भएकाहरूले ह्विल चियर मैत्री सडक तथा फुटपाथ निर्माण गर्न सरकारसँग माग गर्दै बिहिबार काठमाडौंको जोरपाटीमा प्रदर्शन गरेका छन्।, जोरपाटी सडकखण्डको फुटपाथ समेत ह्विल चियर मैत्री नभएपछि शारीरिक रूपमा अशक्त भएकाहरूले सो फुटपाथ भत्काउँदै आफूहरू मैत्री सडक तथा फुटपाथ निर्माण गर्न सरकारलाई...
सन्जिब बगाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अमेरिकामा उपचार गराएर बिहीबार साँझ स्वदेश आइपुगेका छन्।, सीता ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन्। त्रिभुवन विमानस्थलमा संवाददातासँग कुरा गर्दै  दाहालले  सीतालाई लागेको पिएसपी विचित्...
नेहा झा एसईई अन्तर्गत आज हुने सामाजिक विषयको प्रदेश नम्बर २ को परीक्षा रद्द भएको छ ।, राष्ट्रिय परीक्षा बोर्डले आज गरेको निर्णय अनुसार बिहीबार राति आउट गरिएको प्रश्नपत्र आधिकारिक पाइएकाले रेगुलर तर्फको सामाजिक विषयको परीक्षा रद्द भएको शिक्षा निर्देशनलाय निर्देशक रमाकांत शर्माले जानकारी दिएका छन् ।, उनका अनुसार रेगुलर ...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका नक्सा शाखामा कार्यरत अमिन वीरेन्द्र चन्द २० हजार घूससहित पक्राउ परेका छन्।, महानगरका कर्मचारी चन्दलाई जग्गाको प्राविधिकमार्फत् नापजाँच गरी क्षेत्रफल निर्क्यौल गरी सिफारिस गर्नका लागि सेवाग्राहीसँग घूस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्रा...
नेहा झा हिजो र आज गरी लगातार दुई दिनको एसईई परीक्षा रद्द भएपछि आक्रोशित  जनकपुरधामका परीक्षार्थीहरु संघीय र प्रदेश सरकार विरुद्ध चर्को नाराबाजीमा उत्रेका छन् ।, बिहिबार विज्ञान र शुक्रवार सामाजिक शिक्षा विषयको प्रश्नपत्र परीक्षा पूर्व नै बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा रद्द गर्ने निर्णय गरेपछि आक्रोशित पर...
रासस लगानी सम्मेलनलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै अध्यागमन डेस्क सञ्चालन गरिएको छ। ,गैरआवासीय नेपालीको आवागमनलाई सहज बनाउन छुट्टै अध्यागमन डेस्कको स्थापना गरिएको हो। विमानस्थलको अध्यागमन कार्यालयको सहयोगमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले अध्यागमन डेस्क स्थापना गरेको विमानस्थलका महाप्रबन...
नेहा झा प्रदेश दुईका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश दुईमा षड्यन्त्रपूर्वक एसईईको प्रश्नपत्र आउट गराइएको बताएका छन् ।, सेतोपाटीसँग कुराकानी गर्दै कानूनमन्त्री यादवले लगातार दुई विषयको परीक्षाको  प्रश्नपत्र आउट गराईएको घटना सम्बन्धमा छानबीन गरी दोषी जोकोही पाईए कडा करबाही गरिने बताए ।, ...
ध्रुवसागर शर्मा विद्यालयस्तरमा संस्कृत शिक्षाको पठनपाठन नहुँदा योग्य पुरोहितको अभावमा कर्मकाण्ड र पूजापाठ प्रभावित हुँदै गएका छन्।, ब्राह्मणकै अभावमा जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन थालेपछि स्थानीयहरु चिन्तित हुन थालेका छन्। संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसँग मेल नखाने सोचाइका ...
रासस पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भेगमा आगामी तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै मध्य र पश्चिमी भेगमा आंशिकदेखि सामान्य बदली रहने तथा पूर्वी पहाडी,, ,मध्य र पश्चिमी पहाडी क्षेत...
सेतोपाटी संवाददाता धादिङको गजुरी गाउँपालिका वडा नम्बर ७ पेटारेबाट प्रहरीले एक जना महिलालाई पक्राउ गरी ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध चरेश र गाँजा बरामद गरेको छ।, गजुरी गाउँपालिकाको वडा नम्बर ७ पेटारेमा चरेश उत्पादन गर्ने कारखाना सञ्चालन गरी चरेश बेचबिखन भइरहेको सूचनाको आधारमा खोजतलासमा खटिएको लागुऔषध नियन्त्रण ब्यु...
शान्ति तामाङ काठमाडौं महानगरपालिकाले राजधानीका ६९ वटा ठाउँमा 'स्मार्ट' शौचालय बनाउने भएको छ।, विभिन्न ठाउँमा सार्वजनिक शौचालयको माग आएपछि भएका पुराना व्यवस्थित गर्नुका साथै थप नयाँ बनाउन लागेको महानगरपालिकाले जनाएको छ।, महानगरभित्र ५८ वटा सार्वजनिक शौचालय छन्। ती अत्यन्त फोहोर र अव्यवस्थित रहेकाले सर्वसाधारणको सुविधाक...