content
stringlengths
20
64.1k
रासस चिकित्सा विज्ञानका स्नातक तह (एमबिबिएस र बिडिएस) सहित अन्य कार्यक्रमका निर्धारित शुल्क कार्यान्वयनबारे अध्ययन गर्न प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले नौ सदस्यीय अध्ययन उपसमिति गठन गरेको छ।, समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित सो उपसमितिमा समितिका सदस्य खगराज अधिकारी, योगेश भट्टराई, चित्रलेखा य...
सेतोपाटी संवाददाता डाक्टर श्रीमानबाट निर्घात पिटिएकी वीरगञ्ज महानगरपालिका-२० की सुनिता यादवको मृत्यु भएको छ।, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत् ३६ वर्षीया यादवको शुक्रबार मृत्यु भएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले सेतोपाटीलाई बताए। , उनका अनुसार श्रीमानको कुटाइबाट शरीरभरि र टाउकोमा समेत चोट...
नारायण खड्का सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाउँदै लाखौं ठगी र जवरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, तुलसीपुर उपमहानगरपालिका-११ बेलगनार निवासी ४० वर्षीय महेश भनिने भुवन धिताललाई ठगी र जबरजस्ती करणी अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।, भागेर का...
भगवती पाण्डे राष्ट्रिय वाणिज्य बैंकको नाममा रहेको बुटवलको रातो घर भत्काइएको छ।, बुटवल उपमहानगरपालिका-४ पाल्पारोडस्थित रातो घरको नामले परिचित उक्त भवनमा शुक्रबारदेखि डोजर लगाइएको हो। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक डिलबहादुर मल्लले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार पूरानो भवन भत्काउन शुरु ग...
नेहा झा प्रदेश दुईमा माध्यमिक शिक्षा परीक्षा (एसइई) का दुई विषयका प्रश्न बाहिरिएका छन्।  प्रश्नपत्र आउट भएपछि दुबै दिनका परीक्षा स्थगित भएका छन्।  परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीले शुक्रबार प्रदर्शन गरेका छ।, कडा सुरक्षा निगरानीमा हुने प्रश्नपत्र कहाँबाट, कसले  र कसरी आउट भयो? भन्ने एकीन हुन सकेको छैन।  , प्रदे...
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश नम्बर २ मा सञ्चालन भइरहेको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। ,शुक्रबार सामाजिक विषयको प्रश्नपत्र धनुषाबाट र बिहीबार विज्ञान विषयको प्रश्नपत्र सप्तरीबाट परीक्षा हुनुपूर्व नै बाहिरिएपछि दुवै विषयका परीक्षा स्थगित गरिएको थियो। लगातार दुई विषयका प्र...
सेतोपाटी संवाददाता नेपाल कम्युनिस्ट पार्टी विप्लव माओवादीका नवलपरासी पश्चिम इञ्चार्ज सुमन ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ।, ज्ञवालीलाई बर्दघाट नगरपालिका–२ चिसापानीस्थित घरबाटै प्रहरीले पक्राउ जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।, तत्कालीन नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सचिव उनी वैद्य समूह हुँ...
सेतोपाटी उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक बालिका विगत ११ दिनदेखि बेपत्ता बनेकी छिन् ।, चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनिता रिजाल अझैसम्म पनि सम्पर्कमा आएकी छैनन् ।, गहुँगोरो अनुहार भएकी, खैरो कपाल गरेकी अन्दाजी पाँच फिट उचाइ भएकी रिजाल घरभन्दा केही तलको सल्यानफाँटमा घाँस ...
रासस मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ।, कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे सात बजे भएको दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल र डडेल्धुरा नवदुर्गा गाउँपालिकाका वीरबहादुर रावलको मृत्यु भएको छ।, पूर्वबाट पश्चिमतर्फ जाँदै गरेक...
नारायण खड्का दाङको बबई गाउँपालिकाका स्थानीयले दुई दिनदेखि झण्डै एक दर्जन सवारी साधन नियन्त्रणमा लिएका छन्।, मनपरी रूपमा नदीजन्य पदार्थको उत्खनन् भएकोले त्यसलाई रोक्नुपर्ने माग गर्दै स्थानीयले सोमबार बिहानदेखि नदीजन्य पदार्थको उत्खनन् र ओसार पसारमा प्रयोग गरिएका सवारी साधन नियन्त्रणमा लिएका हुन्।, अवैध उत्खननको विरोधमा...
सेतोपाटी संवाददाता मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुने दे...
एजेन्सी सिंगापुर एयरलायन्सको एउटा जहाजलाई मंगलबार वायु सेनाको स्कर्टिङमा अवतरण गराइएको छ।, भारतको मुम्बईबाट सिंगापुरका लागि उडेको सिंगापुर एयरलायन्सको उडान नम्बर एसक्यू ४२३  नम्बरको  बोइङ ७७७-३०० इआर जहाज मंगलबार बिहान सिंगापुरको वायु सेनाको स्कर्टिङमा चांगी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।, सिंगापुरको समाच...
सेतोपाटी संवाददाता प्रहरीले सप्तरीबाट तीन जना विप्लव माओवादीका जिल्लास्तरीय नेता पक्राउ गरेको छ।, विप्लव समूहको खोजी गर्ने क्रममा सोमबार प्रहरीले जिल्लाका विभिन्न स्थानबाट नेता पक्राउ गरेको हो।, प्रहरीका अनुसार पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका ६ का नुनुराम, शम्भुनाथ नगरपालिका ६ का गणपति साह र छिन्नमस्ता गाउँपा...
नेहा झा जनकपुरधाम उपमहानगरपालिकाका सफाइ कर्मचारी दुई महिनादेखि तलब नपाएको भन्दै धर्नामा बसेका छन्।, उनीहरू आज कार्यालयको मूल गेट अगाडि नै धर्नामा बसेका हुन्।, तलब माग्ना जाँदा उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले गाली गलौज गरेपछि आफूहरू धर्नामा बस्नु परेको कर्मचारी कुशेश्वर मेस्तरले बताए।, उनले भने, ‘मेयर साबसँग तलब...
सेतोपाटी संवाददाता नेत्रविक्रम चन्द विप्लव माओवादीका म्याग्दी जिल्ला जनसरकार प्रमुख जगेन्द्रबहादुर पुन पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय म्याग्दीले सोमबार मालिका गाउँपालिका–३ का पुनलाई पक्राउ गरेको हो।, उनीसँगै मालिका गाउँपालिका–६ दरवाङका रमेश पुन र थमबहादुर पुन पनि पक्राउ परेको म्याग्दी प्रहरीका सूचना अधिकृत ...
सेतोपाटी संवाददाता कास्की प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जनपरिषद् तमुवान संयोजकलाई मंगलबार पक्राउ गरेको छ।, नेकपाका जनपरिषद् तमुवान संयोजक किसानसिंह गुरुङलाई पोखराको लेखनाथबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो। , नेता गुरुङलाई उनको आश्रयस्थलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका नि...
सेतोपाटी नेपाल प्रहरीले दुई किलोग्राम अवैध लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।, महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले दुई किलोग्राम चरेशसहित भक्तपुर बस्ने मुगुका रुपबहादुर बुढालाई मंगलबार दिउँसो बुढानिलकण्ठ नगरपालिकाबाट पक्राउ गरेको हो ।, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उप...
सेतोपाटी संवाददाता गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ। ‘दक्षिण एसियामा शान्ति र मेलमिलापका लागि धर्म र संस्कृतिको भूमिका’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको हो।, लुम्बिनी विकास कोष, नेपाल सरकार र विनचेस्टर विश्वविद्यालय बेलायतको संयुक्त आयोजनामा सुरू भएको सम्मेलनमा १५ वटा म...
सेतोपाटी संवाददाता काठमाडौंको सडक धूलोमुक्त बनाउन मंगलबारदेखि काठमाडौं महानगरपालिकाले पाँच वटा ब्रुमर सञ्चालनमा ल्याएको छ।, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी काठमाडौंको सडक धूलोमुक्त बनाउन इटालीबाट खरिद गरिएको नयाँ प्रविधिको ५ वटा ब्रुमर सञ्चालन कार्यको शुभा...
एजेन्सी आँधीबाट प्रभावित भएका दक्षिण अफ्रिकाका पाँच लाखभन्दा बढी बासिन्दा विस्थापित भएका छन् ।, सहयोगदाताहरुले उनीहरुलाई औषधी, खाना, पाल लगायतका सहयायता सामग्रीहरु उपलब्ध गराएका छन् ।, आँधीसँगै आएको अत्यधिक बर्षा, हावाहुरी र बाढीले झण्डै सात सय जनाको मृत्यु भएको छ भने अरु थुप्रै भौतिक क्षति भएको छ । आँधीले मोजाम्बिक, ...
नारायण खड्का जिल्ला अनुगमन तथा समन्वय समितिले ववई गाउँपालिका बाट अवैद्य उत्खनन्मा प्रयोग गरिएका ८ वटा साधन नियन्त्रणमा लिएको छ ।, यसअघि स्थानीयले गाउँपालिकाले लगाएको ठेक्का भन्दा फरक ठाउँबाट मनपरी उत्खनन् गरेको भन्दै ती साधन नियन्त्रणमा लिएका थिए ।, दुई दिनसम्म स्थानीयले ३ वटा स्काभेटर र ५ वटा टिप्पर नियन्त्रणमा लिएपछ...
सेतोपाटी संवाददाता धनुषामा घुससहित दुई जना कर्मचारी पक्राउ परेका छन् । राईजो वियम तथा घाँसेबारी बीउ बिजन प्रयोगशाला जनकपुरधाममा कार्यरत दुई कर्मचारी ४० हजार घुस रकमसहित पक्राउ परेका हुन् ।, पक्राउ पर्नेमा वरिष्ठ पशु विकास अधिकृत डा.राम गुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरी रहेका छन् ।, एक जना सेवाग्राहीबाट ४० हजार...
सेतोपाटी संवाददाता विप्लव माओवादीका कार्यकर्ता नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मंगलबार रामारोशन गाउँपालिका गन्तव्य तय गरेको थियो।, सो गाउँपालिकामा विप्लव माओवादीको गतिविधि बढेको गुनासो प्रहरीमा आएको थियो। विप्लव माओवादीको खासै प्रभाव नरहेको भनिए पनि त्यहाँ चन्दा–आतंक बढेको थियो।, र...
सेतोपाटी संवाददाता सरकारले शारीरिक तथा मानसिक रूपमा अशक्त बालबालिकाका लागि सबै स्थानीय तहमा पुनर्स्थापना केन्द्र स्थापना गर्ने घोषणा गरेको छ।, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शारीरिक तथा मानसिक रूपमा अशक्त बालबालिकाहरूका लागि ७ सय ५३ वटै स्थानीय तहमा पुनर्स्थापना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए। त्यसमा उनीह...
सेतोपाटी संवाददाता समुदाय प्रहरी साझेदारीअन्तर्गत चन्द्रागिरीमा घरदैलो कार्यक्रमको सुरूआत गरिएको छ।, समुदाय प्रहरी साझेदारी पालिका समिति चन्द्रागिरीको आयोजनामा चन्द्रागिरीका नगर प्रमुख घनश्याम गिरीले थानकोटस्थित साझा घरमा स्टिकर टाँस गरी कार्यक्रमको शुभारम्भ गरेका हुन्।, कार्यक्रममा बोल्दै महानगरीय प्रहरी वृत्त थानकोट...
रासस लोकतन्त्र र पारदर्शीताको एक स्तम्भ मानिने सूचनाको हकको कार्यान्वयनमा कुन मन्त्रालय वा निकाय उत्कृष्ट होला ? झट्ट अनुमान गर्दा जनतालाई प्रत्यक्ष सेवा दिने र जनसम्पर्क भएका मन्त्रालय र निकायले प्रभावकारीरुपमा सूचना प्रवाह गरेका होलान् भन्ने लाग्नसक्छ तर यथार्थ त्यस्तो छैन।, राष्ट्रिय सूचना आयोगको ‘सूचनाको हक कार्या...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बलका हवल्दार मृत फेला परेका छन्।, तनहुँ घर भएका वरिष्ठ हवल्दार साराबहादुर विक बुधबार बिहान कीर्तिपुर त्रिभुवन विश्वविद्यालयको आयुर्वेदिक क्याम्पसनजिक मृत फेला परेका हुन्। उनी १५ नम्बर गण कालीञ्चोकमा कार्यरत थिए।, बिहान पौने ६ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ। सडकबाट केही तल घि...
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र छोडेर गएको इटालियन ठेकेदार कम्पनी सिएमसीले सरकारसँग क्षतिपूर्ति वापत २ अर्ब ५२ करोड रकम माग गरेको खुलासा भएको छ।, संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा समितिका सदस्य सुरेन्द्रराज पाण्डेले नाकाबन्दीलगायतका कारण सो आयोजना निर्माणको क्रममा...
सेतोपाटी संवाददाता राष्ट्रिय मानवअधिकार आयोगले यही चैत १६ गते नेत्रविक्रम चन्द नेतृत्वको समूहले आह्वान गरेको नेपाल बन्दजस्तो आमनागरिकका लागि कष्टप्रद र मानवअधिकारलाई निस्तेज पार्ने किसिमका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ।, आयोगका सचिव वेद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा बन्दको कार्यक्रम फिर्ता लिन आग्रह ग...
सेतोपाटी संवाददाता कला नगरीको प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि ललितपुर महानगरपालिका–१६ मा ‘बृहत कला र साँस्कृतिक महोत्सव’ सुरू भएको छ।, विश्व कला परिषद्ले केही महिना पहिले ललितपुर महानगरपालिकालाई कला नगरी घोषणा गरेको थियो। कला नगरीको प्रचार गर्नेसँगै यहाँ पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना...
सेतोपाटी छोरीको विवाहका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको सुरुङ्गा नगरपालिका– ९ प्रमाणपुरका एक परिवार अहिले ठूलो बिजोगमा परेको छ ।, धुमधामका साथ छोरीको बिहे गर्छु भन्ने ठूलो सपना देखेका प्रमाणपुरका स्थानीय विद्यालाल मण्डलको परिवार विवाह कसरी गर्ने भन्ने चिन्तामा डुबेको हो ।, यही...
भगवती पाण्डे बुटवलमा गोली हानी एक भारतीय नागरिक हत्या गरिएको छ। बुधबार राति झन्डै साढे ८ बजे अज्ञात समूहले चलाएको गोली लागेर भारतीय नागरिक फिरोज खानको मृत्यु भएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–१ जितगढी मैनाबगरमा रहेको ज्योति मोटर्समा कार्यरत खानको घटनास्थलमै मृत्यु भएको हो।, ग्यारेजमा काम गर...
नारायण खड्का २५ दिनअघि प्रहरीले पक्राउ गरेका विप्लव माओवादीका  तीन कार्यकर्तालाई जिल्ला अदालत रोल्पाले धरौटीमा छोडेको छ।, छुट्नेहरू रोल्पा नगरपालिका वडा नं. ४ निवासी लालबहादुर सुनार, गंगादेव गाउँपालिका निवासी टिकाराम परियार (कपिल), सुनिल स्मृति १ घोडागाउँका नेपेन्द्र सेन हुन्।, जिल्ला न्यायाधीश रमेश ज्ञवालीको इजलासले ...
सेतोपाटी जङ्गलमा घाँस, दाउरा लिन गएका राममिलन लोध र जमुनीका हर्कबहादुर शाही आठ वर्षदेखि बेपत्ता छन् ।, गुलरिया नगरपालिका–८ का राममिलन लोध विसं २०६७ देखि बेपत्ता छन्।, भारतीय प्रहरीले आठ वर्षदेखि बेपत्ता राखेको पीडित परिवारले आरोप लगाएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले बताए ।, उनले भने, 'यसबारेमा भारतीय प्रहर...
सेतोपाटी संवाददाता भूमिहीनहरूलाई बसोबास गराउने भन्दै सप्तरीको कञ्चनपुरमा भेला भएका नेसनश मंगोल अर्गनाइजेसनका कार्यकर्ता र प्रहरीबीच बुधबार झडप भएको छ।, भीड नियन्त्रण गर्ने क्रममा सप्तरी प्रहरीले १० राउन्ड अश्रुग्यास र लाठी चार्जसमेत गरेको छ। कञ्चनपुर नगरपालिका–१ स्थित कोसीटप्पुको मध्यवर्ती क्षेत्रमा अर्गनाइजेसनका १ नम...
रासस विभिन्न अपराधमा कैद सजाय भोगिरहेका १९ युवा आज वीरगञ्जबाट मध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएका छन्। एसइई परीक्षाको आज पहिलो दिन नियमित अंग्रेजीको परीक्षामा वीरगञ्ज कारागारबाट १६ र बाल सुधार केन्द्रबाट तीन जनाले सहभागिता जनाएका हुन्।, लागुऔषधलगायत मुद्दामा पक्राउ परेका युवालाई कडा सुरक्षा व्यवस्थाबीच कारागार...
सेतोपाटी संवाददाता कन्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको छानबिनमा प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी दिल्लीराज बिष्टसँग जिल्ला अदालतले साढे १० लाख धरौटी मागेको छ।, निर्मला बलात्कारपछि हत्या गरेको आशंकामा पक्राउ परेका दिलिपसिंह बिष्टलाई एसपी बिष्टले हिरासतमा य...
सेतोपाटी संवाददाता प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले क्षयरोगलाई प्रदेश दुईमा निर्मुल पार्नका लागि सरकार गम्भीर रहेको बताएका छन्।, प्रदेश दुईमा क्षयरोगी सबभन्दा बढी रहेकाले यसलाई नियन्त्रण गर्नका लागि सरकार गम्भिरताका साथ अगाडि बढिरहेको बताए।, प्रदेश दुईका लागि क्षयरोग पनि अभिशाप जस्तै रहेकाले यसलाई समाप्त पार्न...
सेतोपाटी संवाददाता खाली जमिनको अभावका कारण ललितपुर महानगरले 'मोबाइल शौचालय' प्रयोगमा ल्याउने भएको छ। जम्मा चार वटा मात्र सार्वजनिक शौचालय भएको महानगरले अब एक ठाउँबाट अर्को ठाउँ सार्न मिल्ने 'मोबाइल शौचालय' प्रयोगमा ल्याउने भएको हो।, मोबाइल शौचालय राख्न अध्ययनका लागि महानगरले एक टोली भारतको चेन्नई पठाउन लागेको प्रमुख च...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले न्यायपालिकामा दिवा शिशु स्याहार केन्द्रको स्थापना गरेको छ।, न्यायपालिकामा कार्यरत कर्मचारीहरूका बालबालिका स्याहार्न सर्वोच्च परिसरमै दिवा शिशु स्याहार केन्द्रको स्थापना गरेको सर्वोच्चले जनाएको छ।, आइतबार सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले शिशु स्याहर केन्द्रको उद्घाट...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुंगास्थित सडकमा जाँचका क्रममा लागुऔषधसहित आज एक जनालाई पक्राउ गरेको हो।, महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख नायब उपरीक्षक कुमार विक्र...
भगवती पाण्डे एक वर्षको अवधिमा प्रदेश नम्बर ५ मा क्षयरोगका कारण २ सय ३८ जनाको मृत्यु भएको छ।, गत आर्थिक वर्ष ०७४/०७५ मा क्षयरोगको संक्रमण भएका र प्रदेशका विभिन्न स्वास्थ्य केन्द्रहरूमा डट्स सेवा अन्तर्गत औषधि सेवन गरिरहेका २ सय ३८ जना बिरामीको मृत्यु भएको हो।, विश्व क्षयरोग दिवसको अवसर पारी प्रदेश नं. ५ स्वास्थ्य निर्द...
सागरराज तिमिल्सिना पोखराको लेकसाइडमा प्रहरीले छापा मार्दा करिब ८० जना नेपाली र विदेशी पक्राउ परेका छन् ।, वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाहको कमाण्डमा गएको टोलीले नेपाली र विदेशी गरी ८० जनालाई पक्राउ गरेको हो ।, पोखरा ६ लेकसाइडको खहरेमा रहेको एक रेष्टुरेण्टमा टान्सपार्टी भएको छ भन्ने सुचनाका आध...
सेतोपाटी संवाददाता गुडिरहेको स्कुटरमा अचानक आगलागी भएको छ।, चन्द्रगिरि नगरपालिका १२ चुनदेवी चोकदेखि नजिक भित्रि शाखा सडक खण्डमा गुडिरहेको स्कुटरमा अचानक आगलागी भइ पूर्ण रूपमा क्षति भएको हो।, महानगरीय ट्राफिक प्रहरी प्रभाग थानकोटका ट्राफिक प्रहरी जवना रमेश शर्माका अनुसार साँझ ५:४५ बजे बा ५१ प २९७८ नम्वरको रातो रङको गुड...
सेतोपाटी संवाददाता नेपाल शाकाहारी संघको ११ औं साधारण सभाले १५ सदस्य चौंथो कार्यसमिति गठन गरेको छ।, कृष्ण बहादुर गुरुङको अध्यक्षमा गठित कार्यसमितिमा रामानन्द रिजाल तथा सुरेश प्रसाद शर्मा,उपाध्यक्ष, महासचिव शितल दाहाल, उप–महासचिव निरन्जन खनाल, कोषाध्यक्ष भिमसेन कुमार गौतम, सह–कोषाध्यक्ष प्रतिमा कार्की रहनेछन्।, संघको प्...
रासस श्रीलंकामा  चार खर्ब रूपैयाँको प्रत्यक्ष वैदेशिक लगानीमा एउटा इन्धन प्रशोधन कारखाना (रिफाइनरी) निर्माण गरिने भएको छ।, प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आइतबार रिफाइनरी प्लान्ट निर्माणको शिलान्यास गर्दै हमबनटोटा क्षेत्र विश्वकै लागि लगानीको महत्वपूर्ण केन्द्र हुन सक्ने विश्वास व्यक्त गरे।, चीनको आर्थिक सहयोगमा नि...
रासस सरकारी अस्पताल भन्ने बित्तिकै प्रायः सबैको मनमस्तिष्कमा ढिलासुस्ती र प्रभावकारी सेवा उपलब्ध गराउन नसक्ने छाप परेको पाइन्छ। तर चितवनको सरकारी भरतपुर अस्पताल प्रसूति सेवाका लागि सबैको पहिलो रोजाइँ बन्ने गरेको छ। जिल्लाका ठूला वडामात्रै होइन, अन्य अस्पतालका चिकित्सकको पनि प्रसूति सेवाका लागि यो अस्पताल पहिलो रोजाइँम...
सेतोपाटी संवाददाता वैज्ञानिकहरूलाई वर्तमान र भविष्यको जति चासो हुन्छ, इतिहासको गर्भमा बिलाइसकेका वस्तुहरू पनि उनीहरू उत्तिकै खोजबिन गरिरहेका हुन्छन्।, यो त्यस्तै एउटा वैज्ञानिक खोजबिनको कथा हो, जसले आजभन्दा ५० करोड वर्षअघि पृथ्वीमा पाइने जीवहरूको झलक दिन्छ।, पचास करोड वर्षअघि भनेको कति हो? के तपाईं अनुमान गर्न सक्नुहु...
सेतोपाटी संवाददाता दाङमा आगलागीबाट एक जना शिशुको जलेर मृत्यु भएको छ।, जिल्लाको राप्ती गाउँपालिका वडा नं। १ बगाहसोती निवासी हिमाल रानाको १ महिनाकी छोरी संगिता रानाको जलेर मृत्यु भएको हो।, जिल्ला प्रहरी प्रवक्ता तथा सूचना अधिकारी विनोद विक्रम शाहले आइतबार बेलुका सात बजेतिर हिमालका ४ वर्षीय अमित रानाले सलाइ कोरी खेल्ने क...
सेतोपाटी संवाददाता निर्मला बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेको, प्रमाण नष्ट गरेको र हत्यारा भएको आशंकामा पक्राउ परेका दीलिप सिंह विष्टलाई हिरासतमा यातना दिएको मुद्दा खेपिरहेका सिआइबीका तत्कालीन डिएसपी अंगुर जिसी अदालतमा हाजिर भएका छन्।, कञ्चनपर जिल्ला अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार उनी सो...
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ। , , आज बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघ गर्जनसहित छिटपु...
सेतोपाटी संवाददाता प्रहरीले नेत्रविक्रम चन्द विप्लव माओवादीका अर्का नेतालाई पक्राउ गरेको छ।, स्रोतका अनुसार कोसी ब्युरो संयोजक घनश्याम श्रेष्ठलाई पक्राउ गरिएको हो।, सुनसरी–मोरङ क्षेत्रबाट पक्राउ गरिएको भए पनि यसबारे प्रहरीले औपचारिक जानकारी दिएको छैन।, श्रेष्ठसहित अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको बताइएको छ।, ...
सुन्दरकुमार थकाली उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला सडक) र मुस्ताङ सदरमुकाम जोमसोमका स्थानीय सरोकारवालाबीच आईतबार सडक मापदण्ड लगायत ५ बुँदे सहमति भएको छ ।, सडक मापदण्ड, सडक चौडा, घर टहरा हटाउने र नदि सडक छेउ पर्ने नदि नियन्त्रण लगायतका विषयमा सहमति भएको हो।, जिसस मुस्ताङक...
सेतोपाटी संवाददाता गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले पेन्सनलगायतका सेवा, सुविधा समान रूपमा उपलब्ध गराउन बेलायत सरकारसँग कूटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गर्दै थप ३ महिने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।, गेसोले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बेलायत सरकारले पेन्सनलगायतका सेवा, सुविधामा गरेको विभेद अन्त्यका...
खिलानाथ ढकाल कालिकोट प्रहरीले नेत्र विक्रम चन्द विप्लव माओवादी बुद्धिजीवी परिषद भेरी–कर्णाली इञ्चार्ज धनराज शाहीलाई पक्राउ गरेको छ।, कालिकोट जुबिया–८ लिबुवाका उनलाई मोल्पा राताडाबाडबाट सोमबार पक्राउ गरेको हो। प्रहरीको गस्ती टोलीलाई आक्रमण गर्ने, विभिन्न ठाउँमा बम बिस्फोट गराउने योजना बनाइरहेका बखत उनलाई पक्राउ गरिएको ...
रासस पुस्तौंदेखि उही थातथलोमा गुजारा गर्दै आए पनि इन्द्रदेव विश्वकर्माले अहिलेसम्म जग्गाको लालपुर्जा देख्नसमेत पाएका छैनन्।, ‘आफ्नै जीवनमा लालपुर्जा बने हुन्थ्यो, छोरानातिले जग्गा नहुनाको भोग्न नपरोस्’, उनले भने।, बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा १४ हजार ७६ घरधुरीले घर कहाँ भन्दा ‘टाँगियाबस्...
भगवती पाण्डे बुटवल उपमहानगरपालिकाले नगरका अपांगता भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण सुरू गरेको छ।, उपमहानगरले अपांगता परिचयपत्र कार्यविधि २०७५ जारी गरेसँगै परिचयपत्र वितरण सुरू गरेको हो।, उपप्रमुख गुमादेवी आचार्यले सोमबार बुटवलका तीन जना अपांगता भएका बालबालिकालाई परिचयपत्र वितरण गर्दै उक्त कार्यको शुभारम्भ गरेकी हुन्...
नेहा झा जनकपुरधामस्थित रहेको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस देशकै जेठो क्याम्पसमध्ये एक हो। तर, पछिल्लो समय यस क्याम्पसका प्राध्यापककै रवैयाले क्याम्पसको स्तर खस्किएको छ।, ६० वर्षभन्दा बढी यात्रा पार गरिसकेको राराब क्याम्पस एक ताका नेपालभरी नै नाम कमाएको क्याम्पसमा पर्थ्यो। यहाँबाट उत्तिर्ण भएका विद्यार्थीलाई हेर्...
सेतोपाटी संवाददाता युवतीलाई जबरजस्ती होली नदल्न आग्रह गर्दा दाङमा प्रहरी जवानमाथि निर्घात कुटपिट भएको छ।, जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत जितबहादुर चौधरी तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी हुन्। होली मनाउन बिदा लिएर घर आएका चौधरीलाई युवाहरूको समूहले निर्घात कुटपिट गरेर घाइते बनाएका छन्। उनको तुलसीपुर...
सेतोपाटी पृथ्वी राजमार्गमा जाँचका क्रममा प्रहरीले १६४ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेस बरामद गरेको छ ।, भारतीय नम्बर प्लेटको युपी१९टी ५१७१ नंको ट्रकमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरेको अवस्थामा शुक्रबार बिहान उक्त परिमाणमा चरेस बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।, ...
सेतोपाटी संवाददाता सात दशकअघि 'लाइका' नामको कुकुरले संसारमै रेकर्ड बनायो। ऊ ब्रह्माण्डमा पुगेर पृथ्वीको चक्कर काट्ने पहिलो जनावर थियो।, अहिले 'मेरा' नामको कुकुरले नेपालको सात हजार मिटर उचाइको वरूणत्से हिमाल चुचुरासम्म पुगेर रेकर्ड राखेको छ।, हिउँ र अप्ठ्यारा बाटामा लड्दै-पड्दै एउटा कुकुरले थाहै नपाई सात हजार मिटर उचाइ...
सेतोपाटी चालू आर्थिक वर्षमा जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक पुग्ने भएको छ । गाउँपालिकाको वडा नं १ बुक्सासम्म चालू आवमा सडक पुर्‍याउने गाउँपालिकाले जनाएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये हालसम्म सडक सञ्जालले नजोडिएको एक मात्र गाउँपालिका खुम्बुपासाङल्हामु यस वर्षदेखि सडकमा जोडिँदै छ ।, अबको केही दिनमै गाउँपा...
नारायण खड्का दाङमा एकजना वडा सदस्यले लखेटी लखेटी मानिस कुटेको अभियोग लागेको छ ।, घोराही उपमहानगरपालिका वडा नं. १९ का वडा सदस्य जंगबहादुर रोकाले वडा नं. १८ निवासी २८ बर्षीय श्यामलाल सुनारलाई लखेटी लखेटी चिर्पटले कुटेर घाइते तुल्याएका हुन् ।, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले घटना पछ...
सेतोपाटी काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ मा एक किशोरीको सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।, यही चैत ३ गते साँझ मण्डनदेउपुर नपा–६ स्थित इन्द्रावती नदी किनारमा १४ वर्षीय एक किशोरीलाई सामूहिक बलात्कार गर्ने चारमध्ये तीनलाई प्रहरीले पक्राउ गरेको हो ।,  बलात्कार आरोपित मण्डन देउपुर ...
नारायण खड्का बहिनीलाई जबरजस्ती होली नदल्न आग्रह गर्दा प्रहरी जवानलाई कुट्ने तीन जना युवालाई प्रहरीले सार्वजनिक मुद्दा लगाउने तयारी गरेको छ ।, तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बिजौरी निवासी प्रहरी जवान जितबहादुर चौधरीलाई कुट्ने मध्य स्थानीय १७ बर्षीय माधव वली, १७ बर्षीय दिनेश विक र  १७ बर्षकै बिक्रम बिकलाई सार्वजनिक म...
शान्ति तामाङ एउटा नगरपालिकाभित्र कतिवटा पार्क होलान्?, पाँच, दस वा बीस।, काभ्रेको धुलिखेल नगरपालिकाले ६५ वटा पार्क बनाउने लक्ष्य रोखेको छ।, नगरपालिकामा १२ वडा छन्। प्रत्येक वडामा हरेक वर्ष एउटाका दरले पाँच वर्षभित्र ६० वटा पार्क बनाउने नगरपालिकाको योजना छ। यसबाहेक थप पाँचवटा नगरस्तरीय पार्क बन्नेछन्।, योजनाअनुसार पछिल...
सेतोपाटी संवाददाता दाङमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।, तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ च ३४६ नम्बरको पिकअपले विपरीत दिशाबाट आउँदै गरेको बा ९७ प ८५६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।, दुर्घटनामा परी दंगिशरण गाउँपालिका वडा नं. ६ थापागाउँ निवासी १८ वर्षीय गोरख च...
सेतोपाटी संवाददाता नेपालले ८५ करोड रूपैयाँ खर्चेर दुई वटा रेल किन्ने भएको छ। जनकपुरदेखि भारतको जयनगर रूटमा चलाउनका लागि रेल विभागले दुई वटा डेमु रेल किन्न लागेको हो।, मन्त्रिपरिषद्को चैत ४ गतेको बैठकले भारत सरकारसँग रेल किन्न विभागलाई स्वीकृति दिएको छ। विभागले भारतलबाट डेमु रेल किन्ने निर्णय गरेको छ।, रेल विभागका महान...
सेतोपाटी संवाददाता गण्डकी प्रदेशमा आइतबारदेखि सुरू हुने एसइई परीक्षमा ४८ हजार १ सय ४६ जना विद्यार्थीले सहभागिता जनाउने भएका छन्।, नियमिततर्फ ४७ हजार ७ सय ८२ र ग्रेड वृद्धितर्फ ३ सय ६४ जनाले सहभागिता जनाउन लागेको गण्डकी प्रदेश सामाजिक शैक्षिक योजना तथा महाशाखाका उपसचिव दामोदर सुवेदीले जानकारी दिए।, उनले गण्डकी प्रदेशका...
सेतोपाटी मलेसियामा अलपत्र परेका नेपालीलाई सरकारी खर्चमा स्वदेश फर्काइएको छ ।, हवाई टिकटको खर्च व्यहोर्न नसकी घरफिर्ती केन्द्रमा अलपत्र रहेका १६ नेपालीलाई दूतावासले विभिन्न चरणमा उद्धार गरी स्वदेश फर्काएको हो ।, गत फागुन ३० गते जुरु घरफिर्ती केन्द्रबाट छ र बिहीबार जोहरवारु घर फिर्ती केन्द्रबाट १० जना नेपालीको उद्धार गर...
नारायण खड्का आजभन्दा दस वर्ष अघि त्यहाँ फोहोरको डंगुर थियो। तर अहिले त्यो ठाउँको स्वरूप फेरिएको छ।, हामी कुरा गर्दै छौं, तुलसीपुरको पातुखोला बगरको।, तुलसीपुर उपमहानगरपालिकाले अहिले उक्त ठाउँलाई नमूना अटो भिलेजमा रूपान्तरण गरेको छ।, ‘दस वर्षभन्दा बढी समय यही स्थानमा तुलसीपुरको फोहोर फालिएको थियो,’ अटो भिलेजका अध्यक्ष त...
रासस यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी पूरा भएको छ।, आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ। परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भए...
सेतोपाटी संवाददाता पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका-७ मा शनिबार भएको सवारी दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।, पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको गरेको ना ३ ख ६९१८ नम्बरको कन्टेनरलाई सोही दिशातर्फ आउँदै गरेको बा. ११ च. ७९४८ नम्बरको टाटा सुमो गाडीले पछाडिबाट बिहान ५ ...
सेतोपाटी संवाददाता विप्लव नेतृत्वको नेकपा माओवादीले पोखरामा व्यापारी अजयराज सुमार्गीको नाममा रहेको ‘२५ रोपनी जग्गा’ कब्जामा लिएको दाबी गरेको छ।, शनिबार नेकपा विप्लव माओवादी कास्कीले एक विज्ञप्ति जारी गरी सुमार्गीको जग्गा कब्जामा लिएको दाबी गरेको हो।, माओवादीले साबिक सिसुवा (हाल पोखरा महानगरपालिका–३२)मा पर्ने नं।२९०६, ...
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरा निवासी ३० वर्षीया तुलसी परियार र उनकी ५ वर्षिया छोरी लक्ष्मीले यसपटक एकैसाथ कक्षा १ को परिक्षा दिएका छन् ।, उनीहरुले तुलसीपुर १० राइखलियानस्थित पशुपती प्राथमिक विद्यालयबाट परिक्षा दिएका हुन्। आमा तुलसीको कक्षा १ मा रोल नम्वर २ छ भने छोरी लक्ष्मीको १ छ। तुलसीक...
नारायण खड्का शुक्रवार दिउँसो साढे १२ बजेतिर गढवा गाउँपालिकाको कार्यालय पुग्दा उपाध्यक्ष शान्ति चौधरी कार्यालयमै थिइन् । जनताको काममा तल्लिन ।, एक बज्न ५-७ मिनेट समय बाँकी रहँदा उनी बा २ झ १२८६ नम्वरको सरकारी गाडि चढिन् ।  उपाध्यक्ष सावर सो गाडी झन्डै १ किलोमिटर पश्चिममा अवस्थित नमुना उच्च माध्यामिक विद्यालय गढवाको गेट...
सेतोपाटी यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ ।, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्ष...
सेतोपाटी संवाददाता आइतबारदेखि सुरू भएको माध्यमिक शिक्षा परीक्षा एसइईको पहिलो दिन प्रदेश दुईभरि शान्तिपूर्ण रूपमा सकिएको छ।, बिहान ८ बजेबाट सुरू भएको अंग्रेजी विषयको परीक्षा १० बजेर १५ मिनेटसम्म चलेको थियो।, यस वर्षको एसइई परीक्षामा प्रदेश दुईबाट ७२ हजार ४९ जना विद्यार्थी सहभागी भएका छन्। जसमा धनुषाबाट ११ हजार १ सय ८८,...
सेतोपाटी संवाददाता सरकारले उपत्यकाबाट बाहिरिने प्रमुख नाका नागढुंगा सुरूङको प्रवेश मार्ग निर्माणको शिलान्यास आगामी वर्षको जेठभित्र गर्ने तयारी गरेको छ।, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले शनिबार काठमाडौंको दहचोकदेखि नौबिसे नजिकको सिस्नेखोलासम्म बन्ने सुरूङको तयारीका बारेमा स्थलगत निरीक्षण गर्दै आगामी व...
रासस काठमाडौंका विभिन्न स्थानबाट लागुऔषधसहित प्रहरीले तीनलाई पक्राउ गरेको छ। , , महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित सडकमा जाँचका क्रममा लागुऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ। , , महोत्तरीबाट काठमाडौं आउँदै गरेको ना५ख १२०९ नंको यात्रुवाहक बसलाई जाँच गर्ने क्र...
सेतोपाटी संवाददाता यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि सुरू भएको छ। बिहान ८ बजेदेखि सुरू भएको परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भएको छ।, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक...
भगवती पाण्डे शिक्षा कार्यालयको लापरबाहीका कारण एसइई परीक्षा दिने परिक्षार्थीले तनावका बीचमै पहिलो दिनको परीक्षा दिएका छन्।, आइतबारदेखि सुरू भएको एसइई परीक्षामा सहभागी कतिपय विद्यार्थीहरूको सिम्बोल नम्बर फरक परेपछि विद्यार्थीहरू पहिलो दिन नै तनावमा परेका हुन्।, प्रवेश पत्र लिएर परीक्षा केन्द्रमा पुगेका विद्यार्थीहरू पर...
रासस महोत्तरीसहितका मिथिला क्षेत्रमा रङ, अबिर र उमङ्गको पर्व होली (फागु) को रौनक हराउँदै गएको छ। पर्वको मुख्य आकर्षण जोगिरा गीत बज्न छाडेपछि होली आए/नआएको पत्तै पाइन छाडेको यहाँका बूढापाकाले बताएका हुन्। , श्रीपञ्चमी (वसन्तपञ्चमी) देखि नै अबेर रातिसम्म गुञ्जने जोगिरा (फागु विशेषगीत) अब यहाँ सुन्न छाडिएको छ। वसन्त उत्स...
सेतोपाटी संवाददाता कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ६ पिपरीमा एक वृद्धको हत्या भएको छ। बुधबार बिहान स्थानीय ७० वर्षीय त्रिवेणी अहिरको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।, अहिरको टाउको र अनुहारमा इँट्टा प्रहार गरिएको छ। राति आफ्नै ओच्छ्यानमा सुतिरहेको अवस्थामा उनीमाथि इँट्टा प्रहार भएको थियो। घटनाब...
रासस चाबहिलबाट शंखरापुरको छापभन्ञ्याङ हुँदै मेलम्ची पुग्ने सडक छेउ ठूलो बस्ती बसिसक्यो।, यातायातको सहजता र बन्दव्यापार हुने भएकाले सडक केन्द्रित बस्ती यस्तै ठाउँमा विस्तार हुने गर्छ र यहाँ पनि यस्तै भएको हो। शंखरापुरवासीले सहरको सुविधा खासै पाएका छैनन्। अधिकांशलाई धुलो सताएको छ। , , चाबहिलबाट साँखु हुँदै मेलम्ची पुग्न...
रासस होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवाको आज धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। , , काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८०८५ नंको मोटरसाइकल र हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४११४ नंको ट्रक बेनिघाटरोराङ गाउँपालिका–५ बेनिघाट गोमती पुलमा एकापसमा ठक्कर खाएर दुर्घटना भएको थियो। , , ...
सन्जिब बगाले उपत्यकामा बुधबार ट्राफिक प्रहरीले १५ वटा सरकारी गाडीसहित २९७ वटा सवारी नियन्त्रणमा लिएको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार दिँउसो १२ बजेसम्ममा उक्त संख्यामा सवारी कारबाहीमा परेका हुन्।, ट्राफिक प्रहरी प्रवक्ता जयराम सापकोटाका अनुसार अहिलेम्म सरकारी गाडी १५, मापसे १४, लापरबाही तरिकाले सवा...
प्रकाश सिलवाल ‘आउ प्रिय हामी मिलेर खेलौ होली , भरिदिन्छु तिम्रो म मायाको झोली , जे जे गर्नु छ आजै समय छँदै गरौं , कसले देखेको छ र के हुन्छ भोलि ।’ , , चितवनका नीलम भुसालको मुक्तकमा भनिएझैं होली पर्व आधुनिकतासहित रङ र सद्भावको उत्सवमा मिसिएको छ। परम्परागत मान्यताबाट सुरू भएको फागु पूर्णिमाका अवसरमा आज एकापसमा रङ लगाउने...
रासस भारतमा हुने १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं लेग स्पिनर सन्दीप लामिछाने आज त्यसतर्फ प्रस्थान गरेका छन्।, यही चैत ९ गतेदेखि भारतका विभिन्न ठाउँमा सुरू हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन सन्दीप जेट एयरवेजबाट दिल्ली प्रस्थान गरेका हुन्। ,सन्दीपको टिम दिल्ली क...
निशा भण्डारी बुधबार काठमाडौं उपत्यकासहित मुलुकका पहाडी जिल्लामा धुम धामका साथ होलीमा झुमेको छ।, पर्यटकीय क्षेत्रका रूपमा रहेको बसन्तपुरमा बुधबार दिउँसो बाक्लो मात्रामा युवाको भीड जम्मा भएर फागु पूर्णिमा मनाइरहेको थियो।, भीडमा अधिकांश युवावयका व्यक्तिहरु छन् । धेरैले एकैनासको टिसर्ट लगाएका थिए भने कतिपयले अनुहार पेन्ट ...
नारायण महर्जन राजधानीको कीर्तिपुर चोभारस्थित जल विनायक मन्दिर परिसरमा अरू ठाउँको भन्दा छुट्टै होली मनाइयो।, कीर्तिपुर, नगाँउ, पागाँ, चोभार र नजिकका टोल तथा समूह मिलेर बाजागाजासहित बुधबार पूजा गर्दै एक आपसमा खुसीयाली मनाइरहेका थिए।, बसन्त ऋतुको आगमनसँगै फागुको दिन हरियाली हुने र रंगी चङ्गी फूलहरू फुल्ने हुनाले विशेष गर...
सबिना श्रेष्ठ जस्तो काठमाडौंमा वसन्तपुर दरबार स्क्वायर, त्यस्तै भक्तपुरमा तचपालको भीमसेन मन्दिर।, फागुमा काठमाडौं उपत्यकाका यी दुवै ठाउँको उस्तै महत्व छ।, पूर्णिमाको दिन फागु पर्व मनाइने भए पनि काठमाडौं उपत्यकामा यसको सुरुआत फागुन शुक्ल अष्टमीकै दिनबाट हुन्छ।, अष्टमीको दिन वसन्तपुरमा तीनतले चीर ठड्याएपछि (चीर स्वायंगु...
सेतोपाटी संवाददाता डल्लुमा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।, मृत्यु हुनेको परिचय नखुलेको ट्राफिक प्रहरीले जनाएको छ।, मोटरसाइकल दुई जना सवार थिए।, तीन जना पैदल यात्रुलाई ठक्कर दिएपछि मोटरसाइकल सडकमा लडेको र  मोटरसाइकल चालकको निधन भएको प्रहरीले बताएको छ।, मोटरसाइकलमा पछाडि बस्नेले मोटरसाइकल लिएर भागेकाले मोटरसाइकल...
सेतोपाटी संवाददाता होलीको दिनमा नियम मिच्ने र लापरबाही रूपमा सवारी चलाउने २२ वटा सरकारीसहित ७०९ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।, कारबाहीमा पर्नेमा मापसे गरेर चलाइएका ६७ र लापरबाही गरी चलाइएका ३४ सवारी साधन रहेका  छन्।, त्यस्तै, कागजपत्र नलिइकन चलाइएका ३०८ हेलमेट नलगाइकन चलाइएका २६, तीन जना राखेर चलाइएक...
सेतोपाटी जिल्ला प्रहरी कार्यालयले वीरगञ्जको गण्डक चोकबाट प्रतिबन्धित लागुऔषध अफिमसहित बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–४ का ५४ वर्षीय बसिर मियाँ रहेका छन् ।, वीरगञ्जबाट रक्सौलतर्फ पैदल जाँदै गरेका मियाँलाई गण्डकमा जाँच गर्दा शरीरमा लुकाई–छिपाई राखेको अफिम बरामद गरिएको प्रहरी उपरीक्...
सेतोपाटी कमलामाई नगरपालिका–६ स्टलबजारमा सुनचाँदीका गरगहना बनाउने कालिगढलाई बन्दुक देखाउँदै अज्ञात समूहले १२० तोला सुन लुटेको छ ।, सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अम्रेशचन्द्र वैदारले होलीका दिन दिउँसो सो घटना भएकामा चिन्ता व्यक्त गर्दै राज्यले व्यवसायीलाई सुरक्षाको प्रत्याभूति गर्न र लुटपाटमा संलग्न व्यक्तिलाई ...
सेतोपाटी पश्चिम नवलपरासीका विभिन्न खोलामा स्थानीय तहले लगाएका नदीजन्य पदार्थको ठेक्का मापदण्डविपरीत भएको पाइएको छ । खोलामा नदीजन्य पदार्थको दोहनसमेत अत्यधिक रहेको प्रदेश नं ५ प्रदेशसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले ठहर गरेको हो ।, जिल्लामा हाल रामग्राम नगरपालिकाका दुई र सुनवलका सात खोलामा ठेक्का लगाइएको छ ।, ठेक्का...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा होली खेल्ने क्रममा घरको छतबाट लडेर एक जना बालक गम्भीर घाइते भएका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ अमृतटोल निवासी १२ वर्षीय विप्लव केसी गम्भीर घाइते भएका छन्।, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. ३ पातेटाक...
नेहा झा मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष होली पर्वको अवसरमा आयोजना गर्दै आएको महामुर्ख सम्मेलनमा महामुर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहलाई प्रदान गरिएको छ ।, महामुर्खको उपाधि पाएपछि प्रमुख साहको अनुहारमा अनौठो मुस्कान समेत देखियो। उनलाई प्रशस्ती पत्र, तरुलको माला तथा तबलाको टोपीबाट सुशोभि...
सेतोपाटी कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्डमा आजदेखि यातायात सञ्चालन गरिने भएको छ ।, जिल्लाको महत्वपूर्ण मार्गका रुपमा मानिएको ३५ किलोमिटर सडकखण्डको जिल्लाको जगन्नाथको लैफूदेखि हिमाली गाउँपालिकाको लेब्डीसम्म यातायात सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।, बाजुरा खण्डमा आजदेखि यातायात सञ्चालनमा ल्याइने भएपछ...