content
stringlengths
20
64.1k
सेतोपाटी नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको पदको दुरुपयोग गर्नेलाई कारवाही गरिने चेतावनी दिएका छन् ।, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा निर्मित प्रहरी व्यारेक भवनको सोमबार उद्घाटन गर्दै खनालले पदको दुरुपयोग गर्ने र गर्न उक्साउने दुवैलाई कारवाही गरिने बताएका हुन् ।, अहिले प्रहरीले नकारात्मक काम ...
सेतोपाटी संवाददाता मोरङको पथरीशनिश्चरे नगरस्थित पथरी स्पोर्टिङ क्लवले दुई जना पत्रकारहरुलाई सम्मान गरेको छ।, पथरी नगरलाई कार्यक्षेत्र बनाउँदै आएका फिपराज लिम्बू सूर्यबहादुर सोम्याहाङ राई र जगतबहादुर सम्बाहाम्फे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भए।, लिम्बूलाई अग्रज पत्रकारिता पुरस्कारबाट र मोरङ राजघाटका तेजन खड्क...
सेतोपाटी संवाददाता सल्यानमा भएको ट्रयाक्टर दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका वडा नं. १ शान्तिनगरमा सोमबार बेलुकी ८ बजेतिर भएको ट्रयाक्टर दुर्घटना हुँदा शारदा नगरपालिका १२ का २३ वर्षीय चालक कृष्णबहादुर डाँगी  र सोही वडाको चिसापानी निवासी १३ बर्षीय प्रकाश बुढाथोकीको मृत्यु भएको हो।, जिल्ला...
चेतना गुरागाईं युएस-बाङ्ला दुर्घटनाको एक वर्ष, युएस–बाङ्ला एयरवेज जहाज दुर्घटनामा ज्यान गुमाउनेका परिवारको निम्ति आज शोकको दिन हो।, त्रिभुवन विमानस्थलमा ५१ जनाको ज्यान जाने गरी उक्त दुर्घटना भएको मंगलबार एक वर्ष पूरा गरेको छ। वर्षदिनको यो घाउ उनीहरू सायदै बिर्सन सक्ने छन्।, त्यही दुर्घटनामा सकुशल बाँचेका २० जना भाग्यम...
सेतोपाटी संवाददाता संघीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोस भएपछि अस्पतालमा भर्ना भएकी छन्। मंगलबार बिहान तुलसीपुरमा सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गरेको केही समय पछि उनी बेहोस भएकी हुन्।, हाल उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको चौधरीका स्वक...
सेतोपाटी बलात्कारपछि हत्या हुनेमा सबैभन्दा बढी दलित बालबालिका तथा युवतीको सङ्ख्या देखिएको छ । दलित महिला सङ्घले गरेको बलात्कारका घटनाको अध्ययनअनुसार गत वैशाखदेखि माघसम्म ७२९ घटनामध्ये १५४ घटनाहरु दलित समुदायका बालबालिका तथा युवतीमाथि भएका छन् । दलितमाथि हुने गरेका बलात्कारका घटनाको झण्डै ८० प्रतिशत बलात्कारपछि मारिएको...
रासस मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा जन्ती बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भक्तपुरबाट जन्ती बोकेर हेटौंडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्ति लोकमार्गअन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा दिउँसो करीब २ बजे दुर्घटना भएको छ।, दुर्घटनामा परी १७ जना घाइते ...
सेतोपाटी संवाददाता मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा एउटा जन्ती बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।, भक्तपुरबाट जन्ती बोकेर हेटौंडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस मंगलबार दिउँसो २ बजे कान्ति लोकमार्गअन्तर्गत चैनपुरमा दुर्घटना भएको हेटौंडा प्रहरीले जनाएको छ।, दुर्घटनामा परी १७ ज...
नेहा झा जनकपुरस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको पुस्तकालयमा बजेट तथा कर्मचारी अभावका कारण पुस्तकालय प्रयोग विहिन अवस्थामा पुगेको छ।, प्रत्येक वर्ष पुस्तकालय व्यवस्थापनका साथै नयाँ पुस्तक किन्न आउने बजेट नै बन्द गरिएपछि पुस्तकालय नै प्रयोग विहिन अवस्थामा पुगेको हो।, राराव क्याम्पस अधिनस्थ रहेको सो पुस्तकालयका ...
खिलानाथ ढकाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) आठ महिनादेखि पदाधिकारीविहीन छ। , स्वास्थ्य मन्त्री उपेन्द्र यादवले न्याम्स उपकुलपति र वीर अस्पतालको निर्देशकमा आफूनिकट व्यक्ति नियुक्ति गर्न खोजेपछि प्रतिष्ठान लामो समयदेखि पदाधिकारीविहीन बनेको हो।  , गत साउन २३ गते तत्कालीन उपकुलपति डा. गणेश गुरुङको चारवर्ष...
सेतोपाटी संवाददाता भरतपुर महानगरपालिका वडा नम्बर ५ को कार्यालयमा मंगलबार राति सिलिण्डर बम बिस्फोट गराइएको छ। तोरीखेतस्थित कार्यालयमा मध्यराति १२ बजे बम बिस्फोट भएको ३ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी दीपककुमार थापाले बताए।, उनका अनुसार बम बिस्फोटबाट वडा कार्यालय जलेको छ। झ्यालढोका र कागजात जलेका छन्, भने भवनको सिलिङ ...
सेतोपाटी महानगरीय अपराध महाशाखाले नीरमाया चेमजोङको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ ।, महाशाखाको टोलीले सुनसरी घर भई नागार्जुन नगरपालिका–५ पाँचधारा हलचोक बस्ने ४५ वर्षीय चेमजोङको हत्यामा संलग्न काठमाडौँका ३७ वर्षीय प्रकाश थापामगरलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।, महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले गत शुक्रबार काठमाडौंको बसुन्धरामा भएको बम बिस्फोटस्थलको निरीक्षण गरेका छन्।, मंगलबार साँझ, काठमाडौं ओर्लिए लगत्तै खनाल बसुन्धरास्थित बम विस्फोट स्थल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घर पुगेका थिए। प्रदेश सुरक्षा गोष्ठीका लागि खनाल एक साताअघि ...
सन्जिब बगाले फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शवलाई घटनास्थलबाट लिफ्ट गरेर सुकेटार विमानस्थल ल्याउन नेपाली सेनाको हेलिकप्टर प्रयोग भयो।, चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा १६ औं अनसन बसेका गोविन्द केसीलाई गत पुसमा काठमाडौं ल्याउन पन...
एजेन्सी फेसबुकजस्ता सामाजिक सञ्जालले कहिलेकाहीँ हामीलाई सामाजिक कार्यमा लाग्न प्रेरित गर्छ। त्यस्तै एउटा सामाजिक अभियान अहिले चर्चामा छ।, त्यो अभियान हो- #ट्रयासट्याग च्यालेन्ज।, अर्थात्, सार्वजनिक ठाउँमा थुप्रिएका फोहोरमैला सफा गर्ने, फोटो खिच्ने र सामाजिक सञ्जालमा सेयर गरेर अरूलाई पनि त्यस्तै काम गर्न प्रेरित गर्ने।...
सेतोपाटी संवाददाता कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा ८ प्रहरीविरूद्ध  मुद्दा दायर भएको छ।,बर्खास्तमा परेका एसपी दिल्लीराज बिष्ट, निलम्बनमा परेका डिएसपी अंगुर जिसीसहित आठ प्रहरीविरूद्ध बुधबार जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर भएको हो। , जिल्ला अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीका...
सेतोपाटी संवाददाता सहर त्यो होइन, जहाँ महँगा गाडीहरू मात्र कुद्छन्। सहर त्यो हो, जहाँ पैदलयात्रुलाई हिँड्ने सुविस्ता पनि हुन्छ।, जनसंख्याको करिब ४० प्रतिशत पैदलयात्रु रहेको काठमाडौं सहर हिँड्ने पूर्वाधारको मामिलामा पैदलै छ। गाडीको निम्ति सडक फराक पार्न जति हतार गरिन्छ, फुटपाथ नभएर वा भएका फुटपाथ मिचेर पैदलयात्रुले दुः...
भगवती पाण्डे बुटवल उपमहानगरपालिकाले विभिन्न क्षेत्रमा मजदूरी गर्दै आएका गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी सुरक्षित मातृत्व अभियान सुरू गरेको छ। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुटवल ११ बुद्धनगरका श्रमिक महिलालाई पौष्टिक आहार वितरण गर्दै सुरू भएको यो कार्यक्रम उपमहानगरभरि नै सञ्चालन हुनेछ।, पति तथ...
सेतोपाटी संवाददाता नेपाली महिलाले समाज र राजनीतिका विभेदकारी व्यवस्थाका विरूद्ध इतिहासका धेरै कालखण्डमा बोले। २००७ सालको क्रान्ति, पञ्चायतविरूद्धको लडाइँ, २०४७ सालको अन्दोलन, माओवादी 'जनयुद्व' र २०६२/६३ को आन्दोलनमा धेरै महिला अग्रपंक्तिमै उभिए।, अहिलेको समाज र राजनीतिक व्यवस्था पहिलेकोभन्दा धेरै बदलिएको छ। तर, अझै पन...
सेतोपाटी संवाददाता वीगन्जका व्यापारी सुरेश केडिया अपहरणका मुख्य योजनाकार बब्लु पासवानलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।, भारत मोतियारी जिल्लाका पासवान र उनका सवारी चालक विजयकुमार कुशवाहलाई बिहीबार राति पक्राउ गरिएको पर्सा प्रहरी स्रोतले जनायो।, दुबैलाई सिपहरमाई गाउँपालिका भिसुवा आसपासबाट पक्राउ गरिएको प्रहरीले जनाएको ...
विजय नेपाल गत साता संसद बैठकमा नेकपा सांसद ,विरोध खतिवडा,ले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने तर्क राखेसँगै यसबारे बहस सुरू भएको छ। गाँजा लागुपदार्थ नभएर बहुउपयोगी प्राकृतिक स्रोत भएकाले प्रतिबन्ध फुकुवा गरे हामीलाई धेरै आर्थिक लाभ हुनेछ। विश्वका सम्पन्न मुलुकले यो प्रमाणित पनि गरिसकेका छन्।, गाँजाको औषधिजन्य गुणबाहेक...
भगवती पाण्डे दाँत र गिजाको उपचार गर्न गएका बालकलाई थप्पड हानेपछि बुटवलमा दन्त चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ।, दायाँतर्फको दाँतको गिजामा घाउ आएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरका ६ वर्षीय अभिनव विक आमा कमलासँग लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गएका थिए।, अस्पतालको ओपिडी टिकट लिएर जाँच गराउने क्रममा दन्...
नारायण महर्जन अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुक्रबार कीर्तिपुरमा विभिन्न विधामा योगदान पुर्‍याउने महिलाहरू सम्मानित भएका छन्।, कीर्तिपुर नगरपालिकासँगको संयुक्त आयोजनामा कीर्तिपुर जेसीज, कीर्तिपुर महिला सञ्जाल, इन्द्रयणी परिवार क्लब, लियो क्लब अफ काठमाडौं कीर्तिपुर, सन स्टार क्लब, कीर्तिपुर स्वयंसेवक समाजद्धारा की...
प्रकाश ढुंगाना शुक्रबार साँझ राजधानीको बसुन्धरास्थित नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको घरमा बम बिस्फोट भएको छ।  बिस्फोटपछि भएको आगलागीबाट चार तले घरको पहिलो तलामा क्षति पुगेको छ। यस्तै पार्किङ गरी राखिएको गुरूङको ल्याण्ड क्रुजर गाडी पनि जलेको छ।, सुरूमा ग्यास सिलिन्डर बिस्फोट भएको अनुमान गरिए पन...
सेतोपाटी संवाददाता जबरजस्ती करणी गरेको अभियोगमा दाङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, घोराही उपमाहानगरपालिका वडा नं. ४ निवासी एक जना १४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा रोल्पा जिल्लाको रुण्टीगढी गाउँपालिका वडा नं. १ निवासी १८ वर्षीय किशोर युवराज राना पक्राउ परेका छन्।, प्रहरीका अनुसार फागुन २१ गते रानाले ती बा...
नेहा झा यस वर्षको शैक्षिक सत्रको अन्त्यतिर आइपुग्दा पनि धनुषामा दिवा खाजा कार्यक्रम विद्यालयहरूमा सुरू हुन सकेको छैन। शैक्षिक सत्रको डेढ महिनाभन्दा कम समयमात्रै बाँकी रहेको समयमा समेत विद्यालयहरूमा दिवा खाजा कार्यक्रम सुरू हुन नसक्दा बजेट नै फ्रिज हुने सम्भावना रहेको छ।, सरकारी नीति अनुसार इसिडीदेखि कक्षा ५ सम्मका बाल...
सेतोपाटी संवाददाता शुक्रबार साँझ राजधानीको बसुन्धरास्थित नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको घरमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले पुष्टि गरेको छ।, प्रहरीको प्रारम्भिक अनुसन्धानले उक्त प्रेसर कुकर बम करिब १० किलोको भएको र उक्त बम एकदम शक्तिशाली भएको पुष्टि गरेको हो।, हिजोको घटनापछि प्रहरीले थप...
सागरराज तिमिल्सिना पोखराको मुख्य प्रवेशद्वारका रूपमा रहेको विजयपुर खोलाको पुल जोखिम परेको छ।, स्टिल ब्रिज प्रक्रिया अनुसार निर्माण भएको पुलको स्टिल नै ठाउँ ठाउँमा चर्किने र भाँचिने भएपछि पुल खतरामा परेको हो।, पुलको बेलैमा समस्या समाधान नगर्ने हो भने पुल क्रयास हुने सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोख्रेलले...
सेतोपाटी संवाददाता यही फागुन ९ गतेदेखि सम्पर्कविहीन एक विदेशीसहित एक नेपाली पथप्रदर्शकको हिउँपहिरोमा परी मृत्यु भएको छ।, अन्नपूर्ण पदमार्गमा आएका हल्याण्डका नागरिक डोलोमा डेसीलेन्ट र उनका पथप्रदर्शक अजय ढकालको मनाङको ङिस्याङ गाउँपालिकाअन्तर्गत पर्ने ढिकुरपोखरी नजिकको क्याङली भीरमा आएको हिमपहिरोमा परी मृत्यु भएको हो। ,...
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले सार्वजनिक बिदाको दिन विनापास सरकारी तथा संस्थानका सवारी साधन चलाउने २९ चालकलाई कारबाही गरेको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले आज विनापास सरकारी तथा संस्थानको सवारी चलाउने उक्त चालकलाई कारबाही गरेको हो।, महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले सार...
सेतोपाटी संवाददाता पछिल्ला ६ वर्षमा सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत पैदल यात्रु रहेको तथ्यांक सार्वजनिक भएको छ। सडक दुर्घटनामा परेका ११ सय १८ जनामध्ये ४ सय ३४ पैदल यात्रु छन्।, उपत्यकामा सवारी दुर्घटना र मृत्यु, साल, मृत्यु संख्या, पैदल यात्रु, प्रतिशत, २०६९-७०, १४८, ६३, ४२, २०७०-७...
सेतोपाटी अछामी भाषाको संरक्षणमा कसैले चासो नदिंदा भाषा नै नरहने जोखिम बढिरहेको छ । यो भाषाको छुट्टै लिपी छैन । अछामी भाषाको विषयमा पर्याप्त लिखित इतिहास पनि छैन । तर, बोलीचालीका हिसाबले अछामी भाषाको छुट्टै पहिचान र फरक धार खुट्याउन सकिन्छ ।, यसअघि अछामी भाषामा यस क्षेत्रका मौलिक देउडा गीतहरु थुप्रै रचिएका र बजारमा ल्य...
रासस राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीबाट झण्डै रु २३ करोड फिर्ता गराएको छ।, विभिन्न कारणले घर नबनाएका लाभग्राहीबाट सो रकम फिर्ता भएको प्राधिकरणअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ। , , पहिले घर बनाउँछु भनी अनुदान सम्झौता गरेर अहिले घर नबनाएका लाभग्राहीबाट रकम फिर्ता भएको कार्यालयका...
रासस धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित प्रहरीले आज बिहान तीन जनालाई पक्राउ गरेको छ।, काठमाडौंबाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नंको बसमा लुकाइछिपाइ लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए।, पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका–...
रासस बाँकेको राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ।, फत्तेपुरको सिधनवास्थित ‘सिधनवा राइस मिल’मा धान कुटाउन गएकी राप्तीसोनारी–६ सिधनवा निवासी २८ वर्षीया स्मृति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र विकेले जानकारी दिए।, श...
सेतोपाटी संवाददाता वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको विरोधमा आज देशभरका म्यानपावर बन्द भएका छन् । म्यानपावर व्यवसायीहरुको भेलाले आइतबार एक दिन म्यानपावर बन्द गर्ने निर्णय गरेको हो।, म्यानपावर व्यवसायीहरुले घटनाको निन्दा गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् । गत शुक्रबार साँझ ...
एजेन्सी केन्याको राजधानी नैरबीका लागि उडेको इथोपियन एयरलाइन्स दुर्घटना भएको छ।, इथियोपियाको राजधानी आदिसअबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपिएन एअरको जहाज दुर्घटना हुँदा जहाजमा सवार १५७ जनाको मृत्यु भएको हो। , १४९ यात्रु र चालक दलका ८ सदस्यसहित उडेको ७३७ बोइङ बिमान दुर्घटनामा परेको हो। जहाज विमानस्थलबा...
लेखनाथ खतिवडा पाँचथरको  कुम्मायक गाउँपालिकामा डीप बोरिङबाट निकालिएको खानेपानीको प्रदेश नम्बर एक सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो मौसमले उद्घाटन गरेका छन्।, खानेपानीको उद्घाटनसँगै त्यस क्षेत्रका करिब १५ सय घरघुरी लावान्भित हुने भएका छन्।, कुम्वायक गाउँपालिका वडा नं. १ मा डिप वोरिङबाट निकालिएको ...
प्रशन्न पोखरेल सरकारले देशभरका विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको छ। , कागजमा शान्ति क्षेत्र घोषणा भएका विद्यालय व्यवहारमा भने विभिन्न समूहले स्वार्थ पूरा गर्न बन्द गर्दै आएका छन्।, मंगलबार पनि देशभरका सरकारी विद्यालय बन्द भए। आजको बन्द अरूले नभई तिनै स्कुलमा पढाउने शिक्षकले गरेका हुन्।, प्रवेशिका परीक्षा (एसईई) र...
सेतोपाटी संवाददाता झूटो तथा नक्कली बिजक विक्री गरी राजस्व छली गर्ने दुई मुख्य व्यक्तिसहित २४ फर्मविरूद्ध राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दायर गरेको छ।, राजस्व छलीका मुख्य व्यक्ति जयकिशोर साह र परमेश्वर साहसहित २४ फर्मका सञ्चालकलाई आइतबार १ अर्ब ७५ करोड बिगो मागी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभाग...
रासस सडक छेउमा रहेका टहरा हटाउन नसक्दा कलंकी–कोटेश्वर सडकको विभिन्न स्थानमा ‘सर्भिस ट्रयाक’ बन्न सकेको छैन।, सहायक सडक हुँदै मुख्य सडकमा प्रवेश गर्नका लागि बनाइएको ‘सर्भिस ट्रयाक’ बन्न नसक्दा चक्रपथ छिर्न कठिन भएको चालक बताउँछन्।, महालक्ष्मीस्थान, धोबीघाट, बालकुमारी, ग्वार्कोलगायतका स्थानमा सडक मापदण्डभित्रै रहेका टहर...
सागरराज तिमिल्सिना पोखरामा दिनदिनै प्याराग्लाइडिङ दुर्घटना भएपछि नागरिक उड्डयन प्राधिकरण पोखराले सोलो उडान बन्द गरेको छ।, विदेशी पाइलटले तोकिएको क्षेत्रभन्दा बाहिर गएर प्याराग्लाइडिङ गर्दा दुर्घटना बढेको भन्दै कार्यालयले मंगलबार सूचना प्रकाशन गरी उडान बन्द गरेको हो। पछिल्लो तीन दिनमा दुई जनाको मृत्यु भएको छ भने दुई जन...
रासस काठमाडौं महानगरपालिका–१५ छाउनीस्थित सडकमा बा ८७ प ३५३ नं को स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा भएको दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।, आज बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरमा सवार काठमाडौंका २२ वर्षीय सुजन श्रेष्ठको मनमोहन अस्पताल स्वयम्भूमा उ...
रासस पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा मंगलबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ११ जना घाइते भएका छन्।, मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–३ का ७५ वर्षीय बुद्धिबहादुर थापा र जीप चालक व्यास नगरपालिका–१४ का नरबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ...
सेतोपाटी संवाददाता यो आर्थिक वर्षमा देशभरबाट ७ हजार ७ सय छात्रछात्राले राष्ट्रिय सेवा दलको तालिम लिए। यसअघि ०७४/०७५ मा ६ हजारले यो तालिम लिएका थिए।, २०२२ साल देखि २०७० सालसम्म वार्षिक रूपमा छ ५ सय छात्रछात्राले यो तालिम लिने गरेका थिए। अहिलेसम्म ४१ हजार २ सय ११ जनाले यो तालिम लिइसकेका छन्। पूर्वप्रधानमन्त्री एवम् नेकप...
सेतोपाटी संवाददाता कास्की प्रहरीले पाँच थान बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ।, प्रहरीका अनुसार रुपा गाउँपालिका–७ तालवेशी तथा सौर्यवासका विभिन्न स्थानबाट बन्दुकसहित व्यक्तिहरूलाई सोमबार साँझ पक्राउ गरिएको हो।, पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ५५ वर्षीय नारायणबहादुर गुरुङ, तालवेशी बस्ने ४८...
दिपकजंग शाही जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ मा रहेको ‘बड्कुले स्वास्थ्य चौकी’को औषधिलगायतका सामग्री निजी घरका दुइटा कोठा भाडामा लिएर थन्काइएको छ।, स्वास्थ्य चौकीमा बिरामी आएमा उनीहरूलाई निजी घरमा भाडामा लिइएको एउटा कोठामा जाँच गरिन्छ, अर्को कोठाबाट भएको औषधि ल्याएर दिइन्छ।, स्वास्थ्य चौकीको भवन निर्माणमा ढिलाई हुँदा...
नारायण खड्का उनले कक्षा १ देखि कक्षा ८ पढ्दासम्म आफ्नो थर केसी लेख्थिन्। कक्षा ९ देखि घर्ती लेख्नुपर्‍यो!, साथीहरू सोध्छन् किन केसीकी छोरीले घर्ती लेखाउँछेस्?, दाङ बबईको जनकल्याण माध्यामिक विद्यालय पदमपुरमा कक्षा १० अध्यनरत १५ वर्षीया निशाको मन थरको पिरलोले खाइरहन्छ।, साथीहरूको प्रश्नको उत्तर दिन पनि झिँजो लाग्छ।, उनल...
अनिल तिवारी वीरगञ्जमा आइतबारदेखि सुरू अश्वमेध गायत्री महायज्ञले मधेसी–पहाडी, दलित–गैरदलीत र महिला पुरूष बिचको विभेद हटाएको छ।, कुनै बेला मधेसी समुदायको राजनीति आवाजलाई उठाउँदै ६ महिनासम्म लगातार बन्द हड्ताल गरेको वीरगन्जमा यतिखेर चलिरहेको महायज्ञमा पहाडी जिल्लाबाट आएका गैरमधेसी हर्ताकर्ता छन्।, महिलालाई पछाडि पारिएको ...
सेतोपाटी संवाददाता पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई मंगलबार नर्भिक अस्पताल भर्ना गरिएको छ।, सिजनल रुघाखोकी, ज्वरो र शारीरिक रूपमा कमजोर भएकी रत्नलाई मंगलबार साँझ पाँच बजे उपचारका लागि नर्भिक भर्ना गरिएको नर्भिकका सूचना अधिकारी आरपी मैनालीले सेतोपाटीलाई बताए।, मैनालीका अनुसार रत्नको अवस्था सामान्य छ। ‘उहाँ...
नेहा झा केही साता अगाडि धनुषाको मिथिला नगरपालिकामा भएको रेश्मा रसायली बलात्कारपछि हत्याकाण्डमा सामूहिक बलात्कार भएको पीडित पक्षले दाबी गरेको छ।, प्रहरीले बलात्कार घटनामा संलग्न रहेको भन्दै एक जनालाई पक्राउ गरे पनि पीडित पक्षले जनकपुरधाममा बुधबार पत्रकार सम्मेलन गर्दै रेश्माको सामूहिक बलात्कार पछि हत्या भएको दाबी गरेका...
रासस काठमाडौं महानगरपालिकामा आकाशे पुल निर्माण कार्य सुरू गर्न अझै केही समय लाग्ने भएको छ।, कामपाले चालू आर्थिक वर्षको सुरूको पहिलो महिना विभिन्न आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण काम थाल्ने बताए पनि हालसम्म सुरू हुनसकेको छैन।, कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले निर्माणका लागि प्राविधिक छलफल भइरहेकाले सुरू...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग बलम्वुले सात जना बिचौलियालाई पक्राउ गरेको छ।, चन्द्रागिरी नगरपालिका वडा नं ५ गर्जुधारास्थित यातायात कार्यालयबाहिर सार्वजिक सडकमा यातायात कार्यालयमा आउने विभिन्न पुरुष तथा महिला सेवाग्राहीहरूलाई विभिन्न बहानामा हैरानी दिइ अभद्र व्यवहार हुने गरेको भन्ने विशेष सूचनाको आधारमा सात ...
सेतोपाटी संवाददाता ताप्लेजुङको फुङलिङ नगरपालिका-१० स्थित सिस्नेभीरको दाह्रेढुंगामा एक साता अघि भएको डाइनेष्टिक एयरको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल फेला परेको छ।, अस्थायी प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोलीले मंगलबार घटनास्थलमा गई खोज...
सेतोपाटी संवाददाता सल्यानमा बस दुर्घटना हुँदा २९ यात्रु घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी वीरेन्द्र शाहीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।, उनीहरूलाई सल्यानमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङ हुँदै बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको शाहीले बताए।, काठमाडौंबाट ...
लेखनाथ खतिवडा २५ जना कैदीबन्दीको क्षमता रहेको ङ श्रेणीको  पाँचथर कारागारमा क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी छन्।, क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दीहरू रहेपछि स्वभावैले त्यहाँ धैरै खालका समस्याहरु हुने बताइएको छ।, ५ जना महिलासहित २५ जनाको क्षमता रहेको पाँचथर कारागारमा अहिले १ सय ५३  जना कैदीबन्दी छन्। जसमध्ये एक सय ३६ प...
विजय नेपाल अरनिको राजमार्ग अन्तर्गत पर्ने बन्देउ कुन जिल्लामा पर्छ भन्नेमा अन्यौलता रहेको छ। काभ्रेपलाञ्चोकहुँदै आउने अरनिको राजमार्गको बन्देउबाट राजमार्ग तातोपानीतर्फ लाग्छ भने त्यहीबाट चौताराको लागि अर्को बाटो छुट्छ। त्यहीँबाट प्रस्तावित मध्यपहाडी लोकमार्ग पनि जान्छ।, बन्देउको सार्वजनिक जग्गामा धेरै स्थानीयले अस्थाय...
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगर-१० बेलघारीमा करिब दुई सय घरधुरीको मुस्लिम बस्ती छ।, यो बस्तीमा थुप्रै यूवा छन्।, तीमध्ये इदमा बिबीका दुई छोरा र एक छोरी एक बुहारी पनि छन्।, उनकी छोरीको पढाइ निकै राम्रो थियो। छोरीको चाहना थियो- धेरै पढ्छु र राम्रो जागिर खान्छु।, उनी पढाइ पूरा गरिन् तर जागिर खान भने पाइनन्। किनकी उनी...
सेतोपाटी संवाददाता यस वर्षको प्रि–मनसुन सुरू भएको छ।, मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशको पहाडी भूभागको मौसम लगातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपरान्ह तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने वरिष्ठ मौसमविद् मीनकुमा...
सेतोपाटी नेपालगञ्जमा ३५ लाख नेपाली रुपैयाँसहित घुम्दै गरेका दुई भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।, नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ स्थित पासाङल्हामुमार्गबाट जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले सो रकमसहित भारतका ३० वर्षीय रवीसचन्द्र पाण्डे र जमुनाह छोटी भन्सार निवासी बालक छोटु तिवारीलाई नियन्त्रणमा ...
विवेक राई तपाईंको बैंक खातामा पैसा छ भने ठाउँठाउँमा राखिएका एटिएममा कार्ड घुसाएर पैसा निकाल्नु सक्नुहुन्छ। नेपालका दुई दर्जनभन्दा बढी वाणिज्य बैंक र चार दर्जन बढी विकास बैंकले ग्राहकको सुविधाका लागि शहरदेखि गाउँसम्म एटिएम मेसिन राखिदिएका छन्।, तर एटिएमबाट पैसामात्र झर्छ भन्ने सोच्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ। किनकि...
सेतोपाटी संवाददाता रोल्पाको गंगादेवी गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ।, रोल्पाका प्रहरी प्रमुख एवं डिएसपी दिपक खड्काका अनुसार गाउँपालिकाको वडा नं. ४ अन्तरगत ग्वालेखोलामा पार्किङ गरिराखेको भे १ ज २७८५ नम्बरको बोलेरो जीपमा अज्ञात समूहले आगजनी गरेको थियो।, अध्यक्ष खत्री त्यहाँ स्थ...
सेतोपाटी संवाददाता प्रहरीको गोली प्रहारबाट कपिलवस्तुमा एक जना घाइते भएका छन्।, प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका ९ का दुर्गाबहादुर रोका घाइते भएका हुन्। रोका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता हुन्।, शिवराज नगरपालिका वडा नं. ९ तुरुन्तपुरस्थित रोकाको घरमा बिहान ३ बजे छापा मार्न गएको प्रहरी...
खिलानाथ ढकाल विद्यार्थीबाट अवैध तरिकाले रकम असुल गरेको आरोपमा गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई प्रहरीले पक्राउ गरेको छ। , कलेजमा अध्ययनरत १८ जना विद्यार्थीले जाहेरी दिएपछि अनुसन्धान तथा कारबाहीका लागि दुबैलाई कास्की प्रहरीले बुधबार राति पक्राउ गरेको हो...
दिपकजंग शाही सुर्खेतको पूर्वी उपत्यकामा रहेका बस्तीका घर–घरमा धारा पुर्‍याइने भएको छ। गुर्भाकोट नगरपालिकामा पर्ने उक्त उपत्यकाका लागि ‘सुभाघाट सहरी खानेपानी तथा सरसफाइ आयोजना’ निर्माण हुने भएको हो।, आयोजना निर्माणका लागि बुधबार चार पक्षीय सम्झौता भएको छ। एक कार्यक्रमका बीच आयोजना व्यवस्थापन कार्यालय, नगर विकास कोष, गु...
सेतोपाटी संवाददाता सरकारले संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेको छ। , भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेकी हुन्।, नक्सामा सात वटै प्रदेश, त्यसको सीमाना, ७७ वटा जिल...
सेतोपाटी मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आउनुभएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ।, गए राति ११ बजे लागेको आगो सोमबार बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिएका ...
विवेक राई शुक्रबार दिउँसो ललितपुरको युएन पार्क नजिकैको एक घरमा असिम घिमिरे आफ्नी फुपूकी छोरीसँग खेल्दै थिए।, केही बेरअघि बाबु अर्जुन घिमिरेको चितामा आगो झोसेर आएका सात वर्षीय असिमलाई आफ्ना बाबा अब कहिल्यै फर्किँदैनन् भन्ने थाहा छैन।, ‘घरि बाबा मर्नुभएको हो भन्छन्, घरि बाबा कहिले आउनुहुन्छ भन्छन्,’ असिमका एक आफन्तले से...
निशा भण्डारी धार्मिक रूपमा गाँजालाई शिवजीको प्रसाद मानिन्छ। शिवरात्रीमा बाबा तथा जोगीहरूले गाँजा सेवन गर्दै आएका छन्।, शिवरात्री अवसरमा पहिले-पहिले सरकारीस्तरबाटै जोगी र बाबालाई गाँजा दिइन्थ्यो। पोहोरदेखि पशुपति परिसरमा गाँजा निषेध छ। यो बन्देजमा धेरै बाबा-जोगीले असन्तुष्टि जनाएका छन्।, एकातिर धार्मिक दृष्टिकोणले गाँज...
अमृता लम्साल हजुरआमाका कथा, 'त्योबेला नेपालमा गाडी थेनन् के। ठूला र आदर-ओहदामा भएकाहरूसँग मात्र थियो,' उनले भनिन्, 'तपाईंहरूलाई त थाहै नहोला यो कुरा।' , अहिले मान्छे सरावर गाडी भएको देखेर आत्तिन थालिसकेकी मैले सोधेँ, 'तपाईंले चाहिँ कहिले देख्नुभएको त गाडी?', 'त्यस्तै १०/१२ वर्षको भएपछि देखेकी,' काठमाडौंको भित्री सहरमा...
रासस झापामा दुई दिनमा १२ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन्।, झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार राति दुई जना पक्राउ परेलगत्तै आइतबार दिउँसो मेचीनगरबाट थप एक जना पक्राउ परेका छन्।, इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले अर्जुनधारा–९ स्थित गोलधाममा पूर्वबाट पश्चिम आउँद...
रासस महाशिवरात्रीका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। , , पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।, बिहानैदेखि लाखौं भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसेका छन्। आज पशुपति मूल मन्...
सेतोपाटी संवाददाता ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण सुरू भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत् रानीपोखरीको पुनर्निर्माण सुरू गरेको हो।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रा...
सेतोपाटी संवाददाता नेपाली सेनाको प्यारासुटबाट खसेर एक सैनिक घाइते भएका छन्।, सैनिक दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा ‘प्याराजम्प’ गर्ने क्रममा सेनाका हवल्दार पूर्णबहादुर भण्डारी घाइते भएका हुन्।, प्यारासुटमा प्राविधिक गडबडी आएकोले दुर्घटना भएको बताइएको छ।, घाइते भण्डारीको वीर अस्पतालमा उपचार भइरहेको छ। भण्डा...
नारायण महर्जन नेपाली सेनाले विगत वर्षहरू झैं यसपटक पनि सेना दिवस मनाएको छ।, नेपाली सेनाले महाशिवरात्री पर्वको अवसर पारेर मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्रीहरूलगायतका विशिष्ट व्यक्...
सेतोपाटी संवाददाता फागुन सकिन लागिसक्यो तर नेपालबाट चिसो हट्न छाँटकाँट देखिएको छैन।, गत बिहीबार काठमाडौं आसपासका डाँडाकाँडा हिउँले छोपिए, भक्तपुरका दुवाकोट, चाँगुनारायणमा घरको आँगनमै हिउँ जम्यो।, शुक्रबार उपत्यकाको तापक्रम २ डिग्रीमा झर्‍यो।, शनिबारदेखि फेरि पश्चिमी वायु सक्रिय भएको छ। आइतबार बिहान त पानी नै  पर्‍यो।,...
सेतोपाटी संवाददाता कास्कीको मादी गाउँपालिका छाचोकको जंगलको एक रूखमा रसियन प्याराग्लाइडर अल्झिएका छन्।, पोखरा महानगरपालिका १८ सराङकोटबाट उडेका रसियन पाइलट मादी गाउँपालिकाको जंगलको अग्लो रूखमा अल्झिएको मादी गाउँ पालिका वडा नम्बर ७ का अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए। विदेशी प्याराग्लाइडर ६३ वर्षीय रुसी इलगिज यागुदिन ...
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित विशेष समारोहमा सरिक भएकी छन्।, सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नाका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण ...
रासस ललितपुर महानगरपालिकाले स्थानीयवासी र स्थानीय संघ संस्थासँगको सहकार्यमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ। , , महानगरभित्र अति आवश्यक स्थानमा शौचालय नभएपछि स्थानीयवासीलाई सहभागी गराएर वडापिच्छे शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाले जनाएको छ।, महानगरमा शौचालय अपर्याप्त रहेको र भएका पनि फोहर रहेको महानगरपाल...
रासस प्रहरीले गत पुस १६ गते विराटनगरबाट बीपी राजमार्ग हुँदै बनेपा आउँदै गरेको गाडीमा ‘नाइट्राभेट–१०’ नामक प्रतिबन्धित लागुऔषधिसहित दुई जनालाई पक्राउ गर्‍यो। , , तराई क्षेत्रबाट बीपी राजमार्ग हुँदै आउने क्रममा काभ्रेपलाञ्चोक प्रहरीले नमोबुद्ध नगरपालिका–७ मङ्गलटारमा गाडी खानतलासी गर्दा सुनसरी गढी गाउँपालिका–३ छिटाहाका २...
सेतोपाटी संवाददाता काठमाडौंको मुख्य नाका नागढुंगामा नियमित चेक जाँचको क्रममा प्रहरीले २ किलो लागुऔषध चरेशसहित एक महिला पक्राउ गरेको छ।, महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काको नेतृत्वको टोलीले चेक जाँचको क्रममा लागुऔषध चरेशसहित ती महिलालाई पक्राउ गरेको हो।, महानगरीय प्रहरी प...
सेतोपाटी संवाददाता राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा मंगलबार देशभरका सामुदायिक विद्यालयहरूको पठनपाठन बन्द गर्ने घोषणा गरेका छन्।, स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै उनीहरूले आज काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्...
सेतोपाटी संवाददाता प्रहरीले नेपाल कम्युनिष्ट पार्टी रोल्पाका दुई जनालाई पक्राउ गरेको छ।, सोमबार बिहान प्रहरीले पार्टीका जिल्ला कमिटी सदस्य तथा दलित राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय सदस्य टिकाराम परियार, पार्टीका जिल्ला कमिटी सदस्य तथा दलित राष्ट्रिय मुक्तिमोर्चा रोल्पाका पूर्व अध्यक्ष लालबहादुर सुनारलाई पक्राउ गरेको...
रासस नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आउँदो वैशाख ४ गते भू-उपग्रह प्रक्षेपण गर्ने भएको छ।, जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो। यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी वैशाखमा प्रक्षेपणको तयारी गर्ने...
सेतोपाटी कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् ।, ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन ।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्ण...
सेतोपाटी संवाददाता नेपाली सेनामा पहिलो पटक प्रतिस्पर्धाबाट सेना प्रमुख सुवेदार पदको छनौट गरिएको छ।, मुलुकभरका गण र गुल्मका सुवेदारमध्येबाट प्रतिस्पर्धाका आधारमा जुम्लामा रहेको २४ नम्बर बाहिनी अड्डाका सुवेदार मनोजकुमार चौधरी उक्त पदमा छनोट भएको सैनिक प्रवक्ता यामप्रसाद ढकालले सेतोपाटीलाई बताए।, देशभरबाट छानिएर केन्द्रम...
सेतोपाटी पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडकखण्डमा मोटरसाइकल एकापसमा जुध्दा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।, गए राति करीब ८ बजे कृष्ण मन्दिर चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे३प १८३२ नंको मोटरसाइकल र पश्चिमबाट पूर्व आउँदै गरेको को३प ७७०० नंको मोटरसाइकल एकआपसमा जुधेका थिए।, दु...
गिरीश गिरी गाउँमै मायाप्रिती बसेका केटा र केटी। युवक पढ्न सहर जान्छ। धोका दिन्छ। , उता, गाउँकी प्रेमिका विरहमा खोलाछेउ एक्लै गाइरहेकी हुन्छे-, ‘फूलको थुँगा बहेर गयो, गंगाको पानीमा,कहिले भेट होला हे राजै, यो जिन्दगानीमा’, नेपाली चलचित्रको प्रथम चरण अर्थात् ‘ब्ल्याक एन्ड ह्वाइट’ युगको सिनेमा हो, 'मनको बाँध'। , राष्ट्रकव...
रासस तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ। , , आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो। कार्कीको बिहान ६:१५ बजे काठले बनेको दुईतले घरमा आगलागी हुँदा छोरी सम्झनाको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना...
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरी गाउँस्थित गौरी तालको बीचमा साढे ५५ लाखको लागतमा शिवको मन्दिर निर्माण गरिएको छ।, नवनिर्मित शिव मन्दिरको सोमबार ५ नं. प्रदेशका सांसद तथा लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका हुन्। , गौरी ताल जिल्लाको सबभन्दा ठूलो प्राकृतिक ताल हो। जसको कूल क्षे...
भूपेन्द्रसिंह विष्ट बैतडीकी १६ वर्षीया एक युवतीलाई आमाको अनुहार कस्तो थियो थाहा छैन। उनका बुबा उनकी आमासँग बिहे हुनुभन्दा पहिलेदेखि नै रोजगारीको सिलसिलामा भारतमा थिए।, बुबाले काम गर्ने क्रम मै भारतीय मूलकी महिलासँग बिहे गरे। भारतमै पहिलो सन्तानको रुपमा रिजा (नाम परिवर्तन) जन्मिइन्। आमाको अनुहार समेत चिन्न नपाउँदै आमाल...
सेतोपाटी संवाददाता ३६ किलोमिटर लामो मुग्लिन-नारायणगढ सडकखण्ड अहिले सरर सञ्चालनमा छ। भारतसँगको नाका जोड्ने यो नेपालको लाइफलाइन सडक हो।, विश्व बैंकको २ अर्ब ९० करोड ऋणबाट यसको अहिले स्तरोन्नती भएको छ। तर पुल निर्माण भने अझै भएको छ। सडक खण्डमा १८ वटा पुल निर्माण हुन बाँकी छ। केही पुलमात्र निर्माणको चरणमा छन्। त्यसो त सडक...
सेतोपाटी संवाददाता नेपाली सेनाले फागुन १५ यता हतियारहरु प्रदर्शनमा राखेको छ। काठमाडौंको भद्रकालीमा नेपाली सेनाले आयोजना गरेको बृहत प्रदर्शनी शनिबार सकिदैँछ।, नेपालले अंग्रेज युद्धमा लुटेका हतियार र खम्पा विद्रोहीसँग लुटेका अमेरिकी हतियार समेत प्रदर्शनीमा छन्। वृहत् प्रदर्शनीमा सैनिक व्याण्ड, घोडचढी, जंगल तथा पहाडी युद...
भगवती पाण्डे रूपन्देहीमा पछिल्ला वर्षमा सुनचाँदी पसल चोरी हुने क्रम बढेको छ। व्यस्त बजारभित्रै रहेका पसलहरुमा चोरी हुने क्रम बढे पनि त्यसमा संलग्नहरु भने पक्राउ पर्दैनन्। यसले व्यवसायीहरु सशंकित हुँदै गएका छन्।, शुक्रबार बिहान पौने ६ बजे भैरहवास्थित बैंकरोडमा रहेको विके ज्वेलर्समा चोरी भयो। समूहमा आएकामध्ये २ जना युवा...
सेतोपाटी संवाददाता दार्चुला सदरमुकाम खलंगाबाट हिकिला जाँदै गरेको जीप शुक्रबार राति करिब ८ बजे महाकाली नदीमा खस्दा कम्तीमा ८ जनाको मृत्यु भएको छ।, दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा म१ज २८० नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।, प्रहरीका अनुसार अहिलेसम्म ८ ...
सेतोपाटी दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी मृत्यु हुने संख्या ११ पुगेको छ ।, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन ।, सदरमुकाम खलङ्गाबाट ...
खिलानाथ ढकाल हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव नचिनिने अवस्थामा संकलन गरिएको थियो।, सुकेटार विमानस्थलबाट बिहीबार बिहान काठमाडौं ल्याइएका शव त्रिवि शिक्षण अस्पतालको ‘फरेन्सिक ल्याब’ मा परीक्षण गरी सनाखत गरिएको हो।, यसको निम्ति फरेन्सिक विभाग प्रमुख डा. रिजन श्रेष्ठ नेतृ...
शोभा शर्मा ललितपुर जिल्ला अदालतले गोदामचौर बलात्कार काण्डमा तीन जनालाई दोषी ठहर गरेको छ।, ललितपुर गोदावरी १ गोदामचौरकी २२ वर्षीया सुस्मीता (नाम परिवर्तन)लाई सामुहिक बलात्कार गरेको भन्दै जिल्ला न्यायाधीश धनसिंह महराको एकल इजलासले शुक्रबार गोदामचौरकै रघु सिलवाल, पवन कुँवर र विशालध्वज कार्कीलाई जनही १० वर्षको कैद सजाय सु...
सेतोपाटी संवाददाता दार्चुला तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जिप दुर्घटनाका सबैको सनाखत भएको छ। , , सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म१ज २८० नंको जिप दुर्घटनामा परी ११ को मृत्यु भएको थियो भने एक घाइते भएका थिए। दुर्घटनामा ११ को घटनास्थलमै मृत्यु भएको थियो।...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले दार्चुलाको राताकाठामा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी निधन भएकाहरूलाई श्रद्धाञ्जली दिएका छन्।, जीप दुर्घटना हुँदा एक जना बालिकासहित ११ जनाको निधन भएको थियो। घाइते जीप चालकको शीघ्र स्वास्थ्य लाभको कामना गरेका प्रधानमन्त्रीले दुर्घटनामा निधन भएकाहरूको परिवारजन र आफ...