content
stringlengths
20
64.1k
रवीन्द्र शाही आङछिरिङ शेर्पाका बारेमा एउटा भनाइ छ- नेपाल घुम्न आउने कुनै पनि विदेशी पर्यटक उनलाई पैसा नतिरी फर्केर जान पाउँदैनन्।, पर्यटन क्षेत्रमा झन्डै ३० वर्ष लामो अनुभवबाट आङछिरिङले आर्जेको प्रतिष्ठा र साम्राज्य यही हो।, कुनै समय सोलुखुम्बुको पाङ्बोचेमा पर्यटकका भारी बोकेका र भान्से काम गरेका आङछिरिङको सफलताको कथा...
सेतोपाटी संवाददाता पाल्पाको उपल्लो सिद्धबाबा मन्दिर विकास समितिले धार्मिक पर्यटक तथा मन्दिर दर्शन गर्न जाने भक्तजनका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ।, गत वर्षको महाशिवरात्री पूजामा मन्दिरमा संकलित भेटीबाट बचत भएको रकम र अरु स्रोत गरी साढे २९ लाख रुपैयाँमा समितिले एउटा नयाँ बस खरिद गरी शनिबार विधिपूर्वक पूजा गरी ...
सेतोपाटी संवाददाता पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ। , तीन साता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय अधिकारीको शनिवार राति मृत्यु भएको अस्पतालले जनाएको छ।, आज राती ९:४५ बजेबाट पूर्व उपप्रधान मन्त्री एवं हाम्रो पार्टी नेकपाका नेता श्री भरतमोहन अधिकारी हामी बीच भौतिक रूपमा ...
सेतोपाटी संवाददाता तनहुँको व्यास नगरपालिका ४ बुल्दीपुलस्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।, डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ६ च २१०२ नम्बरको कार र बुर्तिबाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख २८४४ नम्बरको बस ठक्कर खाँदा कारमा सवार दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुन...
सेतोपाटी संवाददाता कास्की माछापुच्छ्रे गाउँपालिका २ च्याङ्लुङ्मा गाँउमा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।, पोखरा महानगरपालिका १६ लामाचौरका २२ वर्षीय मनोज गर्बुजाको मृत्यु भएको प्रदेश ४ प्रहरी कार्यलय पोखराका प्रहरी नायव उपरीक्षक गोविन्द्र पुरीले जानकारी दिए।, झगडामा घाइते भएका त...
निशा भण्डारी महाशिवरात्रीका दिन गाँजा सेवन गर्नू परापूर्वकालदेखि नै चल्दै आएको चलन हो।, पशुपतिनाथ मन्दिरमा शिवरात्री मनाउन भारतबाट आउनेदेखि यहीँका बाबा र जोगीले भगवान शिवको प्रसादका रूपमा गाँजा सेवन गर्दै आएका छन्। शिवरात्रीकै मौका पारेर पशुपति परिसरमा गाँजा सेवन गर्न जानेहरू उत्तिकै छन्। यो वर्ष पनि महाशिवरात्रीका अव...
सेतोपाटी उपचारका क्रममा शनिबार राति दिवङ्गत भएका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको छ ।, अहिले बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जली...
सेतोपाटी दार्चुलाका व्यापारीहरुको यो वर्ष खरीद गरिएको यार्सागुम्बा अझै बिक्री भएको छैन । गत असारदेखि भदौसम्म खरीद गरिएकामध्ये झण्डै दुई क्विन्टल बढी यार्सागुम्बा अझै बिक्री भएको छैन । यार्सागुम्बा बिक्री नहुँदा व्यापारी र सङ्कलक समस्यामा परेका छन् ।, स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रुपमा रहेको यार्सागुम्बा बि...
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले मौसममा सामान्य बदली भई आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ।, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्दै पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने जनाएको छ।, सोमबा...
सागरराज तिमिल्सिना पोखराको सराङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खसेको छ। केही बेर अघि फेवातालमा खसेपछि अहिले उद्दारका लागि सशस्त्र प्रहरीको टोली खटिएको छ। प्याराग्लाइडिङ ११ बजेर १७ मिनेटमा तालको मध्य भागमा खसेको हो। स्लोपाइलट वा टेन्डम हो खुलिनसकेको प्रहरीको भनाई छ। यद्यपी विदेशी नागरिक हुन सक्ने प्रहरीको अन...
सेतोपाटी संवाददाता सर्लाहीमा गोली हानेर एक जना युवकको हत्या भएको छ।, गए राति अज्ञात समूहले गोली हानेर मलंगवा ८ का ३१ वर्षीय मनोज यादवको हत्या गरेका हुन्।, गोली लागेर हत्या भएको अवस्थामा आइतबार बिहान स्थानीय बासिन्दाले यादवको शव मलंगवा ८ शीतभण्डार नजिक देखेपछि प्रहरीलाई खबर गरेका थिए।, प्रहरी उपरीक्षक गणेशचन्द्र भट्टरा...
सागरराज तिमिल्सिना पोखरा महानगरपालिका १८ सराङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ।, आइतबार बिहान ११ बजेर १८ मिनेटमा फेवातालमा खसेका रोमानियाका नागरिक इडिइकेडीको मृत्यु भएको हो। तालमा खसेलगत्तै उनलाई सुरक्षाकर्मीले उद्धार गरी अस्पताल ल्याएका थिए। अस्पतालले उनलाई मृत...
सेतोपाटी संवाददाता पोखराको फेवातालमा आइतबार बिहान पोखरा नर्सिङ क्याम्पसकी एक छात्राको शव भेटिएको छ।, कास्कीको अन्नपूर्ण गाउँपालिका–२ को ढिकुरपोखरी बस्ने १९ वर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको अवस्थामा शव भेटिएको बैदाम कार्यालयका प्रमुख कोमल शाहले जानकारी गराए।, नर्सिङ कलेजमा अध्ययनरत अधिकारी आज बिहानै क्या...
सेतोपाटी संवाददाता भोलि सोमबार महाशिवरात्रिका दिन काठमाडौंको पशुपति मन्दिर आसपास गौशाला, मित्रपार्क क्षेत्रको बाटो प्रयोग नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।, शिवरात्रिका दिन पशुपति मन्दिर आसपासमा भक्तजनको अत्याधिक भीड हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखा, आइतबार एक विज्ञप्ति निकाल...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग नागढुंगा र प्रहरी प्रभाग बलम्वुले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।, राजधानीको चन्द्रागिरीस्थित छुट्टाछुट्टै चेक जाँचको क्रममा प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक ज्ञान बहादुर खड्का र प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शंकर खड्काको नेतृत्वको टोलीले प्रतिबन्धित ल...
नारायण महर्जन पूर्व अर्थमन्त्री एवम् नेकपाका नेता भरतमोहन अधिकारी पार्थिव शरीरलाई उनका तीन छोरीले काँध दिएका छन्। अधिकारीलाई छोरीहरू लुना, लिमा र लिजाले काँधी–काठ गर्दै दागबत्तीसमेत दिएका हुन्।,लामोसमयदेखि अस्वस्थ रहेका अधिकारीको उपचारकै क्रममा शनिबार बेलुका निधन भएको थियो।, अधिकारीको पार्थिव शरीरलाई तीन छोरीको काँध...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पर्सा जिल्लाका दुई जना प्रधानाध्यापकविरूद्ध भ्रष्टाचार मुद्दा लगाएको छ।, छिपहरमाई गाउँपालिकास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रभु गिरी र रेडक्रस प्राथमिक विद्यालय मुडली फूलवरियाका प्रधानाध्यापक अब्बास मियाविरूद्ध अख्तियारले आइतबार विशेष अदाल...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले केही दिन अघि घूस रकमसहित पक्राउ परेका जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातछे श्रेष्ठविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।, सिडिओ कार्यालयमा परेको लेनदेनसम्बन्धी उजुरी मिलाइदिने भन्दै सेवाग्राहीसँग उनले २५ हजार घूस लिएका थिए। अख्तियारले ...
सेतोपाटी खडक नगरपालिका–९ मा आज करेन्ट लागेर ३५ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ । उनका छोरा १२ वर्षीय कृष्ण गम्भीर घाइते भएका छन् ।, वीरेन्द्रको उपचारका क्रममा सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिएका हुन् ।, घाइते कृष्णको सोही अस्पता...
एजेन्सी इजिप्टको कायरोमा बुधबार रेल दुर्घटनापछि आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीले जनाएका छन् ।, राजधानी काएरोस्थित रेल स्टेसननजिकै रेल दुर्घटना भएको छ साथै रेलको इन्धन ट्याङ्की विस्फोट भई आगलागी हुँदा २० जनाको मृत्यु भएको र केही यात्रु आगोले जलेर घाइते भएका कारण मृतक सङ्ख्या थप बढ्न सक्ने काएर...
नारायण महर्जन काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा वर्षा र हिमपात भएको छ। काठमाडौं उपत्यका वरपरका डाँडाकाँडा हिउँले ढाकिएका छन्। भक्तपुरमा सूर्यविनाय, दुवाकोट, बालकोट, साँगा, ललितपुरको लेले र काभ्रेको बनेपा तथा धुलिखेल लगायतका क्षेत्रमा हिउँ परेको छ।, पश्चिमी वायुका कारण वर्षा र हिमपात भएको हो।, पछिल्लो २४ घन्टा...
सेतोपाटी गए रातिदेखिको अविरल वर्षाले त्रिभुवन राजपथको दामन, पालुङ र सिमभञ्ज्याङमा डेढ फिट बाक्लो हिउँ पर्नाले हेटौँडा र काठमाडौँतर्फको यातायात सेवा आज बिहानैबाट अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।, त्यसैगरी हेटौँडा कुलेखानीतर्फ जाने थाखेल सडकखण्डको विभिन्न स्थानमा एक फिट बाक्लो हिउँ पर्नाले हेटौँ...
सेतोपाटी काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा वर्षा र हिमपात भएको छ। काठमाडौं उपत्यकाका भक्तपुरका बालकोट, साँगा, ललितपुरको लेले र काभ्रेको बनेपा तथा धुलिखेल लगायतका क्षेत्रमा हिमपात भएको छ।, पश्चिमी वायुका कारण वर्षा र हिमपात भएको हो।, मौसम विभागले बिहिबार दिउँसोबाट पानी पर्न रोकिने जनाएको छ। त्यसैगरी विभागले भो...
नारायण खड्का दाङमा बुधवार बेलुका भएको पिकअप भ्यान दुर्घटनामा परि २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।, लु १ च ५९१२ नम्वरको पिकअप भ्यान तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बाहिरी सक्राममा  दुर्घटना हुँदा चालक ३५ बर्षीय लालबहादुर रावत र तुलसीपुर १९ बाँसगढी निवासी ५५ बर्षीय अम्मरबहादुर वलीको घटनास्थ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा वर्षा र हिमपात भएको छ।, काठमाडौं उपत्यका वरपरका डाँडा हिउँले ढाकिएका छन्। भक्तपुरमा सूर्यविनायक, दुवाकोट, बालकोट, साँगा, ललितपुरको लेले र काभ्रेको बनेपा तथा धुलिखेल, काठमाडौंको वरिपरिका पहाडी क्षेत्रमा हिउँ परेको छ।, पश्चिमी वायुका कारण वर्षा र हिमपात भएको ह...
सेतोपाटी संवाददाता अन्तर्राष्ट्रिय गैर सरकारी संस्था वान हार्ट वर्ल्डवाइडले धादिङमा विगत ५ वर्षदेखि सञ्चालन गरेको सुरक्षित मातृत्व सम्बन्धी कार्यक्रम ‘नेटवर्क अफ सेफ्टी’ सम्पन्‍न गरेको छ।, संस्थाले धादिङमा आमा र नवजात शिशुका लागि सुरक्षा सञ्‍जाल ‘नेटवर्क अफ सेफ्टी’ को शुरुवात सन् २०१५ मा गरेको थियो।, गत आइतबार धादिङ ज...
सेतोपाटी संवाददाता ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव संकलन गरिएको छ।, दुर्घटनास्थलबाट संकलन गरिएको शव लिएर ताप्लेजुङको सुकेटार विमानस्थलबाट हेलिकप्टर उडेको छ। संकलित शव लिएर सेनाको हेलिकप्टर काठमाडौं उडेको ताप्लेजुङका प्रमुख  जिल...
सेतोपाटी संवाददाता ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव संकलन गरिएको छ।, दुर्घटनास्थलबाट संकलन गरिएको शव ताप्लेजुङको सुकेटार विमानस्थलमा राखिएको छ।, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले सबै शव संकलन गरिसके पनि प्रतिकूल म...
सेतोपाटी संवाददाता पोखरा महानगरपालिका वडा नम्बर ५ स्थित सूर्यचन्द्र विकास समाजको बुधबार बसेको बैठकले वाटिकाको नाम रवीन्द्र स्मृति वाटिका नामाकरण गर्ने निर्णय गरेको छ।, आकस्मिक बैठकले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पोखरा ५ निवासी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भए...
सेतोपाटी संवाददाता बुटवल लगायत आसपासको क्षेत्रमा बिहिबार बिहान भारी असिना पानी परेको छ। असिना परेपछि बुटवलमा अत्यन्त चिसो बढेको छ।, बिहिबार बिहानै परेको असिनाले बुटवलका सडक, घरका छाना लगायत सेताम्मे भएका छन्।, यस वर्ष जाडोयामभरी खासै जाडो नभएको बुटवलमा बिहिबार बिहानै परेको असिनासहितको पानीले अत्यन्त चिसो बढाएको छ।, अह...
सेतोपाटी संवाददाता पूर्वपश्चिम राजमार्ग अन्तरगत झापाको शिवसताक्षीमा मालबाहक बलेरो पिकअप जिपको ठक्करबाट वुधबार राति एक जनाको ज्यान गएको छ।, ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कैलाश राईले दिएको जानकारी अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ११ बस्ने ४७ वर्षीय दीपक राईको मृत्यु भएको हो।, पूर्वबाट पश्चिम जाँदै...
रवीन्द्र शाही आङछिरिङ शेर्पाको परिवारकै साइनो हिमालसँग जोडिएको छ।, उनको सपना थियो- नेपालका हिमाली भेगमा समेत धेरैभन्दा धेरै ठाउँमा विमानस्थल खोल्ने र सबैभन्दा बढी जहाज यति एयरलाइन्सका बनाउने।, त्यही सपना पछ्याउँदै बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसँगै ताप्लेजुङको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन...
सेतोपाटी संवाददाता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसँगै चुहान डाँडामा जान नपाएका दुई जना भाग्यले बाँचेका छन्। उनीहरू हुन्, सांसद विजय सुब्बा र  मन्त्री अधिकारीकै मन्त्रालयका उपसचिव दीपक थापा।, चुहान डाँडामा एयरपोर्टका बनाइपाउँ भन्दै  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिन ...
सेतोपाटी संवाददाता ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जली दिनको लागि टुँडिखेलमा तयारी गरिएको छ।, श्रद्धाञ्जली दिनको लागि अहिले टुँडिखेलमा सर्वसाधारणको घुइँचो लागको छ।, बुधबार मौसम प्रतिकूलका कारण शव काठमाडौं ल्याउन सकिएको थ...
रवीन्द्र शाही संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाको ज्यान जाने गरी ताप्लेजुङमा दुर्घटनामा परेको हेलिकप्टरले क्षमताभन्दा धेरै मानिस बोकेको भन्दै आलोचना भएको छ।, खराब मौसमसमा ‘ओभरलोड’ का कारण हेलिकप्टर डाँडामा ठोकिएको अनुमान पनि धेरैले गरेका छन्।, सो हेलिकप्टरले आफ्नो क्षमता भन्दा धे...
नारायण महर्जन ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव परीक्षणका लागि शिक्षण अस्पताल पुर्‍याइएको छ।, सेनाको हेलिकप्टरमार्फत बिहिबार दिउँसो काठमाडौं ल्याइएका शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमको काम सुरू भएको हो।, सबै शव पोष्टमार्टमका लागि १० देखि १५ घण्...
रासस नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आज अपराह्न ३ बजे आगलागी भएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो। स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३:३५ मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।, आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन। ,  , नारायण...
खिलानाथ ढकाल १५ गते बुधबार, १ बजे। प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापा राप्रपाको मेची–महाकाली अभियानको कार्यक्रमको सुरक्षा बन्दोबस्त गरेर जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ पुगेका थिए– प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीलाई भेट्न।, पूर्वउपप्रधानमन्त्री कमल थापा प्रमुख अतिथि रहेको कार्यक्रममा थुप्रै सवारीसाधन थिए। अभियान...
सेतोपाटी संवाददाता ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव परीक्षणका लागि समय लाग्ने भएपछि आजै टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम भोलिका लागि सरेको छ।, सेनाको हेलिकप्टरमार्फत बिहिबार दिउँसो काठमाडौं ल्याइएका शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्ट...
हिक्मत बहादुर नेपाली सलल बगेको भेरी नदीको आवाजले एकछिन अडिन बाध्य बनाउँछ।, नदी किनारको बालुवामा खेल्दै गरेका र सरसफाइमा व्यस्त भएका बालबालिकाको झुण्डले एकपटक त्यो दृश्य नहेरी फर्कनै सकिँदैन। झुण्ड झुण्ड अरु बालबालिका कोही बालुवामा चित्र बनाउँदैछन्, कोही हात समातेर खेल्दैछन्। कोही सरसफाइमा व्यस्त। बालबालिका र तिनका अभि...
सेतोपाटी चालू आर्थिक वर्ष २०७५/७६ को माघ मसान्तसम्ममा स्याङ्जा जिल्लामा १५ जबर्जस्ती करणीका उजुरी दर्ता भएका छन् ।, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार विभिन्न समयमा बालिका तथा किशोरीलाई जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योगमा संलग्न रहेकाप्रति प्रहरीमा उजुरी प...
सागरराज तिमिल्सिना हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टी शुक्रबार पोखरामा हुँदैछ। बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री अधिकारीको अन्त्येष्टी शुक्रबार गृह जिल्ला कास्कीको पोखरास्थित रामघाटमा गरिने तयारी भएको छ।, अध...
नारायण महर्जन ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जली दिन टुँडिखेलमा सर्वसाधारणको घुइँचो लागेको छ।, त्रिवि शिक्षण अस्पतालबाट शव ल्याइएपछि श्रद्धाञ्जलिको कार्यक्रम शुरु भएको थियो। श्रद्धाञ्जलि दिन मृतकका परिवार, आ...
सेतोपाटी संवाददाता भारत-पाकिस्तानबीच द्वन्द चर्किएपछि पाकिस्तानको आकास हुँदै कुनै पनि यात्रुवाहक अन्तर्राष्ट्रिय विमान उडेका छैनन्।, बुधबार पाकिस्तानी वायुसेनाले भारतीय वायुसेनाको जहाज खसालेदेखि नै पाकिस्तानको आकासमा कुनै पनि यात्रुवाहक जहाज उडेका छैनन्।, भारत पाकिस्तान सीमा वरपरी भारतीय आकासमा पनि जहाजहरू उडेका छैनन्...
रासस भरतपुर महानगरपालिका–११ बसेनीकी १५ वर्षकी आर्मिन्ता देवकोटा बाबुको किरिया बसेकी छन्। छोराले मात्रै बुबाआमाको काज–किरिया गर्ने परम्परालाई तोड्दै उनले हिन्दू संस्कारअनुसार आफैं किरिया बसेकी हुन्।, उनका बाबु लक्ष्मण देवकोटाको फागुन ९ गते ३९ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो। गोरखाको पालुङटार घर भई शिक्षक प...
सेतोपाटी संवाददाता हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जली दिन पोखरामा शुक्रबार जनलहर उर्लिएको छ।, काठमाडौंबाट नेपाली सेनाको जहाजबाट अन्तिम श्रद्धाञ्जलि एवम् अन्त्येष्टिका लागि शव पोखरा ल्याइएको हो।, शव ल्याउने भएपछि उनका आफन्तजन, पार्टीका नेता तथा ...
जमुना वर्षा शर्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको अकल्पनीय निधनमा पोखराका पर्यटन व्यवसायीले दुःख व्यक्त गरेका छन्।, विसं २०७४ को सङ्घीय संसदमा कास्की क्षेत्र नं २ बाट निर्वाचित अधिकारी लगातार तेस्रो पटक निर्वाचित भएर मन्त्री बनेका थिए। गण्डकी प्रदेशको राजधानी र पर्यटकीय नगरी पोखराका ...
नारायण अधिकारी पछिल्लो एक महिनाको अवधिमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आफैं भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई ६ पटक टेलिफोन गरे।, मन्त्री अधिकारीको सपना थियो भरतपुर विमानस्थल जसरी पनि विस्तार गर्ने र ठूला विमानसहित रात्रिकालीन उडान भर्ने तर सो सपना पूरा हुन नपाउँदै बुधबार उनको स्वर्...
लक्ष्मण देवकोटा संयुक्त राष्ट्रसंघको मानव अधिकार सुरक्षा परिषदको ४० औं बैठकमा सहभागी हुन जेनेभा आइपुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणकालीन मुद्दाको टुंगो छिटै लगाउन सरकारले काम गरिरहेको बताएका छन्।, सरकारले किन संक्रमणकालिन मुद्दाहरुलाई बेवास्ता गरेको छ भन्ने सेतोपाटीको प्रश्नमा मन्त्री ज्ञवालीले, संक्रमण...
सेतोपाटी संवाददाता कैलाली विद्या निकेतन धनगढीले २२ औं वार्षिकोत्सवका अवसरमा विद्यालय महोत्सव मनाएको छ।, विद्यालयका अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षिका, शुभचिन्तकका बीचमा विद्यालय महोत्सव अन्तर्गत विद्यार्थीले निर्माण गरेका विज्ञान सम्बन्धी २३ वटा मोडलको प्रदर्शनी, कक्षा ६, ७ र ८ का विद्यार्थीद्धारा पाठ्यक्रम अन्तर्ग...
नारायण खड्का फागुन ११ गते शनिबार दाङको दंगिशरण गाउँपालिका वडा नं. ५ स्थित बागरखोलामा सवारी दुर्घटनाबाट मृत्यु भएका प्रदेश सांसद उत्तरकुमार वलीको चिता जल्दै गर्दा त्यही भीडमा आँसु लुकाएर सुक्क सुक्क गर्दै गरेका एक युवा देखिए।  , अल्पआयुमै एक जना निर्वाचित प्रदेशसभा सदस्यको मृत्युको शोकमा सयौं मानिस भावुक भइरहेका थिए। ...
सेतोपाटी संवाददाता राजधानी काठमाडौंभित्रै सुँगुरको खानाका लागि प्रयोग हुने अखाद्य खाना घरेलु मदिरा उत्पादनमा प्रयोग भएको पाइएको छ।, महानगरी प्रहरी प्रभाग बलम्वुले चन्द्रागिरी नगरपालिका ८ बाट १२ हजार ४ सय लिटर घरेलु मदिरा बरामद गरेपछि सो तथ्य पुष्टि गरेको हो।, प्रहरीका अनुसार विभिन्न होटल,, ,पार्टी प्यालेसहरूबाट संकलन ...
दिपकजंग शाही शनिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतको नेतृत्वमा जिल्लाको लेकवेशी नगरपालिका–८ लामिडाँडामा करिब ६ बिघा जमिनमा लगाइएका अफिमका बिरुवामा नष्ट गरियो। प्रहरीका अनुसार त्यहाँ करिब १ लाख अफिमका बिरुवा थिए। गाउँमा अफिम खेती गरिएको भन्ने सूचनाका आधारमा प्रहरी त्यसलाई नष्ट गर्न गएको हो।, प्रहरीले नष्ट गरेको उक्त अफ...
सेतोपाटी संवाददाता सरकरी चिकित्सक संघ, नेपाल (गोदान)ले बुधबारदेखि आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गर्ने घोषणा गरेको छ।, सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी संघले सो कुराको घोषणा गरेको हो।, स्थानीय तह मातहत राख्ने गरी आएको निजामती कर्मचारी ऐन सच्याउन सरकारलाई दबाब दिँदै सरकारी चिकित्सकहरूले विगत १ महिनायता वि...
सेतोपाटी चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट पर्सा वीरगञ्ज महानगरपालिका–१७ का जागिर अन्सारीलाई नियन्त्रित लागुऔषधसहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।, डाईजोपाम १५२ एम्पुल, फेनारगन १५० एम्पुल र नोर्फिन १४८ एम्पुलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ७ ख २८३५ नम्बरको बसलाई चेकजाँच गर...
रासस दुहुँ गाउँपालिका–३ स्थित निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। , , आज बिहान पहिरो खस्दा नौगाड गाउँपालिका–४ सिप्टीका ३९ वर्षीय रघुवीरसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र कठायतले जानकारी दिए।, खलङ्गाबाट व्यास क्षेत्रमा भे...
सेतोपाटी संवाददाता ललितपुरको झम्सिखेलस्थित होटल भिभान्ताबाट ४४ लाख २१ हजार रकमसहित एक भारतीय र २ जना नेपाली पक्राउ परेका छन् ।, भारत सिक्किम घर भएका लाक्पा शेर्पा, हेटौंडाका युवराज गुरुङ र कञ्चनपुरका सुमन भण्डारीलाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका डिएसपी नारायण चिमरियाले जानकारी दिए।, प्रहरीले उनको साथबाट ४८ लाख ...
गिरीश गिरी अमेरिकी विश्वविद्यालयमा तीन दशकदेखि इतिहासका प्राध्यापक गौतमबज्र बज्राचार्यलाई नेपालका महत्वपूर्ण मूर्तिहरू बेवास्ता गरिएको देख्दा तिनको चोरी नभएकामा अनौठो लाग्छ।, ‘काठमाडौं पुरातात्विक अध्ययन अन्वेषणका लागि ठूलो खानी हो,’ नयराज पन्तको गुरुकुलका विद्यार्थी बज्राचार्य हालै हामीसँगको भेटमा भन्दै थिए, ‘विश्वभर...
सेतोपाटी संवाददाता फागुन ११ गते राँगोको आक्रमणमा परी घाइते भएका चन्द्रागिरी नगरपालिकामा कार्यरत नायब सुब्बाको मृत्यु भएको छ।, चन्द्रागिरी नपा ९ मच्छेगाउँस्थित भाग्दै आउँदै गरेको राँगोको आक्रमणमा परी घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो।, मृत्यु हुनेमा काठमाडौं चन्द्रागिरी नगरपालिका ५ महादेवस्थान बस्ने ५२ वर्ष...
प्रशन्न पोखरेल आज लाप्राकमा रमिता छ।, फागुन कृष्ण अष्टमीको साइतमा लाप्राकीहरू बेहुला लिएर जन्ती गएका छन्। बेहुला र बेहुलीको घर एकै गाउँमा छ। लाप्राकीहरू घरबेटी र जन्ती एकैपटक हुँदै छन्।, गाउँलेहरू जन्ती जानु के को रमिता भन्नुहोला!, उनीहरू बेहुली लिन जन्ती गएका होइनन्। स-साना बालबालिकालाई बेहुला-बेहुली त बनाएका छन्, तर...
रासस त्रिभुवन विश्वविद्यालयले २०७४ सालको बिबिएस तेस्रो वर्षको नतिजा प्रकाशन गर्दा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत ६९ विद्यार्थीको उत्तरपुस्तिका नै हराएको भन्दै पुनःपरीक्षा दिनुपर्ने सूचना निकाल्यो। , , परीक्षाको नतिजा सार्वजनिक गर्ने बेलामा पुनःपरीक्षा गराउनुले विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै विद्यार्...
लक्ष्मण देवकोटा संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको बैठकमा बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले हरेक नागरिकको बाँच्न पाउने अधिकारप्रति नेपाल प्रतिबद्ध रहेको जनाउँदै मृत्युदण्ड विरुद्ध नेपालको अडान कायम रहेको बताएका छन्।, मृत्युदण्डले व्यक्तिले गल्ती सच्याएर बाँच्ने सबै सम्भावनाको अन्त्य गरिदिने बताउँदै मन्त्र...
प्रकाश ढुंगाना ललितपुरको नख्खुमा रहेको एनसेलको मुख्यालयलाई लक्षित बम विस्फोट गराएको आरोपमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका एक नेता पक्राउ परेका छन् ।, प्रहरीको विशेष ब्युरो र महानगरीय अपराध महाशाखालको टोलीले कंलकीबाट सुर्य भुजेललाई पक्राउ गरेको छ। महाशाखाका एसपी सोमेन्द्रसिंह राठौंरका अनुसार भुजेल बम विस्फोटका मुख...
खिलानाथ ढकाल डुंगा चालक मोहन आले मगर बिहान ७ बजे नै फेवाताल किनार पुग्छन्। तालबाराही मन्दिरअगाडि उनको ‘डुंगा स्टेसन’ छ।, फेवातालमा यस्ता आधा दर्जनजति ‘स्टेसन’ छन्। उनको स्टेसनमा मात्र झन्डै चार सय डुंगा यात्रुको खोजी गरिरहेका हुन्छन्। चर्को प्रतिस्पर्धाबीच कहिलेकाहीँ त दुई–चार जना यात्रु पाउन पनि हम्मे पर्छ। बेमौसममा...
सेतोपाटी संवाददाता हनुमानढोका दरबारस्थित मल्लकालीन गोप्य मन्दिर 'आगम् छेँ' को पुनर्निर्माण अब स्थानीय समुदायबाटै हुने भएको छ।, पृथ्वीनारायण शाहले मल्ल राजालाई हराएर काठमाडौं जितेपछि आगम् छेँ बन्द भएको थियो। मल्ल राजाहरू र तान्त्रिक विद्या जानेका मल्लवंशीय उत्तराधिकारी मात्र छिर्न पाउने आगम् छेँको नियम शाहवंशीय राजाहरू...
नारायण खड्का प्रहरीले ११ बर्षीया एक बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक युवालाई पक्राउ गरेको छ ।, दाङको घोराही उपमाहानगरपालिका वडा नं. १८ अम्वापुर निवासी ३१ बर्षीय सुनिल थापालाई ११ बर्षीया बालिका जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।, मादक पदार्थ सेवन गरेका अभियुक्त थापाले फागुन १...
सेतोपाटी जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले चरेससहित एक महिलालाई पक्राउ गरेको छ ।, जिल्लाको सिस्ने गाउँपालिका–५ रुमालबाराबाट ८०० ग्राम चरेससहित गाउँपालिका–६ की ५३ वर्षीय विद्या गुरुङलाई पक्राउ गरेको हो ।, गुरुङलाई चरेससहित सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रनाउ खड्काले जानकारी दिए ।, ...
सेतोपाटी पुथा उत्तरगङ्गा गाउँपालिका–१० बाछीगाउँमा कुटपिटबाट एकको मृत्यु भएको छ । बाँके नेपालगञ्जका ४६ वर्षीय दीपक भनिने टक्क रावतको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जानकारी दिएको छ ।, कुटपिट गर्ने दाङ घोराही उपमहानगरपालिका–१९ का २४ वर्षीय शिवराज राना र जाजरकोट नलगाड नगरपालिका–३ का २३ वर्षीय...
रासस चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अन्य दुई घाइते भएका छन्।, पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ शहीदचोक नारायणगढमा मङ्गलबार राति गोरखाबाट भरतपुरतर्फ आउँदै गरेको ग२च ४६०० नंको एम्बुलेन्स शहीदचोकमा घुमाउँदै गरेको ना१ज ७७७३ नंको म्याजिकमा ठक्कर खाँदा दुर्घटना भएको हो । , , ठक्करबाट...
रासस कर्णाली प्रदेशका विभिन्न जिल्लामा कार्यरत १२ प्रहरीलाई पुरस्कृतका लागि सिफारिस गरिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्य गरेको भन्दै नगदसहित पुरस्कृत गर्न सिफारिस गरेको हो।, सिफारिस गरिएकाहरूमा पुस महिनामा उत्कृष्ट काम गर्ने जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव निरीक्षक अवदेश विष्ट क्षेत्री...
सेतोपाटी संवाददाता सरकरी चिकित्सक संघ, नेपाल (गोदान)ले बुधबारदेखि आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन्।, संघले ७२ घण्टाभित्र आफ्नो माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिए पनि सरकारले वेवास्ता गर्दा सेवा बहिष्कार गर्नु परेको  जनाएको छ।, संघले सेवा बहिष्कार गर्दा सरकारी अस्पतालका बिरामीहरू मर्कामा परेका छन्।, स्थानीय तह...
शान्ति तामाङ आधुनिक इञ्जिनियरिङको ज्ञान र साधन नभएका बेला रानीपोखरी बनाउन त्यति दु:ख र कचमच भएन होला, जति पुनर्निर्माणमा भइरहेको छ।, काठमाडौं महानगरपालिकाले यसलाई मल्लकालीन सम्पदाबाट 'स्विमिङ पुल' बनाउन खोजेपछि स्थानीयले विरोध गरे। त्यही विरोधको बलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिम्मेवारी पायो। अहिले प्राधिकरणल...
सेतोपाटी संवाददाता धनुषमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने धनुषाको ढल्केबर चोकमा ना. ६ ख. ९४२९ नम्बरको ट्रकले ना. ४ ख. ४९६ नम्बरको बसमा ठोक्कर दिँदा दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन्।, मृत्यु हुनेमा बसमा सवार भारत विहारको मोतिहार...
सेतोपाटी संवाददाता भारत र पाकिस्तानबीच बुधबार बिहानदेखि कस्मिरमा जारी तनावपछि नेपालका उडान पनि प्रभावित भएका छन्।, भारतीय वायु सेनाका दुईटा जहाज खसेपछि त्यो क्षेत्रमा दुबै देशका विमानस्थलहरू बन्द गरिएका छन्।  , भारत र पाकिस्तानी आकाशमा जहाज उड्न नदिएपछि नेपालबाट पश्चिम उड्ने जहाजको रूट परिवर्तन गरिएको छ।, त्रिभुवन विम...
नारायण खड्का प्युठान जिल्लाको सर्मरानी गाउँपालिका निवासी हिमा कुसुण्डा र सुर्खेत गुर्भाकोट नगरपालिका–५ राजीगाउँ निवासी तेजु कुसुण्डा हाल दाङको लमहीमा बसेर कुसुण्डा भाषाको कक्षा लिइरहेका छन्।, कुसुण्डा भाषाको पढाइ लमही नगरपालिका वडा नं. ६ कुलमोडस्थित ८१ वर्षीया ज्ञानीमैया कुसुण्डाको घरमा केही दिनयता चलिरहेको छ। , लोपोन...
सेतोपाटी संवाददाता काठमाडौं महानगरले आउने शैक्षिक सत्रमा नयाँ निजी स्कुल खोल्न अनुमति नदिने भएको छ। , महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बनेको १३ सदस्यीय महानगर शिक्षा समितिको बैठकले आउने शैक्षिक सत्रमा शैक्षिक गतिविधि सञ्चालनका लागि प्रस्तुत गरिएका प्रस्तावमाथि छलफल गर्दै यो निर्णय गरेको हो।, महानगर प्रवक...
सेतोपाटी संवाददाता रानीपोखरी र सो क्षेत्रका पुरातात्विक संरचनाहरूको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्ने उद्देश्यले रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन गरिएको छ। , राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा पुरातत्व विभागका ...
सेतोपाटी संवाददाता ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी निधन भएका सातमध्ये चार जनाको शव सुकेटार विमानस्थल ल्याइएको छ।, बाक्लो हिमपातपछि तीन जनाको शव निकाल्न नसकिएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए।, ‘डेढ फिटभन्दा बाक्लो हिमपात भयो’, भण्डारीले सेतोपाटीसँग टेलिफोनमा भने, ‘शव निकाल्न सकिएन। अब भोलि मात्र प...
सेतोपाटी संवाददाता कपिलवस्तुको वाणगंगामा एक जना महिलाको हत्या भएको छ।, वाणगंगा नगरपालिका ४ की करिव २६ वर्षिय अनिता पौडेलको गए राति १ बजेतिर हत्या भएको हो।, पौडेलको निधारमा चोट छ। धारिलो हतियार वा गोली हानी हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ।, प्रहरी नायव उपरीक्षक रवी रावलका अनुसार हत्याको कारण खुलेको छैन।, ‘हत्या भ...
सेतोपाटी संवाददाता चन्द्रागिरी नगरपालिकाको मच्छेगाउँ ९ मा राँगोको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। राँगोको आक्रमणबाट शनिबार बिहान स्थानीय ७० वर्षीय मानवीर महर्जनको मृत्यु भएको डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।, ,मर्निङ वाकमा निस्किएका महर्जनलाई राँगोले आक्रमण गरेको थियो। गम्भीर घाइते महर्जनलाई उपचार गर्न कीर...
सेतोपाटी संवाददाता सरकारले नख्खु बम विस्फोटमा परी घाइते भएकाहरूको उपचार खर्च व्यहोर्ने भएको छ।, शनिबार मेडिसिटी अस्पतालमा घाइतेको अवस्था बुझ्न आइजिपी सर्वेन्द्र खनालसँगै पुगेका गृहमन्त्री रामबहादुर थापाले सो कुरा बताएका हुन्।, यसका साथै,उनले घटनाबारे सरकारले छानबिन गर्ने र सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही गर्ने प...
रासस बसुन्धारामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, शनिबार बिहान ७ः१५ बजे महाराजगञ्जबाट नयाँ बसपार्क आउँदै गरेको बा४ख ८४०७ नंको सार्वजनिक यातायात प्रालिले ठक्कर दिँदा बा५५प २९९ नंको मोटरसाइकलमा सवार ३९ वर्षीय प्रदीप न्यौपानेको मृत्यु भएको हो।, लमजुङ सुन्दरबजार नगरपालिका–४ धारापानी घर भई हाल वनस्थली बस्ने घाइते न्य...
सेतोपाटी संवाददाता पोखरा महानगरपालिकाको लेखनाथमा रहेको एनसेलको टावरमा आगजनी भएको छ।, पोखरा २७ चन्द्रकालिका डाँडामा रहेको एनसेलको टावरमा शुक्रबार अज्ञात व्यक्तिले आगजनी गरेको प्रहरीले बताएको छ।, राति करिब साढे १० बजेतिर भएको आगलागीका कारण एनसेलको टावरमा पूर्ण क्षति भएको छ।, टावर डाँडामा रहेकाले दमकल आउँदा आउँदै टावर जल...
सेतोपाटी संवाददाता चितवनको इच्छाकामना गाउँपालिकाकी चिनीमाया प्रजा (चेपाङ) ले ७५ वर्षको उमेरमा नागरिकता पाएकी छन्।, नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय जान नसकेकी प्रजालाई गाउँमै पुगेर नागरिकता दिइएको हो।, जिप्रकाले इच्छाकामना गाउँपालिकाको समन्वयमा गाउँमै घुम्ती शिविर गरेको थियो। सो शिविरमा प्रजालाई नागरिकता बनाएकी ...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका-४ नख्खुस्थित एनसेलको कार्यालय अगाडि बाटोमा शुक्रबार राति करिब ८ बजे विष्फोटन भएको घटनाको अनुसन्धानको क्रममा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूको भने प्रहरीले नाम सार्वजनिक गरेको छैन। , घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।, घटनामा परी गम्भीर घ...
विनोद सापकोटा भारतबाट नेपाल आयातमा पूर्ण रोक लगाइएको पंक्षी तथा पंक्षीजन्य वस्तुको अबैध कारोबार फस्टाएको भन्दै झापाका कुखुरा व्यवसायी आन्दोलित भएका छन्।, व्यवसायीले शनिबार बन्ध निषेधित झापाको सुरुङ्गा बजार परिक्रमा गर्दै नाराबाजीसहित जुलुस निकालेर तस्करविरुद्ध खुलेर सडकमा प्रदर्शन गरे।, व्यवसायीयले भने, ‘यो हाम्रो शान...
सेतोपाटी सामान्यतया एउटा सवस्टेशनको निर्माण सक्न कति समय लाग्ला ? नेपाल विद्युत् प्राधिकरणका अनुसार लगातार काम भयो भने बढीमा डेढ वर्ष । तर प्राधिकरणले नै निर्माण गरेको एक सवस्टेशन सम्पन्न गर्न करीब ११ वर्ष लागेको छ ।, सल्यान जिल्लाको शीतलपाटीमा रहेको ३३-११ किलोभोल्ट क्षमताको सवस्टेशनको निर्माण सम्पन्न गर्न करीब ११ वर्...
सेतोपाटी जुम्लादेखि डोल्पा जोड्ने पक्की पुल वर्षौदेखि अलपत्र अवस्थामा छ । चन्दननाथ नगरपालिका–१ दानसाँघुमा विगत सात वर्षदेखि निर्माण भइरहेको पक्की पुल अलपत्र अवस्थामा छ ।, ६० मिटर लम्बाइ रहेको उक्त पुल विसं २०६८ असार १५ बाट निर्माणकार्य थालनी गरिएको थियो । जुम्ला हुँदै डोल्पा जोड्ने दाँनसाघु पक्की पुलमा केन्द्रीय सरकार...
सेतोपाटी ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुनलागेको हो ।, चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए। उनका अनुसार महान...
सेतोपाटी फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले जागिर पाएका छन् । सुर्खेतको लेकबेँसी नगरपालिकामा बसोबास गरेका राउटेका पाँच युवकले नियुक्तिपत्र बुझेका छन् ।, दैलेखस्थित गैरसरकारी संस्था सोसेक नेपालले शनिबार एक कार्यक्रमका बीच राउटेलाई नियुक्तिपत्र प्रदान गरेको हो ।, राउटे समुदायको संरक्षण गरी उनीहरुलाई काममा जिम्मेव...
प्रकाश ढुंगाना ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गर्दै भएको बम विस्फोटमा एनसेलकै सुरक्षा गार्डको मिलेमतो भेटिएको प्रहरीले दाबी गरेको छ। ,अनुसन्धानका क्रममा एनसेलका सुरक्षा गार्डको चरम लापरवाही र मिलेमतो रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।, 'बम राख्नेसँग एनसेलका सुरक्षा गार्डको साँठगा...
प्रशन्न पोखरेल धेरैजसो मान्छे सपना पूरा गर्न काठमाडौं आउँछन्। कोही विदेश जान, कोही यहीँ काम गर्न, कोही प्रशासनिक झमेला सल्टाउन त कोही उपचार गर्न पनि यहीँ आउँछन्।  , तीन दिनदेखि सप्तरीका ७५ वर्षीय मनभरन सदा पनि बूढो ज्यान ल्याएर काठमाडौं आएका छन्। उनी एक्ला छैनन्, सँगै ल्याएका छन् पाँच छोरा। जसमध्ये ४ जना आफैं हिँड्न स...
सेतोपाटी संवाददाता मोटरसाइकल दुर्घटनाका एक जना घाइतेको उपचारका क्रममा मृत्यु भएको छ।, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ जसपुर निवासी ४२ वर्षीय सन्तोष देवकोटाको आइतबार बिहान १ बजेतिर भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।, गत शुक्रबार बेलुका पौने ८ बजेतिर तुलसीपुर १२ टरिगाउँ ...
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी पुनर्निर्माणको 'मोडल' टुंगो लगाएको छ। यो मोडलअनुसार पोखरीमा पानी निरन्तर भरिराख्न मेलम्ची पाइप लाइनसँग जोड्ने प्रावधान खुला राखिने भएको छ।, प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा बसेको विज्ञसहितको बैठकले पोखरीमा अटुट पानी व्यवस्था ग...
रासस महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली छाप र लागुऔषध कारोबार गर्ने दाजुभाइलाई पक्राउ गरेको छ।, गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी वेशीगाँउस्थित डेरा गरी बस्ने कामपा–७ स्थायी घर भएका ३२ वर्षीय सुजन मगर र २७ वर्षीय सुरेश मगरलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ। , , गोप्य सूचनाको आधारमा प्रहरीले लागुऔषध कारोबारी ...
सेतोपाटी संवाददाता इनारमा खसेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ।, राजधानीको चन्द्रागिरी १४ आदर्श नगर टोल ढुंगेअड्डामा निमार्णाधीन घर नजिकै रहेको बन्दै गरेको नयाँ इनारमा खसेर एक युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी प्रमुख प्रहरी निरीक्षक शकंर खड्काले मृत्यु हुनेमा उ...
रासस शिक्षक पदमा नियुक्ति दिने भन्दै विद्यालय व्यवस्थापन समितिका सदस्यले एक युवकसँग घूस लिएको पाइएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पछिल्लो पटक शिक्षकमा नियुक्ति गरिदिने भन्दै घूस लिएको अभियोगमा विद्यालय व्यवस्थापन समितिका सदस्यलाई पक्राउ गरेको छ। , , उक्त अभियोगमा कपिलवस्तु यशोधरा गाउँपालिका–३ कृष्ण धार्मिक म...
सेतोपाटी संवाददाता देशभर रहेका एक हजार ५३ स्रोतव्यक्तिहरूमध्ये स्थायी शिक्षकबाट नियुक्त स्रोतव्यक्तिहरूको काज फिर्ता र अस्थायी स्रोतव्यक्तिहरूलाई अवकास दिएको भन्दै विद्यालय स्रोतव्यक्ति समाज केन्द्रीय समितिले घोर आपत्ति जनाएको छ।, आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै समितिले सरकारलाई तुरून्त यो निर्णयलाई फिर्...
सेतोपाटी संवाददाता भक्तपुरका एक युवा आफ्नै गाडीमा मृत फेला परेका छन्।  भक्तपुर सूर्यविनायक नपा ८- सिपाडोल बस्ने २६ वर्षिय निकेश भुजु गाडीमा मृत फेला परेका छन्।, गाडी बनाउन भनि घरबाट ४ वर्षे छोरा सहित  बा.५ च ६४२१ नम्वरको निलो मारूती लिएर हिँडेका भुजु शनिबार साँझ मृत फेला परेका हुन्।, गाडी बनाउन बिहान ९ बजे घरबाट हिँडे...