content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी दैलेखको महाबु गाउँपालिका–४ काशीकाँधमा आफ्नै छोरीको हत्या अभियोगमा जिल्ला अदालतले एकलाई जन्मकैदको सजाय फैसला गरेको छ ।, वर्ष २९ की जौकला भनिने शर्मिला बुढाले आठ महीनाअघि विष खुवाई नौ वर्षीया छोरी भावनाको हत्या गरेको ठहर गर्दै अदालतले आज २० वर्ष जन्मकैदको फैसला गरेको हो । न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासबाट ... |
भगवती पाण्डे बुटवलको अमरपथमा रहेको शंकरप्लाजामा आगलागी भएको छ।, आईतबार राति करिब ९ बजे लागेको आगो सवा ११ बजे मात्र नियन्त्रणमा आएको छ।, स्थानीयका अनुसार ५ सय मिटरको दुरिमा रहेको बुटवल उपमहानगरपालिकाको दमकल समयमा पुगे पनि नेपाल विद्युत प्राधिकरणले समयमै बिद्धुतीय लाईन नकाट्दा दमकलले आगो निभाउन समय लागेको थियो।, आगो... |
सेतोपाटी आँगनमा गफ गरेर बसिरहेका बेला पार्किङका लागि आएको गाडीले किचेर गल्छी गाउँपालिका वडा नं ५ सागिनेमा आइतबार राति दुई महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् ।, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले दिएको जानकारी अनुसार बा२०च ६२२१ नंको बोलेरो जिप सडक छेउमा राख्न लाग्... |
शोभा शर्मा ‘विकिनी किलर’को रूपमा परिचित अपराधी चार्ल्स गुरुमुख शोभराजलाई सर्वोच्च अदालतले कैद छुट दिन वा नदिनेबारे छिट्टै निर्णय गर्न सरकारलाई आदेश गरेको छ। , गत कात्तिक १९ गते शोभराजले अधिवक्ता शकुन्तला थापामार्फत् जेष्ठ नागरिकले पाउनु पर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।, उन... |
सेतोपाटी कुष्ठरोग निवारण भइसकेको मानिएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा कुष्ठरोगीको सङ्ख्या बढ्न थालेको छ ।, रोगीको सङ्ख्या बढ्दै जाँदा कुष्ठरोग निवारणमा चुनौती देखिन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसारप्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा कम कुष्ठरोगी फेला परेको अवस... |
सबिना श्रेष्ठ प्रसिद्ध मूर्तिकार माइकलान्जेलो भन्छन्, ‘प्रत्येक ढुंगा मूर्ति हो। त्यसलाई पहिल्याउने काम भने मूर्तिकारको।’, त्यसैले होला सामान्य ढुंगामा पनि मूर्ति देख्छन्, मूर्तिकारहरू। मोरङ, बेलवारीस्थित भाउन्नेमा भइरहेको अन्तर्राष्ट्रिय मूर्ति कार्यशालाले यसैको झल्को दिन्छ।, एक्काइस हेक्टर क्षेत्रफलमा फैलिएको सामुदा... |
रासस ट्राफिक प्रहरीले जथाभावीरूपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारबाही गरेको छ । , , महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारबाही गरेको हो।, महाशाखाले आइतबारमात्र १७१ सवारीसाधनलाई कारबाही गरेको छ। , , ध्वनि प्रदूषणले श्रव... |
सेतोपाटी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफूले अध्ययन गरेको विद्यालयमा स्थापना गरिएको छात्रवृत्ति अक्षयकोषका लागि पाँच लाख सहयोग गरेका छन् ।, रोल्पा सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चले स्थापना गरेको एक करोडको अक्षयकोषका लागि मन्त्री पुनले सो रकम सहयोग गरेका ह... |
सेतोपाटी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० टोटीकी सात वर्षीया बालिका रीतु डगौरालाई विष खुवाएर मारेको आरोपमा मृतकका हजुरबुबा र हजुरआमालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ ।, पक्राउ पर्नेमा ४३ वर्षीया रेशमी डगौरा र ६० वर्षीय भर्थरी डगौरा रहेका छन । मृतककी आमा ज्योति डगौराले किटानी जाहेरी दिएपछि दुवैलाई प्र... |
सेतोपाटी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहामा रहेको अनुपम एजुकेशनल एकेडमीमा बुधबार दिउँसो छिरेकी एक महिलाले तोडफोड गरेकी छिन् ।, छयालीस वर्षीया चम्फा विष्टले विद्यालयको कार्यालय कक्षमा तोडफोड गर्दा चार लाख रूपैयाँ बढीको क्षति भएको छ ।, विद्यालयको कार्यालय कक्षमा राखिएका दुई थान कम्प्युटर, प्रिन्टर, दराज, ल्याप... |
सेतोपाटी बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–७ स्थित मामाघर बस्ने १९ वर्षीय सिनबाज शेख भनिने रबानी मियाँविरुद्ध चलिरहेको जबरजस्ती करणीको मुद्दा जिल्ला अदालतले बुधबार मुल्तबीमा राख्ने फैसला गरेको छ ।, जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले अराोपित विरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको जिल्ल... |
सेतोपाटी महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारवाही गरेको छ ।, महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारवाही गरेको हो ।, प्रहरी प्रधान... |
रासस हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात सुरू भएको छ। गएको कात्तिक १८ गतेबाट हिमपात हुन सुरू भएको हुम्लामा पुस महिनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ।, उत्तरी नाम्खा गाउँपालिका एक महिनादेखि नमस्ते टेलिफोन सेवा अवरूद्ध भएको छ। जिल्लामा भारी हिमपातले गर्दा नाम्खा गाउँपालिकामा रहेको... |
सेतोपाटी संवाददाता दाङमा एक जना व्यक्तिको सवारी साधनको ठक्करबाट मृत्यु भएको छ।, शान्तिनगर गाउँपालिका वडा नं. ६ डाँडातिलवारी निवासी ५६ वर्षीय रुपलाल चौधरीको गाडीको ठक्करबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, सिमठाना कोरवान सडक खण्डमा घाइते अवस्थामा फेला परेका चौधरीलाई राति नै उपचारका लागि राप्ती प्रादेशिक अस्पताल त... |
नारायण खड्का विद्यार्थी संख्या ५ हजार ६ सय।, कक्षा १० मा ६ वटा सेक्सन।, एसईइ दिने विद्यार्थीको संख्या ४ सय बढी।, कक्षा ९ मा विद्यार्थी संख्या त्यो भन्दा झनै धेरै। मन्टेश्वरीदेखि कक्षा ५ सम्म ७ सय बढी विद्यार्थी।, ११ र १२ कक्षामा व्यवस्थापन र शिक्षामा ४/४ वटा सेक्सन र विज्ञानमा ६ वटा सेक्सन। विद्यार्थी संख्या २ हजार ५ ... |
सेतोपाटी संवाददाता सप्तरीको मौली खोला किनारमा जंगली हात्तीको आक्रमणबाट बिहीबार दिउँसो एक महिला गम्भीर घाइते भएकी छन्।, अग्नी सायर कृष्णा सवरन गाउँपालिका वडा नम्बर १ स्थीत मौली खोलाको देउराली भन्ने ठाँउमा हात्तीको आक्रमणबाट गम्भीर घाइते एक महिलालाई फेला पारेको स्थानीयबासी दुर्गाप्रसाद भट्टराईले जानकारी दिए।, मुर्छित अव... |
खिलानाथ ढकाल वैदेशिक रोजगारीका लागि प्रतिबन्धित देश इराकमा भारत–म्यानमार हुँदै मानव तस्करी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। यो बाटो भएर हिँडिरहेका झन्डै दुई सय नेपाली मणिपुरबाट फर्काइएका छन्। , इराक लैजान लागिएका १७९ जना नेपालीलाई सरकारले भारतको मणिपुरबाट नेपाल फर्काएपछि मानव तस्करीको नयाँ गन्तव्य पहिचान भएको हो। य... |
दिपकजंग शाही जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का रमेश नेपाली ११ वर्षको उमेरदेखि नै मजदूरीका लागि भारत जाने गरेका छन्। उनी वर्षमा एक सिजन अनिवार्य भारत जान्छन्, त्यहाँ कमाएको रकमले थपथाप गरी परिवारको खर्च टर्छ। उनी अहिले १६ वर्षका भए। यस अवधिमा उनी ६ पटक मजदूरी गर्न भारत गैसकेका छन्। गरिब परिवारका रमेश भारत नगई परिवारक... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले सत्यमोहन जोशीको जन्म शताब्दीका अवसरमा १७ वटा कार्यक्रम गर्ने भएको छ।, जन्म शताब्दी महोत्सवको रुपमा महानगरभित्रको उपयुक्त स्थानमा प्रतिमासहित जोशीको नाममा पार्क निर्माण गरिनेछ। महानगरपालिकाका अनुसार कुनै एक बाटोलाई पनि जोशीको नाममा नामाकरण गरिनेछ।, यस्तै, वाङमय शताब्दी पुरुष सत... |
सबिना श्रेष्ठ रोम्बस सेकेन्डरी स्कुलमा बुधबार छुट्टी थियो। स्कुलका केही विद्यार्थी कमलपोखरीनजिकै खेलिरहेका थिए।, ‘के खेलिरहेको?’ पिङमा झैं मच्चिरहेकी सञ्जिता तामाङलाई सोधेँ।, ‘कहाँ खेल्नु?’ उनले भनिन्, ‘देख्नुभएन, खुट्टाको व्यायाम गरेको नि।’, यतिबेला भक्तपुर डुल्दै हुनुहुन्छ भने तपाईं रोम्बस स्कुलका विद्यार्थीझैं ठाउँ... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहका सेनापति काजी कालु पाँडेको पूर्णकदको शालिक अनावरण गरेका छन्।, काठमाडौंको दक्षिण पश्चिममा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्त्वको क्षेत्र दहचोक ईन्द्र दह ,कालुपाँडे समाधिस्थलमा तेस्रो ईन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीले काजी ... |
सेतोपाटी संवाददाता एक समय चर्चित भएर हाल ओझेल परेकी सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीको यही फागुन ११ गते शनिबार काठमाडौंमा एकल डेउडा गायन हुने भएको छ।, पर्यटनकर्मी युवाको संस्था कन्सेप्ट नेपालले आयोजना गरेको कार्यक्रममा एक दर्जन ठाडी भाकाका गीत र दोहोरी गाइने छ। दोहोरी गीतमा उनलाई संगीतकार पति कित्थ्या बादीले साथ दि... |
सेतोपाटी महानगरीय प्रहरी वृत्त दरबारमार्गले २१ किलोग्राम चरेससहित चार जनालाई पक्राउ गरेको छ ।, वृत्तको टोलीले चरेससहित मकवानपुरका २६ वर्षीय रामकुमार मोक्तान, २५ वर्षीय रमेशकुमार मोक्तान, २५ वर्षीय सुकराम गोले र २४ वर्षीय राजेन्द्र गोलेलाई बिहिबार साँझ पक्राउ गरेको हो ।, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्... |
सेतोपाटी कञ्चनपुरमा नेपाली सेनाले सामाजिक काममा सक्रियता बढाउँदै आएको छ ।, पछिल्लो केही दिनयता नेपाली सेनाको सिंहशार्दूल गुल्म, भगतपुर ब्यारेक यहाँको वेदकोट नगरपालिका– ८ मा रहेको वैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रको पर्खाल निर्माणमा जुटिरहेको छ । चुरेको फेदमा रहेको सेवा केन्द्रमा दुई दर्जन बढी वृद्धवृद्धाले आश्रय ... |
सेतोपाटी संवाददाता केहीदिनअघि आएको पश्चिमी वायुको प्रभावले आज दिनभरि काठमाडौं उपत्यकासहित देशका मध्य क्षेत्रमा बादल लाग्ने भएको छ। केही ठाउँमा वर्षा हुने र केही स्थानमा बदलीमात्र हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, शनिबार र आइतबार राम्ररी घाम लागे पनि सोमबारदेखि फेरि बादल लाग्नेछ।, ‘नेपालतिर आइरहेको पश्चिमी व... |
सेतोपाटी तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीले चार महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।, अस्पतालमा कार्यरत ६० मध्ये करारका ५७ स्वास्थ्यकर्मी र कर्मचारीले असोजिमहीनादेखिको तलब नपाएको गुनासो गरेका हुन् । तीन स्वास्थ्यकर्मी सरकारले काजमा ख... |
रासस अज्ञात समूहले आज बिहान सिरहाको लहानमा विभिन्न राष्ट्रिय पत्रिका जलाएका छन्।, लहानस्थित सीता नोवेल न्यूज सेन्टर अगाडि विक्रीका लागि राखिएको कान्तिपुर दैनिक, द काठमाडौं पोस्ट, साप्ताहिक, हल्लो शुक्रबारलगायतका करिब ४०० प्रति पत्रिका जलाएर खरानी बनाएको हो। , , ‘पसल खोल्न बिहान पुग्दा पत्रिका जलिरहेको थियो’, पसल सञ्चा... |
सेतोपाटी संवाददाता आन्दोलनरत सरकारी चिकित्सकहरूले शुक्रबार देशभरका सबै अस्पतालहरूको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन्।, स्थानीय तह मातहत राख्ने गरी आएको निजामती कर्मचारी ऐन सच्याउन सरकारलाई दबाब दिँदै आएका सरकारी चिकित्सकहरूले शुक्रबार देशभरका सबै अस्पतालहरूको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन्।, उनीहरूले ... |
सेतोपाटी संवाददाता यौन शोषण, बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप लागेका रामबहादुर बमजन सिन्धुलीस्थित आश्रममै रहेको प्रहरीले बताएको छ। उनीमाथि लागेका सबै आरोपबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बमजन सिन्धुलीमै रहेको बताएको हो।, ‘बम्जन भागेको भन्ने हल्ला चलेको छ, त्यो होइन,’ ब्युरोका... |
सेतोपाटी संवाददाता नागरिकताबाट प्रभावित व्यक्तिहरूको सञ्जालले संविधानमा लेखिए अनुसार आमाको नाममात्रै पनि सजिलै नागरिकता लिन पाउने कानुन बनाउन माग गरेको छ। , आमाको नामबाट नागरिकता बनाउन नपाएका झण्डै ३ हजार जनाको सञ्जालले विहिबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि संविधानभन्दा प्रतिगामी कानुन नबनाउन संसदलाई आग्रह गरे।... |
सेतोपाटी संवाददाता भरतपुरको चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तर्र्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ,‘गो फन्ड मी’, मार्फत आर्थिक सहयोग गर्न मिल्ने भएको छ।, फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले एउटा भिडियो सन्देश सार्बजनिक गर्दै देश बिदेशबाट ‘गो फन्ड मी’ मार्फत सहयोग गर्न सकिने बताएका हुन्।, केही महि... |
सेतोपाटी संवाददाता वीर अस्पतालको निर्माणाधीन भवनको सामान बोक्ने लिफ्ट (होइस्ट) चुडिँदा २ जनाको ज्यान गएको छ।, वीरको छेउमै निर्माण भइरहेको ९ तले सर्जिकल भवनको लिफ्ट बिहीबार साँझ चुडिएको थियो। उक्त भवनमा अहिले छैठौं तलाको निर्माण जारी छ।, घटनामा परी दुई मजदुरको ज्यान गएको र एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।... |
सेतोपाटी संवाददाता जिल्ला समन्वय समिति महोत्तरीले अवैध रूपमा सञ्चालनमा रहेका १२ वटा अवैध क्रसर उद्योग बन्द गराएको छ।, अनुगमनका क्रममा ती क्रसर उद्योगको इजाजत नभेटिएपछि समितिले बन्द गराएको हो।, जिल्ला समन्वय समितिको अनुगमन टोलीले भरगंगा नगरपालिका वडा नं. ४ बिर्तामा सञ्चालित महोत्तरी गोल्ड प्रालि, पञ्चधुरा वासिङ सेन्टरल... |
रासस सरकारले राष्ट्रिय परिचय पत्र वितरणका लागि आवश्यकपर्ने रकम आफ्नै स्रोतबाट खर्च गर्ने भएको छ। यसका लागि रु सात अर्ब ५२ करोड लाग्ने राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जनाएको छ। , , विस २०७५/०७६ को बजेट वक्तव्यमा ‘पाँच वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने नीति अनुरूप अगामी वर्ष १५ जिल्लामा क... |
सेतोपाटी संवाददाता रक्सीको विज्ञापन प्रचार गरेको भन्दै फिल्म ‘बुलबुल’ को पोस्टर प्रहरीले हटाएको छ। महानगरीय प्रहरी परिसरले कानुनविपरीत रक्सीको विज्ञापन गरेर पोस्टर टाँसेपछि हटाउन थालेको जनाएको छ।, ‘सार्वजनिक ठाउँमा रक्सीको नाम राखेर पोस्टर टाँस्न र विज्ञापन गर्न कानुनतः बन्देज छ,' परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ह... |
खिलानाथ ढकाल हिजोआज मादक पदार्थ सेवन नियन्त्रणको रात्रिकालीन अभियान (मापसे) निकै सुस्ताएको छ। चोक-चोक र गल्लीमा नाका बनाएर मापसे नियन्त्रणमा खटिने ट्राफिक प्रहरीहरू हिजोआज पहिलेजस्तो सक्रिय देखिँदैनन्।, महानगरीय ट्राफिक महाशाखाको तथ्यांक पनि यही छ, मादक पदार्थ सेवन (मापसे) कारबाही संख्या वर्षेनि घटिरहेको छ। मापसे गरी ... |
नारायण खड्का दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले प्रहरी हवल्दारद्वारा बलात्कृत भएकी भनिएको महिलाको गाउँमा पुगेर सार्वजनिक रूपमा अन्तर्क्रिया गरेका छन्।, सोमबार ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीसहित इप्रका मझघटुवा पुगेर एसपीले स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग सार्वज... |
सेतोपाटी मङ्गलसैन नगरपालिका–१ का हर्क रानाले मदिरा सेवन गरेर घरमा तनाव दिन थालेपछि उनकी श्रीमती साबी रानाले वडा कार्यालयमा उजुरी दिइन् ।, आफ्नै श्रीमतीले उजुरी गरेपछि हर्कले तीन हजार जरिवाना तिर्नुपर्यो । आफूले मदिरा सेवन गरेवापत श्रीमतीकै उजुरीले जरिवाना तिरेर सामाजिक रूपमा लज्जित भएपछि मदिरा सेवन गर्न छाडिदिएको हर्... |
सेतोपाटी विभिन्न प्रयोजनका लागि राजदूतावासले माग्ने औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको छ । यसअघि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला सामाखुसीबाट प्रमाणित हुँदै आएको औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिएका छन्।, अघि... |
सेतोपाटी करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री रहेको स्थानीय दिनेश विष्टले जानकारी दिएका छन् ।, बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युत्को विद्युत्गृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पा... |
निशा भण्डारी माधवनारायण मेला आज सकिएको छ।, भक्तपुरको हनुमानघाटमा हरेक वर्षको पुष शुक्ल पूर्णीमा (श्रीस्वस्थानी पूर्णीमा)देखि सुरू भएको व्रत एक महिनासम्म चलेको थियो।, भक्तपुरको हनुमानघाटका पूजारीका अनुसार साँखुको शालीनदीभन्दा पहिलादेखि नै हनुमन्ते खोलामा भक्तजनहरू स्वस्थानी माधवनारायण को ब्रत बसेर पुज्दै आएका हुन्।, श... |
नेहा झा प्रदेश दुईका डिआइजी हरिबहादुर पालले धनुषामा ९ वर्षीया बालिका दितिया रसाइलीको बलात्कारपछि भएको हत्याबारे अनुसन्धान तीव्र गतिमा भइरहेको बताएका छन्।, बुधबार राति छिमेकको घरमा विवाह हेर्न गएकी धनुषाको मिथिलानगरपालिका वडा नम्बर ३ हरिपुरकी बालिका दितियाको शव बिहिबार बिहान आधा जलेको अवस्थामा स्थानीयले फेला पारेका थिए... |
रासस मानव बेचविखनको जोखिममा परेका १७९ नेपालीलाई उत्तरपूर्वी भारतको मणिपुरबाट उद्धार गरी आज नेपाल ल्याइएको छ। तीमध्ये १४७ महिला र ३२ पुरुष छन्।, माइती नेपाल र नेपाल सरकारको पहलमा मणिपुरको राजधानी इम्फालबाट उद्धार गरी ल्याइएका उनीहरूलाई आजै काठमाडौं लगिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसा... |
सेतोपाटी संवाददाता भारतबाट नेपाल ल्याउँदै गरेको नेपाली र भारतीय लाखौं रुपैयाँसहित सशस्त्र प्रहरी बल नेपाल गुल्म रुपन्देहीले दुई जनालाई पक्राउ गरेको छ।, रुपन्देहीको सिद्धार्थनगर १ डण्डा ईलाकामा खटिएको सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई आइतबार साँझ पक्राउ गरेका हो।, प्रहरीले गुल्मी रुप... |
नारायण खड्का तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले ६ सय ७४ वटा धारा वितरण गरेको छ।, २०७३ सालमा फारम भरेका मध्यबाट मंगलबार मात्रै खानेपानीले ती धारा वितरणको लागि नाम सार्वजनिक गरेको सचिव मनोज लामिछानेले जानकारी दिए। यसअघि तुलसीपुर उपमहानगरपालिकाले फागुन १५ गतेभित्र धारा खोल्न खानेपानीलाई निर्देशन दिएको थियो।, ल... |
सेतोपाटी संवाददाता सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने योजना अघि सारेको छ।, युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेल प्रशिक्षक, कोचलगायतका दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने योजना बनाएको जानकारी दिए।, मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति... |
गिरीश गिरी अघिल्लोपटक नेपाल आएका बेला उनले भनेका थिए–‘गाईजात्रा प्रताप मल्लले चलाएका होइनन्।’, उनी हुन्, अमेरिकाको मेडिसनस्थित विस्कन्सिन विश्वविद्यालयमा ३० वर्ष पढाएका ‘प्रोफेसर एमेरिटस’ गौतमबज्र बज्राचार्य। भारतीय उपमहाद्वीपको प्राचीन कला र इतिहासका विज्ञ।, अमेरिकाकै रुबिन म्यूजियमसँग मिलेर आफैंले लेखेको पुस्तकमाथि ... |
सेतोपाटी संवाददाता काठमाडौंबाट पैदल यात्रामा निस्किएका बुद्धका अनुयायी भिक्षुहरु १८ दिनको पैदल यात्रापछि बुद्धजन्मस्थल लुम्बिनी पुगेका छन्। विश्व शान्तिको कामना गर्दै काठमाडौंबाट पैदल यात्रामा निस्किएका भिक्षुहरु लुम्बिनी पुगेका हुन् ।, विश्वमा शान्तिको कामना गर्दै थाइल्याण्ड, रसिया, भारत र नेपालका गरी ५५ जना भिक्षुको... |
सेतोपाटी बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा मङ्गलबार जिप दुर्घटना हुँदा मर्ने यात्रुको सङ्ख्या चार पुगेको छ ।, ध१ज ७९१ नंको जिप छिस्तीको रापुङ्गभीरमा दुर्घटना हुँदा जनकल्याण माध्यमिक विद्यालयका लेखापाल तुलसी पुन, सोही विद्यालयमा अध्ययनरत छात्रा एलिना पुन, प्रियंका पुन र ज्योति पुनको मृत्यु भएको जैमिनी नगरपालिका–८ छि... |
सेतोपाटी संवाददाता भारतीय दूतावासले प्युठानको मध्य क्षेत्रमा रहेको मुक्ति मा.वि. रातामाटाको विज्ञान भवन निर्माण गरिदिएको छ।, विद्यालयको ६७ औ वार्षिक उत्सवको अबसर पारेर शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेलले मंगलबार एक बिशेष समारोहका बिच भवनको उद्धघाटन गरेका हुन्।, प्रतिमान निमा स्मृति प्रतिष्ठानको पहल... |
नेहा झा धनुषा प्रहरीले ११ वर्षीया बालिकालाई बलात्कार गरी जलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।, गत फागुन २ गते मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा बिहेको भोजमा सहभागी भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरी जलाएको आरोपमा प्रहरीले बटेश्वर ४ बैगाली टोलका २२ वर्षीय निरज जर्घा मगरलाई पक्राउ गरेको हो।, पक्राउ परेका मग... |
सेतोपाटी विभिन्न घटनामा संलग्न २१ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार विभिन्न स्थानमा अपराध तथा घटना घटाई फरार रहेका ती प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा त्यसअन्तर्गतका प्रहरी एकाइबाट परिचालित प्रहरीले पक्राउ गरेको हो ।, चालू आर्थिक व... |
सेतोपाटी इलाम बजारबाट तराई जोड्ने दूर्तमार्ग खुलेको छ । दूर्तमार्ग बनेपछि मेची राजमार्ग हुँदै तराई पुग्ने दूरी ३९ किलोमिटर छोटिएको छ ।, मेची राजमार्गबाट झापाको विर्तामोडको दूरी ८६ किलोमिटर रहेकामा नयाँ सडक खुलेपछि ४७ किलोमिटरमै विर्तामोड पुग्न सकिन्छ । इलाम नगरपालिका–९ को गोलाखर्क भञ्ज्याङ, भाङटार, राकसे हुँदै बेलासे ... |
रासस प्रसिद्ध बागलुङ कालिका भगवतीको मन्दिरमा विवाहका लागि जाँदै हुनुहुन्छ भने ख्याल गर्नुहोस् कानूनले तोकेभन्दा कम उमेरका युवाका लागि यहाँ विवाह गर्ने ठाउँ छैन।, नेपालको कानूनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न बन्देज लगाएपछि बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले पनि कानूनले तोकेभन्दा कम उमेरकालाई विवाहका लागि ... |
खिलानाथ ढकाल तस्करीको ३३ किलो सुन प्रकरणमा सञ्चालक मुछिएपछि दुई महिनाभन्दा बढी बन्द भएर खुलेको बाजेको सेकुवा बिस्तारै तंग्रिन थालेको छ।, खुलेको केही समयसम्म ग्राहकहरूले रेष्टुरेन्टमा आउन अप्ठेरो माने पनि अहिले व्यापार उकालो लागेको अनामनगर शाखाका इन्चार्ज सन्तोष तिमल्सिनाले सेतोपाटीलाई बताए।, ‘अहिले बिस्तारै व्यापार बढ... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले गायक पशुपति शर्माको गीत युट्युबबाट हटाइएको बारे पहिलो पटक प्रतिक्रिया दिएका छन्।, बुधबार बिहान सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले नरूचाएपछि गायक शर्माले नै त्यो गीत युट्युबाट हटाएको दाबी गरे।, ‘हामी नचाहिने कुरामा उत्ताउलो हुन्छौं। एउटाल... |
सेतोपाटी संवाददाता एक किशोरीमाथि बाटोमा हिँडिरहेको बेला यौनदुर्व्यवहार गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका सहायक डिन बौवालाल साहलाई प्रहरीले हिरासतमा लिएको छ।, बुधबार बिहान मामाको ट्रान्सक्रिप्ट निकाल्न त्रिवि पुगेकी एक १६ वर्षीया किशोरीमाथि बलात्कार गर्न खोजेको भन्दै विद्यार्थीहरूले साहमाथि आक्... |
सेतोपाटी संवाददाता वैशाख १२ को भुइँचालोले चार वर्ष पूरा गर्न अब दुई महिना मात्र बाँकी छ। तर यस्तो लाग्छ, भुइँचालोले हामीलाई बिर्सेको छैन।, पछिल्लो एक महिनामै काठमाडौं केन्द्रविन्दु भएर दुईचोटि साना झट्का आए। कम्पन भलै हल्का होस्, हाम्रो मन हल्लाउन पर्याप्त थिए।, गत शनिबार साँझ ८ बजेर ३४ मिनेटमा चार म्याग्निच्युडको भुइ... |
सेतोपाटी संवाददाता ट्याक्सीले रिङरोडभन्दा दुई किलोमिटर बाहिर गएपछि मिटर चलाउनु नपर्ने नियम हटेको छ। अब ट्याक्सी रिङरोडभित्र वा बाहिर जहाँ गए पनि मिटरमै जानु पर्नेछ।, रिङरोडबाहिर भाडा 'बार्गेनिङ' गर्न पाउँदा ट्याक्सी ठगीमा प्रोत्साहन भएकाले नियम हटाइएको महानगरीय ट्राफिक प्रमुख वसन्त पन्तले जानकारी दिए।, 'ठगी नियन्त्रण ... |
सेतोपाटी जुम्लाको तिला कर्णाली र हिमा कर्णाली नदीमा नदीजन्यवस्तु बालुवा गिट्टी अवैधरूपमा उत्खनन र चोरी निकासी हुने गरेको छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले विकास निर्माणका लागि बजेट पुगेन भन्ने गरेका छन् तर आन्तरिक राजश्व सङ्कलनमा चासो दिएको पाइँदैन ।, स्थानीय तहका लागि आन्तरिक राजश्व सङ्कलन गर्न सकिने नदीजन्य ... |
सेतोपाटी संवाददाता सरकारले ३ वर्षभित्र राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने योजना बनाएको छ।, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दिपक काफ्लेले आगामी ३ वर्षभित्र राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने योजना तय गरिएको जानकारी दिए।, उनले मुलुकको सूचना बाह्य मुलुकमा जान नदिने गरी राष्ट्रिय परिचय पत्र सूचना प... |
सेतोपाटी नारायणगढ मुग्लिन सडकखण्डमा निर्माणाधीन चार पुलको ५० प्रतिशत काम सकिएको छ । सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार जलवीरे, मौरी, खानीखोला र दासढुङ्गा पुलको निर्माण धमाधम भइरहेको छ ।, ‘समग्रमा पुल निर्माणको काम ५० प्रतिशत सकिएको छ', खनालले भने, 'जलवीरेमा भने निर्माण प्रगति ३४ प्रतिशत र अन्य पुलको ७० प्रतिशत म... |
सेतोपाटी संवाददाता बोक्सीको आरोपमा सासु कुट्ने बुहारी र बोक्सीको आरोप लगाउने महिला पक्राउ परेका छन्।, शान्तिनगर गाउँपालिका वडा नम्वर ४ पातेटाकुरा निवासी २७ बर्षीया बुहारी शोकमाया बुढामगरले माघ २८ गते दिउँसो आफ्नै सासु सैसरा बुढा मगरलाई बोक्सी भन्दै निर्घात कुटपिट गरेकी थिइन।, दाङ जिल्ला प्रहरी प्रमुख एवम् एसपी बेलबहाद... |
निशा भण्डारी माधवनारायण स्वस्थानीका ब्रतालुहरू शनिबार चाँगुनारायण आइपुगेका छन्।, एक महिने माधवनारायण स्वस्थानीका ब्रतालु विधि एवम् रितले उपत्यकाका अन्य नदी तलाउमा पूजापाठ तथा स्नान गर्छन्।, पौष शुक्ल पूर्णिमादेखि सुरू भएको ब्रत माघ शुक्ल पूर्णिमासम्म लाग्नेछ। माधवनारायणको व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिन हा... |
सेतोपाटी संवाददाता शनिबारदेखि सोमबारसम्म देशभरका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाले जारी गरेको विवरण अनुसार आजदेखि सोमबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रहने देखिन्छ र देशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भेगह... |
सेतोपाटी संवाददाता दाङको श्रीगाउँमा शुक्रबार दिउँसो भएको बस दुर्घटनाका घाइतेमध्ये ३१ जना उपचारपछि डिस्चार्ज भएका छन् भने १६ जनाको भने उपचार भइरहेको छ।, जन्ती बस र यात्रुबाहक बस एक आपसमा ठोक्किँदा ४७ यात्रु घाइते भएका थिए। दंगीशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँमा तुलसीपुरबाट बगालेतर्फ जाँदै गरेको रा १ ख १७७० नम्बरको बस ... |
नेहा झा हिन्दु धर्मावलम्वीको आस्थाको केन्द्रमध्ये जनकपुरधाम पनि एक हो। यहाँ साना केही घटना भए पनि जानकी मन्दिरसँग जोडेर हेर्ने गरिन्छ।, हिन्दु धर्मअनुसार गाई माता हुन्। जनकपुरधाममा हिजोआज उनै माता गाईको दुर्दशा छ। उसो त यो मिथिला क्षेत्र हो। यहाँको कणकणमा भगवान छन् भन्नेहरु पनि छन्। यहाँ गाईप्रतिको सद्भाव राख्नेहरू भए... |
रासस सन् २०१७ मा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) देशमा क्षयरोगबाट मात्र करिब छ लाख मानिसको मृत्यु भयो। करिब ३८ लाख मानिस सो रोगबाट पीडित भएकामा २५ लाखले मात्र उपचार सेवा लिएका थिए भने १३ लाख बिरामी उपचारबाट बञ्चित भएका थिए।, सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्रका निर्देशक डा रोजेन्द्र पन्तकाअनुसार विश्वमा... |
सेतोपाटी संवाददाता पर्सा प्रहरीले १२ किलो चरेससहित तीन जना भारतीयलाई पक्राउ गरको छ।, पक्राउ पर्नेमा भारत हरियानाकी निशा साह, सोनाली साह र भारत मोतिहारीका राकेशकुमार चौरसिया रहेका छन्।, प्रहरीले शुक्रबार साँझ साढे ७ बजे वीरगञ्ज महानगरपालिका–१६ बाट रक्सौल हिँडेका निशा, सोनाली र चौरसियालाई चरेससहित पक्राउ गरेको हो।, पक्र... |
नारायण खड्का एउटा सर्पले गर्दा दाङमा महायज्ञ मात्रै लागेको छैन आधा करोड बढी नगद दान संकलन समेत भएको छ।, जग्गा, धानलगायत अन्य विभिन्न जिन्सी सामग्री समेत जोड्दा झन्डै करोडको हाराहारीमा दान संकलन भएको अनुमान गरिएको छ।, तुलसीपुर उपमहानगपरपालिका ४ बनहरीस्थित थारू गाउँमा एकै स्थानमा अप्रत्यासित रूपमा गोमन सर्प पुस महिनाको ... |
सेतोपाटी गोरखा दरबार पुनःनिर्माण: १५ महिनामा जगमात्रै बन्यो, गोरखा, ५ फागुन (रासस) ः, भूकम्पले क्षति पुर्याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएको छ । पुनःनिर्माणको काम शुरु भएको करीब १५ महीना बितिसक्दा पनि दरबारको जग निर्माणबाहेकको काम अघि बढ्न सकेको छैन् । पुरातत्व विभागले २०७४ कात्तिकमा पचली सिवाको जेभ... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।, राजधानीको मुख्य नाका नागढुंगामा छुट्टाछुट्टै चेक जाँच गर्ने क्रममा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।, महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै... |
रासस कीर्तिपुर नगरपालिका आसपास केन्द्रबिन्दु भई चार रेक्टर स्केलको परकम्प भएको छ। आज साँझ ८ बजेर ३४ मिनेटको समयमा परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।, उनका अनुसार यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै परकम्प हो। परकम्पको ठूलो धक्का महसुस भएको थियो। यसअघि... |
सेतोपाटी सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा लगातार आएको अविरल वर्षासँगै हिमपात र चट्याङका कारण एक सातादेखि सात स्थानीय तहमा टेलिफोन सेवा अवरुद्ध भएको छ ।, सुदूरपश्चिम प्रदेशमा रहेको बाजुराको उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको टेलिफोन सेवा अवरुद्ध भएक... |
सेतोपाटी सरकारले कुष्ठरोग निवारणको घोषणा गरेको एक दशक बित्न लागे पनि वर्षेनी यो रोगका तीन हजार नयाँ बिरामी फेला परिरहेका छन् ।, कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि पनि दाग नदेखिँदा रोगले हातखुट्टालगायतका अङ्गमा असर गरेपछि मात्रै बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुग्ने गरेका छन् ।, कुष्ठरोग लाग्नासाथ अधिकांशमा श... |
रासस शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन्। , , दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो। चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन्। घाइते तामाङको पाँचथर अस्पतालमा प्राथ... |
सेतोपाटी संवाददाता ३० किलोग्राम लागुऔषध चरेससहित बुटवलबाट तीन जनालाई पक्राउ गरेको छ।, ५ नं. प्रदेश प्रहरी ब्यूरोको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले शनिबार साँझ ६ बजे बुटवल बसपार्कबाट उनीहरूलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका वडा नं. ७ का ३६ वर्षीय राजु कुमार स्याङता... |
रासस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज बिहान ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। , मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका– ८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामा रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए। , उनीहरूको घटनास्थलमै मृत्यु भएको र ट्... |
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्हपछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , , आज मौसममा केही सुधार भई घाम लागे पनि भोलि सोमबारबाट देशभरिकै मौसम पुन: प्रभावित भई झरी पर्ने मौसमविद्... |
सेतोपाटी संवाददाता सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरूद्ध आन्दोलनरत सरकारी चिकित्सकहरूले आइतबार सामूहिक राजीनामा दिनेलगायतका सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्।, सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विधेयक सच्याउन सरकारलाई बाध्य पार्न सामूहिक राजीनामा दिने लगायतक... |
विजय नेपाल चौतारा साँगाचोकगढी नगरपालिका– ७, सानुसिरुवारीका स्थानीयहरुलाई आकाशबाट पानी परेपछि चिन्ताले सताउन थाल्छ। पानी परेपछि चिसो हुने वा घर बाहिर थन्काएको सामान भिज्ने डरले उनीहरु चिन्तित हुने होइनन्। न त पानी परेर बाटो हिलो भएर लड्ने डरले नै चिन्तित हुने हुन्। उनीहरुको चिन्ता त घर घरमा जोडिएको धारामा भोलीपल्ट बिहा... |
सेतोपाटी संवाददाता बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरीक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन् ।, प्रमुख जिल्ला अधिकारीका सवारी चालक जगतनारायण राउत कुर्मीले नियोजित रुपमा सो दुर्घटना गराई हत्या गराएको भन्दै पोखरेल र भट्टराईको परिवारजनले किटानी जाहेरी दिँदै छानविनको माग ... |
नेहा झा प्रदेश दुईको सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीसम्म गत वर्षको शैक्षिक सत्र सुरू हुनेबित्तिकै व्यस्त भएर विद्यार्थी भर्ना अभियानमा तामझामका साथ जिल्ला जिल्ला गई विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गरे।, उक्त अभियान लगभग दुई तीन महिनासम्म चल्यो र धनुषासहित प्रदेश दुईका धेरै बालबालिकाहरूले मुख्यमन्त्रीदेखि मन्त्रीसम्म... |
सेतोपाटी संवाददाता वाइड बडी खरिदमा संसदको सार्वजनिक लेखा समितिले दिएको प्रतिवेदनलाई त्रुटीपूर्ण भन्दै आफैंले छानबिन गर्न बनाएको आयोगलाई सरकारले काम नदिई म्याद गुजारेको छ।, ४५ दिनभित्र प्रतिवेदन दिन भनिए पनि पदाधिकारीले आयोग गठन र आफ्नै नियुक्तिको औपचारिक जानकारी समेत नपाउँदै शनिबार यसको म्याद सकिएको हो।, उपसमितिले वाइ... |
सेतोपाटी संवाददाता कञ्चनपुरको बेलौरी नगरपालिकाका सब-इन्जिनियर ६० हजार घूससहित पक्राउ परेका छन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरले सब-इन्जिनियर हृदयराज बजगाईंलाई नगद ६० हजार घूससहित पक्राउ गरेको हो।, कार्यालयका प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले कार्यालयमै उनले सेवाग्राहीबाट ६० हजार रकम घूस लिइरहेको... |
सेतोपाटी जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती विवाह गर्ने र कान्छी श्रीमती बन्न आउने जोडीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।, भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ का २५ वर्षीय शक्ति थुलुङ र कान्छी श्रीमती बन्न आउने पाँचथरको फालेलुङ गाउपालिका–८ याङनामकी २९ वर्षीया सम्झना जगेबुलाई प्रहरीले पक्राउ गरेको हो ।, श्रीमान्ले... |
सेतोपाटी प्रहरीले हिउँमा अलपत्र परेका झण्डै ७०० पर्यटकको कालिञ्चोकबाट उद्धार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करीब १२० सवारीसाधनमार्फत पर्यटकको उद्धार गरेको हो ।, शनिबार साँझदेखि हिमपातका कारण दोलखाको कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएका पर्यटक बीच बाटोमा अलपत्र परेका थिए ।, प्रहरी निरीक्षक माधवप्रसा... |
अमृता लम्साल हजुरआमाका कथा श्रृंखला, जब हाम्रा हजुरआमाहरू सानै थिए। उनीहरू आफ्ना आमाबाका घरमा झुम्राका पुतली बनाएर तिनको बिहे गरिदिन्थे। खेल-खेलमै सायद उनीहरू 'जीवनको एउटै लक्ष्य बिहे' र 'कर्मघर' बारे सिक्दै हुर्किन्थे। हुर्किन्थे पनि कसरी भन्नु, सिँगान राम्ररी पुछ्न नजान्दै, आँगनमा बजेको दमाहा, झ्याली, ट्याम्को, ढोलक... |
सेतोपाटी तेस्रो पटक थपिएको म्याद सकिँदा पनि खोटाङको रेग्मीटारस्थित साप्सु खोलामा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन । सगरमाथा राजमार्ग अन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने ६५ मिटर लम्बाइको पक्की पुलको काम अझै पूरा हुन सकेको छैन ।, दिक्तेलबाट गाईघाट पुग्ने सबैभन्दा छोटो दूरीको सडक खण्डमा पर्ने पुलको ढलान ... |
सेतोपाटी गरीबीसँग कहिल्यै परास्त नभएका पाँचथर फाल्गुनन्द–१ का लोकनाथ श्रेष्ठले मिर्गौलामा लागेको रोगसँग लड्न आर्थिक रूपले हार मान्नुपरेको बताएका छन्।, दुवै मिर्गौला काम नलाग्ने गरी खराब भएर हाल डाइलासिस गराइरहेका २८ वर्षीय श्रेष्ठले विदेशमा पसिना बगाएर आर्जन गरेको १० धुर घडेरी समेत बेचेर मिर्गौलाको उपचार गर्नुपरेको पी... |
रासस काठमाडौंको चन्द्रागिरी नगरपालिकामा लागुऔषध नियन्त्रणसम्बन्धी सचेतना अभियान सुरू भएको छ। चन्द्रागिरी नगरपालिका र जागरण महिला विकास समाज नेपाललगायत विभिन्न सङ्घसंस्थाले लागुऔषध दुरुपयोग नियन्त्रणका लागि उक्त अभियान थालेको हो। , दिनप्रतिदिन प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेकाले यसलाई न्यूनीकरण गर्न सचेतनामूलक क... |
विनोद सापकोटा आवाज लिम्बू कक्षा ३ का विद्यार्थी हुन्। उनी झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० माइधारको मेची इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत् छन्। , अभिभावकले उनलाई अंग्रेजी भाषामा अब्बल बनाउन बोर्डिङ पढाउन थालेका थिए। अंग्रेजीमा पढ्न र लेख्न आवाज तिखारिँदै गएका छन्। सँगै विद्यालयले ऐच्छिक विषयमा लिम्बू भाषा अध्यय... |
नारायण महर्जन माधवनारायण व्रत बसेका व्रतालुको परदेश यात्रा साँखुमा पुगेको छ।, एक महिने माधवनारायण स्वस्थानीका ब्रतालु विधि एवम् रितले उपत्यकाका अन्य नदी तलाउमा पूजापाठ तथा स्नान गर्छन्।, पौष शुक्ल पूर्णिमादेखि सुरू भएको ब्रत माघ शुक्ल पूर्णिमासम्म लाग्नेछ। माधवनारायणको व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिन हात र... |
रासस काठमाडौं उपत्यकामा कारबाही हुनेभन्दा पुरस्कृत हुने प्रहरीको सङ्ख्यामा वृद्धि भएको छ। विगतका समयमा प्रहरीले घूस लिने र अनावश्यक सेवाग्राहीलाई दुःख दिने गरेपछि कारबाहीमा पर्ने क्रम बढे पनि पछिल्लो समय भने राम्रो काम गरेबापत पुरस्कृत हुने सङ्ख्यामा वृद्धि भएको हो। , , महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार चा... |
सेतोपाटी संवाददाता झन्डै तीन करोड रुपैयाँ ठगी गरेको अभियोगमा अधिवक्ता गोपाल शिवाकोटी पक्राउ परेका छन्।, महानगरीय प्रहरी परिसर काठमाडौंले शिवाकोटीलाई मंगलबार कीर्तिपुरस्थित घरबाट पक्राउ गरेको हो।, पूर्वमहान्यायाधीवक्ता पवनकुमार ओझा, अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, भरत कार्कीलगायत ६७ जनालाई ठगेको आरोपमा शिवाकोटीलाई पक्... |
सेतोपाटी संवाददाता चितुवाको आक्रमणबाट बुधबार सप्तरीमा पाँच जना घाइते भएका छन्।, जंगलबाट आएको चितुवाको आक्रमणबाट कञ्चनपुर नगरपालिका–१० की राजवतीदेवी चौधरी, भरत चौधरी, हिरानन्द चौधरी, महावती चौधरी र सत्यनारायण चौधरी घाइते भएको प्रहरीले जनाएको छ।, सप्तरी प्रहरीका अनुसार घाइतेमध्ये राजवतीको अवस्था सामान्य छ। उनको धर्मेश्व... |
सेतोपाटी संवाददाता भारतले गण्डक नदी हुँदै नेपाली सीमासम्म पानीजहाज आउने गरी नयाँ परियोजनाको काम थालेको छ।, भारतका सिपिङ, जलस्रोत र नदी विकास मन्त्री नितिन गडकरीले पटनाको गाईघाटबाट बगाहासम्म पानीजहाज ल्याउने परियोजनाको सोमबार शिलान्यास गरेका छन्।, भारतको सिपिङ मन्त्रालयले हल्दिया बन्दरगाहबाट नेपाली सीमासम्म पानीजहाजमा ... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चीनसँगको नाका रसुवाको टिमुरेमा भन्सार अधिकृत रहेका पवित्रकुमार खड्कासहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा लगाएको छ।, उनीहरूले ७ करोड ५९ लाख ६३ हजार १ सय ९० रूपैयाँबराबरको राजस्व छली गरेको अख्तियारको आरोप छ।, अख्तियारले मंगलबार खड्कासहित ८ जनाले राजस्व छली गरी राष्ट्र... |
सेतोपाटी संवाददाता राजस्व अनुसन्धान विभागले भारतीय नागरिक अमितकुमार सहनीविरूद्ध झन्डै १७ करोड रुपैयाँ करोड बिगो माग्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।, भैरहवा नाका तथा आसपास क्षेत्रबाट भन्सार चोरी पैठारी, गैरबिजक गरी अवैध आर्जन तथा विदेशी मुद्दा अपचलन गरेको आरोपमा विभागले सहनीविरूद्ध बुधबार अदालतमा मुद्दा... |
सेतोपाटी द्वन्द्वपीडित विद्यार्थीलाई पठनपाठन गराउँदै आएको दाङको तुलसीपुर उपमहानगरपालिका– १७ हेमन्तपुरस्थित शहीद स्मृति आवासीय माविमा पूर्वाधार अभाव छ । पूर्वाधार अभाव हुँदा पठनपाठनमा समस्या भएको छ ।, विद्यालयका प्रधानाध्यापक नारायण पौडेलका अनुसार पूर्वाधार जीर्ण हुँदा विद्यार्थीलाई बस्न समस्या भएको छ । अहिले विद्यालयम... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.