content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता एक-दुई वर्ष श्रम गरेर फर्केका नेपालीलाई एयरपोर्टमा भन्सारका नाममा उनीहरूले ल्याएका सामानमाथि रूखो व्यवहार नगर्न अभिनेत्री रेखा थापाले नेपाल सरकारको ध्यानाकर्षण गराएकी छन्।, अभिनेत्री थापाले मंगलबार रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई भेटेर सोसम्बन्धी ध्यानाकर्षण पत्र बुझाएकी हुन्।, उन... |
सेतोपाटी झापाको धुलाबारी माध्यमिक विद्यालयमा रहेको प्रकृति इको क्लबले आर्थिक स्रोतका लागि बाख्रापालन शुरु गरेको छ ।, एक वर्ष अघि राष्ट्रिय बाल क्लब सम्मेलनमा उक्त क्लबले उत्कृष्ट क्लबका रुपमा पुरस्कारबापत पाएको २५ हजार रूपैयाँले चारवटा बाख्रा किनेर पाल्न शुरु गरेको हो । हाल विद्यालय परिसरमै दुई लाखभन्दा बढीका आठ खसीब... |
सेतोपाटी संवाददाता सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूको समस्या समाधान गर्ने र बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले ‘चालकसँग एक मिनेट, यात्रुसँग एक मिनेट’ अभियान सञ्चालन गरेको छ।, महानगरीय ट्राफिक महाशाखाले दैनिक रूपमा विभिन्न समयमा सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रु र चालकसँग एक/एक म... |
भगवती पाण्डे सधैंजसो कोट पाइन्ट र दौरा सुरूवालमा ठाटिएर बिहानैदेखि औपचारिक कार्यक्रमहरूमा व्यस्त देखिने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल बिहिबार बिहान फरक भेषमा देखिए।, निलो ट्रयाकसुट, स्पोर्टस् जुत्ता र ढाका टोपीमा बिहानै सात बजे बुटवल २ पाखापानी पुगेका मुख्यमन्त्री पोखरेलले हातमा पञ्जा र मुखमा मास्क लगाएर सडकमा ... |
सेतोपाटी संवाददाता धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, जनकपुरधामबाट धनौजीतर्फ जाँदै गरेको ज ११ प २०७७ नम्बरको मोटरसाइकल र जनकपुरतर्फ आउँदै गरेको ज १ त ७३११ नम्बरको ट्याक्टर वडा नम्बर १२ श्याम चोकमा एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक धनौजी गाउँपालिका निवासी ३५ वर्षीय समिम अन्सारीको मृत्यु भएको हो।,... |
नारायण खड्का राप्ती नदीमा हुँदै आएको मनपरी उत्खननले नदीको प्रवाह नै परिवर्तन भएको पाइएको छ।, नदीजन्य पदार्थको मनपरी उत्खननले गर्दा नदीको प्रवाह नै परिवर्तन भएको पाइएको जिल्ला अनुगमन तथा समन्वय समिति दाङले जानकारी दिएको हो।, जिल्ला समन्वय अधिकारी तथा अनुगमन समितिका सदस्य सचिव कृष्णप्रसाद गौतमले अनुगमनको क्रममा नदीको प्... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पानीजहाजको टिकट काट्न अब धेरै समय पखर्नु नपर्ने बताएका छन्।, ललितपुरको एकान्तकुनामा बिहीबार नेपाल पानीजहाज कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कसैले जिस्काएर सोधे भने केही महिनामा पानीजाहाजको टिकट काट्न पाहिन्छ भनेर ढुक्कले जवाफ दिए पनि हुने बताएका हुन... |
दिपकजंग शाही जाजरकोटमा रिम्नामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट रुकुमको आठविसकोट नगरपालिका गइरहेको भे१ख १३२९ नम्बरको बस भेरी नगरपालिका–१ रिम्नानजिक बिहीबार राति दुर्घटना भएको हो।, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक केशर कार्कीका अनुसार तीन जनाको शव निकालिएको छ। बसले च्यापिएकाले एक... |
सेतोपाटी संवाददाता प्रहरीले कञ्चनपुरको पुनर्वास क्षेत्रबाट करिब १८ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीको संयुक्त टोलीले भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्वासबाट सो परिमाणमा सुन बरामद गरेको कैलालीका प्रहरी प... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ २५ हजार घूससहित पक्राउ परेका छन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बिहिबार जिल्ला भक्तपुर दरबार स्क्वायर नजिक स्विट होम रेष्टुरेन्ट एण्ड क्याफेबाट नियन्त्रणमा लिएको हो।, जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेनसम्... |
सेतोपाटी जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोलीले विहीबार राति जुवा खेलिरहेको अवस्थामा रकमसहित जुवाडे पक्राउ गरेको छ । प्रहरीले नौ लाख ३२ हजार ८१३ नगदसहित २३ जुवाडेलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुबाट १६ थान कौडासमेत बरामद गरेको छ ।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक चिनीमाया तामाङको कमाण्डमा गएक... |
सेतोपाटी जिल्लाका स्थानीय तहले निर्माण गर्ने सडक उपभोक्ता समितिमार्फत गर्ने भनिए पनि यहाँका गाउँगाउँमा डोजर र स्काभेटर प्रयोग गरेर सडक निर्माण भइरहेका छन् ।, स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने हिसाबले उपभोक्ता समितिको अवधारणा आए पनि स्थानीय तहले मेसिन प्रयोग गरेर सडक निर्माण गरिरहेको स्थानीयवासीको आरोप छ ।, गाउँमा हु... |
दिपकजंग शाही जाजरकोटको रिम्नामा बिहिबार राति भएको बस दुर्घटनामा परेका ४ मध्ये २ को अझै सनाखत हुने सकेको छैन ।, दुर्घटनामा परि खजुरा गाउँपालिका–३ का हरि बहादुर रावत, जगदुल्ला गाउँपालिाका–४ का मिनबहादुर बोहराको सनाखत भएपनि अन्य दुईजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।, नेपालगञ्जबाट रुकुमको आ... |
रासस गत विवाहपञ्चमी मेला (उत्सव) मै रेल चढेर जनकपुर जाने कुराले फुरुंग परेकी महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकाको महदैया बस्तीकी इजोतीया सहनीको खुसी त्यतिखेरै धेरै टिक्न सकेन। विवाहपञ्चमी (रामजानकी विवाह महोत्सव) मा भारतको जयनगरबाट धनुषाको कुर्थासम्म रेल सञ्चालन हुने कुराले रेल चढेरै मेला हेर्न जाने कुराले फुरुंग ... |
रासस गिट्टी तथा बालुवामा लगाइँदै आएको कर अब भरतपुर महानगरपालिकाले उठाउने भएको छ। यसअघि सविकको जिल्ला विकास समितिले उक्त कर उठाउँदै आएको थियो। , , सङ्घीय सरकार गठन भएसँगै स्थानीय सरकारले गिट्टी तथा बालुवको राजस्व सङ्कलन गर्न पाउने भनिए पनि यसलाई कार्यान्वयन गराउन समय लागेकाले विगत सात महिनादेखि गिट्टी तथा बालुवा उत्खनन... |
भगवती पाण्डे सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरूङ मार्ग निर्माण हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङ बनाउने गुरुयोजना निर्माण गर्न थालिसकेको छ।, सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करिब ४ किलोमिटर क्षेत्र पहिरोको अति जोखिम क्षेत्र मानिन्छ। यसैलाई मध्यनज... |
भगवती पाण्डे आर्थिक वर्ष २०७५/०७६ लाई शैक्षिक सुधार वर्षको रुपमा घोषणा गरेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयहरुमा विभिन्न नयाँ अभ्यासहरु शुरुवात गर्दै आएको छ ।, नगरप्रमुखको तलब भत्ताबाट छात्रवृत्ति वितरण, विद्यार्थीलाई खाजा कार्यक्रम सञ्चालन तथा नगरका सामुदायिक र संस्थागत सबै विद्यालयका भवनहरुमा ए... |
सेतोपाटी संवाददाता ललितपुरको भैंसेपाटीस्थित यति कार्पेट गोदाममा आगलागी भएको छ। सोमबार दिउँसो १ बजे भएको आगोलागीबाट करिब साढे ४ करोडको क्षति भएको प्रहरीले जनाएको छ। , ललितपुर प्रहरी प्रभागका अनुसार यति कार्पेटको गोदाममा आगलागी भएको हो। प्रहरीका अनुसार आगलागी पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ। आगलागी नियन्त्रणका लागि ४ ... |
प्रशन्न पोखरेल विद्यालय तहको शिक्षक हुनका लागि अब अनिवार्य रूपमा विषयगत शिक्षण अनुमति पत्र (लाइसेन्स) हुनुपर्ने भएको छ।, शिक्षक सेवा आयोगले यसअघि तहगत रूपमा लिँदै आएको लाइसेन्स परीक्षालाई सुधार गरी विषयगत परीक्षा लिन लागेको हो।, विषयगत लाइसेन्स परीक्षा उत्तीर्ण गर्ने मात्रै शिक्षक बन्न योग्य हुने आयोगले जनाएको छ।, विद... |
भगवती पाण्डे आर्थिक वर्ष २०७५/०७६ लाई शैक्षिक सुधार वर्षको रूपमा घोषणा गरेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयहरूमा विभिन्न नयाँ अभ्यासहरू सुरूआत गर्दै आएको छ।, नगरप्रमुखको तलबभत्ताबाट छात्रवृत्ति वितरण, विद्यार्थीलाई खाजा कार्यक्रम सञ्चालन तथा नगरका सामुदायिक र संस्थागत सबै विद्यालयका भवनहरूमा एउटै... |
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघले गिरफ्तार गरिएका सम्पूर्ण चिकित्सकहरूलाई बिनासर्त तुरुन्त रिहा गर्न माग गरेको छ।, नेपाल सरकारले चिकित्सकहरूको समायोजनका सम्बन्धमा गरिएको विवादास्पद निर्णयविरूद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना दिइरहेका देशभरका सरकारी चिकित्सकहरूमाथि मन्त्रालयको प्रांगणभित्र नै प्रहरी ल... |
सेतोपाटी संवाददाता बालिका अपहरणको अभियोगमा प्रहरीले सोमवार एक युवालाई घोराहीबाट पक्राउ गरेको छ।, घोराही उपमहानगरपालिका वडा नं. ९ ढिकपुर निवासी २८ बर्षीया प्रयास चौधरी ३ बर्षीया बालिका अपहरण गरेको अभियोगमा प्रकाउ परेका छन्।, दाङ जिल्ला प्रहरी प्रवक्ता एवम् डिएसपी रामप्रशाद घर्तीका अनुसार चौधरीले सोमवार दिउँसो २ बजेको स... |
सेतोपाटी सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ ।, डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेको हो ।, हत्या गर्ने राई इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिएका... |
सागरराज तिमिल्सिना पोखराको लेकसाइडमा एक १४ वर्षिय बालकको घाँटी रेटेर हत्या भएको छ। लेकसाइडस्थित एक निर्माण भइरहेको एक घरमा सचिन सिञ्जालीको मंगलबार बिहान हत्या भएको अवस्थामा शव फेला परेको हो।, पाल्पा घर भइ लेकसाइडमा परिवारसँग बस्दै आएका सिञ्जालीको घाँटी र पेटमा छुरा प्रहार भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख... |
शान्ति तामाङ भित्तामा निला-सेता फूल भएको ठूलो बाकस छ। बाकसमा केही पुतली उडिरहेका छन्। चारवटा प्वाल छन्। प्वालभित्र रातो प्रकाश। तलपट्टि खुत्रुकेजस्तै सानो प्वाल। बाकसमाथि लेखिएको छ- महिला सशक्तीकरण।, यो राजधानीको बाफलस्थित ज्ञानोदय उच्च माविको दृश्य हो। हामीले त्यहाँका विद्यार्थी सिम्रिका तामाङलाई सोध्यौं, 'के हो यो?'... |
रासस तानसेन नगरपालिकाले मापदण्डविपरीत निर्माण गरिएका घर हटाउन सुरू गरेको छ। सार्वजनिक जग्गा, बाटोघाटो मिचेर, भवन आचारसंहिताविपरीत निर्माण गरिएका घर तथा भवन नगरपालिकाले हटाउन थालेको हो। , , नगरपालिकाको नीतिनियमविपरीत सार्वजनिक जग्गामा नक्सापासबिना बाटोमा स्थायी रूपमा पक्की घर निर्माण गरिएकाले डोजर लगाएर ती संरचना भत्का... |
रासस बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन्।, गत वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो।, कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। उनलाई सोमबार जिल्ल... |
रासस चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्ममा मुलुकभरका कारागारमा २७ कैदीको मृत्यु भएको छ। विभिन्न रोगका कारण ती कैदीको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये सबभन्दा धेरै केन्द्रीय कारागार जगन्नाथदेवलका कैदी रहेका छन्। , , कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु भएको बता... |
सेतोपाटी अभिनेत्री वर्षा राउत र सन्जोग कोइरालाले इन्गेजमेन्ट गरेका छन्। सोमबार पारिवारिक उपस्थितिमा दुबैले औंठी साटासाट गरेका हुन्।, करिब ७ वर्ष लामो प्रेमसम्बन्धलाई दुबैले पारिवारिक सहमतिमा विवाहको रूप दिन लागेका हुन्। दुबैले पर्सि फागुन २ गते विवाह गर्दैछेन्।, उनीहरूले आफ्नोइन्गेजमेन्टको तस्वीर आफ्नो फेसबुक मार्फत स... |
रासस इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लाष्टिक खरीद गर्न थालेको छ।, वातावरण स्वच्छता कायम गर्नका लागि प्लाष्टिकजन्य फोहर खरीद गर्न थालेको नगरपालिकाले जनाएको छ। गत माघ १ गतेबाट प्रतिकिलो १५ का दरले प्लाष्टिकजन्य फोहर खरीद गर्ने व्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए।, प्लाष्टिक खरीद गर्न माघ एक... |
रासस नेपालमा नै अल्पसङ्ख्यक अवस्थामा रहेका हायु जातिमध्ये उदयपुरमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक हायु जातिका उमेर पुगेका युवक तथा युवतीमा अहिले जिल्लाभित्र विवाह गर्ने जोडी नपाएपछि आफ्ना परम्परागत जातिगत विवाहमा समस्या देखिन थालेको छ ।, कटारी नगरपालिका–१० सिरवानीमा बसोबास गर्ने पाँचघर हायु र त्रियुगा नगरपालिका–१६ सुकौ... |
सेतोपाटी संवाददाता मेलम्ची खानेपानीको ट्याङकीको ठेकेदार मृत अवस्थामा फेला परेका छन्।, भारत बेतिया मतुवाच घर भई हाल ललितपुर बस्ने ४९ वर्षीय ईश्वार महतो ललितपुर महानगरपालिका-२६ ढोलाहिटीस्थित पानी नभएको नयाँ रिर्जब ट्याङ्की भित्र मंगलबार बिहान मृत अबस्थामा फेला परेको प्रहरीले जनाएका छन्।, यस विषयमा प्रहरीले आवश्यक अनुसन्... |
रासस चितवनको कालिका नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अनुगमन समिति बनाउने भएको छ।, पहिलोपटक नगरभित्रका दुई खोलामा ढुङ्गा, गिट्टी उत्खननका लागि बोलपत्र आह्वान गरेको नगरपालिकाले अवैध उत्खनन रोक्न अनुगमन समिति निर्माण गर्न लागेको हो।, नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले आफ्नै संयोजकत्वमा जिल्लाका सरोकारवा... |
नारायण खड्का दाङको राम्रीमा २३ जनाको ज्यान जाने गरि भएको बस दुर्घटनाको मुख्य दोष गलत रोड ईञ्जिनियरिङलाई दिइएको छ।, गत पुस ६ गते दुर्घटना लगतै प्रदेश प्रहरीका एसएसपी नरबहादुर केसीको संयोजकत्वमा गठित छानबिन समितिले आफ्नो प्रतिवदेनमा यस्तो उल्लेख गरेको हो।, झन्डै दुई महिना अगाडि भएको दुर्घटना बारे ५ नं. प्रदेशका प्रहरी ... |
सेतोपाटी संवाददाता सडक विभागले कोटेश्वर-कलंकी आठलेन रिङरोड परीक्षण थालेको छ। चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले भर्खरै निर्माण सकेर हस्तान्तरण गरेको आठलेन रिङरोडमा भएका प्राविधिक त्रुटि सच्याउन विभागले सुरक्षा परीक्षण (अडिट) गर्न लागेको हो।, यही आइतबारबाट परीक्षणको पहिलो चरणको काम थालिएको विभागका सुरक्षा तथा ट्राफिक... |
दिपकजंग शाही कर्णाली प्रदेश प्रहरी कार्यालयले सञ्चालन गरेको ‘कारागारलाई किताब अभियान’का लागि हालसम्म करिब ५ हजार किताब संकलन भएका छन्।, कर्णाली प्रदेशका प्रत्येक कारागारमा एक/एक वटा पुस्तकालय स्थापना गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान अन्तर्गत हालसम्म विभिन्न ठाउँबाट किताब संलग्न भैरहेका कार्यालयले जनाएको छ।, अभिय... |
सेतोपाटी संवाददाता पोखराको लेकसाइडमा १४ वर्षीय बालक सचिन सिंजालीको घाँटी रेटेर हत्या आरोपितलाई कास्की प्रहरीले पक्राउ गरेको छ। केटीको विषयमा लफडा भएर हत्या गरेको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए।, पर्वत जिल्ला मल्लाज बस्ने २१ बेनी काले भनिने वर्षीय कुमार गर्बुजाले हत्या गरेको खुलासा भएको छ। जिल्ला प्रहर... |
सेतोपाटी संवाददाता नेपालका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारको लागि भन्दै भारतको मनिपुरस्थित इनफाल पुर्याइएका ३२ पुरूष र १ सय ४७ जना महिलालाई प्रहरीले बुधबार उद्दार गरेको छ।, भारतीय प्रहरीको सहयोगमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका काउन्सुलर (सहचरी) नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश अधिकारीको टोलीले उनी... |
सेतोपाटी संवाददाता सिन्धुलीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्लाको फिक्कल गाउँपालिका–२, चण्डी भञ्ज्याङमा दुर्घटना भएको हो।, बा १५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।, दुर्घटनामा ७ जना घाइते छन्... |
सेतोपाटी संवाददाता भुइँचालोले जिर्ण पशुपतिस्थित विश्वरूपा मन्दिर वरिपरि ढलान गर्ने तयारी भएको छ। यसनिम्ति अनुगमन गर्न बिहीबार काठमाडौं महानगरपालिकाकी उपमेयरसहितको टोली विश्वरूपा पुगेका थिए।, मन्दिर वरिपरि ठूलाठूला खाल्डो खनिएको छ। त्यसमा फलामे डण्डीहरू राखिएको छ। पशुपति विकास कोषलाई संरक्षण गर्न पटक-पटक भने पनि बिगार्... |
नारायण खड्का दाङमा बसले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन्।, घोराही–लमही सडक खण्डको मुसोट खोला नजिकै भएको दुर्घटनामा परि रूकुम पश्चिमको खलंगा नगरपालिका वडा नं. २ मुसिकोट निवासी अन्दाजी २७ बर्षीया रमिता शर्माको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले जानकारी दिए।... |
चेतना गुरागाईं चीनको राजधानी बेइजिङलाई २० वर्षअघिसम्म ‘साइकल सहर’ भनिन्थ्यो। सन् १९८० दशकको बेइजिङ ‘गुगल’ गर्ने हो भने साइकलले सडक ढाकेको देखिन्छ।, आज अवस्था फरक छ। साइकल कम, गाडी बढी कुद्छन्। पछिल्लो तथ्यांकअनुसार बेइजिङका सडकमा ६० लाख गाडी छन्।, ‘साइकल राजधानी’ ट्राफिक जाममा फसे पनि पाइडल मार्न चाहनेका लागि पूर्वाधा... |
सेतोपाटी संवाददाता भक्तपुरको ठूलो ब्यासीस्थित एक पोखरीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।, भक्तपुर नपा २ ठूलो ब्यासीमा रहेको एक पोखरीमा शुक्रबार बिहान करिब ७: १५ बजे भक्तपुर नपा-३ बताले बस्ने ४९ वर्षिया गंगा छुकाँ घोप्टो परी मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।, शवलाई पोष्टमार्टमका ल... |
दिपकजंग शाही चट्याङ लागेर सुर्खेतमा तीन वटा पशु चौपाया मरेका छन्। चिङ्गाड गाउँपालिका–३ कालामाटास्थित टिके कामीको घरमा बिहिबार राति चट्याङ लागेर दुईवटा भैँसी र एक गोरु मरेका छन्।, उनका दुई वटा घरमा चट्याङ लागेको थियो। एक घर क्षतिग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।, चट्याङबाट टिके कामीकी श्रीमति ४५ ब... |
चेतना गुरागाईं सडक विभागले चिनियाँ निर्माण कम्पनीका प्रतिनिधिसहितको विज्ञ टोलीबाट कोटेश्वर-कलंकी आठलेन रिङरोड परीक्षण गर्ने भएको छ।, चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले भर्खरै निर्माण सकेर हस्तान्तरण गरेको आठलेन रिङरोडमा भएका प्राविधिक त्रुटि सच्याउन विभागले सुरक्षा परीक्षण (अडिट) गर्न लागेको हो।, विभागले यही आइतबारब... |
सेतोपाटी संवाददाता तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका मुख्य अभियुक्त भुजुङ गुरूङलाई विराटनगर उच्च अदालतले पनि थुनामै पठाएको छ।, गुरूङले जिल्लाको आदेशविरूद्ध ६ महिनाअघि उच्च अदालतमा निवेदन दिएका थिए। गुरूङसहित सुनकाण्डका १२ जनाको मुद्दा पनि उच्चले सँगै रा... |
चेतना गुरागाईं कोटेश्वर चोकमा यात्रुको भिडभाड थियो। भक्तपुरतिरबाट एउटा मिनिबस हुइँकिदै आयो। यात्रुहरू गुडिरहेको गाडी छोप्न गुटुटु कुदे। त्यही बेला एक जना विद्यार्थी गुड्दा गुड्दैको गाडीबाट झ्याम्म ओर्ले। हतारमा खुट्टा चिप्लियो। उनी त्यही बसको चक्कामुनि परे।, एकाबिहानै एउटा जीवन अन्त्य भयो।, यो घटना तीन वर्षअघिको हो। ड... |
सेतोपाटी संवाददाता दाङमा फरक–फरक दुर्घटनामा परी दुई जना महिलाको मृत्यु भएको छ।, शुक्रबार बेलुकीपख बसले अटो रिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।, घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना ६ ख १५३३ नम्बरको बसले रा १ ह २४३३ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार घोराही उपमहानगरपालिका वडा नं. १८... |
सेतोपाटी संवाददाता झापाको विर्तामोडस्थित नरियाबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सो दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन्।, मृत्यु हुनेमा विर्तामोड नगरपालिका १० का १८ वर्षीय मंगल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार हिजो साँझ न... |
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले शनिबार देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित देशका विभिन्न स्थानहरूमा हिउँ परेकाे छ।, काठमाडौंको चन्द्रागिरी हिउँले ढपक्कै भएको छ। चन्द्रागिरीमा यो वर्ष तेस्रो पटक हिउँ परेको हो।, चन्द्रागिरी डाँडामा हिउँ परेपछि त्यहाँ जानेको संख्या बढिरहेको चन्द्रागिरी हिल्स लिमिटेडले... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाको वरिपरि डाँडाहरूमा हिउँ परेको छ।, शनिबार बिहान चन्द्रागिरी, शिवपुरी, नगरकोट, फूल्चोकी,लाकुरीभञ्ज्याङलगायत डाँडा हिउँले सेताम्मे भएका छन्।, बिहिबारदेखि काठमाडौं उपत्यकासहित देशैभर वर्षा भइरहेको छ। हिमाली र उच्च पहाडी भेगमा हिमपात भएको छ भने पहाडी र तराई क्षेत्रमा झरी परेको छ।, हिमपा... |
सेतोपाटी संवाददाता वैदेशिक रोजगारीबाट फर्कदै गरेका इलामका एक युवा बाटैमा लुटिएका छन्।, इलाम फाकफोकथुम २ का ३० वर्षीय टीकाराम लिम्बू बसको यात्रामा लुटिएका हुन्।, कतारबाट काठमाडौं फर्किएकै दिन बसको यात्राबाट झापाको विर्तामोड आउने क्रममा लिम्बू लुटिएका हुन्।, उनको साथमा रहेको सुनको सिक्री, औंठी र नगद ३० हजार रुपैयाँ लुटि... |
निशा भण्डारी बाग्मती सरसफाइको तीन सय हप्ता पुगेको अवसरमा शनिवार शंखमुलमा सहरी विकास मन्त्रालयले कार्यक्रम गर्यो।, कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, वनमन्त्री शक्ति बस्नेत, सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई, खानेपानी तथा सरसफाइमन्त्री विना मगर तथा अभियन्ताहरु सहभागी रहे।, परराष्ट्रमन्त्री ज्ञवालीले बा... |
रासस लगातारको वर्षाले शनिबार राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ।, पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ। उक्त वर्षाले काठमाडौँ नजिकका पहाडमा हिमपात गराएको हो।, उपत्यकाका पहाड नगरकोट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि चम्पादेवी, फुलचोकीलगायत ... |
शोभा शर्मा सरकारको यथेष्ट आड नपाएपछि रामबहादुर बमजनमाथि प्रहरीले अघि बढाएको छानबिन सुस्त बनेको छ।, बमजनको आश्रमबाट बेपत्ता भएका ५ जनाको परिवारले दिएका जाहेरीमाथि डेढ महिनादेखि जारी प्रहरी अनुसन्धान निष्कर्षमा पुग्न सकेको त छैन नै, यसको गति पनि धेरै सुस्त बनेको छ।, डेढ महिनाअघि सेतोपाटीले बमजनका आश्रममा भएका बलात्कार, ... |
रासस महाकाली नगरपालिका–१ छापरीमा पर्यटन प्रवर्द्धनका लागि दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ निर्माण गरिने भएको छ। चालू आर्थिक वर्षभित्रै भ्यूटावर निर्माणका लागि सर्भे गर्ने काम भएको महाकाली नगरपालिकाले जनाएको छ। ,जी फोर्स विल्र्डस एण्ड कन्सल्र्ट प्रालि काठमाडौँबाट आएको सर्वेक्षकको टिमले भ्यूटावर निर्माणका लागि सर्भे गरेको... |
सेतोपाटी संवाददाता धादिङको गजुरीबाट ३ सय ६० किलो चरेशसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।, केन्द्रीय लागु औषध नियन्त्रण ब्युरोबाट खटेको टोलीले भारतीय कन्टेनरबाट ठुलो मात्रामा चरेश बरामद गरेको हो।, प्रहरीले भारत मोतिहारीका गुलाव खान, चालक ओमप्रकाश र सहचालक मुर्फा बलारालाई नियन्त्रणमा लिएको छ। भारत लैजान लागेको अवस्था... |
प्रकाश ढुंगाना नेपाल प्रहरीका एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका छन् ।, गृह मन्त्रालयले १४ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेपछि असन्तुष्ट जनाउँदै उप्रेतीले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका छन्।, ‘म बढुवामा योग्य भइनँ,’ उप्रेतीले सेतोपाटीसँग भने, ‘नैतिकताको आधारमा म पदमा कसरी बसुँ?’, बढुवामा नपरेपछि आ... |
नारायण खड्का विद्यालय जहाँ विद्यार्थी पढिरहेका थिएनन् र शिक्षकहरू पढाइरहेका थिएनन्। सेतो पञ्जा लगाएका विद्यार्थी र शिक्षकको हातमा बरु मिनरल वाटरका बोतल, एउटा छडी,माटो, बालुवा र सिमेन्ट यस्तै यस्तै निर्माण सामग्री थियो। , स्थानीय जनप्रतिनिधि र देशका विभिन्न जिल्लाबाट आएका थप एक सय बढी युवायुवतीको हात पनि खाली थिएनन्। क... |
नेहा झा बसन्त पञ्चमीको दिन मनाइने सरस्वती पूजा हिन्दु धर्मावलम्बीहरूले धूमधामका साथ मनाउँदैछन्। पहिले विद्यालयहरूमा मात्रै आयोजना हुने सरस्वती पूजा केही वर्षयता जनकपुरधामका चोक चोकमा मनाउन थालिएको छ।, हिन्दु धर्ममा पूजा शान्त चित्त भएर शान्त वातावरणमा गर्ने परम्परा रहेको । तर जनकपुरधामको चोक चोकमा आयोजना गरिएको सरस्व... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई भ्रष्टाचार मुद्दा चलाएको छ।, माघ १ गते अख्तियारले घूस रकमसहित पन्थी र उनकी छोरी पोषणलाई घूस रकमसहित पक्राउ गरेको थियो।, मुद्दा भने गीतालाई मात्र लगाएको छ।, आइतबार उनीविरूद्ध एक लाख जरिवाना र चारदेख... |
रासस अहिले बन्दै गरेको चाबहिल–साँखु सडकखण्डमा लगातार तीन दिनको झरीले साँखुसम्म सडक हिलाम्मे र चिप्लो हुँदा सर्वसाधारण तथा तीर्थयात्रीलाई समस्या भएको छ। , , काठमाडौंको शङ्खरापुर नगरपालिकास्थित साँखुमा माघ ७ गतेदेखि लागेको माधवनारायण शाली नदी मेला भर्न विभिन्न जिल्लाबाट आउने भक्तजनले सडकका कारण निकै सास्ती भोग्नुपरेको द... |
सेतोपाटी संवाददाता २०७२ सालको भूकम्पले ध्वस्त भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणको मुख्य काम आइतबारदेखि सुरू भएको छ।, विस २०७२ वैशाख १२ को महाभूकम्पले पूर्णरूपमा ढलेको हनुमान ढोका दरबार क्षेत्रको काष्ठमण्डपका चार वटा मूल थाम ठड्याइएपछि मुख्य काम थालिएको हो।, जेठ ३१ गतेबाट औपचारिक रूपमा पुनर्निर्माणको काम था... |
सेतोपाटी संवाददाता ईलाका प्रहरी कार्यालय बुटवलले चोरीको सुनका गरगहनासहित एक जनालाई पक्राउ गरेको छ।, शनिबार साँझ तिलोत्तमा नगरपालिका वडा नं. ३ ड्राइभर टोलबाट चोरी भएका सुनका गरगहनासहित कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ९ बस्ने ३२ वर्षीय को दीपक थापा गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।, गुल्मी धुर्कोट गाउँपा... |
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेको इटालियन कम्पनी सिएमसीसँग ठेक्का सम्झौता रद्द गरेसँगै मेलम्ची विकास समितिले दुइटा विकल्प तयार पारेको छ।, मेलम्चीमै काम गरिरहेका उपठेकेदार कम्पनीलाई बाँकी काम दिने वा नयाँ ठेक्का आह्वान गर्ने दुबै विकल्प अपनाउन तयार रहेको समितिले जनाएको हो। तर, खानेपानी मन्त्रालय... |
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित मावि प्रतापकोट अम्वासमा कक्षा ७ मा अध्यनरत १३ बर्षीया दिपा बुढाको गत असोज महिनामा विहे भयो।, त्यसपछि बुढा विद्यालय आउन छोडिन्। बल्ले निवासी कक्षा ९ मा अध्यनरत १७ बर्षीया अमृता पुनको गत भदौमा विहे भयो। विहेपछि उनी पनि विद्यालय आउन छोडिन्।, यसअघिका बर्षमा पनि वि... |
रासस बर्दियाको बढैयाताल गाउँपालिका–२ मा भारतको जंगलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको छ।, बाघकै आक्रमणमा परी अर्का स्थानीयवासी ३० वर्षीय विजय बुढा घाइते भएका छन्। बुढालाई बाघले आक्रमण गर्दा उनको टाउको, ढाड र घाँटीमा चोट लागेको छ। घाइते दुवै जनालाई नेपालगञ्ज मेडिकल कलेज शि... |
नारायण खड्का दाङको तुलसीपुरमा एक अज्ञात समूहले सोमबार बेलुका अन्धाधुन्ध गोली प्रहार गरेको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोरौरा हुँदै वडा नं. १० सम्म उक्त समूहले बेलुकीपख अन्धाधुन्ध गोली प्रहार गर्दै हिँडेको स्थानीयले सेतोपाटीलाई जानकारी दिए।, उक्त समूहले बेलुका ८ बजेदेखि झन्डै साढे ८ बजेसम्म तुलसीपुर–सुकौरा स... |
रासस महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६६४ ट्याक्सी चालकलाई कारबाही गरेको छ। , , महाशाखाको टोलीले चालू आर्थिक वर्षमा कानुनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारबाही गरेको हो।, महाशाखाले आव २०७२/७३ मा दुई हज... |
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाको काम छोडेको इटालियन कम्पनी सिएमसीसँगको ठेक्का तोडिने भएको छ।, मेलम्ची विकास समितिले सिएमसीसँग ठेक्का रद्दको प्रक्रिया थालेको हो। समितिका अनुसार यसअघि जारी गरिएको दुई साताको सूचनाभित्र सिएमसी काममा नफर्किएकाले ठेक्का तोड्ने निर्णयमा पुगिएको हो।, मेलम्चीको बाँकी काम पूरा गर्ने... |
रासस प्रसूतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई अपहरण गर्ने जनकपुरका मनिषकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। , गए राति महोत्तरीको भित्तामोडमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिए।, उनलाई अहिले काठमाडौं ल्याउन लागि... |
सेतोपाटी संवाददाता तस्करीको ३३ किलो सुन प्रकरणमा प्रहरीको सर्वाधिक खोजीमा रहेका काभ्रेका हरि खड्का युएईमा पक्राउ परेका छन्।, दस वर्षयता युएई बस्दै आएका ४० वर्षीय खड्कालाई केही दिनअघि त्यहाँको प्रहरीले गिरफ्तार गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, उनलाई प्रहरी प्रधान कार्यालयबाट अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टर... |
सेतोपाटी संवाददाता चार वर्षभन्दा बढी समय लगाएर निर्माण भएको आठलेन रिङरोड पूर्ण सञ्चालनमा आएसँगै सुरक्षासम्बन्धी प्रश्नहरू उठ्न थालेका छन्।, चीन सरकारको सहयोगमा कोटेश्वरदेखि कलंकीसम्म बनेको १०.६ किलोमिटर सडक पैदलयात्रु र सवारी चालक दुवैका निम्ति जोखिम भएको विज्ञहरूको ठम्याइ छ।, पाटनस्थित यलमाया केन्द्रमा मंगलबार आयोजित... |
नारायण महर्जन काठमाडौं टुँडिखेलमा तामाङ जातिले मनाउने ल्होछार पर्व धुमधामका साथ मनाइएको छ।, तामाङ भाषामा ‘ल्हो’ भन्नाले वर्ष र ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ।, बालीनाली थन्क्याएपछि सुरू हुने यो पर्वमा पूजाआजा गरिनुका साथै विभिन्न परिकार खाने प्रचलन रहेको छ।, समग्रमा यो तामाङ जातिको धार्मिक नभएर सांस्कृतिक पर्व रहेको... |
सेतोपाटी संवाददाता एक साता नपुग्दै अर्को पश्चिमी वायु नेपाल प्रवेश गरेकाले देशको मौसममा बदली भएको छ।, बुधबार देशका पश्चिमी क्षेत्रमा हिमपात र वर्षा भइरहेको छ भने राजधानी काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि पानी पर्ने सम्भावना छ।, यो क्रम शुक्रबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, ‘उच्च हिमाली क्षेत... |
रासस बृहत् जनकपुर क्षेत्र विकास परिषद्मा भ्रष्टाचार गरेको आरोप तत्कालीन कार्यकारी निर्देशक डा सूर्यदेव साह रु छ लाख धरौटीमा छुटेका छन् ।, विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीशहरु चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले धरौटीमा छुट्ने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले जानकारी दिए ... |
रासस स्थानीय सरकारको साझेदारीमा बागलुङमा कृषि विज्ञान क्याम्पस सञ्चालन हुने भएको छ।, बागलुङ नगरपालिकाको साझेदारीमा पोखरा विश्व विद्यालयको सम्बन्धनमा क्याम्पस सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। , , कृषि विज्ञान क्याम्पस सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माणको सुनिश्चितता नगरले... |
दिपकजंग शाही २०७२ सालमा अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतलगायतका विभिन्न जिल्लामा आन्दोलन चर्कियो। राजनीतिक दलबीच साविकको मध्यपश्चिम र सुदूरपश्चिमलाई गाँभेर एउटै प्रदेश बनाउने सहमति भएपछि मध्यपश्चिमवासी छुट्टै प्रदेश हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका थिए। छुट्टै प्रदेशको माग गर्दै मध्यपश्चिमका विभिन्न जिल्लाहरूम... |
सेतोपाटी संवाददाता असन बजारमा किनमेल गर्न जाने ग्राहकहरूलाई हिजोआज कालो ब्यानरले स्वागत गर्छ।, राजधानीको यो पुरानो बजारमा पुर्खौं पुर्खादेखि चल्दै आएका साना पसलहरू मासेर व्यापारिक कम्प्लेक्स बनाउन खोजेपछि स्थानीयले विरोधस्वरुप कालो ब्यानर टांगेका हुन्।, पछिल्लो समय हामीकहाँ सार्वजनिक स्थल मासेर व्यापारिक कम्प्लेक्स बन... |
सेतोपाटी संवाददाता एक साता नपुग्दै अर्को पश्चिमी वायू नेपाल प्रवेश गरेकाले देशको मौसममा बदली भएको छ।, बुधबार देशका पश्चिमी क्षेत्रमा हिमपात र वर्षा भइरहेको छ भने राजधानी काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि पानी पर्ने सम्भावना छ। यो क्रम शुक्रबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, ‘उच्च हिमाली क्षेत्... |
रासस नेपाल सरकारद्वारा बन्देज लगाइएको जुवा तथा तास खेलेको अभियोगमा महानगरीय प्रहरी वृत्त बौद्धले चार महिनामा १७७ जुवाडेसहित रु २५ लाख बरामद गरेको छ। , , विसं २०७५ असोज २४ गतेदेखि माघ २२ गतेभित्र चार महिनाको अवधिमा बौद्ध परिसरका विभिन्न स्थानबाट १७ टोली जुवाडेसहित रु २४ लाख ५४ हजार ६२५ बरामद गरिएको महानगरीय प्रहरी वृत्... |
रासस जिल्लाको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मङ्गलबार निधन भयो। गाउँभरी सबैतिर रुवाबासी चलेको थियो। , तर उनका सानो उमेरका अञ्जान छोरा अनिश जोरालाई भने यो कुरा अञ्जान जस्तै थियो। उनलाई के हुँदैछ भन्ने कुराको कुनै जानकारी पनि थिएन। घरबाट शव यात्रा सुरू भयो, बुवाको शवलाई काँध हाल्न गाउँलेले अनिश... |
रासस सार्वजनिक बिदा समावेश नगरी विसं २०७६ को पात्रो (पञ्चाङ्ग) प्रकाशन भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। , , समितिले विसं २०७६ का लागि तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि गरी १३ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । , , सम... |
चेतना गुरागाईं यातायात इञ्जिनियर शुभेच्छा भट्टले ललितपुर महानगरको नक्सा देखाइन्। एउटा मोटो धर्सो सहरको घनाबस्तीलाई बीचबाट चिरेर गएको थियो। यो रिङरोडको रेखाचित्र हो।, जतिबेला रिङरोड बन्यो, सहरको नक्सा यस्तो थिएन।, २०२६ सालमा यो सडक बन्दा काठमाडौं र पाटनको बाहिरी घेरामा थियो। मध्यसहरभन्दा धेरै पर। पछिल्लो ५० वर्षमा सहर... |
सेतोपाटी संवाददाता नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीको भातृ संगठन अखिल (क्रान्तिकारी) ले बिहिबार देशभरिका शिक्षण संस्था बन्द गरेको छ। पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा नरेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा क्रान्तिकारीले स्कुल र कलेज बन्द आह्वान गरेको हो।, अख... |
रासस सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण मुलुकभर वर्षा र हिमपात सुरू भएको छ।, जम्मुकाश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र... |
गोपाल काफ्ले , पक्राउ परेका उनीहरूलाई इलाका सव–डिभिजन वन कार्यालय बेलबारीलाई बुझाएको छ।, इलाका प्रहरी कार्यालय पथरीको गस्ती टोलीले राति करिब १२ बजे ५३ किवी अबैध सालको काठसहित उनीहरू पक्राउ परेको इलाका प्रहरी कार्यलय पथरीका इन्चार्ज कमल बजगाईँले जानकारी दिए।, पक्राउपर्नेमा गाडी चालक झापा जिल्ला दमक नगरपालिका वडा नम्बर... |
रासस तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी पुर्पक्षका लागि थुनामा छन्।, सोही वडा निवासी २७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेका उनलाई जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। , , पीडित महिलाले गत मङ्सिर ६ गते वडाध्यक्ष रेग्मीले आफ... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय सल्यानले आफ्नै ४ वर्षीय छोरालाई विषादी ख्वाएर हत्या गरेको अभियोगमा एक जना महिलालाई पक्राउ गरेको छ।, जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ४ सुगरपोखरी निवासी १९ वर्षीया यमुना केसी भनिने एलिसा खत्रीले आफ्नै ४ वर्षीय छोरा समिर खत्रीलाई विषादी ख्वाएर हत्या गरेको अभियोगमा पक्राउ ग... |
रासस पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या सोही घरमा काम गर्न बसेका किशोरले गरेको पुष्टि भएको छ। यही माघ १४ गते राति थापाको हत्या भएको थियो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार थापाको हत्या घरमा काम गर्न बसेका धादिङ ताल्तीखोलका १४ वर्षीय सन्तोष आलेम... |
सेतोपाटी संवाददाता दाङ तुलसीपुरस्थित तुलसी आवासीय बोर्डिङ स्कुलका विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर रुकुमका कृष्ण वलीलाई आर्थिक सहयोग गरेका छन्।, विद्युत प्राधिकरण तुलसीपुरका कर्मचारी वलीलाई गत जेठ २५ गते विद्युत लाइन विस्तार गर्ने क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ मा करेन्ट लाग्दा एउटा खुट्टा र दुबै हात गुमा... |
रासस बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ।, शनिबार बिहान छ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको उक्त कार्यालयले जनाएको छ। , , आगलागीबाट रु एक लाखभन्दा बढीको सामान क्षति भएको बताइएको छ। उक्त कार्यालयको सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा भएकाले प्रहरी अस्थायी टहरामा बस्द... |
सेतोपाटी संवाददाता , , ।, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘मानव सेवा आश्रम’ स्थापना गरिएको छ। सहयोगापेक्षी मानिसरहित मुलुक बनाउने अभियानसहित जुटेको मानव सेवा समाजको पहलमा स्थापना गरिएको आश्रमको बिहिबार एक कार्यक्रमका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेका छन्।, वीरेन्द्रगनर नग... |
नारायण खड्का दाङमा हप्ता दिनमा सात जना शिकारी पक्राउ परेका छन्। उनीहरूको साथबाट ३ थान भरुवा बन्दुक बरामद भएको छ।, शुक्रबार बेलुका पौने ८ बजेतिर शान्तिनगर गाउँपालिका वडा नं. १ बागरखोलास्थित सामुदायिक वनमा शिकार गर्ने उद्धेश्यले जाँदै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेहरूमा शान्तिनगर गाउँपालिका वडा ... |
सेतोपाटी संवाददाता सरकारलाई खबरदारी गर्दै सोलिडारिटी फर डाक्टर केसी अलायन्सले आज राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।, नागरिक हक खोस्न पाइँदैन, खबरदारी जारी छ, प्रधानमन्त्रीज्यू तपाईं सपुत बन्ने कि कपुत?, शिक्षा र स्वास्थ्यमा माफियाकरण बन्द गर जस्ता नारा लगाउँदै डाक्टर केसी समर्थकले प्रदर्शन गरेका हुन्।, सरका... |
दिपकजंग शाही आफ्नो ठाउँको शान्ति सुरक्षाका लागि सुरक्षा बजेट छुट्याउन कर्णाली प्रदेश प्रहरी कार्यालयले स्थानीय तहलाई आग्रह गरेको छ।, शुक्रबार प्रदेश प्रहरी कार्यालयमा सुर्खेतस्थित स्थानीय तहका प्रमुख/उपप्रमुखसँग भेट गर्दै कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहले शान्ति, सुरक्षा कायम गर्न... |
रासस पूर्व सहायकमन्त्री तथा कांग्रेसका नेता केशरमान रोकालगायत अन्य चार जनामाथि रुकुमकोटमा कुटपिट गरिएको छ। , पूर्वमन्त्री रोकालगायत कांग्रेसका ध्रुव पुन, नेकपाका सतमान पुन र पुनिराज घर्तीमाथि कुटपिट गरिएको हो।, रुकुमकोटमा आन्दोलन चलिरहेका बेला बन्दको अवज्ञा गरेको भन्दै कुटपिट गरेको आन्दोलनका सहभागीले बताएका छन्। , , क... |
सेतोपाटी संवाददाता कास्की प्रहरीले पोखरा महानगरपालिकाको गाडी जलाउने कार्यमा संलग्न ५ व्यक्तिलाई पक्राउ गरेको छ।, पक्राउ परेका ५ जना नै नेविसंघका कार्यकर्ता भएको प्रहरीले जनाएको छ।, पक्राउ पर्नेमा डिफान भुजेल, पर्शुराम बस्नेत, विनय पौडेल, लक्ष्मी पौडेल र राजेन्द्र बराल रहेका कास्कीका प्रहरी प्रमुख एसपी ओम राना बताए। उ... |
एजेन्सी जोगबनीबाट दिल्लीतर्फ जाँदै गएको सीमाञ्चल एक्सप्रेस रेल दुर्घटनामा परेको छ।, आइतबार बिहान हाजीपुर-बछवाडा रेलखण्डको महनार र सहदोई स्टेशनको बिच भएको दुर्घटनामा परी कम्तीमा ६ जनाको ज्यान गएको छ। दर्जनौ यात्रु घाइते भएका छन्।, भारतीय डिडियाका अनुसानर १२४८७ नम्बरको रेल बिहान ३ बजे दुर्घटना हुँदा ९ वटा डिब्बा लिकबाट... |
नारायण खड्का दाङमा प्रहरीले ठूलो परिमाणमा हतियार बरामद गरेको छ।, नेपाल–भारत सीमा नाका अन्तरगतको दाङको भौवा नाकाबाट गएराति प्रहरीले ठूलो परिमाणमा हातहतियार फेला पारेको हो।, ‘त्यहाँ त हतियार बनाउने कारखाना नै रहेछ,’एक प्रहरी अधिकारीले भने ‘त्यहीँबाट हतियारको कारोबार हुँदो रहेछ।’, भौवा नाकामा अवैधरूपमा हातहतियार बनाइने भ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.