content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछि बनेका भूकम्पपीडितका घरलाई मापदण्ड पूरा भएको मानी अनुदान उपलब्ध गराइने बताएका छन्।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को चौंथो बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै उनले आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पनि भूकम्पलगत्तै प्राविधिक गाउँमा जानुअघि ... |
रासस मण्डन देउपुर नगरपालिका–११ गैराथोकस्थित उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता भएकी छिन्। , , कक्षा ५ मा अध्ययनरत ११ वर्षीया सुनमाया तामाङ गत पुस २७ गतेदेखि भक्तपुरबाट हराएकी हुन्।, उक्त विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका बेला भक्तपुरस्थित दरबार क्षेत्रबाट हराएक... |
रासस माघीमा कैलालीका तीन स्थानीय तहले माघ २ गते सार्वजनिक बिदा दिएका छन्। , , टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन्। ती तहले कार्यपालिका बैठकको निर्णयअनुसार माघीका लागि बिदा थप गरेका हुन्।, टीकापुर नगरपालिकाकी प्रशासकीय अधिकृत रञ्जु आचार्यले थारू समुदायको मुख्य पर्व अरु ... |
रासस दार्चुलाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको सीमाक्षेत्र बरमुडेमा उत्खनन् सुरू गरिएको सिसाखानी विगत दुई वर्षदेखि रोकिएको छ। , , सिसाखानी उत्खनन् हुँदा गाउँमै रोजगारी पाउने आशामा बसेका स्थानीयवासी खानी उत्खनन् कार्य रोकिएपछि स्थानीयवासीमा निराशा छाएको छ।, सिसा उत्खनन् सुरू गरेको ब्ल्याकहेड माइन्स प्रालि ने... |
सेतोपाटी संवाददाता राष्ट्रिय योग दिवसका अबसरमा मंगलबार ललितपुरमा ‘योग र्याली’ निकालिएको छ। प्रकृतिप्रेमी समूहको र्याली सातदोबाटोबाट सुरु भएर लगनखेल, च्यासल, मंगलबजार हुँदै पुन सातदोबाटोमा पुगेको थियो।, ‘योगलाई जीवनको अंग बनाऔं’ भन्ने नारा गुञ्जाउँदै र्यालीका सहभागीले दुई घन्टा नगर परिक्रमा गरेका थिए। ‘स्वास्थ्यका ल... |
सेतोपाटी संवाददाता ‘शान्ति र समृद्धिका लागि योग’ भन्ने मूल नाराका साथ चौंथो राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।, यसै अवसर पारेर मंगलबार काठमाडौंमा योगाभ्यास कार्यक्रम आयोजना गरिएको छ।, उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार ... |
रासस त्रिशूली र कालीगण्डकीको संगम देवघाट वेनीमा पौडी खेल्ने क्रममा एकजना युवा बेपत्ता भएका छन्।, आज बिहान ९:३० बजे नदीमा पौडी खेल्न गएका नवलपुर गैंडाकोटका २४ वर्षीय अमृत भनिने चित्रबहादुर गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए। , , तनहुँतर्फबाट पोडी खेल्दै नवल... |
सेतोपाटी संवाददाता राम्रो काम लगाईदिन्छु भनि बिभिन्न प्रलोभन देखाएर नेपाली बालिकालाई भारतको विभिन्न बेश्यालयमा पुर्याउन एक जना पक्राउ परेका छन्।, भारतको नयाँदिल्लीस्थित जिबिरोडको वेश्यालयमा पुर्याई जबरजस्ती बेश्याबृतीमा संलग्न गराउने धरानका सन्तोष राईलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।, छोङहाङ राई भनेर चिनेने सन्तो... |
सत्यमोहन जोशी (प्रस्तुतिः गिरीश गिरी) त्यो बेला भुइँचालो भन्ने शब्दै सुनेका थिएनौं।, नेपालमा यो शब्दको प्रचलन सुरु भएकै १९९० सालको भुइँचालोपछि हो।, नब्बे सालमा भुइँचालो जाँदा म दरबार हाइस्कुलको विद्यार्थी थिएँ। भुइँचालोबारे पाठ्यसामग्री त परको कुरा, कुनै पनि लिखतमा कहीँ कतै उल्लेखै थिएन। अलि पछि थाहा पाएअनुसार वंशावली... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थी र उनकी छोरी पोषणलाई घुस रकमसहित पक्राउ गरेको छ।, पन्थीले सेवाग्राहीबाट लिएको १ लाख रुपैयाँ छोरीलाई राख्न दिएको अवस्थामा अख्तियारको टोलीले आमाछोरी दुबैलाई पक्राउ गरेको प्रवक्ता रामेश्वर दंगालले जारी गर... |
अनुषा अधिकारी आज माघे संक्रान्ति। नेवार समुदायमा घ्यू, चाकु र तीलको लड्डु खाने दिन। अहिले यो चलन नेपालीको साझा बन्दै गएको छ।, यी खानेकुराको उत्पादन विधि र कथा जान्न हामी टोखा पुग्यौं।, चाकु टोखाको पहिचान हो। बाटोभरी चाकुको बासना पछ्याउँदै हामी एउटा उद्योगमा छिर्यौं। उत्पादक राजकुमार श्रेष्ठलाई माघे संक्रान्तिका लागि च... |
रासस दाङको लमहीमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ।, लमही नगरपालिका–५ रातोडाँडामा आज बिहान ११ बजेतिर जिपको ठक्करबाट बाजुराको फैती गाउँपालिका–३ हाल लमही बस्ने सात वर्षीय हेमन्त मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ। , , पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु१च ८०४१ नंको जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका मल्लको लमही ... |
नारायण खड्का नयाँ चप्पल र नयाँ फ्रक लगाउन पाउँदा कुन केटाकेटी खुसी नहोला?, साढे ५ वर्षीया उर्मिला चौधरी पनि निकै खुसी थिइन्। त्यस दिन उनले जीवनमै पहिलोपटक नयाँ चप्पल र नयाँ फ्रक लगाएकी थिइन्।, उर्मिलाको नागरिकता उमेर ३२ वर्ष हो। खासमा २०४७ सालमा जन्मेकी हुन्। नागरिकता बनाउने सरकारी टोलीले उनको उचाइ हेरेर अन्दाजमा उमेर... |
सेतोपाटी संवाददाता पूर्वप्रधानन्यायाधीशसहित नागरिक समाजका अगुवा, बुद्धिजीवी तथा सामाजिक अभियन्ताहरूले डाक्टर केसीको जीवन रक्षाको अपिल गरेका छन्।, विगत ७ दिनदेखि आमरण अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सम्झौताको कार्यान्वयन गर्दै डाक्टर केसीको जीवन रक्षा गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहित नागरिक समाजक... |
सुधिर भण्डारी प्रविधि भनेको अवसर हो। नयाँ प्रविधिको विकासले संसारभरि कल्पनै नगरिएको व्यवसाय सुरू हुँदैछ।, जब सिर्जनशील आँखाले नयाँ क्षेत्र पहिचान गर्छ, तब सरकारसामु दुइटा विकल्प हुन्छ- कि त्यो क्षेत्र समाजको हितमा छैन भन्न सक्नुपर्यो, नभए एेन-कानुन बनाएर बाटो सहज बनाइदिनुपर्यो।, 'टुटल एप' को सुरूआत पनि प्रविधिले ल्याए... |
निशा भण्डारी माघे संक्रान्तिको अवसरमा आज नुवकोटमा गोरू जुधाइ (बुलफाइट) मेला आयोजना गरिएको छ।, हरेक वर्षझै यस पटक पनि स्थानीय किसानहरूले पालेका गोरू जुधाएर मनोरञ्जन गरिएको हो।, २२ हल गोरू जुधाउने भनिएता पनि केही गोरू बिरामी भएकाले सो संख्यामा प्रतिस्पर्धा गर्न नसकिएको माघेसंक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाले जनाएको छ... |
सेतोपाटी संवाददाता ललितपुरको धोबिघाटस्थित चक्रपथको नालीमा एक युवकको शव फेला परेको छ।, बुधबार बिहान धोबीघाट नयाँबाटो छेउको चक्रपथ नालीमा युवकको शव फेला परेको हो। प्रहरीले ती युवकको कसरी मृत्यु भयो भन्ने अनुसन्धान गरिरहेको छ।, शव वरपर शिशाका टुक्रा भएकाले राति कुनै सवारीले उनलाई ठक्कर दिएको र पछि नालीमा फालीदिएको हुनसक्... |
रासस प्रहरीको कुटपिटबाट गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका छन्। हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र खत्री घाइते भएका हुन्।, गम्भीर घाइते बस्नेतको पोखरास्थित फेवा सिटी अस्पतालको सघन कक्षमा उपचार भइरहेको उनकी श्रीमती कृष्णकुमारीले जानकारी दिइन्।, आइतबार राति गलकोट ... |
सेतोपाटी संवाददाता मेडिकल शिक्षामा सुधारको माग राखेर १६ औं पटक अनशन बसेका डाक्टर गोविन्द केसीको माग पूरा गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।, ‘माफियाको मिसन सिटामोलमा कमिसन, ३ करोड नेपालीलाई कहिलेसम्म ढाँटिरहेने?, डाक्टर केसीको अनशन माफियालाई टेन्सन, झुरतन्त्र कहिलेसम्म माफिया छन् जहिलेसम्म’ जस्ता नारा ... |
रासस नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका एक युवकको बाँकेको कोहलपुरमा घाँटी रेटेर विभत्स हत्या भएको छ। , , सुर्खेतको सिम्ता गाउँपालिका–४ निवासी दीपकसिंह ठकुरीको कोहलपुर नगरपालिका–११ बसपार्क नजिकै खुला चउरमा घाँटी रेटिएको अवस्थामा आज शव फेलापरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर... |
रासस वन तथा वातावरण मन्त्रालयले जडीबुटीको सबैभन्दा ठूलो सम्भावना रहेको ‘कर्णाली प्रदेशमा जडीबुटी क्षेत्र निर्धारण’ गर्न प्रक्रिया अघि बढाएको छ। , , मन्त्रालयअन्तर्गतको वनस्पति विभागले जडीबुटीको उत्पादन, विकास र व्यवस्थापनको लागि खास क्षेत्र तोकी उत्पादन/उत्पादकत्व वृद्धि, दिगो संकलन र स्थानीय जनताको आय आर्जन वृद्धिसम्... |
प्रशन्न पोखरेल गोरखाको लाप्राकका भूकम्प प्रभावित बासिन्दा तेस्रो हिउँद पनि टहरोमा बिताउँदै छन्।, वि.सं. २०७२ वैशाख १२ गते बारपाक केन्द्र रहेर गएको भूकम्पले छिमेकी गाउँ लाप्राकका ६१७ घर भत्कियो। भूकम्प गएकै दिनदेखि गुप्सीपाखामा अस्थायी टहरो हालेका उनीहरू गैरआवासीय नेपाली संघ (एनआरएनए) ले घर बनाइदिने भएपछि त्यो ठाउँ छाड... |
सेतोपाटी संवाददाता एपीएफ टोलीले सुनसहित ६ जनालाई पक्राउ गरेको छ।, टोलीले शनिबार बिहान करिब दुई बजे सिराहाको गोलबजार नगरपालिका ९ स्थित पूर्व पश्चिम लोकमार्गको घुर्मीपुलबाट एक केजी ७५७ ग्राम ७२० मिलीग्राम सुनसहित छ जनालाई पक्राउ गरेको हो।, काठमाडौंबाट लाहानतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जिपम... |
रासस बैतडीको दशरथचन्द नगरपालिका–२ का २२ वर्षीया हीरा बोहरालाई शुक्रबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ। , , अपांगता भएकी बोहरालाई प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले घरमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गरेका हुन्।, अपांगता भएकी हीरा हिँडडुल गर्न नसक्ने भएकाले आफूले घरमै पुगेर नागरिकता वितरण ग... |
दीपक भट्टराई बर्मेली नेपालीका कथा, 'बा बिरामी हुनुहुन्थ्यो। आमा ‘पर सरेका’ ले हामी आठदेखि १२ वर्षका केटाकेटीले खाना पकाएर बाआमालाई दिन्थ्यौं। हाम्ले खान्थ्यौं। बिरामी बा एक दिउँसो घरमा ढल्नुभयो। म सानै थिएँ। आमालाई बोलाएँ। आमा बाको नजिक आउनुभयो। तर, बालाई छुँदै छुनुभएन। ‘छुई’ भएका बेला पुरुषलाई छुनुहुन्न भन्ने धारणा ... |
रासस नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। ,गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुर्व्यवहार गरेको भनी परिवारको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो। ... |
रासस महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारबाही गरेको छ ।, महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारबाही गरेको हो। जसमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला चालक रहेका छन्।, महाशाखाका प्रमुख एवं प... |
सेतोपाटी संवाददाता महोत्तरीको सम्सी गाउँपालिका-२ को पर्सा देवाडमा टिपरको ठक्करबाट ८ वर्षिय बालकको मृत्यु भएको छ।, आइतबार बिहान करिब साढे आठ बजे सडक पार गर्न लागि रहेको अवस्थामा ढुङ्गा बोकेर सम्सीतर्फ आइरहेको ना ७ ख ६४२७ नम्बरको टिपरले शेख सदाबलाई ठक्कर दिएको थियो। टक्करबाट उनको घटनास्थलमा नै निधन भएको प्रहरीले जनाएको ... |
सेतोपाटी संवाददाता कीर्तिपुरको नयाँ बाटोमा सवारी दुर्घटना हुँदा एक घाइते भएका छन्।, कीर्तिपुरको नयाँ बाटो छिर्ने मोडमा आज बिहान सवा ९ बजे सरकारी गाडीले बा ४४ प ७०२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका हुन्।, पशुसेवा विभागको बा १ झ ९६८४ नम्बरको टोयटा गाडीले ठक्कर दिँदा चाबहिल हाँडीगाउँ बस्ने १८ व... |
विनोद सापकोटा रतुवामाई वृक्षारोपण आयोजनाको जंगलहातामा शुक्रबार राति टिक जातका हरिया रूख काटिएका छन्।, जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्वर ९ स्थित संगम चोक उत्तरको जंगलमा मेलैमारी रूखको कटान भएको आयोजनाले जनाएको छ।, रातको मौका छोपी रूख काटिएको हो। आरा प्रयोग गरेर रूख ढालिए पनि गोलिया कसैले लगेको छैन। स्थानीयले बिहा... |
भगवती पाण्डे प्रहरीसँग गोली हानाहान हुँदा शनिबार राति रूपन्देहीमा एक जनाको मृत्यु भएको छ।, गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीसँग राति १२ बजे सिद्धार्थनगर नगरपालिका - १० शंकरपुरमा दोहोरो गोली हानाहान भएको जिल्ला प्रशासन कार्यालय र"पन्देहीले जनाएको छ।, प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गस्तीमा रह... |
सेतोपाटी संवाददाता प्रहरीले फुल्चोकी जंगलमा हराइरहेका १६ जनाको सकुशल उद्धार गरेको छ।, प्रहरीले उनीहरूलाई गोदावरी बसपार्कबाट १० किमि पूर्व फुल्चोकी जंगलको बीच खोँचबाट शनिबार साँँझ करिब पौने सात बजे उद्धार गरेको हो।, १२ किशोर तथा ४ किशोरीलाई फेला पारी प्रहरीले सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको छ।, शनिबार साँझ ५: ३... |
सेतोपाटी संवाददाता रुकुम पूर्वको जंगलमा नावालक छोरा र आमा झुण्डिएको अवस्थामा फेला परेका छन्।, जिल्लाको सिस्ने गाउँपालिका–६, की एक महिलाले नाबालक छोराको हत्या गरेर आफूले पनि आत्महत्या गरेको खुल्न आएको छ।, ३० वर्षीया रेनुका विसी शाहले २० महिने छोरा एटियमको हत्यापछि आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम ... |
रासस महानगरीय प्रहरी परिसर काठमाडौंले पुराना बुद्धका मूर्तिसहित एक जनालाई पक्राउ गरेको छ। , , टोलीले स्वयम्भू, सीतापाइला र भगवानपाउ इलाकामा पुरातात्विक महत्वका मूर्ति बेचबिखन तथा कारोबार हुँदैछ भन्ने विशेष सूचनाका आधारमा सिन्धुलीका ३९ वर्षीय दिलबहादुर ल्योलेलाई शनिबार साँझ पक्राउ गरी आज सार्वजनिक गरिएको हो।, परिसरका प... |
नेहा झा प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले कार्यकक्षमा बोलाएर सचिवमाथि दुर्व्यवहार गरेका छन्। प्रदेशको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा मन्त्री यादवले झापड हानेका हुन्।, सचिव झाले संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार... |
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघले सरकारले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता कार्यान्वयन गर्नुको साटो चिढ्याउने काम गरिरहेको आरोप लगाएको छ।, संघले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई आम नागरिकको पहुँचमा पुर्याउन डा.केसीले उजार गरेका विषयलाई कार्यान्वयन गर्नुका साटो चिढ्याउने काम गरिरहेको आरोप लगाएको हो। , सम्... |
रासस महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा सम्सी गाउँपालिका–२ पर्सादेवार बस्ने हयियाद शेखका आठ वर्षीया छोरा सदाम शेख रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए। , , बिहान करिब ८ बजे गौशालाबाट सम्सी जाँद... |
सेतोपाटी संवाददाता दाङमा कुवामा डुबेर महिलाको मृत्यु भएको छ।, शनिबार बिहान पौने ११ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १८ मसिना नौलोटोल निवासी ५० वर्षीया जुगानी चौधरीको कुवामा डुबेर मृत्यु भएको हो।, चौधरी नुहाउन भनि कुवामा गएको र नुहाउने क्रममा कुवामा खसेपछि डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएक... |
रासस जाजरकोटका अधिकांश शिक्षितका घरमा नै महिनावारी हुँदा छाउ बार्ने चलन कायमै रहेको छ। , , देउता रिसाउने, अशुभ हुने लगायत सामाजिक मान्यताका कारण छाउ बार्ने गरेको पाइएको हो। जिल्लाका केही ठाउँमा अहिले पनि छाउगोठमै गएर बस्ने गरिएको छ। , , परम्परागत सोच र सामाजिक परम्पराको दबाबमा यस्तो गर्न बाध्य भएको शिक्षित परिवारले नै... |
रासस महानगरीय प्रहरी परिसर काठमाडौंले भन्सार छलेर ल्याएको सुनसहित एक जनालाई पक्राउ गरेको छ।, वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशबाट फर्किएका कामदारलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन ल्याउँदै गरेको अवस्थामा धनकुटाका २८ वर्षीय समीर श्रेष्ठलाई शनिबार साँझ परिसर टोलीले पक्राउ गरेको हो।, प्रहरीले ... |
सेतोपाटी संवाददाता विगत २ वर्षदेखि मृगौला रोगबाट ग्रसित बेनिघाट गाउँपालिका- ५ धादिङका सन्जिव कँडेललाई कोरियामा कार्यरत नेपालीले ७०,१३० रूपैयाँ सहयोग गरेका छन्।, कोरियामा कार्यरत नेपालीको सहयोग र नेपालमा बसोवास गर्ने नेपालीबाट उठेको रकम दिनेश कँडेलले पीडितलाई हस्तान्तरण गर्दै थप सहयोगको लागि अपिलसमेत गरे।, सहयोगी हातला... |
सेतोपाटी संवाददाता द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले विभिन्न माग राखेर आज माइतीघर मण्डलामा धर्ना दिएका छन्। , , द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले आफ्ना माग प्रहरी र सैनिक ऐनमार्फत् सम्बोधन गर्नुपर्ने, बेपत्ता मृतक सुरक्षाकर्मीका परिवारलाई कम्तीमा दोब्बर राहत दिनुपर्ने, द्वन्द्वपीडित सुरक्षाकर्मीका सन्ततिलाई रो... |
नारायण खड्का पाँच, नम्बर प्रदेश प्रहरी प्रमुख डिआ,इ,जी पिताम्बर अधिकारीले कले,ज,का विद्यार्थी पढाउने अभियान चलाउँदै आएका छन्। यसअघि पनि विभिन्न स्थानमा उनले यस्तो कक्षा सञ्चालन गरिसकेका छन्। , किशोरकिशोरी अवस्थाका विद्यार्थीलाई प्रहरीले विभिन्न कुरा सिकाउने गरेको छ। महिला तथा बालबालिकाविरूद्ध हुने हिंसा तथा अपराध,, ,स... |
सेतोपाटी संवाददाता प्रदेश नम्बर १ की सांसद उषाकला राई कपाल मुण्डन गरेर आमाको किरियामा बसेकी छिन्।, उषाकलाकी आमा लक्ष्मी राईको उपचारका क्रममा बुधबार राजधानीको एक अस्पतालमा निधन भएको थियो।, हिन्दु परम्पराअनुसार दिवंगत आमाबुवाको किरिया छोराले गर्ने चलन छ। सांसद राई त्यो चलन तोडेर किरिया बसेकी हुन्। उनका दाजुभाइ छैनन्।, स... |
सेतोपाटी संवाददाता झापाको सुरुंगास्थित टप्पुमा अत्यधिक मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउँदा बुधबार राति स्थानीय एक युवाको ज्यान गएको छ।, कन्काई नगरपालिका–३ टप्पुमा घरतर्फ जाँदै गर्दा मध्यरात १२ बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मे ५ प ९१५८ नम्बरको मोटरसाइकल चालक कन... |
सेतोपाटी संवाददाता नेपाली सेनाको नयाँ प्रवक्ताको जिम्मेवारी यामप्रसाद ढकालले सम्हालेका छन्।, सहायक रथी गोकुल भण्डारीले जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित एक कार्यक्रममा ढकाललाई बिहिबार कार्यभार हस्तान्तरण गरेका हुन्। यसअघि प्रवक्ताको जिम्मेवारी पाएका सहायक रथी गोकुल भण्डारी तालिम शिक्षालय खरिपाटीमा सरुवा भएका छ... |
विनोद सापकोटा झापाको दमकमा बिहिबार बिहान आगलागी हुँदा एउटा घर जलेर खरानी भएको छ। ईलाका प्रहरी कार्यालय दमकका अनुसार स्थानीय हरि प्रसाद निरौलाको घरमा आगलागी भएको हो।, घरमा कोही नभएको अवस्थामा बिहान ६ बजेतिर अचानक आगोलागी हुँदा घरका सम्पूर्ण सरसमान जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ। आगलागीबाट उन्नत जात... |
प्रशन्न पोखरेल शिक्षा सेवाका कर्मचारीले समायोजन अध्यादेशले आफूहरूलाई यता न उताको कुभिन्डोजस्तो बनाएको बताएका छन्।, समायोजनका लागि कर्मचारीले फारम भर्ने क्रम चलिरहेका बेला आन्दोलनरत शिक्षा सेवाका कर्मचारीहरूले शिक्षा सचिवलाई भेटेर गुनासो गरेका हुन्। , कर्मचारी समायोजनमा निजामती सेवाका १२ मध्ये प्रशासन सेवा हावी भएको ... |
सेतोपाटी संवाददाता भारतीय राजदूतावास काठमाडौंले हिन्दी दिवस मनाएको छ।, त्रिभुवन विश्वविद्यालय, काठमाडौं अन्तर्गतको हिन्दी केन्द्रीय विभागको सहकार्यमा बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यमा विश्व हिन्दी दिवस मनाएको हो।, कार्यक्रममा नेपालका... |
सेतोपाटी संवाददाता बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बमजनको एक आश्रमबाट आज एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। , , सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पैरे धापसारमा रहेको आश्रममा सिन्धुपाल्चोकबाट आएको प्रहरी टोलीले महात्मा गुरू भनिने इन्द्रबहादुर स्याङ्तानलाई सोधपुछका पक्राउ ... |
रासस तपाईंले नयाँ आवास तथा घरका लागि नेपाल विद्युत् प्राधिकरणसँग नयाँ मिटरको लागि आवेदन दिनुभएको छ भने अब तपाईंले लामो समय कुर्नुपर्ने छैन। , , प्राधिकरणले आफ्ना ग्राहकलाई सहजरूपमा सेवा दिने लक्ष्यका साथ प्रक्रिया पुगेकालाई सात दिनभित्र नयाँ मिटर दिने व्यवस्था गर्न मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ। , , प्राधिक... |
सेतोपाटी संवाददाता बुधबारदेखि अनशनरत त्रिभुवन शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीको मागलाई समर्थन गर्दै आज इलामका महिलाहरूले र्याली निकालेका छन्।, हाम्रो स्वास्थ्य हाम्रै हातमा हामी डाक्टर केसीको साथमा, डा. केसी एक्ला छैनौं हामी तिम्रो साथमा छौं, मार्सी धानको भातसँग ऐन साट्न पाइँदैन, माफियाको मिसन... |
सेतोपाटी संवाददाता प्रधानसेनापति पूर्णचन्द्र थापाले भोलि (शुक्रबार) देखि छ दिने भारत भ्रमण गर्ने भएका छन्।, प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उनी आफ्ना भारतीय समकक्षी विपिन रावतको औपचारिक निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।, भ्रमणको क्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले ... |
सेतोपाटी संवाददाता यस वर्षको राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह विविध कार्यक्रमका साथ ललितपुर महानगरपालिकामा आयोजना गरिने भएको छ।, साथै यस वर्षको नारा ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पुरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ तय गरिएको २१ औं भूकम्प सुरक्षा दिवस प्रचार प्रसार उपसमितिले जनाएको छ।, आ... |
रासस हालै विश्वकै सर्वाधिक धनी व्यक्ति बन्न सफल अमेजन कम्पनीका संस्थापक दम्पत्तिको सम्बन्ध विच्छेद भएको छ। , संस्थापक जेफ बेजोस र उनकी श्रीमती मक्केन्जीले २५ वर्ष लामो वैवाहिक जीवनलाई अन्त्य गरेको घोषणा गरेका हुन्। , अमेजनको सिइओको ट्वीटर एकाउन्टबाट दुवै जनाले बुधबार संयुक्त वक्तव्य सार्वजनिक गर्दै वैवाहिक जीवन राजी... |
रासस हिमाली जिल्ला डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन्। ,वडाध्यक्ष कार्मा गुरुङलाई शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ,वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलील... |
सेतोपाटी संवाददाता दुई वर्षदेखि लोडसेडिङमुक्त राजधानीवासीलाई अचेल एउटा समस्या आइलागेको छ, बेलाबेलामा बत्ती झ्याप्पै जान्छ। कहिले एक छिनमा आइहाल्छ। कहिले १०-१५ मिनेटसम्म आउँदैन।, यो समस्या हुन थालेको साता दिन बढी भइसक्यो। साँझपख पिक आवरमा समस्या बढी दोहोरिन्छ जबकी राजधानीबाहिर समस्या देखिएको छैन।, काठमाडौंमै किन यस्... |
एजेन्सी क्यानडामा रहेको एउटा दुरबिनले समातिरहेको धेरै टाढाको आकाशगंगाबाट निस्केका रहस्यमय रेडियो संकेतबारे खगोलविद्हरूले विस्तृत विवरण सार्वजनिक गरेका छन्।, यो अनुसन्धान विज्ञान जर्नल ‘नेचर’ मा भर्खरै प्रकाशित भएको छ।, त्यो रेडियो तरंगको ठ्याक्कै प्रकृति र स्रोत अझै पनि थाहा हुन सकेको छैन।, १३ वटा रेडियो तरंगका द्रुत ... |
गिरीश गिरी बलिउडलाई साहित्यको सर्वोच्च पाइन चढाउने शिल्पी हुन् गुलजार।, कवि गुलजार यतिबेला बलिउडको घेराभन्दा बाहिर निस्केका छन्। पछिल्लो समय उनले आफ्नो जीवनमै प्रभाव पार्ने संसारभरिका मान्छेहरूकाबारे किताबै लेखेका छन्– ‘सगे सारे’।, ती प्रत्येक व्यक्तिका बारेमा लेखेर तयार पारेको कविताहरूको संग्रह हो यो किताब।, गुलजारका... |
दीपक श्रेष्ठ आफ्नै घर भित्र मृत भेटिएकी २५ वर्षीया शुष्मा कुँवरको हत्यामा संलग्न रहेका मृतकका श्रीमान ३५ वर्षिय मोहन बोहोरालाई सार्वजनिक गर्न माग गर्दै सयौंको संख्यामा महिलाहरुले जिल्ला प्रहरी कार्यालय बर्दियाको परिसर भित्रै प्रवेश गरेर नारा जुलुस गरेका छन्।, बिहिबार दिउँसो १ बजे तिर हजार भन्दा बढिको संख्यामा रहेका मह... |
सेतोपाटी संवाददाता सरकारले छोराछोरीले तलबको निश्चित प्रतिशत रकम आमाबाबुको खातामा अनिवार्य रूपमा जम्मा गर्नुपर्ने कानुन ल्याउने भएको छ।, जेष्ठ नागरिकसम्बन्धी ऐनमा संशोधन गर्दै सरकारले सार्वजनिक पद धारणा गरेका, निजी तथा संगठित क्षेत्रमा कार्यरत तथा अन्तराष्ट्रिय संस्थाहरूमा काम गर्नेहरूले अनिवार्य रूपमा आमाबुबाको संयुक्... |
रासस मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको छ। ,पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेला घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस अवधिमा न्यूनतम् तापक्रम न... |
नारायण खड्का दाङको गढवा निवासी १३ वर्षीया जुनु चौधरी शुक्रबार औधी खुसी थिइन्। गढवा गाउँपालिका वडा नं. ७ स्थित जनता माविमा कक्षा ६ मा अध्यनरत चौधरीको खुसीको कारण नयाँ साइकल थियो। जो उनको आवश्यता र चाहाना दुबै थियो।, घरको आर्थिक अवस्थाकै कारण आफूले अभिभावकलाई साईकल किनिदिन भन्न नसकेको जुनुले बताइन्। , वडा नं. ५ स्थित घ... |
सेतोपाटी संवाददाता मेम्बर अफ रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ (एमआरसिपिसिएच) - (यूके) परीक्षा अब नेपालमा नै हुने भएको छ ।, काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई उपलब्ध विश्व स्तरीय सेवा सुविधा तथा विशेषज्ञको टिमसँगै यहाँ हुने गरेका विविध शैक्षिक गतिबिधिको कारण रोयल कलेज अफ इङ्ल्याण्... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले सडक वरिपरि पर्ने सर्वसाधारणको घर जग्गालगायत भौतिक संरचनाको आर्थिक मूल्यांकन गरी अभिलेख राख्न आदेश सरकारलाई दिएको छ।, पर्सा जिल्लाको परवानीपुर ड्राइपोर्टदेखि गण्डकको बीचमा पर्ने आफ्नो जग्गाको क्षतिपूर्ति नदिई सडक विस्तार गरेको भन्दै विक्रम गुरूङले दिएको रिटमा न्यायाधीशद्वय आनन्दमोहन ... |
शान्ति तामाङ सुदूरपश्चिमका छाउगोठमा यो साता दुइटा घटना भए।, अछाम, तुर्माखाँद गाउँपालिका-३ की २२ वर्षीया गौरी बुढा आइतबार बेलुकी छाउगोठमा सुत्न गएकी थिइन्। सोमबार बिहान मृत भेटिइन्।, त्यसको दुई दिनपछि बुधबार बाजुरा, बूढीनन्दा नगरपालिका-९ मा आमासहित दुई बालकको छाउगोठमा मृत्यु भयो। मृत्यु हुनेमा अगाउँपानीकी ३५ वर्षीया अम... |
भगवती पाण्डे दाङ घोराही १० तेघराकी पार्वती वली र उनका श्रीमान मोहन कुमार वली हरेक साता दुईपटक बुटवल आउजाउ गर्छन्। सातामा ३ दिनमात्र घरमा बस्ने वली दम्पत्ती बुटवल आउने कुनै रोजगारी वा आर्थिक उपार्जनको लागि भने होईन।, ४२ वर्षिय मोहन कुमारले रोजगारीको लागि तीन वर्ष मलेसियामा बिताए। निर्माण मजदुरको रुपमा कार्यरत मोहन स्वद... |
सेतोपाटी संवाददाता सरकारले २०७४ साउनदेखि रोकेको जग्गाको कित्ताकाटलाई खुकुलो बनाएको छ।, शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नागरिकका व्यवहारिक समस्या सुल्झाउन कित्ताकाट खुकुलो बनाइएको जानकारी दिइन्।, ‘अंशवन्डा लगायतका व्यवहारिक समस्या देखिएकाले कित्ता... |
दिपकजंग शाही कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन गर्ने भएको छ।, प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशको आवश्यकता बमोजिम स्वयंसेवक परिचालन गर्न लागेको हो।, मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको ‘कर्णाली प्रदेश स्वयंसेवक परिचालन कार्यविधि’ बिहिबारको बैठकले स्वीकृत गरेको छ।, विधेयक स्वीकृत भएसँगै अब मन्त्रालयका त... |
रासस , , रासस, संघीय सरकारले पहिलो चरणमा प्रदेश नं ५ का कपिलवस्तु र गुल्मीसहित देशभरका पन्ध्र जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गर्ने भएको छ। , , गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार चालू आवमा देशका पन्ध्र जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गर्ने नीतिअनुरुप पहिलो चरणमा बृहत अभियान सुरू ... |
दिपकजंग शाही सुन चोर्ने नेपालीलाई खोज्दै भारतीय प्रहरी सुर्खेत आइपुगेको छ। नेपाल प्रहरीको सहयोगमा चोरी गर्ने व्यक्ति फेला परेपछि भारतको कर्नाटक राज्यस्थित बैंगलोरबाट प्रहरी सुर्खेत आईपुगेको हो।, प्रहरी इन्स्पेक्टर मेलविन फ्रान्सीसको नेतृत्वमा कर्नाटन प्रहरीको पाँच सदस्यीय टोली सुर्खेत आएको हो। सोही उद्देश्यसहित आएको उ... |
नारायण खड्का दाङका खोला र नदीहरूमा अवैध रूपमा बालुवा गिट्टी उत्खननमा संलग्न दस वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ।, मंगलबार अनुगमनमा गएको जिल्ला अनुगमन समन्वय समितिले पश्चिम दाङको बबई गाउँपालिका वडा नं. ७ को कालितरामा अवैध रूपमा बालुवा, गिट्टी उत्खनन गर्दै गरेका दस वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो।, नियन्त्रणमा... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंको सोल्टीमोडस्थित वैदेशिक रोजगार विभागबाट ७ जना बिचौलियालाई पक्राउ गरेको छ।, सो विभागमा सेवाग्राहीहरूलाई ठगी गर्ने बिचौलियाहरूलाई प्रहरीले पक्राउ गरेको हो।, महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरू काभ्रे साखु घर भई हाल कालिमाटी बस्ने २५ वर्षीय भ... |
सेतोपाटी संवाददाता दाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, प्युठान जिल्लाको नौबहीनी गाउँपालिका स्याउलिवाङ निवासी २२ वर्षीय राम बुढा मगरको ट्याक्टर दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार मंगलबार बेलुका साढे ८ बजेतिर दाङको घोराही उपमहानगरपालिका वडा नं.... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा करिब तीन करोडको लागतमा सभाहल निर्माण हुने भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. –९ दोघरेमा करिब ५ कठ्ठा क्षेत्रफलमा पार्किङसहितको वहुआयामिक सभाहल निर्माण हुने भएको छ।, तुलसीपुरमा केही वर्ष पहिले महापुराणबाट संकलन गरेको करिब दुई करोड र अन्य मेला महोत्सव तथा बिभिन्न क्षेत्रबाट प्रा... |
शान्ति तामाङ काष्ठमण्डप पुनर्निर्माणलाई लिएर काठमाडौं महानगरपालिका र स्थानीय अभियान समितिबीच फेरि विवाद बढेको छ।, महानगरपालिकाअन्तर्गतको पुनर्निर्माण समितिले आर्थिक पारदर्शिता नदेखाएको, काष्ठमण्डप निर्माणको अवधारणा नखुलाएको, नक्सा सार्वजनिक नगरेको, स्थानीयलाई बेवास्ता गरेको समितिका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठको आरोप... |
रासस बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ।, चिसोको बेला छाउगोठमा ताप्नका लागि बोलेको आगो निभाउन बिर्सिदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको बताइएको छ। , , मृत्यु हुनेमा सोही नगरपालिका–९ वडा अगाउँपानीमा बस्ने ३५ वर्षीया आमा अम्बा बोहरा, उनका छोरा... |
रासस काठमाडौं महानगरपालिकाले नागरिकलाई आकाशे पुलको प्रयोग गराउनका लागि सप्ताहव्यापी कार्यक्रम सुरू गरेको छ।, गत आइतबारदेखि अभियानकै रूपमा सुरू गरेको कार्यक्रमअन्तर्गत आकाशे पुलको प्रयोग प्रवर्द्धन गर्न अभियान थालेको हो। , , आकाशे पुल हुँदाहुँदै मूल सडकबाट आवतजावत गर्दा सडक दुर्घटनाको खतरा बढेपछि अभियान चलाइएको कामपाका... |
सेतोपाटी संवाददाता वीरगञ्जमा चल्ने साना सवारी साधनका चालकहरुमध्ये ८ जना मोतियाविन्दु भेटिएको छ।, एउटा आँखामा मोतिया विन्दु भएतापनि उनीहरुले अर्को आँखाको सहायतमा सवारी साधन चलाउने गरेको भेटिएको हो।, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र माट्रिका आइ फाउन्डेसनले वीरगंजमा चालकहरुलाई लक्षित गरेर आयोजना गरेको निशुल्क आँखा ... |
खिलानाथ ढकाल र विष्णु पौडेल कमल गाउँपालिका, झापामा अर्काको घर, गाईगोठ र खेतबारी हेरचाह गरेर देवीबहादुर बस्नेत परिवारको गुजारा चलिरहेको छ।, देवीबहादुरका दुई छोरी र एक छोरा छन्। उनको पुरानो थातथलो खोटाङ हो। खोटाङबाट २०३७ सालमा झापा आएका थिए।, अरूको खेतबारी जोतेर दुःखसुख जीवन धानिरहेको बस्नेत परिवारमा डेढ महिनाअघि बज्रपा... |
सेतोपाटी संवाददाता लोक सेवा आयोगले नायव सुब्बा पदमा विज्ञापन खुलाएको छ।, राजपत्र अंकित प्रथम श्रेणी (अप्राविधिक) मा खुला र समावेशी प्रतियोगितात्मक परीक्षाबाट लोक सेवाले पदपूर्तिका लागि आवेदन माग गरेको हो।, गोरखापत्रमा बुधबार सूचना निकालेर लोक सेवाले अनलाइनबाट पनि फारम भर्न सक्ने उल्लेख गरेको छ। ,psconline.psc.gov.np, ... |
नारायण खड्का रोल्पामा सिरक डसना बनाउन प्रयोग गरिने मेसिन विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।, त्रिवेणी गाउँपालिका वडा नं. ४ निगालपानीमा मेसिन विस्फोट हुँदा बर्दिया निवासी २८ वर्षीय जय कृष्ण न्यौपानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, रा १ त ६३५ नम्वरको ट्याक्टरमा लोडेड मेस... |
रासस तपाईं सवारी साधन चलाउनुहुन्छ? चलाउनुहुन्छ भने जथाभावी पार्किङ नगर्नुहोला। ट्राफिकले ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाउन सक्छ। , , महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाउने कार्य सुरू गरेको छ। , , म... |
सेतोपाटी संवाददाता द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले आफूहरूसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न सरकारलाई दबाब दिँदै काठमाडौंमा अनिश्चितकालीन धर्ना दिन सुरू गरेका छन्।, द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारका सन्तानलाई निःशुल्क शिक्षा र परिवारका एक जना सदस्यलाई सरकारी नोकरी अनिवार्य उपलब्ध गराउनेलगायतका सहमति कार्या... |
रासस पाँचथरमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको छ। शिक्षा मन्त्रालयका उपसचिव विष्णु मिश्रसहितको टोलीले पाँचथरमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यताको खोजी गरेको हो।, सम्भाव्यताबारे जानकारी लिन जिल्ला प्रशासन कार्यालय पाँचथरको समन्वयमा फिदिममा सर्वपक्षीय बैठक सम्पन्न भएको छ। , चिकित्सा शिक्षा क्षेत्... |
रासस जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी रु एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन्। , कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मंसिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन्। आन्तरिक लेखा परीक्षण (आलेप)का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको उनले बताए। , गत आर्थिक वर्षक... |
रासस चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेका संरक्षित क्षेत्रमा मङ्गलबारदेखि चरा गणना सुरू भएको छ। , , विश्वभर चरा गणना हुने कार्यक्रमअन्तर्गत चरा गणना थालिएको हो।, चराविद् चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको नदी, तालतलैया, सीमसार क्षेत्रमा पानी आश्रित चरा गणना गर्न लागेका हुन्। , , चराविद् टीका गिरीका अनुसार हरेक वर्ष ज... |
नेहा झा प्रदेश दुई सरकारले ‘बेटी पढाउँ बेटी बचाउँ’ भन्ने महत्वाकांक्षी अभियानको सुरू गरेपछि गरेपछि यसले देशैभरी चर्चा पायो ।, प्रदेश दुईको सरकारको प्रशंसा समेत सबै पक्षले गरे। तर, प्रदेश सरकारको यो अभियान भने नारामै सिमित देखिएको छ।, मुख्यमन्त्री लालबाबु राउतले यस प्रदेशमा छोरीहरू पठनपाठनबाट वञ्चित हुँदै आएको भन्दै प्... |
सेतोपाटी संवाददाता सरकारले विदेशी नागरिकमाथि कडा निगरानी राख्ने भएको छ।, नेपाल आएका विदेशी नागरिकले खुलेआम यौनजन्य गतिविधि गरिरहेको समाचार बाहिर आएपछि अध्यागमन विभागले उनीहरूको नेपाल बसाईमाथि कडा निगरानी राख्ने योजना अघि सारेको हो।, बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभागमा महानिर्देशक ईश्वरराज पौडेलले विदेशी नागर... |
रासस सूर्यविनायक नगरपालिका–५ सल्लाघारी चोकस्थित सिर्जनानगरबाट दुवाकोटतर्फ जाँदै गरेको बा ९४ प ७१७४ नं को मोटरसाइकल अनियन्त्रित भई आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , , दुर्घटनामा चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बस्ने २९ वर्षीय शहीद तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फोहोर मैला नउठाउने कर्मचारीहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।, मेयर शाक्यले फोहोर उठाउने कर्मचारीहरूले सहमतिविपरित फेरि काम अवरूद्ध पार्न सुरू गरेको उल्लेख गर्दै उनीहरूमाथि कडा कारबाही गर्ने बताएका हुन्।, बुधबार काठमाडौंमा आयोजित ‘समुदाय–प्... |
सेतोपाटी संवाददाता त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले १६ औं अनसन सुरू गरेका छन्। सरकारसँग गरेको सहमतिविपरित संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गरेपछि डा. केसीले इलामबाट १६औं अनसन सुरू गरेका हुन्।, समितिले सहमति विपरित विधेयक पास गर्ने संकेत पाए लगत्तै डा. केसी इलाम पुगेका थिए। डा.... |
सेतोपाटी संवाददाता प्रहरीले बौद्धस्थित जुवा अखडामा छापा मारेर तीन तिब्बतीयनसहित २१ जनालाई नियन्त्रणमा लिएको छ।, शनिबार राति उनीहरूलाई बौद्ध स्तुपानजिकको एक घरबाट नगदसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, बौद्धका लोकसाङ लामाले घर भाडामा लिएर जुवा अखडा सञ्चालन गरेको सूचना आएपछि प्रहरी छापा मार्न ... |
रासस कोटेश्वर–कलंकी सडकको सबभन्दा बाहिरी लेन ‘सर्भिस ट्रयाक’ को निर्माण आधा सकिएको छ। , , चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सकाएसँगै नेपाल सरकारले गर्ने भनिएको दुई लेनको काम भइरहेको काठमाडौं चक्रपथ सुधार योजनाले बताएको छ। , , अहिलेसम्म झण्डै पाँच किलोमिटर काम सकिएको योजनामा कार्यरत इञ्जिनियर निरञ्जन शर्मा अर्यालले ... |
सेतोपाटी संवाददाता प्राकृतिक चिकित्सालयको रूपमा चर्चित म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा उपचारका लागि स्नान गर्न (डुब्न) आउने बिरामीलाई लक्षित गरी ‘बाथ टब’ निर्माण गरिएको छ ।, म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित तातोपानी कुण्डमा बिरामीको अत्याधिक चाप बढेसँगै पूर्वाधार विस्तार गर्ने क्रम पनि बढिरहेको छ । विशेषगरी... |
रासस पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने सबै भक्तजनलाई गोकर्णेश्वर महादेव मन्दिरमा ल्याउन गोकर्णेश्वर नगरपालिकाले विशेष कार्ययोजना ल्याउने भएको छ। , , पशुपतिनाथमा श्रीयन्त्रको पूजा हुन्छ भने गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा हुन्छ। श्रीयन्त्रको पूजा एवं दर्शन गर्नेले बालयन्त्रको पनि पूजा तथा दर्शन ग... |
रासस नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरिमिनायामा निर्माणाधीन अत्याधुनिक ल्याण्डफिल साइट (फोहोर प्रशोधन केन्द्र) को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। , , ‘अब तीन महिनाभित्र यसको निर्माण सकिन्छ र हामी सञ्चालनमा ल्याउँछौं’, नगरप्रमुख धवलशम्शेर राणाले भने, ‘नेपालगन्जले अब कम्तीमा ४० वर्षसम्म फोहोरी सहरको नियति भोग्नु पदैन... |
सेतोपाटी संवाददाता दाङको एक घरमा आगोलागी हुँदा झन्डै ६ लाख बराबरको क्षति भएको छ।, राप्ती गाउँपालिका वडा नं. २ बारखुटीमा देवी कुमालको घरमा विद्युत सर्ट भएर आगलागी भएको हो।, फुसको छानोयुक्त एक तले घरमा भएको आगलागीबाट खाद्यान्न, लत्ता कपडा तथा अन्य सामग्री समेत गरी झन्डै ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दा... |
रासस सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा चालू आवमा राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ। , , अछाम र कञ्चनपुरमा चालू आर्थिक वर्षभित्रै परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ। आउँदो माघबाट विवरण सङ्कलन गरिने र असारसम्म परिचयपत्र वितरण गरिसक्ने लक्ष्य लिइएको छ। , , सरकारले संवैधानिक रुपमै... |
सेतोपाटी संवाददाता नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मोहन वैद्यको माओवादी पार्टीका एक कार्यकर्तालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका ४ का ३७ वर्षीय सुरेश तामाङ छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई आइतबार थानकोट पानीघाटबाट ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.