content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता कास्कीको अन्नपूर्ण गाँउपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, नयाँपुलबाट अन्नपूर्ण ११ मिचुतर्फ जाँदै गरेको ग १ ज ५१९७ नम्बरको जिप सडकबाट खस्दा ३५ वर्षीय भीम बहादुर खत्री क्षेत्रीको मृत्यु भएको हो।, जिप सडकदेखि करिब ३ सय मिटर तल खस्दा जिप चालक कास्कीको अन्नपूर्ण गाँउपालिका ५ झोबाङ क्षेत... |
दिपकजंग शाही कालीकाटको खाडान्यौपानेमा भएको आगलागी प्रकरणमा वडा सचिव पक्राउ परेका छन्।, आगलागी हुनुअघि भएको रक्सी पार्टीमा संलग्न भएको आशंकामा पलाँता गाउँपालिका–१ का वडा सचिव विष्णुकान्त प्याकुरेललाई शनिबार प्रहरीले पक्राउ गरेको हो।, प्रहरीका अनुसार आगलागी हुनुअघि मान्छे नबस्ने स्थानीय नवीन न्यौपानेको घरमा मदिरा पार्टी... |
सेतोपाटी संवाददाता सरकारले कान्ति बाल अस्पतालका लागि ५ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ।, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले कान्ति बाल अस्पतालमा ब्लड क्यान्सरको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५ करोड आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका हुन्।, आइतबार सो अस्पतालको ५७ औं वार्षिकोत्सव ... |
नारायण खड्का दुर्घटना न्यूनीकरण गर्न भन्दै दाङका सडकमै चालकको स्वास्थ्य चेक जाँच अभियान सञ्चालन गरिएको छ।, यस्तै अभियान यसअघि पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको लमहीमा पनि सञ्चालन गरिएको थियो। आइतबार बिहान १० बजेदेखि राप्ती लोकमार्ग अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ गोठीखोलामा चालकहरूको नि:शुल्क स्वास्थ्य चेक... |
खिलानाथ ढकाल मेलम्ची खानेपानी आयोजनाको काम छोडेर हिँडेको इटालियन कम्पनी सिएमसीले फर्किने सूचना दिएपछि खानेपानी सचिव गजेन्द्र ठाकुर छलफलमा जुटेका छन्। सिएमसीले काममा फर्किने भन्दै इमेल पठाएपछि आइतबार दिनभर सचिव ठाकुर छलफलमा जुटेका हुन्। ,सचिव ठाकुरले कार्यालय समयको पहिलो हाफमै मेलम्ची विकास समितिका पदाधिकारीहरूसँग छलफल... |
सेतोपाटी संवाददाता सोमबार बिहानदेखि राजधानीलगायत देशका विभिन्न भागमा हिउँदे वर्षा भएको छ।, पश्चिमी वायूको प्रभावका कारण देशभरि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार भएको वर्षा यो सालको पहिलो हिउँदे वर्षा हो। , ‘पश्चिमी भागमा हिजोदेखि नै वर्षा भएको थियो, आज राजधानीसहित पूर्वी भागमा वर्षा हुन्छ,’ महाशा... |
सेतोपाटी संवाददाता राजधानीको सामाखुसीस्थित जेब्रा क्रसमा माइक्रो बसले सोमबार मध्यान्ह ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।, बा१ज ९७६६ नम्बरको माइक्रो बसले ठक्कर दिँदा धुम्बाराहीकी सीता दाहालको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जले जनाएको छ। ,ठक्करबाट अन्य चार जना घाइते छन्।, खोटाङकी सपना राई, कोटेश्... |
सेतोपाटी संवाददाता मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरको केही भागमा हिमपात भएको छ।, आज बिहानदेखि नै दामन र सिम भञ्ज्याङमा हिमपात भएको स्थानीयले बताएका छन्। , पहिला पनि यस भेकमा हिमपात हुने बित्तिकै काठमाडौंसहित हेटौंडा, चितवन तथा वीरगन्जदेखि आन्तरिक पर्यटकहरुको अत्याधिक भीड हुने गरेको थियो। , यसपाली पनि हिउँ परेपछि आन्... |
खिलानाथ ढकाल मोरङ सुन्दर-हरैंचा नगरपालिकाभित्र कसैको मृत्यु भए शव वाहन घरमै पुग्छ, त्यो पनि नि:शुल्क। , कसैको मृत्यु भए स्थानीयले ०२१-५४६६६६६ मा फोन गर्छन्। फोन गरेको केहीबेरमा को १ झ ५८४ नम्बरको शव वाहन गाडी पुग्छ।, १२ वटा वडा रहेको सुन्दर-हरैंचा नगरपालिकाले आफ्नो नगरपालिकाका सबै जनताका घरमा शव वाहन पुर्याउने गरेको ... |
रासस आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ। , , हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दामाथि पुगेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ। गएको तीन दिनदेखि बादल लाग्ने र सामान्य हिमपात हुने हुम्लामा आइतबार रातिदेखि अझै निरन्तर परेपछि अहिले... |
सेतोपाटी संवाददाता मुगुमा आईतबार रातिदेखि भारी हिमपात भइरहेको छ। आईतबार रातिबाट सुरू भएको हिमपात सोमबार पनि जारी छ।, जिल्लाका उच्च हिमाली क्षेत्रमा भने आईतबार बिहानैदेखि हिमपात भईरहेको छ। मुगुको रोगं गाउँपालिकाको साविकका पर्ने करानका पाँच गाविस मुगु, डोल्फु, किम्री, पुलु, माँग्रीमा सबै भन्दा बढी हिमपात भएको छ।, त्यस्त... |
नारायण महर्जन राजधानीको चन्द्रागिरीमा हिउँ परेको छ।, पश्चिमी वायुको प्रभावले सोमबार देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित देशका विभिन्न स्थानहरूमा हिउँ परेकाे हो।, सोमबार भएको वर्षा यो सालको पहिलो हिउँदे वर्षा हो।, चन्द्रागिरी डाँडामा हिउँ परेपछि त्यहाँ जानेको संख्या बढिरहेको चन्द्रागिरी हिल्स लिमिटेडले बताएको ... |
विनोद सापकोटा मुलुकका विभिन्न भागमा हिमपात,, ,बाक्लो हुस्सु र पानी परिरहेकाबेला पूर्वमा विस्कुन सुक्ने घाम लागेको छ।, अघिल्ला वर्ष आजैका दिन झापामा बाक्लो हुस्सुसहित शितलहर थियो। मौसम विज्ञान विभाग अन्तर्गत कन्काई हावापानी मापन केन्द्र नम्बर १४२१ का अनुसार गत वर्ष अर्थात पुस २३ गते झापाको तापक्रम ४ दशमलव ५६ डिग्री सेल... |
सागरराज तिमिल्सिना पोखरा महानगरपालिकाले पोखरामा अवैध रूपमा बनाएका ३ वटा घर भत्काएको छ। महानगरपालिकाले सोमबार सार्वजनिक जग्गा हडपेर बनाएको पोखरा महानगरपालिका वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियार, पोखरा वडा नम्बर ५ धारापानीका भरत लिगल र बुलौंदी खोलाको मापदण्डमा पर्ने जमुना क्षेत्रीको घर भत्काएको हो।, महानगरपालिका... |
रासस पश्चिम नवलपरासीका स्थानीय तह आफैंले शिक्षक भर्ना गरेका छन् ।, सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभावको समस्या समाधान गर्न संविधानले दिएको अधिकार प्रयोग गर्दै शिक्षक भर्ना गरिएको स्थानीय तहले जनाएका छन्। सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाले शिक्षक भर्ना गरिसकेका छन् भने पाल्हीनन्दन गाउँपालिकाले भर्नाका लाग... |
विनोद सापकोटा घटना कात्तिक २१ गतेको हो। भारतीय भूमि किसनगञ्जको सिंगीमारीमा एक नेपालीको शव हत्या भएको अवस्थामा फेला परेको थियो। कनकाई खोलाको बगरस्थित काँसघारीमा सडिएको अवस्थामा गोठालाले उक्त शव देखे। उक्त शव गौरीगञ्ज गाउँपालिका वार्ड नम्बर २ कोरोबारी बस्ने ५५ वर्षीय अलकचन राजवंशीको भएको स्थानीय र प्रहरीले ठम्याए।, भारत... |
चेतना गुरागाईं जर्मनीका वास्तुशिल्पी वुल्फ ग्याङ कोर्नले सन् १९७० दशकमा काठमाडौं आउँदा काष्ठमण्डपको रेखाचित्र बनाएका थिए।, उनले काष्ठमण्डपमाथि चढेर एक-एक इन्च नाप्दै बनाएको आर्किटेक्चरल नक्साको मूलकपी अहिले कहाँ होला?, सन् १९६८ मा डेनमार्कबाट आएका आठ जना प्राविधिक टोलीले बुंगमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको प्रत्य... |
रासस गौतमबुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदरबार क्षेत्र प्राचीन तिलौराकोटमा उत्खनन् तथा अन्वेषण थालिएको छ।, युनेस्कोको आर्थिक सहयोगमा तिलौराकोट दरबार क्षेत्रमा यस वर्षको उत्खनन् कार्यको सुरूआत गरिएको हो। तिलौराकोट दरबार क्षेत्रको पूर्वी द्वार बाहिरको कन्थक स्तुपको उत्खनन् पनि यसै वर्ष सम्पन्न गरिने लुम्बिनी व... |
अमृता लम्साल हजुरआमाका कथा श्रृंखला, हजुरआमाका कथा खोज्दै यसपालि कुसुन्तीस्थित 'अरुणिमा वस्ती' पुगेकी थिएँ- ९५ वर्षकी इन्द्रमाया पौडेललाई भेट्न। उनी घामको राप पर्ने बिछौनामा थिइन्। मुखमा पानको बुजो थियो। आँखा किताबमा। यो उमेरमा यति घोरिएर उनी के पढ्दैछिन् भनेर नियालेँ। मदन पुरस्कार विजेता नीलम कार्की निहारीकाद्वारा लि... |
खिलानाथ ढकाल विभिन्न शीर्षकमा कानुनविपरीत विद्यार्थीसँग शुल्क माग्दै ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजले एमबिबिएस/बिडिएस पहिलो वर्षको पढाइ रोकेको छ।, कक्षा सुरू भएको २० दिनमै उक्त मेडिकल कलेजले एमबिबिएसमा प्रतिविद्यार्थी एक लाख र बिडिएसमा ९७ हजार ९०४ रूपैयाँ अतिरिक्त शुल्क मागेको हो। , पैसा नतिरेका विद्यार्थीलाई... |
सेतोपाटी संवाददाता बल्खुबाट ल्याबोरेटरी स्कुल हुँदै कीर्तिपुर जाने बाटोका खाल्डा व्यवस्थापन गरिएका छन्।, नयाँ बाटो निर्माणपछि यहाँ ढलका दुई खाल्डा अलपत्र छाडिएका थिए। कीर्तिपुर र बल्खु दुवैतिरबाट आउजाउ गर्दा सडकका दुवै किनारमा रहेका यी खाल्डा जोखिमपूर्ण थिए। दुईपाङग्रे मात्र होइन, चारपाङ्ग्रे समेत खाल्डोमा जाकिने डर थ... |
रासस एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् ।, एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुधबार अपराह्न भरतपुर ... |
नेहा झा जाडोको समयमा भुइँमा बस्ने कल्पनासम्म कसैले गर्दैनन्। यदि त्यस्तो स्थिति देखियो भने त्यो बाध्यताले मात्रै होला।, यही अवस्था धनुषा जिल्लाको एक विद्यालयमा देखिएको छ। पुसको कठ्याङ्ग्रिदो जाडोमा उक्त विद्यालयका विद्यार्थी भुइँमै बसेर पढ्छन्। , जनकपुरधामदेखि लगभग ८ किलोमिटर टाढा पर्ने श्री बहुमुखी राप्रा विद्यालयमा ... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले जलवायु परिवर्तनसम्बन्धी ऐन बनाउन सरकार नाममा परमादेश जारी गरेको छ।, यही पुस १० गते तत्कालीन प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले उक्त आदेश दिएको हो। अधिवक्ता पदमबहादुर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाई २०७४ कात्त... |
दिपकजंग शाही चालु आर्थिक वर्षको हालसम्म जिल्ला अदालत सुर्खेतमा ५८ जना पुरूषले सम्बन्ध विच्छेदका लागि मुद्दा दिएका छन्। नयाँ मुलुकी संहितामा पुरूषले पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दिन पाउने व्यवस्था भएसँगै ५८ पुरूषले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दिएका छन्।, जिल्ला अदालत सुर्खेतका अनुसार चालु आर्थिक व... |
नारायण खड्का दाङ घोराहीको शहिद कृष्णसेन ‘इच्छुक’ बहुप्राविधिक शिक्षालयले बुधबार बेलुका घोराहीको तुलसीपुर चोकमा मृतकहरको सम्झनामा दिप प्रज्वलन गरेको छ।, गत पुस ६ गते सल्यानबाट अवलोकन भ्रमण सकेर दाङ तर्फ आउँदै गर्दा भएको बस दुर्घटनामा परि १९ विद्यार्थी, २ शिक्षक, चालक र सहचालकको गरि २३ जनाको मृत्यु भएको थियो । , विद्याल... |
रासस घोराही उपमहानगरपालिकाको विकट वडा नं १९ सैघाकी एक किशोरी चार दिनदेखि बेपत्ता भएकी छिन्।, घरायसी सामान किन्न करिब १५ किलोमिटर टाढा घोराही बजार आएकी १६ वर्षीया भुमा राहुमगर गत १५ गतेदेखि बेपत्ता भएकी उनको पारिवारिक स्रोतले जनाएको छ । , , बेपत्ता किशोरीका बुबा ओबाराम राहुमगरले छोरीलाई चिने जानेका र आफन्त बसेका सबैतिर... |
रासस अवैध मदिरा उत्पादन गर्ने भट्टीहरूमा महानगरीय प्रहरी वृत्त बौद्धले आज छापा मारी हजारौं लिटर मदिरा नष्ट गरेको छ।, अवैध मदिरा उत्पादन तथा विक्री वितरणले समाजमा विभिन्न किसिमका दुर्घटना र अराजक गतिविधि निम्त्याउने गरेको भन्दै प्रहरीले त्यस्ता गतिविधि नियन्त्रण गर्न अवैध मदिरा नष्ट गरेको हो। , , प्रहरीले गोकर्णेश्वर न... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले इतिहास अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था गर्ने तयारी गरेको छ।, त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रिय विभागमा भर्ना हुने विद्यार्थीको संख्या शून्यमा झरेपछि इतिहास अध्ययनप्रति विद्यार्थीहरूको रुचि जगाउन विभागले यथासम्भव छात्रवृत्तिको व्यवस्था गर्न... |
एजेन्सी आउँदो वैशाखमा नेपालले आफ्नो पहिलो भू–उपग्रह प्रक्षेपण गर्दैछ। ‘बड् थ्री’ नामको यो भू-उपग्रहले नेपालका विभिन्न ठाउँका तस्बिर संकलन गर्नुका साथै हिमाल, पहाड, तराई, वनपाखा, हिमनदी र बाढीसम्बन्धी सूचना प्रवाह गर्नेछ।, हालसम्म भाडाका भू–उपग्रहबाट सूचना लिँदै आएको नेपालको निम्ति यो खुसीको खबर हो।, जहाँ एकातिर हामी आ... |
रासस बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिसिन विभागअन्तर्गत रहेका अन्य तीन विभागलाई छुट्टै सुरू गरिएको छ। , एउटै विभागबाट विभिन्न रोगको विशेषज्ञ सेवा तथा शिक्षा प्रदान गर्न असहज भएपछि मुटु, फोक्सो, पेटसम्बन्धी छुट्टै विभाग बनाइएको प्रतिष्ठानका अस्पताल निर्देशक डा गौरीशङ्कर साहले जानकारी दिए। , इन्टर्नल... |
रासस कर्णाली प्रदेश सरकारद्वारा गठित उच्चस्तरीय बाढीपीडित समस्या समाधान समितिले पुनर्स्थापनासम्बन्धी प्रतिवेदन अन्तिम चरणमा पुगेको जनाएको छ। , , समितिले पाँच महिनाको अवधिमा पीडितको वास्तविक तथ्याङ्क सङ्कलन, जग्गाको पहिचान र पुनर्स्थापनासम्बन्धी कार्यविधि निर्माण अन्तिम चरणमा पुगेको जनाएको हो। , , समितिका सदस्य यज्ञ ढक... |
विनोद सापकोटा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी कार्यक्रममा झापाको शिवसताक्षीमा बुधबार विद्यार्थीको दुरुपयोग भएको छ। पढ्न पाउने अधिकारलाई बन्देज गर्दै स्थानीय दुधे स्रोत केन्द्रले तीन विद्यालयका विद्यार्थीलाई राष्ट्रपति सहभागी कार्यक्रममा अनिवार्य उपस्थित गरायो।, दुधे श्रोत केन्द्रका श्रोत व्यक्ति कृष्ण भण्डारीले स... |
सेतोपाटी संवाददाता पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको माइधारमा बिहीबार दिउँसो मोटरसाइकल र बोलेरो जिप एक अर्कामा ठोक्किँदा २ जनाको मृत्यु भएको छ।, पूर्ववाट पश्चिमतर्फ आउँदै गरेको वा १३ च नम्बरको बोलेरो जिप र पश्चिमबाट पूर्व जाँदै गरेको मे ४ प ३२ नम्बरको मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ... |
सेतोपाटी संवाददाता प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले धादिङबाट ठूलो परिमाणमा चरेश बरामद गरेको छ। ब्युरोको टोलीले बिहीबार बिहान धादिङ गजुरी गाउँपालिका वडा नं. १ स्थित गजुरीबाट २३५ किलो चरेश बरामद गरेको हो।, एचआर ३८ एस ९३७१ नम्बरको भारतीय ट्रकबाट मुग्लिन, पर्सा हुँदै भारत लैजान लागिएको चरेश बरामद गरिएको ब्युरोका प्रहरी... |
सेतोपाटी संवाददाता विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीका तीन जना नेता पक्राउ परेका छन्।, पार्टीको ट्रेड युनियनमा आबद्ध उनीहरूलाई महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो।, महानगरीय अपराध महाशाखाको टोलीले ललितपुर भैंसेपाटीका लोकेन्द्रराज थापा, केशबहादुर बुढा र विकास थापालाई बिहीबार साँझ थापाथलीबाट... |
सेतोपाटी संवाददाता विभिन्न सामाजिक सञ्जाल, भाइबर, ह्वाट्स एपको माध्यमबाट ‘पुरस्कार परेको’ भन्दै ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी प्रभाग बलम्वुले सामाजिक सञ्जाल, भाइबर, ह्वाट्स एपको माध्यमबाट पुरस्कार परेको भन्दै ठगी गर्नेहरूलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा खोटाङ जिल्ला अर्खौली १० का इन्... |
दिपकजंग शाही सुर्खेत जिल्लामा चालू आर्थिक वर्षको ६ महिनामा सवारी साधनमाथिको कारबाहीबाट मात्र ५७ लाख राजस्व संकलन भएको छ।, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार चालू आर्थिक वर्षको पुस १८ गतेसम्म ५७ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको हो। उक्त अवधिमा ११ हजार ४ सय ८५ सवारी साधनमाथि कारबाही गरिएको छ।, कार्यालय... |
सबिना श्रेष्ठ हर्नामाडीस्थित रामधुनी चोक।, लस्करै पुराना घर। इँटा–माटो अनि काठले बनेका। नजिकै चौतारी।, त्यो चोकमा अचेल डोजर र ट्रक बढी ओहोरदोहोर गर्न थालेका छन्।, बनेपाका कलाकार दिपेन्द्र बनेपाली गत शनिबार त्यही चोकलाई ‘वाटर कलर’ पेन्टिङमा उतार्दै थिए।, ‘म यो चोक होइन, इतिहास कैद गर्दै छु,’ चित्र बनाउँदै उनले भने, ‘के... |
रासस उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ। , , पक्राउ परेका उक्त कार्यालयका नापी अधिकृत राजेश कर्माचार्यले बिहिबार भरतपुर महानगरपालिका–१० हाकिमचोकका विष्णु पौडेलको जमिन कित्ताकाट गर्ने क्रममा घुस माग... |
नारायण खड्का सल्यान, बागचौर नगरपालिकाका १६ वर्षीय विजय डाँगी र १७ वर्षीय चूडामणि वली यही पुस ६ गते अरू साथीहरूसँगै शैक्षिक भ्रमणमा गएका थिए।, भ्रमणबाट फर्कंदा दुवै कपुरकोटमा ओर्लिए।, उनीहरूलाई छाडेर अघि बढेको बस करिब सवा ४ बजेतिर तुलसीपुर उपमहानगरपालिका-३ स्थित राम्री भीरमा दुर्घटना पर्यो।, दाङको घोराहीस्थित सहिद कृष्... |
दिपकजंग शाही कक्षा ७ मा पढ्दै गरेकी १३ वर्षीया बालिकालाई बराहताल–९ थारीगाउँका दीपक मस्र्याङ्गीले पुस १ गते भगाएछन्। उक्त कुरा थाहा पाएपछि गाउँको आमा समूह र महिला सञ्जालले बाल विवाह भन्दै रोक्न धेरै प्रयास गरे। उनीहरूको प्रयासकाबीच पनि दुवै पक्षले विवाहको तयारी गरे। विशेषगरी केटा पक्षका आफन्तले आमा समूहको कुरा मानेनन्।... |
सेतोपाटी संवाददाता झापाको कमल गाँउपालिकास्थित सितापुरीमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाका अनुसार दमक–१ का ४२ वर्षीय शिव लामिछानेको ट्रकको ठक्करबाट मृत्यु भएको हो।, मे१ख १९५७ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री लामिछानेको घ... |
निशा भण्डारी चितवनमा भएको हात्ती महोत्सवमा १८ बर्षकी बिजुलीकलीले ‘ब्युटी कन्टेस्ट’ को उपाधि हात पारेकी छन्।, महोत्सवको चौथो दिन शनिबार भएको कन्टेस्टमा फष्ट रनरअप २२ बर्षकी चम्पकली तथा सेकेन्ड रनरअप १९ बर्षकी एलिशाकलीले हात पारेको महोत्सव आयोजक समितिका प्रवक्ता दीपक भट्टराईले जानकारी दिए।, सजावट, चालढाल, हिँडाइ, बसाइ, ... |
सेतोपाटी संवाददाता विदेशी लगानी भित्र्याएर लगानीकर्तालाई ठगी गरेको अभियोगमा पक्राउ परेका वेभ सर्फरका संचालकमाथि ३२ करोड मागदाबी सहित मुद्दा चल्ने भएको छ।, काठमाडौं प्रहरी परिसरले पक्राउ परेका सुरेन्द्र क्षेत्री विरुद्ध ३२ करोडको मागदाबीसहित मुद्दा चलाउने तयारी गरिरहेको हो।, ठगी गरेको अभियोगमा क्षेत्री पक्राउ परे पनि उ... |
सेतोपाटी संवाददाता प्युठानको गौमुखी गाउँपालिका ६ का गणेश घर्ती मगरको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त महाराजगन्ज र प्रहरी प्रभाग गंगबुबाट खटिएका प्रहरीले शनिबार २६ बर्षिय वीरबहादुर खत्रीलाई काठमाडौं २६ मित्रनगरबाट नियन्त्रणमा लिएको हो।, कुलोमा पानी लगाउने क्रममा बिबाद हुँदा पुस ११... |
दिपकजंग शाही बेपत्ता भएका भनिएका सुर्खेतका तीन बालिका फेला परेका छन्। सिम्ता गाउँपालिकाका १४ वर्षीया निशा सिंह, १५ वर्षीया यमुना खत्री, उनकी बहिनी १२ वर्षीया रिसिमा खत्री शनिबार साँझ बुटवलमा फेला परेका हुन्।,परिवारले प्रहरीलाई खबर गरेपछि खोजी गर्ने क्रममा बुटवलको बसपार्कस्थित एक होटलमा फेला परेका हुन्। इलाका प्रहरी का... |
रमेश लम्साल नेपाल विद्युत् प्राधिकरणले तोकिएको शर्त र समयअनुसार काम नगरेको भन्दै तामाकोशी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको पहिलो खण्डको ठेक्का रद्द गरेको छ। ,सो प्रसारण लाइनको काम चिनियाँ ठेकेदार कम्पनी ग्वाङ्सी ट्रान्समिसन एण्ड सवस्टेसन कन्ट्रक्सन तथा सेञ्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त रुपमा गर्दै... |
रासस नारायण अधिकारी ,चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा चालू आर्थिक वर्षको हालसम्म २१ वटा गैंडा प्राकृतिक कारणले मरेका छन्। निकुञ्ज विभागले प्राकृतिक कारणले गैंडा मर्ने क्रम बढेपछि अनुसन्धानका लागि समिति नै गठन गरेको छ। , यस आर्थिक वर्षमा प्राकृतिक कारणले मरेकामध्ये नौ वटा २५ वर्षभन्दा तलका छन्। निकुञ्जका... |
नेहा झा जनकपुर जयनगर रेल्वे लगभग ५ वर्षपछि सञ्चालनमा आउन लागेको छ।, भारत सरकारको करिब १० अर्ब लगानीमा निर्माण भईरहेको ६९ किलोमिटरको जनकपुर-जयनगर-बर्दिबास रेलमार्गको कार्य ३ चरणमा भईरहेको छ । पहिलो चरण अन्तर्गत जनकपुर वडा नं २१ कुर्थासम्म ३५ किलोमिटरसम्मको कार्य पूरा हुने रेल विभाग साईट कार्यालय जनकपुरधामका प्रमुख विनो... |
सेतोपाटी संवाददाता प्रहरीले झापाबाट ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।, केन्द्रीय लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले २३३ ग्राम ब्राउन सुगरसहित चार जनालाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।, पक्राउ पर्नेमा पाँचथर नवमीडाँडा–८ घर भई दमक–६ बस्ने संग्रामस... |
रासस हुम्ला रहेको एक मात्र जिल्ला अस्पतालले आज सार्वजनिक बिदा भन्दै बन्द गरेको छ ।, गुरुङ समुदायले मनाउँदै आएको तमु ल्होसारमा सरकारले सार्वजनिक बिदा दिएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय बन्द गरेकाले अस्पतालले बिदा गरेको चिकित्सक सरो प्रजापतिले जानकारी दिए।, गण्डकी प्रदेश सरकारले गुरूङ समुदायलाई सार्वजनिक बिदा दिइएको ... |
सेतोपाटी संवाददाता चितवन साहित्य परिषदले नारायणगढमा कवि शिरोमणि लेखनाथ पौड्यालको १३५ औँ जन्मजयन्ती मनाएको छ। अग्रज स्रष्टा प्रेमविनोद नन्दनको प्रमुख आतिथ्य र चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कवि सरला जोशीको वृद्धाश्रमको यात्रा कविता सङ्ग्रहलाई कृष्णकुमारी गुरुङ स्मृति पु... |
नारायण महर्जन पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आइतबार गुरुङ समुदायले तमु ल्होसार पर्व धुमधामसहित मनाउँदैछन्।, यसै अवसरमा टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ।, राजधानीको वसन्तपुरबाट निकालिएको र्याली टुँडिखेल पुगेर कार्यक्रममा परिणत भएको थियो। र्यालीमा गुरुङ समुदायका व्यक्तिहरु आफ्नो परम्परा... |
चेतना गुरागाईं बल्खुबाट ल्याबोरेटरी स्कुल हुँदै कीर्तिपुर जाने बाटोमा दायाँतिर एउटा सेतो साइकल ठडिएको छ। फूलका केही गमला, खादा र सुकेका पुष्पगुच्छा छन्। फोटोकपी कागजमा प्रिन्ट गरिएको एउटा तस्बिर पनि छ, जसमुनि लेखिएको छ- श्यामसुन्दर श्रेष्ठ।, श्यामसुन्दर ती साइकल चालक हुन्, जसको दुई महिनाअघि यहीँ खाल्डोमा खसेर निधन भएक... |
रासस पासाङल्हामु राजमार्गअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङस्थित आज बिहान सुख्खा पहिरो जाँदा राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। ,रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार राजमार्ग सञ्चालन गर्न डिभिजन सडक कार्यालय नुवाकोटसँग समन्वय भइरहेको र सम्भवतः आजै साँझसम्म राजमार्ग सञ्चालन गराउने प्रयास हुने छ। ,राजम... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित देशभरि चिसो बढेको छ। उपत्यकामा सोमबार बिहान न्यूनतम तापक्रम ०.५ डिग्रीमा झरेको छ। जुम्लाको न्यूनतम तापक्रम माइनस ५.१ डिग्री सेल्सियस पुगेको छ।, आकाश खुला भएकाले चिसो हावा बहेर न्यूनतम तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार चिसो अझै बढ्ने छ।, यस्तो छ ... |
सेतोपाटी संवाददाता पर्यटन पत्रकारितामा विगत २ दशकदेखि कलम चलाउँदै आएका पत्रकार अमृत भादगाउँलेलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ।, बोर्डको २० औं स्थापना दिवसको अवसर पारेर सोमबार राजधानीमा आयोजित विशेष कार्यक्रममा भादगाउँलेलाई कदर पत्रसहित सम्मान गरेको हो।, नेपालको पर्यटन प्रवर्धनमा योगदान दिएको भन्दै बोर्डका प्रमु... |
सेतोपाटी संवाददाता पर्सा प्रहरीले १ सय ६० किलो चरेशसहित १ जनालाई पक्राउ गरेको छ।, वीरगंज ३१ बाट ना ४ ख २९८५ नम्बरको ट्रकबाट प्रहरीले यति ठूलो चरेश बरामद गरेको हो।, हेटौडाबाट वीरगंज गइरहेको ट्रकको बडि र क्याविनमा फल्स बटम बनाइ लुकाइ राखेको अवस्थामा चरेश बरामद गरिएको एसपी रेवती ढकालले जानकारी दिए। प्रहरीले चरेशसहित मकवा... |
रासस इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङमा आज बिहान गाडीको ठक्कर एक जना वृद्धको मृत्यु भएको छ।, लुङसुङदाङबाट इलाम जाने क्रममा गाडीले किचेर फाकफोकथुम गाउँपालिका–१ का ७२ वर्षीय सोमप्रसाद दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक भूपेन्द्र ढुङ्गानाले बताए।, सडकमा रोकेर यात्रुलाई गाडीभित्र हाल्ने क्रममा अचान... |
सेतोपाटी संवाददाता नागढुंगाको चेक प्वाइन्टमा प्रहरीलाई घुस दिँदादिँदै दुई व्यक्ति पक्राउ परेका छन्।, चन्द्रागिरि नगरपालिका – २ स्थित नागढुंगाको चेक प्वाइन्टमा सवारीसाधन चेक जाँच गर्ने क्रममा बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ९४६९ नम्बरको यात्रुबाहक बसको सहचालक राम बहादुर सुवेदी र क्रिकेटसम्बन्धी सामग्री ल्याउने अर्... |
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला अदालतले मलेसिया जानका लागि बायोमेट्रिक गर्ने एक संस्थालाई सफाइ दिएको छ।, ४९ वटा संस्थाहरुले ठगी गरेको मुद्दा अदालतमा विचाराधिन भइरहेको अवस्थामा काठमाडौं जिल्ला अदालतले रातोपुलको वेल केयर अस्पताललाई ठगी मुद्दामा सफाइ दिएको हो।, जिल्ला न्यायाधिश मातृका आर्चायको इजलासले अस्पताललाई सफाइ ... |
निशा भण्डारी त्रिभुवन विश्वविद्यालयका ९ हजार ५ सय भन्दा बढी विद्यार्थी सोमबार दीक्षित भएका छन्।, ललितपुरको पुल्चोक इञ्जिनियरिङ क्याम्पस, खेलकूद मैदानमा भएको ५६ औं ग्रेस लिष्टको ४४औ दीक्षान्त समारोहमा ९ हजार ५ सय ४ जना विद्यार्थी दीक्षित भएका थिए।, समारोहमा प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओली, शिक्षा, विज्... |
सागरराज तिमिल्सिना कास्की प्रहरीले एक साताअघि कास्कीको अन्नपूर्ण गाउँपालिका १० खुम्ब्रुखुमा एक बृद्धाको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।, पर्वतको मोदी गाउँपालिका २ देउपुर स्थायी घर भएका ७३ बर्षिय दीलबहादुर सार्कीको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ ।, प्रहरीले कास्कीको अन्नपूर्ण... |
रासस नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम अगाडि बढाएको छ ।, विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको ह... |
खिलानाथ ढकाल विराटनगरमा गत कात्तिकमा शिलान्यास गरिएको ११० मिटर अग्लो भ्यू टावर योजना अलपत्र परेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र प्रदेश नम्बर–१ योजना आयोग दुबैको असहमतिपछि भ्यू टावर निर्माण योजना अगाडि बढ्न नसकेको हो। , नागरिक उड्डयन कार्यालय विराटनगरले ४० मिटरभन्दा अग्लो टावर बनाउन सहमति दिन नसकिने बताएको छ भने ए... |
सेतोपाटी संवाददाता सिराहाबाट अत्याधुनिक हतियार एसएमजीसहित एक जना पक्राउ परेका छन्।, प्रदेश नम्बर २ प्रहरीको विशेष टोली र जिल्ला प्रहरी कार्यालयले चलाएको संयुक्त अप्रेसनमा सिराहाकै धनगढीमाई नगरपालिका-११ का ४६ वर्षीय चतुर नारायण चौधरी फत्राउ परेका हुन्।, उनको साथबाट प्रहरीले पाँच राउण्ड गोली र दुई वटा म्यागेजिन समेत बरा... |
रासस एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट’ चालक अनुमतिका लागि राजश्व तिर्ने सेवाग्राहीको सङ्ख्या पाँच लाख ५७ हजार नाघेको छ ।, कार्यालयले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको थियो । कार्यालयबाट अहिलेसम्म तीन लाख ५४ हजारले ‘स्मार्ट’ चालक अनुमतिपत्र लिएका छन् । दुई लाख तीन हजारको छाप्न बाँक... |
एजेन्सी नयाँदिल्ली सरकारले सहर सुधार योजनाअन्तर्गत लामो समयदेखि अव्यवस्थित रहँदै आएका १ सय ५९ वटा पोखरी पुनर्निर्माण गर्ने भएको छ।, दिल्ली जल बोर्डले पोखरी पुनर्निर्माणका लागि ६ अर्ब रूपैयाँभन्दा बढी बजेट पास गरेको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले केही समयअघि पूरै दिल्लीका दुई सयवटा पोखरी पुनर्निर्माण गर्ने... |
निशा भण्डारी अलकाश्री श्रेष्ठ पुल्चोक इञ्जिनियरिङ क्याम्पसको मैदानमा सोमबार मिडियाबाट घेरिएकी थिइन्।, प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट स्वर्ण पदक पाएकी अलका भने मिडियाबाट छेलिएर भिडमा आफ्नी आमालाई खोज्न थालिन्।, अलकाले त्रिभुवन विश्वविद्यालयको ४४ औं दीक्षान्त समारोहमा एमबिएतर्फ 'इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक' पाए... |
रासस भोजपुरको आमचोक गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तलाई सवारीसाधनमा छुट गराएको छ। गाउँपालिकाले यातायात व्यावसायीसँग सहकार्य गरेर त्यस्ता व्यक्तिलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए। ,छुटको व्यवस्था कार्यान्वयनका लागि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व... |
भगवती पाण्डे नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले पैसा खान्छ भन्ने जनमानसमा भएको हल्ला निराधार रहेको दाबी गरेका छन्।, सामुदायिक प्रहरी साझेदारी अन्तर्गत बुटवलको दिप बोर्डिङ स्कुलमा आयोजित कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले अहिलेको प्रहरी जिम्मेवार र जवाफदेही भएर आएकोले प्रहरीमाथि लगाइ... |
सेतोपाटी संवाददाता कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार–हत्या अनुसन्धानमा पक्राउ परेका कञ्चनपुरका अर्का युवा प्रदीप रावल पनि छुटेका छन्।, महानगरीय प्रहरी वृत्त महाराजगञ्जको थुनामा रहेका रावल बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा थुनामुक्त भएका हुन्।, निर्मला बलात्कारमा संलग्न रहेको भन्दै प्रहरीले उनीम... |
सेतोपाटी संवाददाता २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पहरुले पुर्याएको क्षतिको पुनर्निर्माण र पुनर्थापना सम्बन्धी फोटो प्रदर्शनी काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरू भएको छ।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको तेस्रो वर्ष पूरा भएको उपलक्ष्यमा आयोजना गरिएको तीन दिने फोटो प्रदर्शनको राष्ट्रि... |
दिपकजंग शाही दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेको मृत्यु भएको छ।, घरबाट उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउँदै गर्दा विष्णाको बाटोमा नै मृत्यु भएको अस्पतालमा कार्यरत प्रहरी हवलदार अम्बादत्त जोशीले जानकारी दिए।, कञ्चनपुरको कृष्णापुर नगरपालिका–५ निवासी विष्णा पानी तान्ने मोटर चलाउने क्रममा करेण्ट लागेको उनले... |
सेतोपाटी संवाददाता दाङमा ट्रक र बस एक आपसमा ठोक्किदा बस चालकको मृत्यु भएको छ ।, दिल्लीबाट आएर बुटवल तर्फ जाँदै गरेको ना ६ ख ८४४४ नम्बरको बस र चन्द्रौटादेखि अत्तरिया तर्फ जाँदै गरेको ना ६ ख ५२६० नम्वरको ट्रक आपसमा ठोक्किदा बसका चालक ४५ बर्षीय कृष्णबहादुर सारु मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।, जिल्ला प्रहरी ... |
सुधिर भण्डारी मंगलबार साँझ भृकुटीमण्डपमा यात्रुले करिब आधा घण्टा चक्काजाम गरे। धेरै सरकारी क्याम्पस भएकोले त्यो ठाउँमा चक्काजाम हुनु नौलो नभए पनि मंगलाबारको चक्काजाम कुनै राजनीतिक दलको विद्यार्थी थिएनन्। समयमै घर पुग्न नपाएका विद्यार्थी, अभिभावक, जागिरे तथा सार्वजनिक गाडी कुरेर बसेका सर्वसाधारण थिए।, ट्राफिक प्रहरीले ... |
रासस सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० शिखरपुर पिपलबोट बस्ने बिष्णु दमै बुधबार अपराह्न ४ बजे मृतावस्थामा फेला परेका छन्।, कृष्णबहादुर दमैको ३७ वर्षीया श्रीमती विष्णुको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको र घटनाबारे अनुसन्धान भइरहेको मेलम्ची इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक महेन्द्र दर... |
नारायण खड्का दाङ घोराहीस्थित सगरमाथा सिमेन्टको निर्माणाधीन भवनमा आगलागी भएको छ।, घोराही उपमहानगरपालिका वडा नं. ३ गोग्लीस्थित सिमेन्ट कारखानाको नयाँ निर्माणाधीन भवनमा बिहिबार बिहान ५ तिर आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको बताइएको छ ।, सिमेन्ट कारखानाको निर्माणाधीन सिएसपी भवनको ३५ मिटरमाथि मजदूरले जाडो छल्न बालेको आ... |
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका आठ प्रतिनिधि क्रिसमस मनाउन इटाली फर्किएको खानेपानी मन्त्रालयका सचिवले बताएका छन्।, खानेपानी सचिव गजेन्द्र ठाकुरले उनीहरू मेलम्चीको बाँकी काम गर्ने प्रतिबद्धतासहित क्रिसमस मनाउन शनिबार इटाली गएको बताए।, 'सिएमसीबाट मेलम्चीका प्रोजेक्ट म्या... |
सेतोपाटी संवाददाता प्रदेश नम्बर २ का प्रमुख डिआइजी हरिबहादुर पालले इमान्दार भएर प्रहरी सेवामा लाग्न प्रहरीहरुलाई निर्देशन दिएका छन् । , विहीबार विहान जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका इन्चार्जहरुलाई वीरगन्जमा निर्देशन दिदैँ पालले आचरण विपरित गएर काम नगर्न निर्देशन दिएका हुन् । , डिआइजी पालले भने, 'इमान्दार भएर काम ... |
सेतोपाटी संवाददाता धरहरा पुनर्निर्माणको शिलान्यास गरिएको छ।, प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन्।, सो शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल,गृहमन्त्री रामबहादुर थापा रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरू, नेताहरू उपस्थित भएका थिए।, गजुरसहितको नयाँ धरहरा २२... |
एजेन्सी युरोपियन मुलुक लक्जेम्बर्गमा आउने वसन्तदेखि सबै सार्वजनिक सवारी साधनमा यात्रा गर्दा पैसा तिर्नु नपर्ने व्यवस्था लागु गर्ने भएको छ।, बेलायती समाचारपत्र द गार्जियनका अनुसार दोस्रो पटक चुनाव जितेका प्रधानमन्त्री जेभियर बेटलको नयाँ सरकारले रेल, ट्रयाम र बसमा यात्रा गर्दा भाडा नलाग्ने व्यवस्था लागु गर्न लागेको हो।... |
रासस काठमाडौंको बूढानिलकण्ठस्थित जस्ताको टहरोभित्र आज एक व्यक्ति मृत भेटिएका छन्। , , बूढानिलकण्ठ नगरपालिका–७ च्यासिङ्टोलस्थित जस्ताको टहरोमा बस्दै आएका खोटाङका ४० वर्षीय कर्ण राई आज बिहान मृतावस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। , , यता काठमाडौं महानगरपालिका–२६ मित्रनगर बबालीचोकस्थित टहरामा जुवातास ख... |
सेतोपाटी संवाददाता ‘पिक एण्ड ड्रप’ नियमविरूद्ध विरोध भएपछि एक हप्ताभित्र सबैलाई सहज हुने खालको नियम लागू गरिने भएको छ।, बिहिबार ट्राफिक महाशाखामा भएको बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, मजदूर ट्रेड युनियन र ट्राफिक महाशाखाबीच भएको छलफलपछि सो निर्णय गरिएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।, ट्राफ... |
सेतोपाटी संवाददाता काठमाडौंमा मोबाइल चोरहरूको बिगबिगी बढेको छ।, मोबाइल चोरी घटना बढेपछि बलम्बु प्रहरीले मोबाइल चोरीविरूद्ध विशेष अपरेसन सुरू गरेको छ।, महानगरीय प्रहरी प्रभाग बलम्बुले बढ्दो मोबाइल चोरीको गुनासो आउन थालेपछि बलम्बु प्रहरीले विशेष अभियान नै सुरू नै गरी मोबाइल चोर पक्राउ गर्न सफल भएको हो।, , बलम्बु प्रहरी ... |
निशा भण्डारी चितवनको पर्यटकीयस्थल सौराहामा जारी ‘१५औं चितवन हात्ती महोत्सव’अन्तर्गत् बिहीबार हात्ती बाथिङ प्रतियोगितासमेत सम्पन्न भएको छ ।, बाथिङ प्रतियोगितामा पूजाकली पहिलो, गुलाबकली दोस्रो र वसन्तीकली तेस्रो भए ।, बाथिङ प्रतियोगितामा पाँच हात्तीको सहभागिता रहेको थियो ।, हेर्नुहोस् तस्बिरमा, , , , , ,
बाथिङ प्रतियो... |
सेतोपाटी संवाददाता राजधानीको बालाजु बाइपासमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्को एक गम्भीर घाइते भएका छन्।, शुक्रबार बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना ७ ख ७००५ नम्बरको टिप्परले ठक्कर दिँदा ५८ वर्षीय दलबहादुर विसङ्खेको मृत्यु भएको हो।, महानगरीय ट्राफिक प्रहरी वृत्त न... |
विनोद सापकोटा झापाको मेचिनगरमा बिहीबार राति आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएका छन्।, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीम ढकालका अनुसार स्थानीय ६ नम्बर वडाको साठ्ठी बिगाहा भन्ने ठाँउमा आगलागी हुँदा कम्तिमा १३ वटा फुस्को छाना भएका घर जलेका हुन्।, खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा आगलागी भएको जिल्ला प्... |
सेतोपाटी संवाददाता राष्ट्रिय गानका रचनाकार एवम् कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी तथा शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा उनकै निधन भएको हो।, ओखलढुङ्गा जिल्लाको हिलेपानीस्थित आफ्नै निवासमा गए राति १ बजे निधन भएको हो।, उनी विगत केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने (हेमाटोमा) र मधुमेह रोगको नियमि... |
सेतोपाटी संवाददाता बुढानिलकण्ठस्थित बेथेस्टा होम पुनर्स्थापना केन्द्रबाट बुधबार १२ वर्षीया एक किशोरी भागेकी थिइन्।, केन्द्रबाट भागेर उनी सिधै घर गइन्। र, केन्द्रमा हुने यातना तथा अमानवीय घटनाको बेलिविस्तार लगाइन्।, परिवारले बिहीबार काठमाडौं प्रहरी परिसरमा यसबारे उजुरी दियो। उजुरी छानबिनका क्रममा अन्य दुई महिला पनि यात... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित देशभरिको चिसो बढिरहेको छ। उपत्यकामा हिजोभन्दा आज बिहान तापक्रम चार डिग्रीभन्दा बढी घटेको छ।, बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री मापन भएकोमा शुक्रबार घटेर १.४ डिग्रीमा झरेको हो।, बिहीबार उपत्यकाको अधिकतम तापक्रम पनि १७ डिग्रीमात्र पुगेको थियो।, बिहीबार बिहान बादल लागेक... |
एजेन्सी अमेरिकाकी पूर्वप्रथम महिला मिसेल ओबामा धेरै अमेरिकनले मन पराउने महिला बनेकी छन्। १७ वर्षसम्म लगातार यो सूचीको पहिलो नम्बरमा रहेकी पूर्वविदेशमन्त्री तथा सन् २०१६ की राष्ट्रपति उम्मेद्वार हिलारी क्लिन्टनलाई पछि पार्दै यो वर्ष मिसेल पहिलो नम्बरमा पुगेकी हुन्।, गलुप संस्थाले हरेक वर्ष सर्वेक्षण गरेर संसारभरिका कु... |
रासस ट्याक्सी सञ्चालनसम्बन्धी स्पष्ट मापदण्ड नहुँदा दुई दशक अघिदेखि नयाँ ट्याक्सी दर्ता खुला हुन सकेको छैन।, विसं २०५७ जेठ १७ गते ट्याक्सीमा एकाधिकार ९सिन्डिकेट० लाद्न चाहने व्यवसायीको दबाबमा नयाँ ट्याक्सी आयात एवं दर्तामा रोक लागेको थियो। त्यसबेला नेपालभरका ट्याक्सीको सङ्ख्या सात हजार ५०० थियो । हाल घटेर पाँच हजार ६५... |
दिपकजंग शाही कालिकोटको पलाँता गाउँपालिकाका अग्नि पीडितहरूका लागि कर्णाली प्रदेश सरकारले घोषणा गरेको तत्कालीन राहत वितरण गर्न मुख्यमन्त्रीसहितको टोली कालिकोट गएको छ।, राहत तथा खाद्यान्न सामग्री लिएर मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कालिकोटका सांसदहरू दुर्गबहादुर रावत, कुर्मराज शाही, राष्ट्रियसभा सदस्य जीवन वुढालगायतको... |
प्रकाश ढुंगाना प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा समाउन समय लाग्नुको कारण बताएका छन्।, प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आइजिपी खनालले पन्तको हत्यारा समाउन समय लाग्नुको कारण यसअघि हत्यारा समाउने नाममा गलत अभ्यास भएको भन्दै त्यो दोहोरिन नदिन समय लागेको प्रष्ट प... |
रासस अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले आज घूससहित वडा सचिवलाई पक्राउ गरेको छ । , , बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई रु पाँच हजारसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो।, सोसम्बन्धी अनुसन्धान भइरहेको आयोगका प्रमुख रवी पन्थले जानकारी दिए।, पक्राउ परेका काउचालाई भ्रष्टाचार... |
रासस गोरखा चुमनुव्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र ताल क्षेत्रमा गएरातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन। , आगलागीमा हालसम्म जलेको अवस्था पाँच ओटा दुर्लभ जातका कस्तुरी फेला परेका स्थानियवासी मिङ्गमार लामाले जानकारी दिए।, दाउरा संकलनका लागि समेत प्रतिबन्ध लगाइएको उक्त जंगलमा लागेको आगो नियन्त्रणमा लिन नसक्द... |
सेतोपाटी संवाददाता ललितपुरको लाकुरीभञ्याङस्थित प्रहरी प्रभागमा पेस्तोल सफा गर्ने क्रममा पड्किदा प्रहरी जवान घाइते भएपछि त्यहाँका असइ रमेश तामाङलाई ज्यान मार्ने उद्योगमा मुद्दा चल्ने भएको छ।, पेस्तोल पड्किदाँ घाइते भएका प्रहरी जवान रोशन श्रेष्ठका बाबुले ललितपुर प्रहरी परिसरमा ज्यान मार्ने मुद्दामा जिवेदन हालेपछि प्रहरी... |
दिपकजंग शाही कालिकोटको पलाँता गाउँपालिका–१ मा रहेको एक वस्तीमा आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन्। खाडा भनिने गाउँको न्यौपानेवाडामा आईतबार राति आगलागी भएको हो। आगलागीबाट घरहरु पूर्ण रुपमा नष्ट भएका छन्। ७ जना मानिस घाईते भएका छन्।, आगलागीमा परि गाई र गोरूसहित १९, दुईवटा भैँसी, दुईवटा बाख्रा मरेको जिल्ला प्रहरी कार्... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.