content
stringlengths
20
64.1k
अमृता लम्साल हजुरआमाका कथा, त्यहाँ एउटा सानो किताब छ, 'गुणरत्न' लेखिएको।, 'यो संसार अपार हो बुझिसकेँ, आफ्नो यहाँ के छ र! पत्नी, पुत्र, शरीर, सम्पत्ति सबै छन् ईश्वरकै भर!, 'आफ्नो त २० सालदेखि नै ईश्वरको भरबाहेक केही छैन। हे ईश्वर भन्यो, हे दैव भन्यो, बाँच्यो,' ८५ वर्षीया तारादेवी राईले भनिन्।, तारादेवीका बाबु हर्कराज र...
विनोद सापकोटा मोरङको उर्लाबारीमा सोमबार साँझ एक घरमा आगलागी हुँदा एक महिलाको जलेर मृत्यु भएको छ। , इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राम तिम्सिनाका अनुसार उर्लाबारी-७ स्कुलडाँडास्थित रामबहादुर थापाको घरमा आगलागी हुँदा उनकी बुहारी रीना थापाको जलेर मृत्यु भएको हो।, ४५ वर्षीया थापालाई स्थानीयले आगलागी हुँ...
नारायण महर्जन भोलि डिसेम्बर २५, अर्थात क्रिसमस डे। विश्वभर नै यशु ख्रिष्टको जन्मदिनमा क्रिसमस मनाउने चलन छ।  नेपालमा पनि पछिल्ला वर्षमा धुमधामले क्रिसमस मनाउने चलन बढेको छ। क्रिस्चियनले मात्र नभई सबैले यस दिनलाई पर्वको रुपमा मनाउँछन्।, खासगरी युवायुवती क्रिसमस इभ र क्रिसमस डे मनाउँछन्। क्रिसमसका उपलक्ष्यमा काठमाडौँको ...
चन्द्र काफ्ले काठमाडौं उपत्यकाको सबभन्दा व्यस्त र जाम हुने क्षेत्रमध्ये पहिलो नम्बरमा आउँछ, कोटेश्वर। कोटेश्वरबाट पूर्वीक्षेत्र जाने यात्रुका लागि यो ठाउँ पार गर्नु फलामको च्युरा चपाएसरह। बिहान-बेलुकी कार्यालय समयमा त २-३ घन्टा जाममै बित्छ।, यो समस्याको कारण साँघुरो सडक होइन।, भक्तपुरबाट कोटेश्वर‍ हुँदै तीनकुनेसम्म जा...
सेतोपाटी संवाददाता जयनगर-कुर्थामा चलाउने  आफ्नै रेल चलाउने सरकारी निर्णयसँगै भारतसँग एक सेट रेल किन्ने प्रक्रिया सुरू भएको छ।, रेलवे विभागका महानिर्देशक  बलराम मिश्रका अनुसार भारत सरकारसँग रेल किन्नका लागि प्रस्ताव पठाइ सकिएको छ।, ‘भारतमा पनि रेल बनाउने सरकारी कम्पनीले नै हो, हामीले प्रस्ताव पठाएका छौं,’ मिश्रले भने, ...
सेतोपाटी संवाददाता गोंगबु स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कुँवरको आठ वर्षीय छोरा प्रयासको हत्यामा संलग्न महेन्द्र सार्कीलाई जेल चलान गरिएको छ।, , मंसिर ११ गते गोंगबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गमा सञ्चालित स्वस्तिक गेष्ट हाउसबाट प्रयासलाई अपहरण गरी तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा जंगलमा मारेर काठमाडौं मह...
नारायण खड्का दाङ प्रहरीले भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ।, राजपुर गाउँपालिका निवासी ५० वर्षीय नरबहादुर घर्ती र  रेशमबहादुर बुढाथोकीलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।, एक जनलाई गोली लागेको घटना सार्वजनिक भएपछि त्यो खोज्दै जाँदा उनीहरू पक्राउ परेको प्रहरीले जानकारी...
रासस तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।, गएराति १०:३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीयवासी युवाको समूहले आक्रमण गरेको थियो। उनीहरूको कुटपिटबाट बेहुली प्रतिक्षा सम्बाहाम्फे र अन्य तीन जना घाइते भएका छन्।, प्रहरीले विवाहमा ...
रासस दुर्घटनामा परेको कारका चालकको आज उद्धारका लागि गएको प्रहरी नै घाइते भएका छन्।, काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको बा १४ च ९८०० नं को ट्याक्सी बेनीघाट रोराङ गाउँपालिका–५ भैंसेबाट ६० मिटर तल खसेको कारको चालक उद्दार गर्न जाँदा ट्राफिक प्रहरी पोस्ट बेनीघाटमा कार्यरत प्रहरी हवल्दार सुरेशबहादुर चन्द गम्भीर घाइते भएको प्...
सेतोपाटी संवाददाता राजधानी काठमाडौंको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ। न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महशुस गरिएको छ।, , मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंको न्यूनतम तापक्रम २.६ र अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ । सोमबार काठमाडौंको न्यूनतम तापक्रम ३.५ र अधिकतम...
नारायण खड्का घोराही बजारमा सोमबार बसले स्कुटरलाई ठक्कर दिँदा मृत्य भएका एक जना युवाको शव आफन्तले अझैसम्म बुझ्न मानेका छैनन्।, घोराही उपमहानगरपालिका वडा नम्बर १४ लखन पार्कको घोराही हस्पिटल नजिकै लु २ ख १६०२ नम्बरको बसले रा ३ प १९७४ नम्बरको स्कुटरलाई सोमबार बिहान साढे ११ बजेतिर ठक्कर दिँदा चालक घोराही उपमहानगरपालिका १८ ...
सेतोपाटी संवाददाता भारतबाट अफ्रिकी मुलुकमा बेचिन लागिएका १३ जना नेपाली चेलीहरूलाई उद्धार गरी मंगलबार काठमाडौं ल्याइएको छ।, नेपाली जनसम्पर्क समिति, भारतले भारतको अहमदावाद, बैङ्लोरलगायतका स्थानबाट बेचिन लागेका १३ जना नेपाली चेलीहरूलाई उद्धार गरी काठमाडौं ल्याइएको हो।, भारतस्थित नेपाली दूतावास र भारतको गृह मन्त्रालयसँगको...
रासस उत्तरी गोरखाको सामागाउँ क्षेत्रको जंगलमा लागेको आगो दुई दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन। अत्यधिक हावाका कारण आगो नियन्त्रणमा लिन नसकिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख नरेन्द्र लामाले जानकारी दिए। , ‘आगो नियन्त्रणको प्रयास भइरहेको छ, स्थानीयवासीले अन्य क्षेत्रमा आगो सर्न नदिन विभिन...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ७७ प्रतिशत निजी आवास निर्माण गरिएको जनाएको छ।, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गरी ७७ प्रतिशत निजी आवास पुनर्निर्माण कार्य भएको जानकारी गराएका हुन्।, जस अनुसार पुनर्निर्माणका लागि सम्झौता गरिएका ७ लाख ४२ हजार १ सय ३५ मध्य...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले विश्वसम्पदा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र निर्माणाधीन व्यावसायिक भवनको 'बेसमेन्ट' नभत्काउन निर्देशन दिएको छ। सम्पदा क्षेत्रमा मापदण्ड मिचेको आरोप लागेको महर्जन कम्पलेक्सको पक्षमा निर्देशन गरिएको भन्दै सम्पदा अभियन्ताहरू आक्रोशित भएका छन्।, न्यूरोड, जुद्ध शालिकबाट वसन्तपुर दर...
सेतोपाटी संवाददाता पछिल्लो समय काठमाडौंका मुख्य सडकमा जनपद प्रहरीहरू खटिएका देखिन्छन्। सामान्यतया कुनै अपराध निगरानी वा खोजतलास क्रममा खटिने यी प्रहरी यसपालि छानबिन गर्न बसेका होइनन्।, उनीहरू सडकमा ट्राफिक प्रहरीलाई सघाउन बसेका हुन्। उपत्यकाका सडकमा गाडी व्यवस्थापन गर्न प्रहरी प्रधान कार्यालयले उनीहरूलाई खटाएको हो।, '...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले लागू गरेको ‘पिक एण्ड ड्रप’ नियम एक हप्ता नपुग्दै सर्वसाधारणले त्यसविरूद्ध प्रदर्शन गरेका छन्।, मंगलबार साँझपख  सो नियमविरूद्ध सर्वसाधारणले टुँडिखेल आसपासको क्षेत्रमा आधा घण्टा चक्का जाम गरेका हुन्।, विरोध प्रदर्शनमा सहभागी भीमबहादुर विष्टले आफूलाई गाडी चढ्नको लागि धेरै घुम्नु...
खिलानाथ ढकाल ‘हामी घुस खाँदैनौं, तपाईं घुस दिन आउनुभएको भए उल्टो कारबाहीमा पर्नुहोला। हजुर सावधान!’ , उप-सचिव प्रेमप्रसाद सञ्जेल जहाँ-जहाँ सरुवा भएर जान्छन्, त्यस कार्यालयको गेटमा यस्तो लेखिएको पोस्टर टाँसिएको हुन्छ। , विराटनगर-५ घर भएका प्रेम सञ्जेल ५६ वर्ष पुगे। उनले सेती अञ्चल अदालत दीपायलबाट २०३८ साल कात्तिक २८ ग...
सेतोपाटी संवाददाता लबिम मल जाँदै हुनुहुन्छ?, त्यसो भए यो चिसो याममा एक कचौरा तातो सुप खानुहोला।, जाडो मौसममा सुपले न्यानोपन दिन्छ। तपाईंले खाएको सुपले अरुलाई पनि न्यानोपन बाँड्न सक्नुहुन्छ।, कसरी भन्नुहोला?, लबिम मलमा रोट्रयाक्ट क्लब अफ काठमाडौं मेट्रोपोलिसले सुप बिक्री गरिरहेको छ। ‘सेयर द वार्म्थ’ नामक आयोजनामार्फत ग...
सेतोपाटी संवाददाता राजधानीलगायतका देशभरि चिसो बढेको छ। मंगलबार २.६ डिग्री मापन भएको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बुधबार १.५ डिग्री पुगेको छ।, मौसम पूर्वानुमान महाशाखाले आकाशमा बादल नभएकाले हिमालबाट आएको हावाले काठमाडौं चिसिएको बताएको छ।, ‘भोलिबाट पश्चिमी वायूको प्रभाव पनि देखिँदैछ, त्यसले केहीदिन अझ चिसो हुन्छ,’...
अनिल तिवारी प्रधानाध्यापकको सरुवालाई लिएर विद्यालयका विद्यार्थीहरूले गरेको प्रदर्शनले वीरगञ्जको घन्टाघरको अवस्था तनावपूर्ण बनेको छ।, लाठी लिएर विद्यार्थीले प्रदर्शन गर्नुको साथै रेलिङ तोडफोड गरेपछि प्रहरीले बल प्रयोग गरेको छ।, वीरगञ्जस्थित माइस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवा रोकाउन महानगरपाल...
रासस महानगरीय प्रहरी वृत्त महाराजगञ्जले घर फोरेर चोरी गर्ने दस जनालाई पक्राउ गरेको छ। , , वृत्तको टोलीले उपत्यकाका विभिन्न स्थानमा घर फोरी चोरी गर्ने कार्यमा सङ्लग्न सुमन थापामगर, मनिषा नेम्वाङ, अनिसा खाम्चामगर, सोनी लामा, सुनिल मगर, उद्धव थापा, रविन थापामगर, सविता सुनुवार, सञ्जय तामाङ र गौतम मन्नालाई मङ्गलबार साँझ पक...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थापनाको तीन वर्ष पूरा भएको अवसरमा राजधानीमा फोटो प्रदर्शनी गरेको छ ।, बुधबार राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरू भएको फोटो प्रदर्शनीमा पुननिर्माण तथा पुनर्स्थापनामा भएका कार्यसम्बन्धी फोटा राखिएको छ।, फोटो प्रदर्शनीको प्राधिकरणका प्रमुख कार्यकारी अधि...
रासस छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन्। लगातार  पाँच पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिकदेखि घर निकाला भएकी हुन्। ,२६ वर्षीया झनमायाले छ महिनाको गर्भवती अवस्थामा श्रीमान् गङ्गाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताइन्। श्रीमानले घरबाट निकाले...
एजेन्सी सुनामीका कारण इन्डोनेसियाका २ टापु जाभा र सुमात्रामा कम्तीमा ४३  जनाको ज्यान गएको छ भने सयौं मानिस घाइते भएका छन्।, स्थानीय समयअनुसार शनिबार साँझ आएको सुनामीमा परी थुप्रै घर र भवनहरूमा पनि क्षति पुगेको छ। भत्केका घरका भग्नावशेष र ढलेका रूखहरूले सडक बन्द भएका छन्।, क्राकाटाउ ज्वालामुखी विस्तार भएर समुद्रमुनि पह...
सेतोपाटी संवाददाता पोखरामा जारी नेपाल लिटेरेचर फेस्टिभलको लाइभ, सय वर्षपछिको नेपालबारे विश्व पौडेल र सुधीर शर्मा
नारायण खड्का राम्री दुर्घटनामा परी विद्यार्थी र शिक्षकसहित २३ जनाको मृत्यु भएको शोकमा आइतबार दाङका विद्यालयहरू बन्द गरिएका छन्।, स्थानीय सरकारहरूले पनि आइतबार एक दिनका लागि शोकमा सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।, तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र लमही नगरपालिकाको शिक्षा समितिले शोकमा आ...
रासस पहिलो पटक सुरू गरिएको ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा’का लागि अहिलेसम्म २० सुझाव परेको छ।, काठमाडौं महानगरपालिकाले पहिलो चरणका लागि ३२ दिनको समय अवधि निर्धारण गरी गत मंसिर २६ गतेदेखि सुरू गरेका प्रतिस्पर्धामा हालसम्ममा २० सुझाव प्राप्त भएको जनाइएको छ। , , काठमाडौंको समस्या पहिचान गरी निराकण, नवीन र प्रविधिमैत्...
रासस दाङको लमही–तुलसीपुर सडकखण्ड चार लेनको बन्ने भएको छ।, उक्त सडकखण्डको बबई नदीदेखि तुलसीपुरसम्मको सडकलाई चार लेनको बनाउन भारतीय तथ्य इञ्जिनियरिङ कम्पनीसँग सम्झौता गरिएको छ। , , दुई लेन रहेको उक्त सडकलाई चार लेन बनाउन रु एक अर्ब ४४ करोड लागत अनुमान गरिए पनि रु एक अर्ब ६ करोडमा निर्माण पूरा गर्न बोलपत्र स्वीकृति भएको ...
सेतोपाटी संवाददाता अजेश राईको अध्यक्षतामा २५ सदस्यीय गोरखा भूतपूर्व सैनिक संघ (गेसो) युवा उपत्यका कमिटी गठन भएको छ।, शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा गेसोका केन्द्रीय सभापति कृष्ण कुमार राईको उपस्थितिमा नयाँ कार्यसमिति गठन भएको हो।, नवगठित कार्य समिति सदस्यलाई बधाई र शुभकामना दिँदै केन्द्रीय सभापति राईले अब यु...
नारायण खड्का तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी २२ वर्षीय गणेश विकले मंसिर २९ गते शनिबार धुमधामसहित बिहे गरे। विवाह गरेको एक साता पछि शुक्रबार भएको राम्री बस दुर्घटनामा परी उनले ज्यान गुमाए।, तुलसीपुरकै नमस्ते राप्ती यातायात प्रालिको बा ४ ख ९७६६ नम्बरको बसका परिचालकको रूमा काम गर्दै आएका उनी बस दुर्घटनामा मृत्य...
रासस धनगढी उपमहानगरपालिका क्षेत्रमा कार्यान्वयनमा आउने भनिएको क्षेत्रीय सहरी विकास आयोजनाको काम अघि बढाउन अन्यौलता देखिएको छ। , , क्षेत्रीय सहरी विकास अयोजना र धनगढी उपमहानगरपालिकाबीच आयोजना कार्यान्वय गर्ने विषयमा भएको समझदारीबमोजिम उपमहानगरपालिकाले अहिलेसम्म एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र(ल्याण्डफिल साइड) स्थाप...
सेतोपाटी संवाददाता भारतको केन्द्रीय उर्जा मन्त्रालयले अन्तरदेशीय विद्युत व्यापार निर्देशिकामा परिवर्तन गरेको छ। ,पुस ३ गतेबाट  उक्त निर्देशिका लागु भएसँगे नेपालको बिजुली भारतमा बेच्न सहज हुने भएको छ।, यसअघि २०७३ मंसिरमा जारी निर्देशिकाले नेपालबाट बिजुली बेच्न दोहोरो सर्त लगाएको थियो।  , ती सर्त बमोजिम भारतले किन्ने ने...
सुनिता सिटौला गत वर्ष साउनमा राजधानीको नेपालटारमा ढलले बगाएर एक बालिकाले ज्यान गुमाइन्। सोही साउनमा कक्षा ९ पढ्ने सामाखुसीकी सत्या सापकोटा पनि स्कुलबाट फर्कंदै गर्दा नालामा झरेर बगिन्। धन्न कसैले उनको उद्धार गर्यो।, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पन्ध्र दिनभित्र सडकका खाल्डा पुर्न सम्बन्धित विभागलाई निर्देशन...
रासस दाङको राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ। , प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।, समितिको सदस्यमा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेशचन्द, प्रहरी नायब उपरीक्षक पुष्प मल्ल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नाय...
सेतोपाटी संवाददाता निर्मलाका न्यायका निम्ति भन्दै सामाजिक अभियन्ताहरूले दबाबस्वरूप सडकपेटीमा ‘निर्मला १५० दिन’ लेखेर विरोध जनाएका छन्।, निर्मलाको बलात्कारपछि हत्या भएको १५० दिन बित्दासमेत हत्यारा पत्ता नलागेको भन्दै आइतबार अपरान्ह बानेश्वरको सडकपेटीमा अभियान्ताहरूले विरोध स्वरूप ‘निर्मला १५० दिन’ लेखेर सरकारलाई दबाब द...
सेतोपाटी संवाददाता तपाईंसँग नवीन प्रतिभा छ। केही गरौं भन्ने हुटहुटी पनि छ।, यदि छ भने काठमाडौं महानगरले आयोजना गरेको ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा २०७५’ भाग लिन सक्नुहुन्छ।, १२ दिन भयो, यो प्रतिस्पर्धाको आवदेन खुला भएको।, यो प्रतिस्पर्धा सहरी समस्यालाई प्रविधिमा आधारित नयाँ सोचबाट समाधान गर्न महानगरले गत मंसिर २६...
नारायण खड्का दाङमा आगलागी हुँदा एकजना दश बर्षीय बालकको मृत्यु भएको छ । पश्चिम दाङको बबई गाउँपालिका वडा नं. ७ गौजामा शनिवार साँझ ८ बजेतिर आगो लाग्दा दश बर्षीय बालक राजु घर्तीको जलेर मृत्यु भएको छ ।, जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले फुसको छानोयुक्त गोठमा आगोलागी भएपछि एक्लै माथिल्लो तल्लामा सुतेका बालकला...
सेतोपाटी संवाददाता त्रिचन्द्र क्याम्पसमा आइतबार साँझ आगलागी भएको छ। महानगरीय प्रहरी बृत्त, दरबारमार्गका अनुसार साँझ ६ बजे कलेजमा आगलागी भएको हो। , जेनेरेटर राखेको कोठामा भएको आगलागीबाट भएको क्षतिको विवरण आइनसकेको बृत्तका प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले बताए। , उनका अनुसार आगो लागेको आधा घन्टाभित्र नियन्त्रणमा लि...
एजेन्सी ज्वालामुखीपछि आएको सुनामीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २२२ पुगेको छ ।, इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परी अन्य सयौँ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।, आँधीले सयौँ घरहरुलाई असर पारेर भत्किएको छ । स्थानीय समयअनुसार आइतबार विहान ९.३० मा आँधी आएको हो ।, नाटकीय यस...
सेतोपाटी संवाददाता कालिकोटको पलाँता गाउँपालिका-१ खाँडामा सोमबार बिहान २ बजे सुरू भएको आगलागीले बस्ती नै जलेर खरानी भएको छ।, न्यौपाने गाउँमा भएको आगलागीमा परी अहिलेसम्म ८८ वटा घर जलेर नष्ट भएको कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले जानकारी दिए।, ‘फुसका छाना भएका घरमा लागेको आगोले बस्ती नै सखाप पारेको छ...
रासस अपरिचित व्यक्तिको कुटाइबाट गए राति बैतडीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। , , मृत्यु हुनेमा सिगास गाउँपालिका–९ श्रीभावरका ६० वर्षीय जसु बोहरा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए। , , गए राति १ बजे अपरिचित व्यक्ति घरमा प्रवेश गरी मृतक जसु र उनकी ...
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेको इटालियन कम्पनी सिएमसीले ठेक्का रद्दको पत्र फिर्ता लिएको छ।, ठेक्का रद्द गरेर भाग्न खोजेको इटालियन कम्पनीले आफ्नो पत्र फिर्ता लिएको हो।, मेलम्ची विकास समितिमा गत आइतबार ठेक्का सम्झौता रद्द गरेको पत्र दिएर सिएमसीका कर्मचारी भाग्न खोजेका थिए।, भाग्न खोजेका कर्मचार...
रासस आर्थिक नगरी वीरगञ्जको माइस्थानस्थित विधापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवा गरेपछि विद्यार्थीले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीविरूद्ध आज बिहानैदेखि घण्टाघरमा नारा जुलुस गर्न थालेपछि घण्टाघर तनावग्रस्त भएको छ। , , महानगरपालिकाले शुद्धीकरण अभियानअन्तर्गत प्रअ मेहताको सरुवा सुखच...
सेतोपाटी संवाददाता अदालतले चोरी मुद्दामा दोषी ठहर गर्दै ३ वर्ष अगाडि ३ वर्ष जेल सजाय तोकेका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, तुलसीपुर उपमहागनरपालिका –७ निवासी पप्पु भन्ने पट्टु नेपालीलाई दाङ देउखुरी जिल्ला अदालतले २०७२ भदौ २१ गते ३ वर्ष ५ महिना २१ दिनको कैद र ३० हजार रुपैयाँ जरिवाना भराउने फैसला गरेको थियो।...
रासस शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पर्यटकलाई सहजता प्रदान गर्न नयाँ द्वार खुल्ने भएको छ।, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कञ्चनपुरको बेलडाँडीदेखि पर्यटक प्रवेशको लागि नयाँ प्रवेशद्वार खोल्न निकुञ्ज कार्यालयलाई पत्राचार गरेको छ। , , पत्रमा निकुञ्जलाई विभागले तीन बुँदे निर्देशनात्मक आदेश दि...
अनिल तिवारी माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको सरूवाको विरोधमा विद्यार्थीहरूले लाठी लिएर प्रदर्शन गरेका छन्।, वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको विरोधमा विद्याथीहरूले सोमबार बिहान लाठी लिएर नै प्रदर्शन गरेका हुन् ।, वीरगञ्ज महानगरपालिकाले आठ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको सरुवा गरेपछ...
सेतोपाटी संवाददाता कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्र संघलाई पनि आग्रह गरिएको छ।, ५ महिना बित्न लाग्दा समेत सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाई कारबाही गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले हत्यारा पत्ता लगाई दिन आग्रह गर्दै संकलन गरिएको...
दिपकजंग शाही कालिकोटको पलाँता गाउँपालिका–१ खाँडा न्यौपाने वडामा भएको आगलागीबाट पीडितहरूलाई कर्णाली प्रदेश सरकारले तत्कालका लागि प्रति घरधुरी २० हजार रुपैयाँ राहत प्रदान गर्ने भएको छ।, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तत्काल राहतस्वरूप प्रति घरधुरी २० हजार रुपैया...
रासस नेपाल पत्रकार महासङ्घले उपाध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा विधान मस्यौदा समिति गठन गरेको छ । , , हालै धनकुटामा सम्पन्न प्रदेश अध्यक्ष/महासचिव र शाखा अध्यक्षको राष्ट्रिय सम्मेलनले महासङ्घलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजान दिएको निर्देशनसहितको मार्गनिर्देशनलाई पूरा गर्न सो समिति गठन गरिएको हो। , , महासङ्घद्वा...
रासस तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको टुटे देउराली भएर तीनजुरे, चौकी, मङ्गलबारे, गुफा बजार हुँदै ताप्लेजुङको दोभानसम्मको क्षेत्रमा केही वर्ष अघिसम्म स्थानीय बासिन्दाबीच चौंरीलाई भारी बोकाउने प्रतिस्पर्धा चल्थ्यो। यो मार्गमा जसले धेरै चौंरी पालेर भारी बोकाउने व्यवसाय गर्छ, ऊ ठूलो व्यवसायी गनिन्थ्यो। , , वसन्तपुर, टु...
नारायण खड्का दाङको घोराहीमा सोमबार दिउँसो बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले बजार बन्द गराउँदै हिँडेका छन्।, तनावग्रस्त बनेको घोराही बजारका पसलपसलमा पुगेर सटर बन्द गराउनुका साथै सडकमा यातायातका साधन पनि चल्न दिएका छैनन्। केही सवारीसाधनमाथि तोडफोडसमेत भएको छ।, घोराही उपमहानगरपालिका-१४ लखनपार्क चो...
रासस राष्ट्रिय आवास कम्पनीले धुलिखेल नगरपालिका–५ स्थित खड्पुमा रहेको जग्गा विक्री गर्न थालेको छ।, नेपाल सरकारको अर्धस्वामित्वको उक्त कम्पनीले व्यवस्थित आवास निर्माण गर्ने उद्देश्यले १७ वर्षअघि बनेपा–पनौती सडकखण्डको सो स्थानमा ५७ रोपनी जग्गा खरिद गरेको थियो । , , आवास निर्माण गर्न चाहनेका लागि जग्गा विक्री सुरू गरिएको ...
सेतोपाटी संवाददाता लोकसेवा आयोगले कुनै पदका लागि १ जनाको आवेदन माग्ने हो भने सयौंले निवेदन दिन्छन्।, सरकारी जागिरमा आकर्षण बढ्दो भएपनि न्यायसेवाले भने चाहिएजति कर्मचारी पाउन सकेको छैन।, , सर्वोच्च अदालतका रजिष्ट्रार लालबहादुर कुँवरका अनुसार, धेरै वर्षयता न्यायसेवामा चाहिएका जति अधिकृतको पदपूर्ति गर्न हम्मे छ।, ‘अहिले ...
नारायण खड्का तुलसीपुर उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रबाट प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति पाएको छ।, शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीको परिषद् बैठकले सो निर्णय गरेको मन्त्रीका स्वकीय सचिव जीवन गौतमले जानकारी दिए।, तुलसीपुर उपमहानगरपालिका...
नारायण खड्का तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।, नगर कार्यपालिकाको ४९ औं बैठकले गुरुङहरूको पर्व तमु ल्होसार र थारु जातिको पर्व माघीमा बिदा दिने निर्णय गरेको हो।, तमु ल्होसारको अवसरमा पुस १५ गते र माघी पर्वका अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय पारित भएको मेयर घनश्याम प...
सेतोपाटी संवाददाता दाङमा गएराति भएको भएको ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु भएको छ।, दुर्घटनामा परी ट्याक्टरका सहचालक बर्दिया जिल्लाको घेरुवा गाउँपालिका वडा नं. –५ निवासी १६ वर्षीय सन्तलाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।, घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु १ त ९७०७ नम्बरको ट्याक्टर ब...
रासस पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती-१४ मा बिहिबार बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। , , काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नंको बस कावासोती–१४ स्थित झिनकी भणरिनिया खोलामा खसेको हो। बस खस्दा भारतको महाराजगञ्ज घर भएका ३५ वर्षीय गौरीशङ्कर...
रासस अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकलाई स्थायीको माग राख्दै रामपुर नगरपालिकाका कर्मचारीहरूले आन्दोलन गरेपछि सेवाग्राही मर्कामा परेका छन्। , , दिउँसो वडा कार्यालयमा कामका लागि पुगेकी रामपुर नगरपालिका–६ का लक्ष्मी ढकालले कर्मचारी आन्दोलनमा निस्केपछि त्यसै फर्कनुपरेको बताइन्।, ‘मेरो अति आवश्यक काम परेका कारण ...
रासस काठमाडौं महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ। , , अहिले कामपामा करिब १०० स्थानमा परम्परागत जेब्रा क्रसिङ छन्। मानिसको आवागमनको हिसाबले उक्त सङ्ख्या अत्यन्तै कम हो भने भएका स्थानमा पनि धेरै नदेखिने अवस्थामा छन्। त्यसैले मानिसको अत्यधिक चाप हुने स्थानमा कामपाले स्मार्ट जेब्रा क्रसिङ निर्माण...
सेतोपाटी संवाददाता उपत्यका संयुक्त ट्याक्सी चालक व्यवस्थापन समितिले वैज्ञानिक भाडा समायोजन दर तोक्न सरकारसँग माग गरेको छ।, बिहिबार राजधानीमा  पत्रकार सम्मेलन गरेर मिटर समायोजन–२०६९ लाई परिमार्जित गरेर वैज्ञानिक रूपमा भाडादर कायम गर्न सरकारसँग माग गरेको हो।, वरिष्ठ ट्याक्सी चालक पूर्ण तामाङले वर्तमान सरकार मजदूरहरूको ह...
सेतोपाटी संवाददाता सडक छेउछाउका हजारौं वर्षका सम्पदाहरू मास्ने काम भएको भन्दै तत्काल सडक विस्तार रोक्न उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले माग गरेको छ।, काठमाडौंमा बिहिबार विरोध प्रदर्शन गर्दै समितिले विभिन्न समयमा सर्वोच्व अदालतले सडक विस्तार रोक्न भने पनि त्यो क्रम जारी रहेको बताएको छ।, समितिका संयोजक सुम...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले अत्याधुनिक मोबाइल फोरेन्सिक इन्भेष्टिकेशन भ्यान भित्र्याएको छ। अपराध भएको स्थानमा नै पुगेर शुष्म अनुसन्धान गर्नका लागि नेपाल प्रहरीले अत्याधुनिक मोबाइल फोरेन्सिक इन्भेष्टिकेशन भ्यान भित्र्याएको हो।, नेपाल प्रहरीले पहिलो पटक भित्र्याएको भ्यान प्रहरी प्रधान कार्यालयले महानगरीय अपराध महा...
सेतोपाटी संवाददाता जिल्ला अदालत कास्कीले बालिका बलात्कार गरी हत्या गर्ने पोखरा महानगरपालिका वडा नम्बर २२ का २७ वर्षीय कुसुम पौडेललाई आजन्म कैदको फैसला सुनाएको छ।, जिल्ला न्यायाधीश योगेन्द्र शाहको इजलासले मुलुकी फौजदारी संहिता ऐन ४१ को (च) बमोजिम कुसुमलाई कैद सजाय सुनाएको हो।, मुलुकी संहिताले बलात्कार गरेर हत्या गर्नेल...
दिपकजंग शाही मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार महेन्द्रकुमार मल्ल काममा फर्किएका छन्।, सर्वोच्च अदालतको अन्तरिम आदेशपछि मल्लले बिहिबारदेखि कामकाज सुरू गरेका हुन्।, सर्वोच्चले मंगलबार प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपतिका नाममा मुद्दाको टुंगो नलागेसम्मका लागि कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको थियो।...
सेतोपाटी संवाददाता राजधानीसहित देशका पूर्वी भागमा बिहीबार रातिदेखि मौसम बदली भएको छ। रातिदेखि नै आकाशमा बादल लागेका कारण काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बिहीबारभन्दा ४ डिग्री बढी मापन भएको छ।, मौसम पूर्वानुमान महाशाखाकी मौमसविद् शान्ति कँडेलका अनुसार बिहीबार ३.३ डिग्री मापन भएको काठमाडौंको न्यूनतम तापक्रम शुक्रबार ...
सेतोपाटी संवाददाता प्रतिबन्धित गैंडाको खागसहित महानगरीय अपराध महाशाखाले छ जनालाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेको छ। , पक्राउ पर्नेमा तनहुँका मिनलाल लामा, गोरखाका किरण आमगाईं, सुदीप दियाल, चित्रबहादुर बराम, पदमबहादुर परियार र सरोज विक छन्। , सामाखुसीस्थित सडकमा गैंडाको खाग बोकी बेचबिखन गर्न लागिरहेको सूचनाका आधारमा उ...
रासस सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशभर कुरीतिविरुद्ध स्थानीय धामीझाँक्री र पुरोहितलाई अभियानकर्मीका रूपमा अगाडि बढाउने भएको छ। ,सूदूरपश्चिम प्रदेशमा वर्षौँदेखि जारो गाडेर रहेको कुप्रथा तथा कुसंस्कार हटाउन उक्त मन्त्रालयले नौ वटै जिल्लामा पुगेर स्थानीय धामीझाँक्री र अन्तरक्रिया थालनी ग...
रासस म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले डिभिजन वन कार्यालयका एक कर्मचारील...
नारायण खड्का दाङमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका– ३ राम्री नजिक बा ४ ख ९७६६ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ३ महिला र १३ पुरूषसहित १६ जनाको मृत्यु भएको दाङका एसपी बेलबहादुर पाण्डेले सेतोपाटीलाई जानकारी दिए।, सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पत...
भगवती पाण्डे रुपन्देही जिल्ला खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको छ । देशका ७७ जिल्लामध्ये रुपन्देही खुल्ला दिसामुक्त हुने ६३ औं जिल्ला बनेको छ । प्रदेश पाँचमा पनि रुपन्देही खुल्ला दिसामुक्त हुने एघारौं जिल्ला बनेको छ । १२ वटा जिल्ला रहेको प्रदेश ५ मा कपिलवस्तु जिल्ला खुल्ला दिसामुक्त घोषणा हुन बाँकि छ । प्रदेश ५ का जि...
सेतोपाटी संवाददाता दाङ सल्यान सडक खण्ड अन्तर्गत तुल्सीपुर ३ मा भएको सडक दुर्घटनामा सहिद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक गरी १६ जनाको मृत्यु भएका प्रति नेपाल कम्यूनिस्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहलले दुर्घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।, शुक्रबार एक विज्ञप्ती जारी...
सेतोपाटी संवाददाता नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्य संस्था भ्याटमा दर्ता हुनु पर्ने नियम अवैज्ञानिक रहेको बताएको छ।, चिकित्सक तथा स्वास्थ्य संस्था भ्याटमा दर्ता हुनु पर्ने नियमको विरोध गर्दै संघले यसले स्वास्थ्य क्षेत्रमा अन्यौल कायम रहेको जनाएको छ। आफूहरु सेवामा समर्पित रहेको भन्दै संघले सरकारले ब्यापारीको...
नारायण खड्का दाङमा विद्यार्थी बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुगेको छ। घटनामा १५ जना घाइते भएका छन् ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्री र हर्नेटी भन्ने स्थानको बीच भागमा बा ४ ख ९७६६ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना २१ जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं ड...
प्रकाश ढुंगाना ललितपुरको लाकुरीभञ्याङस्थित प्रहरी प्रभागमा पेस्तोल सफा गर्ने क्रममा पड्किदा प्रहरी जवान घाइते भएका छन् ।  शुक्रबारराती असइ रमेश तामाङले बोक्ने गरेको पेस्तोल पड्किदाँ प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका छन् ।, विपत ब्यवथापन विभागमा कार्यरत श्रेष्ठ गाउँले साथीलाई भेट्न लाकुरीभञ्याङ गएका थिए।  उनीहरु दुवै...
नारायण खड्का दाङमा शुक्रवार दिउँसो भएको बस दुर्घटनामा परि मृत्यु भएका २२ मध्ये ५ जनाको सनाखत भएको छ।, एक जना विद्यार्थी, दुई जना शिक्षक, एक जना पहिचान स्पष्ट खुल्न नसकेका व्यक्ति र बसका चालकको यो खवर तयार पार्दा सम्म सनाखद भएको हो।, दुर्घटनामा परि दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित गैरागाउँमा सञ्चालनमा रहेको...
रासस पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको एउटा सिंगो गाउँ नै एक व्यक्तिको नाममा दर्ता भएको रहस्य खुलेको छ। विसं २०२४ मा नापी गर्दा हाल वडा नं ६ मा पर्ने साविक सनई गाविस वडा नं २ को सनई गाउँ नै भोनु चौधारीको नाममा दर्ता भएको ५१ वर्षपछि अहिले आएर थाहा भएको हो। , , उक्त गाउँमा ९० घरधुरी छन्। सनई २ (क) कित्ता नं ३३५...
नारायण खड्का स्थलगत रिपोर्टिङ, तुलसीपुरको ‘राम्री’ले सारा देशवासीलाई नै स्तब्ध बनाउने गरी एउटा नराम्रो पीडा दिएको छ।, ‘राम्री’ प्राकृतिक दृष्टिकोणले साँच्ची कै ‘राम्रो’ छ । तर जति राम्रो छ भौगोलिक जटिलताका कारण त्यति नै त्यो त्रासदीपूर्ण पनि छ।, राम्रीले यसअघि पनि यस्ता धेरै पीडाहरू दिइसकेको छ। राम्रीको बस दुर्घटनास्थ...
नारायण महर्जन नेवार समुदायले मनाउने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा आज मुलुकभर उल्लासका साथ मनाईयो।, हरेक वर्ष धान्य पूर्णिमाको दिनमा काठमाडौं उपत्यका र आसपासका नेवार समुदायले योमरी पुन्हिः मनाउँछन् ।, यस्तै आजकै दिनलाई काठमाडौंका नेवार समुदायले ज्यापू दिवसको रूपमासमेत मनाउने गरेका छन्।, काठमाडौंको बसन्तपुरमा शनि...
नारायण खड्का दाङमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा परी मृत्यु हुनेहरूको संख्या २३ पुगेको छ।, शनिबार बिहान उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा थप एक जना घाइतेको मृत्यु भएको हो।, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीका अनुसार जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका वडा नं. १ न...
सेतोपाटी संवाददाता घोराहीस्थित एउटा इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ।, मंगलबार बिहान पौने ३ बजे बिजुली बत्तीको तार सर्ट भई घोराही उपाहानगरपालिका वडा नं. १५ स्थित आरके इलेक्ट्रोनिक्स सर्भिसमा आगलागी भई सो परिमाणमा सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।, इलेक्ट्रोनिक सर्भिसका स...
सेतोपाटी संवाददाता गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेमा ८८ वर्षीया वृद्धा बलात्कृत भएकी छन्।, सोमबार दिउँसो घरमै पुगेर १६ वर्षका एक किशोरले वृद्धालाई बलात्कार गरेका हुन्।, पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र...
नारायण खड्का एक जना व्यक्तिले हराएको डेढ लाख बढी रकम प्रहरीले खोजी गरेर फेला पारेपछि सम्बन्धित व्यक्तिलाई दिएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ दमारगाउँ निवासी ४१ वर्षीय अमरसिंह केसीले सोमबार बेलुका सल्यानबाट घर फर्किंदै गर्दा झोलासहित डेढ लाख बढी रुपैयाँ हराएका थिए।, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं ...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरभित्र रहेको एक भवनमा मंगलबार आगलागी भएको छ।, सिंहदरबारको दक्षिणतर्फ रहेको सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरस्थित पहिले जिल्ला अदालत रहेको पुरानो भवनमा मंगलबार बिहान आगलागी भएको हो।, विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुम...
रासस विगत दुई दिनदेखि अचानक बढेको चिसोले यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। एक्कासी बढेको चिसो र शितलहरका कारण सिरहा जिल्लाको अस्पतालमा बिरामीको चाप बढेको छ। , , बाक्लो हुस्सु र चिसो हावाले रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन्। सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामी...
सेतोपाटी संवाददाता दाङका सवारी चालकहरूकै बीचमै कुटाकुट भएको छ।, सोमबार दिउँसो २ बजेतिर बसका चालक तथा स्टापहरूको कुटपिटबाट ट्रकका चालक सल्यान खलंगा निवासी ३५ वर्षीय मोहन गिरी घाइते भएका प्रहरीले जानकारी दिएको छ।, ट्रक र बस एकै ठाउँमा भेटिँदा साँघुरो बाटोमा कसले गाडी पछाडि सार्ने भन्ने विषयमा विवाद हुँदा कुटाकुटसम्मको स...
नारायण खड्का दाङका एक जना किशोर हराएको एक महिनापछि जंगलमा मृत अवस्थामा फेला परेका छन्।, घोराही उपमहानगरपालिका वडा नं. १३ तुरुन्तपुर निवासी १७ वर्षीय सुवास पुन जंगलमा मृत अवस्थामा फेला परेको दाङ प्रहरीले जानकारी दिएको छ।, जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलप्रसाद पाण्डेका अनुसार पुन एक महिना अगाडि साथीहरूसँग स्वर्गद्वारी...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले पुरस्कार बाँडेरै करिब आधा करोड रकम सकाएको छ।, शनिबार महनागरपालिकाले आयोजना गरेको २४ औं महानगर दिवसका अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई नगदसहित सम्मान गर्दा ४२ लाख ७४ हजार रूपैयाँ खर्च गरेको छ।, केहीलाई महनगरले बिना नगद सम्मान गरेको छ। पहिलो निर्वाचित सभापति जनकमान श्रेष्ठ,...
रासस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ। , , पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–२३ का ३२ वर्षीय अमित घिसिङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, उनको साथबाट ११६ ग्रामका चार बिस्कुट सुन र करिब ५० ग्रामको एक थान बालासहित ५१४ ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको...
सेतोपाटी संवाददाता काठमाडौं र ललितपुर महानगरपालिकाले चक्रपथ मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने जिम्मा पनि चिनियाँ कम्पनीलाई नै दिने निर्णय गरेको छ।, चाइनाको चाइना रेलवे २५ औं व्यूरो ग्रुप कम्पनी लिमिटेड (सिआरसीसी) लाई डिपिआर बनाउन दिन बुधबार सहमतिपत्रमा हस्ताक्षर गर्ने भएको हो।, यसअघि गत भदौ २८ गते च...
रासस इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन्। , , सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मङ्सिर २० गतेयता परिवारको सम्पर्कमा नआएकी हुन्।, २० गते बिहान बालिका विद्यालय गएको तर बेलुका फर्केर घर नआएको बालिकाका बुबा ओमबहादुर गुरुङले जानकारी दिए।, बालिका घर नफर्के पनि आफन्तकोमा ग...
सेतोपाटी संवाददाता तुलसीपुर उपमहानगरपालिकाले प्लाष्टिकको प्रयोगमा रोक लगाउने निर्णय गरेको छ।, मंगलबार बसेको कार्यपालिकाको ४८ औं बैठकले २० माइक्रोनभन्दा कम तौल भएका प्लाष्टिकजन्य पदार्थको प्रयोगमा रोक लगाउने निर्णय गरेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए।, वातावरणीय प्रभाव र प्रदूषणलाई कम गर्ने उद्धेश्यका साथ प्ला...
रासस तुलसीपुर उपमहानगरपालिका–३ दमार गाउँ निवासी ४१ वर्षीय अमरसिंह केसीले सोमबार बेलुका हराउनुभएको नगद प्रहरीले फेला पारेपछि आज सम्बन्धित व्यक्तिलाई फिर्ता दिएको छ ।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम शाहीले सोमबार बेलुका रा४प ८१११ नंको मोटरसाइकलमा सल्यानबाट तुलसीपुरतर्फ आउने क्र...
नारायण खड्का रिता लामा पत्रकार हुन्। उनको घर प्यूठान नगरपालिकाको मरन्ठानामा पर्छ। दाङ, घोराहीमा डेरा लिएर बस्दै आएकी छन्। नेपाली सेनामा जागिरे उनका श्रीमान कञ्चनपुरमा कार्यरत छन्।, घोराहीस्थित राप्ती शिक्षा क्याम्पसबाट स्वास्थ्यमा स्नातकोत्तर लामालाई पत्रकारिताको यस्तो टक बस्यो, उनी करिब एक दशकदेखि यही पेसामा छिन्।, उ...
रासस कञ्चनपुरको भीमदत्तनगरपालिका उल्टाखामकी निर्मला पन्तको  बलात्कारपछि हत्या भएको घटनामाथि अनुसन्धानमा संलग्न आठ प्रहरी अधिकारीविरूद्ध जाहेरी परेको छ।, तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित आठ जनाविरूद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले मंगलबार जाहेरी दिएको कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिए।, आफ्...
सेतोपाटी संवाददाता ललितपुर बालकुमारीमा मंगलबार राति दुई जना लुटेराले ट्याक्सी चालकलाई छुरा प्रहार गरी लुटपाट गरेका छन्।, महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बा१ज ६१५७ नम्बरको ट्याक्सी चालक डम्बर खड्कालाई छुरा हानी उनको साथमा रहेको ५ हजार रुपैयाँ र मोबाइल लुटेर लगेका हुन्।, बिरामी बनेर दमकल नजिकबाट शंखमुल जाने भन्दै...
रासस काठमाडौंको तिलिङ्गाटारमा सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ।, बसुन्धराबाट गोंगबुतर्फ जाँदै गरेको बा ९७ प ७८३७ नम्बरको स्कुटर बा १४ च ६८४८ नम्बरको पिकअप भ्यानमा ठोकिँदा रामेछाप घर भई हाल बसुन्धरा बस्ने १७ वर्षीय अनिल श्रेष्ठको आज बिहान मृत्यु भएको हो। , , महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रह...
लेखनाथ खतिवडा पाँचथर प्रहरीले फाल्गुनन्द गाँउपालिका–२ इम्बुङका देवेन्द्र शिवाले कीर्ते गरी नागरिता बनाएको घटनामा तत्कालीन सहायक ५ सरकारी कर्मचारीसहित ८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत पाँचथरमा मुद्दा दायर गरेको छ।, ३ वटा नागरिकता बनाएको घटनाको अनुसन्धानका क्रममा ५ सरकारी कर्मचारीसहित ८ जनालाई प्रतिवादी बनाई मुद्दा...
अनिल तिवारी मगंलबारदेखि बढेकोे चिसो र शीतलहरको कारण मध्य तराईको जनजीवन प्रभावित भएको छ।, बिहानैदेखि पर्ने शीतलहरले गर्दा तापक्रम झरेर ७ डिग्रीमा पुगेपछि सर्वसाधारणको दैनिकी समेत प्रभावित भएको छ।, कुहिरो र चिसो हावा बतासले हात खुट्टा नै कठ्यांग्रिन थालेपछि दैनिक काम गर्न सर्वसाधारणलाई समस्या भएको छ। चिसोलाई छल्न चोक चो...
सबिना श्रेष्ठ हाम्रा परिकार, ‘त्यः छिं त्यः, बकछिं त्यः, लातापाता कुलिंचा जुस्सिं त्यः, यःमरि च्वामु, उकी दुने हाकु,, ब्यूसा ल्यासे मब्यूसा बुरिकुति!’, यो 'यःमरि गीत' हो।, यःमरि पुन्हिका दिन नेवार समुदायबीच सुन्न सक्नुहुन्छ। मंसिर शुक्ल पूर्णिमाका दिन यही गीत गाउँदै यःमरि माग्दै घर-घर जाने चलन छ। गीत ठाउँअनुसार भिन्न-...