content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता तीन महिनाको कसरतपछि काठमाडौं र ललितपुर महानगरपालिकाले मोनोरेलको सम्भाव्यता अध्ययन प्रतिवेदन स्वीकृत गर्दै विस्तृत परियोजना प्रतिवेदन डिपिआरका लागि सहमतिपत्रमा हस्ताक्षर गरेको छ।, बुधबार काठमाडौंमा भएको एक कार्यक्रमबीच काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र चीनको चाइना रेल वे २५ औं ब्यूरो ग्रुप...
नारायण खड्का दाङमा एक जना बस मालिकले आफ्नो गाडीमा यात्रुले छोडेको झोलामा फेला परेको २ तोला बढीको सुनको गरगहना प्रहरीलाई बुझाएका छन्।, ना ७ ख ९४२१ नम्बरको बसमा मालिक तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ पहिलपार निवासी ३९ वर्षीय सुन्दर विकले आफ्नो गाडीमा यात्रुले छुटाएको झोलामा फेला परेको सुनका गरगहना र लत्ताकपडा प्रहरीला...
रासस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबिएस कार्यक्रम सञ्चालन सम्भाव्यता अध्ययनका लागि कार्यदल टोली कर्णाली प्रदेशको जुम्लामा आएको छ। , , प्राध्यापक डा गोविन्द केसीले उक्त पढाइ सञ्चालन माग गर्दै जुम्लामै अनशन बसेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वीर अस्पतालका प्रा डा श्रीकृष्ण ...
नारायण खड्का तुलसीपुर बजार क्षेत्रमा १५ दिनमा हर्न बजाउने झन्डै तीनसय सवारी साधनमाथि कारबाही भएको छ।, मंसिर १६ गतेदेखि तुलसीपुर उपमहानगरपालिकालाई हर्न निषेधित क्षेत्र घोषणा गर्दै अटेरी गर्ने सवारी चालकलाई कारबाही थालिएको थियो।, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायब निरीक्षक चन्द्रबहादुर केसीका अनुस...
नारायण खड्का पछिल्लो समय २०७१ साल फागुन २७ गते तुलसीपुरलाई उपमहानगरपलिका घोषणा गर्दा साविक फूलवारी, डुरूवा, विजौरी, मानपुर, पवननगरलगायतका गाविस यसमा गाभिएका थिए।, तर, दाङ–सल्यानको सीमाना जोडिएको एउटा बस्ती कल्ले–बल्ले भने विक्रम सम्बत २०४९ साल अर्थात नगर स्थापना कालदेखि कै नगरपालिका क्षेत्र हो।, नगरपालिकाहुँदै उपमहानग...
निशा भण्डारी २०७२ वैशाख १२ गतेको भुइँचालोले भत्काएको धरहरा अहिले धमाधम पुनर्निर्माण भइरहेको छ।, धरहरा निर्माण जिआइइटिसी-रमन जेभीले निर्माणस्थलका अनावश्यक सामग्री हटाउँदै काम गरिरहेको छ।, गजुरसहितको नयाँ धरहरा २२ तले हुनेछ। यसको उचाइ करिब ७७ मिटर हुनेछ। भुइँचालोले भत्काएको धरहरा ९ तले थियो। नयाँ धरहरा पुरानोभन्दा शहिदग...
नेहा झा पिंकीलाई प्रत्येक साँझ ८ बज्नुभन्दा पहिले नै खाना पकाईहाल्नुपर्नेमा हतार हुन्छ। उनी घरमा पाहुना आएको दिन होस् या फेरि अन्य दिन साँझको खाना बनाउन सधैँ हतारमै हुन्छिन्।  यो पर्खाई फेरि उनलाई साताको ५ दिन मात्रै हुने गर्छ।, जनकपुरधाम उपमहागरपालिका वडा नम्बर २३ बस्ने ४३ वर्षीय पिंकी पाण्डेलाई बेलुकी सवा ८ बज्नुभन्...
सेतोपाटी संवाददाता पछिलो समय देशमा महिला तथा बालबालिकामाथि हुने विभेदको घटना बढेसँगै महानगरीय प्रहरी प्रभाग बलम्बुले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई सार्थक पार्ने उद्धेश्यले सचेतना र्‍याली आयोजना गरेको छ।, सामुदायिक प्रहरी साझेदारी बलम्बु वडा समिति १२ ले  महिला हिंसा अन्त्य गरौं, नारीबिना चल्दैन सृष्टि किन लाउँ...
सेतोपाटी संवाददाता पशुपति क्षेत्रमा कंक्रिटको पदमार्ग बनाउन नहुने भन्दै ध्यानाकर्षण गराउन पशुपति क्षेत्र विकास कोषको कार्यालय पुगेका सम्पदा संरक्षण अभियन्ताहरू पक्राउ परेका छन्। कोषले कानुनविपरित सम्पदा क्षेत्रमा कंक्रिट प्रयोग गरेको र यसलाई यथाशिघ्र सच्याउन उनीहरूले माग राखेका थिए। , गौशाला प्रहरीले गणपतिलाल श्रेष्ठ,...
नेहा झा राजपा निकट राष्ट्रिय विद्यार्थी संघका विद्यार्थीहरुले जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्रमुख विजयलाल दासलाई कालोमोसो दलेका छन्।, आईतबार राराब क्याम्पसका प्रमुख दासमाथि कार्यकक्षमै रहेको बेला राष्ट्रिय विद्यार्थी संघको अगुवाईमा  कालोमोसो दलिएको हो।, संघले लामो समयदेखि नियमित पढाईको मागसहित १...
रासस श्रीमती र छोरीको हत्या आरोपमा एक भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय हेटौँडाले पक्राउ गरी आज सर्वजनिक गरेको छ ।, भारत विहार घर भई हेटौंडा–५ मा डेरा गरी बस्ने २५ वर्षीय महम्द रम्जान मियाँ दर्जीलाई सो हत्याको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिएका ह...
दिपकजंग शाही सुर्खेतको पञ्चपुरी नगरपालिका–३ की गौरीकला रोकायको हत्यामा संलग्न तीन जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । दैलेख घर भाई तत्कालिन समयमा ईलाका प्रहरी कार्यालय बाबियाचौरमा कार्यरत हरिप्रसाद कोईराला, पञ्चपुरी–८ का लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई जिल्ला अदालत सुर्खेतले दोषी ठहर गरेको हो ।, ...
रासस सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेबसाइट बन्द गरिने बताएका छन् ।, बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भने, 'पच्चीस लाख अश्लील वेबसाइट बन्द गर्‍यौँ, क्रमै...
रासस नुवाकोटको ऐतिहासिक साततले दरबार पुनःनिर्माण यही वर्ष चैतदेखि शुरु हुने भएको छ ।, रााष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले साततले दरबारको आज अवलोकन गर्दै चीन सरकारसँग दरबार पुनःनिर्माणका लागि सम्झौता भइसकेको र वर्षको अन्त्यदेखि नै दरबारको पुनःनिर्माण हुने जानकारी दिएका हुन्।, भूकम्पले पू...
सुनिता सिटौला राजधानीको गोंगबु चक्रपथमा सडक विभागले खुला छोडेको खाल्डोमा परी एउटा निजी जीप (एसयूभी)  दुर्घटनामा परेको छ।, सोमबार बिहान ८ बजे सामाखुसीबाट गोंगबुतिर जाँदै गरेको बा १४ च ९६३७ नम्बरको गाडी गोंगबु चोक पुग्न २० मिटर बाँकी रहँदै यु टर्न गरेर पुनः सामाखुसीतर्फ मोडिन खोज्दा सडक विभागले त्यतिकै छोडेको खाल्डोमा प...
सबिना श्रेष्ठ साना मांसाहारीको खोजी, तीनजुरे–मिल्खे–जलजले।, पूर्वी नेपालका यी ठाउँमा केही अनुसन्धाताहरूले ‘क्यामरा ट्रयाप’ थापे। यो क्यामराको अगाडिबाट कुनै जनावर हिँड्यो भने त्यसको तस्बिर खिचिन्छ। उनीहरूको उद्देश्य साना मांसाहारीको तस्बिर खिच्नु थियो। मासु खाएर बाँच्ने न्याउरी मुसा, जंगली बिरालो, हाब्रे, मलसाप्रोजस्ता...
रासस १८ दिनदेखि बेपत्ता बैतडीको दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन्।, गत मङ्सिर १२ गते घरबाटै बेपत्ता भएका लावड घर नजिकैको इरानखोला भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।, लावडको शवलाई स्थानीय बासिन्दाले द...
रासस नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।, काठमाडौंबाट भारतको चेन्नाइतर्फ जान आउँदै गरेको पिएन८८ए २३१६ नंको ट्रकले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ठक्करबाट गम्भीर घाइते ती पुरुषको उपचारका क्रममा...
सेतोपाटी संवाददाता बंगालको खाँडी हुँदै उत्तर पश्चिमतिर फैलिरहेको सामुद्रीक आँधीका कारण नेपालमा पनि सोमबार र मंगलबार मौसममा बदली हुने भएको छ।, पेथाई नाम दिइएको सो आँधीको प्रभावले सोमबार बिहानदेखि राजधानीसहित देशका पूर्वी भागमा धुम्म बादल लागेको छ। बादल लागेसँगै उपत्यकाको तापक्रम पनि घटेको छ। सोमबार उपत्यकाको न्यूनतम ता...
रासस विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ। गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पुर्‍याएको करिब १५/२० वर्षको पोथी गैँडालाई गए राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो। ,यसअघि बाढीले बगाएका १० गैँडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जको संयुक्त टोल...
रासस बाँकेमा हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्र गर्ने काम सुरू गरिएको छ। आज पहिलो दिन पुरैनादेखि साढे एक किलोमिटर बाटोमा कालोपत्रेका लागि गर्नुपर्ने पहिलो चरणको काम सकिएको इञ्जिनियर तुलसीराम भण्डारीले जानकारी दिए।, नेपालगञ्जको पुरैनादेखि सुइया बघौडासम्मको ४४ दशमलव ६ किलोमिटरको हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्...
रासस नेपाल पत्रकार महासङ्घ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारबाही गर्ने निर्णय गरेको छ।, शाखाको लहानमा सम्पन्न १०औं साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर हिँड्ने र सिंगो प्रेसजगतलाई बदनाम गराउनेलाई कारबाही गर्ने निर्णय गरेको हो।, केही गैरपत्रकारले पनि मोटरसाइकलमा प्रेस लेखेर हिँड्दै गरेको र पत्र...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओली १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहमा सहभागी हुने भएका छन्।, ज्यापू समुदायको संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यका साथ आगामी शनिबार काठमाडौंको बसन्तपुरमा आयोजना हुने १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहमा सहभागिताका लागि ज्यापू समुदायको गरेको आग्रह प्रधानमन्त्री ओ...
रासस सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।, एक मजदूर काम गर्ने बेलामा माथिबाट लडेर मृत्यु भएको छ भने एक जनालाई ट्याक्टरले ठक्कर दिँदा ज्यान गएको हो। , , सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिका–५ पकडी टोल निवासी प्रमोद चौधरीको नयाँ बन्दै गरेको हिरो इँटाभट्टाको लागि धूवाँ निस्कने चिम्नी ब...
सेतोपाटी संवाददाता सरकारले सबै सरकारी विद्यालयमा खेलकूद मैदानको व्यवस्था गर्ने तयारी गरेको छ।, युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले सबै सरकारी विद्यालयमा खेल मैदानको व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिएका हुन्।, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन, नेपाल (एन प्याब...
सेतोपाटी संवाददाता काठमाडौंको टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधनले यात्रु कुरेर बस्न नपाउने ‘पिक एण्ड ड्रप’ कार्यक्रम प्रभावकारी भएको निष्कर्ष निकालिएको छ।, आइतबारदेखि सुरू गरिएको कार्यक्रमको प्रभाव मूल्याङ्कन तथा थप तयारीका लागि सोमबार राष्ट्रिय सभा गृहमा बसेको महानगरका प्रमुख र उपप्रमुखसहितको बैठकले सो नि...
रासस पाल्पा जिल्लामै ठूलो सरकारी अस्पतालका रुपमा स्तरोन्नति हुँदै गरेको रामपुर अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ। , , पचास शय्याको अस्पतालको रुपमा विकसित हुँदै गरेको यस अस्पतालमा दरबन्दीअनुसार डाक्टर त छैनन् नै, भौगोलिक विकटतासँगै पर्याप्त सुविधा नहुँदा विशेषज्ञ डाक्टर यहाँ बसेर जन...
रासस दाङको घोराहीस्थित पद्मोदय नमूना माध्यमिक विद्यालयमा अहिले करिब पाँच हजार विद्यार्थी नियमित अध्ययनरत छन्। सामुदायिक विद्यालयमा यति धेरै विद्यार्थीको सङ्ख्या सायदै कुनै विद्यालयमा होला। प्रत्येक दिन हाजिरी हुने र अध्यापन गराउने शिक्षक पौने दुई सय पुगिसकेका छन्। , , पछिल्लो समय सामुदायिक विद्यालयको सङ्ख्या बढ्नुको स...
प्रकाश ढुंगाना गत शनिबार राती ९ बजेर १५ मिनेट जादाँ एक युवकले 'आइ विल डाइ टुनाइट' भन्दै सामाजिक संजाल फेसबुकमा पोष्ट गरे।, फेसबुकमा उनले ब्लेडले हात काटेर रगताम्य भएको फोटोसमेत सेयर गरेका थिए। उनले स्टाटस लेखेको केही मिनेटमा नै नेपाल प्रहरीको सिआइबीमा रहेको साइबर क्राइम इन्टेलिजेन्स युनिटले त्यो थाहा पायो।, तत्काललै स...
सेतोपाटी संवाददाता पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं. २ मा बिहीबार राति भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।, पाल्पाको जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ च २६५३ नम्वरको जिप राति ९ बजे दुर्घटनामा परेको थियो।, दुर्घटनामा परी मृत्यु हुने सबै एकै गाउँका रहेको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरुमा माथागढी गाउँपालिक...
रासस वाणी मुक्तकमैया शिविरका बिप्टी चौधरीले घर खर्च चलाउन बस्ती छेउमै रहेको मछेली नदीमा बालुवा छान्न थालेको दशक बितिसक्यो।, वि.सं. २०५८ मा कमैयाबाट मुक्त भएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी शिविरमा आएकी उनी र उनको परिवारलाई गर्जो टार्न अझै पनि मजदूरी गर्नुको विकल्प छैन। ‘हिउँदका बेला नदीमा दिनभरि कडा परिश्रम गर...
कमलेश मण्डल महोत्तरीको गौशालामा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक गम्भीर घाइते भएका छन्।, गौशलाबाट माइस्थान जाँदै गरेको बा १८ च ६९४५ नम्बरको स्कार्पियोले शुक्रबार मध्यान्ह विपरित दिशाबाट आउँदै गरेको ज १२ प ११०१ नम्बरको मोटरसाइकललाई गौशाला चोकमा ठक्कर दिँएको हो।, स्कार्पियोको ठक...
नारायण खड्का दाङमा भएको आगलागीमा परि तीन जना बालबालिकाको मृत्यु भएको छ।, बंगलाचुली गाउँपालिका वडा नं. ८ गुराँसे निवासी नवराज पुनको घरमा आगो लाग्दा उनका ७ बर्षीय छोरा कृष्णबहादुर पुन, ५ बर्षीया छोरी अस्मिता पुन र २ वर्ष ६ महिनाकी छोरी अन्जु पुनको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।, आगलागीबाट घरमा रहेका ७ वटा ब...
हेमन्त केसी तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न ठाउँमा अहिले तुइनबाटै यातायातका साधन नदी वारपार गर्छन्।, भर्खरै मात्र सडक सञ्जालले जोडिएको डोल्पामा सवारीसाधन तुइनकै भरमा आवत–जावत गर्दै आएका छन् । चट्टान नै चट्टानले बनेको कडा भूबनोट...
सेतोपाटी संवाददाता झन्डै साढे ४ किलोग्राम चरेशसहित एकजना महिला पक्राउ परेकी छन्।, कैलालीको घोडाघोडी नगरपालिका वडा नं. २ साँडेपानीकी ३२ वर्षीया पार्वती भन्ने पबी ढोलीले चालकको सिटमुनी लुकाइ राखेको ४ किलो ३६० ग्राम चरेश बरामद भएको प्रहारीले जानकारी दिएको छ।, बर्दियाको राजपुर नगरपालिका वडा नं. ४ स्थित राजापुरमा बुधवार रा...
निशा भण्डारी त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा जानुभयो भने अब तपाईंले पहिलाभन्दा फरक अनुभुति गर्नुहुनेछ। किनकी भवनभित्रका प्राय: सबै ठाउँमा कार्पेट राखेर चिटिक्क बनाइएको छ।, केही समय पहिले एउटा विदेशी सरसफाइ कम्पनीले त्यहाँको सरसफाइ गरिदियो। उक्त कम्पनीले सफाइ गरिदिएको भन्दा पनि सफा कसरी हुन्छ भनेर सिकाइद...
सेतोपाटी संवाददाता प्रदेश पाँचका सबै विद्यालयमा एउटै किसिमको पोशाक बनाईने भएको छ।, प्रदेश नं. ५ सरकारले सबै विद्यालयमा एकै किसिमको पाठ्यक्रम र पोशाक लागू गर्ने तयारी गरेको छ। विद्यालयको पाठ्यक्रम मात्र नभई पाठ्यपुस्तकसमेत एउटै बनाउने योजना मन्त्रालयको छ।, प्रदेश नं. ५ सामाजिक विकास मन्त्रालयले एकै किसिमको पाठ्यक्रम, प...
नारायण खड्का सवारी दुर्घटनामा परी मृत्यु भएका राप्ती सोनारी गाउँपालिका ८ सम्शेरगञ्जका ५ जनाको सामुहिक अन्त्येष्टि गरिएको छ।, सम्शेरगञ्जस्थित राप्ती नदी किनारको गौशाला घाटामा ५ जनाको सामुहिक अन्त्येष्टि गरिएको हो।, दुलाहाका बाबु आमाको एउटै चितामा अन्त्येष्टि गरिएको थियो भने गाउँकै अन्य तीन जनाको लहरै चिता बनाएर सँगै अन...
रासस नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको र घाइते भएका १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।, दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा नै १८ जना र उप...
रासस लागुऔषध तथा बालबालिकाविरुद्ध हुने हिंसा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले जिल्लास्थित विभिन्न विद्यालयमा विद्यार्थीलाई पढाउन शुरु गरेको छ । विशेष सचेतना अभियानअन्तर्गत प्रहरीले विभिन्न विद्यालयमा उक्त विषयमा कक्षा लिन शुरु गरेको हो ।, विभिन्न विद्यालयका कक्षा ८ देखि १२ कक्षासम्म अध्यनरत विद्यार्थीलाई लागु...
सेतोपाटी संवाददाता नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा भएको मिनिट्रक दुर्घटना परी ज्यान गुमाउनेको संख्या १६ पुगेको छ।, जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार साँझ ८ बजेसम्म १६ जनाको मृत शरीर भेटिएको हो।, नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा शुक्रबार भएको दूर्घटनामा परी २५ जना घाइते भएका छन्।, नुवाकोटका प्रमुख ...
सेतोपाटी संवाददाता जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायधिवक्ता कोषहरी निरौलाले मुद्दा मिलाइदिने भनेर सेवाग्राहीसँग घुस लिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ।, ठगी मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीसँग उनले घुस रकम माग गरेको भन्दै अख्तियारले शुक्रबार विशेष अदालतमा भ्रष्ट...
रासस कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले यही शैक्षिक सत्रमा थप दुई आंगिक क्याम्पस सञ्चालन गर्ने भएको छ ।, उदयपुरको कटारी र महोत्तरीको बर्दिवासमा आंगिक क्याम्पस सञ्चालनको तयारी गरेको उक्त विश्वविद्यालयले जनाएको हो । उदयपुरको कटारीमा वन सङ्कायको कार्यक्रम र महोत्तरीको बर्दिवासमा कृषि सङ्कायको कार्यक्रम सञ्चा...
रासस दोगडाकेदार गाउँपालिकाले गाउँपालिकाभरिका महिला स्वास्थ्य स्वयंसेविकालाई एकमुष्ट वार्षिक छ हजार प्रोत्साहन भत्ता दिने भएको छ ।, गत वर्ष महिला स्वास्थ्य स्वयंसेविकालाई पाँच हजार भत्ता उपलब्ध गराउँदै आएकोमा यो वर्ष एक हजार थप गरेर र ६ हजार पुर्याइएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए।, महिला स्वास्थ्य स्...
सत्यमोहन जोशी (प्रस्तुतिः गिरीश गिरी) (हेर्नुहोस् यो शृंखलाको पहिलो भाग: ,हवाइजहाज चढ्न हिँडेको थिएँ, समुद्रमा पो लगे!,), सिड्नीको रोज बे अर्थात् पानीबाटै उडेको जहाजले लगातार सात–आठ घन्टाको यात्रापछि बल्ल ओर्लिने तारतम्य देखायो। हामी बिहान साढे ७ बजेतिर न्यूजिल्याण्डको राजधानी वेलिङटनमा ओर्लंदै थियौं।, झ्यालबाट बाहि...
रासस चक्रपथको कोटेश्वर कलंकी सडक निर्माण पूरा हुँदै गर्दा कलंकीदेखि महाराजगञ्ज सडकको अध्ययन सुरू भएको छ। , , यो सडकमा कति ‘अण्डर पास’ तथा कति आकाशे पुल आवश्यक पर्ने र त्यसका लागि कति लगानी चाहिनेजस्ता कुरा अध्ययनले टुंगो लगाउने सडक विभागका सहप्रवक्ता रमेशकुमार सिंहले बताए। , चिनियाँ सरकारले नै निर्माण गर्ने झण्डै १२ क...
सेतोपाटी संवाददाता गृह मन्त्रालयले ३३ किलो सुनसहित भारतबाट दुई नेपाली पक्राउ परेको जानकारी दिएको छ।, गृहका अनुसार पक्राउ पर्नेमा इटहरीका हेमप्रसाद शर्मा र राकेश प्रसाद रहेका छन्। दुबै इटहरीका भएको गृहको दाबी छ।, गृह स्रोतले दुबैलाई भारतको डाइरेक्टटोरेट रेभिन्यू इन्टेलिजेन्स ब्युरोले गत डिसेम्बर ७ तारिखमा पक्राउ गरेको ...
रासस चितवनमा गए राति भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।, माडीबाट जन्ती लिएर नवलपरासी जाँदै गरेको ना४ख ५१९३ नंको बसको ठक्करबाट भरतपुर–१४ वरौजीमा साइकलमा सवार भरतपुर–१३ का बालकृष्ण सापकोटाको मृत्यु भएको हो।, बसको ठक्करबाट घाइते सापकोटाको उपचारका लागि अस्पताल लैजाँदै गर्...
सागरराज तिमिल्सिना गत सोमबारदेखि पोखराको फेवातालमा डुबेर बेपत्ता भएका काठमाडौंका रोशन श्रेष्ठको शव शनिबार बिहान भेटिएको छ।,  , शनिबार बिहान तालमा तैरिरहेको अवस्थामा उनको शव भेटिएको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिएका छन् ।,  , उनको शव रत्नमन्दिर नजिकै भेटिएको रानाले बताए। काठमाडौंको ताहाचलबाट दिदीसहि...
रासस नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारबाही तीव्र पारिएको छ। ट्राफिक प्रहरीले करिब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारबाही गरेको छ। , , लगातार पाँच पटकसम्म कारबाही परेमा चालक अनुमतिपत्र ६ महिनाका लागि निलम्बन गर्न सकिने कानुनी व्यवस्थाअनुसार सो अभियान ...
भगवती पाण्डे कपिलवस्तुको चन्द्रौटामा व्याट्री बोकेको ट्रकमा आगलागी भएको छ।, शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटा बजारस्थित राजस्व चेकपोष्ट नजिकै ट्रकमा आगलागी भएको हो।, पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ५८१२ नम्बरको उक्त ट्रकमा लोड गरिएका एनसेलका व्याट्रीमा एक्कासी आगो लागेको हो। अहिले कृष्णनगरबाट आएको दमकल आगो न...
चेतना गुरागाईं कलंकी र सीतापाइला चोकको लगभग बीचमा शुक्रबार बिहान ७ बजेबाटै ट्याक्सी चालकहरू धमाधम भेला हुन थाले। सडक किनार मिटरवाला ट्याक्सीको डोरो बन्यो।, अघिल्लो दिनै यो कार्यक्रमबारे थाहा पाएकाहरू एकाबिहानै जम्मा भएका थिए। थाहा नपाएकाहरू पनि ट्याक्सीको भिड देखेर विस्तारै मिसिँदै गए।, एक घन्टामै करिब दुई सय ट्याक्सी...
सेतोपाटी संवाददाता पुल्चोकमा स्कोरपियो गाडीको दुर्घटना भएको छ।, शनिबार अपरान्ह करिब ३ बजेतिर बा १६ च ७९७७ नम्बरको स्कोरपियो अनियन्त्रित भई पुल्चोकको बीच बाटोमै पल्टिएको हो।, कुपण्डोलबाट जावलाखेलतर्फ आउने क्रममा सो दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी वृत जावलाखेल जानकारी दिएको छ।, गाडीमा सवार दुई जनाको सकुशल नै उद्धा...
रासस भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी वैशाख १ गतेदेखि प्राधिकरणकै मातहतमा बसहरू सञ्चालन हुने बताएका छन्।, रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले आफूहरूले बढीभन्दा बढी विद्युतीय बसहरू सञ्चालन गर्न लागेको जानकारी दिए ।,  'यसका लागि हामीले प्रक्रिया अघि बढाइसकेका छौ...
सेतोपाटी संवाददाता अपहरण तथा शरीर बन्धक आरोपमा मंगलबार झापा प्रहरीले गौरीगञ्जका तीन जनालाई पक्राउ गरेको छ।, सिमावर्ती बिहार सुपौल जिल्ला किसनपुर थाना बस्ने मोहम्मद सद्धामका ७ वर्षीय छोरा मैफुज आलमलाई अपहरण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरको हो। गौरीगञ्ज वडा नम्बर ६ का बद्री यादव, ४ का विटु गुह्री र उनकी श्रीमत...
रासस महानगरीय प्रहरी प्रभाग गोँगबुले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।, अवैध रूपमा वन्यजन्तुको आखेटोपहार खरीद बिक्री ओसारपसार हुँदै गरेको सूचनाको आधारमा प्रभागको टोलीले दोलखा गौरीशङ्कर गाउँपालिका–४ का ३४ वर्षीय बिक्रम तामाङ र सिन्धुली दुधौली नगरपालिका–५ का २२ वर्षीय तेज अधिकारीलाई मङ्गलबार पक्राउ गरेको हो ।, ...
दीपक भट्टराई बर्मेली नेपालीका कथा, ‘दुई-चार घर मात्र भएका ठामका नेपालीले पनि सयौं असजिलो, दुःख, अपमान सहेरै हाम्रो भाषा, संस्कृति जोगाएर राखेका छन्। त्यो देखेपछि त्यसै आँशु रसाउँछ के भाइ!’, सधैं हँसमुख देखिने सागर घिमिरेका आँखामा पानी छचल्किएको हो कि भनेर मैले गहिरिएर हेरेँ। उनको स्वर मात्र कामेको थियो, आँखामा आँशु थि...
एजेन्सी टर्कीको इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूताबासमा अक्टोबरमा हत्या गरिएका साउदी पत्रकार जमाल खसोग्गीलाई अमेरिकी पत्रिका ‘टाइम’ ले ‘बर्ष व्यक्तिव’ को उपाधि दिने मङ्गलबार घोषणा गरेको छ ।, उक्त सम्मानबाट यस बर्ष खासोग्गीसहित अन्य पिडित पत्रकारहरू, फिलिपिन्सका मारिया रेसा, म्यानमारमा थुनामा रहेका रोयटर्सका वा...
रासस मदिरा सेवन गरेको समूहले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट गरेका छन्।, बाँफिकोट गाउँपालिका–४ स्थित घरमा सुतिरहेको अवस्थामा अध्यक्ष केसीमाथि मंगलबार राति कुटपिट भएको हो ।, सो समूहले ढुङ्गा प्रहार गर्दा अध्यक्ष केसीको टाउकोमा गम्भीर चोट लागेको छ । सो समूहले अध्यक्ष केसीको घरमा स...
चन्द्र काफ्ले जब सीताराम हाछेथूको प्रसंग चल्छ, ट्राफिक युनिफर्म लगाएका व्यक्तिको स्वरूप आँखाअगाडि आउँछ।, हरेक दिन बिहान ६ देखि राति ९ बजेसम्म युनिफर्म लगाएर काठमाडौंका सडकमा सिठ्ठी फुकिरहेका भेटिने यी ट्राफिक इन्स्पेक्टर यही मंसिर दोस्रो साता पहिलोपटक सादा पोसाकमा देखा परे।, २०४६ पुस १० गते नेपाल प्रहरीमा प्रवेश गरेका...
नेहा झा मिथिलाञ्चलको घर घरमा आज रामजानकी विवाहपञ्चमी महोत्सवको रौनकता छाएको छ। त्रेता युगको झझल्को दिने विवाहपञ्चमी महोत्सव हेर्नका लागि देश विदेशबाट लाखौं दर्शनार्थीहरू जनकपुरधाम पुगिसकेका छन्।, जानकी मन्दिरको महन्थ रामतपेश्वर दास वैष्णवले छोरीको बिहे गरिरहेको जस्तै अनुभव भइरहेको बताए। महन्थ दास बिहेमा माता सीताको पि...
शान्ति तामाङ दसैंअघि केही दिन काठमाडौं उपत्यकामा फोहोर उठेन। चोक-चोकमा डंगुर लाग्यो। दुर्गन्ध फैलियो।, हरेक वर्ष बर्खासँगै सुरू हुने फोहोरमैला समस्या यसपालि चर्को भएको थियो। कारण- काठमाडौंको फोहोर थुपारिँदै आएको नुवाकोट, सिसडोलमा ठाउँ अभाव।, समस्याको कारण थाहा छ। चासो पनि छ। जब समाधानको कुरा आउँछ, पाइला धर्मराउँछन्। फ...
नारायण खड्का पसलहरूबाट सामान चोरी गरेको अभियोगमा प्रहरीले पाँच जना महिलालाई पक्राउ गरेको छ।, घोराही बजारका विभिन्न पसलहरूमा सामान खरिद गर्ने बाहनामा सामान चोरी गर्दै हिँड्ने महिलाहरूको गिरोह पक्राउ गरिएको दाङ जिल्ला प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए।, ‘पसलमा गएर केही महिलाहरूले साहुलाई सामान देखाउन लगाएर अ...
नारायण खड्का ८ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्तिलाई अदालतले ५ वर्षको कैद फैसला सुनाएको छ।, बबई गाउँपालिका वडा नं. ६ निवासी ६९ वर्षीय बुद्धिराम थापालाई दाङ देउखुरी जिल्ला अदालते मंगलबार बालिका बलात्कारमा दोषी ठहर गर्दै ५ वर्ष कैद फैसला सुनाएको हो।, जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले थापालाई उक्त मुद्दामा दोष...
विनोद सापकोटा शिवसताक्षी नगरपालिका-११ बच्चाबगरका एक रोक्का दम्पत्तिले आफ्नै बुहारीलाई छोरीको रूपमा अन्माएका छन्। , छोराको स्वर्गारोहणपछि चार वर्ष एकल जीवन बिताएकी अनुशालाई ससुरा खिलबहादुर (बुवा) र सासु भगिमाया रोक्का (आमा) बनेर हिन्दु संस्कार अनुसार अन्माएका हुन्।, शिवसताक्षी-१० को माइधामस्थित मन्दिरमा सोमबार मोरङ हसन...
खिलानाथ ढकाल गत वर्षको मंसिर २ गते भएको ललितपुर गोदामचौरको सामूहिक बलात्कार घटनाका फरार तीनमध्ये दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाले ललितपुर गोदावरी नगरपालिका-१ गोदामचौरका २१ वर्षीय विशालध्वज कार्की र पवन कुँवरलाई बुधबार गोदावरीबाटै पक्राउ गरेको हो।, महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंह...
नेहा झा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आइपुगेका छन्।, रामजानकी विवाहोत्सवमा सहभागी हुनका लागि मुख्यमन्त्री योगी भारतको अयोध्याबाट आउने जन्तीको नेतृत्व गर्दै जनकपुरधाम आइपुगेका हुन्।, योगी उत्तर प्रदेशको राजधानी लखनऊबाट निजी विमानमार्फत् जनकपुरधाम आएका हुन्। अहिले योगी जानकी मन्दिरमा पूजाअर्च...
विनोद सापकोटा सात वर्षीय भारतीय बालकलाई अपहरण गरी फिरौती रकम मागेको आरोपमा पक्राउ परेका तीन जना अभियुक्तविरूद्ध प्रहरीले मुद्दा चलाएको छ।, झापाको गौरीगञ्जबाट मङ्गलबार पक्राउ परेका गौरीगञ्ज–६ का ४७ वर्षीय बद्री यादव, गौरीगञ्ज–४ का ३१ वर्षीय श्रीप्रसाद मल्हा र गौरीगञ्ज ४ की २७ वर्षीया अञ्जु मुखियालाई आज म्याद थप गरी जिल...
कमलेश मण्डल महोत्तरीको औरही नगरपालिका २ फुलबरियाका किसान बेचु महतोको  हत्या भएको छ।, महतोको हत्या गरिएको अवस्थामा घर नजिकै उखु खेतमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।, खेतमा लगाएका तरकारीबाली निलगाईले क्षति पुर्‍याउन थालेकाले  उनलाई धपाउन गएका बेला मंगलबार मध्य...
सेतोपाटी संवाददाता आयकर छली अभियोगमा राजश्व अनुसन्धान विभागले एक मेनपावर व्यवसायीलाई १९ करोड धरौटी लिई छानबिन अगाडि बढाएको छ।, विभागले काठमाडौंस्थित एक मेनपावर व्यवसायीलाईमाथि करोडौं राजस्व छलीमा मुद्दा अगाडि बढाएको हो।, विभागका महानिर्देशक दीर्घराज मैनालीले आयकर छलीमा एक मेनपावर कम्पनी र त्यसका सञ्चालकमाथि अनुसन्धान ...
भगवती पाण्डे गत मंसिर २१ गते रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ७ जहदास्थित खेतमा मृत अवस्थामा फेला परेका अशोक मुसहरको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, ईलाका प्रहरी कार्यालय बुटवलले बुधबार पत्रकार सम्मेलन गरी मुसहरको हत्या अभियोगमा तिलोत्तमा ७ दल्काका २२ वर्षीय शिवपुजन थारुलाई पक्राउ गरेको जानका...
रासस बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ युवा मनबहादुर थापा तीन दिनदेखि बेपत्ता भएका छन्।, काठेखोला–४ साविक तङ्ग्राम गाविस–६ साँकोट घर भई हाल काठेखोला–१ अक्षेते बस्ने २२ वर्षीय उनी मङ्गलबार बिहानदेखि बेपत्ता भएको परिवारले जनाएको छ । , , केही समयदेखि मानसिक समस्या भएर घरमै बसी उपचार गराइरहेका उनी मङ्गलबार बिहान ९ बजे...
रासस भीमदत्त नगरपालिकाले ब्रह्मदेव बजार जोड्ने टनकपुर बाँध पूर्वपट्टिको सडक कालोपत्रेका लागि लगत अनुमान तयार गरेको छ।, यसअघि भारतले एकलौटी रूपमा नेपाली भूमि मिच्ने गरी ब्रह्मदेव बजारसम्मको सडक कालोपत्रे गर्न लागेको थियो। स्थानीय प्रशासनले नेपाली भूमिमा भारतलाई सडक बनाउन रोक लगाएपछि नगरपालिकाले आफ्नै लगानीमा कालोपत्रे ...
नारायण खड्का पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको रिहार नजिकै बेहुली लिएर घर फर्कदै गरेको स्कार्पियो र यात्रु बाहक बस एकआपसका ठोकिँदा ६ जनाको मृत्यु भएको छ भने थप दुई जना गम्भीर घाईते भएका छन् ।, लमही नगरपालिका वडा नम्बर ९ रिहारस्थित गाजवास भन्ने स्थानमा बिहीबार बिहान साढे १ बजे चितवनबाट बेहुली लिएर बाँकेस्थित समशेरगञ...
लेखनाथ खतिवडा भरुवा बन्दुक बनाउने सामग्रीसहित प्रहरीले पाँचथरमा एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा पाँचथरको हिलिहाङ गाँउपालिका वडा नं. ५, सुभाङका बुद्धिमान विश्वकर्मा रहेका छन्। उनलाई पाँचथरको याङवरक गाँउपालिका वडा नं. ३, ओयामबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।,  प्रहरी चौकी फलैंचाबाट खटिएको टोलीले विश्वकर्माल...
रासस कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात सुरू भएको छ।, उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ। यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो। , , बुधबार राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात...
सागरराज तिमिल्सिना सडकमा जथाभावी रूपमा टाँगिएका तारका कारण कुरूप र दुर्घटनाको जोखिम बढेपछि पोखरा महानगरपालिकाले तार हटाउन सुरू गरेको छ।, अव्यवस्थित रूपमा टाँगिएका तारका कारण सर्वसाधारण मात्र हैन  स्वयम महानगर पनि समस्यामा पर्दै आएको थियो। , नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, टेलनेट प्रालि इन्टरनेट सेवा प्रदायक संस...
रासस तुलसीपुर उपमहानगरपालिकाले सुरक्षित मातृशिशु कार्यक्रमअन्तर्गत सुरू गरेको सुत्केरी प्रोत्साहन भत्ता यस आर्थिक वर्षको हालसम्म ३५७ सुत्केरीले प्राप्त गर्ने सफल भएका छन्। , , उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चिकित्सक गोकर्ण दाहालले दिएको जानकारीअनुसार सो सुविधा प्राप्त गर्नका लागि उपमहानगरपालिकाको स्थायी बासिन्...
चेतना गुरागाईं विष्णु चौहानले २०५४ सालबाट ट्याक्सी चलाउन सुरू गरे। तीन वर्षको अनुभवपछि भारतको दिल्ली गए। आफन्तको सहयोगमा ट्याक्सी किनेर चलाए। बीचमा केही समय दुबई पनि पुगे।, पाँच वर्ष विदेशमा काम गरेपछि २०६२ मा नेपाल फर्केका उनले यहाँ आएर फेरि ट्याक्सीकै स्टेयरिङ समाते।, तर, यो पाँच वर्षमा काठमाडौंको ट्याक्सी व्यवसाय त...
नारायण खड्का तुलसीपुर उपमहानगरपालिकाले ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरलाई नयाँ घर हस्तान्तरण गरेको छ।, नयाँ भवन उपमहानगरपालिकाको ३१ लाख र प्रहरीको दुई लाख बराबरको श्रमदान समेत गरी झन्डै ३३ लाखको लागतमा निर्माण भएको प्रदेश प्रहरी प्रवक्ता पुष्पराज मल्ले सेतोपाटीलाई जानकारी दिए ।, बिहिबार पुरानो गुल्ममा निर्माण गर...
दिपकजंग शाही कर्णाली प्रदेशमा रहेका कारागारमा पुस्तकालय स्थापना गर्न प्रदेश प्रहरी कार्यालयले अभियान सञ्चालन गर्ने भएको छ।, कारागारमा रहेका कैदीहरूको पुस्तक मागलाई लक्षित गर्दै प्रदेश प्रहरी कार्यालय (कर्णाली)ले ‘कारागारलाई किताब’ अभियान सञ्चालन गर्ने भएको हो।, प्रदेशका विभिन्न कारागारहरूमा रहने कैदीहरूले पुस्तकालयको ...
नारायण खड्का बाँकेको समशेरगञ्जस्थित ओभरी गाउँ शोकमा डुबेको छ। बिहेको उत्सवमा रम्नुपर्ने ओभरी गाउँ दुलाहाका बाबुआमासहित ६ जनाको मृत्युको खबरले शोकमा डुबेको हो।, बिहीबार बिहानै दाङमा भएको दुर्घटनामा परी चितवनबाट दुलही ल्याएर फर्कदै गर्दा दुलाहाका बाबुआमा र आफन्तसहित ६ जनाको मृत्यु भएको थियो।, त्यो खबर सुनेलगत्तै ओभरी गा...
सेतोपाटी संवाददाता ३३ किलो सुन तस्करीका मुख्य आरोपी आरके ज्वैलर्सका सञ्चालक राजेन्द्रकुमार शाक्य १० लाख धरौटी बुझाएर रिहा भएका छन्।, उच्च अदालत विराटनगरले आरकेका सञ्चालकलाई १० लाख धरौटीमा रिहा गरेको हो।, ३३ किलो सुन प्रकरण : १० लाख धरौटी बुझाएर छुटे आरके ज्वैलर्सका सञ्चालक
नेहा झा आइतबार मात्रै मनाइने रवि पर्व मिथिलानी महिलाहरूले सूर्योपासना गर्दै मनाएका छन्।, मंसिर महिनाको शुक्लपक्षबाट आरम्भ हुने यो पर्वको समापन भने वैशाख महिनाको शुक्लपक्षमा पर्ने आइतबार नै गर्ने गरिन्छ।, मिथिलानी महिलाहरूले मंसिर महिनाको शुक्लपक्षमा पर्ने अन्तिम आइतबारदेखि सन्तानको दिर्घायुका लागि यो पर्वको सुरूआत गर्...
रासस पाल्पाको दोस्रो व्यापारिक केन्द्रका रूपमा रहेको रामपुर नगरपालिकामा जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पतालको भवन बनाउन थालिएको छ। , यहाँ सञ्चालन हुँदै आएको रामपुर अस्पताललाई अत्याधुनिक सुविधासम्पन्न पचास शय्याको सरकारी अस्पताल बनाउन लागिएको हो।, हाल १५ शय्याको क्षमतामा सञ्चालित उक्त अस्पतालले अब घरदैलोमै स्वास्थ्य ...
सेतोपाटी संवाददाता ऐतिहासिक–सामाजिक–साँस्कृतिक सद्भाव कायम गर्न आह्वान गर्दै काठमाडौं–जनकपुर साइकल यात्रा सुरू गरिएको छ।, हिन्दु धर्मको पवित्र तीर्थस्थल काठमाडौंको पशुपतिनाथबाट ऐतिहासिक–सामाजिक–साँस्कृतिक सद्भाव कायम गर्न आह्वान गर्दै सो साइकल यात्रा शुभारम्भ गरिएको हो।, आइतबार बिहान पशुपतिनाथ परिसरमा एक कार्यक्रमका ...
सेतोपाटी संवाददाता नवलपरासीमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।, नवलपरासी सुनवल नपा ४ ज्यामिरे अलकत्रे डाँडास्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु १ ख ६७९४ नम्बरको ट्यांकरले विपरित दिशाबाट जाँदै गरेको ग १५ प ३४९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो मोटरसाइकलमा सवार ...
रासस त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् ।, काठमाडौं महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् ।, महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले अस्पतालभित्रको ग...
रासस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । , , राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पेश  गरेका हुन्।, नेपालको संविधानको धारा २९४ (१) अनुसार आयोगले राष्ट्रपतिसमक्ष प्र...
सेतोपाटी संवाददाता ठगी र बैंकिङ कसुरसम्बन्धी अभियोगमा एईसीसी ग्लोबल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सोनु अग्रवाल पक्राउ परेका छन्।, कन्सल्टेन्सीमा २५ प्रतिशत स्वामित्व रहेका सचिन उपाध्यायले सोनु अग्रवालका दाजु रञ्जित अग्रवालविरुद्ध ठगी अभियोगमा जाहेरी दिएका थिए। प्रहरी बृत्त कालिमाटीबाट खटिएको टोली अग्रवालको घर पुग्दा...
सेतोपाटी संवाददाता चीनबाट नेपाल तस्करी गरेर ल्याइँदै गरेको दुई किलो सुनसहित भरियालाई रसुवा प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय रसुवाको टोलीले गोसाइँकुन्ड गाउँपालिका–१ का ३७ वर्षीय निमा दोर्जेलाई बिहान साढे ९ बजे सदरमुकाम धुन्चेबाट पक्राउ गरेको हो। , रसुवाका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङक...
सेतोपाटी संवाददाता केरूङ-काठमाडौं रेलमार्गबारे आज (सोमबार) नेपाल र चिनियाँ अधिकारीहरूबीच वार्ता हुँदैछ।, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहान ११ बजे हुने वार्तामा दुबै देशका दुई दर्जन बढी अधिकारीहरू सहभागी हुनेछन्।, नेपाली पक्षको नेतृत्व मन्त्रालयका सचिव मधुसुदन अधिकारीले गरेका छन्।  वार्ताका लागि चीनको राष्ट...
रासस सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ। , जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार/पाँच जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सु...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त थानकोटले प्रतिबन्धित लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ।, चन्द्रागिरी २ वाडभञ्ज्याङबाट मसिने जाने कच्चीसडक खण्डको देउराली जंगलको बाटो हुँदै लागुऔषध ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा प्रहरी टोलीले १० किलो ४०० ग्राम अवैध चरेससहित एक जनालाई पक्राउ गरेको हो ।, कालो रंगको झोलामा ...
सेतोपाटी संवाददाता ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।, यसै अवसर पारेर सोमबार बिहान काठमाडौंमा पनि मानव अधिकार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ।, ‘दिगो विकास र मानव अधिकारः नेपालीको मूल आधार’ भन्ने मूल नाराका साथ राष्ट्रिय मानव अधिकार आयोगको आह्वानमा मानव अधि...
सागरराज तिमिल्सिना फेवातालमा डुंगाबाट खसेर एक युवा बेपत्ता भएका छन्। सोमबार बिहान फेवातालमा बोटिङ गरिरहेका काठमाडौंका रोजन श्रेष्ठ सेल्फी खिच्ने क्रममा डुंगाबाट डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। , सिंगल प्याडल बोटमा बसेर डुङ्गा सयर गरेका श्रेष्ठले फोटो खिच्नकै लागि तालको बिचमा पुगेपछि ज्याकेट उतारे र मोवाईलबाट सेल...
रासस हेटौंडा उपमहानगरपालिकाले निजी प्रयोजनका लागि निर्माण गरिने घरको नक्सा निःशुल्क बनाउन थालेको छ। , , विगतमा कन्सल्टेन्सीमार्फत् सेवाग्राहीले पाउने सेवा उपमहानगरपालिकाले चालू आर्थिक वर्षदेखि निःशुल्क दिन थालेको हो।, पमहानगरपालिकाका सूचना शाखा प्रमुख भानुभक्त थपलियाले एक हजार स्क्वायर फिट भन्दा बढी जग्गामा घर निर्माण...
सेतोपाटी संवाददाता प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिरहेका दुई दर्जन बढी मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको विरोधमा सरकारविरूद्ध प्रदर्शन गर्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका मानव अधिकारकर्मीहरूलाई प्रहरीले ...
सेतोपाटी संवाददाता उपत्यकाको घरेलु फोहोर व्यवस्थापन गर्न अन्तरसरकार समन्वयको आवश्यकता भएको भन्दै त्यसको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने भएको छ।, ‘फोहोर व्यवस्थापनका लागि ठाउँ दिने नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिका तथा फोहोर उत्पादन गर्ने उपत्यकाका नगरपालिकालाई संघीय सरकारसँग जोड्ने काम म ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महशुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ । , , मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको छ।, आज काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलब ८ डिग्री सेल्सियसमा झरेको छ । तापक्रम निरन्तर घट्दै गयो भने काठ...