content stringlengths 20 64.1k ⌀ |
|---|
रासस ‘दुर्गमका जिल्ला एवं क्षेत्रमा विशेषज्ञ चिकित्सक सेवा दिन जान मान्दैनन्। गए पनि लामो समय टिक्दैनन्’, भन्ने आम बुझाइ छ । , , कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पछिल्लो समय सो बुझाइलाई गलत सावित गरिदिएको छ। उसले आफ्ना चार जना युवा विशेषज्ञ चिकित्सकलाई सुर्खेत अस्पतालमा काम गर्न पठाई सरकार र समुदायका लागि... |
रासस काभ्रेपलाञ्चोक पनौती नगरपालिका–३ चाम्लेमा गए राति बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।, मृत्यु हुनेमा पनौती नगरपालिका–३ चाम्लेका ४५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेका छन्। पनौतीबाट रयालेको मानेदोभानतर्फ जाँदै गरेको बा३ख २०३ नंको यात्रुबाहक बसले गएराति करिब नौ बजेको समयमा पैदल हिँडिरहेका श्रेष्ठलाई चाम्लेम... |
रासस अरनिको राजमार्गअन्तरगत सूर्यविनायकदेखि काभ्रे साँगासम्म सडकको दायाँबायाँ ‘सर्भिस ट्रयाक’ निर्माण कार्य आजदेखि सुरू भएको छ। , , सांसद महेश बस्नेतले सो निर्माण कार्यको शिलान्यास गर्दै साँगादेखि सूर्यविनायकसम्म दैनिक हुने सवारी चाप हटाउन सर्भिस ट्रयाकले मद्दत पुग्ने बताउँदै दुर्घटना न्यूनीकरणसमेत हुने बताए।, सांसद ब... |
अमृता लम्साल हजुरआमाका कथा, ठमेलको प्याकुर्याल परिवारमा जन्मिएकी धन रेग्मी १२ वर्ष उमेरसम्म पुतली खेलेर हुर्किइन्।, उनी पुतलीको बिहे गरिदिन्थिन्। त्यतिबेला पातलो प्लास्टिकको पुतली पाइन्थ्यो, जसलाई 'आलु पुतली' भनिन्थ्यो। ती पुतलीलाई उनी लुगा लाइदिन्थिन्। हातगोडा नभएकालाई झुम्रो बटारेर बनाइदिन्थिन्। उनका दिन यसैगरी बित... |
सेतोपाटी संवाददाता चीनले केरुङ-काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ।, काठमाडौंमा सोमबार आयोजित नेपाल–चीन रेल्वे कोअपरेशन कमिटीको तेस्रो बैठकमा चीनले सो प्रतिवेदन नेपाल सरकारलाई बुझाएको हो।, भौतिक तथा पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र ... |
रासस राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बहुस्वामित्व भएका घरमा जति परिवारको बसोबास छ उति नै लाभग्राही मानेर अनुदान दिने भएको छ।, काठमाडौं उपत्यकाका तीनै जिल्लाका नगर क्षेत्रमा बहुस्वामित्वका घरहरूमा पुनर्निर्माण अघि बढ्न नसकेपछि कार्यकारी समितिले यस्तो निर्णय गरेको हो।, यसअघि प्राधिकरणले एउटा घरमा जति वटा परिवारको बसो... |
सेतोपाटी संवाददाता कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे शोधपुछ गर्न समातिएका तीन जनालाई प्रहरीले बुधबार नै छोडेको छ।, उनीहरूलाई सोधपुछका लागि दिउँसो बोलाइएको र साँझ छोडिएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कठायतले सेतोपाटीलाई बताए।, ‘सोधपुछका लागि बोलाएका थियौं, हिजो साँझ नै छोडिद... |
नारायण महर्जन आज बाला चतुर्दशी । अर्थात् शतबीज छर्ने दिन। हिन्दु धर्मावलम्बीहरूले मंसिरको कृष्ण पक्षको चतुर्दशीलाई विशेष रूपमा लिने गर्छन्।, आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राति महाद्वीप बाली जाग्राम बसेर चतुर्दशीको बिहान शतबीज छर्ने चलन छ। महाद्वीप बाल्नाले मृत्युवरण गरेकाको असन्तुष्ट आत्मा भए प... |
एजेन्सी जमिनमुनिबाट अनियन्त्रित रूपले पानी तान्यो र खेर गएको भूमिगत पानी ‘रिचार्ज’ हुन पाएन भने के हुन्छ भन्नेबारे हामीले हिजो इरानको राजधानी तेहरानको उदाहरण दियौं।, त्यस्तो सहरको माटो सुख्खा भई क्रमिक रूपले भासिँदै जान्छ। त्यहाँका भौतिक संरचना प्रभावित हुन्छन्। र, अन्ततः मानव बसोबास संकटमा पर्न सक्छ।, पश्चिम एसियाकै ... |
सेतोपाटी संवाददाता सरकारले विद्यालय तहको शिक्षामा चिनियाँ भाषा समावेश गर्ने निर्णय गरेको छ।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय तहको शिक्षामा चिनियाँ भाषा पनि पठनपाठन गराउने निर्णय गरिएको जानकारी दिए।, चीनमा अध्ययन गरेका नेपाली विद्यार्थीहरूले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै... |
चेतना गुरागाईं ठमेलबाट दरबारमार्गको दुरी एक किलोमिटर छ। यत्ति दुरीमा ट्याक्सी चालकहरूले सय रुपैयाँभन्दा बढी भाडा उठाइरहेका थिए। कति ट्याक्सी त जानै मान्थेनन्। बाटो नचिनेकालाई जयनेपाल हल हुँदै हात्तीसार घुमाएर अझ बढी ठटाउँथे।, यसरी मनलाग्दी भाडा उठाउने २५ जना ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले पक्राउ गर्यो।, यता २५ जना ... |
सेतोपाटी संवाददाता निर्मलाका निम्ति न्याय माग गर्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गरिरहेका अभियान्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले १२ जनालाई पक्राउ गरी महाराजगञ्ज वृत्तमा लगेको हो।, ४ महिना पुग्दा पनि निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा को संलग्न थिए भन्ने पत्ता लगाउन प्रहरीले सकेको छैन।, साउन १० ग... |
सेतोपाटी संवाददाता गोरखा सदरमुकामका ३९ ठाउँमा सीसी क्यामेरा जडान गरिएको छ।, गोरखा नगरपालिकाको कार्यालय, विभिन्न टोल विकास संस्था, उद्योगी, व्यापारीको सहयोगमा सामुदायिक सेवा केन्द्रले गोरखा बजारलाई सीसी क्यामेराको निगरानीमा राखेको हो।, सीसी क्यामेरा जडानका लागि गोरखा नगरपालिकाले १८ लाख रुपैँया सहयोग गरेको थियो। कूल २६ ... |
सेतोपाटी संवाददाता काठमाडौंमा माइक्रको ठक्करबाट तीन वर्षे बालिकाको ज्यान गएको छ।, रत्नपार्कबाट गोंगबु जाँदै गरेको बा १ ज ८४५९ नम्बरको माइक्रबो बसले बिहिबार बिहान करब साढे १० बजे गोंगबु र रेडन कलेज बिचमा ठक्कर दिँदा बालिकाको ज्यान गएको हो।, मृत्यु हुनेमा झापा केचनाकलन घर भइ आमा बुबासँग काठमाडौं बस्दै आएकी ३ वर्षिय दिया... |
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ भलवारीमा रहेको लुम्बिनी इञ्जिनियरिङ कलेजमा विद्यार्थीले तालाबन्दी गरेका छन्।, अनेरास्ववियुका क्याम्पस कमिटीको नेतृत्वमा गरेको तालाबन्दीपछि क्याम्पस प्रमुख सिवराज बराल, कोअर्डिनेटर नारायण ढकाल र सहायक क्याम्पस प्रमुख राज कपुर कार्यालयमै थुनिएका छन्।, आफ्ना माग प्रति ... |
सेतोपाटी संवाददाता ट्युसन सेन्टरमा पढ्ने युवती बलात्कार घटनामा आरोपित शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। बेलबारी नगरपालिका-८ का २६ वर्षीय सन्तोष गुरुङलाई प्रहरीले मंगलबार साँझ बेलबारीबाटै पक्राउ गरी काठमाडौं ल्याएको हो।, महानगरीय प्रहरी बृत्त महाराजगञ्जको टोलीले बेलबारी प्रहरीको सहयोगमा गुरूङलाई पक्राउ गरेको हो। बृत्त... |
नेहा झा संस्कृत विश्वविद्यालय अन्तर्गतको हजारी जनक विद्यापीठको अर्बौं मूल्यको जग्गा कीर्ते गरी विक्री गरेका महन्थ बैकुण्ठ दासलाई प्रहरीले पक्राउ गरेको छ।, उनलाई काठमाडौंस्थित बागबजार होटल तिरुपतीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिएका छन् ।, पक्राउ परेका महन्थ बै... |
अनिल तिवारी वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज नगर क्षेत्रलाई ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको छ।, नगर प्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले आगामी पुस १७ गतेदेखि वीरगञ्ज नगर क्षेत्रलाई ‘हर्न निषेधित क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको हो। , प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार भुसालले वीरगञ्ज नगर... |
नारायण खड्का अर्थमन्त्रालयले राजस्व छुटको लागि स्वीकृति नदिँदा तुलसीपुर उपमहानगरका ८ वटा एम्बुलेन्स वीरगञ्ज भन्सार कार्यालयमा १० महिनादेखि थन्किदै आएका छन्।, एम्बुलेन्स खरिद गर्दा राजस्व छुटका लागि स्वास्थ्य मन्त्रालयको सिफारिसमा अर्थमन्त्रालयले स्वीकृति दिनुपर्ने नियम छ । तर अर्थमन्त्रालयले आवश्यक प्रक्रिया नपुगेको भ... |
सेतोपाटी संवाददाता कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार–हत्या आशंकामा प्रहरीले बुधबार पक्राउ गरेका व्यक्ति ‘शंकास्पद मात्रै’ देखिएका छन्। ,निर्मला प्रकरणमा यसअघि २५५ जनालाई प्रहरीले पक्राउ गरेको गृह मन्त्रालयले जनाएको थियो।, केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार कञ्चनपुर भीमदत्तनगर-८ का १८ वर्षीय प्रदीप ... |
सबिना श्रेष्ठ तपाईंले काठमाडौं वरिपरि परम्परागत ट्यांकी देख्नु भएको छ? यो इट्टाको जगमाथि ढुंगाले बनेको हुन्छ। अगाडि विभिन्न कलात्मक बुट्टाबीच एउटा सानो धारा पनि हुन्छ।, ,यस्तो संरचनाको नाम हो– ‘जलद्रोणी’।, यो संस्कृत शब्द हो। यसको अर्थ ‘पानी चुहिने ठाउँ’ भएको सम्पदाकर्मी रवीन्द्र पुरी बताउँछन्। अहिले अपभ्रंस भएर नेवार... |
अनिल तिवारी जनता सडकको निर्माण पछि पर्सा जिल्लाको उत्तरी भेगको आवागमन सहज भएको छ। सडक निर्माणले जिल्लाको उत्तरी भेगमा रहेको थारू बस्तीको जनजीवन सहज भएको हो। ४ महिना अघिसम्म खाल्डाखुल्डी कच्चीबाटोको धुलाम्य यात्रा कालोपत्रे गरेपछि अहिले सहज भएको हो।, जिल्लाको ग्रामीण भेगलाई त्रिभुवन राजपथसँग जोड्ने जनता सडक सञ्चालनमा आ... |
सेतोपाटी संवाददाता राजधानीको कालोपुलमा शुक्रबार दिउँसो प्रहरीले गोली चलाएको छ।, विभिन्न मुद्दामा फरार प्रतिवादी सुनसरीका राजन लिम्बूलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरीलाई हतियार ताकेपछि गोली चलाउनु परेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।, प्रहरीले चलाएको गोली लिम्बूको बाँया ति... |
भगवती पाण्डे रूपन्देहीको देवदहमा ७ वर्षकी बालिका बलात्कृत भएकी छन्।, यसैबीच बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ६ जना स्थानीय युवालाई पक्राउ गरेको छ।, बालिकालाई युवाहरूले लछारपछार गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शुक्रबार साँझ आठ बजे भएको उक्त घटनापछि तत्काल घटनास्थल पुगेको प्रहरीले पाँच जनालाई घ... |
चेतना गुरागाईं ट्याक्सीमा वर्षौंदेखि व्याप्त बेथिति नियन्त्रण गर्न सरकारले दोषी चालकहरूको लाइसेन्स छ महिना निलम्बन गर्ने निर्णय गरेको छ।, यात्रुसँग मनलाग्दी भाडा उठाउने, भनेको ठाउँ जान नमान्ने, मिटर नचलाउनेजस्ता बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्यालयमा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो।, ट्याक्सी चालकले ... |
खिलानाथ ढकाल राष्ट्रिय गौरबको आयोजना सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।, शुक्रबार अख्तियारले निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका प्रमुख पाण्डे, आयोजना प्रमुखहरू सर्वदेव प्रसाद, सरोजच... |
खिलानाथ ढकाल काठमाडौंको रातोपुलमा गोली चलाई नियन्त्रणमा लिइएका राजन लिम्बू १२ वर्षदेखि विभिन्न ठाउँमा डकैतीका घटना गराउने गिरोह रहेको पत्ता लागेको छ। महानगरीय अपराध महाशाखाले २०६२ सालयता लिम्बूको आपराधिक गतिविधिको फेहरिस्त सार्वजनिक गरेको हो।, इटहरीका लिम्बूलाई शुक्रबार महानगरीय अपराध महाशाखाको टोलीले रातोपुलमा गोली ह... |
रासस पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी एक युवतीको शव स्याङ्जाको मिर्मीमा फेला परेको छ। मङ्सिर ९ गतेदेखि बेपत्ता १७ वर्षीया मेनुका श्रेष्ठको शव कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याममा शुक्रबार फेला परेको हो। ,उनको खोजी गर्दै जाँदा हराएको १३ दिनपछि सडेको अवस्था शव भेटिएको विहादी–३ का वडाध्यक्ष रणबहादुर आलेले बताए। उ... |
सेतोपाटी संवाददाता कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका निम्ति शनिबार देशभरका विभिन्न स्थानहरूमा दबाबमूलक कार्यक्रमहरू आयोजना गरिने भएको छ।, निर्मला पन्तको बलात्कार र हत्या भएको करिब ४ महिना बित्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै अभियान्ताहरूले स्वत:स्फूर्त रूपमा दबाबमूलक कार्यक्रहरू आयोजना गरेका... |
नारायण खड्का दाङका एक व्यवसायीबाट १२ लाख नगद लुटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, घोराही उपमहानगपरपालिका वडा नं. ५ निवासी ५६ वर्षीय मानसिंह ओलीको १२ लाख नगद लुटपाट गरेको अभियोगमा दाङकै राजपुर गाउँपालिका वडा नं. ५ सालभौरी निवासी ३५ वर्षीय डिल्लीबहादुर रोकायालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।, जिल्ला प... |
चेतना गुरागाईं के तपाईंलाई थाहा छ?, कुनै पनि ट्याक्सी चालकले भनेको ठाउँ जान नमाने, मिटर चलाउन आनाकानी गरे वा मनलाग्दी भाडा मागे तत्काल उजुरी गर्न सकिन्छ।, यसको निम्ति ट्राफिक प्रहरी महाशाखाले छुट्टै मोबाइल नम्बर सार्वजनिक गरेको छ– ९८५१२९५१००, तपाईंलाई ठगिएको महशुस हुनेबित्तिकै यो नम्बरमा फोन वा एसएमएस गरेर ट्याक्सी नम... |
रासस ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जथाभावी हर्न बजाउने सवारीचालकलाई कारबाही गरेको छ।, आइतबार र सोमबार हर्न बजाउने ९१ सवारीचालकलाई कारबाही गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक विवेक महराले जानकरी दिए। , , निषेधित क्षेत्रमा ठूलो स्वरमा हर्न बजाउने आइतबार ४५ चालक तथा सोमबार ४६ चालकलाई कारबाह... |
रासस काठमाडौं महानगरपालिकाले कमलपोखरीको निर्माण, व्यवस्थापन र संरक्षणमा स्थानीयवासीले दायित्व लिएमा जिम्मेवारी दिन तयार रहेको जनाएको छ। , , कामपाको सहरी योजना आयोगले सोमबार आयोजना गरेको कमलपोखरीसम्बन्धी स्थानीयसँगको छलफल कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले निर्माणको जिम्मा स्थानीयले लिएमा दिन सकिने बताएका ... |
रासस मोरङको उर्लाबारी नगरपालिका– ६ उर्लाबारी–मधुमल्ला सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । , , को१९प ४४७५ नं को मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार उर्लाबारीका २५ वर्षीय अमित धिमालको मृत्यु भएको हो।, गम्भीर घाइते अमितको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रमम... |
रासस प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरबाही गर्न नहुने बताएका छन्। , , एसियाली विकास बैंक, नेपाल प्रहरी अपराध अनुसन्धान विभाग र महिला तथा बालबालिका निर्देशनलायले आज काठमाडौंमा आयोजना गरेको ‘लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको परिमार्जित कार्य सञ्चालन... |
सेतोपाटी संवाददाता काठमाडौंको गौशालामा एक व्यवसायीमाथि खुकुरी प्रहार भएको छ।, सर्लाही हरिवन घर भई गौशाला बस्दै आएकी कपडा व्यवसायी प्रमिला वाग्लेमाथि खुकुरी प्रहार भएको गौशाला प्रहरीले बताएको छ।, वाग्ले खुकरी प्रहारबाट घाइते भएकी छिन्। खुकुरी प्रहार गरेको अभियोगमा भारतीय नागरिक आनन्द कुमार पक्राउ परेका छन्।, लेनदेन विव... |
सेतोपाटी संवाददाता प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी प्रभाग नागढुंगा र बलम्बुबाट खटिएको टोलीले मंगलबार लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो।, पोखराबाट काठमाडौंतर्फ आइरहेको ना.७.ख. ५६७ नंको यात्रुबाहक बसलाई विशेष सूचनाको आधारमा नागढुंगामा चेकजाँच गर्दा उक्त बसमा सवार मकवानपुर थाहा नगरपा... |
एजेन्सी सोच्नुहोस् त, एउटा सात वर्षको बच्चाले व्यवसायिक काम गर्न सक्छ? कमाउन सक्छ? कमाइ हाले पनि कति रूपैयाँ कमाउला?, यी सबको जवाफ दिएका छन् रेयान नामका बालकले जो मात्रै सात वर्षका छन्।, फोर्ब्स पत्रिकाले रेयानलाई सन् २०१८ मा संसारमै धेरै आम्दानी गर्ने यूट्युब स्टार भनेको छ। उनले यो वर्ष जुन १ तारिखसम्म करिब २ करोड २०... |
सेतोपाटी संवाददाता प्रदेश नम्बर १ मा लगाइएको छ।, १ नम्बर प्रदेश ट्राफिक कार्यालयले बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म मुख्य राजमार्ग र सहायक मार्गमा टिपर चलाउन रोक लगाएको हो।, दुर्घटना बढेपछि पुस १ गतेदेखिबाट नयाँ नियम लगाउन सूचना जारी गरिएको ट्राफिक प्रहरीले जनाएको छ।,
प्रदेश १ मा पिक आवरको समय... |
शान्ति तामाङ जनअपेक्षाअनुरूप काम गर्न नसकेको गुनासो खेप्दै आएका काठमाडौं र ललितपुर महानगरपालिकाले केही समययता सडक निर्माण र सरसफाइलाई तीव्रता दिएका छन्।, काठमाडौं र ललितपुरका मुख्य सडकदेखि भित्री बाटोहरू चिटिक्क देखिन थालेका छन्। भित्री बाटोमा वर्षौंदेखि त्यत्तिकै रहँदै आएका खाल्डाखुल्डी पुरिएका छन्। सडकमा धुलो उड्न न... |
एजेन्सी तीन साताअघि अफ्रिकादेखि क्यानडासम्म रेकर्ड गरिएको तरंगले संसारभरका वैज्ञानिकलाई अचम्ममा पारेको थियो।, नोभेम्बर ११ मा बिहान साढे ९ बजे अफ्रिका र माडागास्करबीचको फ्रान्सेली टापु मायोटबाट उक्त तरंग फैलिएको थियो। करिब आधा घन्टा लामो तरंग अफ्रिकाको दक्षिणी भेग माडागास्कारदेखि जाम्बिया, केन्या, इथियोपिया, चिली हुँदै... |
रासस नेपाली मूलका विदेशी विवाह गर्न नेपाल आउने गरेको तथ्याङ्कले देखाएको छ। उनीहरूले अदालती विवाह गर्ने गरेका छन्। नेपाली नागरिकता त्यागेर विदेशमा भए पनि विवाहका लागि भने उनीहरूले नेपाली नै रोज्ने गरेका हुन्। , , चितवन जिल्ला अदालतमा भदौयता मात्रै २३ जोडीले विवाह गरेका छन्। विवाह गर्नेमा १३ नेपाली मूलका विदेशी रहेका छन... |
एजेन्सी जमिनमुनिबाट अत्यधिक मात्रामा पानी तान्यो र भूमिगत पानी 'रिचार्ज' हुन पाएन भने त्यसको परिणाम के हुनसक्छ?, यसको पछिल्लो उदाहरण इरानको राजधानी तेहरानमा देख्न सकिन्छ।, पश्चिम एसियाकै सबभन्दा बढी जनसंख्या भएको यो सहर केही समययता निरन्तर भासिँदै गएको छ। भूगर्भ वैज्ञानिकहरूले स्याटलाइट तस्बिर विश्लेषण गरी तेहरानका के... |
रासस चाँगुनारायण नगरपालिका–१ बोडे सरस्वती खेलका ७३ वर्षीय धनबहादुर श्रेष्ठको तीनतले घरको छतबाट खसेर मृत्यु भएको छ। , , छिमेकी नवीना श्रेष्ठको घरको छतमा घाम ताप्न गएका श्रेष्ठ सोही घरको छतबाट खसेर मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिले जानकारी दिएको छ। घटनाकाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। , ,
भक्तपुरमा ती... |
रासस सरकारसँग वार्ता सुरू भएपछि नेपाल शिक्षक महासङ्घले घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ। ,शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा वार्ता गरी माग सम्बोधनको पहल गर्ने आश्वासन दिएपछि महासङ्घले मङ्सिर २१ गतेका लागि घोषणा गरिएको ‘काठमाडौं जा... |
सेतोपाटी संवाददाता नेपाल र चिनियाँ अधिकारीबीच अर्को सोमबार (२४ गते) केरूङ-काठमाडौं रेलमार्गबारे वार्ता हुने भएको छ।, वार्ताका लागि चीनको राष्ट्रिय रेल प्रशासनका अधिकारीहरू आइतबार नेपाल आउँदैछन्।, ‘सोमबार द्वीपक्षीय वार्ता हुन्छ, केरूङ-काठमाडौंको थप अध्ययन गर्न हामी प्रस्ताव राख्छौं,’ भौतिक पूर्वधार तथा यातायात मन्त्रा... |
रासस ट्याक्टर पल्टिँदा कपिलवस्तु नगरपालिका–९ कुश्मामा गएराति एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी ४० वर्षीय श्याम यादव रहेका छन् ।, कुश्माघाटबाट कुश्मातर्फ आउँदै गरेको लु३त ५२१६ नं को ट्याक्टर पल्टिँदा त्यसमा सवार यादवको मृत्यु भएको हो । ट्याक्टर प्रहरी नियन्त्रणमा छ । चालक फरार छन् । उनको खोजी भइरहेको प्... |
चेतना गुरागाईं नेपाल प्रहरीको नेतृत्वमा पछिल्लो समय दुई जना यस्ता व्यक्ति आए, जो प्रहरी महानिरीक्षक (आइजिपी) हुनुअघि ट्राफिक महाशाखा प्रमुख थिए।, वर्तमान आइजिपी सर्वेन्द्र खनाल र पूर्व आइजिपी प्रकाश अर्याल– यी दुवैले ट्राफिक महाशाखा प्रमुखका रूपमा गतिलै सुरुआत गर्न खोजेका हुन्। खासगरी मिटर चलाउन नमान्ने र मनलाग्दी भाड... |
नारायण खड्का दाङमा मोटरसाइकल दुर्घटनामा परी एक जनको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन्।, दाङ देउखुरीको गढवा गाउँपालिका वडा नं. –७ मानपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी स्थानीय १९ वर्षीय दिनेश चौधरीको मृत्यु भएको दाङका प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।, गम्भीर घाइते चौधरीको उपचारको क्रममा... |
एजेन्सी ब्राजिलकी एक युवती ३२ वर्षसम्म महिनावारी भएकी थिइनन्।, एमआरएचके सिन्ड्रोमका कारण उनको शरीरमा पाठेघर थिएन। संसारमा ४ हजार ५ सय महिलामा १ जनालाई यस्तो सिन्ड्रोम हुन्छ।, सन् २०१६ को सेप्टेम्बरमा उनको जीवन बदलियो। एक जना ब्रेन ह्यामरेज भएर मृत्यु भएकी महिलाको शरीरबाट निकालिएको पाठेघर ती युवतीको पेटमा राखियो। ती मह... |
रासस बाँकेमा अबदेखि चर्को स्वरमा लाउडस्पिकर र डिजे बजाउन नपाइने निर्णय गरिएको छ।, मङ्गलबार नेपालगञ्जमा भएको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको बाँके जिल्ला प्रशासन कार्यालयले जनाएको छ। , , बैठकमा सहभागी धर्मगुरु, राजनीतिक दलका पदाधिकारी, अधिकारकर्मी, नागरिक समाजका अगुवा, प्रहरी र सरोकारवाला पक्षबीच मठमन्दिर, मस्जिद, ... |
सेतोपाटी संवाददाता २०७२ भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाक जाने सडकका विभिन्न खोलामा पुल निर्माण गरिएको छ।, जापानी सहयोग नियोग (जाइका) को आर्थिक र प्राविधिक सहयोगमा बाह्रकिलो-छेवेटार-भालुस्वाँरा-वारपाक सडक खण्डमा बनेका पाँच वटा पुल सरकारलाई हस्तान्तरण गरिएको छ।, गत असारमै निर्माण सकिएका पुल सोमबार नेपालका लाग... |
रासस पश्चिमी चिसो वायुको प्रभावले बादल लाग्दा मुलुकका अधिकांश भूभागको मौसममा आंशिक बदली भई चिसो बढेको छ।, उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तामक्रम नबढ्दा चिसो बढेको विभ... |
सेतोपाटी संवाददाता कञ्चनपुरको भिमदत्त नगरपालिकाकी निर्मला पन्तलाई बलात्कार गरी हत्या गरेको आशंकामा प्रहरीले काठमाडौंबाट एक युवालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन।, ती युवा निर्मलाको गाउँतिरकै मान्छे भएको उच्च प्रहरी स्रोतले सेतोपाटीलाई जानकारी दियाे। पक्राउ परेका युवक घटनाका बेला गाउँमा नै थ... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति तीर्थ खनियाँको कार्यकक्षमा ताला लगाएको छ।, मापदण्ड नै नपुगेका आंगिक, सामुदायिक र निजी क्याम्पसलाई त्रिविले ब्याचलर अफ कम्प्युटर अप्लिकेसनलगायत विषयमा दिएको सम्बन्धन फिर्ता लिन माग गर्दै नेविसंघको त्रिवि इकाइले उपकु... |
दिपकजंग शाही चालू आर्थिक वर्षको चार महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा भ्रष्टाचारसम्बन्धी ३२३ उजुरी दर्ता भएका छन्। जसमध्ये सबैभन्दा धेरै उजुरी सुर्खेतबाट दर्ता भएका छन्।, कार्यालयका अनुसार सुर्खेतबाट १०६ उजुरी दर्ता भएकोमा ३२ उजुरी फर्छ्यौट भएका छन् । दैलेखबाट ८५ उजुरी परेका छन् भने तीमध्ये... |
खिलानाथ ढकाल तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ५, फर्तपाका स्थानीय बिहान झिसमिसै खानेपानीको खोजीमा हिँड्छन्। एक गाग्री पानी बटुल्न गृहिणीहरूले बिहान बिताउँछन्।, भिरालो र रातो माटो भएको यस क्षेत्रमा पानीका मुहान खासै छैनन्। बर्खायाममै पनि भएका मुहानबाट एक गाग्री पानी बटुल्न निकै मुश्किल पर्छ।, स्थानीय सरकार गठन भएपछि... |
रासस कर्मचारी अभावमा सिरहास्थित मालपोत कार्यालयको कामकाज प्रभावित हुँदा सेवाग्राही मर्कामा परेका छन्।, मालपोत कार्यालय सिरहामा प्रमुख मालपोत अधिकृत एक, मालपोत अधिकृत दुई, लेखा अधिकृत एक, नायबसुब्बा ११, खरिदार नौ, सहलेखापाल एक, करार अस्थायी दुई, सवारीचालक एक, श्रेणीविहीन १० गरी ३८ जनाको दरबन्दी रहे पनि हाल मालपोत अधिकृ... |
खिलानाथ ढकाल सिक्टा सिँचाइ आयोजना, राप्ती नदीस्थित सिक्टा सिँचाइ आयोजनाको नहर साउन ७ गते दोस्रो परीक्षण गरियो।, उक्त नहरको क्षमता ५० क्युमेक भनिएको थियो। तर, चार क्युमेक पानी हुँदा नै चंगाई क्षेत्रमा ११ मिटर भत्कियो। , यसअघि पहिलोपटक २०७३ असार १४ गते परीक्षण गर्दा पनि १५ मिटर भत्केको थियो। झिँझरीमा भत्केको नहर निर्माण... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह (मास्टर्स) मा प्राइभेट परीक्षा दिन रोक्ने भएको छ।, परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस्तो परीक्षा सञ्चालन गर्ने जिम्मा अब खुला विश्वविद्यालयलाई दिइने बताए।, ‘मास्टर्सका सबै विषयमा सेमेष्टरमा पढाइ हुन्छ, वार्षिक प्रणालीको प्राइभेट परीक्षा अब टियूले लिनु हुँदै... |
सेतोपाटी संवाददाता स्वास्थ्य सेवाको उचित लाभ लिन नसकिरहेको धनुषाको भित्री गाउँमा काठमाडौंका एक दर्जन चिकित्सकले निःशूल्क औषधिसहितको स्वास्थ्यसेवा शुक्रबार र शनिबार प्रदान गरेका छन्।, धनुषाको औरही गाउँपालिका–६ स्थित चक्कर गाउँमा दुइ दिनसम्म चिकित्सकहरुले आँखा, दाँत, छाला, जनरल, प्रसुती र क्यान्सरको चेतनामूलक कार्यक्रमस... |
रासस ‘शिवचर्चा’ को लागि श्रद्धालु बोकेर महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट सोनमा गाउँपालिकाको सुन्दरपुर जाँदै गरेको एक बसको रेडिएटर पड्किँदा आधा दर्जन श्रद्धालु घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार शनिबार जलेश्वरबाट सुन्दरपुर जाँदै गरेको ज १ ख ८७४ नंक... |
भगवती पाण्डे प्रहरीले २५ किलोग्राम चरेससहित बुटवलबाट चार जनालाई पक्राउ गरेको छ।, प्रदेश ५ प्रहरी कार्यालय दाङबाट खटिएको अनुसन्धान टोली र ईलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले शनिबार राति १० बजे उनीहरूलाई बुटवल ९ इँट्टाभट्टाबाट पक्राउ गरेको हो।, ईलाका प्रहरी कार्यालय बुटवलले विशेष सुराकीको आधारमा चारै जनाको झोला... |
रासस रानीपोखरी पुनर्निर्माणका लागि प्राविधिक क्षमता परीक्षणको काम भइरहेको छ।, तेस्रो पटक छोटो समयको लागि आह्वान गरिएको बोलपत्रमा तीन कम्पनीले पुनर्निर्माणको लागि आशयपत्र दिएका छन्।, आशयपत्र दिएका तीनवटै कम्पनीले मागअनुरूपको पत्र पेश गरे/नगरेको, तोकिएकै समयमा काम गर्नसक्ने हुन्/होइनन् जस्ता विषयमा प्राविधिक क्षमता परीक... |
सेतोपाटी संवाददाता सरकारले काठमाडौं उपत्यका छिर्ने चारै नाकामा स्याटलाइट क्लिनिक ‘बर्थिङ सेन्टर’ खोल्ने तयारी गरेको छ।, थापाथलीस्थित प्रसुति गृहमा चाप बढेपछि उपत्यका छिर्ने नाकामा बर्थिङ सेन्टर सञ्चालन गर्न अध्ययन गरिएको हो।, ‘प्रसुति गृहकै शाखाका रूपमा बच्चा जन्माउन मिल्ने बर्थिङ सेन्टर खोल्न अध्ययन गरिसकिएको छ,’ प्र... |
सेतोपाटी संवाददाता काठमाडौंमा जारी एसिया प्यासेफिक समिटमा युनिभर्सल पिस फेडेरेसनकी अध्यक्ष हाक जा हान मुनबाट आशिर्वाद थाप्न देशैभरिका स्थानीय तहका प्रमुखलाई निम्तो पठाइएको छ। उनीहरूलाई दम्पत्तिसहित आउन भनिएको छ।, ‘हामीलाई उत्कृष्ट जोडी भनेर निम्तो पठाएका थिए,’ विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने,‘त्यस्तो ... |
नारायण खड्का दाङमा सात महिनामा अवैधरूपमा नदी र खोलाजन्य वस्तु उत्खनन् कार्यमा संलग्न १ सय ७३ ढुवानीका साधन कारबाहीमा परेका छन्।, अवैध उत्खनन् तथा ओसार पसारमा संलग्न ती साधनबाट जिल्ला समन्वय समितिले यो अवधिमा झण्डै साढे ३८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। एक सय ७३ साधनलाई कारबाही गर्दा ३८ लाख ४० हजार रुपैयाँ राजस्व स... |
नारायण खड्का बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि प्रदर्शन भइरहेको बेला दाङमा प्रहरीले ७ जना नेपाल कम्युनिस्ट पार्टीका नेता/कार्यकर्तालाई पक्राउ गरेको छ।, दाङको लमहीमा निर्मला पन्तको न्यायका लागि शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेको समयमा नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला... |
दिपकजंग शाही वीरेन्द्रनगर–१० बेलघारीमा जहाँ करिब दुई सय घरधुरीको मुस्लिम समुदाय छ।, समुदायमा थुप्रै युवा छन्। तीमध्ये केही युवाहरू नागरिकताबाट बञ्चित छन्।, नागरिकता नभएकै कारण युवाहरूले आफ्नो सीप सदुपयोग गर्न पाएका छैनन् भने योग्यता अनुसारको रोजगारीमा पाएका छैनन्।, नागरिकता नभएकै कारण उक्त बस्तीका युवाहरूले विभिन्न सं... |
सेतोपाटी संवाददाता खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले ६० दिनभित्र मेलम्चीको पानी काठमाडौं आइपुग्ने दाबी गरेका छन्।, सचिव ठाकुरले मेलम्चीको खानेपानी ल्याउने काममा कर्मचारीहरूलाई उत्साही बनाउने वातावरण बनाई दिन पनि संघीय संसदका सांसदहरूलाई आग्रह गरे।, आइतबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रवि... |
निशा भण्डारी राजधानीको होटेल हायातमा आइतबार एशिया प्यासिफिक समिटिमा युनिफिकेशन चर्चकी प्रमुख हक जा हान मुनले सयौं जोडीहरुलाई एक साथ आशीर्वाद दिएकी छिन।, कार्यक्रममा मुलुकभरका नगर/गाउँप्रमुखहरुलाई स्टेजमा बोलाएर आशिर्वादसमेत दिइएको थियो।, यता, आशीर्वाद लिने सर्वसाधारणहरुलाई जुस खुवाइएको थियो र त्यसपछि श्रीमतीलाई अघि सा... |
एजेन्सी अमेरिकाको अलास्कामा शनिबार ठूलो भुइँचालो गयो। ७ म्याग्निच्युडको भुइँचालोले अलास्काका सडक चिरा–चिरा परे।, भुइँचालो यतिमा रोकिएन। ४.५ म्याग्निच्युडभन्दा माथिका पराकम्प लगातार आइरहे। २४ घन्टामा २३० पटकभन्दा बढी परकम्प आइसकेको छ।, यो ठूलो भुइँचालोमा अलास्काकै ठूलो र मुख्य सहर एंकोरेज जोड्ने राजमार्ग भासिएर ध्वस्त ... |
रासस बसको ठक्करबाट तनहुँमा आइतबार राति एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–१ बस्ने विकास गन्धर्व रहेका छन् ।, म्याग्दीको बेनीबाट नेपालगञ्जतर्फ जाँदै गरेको ग १ ख ७३७३ नम्बरको बसले बन्दीपुर गाउँपालिका–४ विमलनगरमा पैदलयात्री गन्धर्वलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट घाइते गन्धर्वको उपचार... |
सेतोपाटी संवाददाता सीमा नाकामा तस्करी गर्ने व्यवसायीसँग घूस लिएको अभियोगमा पर्सा प्रहरीले प्रहरी सहायक निरीक्षकलाई निलम्बन गरेको छ। , निलम्बनमा पर्नेमा प्रहरी चौकी गुणगाईंमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रमोदप्रसाद साह छन्। उनलाई शनिबार जिल्ला प्रहरी कार्यालयको टोलीले घूस लिँदालिँदै पक्राउ गरेको थियो। , प्रहरी आन्तर... |
रासस ललितपुरमा सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ। ,आइतबार १० बजे ललितपुरको एकान्तकुनामा बा ९४ प ६१९७ नम्बरको स्कुटर दुर्घटना हुँदा महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो। कँडेल आफैंले स्कुटर चलाउँदा दुर्घटना हुन गएको थियो। ,महानगरीय ट्राफिक प... |
सेतोपाटी संवाददाता अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि 'मानव तस्करी'को आरोप लागेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले छानबिन गर्न माग गरेको छ। संघले विज्ञप्ति जारी गरेर छानबिनको माग गरेको हो।, तत्काल सत्य तथ्य पत्ता लगाइ पीडितलाई न्याय दिन र दोषी माथी कडा कार्बाही गर्न संघले माग गरेको हो । वैदेशिक रोज... |
रासस आइतबार राति कैलालीको टीकापुरमा भएको दुई वटा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ। ,टीकापुर नगरपालिका–७ खैरीमा राति ८ः३० बजेतिर अनटेष्ट मोटरसाइकल गोरुगाडा ठोक्किँदा त्यसमा सवार टीकापुर–७ बैदीका ३८ वर्षीय जीवानन्द कोइराला र २७ वर्षीय विष्णु रिमालको मृत्यु भएको हो। उनीहरुलाई उपचारका लागि टीकापुर अस्पताल ल... |
सेतोपाटी संवाददाता बौद्ध प्रहरीले जुवा अखडामा छापा मारेको छ। , काठमाडौं १६ मा रहेको पुर्वेली गेष्ट हाउसमा राम कार्कीले संचालन गर्दै आएको जुवा अखडामा छापा मारेर १३ जनालाई पक्राउ गरिएको डिएसपी नरेन्द्र चन्दले जानकारी दिए।, उनीहरुको साथबाट प्रहरीले ५ लाख ३१ हजार बरामद गरेको छ। , बारा सिमराका राजकुमार तिवारी, काठमाडौं चन्... |
नारायण महर्जन आज २७ औं अन्तराष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम गरी मनाइएको छ।, सोही अवसरमा राजधानीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो।, विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि वर्षेनी डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाइन्छ। , यस वर्ष ‘अपांगता भएका व्यक्तिहरूको सशक्तिकरण तथा समावेशिता र समानता... |
नारायण खड्का गोरु किन्ने समुह र गाउँलेहरुका बीचमा विवाद बढेपछि दाङको लमही नगरपालिका वडा नं ८ को सतवरिया र राजपुर गाँउपालिकाको सिमानामा आइतबार राती सवा ९ बजे झडपको स्थिती उत्पन्न हुनुका साथै आधा दर्जनबढि मोटरसाईकलमा आगजनी भएको छ । , सोमवार बिहान प्रहरीले गाउँमा जलाइएका ७ र २ मोटरसाईकल खरकट्टीमा सकुशल अवस्थामा फेला परेक... |
नारायण खड्का दाङको घोराहीमा एक व्यवसायीको हत्या आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, दाङ जिल्ला प्रहरी प्रमुख एवम् एसपी बेलबहादुर पाण्डेले पक्राउ परेका व्यक्ति समेत घाइते अवस्थामा फेला परेको सेतोपाटीलाई बताए। ‘ऊ पनि घाइते अवस्थामा फेला परेको छ, त्यसैले अहिले हामीले उसलाई केही सोधेका छैनौं, अनुसन्धान भोलि बिहानद... |
रासस सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म वीरगञ्जले आज तीन किलो चरेससहित एक भारतीयलार्ई पक्राउ गरेको छ ।, पक्राउ पर्नेमा भारतको कोलकाताका ३६ वर्षीय इकवाल शेख रहेका छन् ।, वीरगञ्ज नाकाबाट रक्सौलतर्फ तीन प्लास्टिकमा लुकाइछिपाइ लगिरहेको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले ज... |
एजेन्सी नोभेम्बर ११। बिहान साढे नौ बजे।, संसारको आधाजसो भूभागमा रेकर्ड भएको भुइँचालो तरंगले वैज्ञानिकहरूलाई अचम्ममा पारेको छ।, यो तरंग शक्तिशाली नभए पनि दायरा फराकिलो थियो। यो यति धेरै क्षेत्रफलमा फैलिएको थियो, १८ हजार किलोमिटर पर रहेका भुइँचालो नाप्ने उपकरणमा समेत यसको तरंग रेकर्ड भयो।, यसका बाबजुद यो भुइँचालो अनुभूत... |
निशा भण्डारी एसिया प्यासिफिक समिटका आगन्तुकहरूको सहज आवागमनका नाममा सरकारले जोरबिजोर प्रणाली लागू गरेपछि बिहीबार काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त रह्यो।, सडक चाप कम गराउन बिहीबार बिजोर नम्बरका गाडी मात्र चल्न दिइएका थिए। सार्वजनिक यातायातमा पनि यो नियम लागू थियो। गाडी संख्या नियमितभन्दा आधा घटेपछि सार्वजनिक या... |
शान्ति तामाङ इन्द्रचोकबाट हनुमानढोका दरबार क्षेत्र छिर्दै हुनुहुन्छ भने आकाश भैरव मन्दिरदेखि नै काठमाडौं संस्कृति र सभ्यताको स्वाद लिन पाइन्छ।, मखन नपुगुञ्जेल थुप्रै सानाठूला गल्ली छिचोल्नुपर्छ। त्यहाँबाट अगाडि ठिङ्ग उभिएको भीमकाय तलेजु मन्दिरले मन्त्रमुग्ध बनाउँछ। त्यसैको दायाँपट्टि पशुपति मन्दिर छ। भनिन्छ, काठमाडौं ... |
रासस राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ मा बसको ठक्करबाट गए राति एक महिलाको मृत्यु भएको छ ।, राजबिराजबाट रुपनीतर्फ जाँदै गरेको ना१ज ८१०३ नंको म्याजिक बसले पैदलयात्री स्थानीयवासी ३८ वर्षीया प्रमिलादेवी पासवान र साथमा रहेकी उनकी १४ महीनाकी छोरी प्रबती कुमारीलाई ठक्कर दिँदा दुवै जना घाइते भएका थिए... |
रासस महानगरीय प्रहरी वृत्त थानकोटले लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।, वृत्तको टोलीले चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट वि आर१एच ६९०८ नंको भारतीय कार जाँचका क्रममा लागुऔषधसहित भारत विहारका १९ वर्षीय सविर अली र सोही स्थानका ५५ वर्षीय करण सहनीलाई बिहीबार राति पक्राउ गरेको हो ।, महानगरीय प्रहरी प्रभागका प... |
सेतोपाटी संवाददाता विद्रोही समूह तालिबानको आक्रमणमा परी अफगानिस्तानको काबुलमा ९ नेपाली घाइते भएका छन्।, सुरक्षा गार्ड उपलब्ध गराउने बेलायती संस्था जिफोरएसको कार्यालयमा बुधबार भएको आत्मघाती हमलामा परी त्यहाँ कार्यरत ९ नेपाली घाइते भएको स्रोतले सेतोपाटीलाई पुष्टी गरेको छ।, घाइतेहरूमध्ये तीन जनालाई गोली लागेको छ। उनीहरूस... |
रासस नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय तहलाई नदिन संविधान संशोधन हुनुपर्नेलगायत २६ सूत्रीय माग राखी आज राजधानीमा विरोध प्रदर्शन गरेको छ ।, प्रदर्शनीमार्गस्थित वाल्मीकी क्याम्पसअगाडिबाट र्याली शुरु भई भृकुटीमण्डपमा पुगी कोणसभामा परिणत भएको कार्यक्रममा शिक्षक नेताहरुले आफूहरु र नेपाल सरकार... |
रासस हाल कैलाली जिल्ला घर भई पुरानो घर घोराही–६ रावत गाउँ बताउने चल्तुराम थारुले ५६ जनाविरुद्ध मोही हकसहितको निवेदन जिल्ला भूमिसुधार कार्यालयमा गत भदौको पहिलो साता बुझाए।, आफ्नो बाबु/बाजेले जोतभोग गरेको रावत गाउँको ५ बिघा जग्गाको मोही पाउनुपर्ने उनको माग छ । उनको बाबु/बाजेले जोतेको भनिएको उक्त जग्गामा अहिले ५६ परिवारक... |
सेतोपाटी संवाददाता नेपाल भ्रमणमा रहेकी म्यानमारकी स्टेट काउन्सिलर तथा विदेश मन्त्री आङ सान सुकीको स्कर्टिङमा रहेको प्रहरीको एउटा मोटरसाइकल दुर्घटनामा परेको छ।, सुकीको कारकेडमा रहेको नेपाल प्रहरीको मोटरसाइकल त्रिपुरेश्वर चोकमा बिहीबार राति दुर्घटना भएको हो। प्रहरीको मोटरसाइकल त्रिपुरेश्वरमा यात्रुवाहक माइक्रो बससँग ठो... |
रासस जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला गरेको छ। ,जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले अभियुक्तबाट पीडितलाई रु ७० हजार क्षतिपूर्ति भराउनेसमेत फैसला गरेको श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए। ,दुई वर्षअघि श्रीमतीको मृत्यु भएका ... |
रासस क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग एक करोड ३७ लाख रूपैयाँ ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले आज पक्राउ गरेको छ ।, ठगीमा परेका युवाले दिएको सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाको टोलीले फरार रहेकी अधिकारीलाई पेप्सीकोलाबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपर... |
रासस जिल्ला अदालत बझाङले २६ वर्षपछि आज ४५ किलो लागुऔषध चरेस नष्ट गरेको छ । २०५४ साल साउनमा विशेष सुराकीका आधारमा प्रहरीले दुई समूहबाट छुट्टाछुट्टै गरी ४५ किलो चरेस बरामद गरेको थियो ।, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, जिल्ला अदालतका प्रतिनिधि, पत्रकार र सरोकारवालाको रोहवरमा आज उक्त चरेस नष्ट गरिएको हो ।, सो समयमा प्... |
विनोद सापकोटा एउटा हात र श्रीमानको साथ गुमाएकी सुत्केरीलाई घर बनाउन नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जग्गा किनिदिएका छन्।, ‘चौबिस दिनकी सुत्केरीको बिचल्ली’ भएको समाचार सेतोपाटीमा पढेपछि शर्माले आफ्ना छोरा शीर्षकको जन्मदिनमा देवी मेचेलाई घर बनाउन मेचीनगर-९ मा ७ धुर जग्गा किनिदिएका हुन्।, दोस्रो पटक सुत्के... |
निशा भण्डारी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या भएको चार महिना हुँदासमेत सरकारले दोषी पहिचान गरी कारबाही नगरेको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।, निर्मलाको फोटो भएको ‘सरकार भेटियो, न्याय भेटिएन’ पोस्टर हातमा लिएर शान्तिपूर्ण प्रदर्शन गरिएको हो।, निर्मलाको बलात्कारपछि हत्या गत साउन ११ ग... |
नारायण महर्जन आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ।, ‘नो योर स्टाटस’ अर्थात आफ्नो अवस्था जानौं भन्ने नारासहित ३०औं विश्व एड्स दिवस शनिबार विश्वभर विविध कार्यक्रम गरी मनाईदैछ।, एड्स दिवसको पूर्वसन्ध्यामा माइती नेपालले सदा झैं यो वर्ष पनि काठमाडौंको गौशाला चोकमा दीप प्रज्वलन... |
सेतोपाटी संवाददाता प्रहरीले पूर्वमन्त्री विराज विष्टसहित २६ जनालाई चाबहिलबाट पक्राउ गरेको छ।, विवादित एसिया प्यासिफिक समिट र ईसाइ सरकारविरूद्ध चाबहिलमा गरिएको विरोध कार्यक्रमस्थलबाटै उनीहरूलाई पक्राउ गरिएको हो।, पक्राउ पर्नेमा तत्कालीन संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्ट, श्याम केसी, श्याम प्रसाद घ... |
नारायण खड्का दाङको घोराहीमा एक हार्डवयर व्यवसायीको हत्या भएको छ।, उधारोमा सामान किनेर घर बनाएका रोल्पा माडी गाउँपालिका ३ का २८ वर्षीय अमर खत्रीले घोराहीका ४५ वर्षीय हार्डवेयर व्यवसायी नन्दबहादुर घर्तीको गत बिहीबार हत्या गरेको प्रहरीले जनाएको छ।, रोल्पाका खत्रीले घोराहीमा गत भदौदेखि घर बनाउन सुरू गरेका थिए। खत्रीले घर ... |
सेतोपाटी संवाददाता एक दिन एक क्षणको प्रेरणाले पनि बालबालिकाको जीवन परिवर्तन गर्न सक्छ भन्ने विश्वासका साथ टिच फर नेपालले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत ‘कक्षाकोठामा एक दिन’ अभियान सुरू गर्दैछ। अभियान अन्तर्गत विभिन्न क्षेत्रका सयभन्दा बढी अतिथिले टिच फर नेपाल कार्यरत विद्यालयमा कक्षा लिने भएका छन्।, कलाकार, पत्रकार,... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.