content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिलाउन नसकेको भन्दै पोखरामा निर्मला पन्तको तस्बिर अंकित पोस्टर टाँस्दा प्रहरीले हस्तक्षेप गरेको छ।, निर्मलाका निम्ति न्यायका सामाजिक अभियन्ताहरूले पोखराको मानवअधिकार चोकदेखि महेन्द्रपुलसम्म पोस्टर टाँस्दै जाँदा प्रहरीले हस्... |
नारायण खड्का तुलसीपुर उपमहानगरपालिकालाई शनिबारदेखि फेरि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरिएको छ।, तुलसीपुर बजारलाई गत वर्ष नै हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो। वडा नं. ५ का वडा अध्यक्ष वीरेन्द्र शाहले उक्त घोषणा गरेका थिए । त्यो प्रयासले केही सुधार आएको भए पनि अनुगमन र कारबाही गर्ने निकाय नहुँदा प्रभावकारी भने बन्ने... |
सागरराज तिमिल्सिना कास्की प्रहरीले १८ वर्षमुनिका बालबालिका मादक पदार्थ सेवनमा संलग्न रहेको भन्दै २० जनालाई पक्राउ गरेको छ।, शुक्रबार राति पोखराको लेकसाइडका विभिन्न रेष्टुरेण्ट, डिस्को, बार लगायतबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।, १८ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरू विभिन्न बहानामा रेष्टुरेन्ट डिस्को, दोहोरी ... |
रासस राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय पुनःथप गरेको छ। बोर्डले एक सूचना जारी गदै रजिष्ट्रेशन आवेदन फारम भर्ने म्याद थपेको हो। , , निर्धारित समयमा धेरै विद्यार्थीको फारम भर्न छुटेको भन्ने गुनासो आएपछि भर्ने म्याद पुनःथप गरिएको बोर्डले जनाएको छ।, शैक्षिक सत्र २०७५/०७६ मा कक्षा ११ मा भर्ना ... |
सेतोपाटी संवाददाता सुर्खेतमा यात्रुवाहक बस दुर्घटना हुँदा २ को मृत्यु र ५० घाइते भएका छन्।, मृत्यु हुनेमा लेकबेंशी–८ गन्नेपानीकी जानकी दर्लामी र लेकवेसी नगरपालिका वडा नम्बर ८ देउमाया बनकाठी रहेको प्रहरीले जनाएको छ।, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, कटकुवामा भएको दुर्घटनामा ५० घाइते भएका छन् जसमध्ये १२ को अवस्था ... |
रासस समुदाय स्तरबाट स्थापित नेपालकै जेठो पुस्तकालयको रूपमा परिचित पशुपति प्रताप पुस्तकालयको निर्माणाधीन भवनको सहयोगका लागि स्थानीय समाजसेवी हरिराज शर्माले रु ५१ हजार ११५ सहयोग गरेका छन्।, शनिबार पुस्तकालय परिसरमा आयोजित एक कार्यक्रममा समाजसेवी शर्माले पुस्तकालयका अध्यक्ष राजेशकुमार पाण्डेयलाई सो रकम हस्तान्तरण गरेका ह... |
रासस चितुवाको आक्रमणबाट तनहुँमा शनिबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ रहेका छन् ।, चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकार... |
रासस तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका–३ बस्ने ३६ वर्षीय शुकबहादुर विक रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जन... |
रासस बाजुराको बडिमालिका नगरपालिका–४ रिलाका पहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । गएको भदौ १ गतेको पहिरोबाट प्रभावित रिलाका १६८ परिवारलाई राहत सामग्री सहयोग गरिएको हो ।, ‘मानवीय सेवामा अनेकौँ प्रयास’ नामक सामाजिक सेवामा समर्पित संस्थाले दैनिक उपभोग्य सामानदेखि चिसोमा न्यानो कपडा वितरण गरेको हो । सहयोगस्वरुप प्... |
नारायण खड्का अपांगता भएका व्यक्तिहरूले जिल्लामा कतै पनि सरकारी कार्यालयहरू अपाङ्गमैत्री नहुँदा आफूहरूले सास्ती खेप्नु परेको गुनासो गरेका छन्।, २७ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा दाङको तुलसीपुरमा आयोजित र्यालीका सहभागीहरूले भौतिक संरचना अपांगमैत्री नहुँदा आफूहरू जस्तालाई कुनै पनि काम गराउन घन्टौं कुर्नुपर्ने... |
रासस बङ्गुर चोरी गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–७ का प्रेमबहादुर ढाडी र रामवली कुर्मी रहेका छन्। , , ढाडी र कुर्मीले महाराजगञ्ज नगरपालिका–४ बरईपुरका नरदाहे पासीले पालेको ११ बङ्गुर चोरी गरेका हुन्।, दुवै जनालाई ११ बङ्गुरसहित तौलिहवाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्याल... |
रासस धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा सुरू गरेको छ।, आइतबार सरस्वती बजार परिसर (पार्क)बाट फ्रि वाइफाइ सेवा सुरू गरिएको हो।, नगरप्रमुख अशोक ब्याञ्जूले नगरको अन्य १२ पर्यटकीय क्षेत्रमा फ्रि वाइफाइ सेवा विस्तार गरिने जानकारी दिँदै भने, धुलिखेल पर्यटकीयस्थल हो, पर्यटक तथा स्थानीयवासीलाई सूचना प्... |
दिपकजंग शाही कर्णाली प्रदेशमा काम गरिरहेका पत्रकाहरूको पेशागत सुरक्षाका लागि प्रदेश सरकारले ‘पत्रकार स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालनमा ल्याएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार पत्रकारहरूलाई स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनका लागि सूचनामार्फत् आवेदन मागेको छ।, पत्रकाहरूले सूचना प्रकाशित भ... |
विनोद सापकोटा शिवसताक्षी नगरपालिका –७, लालझोडामा गत आइतबार रातिको आगलागीले एउटा वंश नै सखाप पार्यो।, आगलागीबाट ३४ वर्षीय लक्षमण खनाल, उनकी श्रीमती २८ वर्षीया राधिका खनाल, ४ वर्षीया छोरी चन्द्रा र ५ महिने छोरा टीकारामको सुतिरहेकै अवस्थामा जलेर मृत्यु भयो।, सुरूमा यो घटना देख्ने र सुन्ने सबैले भवितव्य भएको टिकाटिप्पणी ... |
रासस पाल्पा बुटवल सडक आजदेखि तीन दिनसम्मका लागि दैनिक छ घण्टा बन्द हुने भएको छ।, आजदेखि पर्सिसम्म तिनाउ गाउँपालिका दोभानको चिडियाखोलादेखि भूतखोला सडकखण्डमा मर्मत गर्नुपर्ने भएकाले सडक बन्द गर्नुपरेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ। , , बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक छ घण्टा सडक बन्द हुने कार्यालयका सूच... |
रासस महानगरीय प्रहरी प्रभाग बल्खुले नक्कली सुनसहित तीन जनालाई पक्राउ गरेको छ। प्रभागबाट खटिएको टोलीले अवैध सुनसहित दाङका २८ वर्षीय गोपाल विक र २७ वर्षीय शिव कुमाल तथा सल्यानका २७ वर्षीय सञ्जयकुमार तिरुवालाई मङ्गलबार राति नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो। , , महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उ... |
सागरराज तिमिल्सिना पोखरा महानगरपालिका २ भैरवटोलमा पुराना फोटो संग्रह ‘उहिलेको पोखरा’ ऐतिहासिक फोटोहरूका प्रर्दशनी कक्ष सञ्चालनमा आएको छ।, जगन्नाथ उलक स्मृति कोषले ‘उहिलेको पोखरा’ लाई संग्रालयको रुपमा सञ्चालनमा ल्याएको हो। वि.सं. २००२ सालदेखि यताको पोखरा र अन्य ठाउँका फोटो र भिडियोहरू र्हेन पाइन्छ। ‘उहिलेको पोखरा’ को प... |
सेतोपाटी संवाददाता सेवाग्राहीसँग घूस रकमसहित पक्राउ परेका उदयपुरकको नेपालटारस्थित वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत सत्यनारायण साह रौनियारविरूद्ध अख्तियारले मुद्दा चलाएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले उनलाई ६० हजार घूस रकमसहित पक्राउ गरेको थियो।, अनुसन्धानपछि उनलाई ६० हजार जरिवाना ... |
भगवती पाण्डे सरकारले कमलरी मुक्त घोषणा गर्दा गरिएका सम्झौता तत्काल कार्यान्वयन गर्न मुक्त कमलरीहरूले माग गरेका छन्।, २०५७ साल साउन २ गते कमलरी मुक्त गरिए पनि १९ वर्षसम्म पनि मुक्त कमलरीहरूको पुनर्स्थापन हुन सकेको छैन। मुक्त कमलरीहरूले गरेका पटक/पटकका आन्दोलनपछि सरकारले १० बुँदे सम्झौता गरी उनीहरूका माग सम्बोधन गर्ने प... |
सेतोपाटी संवाददाता शुक्रबारदेखि सुरू हुने एसिया प्यासेफिक समिटका लागि काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले ४ दिन सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको छ।, तीन देशका राष्ट्रपतिसहित ४५ देशका ५६७ जना पाहुना आउने भएपछि उनीहरूको आवतजावतलाई सहज बनाउन ट्राफिक प्रहरीले नागरिकका सवारीमा जोरबिजोर प्रणाली लागु गरेको हो।, समिट... |
दिपकजंग शाही क्रिश्चियन धर्म परिवर्तन, सुर्खेतको वीरेन्द्रनगरमा पर्ने झुप्रा खोला किनारको विपन्न बस्तीका टेकबहादुर रोकाका तीन जना छोरी काठमाडौंमा पढ्छन्।, उनको परिवार क्रिश्चियन होइन, तर उनका छोरीहरू काठमाडौंमा क्रिश्चियनले स्थापना गरेको ‘ज्योतिको घर’ भन्ने संस्थामा पढिरहेका छन्। विपन्न समुदायका बालिकालाई अध्ययन गराउन... |
नेहा झा ‘आइ जनकपुर नगरिया बजै चारु दिस बधैया, हँसी खुसीसँ भरिगेलै राजा जनकक दुअरिया, भेलै मिथिलाके भाग उदित बहिना, सुनैना हर्षे लुटबैत छथि अन धन गहना।’, रामजानकी विवाहपञ्चमी आउन तीन साता बाँकी छ। तै जनकपुरधाम वरपर भगवान रामजानकीका गीतहरू घन्किन थालिसकेको छ।, हरेक वर्ष मंसिर शुक्लपञ्चमी तिथिका दिन मनाइने विवाहपञ्चमीको ... |
सेतोपाटी संवाददाता शुक्रबारदेखि सुरू हुने एसिया प्यासेफिक समिटमा आउने पाहुनालाई गाडीको व्यवस्था गर्न सरकारलाई हम्मेहम्मे भएको छ।, समिटमा आउने भिभिआइपी र भिआइपीका लागि गृह मन्त्रालयले सरकारका सचिव र विभाग प्रमुखको गाडी तानेको छ।, समिटमा आउने पाहुनाका लागि ४८ वटा गाडी मगाइएको गृह मन्त्रालयले जनाएको छ।, ‘हामीसँग गाडी छै... |
सेतोपाटी संवाददाता पश्चिम वायुको प्रभावले देशको पूर्वदेखि पश्चिमसम्मको मौसममा बदली भएको छ। वायुमण्डलको माथिल्लो तहमा बादल लागेकाले चिसो बढेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभुति पोखरेलले जानकारी दिइन्।, उनकाअनुसार आजभोलि पानी पर्ने सम्भावना भने छैन। ‘उच्च हिमाली भागमा हिमपातको सम्भावना छ, पहाडी भागका १-२ ठाउँमा... |
रासस तनहुँको साविक काहुँशिवपुर गाविसका पूर्वउपाध्यक्ष उडबहादुर आले मृत अवस्थामा फेला परेका छन्।, एक हप्तादेखि बेपत्ता रहेका उनी बुधबार साँझ व्यास नगरपालिका–१३ बेनीकोटस्थित जङ्गलमा मृत अवस्थामा फेला परेका हुन्।, नेपाली काङ्ग्रेस रिसिङ गाउँपालिका–१ का सदस्यसमेत रहेका ६६ वर्षीय आले मङ्सिर ५ गतेदेखि बेपत्ता हुनुभएपछि प्रह... |
रासस भक्तपुर जिल्लामा प्रत्येक महिना दुई बलात्कारका घटना हुने गरेको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला शाखाले आयोजना गरेको नेपाल मनवअधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा यो तथ्य सार्वजनिक गरिएको हो।, इन्सेककी जिल्ला प्रतिनिधि सविना केसीले सन् २०१८ जनावरीदेखि नोभेम्बर २७ सम्... |
खिलानाथ ढकाल मेलम्ची खानेपानी आयोजनाको सुरूङ ढलान फेरि सुस्त भएको छ। अहिले मेलम्चीको अन्तिम दुई किलोमिटर सुरूङको ढलानको काम भइरहेको छ। योमध्ये ३८ मिटर सुरुङमा कमजोर चट्टान भेटिएपछि ढलान सुस्त हुन पुगेको आयोजनाले जनाएको छ।, ‘हामी युद्धस्तरमा काम गर्दै थियौं, सुरूङको बीचमा कमजोर चट्टान भेटियो,’ खानेपानी सचिव गजेन्द्र ठा... |
सेतोपाटी संवाददाता संघीय संसदको विकास तथा प्रविधि समितिले जोखिमयुक्त समूहमा परेका भूकम्प पीडितलाई थप ५० हजार अनुदान सहायता उपलब्ध गराउने निर्णय तत्काल कार्यान्वयन गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ।, समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले भूकम्प पीडितको गुनासो सुनुवाइमा ढिलाइ गर्न पनि प्राधिकरण... |
विनोद सापकोटा झापाको शिवसताक्षीमा एकै परिवारका चार जनाको मृत्यु हुने गरि भएको आगलागी घटना नियोजित भएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले बताएका छन्।, घटनाको प्रकृति हेर्दा नियोजित ढंगले घरमा आगो लगाएर २ जना अवोध बालबालिकासहित एक दम्पतिको हत्या गरिएको उनले दाबी गरेका छन्।, आईतबार राति साढे १० बजे घरमा आगो ... |
नारायण खड्का दाङका एक जना वडा अध्यक्षको निधन भएको छ।, घोराही उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष ४९ वर्षीय लक्षिनप्रसाद बुढाको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।, जन्डिसलगायत विभिन्न रोगबाट ग्रस्त अध्यक्ष बुढाको उपचारको क्रममा भारतको मेदान्त अस्पतालमा बिहीवार बिहान ३ बजेतिर मृत्यु भएको हो... |
निशा भण्डारी काठमाडौंका बसस्ट्यान्ड बस कुर्दा वा जेब्राक्रसिङबाट बाटो काट्दा तपाईंको हातमा केही फोहोर छ भने के गर्नुहुन्छ?, हामीमध्ये धेरैले त्यत्तिकै सडकमा फालिदिन्छौं। केहीलाई डस्टबिनमा राख्न पाए हुन्थ्यो भन्ने पनि लाग्छ। तर डस्टबिन भए पो राख्नु! आफ्नै झोलामा हालेर फोहोर बोक्ने त हाम्रो चलनै छैन।, अब त्यसरी फोहोर फा... |
सेतोपाटी संवाददाता कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार–हत्यापछिका तीन महिनामा देशभर ५९० बलात्कारका घटना भएका छन्। , गृह मन्त्रालयले संघीय संसदको महिला तथा बालबालिका समितिमा प्रतिवेदन बुझाउँदै बलात्कार घटनाको डरलाग्दो तथ्यांक सार्वजनिक गरेको हो।, साउन, भदौ र असोज महिनामा ५९० वटा बलात्कारका घटना भएको गृ... |
रासस प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोगलाई बन्द गर्न यही मङ्सिर १६ गतेदेखि ‘हिमालदेखि तराईसम्म प्लाष्टिकरहित समाज निर्माण अभियान’ सुरू गरिने भएको छ। , , समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा रहेको राराबाट शुभारम्भ गरिने उक्त अभियानको संयोजन आर्ट समिट ट्राभल एण्ड टूर्स प्रालिले स्थानीय तहका प्रतिनिधिका साथै... |
सेतोपाटी संवाददाता भूमिहीन नागरिकले पनि अब आवास पाउने भएका छन्।, सहरी विकास मन्त्रालयले भूमिहीन नागरिकलाई पनि आवासको व्यवस्था गर्ने कार्यविधि बनाएसँगै भूमिहीनहरूले पनि जग्गा र आवास दुवै पाउने भएका हुन्।, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले भूमिहीन नागरिकलाई आवास बनाउन जग्गा समेत उपलब्ध गराउने कार्यविधि तय गरिएको... |
नारायण खड्का सल्यान प्रहरीले एक जना विप्लवका नेतालाई बैठकस्थलबाटै पक्राउ गरेको छ।, नेपाल कम्युनिस्ट पार्टी सल्यान जिल्ला सचिवालय सदस्य टोपबहादुर खत्रीलाई सल्यान प्रहरीले मंसिर ११ गते बैठकस्थलबाटै पक्राउ गरेको छ।, पार्टीको श्रीनगरमा बसेको बैठकस्थलबाटै खत्रीलाई पक्राउ गरिएको उक्त पार्टीका जिल्ला सेक्रेटरी लोक्पालले जानक... |
रासस माडीमा बुधबार दिउँसो एक जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका दुई महिलाको शव उठाउन स्थानीयले अवरोध गरेका छन्। उनीहरूले स्थायी सुरक्षाको माग गर्दै शव उठाउन नदिई सडक अवरूद्ध गरेका छन्। , , उनीहरूले माडीमा रहेका चारवटा मध्यवर्ती सामुदायिक वनका कार्यालयमा समेत तालाबन्दी गरेका छन्। माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले... |
भगवती पाण्डे सात वर्षपछि आफ्नै खुट्टाको भरमा हिँड्डुल गर्न पाउँदा जुम्लाको कनका सुन्दरी गाउँपालिका ८ का भक्तबहादुर रोकाय अत्यन्त खुसी देखिन्थे। ३५ वर्षीय रोकायले २०६८ सालमा क्यान्सरका कारण आफ्नो दाँया खुट्टा गुमाएका थिए।, देशका विभिन्न जिल्लामा घुमेर गलैँचा विक्री गरी परिवारको खर्च चलाउँदै आएका रोकाय आफैं बिरामी परेपछ... |
सेतोपाटी संवाददाता राजधानीमा फेरि एक बालकको अपहरणपछि हत्या भएको छ।, काठमाडौंको बालाजुका ८ वर्षीय प्रयास कुँवरको अपहरणपछि हत्या भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए।, ‘म्हैपीको पुलनजिक बोरामा हालेर फालिएको अवस्थामा बालकको शव भेटिएको छ,’ एसएसपी सिंहले भने,‘उनलाई अपह... |
सेतोपाटी संवाददाता काठमाडौंस्थित नेपाल एयरलाइन्स (एनएसी)को कम्पाउण्डबाट बाहिर निस्कने क्रममा एक निजी कारले ठक्कर दिँदा १२ जना सर्वसाधारण घाइते भएका छन्।, नेपाल एयरलाइन्सको पार्किङबाट बाहिर निस्कने क्रममा भेषराज पौडेलले चलाएका बा १८ च ४८७३ नम्बरको कारले सडकमा रहेका यात्रुलाई ठक्कर दिएको डिएसपी टिकुनन्द इवा लिम्बुले जान... |
विनोद सापकोटा झापाको शिवसताक्षी नगरपालिका ७ स्थित लालझोडाको एक घरमा आइतबार राति आगलागी हुँदा ४ जनाको जलेर मृत्यु भएको छ।, राति साढे १० बजे लागेको आगोले ३४ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती २८ वर्षीया राधिका खनाल, ४ वर्षीया छोरी चन्द्रा खनाल र पाँच महिनाका छोरा टिकाराम खनालको घटनास्थलमै मृत्यु भएको हो।, मृतक सबैको पोष्... |
दिपकजंग शाही सुर्खेत चेम्बर अफ कमर्सले वीरेन्द्रनगरमा आयोजना गर्ने भनिएको महोत्सव एक महिनासम्मका लागि स्थगित भएको छ।, नगरपालिकाले मेला तथा महोत्सवसम्बन्धी कार्यविधि नबनाएसम्म वीरेन्द्रनगरमा महोत्सव सञ्चालन गर्न नहुने भन्दै आन्दोलनरत व्यवसायी, महोत्सवका आयोजक र नगरपालिकाबीच भएको छलफलका क्रममा महोत्सव स्थगित गर्ने निर्ण... |
अमृता लम्साल हजुरआमाका कथा, बिहान सखारै उठ्यो। घरका कुना-कुना बडारकुँडार गर्यो। चौबन्दी चोलो, कम्मरमा बेरेको धोती र त्यही धोतीमाथि बाँधेको पटुकीको आडमा गाग्री अड्याएर पानी ल्यायो। रातोमाटो र गोबर मिसिएको पोतारीमा भिजाएको झुम्रोले मूलढोका बाहिर लिप्यो। लिपेको ठाउँमा पूजा गर्यो। सूर्यनारायणलाई अक्षता छर्कियो। अनि रात झ... |
नारायण खड्का तालमा डुबेको भनिएका दाङका एक युवाको खोजी गर्न गोताखोर झिकाइएको छ।, बेपत्ता भएको २४ घन्टा वितिसक्दा पनि घोराही उपमहानगरपालिका वडा नम्बर १५ बस्ने १८ वर्षीय लक्ष्मण डिसीको अवस्था अज्ञात छ।, आइतबार बेलुका ४ बजे नहुाउनका लागि घोराही उपमहानगरपालिकाले वडा नम्बर १७ गुलरियामा घोराही उपमहानगपरपालिकाले निर्माण गरेको... |
सेतोपाटी संवाददाता युएन पार्क नजिकै रहेको गौरीशंकर फर्निचर उद्योगमा लागेको आगो २ घण्टापछि नियन्त्रणमा आएको छ।, आगो निभाउनका लागि काठमाडौं महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको महानगरी प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रमुख डिएसपी गोविन्द काफ्लेले जानकारी दिए।, आगलागी हुँदा ६ करोड रुपैयाँ बराबरको क्षति भ... |
एजेन्सी अमेरिकी अन्तर्राष्ट्रिय अध्ययन संस्था (नासा)ले आफ्नो नयाँ रोबोटलाई मंगल ग्रहमा उतारेको छ। ‘द इनसाइट प्रोव’ नाम दिइएको यो रोबोटले मंगल ग्रहको भित्री सतहको अध्ययन गर्नेछ। पृथ्वीपछि कुनै ग्रहको यति गहिरो अध्ययन गर्न लागिएको पहिलो पटक हो।, यो रोबोट नेपाली समयअनुसार मंगलबार बिहान करिब ३ बजेर ४० मिनट जाँदा मंगल ग्रह... |
रासस छेडागाड नगरपालिका–४ का धनसरा पुन चार बच्चाकी आमा हुन्। उनले चार सन्तानलाई गोठमै जन्म दिइन्। चिसो गोठ तथा सामग्री अभावका बीचमा बच्चा जन्माउँदा निकै पीडा भएको पुन बताउँछिन्। , , उनकी बुहारीले भने पहिलो सन्तान सुत्केरी केन्द्रमा जन्माइन्। भनसराले बुहारीलाई सुत्केरी गराउन स्टेचरमा बोकेर सुत्केरी केन्द्रसम्म पुर्याइन... |
रासस पछिल्लो समय काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ। , , महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालू आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ।, आव २०७४/७५ मा ३२६ महिलाले मापसे सम्बन्धी चेतनामूलक कक्ष... |
सेतोपाटी संवाददाता अभियन्ता डाक्टर गोविन्द केसी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारको धर्नामा सहभागी भएका छन्।, मंगलबार दिउँसो निर्मलाका परिवार धर्ना बसिरहेको कञ्चनपुर जिल्ला प्रशासन कार्यालयअगाडि गएर डाक्टर केसी पनि धर्ना बसेका हुन्।, उनी करिब आधा घन्टा धर्ना बसेका थिए।, सुदूरपश्चिमको बझाङमा स्वास्थ्य शिव... |
एजेन्सी मंगल ग्रहबारे विस्तृत अध्ययन गर्न नासाले पठाएको रोबोट मंगलबार बिहान मंगल ग्रहको सतहमा उत्रिएको छ।, मंगलको विस्तृत अध्ययन गर्न नासाले करिब सात महिनाअघि मेमा रोबोट पठाएको थियो।, ४५.८ करोड किलोमिटर दूरी पार गरेर रोबोट मंगल ग्रहको सतहमा उत्रिएको हो। रोबोट मंगल ग्रहको भूमध्य रेखा नजिकैको एलिसियम प्लानिसिया नामक ए... |
रासस दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु ६६ लाख हिनामिनाको आरोपमा प्रहरीले संस्थाका संस्थापक व्यवस्थापक रमिता चौधरीलाई गए राति पक्राउ गरेको छ। , , इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले चौधरीलाई भालुवाङ बजारबाट पक्राउ गरेको हो।, चौधरीलाई घोराहीबाट काठमाडौं जाँदै गरेको ... |
सेतोपाटी संवाददाता सोमबार काठमाडौं सहरका बिजुलीका पोलमा प्रधानमन्त्री केपी शर्मा ओलीका तस्बिरहरू टाँसिए। त्यस्ता तस्बिरको छेउतिर लेखिएको थियो-नयाँ युगको सुरूआत।, मंगलबार बिहान प्रमुख राष्ट्रिय दैनिकहरूमा त्यही व्यहोराको विज्ञापन छापिएको छ।, सामाजिक सञ्जाल ट्वीटरमा भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्ष... |
सेतोपाटी संवाददाता रोटरी क्लब अफ तिनाउ बुटवलले तिलोत्तमा ३ सीमानगरमा रहेको विद्यालयले फर्निचर हस्तान्तरण गरेको छ।, क्लबले तिलोत्तमा ३ सीमानगरमा रहेको हाम्रो सगरमाथा आधारभूत प्राविलाई डेक्स बेञ्च र किताब राख्ने र्याक प्रदान गरेको हो।, विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ का एसिस्टेन्ट गभर्नर कृष्... |
रासस कोटेश्वर–कलंकी सडकको निर्माण कार्य सकिएको छ। , , सडक निर्माणको काम पूरै सकिएको काठमाडौं चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए। दस दशमलव चार किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन ग्रुपले गरेको हो। , ‘सडक निर्माण कार्य सकिएपछि अहिले... |
सेतोपाटी संवाददाता ‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’भन्ने नारासहित सुरू भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम चन्द्रागिरी नगरपालिकामा प्रभावकारी बन्दै गइरहेको छ।, स्थानीयस्तरमा सञ्चालित विकृति विसंगतिविरूद्ध अभियानले सार्थकता प्रदान गर्दै आइरहेको छ। यसैक्रममा प्रहरीले विकृति विसंगतिविरूद्ध सूचना दिनेको स... |
सेतोपाटी संवाददाता आगामी बिहिबारदेखि आइतबारसम्म काठमाडौंमा जोर विजोर नम्बर अनुसार गाडी चल्ने भएका छन्।, शुक्रबारदेखि सोमबारसम्म हुने एसिया प्यासिफिक समिट क्रममा सवारी जाम नहोस् भनेर जोर विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार मंसिर १३... |
सबिना श्रेष्ठ मंसिर, अर्थात् विवाहको महिना।, नेवार समुदायमा विवाह भन्नेबित्तिकै एउटा विशेष खालको मिठाइको सम्झना आउँछ– लाखामरी।, यो चामल र मासको पिठोबाट बन्छ। पिठो मुछेर विभिन्न आकारमा बनाइएको लाखामरी घ्यू वा तेलमा पकाइन्छ। चास्नीमा डुबाएर निकालेपछि तयार हुन्छ।, संस्कृतिविद् ओम धौभडेलका अनुसार नेवार समुदायमा ८४ थरी रोट... |
सेतोपाटी संवाददाता पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबारे ‘भ्रमपूर्ण समाचार’ लेखेको भन्दै एक अनलाइनका सम्पादकलाई मंगलबार महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ।, अनामनगरस्थित कार्यालय रहेको पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई महाशाखाले तारकेश्वर नगरपालिकाको मनमैजुबाट पक्राउ गरे... |
नारायण खड्का दाङको करिब १० मिटर गहिराइ भएको कृत्रिम तालमा डुबेर बेपत्ता भएका एक युवालाई दिनभर गोताखेरले खोज्दा पनि फेला पार्न सकेनन्।, घोराही उपमहानगरपालिका वडा नम्बर १५ बस्ने १८ वर्षीय लक्ष्मण डिसी आइतबार दिउँसो तालमा डुबेका थिए। घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया गाउँमा गत साल घोराही उपमहानगपरपालिकाले कृत्... |
रासस मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा गए राति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।, पश्चिमबाट पूर्व आउँदै गरेको बा६४प १९९१ नंको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को१ख ५७५२ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ३० वर्षीय पदम राजव... |
रासस अनाथ, असाहाय र अति विपन्न परिवारका बालबालिकालाई आवासीय सेवा र सुविधासहित निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्यले महायज्ञ गरी विद्यालयले करिव एक करोड ७५ लाख रूपैयाँ सङ्कलन गरेको छ ।, नवलपरासी मध्यविन्दु नगरपालिका–१ सेतापानीमा रहेको शान्ति आधारभूत विद्यालयले आयोजना गरेको शैक्षिक महोत्सव एवं धान्याञ्चल गीताज्ञान महा... |
रासस जिल्ला प्रहरी कार्यालयले घरेलु मदिरा उत्पादन तथा बिक्रीलाई निरुत्साहित गर्न जिल्लाभर प्रहरी परिचालन गरेको छ।, घरेलु मदिरा उत्पादन तथा बेचविखनलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्लाभर नै प्रहरी परिचालन गरिएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।, 'जिल्लाका सबै स्थानमा रहेका प्रहरी निकायलाई कडाइक... |
रासस सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे१च २२०७ नंको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा जिप दुर्घटना दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। , उक्त गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार सोही स्थानका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं १... |
रासस प्रदेश नं. २ को सरकारी अभियान ‘बेटी पढाऊ, बेटी बचाऊ’ को अभियानकर्मीका रूपमा कलाकार रेखा थापाले जोडिने बताएकी छन्। उनले प्रदेश सरकारको सो अभियानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।, थापाले ‘छोरीका लागि स्वर्णिम अभियान’ नामक कार्यक्रमका माध्यमले प्रदेश सरकारको सो अभियानलाई सघाउने भएकी छिन् ।, ‘यो अभियानलाई... |
सेतोपाटी संवाददाता मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा गएराति टिप्परको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।, पश्चिमबाट पूर्व आउँदै गरेको बा ६४ प १९९१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ५७५२ नम्बरको टिप्पपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका... |
रासस हुकिङ गरी विद्युत् चुहावट गर्ने करीब चार दर्जनभन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्रले पक्राउ गरी जरिवाना गरेको छ ।, उक्त केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाका विभिन्न स्थानबाट सोमबार २८ र मङ्गलबार २५ गरी ५३ जनालाई पक्राउ गरेको हो ।, अनुगमनका क्रममा हुकिङ गरी विद्युत् चुहावट ग... |
नारायण खड्का दाङ, मंसिर १२, पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ।, आइतबार साँझ घोराही १७ गुलरियास्थित पानीको तालमा डुबेर बेपत्ता भएका घोराही १५ का लक्ष्मण डिसीको शव बुधबार बिहान फेला परेको हो।, निरन्तरको खोजीको प्रयासपछि चौथो दिन शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। पोखरीको ... |
रासस मण्डनदेउपुर नगरपालिका–६ भाङ्गेटारमा गत कात्तिक १० गते प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुशीलकुमार भण्डारीलगायत तीन जनाको मृत्यु हुने गरी भएको दुर्घटनाका जिप चालक प्रदीप बोगटीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। , , यसअघि उनलाई २७ दिन हिरासतमा राखी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीको सं... |
सेतोपाटी संवाददाता भूकम्पले क्षति पुगेको गोरखाको मनकामना मन्दिर पुनर्निर्माण सकिएको छ।, आज (बुधाबार) देखि भक्तजनले पुनर्निर्माण भएको नयाँ मन्दिरबाट पूजाआजा सुरु गरेका छन्।, २०७२ वैशाख १२ को भूकम्पले मन्दिरमा क्षति पुगेपछि मन्दिर बाहिर टहरो बनाएर पूजाआजा व्यवस्थापन मिलाइएको थियो।, मनकामना मन्दिर जीर्णोद्धार समितिका संय... |
सेतोपाटी संवाददाता थ्रेसर मेसिनमा परेर दाङमा एक बालिकाको मृत्यु भएको छ ।, तुलसीपुर उपमहानगरपालिका वडा नं। १६ मजगाउँ निवासी ७ वर्षीया विपना चौधरीको धान दाउन प्रयोग गरिएको थ्रेसर मेसिनमा परेर मृत्यु भएको हो।, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीका अनुसार शुक्रबार राति सवा ९ बजेतिर लु २ त ... |
नारायण खड्का अमृता वली तीन महिनालको दुधे बालक बोकेर तीन घन्टा पैदल हिँडिसकेकी थिइन्। घर पुग्न अझैं उनलाई डेढ घन्टा हिँड्नैपर्ने थियो। , सल्यानको चाक्लिघाटस्थित माइतीबाट रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ४ खर्सेवासस्थित घर जाँदै गरेकी २४ बर्षीया वलीको प्यूठ्यूँमा नानीसँगै झोला पनि थियो। यो सबै भारी बोकेरै उनले तारे... |
सेतोपाटी संवाददाता काठमाडौंको तीनकुनेमा दिनदहाडै दुई युवामाथि छुरा प्रहार भएको छ।, तीनकुनेको गैह्रीगाउँमा शनिबार दिउँसो अज्ञात समूहले उनीहरूमाथि छुरा प्रहार गरेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ।, दुवै जनाको अहिले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको नयाँ बानेश्वरका डिएसपी गोविन्दराज काफ्लेले जान... |
नारायण महर्जन काठमाडौं उपत्यकाका चार भञ्ज्याङमध्येको पश्चिमी चन्द्रागिरि भञ्ज्याङको काखमा पर्ने थानकोटमा महालक्ष्मी अर्थात् सिन्दुर जात्रा सुरू भएको छ। यो जात्रा तीन दिनसम्म मनाउने गरिन्छ।, यसलाई न्हूँद ११३८ (नयाँ वर्ष) सुरू भएपछिको पहिलो जात्राको रूपमा लिइन्छ। स्थानीय भाषामा बलम्बुको जात्रालाई लाटिमर, सातापछि थानकोटम... |
सेतोपाटी संवाददाता शनिबार दिउँसो काठमाडौंको तीनकुनेमा छुरा प्रहार गरी घाइते भएका दुई युवामध्ये एकको मृत्यु भएको प्रहरीले जनाएको छ।, नयाँ बानेश्वर वृतका डिएसपी गोविन्दराज काफ्लेका अनुसार सिभिल अस्पतालमा उपचार क्रममा एकको मृत्यु भएको हो।, ‘उपचारको क्रममा विक्की लिम्बु नाम गरेको व्यक्तिको मृत्यु भएको भन्ने सूचना आएको छ’,... |
सेतोपाटी संवाददाता शनिबारदेखि ‘सार्वजनिक यातायातमा यौन हिंसा विरूद्ध अभियान” अन्तर्गत १६ दिने कार्यक्रम सुरू भएको छ।, अभियानले बस, रात्री बस, मिनी तथा माइक्रो बस र तीन पाङ्ग्रे टेम्पोमा छुने, थिच्ने, घुर्ने, जिस्क्याउने जस्ता अवान्छित/अमर्यादित कार्य निरूत्साहित गर्ने, रोक्ने तथा सचेतना फैलाउने उद्देश्य छ।, संयुक्त रा... |
रासस बागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आइतबार बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन्। ,नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताए। ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिन सफल भएको ... |
विनोद सापकोटा पोषिलो खानाको व्यवस्था नहुँदा झापा मेचीनगर–१० की देवी मेचे(घिमिरे) र उनको नवजात शिशु बिचल्लीमा परेका छन्।, पोषिलो खाना र न्यानो कपडाको जोहो गर्न परिवारले नसक्दा स्तनपानमा समेत समस्या भएको २४ दिनकी यी सुत्केरीले बताइन्। गत कात्तिक गते पति बियोगको पीडा व्यहोरेकी मेचेले भनिन्, ‘मेरो शिशु र मलाई बचाइदिनुहोस्... |
सेतोपाटी संवाददाता बलात्कारपछि मारिएकी छोरीका हत्यारा पत्ता लगाउन माग गर्दै अनिश्चितकालीन धर्ना बसेका निर्मलाका बुवा यज्ञराज पन्तलाई बेहोस बनाएर काठमाडौं ल्याउन लागिएको छ। उनको मानसिक अवस्था बिग्रिएपछि उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो।, आइतबार बिहान बेहोस बनाएर उनलाई काठमाडौं ल्याउन लागिएको निर्मलाकी आमा दुर्गा... |
रासस तीर्थयात्री बोकेको एक बस दुर्घटनामा परी मृत्यु भएका पाँचै जनाको शनिबार साँझ सामूहिक रूपमा दाहसंस्कार गरिएको छ।, सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाएर डाक्नेश्वरी नगरपालिका–४ स्थित खडक नदी किनारमा ल्याएर सामूहिक दाहसंस्कार गरिएको स्थानीयवासी वीरेन... |
रासस दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ।, रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा १च ७८१ नं को एम्बुलेन्स दाङको लमही नगरपालिकास्थित अमिलियामा दुर्घटना भएको हो। , , दुर्घटनामा रुकुमका ७३ वर्षीय भीमु जैसी घाइते भएका इलाका प्रहरी कार्यालय अमिलियाले बताएको छ। जैशी दमको रोगी भएकाले उपचारका लागि कोहलपुर लैजा... |
दिपकजंग शाही कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकामा खानेपानी आपूर्ति गर्दै आएको ‘सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था’ले अब प्रतिसेकेन्ड १५ लिटर पानी थप्ने भएको छ।, वीरेन्द्रनगरको पूर्वमा पर्ने रतु खोलाबाट पानी थप पानी ल्याउन लागिएको हो।, वीरेन्द्रनगर–१६ मा पर्ने रतुखोलाको प्रयोगमा आउन नसकेको पानी उपत्यकाका ला... |
रासस जिल्लाको बडिमालिका नगरपालिका–९ बाउलीकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ।, मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ बाउली बस्ने पेमाग्ल्बो गुरुङकी श्रीमती वर्ष ४५ की दावासाङ्मु गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए। , , मृतक गुरुङ मार्तडीको गैरीबजारमा रहेको बल... |
सेतोपाटी संवाददाता शुक्रबार पूर्वराजपरिवारका सदस्यहरू दरबारमार्गको एक रेष्टुरेन्टको पार्टीमा रमाएका छन्।, नारायणहिटी दरबारनजिकै रहेको त्रिसरा रेष्टुरेन्टमा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल आफ्ना छोरा पूर्व युवराज पारससहित राजपरिवारका अन्य सदस्यहरु त्रिसरा रेस्टुरेन्टमा पुगेका थिए।, पार्टीका क्रममा पूर्वराजा ज्ञान... |
प्रशन्न पोखरेल सिन्धुपाल्चोकको मांखास्थित जुरेमा गएको पहिरोले घरबार गुमाएकाले भूकम्पपीडित सरह राहत पाउने भएका छन्।, पहिरोले घर बगाएको चार वर्षपछि सरकारले पीडितलाई नयाँ घर बनाउन तीन लाखका रूपैयाँ दिन लागेको छ।, ‘जुरे पहिरोपीडितलाई भूकम्पपीडितसरह राहत दिने निर्णय भएको छ,’ सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा... |
दिपकजंग शाही मंसिर २ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शरीर जोडिएको अवस्थामा जन्मिएका जुम्ल्याहा बालिकाको मृत्यु भएको छ।, शनिबार राति उनीहरूको मृत्यु भएको अस्पतालले जनाएको छ।, कालिकोटको रास्कोट नगरपालिका–५ सिउनाकी ललिता बुढाले ती दुई बालिकालाई जन्म दिएकी थिइन्। बालिकाहरूको तौल ३ किलो ६०० ग्राम थियो।, कलेजो र मुटु ज... |
नारायण खड्का तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका सम्पूर्ण घरहरूको अभिलेख राखिने भएको छ। उपमहानगरले पुराना भवनहरूको अभिलेख व्यवस्थापनसम्बन्धी निर्देशिका २०७५ तयार गरी नयाँ–पुराना सबै घरको अभिलेख राख्ने तयारी गरेको हो।, कार्यविधि अनुसार भवन संहिता २०७२ लागू हुनुपूर्व निर्माण भएको तत्कालीन सडक तथा अन्य निर्धारण गरेको माप... |
रासस बागलुङको ढोरपाटन नगरपालिका–९ मा आइतबार बिहान भएको आगालागीका कारण जलेका घरको पुनर्निर्माणका लागि ढोरपाटन नगरपालिकाले सहयोग गर्ने भएको छ।, आगलागीका कारण जलेका ३० घरका ४८ परिवारको लागि नगरपालिकाले नयाँ घर बनाउन रु ४८ लाख सहयोग गर्ने भएको हो। आगलागी भएको खबर पाएसँगै तत्काल पोखराबाट हेली मगाई बुर्तिवाङ हुँदै ढोरपाटन प... |
सेतोपाटी संवाददाता काठमाडौं सकुम्बासी टोल बस्ने बिक्की लिम्बू र शान्तिनगरका अनिल श्रेष्ठको हत्यामा संलग्न दुई जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा मकवानपुर हर्नामाडी घर भई गौशाला बस्ने २९ वर्षीय मनिष बानियाँ र काठमाडौं तारकेश्वर–७ बस्ने महेश परियार छन्। उनीहरूलाई महानगरीय अपराध महाशाखाको टोलीले शनिबार पक्राउ गरेको हो... |
विनोद सापकोटा आइतबार राति आगलागी हुँदा झापा शिवगञ्जमा एकै परिवारका चार जनाको मृत्यु भएको छ।, आगलागीमा परी झापा शिवसताक्षी नगरपालिका–७ का ३४ वर्षीय लक्ष्मण खनाल, श्रीमती २८ वर्षीया राधिका खनाल, ४ वर्षीया छोरी चन्द्रा खनाल र पाँच महिनाका छोरा टिकाराम खनालको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार राति अन्द... |
सेतोपाटी संवाददाता लगानी बोर्डले मुस्ताङ र रसुवामा २७५ मेगावाट सोलार उत्पादनको सर्वेक्षण गर्न अनुमति दिएको छ।, आइतबार साँझ बसेको बोर्ड बैठकले मुस्ताङको लोमान्थाङमा १५० र रसुवाको चिलिमेमा १२५ मेगावाट सोलार राख्नका लागि सर्वेक्षण गर्न डोल्मा फन्ड म्यानेजमेन्टलाई अनुमति दिएको हो।, डोल्माले वर्षदिनभित्र सर्वे र अध्ययनको क... |
रासस एक जना विद्यार्थीले गरेको गुनासोबाट धेरै विद्यार्थीलाई राहत हुने गरी रिटोटलिङ र माइग्रेसनको लागि भर्नुपर्ने फारम सम्बन्धित क्याम्पसमा सहज उपलब्ध हुने भएको छ। , , गत कात्तिक २७ गते विराटनगरका विद्यार्थी गङ्गा पोदारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको जनगुनासो व्यवस्थापन शाखास्थित हेल्लो सरकारमा फो... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुर क्षेत्रमा एक हप्तासम्म विद्युत अवरूद्ध हुने भएको छ।, मर्मत कार्य गर्नको लागि तुलसीपुरको मुख्य बजारमा एक हप्तासम्म ९ घन्टा विद्युत अवरूद्ध गर्न लागिएको विद्युत वितरण केन्द्र तुलसीपुरका प्रमुख दिलिपकुमार चौधरीले जानकारी दिए।, मंसिर १० गतेदेखि बिहान ८ बजेदेखि १६ गते बेलुका ५ बजेसम्म तुलस... |
रासस सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले एसइई २०७५ सालको परीक्षामा सर्वाधिक अङ्क ल्याउने छ जना विद्यार्थीलाई आइतबार पुरस्कार वितरण गरेको छ। , , प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आथित्य र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका तीन वटा विद... |
नारायण खड्का दाङमा एक युवालाई तालमा डुबेको २० घण्टा बित्दा पनि फेला पार्न सकिएको छैन।, घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी १८ वर्षीय लक्ष्मण डिसी आइतबार बेलुका ४ बजेदेखि कृत्रिम जलाशयमा नुहाउने क्रममा डुबेर बेपत्ता छन्।, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी बेलबहादुर पाण्डेका अनुसार डिसी क्रिकेट खेलिसके... |
अनुषा अधिकारी माइक्रो बस। खलासी बालक। केही किताबहरू।, राजधानीका सडकमा दिनहुँ देखिने यस्तो दृश्य माइतीघरको पर्खालमा कुँदिएको छ। साथमा नारा छ– ‘चासो कसलाई ... सवारी साधनमा बालश्रम प्रयोग नगरौं।’, बाल वातावरण केन्द्रले तयार पारेको यो भित्तेकलाले सार्वजनिक सवारीमा बालश्रम रोक्ने सन्देश दिन्छ।, उता पिम्बहाल, पाटनको पर्खालम... |
रासस सूर्यविनायक नगरपालिका–२ बालकोटमा गए राति करिब ९ बजे एक टिपरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।, ना ४ ख ८१८२ नम्बरको टिपरले बा ९९ प ८२८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार २४ वर्षीय मनोज मगरको घट्नास्थलमै मृत्यु भएको महानगरीय प्रहरीबृत्त थिमि संचारशाखाले जानकारी दिएको छ ।, ... |
रासस भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा बुधबार चोरी भएको छ। ,सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब रु १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। प्रहरीले चोरीका सम्बन्धमा अनुशन्धान अघि बढाएको जनाएको छ । ,यसैबीच मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लवका सचिव मदन सुन्दर श... |
एजेन्सी शनिबारको बिहान ।, १० वर्षीय हेनरी हेली उठिसकेका छन् । उनी पाइजामामै छन् तर उनको माइक्रोफोन जडित हेडफोनमा नीलो बत्ती बल्न थालिसकेको छ । उनी ठूलो स्क्रीनमा बच्चाहरुको लोकप्रिय अनलाइन खेल 'फोर्टनाइट' खेल्न थालिसकेका छन् ।, 'लौ ? मैले जित्नै लागेको थिएँ, म त मरें,' उनी गस नाम गरेका साथीलाई भन्छन् । पाँच कक्षाका यी... |
रासस चिसोले कठ्याङ्ग्रिएर आज बिहान दमौलीमा एक भारतीय महिलाको मृत्यु भएको छ। भारतको अकेला मुगुरकम्ब निवासी ६० वर्षीया कुड्की चौहानको मृत्यु भएको हो। , , कात्तिक ३० गतेबाट दमौलीमा सुरू भएको तेस्रो आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवमा सडकमा फुटपाथे व्यवसाय गर्न आएकी कुड्की रातको समयमा खुला आकाशमुनि बस्दै ... |
रासस बुधबार बिहानै सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनको हत्या गरिएको विरोधमा आज सुनसरीको विभिन्न ठाउँमा विरोध प्रदर्शन भएको छ। , , फिदा हुसेनको हत्यारालाई पक्राउको माग गर्दै सुनसरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको स्थानीय नइम अन्सारीले बताए। प्रहरीले शान्ति सुरक्षा दिन नसकेको आरोप लगाउँदै सुनसरीको विभिन्न स्... |
रासस दाङका खोला तथा नदीबाट अवैधरूपमा ढुङ्गाजन्य वस्तु उत्खनन र ओसारपसार गर्ने क्रम नरोकिएपछि जनप्रतिनिधि नै खोलामा पुगेर ट्रयाक्टर नियन्त्रण गर्न थालेका छन्। , , जिल्ला समन्वय समिति दाङका प्रमुख जीतेन्द्रमान नेपाली र उपप्रमुख श्रीधर शर्मा पौडेल खोलामै पुगेर अवैधरूपले ढुङ्गाजन्य वस्तु उत्खनन गरेर ओसारपसारमा संलग्न रहेक... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.