content
stringlengths
20
64.1k
रासस त्रिभूवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलब्ध हुने भएको छ। , विद्यार्थी र अभिभावकको सुविधालाई ध्यानमा राखी सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासँग सम्बन्धित व...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले दुई सय शय्याको अस्पताल बनाउन अध्ययन अगाडि बढाएको छ।, महानगरपालिकाभित्र एउटा अस्पताल चलाउने अवधारणा अनुरूप अस्पताल बनाउन अध्ययन अगाडि बढाइएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए।, ‘असारमै बसेको नगरसभाले अस्पताल बनाउने निर्णय गरेको हो,’ प्रवक्ता कार्कीले सेतोपाटीसँग भने...
रासस मुलुकको सबैभन्दा पुरानो कारागारको रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा कैदीबन्दीका लागि विद्युतीय हाजिरको व्यवस्था गर्न लागिएको छ। , , विसं १९७१ मा स्थापना भएको सो कारागारमा पहिलोपटक प्रविधिको माध्यमबाट हाजिर गर्ने व्यवस्था गर्न लागिएको हो। कूल दुई हजार ८०२ कैदीबन्दी रहेको उक्त कारागार परिसरभित्र केन्द्रीय...
एजेन्सी भारतमा एकजना अमेरिकी नागरिकको हत्या भएको छ। उनलाई कुनै आपराधिक समूहले मारेको होइन। बरू आदिवासीहरूले तिरले हानेर उनको हत्या गरेका हुन्।, २६ वर्षीय अमेरिकी नागरिक जोन एलेन चाउ गत साता भारतको आन्दमान एन्ड निकोबार आइल्याण्डमा पर्ने नर्थ सेन्टिनेल टापुमा गएका थिए। भारत र दक्षिणपूर्वी एसियाको बीचमा पर्ने समुद्रमा रह...
सेतोपाटी संवाददाता देशको पहाडी भू–भागमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।, महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति निकालेर देशका पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना औंल्याएको हो।, आज दिउँसो पहाडी भेगमा सामान्य बदली रही केही स्थानमा हल्का वर्षा...
सेतोपाटी संवाददाता सुनसरी दुहबीका फिदा हुसेनको हत्याको विरोधमा उत्रिएका आफन्त र प्रशासनबीच सहमति जुटेको छ।, हत्या भएको २४ घण्टा बित्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै परिवार,आफन्त, स्थानियवासीले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका थिए।, आफन्तले राखेका गृहमन्त्रीको राजीनामा बाहेकका विषयमा सहमति जुटेको बताइएको छ।, ...
शान्ति तामाङ निष्पट्ट अन्धकारबाट प्रकाशको मसिनो किरण देख्दा पनि मन सन्चो हुन्छ। काठमाडौं महानगरका सडकमा केही दिनयता भइरहेका थोरै सरसफाइले यस्तै अनुभूति दिइरहेको छ।, काठमाडौं महानगरमा बिहानको समय तीनवटा ब्रुमरले सडक सफा गर्न थालेका छन्। साँझ र दिउँसो व्यस्त सडकमा ब्रुमर चलाउन अप्ठ्यारो पर्ने हुँदा बिहानै सफा गर्न थालेक...
सेतोपाटी संवाददाता झापाको धार्मिक तथा पर्यटकीय सताक्षीधाममा यस वर्ष पनि गौकथा महोत्सव आयोजना हुने भएको छ। मंसिर १० गतेदेखि धार्मिक पर्व बालाचतुदर्शीको अवसर पारेर १० दिवसीय शिवमहापुराण तथा संगीतमय गौकथा महोत्सव एवम् धान्यान्ञ्चल महायज्ञ हुने आयोजक गोलोक गोवर्धन गौशालाले जनाएको छ।, गोलोक गोवर्धन गौशाला शिवसताक्षी नगरले ...
सागरराज तिमिल्सिना कास्की प्रहरीले पोखरा ११ तुलसीमार्गबाट ठूलो मात्रामा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।, कास्की प्रहरीले बुधबार दुइटा कारसहित ठूलो परिमाणमा लागूऔषध बरामद गरेको हो।, सडक छेउमा पार्किङ गरी राखेको ग २ च ८३६३ र र ग २ च ४३२७ नम्बरको दुइटा कारबाट लागू औषध, नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।,...
ध्रुब बिष्ट केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवा खोलामा  बिहिबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। २७ जना घाइते छन्।, दुर्घटनामा १३ जना पुरूष र ५ जना महिलाको मृत्यु भएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल सुपरिटेन्डेन्ड डा. जितेन्द्र कँडेलले सेतोपाटीलाई जानकारी दिए।, उग्रतारा मन्दिर...
ध्रुब बिष्ट डडेल्धुराको अमरगढी नगरपालिका–११ स्थित रडुवा खोलमा बिहिबार साँझ स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ  भने २५ जना घाइते भएका छन्।, उग्रतारा मेला हेरेर डडेल्धुराबाट डोटी फर्किने क्रममा बेलुकी ५:४० बजे डोटीस्थित पिसजोन एकेडेमीको स्कुल बस दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी न...
सेतोपाटी संवाददाता डडलेल्धुरामा बिहीबार साँझ बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। डडेल्धुराबाट डोटी जाँर्द गरेको से.१क. २९३ नम्बरको बस सडकबाट दुई सय मिटर तल खसेको हो। , दुर्घटनामा २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। दुर्घटनामा १० जनाको घटनास्थलमै र ६ जनाको उपचारका क्रममा जिल्ला अस्पताल ...
रासस डडेल्धुरामा बस दुर्घटना भएर १८ यात्रुले ज्यान गुमाएकै रात सिरहा र दार्चुलामा पनि बस दुर्घटना भएका छन्। यी दुई ठाउँमा भएका दुर्घटनामा ४ जना यात्रुको ज्यान गएको छ भने ५८ यात्रु घाइते भएका छन्।  , पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित कमला पुल नजिकै गए राति भएको बस दुर्घटनामा परी घाइतेमध्ये...
गिरीश गिरी गुल्मी, मुलुकमै सबभन्दा पहिले व्यावसायिक कफी खेती गरिएको ठाउँ। उत्पादनमा समेत अग्रणी। यहाँका साना किसान भने कफी खेती विस्तारै जटिल हुँदै गएको बताउन थालेका छन्।, अर्ग्यानिक तवरबाट उत्पादन हुने स्वादिलो कफी नै गुल्मीले विदेशी पारखीमाझ कमाएको ‘ब्राण्ड’ नाम हो।, हाल गण्डकी प्रदेशबाट वार्षिक दुई सय मेट्रिक टन कफ...
विनोद सापकोटा २०५४ सालमा स्थानीय निर्वाचन हुँदै थियो। तत्कालीन विद्रोही नेकपा माओवादीसँगको भिडन्तमा गोली लागि नेपाल प्रहरीमा कार्यरत् गोपालकृष्ण गौतम घाइते भए। , स्याङ्जाको वालिङमा माओवादी बुथ कब्जा गर्न जाँदा दोहोरो भिडन्त भएको थियो। शरीरभरि गोलीको छर्रा लागेका गोपाल चार वर्ष ओछ्यान परेर २०५८ सालमा बिते। , तत्कालीन स...
रासस अदालतले तोकेको दण्ड जरिवाना समयमा नबुझाउने व्यक्तिलाई सार्वजनिक सेवामा रोक लगाइने भएको छ।, जिल्ला अदालत नियमावली २०७५ को नियम ८७ बमोजिम अदालतको दण्ड जरिवाना असुल हुन बाँकी व्यक्तिको लगत विवरणसहित सार्वजनिक सेवामा रोक लगाउने व्यवस्था गर्न लागिएको हो। , , कैद वा जरिवाना तथा सरकारी बिगो नतिरेका व्यक्तिको पहिचान हुने...
ध्रुब बिष्ट सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठमध्ये एक मानिएको डडेल्धुराको उग्रतारा मन्दिरमा यस वर्ष मंसिर ६ गते मेला लाग्ने भएको छ।, जिल्ला सदरमुकामबाट लगभग ५ किलोमिटर दुरीमा रहेको अमरगढी नगरपालिका–८ स्थित दशरथचन्द राजमार्गको पश्चिमतर्फ अग्लो डाँडामा उग्रतारा मन्दिरमा यस वर्ष आगामी मंसिर ६ गते मेला लाग्ने उग्रतार...
लेखनाथ खतिवडा पाँचथरको फिदिम नगरपालिका वडा नं. ४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीले राष्ट्रिय परिचयपत्र प्राप्त गरेकी छन्।, सोमबार पाँचथरमा आयोजित समारोहमा गृहमन्त्री रामबहादुर थापाले उनलाई राष्ट्रिय परिचयपत्र वितरण गरेका हुन्।, नेपालमै पहिलो पटक सोमबार पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी भएको हो।, सोमबा...
रासस शिक्षा तथा स्वास्थ्य समितिले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनियरिङ कलेजमा देखिएको समस्या समाधान गर्न समितिका सभापति जयपुरी घर्तीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ। , , सिंहदरबारमा आज समितिले कलेजका दुई पक्षलाई बोलाएर गरेको छलफलमा समस्या समाधानका लागि थप अध्ययन गर्नुपर्ने भएकाले घर्तीको संयोजकत...
रासस संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्व प्रमुख (मेयर) माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर (दुई खर्ब ५ अर्ब बढी रुपैयाँ) दान दिएका छन्। यो विश्वविद्यालयमा अध्ययन गर्ने न्यून र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय सहायता उपलब्ध गराउन आफूले दान गरेको ब्ल...
रासस जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द हुन थालेको छ। , , भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको बेनीदेखि लेतेसम्ममा सवारीसाधन सञ्चालनका लागि समय तालीका लागू गरेक...
सेतोपाटी संवाददाता विवादास्पद पप्पु कन्स्ट्रक्सनलाई नयाँ टेन्डर हाल्न सरकारले रोक लगाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै उक्त कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रियाको टुंगो नलागेसम्म टेन्डर  हाल्न रोक लगाएको हो।, बाँकेको सिक्टा सिँचाइ आयोजन...
रासस नेपाल यातायात मजदूर संघले काठमाडौं उपत्यकाका बस बिसौनीमा शौचालय बनाउन माग गरेको छ।, यातायात मजदूर संघको टोलीले सोमबार काठमाडौं महानगरपालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई भेटेर उपत्यकाका सबै बस बिसौनीमा सफा र व्यवस्थित शौचालयको माग गरेको हो। , , संघका उपाध्यक्ष सुमन घलेको नेतृत्वमा गएको टोलीले शौचालय निर्...
सेतोपाटी संवाददाता काठमाडौंको धापासीमा रहेको घरेलु मदिरा उत्पादन गर्ने स्थानमा प्रहरीले छापा मारेरको छ । संखुवासभा घर भइ धापासीस्थित लाखेडाँडामा टहरा बनाइ घरेलु मदिरा उत्पादन गर्ने गरेपछि प्रहरी त्यहाा पुगेर छापा मारेको हो।, सडकभन्दा ५ सय मिटर माथि सवारी जान नसक्ने स्थानमा मदिरा उत्पादन गर्ने गरेको महाराजगंजका डिएसपी ...
दिपकजंग शाही कार्यकारी परिषद्ले गरेका नियुक्ति खारेजीको माग गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी र प्रध्यापक आन्दोलनमा छन्। आन्दोलनसँगै पाँच वटा संकायका डीन कार्यालय र केन्द्रीय कार्यालयमा लागेको ताला नखुल्दा विश्वविद्यालय नै अस्तव्यस्त बनेको हो।, विश्वविद्यालयका उपकुलपति एवम् कार्यकारी परिषद्का अध्यक्ष डा...
चेतना गुरागाईं दसैं सकिएकै थिएन। तै बारा जिल्ला प्रहरी कार्यालयमा उजुरी लिएर आउनेहरूको भीड थियो।, यस्तै १६–१७ वर्षकी किशोरी खुट्टा खोच्याउँदै तत्कालीन एसपी मीरा चौधरीको कार्यकक्षमा छिरिन्। मीरा अहिले तालिम केन्द्र सरुवा भइसकेकी छन्। त्यस दिन बारामा उनको विदाइ हुँदै थियो।, ती किशोरीका खुट्टामा चप्पल थिएनन्। फाटेका कुर्...
रासस बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि भद्रचार्य उत्सव सुरू भएको छ। उत्सवमा विभिन्न देशका भिक्षु तथा लामा सहभागी भएका छन्। , , विश्व शान्ति र सम्पूर्ण सत्व प्राणीको हितको कामना गर्ने उद्देश्यले भद्रचार्य मोन्लम फाउण्डेशनले पहिलो पटक लुम्बिनीमा आयोजना गरेको सो उत्सव तथा विश्व शान्ति पूजामा नेपाल, भारतलगायतका देशका भिक्ष...
रासस झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु भएको छ वर्ष बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन। , , पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात् साना छोराछोरी हुर्काउन आर्थिक कठिनाइ भएपछि भद्रशीला २०६५ सालतिर वैदेशिक रोजगारीका लागि साउदी अरब गएकी थिइन्। साउदी अरबमै २०६९ पुस ३० गते उनको ...
रासस गोरखामा विश्वमै लोपोन्मुख अवस्थामा रहेका तीन प्रजातिका चरा भेटिएका छन्। गोरखा नगरपालिका–८ आहालेस्थित लुदी दामगाडे सामुदायिक वनमा विश्वकै दुर्लभ मानिएका डङ्गर गिद्ध, लोभीपापी गरुढ र गोमाया महाचिल भेटिएको अनुसन्धानकर्ता कुशल श्रेष्ठले जानकारी दिए। , , उक्त सामुदायिक वनमा भेटिएका ९९ प्रजातिका चरामध्ये तीन प्रजातिका ...
सेतोपाटी संवाददाता रक्सौल-काठमाडौं रेलमार्ग कस्तो बनाउनेबारे भारतीय पक्षले दुई विकल्प अघि सारेको छ।, केही महिनाअघि यो स्थलगत अध्ययन गरेर फर्किएको भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसिएल) ले रक्सौललाई काठमाडौं जोड्न दुई बाटामध्ये एउटा छान्न नेपाली पक्षलाई भनेको छ।, 'उहाहरूले एउटा एलाइन्मेन्ट १४० किमी र अर्को १९०...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालू आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ।, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।, मंगलबार संघीय संसद विकास तथा...
सेतोपाटी संवाददाता सुर्खेत अस्पतालमा कालिकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएका जुम्ल्याहा बालिकालाई जन्म दिइन्।, रास्कोट नगरपालिका–५, की २८ वर्षीया ललिता बुढाले आइतबार दिउँसो जन्म दिएका ती बालिकाको कलेजोको भाग टाँसिएको र मुटु जोडिएको हुनसक्ने बालरोग विशेषज्ञ डा. नवराज केसीले बताएका छन्।, डा. केसीका अनुसार भिड...
सेतोपाटी संवाददाता अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलबाट हटाइएका ७६ जना कर्मचारी धर्ना बसेका छन्।, छापामार शैलीमा आफूहरूलाई हटाएको भन्दै गत आइतबारदेखि ललितपुरको बखुण्डोलस्थित कार्यालयमा धर्ना बसेको कर्मचारी निशान्त शाक्यले बताए।, ‘बिना जानकारी हामीलाई छापामार शैलीमा हटाएका छन्। यो अन्याय, अपमानजक र अमान...
रासस भूगोलका हिसाबले मुलुककै ठूलो डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको औपचारिक घोषणा गरिएको छ। ,उपप्रधानमन्त्री ईश्वर पोखरेलले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ छलगाड दोभानमा मंगलबार आयोजित समारोहमा नेपाली सेनाले खनेको जाजरकोट–दुनै सडक मार्गको उद्घाटन गरेसँगै सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा समेटिएको औ...
सेतोपाटी संवाददाता रोल्पा जिल्लास्थित एक घरमा आगो लाग्दा एक जना बालकको जलेर मृत्यु भएको छ।, जिल्लाको रून्टिगढी गाउँपालिका वडा नं. ४ मसिना निवासी भिमबहादुर पुनको घरमा आगो लाग्दा उनका ३ वर्षीय छोरा विशला पुनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।,  , जिल्ला प्रहरी प्रमुख एवम् डिएसपी दिपक खड्...
सेतोपाटी संवाददाता सुनसरीमा बुधबार बिहान गोली चल्दा एक जनाको मृत्यु भएको छ।, बिहान साढे ६ बजेतिर दुवही नगरपालिका-९ मा अज्ञात समूहले गोली हान्दा एक इँटा भट्टामा सुपरभाइजर फिदा हुसेनको मृत्यु भएको सुनसरीका डिएसपी ज्ञानेन्द्र फुँयालले जानकारी दिए।, गोली लागेर घाइते भएका हुसेनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।, ग...
सेतोपाटी संवाददाता सुनसरीको दुहबीमा अज्ञात समूहको गोली लागि इँटा उद्योगका सुपरभाइजर फिदा हुसेनको हत्यापछि दुहबी तनावग्रस्त बनेको छ।, हुसेनलाई बिहान करिब साढे ६ बजे दुहबी नगरपालिका ९ स्थित छाताबेलीस्थित जय बाबा इटा उघोग अगाडि बाईकमा आएका दुई जनाको समूहले गोली प्रहार गरेका थिए।, हुसेन दुहबी नगरपालिका ९ का वडाध्यक्ष एवम...
नारायण खड्का दाङमा एक जना ११ दिनकी सुत्केरीलाई नवजात शिशुसहित घर निकाला गरिएपछि उनी न्याय माग्दै हिँडेकी छन्।, घो राही उपमहानगरपालिका– १० झारवै रा निवासी २५ वर्षीया सुत्के री दुर्गा वली र उनको नवजात शिशुलाई परिवारले  घरबाट निकालेपछि उनी न्याय माग्दै सडकमा भौंतारिरहेकी छन्।, काखे शिशु च्यापेर न्यायका लागि सञ्चारकर्मीसँ...
सेतोपाटी संवाददाता नेपाल भारत सीमा बजारबाट सामान ल्याउन सहज गराइदिने बाहानामा सेवाग्राहीसँग घूस लिएका धनुषामा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार चन्देश्वर गिरी अथितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।, घूस मागिरहेको भन्ने सूचनाका आधारमा ११ हजार घूस लिइसकेको अवस्थामा ...
रासस वाग्मती अञ्चल आयुर्वेद औषधालय जयवागेश्वरीमा चिकित्सक र औषधिको अभावमा बिरामी उपचार नपाई फर्कने गरेका छन्। , , छ जना चिकित्सकको दरबन्दी रहेको औषधालयमा उपचार गर्न जाँदा काजमा बसेका कर्मचारी मात्र भेटिने गरेको बिरामीको गुनासो छ। काजमा बसेका तल्लो तहको कर्मचारी मात्र कार्यालयमा बस्दा गुणस्तरीय चिकित्सकीय सुविधा पाउनबा...
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी डिस्चार्ज भएका छन्।, दुई दिनअघि छातीमा दुखाइ बढेपछि अस्पताल भर्ना भएका डाक्टर केसी उपचारपश्चात स्वास्थ्यमा सुधार देखिएपछि आज डिस्चार्ज भएका हुन्।,  उनलई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोर्यासिक विभागको सीसीयूमा भर्ना गरिएको थियो।, चिकि...
दिपकजंग शाही गजेन्द्र रानालाई यहाँ सबै ‘गजेन्द्र सर’ भनेर चिन्छन्।, सुर्खेत, गुर्भाकोट–१४ का ३२ वर्षीय गजेन्द्र चाडपर्व बेला गाउँ आउँथे। एकचोटि गाउँ आउँदा स्थानीय जनसंयुक्त प्राथमिक विद्यालयको दयनीय हालत देखेर चिन्तित भए।, पढ्न भनेर स्कुल आएका विद्यार्थी दिनभरि माटोमा खेलेर घर फर्केको देख्दा उनको पेट पोल्यो। चाड मान्न...
चेतना गुरागाईं कपिलवस्तु, चन्द्रौटाको राष्ट्रिय उच्च माविमा हरेक कक्षामा झन्डै सय जना पढ्छन्। एउटै बेन्चमा ६–७ जना कोचाकोच। नअटेकाहरू पछाडि खडा।, शिवराज नगरपालिकाका यी विद्यार्थीले ठूलो भविष्य निम्ति सानो कोठामा खुम्चिनुको कारण स्कुलमा कोठै नभएर होइन। कतिपयमा त्यो समस्या पनि होला। यहाँ भने शिक्षक नभएर हो।, प्रधानाध्या...
गिरीश गिरी अघिल्लो दिन कक्षा १ मा पस्दा शिक्षकले पढाउँदै गरेका दुई बालक देखिए।, ‘यति थोरै विद्यार्थीलाई पढाउँदा कस्तो लाग्छ?’, यो प्रश्न सुनेर शिक्षक हमप्रसाद कुँवरले एकछिनसम्म संकोच माने।, ‘नाइँ, पोहोर त कोठाभरि नअटाउने केटाकेटी थिए,’ उनले भने, ‘यसपालै स्वाट्टै घटेका हुन्।’, कुँवरले सोधिएको प्रश्नको पनि जवाफ दिए।, ‘य...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिताकुमारी,उनका दुई दाजु र एक भाउजुलाई २२ दिन थुनामा राखेपछि उदयपुर जिल्ला अदालतले थुनाबाट मुक्त गर्न आदेश दिएको छ।, दाइभाउजुको बच्चालाई आफ्नो बनाएर नक्कलीजन्मदर्ता गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पुर्जी र पटकपटक थुन...
सेतोपाटी संवाददाता छोरीलाई बलात्कार गरी हत्या गर्नेलाई पक्राउ गर्न माग गर्दै अनिश्चितकालीन धर्ना बसेका निर्मला पन्तका बुवा अस्वभाविक रूपमा बरबराउन थालेका छन्।, निर्मलाका बुवाआमा १४ दिनदेखि न्याय माग्दै कञ्चनपुरको जिल्ला प्रशासन कार्यालयअघि धर्नामा बसिरहेका छन्। निर्मलाका बुवा यज्ञप्रसाद पन्त निरन्तर धर्नामा छन्।, ५ दि...
सेतोपाटी संवाददाता न क्यानभास थियो, न रङ।, पौभाः चित्रकार दीपक कुमार जोशीसँग चित्रकार बन्ने हुटहुटी मात्रै थियो।, यही हुटहुटी र पौभाःको विषयमा जोशीले शुक्रबार आर्ट काउन्सिलमा ‘कलाका कुरा’ को २८ औं श्रृंखलामा चर्चा गरे।, ‘बुबाको काम नलाग्ने पुरानो कमिज काटेँ। घरको पिर्कामा किल्ला ठोकेँ,’ पुराना दिन सम्झँदै उनले भने, ‘अ...
दिपकजंग शाही कर्णाली प्रदेशको कूल जनसंख्याको ५२.४९ प्रतिशत जनसंख्या बालबालिकाको छ । प्रदेशमा रहेको १५ लाख ७० हजार ४१८ जनसंख्यामध्ये ८ लाख २४ हजार ३७३ जना बालबालिका छन्। जसमध्ये ४ लाख १० हजार ७३१ बालक छन् भने ४ लाख १३ हजार ६४२ बालिका रहेका छन्।, प्रदेशमा व्याप्त बालविवाहसँगै छाउपडी बालश्रम तथा बलात्कारजन्य क्रियाकलापबा...
सेतोपाटी संवाददाता भारत सरकारले कास्कीमा विभिन्न तीन वटा शैक्षिक संस्थाको भवन निर्माण गरेको छ।, भारत सरकारले कास्कीको सरस्वती टिका उच्च माध्यमिक विद्याल, लक्ष्मी आदर्श महुमुखी क्याम्पस र गुप्तेश्वर महादेव महुमुखी क्याम्पसको भवन निर्माण गरेको हो।, नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकार...
रासस रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन्। त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन्। ,बुढाले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा स्वयमप्रक...
खिलानाथ ढकाल गोदामचौर सामूहिक बलात्कारको एक वर्ष, उनी कुर्सीमा बसिरहेकी थिइन्। कपाल छरिएको थियो। परबाट हेर्दा अनुहार सामान्य लाग्थ्यो।, नजिकबाट नियाल्दा निशानहरू एकपछि अर्को भेटिन्छन्।, दाहिने कान च्यातिएको छ। नाक अलिकति थेप्चिएको। आँखा राम्ररी उघ्रिँदैनन्। टाउकामा टाँकाका खतैखत।, ‘सरहरू आउनुभो, नानी पानी ल्याइदेऊ त!’...
सेतोपाटी संवाददाता इतिहासकार कमलप्रकाश मल्लको निधन भएको छ। ८३ वर्षीय मल्लको अमेरिकाको एटलान्टामा गत राति ११:४५ मा  निधन भएको उनका भाइ मल्ल के सुन्दरले सेतोपाटीलाई जानकारी दिए।, मल्लका दुई छोराछोरी र श्रीमती अमेरिकामा छन्। उनको मंगलबार अमेरिकामै अन्त्येष्टी गरिनेछ।, मल्लले भाषा विज्ञान, नेपाल भाषासँगै विविध भाषा, नेपाल...
रासस नेपालको जेठो र पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुई वर्षभित्र तयार हुने भएको छ।, नौ तलाको अत्याधुनिक भवनभित्र पछिल्लो समय विकसित भएका अत्याधुनिक उपकरण जडान गरी १५ वटा चिकित्सा विज्ञानका शल्यक्रिया कक्ष (अपरेशन थिएटर) रहने छन्। , , चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) अन्तर्गतक...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका हवल्दार सुदामा हजारा १ लाख घुससहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत हजारालाई सेवाग्राहीसँग १ लाख रूपैयाँ घुस लिइरहेका बेला कात्तिक ३० गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्रेको हो।, हजाराले नेपालमा उत्पादित पानमसलाजन्य सामान विभिन्न ठाउँमा पुर्‍याउन स...
सेतोपाटी संवाददाता काठमाडौं बत्तीसपुतलीको मिराज होटल लर्डस् इनमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ। शनिबार राति छापा मारी प्रहरीले ७ लाख ६१ हजार १९० रुपैयाँ नेरु र एक हजार ८ सय ८० रुपैयाँ भारुसहित उनीहरूलाई पक्राउ गरेको हो।, गौशालाबाट गएको प्रहरी टोलीले होटलको पाँचौं तलाको कोठा नम्बर ५०२ बाट उनीहरूलाई नियन्त्रणम...
रासस पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकीको गौरीघाटको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ। रामपुर नगरपालिकाको वडा नं ६ र चापाकोट नगरपालिकाको वडा नं ७ जोड्ने सो पुल आउँदो फागुनभित्रमा सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ। , , अहिलेसम्म ८० प्रतिशत पुल निर्माणको काम सकिएको छ भने बाँकी २० प्रतिशत काम फागुनभित्र सम्पन्...
दिपकजंग शाही जुम्लामा अज्ञात समूहले सरकारी गाडीमा आगजनी गरेको  छ।, शनिबार राति जिल्लाको चन्दननाथ नगरपालिका अगाडि राखिएको क १ झ १ नम्बरको गाडीमा अज्ञात समूहले आगजनी गरेको हो ।, राति १ बजेर १० मिनेटमा नगर परिसरमा राखिएको गाडीमा आगजनी भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढथापाले बताए। घटनाको बारेमा प्रहर...
सेतोपाटी संवाददाता दाङमा भएको सवारी दुर्घटनामा परी ११ जना घाइते भएका छन्।  घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।, वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक अरुणकुमार सिंहले दिएको जानकारी अनुसार उनीहरूलाई स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि भैरहवा ‘रेफर’ गरिएको छ।, अन्य ८ ज...
रासस हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन यही मङ्सिर ३ गते दूधौली नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। , उक्त नगरपालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र सो समुदायले यस दिनलाई हरिबोधनी अर्थात् बड्की एकादशीका रूपमा विशेष पर्व मनाउने भएकाले सार्वजनिक बिदा दिइएको नगर प्रमुख धनश्याम राउतले जानकारी दिए। , दनुवार समुदायले...
सेतोपाटी संवाददाता वैदेशिक रोजगारी ठगी मुद्दामा फरार एक व्यक्तिलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। , ताप्लेजुङ साबिक थुम्बेदिन गाविस १ का विनोदकुमार कार्कीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौं मन्डिखाटारबाट पक्राउ गरेको हो। , वैदेशिक रोजगार न्यायाधीकरणको २०७१ कात्तिक २३ गतेको फैसलाले कार्कीलाई चार वर्ष कैद ...
रासस पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ सोमबारदेखि हुने भएको छ।, नेपालमै पहिलो पटक सोमबार पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी हुँदैछ। पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको सुरूआत गर्न लागिए...
सेतोपाटी संवाददाता मानव अधिकारकर्मीहरूले  द्वन्द्वपीडित सत्याग्रही गंगामाया अधिकारीका छोरा नूरप्रसाद अधिकारीको रिहाइको माग गरेका छन्।, नूरप्रसादलाई फसाउने नियतले सरकारले ज्यान मार्ने उद्योगजस्तो गम्भीर अपराधको झूटा मुद्दा लगाएको कुराको घोर भर्त्सना गर्दै अधिकारकर्मीहरूले निष्पक्ष न्यायसहित उनको रिहाइको माग गरेका हुन्।...
सेतोपाटी संवाददाता सरकारले सार्वजनिक बिदा कम गर्दै लगेको बेला स्थानीय सरकार भटाभट बिदा दिन अग्रसर भएको छ।, सरकारले सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरि ८९ दिन बिदा कायम गरेको छ। यसअघि वर्षभरिमा १०४ दिन बिदा हुँदै आएको थियो। तर स्थानीय सरकार ठीकविपरीतमा देखिएको हो।, चागुँनारायण नगरपालिकाले हर...
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षानिम्ति भन्दै १८ करोड रूपैयाँको गाडी किन्न रकम माग भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ।, धेरैले यसलाई फजुल खर्च र देश सुहाउँदो नभएको टिप्पणी गरेका छन्।, यही मेसोमा अभिनेत्री रेखा थापाले फेसबुकमा कटाक्ष गर्दै गाडी खरिदको विरोध गरेकी छन्।, फेसबुकमा उनले ...
गिरीश गिरी अर्घाखाँची सदरमुकाम सन्धीखर्कबाट बिहीबार मध्याह्न बुटवल आउँदै थियौं। महेन्द्र राजमार्गको कपिलवस्तुस्थित गोरुसिंगे पुग्न तीन किलोमिटर बाँकी थियो। अचानक सडकमा एउटा वीभत्स दृश्य देखियो।, त्यहाँ साइकल हाँकेर यात्रा गरिरहेका एक यात्री सडकमा लडेका थिए। साइकल नराम्ररी क्षति भएको थियो।, बीच सडकमै उभिएर एक जोगीबाबा ...
भगवती पाण्डे इसाई धर्म विस्तार- २, बुटवल उपमहानगरपालिका–११, देवीनगर बस्दै आएका जीतेन्द्र थापा २०७३ असार ६ गते अफगानिस्तानको राजधानी काबुलमा भएको आतंकवादी हमलामा मारिए।, २०५० सालमा बिहे गरेका जीतेन्द्रका एक श्रीमती गौमती र दुई सन्तान पहिल्यै थिए। जेठी श्रीमतीसँगको असमझदारीपछि उनले काठमाडौंमा सविता लामासँग दोस्रो बिहे ग...
नारायण महर्जन काठमाडौं उपत्यकाको बलम्बुमा महालक्ष्मी अर्थात सिन्दुर जात्रा शुरु भएको छ। यो जात्रा कात्तिक पूर्णिमाको अघिल्लो दिनदेखि शुरू भई मार्ग कृष्णपक्षको प्रतिपदासम्म गरी तीन दिन मनाइन्छ।, यसलाई न्हूँद ११३८ (नयाँ वर्ष) सुरु भएपछिको पहिलो जात्राको रूपमा लिइन्छ । स्थानीय भाषामा बलम्बुको जात्रालाई लाटिमर, सातापछि था...
रासस पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।, दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारका एक वर्षीय छोरा अङ्कित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।, उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा ब...
रासस महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ ।, डकैतीमा सात लाख रुपैयाँ मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताएका छन् ।, प्रहरी नायब उपरीक्षक खड्काका अनुसार सशस्त्र डाँकाले गएराति सोनमा ...
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी अस्पताल भर्ना भएका छन्। छातीमा दुखाइ बढेपछि सोमबार बिहान उनलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोर्यासिक विभागको इमर्जेन्सी भर्ना गरिएको छ।, उनका सहयोगी डाक्टर अभिषेकराज सिंहका अनुसार  डाक्टर केसीलाई बिहान ४ बजे अस्पताल भर्ना गरिएको हो।...
रासस तनहुँको व्यास नगरपालिका–५ साँगे र म्याग्दे गाउँपालिका–७ रानीटारी जोड्ने साँगे खोलामाथिको पुल निर्माण अलपत्र परेको छ। , , ठेकेदार सम्पर्कविहीन भएपछि ४० मिटर लामो पुलको निर्माण कार्य अलपत्र परेको हो । विसं २०७३ देखि सुरू भएको उक्त पुलको निर्माण कार्य छ महिनादेखि ठप्प छ। पुल निर्माणको अन्तिम म्याद गत असारसम्म थियो। ...
सेतोपाटी संवाददाता बुद्धजन्मस्थल लुम्बिनीमा पहिलोपटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ सुरू भएको छ।, अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा शाही थाइ मन्दिर र लुम्बिनी विकास कोषको सहकार्यमा तीनदिने त्रिपिटक पाठ आयोजना गरिएको हो।, अन्तर्राष्ट्रिय जगतमा बुद्ध जन्मस्थल लुम्बिनीको थप प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा सघाउ पुग...
रासस भेरीगंगा नगरपालिका–८ सुर्खेत मैनतडावासीले ३५ वर्षदेखि भोग चलन गर्दै आएको जग्गाको लालपूर्जा पाएका छैनन्। जग्गा भएर पनि लालपूर्जा नपाउने नगरपालिकाको वडा नं ८ का बासिन्दा मात्र होइनन ६, ७, र ९ वडाका बासिन्दाको पनि समस्या उस्तै छ । , , मैनतडावासीले लालपूर्जाका लागि बेलाबेलामा गरेको प्रयास पनि सफल हुनसकेन। यस क्षेत्रक...
सेतोपाटी संवाददाता सरकारले हालै घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्य बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिरमा आजदेखि जात (जात्रा) शुरु भएको छ । ,दशरथचन्द नगरपालिका–८ स्थित उक्त मन्दिरमा बिहीबार र शुक्रबार दुई दिनसम्म जात्रा लाग्नेछ । उक्त भगबतीको दर्शन गरेमा मनोकामना पूरा हुने, दुष्टको मानमर्दन हुने र भक्तजनको क...
सेतोपाटी संवाददाता काठमाडौंको कलंकी चोकदेखि कालीमाटीतर्फ जाने बाटो स्थानीयले अवरूद्ध गरेका छन्।, लामो समयदेखि सडक निर्माणको काममा ढिलासुस्ती हुँदा स्थानीय धूलो, धुँवाको शिकार हुनुपरेको छ।, प्रदुषणले स्वास्थ्यमाथि नकारात्मक असर गरेको भन्दै स्थानीयले सडक अवरूद्ध गरेका हुन्।, ट्राफिक प्रहरी कार्यालय कलंकीका अनुसार अहिले ...
रासस राष्ट्रिय महिला आयोगले नेपालमा पहिलोपटक सुरू गरेको २४ सै घण्टा सञ्चालन हुने निःशुल्क हेल्पलाइन सेवा ‘खबर गरौं ११४५’ को प्रभावकारिता बढ्दै गएको छ। , , हेल्पलाइन सुरू भएदेखि यो एक वर्षको अवधिमा करिब ५० हजार फोन आएको छ। २०७४ मङ्सिर २५ देखि सञ्चालनमा आएको सो हल्पलाइनमार्फत् अहिलेसम्म एक हजार ८४ वटा महिला हिंसासम्बन्ध...
नारायण खड्का ५ नं. प्रदेशमा दसैं र तिहारबीचको अवधिमा ३६७ सवारी दुर्घटना भएका छन् भने दुर्घटना परि ४१ जना मानिसको मृत्यु भएको छ।, असोज २४ गतेदेखि कात्तिक २४ गतेको बीचमा ५ नं. प्रदेश अन्तरगतका १२ जिल्लामा (एक महिनाको अवधिमा) भएका दुर्घटनामा परि ६६२ जना घाइते भएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका महानिरीक्षक आइजिपी सर्वेन्द्र खनालले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लागेर छाड्ने बताएका छन् ।, काठमाडौंको गागलफेदीमा नवनिर्मित प्रहरी बिट भवनको उद्धघाटन कार्यक्रममा बोल्दै आइजिपी खनालले प्रहरीले धेरै तहबाट अनुसन्धान गरिरहेकाले दोषी पत्ता लागेर छाड्ने बताएका हुन्।, ‘अनु...
सेतोपाटी संवाददाता काठमाडौंका कलंकीवासीले कलंकी–सोल्टीमोड सडकखण्ड निर्माणमा ढिलाइ भए सो सडकखण्ड अनिश्चतकालीन बन्द गर्ने चेतावनी दिएका छन्।, सडक पीच, ढल व्यवस्थापनलगायतको काम तत्काल सम्पन्न नभए सो सडकखण्ड अनिश्चतकालसम्म बन्द गर्ने स्थानीयले चेतावनी दिएका हुन्।, सरकारलाई दबाब दिन भन्दै कलंकीवासीले बिहिबार कलंकी–सोल्टीम...
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ९९ घरपरिवारसम्मको एकीकृत बस्ती विकास गर्नका लागि स्थानीय तहलाई जिम्मा दिने निर्णय गरेको छ।, प्राधिकरणको बिहिबार बसेको कार्यकारी समिति बैठकले स्वीकृत गरेको एकीकृत बस्ती विकाससम्बन्धी कार्यविधि, २०७५ यस्तो उल्लेख गरिएको छ। जसमा ९९ सम्मका घरपरिवारको एकीकृत बस्तीमा पूर...
सेतोपाटी संवाददाता र्‍याफ्टिङ गर्ने क्रममा कर्णाली नदीमा खसेर एक जनाको मृत्यु भएको छ।, मुगुबाट कर्णाली नदीमा र्‍याफ्टिङ गर्दै आएका अस्ट्रेलियन नागरिकको कालीकोटको सन्नी त्रिवेणी गाउँपलिकास्थित अम्त डाँडा नजिक डुबेर मृत्यु भएको हो।, र्‍याफ्टिङमा प्रयोग गर्ने बोट पल्टिएर अस्ट्रेलियन नागरिक एनियनको मृत्यु भएको हो।, पाँच ज...
सेतोपाटी संवाददाता दाङको एउटा सामुदायिक वनमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरास्थित सामुदायिक वनमा अन्दाजी २६ देखि ३० वर्षको जस्तो देखिने एक जना पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले शव स...
सेतोपाटी संवाददाता व्यापारिक मार्ग बिस्तार आयोजना बेलहीया बुटवलको निर्माणमा संलग्न एक प्राविधिकको बिहीबार साँझ भएको दुर्घटनामा ज्यान गएको छ।, आयोजनाका ठेकेदार कम्पनी टेलिकम ईण्डीया लिमिटेडका सुपरभाईजर पाल्पाका प्रबिण पाण्डेको रोलरले च्यापिएर ज्यान गएको हो ।, उक्त कम्पनीमा कार्यरत पाण्डे साँझ करिब सवा ६ बजे तिलोत्तमा न...
रासस ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले यात्री ठगेको अभियोगमा शुभ अधिकारी ट्राभल्सलाई छ हजार रूपैयाँ जरिवाना गरेको छ ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार उक्त ट्राभल्सका दुई वटा बसलाई नियन्त्रणमा लिइ जरिवानाका लागि पठाएकामा आज प्रतिबस तीन हजारका दरले जरिवाना गराइएको यातायात व्यवस्था कार्यालयल...
रासस भक्तपुर नगरपालिका बजार अनुगमन समितिले बिहिबार भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसल अनुगमन गर्दा अधिकांश पसल दर्ता बिना अवैध रुपमा सञ्चालित भएको पाइएको छ ।, समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमलविनायक, लान्चाफल्चा (भत्केको पाटी) र च्याम्हासिंहमा रहेको औषधि पसलहरूको अनुग...
सेतोपाटी संवाददाता झण्डै एक महिनादेखि नियन्त्रणमा रहेका एनआरएन मध्यपुर्व संयोजक राजेन्द्र कुमार (आर के) शर्मालाई कतार प्रहरीले छाडेको छ।, २८ दिनसम्म नियन्त्रणमा राखेपछि कतार प्रहरीले उनलाई छाडेको हो । साेधपुछपछि उनलाई छाडेपछि  विहीबार उनी परिवारको सम्पर्कमा आएका छन् ।, कतारका सुरक्षामा आँच पुग्ने काम हुनबाट किन नरोकेक...
रासस जिल्लाको खप्तड छेडेदह गाउँपालिकाबाट सदरमुकाम मार्तडी आउँदै गरेको से १ ज ५४३ नम्बरको जीप साँफे–मार्तडी सडकअन्तर्गत बुढीगङ्गा नगरपालिका–२ बल्देमा बिहीबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।, बाजुरा जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणी नगरपालिका–४ का ४० वर्षीय चालक धनबहादुर साउँदको घटनास्थलमै मृत्यु भएको र मृत...
रासस बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन्। ,पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो।कात्तिक २५ गतेदेखि धर्...
सेतोपाटी संवाददाता कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको  बलात्कारपछि भएको हत्याको अनुसन्धानमा प्रहरीले थप चार जनाको डिएनए परीक्षण गरेको छ।, तिहारअघि नै उनीहरूको डिएनएको नमूना काठमाडौं पठाइएको थियो।, ‘हामीलाई शंका लागेका चार जनाको डिएनए तिहारअघि नै संकलन गरेर पठाएका थियौं,’ कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी कृष्ण ...
रासस नेपालगञ्जको व्यस्त बजार पुष्पलाल चोकमा बम राखेको अभियोगमा बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।, दयालु भन्ने प्रदीप वलीलाई शुक्रबार नै पुष्पलालचोक नजिकबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले पुष्टि गरे ।, पक्राउ परेका व्यक्ति ‘हामी नेपाली हाम्रो नेपाल’ नामको स...
विनोद सापकोटा नेपालमा कुनै औपचारिक कार्यक्रम कति समयको हुन सक्ला? एक घन्टा, दुई घन्टा वा सो भन्दामाथि। , झापामा शुक्रबार नेपाली सेनाले आयोजना गरेको एउटा औपचारिक कार्यक्रम १५ मिनेटमा सकियो। श्री नम्बर २१ बाहिनी अड्डाको १५ औं स्थापना दिवसको कार्यक्रम सुरू भएको १५ मिनेटमै सकिँदा स्थानीय सहभागी मात्र होइन, निमन्त्रणा गरिए...
रासस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’ थपिने भएको छ ।, विमानस्थलको उत्तरपूर्वतर्फ र दक्षिणपश्चिम क्षेत्रमा पाँच/पाँचवटा विमान अट्ने गरी दुईवटा पार्किङ वे निर्माण भइरहेको छ। अबको पाँच महीनामा निर्माण कार्य सकिने विमानस्थलले जनाएको छ। जहाज पार्किङमा समस्या भोग्दै आएको विमानस्थलले विमानस्थल विकास...
एजेन्सी यो वर्षको विवाह पञ्चमीमा भारतीय धनाढ्य मुकेश अम्बानीकी छोरीको विवाह पनि हुँदैछ। तर ईशा अम्बानी र आनन्द पिरामलको यो जोडीको चर्चा विवाहपहिल्यै नै चुलिएको छ। उनीहरूको विवाहका लागि पठाएको निम्तो कार्डको तस्बिर र भिडियो भाइरल बनेको छ।, भारतीय दैनिक हिन्दुस्तान टाइम्सका अनुसार अम्बानीले छोरीको विवाहमा आउन पठाएको निम...
सेतोपाटी संवाददाता जबरजस्ती करणीको आरोपमा नुवाकोटका एक युवालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा नुवाकोट सूर्यगढी गाउँपालिका वडा नम्बर ३ का २८ वर्षीय सोमबहादुर तामाङ छन्।, उनलाई शुक्रबार पक्राउ गरी नुवाकोट जिल्ला अदालतमा म्याद थप गरेर कारबाही थालिएको नुवाकोट प्रहरीका उपरीक्षक वसन्त कुँवरले बताए। ,बुधबार राति १२...
सेतोपाटी संवाददाता बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका अपराधी फेला नपर्दै उदयपुरमा उनकै उमेरकी अर्की बालिकाको बलात्कारपछि हत्या भएको छ।, रतुवामाई गाउँपालिका -३ की १३ वर्षीया ती बालिकाको कात्तिक २६ गते शव फेला परेको थियो।, प्रहरीले उनको शव पोष्टमोर्टमका लागि जिल्ला अस्पताल पठाएको थियो।, पोष्टम...
सागरराज तिमिल्सिना गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच मितेरी साइनो जोड्ने समझदारीमा हस्ताक्षर भएको छ।, दुई प्रदेशबीच शुक्रबार पोखरामा मितेरी सम्बन्ध जोड्ने समझदारीमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुन र हाइनान प्रान्तीय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सु जुनले हस्...
नारायण खड्का दाङमा शनिबार साँझ ५ बजेतिर हापुरेमा बसको ठक्करबाट मृत्यु भएका मानसिंह वलीको शव सोमबार बेलुका साढे ६ बजेतिर बल्ल उठाइएको छ। बबई गाउँपालिका वडा नं. ५ घर भएका २३ वर्षीय वलीको शव शनिबारदेखि सडकमै थियो।, पुरन्धारा झरनाबाट पिकनिक खाएर तुलसीपुरतर्फ आउँदै गरेको राप्ती यातायात सेवा प्रालीको ना२ख ९६३५ नम्बरको बसले ...
नारायण खड्का दाङ प्रहरीले एक जना व्यक्तिलाई सहकारीको रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरेको छ।, राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियास्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ६६ लाख २९ हजार २ सय ४९ रुपैयाँ हिनामिना गरेको भन्ने जाहेरीका आधारमा ऋण समितिका संयोजक सन्तोषकुमार गुप्तालाई कात्तिक २४ गते भालुवाङबाट पक्...
सेतोपाटी संवाददाता दाङमा भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।, पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं‍. १ पाखापानीमा लु २१ प ५३४८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा अन्दाजी ६० वर्षीय एक जना पुरुषको मृत्यु भएको दाङ जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रा...
भगवती पाण्डे ‍बजार क्षेत्रमा ध्वनी प्रदुषण नियन्त्रण गर्न बुटवल नगरलाई शनिबारदेखि हर्न निषेधित क्षेत्र घोषणा गरिँदैछ। बुटवल उपमहानगरपालिकाको पश्चिम तिनाउ पुलदेखि पूर्वमा धागो कारखानासम्म तथा उत्तरमा सिद्धबाबादेखि दक्षिणमा राजमार्ग चौराहसम्मको क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्न लागेको हो।, बुटवल उपमहानगरपालिकाक...