content stringlengths 20 64.1k ⌀ |
|---|
रासस नेपाल प्रहरीले भर्खरै सुरू गरेको ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको प्रह... |
भगवती पाण्डे रुपन्देही जिल्लाकै महत्त्वपूर्ण आयोजनाको रूपमा रहेको बेलबास- बेथरी सडक निर्माण कार्य रोकिएको छ।, निर्माण कम्पनीहरूको बेवास्ताले करिब ३ महिनायता अलपत्र अवस्थामा रहेको उक्त सडक निर्माणको काम गत कात्तिक ५ गतेको सडक विभागको पत्रसँगै झनै अनिश्चित बनेको हो।, बुटवलको बेलबासदेखि मायादेवी गाउँपालिकाको बेथरी चोकसम्... |
सेतोपाटी संवाददाता दाङमा टिप्परले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाईते भएका छन्।, घोराहीबाट–तुलसीपुर तर्फ आउँदै गरेको रा १ क ५८२ नम्बरको टिप्परले एकै दिशातर्फ आउँदै गरेको रा ३ प ८०८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार घोराही उपमहानगरपालिका वडा नं. १६ निवासी ४० बर्ष... |
रासस तोकिएको अवधिमा ठेकेदार कम्पनीले काम पूरा नगरेपछि बुङ्गमतीस्थित रातो मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माणमा ढिलाइ भएको छ। , , विसं २०७२ को भूकम्पले मन्दिर क्षतिग्रस्त बनेको थियो। त्यही वर्ष माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको सुरूआत यहीँबाट गरेका थिए। मन्दिरको पुनर्निर्माण भने ठेकेदार कम्पनीले निर... |
रासस संघीय संरचना र समृद्ध नेपालको परिकल्पना अनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रमको प्रारुप आउँदो शैक्षिकसत्रदेखि नमूना परीक्षणका रूपमा लागू हुने भएको छ। , , समाजवादउन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम नागरिक विकासको दूरदृष्टिसहित पाठ्यघण्टा (क्रेडिट आवर) सहितको नयाँ पाठ्यक्रमको प्रारूप... |
निशा भण्डारी आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक रूपमा छठ पर्व मनाइएको छ।, चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथों दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवधमा पर्व सम्पन्न ... |
रासस हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुगेका छन्। , , हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै नेपागञ्ज जमुनाहसम्म सडक र रेलको सम्भाव्यता अध्ययनका लागि आज एक विशेष टोली हुम्ला पुगेको छ। कर्णाली प्रदेशका ... |
नारायण महर्जन छठ पर्वको मुख्य दिन मंगलबार बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाइएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो। बुधबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ अन्त्य हुन्छ । गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारमा बेहुली झैँ सिँगारेर छठ घाट बनाइएको छ ... |
रासस महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । ,महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार विशेष कार्यक्रम’अन्तर्गत उनीहरुको उद्दार गरिएको हो ।, वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले विभिन्... |
रासस मोरङको बेलवारी नगरपालिका– ४ पूर्वपश्चिम राजमार्गमा गए राति भारतीय लहरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ,पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर४६सी ७८७६ नं को भारतीय लहरीले विपरीत दिशाबाट आउँदै गरेको को२०प ६७०२ नं को मोटरसाइकललाई ठक्कर दिँदा सुनसरी, बराहक्षेत्र नगरपालिका–४ का १९ वर्षीय आर्यन चौधरीको घटना... |
नारायण खड्का दाङमा तीन वर्षीय छोरासहित आमा चार दिनदेखि बेपत्ता छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नं ६ बरुवागाँउ निवासी २१ वर्षीया पवित्रा श्रेष्ठ र उनका ३ वर्षीय छोरा प्रशान्त चार दिनदेखि बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ।, तिहारमा माइती गएका उनीहरू घर फर्कने क्रममा बेपत्ता भएको हुँदा खोजी गरिदिन आग्रह गर्दै परिव... |
रासस के तपाईंले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ?, आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिस अवस्थामा छाड्ने गर्नुभएको छ भने सावधान ! , , बाबुआमालाई हेला गर्ने, दुःख दिने छोराछोरीलाई जेल सजायसमेत हुने गरी सरकारले कानूनी व्यवस्था गर्ने तयारी गरेको छ। महिला, बालबालि... |
नारायण महर्जन आज छठ पर्वको चौथो अर्थात् अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकिएको छ।, चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथों दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ दिएसँगै विधिवध रूपमा यो पर्व सम्पन्न भएको छ... |
चेतना गुरागाईं अलिअलि आँट मान्छेले जन्मजात लिएर आएका हुन्छन्। अलिअलि आँट हुर्काइले दिन्छ। अनि, अलिअलि आँट सिकाइले।, सिन्धुपाल्चोकका यी किशोरीहरू जन्मजात आँटिलै हुन्।, नौ–दस कक्षा पढ्ने उनीहरू आफूले देखेको यौनहिंसा र दुर्व्यवहारबारे फर्रर विस्तार लाउँछन्। महिनावारी हुँदा छोइछाइ गर्नु हुँदैन भनेर खुलेरै बोल्छन्। र, स्कु... |
नारायण खड्का दाङमा एक बालिका अपहरणको प्रयास प्रहरीले विफल तुल्याएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी ८ वर्षीया बालिका अपहरणमा परेको खबर पाएलगत्तै प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दा बालिका छोडेर अपहरणकारी भागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेम शाहीले जानकारी दिए।, मंगलबा... |
रासस कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित राष्ट्रिय माध्यमिक विद्यालयबाट मङ्गलबार दिउँसो हातमा स्वास्थ्य परीक्षणको पर्चा र औषधि लिएर घर फर्कंदै गरेका स्थानीय ५५ वर्षीय रामबहादुर साउद प्रसन्न मुद्रामा देखिन्थे। , , लामो समयदेखि बिरामी रहेका उनले घर आँगनमै निःशुल्क स्वास्थ्य उपचार पाउँदा खुसीको सीमा नै नरहेको बता... |
शान्ति तामाङ काठमाडौंको दम्बचोक र ललितपुरको पिलाछेँमा केही समानता छन्।, दुवैले काठमाडौं उपत्यकाको पुरानो जनजीवन झल्काउँछन्। यी दुवै नेवार संस्कृतिले भरिएका बस्ती हुन्। र, दुवै बस्तीमा भुइँचालोले पुर्याएको क्षति लगभग उस्तै छ।, यी तीन समानताबीच दम्बचोक र पिलाछेँमा एउटा ठूलो असमानता पनि छ।, भुइँचालोको तीन वर्षपछि पिलाछेँ... |
सेतोपाटी संवाददाता लोकसेवा आयोगले मंसिर अन्तिमसाता विभिन्न पदमा विज्ञापन खोल्दैछ।, असोजमा खोल्नुपर्ने विज्ञापन सरकारको आग्रहमा आयोगले दुई महिना पर धकेलेको थियो।, नयाँ कार्यतालिकाअनुसार मंसिर २६ गते विज्ञापन खोल्ने तयारी आयोगको छ। प्रवक्ता सहसचिव किरणराज शर्माका अनुसार मन्त्रालय र निकायहरूमा आवश्यक पर्ने कर्मचारी संख्य... |
रासस जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सदस्य देशबहादुर तामाङमाथि खुकुरी र बियरको बोतल प्रहार भएको छ। आक्रमणमा परी तामाङ गम्भीर घाइते भएका छन्। , , सोमबार मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा तामाङमाथि आक्रमण भएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका उपप्रमुख बालकुमारी सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको ... |
नारायण खड्का एक जना थुनुवा प्रहरीकै बीचबाट भागेपछि सुरक्षार्थ गएका एक जना प्रहरी जवान पक्राउ परेका छन्।, सार्वजनिक अपराध अर्थात् नैतिकताविरूद्धको कसूर गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी १९ वर्षीय विष्णु बुढाथोकी प्रहरीकै बीचबाट भागेपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी जवान... |
रासस सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी काम गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ।, जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेसनद्वारा प्रदान गरिने ‘एशोसिओ डिजिटल गभर्नमेन्ट अवार्ड–२०१८’ प्राप्त गरेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए... |
रासस दाङ देउखुरीको राप्ती नदीमा बनेको पुल जीर्ण बन्दै गएको छ। पुलको अधिकांश ठाउँको कालोपत्रे उप्किएको छ, भने पुल निर्माणका लागि प्रयोग गरिएका फलामका सामग्रीमा खिया लागेको छ। पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको स्थानीय रविलाल आचार्यले बताए।, ‘पुलको बीचमा खाल्डाखुल्डी छन्, फलाममा खिया लागेको छ’, उनले भने, ‘यसले दुर्घ... |
रासस बर्दियाको मधुवन नगरपालिका -२ का ३५ वर्षीय लक्ष्मण थारू र ४० वर्षीया इन्द्राणी थारूलाई कुनै बेला घरपरिवार र समाजले बोझको रूपमा लिन्थ्यो। शारीरिक अपांगता भएका उनीहरू परिवारका लागि बोझमात्र थिएनन् हेलाहोचो र अमानवीय व्यवहार पनि खेप्नु पर्थ्यो। अहिले लक्ष्मण र इन्द्राणीका दिन फेरिएका छन्। यो दम्पत्तिले स्वरोजगार ब... |
सेतोपाटी संवाददाता बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न दबाब दिँदै आइतबारदेखि पीडित परिवारले अनिश्चित्कालीन धर्ना दिन सुरू गरेका छन्।, निर्मलाका बुवा यज्ञराज, आमा दुर्गालगायत परिवारका सदस्यहरूले न्यायका लागि सरकारलाई दबाबा दिन महेन्द्रनगरस्थित जिल्ला प्रशासन कार्यालयको मू... |
रासस आजभन्दा ८७ वर्ष अघि किराँत समुदायका अगुवाहरूलाई भेला गराएर जन्म, विवाह र मृत्यु संस्कारमा मासु र मदिरा चलाउन नहुने सहमतिपत्रमा सहीछाप गराउने कार्य पक्कै पनि सामान्य थिएन।, सामाजिक कुरीति र विकृति हटाउन किराँती वेद मुन्धुमका व्याख्याता एवं समाज सुधारक फाल्गुनन्द लिङ्देनको नेतृत्वमा विसंं १९८८ वैशाख २५ गते पाँचथरको... |
नारायण खड्का बसको ठक्करबाट एक जना युवाको मृत्यु भएपछि आक्रोसित स्थानीयले बबई गाउँपालिका घेराउ गरेका छन्।, सयौंको संख्यामा नारावाजी गर्दै स्थानीयले बबई गाउँपालिका घेराउ गर्न गएपछि त्यहाँ अहिले सम्भावित तोडफोड हुन नपाओस् भनेर ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ।, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सवालमा मिलेमत... |
प्रशन्न पोखरेल कर्णाली प्रदेशको विकट जिल्ला हुम्लामा पहिलो पटक सरकारी गाडी पुगेको छ। काठमाडौंबाट गुडेको हिल्सा-सिमकोट सडक आयोजनाको बा १ झ ५८५० नम्बरको गाडी उत्तरी छिमेकी चीन घुमेर गत साता सदरमुकाम हिल्सा पुगेको हो। , रसुवागढी नाका हुँदै केरुङ छिरेको गाडी केरूङबाट हिल्सासम्म कन्टेनरमा राखिएको थियो। चिनियाँ सडकमा नेपाल... |
सेतोपाटी संवाददाता अर्घाखाँचीमा बालबालिकामाथि आक्रमण गरी ज्यान लिएर आतंकित मच्चाएको नरभक्षी चितुवा पासोमा परेको छ। जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुरा पियाले र ढाक्रेबास खोलाको बीचमा चितुवा पासोमा परेको हो।, पछिल्लो पटक कात्तिक १७ गते चितुवाको आक्रमणबाट ढिकुराको पियालेका ४ वर्षीय बालकको ज्यान गएपछि चितुव... |
नारायण खड्का रुकुम (पश्चिम)मा भएको एउटा जिप दुर्घटनामा परि बुवा-छोरीको मृत्यु भएको छ।, बाफिकोट गाउँपालिका वडा नं. ३ दहखोलामा दसैँको दिनमा भएको जिप दुर्घटनामा परि घाइते भएकी ५ वर्षीया पार्वती विकको पनि उपचारको क्रममा मृत्यु भएको हो।, यसअघि नै आठबीसकोट नगरपालिका वडा नं. १ स्यालाखादी निवासी उनका बुवा २८ वर्षीय टेकमान विक... |
रासस काठमाडौं महानगरपालिकाले पैदलयात्रुको चाप बढी भएको स्थान माइतीघर र चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने भएको छ। , , कामपाले यस वर्षको बजेटमा रु १२ करोड नयाँ आकाशे पुल निर्माण गर्न छुट्याएको छ। यही बजेटबाट अत्यावश्यक ठाउँमा पुल बनाउन लागिएको कामपाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जिनीयर ... |
प्रकाश ढुंगाना नेपाल प्रहरीमा ४ महिनादेखि १५ एसएसपी पद खाली छ। गएको असार महिनादेखि १५ एसएसपी पद खाली भएको हो।, नयाँ प्रहरी नियमावलीमा बढुवाका लागि ४ वर्ष एउटैपदमा हुनुपर्ने प्रावधान ल्याइएपछि ३१ जना एसपी बढुवाको पर्खाइमा रहेका हुन्।, बढुवाका लागि डाक्टर गणेश रेग्मी, श्यामलाल ज्ञवाली, सन्दीप भण्डारी, बसन्त कुबँर, रामदत... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाको अडानका कारण उपत्यकाको फोहोर व्यवस्थापन निजी क्षेत्रलाई दिनेसम्बन्धी काममा अन्यौल सृजना भएको छ।, काठमाडौं महानगरपालिकाको अडानका कारण उपत्यकाका विभिन्न ९ वटा नगरपालिकाको एकीकृत फोहोर व्यवस्थापनको जिम्मा नेप वेस्ट प्रालिलाई दिने सम्बन्धी काममा अन्यौलता पैदा भएको हो।, सरकारले गत ... |
खिलानाथ ढकाल बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका बुबा-आमा न्याय माग्दै आइतबारदेखि अनिश्चितकालका लागि कञ्चनपुर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका छन्।, तीन महिना नाघे पनि सरकारले आफूहरूलाई न्याय दिन नसकेको भन्दै निर्मलाका बाबु-आमा धर्नामा बसेका हुन्। प्रमाण ‘नष्ट गरेको’ अभियोगमा दुई प्र... |
सेतोपाटी संवाददाता मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका कृषि र वनका आठ निजी क्याम्पसले विद्यार्थी पढाउने भएका छन्।, रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आङ्गिकसहित सम्बन्धन दिएका आठ निजी क्याम्पसमा समेत भर्ना लिने गरी कृषि र वन स्नातक तहको भर्ना खुला गरेको हो। , विश्वद्यिालयले आठ निजी क्याम्पसलाई सम्... |
रासस पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारमा ग्यास बुलेटले ठक्कर दिँदा आज दुई पैदलयात्रुको मृत्यु भएको छ। , भारतबाट काठमाडौंतर्फ आउँदै गरेको युपी ७५ एजे ५२०८ नम्बरको एलपी ग्यास बोकेको ट्यांकरले सडक किनारमा हिँडिरहेका बेनीघाट रोराङ –५ निवासी ३५ वर्षीया गीता नेपाली र उनकी छोरी २१ वर्षीया सुनितालाई ... |
सेतोपाटी संवाददाता आज विहान साढे १ बजे काठमाडौंको बुढानिलकण्ठस्थित सविन खाजा घरको बाहिर रहेको बेन्चमा प्रहरीले बेबारिसे झोला भेट्यो। , झोला खोलेर हेर्दा ६१ हजार ६ सय ५ रुपैयाँ रहेको थियो। महानगरीय प्रहरी प्रभाग मण्डिखाटार र महानगरीय प्रहरी विट गल्फुटारबाट खटेको संयुक्त गस्ती टोलीले रातको समयमा झोला देखेपछि खोलेर हेरेक... |
सेतोपाटी संवाददाता सरकारले नेपाल प्रहरीमा एक जना अतिरिक्त महानिरीक्षक (एआइजी) नियुक्त गरेको छ।, आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी अस्पतालकी प्रमुख डाक्टर दुर्गा थापालाई प्राविधिकतर्फको एआइजी नियुक्त गरेको हो। गृह मन्त्रालयले उनलाई असोज २४ गते एआइजीमा बढुवा सिफारिश गरेको थियो।, कुनै बेला नेपाल प्रहरीम... |
नारायण खड्का पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुर्याउने उद्देश्यले नेपाल पत्रकार महासंघ,सल्यानले मंगलबारको बैठक गुफामा बस्ने निर्णय गरेको छ।, छत्रेश्वरी गाउँपालिकाको लेखपोखरास्थित चाँदनी साततले गुफामा मंगलबार महासंघको बैठक बस्ने निर्णय पारित भएको सचिव शंकर केसीले जानकारी दिए।, महासंघका जिल्ला अध्यक्ष प्रतीक इच्... |
नारायण खड्का स्थानीय एक जना युवाको बसको ठक्करबाट मृत्यु भएपछि तीन दिनदेखि हापुरे तनावग्रस्त छ।, शनिबार बेलुका ५ बजेतिर बसको ठक्करबाट बबई गाउँपालिका वडा नं. ५ का २३ वर्षीय मानसिंह वलीको घटनास्थलमै मृत्यु भएको थियो।, पुरन्धारा झरनाबाट पिकनिक खाएर तुलसीपुरतर्फ आउँदै गरेको राप्ती यातायात सेवा प्रालिको ना २ ख ९६३५ नम्बरको ... |
भगवती पाण्डे युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँ भैरहवामा अध्ययनरत विद्यार्थी महादेव शाहको मृत्यु उपचारमा गरिएको हेलचेक्र्याईंबाट भएको छानबिनबाट खुलेको छ।, उक्त कलेजमा बिडिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी महादेव शाहको मृत्युपछि घटेको घटना र त्यसको कारण छानबिन गर्न स्थानीय प्रशासनद्वारा गठित छानबिन समितिले श... |
रासस श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका छन्। कात्तिक शुक्ल चौथीका दिन हिजो ‘नहाय–खाय’ विधिबाट पर्व सुरू गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका हुन्। , , चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र... |
सेतोपाटी संवाददाता राजधानीमा दुई दिनमा दुई महिलाको हत्या भएको छ। शनिबार र आइतबार राति आफ्नै श्रीमानबाट दुई महिलाको हत्या भएको प्रहरीले जनाएको छ।, आइतबार राति बूढानिलकण्ठ वडा नम्बर १० कपन शिवमन्दिर हाइट नजिक ३५ वर्षीया प्रमिला राईलाई श्रीमान् ४० वर्षीय सुवास राईले छुरा प्रहार गरी हत्या गरेका छन्।, खोटाङ घर भई डेरा बस्द... |
सेतोपाटी संवाददाता भूकम्पबाट क्षति पुगेका गुम्बा, विहार र स्तुपाको पुनर्निर्माणमा स्थानीय तहले पनि आधा बजेट खर्च गर्नुपर्ने भएको छ।, पुनर्निर्माणमा लाग्नेमध्ये ५० प्रतिशत रकम सरकारले सम्बन्धित स्थानीय तहमा अनुदानको रूपमा पठाइदिने र बाँकी ५० प्रतिशत रकम स्थानीय तहका साथै गुम्बा, विहार र स्तुपा व्यवस्थापन समितिले जोहो ग... |
सेतोपाटी संवाददाता वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएका राष्ट्रहरूको साझा संस्था ‘कोलम्बो प्रोसेस’ को छैठौं बैठक काठमाडौंमा हुने भएको छ।, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही कात्तिक २९ र ३० गते कोलम्बो प्रोसेसको छैठौं बैठक काठमाडौंमा आयोजना गर्न लागिएको जानकारी ... |
सेतोपाटी संवाददाता नुवाकोट लिखु गाउँपालिका-४ चौघडाका पाँच किशोरी औंसीको दिन भैलो खेल्न भन्दै घरबाट साँझ निस्किएका थिए।, १३ देखि १६ वर्ष उमेर समूहका ती किशोरी भैलो खेलेर फर्केनन्। भाइटिकाको दिन अबेरसम्म घर नफर्केपछि आफन्तले प्रहरीमा खबर गरे।, नुवाकोट प्रहरीले अनुसन्धान गर्दा गाउँठाउँकै चिनेजानेका विकास प्याकुरेलमार्फत ... |
रासस जिल्ला प्रशासन कार्यालय सप्तरीले राति नौ बजेपछि मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको छ ।, जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अनुमति प्राप्त रेष्टुरेण्टसहितको होटलले राति ९ बजेसम्म मात्र मदिरा व्यवसाय गर्न पाउने छ ।, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा मंगलबार बसेका सर्वदलीय, सर... |
शान्ति तामाङ ग्रन्थकुट कि गुम्बज?, रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर कुन शैलीमा पुनर्निर्माण गर्ने भन्ने बहस लामो समयदेखि चल्दै आएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा गठित विज्ञ टोलीले यो मन्दिर प्रतापमल्ल पालाको ग्रन्थकुट शैलीमै बनाउन सोमबार प्रतिवेदन दिएको छ। यसलाई शिखर शैली पनि भनिन्छ।, विज्ञ टोलीको प्रत... |
रासस कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ मा राखिएका छाडा गाईमाथि बाघले आक्रमण गरी मार्न थालेको छ ।, गएराति मात्रै छावासहितको पोथी बाघले आक्रमण गरी नौ वटा गाईलाई मारेको छ । वैजनाथ सामुदायिक वन क्षेत्रमा व्यवस्थित गर्न राखिएका गाई माथि बाघले आक्रमण गरी मारेको वडा अध्यक्ष बहादुरसिंह महराले बताए ।, बाघले दिउँसोसमेत वन क्ष... |
सेतोपाटी संवाददाता लुम्बिनीमा पहिलोपटक बौद्धग्रन्थ त्रिपिटक वाचन समारोह गर्न लागिएको छ । तीन दिनसम्म हुने त्रिपिटक वाचनले लुम्बिनीको आध्यात्मिक विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ।, विगत १५ वर्षदेखि भारतमा मात्र त्रिपिटक वाचन भइरहेको थियो।, बौद्धधर्ममा त्रिपिटक विशेष महत्त्व रहे पनि यसबारे धेरै नेपाली अनभिज्ञ रहे... |
रासस भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस आज बिहान दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । ,जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडीको सोमेश्वर माविका विद्यार्थी जनकपुरबाट फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं ६ पुल्लरमा बस दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएकाको अवस्था खतरामुक्त रहेको छ। उनीहरुको चितवन ... |
नारायण महर्जन यमपञ्चकको तेस्रो दिन आज गाईतिहार ।, हिन्दू धर्मावलम्बीहरूले आज गाईको पूजा गरेर गाई तिहार मनाएका छन्। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो।, गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ।, गाई पूजा गरी साउन शुक्ल पूर्णिमाक... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंमा १० लाख मूल्य बराबरको पटाका नष्ट गरेको छ।, तिहारका लागि भित्र्याइएका करिब १० लाख बराबरको पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई टेकुस्थित महानगरीय प्रहरी परिसरमा बुधबार बिहान नष्ट गरिएको हो।, ठूलो धनजनको क्षति निम्त्याउने कानुनद्वारा बर्जित पटाका काठमाडौंको विभिन्न स्था... |
सेतोपाटी संवाददाता आज र भोलि हामी गाई-बाछा खोजेर पूजा गर्छौं। खुवाउछौं। अरू बेला त सडकमै चौपाया असरल्ल र असुरक्षित हुन्छन्। दुर्घटनामा पर्ने र मर्ने संख्या दिनानुदिन बढ्दै छ।, काठमाडौं उपत्यकामा सडकमा छाडिने चौपाया संख्या १० हजार हाराहारी छ। ललितपुर ट्राफिक प्रमुख सिताराम हाछेथूका अनुसार महिनामा ५–६ वटा चौपाया दुर्घटन... |
शान्ति तामाङ ललितपुर महानगरका भवन तथा मैदानका गरी चार ठाउँका पर्खाल भत्काइने भएको छ। पुराना भवनका अगाडि ठडिएका अग्ला पर्खाल भत्काएर महानगरले त्यहाँ बार मात्र लगाउने तयारी थालेको छ।, यी चार ठाउँ पुल्चोकस्थित इञ्जिनियरिङ अध्ययन संस्थान, जाउलाखेल फुटबल मैदान, लगनखेलस्थित बुद्धि विकास मण्डलको मैदान र संयुक्त राष्ट्रसंघीय ... |
सेतोपाटी संवाददाता यो वर्षको भाइटीकाको साइत कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा उत्तम हुनेछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले शुभ बेलाको साइत दिएको जनाएको छ।, यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि सुरु भएको हो। कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार मनाइयो भने २० गते कुकुर तिहार। कात्तिक २... |
प्रकाश शिलवाल प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौं डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर संग्रहालय बनाउने घोषणा गरेका छन्।, प्रधानमन्त्री ओलीको अग्रसरतामा महाकवि देवकोटाको ११०औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको ... |
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालय झिलीमिली बत्तीले सिंगारिएको छ।, उज्यालोको प्रतीक दीपावलीको पूर्वसन्ध्यामा प्राधिकरणको भवन यसरी झिलीमिली पारिएको यो पहिलो पटक हो।, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै नेपालीले लक्ष्मी पूजाको साँझ दिल खोलेर बत्ती बालून् भन्ने सन... |
सेतोपाटी संवाददाता दाङमा करेन्ट लागेर एक युवाको मत्यु भएको छ। जिल्लाको राप्ती गाउँपालिका वडा नं. ३ मुसरीया निवासी २० वर्षीया सुरेन्द्र चौधरीलेको करेन्ट लागेर मृत्यु भएको हो।, घर नजिकैको घन्टदेव सामुदायिक वनमा बाँसको घाँस काट्ने क्रममा हाईटेन्सन लाईनमा परेपछि करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता रामप्रशाद घर... |
रासस नेपाली हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहारले नेपालभर रमझम गराउँदा तिला गाउँपालिका–९ जुम्लाको खोप्री गाउँवासीमा भने यो पर्वको कुनै रौनक छैन।, यतिखेर त्यहाँका समुदायले वर्षेबाली भण्डार गरिसके पनि अहिले उनीहरू चिसोबाट गाईवस्तुलाई जोगाउन घाँसपात जम्मा गर्ने र हिउँदे समयका लागि दाउरा तथा स्याउला सोत्तर जोहो ग... |
सेतोपाटी नेपाल सम्वत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। यस सम्वतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।, राष्ट्रिय विभूति शङ्खधर साख्वाले बिक्रम सम्वत् ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत् सुरुआत गराएका थिए।, नेपाल सम्वतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वतको मा... |
सेतोपाटी मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा पर्ने ऐतिहासिक तथा पर्यटकीय गाउँ ठिनीदेखि संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण भएको छ।, जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप)को सहयोगमा स्थानीयवासीले ठिनीदेखि नमखुलेक हुँदै नीलगिरि हिमालको फेदीमा पाँच हजार १२० मिटरको उचाइमा रहेको मेसोकोन... |
सेतोपाटी संवाददाता प्रहरीले चितवनका दुई जुवा अखडाबाट २३ जना व्यक्तिलाई बिहीबार बिहान राति पक्राउ गरेको छ। , चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार भरतपुर–१६ बाट १९ जना र वडा नम्बर १५ बाट चार जनालाई पक्राउ गरिएको हो। वडा नम्बर १६ को अखडाबाट १ लाख ४९ हजार ६८५ र १५ बाट ३ लाख ६ हजार ३६५ नगद... |
सागरराज तिमिल्सिना नेपालीहरुको मौलिक सम्वत नेपाल सम्वत ११३९ को अवसरमा नेवा खलः कास्कीले पोखरामा भिन्तुना र्याली निकालेको छ। दिपावली अन्तर्गतको नेवारी समुदायमा प्रचलित म्हः पूजाको दिनबाट नयाँ वर्ष प्रारम्भ हुने हुँदा आज पोखरामा भिन्तुना र्याली निकालिएको हो।, नेवाःखलकाको आयोजनमा भएको र्यालीमा विभिन्न जातजातिका झाँकीस... |
रासस कपिलवस्तु शुद्धोधन गाउँपालिका–३ लवनीस्थित बेचन कलवारको घरमा बुधबार राति लक्ष्मी पूजाका लागि दीपावली गर्दा आगलागी भएको छ।, आगलागीबाट करिब चार लाख १५ हजार मूल्य बराबरका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।, दीपावलीका लागि बालिएको मैनबत्तीबाट सल्केर आगलागी भएको बताइएको छ। प्रहरी, स्थानीय र कपिलवस्तु नगरपालिकाबाट ... |
साफल्य अमात्य म्ह पूजा कसरी मनाउन थालियो भन्नेबारे संस्कृतिविद् साफल्य अमात्यको 'काठमाडौं नगरायण: काठमाडौं नगरको उद्भव, नगरायण र संस्कृतिको इतिहास' किताबमा उल्लेख छ। यसपालि तिहार र नेपाल सम्बतका अवसरमा हामीले किताबको उक्त अंश साभार गरेका छौं:, प्रचलित वंशावलीअनुसार कान्तिपुर निर्माणको श्रेय राजा गुणकामदेवलाई दिइएको छ।... |
रासस पूर्वी चितवनको राप्ती नगरपालिका–१ पिप्ले ज्योतिनगरका एक किसानको माछापोखरीमा अज्ञात समूहले विष हालेर लाखौंको क्षति पुर्याएको छ।, इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारीअनुसार स्थानीय रत्नबहादुर बर्तौलाको माछापोखरीमा बुधबार बिहान अकस्मात् माछा मरेका हुन्। करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको पीडित बर्तौलाले ... |
निशा भण्डारी आज तिहारको पाँचौं तथा अन्तिम दिन। भाइटीका।, आज दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु कामना गर्दै सप्तरंगी वा रातो टीका लगाइदिन्छन्। दिदीबहिनीले टीका लगाएपछि दाजुभाइले पनि लगाइदिने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका ... |
रासस सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्दै आएका बा२झ ३१२५ नं को स्कारपियो जिप गए राति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।, मन्त्री सोडारी जिपमा सवार नरहेको अवस्थामा भएको दुर्घटनामा परी जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने दश वर्ष... |
नारायण खड्का पश्चिम दाङबाट प्रहरीले २ लाख ७६ हजार रुपैयाँसहित प्रहरीले ३९ जना व्यक्तिलाई पक्राउ गरेको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाउँस्थित रमेश चौधरी र दंगिशरण गाउँपालिका वडा नं. २ सरुवा डाँडास्थित वीरबहादुर शाहको घरमा छापा हान्दा ३९ जुवाडेसहित २ लाख ७६ हजार बढी रकम बरामद भएको दाङ जिल्ला प्रहरी प्रवक्ता... |
नारायण खड्का घरमा आगो लाग्दा एक व्यक्तिको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाउँमा बिजुली सर्ट भई आगो लाग्दा ३३ वर्षीय अजय उराउको मृत्यु भएको दाङका निमित्त प्रहरी प्रमुख रामप्रसाद घर्तीले जानकारी दिए।, मृतक उराउ सुनसरी जिल्लाको भोक्ता गाउँपालिका वडा नं. ६ का बासिन्दा रहेको प्रहरी प्रवक्ता एवं डिएसप... |
रासस नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाको नोलाइटमा काम नगरी तास खेलेर बस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरी रिहा गरेको छ। , , नोलाइट जस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास खेलेर बस्ने र नोलाइटको फोनसमेत नउठाउने गरेको गुनासो बढेपछि महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले कर्मचारीलाई तास खेल्दै गर्दा गएराति पक्राउ ग... |
दिपकजंग शाही रारा भ्रमणमा आएका स्याङ्जाको चापाकोट नगरापालिकाका मेयर र भक्तपुरको एक टोलीबीच झगडा हुँदा मेयरसहित चारजना घाइते भएका छन्।, सरकारी खर्चमा आएको मेयरसहितको ३० जनाको टोली र भक्तपुरबाट आएको पर्यटकको अर्को टोलीबीच शनिबार राति कालिकोटको एक होटलमा झगडा भएको हो।, झगडामा घाइते भएका मेयर शिव गिरीको टाउकोमा चोट लागेको... |
रासस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ६० हजार घूस लिएको अभियोगमा वन कार्यालय उदयपुरमा कार्यरत सहायक वन अधिकृत सत्यनारायण साह रौनियारलाई आज पक्राउ गरेको छ। , , आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार सामुदायिक वन उपभोक्ता समितिको काठ लगत सङ्कलन गरी घाटगद्दी मिलाइ दिने बहानामा सेवाग्राहीसँग घूस मागेको आरोपमा त्रिय... |
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिंहदरबारको रेट्रोफिटिङ (प्रवलीकरण) गर्ने तयारी गरेको छ।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख एवम् सहसचिव राजुमान मानन्धरले मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको पुनर्निर्माण नभइ रेट्रोफिटिङ गर्ने तयारी गरिए... |
नारायण महर्जन सोमबारदेखि फूलैफूलको पर्व तिहार सुरू भएको छ। यसपाला दसैं-तिहार अलिक ढिला भएकाले घर–घरमा ढकमक्क फूलेको सयपत्री र मखमलीले तिहारको निम्तो दसैमै दिएका थिए।, तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजु–भाइ पूजा गर्न, सयपत्री–मखमली फूल नै प्रिय मानिन्छन्। काग तिहारमा कागलाई खाना खुवाउन, भोलिपल्ट कुकुर पूजा... |
भानुभक्त शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर आइतबार डेरा खोज्न सहर निस्किए।, तीन वर्षअघि शिवपुरी आएका कुँवरलाई तिहारसम्म जसरी पनि डेराको टुंगो लगाउनु छ। अब उनको परिवार निकुञ्जभित्रको क्वार्टरमा बस्न पाउने छैन। शिवपुरीबाट उनको सरूवा बबरमहलस्थित राष्ट्रिय निकुञ्ज विभागमा भएको छ। जहाँ... |
सेतोपाटी संवाददाता बर्दियाको बढैयातालमा आइतबार राति ‘गोली प्रहार’ गरी एक व्यक्तिबाट ५० हजार लुटपाट भएको छ।, राति २ बजे गोबरियापुरका ३५ वर्षे मोहन खटिकमाथि अज्ञात समूहले ‘गोली प्रहार’ गरी रकम लुटेको हो।, परिवारका सदस्यले खटिकलाई गोली हानेको बताए पनि घटनास्थलमा गोलीको खोका नभेटिएको प्रहरीले जनाएको छ।, आक्रमणबाट घाइते भए... |
सेतोपाटी संवाददाता आजदेखि तिहार पर्व सुरू भएसँगै पहिलो दिन काग तिहार मनाइएको छ।, यसै अवसरमा तिहारको पहिलो काग तिहारको दिन आज काग सम्मेलन गरिएको छ। , , राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलनमा १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा ... |
नारायण खड्का बर्दियामा ‘गोली प्रहार’ गरी मोहन खटिकको हत्या गरिएको आशंकामा प्रहरीले शंकास्पद तीन जनालाई पक्राउ गरेको छ।, उनीहरूमाथि अनुसन्धान जारी रहेको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रदेश प्रहरी प्रवक्ता पुष्पराज शाहीले जानकारी दिए।, बढैयाताल गाउँपालिका वडा नं. ३ गोबरियापुर निवासी ३५ वर्षीय खटिकलाई गोली... |
सेतोपाटी संवाददाता जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहुँका प्रहरी नायव निरीक्षक निरबहादुर अधिकारीको असई ( प्रहरी सहायक निरीक्षक) बाट सई (प्रहरी नायव निरीक्षक) मा बढुवा हुँदा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको खुलेको छ।, उनीविरूद्ध परेको उजुरीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा अधिकारीले बिहार संस्कृत... |
सेतोपाटी संवाददाता पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरका लेखापाल (नायव सुब्बा) गुणराज दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २५ हजार रूपैयाँ घूससहित पक्राउ गरेको छ।, टोलीले उनलाई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.-५ गहना पोखरीस्थित भान्जा क्याफे अगाडिबाट सोमबार पक्राउ गरेको हो।, नासु दाहाल... |
सेतोपाटी संवाददाता आइतबार निधन भएका पूर्वमन्त्री एवम् वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि लाजिम्पाटस्थित निवासमा राखिएको छ।, मस्तिष्कघात भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराउने क्रममा आइतबार दिउँसो निधन भएका उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका ला... |
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले संगठनमा नराम्रो काम गर्ने छुट नभएको बताएका छन् ।, जिल्ला प्रहरी कार्यालय मुस्ताङको नवनिर्मित भवनको सोमबार विहान उद्घाटन गर्दे खनालले प्रहरी राम्रो मात्र काम गर्नका लागि भएको बताए।, आचरण विपरितका कार्यमा प्रहरी संगठन शुन्य सहनशीलताको नीति अवलम्बन गरेकोले ... |
सेतोपाटी संवाददाता डोल्पामा सोमबार जीप नदीमा खस्दा १० यात्रुको मृत्यु भएको छ।, सदरमुकाम दुनैबाट सुपानी जान लागेको भे १ च १६१० नम्बरको बोलेरो जीप दिउँसो ठूलीभेरी नदीमा खसेको हो। दुनैबाट गुडेको गाडी ठूलीभेरी-३ कालागौडामा सडकबाट चिप्लिएर जीप नदीमा खसेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए।, उनका अ... |
सेतोपाटी संवाददाता प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले चाडपर्वमा अवाञ्छित गतिविधि गर्ने छुट कसैलाई नहुने बताएका छन्।, उनले तिहार छठ नेपाल सम्वत् जस्ता चाडपर्वको मौकामा संगठित अपराध गर्नेहरू सल्बलाउने भन्दै त्यस्ता अपराधिक मनोवृत्तिका व्यक्तिहरूलाई कानुनी कठघरामा ल्याएरै छाड्ने ठोकुवा ... |
सेतोपाटी संवाददाता सोमबार दिउँसो महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री ललितपुर प्रहरी परिसरको निरीक्षणका लागि जावलाखेल निस्किए। उनलाई ललितपुर प्रहरी प्रमुख एसएसपी रबिन्द्र धानुकले स्वागत गरे।, डिआइजी क्षेत्रीले परिसरको काम कारवाही, कार्यालय व्यवस्थापन, कर्मचारी व्यवस्थ... |
सेतोपाटी संवाददाता कात्तिक पहिलो साता प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा भारतीय बजार जयनगरबाट रेल आयो।, उक्त रेलले लिकमा बिछ्याउने गिटी (ब्यालस्ट) बोकेको थियो। त्यसको दुई सातापछि आइतबार प्रदेश १ को अस्थायी राजधानी विराटनगरको सीमामा पनि भारतबाट रेल आयो।, भारतको बथनाहदेखि विराटनगरको बुधनगरसम्म पहिलो पटक रेल इन्जिन रोल... |
अनुषा अधिकारी आज कुकुर तिहार। मान्छेको असल जनावर साथी पुज्ने दिन।, तपाईंले पनि आफ्नो घर-टोलका कुकुरलाई टीका र फूलमाला लगाइदिनुभयो होला। मासुभात वा उसलाई मनपर्ने खानेकुरा खुवाएर पूजा गर्नुभयो होला! , तर के कुकुर र मान्छेबीच सधैं यस्तै निकट सम्बन्ध थियो? यिनीहरू कहिलेदेखि घरमा पालिन थालिए?, कुकुरलाई संसारभरि मान्छेको नि... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त वन अधिकृत विनोदकुमार सिंहविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सरकारी सेवामा रहँदा गैरकानुनी रूपमा १ करोड ९१ लाख रूपैयाँ सम्पत्ति आर्जन गरेकोले उनीविरूद्ध सोमबार विशेषमा मुद्दा चलाएको भन्दै अख्तियारले विज्ञप्ति जारी गरेको छ।, अख्तियारका... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त थानकोटले यातायात व्यवस्था कार्यालयको मोटरसाइकल शाखा गुर्जुधाराबाट ९ जना विचौलियालाई नियन्त्रणमा लिएको छ।, शाखामा आउने सेवाग्राहीहरूलाई ‘काम छिटो गरिदिने’ प्रलोभन देखाई सेवाग्राहीबाट रकम असुली गरेको जनगुनासो आएपछि सिभिलमा प्रहरी टोली परिचालन गरी उनीहरूलाई नियन्त्रणमा लिइएको महा... |
सेतोपाटी संवाददाता हिन्दूहरूको दोस्रो महान् चाडको रूपमा लिइने तिहार सबैको घरदैलोमा आइसकेको छ।, प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग तिहार मनाएसँगै तिहार सुरू भएको हो।, यसै अवसरमा राजधानीका असन, मखन, हनुमानढोका, मरु ... |
रासस नेपाल संवत् आन्दोलनका प्रणेता एवं आदिवासी जनजाति आन्दोलन र मानव अधिकार आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको असामयिक निधनका कारण नेपाल संवत् ११३९ नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिने सम्पूर्ण कार्यक्रमहरू स्थगन गरिएको छ।, दिवङ्गत तुलाधरप्रति सम्मान अर्पण गर्न कार्यक्रमहरू स्थगन गरिएको हो । , , आज नेसं ११३८ कौलागा १४ (... |
नारायण खड्का तुलसीपुर उपमहानगरपालिकाले देउसी-भैलोका नाममा हुने विकृति रोक्ने निर्णय गरेको छ।, मेयर घनश्याम पाण्डेको अध्यक्षतामा सोमबार बसेको बैठकले उपमहानगरपालिकाको ४६औं बैठकले ठूलो आवाजमा गीत बजाउन, घरधनीसँग बलजफ्ती पैसा माग्न, पुरै बाटो ओगटेर देउसी-भैलो खेल्न र साँस्कृतिक पक्षको अवमूल्यन गर्ने खालका नृत्य र गीत प्रस... |
रासस प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्रको व्यावसायिक मर्यादामा आँच पु¥याउने गतिविधि सह्य नहुने बताएका छन्।, सोमबार जोमसोममा जिल्ला प्रहरी कार्यालय भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले इमान्दारिताका साथ कार्यसम्पादन गर्न निर्देशन दिए।, ‘इमान्दार, निष्ठावान र व्यावसायिक प्रतिष्ठालाई ध्यान दिई जनता... |
सेतोपाटी संवाददाता कुकुर तिहारको अवसरमा प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा सघाएको भन्दै वर्षको उत्कृष्ट कुकुरको उपाधि ‘कुशल’ नामको कुकुरलाई दिएको छ।, गण्डकी प्रदेश प्रहरी कार्यालयमा रहेको ‘कुशल’ नामक कुकुरले प्रहरी अनुसन्धानमा महत्वपूर्ण योदान पुर्याएपछि उसलाई नै वर्षको उत्कृष्ट कुकुरको उपाधि दिइएको डग स्कुल महाराजग... |
सेतोपाटी संवाददाता जबरजस्ती करणी मुद्दामा १२ वर्षीया बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदन गलत दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई डाक्टरविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। , जनकपुर अञ्चल अस्पतालका डा. विजयकुमार सिंह र रम्भा गोइतविरूद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा अभियो पत्र दायर गरेको हो। ... |
दिपकजंग शाही शान्तबहादुर सिंह प्रहरी जवान हुन्। उनी दैलेखको चुप्रा चेकपोस्टमा ड्युटी गर्छन्। त्यहाँ उनको काम गाडीलाई सिट क्षमताभन्दा बढी यात्रु नराख्नू भनेर सजग गराउनु र ‘इन्ट्री’ गरेर गन्तव्यतिर पठाउनु हो।, तिनै प्रहरी जवान दसैं मानेर घरबाट फर्किंदा बसको ढोकामा झुन्डिएर आउनुपर्यो।, जाजरकोटबाट दैलेखको चुप्रासम्म आउन उ... |
निशा भण्डारी कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय दिन पुगेको अवसरमा शुक्रबार राजधानीमा प्रदर्शन गरिएको छ।, निर्मम तरिकाले बलात्कार पछि हत्या गर्ने हत्याराहरुलाई दुई तिहाईको सरकारको नालायकीपनाका कारण पक्राउ गर्न नसकेको भन्दै प्रदर्शनमा उत्रिएकाहरूले हातमा प्लेकार्डसहित चाडो भन्दा चाडो दोषि ... |
सेतोपाटी संवाददाता चार वर्षपछि हुने विश्वकप फुटबलको सुरक्षाका लागि कतार प्रहरीले नेपाल प्रहरीको साथ मागेको छ।, कतार भ्रमणका क्रममा कतार सरकारका पब्लिक सेक्युरिटी निर्देशक साद विन जससिम खुलाइफिले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग विश्वकप फुटवलमा सुरक्षाका लागि नेपाल प्रहरीको साथ माग गरेका हुन्।, ‘विश... |
शान्ति तामाङ ग्वार्कोबाट मंगलबजारतर्फ उक्लिनेबित्तिकै दाहिने मोडिएर थोरै अगाडि बढेपछि परम्परागत नेवारी बस्ती पुगिन्छ। ज्यापू समुदायको पुरानो बाक्लो बस्ती रहेको यो पिलाछेँ टोल हो।, २०७२ को भुइँचालोले यहाँका धेरै घरमा क्षति पुगेको थियो। एक सय १० घरमध्ये ८२ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। झन्डै १० महिना पूरै बस्ती ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.