content
stringlengths
20
64.1k
नारायण महर्जन कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १०० औं दिनको अवसर पारेर शुक्रबार पाटनको कृष्ण मन्दिर परिसरमा दिप प्रज्वलन गरिएको छ।, अधिकारकर्मी र सर्वसाधारणले शुक्रबार साँझ कृष्ण मन्दिरमा मैनवत्ती बालेर १०० दिनसम्म किन दोषि पत्ता लगाउन नसकेको भनी सरकारलाई प्रश्नसमेत गरेका छन्।, कार्यक...
खिलानाथ ढकाल उन्नता शर्मा (नाम परिवर्तन)को बाल्यावस्था ठिकै चल्दै थियो। बा, थिए, आमा थिइन्। कपनमा घर थियो। उनको लालनपोषण र शिक्षा राम्रै चलेको थियो।, १३ वर्षअघि बाबुले दोस्रो बिहे गरे। आमाले घर छोडिन्। आमासँगै उनी र बहिनी पनि डेरामा बस्न थाले।, बाबुबाट कुनै पनि सहयोग प्राप्त हुन छाड्यो। आमाले छापाखानामा काम गरेर छोरी ...
विजय नेपाल सिन्धुपाल्चोक जिल्ला अदालतमा चालु आर्थिक वर्षको तीन महिनामा ५२ वटा सम्वन्ध विच्छेदका उजुरी दर्ता भएको छ।, त्यसमध्ये पनि नयाँ मुलुकी ऐनले पुरूषलाई पनि सम्वन्ध विच्छेदको लागि अदालत जान पाउने अधिकार दिएपछि ११ मुद्दा दर्ता भएका छन्। ती मध्ये २४ फछ्र्यौटसमेत भइसकेका छन्।, श्रीमान् अथवा श्रीमती वैदेशिक रोजगारीमा ...
रासस तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्ण रेग्मीलाई शुक्रबार राति १० बजे अज्ञात समूहले कुटपिट गरेको छ। ,कुटपिटबाट घाइते उनलाई शुक्रबार राति नै शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि पोखरा पठाइएको बेलचौतारा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रवणकुमार व...
एजेन्सी शारीरिक रूपले निस्क्रिय मान्छेको शरीर रोगको घरमा परिणत हुनसक्छ। संसारभर ६ प्रतिशत हृदयरोग र अमेरिकामा हुने ११ प्रतिशत अकाल मृत्युको कारण शारीरिक निस्क्रियता नै भएको अनुसन्धानले देखाएको छ।, अनुसन्धानअनुसार शारीरिक परिश्रमले मान्छेको आयु बढाउन र हृदय रोगबाट बचाउन मद्दत त गर्छ, तर यति मात्र पर्याप्त छैन।, दैनिक घ...
रासस गौरीगञ्ज गाउँपालिका–६ झापाका ५० वर्षीय चैतु ताजपुरिया एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।,सोही गाउँपालिकाकी १७ वर्षीया आफ्नै नाताकी युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा उनी शुक्रबार पक्राउ परेको प्रहरीले जनाएको छ।,पीडित युवतीका बुबाले प्रहरीलाई दिएको उजुरीका आधारमा ताजपुरियालाई पक्राउ गरिएक...
सेतोपाटी संवाददाता स्तन क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले पोखरामा शनिबार पैदल यात्रा भएको छ।, नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेशनको आयोजनामा लेकसाइडको बाराही चोकबाट २ किमी पैदल यात्रापश्चात क्यान्सरबारे जनाकारी दिइएको हो। कार्यक्रममा विभिन्न पेसा व्यवसायमा संलग्नको सहभागिता रहेको थियो। , ‘स्तन क्यान्सरबाट बचौं र बचा...
रासस तेह्रथुम अस्पताललाई आवश्यक पूर्वाधार र अत्याधुनिक उपकरणसहित सुविधायुक्त ५० शय्याको अस्पतालमा स्तरोन्नति गरिने भएको छ। , नवनिर्मित स्वास्थ्य कार्यालय भवन उद्घाटनका क्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उक्त अस्पताललाई स्तरोन्नति गरिने र यसका लागि चालु आर्थिक वर्षमै प्रदेश सरकारबाट रु एक करोड ३० ...
रासस बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटक/पटक बलात्कार गरेको खुल्न आएको छ।, गुरुवा ‘धामीझाँक्री’ रहेका सुब्बाले गत माघदेखि उपचारको नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताइन्।, पीडित महिलाका अनुसार सुब्बा थारुले राति फोन गरे...
सेतोपाटी संवाददाता मकवानपुर मयुरधापका ५० वर्षीय बद्रीप्रसाद अधिकारी ३ दिनदेखि वेपत्ता भएका छन् ।, हेटौंडा उपमहानगरपालिका १४ मयुरधापका उनी ३ दिन अघि जग्गा बैना गर्न भनि काठमाडौं आएका थिए। काठमाडौंबाट फर्कने क्रममा उनी वेपत्ता भएको उनका आफन्त राजमणी अधिकारीले बताए।, 'जग्गा बैना गर्न पनि उहाँ काठमाडौं जानु भएको थियो,' अध...
सेतोपाटी संवाददाता पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका ३ स्थित केर्खामा शनिबार दिउँसो भएको सडक दुर्घटनामा १ जना भारतीय गोर्खा सैनिकको मृत्यु भएको छ भने अर्का एक जना सख्त घाइते भएका छन्।, पूर्ववाट पश्चिम जाँदै गरेको मे ६ प ८९७४ नम्बरको मोटरसाइकलमा सवार भारतीय सेनामा कार्यरत पाँचथर कुम्मयाक ५ माङ्गजावुङ्...
सेतोपाटी संवाददाता निर्मलाका लागि न्याय अभियानले राजधानीको व्यस्त स्थान नयाँ बानेश्वरमा युवाहरूको डिएनए परीक्षणका लागि भन्दै रगत संकलन गरेर सांकेतिक विरोध गरेको छ।, पन्तको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न सरकार असक्षम भएको भन्दै चौतर्फी विरोध भइरहेका बेला निर्मलाको न्यायको पक्षमा उभिएका स्वतन्त्र नागरिकहरू डिएनए पर...
महेश नेपाली जुम्ला बिहानैदेखि अँध्यारो छ। जुम्लीहरुले निकै चिसो महसुस गरिरहेका छन्। वरिपरिका डाँडापाखामा हल्का हिउ परेको छ। यतिबेला जुम्लाको तापक्रम निकै घटेर शून्य डिग्रीसम्म पुगेको छ।, चिसो निकै बढेकाले बजार सुनसान छ। मानिसहरुको आवतजावत निकै पातलो भएको छ । गाउँघरमा पनि मानिसहरु काममा निस्कन सकेका छैनन्।, अघिल्ला वर्...
रासस राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना अन्तर्गत मैलुङ–स्याफ्रुबेसी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) फेरि तयार गर्नुपर्ने भएको छ।, नेपाली सेनाले ट्रयाक खोल्ने काम गत चैत ३० मा पूरा गरी जेठ ६ गते हस्तान्तरण गरेपछि तयार गरेको डिपिआर प्रतिव...
रासस हनुमानढोका दरबार क्षेत्रमा रहेको साँस्कृतिक सम्पदाको पुनर्निर्माण तीव्र रूपमा भइरहेको छ। यहाँ झण्डै तीन दर्जन सम्पदा छन्, जसमा भूकम्पका कारण १० सम्पदा पूर्णरूपमा क्षति भएका थिए भने अन्यमा सामान्य क्षति पुगेको थियो । , , भूकम्पका कारण क्षति पुगेका सम्पदामध्ये हालसम्म गद्दी बैठकको पुनर्निर्माण सम्पन्न भइसकेको छ। उक...
सेतोपाटी संवाददाता अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ।, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ ढिकुराका मदन भनिने माधव घिमिरेका चार वर्षीय छोरा आरएन घिमिरेको चितुवाको आक्रमणबाट मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार शनिबार साँझ ५ बजेतिर आफ्नै घरमा आमाको काखमा रहेका आरएनलाई चितुवा...
सेतोपाटी संवाददाता निर्मलाका लागि न्याय अभियानले शनिबार युवाहरूको डिएनए परीक्षणका लागि भन्दै रगत संकलन गरेको नमूना जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बुझाएको छ।, पन्तको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न सरकार असक्षम भएको भन्दै चौतर्फी विरोध भइरहेका बेला निर्मलाको न्यायको पक्षमा उभिएका स्वतन्त्र नागरिकहरू डिएनए परीक...
सेतोपाटी संवाददाता धर्म परिवर्तनका लागि प्रचार गर्दै हिँडेका चार जनालाई वडाप्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जापानिज् र दुई जना नेपाली महिला छन् ।, बुटवल उपमहानगरपालिका वडा नं. १४ पदमपुरमा धर्म परिवर्तनका लागि स्थानीयको घर घरमा पुगेका उनीहरुलाई स्थानीयले नियन्त्रण गरी प्रहरीलाई खबर गरेका थिए।,...
सेतोपाटी संवाददाता गुण्डा नाइके समिरमान बस्नेतकी श्रीमती माया शेरचनलाई महानगरीय आइतबार अपराध महाशाखाले पक्राउ गरेको छ।, निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन र युवा संघका रूपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा पेस्तोल दिएको अभियोगमा उनलाई पक्राउ गरिएको हो।, उनलाई आइतबार काठमाडौंको स्वयम्भू, ठूलो ...
सत्यमोहन जोशी (प्रस्तुतिः गिरीश गिरी) २०१० जेठ १९ गते।, गौचरन एयरपोर्टबाट दिउँसो ३ बजे उडेको इन्डियन नेसनल एयरवेजले बेलुकी पटना पुर्यायो। त्यसको ११ वर्षपछि मात्र हो, त्रिभुवन विमानस्थल बनेको।, उतिबेला गौचरन एयरपोर्टबाट उड्ने भनेकै पटना मात्र थियो। पटनाबाट अर्को जहाज चढेर मुजफ्फरपुर। त्यसपछि फेरि अर्को जहाज चढेर कोलकात...
रासस तल्कोट गाउँपालिकामा भीरबाट लडेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ । स्याउला ल्याउन जङ्गल जाने क्रममा भीरबाट लडेर तल्कोट गाउँपालिका–७ धामीगाउँका ३३ वर्षीया जानकी धामीको मृत्यु भएको हो । घाइते धामीको जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।, यस्तै घाँस काट्ने क्रममा भीरबाट...
रासस काठमाडौँ उपत्यकाभित्र बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न पाइने भएको छ।, काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका सुरक्षा निकायका प्रमुख एवं पदाधिकारीको बैठकले चालक अनुमतिपत्र, ब्लूबुक प्रतिलिपी, हालसालै खिचिएको फोटोसहित ...
सेतोपाटी संवाददाता तिहारको अबसरमा आपसी सद्भाव बाँड्न सूर्यविनायक नगरपालिकाको दधिकोट चौरमा मंगलबार ज्येष्ठ नागरिक सम्मानका साथमा सांस्कृतिक कार्यक्रम हुने भएको छ।, आपसी एकता र सद्भावको डोरीलाई बलियो बनाई राख्न दधिकोट स्वर्णिम समाजले कार्यक्रम गर्न लागेको हो। कार्यक्रममा सूर्यविनायक नगरपालिकाका १, ४ र ७ नंम्बर वडाका २५०...
रासस सरकारी ढिलासुस्ती, समन्वय अभाव, सीमित कर्मचारीका कारण दोस्रो वा तेस्रो किस्ताका लागि निवेदन दिएको दुई/तीन महिनासम्म लाभग्राहीले रकम पाएका छैनन्। , , पहिलो किस्ताबापतको रकम लिएर निर्माण थालेका लाभग्राहीले डिपिसी तह पूरा गरेपछि दोस्रो किस्ताबापतको रु एक लाख ५० हजार पाउने प्रावधान छ।, त्यसका लागि लाभग्राहीले वडा कार...
भगवती पाण्डे ब्लक र इँट्टाको गारोमा टिनले छाएका घरहरूको झुरुप्प बस्ती।, खोलाको बगरमा रहेकोले होला बाटोदेखि सबैका घरको ढोकासम्म नै ढुंगा, गिट्टी र बालुवा थुप्रिएका छन्।, घरमा रहेका महिला पुरुषसँगै बालबालिका सबैको जिउने आधार तिनै ढुंगा बन्ने गर्छन्। शरीरमा अलि बल हुनेले टाढासम्म पुगेर ढुंगा खोजेर ल्याउँछन्। महिला र बालब...
सेतोपाटी संवाददाता पूर्वी चितवनको रत्ननगरमा २४ वटा चोरीको मोटरसाईकल एक साथ सार्वजनिक गरिएको छ। चोरीका कारण मोटरसाईकल हराउने क्रम बढेपछि यस क्षेत्रमा प्रहरीले बढाएको सक्रियताले पछिल्लो ३ महिनामो २४ वटा चोरीका मोटरसाईकल नियन्त्रणमा लिएको हो।, ईलाका प्रहरी कार्यालय रत्ननगर टाडीँमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यालय...
नारायण खड्का दाङको तुलसीपुर बजार क्षेत्रमा एकै दिन चार वटा घरमा चोरी भएको छ।, मंगलबार राति तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरा निवासी केशर वली र पिंकी गुप्ताको घरमा चोरी भएको हो।, वलीको घरबाट ३५ हजार नगद र २४ आना सुनको गरगहाना, गुप्ताको घरबाट ४० हजार नगद, ११ आना सुन र केही चाँदीका गरगहना चोरी भएको ईलाका प्रहरी कार...
सेतोपाटी संवाददाता विशेष अदालतले चिकित्सा शास्त्र अध्ययन संस्थान डिन कार्यालयकी कर्मचारी उर्मिला लामालाई भ्रष्टाचार गरेको ठहर गर्दै जेल र जरिवाना सुनाएको छ।, विदेशी विद्यार्थी भर्ना गर्दा आएको रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतले उनलाई २ वर्ष ६ महिना जेल सजाय र २९ लाख ४६ हजार ५ सय ४३ रूपैयाँ जरिवाना स...
सबिना श्रेष्ठ स्वयम्भू। संस्कृतमा यसको अर्थ हो आफैं उत्पत्ति भएको भूमि।, विश्व सम्पदा सूचिकृत स्वयम्भू वरिपरि हामी विभिन्न मन्दिर देख्छौं। उत्तरतर्फको ओरालो लाग्ने हो भने बाटैमा एकतले छानो लगाएको मन्दिर छ। त्योमन्दिरको नाम ‘शान्तिपुर’ हो।, यो मन्दिर एउटा गोप्य मन्दिर हो। यहाँ जोकोहीलाई प्रवेश अनुमति छैन। तान्त्रिक दिक...
सेतोपाटी संवाददाता बुटवलका विभिन्न स्थानबाट ८ जना जुवाडे पक्राउ परेका छन्।, ईलाका प्रहरी कार्यालय बुटवलले बुटवल उपमहानगरपालिका वडा नं,., ११ कालिकानगर र वडा नं। ४ ट्राफिकचोकबाट जुवा खेल्दै गरेको अवस्थामा उनीहरूलाई रंगेहात पक्राउ गरेको हो ।, मंगलबार राति ११ बजेको समयमा बुटवल ११ कालिकानगरस्थित ध्रुव खड्काको घरमा जुवा खेल...
भगवती पाण्डे वडा प्रहरी कार्यालय बुटवलले १ सय ४३ वटा टिपरलाई कारबाही गरेको छ।, पाल्पाका विभिन्न स्थानबाट चुनढुंगा उत्खनन् गरी ल्याउँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बुटवलले टिपरलाई कारबाही गरेको हो।, प्रहरीले एकैदिन १ सय ४३ वटा टिपरलाई कारबाही गरेको यो पहिलो पटक हो।, पहिलो चरणमा ८८ वटा टिपरलाई कारबाही गरिएकोमा दो...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिताकुमारी राउतलाई नक्कली जन्मदर्ता गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।, उदयपुर प्रहरीले अर्काको बच्चा आफ्नो हो भनी जन्म दर्ता गरेको उजुरी परेपछि  ४४ वर्षीया राउतलाई सोमबार कटारीबाट पक्राउ गरेको हो। 'अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान ...
रासस तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुर गाउँमा सात वटा मस्जिद रहेको छ। , , करिब २०० घरधुरी रहेको सम्जुर गाउँमा सात वटा मस्जिदमा भेला भएर मुसलमान समुदायले प्राथना गर्ने गरेको स्थानीय मुस्लिम अगुवा तथा खोदा बकस मदर्शाका अध्यक्ष फजिर महमद मियाँले जानकारी दिए। , , सम्जुरमा नेपालकै सबैभन्दा पुरानो दाबी गरिएको मस्जिदसमे...
सेतोपाटी संवाददाता लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले अबका दिनहरूमा लोकसेवा आयोगको विज्ञापन तालिका फेरबदल नगर्ने दाबी गरेका छन्।, उनले भने,‘लाखौं युवाहरूलाई निरुत्साहित हुन दिन्नौं, अब आगामी दिनमा आयोगले विज्ञापन तालिका फेरबदल गर्दैन। मंसिरपछि भर्ना विज्ञापन खोल्छौं।’, बुधबार राजधानीमा आयोजित साक्षात्कारमा बोल...
नारायण खड्का १७ लाख बराबरको रिचार्ज कार्ड चोरी गरेको अभियोगमा दाङ प्रहरीले एक जनालाई पक्राउपछि सार्वजनिक गरेको छ।, रोल्पा जिल्लाको माडी गाउँपालिका वडा नं. १ निवासी २१ वर्षीय दलबहादुर पुनले उक्त परिमाणको नेपाल टेलिकमको रिचार्ज कार्ड चोरी गरेको प्रहरीले जानकारी दिएको छ।, बिहीवार बिहान जिल्ला प्रहरी कार्यालय घोराहीमा आयो...
खिलानाथ ढकाल सर्लाही रामनगर वडा नम्बर ४ का वडाध्यक्ष रामनरेश महतोमाथि नेकपाका कार्यकर्ताले सोमबार कार्यालयमै कुटपिट गरेको प्रहरीले दाबी गरेको छ। नागरिकताको सिफारिस लिन गएका नेकपा कार्यकर्ता र कांग्रेसबाट निर्वाचित वडाध्यक्ष महतोबीच भनाभन हुँदाहुँदै विवाद चर्किएको सर्लाही प्रहरीको दाबी छ।, तर, वडाध्यक्ष रामनरेशले यो कु...
रासस ललितपुर महानगरपालिकाले पुल्चोकस्थित इञ्जिनियरिङ अध्ययन संस्थान, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय भवन कम्पाउण्ड र जावलाखेलमा पर्यावरणीय/हरियाली ( इकोपार्क ) निर्माण गर्ने भएको छ ।, यसका लागि महानगरले इञ्जिनियरिङ अध्ययन सस्थानको अति सुन्दर एवं आकर्षक राणाकालीन मूल भवन तथा राष्ट्रसङ्घीय भवन वरिपरिका कमाउण्डको पर्खाल ...
दिपकजंग शाही जुवा खेलिरहेका बेला सुर्खेतमा १३ जना पक्राउ परेका छन्।, बिहिबार बिहान लेकवेसी नगरपालिका–४ दशरथपुरबाट प्रहरीले जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको हो।, जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले नगदसहित १३ जनालई पक्राउ गरेको हो।, ईलाका प्रहरी कार्यालय छिन्...
सेतोपाटी संवाददाता राष्ट्रिय परिचय पत्र छपाइको काम सुरू भएको छ।, राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले बिहिबारदेखि परिचय पत्र छपाइको काम औपचारिक रूपमा सुरू गरेको हो।, गृहसचिव प्रेम राईको उपस्थितिमा गृहमन्त्रालयभित्र राष्ट्रिय परिचय पत्र छपाइको काम सुरू गरिएको हो।, पहिलो चरणमा पाँचथर जिल्ला र केन्द्रीय निकायमा रहेक...
खिलानाथ ढकाल ‘कन्ट्रोल डबल वान।’, समानान्तर निर्माण सेवाका प्रमुख अच्युत खरेल साथीभाइसँग कुरा गरिरहेका थिए।, टेबुलमा वाकिटाकी बजिरहेको थियो।, वाकिटाकीमै उनले भने ‘हेर्नुस्, हाम्रो कम्पनीको काममा कहीँ कतैबाट नराम्रो खबर नआओस्।’, घरी वाकिटाकीको ‘भोलुम’ बढाउँदै सुन्थे। घरी कानमै वाकिटाकी पुर्‍याउँथे। ,खरेल प्रायः यही वकि...
सबिना श्रेष्ठ राणाशासन भर्खरै सकिएको थियो। एक जना चित्रकार आफूले बनाएको पेन्टिङ लिएर दरबार पुगे।, ‘के लिएर आयौ?’ राणा परिवारका एक सदस्यले बार्दलीबाट सोधे।, ‘चित्र ल्याएको छु सरकार,’ ती चित्रकारले भने।, ‘खोइ हेरूँ त कस्तो चित्र लिएर आयौ,’ उनले बार्दलीबाटै हेर्न खाजे।, चित्र हेरेपछि भने, ‘राम्रो रहेछ। कतिमा बेच्छौ?’, चि...
रासस प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसम्बन्धी झूटो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , , काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–८ बस्दै आएका स्याङ्जा हरिनाथ गाउँपालिका–६ का ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई प्रहरीले पकाउ गरी आज सार्वजनिक गरेको हो ।...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्वुको संयुक्त टोलीले पाँच किलो ६० ग्राम अवैध चरेससहित चार जनालाई पक्राउ गरेको छ।, राजधानीको चन्द्रागिरी नगरपालिका वडा नं १२ गर्जुधारास्थित विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्वुको संयुक्त टोलीले उनीहर...
नारायण खड्का सल्यानको एक घरमा चोरी गर्न भनि गएका युवाले नै महिलाको हत्या गरेको पुष्टि भएको छ।, सल्यानको शारदा नगरपालिका वडा नं. ८ सिमखर्क निवासी ५० वर्षीया केवली नेपाली असोज २५ गते घरभित्रै मृत अवस्थामा फेला परेकी थिइन्।, उनको घाँटीमा धारिलो हतियारले रेटिएको थियो।, झन्डै २० दिनको अनुसन्धानपछि नेपालीको हत्या सोही ठाउँ ...
शान्ति तामाङ इन्दिरा दलीलाई पुस्तकालयविद्को उपमा यसै दिइएको होइन।, उनी ७० वर्ष पुगिन्। जिन्दगीको ३६ वर्ष पुस्तकालयमै बिताएकी इन्दिराले सात वर्षअघि औपचारिक अवकाश पाएकी हुन्।, अवकाशले उनको पुस्तकालय प्रेमलाई भने रोकेको छैन।, आज पनि इन्दिराको हरेक दिन पुस्तकालय गतिविधिमै बित्छ। साना नानीबाबुलाई पढ्ने बानी गराउन बाल पुस्त...
सेतोपाटी संवाददाता बुटवलको कालिका नगरमा माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १९ प ६३३८ नं. को मोटरसाइकललाई सोही दिशाबाटै बुटवल आउँदै गरेको लु २ ख २३६ नंको माइक्रो बसले ठक्कर दिँदा बुटवल उपमहानगरपालिका वडा नं ११ कालिका नगरका १७ वर्षीय उमेश थापा क्षेत्रीको मृत...
विनोद सापकोटा भारतीय भूमी किसनगंजको सिङ्गगीमारीमा एक नेपालीको शव फेला परेको छ।, प्रहरीका अनुसार शुक्रबार बिहान माईखोला बगरको काँसघारीमा नेपालीको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगंज गाउँपालिका वार्ड नं २ कोरोवारी बस्ने ५५ वर्षीय अलकचन राजवंशीको हत्या भएको अवस्थामा शव फेला परेको हो।, पाँच दिनद...
सुधिर भण्डारी साझा यातायातले हालै एसियाली विकास बैंकको सहकार्यमा दुई वटा यात्रुवाहक विद्युतीय बस भित्र्यायो। यसअघि राष्ट्रपति विद्या देवी भण्डारी तथा सिंहदरबार भित्र केही मन्त्रीहरूले विद्युतीय सवारी चढ्न थालेका छन्।, वातावरण संरक्षण तथा पेट्रोलियम पदार्थमाथिको परनिर्भरतालाई कम गर्ने उद्देश्यसहित उपत्यकामा भित्रिएका  ...
सेतोपाटी संवाददाता ‘हाम्रो घर रहेको टोलमा थुप्रै स्थानमा घरेलु मदिरा उत्पादन तथा बिक्री बितरण हुन्छ र त्यसको सेवनको कारण घरमा झैझगडा र कुटपीट हुने गर्छ, स्कूलको फीस तिर्ने पैसाले समेत बुबाले रक्सी सेवन गर्नुहुन्छ, मैले घर सुधार्ने निकै प्रयास गर्दासमेत सकिनँ, यस्तो अवस्था रहेमा हाम्रो जीवन बर्बाद हुन्छ, त्यसैले समस्या...
चेतना गुरागाईं संसारका ९० प्रतिशत केटाकेटी हानिकारक सास फेर्छन्। हरेक वर्ष विश्वभरमा ६ लाख केटाकेटी श्वासप्रश्वास रोगले ज्यान गुमाउँछन्।, यो तथ्यांक विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार सार्वजनिक गरेको हो। यसअनुसार १ अर्ब ८० करोड कलिला नानीबाबु विषालु सास फेर्न बाध्य छन्। यसले उनीहरूको मानसिक र शारीरिक विकास प्र...
सेतोपाटी संवाददाता काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा आज दिउँसो जीप दुर्घटना हुँदा नेपाल प्रहरीका डिआइजीसहित तीन जनाको मृत्यु भएको छ।, नेपाल प्रहरीका डिआइजी शुशिल भण्डारी, पत्रकार जीवन पराजुली र विनोद कार्कीको मृत्यु भएको ३ नम्बर प्रदेश ट्राफिकका डिएसपी नवीनराज राईले जानकारी दिए।, उनका अनुसार दुर्घटना...
सेतोपाटी संवाददाता काठमाडौंको बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको मुलगेट नजिकै ढलमा खसेर आज बिहान एक जनाको मृत्यु भएको छ। , महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार मृत्यु हुनेमा काठमाडौं महानगरपालिका– १५ चागलका श्याम श्रेष्ठ रहेका छन्। , आज बिहान साइकलमा सवार श्रेष्ठ खाल्डोमा खसेपछि निस्कन नसकेर निस्सासिएर मृत्यु भएक...
रासस बर्दियाको पर्यटकीय सम्भाव्यता अध्ययन गर्न र नेपाल र चीनबीच पर्यटक आदानप्रदान गर्ने लक्ष्यका साथ तीन सदस्यीय चिनियाँ टोली शनिबार बर्दियामा आइपुगेको छ।, चिनियाँ पर्यटन व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष लि बाओहुवाको नेतृत्वमा आएको सो टोलीले बर्दिया गेरुवा–१ स्थित जंगल सफारी, जलयात्रा र विभिन्न पर्यटकीय स्थलको अवलो...
रासस अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन्। दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् ।, थाहा थिएन उनलाई, कोदोबारीमा पुग्दा त्यो घटना घट्छ भन्ने। दिदी सुस्मिता बुमीसँगै कोदोबारीमा काँक्रो लिन जाँदा उनी गो...
नारायण खड्का काठमाडौंमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा तुलसीपुर उपमहानगरपालिकाका तीन बालिकाले सहभागिता जनाएका छन्।, नेपालका जम्मा १० जना विद्यार्थीको मात्रै सहभागिता रहेका उक्त सम्मेलनमा तुलसीपुर उपमहानगरपालिकाबाट मात्रै ३ जना बालबालिकाको सहभागिता रहेको टिच फर नेपालका नेतृत्व विकास व्यवस्थापक माधवप्रसाद देवको...
रासस १८ महीनामा सकिनुपर्ने भवन निर्माणको काम आठ वर्षसम्म पूरा गर्न नसकेपछि म्याग्दीमा सञ्चालित रघुगङ्गा जलविद्युत् आयोजनाले निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता तोडेको छ ।, पत्र र मौखिक रूपमा पटक–पटक ताकेता र म्याद थप गर्दा समेत ढिलासुस्ती गरेकाले ठेकेदार कम्पनी गोर्खा कन्ट्रक्सन एण्ड स्वच्छन्द जेभीसँग भएको सम्झौता...
रासस काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। दसैंअघिसम्म अधिकांश भागमा गर्मी महशुस भए पनि दसैंलगत्तै तापक्रम घटेको छ। , , आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव शून्य डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तापक्रम घटेकाले उपत्यकामा चिसो महशुस गरिएको छ। यद्यपि दिउँसोको समयमा भने तापक्रम केही ब...
सेतोपाटी संवाददाता श्रीमतीलाई गेष्ट हाउसमा लगेर हत्या गर्ने खोटाङ बराह पोखरी गाउँपालिका मौवाबोटेका अनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ।, गएको भदौ १३ गते परियारले श्रीमती १८ वर्षीया लक्ष्मी नेपालीलाई काठमाडौं महानगरपालिका ३ स्थित स्पिट गेष्ट हाउसमा लिएर हत्या गरेका थिए।, हत्यापछि फरार रहेका नेपालीलाई महानगरीय अपराध ...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको छ।  काठमाडौंको भृकुटीमण्डपमा भब्य समारोहकाबीच प्रहरी प्रधान कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम सुभारम्भ गरेको हो। , कार्यक्रमको गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरे। 'हर प्रहर गाँउ र नगरी, टोल टोलमा नेपाल प्रहरी' भन्ने नारासहित द...
सेतोपाटी संवाददाता महानगरीय अपराध महाशाखाले निर्माण व्यवसायी शरद गौचन हत्याकाण्डमा संलग्न अभियुक्तहरूलाई पक्राउ गरेको छ।, महाशाखाले गौचन हत्याकाण्डमा संलग्न मुख्य अभियुक्तहरू रोशन बुढाथोकी, अम्बर बहादुर रानामगर र लोप्साङ लामालाई पक्राउ गरेको छ।, उनीहरूलाई काँकडभिट्टामा लुकिछिपी बसेको अवस्थामा सोमबार पक्राउ गरिएको महाश...
सेतोपाटी संवाददाता सार्वजनिक जग्गा कीर्ते गरी बेचबिखन गरेको आरोपमा मालपोत कार्यालय परासीका अधिकृतसहित तीन जना र संलग्न व्यक्तिहरूविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।, मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, खरिदार जीवलाल भूसाल र कम्प्युटर अपरेटर एजाज खाँविरूद्ध अख्तियारले आइतबार दुई क...
भगवती पाण्डे बलात्कार र हिंसाका घटना बढिरहेको समयमा नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी अभियानको सुरूआत गरेको छ।, अपराध न्यूनीकरणमा समुदाय, स्थानीय तह, विद्यालय र सामाजिक संघसंस्थाको सहकार्य अभिवृद्धि गर्ने उद्देश्यसहित आइतबारदेखि देशका सबै प्रदेश र जिल्लाहरूमा एकैपटक यो अभियानको थालनी गरिएको प्रहरीले बताएको छ।, हर ...
सेतोपाटी संवाददाता एयरपोर्ट नजिकै एक जनाको शव भेटिएको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहका अनुसार गोल्डनगेट र सिनामंगलबीच सडकको कल्भर्टमा शव केहीबेर अघि भेटिएको हो।, उनका अनुसार शरीर जलेकोले मृतकको सनाखत भने हुन सकेको छैन।, घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।, एयरपोर्ट नजिकै जलेको शव फेला
सेतोपाटी संवाददाता प्रदेश २ सरकारले ‘हेलो सिएम’ एप सार्वजनिक गरेको छ। आइतबार जनकपुरमा प्रदेश प्रहरी कार्यालयको समुदाय प्रहरी साझेदारी कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले ‘हेलो सिएम’ एप सार्वजनिक गरेका हुन्।, समाजमा बढ्दै गएको महिला हिंसा र अन्य अपराध कम गर्न यो एप प्रभावकारी हुने विश्वास मुख्यमन्त्री र...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकामा पनि समुदाय प्रहरी साझेदारी अभियान सुरू भएको छ।, सोमबार ललितपुर महानगरपालिका र नेपाल प्रहरीबीच समुदाय प्रहरी साझेदारी निर्माण गरी कार्यान्वयन गर्न हस्ताक्षर भएपछि अभियान सुरू भएको महानगरपालिकाले जनाएको छ।, महानगरपालिका मेयर चिरिबाबु महर्जनले यो अवधारणा महत्वपूर्ण भएकाले कार्यान...
रासस राजा मानदेवको पालादेखि प्रचलनमा आएको ऐतिहासिक देवी नाच ३७ वर्षपछि गोकर्णेश्वर क्षेत्रको गोकर्ण देशेमा प्रदर्शन भइरहेको छ।, विजयादशमीका दिनदेखि प्रदर्शन सुरु हुने यो नाच माघ महिनासम्मका विभिन्न चाडपर्वका अवसरमा गोकर्णेश्वर क्षेत्रमा प्रदर्शन गरिन्छ। पाँचौँ शताब्दीमा राजा मानदेवको पालादेखि विसं २०३८ सम्म प्रदर्शन ग...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनाल कतार गएका छन् ।, राष्ट्रपति विद्या भण्डारीसँगै खनाल कतार गएका हुन् । कतारका अमिर शेख तमिम विन हमाद अलथानीको निमन्त्रणामा राष्ट्रपति कतार गएकी हुन् ।, प्रहरी प्रधान कार्यालयका अनुसार खनाल सुरक्षा अंगलाई समेत नलिइ एक्लै राष्ट्रपतिसँग कतार गएका हुन् । उनी कतार गएपछ...
नारायण खड्का गोरूसिंगे जंगलमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।, मृतक मध्ये दुई जना दाङको गढवा गाउँपालिका छन्। ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता एवम् डिएसपी पुष्पराज शाहीका अनुसार दुर्घटनामा परि गढवा गाउँपालिका वडा नं. ४ निवासी  २५ वर्षीया पूजा सुना...
रासस डडेल्धुराको परशुराम नगरपालिकाका बाढीपहिरो पीडितका लागि खरिद गरिएको ४६ रोपनी जग्गा हस्तान्तरणको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।, नगरपालिका वडा नं २ र ३ मा विसं २०६२ असोज ८ गते अविरल वर्षापछि विस्थापित जीवन बिताउँदै आएका पीडितले आफूहरुको पुनःस्थापनाका लागि खरिद गरिएको जग्गा हस्तान्तरणको माग गरेका हुन् ।, तेह्र...
सागरराज तिमिल्सिना कास्कीको माछापुच्छ्रे गाउँपालिका खोरकोमुखमा एक बृद्धाको हत्या भएको छ। कात्तिक ११ गते राति माछापुच्छ्रे गाउँपालिका ८ खोरकोमुखकी ७९ वर्षिया कौसिला गुरूङको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।, बृद्धालाई राति उनकै कोठामा ढुङ्गाले हानेर हत्या गरिएको अवस्थामा फेला पारेको कास्कीका प्रहरी प्रमुख एसपी ओम र...
प्रकाश ढुंगाना निमार्ण व्यवसायी शरद गौचनको हत्याका मुख्य योजनाकार 'गुन्डानाइके' समिरमान बस्नेतका मुख्य सहयोगी पक्राउ परेका छन् । , महानगरीय अपराध महाशाखाको टोलीले झापा विर्तामोडका लोप्साङ भन्ने सोम तामाङ, काठमाडौं नागार्जुनका रोशन बुढाथोकी र उदयपुरका अम्बरबहादुर रानालाई पक्राउ गरेको हो। राना नेपाली सेनाका भगौडा हुन् ।...
रासस प्रकाश अधिकारी, ‘पिछडिएको कर्णाली प्रदेशको विकासका लागि हामी कोही पनि सत्तापक्ष र प्रतिपक्षका रूपमा विभाजित हुँदैनौँ। बरु, प्रदेशलाई आवश्यक बजेट र अधिकार प्राप्तिका लागि जहिले पनि केन्द्र सरकारसँग प्रतिपक्षीकै भूमिकामा उभिन तयार छौं।’, यो माघ २१ गते बसेको प्रदेशसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा दलका नेताहर...
सेतोपाटी संवाददाता प्रहरी एक लाख २६ हजार अमेरिकी डलरसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।, सोमबार त्रिभुवन विमानस्थलबा गोन्जाउ जान लागेका ती चिनियाँको साथबाट १ लाख २६ हजार ४ सय अमेरिकी डलर बरामद गरिएको विमानस्थलका डिआइजी शेरबहादुर बस्नेतले जानकारी दिए।, ‘चेकजाँचका क्रममा उनीबाट सो रकम बरामद् भयो। पैसाको स्रोत र ने...
रासस गोरखा र धादिङको सीमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया सुरू भएको छ। , , आयोजनाका मुअब्जा वितरण तथा पुर्नवास तथा पुनर्स्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले आयोजना बाहिर रिङरोड निर्माण गर्ने योजनाअन्तर्गत १०० किल...
नारायण खड्का दाङमा एक जना जेष्ट नागरिकको हत्या भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरा निवासी ७३ वर्षीय सुकलाल भण्डारीको सोही ठाउँ निवासी केशरबहादुर केसी र मईमान बस्नेतको कुटपिटबाट मृत्यु भएको छ।, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डिएसपी प्रकाश सापकोटाका अनुसार तोरी बारीमा कुलोबाट पानी सिँचाई गर्ने...
रासस पछिल्लो समय महिलामाथि बढ्दै गएको यौनजन्य हिंसाबाट जोगिन प्रदेशस्तरीय आत्मरक्षा तालिम अभियानका रूपमा अघि बढाइएको छ। विभिन्न विद्यालयमा सञ्चालन भइरहेको आत्मरक्षा तालिम सोमबारदेखि पोखराको टुँडिखेलस्थित राष्ट्रिय माविमा सुरू भएको छ। , , इम्पावर ओमेन एण्ड चिल्ड्रेन नेपाल (इवाच)को समन्वयमा भएको तालिममा गण्डकी प्रदेशका ...
सेतोपाटी संवाददाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरीलाई पक्राउ गरेको छ। , आयोगको बर्दिवास कार्यालयले चौधरीलाई दुई लाख रुपैयाँ घुससहित मंगलबार पक्राउ गरेको हो। चौधरीले नाप नक्सा बमोजिमको क्षेत्रफल सच्याई धनीपूर्जा कायम गरिदिने बहानामा सेवाग्राहीबाट घुस लिएको अवस्थामा पक्र...
अमृता लम्साल छोरी पढाउन हुन्न भन्ने जमानामा जन्मेकी हुन्, रत्नदेवी तुलाधर।, बिक्रम सम्वत् १९८५।, भोटाहिटीको दगुबहालमा जन्मेकी रत्नदेवीमा स्कुल जाने रहर पलायो। जमानाले रोक्न सकेन। उनी परिवारलाई थाहै नदिई मखनटोलको कन्या पाठशाला जान थालिन्।, रत्नदेवीको कदम समाजका आँखामा दुस्साहस थियो। उनका बुबा सेते तुलाधरले थाहा पाए। गा...
एजेन्सी जापानी राजकुमारी २८ वर्षीया आयाकोले आफ्ना प्रेमीसँग विवाह गर्न राजकुमारी पद त्याग गरिदिएकी छन्।, गत गृष्ममै उक्त घोषणा गरेकी आयाकोले  सोमबार  ३२ वर्षीय केई मोरियासँग लगन गाँठो कसिन्।  मोरिया राज खानदानका होइनन् उनी जहाज कम्पनीमा काम गर्छन्।, सोमबार एक मन्दिरमा परम्परागत  चलनअनुसार उनीहरूको विवाह भएको छ।  , राज...
रासस राष्ट्रिय गौरवको आयोजनाको रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक कालोपत्र शुरु गरिएको छ । विदुर नगरपालिका–५ पिपलटारदेखि गङ्गट्टे बजारसम्मको करीब चार किमी सडक कालोपत्र गर्न थालिएको हो ।, मुआब्जा वितरण नगरी सडक विस्तारको काम अघि बढाएको भन्दै स्थानीयवासीले अवरोध पुर्‍याए पनि प्रहरीको...
सेतोपाटी संवाददाता सरकारले भक्तपुरमा नयाँ सम्मेलन केन्द्र बनाउने भएको छ। उक्त भवन बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आइसिसी) भन्दा अढाई गुणा ठूलो हुनेछ।, केहीदिनअघिको मन्त्रिपरिषद् बैठकले भक्तपुरस्थित नागरिक उड्डयन प्राधिकरणको जग्गामा सुविधासम्पन्न सम्मेलन केन्द्र बनाउने निर्णय गरेको हो।, यसअघि त्यहाँ प...
प्रशन्न पोखरेल लोकसेवा आयोगले दुई महिनाका लागि कर्मचारी छनोट प्रक्रिया रोकेको छ। आयोगको नियमित कार्यतालिका अनुसार असोजको अन्तिम बुधबार सहसचिव, उपसचिव वा सो सरह तथा एघारौं र नवौं तहमा पदपूर्तिको विज्ञापन खोल्नुपर्ने भए पनि सरकारको अनुरोधपछि आयोगले प्रक्रिया रोकेको हो।, असोज २८ गते बसेको मन्त्रिपरिषद बैठकले ‘एक पटकलाई द...
सेतोपाटी संवाददाता काठमाडौंका विभिन्न स्थानबाट जुवातास खेलिरहेका २७ जनालाई प्रहरीले पक्राउ गरेको छ।, तार्केश्वर नगरपालिका ९ मनमैजुस्थित शंकर तिमिल्सिनाले संचालन गरेको लेखापढी कार्यालयको कोठाभित्र जुवातास खेलिरहेका तारकेश्वर- ४ बस्ने ४६ वर्षीय शिव अर्यालसमेत १२ जनालाई नगद १ लाख ९८ हजार ३ सय २० रुपैयाँ सहित बुधबार प्रहर...
नारायण खड्का दाङमा पतिको कुटपिटबाट पत्नीको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका १२ गुर्जे निवासी ४१ वर्षीय रामबहादुर नेपालीले कुटपिट गर्दा उनकी ३७ वर्षीया पत्नी चम्पी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान शाखाका प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिए।, प्रहरीका अनुसार मदिराले मातेका दुवै पति-पत...
सेतोपाटी संवाददाता १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले काठमाडौंको सोल्टीमोडबाट एक जनालाई पक्राउ गरेको छ।, सोल्टीमोड बस्ने धनुषा क्षिरेश्वरनाथ नगरपालिका ३ का ३० वर्षीय समिर पुलामीले सोही ठाँउकी १४ वर्षिया बालिकालाई बलात्कार गरेको अभियोगमा बुधबार प्रहरीले उनलाई पक्राउ गरेको हो।, बालिका कोठामा एक्ल...
सेतोपाटी संवाददाता जापानले बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब ८५ करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ।, अर्थ मन्त्रालयका सचिव राजन खनाल र नेपालका लागि जापानका राजदूत मिसामिची साइगोबीच बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई उपलब्ध गराइने सो आर्थिक सहायतासम्बन्धी सम्झौता पत्रमा बिहिबार हस्ताक्षर भ...
रासस काठमाडौं  उपत्यकामा दसैंको समयमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। , , महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म उपत्यकाका विभिन्न स्थानमा भएको दुर्घटनामा चालक तथा पैदलयात्रुको मृत्यु भएको हो।, महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले तीव्र गतिमा ...
सेतोपाटी संवाददाता कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ३१ लामास्वाराबाट ८ जनालाई कौडाको खालबाट पक्राउ गरेको छ।, कौडा खेलिरहेको सूचनाका आधारमा प्रहरीले २ लाख ९ सय ८० रुपैयाँसहित ८ जनालाई पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक गणेश सुवेदी सादा पोशाकको टोलीले पक्राउ गरेको हो।, उनीहरूल...
नारायण महर्जन ‘कहीं नभएको जात्रा हाँडीगाउँमा’ भन्ने जात्रा सत्यनारायणको जात्रा हो ।,यो जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट हाँडीगाउँमा हुने गर्दछ।, परापूर्वकालमा काठमाडौ हाँडीगाउँका राजपरिवारका दिदीबहिनीबीच प्रसुतिसम्बन्धमा दैवी शक्ति आवश्यक पर्छ भन्ने विषयमा दिदीको भनाइ बहिनीले नमानी आफ्नै बल शक्तिले बच्चा जन्माउन सक...
रासस नेपाल प्रज्ञा–प्रतिष्ठान र चीनको संस्कृति मन्त्रालय, चिनियाँ संस्कृति तथा अनुवाद प्रवर्द्धन सहयोग केन्द्रको आयोजनामा यहाँ ‘नेपाल चीन संस्कृति प्रवर्द्धन तथा प्रकाशन, प्रथम काठमाडौं सम्मेलन’ यही कात्तिक तेस्रो हप्ता सम्मेलन हुने भएको छ। , कात्तिक १३–१४ गते हुने सम्मेलनमा अनुवाद साहित्य र त्यसको प्रकाशन अवस्था तथा ...
नारायण खड्का घोराही उपमहानगरपालिकाले वडा नम्बर ११ को शिवपुरमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ। नगर कार्यपालिका बैठकले प्रत्येक वडामा एक वडा एक सहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने नीति पारित गरे अनुसार स्वास्थ्य केन्द्र स्थापना गरिएको जानकारी दिइएको छ।, वडाका नागरिकहरूको स्वास्थ्य उपचारलाई पहुँचयुक्त बनाउन सहरी...
सेतोपाटी संवाददाता कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्त बलात्कार-हत्या प्रकरणमा निलम्बित भएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको दोस्रो स्पष्टिकरणको पत्र गृह मन्त्रालयमा पुगेको छ। ,प्रहरी प्रधान कार्यालय नक्सालले बिहिबार दिउँसो एसपी बिष्ट र भट्टको स्पष्टिकरण पत्र मन...
डिल्ली पाण्डे क्यासिनोमा जुवा खेल्दा खेल्दै बेहोस भएको एक नेपालीको ज्यान गएको छ।, काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलमा रहेको रोयल क्यासिनोमा भारतीय परिचय पत्र देखाएर जुवा खेलिरहेका सिराहा लाहान स्थायी घर भएका बुद्धिलाल शाह  एक्कासी बेहोस भएका थिए।, तत्काल प्रहरी र क्यासिनोका कर्मचारीले उनलाई उपचारका लागि काठ...
सेतोपाटी संवाददाता काठमाडौंको लोलाङमा ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको मृत्यु भएको छ।, शुक्रबार बिहान ख ७८२५ नम्वरको ट्रकले ठक्कर दिँदा पैदल यात्री ७० वर्षीया तिलकुमारी तिवारी र साढे ३ वर्षीय बालक अजित तिवारीको मृत्यु भएको प्रहरीले जनाएको छ।, सोही ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६० वर्षीया सावित्री पुडासैनीको उपच...
रासस सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन तथा समन्वय समिति गठन गरेको छ।, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ढुङ्गा, बालुवा र गिट्टीको उत्खननको नियमनका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गरिएको मन्त्रालय सहसचिव पुरुषोत्तम नेपालले जानकारी दि...
सेतोपाटी संवाददाता नेपाली सेनाले भर्ना प्रक्रियामा अनियमितता गर्ने केही अधिकृतसहित झन्डै दुई सय सैनिकलाई कोर्ट मार्सल गर्ने भएको छ। सेनाका अनुसार गत वर्ष भएका विभिन्न पदको भर्नाका क्रममा जागिर लगाइदिने प्रलोभन देखाएर पैसा असुल्ने उनीहरूमाथि कोर्ट मार्सल प्रक्रिया सुरू भएको हो।, यसअघि उनीहरूमाथि कोर्ट अफ इन्क्वाइरी भएक...
द न्यूयोर्क टाइम्स ‘कहीँ न कहीँ, कोही न कोही मेरो लागि बनेको छ। मलाई विश्वास छ, कुनै न कुनै दिन हाम्रो अवश्य भेट हुनेछ।’, यश चोपडाको फिल्म ‘दिल तो पागल है’ को यो संवाद धेरै प्रेमिल जोडीले धेरैपटक दोहोर्याए होलान्। उनीहरूले बुझे होलान्, त्यो सुखद संयोग जहाँ पनि हुनसक्छ। जहिले पनि हुनसक्छ। जसरी पनि हुनसक्छ।, चाहे कोचाको...
सेतोपाटी संवाददाता दाङमा पतिको कुटपिटबाट पत्नीको मृत्यु भएको छ। घोराही उप–महानगरपालिका १२ गुर्जे निवासी ४१ रामबहादुर नेपालीको कुटपिटबाट उनकी ३७ वर्षीया पत्नी चम्पी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान शाखाका प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिए।, प्रहरीका अनुसार मदिराले मातेका दुबै पति पत्निक...
रासस गोरखा नगरपालिका–१२ स्थित दशकिलोका कुलु समुदायले मादल बनाएर बिक्री गरी मनग्य आम्दानी गर्दै आएका छन्। कुलु समुदायका चार घरपरिवारले मादल बनाएर बिक्री गरी प्रतिपरिवार वार्षिक सात लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्।, स्थानीय ५८ वर्षीय साने कुलुका तीन छोरा र एक छोरीले बाबुको पुर्ख्यौली पेशालाई पछ्याउँदै मादल ब...
रासस दोलखाको गौरीशङ्कर गाउँपालिकामा भूकम्पपीडितको टहरोमा आगलागी हुँदा एकै परिवारका दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन्।, जिल्लाको गौरीशङ्कर गाउँपालिका-९ स्थित टासिनाममा गोपाल शेर्पाको टहरोमा आगलागी हुँदा शेर्पाकी आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो।, आगलागीमा परी शेर्पाकी आमा ८० वर्षीया डालकी शेर्पा र छोरा १२...