content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता डा गोविन्द केसीले चालु अधिवेसनबाट सरकारले चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने अन्यथा १६ औं अनशन बस्ने चेतावनी दिएका छन्।, केसीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा विधेयकका विषयमा संसदिय समितिको अध्यक्षले सार्वजनिक गरेको अभिव्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको भनेका हुन्।, विधेयक...
सेतोपाटी संवाददाता अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा भएका तीन जना प्रहरी अधिकृतले दर्ज्यानी चिन्ह लगाएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।, सरकारले गृह मन्त्रालयको बढुवा समितिले गरेको सिफारिसअनुसार नेपाल प्रहरीका तीन डिआइजीलाई शुक्रबार ...
सेतोपाटी संवाददाता बलात्कारीलाई सजाय बढेको छ। मुलुकी अपराध संहितामा संशोधन गरी १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिलालाई बलात्कार गरे जन्मकैदको व्यवस्था गरेको हो। यसअघि १० वर्षमूनिकी बालिका करणी गरे १६ देखि २० वर्ष जेल सजाय काटे पुग्थ्यो।, जन्मकैदको व्यवस्था भएसँगै अ...
रासस वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको सङ्ख्यामा १९ प्रतिशतले वृद्धि भएको छ। , , राष्ट्रिय संरक्षण दिवसका अवसरमा आज काठमाडौंमा आयोजित समारोहमा मन्त्रालयले राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको हो।, बाघ गणनाको नतिजासम्बन्धी प्रतिवेदनका बारेमा जानकारी गराउँदै राष्ट्रिय...
भगवती पाण्डे बेलहिया- बुटवल व्यापारिक मार्ग परियोजना अन्तर्गत बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क खण्डको सडक विस्तार फेरि अनिश्चित भएको छ।, बुटवल-बेलहिया व्यापारिक मार्ग परियोजना अन्तर्गत निर्माणाधीन ६ लेन सडक विस्तारको काम सर्वोच्च अदालतको आदेशले अनिश्चित भएको हो।, गत वैशाख १२ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले प...
सेतोपाटी संवाददाता चिकित्सकहरूको मागअनुसार मुलुकी अपराध संहिता संशोधन भएको छ।, राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले चिकित्सकको कसुरको अनुसन्धान गर्ने समितिमा मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ रहने गरी संशोधन गरेको हो। यसअघि कुनै चिकित्सकले गरेको कसुरमा प्रहरीले पक्राउ गरी अनुसन्धान गर्ने र मुद्दा चलाउने व्...
सेतोपाटी संवाददाता आइतबार असोज ७ गते नेपाली काव्य क्षेत्रमा आफ्ना छन्दमय काव्यकृतिका लागि चर्चित राष्ट्रकविको उमेरले शताब्दी कटायो। उनले जिएको यो समय एउटा ठूलो कालखण्ड हो, जिउँदो इतिहास हो। सय लागेका राष्ट्रकविको यो उमेर अरू हेरी सामान्य अवस्थामा अलि जटिल हुनपर्ने हो। तर, उनले उमेरको प्रभाव आफूमा पर्न दिएका छैनन्।, शन...
रासस ठेकेदारको लापरबाहीले कर्णाली राजमार्गका एउटा पुलको कालोसूचीसहित चारवटा पुल अलपत्र परेका छन्।, म्याद सकिएको लामो समय भए पनि अझैसम्म पुलको निर्माण अधूरो रहेको छ। , , सडक डिभिजन कार्यालय सुर्खेतले हेर्ने चार र जुम्ला सडक डिभिजन कार्यालयले हेर्ने एउटा गरी पाँचवटा पुलको निर्माण अलपत्र बनेको छ।, निर्माण अलपत्र पर्नेमा ...
रासस प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि  ७७ करोड रूपैयाँ लाग्ने योजना सार्वजनिक गरिएको छ ।, नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण प्रभाव मूल्याङ्कन गरी यसबारे स्थानीयवासीलाई जानकारी गराएको हो ।, स्वर्गद्वारी आन्त...
सेतोपाटी संवाददाता गत भदौ २६ गते एसिड आक्रमणमा परेकी रौतहटकी सम्झना दासको उपचारका क्रममा मृत्यु भएको छ।, उपचारका क्रममा गए राति कीर्तिपुर अस्पतालमा उनको मृत्यु भएको कीर्तिपुर प्रहरी प्रमुख डिएसपी मेघबहादुर खत्रीले जानकारी दिए।, रौतहट चन्द्रनिगाहापुरकी १८ वर्षीया सम्झना र उनकी बहिनी सुस्मितामाथि सुतिरहेका बेला राति एसि...
रासस स्थानीय सरकारले हिलिहाङ –२ का विर्खबहादुर योङहाङलाई घर बनाई दिएको छ।, स्थानिय सरकार पाएपछि उनी दङ्ग परेका छन् । आर्थिकरूपले अति विपन्न परिवारका विर्खबहादुरलाई हिलिहाङ गाउँपालिकाले घर बनाइदिएर हस्तान्तरण गरेको हो ।, जनश्रमदान तथा वडा कार्यालयले छुट्याएको बजेटसहित कूल एक लाख २० हजार रूपैयाँको लागतमा विर्खबहादुरका ल...
रासस मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ ।, श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार वटा ट्रेड युनियनले आइतबार गरेको अनुगमनमा उद्योगले त्यहाँ कार्यरत श्रमिकलाई श्रम सम्झौताबिना कार्य गराइरहेको फेला पारेको हो । बूढीगङ्गा–३ मा रहेको उक्...
गिरीश गिरी गीतिकविको शताब्दी यात्रा , अघिल्लो दिन व्यंग्यचित्र पत्रकार राजेश केसीले फेसबुकमा दिएको बधाइ पढेको थिएँ।, ‘साँच्चै, माधव घिमिरे त सय वर्ष पो पुग्नुभयो!’, राष्ट्रकविको यो उत्सव त राष्ट्रकै उत्सव हो भन्ने लाग्यो।, अघिल्ला भेटघाटहरुभन्दा बेग्लै, म यसपालि समय नलिएरै बुधबार लैनचौर निवासमा पुगेँ।, ‘शुभकामना दिन प...
नारायण खड्का रोल्पामा एक जना व्यक्तिले आफैंमाथि गोली प्रहार गरी आत्महत्या गरेका छन्।, जिल्लाको रुन्टीगडी गाउँपालिका वडा नं. ६ डुव्रिङ निवासी ५१ वर्षीय कुलप्रसाद विकले आफ्नै घरभित्रै आफैंमाथि गोली हानी आत्महत्या गरेका जिल्ला प्रहरी प्रमुख दीपक खड्काले जानकारी दिए।, विकले बिहान ८ बजेतिर आफ्नै घाँटीमा गोली हानी आत्महत्या...
रासस महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ को नैन्हीस्थित मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेको छैन। असोज महिनाको सुरूदेखि नै सो बस्तीमा फैलिएको पखाला एक साता भइसक्दासम्म अझै नियन्त्रण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। , , पखाला सुरू भएसँगै पहिलो दिन नै चार वर्षीया बालिका खुश...
सेतोपाटी संवाददाता गोरखा जिल्ला अस्पताल परिसरमा शव चिस्यान केन्द्र निर्माण गरिएको छ।, श्रीपाली बस्न्यात समाज गोरखाले १२ लाख रुपैयाँ लगानीमा एकै पटक ६ वटा शव राख्न मिल्ने चिस्यान केन्द्र निर्माण गरेको समाजका गोरखा अध्यक्ष विनोदमानसिं बस्न्यातले सेतोपाटीलाई बताए।, शव चिस्यान केन्द्रको सोमबार हस्तान्तरण गरिएको छ। गोरखा न...
सबिना श्रेष्ठ उनी इन्द्रकी आमा बसुन्धरा हुन्। येँया अर्थात् इन्द्रजात्रामा ‘दागिं’ भनेर चिनिन्छन्।, बसुन्धरालाई एकपटक ब्रत बस्नु थियो। त्यसका लागि पाल्जा स्वाः (पारिजातको फूल) चाहिने भयो। त्यो इन्द्रलोकमा पाइन्नथ्यो।, उनले छोरा इन्द्रलाई पाताल पठाइन्। फूल खोज्दै इन्द्र काठमाडौं मरुस्थित भै–केवः मा पुग्छन्। एउटा किसानक...
डिल्ली पाण्डे साथीभाइ, आफन्त वा कसैले पनि तपाईंमाथि गरेको विश्वासलाई जोगाइराख्नुस् है नत्र विश्वासघातको अभियोगमा जेल जानु पर्ला।, भदौ १ गतेदेखि लागु भएको नयाँ मुलुकी ऐनले विश्वासमाथि घात गर्नेलाई तीनदेखि पाँच वर्षसम्म जेल सजाय तोकेको छ।, अपराध संहिताको दफा २५२ मा भएको त्यही व्यवस्थाका आधारमा अहिले प्रहरीमा उजुरी पर्न ...
दिपकजंग शाही सुर्खेतमा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन्।, आइतबार बेलुका वीरेन्द्रनगरस्थित प्रहरीको सुब्बाकुना चेक प्वाइन्टबाट ३ ग्राम ६ सय १० मिलिग्राम परिमाणको लागुऔषधसहित वीरेन्द्रनगर–१२ की पवित्रा विसी (विष्ट) पक्राउ परेकी हुन्।, नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको हाइस चेकजाँचका क्रममा उक्त परिमाणको लागुऔषध फेला...
सेतोपाटी संवाददाता गोरखा फुजेलका नुरप्रसाद अधिकारीले पाटन उच्च अदालतका इजलास अधिकृत रोशन बस्नेतमाथि आक्रमण र इजलास तोडफोड गरेका छन्।, आइतबार अपरान्ह उनले इजलासमा वितन्डा मच्चाएपछि प्रहरीले उनलाई पक्राउ गरेर लगेको उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए।, 'उनी वारेस भएको मुद्दामा जिल्ला अदालतकै फैसला स...
रासस सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रूपमा समाधान गर्न हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा तिहारअघि नै बेलिब्रिज सञ्चालनमा आउने भएको छ । , , उक्त स्थानमा अरनिको राजमार्गको वैकल्पिक सडकका रुपमा हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माण अघि बढिरहेका छन्।, त्यस्तै, पेप्सीकोलादेखि सल्लाघारीसम्...
रासस असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्किएर डण्डी निस्कँदा सवारीसाधन र यात्रु दुर्घटनाको जोखिममा परेका छन्। , , गत असार २ गते झमझमी पानी पर्दै थियो। यस्तै बेलामा गोकर्णेश्वर नगरपालिका––८ स्थित आरुबारी ओरालोबाट नेपाल मेडिकल कलेज हुँदै माकालबारी निस्कने सडक ढलान गरियो। केही स्थानीयवासीले पानी परेको स...
नारायण खड्का दाङमा स्कुल बस दुर्घटना हुँदा चालकसहित २४ जना विद्यार्थी घाइते भएका छन्।, तुलसीपुरस्थित गोरखा माविको रा १ क १९९ नं.को विद्यार्थी बोकेर पूर्व विजौरीतर्फ जाँदै गरेको बस तुलसीपुर उपमहानगरपालिका वडा नं.  ६ को मोतिपुरस्थित खोला नजिकै दुर्घटना भएको थियो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाका...
नारायण महर्जन साताव्यापी पर्व इन्द्रजात्रा (येँया पुन्ही) शुक्रबारबाट सुरू भएको छ।, हनुमानढोकामा ३६ हात लामो यः सिं (लिंगो) ठड्याएर आधिकारिक रूपमा इन्द्रजात्रा सुरु भएको हो।, भाद्र शुक्ल द्वादशीका दिन ‘यः सिं’ लाई विधिपूर्वक इन्द्रध्वजासहित ठड्याएपछि इन्द्रजात्रा सुरू हन्छ। नेपाल पञ्चांग समितिले बिहान ८:०५ को साइत निक...
नारायण खड्का तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ का नवराज रावतले कृषि पेशा अँगालेको धेरै भइसक्यो । तर बिचौलियाका कारण उनले सोचजति कृषि पेशाबाट फाइदा लिन सकेका छैनन् ।, ‘दु:ख गरेर खेती गर्यो वजारमा बेच्न लैजाने वेलामा विचौलियाको जगजगी हुन्छ । त्यही भएर मेहनतको मुल्य पाउन सकिएको छैन’ सोमवार तुलसीपुर उपमहानगरपालिकामा रा...
भगवती पाण्डे धनगढीका लक्ष्मण सिंह पाल्पामा एचए अध्ययन गर्दै छन् । बुधवार विहानै पाल्पाबाट धनगढी जान बुटवल आइपुगेका उनलाई बसपार्क पुगेपछि यातायात बन्द भएको थाहा भयो ।, काउण्टरमा टिकट काट्न पुगेका उनले कर्मचारीले टिकट नकाटेपछि बन्द रहेछ भने चाल पाए ।, धनगढीकै सागर भण्डारी र खेमराज भट्टराईलाई पनि रात्रीबसमा पोखराबाट बुटव...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय कानून सङ्कायले प्रवेश परीक्षामा सामेल नभएका पनि कानून तहको स्नातक तह प्रथम वर्षमा पढ्न पाउने व्यवस्था गरेको छ।,पहिले प्रवेश परीक्षामा मात्र पढ्न पाउने व्यवस्थालाई गरेको नेपाल ल क्याम्पसले अहिले प्रवेश परीक्षामा समेत पढ्न पाउने व्यवस्था गरेको हो।,सबै विद्यार्थीको पढ्न पाउने अधि...
प्रशन्न पोखरेल तीन वर्षअघि यतिबेला राजधानीका पेट्रोल पम्पमा लामा लामा लाइन हुन्थे। सडकमा  गाडी भेटिदैनथे। भर्खरै जारी संविधानमा असन्तुष्टि जनाउँदै भारतले अघोषित नाकाबन्दी लगाएपछि देशभरि जनजीवन अस्तव्यस्त बनेको थियो।, त्यहीबेलाको झल्को दिने गरी हिजोआज राजधानीका पेट्रोल पम्पमा लामा लामा लाइन लागेका छन्। गाडी नपाएर यात्र...
सेतोपाटी संवाददाता पर्सा प्रहरीले १४ सय केजी मरिच बरामद गरेको छ। सिमावर्ती क्षेत्र वीरगन्ज महानगरपालिका–१ बाट भारत लैजान लागिएको अवस्थामा बिहीबार राति साढे ११ बजे मरिच बरामद गरिएको हो।, पर्सा प्रहरी कार्यालयका अनुसार १४ वटा साइकलमा ५६ बोरा मरिच बरामद भएको छ। बरामद साइकल र बोरा वीरगन्ज भन्सार कार्यालयमा कारबाहीको लागि ...
नारायण खड्का तुलसीपुर उपमहानगरपालिका-६ रजौराकी पवित्रा वली र उनकी छोरी बुधबार रात्रीबस चढेर काठमाडौं जाँदै थिए। ना ६ ख ५०३९ नम्बरको बस कपिलबस्तुको शिवपुर जंगल क्षेत्रमा पुग्दा रात  दश बजिसकेको थियो। धेरै यात्रु निदाउन थालेका थिए।, एक्कासी बसमा ठूलो आवाज आयो। सिसा फुटे। यात्रुहरु एकाएक कराउन थाले।, ‘ढुङ्गाले हानेको हो ...
सेतोपाटी संवाददाता सहर मान्छेका लागि हो, न कि सवारीसाधनका लागि।, सहरमा सवारीसाधन जति हाबी हुन्छ, प्रदूषण उति बढ्छ। सहरको मौलिकता मासिन्छ। सौन्दर्य गुम्छ।, विश्वका धेरै सहरले यो बुझ्न थालेका छन्। सवारीसाधनका लागि छुट्टाइएको ठाउँ पैदलयात्रुले फिर्ता पाउँदैछ। पैदलयात्रुको सुरक्षानिम्ति सहरी संरचना नै बदल्ने क्रम बढ्दो छ।...
सेतोपाटी संवाददाता आत्महत्या गर्न हिँडेका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।, महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले शुक्रवार तार्केश्वर नगरपालिका वडा नम्बर ११ शेषमतिबाट उद्धार गरिएको गरेको हो। गोरखाको छोप्राक स्थाई घर भएका २४ वर्षीय संजय गुरुङलाई उद्धार गरेको हो।, लिम्बुले आफ्नी दिदीको मोबाइलमा म्यासेज गर्द...
सबिना श्रेष्ठ येँया पुन्ही श्रृंखला, झन्डै १५ फिट अग्लो अनुहार।, वर्षभरि हनुमानढोकास्थित नौझ्याले घरमा बन्द हुन्छन्। येँया पुन्ही, अर्थात् इन्द्रजात्रामा सार्वजनिक प्रदर्शनमा आएका छन्।, उनी हुन् हाथु द्यः अर्थात् श्वेत भैरव।, शुक्रबार नौझ्याले घरका सबै झ्याल खोलेर श्वेत भैरवलाई प्रदर्शनमा ल्याइयो। उमालेको कर्कलो पानील...
रासस मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ। ,काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बालबालिका तथा चौपायालाई पनि नदी किनारमा नपठाउन अनुरोध गरिएको हो। पाइप सफा ग...
शान्ति तामाङ नरसिंह व्यञ्जनकार ७८ वर्षका भए।, यो उमेरसम्म मान्छेको जिन्दगीमा आनका तान परिवर्तन आइसक्छ। कति त आफ्नो व्यस्त दिनचर्याबाट सुस्ताइसकेका हुन्छन्। नियमित कामबाट अवकाश लिइसक्छन्। कति पदोन्नति हुँदै माथिल्लो तहमा पुग्छन् र अर्कै प्रकृतिको काम गर्न थाल्छन्।, नरसिंहको विशेषता के भने, उनले जिन्दगीको आधाभन्दा बढी स...
सेतोपाटी संवाददाता प्रहरीले गए राति ठमेलबाट २३ जना किशोरीलाई नियन्त्रणमा लिएको छ।, महानगरीय प्रहरी प्रहरी वृत दरबारमार्गको टोलीले गएराति ठमेलको ओनेक्स डान्स क्लबबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।, प्रहरीले क्लबका सञ्चालक ३४ वर्षीय सत्यमान दोङलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।, ठमेलको ओनेक्स डान्स क्लबबा...
रासस पहिले नै निर्माण भएका तर निर्माण मापदण्ड नमिलेका घरलाई नियमित गर्न निवेदन दिने निवेदकको काठमाडौं महानगरमा चाङ लाग्न थालेको छ।, करिब तीन महिनाअघि कामपाले निर्माण भएका तर नियमअनुरूप निर्माण नभएका घरको लागि निवेदन दिनका लागि सूचना निकालेको थियो।, निर्माण भइसकेका र नक्सा पास गर्ने प्रक्रियामा समेत नपुगेका निजी तथा सा...
रासस नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ।, यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ।, असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। झण्डा फेर्द...
नारायण महर्जन राजधानीको वसन्तपुरमा शनिबार सामूहिक कुमारी पूजा गरिएको छ।, इन्द्रजात्राको दोस्रो दिन शनिबार जीवित देवी कुमारीको विशेष पूजा गरिएको हो।, शुक्रबार हनुमानढोकामा ३६ हात लामो यः सिं (लिंगो) ठड्याएर आधिकारिक रूपमा इन्द्रजात्रा सुरू भएसँगै शनिबार कुमारी पूजा गरिएको हो।, बिहान पौने ९ बजेबाट सुरू भएको पूजामा ६७ जन...
गिरीश गिरी नेपाली गीत सुनिराखेकाले पनि विक्रम गुरुङलाई हत्तपत्त धेरैले चिन्दैनन्। ६१ वर्षे विक्रमले लेखेका र संगीत दिएका जम्मा तीनवटा गीत रेकर्ड भएका छन् र, तीनवटै अरुण थापाले गाएका हुन्।, रेकर्ड भएको पहिलो र दोश्रो गीत नेपाली संगीतकै मानक व्यक्तित्व अरुणकै पहिलो र दोश्रो गीत थियो।, ‘कतै टाढा तिमीबाट पुगेँ भने’ र ‘आँख...
सेतोपाटी संवाददाता गोरखा फुजेलकी गंगामाया अधिकारीले न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएकी छन्।, छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्न माग गर्दै वीर अस्पतालमा आमरण अनसन बस्दै आएकी गंगामायाले नेपाल सरकार र अदालतबाट न्याय पाउने आशा मरेको भन्दै न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी द...
नारायण खड्का बोक्सी भन्दै जंगलमा लगेर सासुको हत्या गरेको अभियोगमा बुहारीसहित दुईजना महिलालाई पूर्पक्षका लागि थुनामा राखिएको छ ।, जिल्ला अदालत सल्यानले शुक्रवार अपरान्ह दंगिशरण गाउँपालिका वडा नं. ३ हेकुली गाउँ निवासी बुहारी ४४ वर्षीया टंकी रावत र तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी ४० बर्षीया पवित्रा गिरीलाई पूर्प...
रासस सर्पदंशमा परेका एक जना बालकको मृत्यु भएको  विषयलाई लिएर राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा  आज तोडफोड गरिएको छ ।, रुपनी गाउँपालिका–६ तेरहौता निवासी अशोक साहका ढेड वर्षीय छोरा अरब साहलाई उपचारका लागि सो अस्पताल ल्याइएपछि चिकित्सकले बच्चाको मृत्यु भएको भन्दै शव परीक्षणको कक्षमा राखिदिएको र बच...
नारायण खड्का एकजना १३ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा झट्केला बाबु पक्राउ परेका छन् ।, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्क निवासी एकजना झट्केलो बाबुले १३ बर्षीया बालिकालाई पटक-पटक बलात्कार गरेको मुद्दा परेको आधारमा निजलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।, पटक-पटकको बलात्कारका कारण बालिकाक...
एजेन्सी तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको तान्जानियाको सरकारी रेडियोले जनाएको छ ।, यातायातमन्त्री आइज्याक कामवेलेलाई उद्धृत गरी शनिबार रेडियोले मृतक सङ्ख्या २०७ पुगेको जानकारी गराएको हो ।, यसअघि शुक्रबार दिएको जानकारीमा मन्त्री कामवेलेले मृतकको सङ्ख्या कम्ती...
सेतोपाटी संवाददाता स्याङजामा एक प्रहरीले आफैंमाथि गोली प्रहार गरी आत्महत्या गरेका छन्।, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार कारागार सुरक्षा गार्डमा कार्यरत नवलपरासी विनयी त्रिवेणीका प्रहरी जवान जितेन्द्र थापा मगरले शनिबार राति आफैंलाई गोली हानेका हुन्।, प्रहरीका अुनसार कारागारको मूल गेटमा डिउटी खटिएका उनले राइफलब...
रासस आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाँउपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ ।, शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।, श्रीमान वैदेशिक रोजगारमा गएको समयमा परपुरुष...
रासस समग्र मानव सूचकाङ्कमा मुलुककै उत्कृष्ट १० जिल्लाभित्र पर्ने झापामा एउटा बस्ती नै पिउने पानीका लागि परम्परागत स्रोत इनारमा निर्भर छ भनेर सुन्नेलाई पत्याउन गाह्रो होला ।, दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका–५ को डाँगीटोल पुगेपछि पत्याउनैपर्ने हुन्छ, किनकी त्यहाँका ५० परिवार अझै पनि एउटै इनारको पानीमा निर्भर छन् । स्थ...
रासस तनहुँको व्यास नगरपालिका–१४ रुम्सीका स्थानीयवासीले करिब तीन सय वर्ष पुरानो पानी पोखरीको संरक्षण थालेका छन्। ,वन्यजन्तु र चरिचरण गर्ने घरपालुवा चौपायालाई पानीको अभाव हुन थालेको र परापूर्वकालमा निर्माण गरिएको पोखरी संरक्षणको अभावमा जीर्ण हुँदै गएपछि पुराना पोखरीको संरक्षण अभियान सुरू गरिएको हो।, पुराना पोखरी संरक्षण...
विनोद सापकोटा पूर्वको धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाममा पहिलो पटक विद्युत विस्तार भएको छ। संघीय सरकारको उर्जा मन्त्रालयबाट बिनियोजित २७ लाख रुपैयाँको लागतमा विद्युत सेवा विस्तार भएको हो। , आइतबार संघीय सांसद एलपी साँवा लिम्बू, प्रदेश सांसद झलकसिंह दर्लामी मगर, शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले विद्युतको...
खिलानाथ ढकाल मेसिनमा खुट्टा तलमाथि हुँदै, रोकिँदै। खर्र.. खर्र ... आवाज। कतै कपडा कटिङ गरिरहेका झुरुप्प देखिन्थे। कैंची चलिरहेको आवाज।, कोही बोरामा ज्याकेट प्याक गरिरहेका थिए, खस्याक-खुसुक।, शुक्रबार छुट्टीको दिन भए पनि कतिपय मजदुरहरू कारखानामा काम गरिरहेकै थिए, कल्याङ-मल्याङ।, सूर्यविनायक-६ मा अरनिको गार्मेन्टमा हिजो...
डिल्ली पाण्डे कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको पोलिग्राफ (झुट बोलेको पत्ता लगाउने प्रविधि) परिक्षण गरिएको छ।, डिआइजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिले घटनाको अनुन्धान गर्ने प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण गरेको हो।, स्रोतका अुनसार समितिले निर्मला हत्य...
सेतोपाटी संवाददाता गत जेठमा ट्रयाक खुलेको मैलुङ-स्याप्रुवेशी सडकको धेरै भाग पहिरोले पुरिएको छ।, बर्खासँगै आएको पहिरोले ट्रयाकको अधिकाशं भाग पुरेको हो।, अत्याधिक पहिरो आएपछि सडक विभागले स्तरोन्तिको डिपिआर बनाउन फेरि अध्ययन गर्नुपर्ने भएको छ।, गल्छी–त्रिशूली–रसुवागढी सडक आयोजनाका प्रमुख सुबोध देवकोटाले धेरै ठाउँमा पहिरो...
सेतोपाटी संवाददाता माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी ग्रान्धी माल्लिाकार्जुन राव (जिएमआर)ले लगानी जुटाउन तेस्रो पटक म्याद थप गर्न निवेदन दिएको छ।, सन् २०१४ मा आयोजना विकास सम्झौता (पिडिए) गरेको जिएमआरले चार वर्ष हुँदा पनि लगानी जुटाउन सकेको छैन। सुरूमा दुई वर्षमा लगानी जुटाउने सम्झौता भए पनि...
भगवती पाण्डे बुटवल उप–महानगरपालिकाले पाँच वर्षे आवधिक तथा १५ वर्षे दीर्घकालीन विकास गुरुयोजना सार्वजनिक गरेको छ। पहिलो वर्षलाई अध्ययनको वर्षमा रुपमा लिएको उप–महानगरपालिकाले अबका वर्षलाई समृद्धिको आधार वर्षका रुपमा लिँदै महत्वपूर्ण कामहरु अगाडि बढाएको बताएको छ।, विज्ञ समूह, विषयगत विज्ञ उपसमूह, निर्देशक समिति र सल्लाहक...
रासस राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ। ,यसअघि उक्त द्रुतमार्गको भारतीय कम्पनी आइएल एण्ड एफएस्ले डिपीआर तयार गरेकोमा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले अर्काे परामर्...
डिल्ली पाण्डे यौनसम्पर्कको प्रस्ताव नमानेको झोंकमा आफैंले पढाउने छात्रालाई सामाजिक सञ्जालमार्फत् अश्लिल सन्देश पठाएको आरोपमा पशु आहार महाशाखा खुमलटारका मुख्य विशेषज्ञ डाक्टर ५५ वर्षिय मेघराज तिवारी पक्राउ परेका छन्।, महानगरीय अपराध महाशाखाको टोलीले भदौ २६ गते तिवारीलाई कार्यालयबाटै नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।...
नारायण खड्का र भगवती पाण्डे दाङको दंगिशरण गाउँपालिका हेकुलीकी २९ वर्षीया हिरा कार्कीलाई अस्पतालले बच्चा जन्मिने मिति बुधबार भनेको थियो।, उनको अवस्था जटिल भएको हुँदा दाङमा सम्भव नहुने भन्दै राप्ती अञ्चल अस्पतालले बाँके जान सुझाएको छ। गाडी नचलेपछि हेकुली गाउँबाट अटोरिक्सामा चढेर तुलसीपुर बसपार्कसम्म आएकी कार्कीले नेपालग...
सबिना श्रेष्ठ रातो मुखौटा लगाएको डरलाग्दो अनुहार।, रातै कपाल।, च्यातिएको ठूलो मुखबाट निस्किएका दुईवटा दाह्रा। हातका औंलामा लामा–लामा नंग्रा।, तासको कपडामा सजिएको यो पात्र ‘मजिपाः लाखे’ हो। , भनिन्छ– उपत्यकामा जति पनि देवीदेवता छन्, त्यति नै भूत, प्रेत, ख्याक, दैत्य र लाखे छन्।, लाखेलाई धार्मिक कथासँग जोडेर राक्षस वा ...
रासस बस्तीको बीच र घरको छतमाथि रहेको प्रसारण लाइनका कारण जलजला गाउँपालिका २ र ३ बगरफाँटमा विद्युतीय दुर्घटनाको जोखिम बढेको छ । बेनीदेखि म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा ३२ केभी क्षमताको केन्द्रीय प्रसारण लाइनको तार बस्तीको बीचबाट तानिएको र सो तार घरको छतमा मानिस उभिँदासमेत विद्युत्को लाइन छोइने अवस्था छ ।, प्रसार...
रासस बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट खण्डको अवरुद्ध सडक एक हप्तापछि खुलेको छ ।, बेनी–जोमसोम–कोरला सडक आयोजनाले रघुगङ्गाले कटान गरेर सडक बगाएको ठाउँमा खोला फर्काउनुका साथै पहाड काटेर सवारी साधन आवतजावत गर्न मिल्ने बनाइएको हो । भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले करीब ३० मिटर सडक बगाएप...
रासस अछामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ। स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ। ,असोज २ गते बिहान ११ बजेतिर मृतककी आमा भैँसीलाई पानी खुवाउन गएको र फर्किँदा बच्चा बेस्सरी कराएको सुनी हेर्दा उनको आँखा, कान, मुख सबैत...
खिलानाथ ढकाल अछाममा एसिड आक्रमणबाट घाइते भएका छ महिने बालकको मृत्यु भएको छ। मंगलबार बिहान एसिड आक्रमण गरिएका बालक मुस्कान बयकको बुधबार राति मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मंगलबार बिहान ११ बजे बालकमाथि एसिड आक्रमण गरिएको थियो। स्थानीय स्वास्थ्य चौकी हुँदै जिल्ला अस्पताल अछामबाट नेपालगञ्ज उपचारमा ...
सेतोपाटी संवाददाता कीर्तिपुर बलात्कार घटनाको अभियोगपत्र सरकारी वकिल कार्यालय पठाउने तयारी भएको छ। घटनाबारे अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। , प्रहरीका अनुसार अदालतले भदौ २८ गते पीडकको कल डिटेल लिन आदेश दिएको छ। ‘कल डिटेल (सिडिआर) माग गरेका छौं सो आउनेवित्तिकै मुद्दा बुझाउने हाम्रो तयारी छ,’ कीर्तिपुर ब...
सेतोपाटी संवाददाता सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या गरिएको छ। भारतबाट मोटरसाइकलमा आएका दुई व्यक्तिले भुटाहास्थित नेसनल बोर्डिङ स्कुलका व्यवस्थापन समिति अध्यक्ष खुर्सिद आलमको गोली हानी हत्या गरेका हुन्।, प्रहरीका अनुसार बिहीबार बिहान साढे बजे सुनसरी-हरिनगर २ का स्थायी बासिन्दा आलममा...
गिरीश गिरी उनी ध्यान गरिरहेकी थिइन्। प्रवचन दिइरहेकी थिइन्। गीत पनि सुनाइरहेकी थिइन्।, यी सबै एकसाथ भइरहेका थिए।, मंगलबार राजधानीको मञ्चमा अचानक देखापरेकी सुफी गायिका सबनम विरमानीको कुरा यतिले सकिँदैन। उनी त आफ्नो गीतमा वाद्यवादन पनि आफैं गरिरहेकी थिइन्। एउटा हातमा तानपुरा (तम्बूरा) र अर्को हातमा कर्ताल लिएर।, यो नारी...
सेतोपाटी संवाददाता नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) चार वर्षमा तयार हुने बताएको छ।, सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार पत्रकार सम्मेलन गरी चार महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने जानकारी दिएको छ।   , डिपिआर तयार गर्न कोरियाली सम्पनी सुसुङस...
सेतोपाटी संवाददाता सुनसरीको भुटाहास्थित रैय्यान नेसनल स्कुलका व्यवस्थापन समिति अध्यक्ष खुर्सिद आलमको हत्या बिरोधमा स्थानीयले आन्दोलन थालेका छन्। प्रहरी उठाएको शव खोसेर स्थानीय आन्दोलनमा निस्किएका हुन्। , बिहान साढे ११ बजे भारतबाट आएका दुई जना व्यक्तिले आलमको गोली हानी हत्या गरेका थिए। सुनसरी–हरिनगर–२ का आलममाथि मोटरसा...
सेतोपाटी संवाददाता सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा वीरगन्ज महानगरपालिकाका दुई जना कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौडाको टोलीले बिहीबार महानगरका कर्मचारी पक्रेको हो। , पक्राउ पर्नेमा शिक्षा शाखाका अधिकृत मन्जुर आलम र सुब्बा शशिभूषण साह छन्। उनीहरूलाई एक लाख घुसस...
रासस मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको विरोध गर्दै आन्दोलनरत सवारी चालक मजदुर र प्रशासनबीच बिहिबार सहमतिपछि यातायात सञ्चालन भएको छ ।, जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिबीच भएको वार्तामा सवारी साधन र चालकको सुरक्षा प्रशासनले गर्ने गरी गाडी सञ्चालन गर्ने स...
रासस प्रतिबन्धित लागुऔषधसहित प्रहरीले बिहिबार तीन जनालाई पक्राउ गरेको छ ।, विशेष सूचनाका आधारमा प्रहरी चौकी सनइबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका–६ पडरीबाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।, पक्राउपर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– १६ का २२ वर्षीय अभिनाश भन्ने प्रमेश्वर तिवारी, सोही ठाउँक...
रासस भक्तपुरको सूर्यविनायक–९ हवनव अगाडि अरनिको राजमार्गमा गए राति बनेपा जाँदै गरेको बा९ख ९४५४ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ ।, दुर्घटनामा मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकलको पछाडि रहेका च...
रासस हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वी नवलपरासीबाट बिहिबार पाँच जना युवालाई पक्राउ गरेको छ ।, पक्राउपर्नेमा पूर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–१ का २२ वर्षीय सुरज काउचा मगर, ३४ वर्षीय सन्तोषबहादुर थापा, १९ वर्षीय सागर थापा, १९ वर्षीय मनोज जंग कट्टेल र २२ वर्षीय दीपेन रोक्का रहेका छन ।, विनयी त्रिवेणी ...
रासस पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा रात्रिबस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् ।, काठमाडौं देखि दाङका लागि छुटेको ना६ख ९२८ नं को यात्रुवाहक बस गए राति विपरीत दिशाबाट आउँदै गरेको आरजे १४ जिसी ३८४९ नं को भारतीय ट्रकसँग जुझ्दा बस सडकदेखि ५० मिटर तल खसेको थियो ।, बसमा कम्...
रासस दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा रामनाथ एकीकृत नमूना बस्ती निर्माण गरिने भएको छ ।, स्थानीयवासी शारदाप्रसाद ढकालले निःशुल्क उपलब्ध गराएको साँढे सात रोपनी जग्गामा बिहीबार नगरप्रमुख दीपनारायण रिजालले उक्त बस्तीको शिलान्यास गरेका हुन् ।, बीस घर भूकम्पपीडित र चार घर अन्य गरी २४ परिवारका लागि नगरपालिकाक...
रासस घरमै बनाएको स्वच्छ खाना उपभोग गराउने उद्देश्यले पाल्पा स्थित रैनादेवी छहरा गाउँपालिकाभित्रका सबै बाल विकास केन्द्रका विद्यार्थीलाई टिफिनबक्स उपलब्ध गराइएको छ ।, उक्त गाउँपालिका भित्र ५१ बाल विकास केन्द्रका ६७३ बालबालिकालाई टिफिनबक्समा खाजा ल्याउन सहज होस् भन्ने उद्देश्यले टिफिनबक्स वितरण गरिएको गाउँपालिका प्रवक्त...
रासस ग्रामीण क्षेत्रको रैनादेवी छहरा गाउपालिकाको कालिका सामुदायिक विद्यालयले पहिलो पटक तीन वर्षे सिभिल इञ्जिनीयरिङ विषयको पढाइ शुरु भएको छ ।, गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले सिभिल इञ्जिनीयरिङ विषयको अध्ययनले दक्ष जनशक्ति उत्पादनमा सहज हुने र बढ्दो बेरोजगार समस्या पनि समाधान हुने बताए ।, यस वर्ष प्राविधिक शिक्षा ...
रासस भक्तपुरको सूर्यविनायक–९ हवनव अगाडि अरनिको राजमार्गमा गए राति बनेपा जाँदै गरेको बा९ख ९४५४ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ। ,दुर्घटनामा मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकलको पछाडि रहेका चि...
सेतोपाटी संवाददाता संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा दक्षिण सुडान पुगेका नेपाली सेनाका एक जवान गोली लागेर घाइते भएका छन्।, युएनमिस मिसनमा गएका सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत ती सैनिक जवानमाथि आइतबार स्थानीय समयअनुसार बिहान साढे ८ बजे गोली प्रहार भएको हो।, दक्षिणी सुडानको येइ भन्ने स्थानमा रहेको नेपाली सेनाको कम्...
रासस नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सात वटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ।, प्रहरीले यसअघि विकास क्षेत्रका रूपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रूपमा रुपान्तरण गरेको हो भने प्रदेश नं ३ को चितवन र प्रदेश नं ४ को तनहुँमा भने नयाँ कार्यालय स्थाप...
नारायण खड्का दाङमा एयरपोर्ट निरीक्षण गर्न आएका मन्त्रीको बाजागाजा सहित भव्य स्वागत गरिएको छ ।, तुलसीपुरस्थित टरिगाउँ एयरपोर्ट भित्रै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीको स्वागतको आइतवार टेन्ट र आकर्षक स्टेज तयार पारिएको थियो ।, जहाँ उनको बाजागाजासहित भव्य स्वागत गरियो । नाच गान पनि भयो । जस्को ...
सेतोपाटी संवाददाता सौर्य एयरलाइन्सको विमानमा चरा ठोक्किएको छ।, काठमाडौंबाट विराटनगरको लागि उडेको ९ एनएएमई कल साइनको विमानमा चरा ठोक्किएको हो।, विमानको बायाँ इन्जिनमा चरा ठोक्किएको कारण बिहान विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।, चरा ठोक्किँदा विमानका दुइटा पत्तीमा क्षति पुगेको छ। विमान मर्मतको लागि प्राविधि...
सेतोपाटी संवाददाता निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले संसदबाट हालै पारित ‘अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मान्य नहुने चेतावनी दिएको छ।, प्याब्सनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सांसदबाट पारित सो विधेयक मान्य नहुने चेतावनी दिएको हो।, आफूहरूसँग छलफ...
प्रशन्न पोखरेल गोरखास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनर्निर्माण ३ वर्ष लगाएर सकिएको छ।, करिब १२ करोड (सरकारबाट प्राप्त ४ करोड र भक्तजनबाट ८ करोड) संकलन गरेर मन्दिर पुरानै स्वरूप (प्यागोडा) शैलीमा पुनर्निर्माण गरिएको हो।, गोरखाका राजा राम शाहकी रानीले करिब ४ सय वर्षअघि अर्थात् १७ औं शताब्दीमा यो मन्दिर बना...
नारायण खड्का राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व प्राप्त गरेको छ।, स्वास्थ्य तथा  जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाले भदौ ३१ गते राप्ती उपक्षेत्रीय अस्पतालको नाममा पत्र पठाउँदै उक्त अस्पताल अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा गइसकेको उल्लेख गरेस...
रासस प्रहरीले लागूऔषधसहित सोमबार तीन युवालाई पक्राउ गरेको छ ।, पक्राउ पर्नेमा परासी नगरपालिका–६ पोखरापानीका २८ वर्षीय राजु सहनी भन्ने रघुन्द मल्ल, सोही ठाउँका २८ वर्षीय राम वसन्त सहनी र व्याँस नगरपालिका–४ शितलचोकका २० वर्षीय अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका हुन् ।, तीनै जनालाई व्याँस...
खिलानाथ ढकाल बाँसका भाटाले घेरेको रित्तो टहरो एकापट्टि छ। केही पानीका बोतल र चुरोटका खाली बट्टाहरू यताउता छरिएका छन्।, अर्कोपट्टि पक्की भवन छ। निर्माण हुँदाहुँदै छोडिएको भवनमा झ्याल-ढोका छैनन्। उदांगो त्यो दुई कोठे भवनभित्र सुकेका केही बाँस छन्।, त्यससँगै जोडिएको अर्को पुरानो तीन कोठे भवन पनि छ। सबै कोठा प्रायः खुल्दै...
डिल्ली पाण्डे १३ वर्षीया निर्मला पन्तको घटनामा अनुसन्धान गर्न गठित छानबिन समितिले निलम्बित प्रहरी अघिकृतहरूको बयान लिएको छ।, प्रहरी प्रधान कार्यालयले डिआइजी धिरु बस्नेतको नेतृत्वमा गठन छानबिन समितिले बयान लिएको हो।, सोमबार एक एसपी, दुई डिएसपीलगायतको बयान लिएको प्रहरी स्रोतले जानकारी दिएको छ।, एसपी डिल्लीराज विष्ट, डिए...
रासस साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना बीमा रकम आज हस्तान्तरण गरिएको छ ।, उनको एशियाडमा सहभागी हुनुपूर्व गत जेठ ३० गते श्रीलङ्काको कोदामामा रम्बल इन जङ्गल–२०१८ मा प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको थियो ।, राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले एनएलजी इन्स्योरेन्...
रासस ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार दुई अभियुक्तलाई महानगरीय प्रहरी बृत बौद्धको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ ।, मोरङ केराबारी गाउँपालिका–३ का ३३ वर्षीय अर्जुन गुरुङलाई गत साउन १६ गते ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका दुई अभियुक्तलाई काठमाडौँ चुच्चेपार्टीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक भूपे...
नारायण खड्का मंगलबार हल्लै हल्लाको बन्दले दाङको जनजीवन प्रभावित भएको छ।बिहानैदेखि यहाँका प्रमुख बजारहरु खुलेका छैनन् भने यातायात, कलकारखाना र शैक्षिक संस्था समेत ठप्प छन्।, माओवादी पूर्व जनमुक्ति पार्टी नेपालका अध्यक्ष रञ्जित गुरुङले भदौ ३१ गते एक प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार नेपाल बन्दको आह्वान गरेका थिए।, जसमा...
शान्ति तामाङ असोज ५ गते बिहान ८ बजेर ५ मिनेटको साइत छ। त्यो घडीमा हनुमानढोका दरबारअगाडि ‘यः सिं’ (लिंगो) ठड्याएपछि साताव्यापी काठमाडौं उत्सव येँया पुन्ही (इन्द्रजात्रा) सुरु हुनेछ।, येँया पुन्हीका धेरै विशेषतामध्ये कुमारी रथयात्रा एक हो। बालिकालाई शक्तिस्रोत मान्दै देवीका रूपमा स्थापना गर्नु काठमाडौंको मौलिक परम्परा ह...
डिल्ली पाण्डे पछिल्लो चार महिनामा नेपाल प्रहरीका पाँच सय जना कारबाहीमा परेका छन्। कारबाही पर्नेमा बरिष्ठ प्रहरी उपरीक्षकदेखि कार्यालय सहयोगीसम्म छन्।  , प्रहरी प्रधान कार्यालयले नियमावली विपरित काम गर्ने ४ सय ९४ जना प्रहरीलाई कारबाही गरिएको जानकारी दिएको छ।, कार्यालयका अनुसार वैशाखमा २ जना बरिष्ठ प्रहरी उपरीक्षक (एसएस...
नारायण खड्का नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी (प्रयास)लाई प्रहरीले पक्राउ गरेको छ ।, पार्टीका राप्ती व्यूरो इञ्चार्ज सुवाषले एक विज्ञप्तिमार्फत् रोल्पा नगरपालिका वडा नं. १० भनभनेबाट सुवेदी सोमबार पक्राउ परेका जानकारी दिए।, पार्टीको संगठन सुदृढ तथा विस्तार अभिय...
सेतोपाटी संवाददाता काठमाडौंको कलंकीमा एक युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त कालीमाटीमा युवती हराएको निवेदन परेपछि प्रहरीले खोजी थालेको थियो। खोजतलास गर्दा ती युवती होटलमा भेटेपछि सामूहिक बलात्कार भएको रहस्य खुलेको थियो।, प्रहरीले घटनामा संलग्न तीन जनालाई ...
भगवती पाण्डे २००६ साल जेठमा बुटवलका समाजसेवीद्वय ओमशंकर श्रेष्ठ र सत्यलाल श्रेष्ठ नजरबन्दमा परे। भैरहवाका तत्कालीन बडाहाकिम लक्ष्मीनाथको आदेशमा पक्राउ परेका उनीहरूलाई ९ महिनासम्म भैरहवा जेलमा नजरबन्दमा राखियो।, पुस्तकालय सञ्चालन गरी तत्कालीन राणा शासनविरूद्ध नागरिकमा राजनीतिक र सामाजिक चेतना ल्याउन खोजेको अभियोगमा उनी...
दिपकजंग शाही करिब चार महिनाअघि सुर्खेतको पश्चिमस्थित पञ्चपुरी नगरपालिकास्थित बाबियाचौर बजार नजिकै अटो रिक्सा दुर्घटना भयो। उक्त दुर्घटनामा दुई जना यात्रुको मृत्यु भयो। प्रहरीले घटनाको प्रकृति अध्ययन गर्दा टाढाबाट सवारी बोकेर गएको र तीव्र गति भएकोले दुर्घटना भएको देखियो।, भदौ ३१ गते पनि मध्याह्न सुर्खेतमा अटो रिक्सा दु...
अमृता लम्साल हजुरआमाका कथाः, 'छोरी पढायो भने पोइल जान्छे।', तुला राणाले समाजको यो मान्यता तोडेर पढिनन् मात्र, भारतसम्म पुगेर स्नातक गरिन्। , तुलाको जन्म बिक्रम सम्बत् १९९३ मा पाल्पाको तानसेनमा भएको हो। राजधानीबाहिर जन्मे-हुर्के पनि तुला 'बनारस हिन्दु विश्वविद्यालय' मा स्नातक पढ्न गइन्। , मलाई अचम्म लाग्यो। त्यो बेला...
रासस इलामको नेपाल–भारत सीमा क्षेत्रका सीमास्तम्भ र सीमा सुरक्षा अवस्थाको बारेमा अध्ययनको काम सम्पन्न भएको छ।, सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर १ इलामले नेपाल–भारत सीमा छुट्टयाउने सीमास्तम्भको अध्ययन सकेको हो । इलामको सन्दकपुर गाउँपालिका–४ स्थित सन्दकपुरदेखि रोङ गाउँपालिका–६ स्थित ...
रासस रोक्का राखिएको यातायात समितिको बैंक खाता खोल्ने सम्बन्धमा कुनै प्रक्रिया अघि नबढाइएको यातायात व्यवस्था विभागले जनाएको छ।, असोज ५ गते यातायात व्यवसायीले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्नुअघि रोक्का रहेका खाता खोलिने भनी भइरहेको चर्चा सत्य नभएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले बताए।, ‘नवीकरण नै नभएका स...